परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू

परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू

मण्डली जीवनमा प्रयोग गर्नको निमित्त

आखिरी दिनहरूका ख्रीष्ट अर्थात् सर्वशक्तिमान् परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सक्ने सबै सत्यता व्यक्त गर्नुभएको छ। मानिसहरूले मुक्ति पाउने सन्दर्भमा यी सत्यताहरू एकदमै महत्त्वपूर्ण छन्। तर धेरै मानिसहरूलाई परमेश्‍वरले अत्यन्तै धेरै वचनहरू व्यक्त गर्नुभएजस्तो महसुस हुन्छ—जसले गर्दा, उनीहरूलाई ती वचन कहाँदेखि पढ्न थाल्ने वा कुन सत्यताहरूमा प्रवेश गर्न जरुरी छ भन्‍ने नै थाहा हुँदैन। परमेश्‍वररका चुनिएका मानिसहरूलाई सक्दो चाँडो जग बसाल्न र उहाँमा विश्‍वास गर्ने र मुक्ति पाउने सही मार्ग प्रवेश गर्न सक्षम पार्नको लागि, परमेश्‍वरको घरले मण्डली जीवनमा प्रयोग गर्न सकियोस् र उहाँका चुनिएका मानिसहरूले उहाँका वचनहरू खान र पिउन सकून् भनेर यो पुस्तक सङ्ग्रहित गरेको छ। यो पुस्तकलाई पाँच मुख्य भागमा बाँडिएको छ। पहिलो भागमा, दर्शनहरूसम्बन्धी सत्यताहरू छन्, र त्यसमा देहधारणको रहस्य, उहाँको कामका तीन चरणहरूको भित्री कथा, परमेश्‍वरका आखिरी दिनहरूको कामको रहस्य, आदि इत्यादिलगायत १० वटा विषयवस्तु रहेका छन्। दोस्रो भागमा, विभिन्न धार्मिक धारणाहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा २२ वटा विषयवस्तु रहेका छन्। तेस्रो भागमा, विभिन्न भ्रष्ट स्वभावहरू समाधान गर्नेसम्बन्धी सत्यताहरू छन्, र त्यसमा ३२ वटा विषयवस्तु रहेका छन्। चौथो भागमा, गैरविश्‍वासी, दुष्ट मानिसहरू, झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई चिन्नेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा १२ वटा विषयवस्तुहरू रहेका छन्। पाँचौँ भागमा, मुक्ति पछ्याउने र सिद्ध पारिइनेसम्बन्धी सत्यताहरू छन्, अनि त्यसमा ४६ वटा विषयवस्तुहरू रहेका छन्। यी पाँचवटा भागमा समेटिएका सत्यताहरू परमेश्‍वरका विश्‍वासीहरूले बुझ्नैपर्ने आधारभूत सत्यताहरू हुन् भनेर भन्न सकिन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले यी सत्यताहरू बारम्बार खान्छन्, पिउँछन्, यीबारे सङ्गति र चिन्तन गर्छन् भने, उनीहरूले क्रमिक रूपमा सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछन्। त्यसपछि, यदि उनीहरूले यस आधारमा परमेश्‍वरले मापदण्डको रूपमा दिनुभएका सबै सत्यतामा प्रवेश गर्न खोजी गर्छन् भने, उनीहरू सत्यता प्राप्त गर्न र अनन्त जीवन पाउन सक्षम हुनेछन्।

सुसमाचारीय पुस्तकहरू

डाउनलोड गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्