वचन देहमा देखा पर्नुहुन्छ, खण्ड ४

ख्रीष्टविरोधीहरूको खुलासा

“ख्रीष्टविरोधीहरूको खुलासा” “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकको चौथो खण्ड हो। यो पुस्तक सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूको ख्रीष्टले मण्डलीहरूमाझ दिएका प्रवचन र सङ्गतिहरूको विशेष श्रृङ्खला हो। परमेश्वर ख्रीष्टविरोधीहरूको स्वभावको हरेक प्रकटीकरण राम्रोसँग खुलासा गर्नुहुन्छ, तीबारे मानिसहरूलाई पूर्ण रूपमा प्रस्ट पार्नुहुन्छ र ख्रीष्टविरोधीहरूको प्रकृति सार खुट्ट्याउन ठूलो मद्दत गर्नुहुन्छ। ख्रीष्टविरोधीहरूका सारहरू भ्रष्ट मानवजातिमा हुने शैतानी सार हुन्। व्यक्तिले परमेश्वरको मुक्ति पाउन शुद्ध पारिन सक्नुअघि परमेश्वरको वचनको न्याय स्विकार्नैपर्छ। ख्रीष्टविरोधीहरू खुलासा गर्ने यी सत्यताहरूले चेतावनी, प्रेरणा, खुलासा, र न्यायका रूपमा काम गर्छन्, जुन सत्यता बुझ्न, आफूलाई जान्न, र शुद्धिकरण प्राप्त गर्न अत्यन्तै लाभदायी हुन्छन्। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याएर मात्र अरूको भ्रममा पर्नबाट जोगिन, अरू मानिसहरूलाई आदर्श ठान्न र पछ्याउन छोड्न, अनि बरु परमेश्वरलाई पछ्याएर, उहाँप्रति समर्पित भएर र उहाँको आराधना गरेर परिणाम प्राप्त गर्न सकिन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू

डाउनलोड गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्