५. परिवारको देहगत सुखचैनको समस्या कसरी समाधान गर्ने

बाइबलमा परमेश्‍वरका वचनहरू

“यदि कुनै मानिस मकहाँ आउँछ, र आफ्‍नो बाबु, र आमा, र पत्‍नी, र छोराछोरी, र दाजुभाइ-दिदीबहिनीलाई, अँ अनि, उसको आफ्‍नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:२६)

“तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)

“साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यको खातिर आफ्‍नो घर, बाबुआमा, वा दाजुभाइ, वा पत्‍नी, वा छोराछोरी त्यागेको कुनै पनि मानिस छैन, जसले यस वर्तमान समयमा धेरै गुणा प्राप्त नगरोस्, र आउँदो संसारमा अनन्‍त जीवन नपाओस्” (लूका १८:२९-३०)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौं वर्षदेखिको “राष्ट्रियताको उच्‍च भावना” का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकाङ्क्षा राख्‍ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु नकारात्मक र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्त्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्‍चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्‍नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्‍म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्‍वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्‍वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावमा परेका मानवताका सबै भागहरू लामो समयदेखि मानव प्रकृति बनेको छ, त्यसैले परमेश्‍वरको काम अघि बढाउन धेरै गाह्रो छ, र मानिसहरूमाझ आज परमेश्‍वरले तिनीहरूलाई जिम्मा दिनुभएको काममा ध्यान दिने हृदय झन् कम भएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

कसले साँचो रूपले अनि पूर्ण रूपले मेरो निम्ति आफैलाई समर्पित गर्न अनि मेरो खातिर तिनीहरूको सबै कुरा अर्पण गर्न सक्छन्? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू घर, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोचेर नै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ? तँ अझै आफूभित्र मलाई प्रभुत्व गर्न दिने र तेरो सम्पूर्ण व्यक्तित्व ओगट्न दिने बारेमा कुरा गर्छस्—यी छलपूर्ण झूटहरू हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा सोच्दैनौ, तर आजको राज्यको खातिर काम गरिरहेका छौ? यसको बारेमा होसियारी पूर्वक सोच।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९

तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई निष्ठाको एक टुक्रा पनि दिएका छैनौ। बरु, तिमीहरू आफूले प्रेम गर्ने मानिस र आफूलाई खुसी बनाउने कुराहरूको वरिपरि घुमिरहन्छौ—यहाँसम्‍म कि हरेक समयमा र तिमीहरू जहाँसुकै जाँदा पनि तिमीहरूले ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्याग्‍दैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित हुन्छौ, यस्तो त तिमीहरूले मलाई पछ्याउँदा पनि हुन्छ वा तिमीहरूले मेरा शब्दहरू सुनिरहँदा पनि हुन्छ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको निष्ठालाई तिमीहरूले आफ्ना “प्रिय वस्तु” हरूप्रति निष्ठावान् हुन र तिनीहरूलाई प्रेमसाथ सम्हाल्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई ओटा कुरा बलिदान गरे तापनि, यसले तिमीहरूको सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै निष्ठावान् छौ भन्‍ने बताउँदैन। तिमीहरूले आफूले चाहेका कुराहरूमा नै आफूलाई संलग्न गराउँछौ; केही मानिसहरू छोरा र छोरीहरूप्रति निष्ठावान् हुन्छन् भने अरूहरूचाहिँ पति, पत्नी, धन, काम, हाकिम, हैसियत वा महिलाहरूप्रति निष्ठावान् हुन्छन्। तिमीहरू आफू निष्ठावान् भएका कुराहरूप्रति कहिल्यै थकित वा क्रोधित बन्दैनौ; बरु, तिमीहरूले बढी मात्रामा र बढी परिमाणमा ती कुराहरू पाउन इच्‍छा गर्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। म र मेरा वचनहरू जहिले पनि तिमीहरूले चाहेका कुराहरूभन्दा पछाडि धकेलिन्छन्। अनि ती कुराहरूलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन् जसले आफूले अहिलेसम्म पत्ता लगाउन बाँकी रहेका कुराहरूका लागि निष्ठावान् हुनको लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का छाप समेत छैन। तिमीहरूले सोच्छौ होला, मैले तिमीहरूलाई धेरै नै मागिरहेको छु वा तिमीहरूलाई गलत तरिकाले आरोप लगाइरहेको छु—तर के तिमीहरूले आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला तिमीहरू मप्रति एक पटक पनि निष्ठावान् भएका छैनौ भन्‍ने तथ्यको बारेमा कहिल्यै सोचेका छौ? यस्ता समयहरूमा, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूका हृदय आनन्दले भरिन्छ र तिमीहरूलाई तिमीहरूका परिश्रमको इनाम दिइन्छ, के तिमीहरू आफू पर्याप्त सत्यले सुसज्जित नभएकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरूले आफ्ना छोरा र छोरीहरूको लागि आफ्‍नो दिमाग घोट्छौ र ठूलो पीडा भोग्छौ, तर पनि तिमीहरू सन्तुष्ट छैनौ; अझै पनि तिमीहरू तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्‍ने विश्‍वास गर्छौ। यद्यपि मप्रति भने तिमीहरू सधैँ नै असावधान र लापरवाही भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहन सक्दिन। मेरा समर्पण र प्रयासहरूलाई तिमीहरूले कहिल्यै अनुभव गरेनौ र तिनलाई कहिल्यै कुनै पनि कदर गरेनौ। तिमीहरू केवल क्षणिक रूपमा तिनको बारेमा विचार गर्छौ र यति नै पर्याप्त हुनेछ भन्‍ने विश्‍वास गर्छौ। यस्तो “निष्ठा” मैले लामो समयदेखि खोजेको निष्ठा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न, न त त्यहाँ मबाट आउने सत्यता नै हुन्छ, तर बरु त्यहाँ त तिमीहरूका श्रीमान वा श्रीमती, छोराहरू, छोरीहरू र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ बृहत्, अझ अधिक आनन्द प्राप्त गर्न सकिन्छ, त्यसैमा दत्तचित्त हुन्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि के तिमीहरू अझै लास होइनौ? तिमीहरूले आफूलाई बाहिरी रूपमा यति सुन्दर वस्त्रले सिङ्गारपटार गरे पनि के तिमीहरू अझ पनि जीवनविहीन जिउँदो लास होइनौ? आफ्नो पेटको लागि तिमीहरू कपाल फुलेर सेतो नहुँदासम्म परिश्रम गर्छौ तर पनि मेरो कामका लागि तिमीहरू कसैले पनि एक त्यान्द्रो कपालसम्म त्याग गर्दैनौ। तिमीहरू आफ्नै देहको लागि, आफ्ना छोरा-छोरीहरूका लागि आफ्नो शरीरलाई बोझ बोकाएर र मस्तिष्कलाई यातना दिएर निरन्तर हिँडिरहेका छौ, तर पनि मेरा अभिप्रायको लागि एक जनाले पनि कुनै सरोकार वा चासो राख्दैनौ। तिमीहरूले मबाट अझ पनि प्राप्त गर्न चाहेको त्यस्तो कुरा के हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

परमेश्वरलाई पछ्याउनेहरूले कम्तीमा पनि आफूसँग भएका सबै कुरा त्याग्न सक्नैपर्छ। परमेश्वरले एकपटक बाइबलमा यसो भन्नुभयो, “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। आफूसँग भएका सबै कुरा त्याग्नुको अर्थ के हो? त्यसको अर्थ आफ्नो परिवार त्याग्नु, आफ्नो काम त्याग्नु, आफ्ना सबै सांसारिक उल्झनहरू त्याग्नु हो। के यसो गर्नु सजिलो हुन्छ? यो धेरै कठिन हुन्छ। त्यसो गर्ने इच्छाविना यो कदापि गर्न सकिँदैन। जब कोहीसँग ती कुरा त्याग्ने इच्छा हुन्छ, तब उसमा स्वाभाविक रूपले कठिनाइ सहने इच्छा हुन्छ। यदि व्यक्तिले कठिनाइ सहन सक्दैन भने, चाहेर पनि कुनै कुरा त्याग्न सक्नेछैन। कतिपयले आफ्नो परिवार त्यागेर र आफ्ना प्रियजनदेखि टाढिएर, केही समय आफ्नो कर्तव्य निभाएपछि तिनीहरूलाई घरको याद आउँछ। तिनीहरू आफूलाई असह्य भएमा हालचाल बुझ्न सुटुक्क घर गई फेरि आफ्ना कर्तव्यमा फर्केलान्। आफ्नो घर छाडेर कर्तव्य निभाउन हिँडेका कतिपय मानिस नयाँ वर्ष र अन्य छुट्टीको बेला आफ्ना प्रियजनहरूको अभाव महसुस गर्छन्, र राती सबै जना सुतेका बेला एक्लै रुन्छन्। रोइसकेपछि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र निकै हल्का महसुस गर्छन्, अनि त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा लाग्छन्। यी मानिसहरूले आफ्ना परिवार त्याग्न सके पनि, ठूलो पीडा सहन सक्दैनन्। यदि तिनीहरूले यी सम्बन्धहरूका लागि आफ्नो भावना हटाउनसमेत सक्दैनन् भने, कसरी आफूलाई परमेश्वरमा समर्पित गर्न सक्लान्? कतिपय मानिस आफ्नो जागिर र परिवार, आफ्ना सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले यसो गर्नुको लक्ष्य के हुन्छ? कतिपय मानिस अनुग्रह र आशिष् प्राप्त गर्न खोजिरहेका हुन्छन्, र कतिपयचाहिँ मुकुट र इनाम मात्र पछ्याउने पावलजस्ता हुन्छन्। थोरै मानिस सत्यता र जीवन पाउन अनि मुक्ति प्राप्त गर्न आफूसँग भएका सबै कुरा त्याग्छन्। त्यसोभए, यी पछ्याइमध्ये कुनचाहिँ परमेश्वरको इच्छासँग मिल्छ? त्यो अवश्य पनि सत्यता पछ्याइ र जीवन प्राप्ति हो। यो पूर्णतया परमेश्वरको इच्छासँग मिल्छ, र परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही नै हो। यदि व्यक्तिले सांसारिक कुरा र धनसम्पत्ति त्याग्न सक्दैन भने, के उसले सत्यता प्राप्त गर्न सक्छ? कदापि सक्दैन। … यदि तैँले परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य निभाउन, अनि सत्यता पछ्याउन र जीवन प्राप्त गर्न आफूलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने कुरा त्याग्न सकिस् भने मात्र तँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नेछस्। परमेश्वरको राज्यमा प्रवेश गर्नुको अर्थ के हो? त्यसको अर्थ, तैँले आफ् सबै कुरा त्यागेर परमेश्वरलाई पछ्याउन, उहाँको वचन मान्न, र उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन, सबै कुरामा उहाँको आज्ञापालन गर्न सक्छस् भन्ने हो; त्यसको अर्थ, उहाँ तेरा प्रभु र तेरा परमेश्वर बन्नुभएको छ भन्ने हो। परमेश्वरको नजरमा, त्यसको अर्थ तँ उहाँको राज्यमा प्रवेश गरेको हुन्छस् भन्ने हो, र तँलाई जेजस्तो विपत्ति आइपरे पनि, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ र तँ बच्न सक्नेछस्, अनि तँ उहाँको राज्यका मानिसहरूमध्ये एक हुनेछस्। परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहुनेछ, वा तँलाई सिद्ध पार्ने वाचा गर्नुहुनेछ—तर तैँले पहिलो चरणमा ख्रीष्टलाई पछ्याउनैपर्छ। यसरी मात्र तँ राज्यको तालिममा सहभागी हुनेछस्। यदि तँ ख्रीष्टलाई पछ्याउँदैनस् र परमेश्वरको राज्यबाहिर छस् भने, उहाँले तँलाई स्विकार्नुहुनेछैन। र यदि परमेश्वरले तँलाई स्विकार्नुभएन भने, तैँले मुक्ति र परमेश्वरको वाचा प्राप्त गर्ने र उहाँद्वारा सिद्ध पारिने इच्छा गरे पनि, के यी कुराहरू प्राप्त गर्न सक्नेछस्? सक्नेछैनस्। यदि तँ परमेश्वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, पहिला तँ उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्छस्, आफ्नो कर्तव्य पालनमा सत्यता खोज्न सक्छस्, सिद्धान्तअनुसार कार्य गर्न सक्छस्, र तँसँग साँचो अनुभवात्मक गवाही छ भने, तँ परमेश्वरको राज्यमा प्रवेश गर्न र उहाँको वाचा प्राप्त गर्न योग्य हुन्छस्। यदि तँ परमेश्वरलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, तँ उहाँको राज्यमा प्रवेश गर्नसमेत योग्य हुँदैनस्, र तैँले उहाँको आशिष् र उहाँको वाचा पाउने दाबी गर्न बिलकुलै मिल्दैन। अहिले धेरै मानिसले आफ्ना सबै कुरा त्यागेर परमेश्वरको घरमा कर्तव्य निभाइरहेका छन्, तैपनि तिनीहरूले सत्यता प्राप्त गर्न सक्नेछन् भन्न मिल्दैन। व्यक्तिले सत्यतालाई प्रेम गर्न र स्विकार्न सकेपछि मात्र सत्यता प्राप्त गर्न सक्छ। यदि उसले सत्यता पछ्याउँदैन भने, त्यो प्राप्त गर्न सक्दैन। त्यसका साथै, फुर्सदको समयमा आफ्नो कर्तव्य निभाउनेहरूमा परमेश्वरको कामसम्बन्धी तिनीहरूको अनुभव यति सीमित हुन्छ कि तिनीहरूलाई सत्यता प्राप्त गर्न झनै कठिन हुनेछ। यदि कसैले आफ्नो कर्तव्य निभाउँदैन वा सत्यता पछ्याउँदैन भने, उसले परमेश्वरबाट मुक्ति र सिद्धता प्राप्त गर्ने असाधारण अवसर गुमाउनेछ। कतिपय मानिस परमेश्वरमा विश्वास गरेको दाबी गर्छन्, तर आफ्ना कर्तव्यहरू निभाउँदैनन् र सांसारिक कुराहरू पछ्याउँछन्। के यो आफ्ना सबै कुरा त्याग्नु हो? यदि कसैले यस तरिकाले परमेश्वरमा विश्वास गर्छ भने, के उसले अन्त्यसम्मै उहाँलाई पछ्याउन सक्छ? प्रभु येशूका चेलाहरूलाई हेर्: तिनीहरूमध्ये मछुवा, किसान, र कर उठाउनेहरू थिए। जब प्रभु येशूले तिनीहरूलाई बोलाएर “मेरो पछि लाग” भन्नुभयो, तब तिनीहरू आफ्ना कामदाम छाडेर प्रभुको पछि लागे। तिनीहरूले आफ्नो रोजगारीबारे सोचेनन्, न त पछि आफूसँग संसारमा बाँच्ने कुनै मार्ग हुनेछ कि छैन भन्ने समस्याबारे नै सोचे, तर तिनीहरू तुरुन्तै प्रभु येशूको पछि लागिहाले। पत्रुसले आफूलाई पूर्ण हृदयले समर्पित गरे, प्रभु येशूको आज्ञा अन्त्यसम्मै पूरा गरे र आफ्नो कर्तव्य जारी राखे। उनले जीवनभरि परमेश्वरको प्रेमलाई पछ्याए, र अन्त्यमा, उनी परमेश्वरद्वारा सिद्ध पारिए। अहिले कतिपय मानिस आफ्ना सबै कुरा त्याग्नसमेत सक्दैनन्, तैपनि राज्यमा प्रवेश गर्ने इच्छा गर्छन्। के तिनीहरू सपना देखिरहेका छैनन् र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

(विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका प्रश्नहरूको उत्तर दिँदै)

(आफ्नो कर्तव्य निर्वाह गर्दा, मलाई अझै पनि आफ्नो परिवारप्रतिको मोहले बाँधिरहेको हुन्छ। म बारम्बार तिनीहरूलाई सम्झिन्छु, र त्यसले मेरो कर्तव्य निर्वाहलाई असर गर्छ। हालका दिनमा मेरो स्थिति अलिकति सुध्रिएको छ, तर म अझै पनि कहिलेकाहीँ ठूलो रातो अजिङ्गरले मलाई धम्क्याउन मेरो परिवारका सदस्यलाई पक्राउ गर्छ कि भनेर चिन्ता गर्छु, र त्यतिबेला म दृढ भई खडा रहिरहन सक्दिनँ भन्ने डर लाग्छ।) यी आधारहीन डरहरू हुन्। तैँले यी कुराहरूबारे सोच्दा, तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ। तैँले जस्तोसुकै अवस्था सामना गरे पनि, त्यो परमेश्वरले नै योजनाबद्ध र प्रबन्ध गर्नुभएको हो भनेर बुझ्नुपर्छ। तैँले परिस्थितिहरू सामना गर्दा परमेश्वरमा समर्पित हुन सिक्नुपर्छ र सत्यता खोज्न सक्नुपर्छ। यो मानिसहरूले सिक्नैपर्ने पाठ हो। तैँले बारम्बार यो मनन गर्नुपर्छ: तैँले यो समयावधिमा परमेश्वरको मलजल र रेखदेख कसरी अनुभव गरिरहेको छस्? तेरो वास्तविक कद के हो? तैँले सृजित प्राणीको कर्तव्य कसरी निभाउनुपर्छ? तैँले यी कुराहरू पत्ता लगाउनुपर्छ! यदि तँ ठूलो रातो अजिङ्गरले तँलाई धम्क्याएको सोच्न सक्छस् भने, सत्यतामा कसरी प्रवेश गर्ने भनेर किन सोच्दैनस्? तँ सत्यताबारे किन मनन गर्दैनस्? (जब ममा यी विचारहरू आउँछन्, म परमेश्वरलाई प्रार्थना त गर्छु र यदि कुनै दिन मैले यस्ता परिस्थितिहरू साँच्चै सामना गर्नै पऱ्यो भने, म नमरुञ्जेल परमेश्वरप्रति साँचो रहनेछु भनेर प्रतिबद्धता जनाउँछु। तर म आफ्नो सानो कदको कारण सफल हुनेछैनँ भनेर डराउँछु।) अनि तँ यसरी प्रार्थना गर्छस्, “हे परमेश्वर, म आफ्नो सानो कदको कारण सफल हुनेछैन भनेर डराउँछु। म अति भयभीत छु। कृपया त्यसो नगर्नुहोस्। मैले उचित कद प्राप्त गरिसकेपछि त्यसो गर्नुहोला।” के यसरी प्रार्थना गर्नु राम्रो हो त? (होइन।) तैँले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, अहिले मेरो कद र आस्था सानो छ, म परिस्थितिहरू सामना गर्नुपर्छ कि भनेर डराउँछु; वास्तवमा, म सबै मामला र कुराहरू तपाईँकै हातमा छन् भनेर विश्वास गर्दिनँ। मैले आफूलाई तपाईँको हातमा सुम्पेको छैनँ; यो त ठूलो विद्रोह हो! म तपाईँका प्रबन्ध र योजनाबद्ध कार्यहरूमा समर्पित हुन इच्छुक छु। तपाईँले जे गर्नुभए पनि, मेरो हृदय तपाईँको गवाही दिन इच्छुक छ। म तपाईँको अपमान नगरी आफ्नो गवाहीमा दह्रिलो भई खडा रहन इच्छुक छु। कृपया, तपाईँ आफ्नो इच्छाअनुसार काम गर्नुहोस्।” तैँले आफ्ना आकाङ्क्षा र आफूले भन्न चाहेका कुराहरू परमेश्वरसामु राख्नुपर्छ—साँचो आस्था यसरी नै उत्पन्न गरिन्छ। यदि तँ यसरी प्रार्थना गर्नसमेत सङ्कोच मान्छस् भने, तेरो आस्था कति सानो होला! तैँले बारम्बार यसरी प्रार्थना गर्नुपर्छ। तँ यसरी प्रार्थना गरिस् भने पनि, परमेश्वरले अनिवार्य रूपमा जवाफ फर्काउनुहुनेछ भन्ने छैन। परमेश्वरले मानिसहरूलाई तिनीहरूले सहन सक्ने भन्दा बढी बोझ दिनुहुन्न, तर यदि तैँले आफ्नो मनोवृत्ति र सङ्कल्प स्पष्ट बनाइस् भने, परमेश्वर प्रसन्न हुनुहुनेछ। परमेश्वर प्रसन्न हुनुभएपछि तेरो हृदयलाई यो कुराले बाधा वा अवरोध गर्नेछैन। “श्रीमान, सन्तान, परिवार, सम्पत्ति जस्ता कुराहरू—यी सबै परमेश्वरकै हातमा छन्। तिनको कुनै मूल्य हुँदैन। पूरै ब्रह्माण्ड नै परमेश्वरको हातमा छ; के मेरो परिवार पनि उहाँकै हातमा छैन र? मैले तिनीहरूको चिन्ता गर्नुको के अर्थ हुन्छ र? यसमा मेरो राय चल्दैन, म सक्षम नै छैनँ, र म तिनीहरूको रक्षा गर्न सक्दिनँ। तिनीहरूको नियति र सबैथोक परमेश्वरकै हातमा छ!” तँमा परमेश्वरसामु आएर प्रार्थना गर्नका निम्ति आस्था हुनैपर्छ, तैँले दृढ सङ्कल्प राख्नुपर्छ र परमेश्वरका प्रबन्धहरूमा समर्पित हुने निर्णयमा पुग्नुपर्छ। अनि तँभित्रको स्थिति परिवर्तन हुनेछ। तँमा चिन्ता बाँकी रहनेछैन, र तँ उप्रान्त चिन्तित हुनेछैनस्। तँ आफूले गर्ने सबै कुरामा अति सावधान र आशङ्काले भरिएको हुनेछैनस्। अरू सबै अघि बढ्दा, तँ पछाडि नै रहन्छस्, सधैँ उम्किन चाहन्छ्स्—के यो कायरले गर्ने काम होइन? राज्यमा परमेश्वरका जनहरूले आफ्नो कर्तव्य निभाउँदा अनि सृष्टिकर्तासामु सृजित प्राणीहरूले आफ्नो कर्तव्य निभाउँदा, तिनीहरू शान्त रूपमा, परमेश्वरको डर मान्ने हृदयका साथ अघि बढ्नुपर्छ। तिनीहरूले अल्याङटल्याङ गर्ने, पछि हट्ने वा अति सावधान हुने गर्नुहुन्न। यदि तँलाई यो स्थिति गलत हो भन्ने थाहा छ र यदि तँ यसलाई समाधान गर्नहेतु सत्यता खोज्नुको सट्टा निरन्तर यसबारे चिन्ता गरिरहन्छस् भने, तँलाई त्यसले बाधा पुर्‍याइरहेको र बाँधिरहेको छ, र तैँले आफ्नो कर्तव्य निभाउन सक्नेछैनस्। तँ सृजित प्राणीको रूपमा आफ्नो सम्पूर्ण हृदय, मन र बलले आफ्नो कर्तव्य निभाउन चाहन्छस्, तर के तैँले यो हासिल गर्न सक्छस् त? तँ आफ्नो सम्पूर्ण हृदय समर्पित गर्ने अवस्थामा पुग्न सक्दैनस्, किनभने तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाएकै छैनस्—तैँले धेरै भए आफ्नो हृदयको दशांश मात्र समर्पित गरेको छस्। पूरै हृदय नलगाई, तैँले आफ्नो पूरै मन र बल कसरी लगाउन सक्छस्? तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाएको छैनस्, र तँमा त्यो पूरा गर्ने अलिकति इच्छुकता मात्र छ। के तँ आफ्नो पूरै हृदय र मन लगाएर साँच्चै आफ्नो कर्तव्य निभाउन सक्छस् त? तँमा सत्यता अभ्यास गर्ने सङ्कल्प छैन, त्यसैले तँ परिवार र तिनीहरूप्रतिको मोहमा बाँधिन्छस् नै। तिनीहरूले तेरो हात-खुट्टा बाँधिदिनेछन्; तिनीहरूले तेरो विचार र हृदयलाई नियन्त्रण गर्नेछन्, अनि तैँले सत्यता र परमेश्वरका मागहरू पूरा गर्न सक्नेछैनस्—तँ इच्छुक हुनेछस् तर तँमा बलको कमी हुनेछ। त्यसैले, तैँले परमेश्वरसामु प्रार्थना गर्नुपर्छ, एकातिर उहाँको इच्छा बुझ्नुपर्छ र साथसाथै आफू सृजित प्राणीका रूपमा कहाँ उभिनुपर्छ भनेर पनि जान्नुपर्छ; तैँले आफूमा हुनुपर्ने सङ्कल्प र मनोवृत्तिलाई परमेश्वरसामु राख्नुपर्छ। तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अरू मानिसहरूमा यी चिन्ता किन हुँदैन? के तँलाई अरू मानिसहरूसँग परिवार वा यस्ता कठिनाइहरू हुँदैनन् जस्तो लाग्छ? वास्तवमा, सबैका निश्चित देहगत वा पारिवारिक उल्झनहरू हुन्छन्, तर केही मानिसहरू परमेश्वरलाई प्रार्थना गरेर अनि सत्यता खोजेर तिनलाई सुल्झाउन सक्षम हुन्छन्। खोजी गरेको केही अवधिपछि, तिनीहरूले यो देहप्रतिको मोह छर्लङ्गै देख्छन् र हृदयबाटै तिनलाई त्यागिदिन्छन्; त्यस उप्रान्त, तिनीहरूका निम्ति यी कुराहरू कठिनाइ हुँदैनन्, र तिनीहरूलाई तिनले नियन्त्रण गर्ने वा बाधा पुर्‍याउने छैन। तिनले तिनीहरूको कर्तव्य निर्वाहलाई असर गर्दैनन्, र त्यसैले तिनीहरू स्वतन्त्र बन्छन्। बाइबलमा परमेश्वरका वचनहरूको एउटा पङ्क्ति छ, जसले यसो भन्छ, “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। व्यक्तिसँग भएको सबै कुरा त्याग्नु भनेको के हो? “सबै कुरा” भनेको के हो? “सबै कुरा” मा हैसियत, प्रसिद्धि, समृद्धि, परिवार, मित्रजन र सम्पत्तिजस्ता यी सबै कुराहरू समावेश हुन्छन्। त्यसोभए, तेरो हृदयमा के-कस्ता कुराहरूले महत्त्वपूर्ण स्थान ओगट्छन् त? कसैका लागि महत्त्वपूर्ण स्थान ओगट्ने कुरा सन्तान हुन्छ, कसैका लागि आमाबाबु, कसैका लागि सम्पत्ति, र अरूका लागि त्यो हैसियत, प्रसिद्धि र समृद्धि हुन्छ। यदि तँ यी कुराहरूलाई कदर गर्छस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। तैँले यी कुराहरूलाई कदर नगरी पूर्णतः त्याग्छस् भने, तिनले तँलाई नियन्त्रण गर्न सक्दैनन्। यो कुरा तीप्रति तेरो मनोवृत्ति कस्तो छ र तैँले तिनलाई कसरी सम्हाल्छस् भन्ने कुरामा मात्र भर पर्छ।

परमेश्वरले जुनै समयको वा जुनसुकै चरणको काम गरिरहनुभएको भए पनि, उहाँलाई जहिले पनि उहाँसँग सहकार्य गर्न केही मानिसहरू आवश्यक पर्छन् भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ। यी मानिसहरूले उहाँको काममा वा सुसमाचार सुनाउन सहकार्य गर्छन् भनेर उहाँले नै पूर्वनिर्धारित गर्नुहुन्छ। त्यसोभए, के परमेश्वरसँग उहाँले पूर्वनिर्धारित गर्नुभएको हरेक व्यक्तिका लागि आज्ञा हुन्छ त? हरेक व्यक्तिको मिसन र जिम्मेवारी हुन्छ; सबैका लागि आज्ञा हुन्छ। जब परमेश्वरले तँलाई आज्ञा दिनुहुन्छ, त्यो तेरो जिम्मेवारी बन्छ। तैँले यो जिम्मेवारी वहन गर्नुपर्छ; यो तेरो कर्तव्य हो। कर्तव्य भनेको के हो? कर्तव्य भनेको परमेश्वरले तँलाई दिनुभएको मिसन हो। मिसन भनेको के हो? (परमेश्वरको आज्ञा नै मानिसको मिसन हो। व्यक्तिले आफ्नो जीवन परमेश्वरको आज्ञाका निम्ति जिउनुपर्छ। यो आज्ञा तिनीहरूको हृदयको एकमात्र कुरा हुनुपर्छ र तिनीहरू अरू कुनै पनि कुराका निम्ति जिउनुहुँदैन।) परमेश्वरको आज्ञा नै मानिसको मिसन हो; यो सही बुझाइ हो। परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई परमेश्वरको आज्ञा पूरा गर्न पृथ्वीमा राखिएको हो। यदि तँ यो जीवनमा सामाजिक खुड्किलो चढ्ने, सम्पत्ति बटुल्ने, राम्रो जीवन जिउने, परिवारको सामिप्यतामा रमाउने, र प्रसिद्धि, समृद्धि र हैसियतको आनन्द उठाउने जस्ता कुराहरू मात्र पछ्याउँछस् भने—यदि तैँले सामाजिक हैसियत कमाइस्, तेरो परिवार प्रतिष्ठित भयो, तेरो परिवारका सबैजना सुरक्षित र स्वस्थ भए—तर तँ परमेश्वरले तँलाई दिनुभएको मिसनलाई बेवास्ता गर्छस् भने, के तैँले जिइरहेको यो जीवनको कुनै मूल्य हुन्छ र? तैँले मरेपछि परमेश्वरलाई के जवाफ दिनेछस्? तैँले जवाफ दिन सक्नेछैनस्, र यो सबैभन्दा ठूलो विद्रोह हो; यो सबैभन्दा ठूलो पाप हो। तिमीहरूमध्ये कसले अहिले परमेश्वरको घरमा संयोगवश कर्तव्य निभाइरहेका छौ र? तिमीहरू आफ्नो कर्तव्य निभाउन जुनसुकै पृष्ठभूमिबाट आए पनि, त्यो संयोगवश भएको होइन। यो कर्तव्य जथाभावी केही नयाँ विश्वासीहरू खोजेर मात्र पूरा गर्न सकिँदैन; यो युगहरूभन्दा अगाडि नै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो। कुनै कुरा पूर्वनिर्धारित हुनु भनेको के हो? किटान नै गरेर भन्नुपर्दा के हो त? यो के हो भने, उहाँको सम्पूर्ण व्यवस्थापन योजनामा परमेश्‍वरले धेरै लामो समयअघि नै तँ कति चोटि पृथ्वीमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको योग्यता हुनेछ, तँ कतिको स्पष्टवादी हुनेछस्, तेरो के क्षमता हुनेछ र तँ कस्तो रूपरङ्गको हुनेछस् भनेर योजना बनाइसक्नुभएको छ। उहाँले तँ परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्न थाल्ने उमेर र तैँले कुन समयमा के-कस्तो कर्तव्य पूरा गर्नेछस् भनेर योजना बनाइसक्‍नुभएको छ—परमेश्‍वरले सुरुमै तेरो लागि हरकदम पूर्वनिर्धारित गरिसक्‍नुभएको छ। तँ जन्मनुअघि र तँ पछिल्ला धेरै वटा जीवनमा पृथ्वीमा आउँदा, परमेश्वरले तैँले, कामको यो अन्तिम चरणमा के-कस्तो कर्तव्य निभाउनेछस् भनी परमेश्‍वरले प्रबन्ध गरिसक्नुभएको थियो। यो निश्चय नै ठट्टा होइन! तिमीहरूले यहाँ प्रवचन सुन्न सकिरहेका छौ, यो पनि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यसलाई हल्का रूपमा लिन मिल्दैन! यसका साथै, तेरो उचाइ, तेरो रूपरङ्ग, तेरा आँखा कस्ता देखिन्छन्, तेरो आकृति, तेरो स्वास्थ अवस्था, तेरा जीवन अनुभवहरू के-कस्ता छन् र तँ निश्चित उमेरमा कुन कर्तव्यहरू लिन सक्छस्, र तेरो गुणस्तर र क्षमता कस्तो छ—परमेश्वरले तेरो निम्ति यी कुराहरू धेरै अघि पूर्वनिर्धारित गर्नुभएको थियो, र ती निश्चय नै अहिले प्रबन्ध गरिएका होइनन्। परमेश्वरले धेरै अघि तेरो निम्ति यी कुराहरू पूर्वनिर्धारित गर्नुभएको छ, भन्नुको मतलब, यदि उहाँले तँलाई प्रयोग गर्ने मनसाय बनाउनुभयो भने, उहाँले तँलाई यो आज्ञा र यो मिसन दिनुअघि नै तँलाई तयार गरिसक्नुभएको हुनेछ। त्यसैले, के तँ त्यसबाट भाग्नु स्वीकार्य हुन्छ त? के तँ त्यसबारे अर्धमनको हुनु स्वीकार्य हुन्छ त? ती दुवै स्वीकार्य हुँदैनन्; त्यसो गर्नु परमेश्वरलाई निराश तुल्याउनु हो! मानिसहरूले आफ्नो कर्तव्य त्याग्नु भनेको सबैभन्दा घटिया खालको विद्रोह हो। त्यो जघन्य कार्य हो। परमेश्वरले विचारशील र गम्भीर भएर मिहिनेत गर्नुभयो, अनादिकालदेखि नै तँलाई आजसम्म ल्याउन र यो मिसन दिन पूर्वनिर्धारित गर्नुभयो। त्यसोभए के यो मिसन तेरो जिम्मेवारी होइन त? के तेरो यो जीवनलाई मूल्य दिने कुरा यही होइन र? यदि तँ परमेश्वरले तँलाई दिनुहुने मिसन पूरा गर्दैनस् भने, तैँले जिउनुको मूल्य र अर्थ गुमाउँछस्; तँ व्यर्थमा जिएको जस्तै हुन्छ। परमेश्वरले तेरो निम्ति उचित परिस्थिति, वातावरण र पृष्ठभूमि प्रबन्ध गर्नुभयो। उहाँले तँलाई यो गुणस्तर र क्षमता प्रदान गर्नुभयो, तँलाई यो उमेरसम्म जिउन तयार गर्नुभयो, र तँलाई आफ्नो यो कर्तव्य निभाउन चाहिने सबै योग्यताहरू प्राप्त गर्न तयार पार्नुभयो, उहाँले तेरो निम्ति यो सबै प्रबन्ध गर्नुभएको छ, तैपनि तैँले लगनशीलतापूर्वक यो कर्तव्य निभाइरहेको छैनस्। तँ परीक्षा सहन नसकेर उम्किन रोज्छस्, सधैँ राम्रो जीवन जिउन र सांसारिक कुराहरू पछ्याउन खोज्छस्। तँ परमेश्वरले तँलाई दिनुभएको वरदान र क्षमताहरू लिएर शैतानका निम्ति जिउँदै त्यसको सेवा गर्छस्। यसले परमेश्वरलाई कस्तो महसुस गराउँछ? उहाँका तँप्रतिका आशाहरू पूरा नहुँदा, के उहाँले तँलाई घृणा गर्नुहुनेछैन र? के उहाँले तँलाई हेला गर्नुहुनेछैन र? उहाँले तँमाथि ठूलो क्रोध बर्साउनुहुनेछ। अनि त्यसपछि के यो मामला सुल्झेको मान्न सकिन्छ? के यो तैँले सोचेझैँ सरल हुन सक्छ? के तँलाई तैँले यो जीवनमा आफ्नो मिसन पूरा गरिनस् भने, तँ मरेपछि कुरा सक्किन्छ जस्तो लाग्छ? कुरा त्यहाँ सकिन्न; त्यसपछि तेरो आत्मा खतरामा हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिनस्, परमेश्वरको आज्ञा स्विकारिनस्, र तँ परमेश्वरको उपस्थितिबाट भागिस्। कुरो गम्भीर भइसक्यो। तँ भागेर कहाँ जान सक्छस्? के तँ परमेश्वरको हातबाट उम्किन सक्छस्? परमेश्वरले यस्तो व्यक्तिलाई कसरी वर्गीकरण गर्नुहुन्छ? (यी मानिसहरूले उहाँलाई धोका दिएका छन्।) परमेश्वरले उहाँलाई धोका दिएका मानिसहरूलाई कसरी पारिभाषित गर्नुहुन्छ? परमेश्वरको न्यायको सिंहासनबाट भागेर जाने मानिसहरूलाई उहाँले कसरी वर्गीकरण गर्नुहुन्छ? यी मानिसहरूले हुन् विनाश भोग्नेछन् र नष्ट हुनेछन्। तैँले अर्को जीवन वा पुनर्जन्म कहिल्यै पनि पाउनेछैनस् र परमेश्वरले सम्भवतः तँलाई अर्को कुनै आज्ञा दिनुहुनेछैन। उप्रान्त तेरो लागि कुनै मिसन छैन, र तँसँग मुक्ति प्राप्त गर्ने कुनै मौका छैन। यो त गम्भीर समस्या हो! परमेश्वरले यसो भन्नुहुनेछ: “यो व्यक्ति पहिले एकचोटि मेरो नजरबाट भागिसक्यो, मेरो न्यायको सिंहासन र मेरो उपस्थितिबाट उम्किसक्यो। उसले आफ्नो मिसन पूरा वा आफ्नो आज्ञा पालन गरेन। उसको जीवन यहीँ सक्किन्छ। खतम; जीवन सक्कियो।” कस्तो दु:खद घटना! चाहे तिमीहरूको कर्तव्य ठूलो होस् वा सानो, भौतिक होस् वा मानसिक, बाह्य मामलाहरू सम्हाल्ने कुरा होस् वा भित्री काम, तिमीहरूले आज परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउन सक्छौ, र कसैले पनि आफ्नो कर्तव्य संयोगवश निभाइरहेको छैन। यो तेरो रोजाइ कसरी हुन सक्छ? यो सबैको अगुवाइ परमेश्वरले नै गर्नुहुन्छ। परमेश्वरले तँलाई आज्ञा दिनुभएको कारण मात्र तँ यसरी उत्प्रेरित भएको छस्, तँमा मिसन र जिम्मेवारीको यो समझ छ, र तँ यो कर्तव्य निभाउन सक्छस्। अविश्वासीहरूमध्ये कति धेरै जनामा सुन्दर रूप, ज्ञान वा प्रतिभा हुन्छ, तर के परमेश्वरले तिनीहरूलाई रुचाउनुहुन्छ त? अहँ, रुचाउनुहुन्न। परमेश्वरले तिनीहरूलाई चुन्नुभएन, र उहाँ तिमीहरूलाई मात्र रुचाउनुहुन्छ। उहाँले आफ्नो व्यवस्थापन योजनामा तिमीहरू सबैलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न, हरेक प्रकारको कर्तव्य निर्वाह गर्न, र विभिन्न प्रकारका जिम्मेवारी वहन गर्न लगाउनुभएको छ। जब अन्तत: परमेश्वरको व्यवस्थापन योजना सक्किन्छ र हासिल हुन्छ, यो कत्रो महिमा र गौरवको कुरा हुनेछ! त्यसैले, मानिसहरूले आज आफ्नो कर्तव्य निभाउने क्रममा अलिकति कठिनाइ भोग्दा; केही कुराहरू त्याग गर्नुपर्दा, आफूलाई अलिकति समर्पित गर्दा, र निश्चित मूल्य चुकाउँदा; संसारमा आफ्नो हैसियत अनि प्रसिद्धि र सम्पत्ति गुमाउँदा; र यी सबै कुराहरू बिलाउँदा, परमेश्वरले तिनीहरूबाट यी सबै कुराहरू लैजानुभए जस्तै देखिन्छ, तर तिनीहरूले अझ बढी बहुमूल्य र मूल्यवान कुरा प्राप्त गरेका छन्। मानिसहरूले परमेश्वरबाट के प्राप्त गरेका छन्? तिनीहरूले आफ्नो कर्तव्य निभाएर सत्यता र जीवन प्राप्त गरेका छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि मात्रै परमेश्वरको आज्ञा पूरा गरेको हुन्छस्, तँ आफ्नो पूरै जीवन आफ्नो मिसन र परमेश्वरले तँलाई दिनुभएको आज्ञाका निम्ति जिउँछस्, तँसँग सुन्दर गवाही हुन्छ, र तँ मूल्यवान जीवन जिउँछस्—तब मात्र तँ वास्तविक व्यक्ति बन्छस्! अनि म किन तँलाई वास्तविक व्यक्ति भन्छु? किनभने परमेश्वरले तँलाई चुन्न्नुभएको छ र उहाँको व्यवस्थापनअन्तर्गत तँलाई सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने तुल्याउनुभएको छ। यो तेरो जीवनको सबैभन्दा ठूलो मूल्य र अर्थ हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जब तैँले धेरै प्रवचन, धेरै सत्यता र परमेश्वरका धेरै वचन सुनेको हुन्छस्, र यो मार्ग नै सही र जीवनको सही मार्ग हो भन्ने थाहा पाइसकेको हुन्छस्, तब त्यस बेला तँलाई कुन कुरा आवश्यक हुन्छ? तैँले परमेश्वरलाई आफ्नो जीवनका लागि शिक्षाप्रद र सहयोगी हुने अनि आफूलाई जीवनमा प्रगति गराउन सक्ने उपयुक्त वातावरणको व्यवस्था गरिमाग्नुपर्छ। यो वातावरण एकदमै आरामदायी नहोला—व्यक्तिको देहले कठिनाइ खेप्नैपर्छ, र उसले धेरै कुरा त्याग्नैपर्छ र छोड्नैपर्छ। यो तिमीहरूले अहिलेसम्म अनुभव गरिसकेको कुरा हो। उदाहरणका लागि, मानिलिऊँ तँ सतावटमा परिस् र घर फर्कन, आफ्ना छोराछोरी वा जीवनसङ्गीलाई भेट्न वा सम्पर्क गर्न, आफ्ना नातेदार र इष्टमित्रलाई भेट्न वा तिनीहरूबाट कुनै खबर प्राप्त गर्न सकिनस्। मध्यरातमा तँ घरबारे यसरी सोच्न थाल्नेथिइस्: “मेरा बुबालाई कस्तो होला? उहाँ वृद्ध हुनुहुन्छ र उहाँको कदर गर्न मलाई असम्भव छ। मेरी आमाको स्वास्थ्य ठिक छैन र उहाँलाई अहिले कस्तो छ, मलाई केही थाहा छैन।” के तँ सधैँ यिनै कुराहरूबारे सोचिरहने थिइनस् होला? यदि तेरो हृदय सधैँ नै यस्ता कुराहरूको बन्धनमा रह्यो भने, त्यसले तेरो कर्तव्य निर्वाहमा कस्तो असर पार्नेछ? तैँले आफूलाई सांसारिक र दैहिक मामिलाहरूमा अति नै मुछिनस् र तीसँग त्यति सरोकार राखिनस् भने, त्यो तेरो जीवनको प्रगतिका निम्ति लाभदायक हुन्छ। तेरो सोचाइ र चिन्ता पटक्कै काम लाग्नेछैन; यी सबै मामिला परमेश्वरको हातमा छन्, र तैँले आफ्नो परिवारका सदस्यहरूको नियति परिवर्तन गर्न सक्दैनस्। तैँले परमेश्वरको विश्वासीको रूपमा आफ्नो पहिलो प्राथमिकता भनेको उहाँको इच्छालाई ध्यान दिनु, आफ्नो कर्तव्य पूरा गर्नु, साँचो आस्था प्राप्त गर्नु, परमेश्वरका वचनहरूको सत्यतामा प्रवेश गर्नु, जीवनमा उन्नति गर्नु र सत्यता प्राप्त गर्नु हो भन्ने बुझ्नैपर्छ। यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। यसो हेर्दा, मानिसहरूले साँच्चै नै संसार र आफ्नो परिवार त्यागेजस्तो देखिन्छ, तर वास्तवमा के भइरहेको हो? (यसमाथि शासन गर्नुहुने यसको बन्दोबस्त गर्नुहुने परमेश्वर नै हुनुहुन्छ।) यसको बन्दोबस्त परमेश्वर गर्नुहुन्छ; उहाँले नै तँलाई आफ्नो परिवार भेट्न रोक्नुहुन्छ। यसलाई अझ उचित तरिकामा भन्नुपर्दा, परमेश्वर तँलाई ती कुराबाट वञ्चित गर्नुहुन्छ। के यी सबैभन्दा व्यावहारिक वचन होइनन् र? (हुन्।) मानिसहरू सधैँ परमेश्वरले मामिलाहरूमाथि शासन र तिनको बन्दोबस्त गर्नुहुन्छ भनी भन्ने गर्छन्, त्यसोभए, उहाँ यस मामिलामाथि कसरी शासन गर्नुहुन्छ? उहाँले तँलाई तेरो घरबाट बाहिर ल्याएर तेरो परिवारलाई तँमाथि बोझ बन्न दिनुहुन्न। त्यसोभए, उहाँ तँलाई कहाँ लग्नुहुन्छ? उहाँ तँलाई कुनै दैहिक उल्झन नभएको, तैँले आफ्ना प्रियजनलाई देख्न नसक्ने वातावरणमा लग्नुहुन्छ। तँलाई तिनीहरूबारे चिन्ता लाग्दा, र तिनीहरूका लागि आफूले केही गर्न चाहँदा, तँ त्यो गर्न सक्दैनस्, र तैँले छोराछोरीको धर्म पूरा गर्न चाहँदा, त्यो गर्न सक्दैनस्। तिनीहरूले अब तँलाई उल्झनमा पार्न सक्दैनन्। परमेश्वरले तँलाई तिनीहरूदेखि टाढा लग्नुभएको छ, र यी सब उल्झनबाट तँलाई वञ्चित गर्नुभएको छ, नत्र त तँ अझै पनि तिनीहरूप्रति छोराछोरीको धर्म पूरा गर्नतिर लाग्नेथिइस्, तिनीहरूको सेवा गर्नेथिइस् र तिनीहरूका लागि कठोर परिश्रम गर्नेथिइस्। परमेश्वरले तँलाई यी बाहिरी उल्झनहरूबाट पर लैजानु राम्रो कुरा हो कि नराम्रो? (राम्रो कुरा।) यो राम्रो कुरा हो, र त्यसमा पछुताउनुपर्ने कुनै कारण छैन। यो राम्रो कुरा भएकाले, मानिसहरूले के गर्नुपर्छ? मानिसहरूले परमेश्वरलाई यसो भन्दै धन्यवाद दिनुपर्छ: “परमेश्वर मलाई अति माया गर्नुहुन्छ!” कसैले पनि आफ्नै प्रयासमा स्नेहको बन्धनबाट उम्कन सक्दैन, किनभने सबै मानिसहरूको हृदय स्नेहको बन्धनमा परेको हुन्छ। तिनीहरू सबै आफ्नो परिवारसँग एकसाथ हुन, पूरैपरिवार एकसाथ भेला हुन, सबै जना सुरक्षित, स्वस्थ र खुसी रहन, र कहिल्यै नछुट्टी हरेक दिन यसै गरी बिताउन चाहन्छन्। तर यसको नराम्रो पक्ष छ। तैँले आफ्नो जीवनका सम्पूर्ण ऊर्जा र प्रयास, आफ्नो युवावस्था, आफ्नो सर्वोत्तम कालखण्ड र आफ्नो जीवनका सर्वोत्तम भाग तिनीहरूमा खर्च गर्नेछस्; तैँले आफ्नो सारा जीवन आफ्नो देह, परिवार, प्रियजन, काम, ख्याति र धनसम्पत्ति र सबै खाले जटिल सम्बन्धहरूमा लगाउनेछस्, र फलस्वरूप आफूलाई पूर्णत: नष्ट गर्नेछस्। त्यसोभए, परमेश्वर मानिसलाई कसरी प्रेम गर्नुहुन्छ? परमेश्वर भन्नुहुन्छ: “तँ यो दलदलमा परेर आफैलाई नष्ट नगर्। यदि तेरा दुवै खुट्टा भासिएका छन् भने, तैँले जतिसुकै बल लगाए पनि आफूलाई बाहिर निकाल्न सक्नेछैनस्। तँसँग कद वा साहस छैन, झन् आस्था हुनु त परको कुरा हो। म नै तँलाई बाहिर निकाल्नेछु।” परमेश्वर यही गर्नुहुन्छ, र उहाँ तँसँग यसबारे कुरा गर्नुहुन्न। किन परमेश्वर मानिसहरूको धारणा माग्नुहुन्न? केही मानिस भन्छन्: “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आफू जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। मानिसहरू किरा-फट्याङ्ग्राजस्ता हुन्, परमेश्वरको नजरमा तिनीहरू केही पनि होइनन्।” तिनीहरू यसै भन्छन्, तर के परमेश्वर मानिसहरूलाई त्यसरी नै व्यवहार गर्नुहुन्छ त? अहँ, गर्नुहुन्न। परमेश्वर धेरै सत्यता व्यक्त गर्नुहुन्छ र ती मान्छेलाई उपहारस्वरूप दिनुहुन्छ, र यसरी मानिसहरूलाई आफ्नो भ्रष्टताबाट मुक्त हुन र उहाँबाट नयाँ जीवन प्राप्त गर्न सक्षम पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्वरको प्रेम अपार छ। यी सबै मानिसहरूले देख्न सक्ने कुरा हुन्। परमेश्वरसँग तेरा लागि अभिप्रायहरू छन्, उहाँले तँलाई यहाँ ल्याउनुको उद्देश्य तँलाई जीवनको सही मार्गमा हिँड्न र अर्थपूर्ण जीवन जिउन लगाउनु हो, यो मार्ग तँ आफै चुन्न सक्दैनस्। मानिसहरू आफ्नो जीवनकाल सुरक्षित र राम्रोसँग बिताउने व्यक्तिगत चाहना राख्छन् र तिनीहरूले धनसम्पत्ति नकमाए पनि, कम्तीमा तिनीहरू आफ्नो परिवारसँग सदाका लागि एकसाथ हुन र यस प्रकारको पारिवारिक सुख भोग्न चाहन्छन्। तिनीहरू परमेश्वरको इच्छाप्रति कसरी विचारशील हुने भनेर बुझ्दैनन्, न त आफ्नो भावी गन्तव्य वा मानवजातिलाई मुक्ति दिने परमेश्वरको इच्छालाई कसरी ध्यान दिने भनेर नै बुझ्छन्। तर परमेश्वर तिनीहरूको बुझाइको कमीलाई ज्यादा ध्यान दिनुहुन्न, र उहाँले तिनीहरूलाई धेरै कुरा भनिरहनु आवश्यक छैन, किनभने तिनीहरू बुझ्दैनन्, तिनीहरूको कद अति सानो छ, र कुनै पनि छलफलले निकास निकाल्नेथिएन। किन त्यसले निकास निकाल्नेथिएन? किनभने मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजनाको ठूलो मामिलालाई मानिसहरूले केवल एक वा दुई वाक्यको व्याख्याद्वारा बुझ्न सक्दैनन्। त्यो अवस्था भएको हुनाले, आखिर मानिसहरूले बुझ्ने दिन नआइञ्जेलसम्म परमेश्वर प्रत्यक्ष रूपमा निर्णयहरू लिनुहुन्छ र काम गर्नुहुन्छ।

जब परमेश्वर आफ्ना केही चुनिएका मानिसहरूलाई चिनियाँ मुख्य भूमीको प्रतिकूल वातावरणबाट बाहिर निकाल्नुहुन्छ, तब त्यसमा उहाँका राम्रा अभिप्रायहरू हुन्छन्, जसलाई अहिले सबैले देख्न सक्छन्। यस सन्दर्भमा, मानिसहरूले परमेश्वरले आफूप्रति देखाएको अनुग्रहका लागि बारम्बार कृतज्ञता देखाउनैपर्छ र धन्यवाद दिनैपर्छ। तँ त्यो पारिवारिक वातावरणबाट निस्केको छस्, देहगत सबै जटिल पारस्परिक सम्बन्धहरूबाट अलग भएको छस्, र आफूलाई सबै सांसारिक र दैहिक उल्झनहरूबाट मुक्त गरेको छस्। परमेश्वरले तँलाई कठिन पासोबाट निकालेर उहाँसामु र उहाँको घरमा ल्याउनुभएको छ। परमेश्वर भन्नुहुन्छ: “यहाँ शान्ति छ, यो ठाउँ साह्रै राम्रो छ, र तेरो विकासका लागि एकदमै उपयुक्त छ। परमेश्वरको वचन र मार्गदर्शन यहीँ छन्, र यहाँ सत्यताले शासन गर्छ। मानवजातिलाई मुक्ति दिने परमेश्वरको चाहना यहीँ छ, र मुक्तिको काम यहीँ केन्द्रित छ। त्यसैले, यहाँ तेरो मन भरून्जेल आफ्नो विकास गर्।” परमेश्वर तँलाई यस्तो वातावरणमा ल्याउनुहुन्छ, त्यस्तो वातावरण जहाँ तैँले आफ्ना प्रियजनको सुख नपाउलास्, आफू बिरामी पर्दा तेरो हेरचाह गर्न वरिपरि तेरा बालबच्चा हुनैछैनन्, आफ्ना मनको कुरा पोख्नका लागि कोही हुँदैन। कोही नभएको बेला आफ्नो देहगत कष्ट र कठिनाइहरू अनि भविष्यमा आफूले भोग्ने सबथोकबारे सोच्दा तँलाई एक्लो महसुस हुनेछ। किन तँलाई एक्लो महसुस हुनेछ? एउटा वस्तुगत कारण भनेको मानिसहरू कदमा अत्यन्तै सानो हुनु हो। व्यक्तिगत कारण चाहिँ के हो त? (मानिसहरू आफ्ना साक्खे प्रियजनलाई पूर्णत: त्याग्न सक्दैनन्।) त्यो सही हो, त्यो व्यक्तिगत कारण भनेको मानिसहरूले ती प्रियजनलाई त्याग्न नसक्नु हो। देहमा जिउने मानिसहरूले देहका विभिन्‍न सम्‍बन्ध र पारिवारिक बन्धनहरूलाई सुखचैनको रूपमा लिन्छन्। तिनीहरूले मानिसहरू आफ्‍ना प्रियजनहरूविना जिउन सक्दैनन् भन्‍ने विश्‍वास गर्छन्। तँ मानव संसारमा कसरी आइस् भन्‍नेबारे तँ किन विचार गर्दैनस्? सुरुमा त तँ अरूसँग कुनै सम्‍बन्ध नगाँसी एक्लै आएको थिइस्। परमेश्‍वरले मानिसहरूलाई यहाँ एकएक गरी ल्याउनुहुन्छ; तँ आउँदा तँ वास्तवमा एक्लै थिइस्। तँलाई त्यस बेला त एक्लो महसुस भएन, अहिले परमेश्वरले तँलाई यहाँ ल्याउनुहुँदा चाहिँ किन तँ एक्लो महसुस गर्छस्? तँलाई आफ्नो मनको कुरा पोख्नका लागि साथीको कमी भएजस्तो लाग्छ, चाहे त्यो आफ्ना छोराछोरी हुन्, आफ्ना आमाबुबा हुन्, वा तेरो जीवनसाथी—पति वा पत्नी—आदि किन नहोस्, तँ एक्लो महसुस गर्छस्। त्यसोभए, तँलाई एक्लो महसुस भएको बेला, किन तँ परमेश्वरलाई सम्झँदैनस्? के परमेश्वर मानिसका साथी हुनुहुन्न र? (उहाँ साथी हुनुहुन्छ।) तँलाई सबैभन्दा बढी पीडा र दुःख लागेको बेला, कसले तँलाई साँच्चै सान्त्वना दिन सक्छ? कसले तेरा समस्याहरूको पूर्ण समाधान गर्न सक्छ? (परमेश्वरले सक्नुहुन्छ।) परमेश्वरले मात्र मानिसहरूको समस्या साँच्चै समाधान गर्न सक्नुहुन्छ। यदि तँ बिरामी परिस् र तेरा छोराछोरीले छेउमा रहेर तँलाई पानी दिँदा र रुँगेर बस्दा तँलाई निकै खुसी लाग्नेछ, तर केही समयपछि नै तेरा छोराछोरीले वाक्क मान्नेछन् र कोही पनि तँलाई रुँगेर बस्न चाहँदैन। त्यस्तो बेला तैँले वास्तवमै एक्लो महसुस गर्नेछस्! त्यसैले, अहिले तँलाई आफूसँग साथी छैन भन्ने लाग्नु, के त्यो वास्तवमै साँचो हो त? त्यो वास्तवमा साँचो होइन, किनभने परमेश्वर सधैँ तेरो साथ रहनुहुन्छ! परमेश्वर मानिसहरूलाई त्याग्नुहुन्न। उहाँ नै तिनीहरूले सधैँ भर पर्न र आश्रय लिन सक्ने व्यक्ति हुनुहुन्छ, र उहाँ नै तिनीहरूको एकमात्र विश्वासपात्र हुनुहन्छ। त्यसैले, तँलाई जस्तोसुकै कठिनाइ र कष्ट आइपरे पनि, वा तैँले जस्तोसुकै दुःख, वा नकारात्मक कुरा वा कमीजोरी सामना गर्नुपरे पनि, यदि तत्कालै परमेश्वरसामु आएर प्रार्थना गरिस् भने उहाँको वचनले तँलाई सान्त्वना दिनेछ अनि तेरा कठिनाइ र सबै प्रकारका समस्याहरू हटाउनेछ। यस्तो वातावरणमा तेरो एक्लोपन परमेश्वरको वचन अनुभव गर्न र सत्यता प्राप्त गर्नका लागि आधारभूत अवस्था बन्नेछ। तैँले अनुभव गर्दै जाँदा बिस्तारै यस्तो सोच्न थाल्नेछस्: “मैले मेरा बाबुआमालाई त्यागेपछि पनि राम्रो जीवन, मेरो लोग्नेलाई छोडेपछि पनि सन्तुष्टदायी जीवन, आफ्ना बालबच्चालाई छोडेपछि पनि आनन्दमय जीवन जिइरहेको छु। म अब रित्तो छैनँ। अबदेखि म मानिसहरूमा भर पर्नेछैनँ, बरु परमेश्वरमा भर पर्नेछु। उहाँले हर समय मेरो भरणपोषण र मद्दत गर्नुहुनेछ। मैले उहाँलाई छुन वा देख्न नसके पनि, उहाँ हर समय र हर ठाउँ मेरो साथमा हुनुहुन्छ भन्ने कुरा मलाइ थाहा छ। यदि मैले उहाँलाई प्रार्थना गरेँ, उहाँलाई पुकारेँ भने, उहाँले मलाई प्रेरित गर्नुहुनेछ, र मलाई उहाँको इच्छा बुझ्ने र सही मार्ग देख्ने तुल्याउनुहुनेछ।” त्यस बेला उहाँ साँच्चै तेरो परमेश्वर बन्नुहुनेछ, र तेरा सबै समस्या समाधान हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिस सत्यता बुझ्न र प्राप्त गर्न दुवै चाहन्छन्; तिनीहरू परमेश्वरका लागि समर्पित हुन चाहन्छन्, तर कुनै कुरा छोड्न सक्दैनन्। तिनीहरू आफ्नो भविष्य छोड्न सक्दैनन्, आफ्नो देहसुख छोड्न सक्दैनन्, आफ्नो पारिवारिक बन्धन, आफ्ना छोराछोरी र बुबाआमा छोड्न सक्दैनन्, न त आफ्नो अभिप्राय, उद्देश्य वा चाहना नै छोड्न सक्छन्। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू सधैँ आफू, आफ्ना मामिला अनि आफ्ना स्वार्थी चाहनालाई प्रथम स्थानमा राख्छन्, र सत्यतालाई अन्तिम स्थानमा राख्छन्; तिनीहरू देह र आफ्नो शैतानी, भ्रष्ट स्वभावको स्वार्थ पूरा गर्नुलाई प्राथमिकता दिन्छन् भने परमेश्वरको वचन अभ्यास गर्नु र उहाँलाई सन्तुष्ट पार्नुलाई गौण बनाउँछन् र अन्तिम स्थानमा राख्छन्। के यस्ता मानिसहरूले परमेश्वरको अनुमोदन पाउन सक्छन्? के तिनीहरू कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न वा परमेश्वरको अभिप्राय पूरा गर्न सक्छन्? (कहिल्यै सक्दैनन्।) के यसो हेर्दा तैँले आफ्नो कर्तव्य पूरा गरेको छस् र अल्छे भएको छैनस्, तर तेरो भ्रष्ट स्वभाव अलिकति पनि ठिक भएको छैन भने, के यो परमेश्वरको मार्ग पछ्याउनु हो? (होइन।) तिमीहरू सबै यी कुरा बुझ्छौ, तर सत्यता अभ्यास गर्ने कुरा आउँदा, त्यो कठिन हुन्छ। तैँले नियम पालन गर्न र प्रक्रिया पूरा गर्नमा नभई सत्यता अभ्यास गर्नमा कष्ट भोग्नुपर्छ र मूल्य चुकाउनपर्छ। तैँले सत्यताका लागि जति नै कष्ट भोगे पनि, यसो गर्नु सार्थक हुनेछ, अनि तैँले परमेश्वरको अभिप्राय पूरा गर्न सत्यता अभ्यास गर्दा भोग्ने कष्टलाई उहाँले स्विकार्नुहुनेछ र अनुमोदन गर्नुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्‍वरमा अर्पण गर्न र उहाँको सामु राख्‍न, उहाँप्रति पूर्ण समर्पित बन्‍न र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा ख्याल गर्न सक्छस् भने—परमेश्‍वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि, परिवारका लागि र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि नभई, परमेश्‍वरको परिवारको हितका लागि यसो गर्न सक्छस् भने—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्‍वरको सामु उहाँको स्याबासी पाउने व्यक्ति बन्‍नेछस्। परमेश्‍वरले मन पराउनुहुने मानिसहरू ती हुन् जो पूर्ण रूपमा उहाँतर्फ रहेका छन्; तिनीहरू ती मानिसहरू हुन् जो पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छन्। जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ तिनीहरू ती मानिसहरू हुन् जो उहाँतर्फ आधा हृदयका हुन्छन् र जसले उहाँको विरुद्धमा विद्रोह गर्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, जसले उहाँमा विश्‍वास त गर्छन् तर सधैँ उहाँबाट आनन्द लिन चाहन्छन् र उहाँका निम्ति आफूलाई पूर्ण रूपमा समर्पित गर्न असमर्थ हुन्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छौं त भन्छन्, तर आफ्नो हृदयमा उहाँको विरुद्धमा विद्रोह गर्छन्; उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जो छलकपट गर्न शब्दचातुर्य र आलङ्कारिक वचनहरूको प्रयोग गर्छन्। जो साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन् वा जो साँचो रूपले उहाँको अघि झुक्दैनन्, तिनीहरू विश्‍वासघाती र अति नै अहङ्कारी प्रकृतिका हुन्छन्। जो सामान्य, व्यावहारिक परमेश्‍वरको अगाडि साँचो रूपले समर्पित हुन सक्दैनन्, तिनीहरू झनै अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष रूपमा प्रधान स्वर्गदूतका बफादार सन्तान हुन्। परमेश्‍वरका लागि आफूलाई साँचो रूपमा समर्पित गर्ने मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्व नै उहाँमा चढाउँछन् र आफूलाई उहाँको सामु राख्छन्; तिनीहरू साँचो रूपमा उहाँका सबै वचनहरू र काममा समर्पित हुन, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्न र तिनलाई आफ्नो अस्तित्वको आधार बनाउ सक्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा इमानदारीसाथ खोजी गरी कुन-कुन भागचाहिँ अभ्यास गर्नुपर्छ भनी पत्ता लगाउन सक्छन्। साँचो रूपमा परमेश्‍वरको सामु जिउने मानिसहरू तिनीहरू नै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा हुने आफ्‍नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई निष्क्रिय रूपमा गलत मार्गमा लैजानु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई मुक्त गर्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँका अभिप्रायहरू पूरा गर्नका लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्ता आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवको रूपमा र परमेश्‍वरको खोजी गर्ने व्यक्तिको रूपमा, तैँले आफ्‍नो जीवनलाई कस्तो व्यवहार गर्छस्, तैँले आफैलाई परमेश्‍वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारेमा होसियारीसाथ विचार गर्न तँ सक्षम हुनुपर्छ। … तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्‌, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्‌। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्‌, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्‌, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

आज, ज-जसले मेरो इच्छालाई पछ्याउन सक्छन्, ज-जसले मेरा बोझहरूलाई उचित ध्यान दिन सक्छन्, र ज-जसले साँचो हृदय र इमानदारिताको साथ आफ्‍नो सम्पूर्णता मलाई दिन सक्छन् तिनीहरूलाई म प्रेम गर्छु। म तिनीहरूलाई निरन्तर रूपमा अन्तर्दृष्टि दिनेछु, र तिनीहरूलाई मबाट फुत्केर टाढा हुन दिनेछैन। म प्रायजसो भन्‍ने गर्छु, “मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” “आशिष्‌” ले केलाई जनाउँछ? के तँलाई थाहा छ? पवित्र आत्‍माको वर्तमान कार्यको प्रसङ्गमा, यसले मैले तिमीहरूलाई दिने बोझहरूलाई जनाउँछ। मण्डलीको लागि बोझ बोक्‍न सक्‍ने, र मेरो खातिर आफूलाई इमानदारितापूर्वक अर्पण गर्न सक्‍नेहरू सबैका लागि, तिनीहरूका बोझ र तिनीहरूको तत्परता दुवै मबाट आउने आशिष्‌ हुन्। यसको साथै, मैले तिनीहरूलाई दिने प्रकाशहरू पनि मबाट तिनीहरूले पाउने आशिष्‌ नै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८२

म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई पछ्याउनेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू अवश्य नै मेरो अधीनमा आउनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरा लागि समर्पित गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत्, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

सम्बन्धित भजनहरू

आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको कामको लागि अर्पण गर

सत्यताको लागि सबै त्याग्‍नुपर्छ

अघिल्लो: ४. सधैँ परमेश्‍वरबाट माग गरिरहने समस्या कसरी समाधान गर्ने

अर्को: ७. जिद्‌ कस्‍ने र संयम नहुने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्