विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

पूरक: क्यानडाको ख्रीष्टविरोधी घटना सम्हाल्दा

अहिले क्यानडेली मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूको परिस्थिति कस्तो छ? के तिमीहरूले ख्रीष्टविरोधी यानको भित्री रूप चिनेका छौ? यानले जेजसरी बोल्थ्यो र व्यवहार गर्थ्यो, के त्यसमा तिमीहरू कुनै समस्या देख्न सक्छौ? (त्यतिबेला मैले कुनै समस्या देखिनँ, मलाई त उसले कामको अनुगमन गरिरहेको छैन भन्ने मात्र लाग्यो। मलाई खासै अरू कुनै कुराबारे त्यति थाहा भएन।) अब अर्को व्यक्तिले बताओ त। (मेरो यानसँग त्यति सम्पर्क थिएन। म दुई वर्षअघि केही भेलामा ऊसँग गएको थिएँ, तर त्यसपछि ऊसँग मेरो सम्पर्क भएन।) यान तिमीहरूको मण्डली अगुवा थियो, अनि कसरी तिमीहरूको कुनै पनि टोलीको ऊसँग कुनै सम्पर्क रहन सकेन? के अहिले उसका समस्याहरू पत्ता लागेकोले तिमीहरू आफ्ना जिम्मेवारीबाट पन्छिने कोसिस गरिरेहका हौ, कि तिमीहरूको साँच्चै ऊसँग सम्पर्क थिएन? मैले सुनेको कसैको यानसँग अनुचित सम्बन्ध थियो अरे—के कुरा यही हो? (हो।) के तिमीहरूले यो देख्यौ? (देखेनौँ।) त्यसोभए तिमीहरू एकदमै अन्धा हौ। अब अरू कसैले बताओ त। (मेरो यानसँग अलि बढी सम्पर्क थियो। त्यतिबेला, मलाई ऊ अलि अहङ्कारी र आत्मधर्मी छ, अनि आफूलाई उच्च पार्न र देखावा गर्न मन पराउँछ भन्ने मात्र लाग्यो। तर मैले उसमा ख्रीष्टविरोधी सार छ भनेर कहिल्यै खुट्ट्याइनँ।) ऊ महिलाहरूलाई ललाइफकाइ गर्न मन पराउँथ्यो अरे; के तँलाई त्यो थाहा थियो? (अहँ। उसले सङ्गतिमा सधैँ सख्त रूपले पुरुष र स्‍त्रीहरू यौन लम्पट बन्नु एकदमै खराब हो भनेर भन्थ्यो र हामीले त्यस्ता व्यवहार त्याग्नुपर्छ भनेर प्रायः सङ्गति गर्थ्यो। मैले ऊ पर्दापछाडि त्यस्तो होला भनेर कहिल्यै सोचिनँ।) अब अर्को व्यक्तिले बताओ त। (मैले यानसँग एक वर्षजति सङ्गत गरेँ, तर ऊसँग मेरो सम्बन्ध राम्रो रहेन र हामीबीच सद्भावपूर्ण सहकार्य भएन। कामबारे कुराकानी गर्दा मात्र मेरो ऊसँग सम्पर्क हुन्थ्यो र त्यसबाहेक त्यति सम्पर्क हुँदैनथ्यो। त्यसैले, मैले उसको भित्री रूप त्यति धेरै चिनिनँ।) तैँले उसको भित्री रूप त्यति धेरै चिनिनस्? त्यसको मतलब तैँले के भइरहेको छ भनेर देखिनस् कि त्यो खुट्ट्याइनस्? उसको भित्री रूप तँलाई कसरी त्यति धेरै थाहा नभएको हो? यस्तो परिणाम कसरी आयो? (किनभने म हिँडेको मार्ग गलत थियो, र मैले प्रतिभावान्‌ मान्छेलाई आदर्श मानेँ र मान गरेँ। यान राम्रो वक्ता थियो, र उसले हरेक सङ्गतिमा परमेश्‍वरका वचन र माथिका प्रवचन तथा सङ्गतिहरू उद्धृत गर्थ्यो। यस्तो लाग्थ्यो, उसलाई समस्याहरू हल गर्न आउँछ, अनि मण्डलीमा समस्याहरू खडा हुँदैपिच्छे ऊ त्यो समाधान गर्ने प्रयास गर्थ्यो।) यदि उसलाई समस्याहरू समाधान गर्न आउँथ्यो भने, कसरी क्यानडेली मण्डलीको चलचित्र निर्माण टोलीमा त्यति धेरै समस्या आए जुन अहिलेसम्म पनि समाधान भएका छैनन्? तँ उसलाई साँच्चै समस्या हल गर्न आउँथ्यो भनेर भन्छस्, तर के त्यो बकवास कुरा होइन र? के त्यो भ्रामक छैन र? (छ।) के तिमीहरू प्रवचनहरू सुन्छौ? के तिमीहरू हरेक हप्ता भेलामा जान्छौ? (जान्छौँ।) त्यसोभए, के तिमीहरू मैले ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने भन्नेबारे प्रवचनहरू दिँदा मेरो कुरा सुन्छौ? (सुन्छौँ।) अब मेरो कुरा सुनेपछि, के तिमीहरू यानको साँचो रूप चिन्छौ त? के तिमीहरू यानले जसरी काम गर्थ्यो, त्यसमा कुनै समस्या देख्न सक्छौ? तिमीहरू त्यो ख्रीष्टविरोधी भएकै ठाउँमा प्रवचन सुनिरहेका र भेला भइरहेका थियौ, तैपनि तिमीहरूले यस्तो प्रस्ट ख्रीष्टविरोधीलाई समेत देख्न सकेनौ—यसमा समस्या के हो? यान दुई वर्ष पाँच महिनादेखि अगुवा थियो; को ऊसँग सबैभन्दा धेरै सम्पर्कमा थियो? उसले कुन टोलीमा सबैभन्दा लामो समय बितायो? त्यस टोलीका कति जनाले उसको वास्तविक रूप चिने? कति जनाले उसमा समस्या छ भनेर थाहा त पाए तर त्यो बताएनन्? अनि, कसले उसमा समस्या छ भनेर पत्ता लगाए र त्यो बताउन अघि सरे? के तिमीहरूलाई यी प्रश्‍नहरूको उत्तर थाहा छ? (ऊ वास्तवमा कस्तो हो भनेर कसैले चिनेन।) त्यसोभए कसरी पछि तिमीहरूले ऊ ख्रीष्टविरोधी हो भनेर पत्ता लगायौ त? (ऊसँग सम्पर्कमा रहेकी एक सिस्टरले आफू खराब स्थितिमा भएको बताइन्, र हामीले त्यो परिस्थितिबारे थप जान्न खोज्दा महिलाहरूसँग यानका सम्बन्धहरूको समस्या थाहा पायौँ।) त्यो सिस्टरले त त्यो समस्या उदाङ्गो पारी, अनि के अरू कसैले त्यसको रिपोर्ट गऱ्यो त? (अहँ, गरेन।)

यस अवधिमा हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गर्नमा समय बिताएका छौँ, के तिमीहरूले यानमा भएका अन्य कुनै समस्याहरू पत्ता लगाएका छौ? (ख्रीष्टविरोधीहरूलाई खुट्याउनेबारे सङ्गति गरिएपछि, मैले के पत्ता लगाएको छु भने, यान मानिसहरूबीच फूट गराउन निकै खप्पिस थियो। उसले प्रायः मेरो अगाडि केही दाजुभाइ र दिदीबहिनीहरूको आलोचना गर्थ्यो र मसँग काम गर्ने सिस्टर त सत्यता अभ्यास नगर्ने र मान्छे खुसी पारिहिँड्ने व्यक्ति मात्र हो भन्‍नेजस्ता नानाथरी कुरा भन्दै ती सिस्टरसँगको मेरो सम्बन्धमा फाटो ल्याउने प्रयास गर्थ्यो। यसले गर्दा ममा ती सिस्टरबारे निश्चित धारणाहरू आए, र केही समयपछि त मैले ती सिस्टरसँग राम्ररी काम गर्नै सकिनँ।) वास्तवमा, तिमीहरू सबैमा नै यानबारे आआफ्नै धारणाहरू थिए, तर कसैले पनि त्यो बताउने वा रिपोर्ट गर्ने काम गरेन। तिमीहरू सबै नै मान्छे खुसी पारिहिँड्ने व्यक्ति हौ, जसले बरु मण्डलीको काममा ढिलाइ गराउँछ तर त्यसको वास्ता बिलकुलै गर्दैन। माथिबाट उसको लागि बन्दोबस्त गरिएको काम उसले गरेन, तर यो देखेर पनि तिमीहरूले उसको रिपोर्ट गरेनौ, बरु यो ख्रीष्टविरोधीलाई जोगायौ र ऊसलाई आफूखुसी दियौ। किन तिमीहरूले उसको रिपोर्ट गरेनौ? के तँ उसलाई बेखुस पारिएला भनेर डराएको थिइस्, कि तैँले कुरा राम्ररी बुझेको थिइनस्? (मैले कुरा राम्ररी बुझेको थिइनँ। कहिलेकाहीँ मलाई केही समस्या आइपर्दा उसलाई भेट्नेबाहेक, सामान्यतया म ऊसँग सङ्गत गर्दिनँथेँ। ऊ आफू काममा व्यस्त छु भन्थ्यो, तर उसले सत्य बोल्दैथ्यो वा थिएन, हामीलाई थाहा हुन्‍नथ्यो।) उसले नदेख्ने गरी के गरिरहेको थियो भनेर अनुसन्धान गर्नु त जरुरी थिएन; तर तैँले तेरो आँखैअगाडि उसले के गरिरहेको छ भनेर केही थाहा पाउन सक्नुपर्थ्यो। ख्रीष्टविरोधीहरूले काम गर्दा निश्चित प्रकटीकरणहरू हुन्छन्। उसले कसैले नदेख्ने गरी मात्र काम गरिरहेको थिएन; तैँले ती कुराहरू आफै चिन्न सक्नुपर्थ्यो। यदि तिमीहरूले ती प्रकटीकरणहरू देख्न सकेनौ भने, के तिमीहरू अन्धा थिएनौ र? (थियौँ।) त्यसोभए यदि अब फेरि कोही यस्तो बन्यो भने, के तिमीहरू तिनीहरूलाई चिन्न सक्छौ? के यानजस्तो व्यक्तिले वास्तविक काम गर्न सक्छ? के उसले सत्यता सङ्गति गरेर समस्याहरू समाधान गर्न सक्छ? (सक्दैन।) किन तँ सक्दैन भन्‍छस्? (कामको नतिजाबारे भन्नुपर्दा, मण्डलीमा लामो समयदेखि समाधान नगरिएका धेरै समस्या थिए, सबै कामको प्रगति अति सुस्त थियो, र हामीले छायाङ्कन गरेका चलचित्रहरूले परमेश्‍वरको घरकाका मापदण्डहरू पूरा गरेका थिएनन्।) यानको मामिला सम्हाल्नुअघि, के तिमीहरूले यो समस्या हो भनेर देख्यौ? (देखेनौँ।) त्यसोभए, तिमीहरू प्रवचन सुनेर के बुझ्छौ त? तिमीहरू त्यस्ता गम्भीर समस्याहरू देख्न सक्दैनौ, र त्यसपछि तिमीहरू सधैँ यसो भन्दै बहाना बनाउन खोज्छौ, “हामीले ऊसँग सङ्गत गरेनौँ। हामीले नदेख्ने गरी उसले गरिरहेका कामर हामीले कसरी जान्न सक्थ्यौँ र? हामी त साधारण विश्‍वासी मात्र हौँ, ऊ त अगुवा थियो। हामी सधैँ उसलाई पछ्यान सक्दैनथ्यौँ, त्यसैले हामीले उसलाई चिन्न नसक्नु र उसको रिपोर्ट नगर्नु त मनासिबै हो नि।” के तिमीहरूले भन्न खोजेको यही हो? (हो।) यो कुराको प्रकृति के हो? (हामी आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेका छौँ।) त्यसोभए, यदि भविष्यमा फेरि यस्तो मान्छे भेट्यौ भने, के तिमीहरू यस मामिलालाई यसरी नै सम्हाल्नेछौ? (अहँ, म त फेरि यस्तो मामिला यसरी सम्हाल्दिनँ। मैले त्यो पत्ता लगाएपछि, त्यसको रिपोर्ट गर्नुपर्छ।) तैँले त्यस्तो गर्छस् भन्ने मलाई लाग्दैन। झूटा नेता र ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्ने मानिसहरू धेरै मण्डलीमा छन्, तर क्यानडाको मण्डलीमा भने त्यस्तो मानिस एउटा पनि छैन। यो ख्रीष्टविरोधी यति लामो समयदेखि सक्रिय थियो, तर उसको रिपोर्ट कसैले गरेन, कसैले भनेन। हालै अमेरिकाको चलचित्र निर्माण टोलीले कसैको रिपोर्ट गर्दै पत्र पठायो। यो पत्र एकदमै व्यवस्थित र राम्रो तरिकाले लेखिएको थियो, अनि यो एकदमै निर्दिष्ट र सटीक पनि थियो, मूलतः यो तथ्यमूलक भएर लेखिएको थियो। यसले देखाउँछ, हरेक मण्डलीमा झूटा नेता र ख्रीष्टविरोधीहरूलाई चिन्न सक्ने कोही न कोही हुन्छन्—यो राम्रो कुरा हो। कहिलेकाहीँ झूटा नेता र ख्रीष्टविरोधीहरूले केही समय राम्रै कार्यप्रस्तुति दिन्छन्, अनि केही समस्या प्रकट गर्छन्। कतिपय मानिसहरू समस्याहरू देख्न त सक्षम हुन सक्छन्, तर ती समस्याहरूको सार र सत्यता देख्न असमर्थ हुन्छन्, न त ती समस्या कसरी समाधान गर्ने भनेर नै जान्दछन्—यो पनि खुट्याइ क्षमता नहुनुसित सम्बन्धित कुरा हो। तैँले यस्तो अवस्थामा के गर्नुपर्छ? यस्तो बेला, तिनीहरूको वास्तविकता खुट्याउन तैँले सत्यता बुझ्ने कसैलाई भेट्नुपर्छ। यदि जिम्मेवारी वहन गर्न सक्ने केही व्यक्ति छन् र सबैले सँगै मिलेर खोजी, सङ्गति, र छलफल गर्छन् भने, तिमीहरू सबै जना कुनै सहमतिमा पुग्न सक्छौ र समस्याको सार देख्न सक्छौ, अनि तिमीहरूले तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन् होइनन् भनेर बुझ्न सक्नेछौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न त्यति गाह्रो छैन; झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र तिनीहरूलाई सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ; ख्रीष्ट विरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछन् अनि तिनीहरूलाई पनि सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ। यो सब परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा पुर्‍याउनुसित सम्बन्धित छ, र तैँले त्यस्ता मानिसहरूलाई रिपोर्ट गरी खुलासा गर्नुपर्छ—तैँले त्यसो गरेर मात्र मण्डलीको काम ढिलो हुनबाट रोक्न सक्छस्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्नु महत्त्वपूर्ण काम हो, जसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले कर्तव्य राम्रोसँग पूरा गर्न सक्‍ने सुनिश्‍चितता आउँछ, अनि परमेश्‍वरका सबै चुनिएका मानिसहरूले त्यो जिम्मेवारी वहन गर्छन्। चाहे त्यो जोसुकै होस्, यदि त्यो झूटो अगुवा वा ख्रीष्टविरोधी हो भने, परमेश्‍वरका चुनिएका मानिसहरूले त्यसलाई खुलासा गरेर पर्दाफास गर्नुपर्छ, र यसरी तैँले आफ्नो जिम्मेवारी पूरा गर्नेछस्। रिपोर्ट गरिएको समस्या साँचो हो र साँच्चै झूटो अगुवा वा ख्रीष्टविरोधीको मामिला हो भने, परमेश्‍वरको घरले त्यसलाई समयमै र सिद्धान्तहरूअनुसार सम्हाल्नेछ। तर के त्यसोभए तिमीहरूले ख्रीष्टविरोधी यानको समस्याबारे बतायौ त? अहँ, तिमीहरूले बताएनौ। तिमीहरूलाई त्यस दियाबलसले लामो समयसम्म बहकाइरह्यो र खेलाइरह्यो, मानौँ कि तिमीहरूमा चेतना नै छैन। यतिका समयसम्म तिमीहरूकै छेउमा यस्तो प्रस्ट ख्रीष्टविरोधीले मनपरी काम गर्नु र तिमीहरूले त्यसलाई कुनै चुनौती नदिई त्यसो गरिरहन दिनु, के तिमीहरूमा साँच्चै चेतना नै थिएन त? के तिमीहरू सामान्य रूपमा मण्डली जीवन जिउँछौ त? के तिमीहरू पवित्र आत्माको काममा रमाउन सक्छौ त? के हरेकपटक भेलामा उपस्थित हुँदा तिमीहरूले लाभ उठाउँछौ त? तिमीहरूलाई यी सबै महसुस हुन सक्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ख्रीष्टविरोधी यानले कुनै पनि वास्तविक काम गरेन, उसले चलचित्र निर्माण कार्यमा ढिलाइ गरायो, र उसले मण्डलीको काम पूरै लथालिङ्ग पारिदियो। हृदय हुने जोकोहीले यी कुरा देख्न सक्नुपर्थ्यो, तर तिमीहरू कसैले पनि त्यो ख्रीष्टविरोधीको मुखौटा खोल्ने वा रिपोर्ट गर्ने काम गरेनौ। यस्तो लाग्छ, तिमीहरू फोहोरी दियाबलस र दुष्ट आत्माहरूसँग घुलमिल हुन मन पराउँछौ, र तिमीहरूलाई सत्यताप्रति कुनै प्रेम छैन। तिमीहरू यो कुरा स्विकार्न इच्छुक नहौला, तर यो तथ्य हो। तिमीहरू दियाबलससँग घुलमिल भएका छौ, तैपनि यसलाई राम्रो मान्छौ। तिमीहरूलाई लाग्छ, तिमीहरूले अब परमेश्‍वरका वचनहरू पढ्न वा सत्यता पछ्याउनुपर्दैन र आफ्नो कर्तव्य निर्वाह गर्ने औपचारिकता मात्र पूरा गरे पुग्छ; र तिमीहरूले मुक्ति प्राप्त गर्ने, सत्यता अभ्यास गर्ने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुने, वा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने अब कुनै कष्ट उठाउनुपर्दैन। तिमीहरूलाई लाग्छ, तिमीहरू त्यो बेलाका सदोमका मानिसहरूजस्तै, कुनै जिम्मेवारी नलिई खाइरहने, पिइरहने, मोजमस्ती गरिरहने, र कुनै पनि उचित काम नगरी अनि कसैले पनि ख्रीष्टविरोधीको खुलासा वा रिपोर्ट नगरी आफ्नो देहमा लिप्त हुन र जिम्मेवारीहीन भई स्वतन्त्र रूपमा, जिउन सक्छौ। त्यही कारणले गर्दा मण्डली लामो समयसम्म पवित्र आत्माको कामरहित भयो। तर तिमीहरूलाई यसको वास्तै छैन, तिमीहरू पतन भइसकेका छौ, तिमीहरू अविश्‍वासी र गैरविश्‍वासीहरूभन्दा केही फरक छैनौ। तिमीहरूले वर्षौँदेखि प्रवचनहरू सुन्दै आएका छौ, तर अहिले पनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई चिन्न सक्दैनौ, बरु ख्रीष्टविरोधीहरूसँग घुलमिल भएर कुनै पनि कुरामा गम्भीर विचार नगरी दिनभर खाँदै-पिउँदै बस्न इच्छुक छौ। यस्तो व्यवहारले तिमीहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनौ भनेर छर्लङ्गै देखाउँछ। पहिलो कुरा त, तिमीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता स्विकार्ने गर्दैनौ; दोस्रो कुरा, तिमीहरूमा कर्तव्यप्रतिको जिम्मेवारीबोध छैन, तिमीहरूले कर्तव्य बफादारीपूर्वक निभाउन सक्छौ भनेर त भन्‍नै सकिँदैन, र तिमीहरूले मण्डलीको कामलाई सरासर बेवास्ता गर्छौ। तिमीहरूले कर्तव्य निभाएजस्तो त देखिन्छ, तर कुनै परिणाम प्राप्त गर्दैनौ; तिमीहरूले केवल औपचारिकता पूरा गर्छौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीको कामलाई जति नै बाधा र क्षति पुर्‍याए पनि, तिमीहरूलाई यसबारे केही थाहा हुँदैन, र यसमा तिमीहरूलाई कुनै दुःख पनि लाग्दैन। ख्रीष्टविरोधी पूर्ण रूपमा खुलासा भएपछि मात्र तिमीहरूले आफू समझहीन रहेको स्विकार्छौ, अनि मैले वृत्तान्त माग्दा तिमीहरू “मलाई थाहा छैन, म जिम्मेवार छैनँ” भन्छौ। तिमीहरू यस मामिलाबाट पूरै पन्छिन्छौ। के तिमीहरूलाई यसो भनेर मामिला सकिन्छ र आफू जिम्मेवारीबाट उम्कन सक्छु भन्ने लाग्छ? के परमेश्‍वरको मण्डलीले यसलाई अब जाँच्नेछैन र? परमेश्‍वरको मण्डलीले तिमीहरूलाई यतिका समय मलजल गरेको छ र तिमीहरूले धेरै प्रवचन सुनेका छौ, तर परिणाम के भयो? यसमा यो गम्भीर समस्या छ, मण्डलीमा ख्रीष्टविरोधी देखा पर्छ, तर तिमीहरूलाई यसबारे थाहै हुँदैन। यसले देखाउँछ कि तिमीहरूले फिटिक्कै प्रगति गरेका छैनौ, तिमीहरू भावशून्य र मन्दबुद्धिका छौ, र तिमीहरू आफ्नो देहमा लिप्त हुन्छौ। तिमीहरू मुर्दाहरूको डँगुर हौ, जसमा जिउँदो कोही छैन, सत्यता पछ्याउने कोही छैन, छन् भने बढीमा केही श्रमिक मात्र हुन्छन्। यत्तिका समय परमेश्‍वरमा विश्‍वास गरेर र प्रवचनहरू सुनेर पनि ख्रीष्टविरोधीसँग घुलमिल हुनु, उसको खुलासा वा रिपोर्ट नगर्नु—तिमीहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिमा के नै फरक छ र? तिमीहरू ख्रीष्टविरोधीहरूतर्फका हौ, परमेश्‍वरका मानिसहरू होइनौ; तिमीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउँछौ, शैतानलाई पछ्याउँछौ, तर परमेश्‍वरलाई पटक्कै पछ्याउँदैनौ। तिमीहरूले ख्रीष्टविरोधीले गरेका नराम्रा कुराहरू नगरेका भए पनि, उसलाई पछ्यायौ र जोगायौ, किनकि तिमीहरूले उसको खुलासा वा रिपोर्ट गरेनौ, अनि ख्रीष्टविरोधीसँग त्यति सङ्गत गरेको छैन र उसले के गरिरहेको थियो भन्ने पत्तै पाएनौँ भनेर फतरफतर गरिरह्यौ। यसो गरेर, के तिमीहरूले जानाजानी ख्रीष्टविरोधीलाई जोगाइरहेको थिएनौ र? ख्रीष्टविरोधीले यति धेरै दुष्ट काम गऱ्यो र मण्डलीको काम ठप्‍प बनायो, अवरोध पुऱ्याएर मण्डली जीवन पूरै तहसनहस पाऱ्यो, तैपनि तिमीहरू अझै पनि ख्रीष्टविरोधीले के गरिरहेको थियो, त्यो थाहै भएन भन्छौ—त्यो कसले विश्‍वास गर्छ? तिमीहरूले आफ्नै आँखाअगाडि ख्रीष्टविरोधीले मण्डलीको काममा अवरोध र क्षति पुर्‍याइरहेको देख्यौ तैपनि तिमीहरू उदासीन भयौ र कति पनि प्रतिक्रिया दिएनौ। कैसले पनि उसको खुलासा वा रिपोर्ट गरेन—तिमीहरू सबैले यति सानो जिम्मेवारी निभाउनसमेत सकेनौ, त्यसैले तिमीहरू विवेकहीन र समझहीन छौ! सबै मण्डलीले झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट गर्दै पत्रहरू पठाइरहेका हुन्छछन्—के तिमीहरूले यो कुरा कहिल्यै देखेका छैनौ र? क्यानडेली मण्डली मात्रै यस्तो एउटा जमेको पोखरी हो जसले यस अवस्थाबारे रिपोर्ट गर्न माथि कहिल्यै सम्पर्क गरेको छैन। तिमीहरू केवल मुर्दाहरूको थुप्रो हौ, जसमा एक जना पनि जीवित छैन! परमेश्‍वरले यस्तो मण्डली स्विकार्नुहुनेछैन, र यदि तिमीहरू पश्‍चात्ताप गर्दैनौ भने, पूर्ण रूपमा समाप्त हुनेछौ र तिमीहरू सबैलाई हटाइनेछ।

आज जुलाई १०, २०१९ हो। आजदेखि सुरु गरेरे क्यानडेली चलचित्र निर्माण टोली एक वर्षको लागि औपचारिक रूपमा अलग बस्ने र चिन्तन गर्ने अवधिमा रहनेछ। त्यो चलचित्र निर्माण टोलीमा कति जना छन्? (परमेश्‍वर, त्यो चलचित्र निर्माण टोलीमा ३४ जना छन्।) अनि कति जना अगुवा छन्? (दुई जना।) ठिक छ, त्यसोभए तिमीहरू दुईजना उभ त, मैले तिमीहरूलाई देखिनँ। तिमीहरू चलचित्र निर्माण टोलीका मानिसहरू, यो दिन अर्थात् जुलाई १० सम्झनू। आजदेखि क्यानडेली चलचित्र निर्माण टोलीलाई औपचारिक रूपमा एक वर्षको लागि समूह ख मा वर्गीकृत गरिनेछ। यदि तिमीहरू पश्‍चात्ताप गर्छौ भने, सामान्य मण्डलीमा फर्कन सक्छौ; यो एक वर्षभर हामी तिमीहरूको व्यवहार कस्तो हुन्छ हेर्नेछौँ—यदि तिमीहरू निरन्तर कर्तव्य निभाइरहन्छौ, र पश्‍चात्ताप प्रदर्शन गर्छौ भने, तिमीहरूले मण्डलीको जीवन पुन: सुरु गर्न सक्‍नेछौ। बुझ्यौ? (बुझ्यौँ।) यो अवधिमा तिमीहरूका कर्तव्यहरू उही रहनेछन्। यदि तिमीहरूमध्ये कतिपय हटाइन र निष्कासित हुन चाहन्नौ भने, यो अलग्याइ र चिन्तन विधि अपनाउनेबारे के सोच्छौ? के तिमीहरू यसमा सन्तुष्ट छौ? (छौँ।) किन म एक वर्ष दिँदै छु? (हामीलाई पश्‍चात्ताप गर्ने मौका दिन।) तिमीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनका लागि। यदि एक वर्षपछि पनि तिमीहरूको आचरण अझै लज्जाजनक रह्यो, कार्यकुशलता अझै अपेक्षाअनुरूप राम्रो भएन, कर्तव्य निभाउँदा तिमीहरू अझै आलटाल गर्‍यौ र तिमीहरूको कर्तव्य पहिलेजस्तै भद्रगोल भयो, तिमीहरूले आफ्नो व्यावसायिक काम र जीवन प्रवेशमा कुनै प्रगति गरेनौ, र कुनै पनि परिणाम प्राप्त गरेनौ भने, तिमीहरूलाई थप अर्को एक वर्ष अलग राखिनेछ, र एवम् रीतले यो अवधि एकएक वर्ष गर्दै बढाइनेछ। जब तिमीहरूले प्रगति गरेका हुनेछौ, अर्थात् जब तिमीहरूले केही अनुभवात्मक गवाही लेखहरू लेख्न सक्‍नेछौ, र जब तिमीहरूको व्यवहार, समझ, र कामको नतिजा वास्तवमै अपेक्षाअनुरूप हुनेछ, तब तिमीहरूले पुन: मण्डली जीवन जिउन सुरु गर्न सक्‍नेछौ। क्यानडेली मण्डलीका अन्य टोलीले मण्डली जीवन जिउन जारी राख्न सक्‍नेछन्। हामी भविष्यमा कर्तव्य निर्वाहप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुन्छ, त्यो हेर्नेछौँ। यदि तिमीहरूको आचरण अझै पनि लाजमर्दो रह्यो भने, क्यानाडेली मण्डलीका सबैजनालाई अलग राखिनेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।) तिमीहरूलाई यो मामिला सम्हाल्दाको यो नतिजा कस्तो लाग्यो? (राम्रो लाग्यो।) यो साँच्चै राम्रो कि त्यत्तिकै भनेको हो? (यो साँच्चै राम्रो छ।) ठिक छ, त्यसोभए तिमीहरू यसमा सन्तुष्ट छौ। आज यो प्रवचन तिमीहरूले अन्तिमपल्ट सुन्नेछौ, र मेरो सुरुको अभिप्रायअनुसार अब तिमीहरूलाई पूर्ण रूपमा अलग पारिनेछ र हटाइनेछ, र प्रवचनहरू सुन्न दिइनेछैन। यत्तिका वर्ष तिमीहरूले सुनेका प्रवचनहरू व्यर्थ भए र तिमीहरूले केही पनि हासिल गरेका छैनौ, तब तिमीहरू अझै किन सुन्दै छौ? तिमीहरूलाई देख्दा मेरो मन साह्रै दुख्छ! तिमीहरू सबै एकदमै भावशून्य र मन्दबुद्धिका छौ।

यसअघि क्यानडेली मण्डलीकी एउटी सिस्टरसँग कुरा गरिरहेको बेला, मैले त्यहाँको अवस्था उत्ताउलो र चरम लम्पटपूर्ण, र बयानै गर्न नसकिने गरी हल्लीखल्ली रहेको, र ऊ कुनै अति नै चहलपहल भएको क्षेत्रमा रहेजस्तो सुनेँ। त्यसपछि मलाई त्यो मन पर्न छोड्यो र मैले क्यानडेली मण्डलीका मानिसहरू भक्त रहेनछन्, बरु अविश्‍वासीहरूजस्तै लम्पट रहेछन्, र तिनीहरूले सत्यता पछ्याउँदैन रहेछन् भनेर भनेँ। पछि, मैले यी मानिसहरूसँग चलचित्र निर्माणबारे सङ्गति गरेँ तर तिनीहरू पूर्णतया भावशून्य थिए। यो “भावशून्य” को अर्थ के हो? मैले तिनीहरूसँग कुरा गरिरहेको बेला, तिनीहरूले कुनै पनि प्रतिक्रिया वा अनुहारको भाव देखाएनन्, एक ठाउँमा ट्वाल्ल हेरिरहेका थिए, मानौँ तिनीहरूमा दुष्टात्मा बसेका छन्—तिनीहरूले कुनै कुराबारे पनि कुनै प्रतिक्रिया वा मनोवृत्ति देखाएनन्। के यो घिनलाग्दो कुरा होइन र? यी मानिसहरूको मानसिक अवस्था र रूपलाई हेर्दा, यी कुनै पनि टोली राम्रा देखिन्‍नन्, ती सबै अस्तव्यस्त छन्, र विशेषगरी यो चलचित्र निर्माण टोलीमा त छाडा यौनसम्बन्धको घटना नै घट्यो, तर पनि तिनीहरू अझै आफूलाई केही थाहा छैन भनेर भन्छन्। के तिनीहरूले भनेको कुरा सही हो त? के यो भ्रामक छैन र? वास्तवमा, ख्रीष्टविरोधी यानको यो मामिला अगुवा र सेवकहरूले सम्हालिसकेका छन्, तर यो एकदमै गम्भीर र घिनलाग्दो भएकोले, मैले व्यक्तिगत रूपमा हस्तक्षेप गर्नुपर्‍यो। अनि, किन मैले हस्तक्षेप गर्नुपर्‍यो त? किनभने तिनीहरूले यसलाई राम्रोसँग सम्हालेनन्। तिनीहरूले केही कुराहरू घटाएर भने, तिनीहरूले समस्या सुल्झाउन सकेनन्, र तिनीहरूले मामिला चिरपार गर्न पटक्कै सकेनन्। तिमीहरू कति भावशून्य रहेछौ त? तिमीहरूलाई त अनुहारमा सियोले घोचे पनि रगत आउँदैन; तिमीहरूले बिलकुलै केही पनि महसुस गर्न सक्दैनौ। अगुवा र सेवकहरू सबैलाई काँटछाँट गरियो, तर पछि तिनीहरू फेरि उस्तै भए, परिवर्तन भएनन्। त्यसकारण मैले हस्तक्षेप गर्नुपर्‍यो र तिमीहरूप्रतिको “व्यवहार” बदल्नुपर्‍यो। तिमीहरूले यो मामिलाबाट के पाठ सिक्यौ? तिमीहरूलाई हृदयमा दुःख लाग्छ होला, हैन त? के तिमीहरूलाई मैले यसरी मामिलाहरू सम्हाल्नु उचित हो जस्तो लाग्छ? (लाग्छ।) यो कसरी उचित हो? स्पष्टसँग बताउनुपर्दा: यदि तैँले सही मार्ग पछ्याइनस् वा सत्यता अभ्यास गरिनस् भने, यदि तँ परमेश्‍वरमा विश्‍वास गरेको खोल ओड्छस् तर अविश्‍वासीहरूजस्तै जीवन जिउन र मनपरी चाल चल्न चाहन्छस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास अर्थहीन छ। किन म यो अर्थहीन छ भन्दै छु? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ केमा हुन्छ? यसको अर्थ मानिसहरू हिँड्ने मार्ग, जीवनप्रति तिनीहरूको दृष्टिकोण, अनि परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूको जीवन दिशा र लक्ष्यहरूमा पूर्ण परिवर्तन आउनुमा हुन्छ, अनि यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू, सांसारिक मानिसहरू, र दियाबलसहरूभन्दा बिलकुलै फरक हुनुमा हुन्छ, अनि विश्‍वासीहरू हिँड्ने मार्ग ती मानिसहरूको भन्दा बिलकुलै विपरीत हुनुमा हुन्छ। यो विपरीत दिशा के हो? यो तँ असल व्यक्ति बन्न चाहनु, अनि परमेश्‍वरप्रति समर्पित हुने र मानव स्वरूप भएको व्यक्ति बन्न चाहनु हो। त्यसोभए, तँ यो कुरा कसरी हासिल गर्न सक्छस्? तैँले सत्यताप्रति लागिपर्न ध्यान केन्द्रित गर्नुपर्छ, र तब मात्र तँ परिवर्तन हुन सक्नेछस्। यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता अभ्यास गर्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको कुनै अर्थ वा महत्त्व हुँदैन, तेरो विश्‍वास रित्तो खबटा, सरासर झूट, र खोक्रो शब्द हुन्छ, जसले कुनै प्रभाव हुँदैन। तिमीहरूले म के भन्दै छु, त्यो मनन गर्नुपर्छ। यी वचनहरू सबैभन्दा सरल र आधारभूत सत्यता हुन्, तिमीहरूले पहिले यी वचनहरूबारे मनन गरेका छैनौ होला। के कुरा यही होइन त? यदि तँ “म परमेश्‍वरमा विश्‍वास गर्छु। मैले जे गर्नुपर्ने हो, त्यो गर्नेछु, म जे चाहन्छु, त्यो गर्नेछु, अनि परमेश्‍वरप्रति समर्पित हुने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने, अनि परमेश्‍वरप्रति बफादार हुने, र मानवतासहितको व्यक्ति बन्ने सन्दर्भमा मेरो ती कुरासँग कुनै लेनादेना छैन,” भनेर भन्छस् भने, यदि यी कुराहरूसँग तेरो कुनै लेनादेना छैन भने, तैँले परमेश्‍वरमा विश्‍वास गरेर के गर्दै छस्? किन तँ परमेश्‍वरमा विश्‍वास गर्छस्? तँ उहाँमा कसरी विश्‍वास गर्न चाहन्छस्? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कस्तो व्यक्ति बन्‍न चाहन्छस्? यदि यी कुराहरूसँग तेरो कुनै सरोकार छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको कुनै अर्थ छैन। यदि तँ सधैँ आफ्नै धारणा र कल्पनामा भर परेर परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तँ सधैँ आफ्नै रुचिअनुसार काम गर्छस् भने, तँ जे चाहन्छस् त्यही गर्छस् र आफ्नै देहमा लिप्त हुन्छस् भने, तेरा विचार र दृष्टिकोण, अनि तँसँग भएका कुराहरूको सत्यता र परमेश्‍वरले तोक्‍नुभएको कुरासँग कुनै सम्बन्ध छैन, र परमेश्‍वरप्रतिको तेरो विश्‍वास अर्थहीन छ र तैँले विश्‍वास गरिरहनु जरुरी छैन। यदि तैँले विश्‍वास गरी नै रहन्छस् भने पनि, त्यो प्रयास खेर फाल्नु मात्र हुनेछ, र परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन।

यो विषय एकदमै गहकिलो छ, र यो मामिला सम्हाल्न तिमीहरू सबै असहज मान्छौ; यो अलि अनपेक्षित कुरा हो। तर कुरा जेसुकै होस्, भविष्यमा यस्ता घटना दोहोरिनेछन्। अहिले त हामीले यो मामिलालाई यसरी सम्हालेका छौँ, तर यदि भविष्यमा यस्तो घटना दोहोरियो भने, त्यसलाई यसरी सम्हालिनेछैन, बरु अझै कडाइसाथ सम्हालिनेछ। मलाई भन त, के यो उचित हो? (हो।)

अब यसपछि, हामी अलि सजिलो विषय सङ्गति गर्नेछौँ। के तिमीहरूलाई कथा सुन्न मन पर्छ? (पर्छ।) त्यसोभए म एउटा कथा सुनाउँछु। कस्तो कथा सुनाऊँ? तिमीहरू कस्तो विषय सुन्न चाहन्छौ? तिमीहरू कथा सुन्न चाहन्छौ, कि समसामयिक मामिला वा राजनीतिबारे छलफल गर्न चाहन्छौ, कि इतिहासबारे सुन्न चाहन्छौ? हामी ती विषयबारे चर्चा गर्दैनौँ, किनकि तीबारे कुरा गर्नु बेकार हो। म तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको व्यवहार, मानिसहरूको स्वभाव, र मानिसहरूले दैनिक जीवनमा अनुभव गर्ने विभिन्न स्थितिहरूबारे एउटा कथा सुनाउन गइरहेको छु।

पूरक:

पूँजीबारे चर्चा:
“बस्, त्यस्तै हुन देऊ!”

पाँच जना मानिस आपसमा कुराकानी गरिरहेका थिए, र तीमध्ये विश्व नाम गरेको व्यक्तिले भन्यो, “मलाई आफू विश्वविद्यालयमा छँदाको क्याम्पस जीवन सबैभन्दा धेरै याद आउँछ। क्याम्पस परिसर सबै प्रकारका बोटबिरुवाले भरिएको हुन्थ्यो, अनि वसन्त र शरद ऋतुमा दृश्य साह्रै सुन्दर हुन्थ्यो, त्यसले मेरो मन बहलाउँथ्यो र मलाई खुसी लाग्थ्यो। त्यतिबेला म जवान थिएँ अनि आदर्शले भरिपूर्ण र सोझो थिएँ, मलाई त्यति साह्रो दबाब थिएन। विश्वविद्यालयमा मेरो तीन वर्ष निकै सजिलैसित बित्यो। यदि म दस वा बीस वर्षपछाडि गएर क्याम्पस जीवनमा फर्कन सक्ने भए मलाई लाग्छ त्यो जीवनकै सबैभन्दा राम्रो कुरा हुनेथ्यो…।” यो पहिलो व्यक्ति थियो, जसको नाम विश्व थियो। विश्वको अर्थ के हो? यसको अर्थ विश्वविद्यालयको विद्यार्थी हो; विश्व भन्ने नाम यसैबाट आएको हो। विश्वको अद्‌भुद जीवनलाई पूर्ण रूपमा सम्झेर त्यसमा रम्न नपाउँदै स्नातक नामको व्यक्ति प्वाक्क बोलिहाल्यो, “के तीन वर्षको पाठ्यक्रमलाई विश्वविद्यालयको पाठ्यक्रम मान्न सकिन्छ? त्यो त व्यावसायिक पाठ्यक्रम हो। विश्वविद्यालयमा स्नातक डिग्री सामान्यत: चार वर्षको हुन्छ; त्यसलाई मात्र विश्वविद्यालय पाठ्यक्रम मान्न सकिन्छ। म विश्वविद्यालयमा चार वर्ष पढेँ। म विश्वविद्यालयमा छँदाको दौरान, विश्वविद्यालयका धेरै विद्यार्थी रोजगार बजारमा थिए र जागिर पाउन गाह्रो थियो। त्यसैले, मैले स्नातक गर्नुअघि यसबारे सोचेँ र स्नातक डिग्री लिने निर्णय गरेँ। त्यतिबेला स्नातक गरेका विद्यार्थी धेरै नभएकाले जागिर खोज्न सजिलो हुन्थ्यो। अपेक्षा गरेअनुरूप नै मैले स्नातक गरेपछि राम्रो कमाइ हुने दामी जागिर पाएँ, र मजाले जीवन जिएँ। यो स्नातक विद्यार्थी हुनुको फल थियो।” यो सुनेर तिमीहरूले के सन्देश पायौ? विश्वले व्यावसायिक शिक्षाबाट स्नातक गरेको थियो भने, स्नातकले विश्वविद्यालय शिक्षाबाट स्नातक तह पूरा गरेर राम्रो कमाउने व्यक्ति भएर समाजमा हैसियत र सम्मान पाएको थियो। स्नातकले खुसी हुँदै आफ्ना कुरा भन्दै थियो, र त्यसपछि प्रबन्धक नामको व्यक्तिले भन्यो, “तिमीहरू अझै केटाकेटी, बच्चा नै छौ! तिमीहरूले समाजमा कुनै अनुभव नै प्राप्त गरेका छैनौ। तिमीहरूले स्नातक गर वा विद्यावारिधि, त्यसले केही फरक पर्दैन, विश्वविद्यालयमा राम्रो मूल विषय छानेर पढ्नुभन्दा उत्तम कुरा केही हुन सक्दैन। मैले विश्वविद्यालय पढ्नुअघि बजारको अनुसन्धान गरेँ अनि साना-ठूला सबै प्रकारका व्यापार व्यवसायमा व्यवस्थापन सिप भएका मानिसहरूको खाँचो देखेँ, त्यसैले विश्वविद्यालय गएपछि मैले बजार व्यवस्थापन विषय रोजेँ, र स्नातक पास गरेपछि म कुनै न कुनै कम्पनीको एक उच्‍च प्रबन्धक हुन्थेँ, र त्यो नभए प्रमुख कार्यकारी अधिकृत भएर चिनिन्थेँ। मैले स्नातक गरेको बेला साना-ठूला सबै खाले व्यवसायहरूमा मजस्तो प्रतिभाहरूको खाँचो थियो। बजार ठूलो थियो, र मैले जागिरको लागि आवेदन दिन सुरु गरेपछि धेरै कम्पनीले मलाई जागिरमा लिने प्रयास गरे। अन्त्यमा, मैले तीमध्ये एउटा छानेँ। मैले सबैभन्दा राम्रो विदेशी कम्पनी रोजेँ र तत्कालै धेरै तलब भएको प्रबन्धक बनेँ। पाँच वर्षभित्रै मैले कार किनेँ। कदमै चलाख, हैन त? योभन्दा राम्रो छनौट पनि हुन सक्छ र?” प्रबन्धकले कुरा गरिरहँदा, ऊअघिका दुई जनामा केही विरोध जाग्यो तर तिनीहरूले केही भनेनन्। तिनीहरूले मनमनै सोचे, “ऊ उच्‍च प्रबन्धक हो र दूरदर्शी छ। ऊसँग हाम्रोभन्दा धेरै पूँजी छ। हामीमा अलि विरोध जागे पनि, हामी केही भन्नेछैनौँ। हामी पराजय नै स्वीकार गर्नेछौँ।” प्रबन्धकले बोलिसकेपछि ऊ आफैमा एकदमै मक्ख थियो; उसले यी युवाहरू आफूजति अनुभवी छैनन् भनी सोच्दै थियो। ऊ अति मक्ख परिरहँदा, अधिकारी नाम गरेको व्यक्ति बोल्न थाल्यो। अधिकारीले अरू तीन जनाले के भनेका थिए, त्यसबारे त्यति विचार गरेको थिएन। उसले आरामले चियाको कप समात्यो, त्यसको एक चुस्की लियो, यताउता हेर्‍यो र भन्यो, “अचेल सबै जना विश्वविद्यालयका विद्यार्थी हुन्छन्। विश्वविद्यालय जान नसक्ने को छ र? विश्वविद्यालय गएर मात्र पुग्दैन, र व्यवसायमा हात हाल्नु पनि पर्याप्त हुँदैन। भलै तिमीहरू उच्‍च प्रबन्धक हौ, त्यो जीवनभर चल्ने जागिर होइन, त्यो स्थिर छैन। मुख्य कुरो त सुरक्षित जागिर भेट्टाउनु हो र त्यसपछि जीवनमा निर्धक्क हुन सकिन्छ!” यो सुनेर अरूले भने, “जीवनभर चल्ने जागिर? अचेल यस्तो कुरा कसले गर्छ र? यो त उहिलेको कुरा हो!” अधिकारीले भन्यो, “उहिलेको कुरा? अँ, तिमीहरूले त्यसो भन्नुको कारण तिमीहरू अदूरदर्शी हुनु र अन्तर्दृष्टिको कमी हुनु हो! कमाइ थोरै भए पनि जीवनभर चल्ने जागिर छ भने त्यसले स्थिर जीवन दिन्छ, अख्तियारी पाइन्छ अनि हरकुरामा हात हाल्न सकिन्छ! मैले लोक सेवाको परीक्षा दिँदा धेरै मानिसले वस्तुस्थिति नबुझेर यति कलिलो केटो पनि किन सरकारी जागिरे हुन खोजेको भनेर सोध्थे। मैले लोक सेवा परीक्षा पास गरेर सरकारी जागिरे भएपछि जागिरको खाँचो भएका वा मुद्दामामिलामा फसेका धेरै साथीसँगी र आफन्तहरूले मलाई खोज्दै आउन थाले। यो त धेरै अख्तियारी हुनु हो नि, हैन र? भलै आम्दानी राम्रो छैन, तर मैले आवास र कार पाएको छु। मैले तिमीहरूले भन्दा धेरै सुविधा पाएको छु। त्यसबाहेक, म कतै बाहिर गएर खाना र किनमेलमा खर्च हुँदा त्यसको सोधभर्ना लिन पनि सक्छु, अनि म आफ्नो पैसा खर्च नगरी ट्याक्सी वा हवाइजहाजबाट यात्रा गर्न सक्छु। तिमीहरूका जागिर त्यति राम्रा छैनन्; तिमीहरू सबैको असुरक्षित जागिर छ। मेरो त तिमीहरूको भन्दा धेरै राम्रो छ!” उसको यो कुरा सुनेर अरूलाई असहज महसुस भयो र तिनीहरूले भने, “भलै तिमीले राम्रै सुविधा पाएका होलाऊ, तर तिम्रो नाम खराब छ। तिमी बेइमान काम गर्छौ र चारैतिर तानाशाहले जस्तो व्यवहार गर्छौ, अनि जनताको सेवा गर्दैनौ। तिमी केवल मानिसहरूलाई हानि गर्छौ र सबै प्रकारका खराब काम गर्छौ।” यो सुनेर अधिकारीले भन्यो, “मेरो नाम खराब भएर के भो त? मलाई त्यसमा राम्रै छ!” सबै जना यस विषयमा बहस गर्न लागिपरे, अन्त्यमा अन्तिम व्यक्तिले आफूलाई रोक्नै नसकेपछि उठेर यसो भन्न लाग्यो, “हेर, तिमीहरू विश्वविद्यालय गएका छौ, तिमीले स्नातक गरेका छौ, तिमी उच्‍च व्यवसाय प्रबन्धक हौ, तिमी अधिकारी हौ अनि मसँग तिमीहरूको जस्तो अनुभव छैन। म एक नगण्य व्यक्ति हुँ, तैपनि मेरा अनुभवहरू तिमीहरूलाई बताउन चाहन्छु। जब म ‘आफ्नै ठाउँ’ मा फर्किएँ…।” अरूले अचम्म मानेर सोधे, “यो ‘आफ्नै ठाउँ’ के हो? लोक सेवा परीक्षा पास गरेर निजामती कर्मचारी बनिन्छ, स्नातक डिग्री पढेर स्नातक व्यक्ति बनिन्छ, कुनै कम्पनीको उच्‍च प्रबन्धक बनेर प्रमुख कार्यकारी अधिकृत भइन्छ, त्यसोभए यो ‘आफ्नै ठाउँ’ को अर्थचाहिँ के हो? हामीलाई बताऊ त?” त्यस व्यक्तिले भन्यो, “तिमीहरू विश्वविद्यालय जान सक्छौ, स्नातक डिग्री अध्ययन गर्न सक्छौ, उच्‍च व्यवसाय प्रबन्धक बन्न सक्छौ र निजामती कर्मचारी बन्न सक्छौ, तर के म पनि आफू पहिला पढेको ठाउँमा फर्केर जान त सक्दिनँ र?” देख्यौ त? ऊ रिसायो। यो नगण्य व्यक्तिसँग थोरै शिक्षा थियो, तर अझै पनि घमण्ड थियो। अरूले भने, “पहिला पढेको ठाउँमा फर्कनु भनेको के हो त्यो हामी सबैलाई थाहा छ। तिमीले आफू ‘आफ्नै ठाउँ’ मा फर्किएँ भन्नु पर्दैन नि। पहिला आफू पढेको ठाउँमा फर्किएँ भने भइहाल्यो त।” त्यसपछि अरूले उसलाई उसको पहिला पढेको ठाउँ उच्च माध्यमिक विद्यालय, प्राविधिक कलेज, विश्वविद्यालय, वा स्नातक विद्यालय कुन शैक्षिक स्तरको हो भनेर सोधे। उसले जवाफ दियो, “म कहिल्यै विश्वविद्यालय गइनँ, मैले कहिल्यै स्नातक डिग्री पढिनँ, र मैले सरकारी जागिरे हुन लोक सेवा परीक्षा दिइनँ। के प्राथमिक विद्यालयसम्म मात्रै पढ्नु ठिक होइन र? बस्, त्यस्तै हुन देऊ!” उसलाई झट्ट लाज लाग्यो; उसले आफ्नो पृष्ठभूमि खुलाएको थियो, र त्यसलाई अब ढाकछोप गर्न सकिँदैनथ्यो। उसले सुरुदेखि नै ढाकछोप गर्दै आएको थियो। अरूसँग सङ्गत गर्दा उसले आफूले कतिसम्म पढेको भनेर कहिल्यै खुलाएको थिएन। अब त्यो सबै उदाङ्ग भएको थियो, उसले आफ्नो इज्जत गुमाएको थियो, अनि उसले घरक्क ढोका तानेर त्यहाँबाट सुइँकुच्चा ठोक्यो। ऊ किन भाग्यो भनेर अरूले बुझेनन् र तिनीहरू सबैले एकसाथ भने, “तिमीले प्राथमिक विद्यालयसम्म मात्रै पढेको होइनौ त? तिमी केको लागि भागिरहेको? अनि तिमी त त्यसमा धेरै गर्व गर्ने गर्थ्यौ त!” म यो कथा यहीँ टुङ्ग्याउँछु; यसले विषयवस्तुलाई लगभग समेट्छ।

यस कथामा पाँच जना छन्। उनीहरू के विषयमा चर्चा गरिरहेका छन्? (उनीहरूको शैक्षिक पृष्ठभूमिका बारेमा।) अनि मानिसहरूका लागि शैक्षिक पृष्ठभूमिले के अर्थ राख्छ? (यसले तिनीहरूको सामाजिक हैसियत बताउँछ।) व्यक्तिको शैक्षिक पृष्ठभूमिले उसको सामाजिक हैसियत बताउँछ—यो एक वस्तुपरक वास्तविकता हो। त्यसोभए, किन मानिसहरू आफ्नो सामाजिक हैसियतबारे चर्चा गर्न चाहन्छन्? किन उनीहरू आफ्नो सामाजिक हैसियत र पहिचानलाई चर्चाको विषय बनाएर प्रकाशमा ल्याउन चाहन्छन्? उनीहरू के गरिरहेका हुन्छन्? (उनीहरू देखावा गरिरहेका हुन्छन्।) त्यसोभए, यो कथाको शीर्षक के हुनुपर्ने हो? (शैक्षिक पृष्ठभूमिहरूको तुलना।) यदि कथाको शीर्षक “शैक्षिक पृष्ठभूमिहरूको तुलना” राखिएको भए के त्यो अति नै रुखो हुने थिएन र? (हो, हुने थियो। “हैसियतको धाक देखाउनु” नि, यो कस्तो सुनिन्छ?) योचाहिँ अलि निकै नै ठाडे भयो, भित्री अर्थ बताउँदैन, अनि त्यो त्यति गहन छैन। यदि हामी मुख्य शीर्षक “पूँजीबारे चर्चा” अनि उपशीर्षक “बस्, त्यस्तै हुन देऊ” राख्छौँ भने नि? यो अलि व्यङ्ग्यात्मक हुन्छ, हैन र? “पूँजीबारे चर्चा” भन्नुको अर्थ सबैले आफ्नो शैक्षिक पृष्ठभूमि र सामाजिक हैसियतलगायत आ-आफ्नो पूँजीबारे चर्चा गरिरहेका छन् भन्ने हो। अनि “बस्, त्यस्तै हुन देऊ” को अर्थ के हो? (यसको अर्थ अरू कोही उत्तम छन् भनेर स्वीकार नगर्नु हो।) कुरा सही हो, यसमा एकप्रकारको स्वभाव छ। “तिमी स्नातक विद्यार्थी भएर के भो त? तिमीले मैले भन्दा उच्च शिक्षा हासिल गरेका छौ त के भो र?” कसैले पनि आफूभन्दा अरू उत्तम छ भनेर स्वीकार गर्दैन। पूँजीबारे चर्चा गर्नु भनेको यही हो। के मानिसहरूले प्रायजसो यस्तै प्रकारको कुराकानी गरेको सुनिँदैन र? आफ्नो परिवारको पूँजीको धाक लगाउने, आफ्नो परिवारको प्रतिष्ठित पृष्ठभूमिको धाक देखाउने, केही शासक र सेलिब्रेटीहरूको थर आफूसँग मिलेकामा धाक लगाउने मानिसहरू हुन्छन् र कतिपय मानिसचाहिँ आफूले कुन विश्वविद्यालयबाट स्नातक गरेको हो, आफू कति गौरवशाली थिएँ भनेर बताउँछन्, अनि ब्यूटी पार्लरमा मसाज गर्ने केटीसमेत यसो भन्छे, “मैले प्रसिद्ध शिक्षकको विशेष सुधार र व्यक्तिगत निगरानीमा मसाज गर्न सिकेँ। अन्त्यमा, म प्रथम श्रेणीको व्यावसायिक मसाज थेरापिस्ट बनेँ अनि २००० को दशक मेरा निम्ति सबैभन्दा गौरवशाली समय थियो…।” यो “गौरवशाली” शब्द गलत ठाउँमा प्रयोग भएको छ। सेवा उद्योगमा मसाजको काम गर्ने केटीले समेत आफ्नो “सबैभन्दा गौरवशाली समय” बारे कुरा गरिरहेकी थिई—यो वास्तवमा उसको घमण्ड र अहम् थियो। हामी मुख्यतः यस शीर्षकमा वास्तविक जीवनमा अक्सर सुनिने निश्चित वार्तालाप, प्रायः देखिने व्यवहार अनि मानिसहरूमाझ प्रायः प्रकट हुने स्वभावहरूबारे कुरा गर्दै छौँ। मानिसहरू किन यस्तो पूँजीबारे कुरा गर्छन्? यहाँ कस्तो प्रकारको स्वभाव वा उत्प्रेरणा क्रियाशील छ? के यहाँ चर्चा गरिएका कुराहरूलाई गौरवशाली मान्न सकिन्छ? यससँग गौरवको कुनै सम्बन्ध छैन। त्यसोभए, मानिसहरूलाई त्यस्ता कुराहरूबारे चर्चा गरेर फाइदा हुन्छ? (हुँदैन।) अनि के तिमीहरू पनि यी कुराहरूबारे चर्चा गर्छौ? (गर्छौँ।) तिमीहरूलाई थाहा छ, तीबाट कुनै फाइदा हुँदैन, त्यसोभए किन तिमीहरू यसबारे कुरा गर्छौ? किन मानिसहरू त्यस्ता कुराबारे चर्चा गर्न रमाइलो मान्छन्? (यी कुराहरू मानिसहरूले धाक देखाउने पूँजी हुन्।) ती कुराहरूको धाक देखाउनुको उद्देश्य के हो? (अरूबाट उच्च सम्मान पाउनु।) किनभने कोही पनि साधारण, सामान्य व्यक्ति हुन चाहँदैन। प्राथमिक विद्यालय उत्तीर्ण गर्ने व्यक्तिले पनि अरूले आफूलाई उच्च सम्मान गरून् भनेर आफ्नो “ठाउँ” मा फर्केर जाने र त्यहाँको वातावरण हेर्नेबारे कुरा गर्छ, यस प्रकारको साहित्यिक भाषा प्रयोग गरेर अरूलाई मूर्ख बनाउँछ र लट्ठ पार्छ। अरूलाई आफ्नो उच्च सम्मान गर्न लगाउनुको उद्देश्य के हो? यसको उद्देश्य नै आफूलाई अरूभन्दा माथि देखाउन खोज्नु, अरूमाझ स्थान र पद पाउनु, आफ्नो शिरमा ताज पहिराउनु, आफ्नो कुरामा अख्तियार जमाउनु, अरूको समर्थन पाउनु र प्रतिष्ठा कमाउनु हो। यदि तिमीहरू यी कुराहरू लत्याएर एक साधारण, मामुली व्यक्ति बन्ने हो भने, तिमीहरूमा के हुनुपर्छ? पहिलो, तिमीहरूमा सही दृष्टिकोण हुनुपर्छ। यो सही दृष्टिकोण कसरी प्राप्त हुन्छ? यो परमेश्वरको वचन पढेर अनि उहाँको अभिप्रायअनुरूपका र मानिसहरूमा उनीहरूको सामान्य मानवतासहित हुनुपर्ने निश्चित कुराहरूप्रति तिमीहरूको मनोवृत्ति कस्तो हुनुपर्छ भन्ने कुरा बुझेर प्राप्त हुन्छ—यही नै सही दृष्टिकोण हो। त्यसोभए, एक सामान्य, साधारण र मामुली व्यक्तिका रूपमा, यी सबै कुरा, सामाजिक हैसियत, सामाजिक पूँजी वा पारिवारिक पृष्ठभूमि इत्यादिप्रति राख्नुपर्ने सबैभन्दा उपयुक्त र सही दृष्टिकोण के हो? के तिमीहरूलाई थाहा छ? मानिलिऊँ, कुनै व्यक्तिले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छ, ऊ आफूले धेरै सत्यता बुझेको, आफूलाई परमेश्वरको मार्गमा हिँड्ने ठान्छ, अनि ऊ परमेश्वर र आफ्नो कर्तव्यप्रति वफादार छ, तैपनि ऊ समाजमा र मानिसहरूमाझ आफ्नो हैसियत र आफ्नो मूल्यलाई धेरै महत्त्वपूर्ण ठान्छ अनि यी कुराहरूको धेरै कदर गर्छ, र ऊ प्रायः आफ्नो पूँजी, गौरवशाली पृष्ठभूमि र मूल्यको धाक लगाउँछ—के यस्तो व्यक्ति वास्तवमा सत्यता बुझ्ने व्यक्ति हो र? निश्चय होइन। त्यसोभए, सत्यता नबुझ्ने व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो त? (होइन।) होइन। पूँजीबारे चर्चा गर्नु अनि कुनै व्यक्तिले सत्यता बुझ्छ कि बुझ्दैन र सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्नुबीच के सम्बन्ध छ? किन म आफ्नो मूल्यलाई कदर गर्ने र आफ्नो पूँजीको धाक देखाउने व्यक्ति सत्यतालाई प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्ति होइन भनेर भन्छु? सत्यतालाई साँच्चै प्रेम गर्ने र सत्यता बुझ्ने व्यक्तिले सामाजिक हैसियत, व्यक्तिगत पूँजी र मूल्यका यी मामिलाहरूलाई कसरी लिनुपर्छ? सामाजिक हैसियतमा के-के कुरा समावेश छन्? पारिवारिक पृष्ठभूमि, शिक्षा, प्रतिष्ठा, समाजमा हासिल गरेका उपलब्धिहरू, व्यक्तिगत प्रतिभा, र आफ्नो जातियता समावेश छन्। त्यसोभए तिमीहरू आफू सत्यता बुझ्ने व्यक्ति हुँ भनी प्रमाणित गर्न यी कुराहरूलाई कसरी लिन्छौ? यो प्रश्नको जवाफ दिन सजिलो हुनुपर्ने हो, हैन? तिमीहरूले सैद्धान्तिक रूपमा यस पक्षबारे धेरै बुझ्नुपर्छ। तिमीहरूको मनमा जे फुर्छ त्यही भन। यस्तो नसोच, “ओह, मैले यसबारे सोचेको छैनँ, त्यसैले केही भन्न सक्दिनँ।” यदि तिमीहरूले यसबारे सोचेका छैनौ भने अहिले के सोच्दै छौ, त्यही भन। तिमी सोचिसकेपछि मात्र बोल्न सक्छौ भने, त्यसलाई लेख लेख्नु भनिन्छ। अहिले हामी कुराकानी मात्र गरिरहेका छौँ; मैले तिमीलाई लेख लेख्नू भनिरहेको छैनँ। पहिले सैद्धान्तिक दृष्टिकोणअनुसार बोल। (मैले परमेश्वरको वचन पढेर परमेश्वरले कुनै व्यक्तिले कति उच्च शिक्षा हासिल गरेको छ वा उसको सामाजिक हैसियत कस्तो छ भनेर हेर्नुहुन्न, बरु मुख्यतः ऊ सत्यता पछ्याउँछ कि पछ्याउँदैन, उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन, र ऊ साँच्चै परमेश्वरप्रति समर्पित हुन्छ कि हुँदैन र आफ्नो कर्तव्य मापदण्डअनुरूप निर्वाह गर्छ कि गर्दैन भनी हेर्नुहुन्छ भन्ने कुरा बुझेको छु। यदि कसैको सामाजिक हैसियत उच्च छ र उसले उच्च शिक्षा हासिल गरेको छ तर ऊसँग आत्मिक बुझाइ छैन, ऊ सत्यता पछ्याउने मार्गमा हिँड्दैन, र परमेश्वरको डर मान्दैन वा दुष्टताबाट अलग बस्दैन भने, ऊ अन्त्यमा हटाइने नै छ र परमेश्वरका घरमा दह्रिलो भई रहन सक्नेछैन। त्यसैले, कुनै व्यक्तिको शैक्षिक पृष्ठभूमि र हैसियत महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा त व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने हो।) अत्युत्तम, यो सबैभन्दा मौलिक अवधारणा हो। किन म यसलाई सबैभन्दा मौलिक भन्छु? किनभने यी विषयहरू र यो विषयवस्तु मानिसहरूले सामान्यतया चर्चा गर्ने कुरा हुन्। अरू कसैको फरक बुझाइ छ कि? पहिले नै भनिसकेका कुरामा कसैले थप्दा हुन्छ। (यदि कसैले सत्यता पछ्याउन सक्छ भने, उसले ख्याति, लाभ र हैसियत पछ्याउनु वास्तवमा एक प्रकारको बन्धन, आफू बाँधिने जन्जिर हो भनेर बुझ्न सक्छ, र उसले जति धेरै यी कुराहरू पछ्याउँछ, त्यति नै खोक्रो महसुस गर्नेछ, अनि उति नै ख्याति, लाभ र हैसियतको कारण हुने नोक्सानी र पीडा बुझ्नेछ। उसले यो कुरा बुझेपछि यी चीजहरूलाई पूँजी ठान्ने व्यक्तिहरू देख्दा तिनीहरू साँच्चै दयनीय छन् भनी सोच्नेछ।) (सत्यतालाई साँच्चै प्रेम गर्ने र बुझ्ने व्यक्तिले परमेश्वरका वचन प्रयोग गरेर सामाजिक हैसियत र प्रतिष्ठालाई मापन गर्नेछ, उसले परमेश्वर के भन्नुहुन्छ र के माग गर्नुहुन्छ, परमेश्वर मानिसहरूले के पछ्याएको चाहनुहुन्छ, मानिसहरूले यी चीजहरू पछ्याएर अन्त्यमा के पाउनेछन्, अनि तिनीहरूले पाउने कुरा परमेश्वरले अपेक्षा गर्ने नतिजाहरूसित मेल खान्छ कि कि खाँदैन भनेर हेर्नेछ।) तिमीहरूले यसबारे त चर्चा गर्‍यौ, तर तिमीहरूले भन्ने कुरा सत्यतासँग मेल खान्छ? के तिमीहरू यसको मूल्याङ्कन गर्न सक्छौ? धेरैजसो मानिससँग केही अनुभूतिपरक ज्ञान त हुन्छ, तर यदि मैले तिमीहरूलाई एउटा उपदेश दिन अह्राएँ भने त्यो अर्तीको उपदेश हुनेछ। किन म त्यो अर्तीको उपदेश हुनेछ भनेर भन्छु? अर्तीको उपदेश भनेको यस्तो उपदेश हो जसमा तिमीहरू मानिसहरूलाई सल्लाह र प्रोत्साहन दिने कुराहरू भन्छौ—त्यसले वास्तविक समस्याहरू समाधान गर्न सक्दैन। हरेक वाक्य सही र तार्किक, मानव समझ र बुद्धिसङ्गत मापदण्डअनुरूपको लाग्ला, तैपनि त्यसको सत्यतासँग कुनै सम्बन्ध हुँदैन, बरु त्यो त मानिसमा हुने अलि सतही र अनुभूतिपरक ज्ञान मात्र हो। यदि तिमीहरूले यी वचनहरूमा अरूसँग सङ्गति गर्ने हो भने, के मानिसहरूका समस्या र कठिनाइहरू जरैसँग उखेलेर फाल्न सक्नेथियौ? अहँ, सक्नेथिएनौ, त्यसैले त म यो अर्तीको उपदेश हुनेछ भनेर भन्छु। यदि तिमीहरू मानिसहरूको कठिनाइ र समस्या जरैसँग उखेलेर फाल्न सक्दैनौ भने, तिमीहरूले सत्यता प्रयोग गरेर मानिसहरूको समस्या समाधान गरिरहेका हुँदैनौ। सत्यता नबुझ्नेहरूले सधैँ ज्ञान, प्रतिष्ठा र हैसियतको वकालत गर्नेछन्, अनि तिनीहरू यी कुराहरूको बाधा र बन्धनबाट उम्कन असमर्थ हुनेछन्।

यसबारे सोच त—तिमीहरूले मानिसको मूल्य, सामाजिक हैसियत र पारिवारिक पृष्ठभूमिलाई कसरी लिनुपर्छ? तिमीहरूमा हुनुपर्ने सही मनोवृत्ति के हो? सबैभन्दा पहिले, तिमीहरूले परमेश्‍वर यो मामिलालाई कसरी लिनुहुन्छ भनेर उहाँका वचनहरूबाट हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले सत्यता बुझ्नेछौ र सत्यताविरुद्धका कुनै पनि कुरा गर्नेछैनौ। त्यसोभए, परमेश्‍वर कुनै व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, उसको भावी शिक्षा र समाजमा ऊसँग हुने सम्पत्तिलाई कसरी लिनुहुन्छ? यदि तँ यी कुराहरूलाई परमेश्‍वरका वचनहरूको आधारमा हेर्दैनस् र परमेश्‍वरको पक्षमा खडा हुन अनि परमेश्‍वरबाट आउने कुराहरू स्विकार्न सक्दैनस् भने, विभिन्‍न कुराहरू हेर्ने तेरो तरिका निश्‍चित रूपले परमेश्‍वरले जे अभिप्राय राख्‍नुहुन्छ त्योभन्दा पूरै फरक हुनेछ। यदि त्यति फरक छैन, थोरै मात्र भिन्‍नता छ भने, त्यो समस्या होइन; यदि विभिन्‍न कुराहरू हेर्ने तेरो तरिका परमेश्‍वरले राख्‍नुभएको अभिप्रायभन्दा पूर्णतया भिन्न छ भने, त्यो सत्यताविपरित छ। जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ मानिसहरूलाई के दिनुहुन्छ र कति दिनुहुन्छ, त्यो उहाँमै निर्भर हुन्छ, र समाजमा मानिसहरूसँग हुने हैसियत पनि परमेश्‍वरद्वारा नै निर्धारण हुन्छ, त्यो मानिसहरू आफैले प्रबन्ध गर्ने कुरा हुँदै होइन। यदि परमेश्‍वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब तिनीहरूसँग मुक्ति पाउने आशा छैन भन्ने हो? यदि तिनीहरू कम मूल्यका र कम सामाजिक पदका हुन् भने, के परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन र? यदि समाजमा तिनीहरूको हैसियत कम छ भने, के तिनीहरू परमेश्‍वरका नजरमा पनि कम हैसियतका हुन्छन् त? त्यस्तो हुन्छ भन्‍ने छैन। त्यो केमा निर्भर गर्छ त? त्यो कुरा व्यक्ति हिँड्ने मार्ग, उसले पछ्याउने कुरा, अनि सत्यता र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार धेरै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक तवरमा परमेश्‍वरमा विश्‍वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्‍वरको नजरमा ऊ उच्च वा कम मूल्यको, वा मूल्यवान् वा बेकारको, के हुन्छ? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा कम, कुलीन वा निम्न—केमा निर्भर हुन्छ? यो कुरा परमेश्‍वर तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्‍वर तँलाई सत्यता पछ्याउने व्यक्तिको रूपमा हेर्नुहुन्छ भने, तँ महत्त्वको र मूल्यवान् होस्—तँ मूल्यवान्‌ पात्र होस्। यदि परमेश्‍वर तँ सत्यता पछ्याउँदैनस् र उहाँको लागि सच्चा रूपमा आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान्‌ होइनस्—तँ नीच पात्र होस्। तँ जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, प्रशंसा गरे पनि, र प्यारो ठाने पनि, तँ घृणित पात्र नै होस्। त्यसोभए, किन परमेश्‍वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो “कुलीन” व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले प्रशंसा र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई किन परमेश्‍वर नीच देख्नुहुन्छ? किन परमेश्‍वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्‍वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। यस्तो किन भएको हो भने, परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्‍वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मानिसलाई मापन गर्ने उहाँको मानक सत्यता हो। त्यसो भन्दा अलि अमूर्त लाग्ला, त्यसैले यसलाई अर्को तरिकाले भन्नुपर्दा, परमेश्‍वरको मापन गर्ने मानक उहाँप्रतिको व्यक्तिको मनोवृत्ति, सत्यताप्रतिको उसको मनोवृत्ति, र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिमा आधारित हुन्छ—यो अब अमूर्त छैन। मानौँ, समाजमा उच्च हैसियत भएको, उच्च शैक्षिक स्तर भएको, धेरै शिक्षित र परिष्कृत, अनि एकदमै गौरवशाली र सानदार पारिवारिक पृष्ठभूमि भएको कुनै व्यक्ति छ, यद्यपि त्यहाँ एउटा समस्या छ: ऊ सकारात्मक कुराहरूलाई मन पराउँदैन, ऊ परमेश्‍वरलाई हृदयदेखि नै रुचाउँदैन, र उहाँलाई घृणा र तिरस्कार गर्छ, परमेश्‍वरसँग, परमेश्‍वरको विषय वा परमेश्‍वरको कामसित सम्बन्धित कुनै कुरा आउँदा ऊ घृणाले दाँत किट्छ, आँखा तर्छ, र अरू मानिसहरूलाई हिर्काउनसमेत खोज्छ। यदि कसैले परमेश्‍वर वा सत्यतासँग सम्बन्धित विषय उठायो भने, उसमा घृणा र शत्रुता जाग्छ, अनि उसको पशुवत्‌ स्वभाव बाहिर निस्कन्छ। यस्तो व्यक्ति मूल्यवान् हो कि मूल्यहीन? उसको शैक्षिक पृष्ठभूमि, अनि उसको तथाकथित सामाजिक हैसियत र सामाजिक प्रतिष्ठा परमेश्‍वरको नजरमा कति मूल्यवान् हुन्छ? कति पनि हुँदैन। परमेश्‍वर यस्ता मानिसहरूलाई कस्तो नजरले हेर्नुहुन्छ? परमेश्‍वर यस्ता मानिसहरूको व्यवहार कसरी निर्धारण गर्नुहुन्छ? यस्ता मानिसहरू दियाबलस र शैतान हुन्, र तिनीहरू सबैभन्दा मूल्यहीन घृणित नीच व्यक्ति हुन्। अब त्यसलाई हेर्दा, कसैको मूल्य उच्च हो कि निम्न भनेर परिभाषित गर्ने आधार के हो? (त्यो परमेश्‍वर, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति हो।) त्यो सही हो। सर्वप्रथम, परमेश्‍वरको मनोवृत्ति के हो भनेर बुझ्नैपर्छ। सुरुमा परमेश्‍वरको मनोवृत्ति अनि परमेश्‍वरले मानिसहरूलाई परिभाषित गर्ने सिद्धान्त र मानकलाई बुझ्नुपर्छ, अनि त्यसपछि परमेश्‍वरले मानिसहरूको निम्ति तोक्‍नुभएका सिद्धान्त र मानकको आधारमा तिनीहरूको लेखाजोखा गर्नुपर्छ—यो मात्र सबैभन्दा सही, उचित र निष्पक्ष हुन्छ। अब हामीसित मानिसको लेखाजोखा गर्ने आधार छ, त्यसोभए हामीले यसलाई विशिष्ट रूपमा कसरी अभ्यास गर्नुपर्छ? उदाहरणको लागि, कुनै व्यक्ति एकदमै उच्च शिक्षित छ र जहाँ गए पनि लोकप्रिय बन्छ, सबैले उसको प्रशंसा गर्छन्, अनि अरूको अगाडि ऊसित धेरै सम्भाव्यताहरू भएजस्तो देखिन्छ—के तब ऊ परमेश्‍वरको नजरमा निश्‍चित रूपले उच्च देखिनेछ त? (त्यस्तो हुन्छ नै भन्‍ने हुँदैन।) त्यसोभए हामीले यस व्यक्तिको कसरी मापन गर्नुपर्छ? व्यक्तिको उच्चपन वा निम्नपन समाजमा हुने उसको हैसियतमा आधारित हुँदैन, न त उसको शैक्षिक पृष्ठभूमिमै आधारित हुन्छ, उसको जातीयतामा त झनै कम आधारित हुन्छ, अनि अवश्य नै त्यो उसको राष्ट्रियतामा पनि आधारित हुँदैन, त्यसोभए त्यो केमा आधारित हुनुपर्छ? (त्यो पक्कै पनि परमेश्‍वरको वचनमा अनि परमेश्‍वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्तिमा आधारित हुनुपर्छ।) सही भनिस्। उदाहरणको लागि, तिमीहरू चीनको मूलभूमिबाट अमेरिका आएका छौ, र एकदिन अमेरिकी नागरिक बने पनि, के तिमीहरूको मूल्य र हैसियत फेरिन्छ? (फेरिँदैन।) फेरिँदैन, त्यो फेरिनेछैन; तँ तँ नै रहनेछस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यता प्राप्त गर्न सक्दैनस् भने, तँ अझै पनि नाश हुने खालको होस्। कतिपय सतही मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्दैनन् वा सत्यता पछ्याउँदैनन्, तिनीहरू बाह्य सांसार पछ्याउँछन्, अनि अमेरिकी नागरिक बनेपछि यसो भन्छन्, “तिमी चिनिया मान्छेहरू” र “तिमीहरू मूलभूमि चीनका मान्छेहरू।” मलाई भन त, यस्ता मानिसहरू उच्च हुन् कि निम्न? (निम्न।) तिनीहरू अति निम्न हुन्! तिनीहरू अमेरिकी नागरिक बनेपछि आफूलाई उच्च ठान्छन्—के तिनीहरू सतही होइनन् र? तिनीहरू धेरै सतही हुन्। यदि व्यक्तिले ख्याति र लाभ, सामाजिक हैसियत, धन र शैक्षिक उपलब्धिहरूलाई सामान्य हृदयले लिन सक्छ भने—र अवश्य नै, यो सामान्य हृदयको अर्थ, तैँले पहिले नै यी चीजहरू अनुभव गरिसकेको छस्, र तँ भावशून्य भइसकेको छस् भन्ने होइन, बरु तँसँग मापन स्तर छ र तँ यी कुराहरूलाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण ठान्दैनस्, र तैँले यी कुराहरू मापन गर्ने र हेर्ने मापदण्ड र सिद्धान्तहरू, साथै तेरा मूल्यहरू परिवर्तन भएका छन्, र तँ यी कुराहरूलाई सही रूपमा लिन र सामान्य हृदयले हेर्न सक्छस् भन्ने हो—यसले के प्रमाणित गर्छ? यसले तँ तथाकथित सामाजिक हैसियत, मानिसको मूल्य, आदि इत्यादिजस्ता बाहिरी कुराहरूबाट मुक्त भएको छस् भन्ने प्रमाणित गर्छ। सायद अहिले तिमीहरूले यो हासिल गर्न नसकौला, तर जब साँच्चै सत्यता बुझ्न सक्छौ, तब तिमीहरूले यी कुराहरू छर्लङ्गै बुझ्न सक्छौ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। एउटा व्यक्तिले धनी दाजुभाइ-दिदीबहिनीहरू भेट्छ र उनीहरूले ब्रान्डेड कपडा मात्र लगाएको देख्छ, उनीहरू सम्पन्न देखिन्छन्, र उनीहरूसित कसरी कुराकानी वा सङ्गत गर्ने उसलाई थाहा हुँदैन, त्यसैले ऊ नम्र बन्छ, अनि ती धनी दाजुभाइ र दिदीबहिनीहरूलाई लोलोपोतो र चापलूसी गर्छ अनि घिनलाग्दो तरिकाको व्यवहार गर्छ—के यो आफ्नै अवमूल्यन गर्नु होइन र? यहाँ ऊमाथि केही कुरा हाबी भइरहेको छ। कति मानिसहरू धनी महिलालाई भेट्दा “ठूल्दिदी” र धनी पुरुषलाई भेट्दा “ठूल्दाइ” भनेर बोलाउँछन्। उनीहरू सधैँ यी मानिसहरूको लोलोपोतो गर्न र आफ्नो सिफारिस गर्न चाहन्छन्। तिनीहरू ग्रामीण इलाकाबाट आउने कम शिक्षित, गरिब र मामुली व्यक्तिलाई देख्दा तुच्छ नजरले हेर्छन् र ध्यान दिन मान्दैनन्, र तिनीहरूको मनोवृत्ति परिवर्तन हुन्छ। के त्यस्ता सामान्य अभ्यासहरू मण्डलीमा हुने गर्छन्? गर्छन्, र तिमीहरू त्यो नकार्न सक्दैनौ, किनभने तिमीहरूमध्ये कतिपयले यस्तो व्यवहार प्रकट गरेका छौ। कोहीले “ठूल्दाइ” भनेर बोलाउँछन्, कोहीले “ठूल्दिदी” अनि कोहीले “आन्टी” भनेर बोलाउँछन्—यी सामाजिक अभ्यासहरू गम्भीर छन्। यी मानिसहरूको व्यवहार मूल्याङ्कन गर्दा, तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् र तिनीहरूमा अलिकति मात्र पनि सत्यता छैन। यसप्रकारका व्यक्तिहरू तिमीहरूमाझ थुप्रै छन्, र यदि तिनीहरू परिवर्तन हुँदैनन् भने, तिनीहरू सबै अन्त्यमा हटाइनेछन्। यी गलत विचारहरूले मानिसहरूलाई साँचो मार्ग स्वीकार्न असर नगरे पनि, मानिसहरूको जीवन प्रवेश र कर्तव्यनिर्वाहमा भने असर गर्न सक्छन्; यदि तिनीहरू सत्यता स्विकार्ने व्यक्ति होइनन् भने, तिनीहरूले मण्डलीमा बाधा ल्याउने सम्भावना हुनेछ। यदि तँ परमेश्‍वरको अभिप्राय बुझ्न सक्छस् भने, यी कुराहरू मापन गर्ने सिद्धान्त र मापदण्डहरू बुझ्न सक्छस्। यहाँ अर्को पक्ष पनि छ, र त्यो के हो भने, कुनै व्यक्तिको सामाजिक हैसियत वा शैक्षिक पृष्ठभूमि वा पारिवारिक पृष्ठभूमि जुनै प्रकारको भए पनि, त्यसमा तैँले स्वीकार गर्नैपर्ने एउटा तथ्य छ: तेरो शैक्षिक उपलब्धि र पारिवारिक पृष्ठभूमिले तेरो चरित्र बदल्न सक्दैन, न त तेरो स्वभाव नै प्रभावित पार्न सक्छ। के त्यस्तै होइन र? (हो, त्यस्तै हो।) किन म यसो भन्छु त? व्यक्ति जुनै परिवारमा जन्मेको होस् वा उसले जुनै प्रकारको शिक्षा आर्जन गरेको होस्, ऊ जति नै शिक्षित बनोस् वा नबनोस्, अनि ऊ जुनै प्रकारको सामाजिक पृष्ठभूमिमा जन्मेको होस्, उसको सामाजिक हैसियत उच्च होस् कि निम्न होस्, उसको भ्रष्ट स्वभाव अरू जोकोहीकै जस्तो हुन्छ। हरव्यक्ति उस्तै हुन्छ—यो अपरिहार्य कुरा हो। तिमीहरूको सामाजिक हैसियत र मूल्यले तिमीहरू शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको सदस्य हौ भन्ने तथ्य बदल्न सक्दैन, न त भ्रष्ट स्वभाव भएको परमेश्‍वरविरोधी भ्रष्ट मानवजाति हौ भन्ने तथ्य नै बदल्न सक्छ। मैले यसो भन्नुको मतलब के हो? मैले यो भन्नुको मतलब के हो भने, तिमीहरू जति नै धनी परिवारमा जन्मे पनि वा जति नै उच्च शिक्षा हासिल गरेका भए पनि, तिमीहरू सबैमा भ्रष्ट स्वभाव हुन्छ; तिमीहरू उच्च हौ वा निम्न, धनी हौ वा गरीब, उच्च हैसियका हौ वा निम्न हैसियतका, तिमीहरू अझै पनि भ्रष्ट मानवजाति नै हौ। त्यसैले, परमेश्‍वरको कार्य स्वीकार गरिसकेपछि, तिमीहरू सबै समान हौ, र परमेश्‍वर सबैप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ। के यो मानिसहरूमा हुनुपर्ने बुझाइ होइन र? (हो।) कुन व्यक्तिचाहिँ समाजमा उच्च हैसियत भएकोले र सबै मानवजातिको सबैभन्दा कुलीन वंशमा जन्मेकोले शैतानद्वारा भ्रष्ट नपारिएको र भ्रष्ट मनोवृत्ति नभएको छ र? के यो भन्न मिल्ने कुरा हो? के यो कुरा मानवजातिको इतिहासमा कहिल्यै भएको छ? (छैन।) छैन, यस्तो भएको छैन। वास्तवमा अय्यूब, अब्राहाम, र ती अगमवक्ता र प्राचीन सन्तहरू, साथै ती इस्राएलीहरूलगायत कुनै पनि मानवजाति यस संसारमा जिउँदा सम्पूर्ण मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुन्छ भन्‍ने निर्विवाद तथ्यसित जिउनबाट उम्किन सक्दैन। शैतानले मानिसलाई भ्रष्ट बनाउँदा, तँ उच्च शिक्षित होस् कि होइनस्, तेरो पारिवारिक इतिहास के हो, तेरो थर के हो, वा तेरो पारिवारिक वंशज कति ठूलो छ भन्ने कुरालाई वास्ता गर्दैन, र अन्तिम परिणाम यस्तो हुन्छ: यदि तँ मानिसजातिमाझ जिउँछस् भने, तँ शैतानद्वारा भ्रष्ट पारिएकै हुन्छस्। त्यसैले, तेरो मूल्य र शैक्षिक पृष्ठभूमिले तँमा शैतानी भ्रष्ट स्वभाव छ र तँ शैतानी भ्रष्ट स्वभावसहित जिउँछस् भन्ने तथ्य बदल्न सक्दैन। के यो मानिसहरूमा हुनुपर्ने बुझाइ होइन र? (हो नि।) तैँले यी कुराहरू बुझिसकेपछि, कसैले भविष्यमा आफ्नो प्रतिभा र पूँजीको धाक देखाउँदा वा तैँले फेरि तिमीहरूमध्ये कसैलाई “श्रेष्ठ” पाउँदा, तँ तिनीहरूसित कस्तो व्यवहार गर्छस्? (म तिनीहरूलाई परमेश्‍वरको वचनअनुसार व्यवहार गर्नेछु।) सही भनिस्। अनि कसरी तँ तिनीहरूलाई परमेश्‍वरको वचनअनुसार व्यवहार गर्नेछस्? यदि तँलाई के गर्ने भनी थाह छैन, र तँ तिनीहरूलाई तुच्छ ठान्दै “हेर्नुहोस् तपाईं कति शिक्षित हुनुहुन्छ, तपाईँ केको धाक देखाउँदै हुनुहुन्छ? तपाईं फेरि आफ्नो पूँजीको कुरा गर्दै हुनुहुन्छ, तर के तपाईं आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नुहुन्छ? तपाईं जति नै उच्च शिक्षित भए पनि शैतानद्वारा भ्रष्ट पारिएकै हुनुहुन्छ होइन र?” भनेर गिल्ला गर्छस् भने, के यो तिनीहरूलाई व्यवहार गर्ने राम्रो तरिका हो? यो सिद्धान्तअनुरूप होइन, र यो सामान्य मानवता भएको व्यक्तिले गर्ने कुरा होइन। त्यसोभए, तैँले तिनीहरूलाई सिद्धान्तअनुरूप कस्तो तरिकाले व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई मान गर्नु हुँदैन, न त तुच्छ नै ठान्नु हुन्छ—के यो एक सम्झौता होइन र? (हो।) के सम्झौता गर्नु सही हो? होइन, यो सही होइन। तैँले तिनीहरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ, र यदि तैँले तिनीहरूलाई आफूले बुझेको सत्यता प्रयोग गरेर मद्दत गर्न सक्छस् भने, तिनीहरूलाई मद्दत गर्। यदि तँ तिनीहरूलाई मद्दत गर्न सक्दैनस् भने, र यदि तँ अगुवा होस् र तिनीहरूलाई कुनै खास कर्तव्यको लागि उपयुक्त देख्छस् भने, तिनीहरूलाई त्यो कर्तव्य गर्न लगा। तिनीहरू उच्च शिक्षित भएकाले, “हुँ, उच्च शिक्षित भएर के काम? के तिमी सत्यता बुझ्छौ? म उच्च शिक्षित छैनँ, तैपनि म अगुवा हुँ। ममा राम्रो क्षमता छ, म तिमीभन्दा उत्तम छु, त्यसैले म तिमीलाई तुच्छ ठान्नेछु र तिमीलाई लज्जित तुल्याउनेछु!” भन्ने सोच्दै तिनीहरूलाई तुच्छ नठान्। यो त क्षुद्र र मानवताहीन हुनु हो। “तिनीहरूलाई उचित व्यवहार गर्” भन्नुको अर्थ के हो? यसको अर्थ, सत्यता सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नु हो। अनि यहाँ सत्यता सिद्धान्त भनेको के हो? यो भनेको मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु हो। मानिसहरूलाई उच्च सम्मान नदे र तिनीहरूलाई मान नगर्, र आफूलाई तुच्छ ठान्दै तिनीहरूसामु नझुक्, र तिनीहरूको चापलूसी पनि नगर्, अनि तिनीहरूलाई कुल्चीमिल्ची नगर्, र तिनीहरूलाई तुच्छ नठान्; तिनीहरूले आफ्नो मोल धेरै उच्च नठान्‍न र धाक नलाउन पनि सक्छन्। के तिनीहरूले धाक लाउँछन् भनेर सधैँ डराउनु र त्यसैगरी तिनीहरूलाई कुल्चिमिल्ची गर्नु सही हो? होइन, यो सही होइन। यो त क्षुद्र र मानवताहीन हुनु हो—तँ एकापट्टि अति झुक्दैनस् भने पनि अर्कोपट्टि अति झुकिरहेको हुन्छस्। मानिसहरूलाई सही व्यवहार गर्नु, मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु—यही नै सिद्धान्त हो। यो सिद्धान्त सरल लाग्छ, तर यसलाई अभ्यास गर्नु सजिलो छैन।

पहिले, कुनै अगुवा जीवनयापन गर्न अन्य ठाउँमा बसाइँ सर्ने गर्थ्यो। मैले उसलाई आफूसँगै सम्बन्धित टोली अगुवाहरू र सदस्यहरूलाई लैजान भनेँ, यसो गर्दा उनीहरूलाई सँगै कामकुरा छलफल गर्न सजिलो हुनेथ्यो। मैले भनेको कुरा बुझ्न गाह्रो थिएन—यो सुन्नेबित्तिकै बुझिने कुरा हो। आखिर, उसले आफूसँगै लिएर गएका सम्बन्धित कर्मचारीहरूमा केही राम्रै “खुबी” थिए: कसैले उसलाई चिया ल्याइदिन्थे, कसैले उसको खुट्टा धोइदिन्थे र कसैले ढाड मालिस गर्दिन्थे—तिनीहरू सबै चम्चेहरूको झुन्ड थिए। यो अगुवा कति घृणित थियो? एउटा सरुवा रोग भएको व्यक्तिले उसको लोलोपोतो गर्थ्यो र हरदिन उसको चापलुसी गर्थ्यो, उसको पछिपछि लागिहिँड्थ्यो र उसको सेवा गरिरहन्थ्यो। त्यो अगुवा चापलुसी पाउन त्यो रोग सर्ने जोखिम उठाउनसमेत इच्छुक थियो। अन्ततः, तिनीहरू सरेपछि त्यो सरुवा रोग भएको व्यक्तिको रोग फेरि बल्झियो, र त्यो झूटो अगुवाको पनि खुलासा भयो। त्यसैले, मानिसहरूले सत्यता बुझे पनि वा नबुझे पनि, तिनीहरूले खराब कामहरू गर्नै हुँदैन, आफ्नो महत्त्वाकाङ्क्षा र चाहनाहरूमा भर परेर काम गर्नै हुँदैन, र अवसरवादी मानसिकता राख्‍नै हुँदैन, किनकि परमेश्‍वर मानिसको हृदय जाँच्नुहुन्छ र सारा पृथ्वी जाँच्‍नुहुन्छ। “सारा पृथ्वी” मा के समावेश छ? यसमा भौतिक र अभौतिक दुवै कुराहरू समावेश छन्। आफ्नो दिमाग प्रयोग गरेर परमेश्‍वर, परमेश्‍वरको अख्तियार, वा परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई मापन गर्ने प्रयास नगर्। मानिसहरू सृष्टि गरिएका प्राणी हुन् र तिनीहरूको जीवन अति नगण्य छ—तिनीहरूले कसरी सृष्टिकर्ताको महान्‌ता नाप्न सक्छन्? उहाँले गर्नुभएको सबै कुराको सृष्टिमा र यावत् थोकमाथिको उहाँको सार्वभौमिकतामा तिनीहरूले कसरी सृष्टिकर्ताको सर्वशक्तिमान्‌ता र बुद्धि मापन गर्न सक्छन्? तैँले अज्ञानी काम वा दुष्टता पटक्कै गर्नु हुँदैन। दुष्टता गर्दा अवश्यै दण्ड पाइनेछ, र जब एकदिन परमेश्‍वरले तँलाई खुलासा गर्नुहुन्छ, तब तैँले मोलतोल गरेको भन्दा बढी पाउनेछस्, र त्यो दिन तँ रुनेछस् र दाह्रा किट्नेछस्। तैँले आत्मज्ञानको आधारमा व्यवहार गर्नुपर्छ। निश्‍चित मामिलाहरूमा, परमेश्‍वरले तँलाई प्रकट गर्नुअघि नै तैँले आफूलाई परमेश्‍वरका वचनहरूसित तुलना गर्नु, आफूबारे चिन्तन गर्नु, र लुकाइछिपाइ राखेका कुराहरू प्रकाशमा ल्याउनु, आफ्ना समस्याहरू पत्ता लगाउनु, र त्यसपछि ती समाधान गर्न सत्यता खोज्नु राम्रो हुनेछ—परमेश्‍वरले तँलाई खुलासा गर्नुहुन्जेल नपर्खी। परमेश्‍वरले तँलाई खुलासा गर्नुभएपछि, के त्यसले तँलाई निष्क्रिय बनाउँदैन र? त्यतिबेला तैँले पहिले नै अपराध गरिसकेको हुनेछस्। परमेश्‍वरले तेरो जाँच गर्नुभएदेखि तेरो खुलासा गर्नुहुन्जेलसम्‍म, तेरो मूल्य र तँप्रतिको परमेश्‍वरको रायमा ठूलो परिवर्तन आउन सक्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वर तेरो जाँच गर्नुहुँदा, तेरो खुलासा नहुन्जेल तँलाई मौका दिइरहनुभएको र तँमाथि आशा राखिरहनुभएको हुन्छ। परमेश्‍वरले कसैलाई आफ्नो आशा राख्‍नुहुँदा अनि अन्त्यमा त्यो आशा व्यर्थ भइदिँदा, परमेश्‍वरको मनस्थिति कस्तो हुन्छ? यसले ठूलै असर गर्छ। अनि तैँले कस्तो नतिजा भोग्नेछस्? त्यति गम्भीर नभएका मामिलामा, तँ परमेश्‍वरको घृणाको पात्र बन्न सक्छस्, र तँलाई एकातिर राखिनेछ। “एकातिर राखिनु” भनेको के हो? यसको अर्थ तँलाई राखिनेछ र अवलोकन गरिनेछ भनेको हो। अनि अधिक गम्भीर मामिलामा चाहिँ कस्तो नतिजा हुनेछ? परमेश्‍वरले भन्नुहुनेछ, “यो व्यक्ति विपत्ति हो र सेवा चढाउन पनि योग्य छैन। म यो मानिसलाई पटक्कै मुक्ति दिनेछैनँ!” परमेश्‍वरले यो विचार बनाउनुभएपछि, तैँले बिलकुलै कुनै पनि परिणाम पाउनेछैनस्, अनि त्यस्तो भएपछि, तैँले जति नै निधार धसे पनि वा रोइकराइ गरे पनि केही हुनेछैन, किनभने परमेश्‍वरले तँलाई यथेष्ट अवसरहरू दिइसक्नुभएको हुनेछ तर कहिल्यै पश्‍चात्ताप नगेरर तँ धेरै टाढा पुगिसको हुनेछस्। तसर्थ, तेरो जे समस्या भए पनि वा तैँले जे भ्रष्टता प्रकट गरे पनि, तैँले सदैव परमेश्‍वरको वचनको ज्योतिमा आफूबारे चिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ वा दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरू औँल्याई माग्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तैँले परमेश्‍वरको जाँच स्विकार्नुपर्छ, तँ परमेश्‍वरसमक्ष आउनुपर्छ, र उहाँसित अन्तर्दृष्टि र ज्योति माग्नुपर्छ। तैँले जुनै विधि प्रयोग गरे पनि, समस्याहरू चाँडै पत्ता लगाएर ती समाधान गर्नु नै आत्मचिन्तनबाट पाइने नतिजा हो, र यो तैँले गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो। तैँले आफूलाई पछुतो हुनुअघि नै परमेश्‍वरले तँलाई खुलासा गरेर हटाउनुहुने हदसम्म पर्खर्नु हुँदैन, किनकि त्यतिन्जेल पछुतो गर्न धेरै ढिलो भइसकेको हुनेछ! जब परमेश्‍वर कसैलाई खुलासा गर्नुहुन्छ, तब उहाँ अत्यन्तै क्रोधित हुनुहुन्छ कि यथेष्ट रूपमा दयालु? यो भन्न गाह्रो छ, यो अज्ञात कुरा हो, र म तँलाई यसको ग्यारेन्टी दिनेछैनँ—तँ हिँड्ने मार्ग तैँमाथि निर्भर छ। के तिमीहरूलाई मेरो जिम्मेवारी के हो, थाहा छ? मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुरा, मैले भन्नुपर्ने हरेक शब्द एउटा पनि नछोडी भनिरहेको छु। मैले जुनै विधि प्रयोग गरे पनि, चाहे त्यो लिखित शब्दहरू होस्, कथावाचन होस्, वा स-साना कार्यक्रमहरूको निर्माण होस्, कुनै पनि विधिमा, परमेश्‍वरले विभिन्न माध्यमहरूद्वारा तिमीहरूले बुझ भनेर चाहनुहुने सत्यता बताइरहेको छु, र त्यससँगसँगै मैले देख्न सक्ने समस्याहरूबारे पनि जानकारी दिइरहेको छु। म तिमीहरूलाई चेतावनी, ताकिता र अर्ती दिइरहेको छु, अनि केही भरणपोषण, मद्दत र सहयोग प्रदान गरिरहेको छु। कहिलेकाहीँ म पनि कठोर कुराहरू भन्छु। यो मेरो जिम्मेवारी हो, र बाँकी बाटो कसरी हिँड्ने, त्यो तिमीहरूमै निर्भर छ। तैँले मेरो बोली र अनुहारको भाव जाँच्न आवश्यक छैन, अनि तँबारे मेरो धारणा के हो भनेर ध्यानपूर्वक नियाल्नु जरुरी छैन—तैँले यी कुराहरू गर्न आवश्यक छैन। तेरो भावी परिणाम कस्तो हुनेछ, त्यससित मेरो केही सरोकार छैन; यो त तैँले पछ्याउने कुरासँग मात्र सम्बन्धित छ। आज, म खुल्लमखुल्ला र स्पष्ट रूपमा बोल्दै छु, म एकदमै प्रष्टसित बोल्दै छु। के तिमीहरूले मैले बोलेको प्रत्येक शब्द र प्रत्येक वाक्य, र मैले नभनी नहुने, मैले भन्नैपर्ने, र मैले विगतमा भनेका कुराहरू सुनेका र बुझेका छौ? मैले भन्ने कुनै पनि कुरा अमूर्त छैन, त्यसमा तिमीहरूले नबुझ्ने केही छैन; तिमीहरूले सबै बुझेका छौ, र त्यसैले मेरो जिम्मेवारी पूरा भएको छ। मैले बोलिसकेपछि पनि मैले तिमीहरूमाथि नजर राखी नै राख्‍नुपर्छ र अन्त्यसम्‍मै सँगसँगै तिमीहरूको लागि जिम्मेवार भई नै रहनुपर्छ भन्ने नसोच। तिमीहरू सबैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छौ, तिमीहरू सबै वयस्कहरू हौ, साना बच्चाहरू होइनौ। तिमीहरूले काम गर्दा तिमीहरूको लागि जिम्मेवारी लिने अगुवाहरू छन्, त्यो मेरो जिम्मेवारी होइन। मेरो कामको आफ्नै दायरा छ, मेरो जिम्मेवारीहरूको आफ्नै दायरा छ; तिमीहरू प्रत्येकको पछि लाग्दै र रेखदेख गर्दै आग्रह गरिरहनु सम्भव छैन, न त यो मैले गर्नुपर्ने कुरा नै हो—त्यो मेरो दायित्व होइन। तिमीहरूले पछ्याउने, भन्ने र एकान्तमा गर्ने कुरा, अनि पछ्याउने मार्गबारे भन्नुपर्दा, यी कुनै कुराको मसँग कुनै सम्बन्ध छैन। यी कुराको मसँग कुनै सम्बन्ध छैन भनेर किन म भन्छु त? यदि तिमीहरू परमेश्‍वरको घरमा आफ्नो कर्तव्य सही र उचित तरिकाले निभाउन सक्छौ भने, अन्त्यसम्मै परमेश्‍वरको घर तेरो निम्ति जिम्मेवार हुनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न, मूल्य चुकाउन, सत्यता स्विकार्न र सिद्धान्तअनुसार काम गर्न इच्छुक छस् भने, परमेश्‍वरको घरले तँलाई डोऱ्याउनेछ, भरणपोषण गर्नेछ, र साथ दिनेछ; यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छैनस् र बाहिर गएर काम गर्न र पैसा कमाउन चाहन्छस् भने, परमेश्‍वरको घरको ढोका खुला छ र तँलाई हार्दिक बिदाइ गरिनेछ। तर यदि तैँले परमेश्‍वरका घरमा बाधा दिइस्, दुष्ट्याइँ गरिस्, र उथलपुथल मच्चाइस् भने, दुष्ट्याइँ गर्ने जोसुकै होस्, परमेश्‍वरको घरमा प्रशासनिक आदेश र कार्य व्यवस्था छ, अनि तँलाई यी सिद्धान्तहरूअनुसार तह लगाइनेछ। कुरो बुझिस्? तिमीहरू सबैले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छौ, परमेश्‍वरका धेरै वचनहरू पढेका छौ, र यत्तिका वर्ष भेलाहरूमा गएर प्रवचनहरू सुनेका छौ, तब पनि किन अलिकति पनि पश्‍चात्ताप गरेका वा परिवर्तन भएका छैनौ? वर्षौँदेखि प्रवचन सुन्दै आएका र केही सत्यता बुझ्दै आएका धेरै मानिसहरू छन्, तैपनि तिनीहरूले अझै पश्‍चात्ताप गरेका छैनन्, तिनीहरू अझै पनि झारा टार्ने हिसाबले मात्र आफ्नो कर्तव्य निभाउँछन्, र यिनीहरू खतरामा रहेका मानिसहरू हुन्। म तिमीहरूलाई वास्तविक कुरा बताउँछ: तिमीहरूले सधैँ कुनै कुरा व्यावहारिक र प्रभावकारी ढङ्गले गर्न सक भनेर मैले तिमीहरूमाथि नजर राखिरहूँ, तिमीहरूको ख्याल गरिरहूँ, र तिमीहरूलाई हात समाएर सिकाइरहूँ अपेक्षा नगर। यदि मैले तिमीहरूलाई ख्याल वा रेखदेख गरिनँ र प्रोत्साहन दिइनँ, अनि तिमीहरू झाराटारुवा बनेर कामको गति सुस्त भयो भने, तिमीहरू समाप्त हुनेछौ। यसले तिमीहरू कुनै निष्ठाविना आफ्नो कर्तव्य गर्छौ र तिमीहरू सबै श्रमिक हौ भन्ने देखाउँछ। म तिमीहरूलाई भन्छु, मेरो सेवकाइ सम्पन्न भएको छ, र म तिमीहरूको ख्याल गर्न बाध्य छैनँ। यस्तो किन हो भने, यी मामिलाहरूमा पवित्र आत्माले काम गर्दै हुनुहुन्छ र तिमीहरूलाई जाँच्दै हुनुहुन्छ; मैले जे गर्नुपर्ने थियो त्यो गरिसकिएको छ, मैले जे भन्नुपर्ने थियो त्यो भनिसकिएको छु, मैले आफ्नो सेवकाइ परिपालन गरेको छु, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु, र अब केवल तिमीहरूले आफ्नो कार्य र व्यवहारको जिम्मेवारी लिन बाँकी छ। यदि तिमीहरू सत्यता स्विकार्दैनौ र निरन्तर झारा टार्छौ र पश्‍चात्ताप गर्नेबारे कहिल्यै सोच्दैनौ भने, तिमीहरूको दण्ड र निष्कासनसँग मेरो कुनै सम्बन्ध रहनेछैन।

मैले भर्खरै बताएको कथाको एउटा पक्ष, मानिसहरूको सामाजिक हैसियत, मूल्य, पारिवारिक पृष्ठभूमि र शैक्षिक पृष्ठभूमि आदि इत्यादि कुराहरूलाई कसरी लिने, अनि यी कुराहरूसम्बन्धी मापदण्ड र सिद्धान्तहरू केके हुन् भन्नेबारे थियो; अर्को पक्षचाहिँ, यी कुराहरूलाई कसरी लिने र तिनीहरूको सारलाई कसरी छर्लङ्गै बुझ्ने भन्ने थियो। तैँले यी कुराहरूको सार छर्लङ्गै बुझेपछि पनि अझै तेर हृदयमा यी कुरा हुन सक्ने भए पनि, तँ यी कुराको बन्धनमा पर्नेछैनस् र यी कुराअनुसार जिउनेछैनस्। अनि जब तैँले कुनै अविश्‍वासीले आफू विश्‍वविद्यालय गएर स्नातकोत्तर वा विद्यावारिधिको अध्ययन गरेको सानदार विगतको धाक देखाएको देख्छस्, तब तेरो दृष्टिकोण र मनोवृत्ति कस्तो हुन्छ? यदि तैँले “विश्‍वविद्यालयमा पूर्वस्नातक अध्ययन गर्नु केही होइन। मैले वर्षौँअघि स्नातक डिग्री हासिल गरेको छु,” भनेर भन्छस् भने, यदि तँमा यस्तो मानसिकता छ भने, यो तेरो लागि समस्याको कुरा हुनेछ, र यसले परमेश्‍वरमा विश्‍वास गरेर तँमा परिवर्तन आएको छैन भन्ने देखाउँछ। यदि उसले तँलाई तेरो शैक्षिक पृष्ठभूमि सोध्यो, अनि तैँले “मैले त प्राथमिक विद्यालयबाट समेत पढाइ पूरा गरेको छैनँ र एउटा निबन्धधरि लेख्न सक्दिनँ” भनेर भन्छस् र उसले तँलाई निकम्मा ठान्छ र बेवास्ता गर्न थाल्छ भने, के त्यो एकदमै उत्तम होइन र? तैँले अझ धेरै परमेश्‍वरका वचनहरू पढ्न र अझ धेरै कर्तव्य निर्वाह गर्न समय बचाउन सक्छस्, र गर्नुपर्ने सही कुरा नै यही हो। अविश्‍वासी र गैरविश्‍वासीहरूसँग गफ हाँकेर के फाइदा? यदि तँ आफ्नो शैक्षिक स्तर कम छ र समाजमा कुनै हैसियत छैन भनेर भन्छस्, अनि कसैले तँलाई तुच्छ ठान्छ भने, तैँले के गर्नेछस्? यसलाई मनमा नले र विवश महसुस नगर्, तिनीहरूलाई कुरा गर्न दे, तिनीहरूलाई जे मन लाग्छ त्यो भन्न दे, यो तेरो लागि केही होइन। यसले परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा सत्यता पछ्याउन ढिलाइ गराउँदैन भने, त्यो ठिकै छ। वास्तवमा यो सानो विषय हो, तर दैनिक जीवनमा, मानिसहरू यी पूँजीका कुराहरूलाई धेरै महत्त्व दिन्छन् र तिनलाई सधैँ आफ्नो हृदयमा राख्छन् भन्ने कुरा तिनीहरूको अभिव्यक्तिमा देख्न सकिन्छ। यसले मानिसहरूको बोली र व्यवहारलाई मात्र असर गर्दैन, यसले त तिनीहरूको जीवन प्रवेश र परमेश्‍वरप्रति विश्‍वासको सही मार्गको चयनमा पनि असर पुर्‍याउन सक्छ। ल ठिक छ, म फेरि यसप्रकारका विषयमा कुरा गर्नेछैनँ। अब हामी हामीले पछिल्लोपटक सङ्गति गरेको विषयमा फर्कौँ र ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति र विश्‍लेषण गर्न जारी राखौँ।

कसरी ख्रीष्टविरोधीहरू दुष्ट, धूर्त, र छली हुन्छन् भन्ने कुराको विश्‍लेषण

१. सकारात्मक कुराहरू र सत्यताप्रति ख्रीष्टविरोधीहरूको शत्रुता र घृणाको विश्‍लेषण

हामीले ख्रीष्टविरोधीहरूको छैटौँ प्रकटीकरणलाई विश्लेषण गरिसकेका छौँ, र अब हामी सातौँ प्रकटीकरण विश्लेषण गर्न सुरु गर्नेछौँ: कसरी ख्रीष्टविरोधीहरू दुष्ट, धूर्त, र छली हुन्छन्। कतिपय मानिस भन्छन्, “हामीले ख्रीष्टविरोधीहरूलाई विश्लेषण र खुलासा गरिरहेको तरिकालाई हेर्दा, के तिनीहरूलाई दुष्ट, धूर्त, र छली भन्‍नु अत्यन्तै नरम कुरा होइन र? कसको पो स्वभाव अलि दुष्ट वा छली हुँदैन र? साधारण मानिसहरू सबैमा यी भ्रष्ट स्वभाव हुन्छन्, त्यसकारण यदि हामी यसरी ख्रीष्टविरोधीहरूलाई खुलासा र विश्लेषण गर्छौँ भने, के यसको अर्थ सबै जना ख्रीष्टविरोधी हुन् भन्‍ने होइन र?” के तिमीहरूमध्ये कसैलाई यस्तो लाग्छ? यदि तिमीहरूमध्ये कसैलाई यस्तो लाग्छ भने, तिमीहरू गलत छौ। के ख्रीष्टविरोधीहरूको दुष्टता, धूर्तता, अनि छलीपन र साधारण मानिसहरूमा हुने यी भ्रष्ट स्वभावहरूको प्रकटीकरण बीच कुनैभिन्‍नता छ? अवश्य नै भिन्‍नता छ, नत्र हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणमा यी स्वभावहरूलाई समावेश गर्नेथिएनौँ। आज म सुरुमा मुख्यतः यो भिन्‍नताबारे सङ्गति गर्नेछु, त्यसपछि ख्रीष्टविरोधीहरूको दुष्ट, धूर्त, र छली स्वभावका केही वास्तविक उदाहरण र निश्‍चित प्रकटीकरणहरूबारे कुरा गर्नेछु। “दुष्ट”, “धूर्त”, र “छली” शब्दहरूको शाब्दिक अर्थ बुझ्न सजिलो छ। कठिनाइ त ख्रीष्टविरोधी र साधारण मानिसहरूमा हुने यस्ता प्रकटीकरणहरूबीचको मूलभूत भिन्‍नतालाई खुट्ट्याउनु, किन हामी यी भ्रष्ट स्वभाव र सार भएको एक प्रकारको व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा परिभाषित गर्छौँ, अनि सारमा ख्रीष्टविरोधी र साधारण भ्रष्ट मानवजातिबीच के भिन्‍नता छ भनेर बुझ्नु पो हुन्छ त। प्रथमतः ख्रीष्टविरोधीहरू सत्यता र परमेश्‍वरप्रति खुलस्त रूपमा वैरभाव राख्छन्; तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू, उहाँको पद, र मानिसहरूको हृदयका लागि उहाँसँग होड गर्छन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरूको हृदय जित्न, र तिनीहरूलाई बहकाउन र पङ्गु बनाउन उनीहरूको वरपर विभिन्‍न कुरासमेत गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूको कार्य र व्यवहार, चाहे त्यो खुलस्त होस् वा गुप्त, सधैँ परमेश्‍वरविरोधी हुन्छ। किन म यो परमेश्‍वरविरोधी हुन्छ भनेर भन्छु? किनभने तिनीहरूलाई परमेश्‍वरको वचन सत्यता हो र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू अझै उहाँको विरोध गर्छन् र सत्यतामा जसरी सङ्गति गरिए पनि त्यो स्वीकार गर्दैनन्। उदाहरणका लागि, कतिपय ख्रीष्टविरोधीहरूले कतिपय मानिसलाई लोभ्याएर बहकाउँछन् र नियन्त्रण गर्छन्। तिनीहरू यी मानिसहरूलाई तिनीहरूको आज्ञा मान्न र तिनीहरूलाई पछ्याउन लगाउँछन्, त्यसपछि जालझेल गरेर मण्डलीबाट सबै किसिमका पुस्तक र सामग्रीहरू लिन्छन्, र आफ्नै मण्डली र राज्य स्थापना गर्छन्, ताकि तिनीहरूलाई आफ्ना अनुयायीहरूले पछ्याउन र आराधना गर्न सकून्, त्यसपछि तिनीहरू मण्डलीबाट फाइदा लिन थाल्छन्। यस्तो व्यवहार स्पष्ट रूपमा नै तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँसँग होड गर्नु हो—के यो ख्रीष्टविरोधीहरूको विशेषता होइन र? के यो स्पष्ट विशेषताका आधारमा यी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्नु न्यायसङ्त हुँदैन? यो पटक्‍कै न्यायसङ्गत नहुने हुँदैन—यो परिभाषा एकदमै सटीक छ! मण्डलीभित्र गुटबन्दी गरेर मण्डली भत्काउने कतिपय ख्रीष्टविरोधी पनि छन्। तिनीहरू मण्डलीभित्र निरन्तर आफ्नै शक्ति वृद्धि गर्छन्, र तिनीहरूसँग असहमत हुनेहरूलाई हटाउँछन्। त्यसपछि तिनीहरू आफ्नो शक्ति गठन गर्न र सबैलाई आफूले भनेको कुरा गर्न लगाउन तिनीहरूको कुरा सुन्‍ने र तिनीहरूलाई पछ्याउनेहरूलाई आफ्ना पक्षमा राख्छन्। के यो तिनीहरूले आफ्नै राज्य स्थापना गर्नु होइन र? माथिसँग जेजस्तो कार्य व्यवस्था वा मापदण्डहरू भए पनि, तिनीहरू ती पूरा गर्न मान्दैनन्, बरु आफ्नै शैलीमा काम गर्छन्, जसले गर्दा तिनीहरूका अनुयायीहरूले खुलस्त रूपमा माथिको विरोध गर्छन्। उदाहरणका लागि, परमेश्वरको घरले वास्तविक काम गर्न नसक्‍ने अगुवा र सेवकहरूलाई तुरुन्तै प्रतिस्थापन गरेको माग गर्छ। तैपनि, ख्रीष्टविरोधीले यस्तो सोच्नेछ: “कतिपय अगुवा र सेवकहरू वास्तविक काम गर्न नसक्‍ने भए पनि, मलाई साथ दिन्छन् र अनुमोदन गर्छन्, अनि मैले तिनीहरूलाई वृद्धि गरिरहेको छु। माथिले पहिला मलाई नहटाएसम्म यी मानिसहरूलाई हटाउने कुरै आउँदैन।” मलाई भन् त, के त्यो मण्डली ख्रीष्टविरोधीका नियन्त्रणमा छैन र? परमेश्‍वरको घरका कार्य व्यवस्थहरू कुनै ख्रीष्टविरोधीले सम्हाल्दैन र ती पूरा गर्न सक्दैन। जब कार्य व्यवस्था जारी भएको धेरै भएको हुन्छ, र हरेक मण्डलीले ती कसरी गरिएको छ, जस्तै कुन परिस्थितिमा कसलाई अर्को कर्तव्यमा खटाइएको छ वा कसलाई प्रतिस्थापित गरिएको छ भनेर रिपोर्ट गरेको हुन्छ, त्यति बेला ख्रीष्टविरोधीले कुनै कुराको कहिल्यै रिपोर्ट दिँदैन र कसैलाई कहिल्यै अर्का काममा खटाउँदैन। कतिपय मानिस सधैँ आफ्ना कर्तव्यमा झारा टार्छन्, जसले गर्दा मण्डलीका काममा गम्भीर असर पर्छ, तर ख्रीष्टविरोधीले तिनीहरूलाई अर्का काममा खटाउँदैन। माथिले ख्रीष्टविरोधीलाई यी मानिसहरूलाई प्रतिस्थापित गर्नू भनेर भन्नुहुँदा समेत, धेरै लामो समयसम्म पनि जवाफ दिँदैन। के यसमा समस्या छैन र? माथिले कार्य व्यवस्था लागू गर्न अह्राउँदा वा कुनै कुराबारे सोधपुछ गर्ने प्रयास गर्दा, ख्रीष्टविरोधीबाट कुनै प्रतिफल निस्कँदैन। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई यसबारे केही थाहा हुँदैन, तिनीहरूले कुनै खबर पाउँदैनन्, र तिनीहरू माथिसँग सम्पर्कविहीन हुन्छन्—मण्डली पूर्ण रूपमा त्यो एक व्यक्तिका नियन्त्रणमा हुन्छ। ख्रीष्टविरोधीले यसरी कार्य गर्नुको प्रकृति के हो? यस ख्रीष्टविरोधीले मण्डलीलाई नियन्त्रण गर्नु हो। ख्रीष्टविरोधीहरू मण्डलीमा गुटबन्दी गर्छन्, आफ्नै राज्य स्थापना गर्छन्, परमेश्‍वरको घरको विरोध गर्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छन्। मानिसहरू पवित्र आत्माको काम गुमाउँछन्, परमेश्‍वरको उपस्थिति महसुस गर्न सक्दैनन्, तिनीहरूलाई कुनै शान्ति वा आनन्द हुँदैन, तिनीहरू परमेश्‍वरमाथिको विश्‍वास गुमाउँछन्, र आफ्नो कर्तव्य उत्साहका साथ निभाउन छोड्छन्। तिनीहरू नकारात्मक र चरित्रभ्रष्टसमेत बन्छन्, र तिनीहरूको जीवन सुस्त बन्छ। यी सबै कुरा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नुका परिणाम हुन्। अहिले, मुख्य भूमि चीनका सबै पाष्टरीय क्षेत्रमा, धेरै झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा र प्रतिस्थापित गरिएको छ। तिनीहरूमध्ये, वास्तविक काम नगर्ने केही झूटा अगुवा र झूटा सेवकहरू छन्। तिनीहरू सबैमा ख्रीष्टविरोधीहरूको प्रकटीकरण र स्वभाव थियो, तैपनि तिनीहरू ख्रीष्टविरोधी बन्‍ने हदमा त पुगेका थिएनन्, त्यसकारण तिनीहरूलाई प्रतिस्थापित मात्रै गरियो। तैपनि, कतिपय मानिस आफूलाई सर्वेसर्वा ठान्थे, सबै कुरामा तिनीहरूकै अन्तिम निर्णय हुन्थ्यो, तिनीहरूले कार्य व्यवस्थालाई पूर्ण रूपमा उल्लङ्घन गरे र आफ्नै तरिकाले काम गरे, त्यसकारण तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा परिभाषित गरेर हटाइयो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने र तह लगाउने यो राम्रो तरिका हो! यी रिपोर्ट पत्रहरू देख्दा मलाई औधी खुसी लाग्छ, किनभने यसले परमेश्‍वरका चुनिएका कतिपय मानिसले धेरै वर्ष प्रवचनहरू सुनेपछि थोरै सत्यता बुझेका छन् भन्‍ने कुरा देखाउँछ। किन म तिनीहरूले थोरै सत्यता बुझेका छन् भनेर भन्छु? किनभने तिनीहरूले यी प्रवचनहरू सुनेपछि, ती जीवनमा आइपर्ने कतिपय मामलामा जोडेर लागू गर्न सक्छन्। तिनीहरूले यी सत्यताहरू सुनेपछि, त्यति नै बेला ती कुरा साँच्‍चै नबुझ्लान्, तर पछि मानिस र घटनाहरूबारे बुझ्न थाल्छन्। तिनीहरूले आफूलाई सर्वेसर्वा ठान्‍ने, वास्तविक काम नगर्ने, वास्तविक समस्याहरू समाधान गर्न नसक्‍ने, आफ्ना कर्तव्यमा झारा टार्ने र बोझ नलिने, अनि जिम्मेवारी बोध नहुने मानिसहरूलाई मापन गर्न सक्‍ने सिद्धान्त र मापदण्डहरू प्राप्त गर्छन्। के यो प्रगति होइन र? यो प्रगति हो। तिनीहरूमा कद छ भनेर भन्‍न सकिँदैन, तिनीहरूले थोरै सत्यता मात्रै बुझेका हुन्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले झूटा अगुवा, ख्रीष्टविरोधी, र वास्तविक काम नगर्ने अनि आफ्ना काममा अयोग्य कतिपय मानिसलाई केही हदसम्म खुट्ट्याउन सक्छन्—के यो राम्रो कुरा होइन र? यो राम्रो कुरा हो; यसले परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता बुझ्छन् र तिनीहरूमा समझशक्ति छ, र तिनीहरू परमेश्‍वरका पक्षमा खडा भएर मण्डलीको कामको रक्षा गर्न सक्छन् भन्‍ने कुरा देखाउँछ—यो खुसी मनाउन लायक कुरा हो। ख्रीष्टविरोधीहरूले सत्यता बुझ्ने मानिसहरूलाई बहकाउनु असम्भव हुन्छ। तिनीहरूले सत्यता नबुझ्ने र समझशक्ति नहुने मानिसहरूलाई केही समयसम्म बहकाउन सक्लान्, तर कतिन्जेल? मलाई के विश्‍वास छ भने, मानिसहरू जति धेरै सत्यता बुझ्छन् र परमेश्‍वरमा जति धेरै विश्‍वास गर्छन्, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको बन्धन र नियन्त्रण इन्कार गर्न र त्याग्‍न त्यति नै छोटो समय लाग्छ। त्यसकारण, हामीले ख्रीष्टविरोधीहरूका विभिन्‍न विस्तृत प्रकटीकरणहरूबारे सङ्गति गर्नु अझै अत्यावश्यक छ, नत्र भने यदि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाए र नियन्त्रण गरे भने, तिनीहरूलाई मुक्ति प्राप्त गर्न असाध्यै गाह्रो हुनेछ।

मैले भर्खरै ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू र त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्नुका कारणहरूलाई सरल शब्दहरूमा व्याख्या गरेँ। त्यसोभए, ख्रीष्टविरोधीहरूको दुष्टपन, धूर्तपन, अनि छलीपनका प्रकटीकरणहरू र साधारण मानिसहरूको भ्रष्ट स्वभावबीच के भिन्‍नता छ? के तिमीहरूले यसबारे कुनै कुरा बुझेका छौ? म तिमीहरूलाई एउटा कथा सुनाउँछु, र यो कथा अवश्य नै दुष्टपन, धूर्तपन, र छलीपनसँग सम्बन्धित छ। बाइबलको अय्यूबका पुस्तकमा परमेश्‍वर र शैतानबीच भएको कुराकानी लेखिएको छ। परमेश्‍वर शैतानलाई सोध्नुहुन्छ, “तँ कहाँबाट आइस्?” (अय्यूब १:७)। अनि शैतान कसरी जवाफ दिन्छ? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) अहिलेसम्म, मानिसहरूले शैतानले यसो भन्‍नुको अर्थ के हो भनेर अझै बुझेका छैनन्—यसलाई स्वभाव भनिन्छ। किन मानिसहरू शैतानले भन्‍न खोजेको कुरा बुझ्दैनन्? किनभने तैँले शैतान कहाँबाट आएको हो भनेर अझै पत्ता लगाएको छैनस्। शैतानले भनेका कुरामा के समस्या के हो? यहाँ एक प्रकारको स्वभाव छ, र त्यो दुष्ट स्वभाव हो। अहिलेका लागि त्यो हरफबारे कुरा गरी सकाऊँ अनि त्यसपछि हुने कुरालाई विश्लेषण गरौँ। शैतान परमेश्‍वरसामु आउँछ र त्यसले उहाँको प्रश्नको उत्तर दिएपछि, परमेश्‍वर शैतानलाई भन्‍नुहुन्छ, “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। परमेश्‍वरले यसो भन्‍नुभएको सुन्दा सामान्य व्यक्तिले सामान्यतया कस्तो प्रतिक्रिया दिनेथ्यो? (उसले अय्यूबले कस्तो व्यवहार गऱ्यो भनेर हेर्न चाहनेथ्यो।) मानिसहरूले तुरुन्तै सोच्नेथ्यो, “अय्यूब परमेश्‍वरको भय मान्थे र दुष्टताबाट टाढा बस्थे र तिनी सिद्ध मानिस थिए। म तिनलाई निकै आदर गर्छु!” यो आदर कहाँबाट आउँछ? यो सामान्य मानवताभित्र हुने सकारात्मक कुराहरूप्रतिको तृष्णा, प्रेम, र चाहनाबाट पैदा हुन्छ। तर, यदि तँ सत्यतालाई प्रेम गर्दैनस् भने, तैँले यी वचनहरू सुन्दा के प्रकट गर्नेछस्? (तिरस्कार।) तैँले यी वचनहरूलाई तिरस्कार र बेवास्ता गर्नेछस्। त्यसपछि कतिपय मानिस सोच्छन्, “परमेश्‍वरको भय मान्नु र दुष्टताबाट अलग बस्नु? यो भय के हो? ‘दुष्टताबाट टाढा बस्नु’ भनेको के हो? आजभोलि सिद्ध मानिस कहाँ भेट्टाउन सकिन्छ?” यी वचनहरू सुनेपछि तिनीहरू केही पनि महसुस गर्दैनन् जस्तो देखिन्छ, त्यसकारण के तिनीहरूमा यी कुराहरूको तृष्णा र चाहना गर्ने हृदय छ? (छैन।) के तिनीहरू यी कुराहरूको चाहना गार्छन्? (गर्दैनन्।) के तिनीहरू यसभित्र केकस्ता कुरा छन् भनेर बुझ्न चाहन्छन्? के तिनीहरूमा यो आकाङ्क्षा हुन्छ? अहँ, हुँदैन; तिनीहरू हृदयमा जान्न चाहँदैनन्। अय्यूब परमेश्‍वरको भय मान्थ्यो र दुष्टताबाट टाढा बस्थ्यो, तिनी सिद्ध मानिस थियो भनेर परमेश्‍वरले भन्‍नुभएको सुन्दा असामान्य प्रतिक्रिया दिने अर्को प्रकारको व्यक्ति पनि हुन्छ। तिनीहरू भन्छन्, “हँ? अय्यूब परमेश्‍वरको भय मान्थे र दुष्टताबाट टाढा बस्थे, र तिनी सिद्ध पुरुष थिए—के त्यस्तो व्यक्ति हुन्छ? तिनी कसरी सिद्ध थिए मलाई देखाउनुहोस्—मलाई यस कुरामा विश्‍वास लाग्दैन!” के यस्ता विचार र प्रकटीकरणहरू भएका यस्ता मानिसहरू परमेश्‍वरले बोलेका वचनहरूलाई साँचो रूपमा विश्‍वास र स्वीकार गर्छन्? (गर्दैनन्।) तिनीहरू ती साँचो रूपमा विश्‍वास वा स्वीकार गर्दैनन्। पहिलो कुरा, एउटा कुरा निश्‍चित छ: तिनीहरू परमेश्‍वरले भन्ने कुरा साँचो, भरपर्दो, र सही हो भनेर स्वीकार गर्दैनन्, तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यता, सृष्टिकर्ताका वचन, र सारा मानवजातिका लागि सर्वोच्च सत्यता ठान्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता नठान्ने हुनाले, परमेश्‍वरलाई कसरी हेर्छन्? तिनीहरूले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्ने हुनाले, के तिनीहरूले परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्न सक्ने सम्भावना छ? निश्चय नै छैन, किनभने तिनीहरू परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छन्, परमेश्‍वरको दृष्टिकोणलाई इन्कार गर्छन्, र परमेश्‍वरका भनाइहरूलाई इन्कार गर्छन्, जसको अर्थ तिनीहरू परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्छन् र उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्छन्। यो निश्‍चित कुरा हो। अर्को कुरा पनि छ: यस्ता मानिसहरूमा परमेश्‍वरले व्यक्त गर्ने सत्यताहरूप्रति अनि सकारात्मक र नकारात्मक कुराहरूप्रति कस्तो मनोवृत्ति हुन्छ, र तिनीहरूको मनोवृत्तिपछाडि कस्तो स्वभाव लुकेको हुन्छ? अय्यूबबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? “त्यो असम्भव छ! के संसारमा अझै पनि त्यस्तो व्यक्ति हुन सक्छ र? यो त ऐतिहासिक अवशेष मात्रै हो। त्यस्तो व्यक्ति यस संसारमा जिउनु हुँदैन। धोकेबाज र नराम्रो, खराब, र दुष्ट मानिसहरू मात्रै जिउनुपर्छ। अय्यूबजस्ता मानिसहरू मर्नुपर्छ, जिउनु हुँदैन!” यो कस्तो स्वभाव हो? (दुष्टपन।) यो शैतानको दुष्टपन हो। के अहिले मानवजातिमाझ शैतानको जस्तै दुष्ट स्वभाव भएका कुनै मानिसहरू छन्? कस्ता मानिसहरू परमेश्‍वरले “अय्यूब परमेश्‍वरको भय मान्छ र ऊ दुष्टताबाट टाढा बस्छ; तिनी सिद्ध मानिस हो” भनेर भन्‍नुभएको सुन्दा, विश्‍वास गर्दैनन्, त्यसलाई स्विकार्न मान्दैनन्, मन पराउँदैनन् र घृणा गर्छन्, र तिनीहरूका हृदयमा श्रापसमेत आउँछ? के हामी यस्ता कुराहरू पैदा गर्ने मानिसहरू शैतानजस्ता हुन् भनेर भन्‍न सक्छौँ? (सक्छौँ।) त्यसोभए, के यी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर परिभाषित गर्नु हदबाहिर जानु हो? (होइन।) परमेश्‍वरले शैतानलाई स्पष्ट र गम्भीर रूपमा “अय्यूब परमेश्‍वरको भय मान्छ र ऊ दुष्टताबाट टाढा बस्छ; ऊ सिद्ध मानिस हो” भनेर भन्‍नुहुँदा, शैतानको मनोवृत्ति कस्तो थियो? त्यसले यस तथ्यमा शङ्का गऱ्यो। यसको एउटा पक्ष के हो भने शैतानले अय्यूब त्यस्तो व्यक्ति हो भन्‍ने कुरामा शङ्का गऱ्यो र यो सम्भव छ भनेर सोचेन। किनभने शैतान दुष्ट छ र सबै कुरा दुष्ट छन् भन्‍ने विश्‍वास गर्छ; त्यसले मानवजातिमाझ त्यस्तो राम्रो व्यक्ति हुन सक्छ, जसलाई परमेश्‍वरले साँच्‍चै सिद्ध देख्‍न सक्नुहुन्छ भन्‍ने विश्‍वास गरेन—शैतानले यस तथ्यमा विश्‍वास गरेन। अर्को पक्ष के हो भने परमेश्‍वरले अय्यूबजस्तो असल मानिस पत्ता लगाउनुहुँदा, शैतानले आफ्ना हृदयमा के महसुस गऱ्यो? प्रथमतः अत्यन्तै सतही स्तरमा, त्यसलाई डाह लाग्यो, र सोच्यो, “कसरी सिद्ध मानिस हुन सक्छ? के मैले सारा मानवजातिलाई भ्रष्ट तुल्याएको छैनँ र? मानिसहरू सबै मजस्तै छन्, तिनीहरू सबैले तपाईंलाई धोका दिएका छन्। कसरी तिनीहरू तपाईंलाई पछ्याउन सक्छन्?” यदि हामीले यसलाई मानव भाषामा अनुवाद गऱ्यौँ भने, त्यो त्यसको मानसिकता थियो। शैतानले यो सम्भव छ भन्‍ने विश्‍वास गरेन, र त्यसले यो सम्भव छ भनेर विश्‍वास नगर्नुका दुई पक्ष छन्: पहिलो हो, शैतानले अय्यूब अस्तित्वमा नरहोस् भन्‍ने चाहन्थे, दोस्रो हो, शैतानले यस्तो सोच्यो, “ऊ अस्तित्वमा रहे पनि, म त्यसलाई नष्ट गर्नेछु।” के यो शैतानको दुष्टपन होइन र? (हो।) यो शैतानको दुष्टपन थियो। त्यसले साँचो असल व्यक्ति, परमेश्‍वरको भय मान्ने र दुष्टताबाट टाढा बस्‍ने व्यक्ति परमेश्‍वरसामु आएको चाहँदैनथ्यो, त्यसले अय्यूबजस्तो व्यक्ति संसारमा जिएको चाहँदैनथ्यो, यस्तो व्यक्ति अस्तित्वमा होस् भन्‍ने चाहँदैनथ्यो, झन् यस्तो व्यक्ति पैदा भएको चाहनु त परको कुरा थियो—यो शैतानको दुष्टपन थियो। शैतानको दुष्टताको स्रोत के हो? यसको प्रकृति सार दुष्ट छ। त्यसबाहेक, शैतान सबै सकारात्मक कुराहरूविरोधी हो। “सबै सकारात्मक कुराहरू” मा के समावेश छ? यसमा परमेश्‍वरको भय मान्ने र दुष्टताबाट टाढा बस्‍ने अनि सिद्ध मानिसहरू समावेश छन्। के शैतानले अय्यूबप्रति वैरभाव राखेर परमेश्‍वरप्रति वैरभाव राखिरहेको थिएन र? (थियो।) वास्तविकता यही थियो। शैतानले अय्यूबप्रति वैराभाव राखिरहेको भए पनि, परमेश्‍वरलाई पनि घृणा गरिरहेको थियो। त्यसले कसैले पनि परमेश्‍वरको आराधना गरेको चाहँदैनथ्यो—यसले त्यसलाई सबैभन्दा खुसी बनाउनेथ्यो र यो त्यसको सबैभन्दा ठूलो इच्छा थियो। त्यसपछि, यी सबै कुरा यसले आशा गरेको, हेर्न चाहेको, र तृष्णा गरेको कुराको ठिक विपरीत बन्‍न गयो। त्यसको आँखाअगाडि नै यस्तो राम्रो कुरा हुन आयो, र पनि त्यसको दुष्टपन, चरमताले गर्दा त्यसले परमेश्‍वरसामु अर्को वार्तालाप गऱ्यो, जुन परमेश्‍वर र त्योबीच भएको निम्न संवाद हो। के कसैलाई मूल पद थाहा छ? “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” (अय्यूब १:९)। शैतानले सिधै बोलेन, त्यसका शब्दहरूमा पासो लुकेको थियो। त्यसले यसो भन्यो, “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” ताकि तैँले यसबारे विचार गर्न सकेस्। मलाई भन् त, के परमेश्‍वरलाई शैतानले यसो भन्‍नुको तात्पर्य के हो भन्‍ने थाहा थियो? (थियो।) परमेश्‍वरलाई थाहा थियो। परमेश्‍वरले शैतानलाई राम्ररी चिन्‍नुभएको थियो र यस विषयलाई एकदमै स्पष्टसित बुझ्न सक्नुहुन्थ्यो। शैतानले “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र?” भन्‍नेबित्तिकै त्यसले के गर्छ भन्‍ने परमेश्‍वरलाई थाहा थियो। जब परमेश्‍वरले त्यो केही गर्न चाहन्छ भन्‍ने देख्‍नुभयो, तब उहाँलाई एउटा मौका आएको छ, आफूले अय्यूबलाई जाँच्ने प्रयासमा शैतानको प्रयोग गर्ने समय आएको छ भन्‍ने थाहा भयो। त्यसोभए, कोचाहिँ बुद्धिमान् थिए? (परमेश्‍वर।) शैतानलाई यो थाहा थिएन र त्यसले सोच्यो, “के परमेश्‍वरले मलाई अय्यूबलाई छुने अनुमति दिनुभएन र? उहाँले अहिले यस कुरामा सहमति जनाउनुहुनेछ भनेर मैले कहिल्यै अपेक्षा गरेको थिइनँ।” हामी कथालाई यहाँ छोड्नेछौँ। त्यसपछि के भयो भन्‍ने कुरा सबैलाई मूलतः थाहा छ।

अब हामी शैतानले भनेका कुरामा त्यसको प्रकटीकरण र स्वभाव, साथै यो कुरा भन्‍नुपछाडि त्यसको खास उत्प्रेरणा र अभिप्राय के थियो त्यसलाई विश्लेषण गरौँ। प्रथमतः शैतानले परमेश्‍वरले भनेका कुरामा विश्‍वास गरेन, अर्थात् त्यसले परमेश्‍वरले बोलेका वचनहरूको विषयवस्तु र तथ्यहरूप्रति शङ्कालु मनोवृत्ति राख्यो। त्यसले परमेश्‍वरले भनेका कुरामा शङ्का गर्नाका साथै परमेश्‍वरले भनेका कुरालाई इन्कार गर्न केही विधि प्रयोग गर्न चाह्यो, तर त्यस कुरालाई सिधै इन्कार गर्न सक्दैनथ्यो। शैतानको दुष्टपन कहाँ थियो? त्यो त्यसले हृदयमा यसो भन्दै अझ छली तरिका अपनाउनमा थियो, “म तपाईंलाई सिधै इन्कार गर्नेछैनँ। म तपाईंलाई अय्यूबलाई दुर्व्यवहार गर्न मलाई अनुमति दिने तुल्याउनेछु, त्यसपछि उसलाई तपाईंलाई इन्कार गर्न लगाउनेछु। यो नै सबैभन्दा राम्रो परिणाम हुनेछ। त्यसपछि त के तपाईं असफल हुनुहुनेछैन र?” त्यसको उद्देश्य यही थियो। शैतानले परमेश्‍वरसँगको कुराकानी र आफ्‍ना विचारहरूमा कस्तो स्वभाव प्रकट गऱ्यो? त्यो स्वभाव स्पष्ट रूपमा नै दुष्ट थियो। शैतानको दुष्टपन र साधारण भ्रष्ट मानवजातिको दुष्टपनबीच के भिन्‍नता छ? यहाँ शैतानले कस्तो भूमिका खेलिरहेको थियो? त्यसले सिधै खोज्दै अय्यूबकहाँ गएर उसलाई परमेश्वरलाई इन्कार गर्न लगाएन। यदि अय्यूबले प्रतिरोध गरेको भए, त्यो लाजमा पर्नेथियो, त्यसकारण शैतानले त्यस तरिकामा व्यवहार गरेन। त्यसोभए, शैतानले के गऱ्यो? शैतानले गरेका कुरामा खास गरी त्यसको उत्प्रेरणा र माध्यम र युक्तिहरू थिए? (अर्काको माध्यमद्वारा आक्रमण गर्नु।) तँ साँच्‍चै शैतानलाई कम आँक्छस्; मानवले यसको दुष्टतालाई बुझ्न सक्दैन। संसारका सबै उचित र राम्रा सकारात्मक कुराहरू शैतानका लागि राम्रा हुँदैनन्—त्यसले यी सबै कुरा दुष्ट र अशुद्ध बनाउन चाहन्छ। शैतान र भ्रष्ट मानिसहरूबीच सबैभन्दा ठूलो भिन्‍नता के हो? सबैभन्दा ठूलो भिन्‍नता के हो भने त्यसलाई परमेश्‍वर सत्यता हुनुहुन्छ, उहाँसँग बुद्धि र अख्तियार छ, र परमेश्‍वर सबै सकारात्मक कुराहरूको स्रोत हुनुहुन्छ भन्‍ने कुरा राम्ररी थाहा छ, तैपनि त्यसले यी कुराहरू स्वीकार गर्दैन, बरु यी सबै कुरालाई तिरस्कार गर्छ, मन पराउँदैन, घृणा गर्छ, र श्रापसमेत दिन्छ। तर भ्रष्ट मानिसहरूलाई शैतानले प्रायजसो बहकाउँछ, र तिनीहरूलाई सकारात्मक कुराहरू के हुन्, वा उचित कुराहरू केके हुन् भन्‍ने थाहा हुँदैन, झन् सत्यता के हो वा परमेश्‍वर के माग गर्नुहुन्छ भनेर थाहा हुनु त परको कुरा हो। तिनीहरूले केही भ्रष्ट स्वभाव प्रकट गरे पनि, यी दुष्ट र छली भ्रष्ट स्वभावहरू मानिसहरू मूर्ख, अज्ञानी, भावशून्य, अन्धो हुँदा र छलमा पर्दा, र उनीहरूले सत्यता नबुझ्दा प्रकट हुन्छन्, जबकि शैतान भने जानाजानी गलत काम गर्छ। किन हामी त्यसलाई शैतान भन्छौँ? किनभने त्यसले परमेश्‍वरले आत्मिक क्षेत्र र सम्पूर्ण ब्रह्माण्डमा गर्ने सबै कुरा देख्‍न सक्छ र यो सब देखेर पनि, त्यसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, परमेश्‍वर सत्यता हुनुहुन्छ, र सारा मानवजातिमाथि परमेश्वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई इन्कार गर्छ। जति नै धेरै मानिसले परमेश्‍वरलाई पछ्याए पनि, परमेश्‍वरले जति नै ठूलो काम गर्नुभए पनि, परमेश्‍वरले जति ठूलो अख्तियार चलाउनुभए पनि, वा परमेश्‍वर जति नै सर्वशक्तिमान् हुनुभए पनि, शैतानले अझै पनि यी सब कुरालाई इन्कार गर्छ र त्यसले लाज नमानी वा इज्जत नराखी मानवजातिलाई पङ्गु बनाउँछ, अन्धा तुल्याउँछ, र भ्रष्ट पार्छ, मानवजातिलाई बहकाउन र आफ्नो पछि लगाउन सबै किसिमका विधि प्रयोग गर्छ। मैले भर्खरै भनेका कुरा शैतानको दुष्टताका मुख्य प्रकटीकरणहरू थिए? त्यसले परमेश्‍वरको प्रतिरोध गर्नमा विशेषज्ञता हासिल गर्छ, परमेश्‍वरले भन्ने कुरा जति नै सही भए पनि त्यसलाई स्वीकार गर्दैन, उहाँका वचनहरू सकारात्मक कुरा र सत्यता हुन् भनेर स्विकार्दैन, र त्यसले परिस्थितिलाई उल्ट्याउँछ। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई उहाँले मानिस सृष्टि गरेको इतिहास लेख्‍न लगाउनुभयो, र त्यसमा परमेश्‍वरले मानिस सृष्टि गरेको तथ्यका विवरणहरूबाहेक, भेट्टाउन सकिने प्रमाणका निसानहरू पनि छन्। अनि शैतानले के गऱ्यो? त्यसले “डार्विनको सिद्धान्त” बनाएर मानिस बाँदरबाट आएको हो भनेर भन्यो, त्यसले चित्र बनाएर बाँदरहरू क्रमिक रूपमा चारखुट्टे प्राणीबाट सिधा भएर हिँड्ने दुईखुट्टे मानिस बनेका हुन् भनेर देखायो, यो गलत शिक्षा र भ्रम सिर्जना गऱ्यो। परिणामस्वरूप, अहिले कतिपय मानिसले क्रमिक विकासको सिद्धान्तलाई इन्कार गरे पनि, धेरैले अझै पनि मानिस परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर विश्‍वास गर्दैनन्। के यो शैतानको दुष्टपन होइन र? (हो।) यो शैतानको दुष्टपन हो। शैतानले व्यक्तिगत रूपमा परमेश्‍वरले गरेको जति नै ठूलो काम देखे पनि, अझै परमेश्‍वरलाई अन्त्यसम्मै शुत्र ठान्छ र विरोध गर्छ। परमेश्वर हरेक दिन शैतानलाई नष्ट गर्नुहुन्न वा त्यसलाई ठेगान लगाउनुहुन्न, त्यसले उहाँको निरन्तर विरोध गर्छ। शैतानको दुष्टपन यहीँ छ, र यसको मुख्य कारण नै त्यसको सार दुष्ट हुनु हो।

अय्यूबका पुस्तकमा लेखिएको शैतान र परमेश्‍वरबीच कुराकानीमा, के शैतानका प्रकटीकरणहरू र ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूबीच कुनै सम्बन्ध छ? (छ।) कस्तो सम्बन्ध? किन म यस खण्डलाई उल्लेख गरिरहेको छु? ख्रीष्टविरोधीहरूको दुष्टपन, धूर्तपन, र छलीपन तैँले प्रायः सामना गर्ने विषय हो, र यी कुराहरू तैँले बारम्बार देख्‍ने वास्तविक प्रकटीकरणहरू पनि हुन्, त्यसोभए किन म ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूलाई विश्लेषण गर्नका लागि एक्लो विषयका रूपमा अलग्गै सूचीकृत गरिरहेको छु? हामीले भर्खरै शैतानको दुष्टपन र त्यो कसरी निश्‍चित रूपमा परमेश्‍वरविरुद्ध खडा हुन्छ भन्‍नेबारे कुरा गऱ्यौँ, त्यसकारण के ख्रीष्टविरोधीहरू पनि यही गर्दैनन् र? (गर्छन्।) ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू केके हुन्? कुनै ख्रीष्टविरोधीले प्रवचन सुनिसकेपछि, प्रवचन असल छ भन्‍ने थाहा पाउँछ र त्यसले यी वचनहरू बुझ्न सक्छ। त्यसबाहेक, त्योसँग केही क्षमता हुन्छ, र त्यसले यी वचनहरू बुझेपछि, याद गर्ने प्रयास गर्छ, र आफूलाई मन पर्ने र आफ्नो धारणाअनुरूपका कुराहरू मनमा कण्ठ गर्ने प्रयास गर्छ। त्यसपछि, यस आधारमा, त्यसले अघि सरेर आफ्‍नो प्रवचन प्रतिपादन गर्छ, जुन अरूले सुन्दा निकै राम्रो मान्छन्। तर यो ख्रीष्टविरोधीको दुष्टपनपनको प्रमुख प्रकटीकरण होइन; तिनीहरूको प्रमुख प्रकटीकरण के हो? यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्, त्यसकारण मलाई भन् त, के तिनीहरूमा सही र गलतबीच भिन्‍नता छुट्याउने क्षमता हुन्छ? (हुन्छ।) हो, तिनीहरूमा हुन्छ, तिनीहरू मूर्ख हुँदैनन्। उदाहरणका लागि, तिनीहरू प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूका सम्पर्कमा आउँछन्, र तिनीहरूलाई कुन-कुन मानिसहरू सत्यता पछ्याउँछन् र कुन-कुनले पछ्याउँदैनन् भनेर हृदयमा थाहा हुन्छ। तिनीहरूलाई कसले आफूलाई समर्पित गर्न र कामकुरा त्याग्‍न सक्छ, कसले आफ्नो कर्तव्य निष्ठापूर्वक निभाउन सक्छ, अनि कसले साधारण मामलाहरू सामना गर्दा सत्यता अभ्यास गर्ने र सिद्धान्तअनुसार काम गर्ने निर्णय गर्न सक्छ भनी हृदयमा थाहा हुन्छ। तर के तिनीहरू त्यस्ता मानिसहरूलाई उचित व्यवहार गर्न सक्छन्? (सक्दैनन्।) कसरी तिनीहरू ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूसँग सम्बन्धित हुने तरिकाले मानिसहरूलाई व्यवहार गर्छन्? उदाहरणका लागि, कसैले तिनीहरूका लागि कुनै खतरा पैदा गर्दैन, र तिनीहरू सोच्छन्, “तिमी सत्यता पछ्याउँछौ र तिम्रो क्षमता मेरोभन्दा राम्रो छ, तर म तिमीलाई बढुवा गर्नेछैनँ। मैले तिमीलाई बढुवा नगर्नुको अर्थ म तिमीलाई बेवास्ता गर्छु भन्‍ने होइन। यदि तिमीले मेरो चापलुसी गऱ्यौ भने म तिमीलाई मेरा साथमा राख्‍नेछु। यदि तिमीले कहिल्यै मेरो चापलुसी गरेनौ र तिमी सधैँ सोझो हुन्छौ, सधैँ निष्पक्ष तरिकाले काम गर्छौ र सिद्धान्तहरू पालना गर्छौ भने, तिमीले मैले गर्ने कुनै पनि खराब कुरा खुट्ट्याउन र मलाई छर्लङ्गै देख्‍न सक्छौ, अनि मलाई पश्चात्ताप गराउन मसँग सत्यतामा सङ्गति गर्नेछौ, र त्यसले मलाई साह्रै लाजमा पार्नेछ। यदि तिमी मलाई हस्तक्षेप गर्दैनौ भने, ठिकै छ। यदि तिमी सधैँ मलाई हस्तक्षेप गर्छौ भने, म तिमीलाई हटाउनेछु!” तिनीहरूको योजना यस्तो हुन्छ, र तिनीहरू हृदयमा यसरी हिसाबकिताब गर्छन्। यो कस्तो स्वभाव हो? तिनीहरूमा दुईवटा स्वभाव हुन्छ: उग्रपन र दुष्टपन। तिनीहरू यस्तो कार्य गर्नु र यस व्यक्तिलाई कष्ट दिनुअघि यसरी नै सोच्छन्—यो दुष्टपन हो। यस व्यक्तिले सत्यता पछ्याउँछ र उसमा न्यायको बोध छ भन्‍ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर तिनीहरू उसलाई बढुवा गर्दैनन्, उसको नजिक जाँदैनन्, र हृदयमा यस व्यक्तिप्रति सतर्क हुन्छन् र घृणा महसुस गर्छन्—यो कस्तो स्वभाव हो? यो दुष्टपन हो। यस दुष्टपनले केलाई जनाउँछ? ख्रीष्टविरोधीहरू सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनेर बुझ्दैनन् भन्‍ने होइन; तिनीहरूलाई सही मार्ग के हो भन्‍ने थाहा हुन्छ, यति मात्र हो कि तिनीहरू यसलाई पछ्याउँदैनन्, सत्यता अभ्यास गर्दैनन्, कसैको कुरा सुन्दैनन्, र दुष्टपनको मार्ग रोज्छन्। उदाहरणका लागि, कतिपय महिला असल नैतिकवान् महिला बन्‍न अनि सही र उचित जीवन जिउन चाहँदैनन्, बरु वेश्यालय जाने नै निर्णय गर्छन्। आजभोलि तिनीहरूलाई कसैले पनि दलाली गरेर लैजाने वा जबरजस्ती गर्ने गर्दैन, तर पनि किन वेश्यालय जाने निर्णय गर्छन्? किनभने तिनीहरू दुष्ट हुन्छन् र त्यस्तै हुन जन्मेका हुन्छन्। ख्रीष्टविरोधीहरू यस्ता थोत्रा कुरा हुन्, र हामी तिनीहरूलाई विश्लेषण गर्छौँ र ख्रीष्टविरोधीका रूपमा परिभाषित गर्छौँ किनभने ख्रीष्टविरोधीहरूको दुष्टपन कहिल्यै सामान्य मानिसहरूको सोझोपन र राम्रोपन बन्‍न सक्दैन—तिनीहरू र भ्रष्ट स्वभाव भएका सामान्य मानिसहरूबीचको भिन्‍नता यही हो। तिनीहरूलाई काटछाँट गरिए पनि, वा मण्डलीले तिनीहरूलाई कारबाही गर्न प्रशासनिक आदेशहरू प्रयोग गरे पनि, वा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको विरोध र खुलासा गर्न खडा भए पनि, तिनीहरूले काम गर्ने मूल अभिप्राय र सिद्धान्तहरूलाई कुनै कुराले परिवर्तन गर्न सक्दैन—यस्तो कहिल्यै हुन सक्दैन। कसैले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्दैन, कसैले पनि तिनीहरूको हृदय छुन र तिनीहरूलाई आफ्नो दृष्टिकोण वा आचरणका सिद्धान्तहरू त्याग्‍न लगाउन सक्दैन; तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्—तिनीहरू ख्रीष्टविरोधी हुन्। के तँलाई ख्रीष्टविरोधीहरू यति दुष्ट हुन्छन् कि तिनीहरूलाई असल र खराब के हो भन्‍ने थाहा हुँदैन भन्‍ने लाग्छ? तिनीहरूलाई त्यो थाहा हुन्छ। कुनै ख्रीष्टविरोधीले समस्याहरूबारे रिपोर्ट गर्दा वा कामबारे माथिलाई रिपोर्ट गर्दा, यस्ता मनमोहक शब्दहरू लेख्छन्, र तैँले यी रिपोर्टहरू पढ्दा, तँलाई यो व्यक्ति पक्कै पनि अति राम्रो क्षमता भएको हुनुपर्छ भन्‍ने लाग्छ। तर, तैँले घटनास्थलको वास्तविक परिस्थिति थाहा पाउँदा, तिनीहरू आफ्ना काममा सधैँ कार्य व्यवस्थाहरू उल्लङ्घन गर्छन्, सत्यता पछ्याउनेहरूलाई दमन गर्छन्, र मण्डलीका काममा बाधा दिन्छन् भने पत्ता लगाउँछस्—तिनीहरू ख्रीष्टविरोधी हुन्। कतिपय ख्रीष्टविरोधीहरूले हाम्रो मण्डलीका वेबसाइटमा टिप्पणीहरू छोडेका हुन्छन् र, तँलाई तिनीहरूको पृष्ठभूमि वा उत्पत्ति थाहा नहुँदा, तैँले तिनीहरूको टिप्पणी कति धाराप्रवाह रूपमा व्यक्त गरिएका छन्, हरफहरू स्पष्ट रूपमा लेखिएका छन् र ती लेख्ने शैली राम्रो छ भन्‍ने मात्रै देख्छस्, र तँलाई यस व्यक्तिमा राम्रो क्षमता रहेछ भन्‍ने लाग्छ। तैँले तिनीहरूबारे बुझेपछि मात्रै तिनीहरू त ख्रीष्टविरोधी रहेछन्, तिनीहरूले धेरै दुष्टता गरेका छन् र तिनीहरूलाई तीन वर्षपहिले नै मण्डलीबाट निष्कासित गरिएका रहेछ भन्‍ने कुरा तँलाई थाहा हुन्छ। तिनीहरूले माथिको ध्यान खिच्न निरन्तर परमेश्‍वरको घरका वेबसाइटमा मेसेजहरू पोस्ट गरेका हुन्छन् ताकि तिनीहरूलाई बढुवा गरियोस् र आफ्‍नो गल्ती सुधार्ने मौका दिइयोस्; कुरा यस्तै हुन्छ। मलाई भन् त, के ख्रीष्टविरोधीहरू आशिष् पाउन चाहन्छन्? (चाहन्छन्।) वास्तवमै तिनीहरू चाहन्छन्; तिनीहरूलाई मृत्यु र नष्ट होइएला भन्‍ने डर लाग्छ।

ख्रीष्टविरोधीको दुष्टपनको मुख्य प्रकटीकरण के हो? कुरा के हो भने, तिनीहरू के सही छ र के सत्यताअनुरूप छ भन्‍ने कुरा स्पष्ट रूपमा जान्दछन्, तर जब तिनीहरूले कुनै काम गर्नुपर्ने हुन्छ, तब सिद्धान्तहरू उल्लङ्घन गर्ने र सत्यताविरुद्ध जाने, अनि आफ्नै हित र पदलाई सन्तुष्ट पार्ने कुराहरू मात्रै छनौट गर्छन्—ख्रीष्टविरोधीको दुष्ट स्वभावको मुख्य प्रकटीकरण यही हो। तिनीहरूले जति नै धेरै शब्द र धर्मसिद्धान्तहरू बुझे पनि, प्रवचनहरूमा जति नै मिठो भाषा प्रयोग गरे पनि, वा अरू मानिसहरूलाई तिनीहरूसँग जति नै आत्मिक बुझाइ भएको जस्तो लागे पनि, काम गर्दा, एउटा सिद्धान्त र एउटा विधि मात्रै छनौट गर्छन्, अनि त्यो हो सत्यताविरुद्ध जानु, आफ्नै हितहरूको रक्षा गर्नु, र अन्त्यसम्मै सत्यताको प्रतिरोध गर्नु, शतप्रतिशत—तिनीहरूले लागू गर्न रोज्ने सिद्धान्त र विधि यही हो। यसबाहेक, तिनीहरूले आफ्ना हृदयमा कल्पना गर्ने परमेश्‍वर र सत्यता ठ्याक्कै के हुन्? सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति त यसबारे बोल्न र प्रचार गर्न सक्न, अनि यसलाई अभ्यास गर्न नचाहनु मात्रै हो। तिनीहरू यसबारे कुरा मात्रै गर्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूबाट उच्च आदर पाउन र त्यसपछि यसलाई प्रयोग गरेर मण्डली अगुवाको पद लिन र परमेश्‍वरका चुनिएका मानिसहरूमाथि प्रभुत्व प्राप्त गर्ने आफ्नो उद्देश्य हासिल गर्न चाहन्छन्। तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न प्रचारको धर्मसिद्धान्त प्रयोग गर्छन्—के यो तिनीहरूले सत्यताप्रति घृणा देखाउनु, सत्यतासँग खेलबाड गर्नु, र सत्यतालाई कुल्चनु होइन र? के तिनीहरूले सत्यतालाई यस्तो व्यवहार गरेर परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैनन् र? तिनीहरू सत्यतालाई प्रयोग मात्रै गर्छन्। तिनीहरूका हृदयमा, सत्यता एउटा नारा, केही सानदार शब्दहरू, तिनीहरूले मानिसहरूलाई बहकाउन र उनीहरूको मन जित्न प्रयोग गर्न सक्‍ने, सुन्दर कुराहरूप्रतिको मानिसहरूको तृष्णा मेटाउन सक्‍ने सानदार शब्दहरू मात्र हुन्। तिनीहरू के सोच्छन् भने यस संसारमा सत्यता अभ्यास गर्न वा सत्यताअनुसार जिउन सक्‍ने कोही छैन, यो हुँदै हुँदैन, यो असम्भव छ, र सबैले स्विकार्ने र व्यावहारिक कुरा मात्रै सत्यता हो। तिनीहरूले सत्यताबारे कुरा गरे पनि, हृदयमा भने यो सत्यता हो भनेर स्वीकार गर्दैनन्। हामीले यस कुरालाई कसरी जाँच्ने? (तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्; यो एउटा पक्ष हो। अनि अर्को महत्त्वपूर्ण पक्ष के हो? जब तिनीहरू वास्तविक जीवनमा परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले बुझेको धर्मसिद्धान्त कहिल्यै लागू हुँदैन। तिनीहरूसँग साँच्‍चै आत्मिक बुझाइ छ जस्तो देखिन्छन्, तिनीहरू एकपछि अर्को धर्मसिद्धान्त प्रचार गर्छन्, तर जब तिनीहरू समस्याहरूको सामना गर्छन्, तब तिनीहरूका विधिहरू बङ्ग्याइन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि, तिनीहरूले गर्ने कुरा कम्तीमा पनि मानव धारणा र कल्पनाअनुरूप, मानव स्तर र स्वादअनुरूप हुनैपर्छ, र कम्तीमा पनि त्यो अरूलाई स्वीकार्य हुनैपर्छ। यसरी, तिनीहरूको पद स्थिर हुनेछ। तैपनि वास्तविक जीवनमा, तिनीहरूले गर्ने कुराहरू एकदमै बङ्ग्याइएका हुन्छन्, र एकै झलकमा नै तिनीहरू सत्यता बुझ्दैननन् भनेर भन्‍न सकिन्छ। किन तिनीहरू सत्यता बुझ्दैनन्? तिनीहरूलाई हृदयबाटै सत्यताप्रति अरुचि हुन्छ, तिनीहरू सत्यता स्विकार्दैनन्, शैतानी दर्शनहरूअनुसार काम गर्न रमाउँछन्, सधैँ मानव तरिकाले मामलाहरू सम्हाल्न चाहन्छन्, र यदि तिनीहरूले यी मामलाहरूलाई सम्हालेर अरूलाई विश्‍वस्त पार्न र प्रतिष्ठा प्राप्त गर्न सके भने, तिनीहरूलाई पुग्छ। यदि कुनै ख्रीष्टविरोधीले कुनै ठाउँमा जाँदा कसैले खोक्रो धर्मसिद्धान्त प्रचार गरिरहेको सुन्यो भने, ऊ एकदमै उत्साहित हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता वास्तविकताबारे प्रचार गरिरहेको र मानिसहरूका विभिन्‍न स्थितिजस्ता कुराहरू बताइरहेको छ भने, उसलाई सधैँ वक्ताले उसको आलोचना गरिरहेको छ र उसको मुटुमा घोचिरेहको छ भन्‍ने लाग्छ, त्यसकारण उसलाई घृणा लाग्छ र ऊ त्यो कुरा सुन्न चाहँदैन। यदि तिनीहरूलाई आजभोलि तिनीहरूको स्थिति कस्तो छ, तिनीहरूले कुनै प्रगति गरेका छन् कि छैनन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा कुनै कठिनाइहरू सामना गरेका छन् कि छैनन् भन्‍नेबारे सङ्गति गर्न लगाइयो भने, तिनीहरूमा त्यसको जवाबै हुँदैन। यदि तैँले सत्यताको यस पक्षमा सङ्गति गरिरहिस् भने, तिनीहरू निदाउँछन्; तिनीहरूलाई यसबारे सुन्‍न मन पर्दैन। कतिपय मानिस तैँले तिनीहरूसँग कुरा गर्दा झुक्छन्, तर कसैले सत्यतामा सङ्गति दिएको सुन्‍नेबित्तिकै, तिनीहरू कुनामा लुकेर उँग्न थाल्छन्—तिनीहरूमा सत्यताप्रति प्रेम हुँदैन। तिनीहरूमा कुन हदसम्म सत्यताप्रति प्रेम हुँदैन? हल्का पक्षलाई हेर्दा, तिनीहरूलाई यसमा चासो हुँदैन र तिनीहरूलाई श्रमिक बन्न पाए पुग्छ; गम्भीर पक्षलाई हेर्दा, तिनीहरूलाई सत्यताप्रति अरुचि हुन्छ, तिनीहरूलाई सत्यताप्रति असाध्यै घृणा लाग्छ, र तिनीहरू यसलाई स्विकार्न सक्दैनन्। यदि यस्तो व्यक्ति अगुवा हो भने, ऊ ख्रीष्टविरोधी हो; यदि ऊ साधारण अनुयायी हो भने, ऊ अझै पनि ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको हुन्छ र ऊ ख्रीष्टविरोधीहरूको उत्तराधिकारी हो। बाहिरबाट हेर्दा, तिनीहरू केही राम्रो सम्भावना भएका बुद्धिमानी र प्रतिभावान् देखिन्छन्, तर तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीको सार हो—वास्तविकता यही हो। यी मूल्याङ्कनहरू केमा आधारित छन्? ती सबै सत्यता र सकारात्मक कुराहरूप्रति यी मानिसहरूको मनोवृत्तिमा आधारित छन्। यो नै सत्यताप्रति मानिसहरूले राख्ने दृष्टिकोणको पक्ष हो। अर्को पक्ष के हो भने, धेरैजसो समय मानिसहरू सिधै सत्यताको सामना गर्दैनन्, कतिपय कुराहरू सत्यतासँग सम्बन्धित हुँदैनन्, मानिसहरू सत्यताको कुन पक्ष सम्बन्धित छ भनेर सोच्न सक्दैनन्, त्यसोभए, मानिसहरू सिधै कसको सामना गर्छन्? तिनीहरूले सिधै सामना गर्ने व्यक्ति परमेश्‍वर हुनुहुन्छ। अनि यी मानिसहरू परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू कुन-कुन प्रकटीकरणहरूमा आफ्नो दुष्ट स्वभाव देखाउँछन्? के तिनीहरू साँचो प्रार्थना र परमेश्‍वरसँग साँचो सङ्गति गर्छन्? के तिनीहरूमा इमानदार मनोवृत्ति हुन्छ? के तिनीहरूमा साँचो विश्‍वास हुन्छ? (हुँदैन।) के तिनीहरू साँच्‍चै परमेश्‍वरमा भर पर्छन् र आफूलाई परमेश्‍वरमा साँचो रूपमा सुम्पन्छन्? के तिनीहरू साँच्‍चै नै परमेश्‍वरको भय मान्छन्? (मान्दैनन्।) यी सबै व्यावहारिक कुरा हुन् र रमाइलो लाग्ने खोक्रा चुट्किला वा तुक्का होइनन्। यदि तँ यी शब्दहरू व्यावहारिक छन् भनेर बुझ्दैनस् भने, तँमा आत्मिक बुझाइ हुँदैन। म तिमीहरूलाई यस्ता मानिसहरूको प्रकटीकरणको एउटा उदाहरण दिन्छु। कतिपय मानिस भेलाहरूमा कम्मर कसेर यसो भन्दै शपथ खान्छन्, “म बाँचुन्जेल विवाह गर्नेछैनँ, म आफ्नो जागिर छोड्छु, र म सबै कुरा त्यागेर अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउनेछु!” जब तिनीहरू चिच्याइ सकेर परमेश्‍वरका लागि आफूलाई समर्पित गर्नलागेका हुन्छन्, तब तिनीहरू सोच्छन्, “कसरी म परमेश्‍वरबाट अझ धेरै आशिष्‌ प्राप्त गर्न सक्छु? मैले परमेश्‍वरलाई देखाउन केही गर्नुपर्छ।” तर, तिनीहरूले परमेश्‍वर त्यस्ता मानिसहरूलाई प्रेम गर्नुहुन्न भनेको सुन्छन्, र सोच्छन्, “अब मैले के गर्ने त? म आफूलाई परमेश्‍वरबाट टाढा राख्‍नेछु ताकि उहाँले मलाई देख्‍न नसक्‍नुहोओस्।” यो कस्तो स्थिति हो? (जोगिएको स्थिति।) तिनीहरू परमेश्‍वरबाट जोगिन उहाँबाट टाढा हुन्छन्। अनि तिनीहरू जोगिनुमा कुन स्वभाव लुकेको हुन्छ? दुष्टपन। तिनीहरू काम गर्दा सधैँ परमेश्‍वरदेखि जोगिन्छन्, परमेश्‍वरले तिनीहरूको वास्तविकता देख्‍नुहुनेछ भन्‍ने तिनीहरू डराउँछन्, र परमेश्‍वरको छानबिन स्वीकार गर्दैनन्—के यो परमेश्‍वरप्रति विश्‍वास हो? के यो तिनीहरूले परमेश्‍वरको विरोध गर्नु होइन र? यो त्यस्तो नकारात्मक स्थिति हो, र यो सामान्य कुरा होइन। तिनीहरूले अझै परमेश्‍वरका वचनहरू खाने र पिउने गर्न सक्ने भए पनि, तिनीहरू परमेश्‍वरले मानिसहरूलाई न्याय र खुलासा गर्न वचनहरू बोल्नुभएको सुन्‍नेबित्तिकै भाग्छन्, कि चाहिँ तिनीहरू हतारहतार बहाना बनाउँछन् र आफूलाई ढाकछोप गर्न कुनै सम्झौताको उपाय खोज्छन्। तिनीहरू आफूलाई लुकाउन, अनि टार्न र जोगिन सक्दो प्रयास गर्छन्, यसका साथै आफ्ना हृदयमा निरन्तर परमेश्‍वरविरुद्ध लडाइँ गर्छन्। तिनीहरू आफूले गर्ने कामकुरामा परमेश्‍वरका अभिप्रायहरू खोज्दैनन्, न त सत्यता खोजी नै गर्छन्। बरु, तिनीहरू आफूले सत्यता स्वीकार गर्न र गुनासोविना परमेश्‍वरमा समर्पित हुन सक्छ भनेर अझै बढी देखाउन चाहन्छन्, अनि बहानाबाजी र झूटद्वारा सबैको अनुमोदन प्राप्त गर्ने प्रयास गर्छन्। परमेश्‍वर के भन्‍नुहुन्छ, उहाँ त्यस्ता मानिसहरूलाई के माग गर्नुहुन्छ, र उहाँ त्यस्ता मानिसहरूलाई कसरी मूल्याङ्कन र परिभाषित गर्नुहुन्छ भन्‍ने कुराका हकमा भन्दा, तिनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन् र त्यसबारे जान्न चाहँदैनन्। परमेश्‍वर को हुनुहुन्छ भन्‍नेबारे तिनीहरूलाई हृदयमा स्पष्टसित थाहै हुँदैन, तर त्यो सबै कल्पना र मूल्याङ्कन मात्रै हुन्छ। परमेश्‍वरले तिनीहरूको धारणाविपरीत कुनै कुरा गर्नुहुँदा, तिनीहरू त्यसको हृदयबाटै निन्दा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर भने पनि, तिनीहरूको हृदयभरि शङ्का हुन्छ। यो मानिसहरूको दुष्ट स्वभाव हो।

कतिपय ख्रीष्टविरोधी प्रायजसो परमेश्‍वरलाई जाँच्ने प्रयास गर्छन्। तिनीहरू एक कदम अघि बढ्छन्, परिस्थिति नियाल्छन्, त्यसपछि अर्को कदम चाल्छन्; सरल शब्दमा भन्दा, तिनीहरूमा “पर्ख र हेर” भन्‍ने मनोवृत्ति हुन्छ भनेर भन्‍न सकिन्छ। “पर्ख र हेर” को अर्थ के हो? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। उदाहरणका लागि, कसैले आफ्नो जागिर छोडेपछि परमेश्‍वरसामु यसो भन्दै प्रार्थना गर्छ, “हे परमेश्‍वर, अब मसँग जागिर छैन। मलाई आशा छ भविष्यमा तपाईंले मलाई साथ दिनुहुनेछ। म सबै कुरा तपाईंका हातमा सुम्पन्छु। म आफ्नो जीवन तपाईंमा समर्पित गर्छु।” प्रार्थना गरिसकेपछि, ऊ परमेश्‍वरले उसलाई कुनै कुराको आशिष् दिनुहुन्छ कि दिनुहुन्न, उहाँ तिनीहरूलाई कुनै अलौकिक प्रकाश वा ठूलो अनुग्रह दिनुहुन्छ कि दिनुहुन्न, आफूले संसारमा आफ्नो काम गर्दाभन्दा कम्तीमा पनि बढी कुरा र बढी आनन्द प्राप्त गर्छ कि गर्दैन भनेर हेर्न पर्खन्छ। यो त उसले परमेश्‍वरलाई जाँच्नु हो। यो प्रार्थना र समर्पण के हो? (यो लेनदेन हो।) के यस लेनदेनमा दुष्ट स्वभाव छैन र? (छ।) उसको शैली भनेको अझै बहुमूल्य योगदानलाई आकर्षित गर्न अलिकति लोभ्याएर कामकुरालाई अगाडि बढाउँदै परमेश्‍वरबाट अनुग्रह र आशिष् माग्नु हो—तिनीहरूको उद्देश्य यही हो। कसैले भन्छ, “चीनमा अवस्था अत्यन्तै भयानक छ। ठूलो रातो अजिङ्गरले मानिसहरूलाई पक्राउ गर्ने अवस्था झन्-झन् खराब हुँदै गइरहेको छ। दुई जना मानिस भेला हुनुसमेत खतरनाक हुन्छ, चार जनाको परिवार भेलामा बस्नुसमेत खतरनाक हुन्छ। चीनको यस्ता परिस्थितिमा परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै खतरनाक कुरा हो। यदि साँच्‍चै केही गलत भयो भने, के हामीले अझै पनि मुक्ति पाउनेछौँ? के हामीले व्यर्थमा विश्‍वास गरेका हुँदैनौँ र?” तिनीहरू यस्तो सोच्न थाल्छन्, “मैले देश छोड्ने उपाय सोच्नुपर्छ। पहिले परिस्थिति राम्रो हुँदा, म ऐसआरामको लोभ गर्थेँ र चीन छोड्न चाहन्नथेँ। आफ्नो परिवारसँगै भेला हुनु निकै राम्रो लाग्थ्यो, र मैले परमेश्‍वरमा विश्‍वास गरेर आशिष्‌हरू पनि प्राप्त गर्न सकेको थिएँ; यो त दुवै हातमा लड्डु भनेजस्तो थियो। अहिले परिस्थिति खराब छ, विपत्तिहरू आएका छन्, र मैले तुरुन्तै चीन छोड्नैपर्छ। म देश छोडिसकेपछि पनि आफ्नो कर्तव्य निभाउन सक्छु, र आफ्‍नो कर्तव्य पूरा गरेर आशिष्‌हरू प्राप्त गर्ने मौका पाउनेछु।” अन्तमा, तिनीहरू देशबाट भाग्छन्। यो के हो? यो अवसरवाद हो। सबै जना धूर्त हुन सक्छन्, र सबैमा लेनदेनको मानसिकता हुन्छ—के यो दुष्टता होइन र? के तिमीहरूबीच यस्ता मानिसहरू छन्? तिनीहरू मनमनै भन्छन्, “यदि मैले संसारमा धम्की पाएँ भने, मेरा आमाबुबा र परिवारले मलाई रक्षा गर्न सक्छन्। यदि मलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वासका कारण पक्राउ गरियो भने, के परमेश्‍वरले मलाई सुरक्षित राख्‍नुहुनेछ? त्यो कुरा निश्‍चित रूपमा थाहा पाउन गाह्रो छ जस्तो देखिन्छ। त्यसोभए, मैले यो कुरा निश्‍चित रूपमा थाहा पाउन सक्दिनँ भने के गर्नुपर्छ? मेरा आमाबुबाले अवश्य नै मलाई रक्षा गर्न सक्‍नेछैनन्। कुनै व्यक्तिलाई परमेश्‍वरमाथिको आफ्नो विश्‍वासका कारण पक्राउ गरिँदा, साधारण मानिसहरूले उसलाई उद्धार गर्न सक्दैनन्, र यदि मैले ठूलो रातो अजिङ्गरको हातको क्रूर यातना र कष्टहरू सहन सकिनँ र म यहूदा बनेँ भने, के मेरो सानो जीवन बरबाद हुनेछैन र? मैले देश छोडेर विदेशमा परमेश्‍वरमा विश्‍वास गर्नु नै राम्रो हुन्छ।” के यस्तो सोच्ने कोही छ? अवश्य नै छ, होइन र? त्यसोभए, यसो भन्‍ने कोही छ, “तपाईं हामीलाई निन्दा गर्नुहुन्छ, तर हामीले त्यस्तो सोचेका छैनौँ”? यस्ता मानिसहरू अवश्य नै अल्प संख्यमा छैनन्, र समय बित्दै जाँदा तैँले देख्‍नेछस् र बुझ्नेछस्।

ख्रीष्टविरोधीहरूको दुष्टताका मुख्य विशेषताहरू केके हुन्? पहिलो हो, तिनीहरू सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, सत्यता भन्‍ने कुरा छ भनेर स्विकार्दैनन्, र आफ्ना विधर्मी भ्रम र दुष्ट नकारात्मक कुराहरूलाई सत्यता ठान्छन्—यो ख्रीष्टविरोधीहरूको दुष्टताको एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्, “आफ्नो खुसी आफ्नै हातमा हुन्छ” र “शक्तिद्वारा मात्रै सबै कुरा प्राप्त गर्न सकिन्छ”—यो ख्रीष्टविरोधीहरूको तर्क हो। तिनीहरू शक्ति छ भने तिनीहरूलाई लोलोपोतो र चापलुसी गर्ने, तिनीहरूलाई उपहार दिने र तिनीहरूको चाकरी गर्ने मानिसहरू, साथै हैसियतका सबै प्रकारका फाइदा र सबै प्रकारका आनन्द प्राप्त हुन्छ भन्‍ने ठान्छन्; तिनीहरू अबदेखि कसैको अरनखटन वा नेतृत्वमा बस्नु पर्दैन, र आफूले अरूलाई डोऱ्याउन पाउँछ भन्‍ने ठान्छन्—यो तिनीहरूको मुख्य प्राथमिकता हो। तिनीहरूले यसरी हिसाबकिताब गर्ने कुरा तँलाई कस्तो लाग्छ? के यो दुष्टता होइन र? (हो।) ख्रीष्टविरोधीहरू सत्यताको सट्टा आफ्नो शैतानी तर्क र विधर्मी भ्रमहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्टताको एउटा पक्ष हो। सर्वप्रथम, तिनीहरू सत्यता स्वीकार गर्दैनन्, सकारात्मक कुराहरू छन् भनेर स्विकार्दैनन्, र सकारात्मक कुराहरूको सटीकतालाई स्वीकार गर्दैनन्। त्यसबाहेक, कतिपय मानिसले यस संसारमा सकारात्मक र नकारात्मक कुराहरू छन् भनेर स्वीकार गरे पनि, सकारात्मक कुरा र सत्यताको अस्तित्वलाई कसरी लिन्छन्? तिनीहरू अझै पनि त्यसलाई प्रेम गर्दैनन्, तिनीहरूले छनौट गर्ने जीवन र परमेश्‍वरप्रतिका विश्‍वासमा हिँड्ने मार्ग नकारात्मक नै रहिरहन्छ र त्यो सत्यतासँग बाझिन्छ। तिनीहरू आफ्ना हितहरूको मात्रै रक्षा गर्छन्। सकारात्मक कुरा भए पनि नकारात्मक कुरा भए पनि, त्यसले तिनीहरूका हितको रक्षा गर्न सक्छ भने, त्यो ठिकै हो, त्यो सर्वोत्कृष्ट हुन्छ। के यो दुष्ट स्वभाव होइन र? अर्को पक्ष पनि छ: दुष्ट सार भएका यस्ता मानिसहरू जन्मजातै परमेश्‍वरको नम्रता र गुप्तपन, उहाँको विश्‍वासीपन र भलाइलाई घृणा गर्ने हुन्छन्; तिनीहरू जन्मजातै यी सकारात्मक कुराहरूलाई घृणा गर्छन्। उदाहरणका लागि, मलाई हेर त: के म अत्यन्तै साधारण छैनँ र? म साधारण व्यक्ति हुँ, किन तिमीहरू यसो भन्‍ने आँट गर्दैनौ? म आफै साधारण छु भनेर स्वीकार गर्छु। मैले आफूलाई कहिल्यै असाधारण वा महान् ठानेको छैनँ। म त केवल साधारण व्यक्ति हुँ; मैले यस तथ्यलाई सधैँ स्वीकार गरेको छु र म यस तथ्यलाई सामना गर्ने आँट गर्छु। म महा महिला वा कुनै महान् व्यक्ति बन्‍न चाहन्नँ—त्यो कति थकाइलाग्दो कुरा हुनेथियो! कतिपय मानिस मलाई अर्थात् यो साधारण व्यक्तिलाई तुच्छ ठान्छन् र सधैँ मेरा बारेमा धारणाहरू राख्छन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरू मेरो अघि आउँदा, म बाहिरी रूपमा जस्तो देखिए पनि, तिनीहरू अझै पनि केही भक्तिभावले आउँछन्। त्यसबाहेक, कतिपय मानिसले मसँग अत्यन्तै शिष्टतासाथ कुरा गरे पनि, हृदयमा भने मप्रति तिरस्कारपूर्ण मनोवृत्ति राख्छन्, र म यो कुरा तिनीहरूको बोल्‍ने शैली र शरीरको हाउभाउबाट थाहा पाउन सक्छु। कहिलेकाहीँ तिनीहरूले अत्यन्तै आदरभाव देखाए पनि, मैले तिनीहरूलाई जे भने पनि तिनीहरू “होइन” भनेर जवाफ दिन्छन्, सधैँ मेरो कुरा खण्डन गर्छन्। उदाहरणका लागि, म आज मौसम निकै गर्मी छ भनेर भन्छु, तर तिनीहरू भन्छन्, “अहँ, गरम छैन। हिजो पो निकै गर्मी थियो त।” तिनीहरू मेरो कुरा खण्डन गर्छन्, होइन र? तिनीहरूलाई जे भने पनि, तिनीहरू सधैँ त्यो खण्डन गर्छन्। के यस्ता मानिसहरू छैनन् र? (छन्।) म भन्छु, “आजको खानामा नुन चर्को छ। यसमा नुन धेरै छ कि सोया सस?” अनि तिनीहरू भन्छन्, “कुनै पनि होइन। यसमा चिनी धेरै छ।” मैले जे भने पनि, तिनीहरू त्यो खण्डन गर्छन्, त्यसकारण म अरू केही भन्दिनँ, हामी एकअर्कासँग नजर जुधाउँदैनौँ, र हामी फरक-फरक भाषा बोल्छौँ। त्यसअलवा कतिपय मानिसले मैले परमेश्‍वरप्रतिको विश्‍वासबारे कुरा गरेको सुनेपछि भन्छन्, “तपाईं यस विषयमा कुरा गर्न पोख्त हुनुहुन्छ, त्यसकारण म सुन्‍नेछु।” यदि मैले कुनै बाहिरी कुराबारे थोरै बताएँ भने, तिनीहरू थप सुन्न चाहँदैनन्, मानौँ मलाई बाहिरी कुराबारे केही थाहा छैन। तिनीहरूले मेरो कुरा ध्यान नदिए ठिकै छ, म चुपचाप बस्न चाहन्छु। मलाई कसैले ध्यान दिनु पर्दैन, म आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। मेरा आफ्ना जिम्मेवारीहरू छन्, र मेरो आफ्नै जीवन शैली छ। मलाई भन् त, मानिसहरूमा भएका यी मनोवृत्तिहरूले के देखाउँछन्? तिनीहरू म महान् वा सक्षम व्यक्तिजस्तो देखिँदिनँ, र म साधारण व्यक्ति जस्तै बोल्छु र व्यवहार गर्छु भन्‍ने देख्छन्, अनि त्यसकारण सोच्छन्, “तपाईं कसरी परमेश्‍वरजस्तो हुनुहुन्न? मलाई हेर्नुहोस् त। यदि म परमेश्‍वर भएको भए, म उहाँजस्तै हुनेथिएँ।” यो परमेश्‍वरजस्तै बन्‍ने वा नबन्‍ने कुरा होइन। म परमेश्‍वरजस्तै बन्‍नुपर्छ भनेर माग गर्ने व्यक्ति तँ नै होस्, मैले कहिल्यै पनि म उहाँजस्तै छु भनेर भनेको छैनँ, र मैले कहिल्यै पनि उहाँजस्तै हुन चाहिनँ; म त आफूले गर्नुपर्ने कुरा मात्रै गर्छु। यदि म कहीँ गएँ र कतिपय मानिसले मलाई चिनेनन् भने, त्यो राम्रो कुरा हो, किनभने त्यसले मलाई समस्याबाट बचाउँछ। हेर् त, प्रभु येशूले त्यो बेला यहूदियामा धेरै कुरा बोल्नुभयो र काम गर्नुभयो, अनि उहाँलाई पछ्याउने चेलाहरूमा जेजस्तो भ्रष्ट स्वभाव भए पनि, उहाँप्रति तिनीहरूको मनोवृत्ति परमेश्‍वरप्रति मानिसको मनोवृत्तिजस्तै थियो—तिनीहरूको सम्बन्ध सामान्य थियो। तैपनि कतिपय मानिसले प्रभु येशूबारे “के उहाँ सिकर्मीका छोरा हुनुहुन्न र?” भने र उहाँलाई लामो समयदेखि पछ्याउने कतिपय मानिसले समेत यो मनोवृत्ति पालिराखे। यो त देहधारी परमेश्‍वरले साधारण, सामान्य मानव बन्दा प्रायजसो सामना गर्ने कुरा हो, र यो सामान्य घटना हो। कतिपय मानिस मलाई पहिलोपटक भेट्दा अत्यन्तै उत्साहित हुन्छन्, र म जाँदा तिनीहरू लम्पसार पर्छन् र रुन्छन्, तर वास्तविक अन्तरक्रियाको बेला यो काम लाग्दैन, र मैले धेरैपटक त्यस्तो कुरा भोग्‍नुपर्छ। किन मैले त्यस्तो कुरा भोग्‍नुपर्छ? किनभने कतिपय मानिस मूर्ख हुन्छन्, कतिपयलाई सुसंस्कारी बनाउन सकिँदैन, कतिपय मानिस सेवाकर्ताका रूपमा रहन चाहन्छ, र कतिपय चाहिँ कुनै तर्क सुन्दैनन्। त्यसकारण मैले कहिलेकाहीँ कष्ट भोग्‍नुपर्छ, र कहिलेकाहीँ निश्‍चित मानिसहरूलाई म मेरो नजिक आउन दिन सक्दिनँ; यी मानिसहरू अत्यन्तै घृणित हुन्छन् र तिनीहरूमा विरोधी स्वभाव हुन्छ। कति विरोधी? उदाहरणका लागि, म एउटा सुन्दर सानो कुकुरलाई देख्छु र भन्छु, “यसलाई पाङ्ग्रे भनेर बोलाऊँ।” अनि यो नामप्रति धेरैजसो मानिसमा कस्तो मनोवृत्ति हुन्छ? यो त नाम मात्रै हो, र मैले नै सुरुमा यो नाम दिएको हुनाले, त्यो कुकुरलाई त्यही नामले बोलाइनुपर्छ; यो एकदमै सामान्य कुरा हो। तर विरोधी स्वभावका कतिपय मानिस त्यसलाई त्यो नामले बोलाउँदैनन्, र भन्छन्, “पाङ्ग्रे कस्तो खालको नाम हो? मैले कुकुरलाई पाङ्ग्रे भनेर बोलाएको पहिले कहिल्यै सुनेको छैनँ। यसलाई त्यो नामले नबोलौँ, हामीले यसलाई अङ्ग्रेजी नाम दिनुपर्छ।” म भन्छु, “मलाई अङ्ग्रेजी नामहरू राख्न त्यति आउँदैन, त्यसकारण तिमीहरू नै यसलाई जे नामले बोलाउन मन लाग्छ त्यही भनेर बोलाओ र म तिमीहरूको निर्णय मान्‍नेछु।” किन म तिनीहरूको निर्णय मान्छु? यो सानो कुरा हो, त्यसकारण यसबारे किन तर्क गर्ने? कतिपय मानिस मान्दैनन् र तिनीहरूलाई यस्ता कुराहरूबारे तर्क गर्नैपर्ने हुन्छ। मैले मानेँ भन्दैमा, म आफूले गलत काम गरेको छु भन्‍ने होइन; यो त मैले आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने सिद्धान्त मात्रै हो। म तँसँग तर्क गर्दिनँ भन्दैमा त्यसको अर्थ म तँसँग डराउँछु भन्‍ने होइन। म तर्क गर्दिनँ, तर तँ अविश्‍वासी होस् भन्‍ने मलाई हृदयमा थाहा छ, र म त तँजस्तो व्यक्तिसँग व्यवहार गर्नुभन्दा बरु कुकुरसँग व्यवहार गर्छु। मैले आफ्नो जिउने वृत्तभित्र अन्तरक्रिया गर्नैपर्ने कतिपय मानिसबाहेक, मैले उठबस गर्नुपर्ने मानिसहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनी, परमेश्‍वरको घरका मानिस हुन्—यो मेरो सिद्धान्त हो। म एक जना गैरविश्‍वासीसँग पनि अन्तरक्रिया गर्दिनँ; मैले यसो गर्नु पर्दैन। तैपनि, यदि परमेश्‍वरका घरमा उहाँको घरप्रति मित्रैलो अविश्‍वासीहरू छन् भने, तिनीहरू मण्डलीका मित्र हुन सक्छन्। तिनीहरूले मण्डलीलाई सहयोग गरे पनि नगरे पनि वा मण्डलीका लागि केही प्रयास गरे पनि नगरे पनि र केही मामला सम्हाले पनि नसम्हाले पनि, मण्डलीले तिनीहरूलाई ठाउँ दिन सक्छ, तर म तिनीहरूसँग विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तो व्यवहार गर्नेछैनँ; म आफ्ना काममा एकदमै व्यस्त छु र यस्ता मामलाहरू सम्हाल्ने समय मसँग छैन। परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेका कतिपय मानिसमा परमेश्‍वरको काम, देहधारी परमेश्‍वर, र उहाँले मानिसहरूलाई मुक्ति दिने कुराबारे केही अवधारणा हुनुपर्छ, तैपनि तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय पटक्‍कै हुँदैन। तिनीहरू ठ्याक्कै गैरविश्‍वासीजस्तै हुन्छन् र पटक्‍कै परिवर्तन भएका हुँदैनन्। मलाई भन् त, यी कस्ता मानिसहरू हुन्? तिनीहरू प्राकृतिक रूपमा जन्मेका दियाबलस, परमेश्‍वरका शत्रु हुन्। जब कुनै व्यक्तिको शैतानी र दियाबलस मानिसहरूसँगको सङ्गत गहिरिन्छ, तब त्यो सब सङ्कष्ट र विपत्ति बन्छ।

तिमीहरू सबैले आफ्नो दैनिक जीवनबाट के बुझ्न सक्छौ भने, तिमीहरू मानिसहरूको जुन समूहमा आबद्ध भए पनि, तिमीहरूलाई मन नपर्ने कोही न कोही व्यक्ति सधैँ हुनेछ, र तिनीहरूलाई नचिढ्याए पनि वा बेखुस नतुल्याए पनि, तिनीहरूले तिमीहरूबारे खराब कुरा भन्‍नेछन्, तिमीहरूको आलोचना र निन्दा गर्नेछन्। के भयो भन्‍ने तँलाई थाहा हुँदैन, तैपनि तिनीहरू तँलाई मन पराउँदैनन्, तिनीहरूसँग तेरो ठ्याक मिल्दैन र तिनीहरू तँलाई धम्काउन चाहन्छन्—यहाँको अवस्था के हो? तैँले तिनीहरूलाई बेखुस तुल्याउन के गरेको छस् भन्‍ने तँलाई थाहा हुँदैन, तर कुनै अज्ञात कारणले तँलाई तिनीहरू धम्काउँछन्। के यस्ता दुष्ट मानिसहरू हुन्छन्? (हुन्छन्।) तिनीहरू तेरा विरोधी हुन् र तिनीहरूलाई त्यसरी मात्रै व्याख्या गर्न सकिन्छ। तैँले तिनीहरूसँग अन्तरक्रिया गर्नुअघि नै, तिनीहरू तुरुन्तै तँलाई घृणा गर्छन् र तँलाई कसरी हानि गर्न सकिन्छ भनी विचार गर्छन्—के तिनीहरू तेरा कट्टर विरोधी होइनन् र? (हजुर, हो।) के कट्टर विरोधीसँग तेरो ठ्याक मिल्न सक्छ? के तिमीहरू एउटै मार्गमा हिँड्न सक्छौ? निश्चय नै सक्दैनौ। त्यसोभए के तँ त्यस्ता मानिसहरूसँग झगडा र तर्क गर्छस्? (अहँ, म तिनीहरूसँग तर्क गर्दिनँ।) किन गर्दैनस्? किनभने तिनीहरू कुनै तर्क सुन्दैनन्। कतिपय मानिस सकारात्मक कुरा, सही कुरा, मानवजातिमाझको तुलनात्मक रूपमा असल कुराहरू, अर्थात् मानिसहरूले तृष्णा गर्ने र मन पराउने सकारात्मक कुराहरूप्रति भित्रैदेखि अरुचि राख्छन् र घृणा पाल्छन्; यस्ता मानिसहरूमा हुने एउटा स्पष्ट स्वभाव दुष्टता हो—तिनीहरू दुष्ट मानिस हुन्। उदाहरणका लागि, कुनै पुरुष प्रेमिका खोज्न जान्छ र सोच्छ, “उनी कुरूप भए पनि सुन्दर भए पनि, सद्गुणी र असल छिन्, अनि जीवनमा अघि बढ्न सक्छिन् भने, त्यो पर्याप्त हुन्छ। विशेष गरी मानवता र विश्‍वास भएको महिलाका हकमा भन्दा, म धनी होस् वा गरिब, कुरूप होस् वा सुन्दर, वा म बिरामी भए पनि, उनी मसँग रहन पूर्ण रूपमा कटिबद्ध हुनेछिन्।” शिष्ट मानिसहरू प्रायः यस्तो दृष्टिकोण राख्छन्। कस्तो प्रकारका मानिसहरू यस्तो दृष्टिकोण मन पराउँदैनन् वा अनुमोदन गर्दैनन्? (दुष्ट मानिसहरू।) त्यसोभए मलाई भन् त, दुष्ट मानिसहरू कस्तो दृष्टिकोण राख्छन्? यी वचनहरू सुन्दा तिनीहरू कस्तो प्रतिक्रिया जनाउँछन्? तिनीहरूले यसो भन्गै तेरो उपहास गर्छन्, “मूर्ख। हामी कुन युगमा छौँ? अनि तँ चाहिँ त्यस्तो व्यक्ति खोजिरहेको छस्? तैँले धनी र सुन्दर महिला खोज्नुपर्छ!” साधारण पुरुषहरू सुशील र सद्गुणी महिलाहरूलाई विवाह गर्छन् र तिनीहरू एकजुट र सुखी परिवार बनेर सुहाउँदो र उचित जीवन जिउँछन्; तिनीहरू जीवनमा स्वच्छ आचरणमा चल्छन्। के दुष्ट मानिसहरू यसरी विचार गर्छन्? (गर्दैनन्।) तिनीहरू भन्छन्, “अहिले यस संसारमा, यदि कुनै पुरुषसँग १० जना वा त्यसभन्दा बढी प्रेमिका र धेरै श्रीमती छैनन् भने के उसलाई पुरुष भन्‍न मिल्छ? यदि उसलाई पुरुष भन्न मिल्दैन भने, त्यो जीवन बेकार हो!” तिनीहरू सबै यही दृष्टिकोण राख्छन्। तँ तिनीहरूलाई “सुशील, सद्गुणी, र असल महिला, विशेष गरी मानवता र विश्‍वास भएकी महिला खोज” भनेर भन्छस्, तर के यो तिनीहरूलाई स्वीकार्य हुन्छ? (हुँदैन।) तिनीहरू तँलाई यसो भन्दै उपहास गर्छन् “तँ कति मूर्ख! अहिले संसारमा कसैले पनि अरूका मामलामा टाउको दुखाउँदैन, सबै जना स्वतन्त्र र मुक्त रूपमा जिउँछन्। विशेष गरी जब तँ चीन छोडेर पश्‍चिमी देशमा जान्छस्, तब कसैको अरनखटन र धम्कीविना झनै स्वतन्त्र होइन्छ। किन तँ आफूसँग यति कठोर हुन्छस्? तँ साह्रै मूर्ख होस्!” तिनीहरूले राख्ने दृष्टिकोण यही हो। त्यसोभए, जब तँ तिनीहरूलाई सकारात्मक कुरा, सत्यता र न्यायसँग सम्बन्धित मानिसका सबैभन्दा सुन्दर सकारात्मक कुराहरूबारे बताउँछस्, तब तिनीहरूलाई कस्तो लाग्छ? तिनीहरूलाई घृणा लाग्छ र तिनीहरू तँलाई हृदयमा सराप्छन्। तिनीहरूलाई तँ यस्तो व्यक्ति होस् भन्‍ने थाहा भएपछि, तिनीहरूको हृदय तँदेखि सतर्क हुनेछ, र तिनीहरू तँदेखि जोगिनेछन्। उस्तै प्रकारका नहुने मानिसहरू एउटै मार्ग पछ्याउँदैनन्। तँलाई तिनीहरूजस्ता मानिसहरूप्रति घृणा लाग्छ, र तिनीहरू हृदयमा तँजस्ता मानिसहरूलाई तुच्छ ठान्छन् भन्ने कुरा थाहा हुन्छ। तिनीहरू आफू कति राम्रा फेसनदार लुगाएर अरूसँग अल्लारिएर हिँड्छन् भन्‍नेबारे तँसँग कुरा गर्न चाहँदैनन्। तिनीहरूलाई तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गर्नेछस् र तिनीहरूलाई सही मार्ग पछ्याउन लगाउने प्रयास गर्नेछस् भन्‍ने डर लाग्छ, र तिनीहरूलाई अति नै घृणा लाग्छ; अर्को शब्दमा भन्दा, तिनीहरू भित्री मनमा सबै सकारात्मक कुराहरूलाई तुच्छ ठान्छन्। त्यसकारण, यदि तिमीहरूले सुसमाचार प्रचार गर्ने क्रममा त्यस्ता मानिसहरूलाई भेट्यौ भने, तिनीहरूलाई प्रचार गर्नु हुँदैन। तैँले प्रचार गरेर तिनीहरूले विश्‍वास गरे पनि, तिनीहरू अझै पनि ख्रीष्टविरोधी नै हुन् र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। किन तिमीहरू यहाँ बसेर मेरो प्रवचन सुन्न सक्छौ? के यो तिमीहरूमा थोरै भए पनि सत्यतालाई प्रेम गर्ने हृदय भएकाले होइन र? मैले तिमीहरूसँग कुरा गर्दै गर्दा, यदि तिमीहरूमा पवित्र आत्माले काम गरेको छ भने, तिमीहरू हृदयमा उत्प्रेरित र प्रोत्साहित हुनेछौ, अनि तिमीहरूले न्याय, सत्यता, र मुक्ति पछ्याउनका लागि आफूलाई अर्पण गर्न, कष्ट भोग्‍न, र आफूलाई समर्पित गर्न चाहनेछौ। ती दुष्ट व्यक्तिहरूलाई कसैले न्याय, सत्यता, र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्नेबारे कुरा गरेको सुन्नेबित्तिकै यी शब्दहरू खोक्रा छन्, ती नारा हुन्, ती बुझ्न नसकिने कुरा हुन् भन्‍ने लाग्छ, र तिनीहरू त्यस्ता मानिसहरूलाई भेदभाव गर्छन्। त्यसकारण, तिमीहरूले यी दुष्ट मानिसहरूलाई भेट्दा, तिनीहरूसँग कुनै कुरामा सङ्गति नगर, तिमीहरू तिनीहरूजस्ता मानिस होइनौ, त्यसकारण आफूलाई टाढा राख। मैले त्यस्ता मानिसहरूलाई भेट्दा र तिनीहरूमा मेरा बारेमा यस्तो मनोवृत्ति छ र तिनीहरूले त्यस्ता शैलीमा बोल्छन् भन्‍ने देख्दा, के मैले तिनीहरूलाई काटछाँट गरेर भाषण दिनुपर्छ? (अहँ, त्यसो गर्नु पर्दैन।) यसो गर्नु आवश्यक छैन, तिनलाई ध्यान दिनु पर्दैन, तिनीहरूलाई प्रतिक्रिया दिनु पर्दैन। के तँ तिनीहरूलाई प्रतिक्रिया दिएर परिवर्तन गर्न सक्छस्? तँ तिनीहरूलाई परिवर्तन गर्न सक्दैनस्। तिनीहरूलाई एकातिर पन्छाएर त्यहीँ छोड्; यस्ता मानिसहरू परमेश्‍वरप्रतिको आफ्ना विश्‍वासमा लामो समयसम्म टिक्न सक्दैनन्। एक: तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्; दुई: तिनीहरू सकारात्मक कुराहरूलाई घृणा गर्छन्; तीन: तिनीहरू परमेश्‍वरलाई भेदभाव गर्छन्, परमेश्‍वरको स्वभाव र उहाँबारेका प्रिय सबै कुरालाई सबैभन्दा अनादापूर्ण र सबैभन्दा घृणास्पद ठान्छन्—यी कुराहरूले तिनीहरूलाई परमेश्‍वरले कहिल्यै पनि मुक्ति दिनुहुनेछैन भनेर निर्धारित गर्छन्। त्यस्ता मानिसहरू जहाँ भए पनि, तिनीहरू निष्कपट भए पनि वा विश्‍वासघाती भए पनि, यी तिनीहरूमा यी प्रकटीकरणहरू हुनुले तिनीहरूको स्वभावमा पक्कै पनि केही दुष्टपन छ भन्‍ने कुरा निर्धारित गर्छ।

जहाँ कुनै ख्रीष्टविरोधीले प्रभुत्व जमाउँछ, त्यहाँ मण्डली जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निभाएर हासिल गरेका नतिजाहरू असल हुनेछैनन्, अनि परमेश्‍वरको घरका काममा रोकावट हुनेछ, त्यसकारण यदि ख्रीष्टविरोधीहरूलाई तह लगाइएन र निष्कासित गरिएन भने, मण्डलीका काममा ठूलो घाटा हुनेछ र परमेश्‍वरका चुनिएका धेरै मानिसलाई हानि पुग्नेछ! झूटा अगुवाहरूले मुख्यतः वास्तविक काम गर्न सक्दैनन्, र जब तिनीहरू केही सामान्य मामलाहरू सम्हाल्छन्, तब ढिलो प्रगति गर्छन् र प्रभावकारी हुँदैनन्। त्यसबाहेक, तिनीहरूलाई सत्यता पछ्याउने असल क्षमताका असल मानिसहरूलाई कसरी वृद्धि र प्रयोग गर्ने भनेर थाहा हुँदैन। अनि ख्रीष्टविरोधीहरूबारे के भन्‍ने? जब कुनै ख्रीष्टविरोधीले प्रभुत्व जमाउँछ, तब आफ्नो ख्याति, प्राप्ति, र हैसियतको खातिर मात्रै कामकुरा गर्छन्, उसले वास्तविक काम पटक्कै गर्दैनन्, र सिधै मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउँछन्—ख्रीष्टविरोधीहरू निश्‍चित रूपमा विनाशकारी कार्यमा संलग्‍न हुन्छन् र तिनीहरू शैतानभन्दा फरक हुँदैनन्। यदि ख्रीष्टविरोधीले सत्यतालाई प्रेम गर्ने र पछ्याउने कतिपय मानिसलाई देख्यो भने, उसलाई असहज लाग्छ। यो असहजता कहाँबाट आउँछ? यो तिनीहरूको दुष्ट स्वभावबाट आउँछ, अर्थात्, तिनीहरूका प्रकृतिमा न्याय, सकारात्मक कुरा, सत्यतालाई घृणा गर्ने, र परमेश्‍वरको विरोध गर्ने दुष्ट स्वभाव हुन्छ। त्यसकारण, तिनीहरूले कुनै व्यक्तिले सत्यता पछ्याएको देख्दा, भन्छन्, “तिमी त्यति शिक्षित र त्यति हेर्न लायक छैनौ, तैपनि खुब सत्यता पछ्याउँछौ।” यसले कस्तो मनोवृत्तिलाई देखाउँछ? यो तिरस्कार हो। उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा केही प्रतिभा वा विशेष सिप हुन्छ र उनीहरू सम्बन्धित कर्तव्य पूरा गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूका विभिन्‍न अवस्थाका सन्दर्भमा यो उपयुक्त कुरा हो, तर ख्रीष्टविरोधीहरू त्यस्ता दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो व्यवहार गर्छन्? तिनीहरू हृदयमा सोच्छन्, “यदि तिमी यो कर्तव्य निभाउन चाहन्छौ भने तिमीले सुरुमा मलाई चेपारो घसेर मेरो गुटको मान्छे बन्‍नुपर्छ, त्यसपछि मात्रै म तिमीलाई यो कर्तव्य निभाउन अनुमति दिनेछु। नत्र भने, सपना देखेर बस्!” के ख्रीष्टविरोधीहरू यसरी नै व्यवहार गर्दैनन् र? किन ख्रीष्टविरोधीहरू परमेश्‍वरमा सच्चा विश्‍वास गर्ने, केही न्याय बोध गर्ने र केही मानवता हुने, अनि सत्यता पछ्याउन केही प्रयास गर्ने मानिसहरूलाई यति घृणा गर्छन्? किन तिनीहरू सधैँ त्यस्ता मानिसहरूविपरीत हुन्छन्? जब तिनीहरू सत्यता पछ्याउने र राम्रो व्यवहार गर्ने, कहिल्यै नकारात्मक नहुने र दयालु अभिप्राय भएका मानिसहरू देख्छन्, तब तिनीहरूलाई असहज लाग्छ। ख्रीष्टविरोधीहरू निष्पक्ष रूपमा काम गर्ने, सिद्धान्तअनुसार आफ्नो कर्तव्य निभाउन सक्‍ने, सत्यता बुझेपछि अभ्यास गर्न सक्‍ने मानिसहरूलाई देख्दा एकदमै रिसाउँछन्, ती मानिसहरूलाई कष्ट दिने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछन्, र तिनीहरूका लागि परिस्थिति कठिन बनाउने प्रयास गर्छन्। यदि कसैले ख्रीष्टविरोधीको प्रकृति सार, अन्तर्घातीपन र दुष्टपनलाई छर्लङ्गै देख्यो अनि उसको खुलासा र रिपोर्ट गर्न चाह्यो भने, त्यो ख्रीष्टविरोधीले के गर्नेछ? ख्रीष्टविरोधीले आफ्नो आँखाको यो कसिङ्गर र शरीरमा बिजेको काँडा हटाउन सक्ने हरउपाय सोच्नेछ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई यस व्यक्तिलाई इन्कार गर्न उक्साउनेछ। कुनै साधारण दाजुभाइ-दिदीबहिनीका मण्डलीमा प्रतिष्ठा र हैसियत हुँदैन; उनीहरूले यस ख्रीष्टविरोधीबारे केही मात्रामा बुझेका मात्रै हुन्छन् र उनीहरू यस ख्रीष्टविरोधीका निम्ति कुनै खतरा हुँदैनन्। त्यसोभए किन ख्रीष्टविरोधी उनीहरूलाई कहिल्यै मन पराउँदैन र उनीहरूलाई आफ्नो आँखाको कसिङ्गर र शरीरमा बिजेको काँडा ठान्छ? यो व्यक्ति कसरी ख्रीष्टविरोधीका मार्गमा हुन्छ? किन ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई ठाउँ दिन सक्दैन? किनभने ख्रीष्टविरोधीभित्र दुष्ट स्वभाव हुन्छ। ऊ सत्यता वा सही मार्ग पछ्याउने मानिसहरूलाई सहन सक्दैन। ऊ सही मार्ग पछ्याउन चाहने जोकोहीविरुद्ध आफूलाई खडा गर्छ र जानाजानी तेरा लागि परिस्थिति कठिन बनाउँछ, र तँलाई हटाउने उपाय सोच्दै आफ्नो दिमाग खियाउँछ, वा उसले तँलाई दमन गर्नेछ ताकि तँ नकारात्मक र कमजोर नबनेस्, वा अरूले तँलाई इन्कार गरून् भन्नहेतु तेरो कमजोरी कोट्याएर त्यसलाई चारैतिर फैलाउनेछ, त्यसपछि ऊ खुसी हुन्छ। यदि तैँले त्यसको कुरा सुनिनस् वा उसको कुरा मानिनस्, र सत्यता पछ्याइरहिस्, सही मार्ग पछ्याइस्, अनि असल व्यक्ति बनिस् भने, उसलाई हृदयमा अप्ठ्यारो हुन्छ, र तैँले आफ्नो कर्तव्य निभाएको देखेर ऊ व्याकुल र असहज हुन्छ। यो के भएको हो? के तैँले उसलाई नाराज बनाएको हुन्छस्? अहँ, बनाएको हुँदैनस्। तैँले उसलाई केही नगरेको वा उसका हितमा कुनै हानि नगरेको भए पनि किन ऊ तँलाई त्यस्तो व्यवहार गर्छ? यसले यस्तो कुरा अर्थात् ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट छ, र तिनीहरू भित्री रूपमै न्याय, सकारात्मक कुरा, र सत्यताको विरोध गर्छन् भन्‍ने कुरालाई मात्रै देखाउँछ। यदि तैँले उसलाई वास्तवमा के भएको भनेर सोधिस् भने, उसलाई त्यो थाहासमेत हुँदैन; तिनीहरू जानाजानी तेरा लागि परस्थिति गाह्रो मात्र बनाउँछ। यदि तैँले एउटा तरिकामा काम गर्न भनिस् भने, उसले अर्को तरिकाले नै गर्नुपर्छ; यदि तैँले फलानो व्यक्ति योग्य छैन भनिस् भने, ऊ त्यो व्यक्ति राम्रो छ भन्छ; यदि तैँले यो सुसमाचार सुनाउने राम्रो तरिका हो भनिस् भने, ऊ त्यो खराब तरिका हो भन्छ; यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको एक-दुई वर्ष मात्रै भएको एक जना सिस्टर नकारात्मक र कमजोर बनेको छ र उनलाई सहयोग गर्नुपर्छ भनेर भनिस् भने, ऊ भन्छ, “त्यो गर्नु पर्दैन, उनी तिमीभन्दा बलियो छिन्।” छोटकरीमा भन्दा, ऊ सधैँ तेरो विपरीत हुन्छ र जानाजानी तेरो विपरीत कार्य गर्छ। तेरो विपरीत हुनुपछाडि तिनीहरूको सिद्धान्त के हो? के हो भने, तैँले सही भनेको कुरालाई ऊ गलत भन्छ, र तैँले गलत भनेको कुरालाई ऊ सही भन्छ। के उसका कार्यमा कुनै सत्यता सिद्धान्तहरू हुन्छन्? कुनै पनि हुँदैन। ऊ तँलाई मूर्ख बनाउन, देखाउन, तोड्न, हटाउन मात्रै चाहन्छ ताकि तैँले आफ्नो शिर उठाउन नसकेस्, तैँले सत्यता पछ्याउन छोडेस्, तँ कमजोर बनेस्, र तैँले अब विश्‍वास नगरेस्, त्यसपछि उसको उद्देश्य पूरा हुन्छ, र उसलाई आफ्नो हृदयमा आनन्द लाग्छ। यो के भएको हो? ख्रीष्टविरोधी प्रकारका मानिसहरूको दुष्ट सार यही हो। यदि तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका र उहाँको गवाही दिइरहेका अनि तिनीहरूलाई कुनै ध्यान नदिइरहेका दाजुभाइ-दिदीबहिनीहरूलाई देखे भने, के तिनीहरू खुसी हुन्छन्? अहँ, हुँदैनन्। तिनीहरूलाई कस्तो लाग्छ? तिनीहरूलाई डाह लाग्छ। सामान्यतया, जब मानिसहरू कसैले अर्को व्यक्तिको प्रशंसा गरेको सुन्छन्, तब तिनीहरूको सामान्य प्रतिक्रिया यस्तो हुन्छ, “म पनि निकै राम्रो छु; किन मेरो चाहिँ प्रशंसा नगरिएको?” तिनीहरूमा यस्तो सानो विचार हुन्छ, तर जब तिनीहरू कसैले परमेश्‍वरको गवाही दिएको सुन्छन्, तब सोच्छन्, “उसमा त्यस्तो अनुभव छ र ऊ यस्तो गवाही दिन्छ, र सबैले उसलाई अनुमोदन गर्छन्। उसमा यस्तो बुझाइ छ; ममा किन यस्तो बुझाइ छैन?” तिनीहरू यस व्यक्तिलाई डाह र प्रशंसा गर्छन्। ख्रीष्टविरोधीहरूमा निश्‍चित विशेषता हुन्छ: जब तिनीहरू कसैले “यो परमेश्‍वरको काम हो, यो परमेश्‍वरको अनुशासन हो, यी परमेश्‍वरका कार्य, परमेश्‍वरका बन्दोबस्त हुन्, र म समर्पित हुन इच्छुक छु” भन्दै परमेश्‍वरको गवाही दिइरहेको सुन्छन्, तब दुःखी हुन्छन् र सोच्छन्, “तिमी सबथोक परमेश्‍वरको काम हो भन्छौ। के तिमीले परमेश्‍वर कुनै कुरामाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने देखेका छौ? के परमेश्‍वर कुनै कुरा कसरी मिलाउनुहुन्छ भनेर के तिमीले महसुस गरेका छौ? मलाई कसरी यसबारे केही थाहा भएन?” एउटा पक्ष के हो भने शैतानले अय्यूबप्रति परमेश्‍वरको अनुमोदनलाई लिएको तरिकाका आधारमा तिनीहरू ठिक शैतानजस्तै हुन्। परमेश्‍वरले कुनै व्यक्तिलाई प्राप्त गर्नुहुँदा, ख्रीष्टविरोधीहरूको मानसिकता शैतानको जस्तै हुन्छ—तिनीहरूमा शैतानको स्वभाव हुन्छ। अर्को पक्ष के हो भने, यदि कसैले सत्यता बुझ्छ र ख्रीष्टविरोधीहरूलालाई खुट्ट्याएको छ, अनि ख्रीष्टविरोधीहरूलाई पछ्याउँदैन तर इन्कार गर्छ भने, ख्रीष्ट-विरोधीहरूमा बेकाबु मानसिकता हुन्छ, र तिनीहरू सोच्छन्, “म यसयो व्यक्तिलाई पटक्‍कै प्राप्त गर्न सक्दिनँ, त्यसैले म उसलाई खतम गर्नेछु!” त्यसकारण, अय्यूबलाई परीक्षाहरू आइपर्दा, परमेश्‍वरले शैतानलाई भन्‍नुभयो, “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।” यदि परमेश्‍वरले यसो नभन्‍नुभएको भए, के शैतानले कृपा देखाउनेथ्यो? (देखाउनेथिएन।) यो कुरा निश्‍चित छ; त्यसले पटक्‍कै कृपा देखाउनेथिएन।

ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र सत्यतालाई प्रेम गर्ने दाजुभाइ-दिदीबहिनीहरूप्रति, केही विश्‍वास भएका र केही निष्ठाका साथ आफ्नो कर्तव्य निभाउने मानिसहरूप्रति कस्तो मनोवृत्ति राख्छन्? अनि तिनीहरू परमेश्‍वरको गवाही दिन जीवन अनुभवहरूबारे कुरा गर्ने र दाजुभाइ-दिदीबहिनीहरूसँग प्रायजसो सत्यतामा सङ्गति गर्ने निश्‍चित मानिसहरूप्रति कस्तो मनोवृत्ति राख्छन्? (तिनीहरूलाई डाह र घृणा लाग्छ।) तिनीहरूको मनोवृत्ति केमा निर्भर हुन्छ? यो तिनीहरूको दुष्ट स्वभावमा निर्भर हुन्छ। त्यसकारण, जब तँ तिनीहरूले प्रायजसो कसैलाई अकल्पनीय रूपमा दमन गरेको, कसैलाई घृणा गरेको, र निश्‍चित मानिसहरूलाई कष्ट दिएको देख्छस्, तब तँलाई कुनै ख्रीष्टविरोधीको दुष्ट स्वभाव कसैले पनि परिवर्तन गर्न सक्दैन, र त्यसले गहिरो जरा गाडेको र त्यो उसमा अन्तर्निहित हुन्छ भनेर थाहा हुनेछ। यस कुराबाट, ख्रीष्टविरोधी मानिसहरूले सम्भवतः मुक्ति प्राप्त गर्न सक्दैनन् भन्‍ने कुरा देख्‍न सकिन्छ। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको गवाही दिन दिँदैनन्, त्यसकारण के तिनीहरूले आफै परमेश्‍वरको गवाही दिन सक्छन् त? (सक्दैनन्।) तिनीहरू अरूले परमेश्‍वरको गवाही दिँदा तिनीहरूलाई यति घृणा लाग्छ कि तिनीहरू दाँतसमेत किट्छन्, त्यसैले मलाई भन् त, के तिनीहरू परमेश्‍वरको गवाही दिन सक्छन्? तिनीहरू परमेश्‍वरको गवाही दिन पूर्णतया असमर्थ हुन्छन्। कतिपय मानिस भन्छन्, “त्यो सही होइन, कतिपय ख्रीष्टविरोधी परमेश्‍वरको एकदमै राम्रो गवाही दिन्छन्, र यो सुन्दा दाजुभाइ-दिदीबहिनीहरू रुन्छन्।” यो कस्तो गवाही हो? यो साँचो गवाही हो कि होइन भनेर निर्धारित गर्न यस्तो “गवाही” सुन्नुपर्छ। मानौँ कुनै व्यक्तिको राम्रो जागिर र राम्रो परिवार छ र परमेश्‍वरद्वारा उत्प्रेरित भएर, उसले आफ्नो राम्रो जागिर र परिवार त्याग्छ अनि आफ्नो तनमन परमेश्‍वरमा समर्पित गर्छ; उसलाई हृदयमा दुःख लागे पनि, ऊ सबै कुरा त्याग्छ। दाजुभाइ-दिदीबहिनीहरू उसलाई भन्छन्, “के तपाईंलाई अलिकति पनि कमजोर महसुस भइरहेको छैन?” ऊ जवाफ दिन्छ, “अँ, थोरै भइरहेको छ, तर मैले आफ्नो परिवार र जागिर त्याग्‍न सक्नु भनेको, के त्यो सबै परमेश्‍वरको कार्य होइन र? म दैनिक दुई-तीन हजार, र महिनामा दशौँ हजार कमाउँथेँ, र मसँग धेरै सम्पत्ति थिए। मैले परमेश्‍वरमा विश्‍वास गरेपछि, आफ्नो कर्तव्य निर्वाह गर्न, मैले आफ्नो सम्पत्ति हेरचाह गर्न अरू कसैलाई सुम्पेँ।” अरूले सोच्छन्, “के तपाईंले आफ्नो सम्पत्ति अरू कसैलाई सुम्पेपछि त्यसको व्यवस्थापन गर्नुभएको छैन? के अहिले तपाईंसँग त्यसको कुनै अंश पनि छैन? तपाईंले कसरी आफ्नो सम्पत्ति त्याग्नुभयो?” ऊ जवाफ दिन्छ, “त्यो त परमेश्‍वरको कार्य हो।” के यो अति अस्पष्ट कुरा होइन र? (हो।) ती केवल खोक्रा शब्दहरू हुन्। त्यसबाहेक, के उसले आफ्नो आम्दानी कति धेरै थियो भनेर भन्‍नु घमण्ड गर्नु होइन र? किन ऊ यसो भन्छन्? ऊ आफूले कति धेरै कुरा त्यागेका छन् भनेर गवाही दिइरहेको हुन्छ। के उसले परमेश्‍वरको गवाही दिइरहेको हुन्छ? उसले आफ्नो थोरै “गौरवशाली” इतिहासको, आफूले विगतमा चुकाएको मूल्य र गरेको समर्पणको, आफूले गरेको धेरै अर्पणको, र आफूमा परमेश्‍वरप्रति कुनै गुनासो नभएका सम्बन्धमा गवाही दिइरहेको हुन्छ। के यसको कुनै भागले परमेश्‍वरको गवाही दिन्छ? तैँले यी सबै कुरामा परमेश्‍वरले के गर्नुभएको छ भन्‍ने कुरा देखेको छैनस्, देखेको छस् र? ऊ परमेश्‍वरको गवाही दिन्छ भन्‍ने कुरा साँचो होइन; स्पष्टतया ऊ आफ्नो गवाही दिइरहेको हुन्छ, तैपनि ऊ परमेश्‍वरको गवाही दिइरहेको छु भनेर भन्छ! के यो छल होइन र? ऊ आफ्‍नो गवाही दिन परमेश्‍वरको गवाही दिइरहेको बहाना गर्छ—के यो पाखण्ड होइन र? त्यसोभए किन कतिपय मानिस यो सुन्दा एकदमै भावुक हुन्छन् र रोएको रोएकै गर्छन्? हाम्रा वरपर सबै प्रकारका मूर्खहरू हुन्छन्! कसैले परमेश्‍वरको गवाही दिएको उल्लेख गर्दा, ख्रीष्टविरोधीहरूले आफूले गरेका केही ससाना कुरा, आफूले अर्पण गरेका साना कुराहरू, र आफूलाई समर्पित गर्न बिताएका थोरै समयहरूबारे कुरा नगरी हुन्न, अनि समय बित्दै जाँदा, मानिसहरू ध्यान दिन छोड्छन्, त्यसकारण तिनीहरू भन्नका लागि नयाँ कुराहरू खोज्छन्, र यसरी तिनीहरू आफ्नै गवाही दिन्छन्। यदि कुनै व्यक्ति तिनीहरूभन्दा राम्रो छ र तिनीहरूले भन्दा राम्रो सङ्गति दिन सक्छ, सत्यताबाट केही प्रकाश दिन सक्छ भने, तिनीहरूलाई असहज लाग्छ। के तिनीहरूलाई सत्यताप्रति आफ्नो प्रयास अरूको भन्दा कमजोर भएकाले अनि आफू उत्कृष्ट हुन उत्सुक भएकाले असहज लाग्छ? होइन, तिनीहरू कसैलाई पनि आफूभन्दा असल हुन दिँदैनन्, अरू आफूभन्दा असल भएको सहन सक्दैनन्, र आफू अरूभन्दा असल हुँदा मात्रै खुसी हुन्छन्। के यो दुष्टता होइन र? यदि अरू कोही तँभन्दा असल छ र उसले तैँले भन्दा बढी सत्यता बुझेको छ भने, तैँले ऊबाट सिक्‍नुपर्छ—के यो राम्रो कुरा होइन र? यो सबै जना खुसी हुनुपर्ने कुरा हो। उदाहरणका लागि, मानव इतिहासमा परमेश्‍वरका अनुयायीहरूमध्ये अय्यूब भन्ने व्यक्ति थियो। के यो परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन कार्यमा भएको महिमित कुरा थियो कि अनादारपूर्ण कुरा थियो? (यो महिमित कुरा थियो।) यो महिमित कुरा थियो। तैँले यस मामिला कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तँमा कस्तो दृष्टिकोण हुनुपर्छ? तँ परमेश्‍वरप्रति खुसी हुनुपर्छ र उहाँका निम्ति हर्षोल्लास मनाउनुपर्छ, परमेश्‍वरको शक्तिको प्रशंसा गर्नुपर्छ, परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ भनेर प्रशंसा गर्नुपर्छ—यो राम्रो कुरा थियो। यो एकदमै राम्रो कुरा थियो, तैपनि कतिपय मानिसलाई यसप्रति घृणा र तिरस्कारसमेत लाग्छ। के यो तिनीहरू दुष्ट हुनु होइन र? स्पष्टसित भन्नुपर्दा, यो तिनीहरू दुष्ट हुनु हो, र यो तिनीहरूको दुष्ट स्वभावले गर्दा हुन्छ।

ख्रीष्टविरोधीहरूको स्वभाव दुष्ट हुन्छ; तिनीहरूले सत्यता नस्विकार्ने मात्र होइन, तर परमेश्‍वरको प्रतिरोध गर्न, आफ्नै राज्य स्थापित गर्नसमेत सक्छन्, र तिनीहरू परमेश्‍वरको घोर विरोध गर्छन्—यो दुष्ट स्वभाव हो। के तिमीहरूमा दुष्ट स्वभावहरूबारे कुनै बुझाइ छ? धेरैजसो मानिसलाई ती कसरी खुट्ट्याउने भन्‍ने थाहा हुँदैन होला, त्यसकारण एउटा उदाहरण लिऊँ। कतिपय मानिस आफूसँग केही काम नभएको बेला एकदमै सामान्य व्यवहार गर्छन्, अरूसँग कुरा गर्छन् र अरूसँग अत्यन्तै सामान्य रूपमा अन्तरक्रिया गर्छन्, तिनीहरू सामान्य मानिसजस्तै देखिन्छन् र कुनै नराम्रो काम गर्दैनन्। तैपनि, जब तिनीहरू भेलाहरूमा आउँछन्, परमेश्‍वरका वचनहरू पढ्छन् र सत्यतामा सङ्गति गर्छन्, तब तिनीहरूमध्ये कति जना सुन्न इच्छुक हुँदैनन्, कतिपय निदाउँछन्, कतिपयलाई यस कुराप्रति अरुचि लाग्छ र सहन गाह्रो हुन्छ, तिनीहरू यो कुरा सुन्न चाहँदैनन्, र कति जना त थाहै नपाई निदाउँछन् र केही थाहा पाउँदैनन्—यो के भएको हो? कसैले सत्यतामा सङ्गति थाल्दा किन यति धेरै असामान्य घटनाहरू देखिएका? यीमध्ये कति जना असामान्य स्थितिमा हुन्छन्, तर कति जना भने दुष्ट नै हुन्छन्। तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ भन्‍ने सम्भावनालाई नकार्न सकिँदैन, र कहिलेकाहीँ मानिसहरू यसलाई पूर्ण रूपमा बुझ्न वा स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूमा दुष्ट आत्मा हुन्छ। यदि तैँले तिनीहरूलाई किन तिनीहरू सत्यताप्रति वैरभाव राख्छन् भनेर सोधिस् भने, तिनीहरू सत्यताप्रति आफूले वैरभाव राख्दैन भनेर भन्छन् र जिद्दी गर्दै त्यो कुरा स्विकार्न मान्दैनन्, तर वास्तवमा तिनीहरूलाई आफूले सत्यतालाई प्रेम गर्दैन भन्‍ने हृदयमा थाहा हुन्छ। जब कसैले पनि परमेश्‍वरका वचनहरू पढिरहेको हुँदैन, तब तिनीहरू अरूसँग सामान्य मानिसहरू जस्तै घुलमिल हुन्छन् र तिनीहरूभित्र के छ भन्‍ने कुरा तँलाई थाहा हुँदैन। तर, कसैले परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरू सुन्न चाहँदैनन् र तिनीहरूका हृदयमा घृणा पैदा हुन्छ। तिनीहरूको प्रकृति यसरी उदाङ्गो हुन्छ—तिनीहरू दुष्ट आत्मा हुन्; तिनीहरू यस्ता कुरा हुन्। परमेश्‍वरका वचनहरूले यी मानिसहरूको सार खुलासा गरेका हुन्छन् कि तिनीहरूलाई नाराज पारेका हुन्छन्? कुनै पनि होइन। तिनीहरू भेलाहरूमा सहभागी हुँदा, कसैले पनि परमेश्‍वरका वचनहरू पढेको सुन्न चाहँदैनन्—के यो तिनीहरू दुष्ट हुनु होइन र? “दुष्ट हुनु” को अर्थ के हो? यसको अर्थ सत्यता, सकारात्मक कुरा, र सकारात्मक मानिसहरूप्रति कुनै कारणविना वैरभाव राख्नु हो; कारण के हो भन्‍ने तिनीहरूलाई समेत थाहा हुँदैन, तिनीहरूले त्यतिकै त्यस्तो व्यवहार गर्नुपर्छ। दुष्ट हुनु भनेको यही हो र, आम मानिसका शब्दमा, यो केवल खराब हुनु हो। कतिपय ख्रीष्टविरोधी भन्छन्, “कसैले परमेश्‍वरका वचनहरू पढ्न मात्रै सुरु गर्नुपर्छ र मलाई सुन्न मन लाग्दैन। मैले कसैले परमेश्‍वरको गवाही दिएको सुन्नु मात्रै पर्छ मलाई घृणा लाग्छ, र त्यसको कारणसमेत मलाई थाहा हुँदैन। जब म कसैले सत्यतालाई प्रेम गरेको र पछ्याएको देख्छु, तब म तिनीहरूसँग मिल्न सक्दिनँ, म तिनीहरूविरुद्ध उभिन चाहन्छु, म सधैँ तिनीहरूलाई श्राप दिन, पिठ्यूँपछाडि चोट पुऱ्याउन र यातना दिएर मार्न चाहन्छु।” यस्तो महसुस हुनुका कारण तिनीहरूलाई समेत थाहा हुँदैन—यो तिनीहरू दुष्ट हुनु हो। यसको वास्तविक कारण के हो? ख्रीष्टविरोधीहरूभित्र सामान्य व्यक्तिको आत्मा हुँदैन, तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन—अन्तिम विश्लेषणमा कुरा यस्तै हुन्छ। यदि सामान्य व्यक्तिले परमेश्‍वरले सत्यताका विभिन्‍न पक्षबारे स्पष्ट र सजिलै बुझिने तरिकामा बोल्नुभएको सुन्यो भने, उसले सोच्छ, “सही र गलतबीच भिन्‍नता छुट्याउन नसकिने र असल र खराबमा अन्योल भइने यस्तो दुष्ट र धूर्त युगमा, यति धेरै सत्यता र त्यस्ता उत्कृष्ट वचनहरू सुन्न पाउनु अत्यन्तै बहुमूल्य र दुर्लभ कुरा हो!” यो किन बहुमूल्य हो? परमेश्‍वरका वचनहरूले हृदय र आत्मा दुवै भएका मानिसहरूको इच्छा र प्रेरणालाई जगाउँछन्। कस्तो प्रेरणा? तिनीहरू न्याय र सकारात्मक कुराहरूको तृष्णा गर्छन्, तिनीहरू परमेश्‍वरको अघि जिउन, संसारमा निष्पक्षता र धार्मिकता होस्, र परमेश्‍वरले आएर संसारमाथि शासन गर्नुहोओस् भन्‍ने तृष्णा गर्छन्—सत्यतालाई प्रेम गर्ने सबै मानिसको पुकार यही हो। तथापि, के ख्रीष्टविरोधीहरू यी कुराहरूको तृष्णा गर्छन्? (गर्दैनन्।) ख्रीष्टविरोधीहरू केको तृष्णा गर्छन्? “यदि म सत्तामा भएको भए, आफूलाई मन नपर्ने सबै मानिसलाई नष्ट गर्नेथिएँ! जब कसैले ख्रीष्ट देखा परेर काम गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर गवाही दिन्छ, परमेश्‍वर मानवजातिका सार्वभौम हुनुहुन्छ भनेर गवाही दिन्छ, र परमेश्‍वरका वचनहरू सत्यता हुन्, मानवजातिको सबैभन्दा उच्च जीवनको आदर्श हुन्, र मानव अस्तित्वको जग हुन् भनेर गवाही दिन्छ, तब मलाई वाकवाकी हुन्छ, घृणा लाग्छ, र म त्यो कुरा सुन्न चाहन्नँ!” यो त ख्रीष्टविरोधीहरूका हृदयमा हुने कुरा हो। के ख्रीष्टविरोधीहरूमा यो स्वभाव हुँदैन र? जबसम्म कसैले तिनीहरूलाई आराधना गर्छ, आदर गर्छ, र पछ्याउँछ, तबसम्म तिनीहरू साथीहरू हुन्छन्, एउटै टोलीमा हुन्छन्; यदि कसैले सधैँ सत्यतामा सङ्गति गरिरह्यो र परमेश्‍वरको गवाही दिइरह्यो भने, ख्रीष्टविरोधीहरू तिनीहरूदेखि टाढिन्छन् र तिनीहरूलाई घृणा गर्छन्, र यहाँसम्म कि आक्रमण गर्छन्, बहिष्कार गर्छन्, र यातना दिन्छन्—यो दुष्टपन हो। जब हामी दुष्टताबारे कुरा गर्छौँ, तब यसले सधैँ शैतानका धूर्त षड्यन्त्रहरूलाई जनाउँछ; शैतानले गर्ने कुराहरू दुष्ट हुन्छन्, ठूलो रातो अजिङ्गरले गर्ने कुराहरू दुष्ट हुन्छन्, ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू दुष्ट हुन्छन्, र जब हामी तिनीहरू दुष्ट हुन् भन्‍नेबारे कुरा गर्छौँ, तब त्यसले मुख्यतः सबै सकारात्मक कुराहरूप्रति तिनीहरू विरोधी बन्ने अनि तिनीहरूले विशेषतः सत्यता र परमेश्‍वरको विरोध गर्ने कुरालाई जनाउँछ—यो दुष्टता हो, र यो ख्रीष्टविरोधीहरूको स्वभाव हो।

यस्तो दुष्ट स्वभाव देखाउने कुन-कुन ख्रीष्टविरोधीहरूलाई तिमीहरूले भेट्टाएका छौ र तिनीहरूबारे सिकेका छौ त्यसबारे विचार गर। मैले एकपटक त्यन्तै खराब मानवता भएको मुखाले महिलालाई भेटेको थिएँ। परमेश्‍वरको घरले चाँडै आउने ठूला विपत्तिहरू आउँदै छन्, समय धेरै छैन, दाजुभाइदिदीबहिनीहरूले कसरी असल कार्यहरू तयार गर्नुपर्छ, सत्यता पछ्याउन कसरी प्रयास गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, र आफूले कुनै पछुतो गर्नुपर्ने ठाउँ छोड्नु हुँदैन भनेर प्रचार गर्थ्यो, जब परमेश्‍वरको घरले यी कुराहरू प्रचार गर्थ्यो, तब त्यस महिलाले आफ्ना हृदयमा सराप्थी र सोच्थी, “संसारको अन्त्य? जीवन एकदम राम्रो छ। तपाईंका लागि त्यो संसारको अन्त्य होला, तर मेरा लागि त त्यो संसारको अन्त्य होइन! ठुलठुला विपत्तिहरू आए पनि, म त बाँच्‍नुपर्छ। यदि कोही मर्नु छ भने, तिमीहरू नै मर्न सक्छौ!” यो महिला नासमझ हो कि के हो? कसैले सत्यताको यस पक्षमा सङ्गति गर्दा, ऊ नासमझ बन्थिन् र उसका हृदयमा घृणा पैदा हुन्थ्यो, र ऊ सोच्थी, “मेरो जीवन जस्तो छ ठिकै छ! मसँग धेरै पैसा छ, मसँग कार छ, घर छ, मेरो आम्दानी राम्रो छ, म मेरो स्थानीय क्षेत्रको ठूलो मान्छे हुँ, र कसैले पनि मलाई चिढ्याउने आँट गर्दैन। मेरो जीवन स्तर अत्यन्तै राम्रो छ, यदि ठुलठुला विपत्तिहरू आइपरे भने, के मेरो नोक्सान हुनेछैनँ र? म अझै मर्न तयार छैनँ!” परमेश्‍वरको काम अनि यो दुष्ट संसार र दुष्ट मानवजातिलाई नष्ट गर्ने परमेश्वरको चाहनालाई हेर्ने उसको दृष्टिकोण कस्तो थियो? (ऊ ती कुराप्रति वैरभाव राख्थी।) परमेश्‍वरले जे गर्नुभए पनि, यदि त्यो उसको हितसँग सम्बन्धित भएमा, यदि त्यसले उसको हितलाई हानि गरेमा, ऊ त्यसलाई घृणा गर्थी र त्यसप्रति वैरभाव राख्थी, अनि “तपाईंले गरिरहेको कुरा गलत छ!” भनी सोच्दै, त्यस कुरामा सहमति जनाउँदिनथिई र ऊ तुरुन्तै परमेश्‍वरका कार्यहरूलाई इन्कार गर्थी। त्यसबाहेक, उसको सबैभन्दा दुष्ट कुरा के थियो भने उसलाई निष्पक्षता र धार्मिकताले शासन गरेको मन पर्दैनथ्यो; सत्तामा जो भए पनि, परमेश्‍वरले नै सम्हाल्नुभएको अनि त्यहाँ निष्पक्षता र धार्मिकता भएको भए पनि, यदि त्यसले उसको हितलाई हानि गऱ्यो भने, उसलाई त्यो स्वीकार्य हुन्थेन—उसलाई आफ्नो हित परमेश्‍वरभन्दा महत्त्वपूर्ण थियो। के उसका कार्यहरू पिशाची प्रकृतिका थिएनन् र? अनि जब पिशाची प्रकृति क्रियाशील हुन्छ, तब के त्यो दुष्ट आत्मा कसैमा पसेर उसले परमेश्‍वरका वचनहरू सुन्न चाहँदिनँ भनेको जस्तै प्रकृति हुँदैन र? (हुन्छ।) जब कसैले परमेश्‍वरको वचन पढ्छ, तब त्यो दुष्ट आत्माले यो कुरा सुन्न चाहँदिनँ भनेर भन्‍नेछ। जब कुनै दाजुभाइ-दिदीबहिनीले चाँडै आउने परमेश्‍वरको दिन वा चाँडै आउने महाविपत्तिहरूबारे सङ्गति गर्थ्यो, तब त्यो मुखाले महिलाले त्यसलाई घृणा गर्थी र हृदयमा सराप्थी। ऊ किन सराप्थी? यदि परमेश्‍वर संसारलाई नष्ट गर्न आउनुभयो भने, उसले आफ्नो सबै सम्पत्ति गुमाउनेथी—कुनै कुराले उसको हितलाई छोयो कि त ऊ त्यसलाई सराप्थी। त्यसकारण, उसको सराप त दुष्ट आत्माले परमेश्‍वरको वचन सुन्न चाहँदिनँ भनेको जस्तै प्रकृति हो। तिनीहरूको विशेषता एउटै हुन्छ, जुन के हो भने जब कसैले सत्यताको उल्लेख गर्छ, आफ्नो आत्माको गहिराइ उदाङ्गो पार्छ, आफ्नो कुरूपता, दुष्टपन, र अन्तर्घातीपन खुलाउँछ, तब तिनीहरूका हृदयमा घृणा, द्वन्द्व, र प्रतिरोध पैदा हुन्छ, त्यसपछि तिनीहरू सराप्छन् र कसम खान्छन्—दुष्ट आत्मा यस्तै हुन्छ। बाहिरबाट हेर्दा, त्यस मुखाले महिला भूत लागेको व्यक्तिले जस्तो होइन तर सामान्य व्यक्तिले जस्तै बोल्थिन् र व्यवहार गर्थिन्, तैपनि उसको व्यवहारको प्रकृति त्यस पिशाचको जस्तै थियो। तिमीहरूले मौका पाउँदा मण्डलीका धनी मानिसहरूलाई सोध्न सक्छौ, “जब परमेश्‍वरको दिन र ठुलठुला विपत्तिहरू आइपर्छन्, अनि तपाईंको पारिवारिक सम्पत्ति सबै नष्ट हुन्छ, तब के तपाईं व्याकुल हुनुहुनेछ? के तपाईं परमेश्‍वरको दिन आउँछ भनेर पर्खनुहुन्छ? के तपाईं परमेश्‍वरले सत्ता सम्हाल्नुहुनेछ, अनि निष्पक्षता र धार्मिकताले शासन गर्नेछ भनेर प्रतीक्षा गर्नुहुन्छ? के तपाईं आफूसमेत नष्ट भए पनि, परमेश्‍वर यो दुष्ट मानवजातिलाई नष्ट गर्नुहुन्छ भनेर प्रतीक्षा गर्नुहुन्छ? के तपाईं यस्तो भएको इच्छा गर्नुहुन्छ?” तिनीहरूको दृष्टिकोण कस्तो रहेछ हेर। कतिपयले यस्तो होस् भन्‍ने चाहनेछन्, र कतिपयले चाहनेछैनन्। सारा संसार, सारा ब्रह्माण्ड, परमेश्‍वरले शासन गरेका सबै भौतिक कुरालाई लिँदा—हामीले यहाँ अभौतिक कुराहरूबारे नभई भौतिक दायराभित्रका कुराहरूबारे मात्रै कुरा गरिरहेका छौँ: पारिवारिक सम्पत्ति, कार, घर, पैसा इत्यादि—यी सबै कुरालाई मिलाउँदा, के ती परमेश्‍वरका हातमा बालुवाको एउटा कण बराबर हुन्छन्? (हुँदैनन्।) तथापि, जब मानिसहरू यी कुरा प्राप्त गर्छन्, तब ती त्याग्‍न चाहँदैनन् र परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने पूँजी आफूसित भएको ठान्छन्, अनि यसो भन्छन्, “यदि तपाईंले मेरो पारिवारिक सम्पत्ति लिनुभयो भने, म तपाईंलाई घृणा गर्नेछु, तपाईंलाई विरोध गर्नेछु, र तपाईं परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्नेछैनँ!” के परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्‍ने कुरा तेरा स्वीकारमा निर्भर हुन्छ र? (हुँदैन।) के तेरो त्यो थोरै पारिवारिक सम्पत्ति छ भन्दैमा तँसँग परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने पूँजी हुन्छ? तँ कति अज्ञानी छस्! हिरा पृथ्वीको सबैभन्दा बहुमूल्य वस्तु हो। जब साधारण मानिसहरूले एक क्यारेटको हिरा देख्छ, तब तिनीहरू छक्क पर्छन् र भन्छन्, “कति ठूलो हिरा! यो पक्‍कै पनि १०-२० हजार अमेरिकी डलर मूल्यको हुनुपर्छ!” तिनीहरूलाई हिरा अत्यन्तै बहुमूल्य छ भन्‍ने लाग्छ। तर त्यसपछि मैले पृथ्वीबाट त्यति टाढा नरहेको एउटा ग्रह पूर्ण रूपमा हिराले बनेको छ भन्‍ने समाचार सुनेँ, र मलाई अचानक एउटा कुरा महसुस भयो: मानिसहरू अत्यन्तै अल्प दृष्टिका हुन्छन्। चम्किलो हिरा देख्दा, तँलाई त्यो साह्रै मन पर्छ र राम्रो लाग्छ, तर जब तँ एउटा सम्पूर्ण ग्रह नै हिराले बनेको छ भन्‍ने सुन्छस्, तब तेरो दृष्टिकोण कस्तो हुन्छ? हिराप्रतिको तेरो दृष्टिकोण परिवर्तन हुन्छ। अर्थात्, तैँले अरू केही जानकारी सुनेपछि, तेरो ज्ञानको दायरा अचानक फराकिलो बन्छ, तैँले आफू अगाडिको सानो ठाउँलाई मात्रै हेर्न छोड्छस्, तँ अब कुवाको भ्यागुतो रहँदैनस्, किनभने तैँले प्राप्त गरेको जानकारी बढेको हुन्छ, र तेरो बोध क्षमता परिवर्तन र वृद्धि भएको हुन्छ। यस संसारमा जिउने क्रममा, मानिसहरूले आफूमाथि आइपर्ने हरेक कुरा र फरक-फरक वातावरणको निरन्तर सामना गरिरहेको बेला, तिनीहरूको ज्ञानको दायरा निरन्तर परिवर्तन भइरहेको हुन्छ, यसका साथै तिनीहरूको दृष्टिकोण निरन्तर नयाँ हुँदै गइरहेको हुन्छ। यो सामान्य कुरा हो, र यो नै परमेश्‍वरले मानिसहरूलाई यस जीवनमा क्रमिक प्रगति गर्न, अनि अन्तर्ज्ञानमा, दृष्टिकोणमा, सम्पूर्ण संसार र परमेश्‍वरका कार्यहरू बुझ्नुमा निरन्तर प्रगति गर्न लगाउने प्रक्रिया हो। अब तिमीहरूले मैले यो कुरा बताएको सुनेका छौ, त्यसोभए तिमीहरूले यसलाई कसरी लिनुपर्छ? के तैँले “अहो, पृथ्वीका मानिसहरू साह्रै अज्ञानी छन्, तिनीहरूमा अन्तर्ज्ञानको कमी छ, र तिनीहरूलाई एकदमै थोरै मात्र थाहा छ!” भनेर सोच्नुपर्छ? भन्‍नुको अर्थ, सम्पूर्ण ब्रह्माण्ड, सम्पूर्ण मानवजाति, परमेश्‍वरले हुकुम गर्ने सबै कुरा, परमेश्‍वरले आज्ञा गर्ने हरकुरा बारेको तेरो दृष्टिकोण र अन्तर्ज्ञान मूल्यको हिसाबले कुनै ग्रहसँग तुलना गरिएको सानो हिरासम्बन्धी तेरो बुझाइ जस्तै होला, होइन र? (हो।) यसबाट हामी के निष्कर्ष निकाल्न सक्छौँ? पृथ्वी ग्रहमा, कसैले जति नै उपलब्धि हासिल गरे पनि, उसले जति नै नाम कमाए पनि, उसले जति नै उत्कृष्ट प्रस्तुति दिए पनि, उसले पटक्कै घमण्ड गर्नु हुँदैन, किनभने मानवजाति एकदमै महत्त्वहीन छन् र उनीहरूको मूल्य एक पैसाको पनि छैन! परमेश्‍वरले पृथ्वीमा केही हीराहरू दिनुभयो र मानिसहरूले त्यसका लागि लडाइँ गरेका छन्। के मानिसहरूलाई परमेश्‍वरका हातमा हिराभन्दा बहुमूल्य कुराहरूले भरिएका कतिवटा ग्रहहरू छन् भन्‍ने थाहा छैन? के मानिसहरू दयनीय छैनन् र? (छन्।) मानिसहरू यस्तो दयनीय छन्; मानिसहरू साह्रै अज्ञानी छन्।

ख्रीष्टविरोधीहरू परमेश्‍वरको विरोध नगरी बस्नै सक्दैनन्; तिनीहरू भित्री रूपमा नै सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्छन्, र सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरूलाई समेत छोड्न सक्दैनन्, बरु त्यस्ता मानिसहरूलाई निन्दा, दमन, र बहिष्कार गर्छन्। तिनीहरूसँगको साँठगाँठका हकमा भन्दा, तिनीहरू स्वाभाविक रूपमा नै एकसाथ बाँधिएका हुन्छन्, एकअर्काको रक्षा गर्छन्, एकअर्कालाई आश्रय दिन्छन्, र एकअर्काको तलुवा चाट्छन्। यसबाट हामी के देख्‍न सक्छौँ भने ख्रीष्टविरोधीहरू, अवतार फेरेका दुष्ट आत्मा र अशुद्ध पिशाच हुन्, र तिनीहरूमा सामान्य मानवता छैन। तिनीहरूले आफूले सुनेको सत्यता जति नै बुझे पनि, वा वचन र धर्मसिद्धान्तहरू जति नै स्पष्ट रूपमा प्रचार गरे पनि, अभ्यास गर्ने बेला, तिनीहरूले गर्न रोज्ने एउटै मात्र कुरा भनेको सत्यताविरुद्ध जानु र परमेश्‍वरको प्रतिरोध गर्नु, अनि आफ्नो पद र हितको रक्षा गर्नु गर्नु हो—यो तिनीहरूको दुष्टपन हो। तिनीहरू कुन हिसाबमा सबैभन्दा दुष्ट हुन्छन्? कुन हिसाबमा भने तिनीहरू सत्यतालाई घृणा गर्छन्; तिनीहरू व्याख्या वा तर्कविना सत्यतालाई घृणा गर्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरू सत्यतालाई किन घृणा गर्छन् भनेर सोधिस् भने, तिनीहरूले सायद बताउन सक्दैनन् होला, तर तिनीहरूको हरकार्यमा ख्रीष्टविरोधीहरूको स्वभाव र विधि हुन्छ, र तिनीहरूको हरकार्यले मानिसहरूलाई बहकाउँछ र फन्दामा पार्छ, परमेश्‍वरको घरका काममा बाधा र अवरोध पुऱ्याउँछ—तिनीहरूको हरकार्यको परिणाम यही हुन्छ। सबै तहका अगुवा र सेवकहरू वा तैँले चिन्ने र तेरा सम्पर्कमा रहेका आफू वरपरका साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई तुलना गरेर तिनीहरूमध्ये कसैले सत्यता पछ्याउने ती दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कारणविना घृणा गर्छन् कि अनि यी मानिसहरूलाई सधैँ आक्रमण गर्न र हटाउन चाहन्छन् कि भनेर हेर्। तिनीहरूलाई नै यो सही छैन भन्‍ने थाहा हुन्छ तर तिनीहरू त्यसमा कुनै मद्दत गर्न सक्दैनन्, यी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि मिठा-मिठा शब्दहरू बोल्छन् तर उनीहरूको पिठ्यूँपछाडि फरक तरिकाले कामकुरा गर्छन्, आफ्‍नो पिशाची रूप प्रकट गर्छन् र तिनीहरूको विरोध गर्न थाल्छन्। यदि यो दुष्टपन होइन भने, के हो त? ख्रीष्टविरोधीहरूको सबैभन्दा घृणित कुरा के हो? तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू र आफू वरपरका मानिसहरूलाई बहकाउन अनि माथिलाई झुक्क्याउन र छल्न प्रायजसो सही कुराहरू भन्छन्, त्योभन्दा पनि बढी, तिनीहरू मिठा र सुन्दर शब्दहरू प्रयोग गरेर परमेश्‍वरलाई छल गर्न र मानिसहरूको भरोसा जित्न चाहन्छन्, त्यसपछि परमेश्‍वरका घरमा भाँडभैलो मच्चाउँछन्, लापरवाही तरिकामा चल्छन्, र आफूखुसी जे पायो त्यही गर्छन्। तिनीहरूलाई कसरी सही बोल्ने, कसरी गलत बोल्ने भन्‍ने थाहा हुन्छ, र तिनीहरूलाई आफू कसरी चल्नुपर्छ, कसरी चल्नु हुँदैन, केके सिद्धान्त हुन्, केके सिद्धान्त होइनन्, सिद्धान्तविरुद्ध जानु भनेको के हो र सिद्धान्तअनुसार काम गर्नु भनेको के हो भन्‍ने थाहा हुन्छ। तिनीहरूलाई हृदयमा यी कुराहरूबारे अस्पष्ट हुँदैन, र कतिपयलाई त यी कुराहरू एकदमै स्पष्टसित र छर्लङ्गै समेत थाहा हुन्छ, तर तिनीहरू आफूले सिद्धान्तहरू जति नै राम्ररी बुझे पनि र स्पष्टसँग जाने पनि, कामकुरा गर्दा सत्यता अभ्यास पटक्‍कै गर्दैनन्, र आफ्नो इच्छाअनुसार बेरोकटोक खराब कामकुरा गर्छन्। यसले तिनीहरूको प्रकृति शैतानी र ख्रीष्टविरोधीको हो भन्ने निर्धारित गर्छ। तिनीहरूले सत्यताप्रति अरुचि राख्ने र सत्यतालाई घृणा गर्ने मात्र होइनन्, तर सकारात्मक कुराहरूलाई बारम्बार घृणा र निन्दा पनि गर्छन्। किन ठूलो रातो अजिङ्गरले सत्यता र परमेश्‍वरलाई घृणा गर्छ? यो पूर्ण रूपमा त्यसको शैतानी प्रकृतिले निर्धारित गरेको हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई यति धेरै सतावट र खेदो हुन्छ कि उनीहरू आफ्नो घर फर्कन सक्दैनन्, अनि ती दियाबलस र शैतानहरू भन्छन्, “यी मानिसहरू अब सामान्य रूपमा जिइरहेका छैनन्; तिनीहरूले आफ्नो परिवार त्यागेका छन्।” वास्तवमा, तिनीहरू ठूलो रातो अजिङ्गरका सतावटमा परेका हुनाले घर जान सक्दैनन्। यस्तो कुरा धेरै हुन्छ। अरू के कुराहरू तिमीहरूले सुनेका छौ? (ठूलो रातो अजिङ्गर के भन्छ भने यदि मानिसहरूले परमेश्‍वरका वचनहरू धेरै पढे भने तिनीहरूको ब्रेनवाश हुन्छ।) ठूलो रातो अजिङ्गर भन्छ, “परमेश्‍वरका वचनहरूले मानिसहरूको ब्रेनवाश गर्छन्; तिनीहरूलाई ईश्‍वरभक्त बनाइको छ।” यो त सत्यतालाई पूरै बङ्ग्याउनु हो। स्पष्ट छ, मानिसहरूलाई भ्रष्ट पार्ने र ब्रेनवाश गर्ने त ठूलो रातो अजिङ्गर नै हो, तैपनि त्यसले कुरा उल्ट्याउँछ र परमेश्‍वरका वचनहरूले मानिसहरूलाई ब्रेनवाश गर्छन् भनेर भन्छ—यी पिशाचहरू साह्रै दुष्ट छन्! ठूलो रातो अजिङ्गरले अरूले गरेका सबै असल कार्यहरू आफूले गरेको दाबी गर्छ र आफूले गर्ने खराब कुराहरूको दोष अरूलाई दिन्छ। ख्रीष्टविरोधीहरू पनि त्यस्तै गर्छन्; तिनीहरूको विधि ठूलो रातो अजिङ्गर र शैतानको जस्तै हुन्छ। तिनीहरू साँच्‍चै शैतानका चाकर हुन्!

के हामीले अहिले ख्रीष्टविरोधीहरूका दुष्ट, धूर्त, र छली प्रकटीकरणहरूबारे सङ्गति गरिसकेका छौँ? के मैले आज सङ्गति गरेको कुरा तिमीहरूले शाब्दिक रूपमा बुझ्न सक्‍ने कुराभन्दा फरक र वास्तविक छैन र? परमेश्‍वरको घरले हालैका वर्षहरूमा धेरै भिडियोहरू निर्माण गरेको छ, र केही भजन र चलचित्र आदि लगायत सबै कुरा अनलाइन अपलोड गरिएका छन्। मुख्य भूमि चीनका एक जना ख्रीष्टविरोधीले यी कुराहरू अनलाइन देख्यो र भन्यो, “तपाईंहरूले विदेशमा यी कार्यक्रमहरू निर्माण गर्नुभएको छ तर हामी चीनमा पनि यो काम गर्न सछौँ।” त्यसपछि उसले भर्ना अभियान चलायो, मानिसहरूको एउटा गुट बनायो, र ठूलो रातो अजिङ्गरको देशमा गायन दल सुरु गऱ्यो। अन्त्यमा, यी मानिसहरू पक्राउ परे। ख्रीष्टविरोधीले किन यसो गर्नुपऱ्यो? के उसको कुनै उद्देश्य थियो? (थियो।) उसको के उद्देश्य थियो? (मानिसहरूलाई नियन्त्रण गर्नु।) यो उसले मानिसहरूलाई नियन्त्रण गर्न चाहनु जत्तिको सरल थिएन। ऊ आफ्नै गुट स्थापना गर्न चाहन्थ्यो। उसको विचार यस्तो थियो, “परमेश्‍वरका घरमा गायन दल हुन सक्छ, त्यसैले मसँग पनि हुनुपर्छ! यदि म सफल भएँ भने, मेरो आफ्नै गुट हुनेछ। मेरो चुट्कीका भरमा, धेरै मानिस आउनेछन्!” यसरी, उसले परमेश्‍वरको मण्डलीको स्थान लिन सक्थ्यो। के उसले हासिल गर्न चाहेको उद्देश्य यही होइन? तर परिणामस्वरूप ठूलो रातो अजिङ्गरले कारबाही गर्‍यो र उसको मनोरथ त्यतिकै फुस्सा भयो। परमेश्‍वरको घरले यो काम सुनिश्चित सुरक्षाको आधारमा गर्छ। के ठूलो रातो अजिङ्गरद्वारा शासित देशमा उसको स्थिति यस्तै थियो? उसको यस्तो स्थिति थिएन, तैपनि ऊ अझै देखावटी गर्न चाहन्थ्यो। उसले आफ्नो त्यति राम्रो देखावटी गरेन, र अन्तमा उसका लागि सबै कुरा गलत भयो। केही वर्ष पहिले, मानिसहरूको अर्को समूहले एउटा कार्यक्रम बनाएर अनलाइन राख्यो। तिनीहरूले नृत्य गर्दै पुराना गीतहरू गाएका थिए र अल्पसंख्यक साम्प्रदायको शैलीका फूलबुट्टे वस्त्रहरू लगाएका थिए। त्यो अत्यन्तै परम्परागत र पुरानो थियो। मलाई भन् त, के यी ख्रीष्टविरोधीहरूले बाधा मात्रै पुऱ्याएनन् र? (हजुर।) गैरविश्‍वासी र धर्मका मानिसहरूलाई वास्तविक परिस्थिति थाहा थिएन र तिनीहरूले यी कुराहरू मण्डलीले नै गरेको हो भन्‍ने ठाने। ख्रीष्टविरोधीहरू सधैँ मूर्ख काम गर्छन्; तिनीहरू दुष्ट मात्र हुँदैनन्, मूर्ख पनि हुन्छन्। किन तिनीहरू मूर्ख हुन्छन्? के तिनीहरू अत्यन्तै दुष्ट भएकाले दुष्टताले मूर्ख बनेका हुन्छन्? हुँदैनन्। कुनै व्यक्तिमा जति नै क्षमता भए पनि, उसले केही सत्यता बुझ्छ भने, कामकुरा गर्दा अघि बढ्ने कुनै बाटो नपाए पनि र आफूले के गर्नु उचित वा अनुचित हो भन्‍ने थाहा नभए पनि, उसको हृदयमा महत्त्वपूर्ण कुरा हुन्छ: तिनीहरूले लापरवाही वा अन्धाधुन्ध व्यवहार गर्दैनन्। के कुरा यही होइन र? (हजुर, हो।) तथापि, सत्यता नबुझ्ने र समझहीन हुने गरी अत्यन्तै अहङ्कारी बन्ने मानिसहरू स्वच्छन्द व्यवहार गर्छन्। तिनीहरूले स्वच्छन्द व्यवहार गर्नुको अर्थ के हो? यस्ता मानिसहरूमा समझ हुँदैन, र समझ नभएका मानिसहरू समस्याहरूलाई विचार गर्न सक्दैनन्। मैले “विचार गर्नु” भन्‍नुको अर्थ के हो? मेरो भन्नुको तात्पर्य प्रारम्भिक चरणमा के गर्ने, के तयारी गर्ने, कार्य गर्दा के-कस्ता कुराहरू आवश्यक हुन्छन्, यो कार्यक्रम किन बनाउनैपर्छ, कार्यक्रम बनाइएपछि, कति जना मानिसलाई प्रभाव पर्छ, कति जना मानिसलाई सुधार गर्न सकिन्छ, र कुनै परिणाम वा रोकावटहरू छन् कि छैनन् भन्‍ने हो—यी सबै कुराको मूल्याङ्कन गरिनुपर्छ। यो मूल्याङ्कन प्रक्रियालाई “विचार गर्नु” भनिन्छ। के यी मूर्ख मानिसहरू कामकुरालाई विचार गर्न सक्छन्? (सक्दैनन्।) समस्याहरू विचार गर्न नसक्‍ने मानिसहरू समझहीन हुन्छन्; के तिनीहरूमा सत्यताको कुनै बुझाइ हुन्छ? अवश्य नै हुँदैन। यदि कसैले साँच्‍चै केही सत्यता बुझ्छ भने, उसको समझ अझ स्पष्ट र राम्रो हुनेछ। उसलाई के सकारात्मक हो, के नकारात्मक हो, के सही हो, के गलत हो, र कुनै सिद्धान्तको के-कस्तो दायरा छ भन्नेबारे अझै स्पष्ट हुन सक्छ; अर्थात्, उसले जे गरे पनि, उसले असल वा खराब कुरा पनि, उसका हृदयमा कुनै मापदण्ड हुन्छ। उदाहरणका लागि, यदि कसैले तँलाई सडकमा नाङ्गै दौडन भन्यो भने, के तँ त्यसो गर्छस्? (गर्दिनँ।) यदि कसैले तँलाई हिर्कायो भने के तँ त्यसरी दौडनेछस्? यदि कसैले तँलाई दश हजार रुपियाँ दियो भने के तँ त्यसो गर्नेछस्? (त्यसो गर्नु लाजमर्दो कुरा हुनेछ। म त्यसो गर्न सक्दिनँ।) यसो गर्नु लाजमर्दो कुरा हुनेछ भन्‍ने थाहा पाउनु, यो समझबाट पैदा हुने एक प्रकारको सोचाइ, एक प्रकारको फैसला, र एक प्रकारको मनोवृत्ति हो, अर्थात्, यो समझद्वारा मात्रै तैँले यस्तो सोचाइ र यस्तो मनोवृत्ति पाउन सक्छस्। त्यसकारण, तँलाई पैसाको लोभ दिइए पनि वा क्रूर यातना र कष्ट दिइए पनि, जति नै जबरजस्ती गरिए पनि, तँ त्यो काम गर्न जानेथिइनस्, तँलाई पटक्‍कै असर पर्नेथिएन, र तँ दृढ हुनेथिइस्। ख्रीष्टविरोधीहरू सत्यता बुझ्दैनन्, त्यसैले तिनीहरूमा आफूले गर्ने कुनै पनि कुराको अवधारणा हुँदैन। यहाँ “अवधारणा” को अर्थ के हो? यसको अर्थ तिनीहरूलाई परमेश्‍वरको गवाही दिन के गर्ने भन्‍ने थाहा हुँदैन। यो ख्रीष्टविरोधीले आफूसँग अत्यन्तै प्रेमिलो हृदय छ भन्‍ने ठान्थ्यो, उसले समूह गायनको भिडियो बनाउन मानिसहरूको समूह बनायो र धेरै पैसा खर्च गरेर आफूलाई जोखिममा पाऱ्यो। मुख्य भूमि चीनको स्थिति विदेशको भन्दा खराब छ, त्यसैले यदि केही गलत भयो भने के हुन्छ? के उसले यसबारे विचार गऱ्यो? उसले केही हदसम्म परिस्थितिलाई विचार गऱ्यो होला, तर उसलाई कुन-कुन कार्यक्रमहरू बनाउने वा के-कस्ता परिणामहरू हासिल गर्ने भन्‍ने थाहा थिएन—उसले पटक्‍कै कुरा बुझेको थिएन। उसले किन बुझेको थिएन? उसमा यो समझ थिएन। समझ कसरी आउँछ? सत्यता बुझेपछि मात्रै मानिसहरूको समझ क्रमिक रूपमा स्पष्ट र राम्रो बन्न सक्छ। ख्रीष्टविरोधीहरूमा सत्यतालाई घृणा गर्ने प्रकृति हुन्छ, तिनीहरू अन्तर्निहित रूपमै सकारात्मक कुराहरूको विरोध गर्छन्, र तिनीहरू आफ्नो भित्री हृदयमा कहिल्यै सत्यतालाई प्रेम गर्न सक्दैनन्, त्यसैले के तिनीहरू सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू सत्यता बुझ्न सक्दैनन् भने, के तिनीहरूमा सामान्य मानवताको सोचाइ हुन सक्छ? तिनीहरूमा यो कहिल्यै हुन सक्दैन। के सामान्य मानवताको सोच विहीन मानिसहरूमा समझ हुन्छ? अहँ, हुँदैन। जब ख्रीष्टविरोधीहरू कुनै कुरा गर्छन् र भन्छन्, तब तिनीहरूको दृष्टिकोण र तिनीहरूले गर्ने सबै कुरा दियाबलस र दुष्ट आत्माहरूले गर्ने कुराभन्दा फरक हुँदैनन्। किन म कुनै भिन्‍नता हुँदैन भनेर भन्छु? उदाहरणका लागि, कसैलाई प्रचार गर्न र देखावटी गर्न निकै मन पर्छ, त्यसकारण ऊ सधैँ उसको प्रवचन सुन्ने मानिसहरू खोजिरहेको हुन्छ। मानिसहरूलाई उसको कुरा सुन्न मन नलागे पनि, ऊ प्रचार गर्छ; अरू मानिसले उसलाई यस्तो घृणा गर्दा, ऊ त्यो खुट्ट्याउन सक्दैन, र तिनीहरूलाई नियाल्ने प्रयास गर्दैन, अरूलाई के चाहिन्छ भनेर हेर्दैन, केवल आफूलाई सन्तुष्ट तुल्याउँछ। के यो लाजमर्दो कुरा होइन र? यो लाजमर्दो कुरा हो र उसमा समझ छैन। के यो समझको कमी र शैतान अनि दुष्ट आत्माहरूद्वारा नियन्त्रित व्यक्तिको जथाभाबी र स्वच्छन्द बोली र व्यवहारबीच कुनै भिन्‍नता छ? ऊ विक्षिप्त रूपमा नग्‍न भएर सडकमा दौडने मानसिक रोगीजस्तो नदेखिएला, तैपनि ऊ आफूले समझविना काम गर्छ भन्‍ने देख्‍न सक्छ। उसलाई केही दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्न, वा सुसमाचार प्रचार गर्न, वा कुनै कर्तव्य निभाउन लगाइँदा, ऊसँग सिद्धान्तहरू पटक्कै हुँदैनन् र ऊ मनलागी लापरवाही रूपमा मात्र कार्य गर्छ। कतिपय मानिसले २० वर्षदेखि सुसमाचार प्रचार गर्दै आएका हुन्छन् र एक जनालाई पनि प्राप्त गरेका हुँदैनन्, तैपनि तिनीहरू अगुवा बन्‍न चाहन्छन्। के त्यस्ता मानिसहरू छन्? हो, छन्। तिनीहरूमा कुनै सिद्धान्त हुँदैन, तिनीहरू आफूले गर्ने सबथोक गडबड गर्छ, तैपनि तिनीहरू अगुवा बन्‍न र अरू मानिसलाई नेतृत्व गर्न चाहन्छन्—निश्‍चित रूपमा यस्ता धेरै मानिस छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तिनीहरूले परमेश्‍वरका धेरै वचनहरू पढेका हुन्छन्, र तिनीहरूले धेरै प्रवचन सुनेका हुन्छन्, तर तिनीहरू कुनै सत्यता बुझ्दैनन्। त्यसोभए, तिनीहरूमा बुझाइ नहुनु केसँग सम्बन्धित छ? के कारण तिनीहरूले बुझेका छैनन्? के तिनीहरूमा क्षमता र बुझ्‍ने सामर्थ्यको एकदमै कमी भएकाले हो, कि तिनीहरूको चरित्र खराब भएकाले र तिनीहरूले सत्यतालाई प्रेम नगर्ने भएकाले हो? (यो तिनीहरूको सारसँग सम्बन्धित छ।) किन यो तिनीहरूको सारसँग सम्बन्धित छ? (तिनीहरूको सार दुष्ट भएकाले, तिनीहरू पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनन्, र परमेश्‍वर त्यस्ता मानिसहरूमा काम गर्नुहुन्न, त्यसकारण तिनीहरूले परमेश्‍वरका वचनहरू जसरी खाए पनि र पिए पनि, कहिल्यै सत्यता बुझ्नेछैनन्।) यो वस्तुगत कारण हो। वस्तुगत कारण अवश्य नै के हो भने पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न त्यसकारण तिनीहरूले निश्चित रूपमा कुनै कुरा बुझ्न सक्नेछैनन्—यो कुरा जोकोहीलाई लागू हुन्छ। व्यक्तिपरक कारण पनि छ, र त्यो के हो? (यस्ता मानिसहरू सत्यतालाई घृणा गर्छन्।) अनि सत्यतालाई घृणा गर्ने मानिसहरू सत्यतालाई के-के ठान्छन्? (आफ्नो विरोधी ठान्छन्।) तिनीहरू यसलाई आफ्नो विरोधी ठान्छन्; त्यो एउटा पक्ष हो। अरू के छ? के तिनीहरू सत्यताको व्यावहारिक पक्ष बुझ्न सक्छन्? कहिल्यै सक्दैनन्। यदि तिनीहरूले यो तहलाई समेत बुझ्न सक्दैनन् भने, लौ मलाई भन् त, के तिनीहरू सत्यता बुझ्न सक्छन्? कहिल्यै सक्दैनन्, तिनीहरू सत्यता बुझ्न सक्दैनन्। वस्तुगत कारण के हो भने त्यस्ता मानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनन्, र परमेश्‍वर तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्न। यसको व्यक्तिपरक कारण के हो भने तिनीहरू परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूप्रति वैरभाव राख्छन्, र तिनीहरूका हकमा कुनै पनि सकारात्मक कुरा सकारात्मक कुरा हुँदैन। त्यसोभए तिनीहरू हृदयमा कस्ता कुराहरूलाई सकारात्मक कुरा ठान्छन्? ती शैतानले वकालत गर्ने कुराहरू हुन्—ती सबै दुष्ट, खोक्रा, र अस्पष्ट कुरा हुन्। त्यसोभए, के सत्यतालाई घृणा गर्ने यी दुष्ट मानिसहरू सत्यता बुझ्न सक्छन्? तिनीहरूले त्यो स्वीकार नगर्ने हुनाले त्यसलाई कहिल्यै बुझ्न सक्दैनन्। अब मलाई भन् त, त्यस्ता मानिसहरूलाई सत्यतामा सङ्गति गर्नुको कुनै अर्थ हुन्छ? के तिनीहरू तैँले तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँदा सुन्न इच्छुक हुन सक्छन्? तिनीहरू सबै गैरविश्‍वासी र पिशाच हुन्, त्यसकारण कसरी तिनीहरू परमेश्‍वरको वचन सुन्न सक्छन् र? कतिपय मानिसहरूले यो मामला बुझ्न सक्दैनन् र भन्छन्, “मैले तिनीहरूलाई सत्यतामा सङ्गति गर्दा किन तिनीहरू बुझ्दैनन्? के तिनीहरू मानव होइनन्?” तँ अन्योलमा पर्छस् र तँ तिनीहरूलाई छर्लङ्ग बुझ्‍न सक्दैनस्। कतिपय मानिसका कुरा पटक्कै सुन्न सकिँदैन र तिनीहरूले गर्ने कुराहरू हास्यास्पद मात्र हुन्छन्—तिनीहरू गैरविश्‍वासी, भूत हुन्, र तिनीहरू समझहीन हुन्। मैले किन “समझहीन हुन्” भन्‍ने यी दुई शब्‍द भनेँ? तँलाई परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने विश्‍वास छ—के यी सकारात्मक कुरा होइनन् र? (हुन्।) अनि यी मानिसहरू के विश्‍वास गर्छन्? “के यसरी नै परमेश्‍वर सबै थोकमाथि सार्वभौमिकता राख्‍नुहुन्छ? उहाँ त्यति असाधारण हुनुहुन्‍न।” के तिनीहरू समझहीन छैनन् र? (छन्।) त्यस्ता मानिसहरूसँग कुराकानी गर्ने कुरै भएन; तिनीहरू फरक, पशु, समझहीन हुन्। पशुहरू सकारात्मक कुराहरू के हुन् वा सत्यता के हो भनेर कहिल्यै बुझ्दैनन्, त्यसकारण तिनीहरूसँग कुराकानी गर्ने कुरै आउँदैन। तैँले तिनीहरूसँग कुराकानी गर्न नसक्नु समस्या, वा तैँले परिश्रम गर्छस् कि गर्दैनस् वा तैँले कति मेहनत गर्छस् भन्‍ने कुराको समस्या होइन, तर त्यो तिनीहरूले बुझ्नै नसक्नु हो, त्यसकारण तिनीहरूलाई अरू के भन्‍नु छ र? यी मानिसहरूमा वास्तवमा के हुन्छ? तिनीहरूका हृदयमा इमानदारी, सोझोपन, र भलाइ हुँदैन, दुष्टता मात्रै हुन्छ, तिनीहरू दुष्टताले भरिएका हुन्छन्। यी मानिसहरू समझहीन र मुक्ति दिन नसकिने हुनुको कारण यही हो।

छलीपन र धुर्त्याइँलाई दुष्ट स्वभावसँग तुलना गर्दा, तिनीहरूको हद तुलनात्मक रूपमा हल्का र सतही हुन्छ। यदि हद सतही छ भने, किन मैले यहाँ तीबारे उल्लेख गर्नु? ख्रीष्टविरोधीहरू छली, व्याख्या गर्न नसकिने, र अस्पष्ट तरिकाले काम गर्छन् र बोल्छन्, जसले गर्दा अरूलाई आफू धूर्त र छली छ भन्ने लाग्छ, अनि साधारण मानिसहरूले यस मामलाको सत्यता बुझ्‍न सक्दैनन्। तिनीहरू छली तरिकाले काम गर्छन् र बोल्छन् अनि निष्कपट, इमानदार, अनि सत्यता पछ्याउने मानिसहरूसँग मिल्न सक्दैनन्। बरु, तिनीहरू त्यस्ता मानिसहरूलाई खेलाउँछन् र प्रयोग गर्छन्। यी मानिसहरूलाई पटक्‍कै थाहा नभई ख्रीष्टविरोधीहरूले तिनीहरूलाई खेलाउँछन् र ठग्छन्, अनि प्रयोगसमेत गर्छन्। अवश्य नै, ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने यो व्यवहार र यी विधिहरू मानिसहरूका लागि त्यति हानिकारक हुँदैनन्। मानिसहरूलाई एकदमै धेरै हानि गर्ने कुरा के हो? त्यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव हो, र यो दुष्ट स्वभावबाट पैदा हुने मानिसहरूलाई भ्रममा पार्ने, नियन्त्रण गर्ने, र दमन गर्ने कार्य अझै गम्भीर हुन्छ। ख्रीष्टविरोधीहरूमा तिनीहरूले आफ्नो कार्यका सन्दर्भमा अरूलाई बताउन नसक्ने उत्प्रेरणा र अभिप्राय सधैँ हुन्छ। तिनीहरूले कहिल्यै पनि कारणविना कुनै कुरा समर्पित गर्ने वा अर्पण गर्दैनन्, न त कारण वा क्षतिपूर्तिविना कसैका लागि वा परमेश्‍वरको घरका लागि कुनै कुरा नै गर्छन्। तिनीहरूको हरेक व्यवहार र शब्‍दपछाडि एउटा उत्प्रेरणा, एउटा अभिप्राय हुन्छ, अनि तिनीहरूको अभिप्राय र उत्प्रेरणा उदाङ्गो हुनेबित्तिकै, वा तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाहरू बरबाद हुँदा, तिनीहरू पछि हट्ने मौका खोज्छन्। तिनीहरू हृदयमा सोच्छन्, “मैले कुनै कारणविना आफूलाई समर्पण गर्नु वा खर्चनु त्यति सार्थक हुँदैन, त्यो मलाई उपयोगी हुँदैन। परमेश्‍वरमा विश्‍वास गरेर केही कुरा प्राप्त गर्नुपर्छ। यदि कसैले इनाम नमागी परमेश्‍वरका लागि आफूलाई समर्पित गर्छ भने, त्यो मूर्खता हो।” तिनीहरूको तर्क यस्तो हुन्छ: “सित्तैमा केही पनि पाइँदैन।” तिनीहरू विवेक र समझ, व्यवहार, अनि सामान्य मानिसहरूमा हुनुपर्ने र तिनीहरूले गर्ने असल कार्यहरूलाई मूर्ख र बेकुफीका रूपमा निर्धारित गर्छन्। के यो दुष्टता होइन र? (हो।) यो अत्यन्तै दुष्टता हो। उदाहरणका लागि, परमेश्‍वरको घरले आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनका लागि केही कार्य प्रबन्ध र केही हेरचाह गर्छ, तर ख्रीष्टविरोधीहरू तिनीहरूलाई आन्तरिक रूपमा बाधा दिन्छन्। तिनीहरूलाई बाधा दिनुको पछाडि ख्रीष्टविरोधीको उद्देश्य के हुन्छ? यदि कार्य प्रबन्ध ख्रीष्टविरोधीबाट आएको हो भने, र यो थाहा पाएपछि दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कृतज्ञताको ऋण लागेको महसुस भएमा, ख्रीष्टविरोधीले नेतृत्व लिन्छ। यदि दाजुभाइ-दिदीबहिनीहरूलाई कसले कार्य प्रबन्ध गरेको हो भन्‍ने थाहा छैन र त्यो परमेश्‍वरको घरले गरेको हो भन्‍ने लाग्छ, र तिनीहरू परमेश्‍वरलाई धन्यवाद दिन्छन् भने, के ख्रीष्टविरोधीले यो कुरा मान्नेछ? अवश्य नै मान्नेछैन। कार्य प्रबन्धहरू ख्रीष्टविरोधीका हातमै अड्किनेछ र कार्यान्वयन हुनेछैनन्। परमेश्‍वरको घरले यी कार्य प्रबन्धहरू जारी गर्नु दाजुभाइ-दिदीबहिनीहरूका लागि फाइदाजनक हुन्छ, र सुसमाचारको काम अझै राम्रोसँग विस्तार हुनेछ; यो परमेश्‍वरको कामसँग सम्बन्धित ठूलो कुरा हो, त्यसकारण अगुवाका रूपमा काम गर्नेहरूले कसरी यसमा सहकार्य गर्नुपर्छ? तिनीहरूले राम्ररी सहकार्य गर्न र काम लागू गर्न सक्दो गर्नुपर्छ। तैपनि, कतिपय ख्रीष्टविरोधी यसलाई भित्रबाट बाधा दिन्छन् र दुई वर्षसम्म काम लागू गर्दैनन्। यसको कारण के हो? यो त शैतानले बाधा र व्यवधान पैदा गर्नु हो। कतिपय मण्डली ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले बाधा र नियन्त्रणमा पर्छन्, अनि आफ्नो कर्तव्य पूरा गर्ने दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह हुँदैन। यसले गर्दा ख्रीष्टविरोधीहरू खुसी हुन्छन्, र तिनीहरू हृदयमा सोच्छन्, “त्यस्तो सुन्दर कुरा र त्यस्ता धेरै फाइदाहरू प्राप्त गर्नु नै मलाई पर्याप्त छ। कसरी सबै दाजुभाइ-दिदीबहिनीहरू लाभार्थी हुन सक्छन्?” दाजुभाइ-दिदीबहिनीहरूले फाइदा पाउनुले कसरी ख्रीष्ट-विरोधीहरूलाई कुनै तरिकामा असर गर्छ र? त्यसले तिनीहरूलाई पटक्‍कै असर गर्दैन। तिनीहरूलाई फाइदा हुन्छ, सबैलाई फाइदा हुन्छ, र त्यो राम्रो कुरा हो! समग्र परिस्थितिबारे विचार गर्: तैँले यसलाई बाधा दिनु हुँदैन, न त यसलाई रोक्नु नै हुन्छ, तर त्यो खुसीसाथ लागू गर्नुपर्छ। के त्यो सामान्य कुरा होइन र? (हो।) व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य यही हो, र यो तेरो जिम्मेवारी हो। एउटा पक्ष यसमा तेरो एक पैसा नलाग्नु हो भने अर्को पक्ष यो हो: के सबैले सुसमाचारको काम विस्तार होस् भन्‍ने चाहँदैनन् र? (चाहन्छौँ।) जब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको अनुग्रह पाएको देख्छन्, तब के तिनीहरू डाहा गर्छन्? तिनीहरूलाई केको डाहा लाग्छ? के ख्रीष्ट-विरोधीहरू पिशाच होइनन् र? त्यसोभए, किन ख्रीष्ट-विरोधीहरू काम लागू गर्दैनन्? किनभने तिनीहरूले डाहा गर्छन्। के तिनीहरू काम लागू गर्दा सुसमाचारको काम विस्तारका लागि फाइदाजनक हुन्छ भनेर विचार गर्छन्? (अहँ, गर्दैनन्।) के यसले तिनीहरूका हितमा असर गर्छ? यसको तिनीहरूसँग के सम्बन्ध छ? यसको तिनीहरूसँग कुनै सम्बन्ध छैन, तैपनि तिनीहरू यसलाई लागू गर्दैनन्, र यो नै तिनीहरू दुष्ट हुनु हो। तिनीहरू जिउँदा दियाबलस हुन् र तिनीहरूले श्राप पाउनुपर्छ! परमेश्‍वरको घरको काम र आफ्नो कर्तव्य निर्वाह गर्ने धेरै मानिससँग सम्बन्धित यस्तो मामलामा, तिनीहरू पटक्कै परिणामहरू विचार गर्दैनन्। यदि तिनीहरूमा अलिकति पनि असल अभिप्राय हुने हो भने, तिनीहरूले यस्तो काम गर्न सक्नेथिएनन्। किन तिनीहरू यस्तो काम गर्छन्? यो खराबीपन हो, र यो दुष्टता हो। के तिमीहरू त्यस्ता कुराहरू गर्छौ? यदि तिमीहरूले त्यस्ता कुराहरू गर्न सक्छौ भने, ख्रीष्टविरोधीहरूभन्दा फरक छैनौ, र जिउँदा दियाबलस पनि हौ। तिमीहरूले यस्ता कुराहरू गर्नै हुँदैन! कतिपय ख्रीष्टविरोधीले प्रायजसो मण्डलीका काममा बाधा दिने, मण्डलीमा भाँडभैलो मच्चाउने दुष्ट मानिसहरू मण्डलीमा छन् भनेर पनि देख्छन्, तर त्यसलाई बेवास्ता गर्छन्। तिनीहरूलाई त्यस्ता मानिसहरूलाई सम्हाल्न लगाइँदा, तिनीहरू आपत्ति जनाउँछन् र ती सम्हाल्न थाती राख्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको हितलाई ध्यान दिँदैनन्; तिनीहरू आफ्नो प्रतिष्ठामा आँच नआओस् भनेर मात्रै विचार गर्छन्, त्यति हो। तिनीहरू सोच्छन्, “मलाई अगुवा बनाइएको हुनाले अन्तिम निर्णय मैले नै गर्नुपर्छ। मसँग पूर्ण शक्ति र अख्तियार छ। तिमी जसलाई निष्कासन गर भन्छौ मैले उसलाई निष्कासन गरेँ भने, त्यसले म पूर्ण रूपमा शक्तिहीन भएको देखाउनेछ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई यी मानिसहरू मेरो रेखदेख र मातहतमा छन् भन्‍ने कुरा थाहा भएको सुनिश्चित गर्नैपर्छ।” तिनीहरू कसलाई प्रतिरोध गरिरहेका हुन्छन्? (परमेश्‍वरलाई।) के परमेश्‍वरको प्रतिरोध गर्नु दुष्ट हुनु होइन र? यो दुष्टपन हो। मानव के हो तँलाई थाहा छ? परमेश्‍वरले तँलाई सास दिनुभएको छ, र यदि तँलाई त्यस्तो महत्त्वपूर्ण कुरा थाहा छैन भने, के तँ मूर्ख बन्दैनस् र? परमेश्‍वर कुनै पनि बेला तेरो जीवन समाप्त गर्न सक्नुहुन्छ, तैपनि तँ एकदमै परमेश्‍वरका विरुद्धमा जान्छस्—यो दुष्टता हो, र तँ जिउँदो दियाबलस होस्! त्यसकारण, एउटा पक्ष के हो भने तिमीहरूले सत्यता पछ्याउनैपर्छ र ख्रीष्टविरोधीको मार्ग पछ्याउनै हुँदैन; यसबाहेक, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई कसरी चिन्‍ने भनेर जान्नैपर्छ। यदि तैँले कुनै ख्रीष्टविरोधीलाई भेटिस् भने, उसलाई नजिकबाट नियाल्नुपर्छ, र उसले खराब काम गर्न लागेका देखिस् भने, तुरुन्तै उसलाई रोक्, अनि उसलाई खुलासा गर्न, विश्लेषण गर्न, इन्कार गर्न, र हटाउन दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्। मैले भर्खरै मण्डलीका धेरै जना विश्वासी दाजुभाइ-दिदीबहिनीहरू झूटो अगुवालाई हटाउन एकसाथ मिलेका छन् भन्‍ने सुनेँ। म के भन्छु भने यी जवानहरूले प्रगति गरेका छन्, तिनीहरू शैतानी दर्शनअनुसार जिउँदैनन्, तिनीहरू सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन्, अनि तिनीहरू धेरैजसो मानिसभन्दा निकै असल छन्। धेरैजसो मानिसमा सांसारिक व्यवहारका लागि दर्शनहरू हुन्छन्, तिनीहरू शैतानद्वारा गहन रूपमा विषाक्त पारिएका हुन्छन्, र तिनीहरूले शैतानको प्रभावलाई अझै हटाएका हुँदैनन्। झूटा अगुवालाई हटाउन सक्नुले व्यक्तिले केही सत्यता बुझ्छ र परमेश्‍वरको घरको कामलाई रक्षा गर्न सक्छ भन्‍ने कुरा देखाउँछ—यो राम्रो कुरा हो। यसले के देखाउँछ भने व्यक्ति जीवनमा परिपक्‍व भएको छ र उसले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ।

हामीले आज ख्रीष्टविरोधीको दुष्टपन, धूर्तपन, र छलीपनको सारका पक्षहरू, साथै उसका विभिन्‍न सबै प्रकटीकरणबारे सङ्गति र तिनको खुलासा गरेर, ख्रीष्टविरोधीहरू जन्मजातै परमेश्‍वरविरोधी हुन् भन्‍ने देख्यौँ। कतिपय मानिस भन्छन्, “ममा ख्रीष्टविरोधीको स्वभाव भए पनि, ख्रीष्टविरोधीको प्रकृति सार छैन, र म कहिल्यै पनि ख्रीष्टविरोधी बन्‍नेछैनँ।” तँलाई यो मनोवृत्ति बारे के लाग्छ? तँमा ख्रीष्टविरोधीको सार नभए पनि, अझै पनि ख्रीष्टविरोधीका यी प्रकटीकरण र प्रकाशहरू छन्, तँ ख्रीष्टविरोधीजस्तै जिउँछस्, र तँमा ख्रीष्टविरोधीको स्वभाव छ, त्यसकारण तँ ख्रीष्टविरोधीको मार्ग पछ्याउने खतरामा छस्। हैसियत, प्रभाव, र पूँजी पाइस् भने, कुनै पनि बेला तँ ख्रीष्टविरोधी बन्‍नेछस्, र त्यो वास्तविकता हो। यसो भन्‍नुको मेरो अभिप्राय के हो? म यो तिमीहरूलाई चेतावनी दिन र एउटा तथ्य बताउन भन्छु: कसैले ख्रीष्टविरोधीको मार्ग पछ्याउन थालेपछि, त्यसमा दुईवटा सम्भावना हुन्छन्। एउटा हो, तैँले यसलाई समयमै पत्ता लगाउनेछस्, दिशा परिवर्तन गर्नेछस्, आत्मचिन्तन गर्नेछस्, पश्चात्ताप गर्नेछस्, अनि परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्‍ने बन्नेछस्। यो नै सबैभन्दा राम्रो सम्भावना हो, र तैँले मुक्ति पाउने आशा पाउनेछस्। तैपनि, यदि तैँले सत्यताको मार्ग पछ्याउन सक्दैनस् भने, धेरै दुष्टता गरेपछि र तँ ख्रीष्टविरोधी ठहरिएपछि, परिणामहरू अशोचनीय हुन्छन्। बुझिस्? (बुझेँ।) तैँले बुझ्नु राम्रो हो। मैले यसो भन्‍नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने, यदि तँमा ख्रीष्टविरोधीका प्रकटीकरणहरू छन् भने, अझै पनि परिवर्तन हुने ठाउँ र पश्चात्ताप गर्ने मौका छ, तर तँ ख्रीष्टविरोधी बनेपछि, खतरामा हुन्छस्। त्यसकारण, जब तैँले आफूमा ख्रीष्टविरोधीका प्रकटीकरणहरू छन् भन्‍ने पत्ता लगाउँछस्, तब आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ, सत्यताको खोजी गर्नुपर्छ र यो समस्या समाधान गर्नुपर्छ; यस मामिलालाई हल्का रूपमा नले। नत्र, तैँले शक्ति र अवसर पाएपछि लापरवाही रूपमा दुष्ट कार्यहरू गर्नेछस् र मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउनेछस्। तैँले परिणामहरू सहन सक्‍नेछैनस्, र यसले तेरो परिणाम र गन्तव्यमा असर गर्ने धेरै सम्भावना हुन्छ।

आज हामीले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव र साधारण मानिसहरूको दुष्ट स्वभाव बीचको आधारभूत भिन्‍नतालाई स्पष्ट रूपमा व्याख्या गरेका छौँ। के तिमीहरूले अहिले बुझ्यौ? भ्रष्ट मानवजाति सबैमा दुष्ट स्वभाव हुन्छ, र तिनीहरू सबैमा दुष्ट स्वभावका प्रकाश र प्रकटीकरणहरू हुन्छन्। तैपनि, साधारण मानिसहरूको दुष्ट स्वभाव र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव फरक हुन्। साधारण मानिसहरूमा दुष्ट स्वभाव भए पनि, तिनीहरू हृदयमा सत्यताको तृष्णा गर्छन् र सत्यतालाई प्रेम गर्छन्, अनि परमेश्‍वरमाथिका विश्‍वासमा र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यतालाई स्वीकार गर्न सक्छन्। तिनीहरूले अभ्यास गर्न सक्‍ने सत्यता सीमित भए पनि, केही सत्यता अभ्यास गर्न सक्छन्, त्यसकारण तिनीहरूको भ्रष्ट स्वभाव क्रमिक रूपमा शुद्ध हुन र साँच्चै परिवर्तन हुन सक्छ, र अन्तमा तिनीहरू आधारभूत रूपमा परमेश्‍वरमा समर्पित हुन र मुक्ति प्राप्त गर्न सक्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्, कहिल्यै सत्यता स्वीकार गर्दैनन्, र यसलाई कहिल्यै अभ्यास गर्दैनन्। तिमीहरूले मैले यहाँ भन्ने कुराअनुसार अवलोकन गर्ने र छुट्ट्याउने प्रयास गर्नुपर्छ; चाहे मण्डली अगुवा वा सेवक होस्, वा साधारण दाजुभाइ वा दिदीबहिनी, उनीहरूले आफूले बुझ्न सक्‍ने कुराको दायराभित्र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्न हेर। उदाहरणका लागि, मानौँ कसैले सत्यता सिद्धान्त बुझ्छ, तर यसलाई अभ्यास गर्ने बेला, ऊ यसलाई पटक्‍कै अभ्यास गर्दैन, र आफूलाई जे मन लाग्यो त्यही गर्छ र स्वच्छन्द रूपले काम गर्छ—यो दुष्टपन हो र त्यस्तो व्यक्तिलाई मुक्ति दिन गाह्रो हुन्छ। कतिपय मानिस सत्यता एकदमै बुझ्दैनन्, तर तिनीहरू हृदयमा परमेश्‍वरका अभिप्राय र सत्यता अनुरूप ठ्याक्कै के गर्ने भनी खोजी गर्न चाहन्छन्। तिनीहरू भित्री हृदयमा, सत्यता विरुद्ध जान चाहँदैनन्। तिनीहरू आफूले सत्यता नबुझ्ने भएकाले मात्रै सिद्धान्त उल्लङ्घन गरेर बोल्छन् र व्यवहार गर्छन्, गल्तीहरू गर्छन्, अनि अवरोध र बाधा पुऱ्याउने कुराहरूसमेत गर्छन्—यसको प्रकृति के हो? यसको प्रकृति दुष्कर्म गर्नुसँग सम्बन्धित छैन; यो मूर्खता र अज्ञानताद्वारा आएको हुन्छ। तिनीहरू यी कुराहरू पूर्णतया सत्यता नबुझेकाले, तिनीहरूले सत्यता सिद्धान्तहरू प्राप्त गर्न नसक्‍ने हुनाले, र तिनीहरूले आफ्ना धारणा र कल्पनाअनुसार ती कुराहरू गर्नु सही हो भनी सोच्ने हुनाले, त्यस्तो व्यवहार गर्छन्, त्यसकारण परमेश्‍वर तिनीहरूलाई मूर्ख र अज्ञानी, क्षमताको कमी भएका मानिसहरूका रूपमा निर्धारित गर्नुहुन्छ; तिनीहरूले सत्यता बुझेर जानाजानी यस विरुद्ध जाने होइन। सधैँ आफ्ना धारणा र कल्पनाअनुसार काम गर्ने र सत्यता नबुझ्ने हुनाले प्रायजसो परमेश्‍वरको घरका काममा अवरोध पुऱ्याउने अगुवा र सेवकहरूका हकमा भन्दा, तैँले सुपरिवेक्षण र प्रतिबन्धहरू लागू गर्ने अभ्यास गर्नुपर्छ, अनि समस्याहरू समाधान गर्न सत्यतामा अझ धेरै सङ्गति गर्ने अभ्यास गर्नुपर्छ। यदि कसैको क्षमता अत्यन्तै कम छ र ऊ सत्यता सिद्धान्तहरू बुझ्न सक्दैन भने, उसलाई झूटो अगुवाका रूपमा बर्खास्त गर्ने समय भएको छ। यदि उसले सत्यता बुझे पनि जानाजानी सत्यता विरुद्ध जान्छ भने, उसलाई काटछाँट गर्नैपर्छ। यदि ऊ सधैँ सत्यता स्विकार्न नसक्‍ने भइरहन्छ र कुनै पश्चात्ताप व्यक्त देखाउँदैन भने, उसलाई दुष्ट व्यक्तिका रूपमा सम्हालिनुपर्छ, र हटाउनुपर्छ। तैपनि, ख्रीष्टविरोधीहरूको प्रकृति दुष्ट मानिसहरू वा झूटा अगुवाहरूको भन्दा अझ गम्भीर हुन्छ, किनभने ख्रीष्टविरोधीहरू जानाजानी मण्डलीका काममा बाधा दिन्छन्। तिनीहरूले सत्यता बुझे पनि, अभ्यास गर्दैनन्, कसैको कुरा सुन्दैनन्, र सुने पनि आफूले सुनेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूले बाहिरी रूपमा त्यो स्वीकार गरेको जस्तो देखिए पनि, भित्र हृदयमा भने यसको विरोध गर्छन्, र काम गर्ने बेला, परमेश्‍वरको घरका हितहरूलाई पटक्‍कै ध्यान नदिई अझै पनि आफ्नै हितअनुसार काम गर्छन्। तिनीहरू अरूका बीचमा हुँदा, केही मानव शब्द बोल्छन् र केही मानव स्वरूप धारण गर्छन्, तर तिनीहरूले मानिसहरूको पिठ्यूँपछाडि काम गर्दा, तिनीहरूको दुष्ट प्रकृति देखा पर्छ—यिनीहरू ख्रीष्टविरोधी हुन्। कतिपय मानिसले हैसियत प्राप्त गरेपछि सबै किसिमका दुष्टता गर्छन् र तिनीहरू ख्रीष्टविरोधी बन्छन्। कतिपय मानिसको कुनै हैसियत हुँदैन, तैपनि तिनीहरूको प्रकृति सार ख्रीष्टविरोधीहरूको जस्तै हुन्छ—के तँ तिनीहरू असल मानिस हुन् भनेर भन्‍न सक्छस्? तिनीहरूले हैसियत पाउनेबित्तिकै, सबै किसिमका दुष्टता गर्छन्—तिनीहरू ख्रीष्टविरोधी हुन्।

के तिमीहरूमध्ये कसैले आफू बढ्दै गरेको ख्रीष्टविरोधी हो भनी थाहा पाएका र हैसियत प्राप्त गरेपछि आफू ख्रीष्टविरोधी बन्‍ने शत प्रतिशत पक्का छ भनी महसुस गरेका छौ? यदि त्यस्तो हो भने, अरूले तँलाई अगुवा छनौट गर्दा, तैँले तिनीहरूलाई तँलाई छनौट गर्न पटक्‍कै दिनु हुँदैन र यसो भन्‍नुपर्छ, “म यसबाट अलग बस्छु। कृपया मलाई छनौट नगर्नुहोस्। गर्नुभयो भने, म त बरबाद हुनेछु।” आत्म-चेतना हुनु भनेको यही हो। हैसियत नहुनु नै तेरो सुरक्षा हो। साधारण अनुयायीका रूपमा, तैँले ठूलो दुष्टता गर्ने मौका कहिल्यै नपाउन सक्छस् र दण्ड पाइने सम्भावना शून्य हुन सक्छ। तथापि, तैँले हैसियत प्राप्त गर्नेबित्तिकै, तैँले दुष्टता गर्ने सम्भावना सय प्रतिशत पक्का हुन्छ, तैँले दण्ड पाउने सम्भावना पनि त्यति नै हुन्छ, त्यसपछि त तँ बरबाद हुन्छस्, अनि तैँले मुक्ति प्राप्त गर्ने कुनै पनि मौका पूर्ण रूपमा नष्ट गरेको हुनेछस्। यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् भने, तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, परमेश्‍वरमा भर पर्नुपर्छ र आत्म-संयम अभ्यास गर्नुपर्छ, र आफ्नो पदमा रमाउने नगर्, त्यसपछि तैँले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍नेछस्। यदि तँ सधैँ आधिकारिक पदहरूमा ध्यान दिन्छस् र आफ्नो पदमा रमाउँछस्, अनि आफ्नो कर्तव्य निर्वाहमा ध्यान दिँदैनस् भने, तँ ठग होस् र तँलाई हटाउनुपर्छ। तैँले कर्तव्य स्वीकार गर्छस्, पदमा ध्यान नदे; तैँले केवल आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ—मामिलाहरू राम्ररी सम्हाल्नु अरू कुनै पनि कुराभन्दा धेरै वास्तविक हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस् भने, के तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याएको हुँदैनस् र? जहाँसम्म तिमीहरूको कुरा छ, तिमीहरू दुष्टता गर्नबाट जोगिन सक्‍ने अन्तिम तरिका यही हो। तिमीहरूलाई सधैँ प्रतिबन्धित गरेर हैसियत प्राप्त गर्न नदिनु राम्रो कुरा हो कि नराम्रो कुरा? (यो राम्रो कुरा हो।) त्यसोभए किन कतिपय मानिस अझै पनि निर्वाचनको बेला हैसियतका लागि प्रतिस्पर्धा गर्न यति धेरै प्रयास गर्छन्? त्यस्ता मानिसहरूमा अति धेरै महत्त्वाकाङ्क्षा हुन्छ। मानिसहरूमा अति धेरै महत्त्वाकाङ्क्षा हुनु सामान्य कुरा होइन—तिनीहरू दुष्ट बनिरहेका हुन्छन्। धेरै जवान दिदीबहिनी छन्, ती सबै बीसका दशकमा छन्, जो आधिकारिक पद प्राप्त गर्न चाहन्छन् र हैसियतलाई एकदमै धेरै प्रेम गर्छन्। यदि तिनीहरूलाई अगुवाका रूपमा छनौट गरिएन भने, तिनीहरू ठुस्स पर्छन् र खान छोड्छन्। तिनीहरू अलि बचकना देखिए पनि, तिनीहरूको सङ्कल्पलाई हेर्दा, तिनीहरू छिप्पिँदै जाँदा अवस्था अत्यन्तै गम्भीर बन्छ, र तिनीहरू पोख्त बन्छन्, होइन र? कतिपय महिलाले एक समय कुनै महिला सम्राट बनेको सुन्छन् र तिनीहरूलाई अत्यन्तै डाह लाग्छ, र तिनीहरू त्यो महिला बन्‍न सक्ने इच्छा गर्छन्। तिनीहरू साधारण हुन चाहँदैनन्, र परमेश्‍वरमाथिको आफ्ना विश्‍वासमा साधारण अनुयायी मात्र हुन चाहँदैनन्। तिनीहरूका हृदयमा चाहनाहरू निरन्तर बढ्छन्, र तिनीहरू आफूलाई देखाउने मौका पाउनेबित्तिकै त्यो लिइहाल्छन्। तिनीहरूले केही कुरा गर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने, र दृढ भई केही जिम्मेवारीहरू पूरा गर्ने, आफ्नो हृदय सत्यता पछ्याइमा लगाउने मात्र गर्दैनन्। यदि तिनीहरूले त्यसो गरेका भए कति राम्रो हुनेथियो! तैपनि, यस्तो जीवनले तिनीहरूलाई सन्तुष्ट पार्न सक्दैन, र तिनीहरू यस्तो खल्‍लो जीवन जिउन चाहँदैनन्—यो तिनीहरूका लागि समस्याको कुरा हो। के तिमीहरूमध्ये कोही यस्ता छौ? उदाहरणका लागि, स्वच्छन्द यौन सम्बन्ध मन पराउने कुनै महिलालाई लिऊँ; उसका श्रीमानले उसलाई जति नै राम्रो व्यवहार गरे पनि वा तिनीसँग जति नै धेरै पैसा भए पनि, तिनले कहिल्यै उसको मन जित्न सक्दैनन्। कतिपय महिलाका धेरै छोराछोरी हुन्छन् र पनि तिनीहरू जथाभाबी पुरुषहरूलाई लोभ्याउने प्रयास गर्छन्, र कुनै पनि पुरुषले तिनीहरूको निगरानी गर्न सक्दैन—यो त दुष्ट हुनु हो। यो दुष्ट ऊर्जा कहाँबाट आउँछ? (यो तिनीहरूको प्रकृतिबाट आउँछ।) अनि तिनीहरूको प्रकृति कसरी आउँछ? तिनीहरूभित्र अशुद्ध आत्माहरू बस्छन्, र तिनीहरू अशुद्ध आत्माहरूको अवतार हुन्। आत्मिक क्षेत्रका मामलाहरू जटिल भए पनि, ती जति नै जटिल भए पनि, सत्यता बुझियो र यी मामलाहरूलाई परमेश्‍वरको वचनअनुसार हेर्न सकियो भने, समझशक्ति प्राप्त हुन सक्छ, र यसलाई आत्मिक क्षेत्रमा सीधै छिर्नु भनिन्छ। जब तँ सत्यता बुझ्छस्, तब कामकुरालाई ध्यान दिएर र सही तरिकामा हेर्न सक्छस्, तेरो सोचाइ पनि चुस्त र स्पष्ट बन्छ, अनि तेरो हृदय उज्यालो हुन्छ। यदि तैँले सत्यता बुझिनस् भने, तेरो हृदय सधैँ भ्रमित हुनेछ, तँलाई आफूले के गरिरहेको छ भनेर हृदयमा केही थाहा हुनेछैन, र तँ कुनै पनि तरिकामा डराउने मूर्खजस्तै हुनेछस्। यदि तँ अझ धेरै आफूलाई प्रदर्शन गरिस् भने आफ्‍नो प्रदर्शन गरिरहेको छु भन्‍ने तँलाई डर लाग्‍नेछ, र यदि आफ्नो जिम्मेवारी पूरा गर्दैनस् भने, आफ्नो जिम्मेवारी पूरा गरिरहेको छैनँ भन्‍ने तँलाई डर लाग्‍नेछ; तँ सधैँ यस्तो स्थितिमा हुनेछस्। किनभने तँमा सत्यताको अत्यन्तै थोरै बुझाइ हुन्छ। सत्यताको अत्यन्तै थोरै बुझाइ हुने व्यक्तिको पहिलो प्रकटीकरण के हो? तिनीहरू नीच र व्यर्थको जीवन जिउँछन्। ख्रीष्टविरोधीहरूले खेलाउने, धम्काउने, र दुःख दिने गरेपछि होस खुलेको दिन, तिनीहरूले आफू कसरी ख्रीष्टविरोधीहरूको पछि दौडने, कसरी आफूले तिनीहरूको सेवा गर्ने र तिनीहरूका लागि काम गर्ने गर्थे र पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरलाई प्रेम गर्छन् र तिनीहरू उहाँप्रति निष्ठावान छन् भनेर भन्‍ने गर्थ्यो भनी महसुस गर्छन्। अहिले मात्रै तिनीहरू आफूले यी सबै शब्दहरू गलत रूपमा प्रयोग गरेको रहेछ भन्‍ने कुरा देख्छन्। के यो एकदमै व्यर्थ कुरा होइन र? (हो।) यो किन व्यर्थ हो? यो त तिनीहरूले सत्यता नबुझेकाले भएको हो र तिनीहरू आफू जे कुराको योग्य छन् त्यही पाउँछन्! यदि तैँले सत्यता बुझिस् भने, ख्रीष्टविरोधीहरूलाई चिन्‍न र छर्लङ्गै बुझ्न सक्छस्, त्यसपछि तिनीहरूलाई खुलासा गर्न र हटाउन सक्छस्। के त्यसपछि तँ तिनीहरूको बहकाउमा परेर तिनीहरूलाई पछ्याइरहनेछस् र? अवश्य नै छैनस्। त्यसबाहेक, तैँले धेरै प्रवचन सुनेको छस्, परमेश्‍वरको घरले तँलाई धेरै वर्षदेखि मलजल र वृद्धि गरेको छ, त्यसकारण यदि तँ कुनै सत्यता बुझ्दैनस्, ख्रीष्टविरोधीहरूलाई चिन्‍न सक्दैनस् र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू समेत पूरा गर्दैनस्, र ख्रीष्टविरोधीहरूको पछि लागेर तिनीहरूको सहकर्मी बन्छस् भने, के त्यसले तँलाई निकम्मा बनाउँदैन र? के यस्ता मानिसहरू दयनीय हुँदैनन् र? यदि तँ नामका लागि मात्र परमेश्‍वरलाई पछ्याउँछस् तैपनि ख्रीष्टविरोधीहरूद्वारा बहकिन्छस् र तानिन्छस्, धेरै वर्षसम्म ख्रीष्टविरोधीको मार्ग पछ्याउँछस्, अनि फर्कन चाहन्छस् तर तँमा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको सामना गर्ने साहस छैन भने, के त्यो जिउने व्यर्थको तरिका होइन र? तँ जति नै व्याकुल बने पनि, त्यो व्यर्थ हो। तैँले सत्यता नबुझ्नु कसको गल्ती हो? तैँले कसैलाई होइन तर आफूलाई दोष दिनुपर्छ।

हामीले ख्रीष्टविरोधीहरूका सातवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका छौँ। हामीले हरेक व्यक्तिबारे कुरा गरेका विस्तृत प्रकटीकरणहरू, हामीले विश्लेषण गरेका सारहरू, साथै हामीले कुरा गरेका विभिन्‍न परिस्थितिहरूका हकमा भन्दा, यीमध्ये कुनै पनि कुरा मनगढन्ते होइनन्, तर ती राम्ररी स्थापित भएका र तथ्यहरूमा आधारित हुन्। तैपनि एउटा कुरा छ: यदि तिमीहरूले यी कुरा सुनिसकेपछि वास्तविक कुराहरू आइपर्दा तिनलाई तुलना गर्नै सकेनौ भने, यसले के देखाउँछ? सर्वप्रथम, यसले तँमा आत्मिक बुझाइको कमी छ भन्‍ने देखाउँछ, र तँमा कहिलेकाहीँ केही आत्मिक बुझाइ भए पनि, त्यो पूर्ण आत्मिक बुझाइ नभई आधा बुझाइ मात्रै हुनेछ; दोस्रो, यसले तँ सत्यतालाई प्रेम गर्दैनस् र सत्यतालाई गम्भीरतापूर्वक लिँदैनस् भन्‍ने देखाउँछ; तेस्रो, यसले तँमा क्षमताको धेरै कमी छ र तँमा बुझ्‍ने क्षमताको पूर्ण कमी छ भन्‍ने देखाउँछ। मैले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने धेरै कुरा भनेको छु, तर तैँले त्यो कुनै पनि बुझेको छैनस्। तँलाई त्यति बेला त्यो कुरा बुझेको छु भन्‍ने लाग्ला, तर पछि यो अस्पष्ट हुन्छ, र यसले तैँले अझै पनि त्यो बुझेको छैनस् भन्‍ने देखाउँछ। किन बुझ्दैनस्? के यसको बुझाइसँग कुनै सम्बन्ध छ? मैले यस स्तरमा कुराहरू व्याख्या गरेर पनि तैँले अझै बुझेको छैनस्, यसको अर्थ तँमा बुझ्ने क्षमताको धेरै कमी छ र तँमा सत्यता बुझ्ने क्षमता पटक्कै छैन। के मैले भनेको कुरा सही हो? कुरा त्यस्तै हो। तिमीहरूमध्ये कतिपय मानिसले १०-२० वर्षदेखि प्रवचनहरू सुन्दै आएका छन् र पनि तिमीहरू अझै सत्यता बुझ्दैनौ। हामीले यसलाई कसरी व्याख्या गर्ने? त्यसमा दुईवटा मात्र सम्भावना छन्: एउटा हो, तँमा आत्मिक बुझाइ छैन, तँमा क्षमताको कमी छ, र तँमा सत्यता बुझ्न सक्‍ने क्षमता छैन; अर्को हो, तँमा आत्मिक बुझाइ भए पनि, तँ सत्यतालाई प्रेम गर्दैनस् र सत्यताप्रति चासो राख्दैनस्। यदि यी दुई सम्भाव्य कुरामध्ये कुनै एउटा तँमा लागू हुन्छ भने, तँ सत्यता बुझ्न सक्दैनस्। यदि तँमा यी दुवै सम्भावना लागू हुन्छन् भने, तैँले मुक्ति पाउँदैनस्, र यो आशाहीन कुरा हो। यदि मैले सङ्गति गरिसकेपछि पनि तिमीहरूले अझै आफूलाई उचित रूपमा तुलना गर्न सक्दैनौ र मेरो तात्पर्य के हो तिमीहरूलाई थाहा छैन भने, यसले तिमीहरूको बुझ्‍ने क्षमताबारे के बताउँछ? के यो धेरै कमी हुनु होइन र? यदि तिमीहरू अल्छी थियौ, ऐसआरामको लालसा गर्थ्यौ, तिमीहरूमा सत्यताप्रति कुनै प्रेम थिएन, तिमीहरूमा व्यक्तिगत रुचिहरू थिए, र बाहिरी मामलाहरूले तिमीहरूको ध्यान भङ्ग हुन्थ्यो भने, यी वचनहरूले तिमीहरूमा झन्-झन् कम असर गर्नेथिए, र तिनको प्रभाव एकदमै कम हुनेथियो—वास्तविकता यही हो। वास्तवमा, ख्रीष्टविरोधीहरूलाई चिन्‍न एकदमै सजिलो छ। एउटा पक्ष भनेको तिनीहरूले कामकुरा गर्न प्रयोग गर्ने विधिहरू स्पष्ट पार्नु हो, अर्को पक्ष चाहिँ तिनीहरूको स्वभाव के हो, जीवन तिनीहरूको दिशा र अस्तित्वबारे तिनीहरूको दृष्टिकोण के हो, दाजुभाइ-दिदीबहिनीहरू, कर्तव्य, परमेश्‍वरको घरका हित, परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति के हो, अनि कार्यका लागि तिनीहरूको सिद्धान्त के हो भनेर हेर्नु हो। तैँले यी पक्षहरू प्रयोग गरेर आधारभूत रूपमा तिनलाई वर्गीकरण गर्न सक्‍नेछस्। के अझै लामो समयसम्म तिनीहरूबारे अवलोकन गर्नु र सिक्‍नु आवश्यक पर्नेछ? पर्नेछैन। ख्रीष्टविरोधीहरू छाडापनमा मात्रै संलग्‍न हुँदैनन्, न त मानिसहरूलाई दमन मात्रै नै गर्छन्। तिनीहरूमा शैतानी प्रकृति हुन्छ र तिनीहरू कुनै पनि कुरा गर्न सक्‍ने हुन्छन्। यदि, यी प्रवचनहरू सुनेपछि, तँ कुनै ख्रीष्टविरोधीको स्वभाव चिन्‍न सक्दैनस् र उसले प्रकट गरिरहेको कुरा उसको स्वभाव हो भनेर बताउन सक्दैनस् भने, के तैँले तीमध्ये कुनै कुरा बुझेको हुन्छस्? तँलाई धर्मसिद्धान्त याद हुन्छ, तर तँ त्यसलाई कुनै कुरासँग तुलना गर्न सक्दैनस्, र तथ्यहरूको सामना गर्दा तेरो सिद्धान्त कमजोर र अप्रभावकारी हुन्छ, र यसले तैँले यो कुरा बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तैँले त्यति बेला त्यो कुरा बुझिस् र पछि केही प्रार्थना गर्दै पढिस् भने, यदि तँ यी कुराहरूबारे दाजुभाइ-दिदीबहिनीहरूसँग बारम्बार सङ्गति गर्छस्, यी सत्यताहरूलाई ध्यान दिएर मनन गर्छस्, र परमेश्‍वरसामु बारम्बार प्रार्थना गर्छस् भने, तैँले अझै धेरै कुरा प्राप्त गर्नेछस्। तैपनि, यदि तँ आफ्नो कर्तव्यमा ऐसआरामको लालसा गर्छस्, सुस्त हुन्छस्, तँमा कुनै बोझ हुँदैन, र तँमा व्यक्तिगत रुचिहरू हुन्छन्, तँ सनकी छस्, सत्यता मन पराउँदैनस्, सांसारिक प्रचलनहरू पछ्याउँछस्, र तँ बाहिरी मामलाहरूमा आकर्षित हुन्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्‍नेछैनस्। अन्त्यमा, हामीले सङ्गति गरेका यी सत्यताहरू तेरो लागि व्यर्थ हुनेछन्, शब्द र धर्मसिद्धान्तहरू मात्रै बाँकी रहनेछन्, त्यसको अर्थ तैँले यो सबै कुरा व्यर्थमा सुनेको हुन्छस्। के तिमीहरू पछि यी सङ्गतिहरू फेरि सुन्छौ? (सुन्छौँ।) तँ ती कति पटक सुन्न सक्छस्? के तैँले ती सुन्दैपिच्छे तिनको प्रभाव फरक हुन्छ? के तँ पछि तीबारे मनन गर्छस्? तीबारे मनन गरेपछि तँमा यसले कस्तो छाप पार्छ? तेरा विचारमा, के यी प्रवचनहरू मानिसहरू र तेरो जीवनका परिस्थितिहरूलाई चिन्‍ने अभ्यासका सिद्धान्त र मापदण्ड बन्‍न सक्छन्? (म ख्रीष्टविरोधीहरूको निश्‍चित प्रस्ट स्वभाव र प्रकटीकरणहरूलाई, अर्थात्, मैले स्पष्टतया अरूको हृदयलाई फन्दामा पार्ने आशयले भन्‍ने र गर्ने कुराहरूलाई आफूसँग तुलना गर्न सक्छु, अनि म खुलासा गर्ने परमेश्‍वरका वचनहरूबारे सोच्नेछु र मेरा कार्यहरूको प्रकृति भनेको अरूको हृदयलाई फन्दामा पार्नु हो र म कुनै उद्देश्य हासिल गर्न चाहन्छु भन्‍ने कुरा जान्दछु। तैपनि, मानिसहरूलाई चिन्‍ने सन्दर्भमा ममा अझै निकै कमी छ, र म जानाजानी परमेश्‍वरका वचनहरूलाई मेरो वरपरका मानिसहरूसँग तुलना गर्दिनँ।) मलाई भन् त, यदि तँ आफूलाई स्पष्ट रूपमा देख्न चाहन्छस् भने, ऐना प्रयोग गर्छस् कि धमिलो पानी? (ऐना।) ऐना हेर्नुको के फाइदा छ? तँ आफूलाई अझै स्पष्ट रूपमा देख्‍न सक्छस्। त्यसकारण, तँ आफूलाई मात्रै चिन्‍न सक्छस् भने त्यो एकदमै सीमित कुरा हुन्छ; तैँले अरूलाई पनि चिन्‍न सिक्नैपर्छ। अरूलाई चिन्‍नु भनेको तिनीहरूलाई जानाजानी ख्रीष्टविरोधीका रूपमा वर्गीकरण गर्नु होइन, बरु विभिन्‍न प्रकारका मानिसहरूको बोली र व्यवहारलाई मापन गर्ने र चिन्‍ने सिद्धान्तहरू हुनु हो। यो आफ्नै लागि फाइदाजनक हुन्छ, र यसो गर्दा सिद्धान्तअनुसार मानिसहरूलाई सही रूपमा व्यवहार गर्न पनि सकिन्छ, जुन अरूसँग आफ्नो कर्तव्य निर्वाह गर्दा मिलेर सहकार्य गर्न फाइदाजनक हुन्छ। तैपनि, आफूलाई चिन्‍नुमा भर पर्दा हासिल गर्न सकिने कुरा भनेको सीमित परिणामहरू मात्र हुन्छन्। तैँले सत्यता पछ्याउँदा आफूलाई चिन्नुमा मात्रै ध्यान दिनु हुँदैन। तैँले परमेश्‍वरमा समर्पित भएर नतिजा हासिल गर्न सत्यता अभ्यास गर्नमा पनि ध्यान दिनुपर्छ। तैँले एउटा पक्षमा मात्रै ध्यान दिएर, कहिल्यै सत्यतालाई पूर्ण रूपमा बुझ्नेछैनस् वा तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछैनस्, न त तँ जीवनमा वृद्धि नै हुनेछस्। यो लगभग शब्द र धर्मसिद्धान्त मात्रै बुझ्नुजस्तै हो, अनि तैँले परमेश्‍वरलाई चिन्‍न सक्‍नेछैनस्। सत्यतालाई साँचो रूपमा बुझ्नेहरूले सबै कुरालाई छर्लङ्गै देख्‍न सक्छन्। तिनीहरूले आफूलाई चिन्‍ने मात्र होइन, तर अरूलाई पनि चिन्‍न सक्छन्, र सबै प्रकारका मानिस, घटना, र परिस्थितिहरूलाई छर्लङ्गै देख्‍न सक्छन्। यसरी मात्रै आफ्नो कर्तव्य मापदण्डअनुसार निर्वाह गर्न र परमेश्‍वरद्वारा प्रयोग गरिन सकिन्छ।

आज ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावका प्रकटीकरणहरूबारे सङ्गति गरेर, दुष्ट स्वभावसम्बन्धी तिमीहरूले के-कस्ता अझ गहन र नयाँ बुझाइहरू प्राप्त गरेका छौ? यसबारे सङ्गति गर्। (परमेश्‍वर, आज मलाई सबैभन्दा बढी उत्प्रेरित गरेको कुरा के हो भने यदि हामीले ख्रीष्टविरोधीहरूले जस्तै व्यवहार गऱ्यौँ अनि जानाजानी परमेश्‍वरको घरका काममा अवरोध र बाधा पुऱ्यायौँ भने, हामी जीवित दियाबलस हौँ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। परमेश्‍वरले निश्‍चित मानिसहरूबारे बताउनुभयो जसले कोही आफूभन्दा असल भएको सहन सक्दैनन्, र मैले आत्मचिन्तन गरेँ र आफूमा निकै चरम प्रतिस्पर्धी भावना छ भन्‍ने महसुस गरेँ, र जब म आफूसँग कर्तव्य निर्वाह गर्ने व्यक्तिमा ममा भन्दा धेरै सामर्थ्य भएको देख्दा, तब व्याकुल हुन्छु, र म सधैँ उसलाई उछिन्न चाहन्छु। मलाई आफ्नो स्थिति परमेश्‍वरले खुलासा गरेको जीवित दियाबलसहरूको जस्तै छ भन्ने लाग्छ, र म यो मामलाको प्रकृति आफूले कल्पना गरेको भन्दा गम्भीर छ भन्‍ने देख्छु, र यसले मलाई त्रसित तुल्याउँछ। मैले यो कुरालाई कहिल्यै गहन रूपमा बुझेको थिइनँ, र अहिले मेरो यो भ्रष्ट स्वभाव कति गम्भीर रहेछ भन्‍ने देखेर म साह्रै व्याकुल छु।) अब तैँले यसलाई पहिचान गरिस्। मानिसहरूको भ्रष्ट स्वभाव क्षणिक प्रकाशजस्तो सरल होइन; त्यसको जड कारण र परिस्थिति हुन्छ जसले गर्दा तँलाई त्यो त्याग्‍न गाह्रो हुन्छ, त्यसले सधैँ तँलाई नियन्त्रण गर्छ, तँलाई एकदमै धेरै भ्रष्ट प्रकट गर्ने बनाउँछ, तैँले आफूलाई नियन्त्रण गर्न सक्दैनस्। मानिसहरू आफू किन यस्तो छु भनेर स्पष्ट रूपमा बताउन सक्दैनन्, र तिनीहरू त्यसलाई नियन्त्रण गर्न सक्दैनन्—यी त मानिसहरूका स्वभाव हुन्। कसैले यस्तो भ्रष्ट स्वभावलाई स्पष्ट रूपमा बुझ्न सक्नु प्रगतिको एउटा पक्ष हो। यस्तो भ्रष्ट स्वभावको हकमा भन्दा, यदि तँ सत्यता खोजी गर्न र त्यसको सारलाई देख्‍न सक्छस्, यदि तँ परमेश्‍वरको न्याय, परीक्षा, र शोधन स्विकार्न सक्छस्, यदि तैँले त्यसो गरेर सत्यता अभ्यास गर्ने र परमेश्‍वरमा साँचो समर्पित हुने स्थिति हासिल गर्न सक्छस् भने, यो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ—यो त तैँले सत्यता बुझेका आधारमा सत्यता अभ्यास गर्न थाल्नु हो। अहिले तिमीहरू धेरैजसोलाई आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा आत्मसंयम गर्न निकै गाह्रो हुन्छ, र यसको अर्थ तिमीहरूले अझै सत्यता अभ्यास गर्न थालेका छैनौ; तिमीहरूले आफ्नो कर्तव्य निर्वाहमा गर्ने थोरै कुराहरू धेरै त व्यक्तिगत हित, रुचि, र आवेगमा समेत आधारित हुन्छ, र यसको स्वभाव परिवर्तनसँग कुनै सम्बन्ध हुँदैन, होइन र? (हो।) एकदम राम्रो, तँ उत्प्रेरित भइस्। अरू को बोल्न चाहन्छ? (आज परमेश्‍वरको सङ्गति सुनेपछि, म निकै उत्प्रेरित भएँ। म त दुष्टता भनेको निकै छली तरिकाले बोल्नु, खुलस्त नबोल्नु र सधैँ बहाना बनाउनु र अरूलाई धोका दिनु हो भन्‍ने सोच्थेँ। तथापि, आज परमेश्वरले दुष्ट स्वभाव के हो भन्नेबारे प्रदान गरेको विश्लेषण सुनेपछि, अब मलाई दुष्टता भनेको सत्यता र सकारात्मक कुराहरूको प्रतिरोध र विरोध गर्नु हो, र यदि कसैले सत्यता र सकारात्मक कुराहरूको विरोध र प्रतिरोध गर्छ भने, त्यो उसको दुष्ट स्वभाव हो भन्‍ने थाहा भयो। पहिले मसँग दुष्ट स्वभावबारे यस्तो सतही बुझाइ हुन्थ्यो, तर अहिले मैले परमेश्‍वरको सङ्गति सुनेपछि नयाँ बुझाइ प्राप्त गरेँ। त्यसबाहेक, परमेश्‍वरले क्यानाडेली चलचित्र निर्माण टोलीलाई एक वर्षका लागि समूह ख मा वर्गीकरण गरिनेछ भनेर भन्‍नुहुँदा म निकै छक्क परेको छु। यो सुन्दा म एकदमै छक्क परेँ, र यस मामिलालाई परमेश्‍वरले सम्हालेको शैलीमा म उहाँको धर्मी स्वभाव देख्‍न सक्छु। म त्यो समूहमा एक व्यक्तिले पनि सत्यता अभ्यास गरिरहेको थिएन र यसले परमेश्‍वरको घरका काममा धेरै बाधा पुऱ्याएको देख्छु, र यसले मलाई एकदमै क्रोधित बनाउँछ। हाम्रो समूहका मानिसहरू पनि हाल यस्तै स्थिति पुगेका छन्, अर्थात् तिनीहरू हाम्रो कर्तव्यको बोझ लिँदैनन्। हामीले आफ्नो कामको बोझ पहिलेको भन्दा हल्का हुँदा, कर्तव्यका लागि स्पष्ट योजना बनाएनौँ र हाम्रो कर्तव्यमा सुस्त भई त्यतिकै दिनहरू बिताइरहेका थियौँ। आज परमेश्‍वरको सङ्गति सुनेपछि, मैले के बुझेँ भने यदि कसैले सत्यताको अभ्यास गर्दैन वा आफ्नो कर्तव्यमा प्रगतिको पछि लाग्दैन, र यदि ऊ सत्यताबारे गम्भीर हुँदैन भने, परमेश्वर आफ्नो कर्तव्य निर्वाहको यस्तो मनोवृत्तिलाई तिरस्कार गर्नुहुन्छ। हामीले आफ्नो कर्तव्य निर्वाह गर्ने समय र अवसरलाई मूल्यवान् ठान्नैपर्छ भन्‍ने कुरा पनि मैले बुझेँ। यदि हामी आफ्नो कर्तव्यलाई मूल्यवान् ठान्दैनौँ भने, परमेश्‍वरले हामीलाई प्रतीक्षा गर्ने समय र परमेश्‍वरले हामीलाई दिने अवसरहरू बरबाद हुँदा, उहाँको क्रोध मानिसहरूमा दन्किनेछ, र पछुतो गर्न एकदमै ढिलो भइसकेको हुनेछ।) तिमीहरूलाई केही दबाब दिनुपर्छ जस्तो देखिन्छ, होइन र? (हो।) एकदम राम्रो। यो वास्तविक समस्या हो, र तिमीहरूले भेला हुँदा यो समस्या कसरी समाधान गर्ने भनेर सङ्गति गर्नुपर्छ। तिमीहरूले नियमित अन्तरालमा सँगै सङ्गति गर्नुपर्छ र सारांश निकालेर नयाँ योजना बनाउनुपर्छ। हरेक व्यक्तिको यो जीवनमा एउटा मिसन हुन्छ, जसमा म पनि पर्छु, र यदि तिनीहरू आफ्नो मिसनका लागि जिउँदैनन् भने, तिनीहरूले यो जीवन जिउनुको कुनै मूल्य हुँदैन। यदि तैँले जीवन जिउनुको कुनै मूल्य छैन भने, तेरो जीवन व्यर्थ हुन्छ। किन म यो व्यर्थ हुन्छ भन्छु? तँ जिउँदो लासजस्तो जीवन जिउनेछस्; तँ जिउनयोग्य हुनेछैनस्। यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्दैनस् र आफ्नो मिसन पूरा गर्दैनस् भने, तँ परमेश्‍वरले तँलाई दिने सबै कुराको आनन्द लिन योग्य हुँदैनस्। यसले केलाई सूचित गर्छ? यसले परमेश्‍वर कुनै पनि बेला तेरो सबै कुरा खोस्न सक्नुहुन्छ भन्ने कुरालाई सूचित गर्छ। परमेश्‍वर दिन सक्नुहुन्छ र लिन पनि सक्नुहुन्छ—वास्तविकता यही हो। वास्तवमा, अहिले यहाँ उपस्थित हरेकको एउटा मिसन छ, त्यति मात्र हो तिमीहरूले निर्वाह गर्ने काम फरक-फरक हुन्छ। गैरविश्‍वासीहरूको पनि मिसन हुन्छ। तिनीहरूको मिसन भनेको यो संसारको पानीलाई धमिलो पार्नु र समाजलाई अव्यवस्थित बनाउनु हो, ताकि मानिसहरू अझै पीडादायी रूपमा जिउन सकून् र विपत्तिहरूबीच मरून्। तिमीहरूको मिसन भनेको परमेश्‍वरका काममा सहकार्य गर्नु, परमेश्‍वरको सुसमाचार र नयाँ काम फैलाउनु, साथै सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नु हो—यो सबैभन्दा आनन्दको कुरा हो। मानव इतिहासमा योभन्दा आनन्दमय वा सौभाग्यशाली कुनै कुरा भएको छैन। योभन्दा महत्त्वपूर्ण अरू छैन; यो जीवनको सबैभन्दा ठूलो कुरा हो, र यो मानव इतिहासको सबैभन्दा ठूलो कुरा हो। यदि तैँले आफ्नो मिसन त्यागिस् अनि आफ्नो कर्तव्य र जिम्मेवारीहरूबाट पन्छिस् भने, तेरो जीवनको कुनै मूल्य हुनेछैन, र तेरा लागि जिउनुको कुनै अर्थ हुनेछैन। सायद तँ अझै मरेको छैनस् र तैँले यो संसारमा बाँकी जीवन जिउनेछस्, तैपनि तेरा लागि जिउनुको कुनै अर्थ वा मूल्य हुनेछैन। मानौँ कुनै व्यक्तिले सत्यता वा परमेश्‍वरको मार्गबारे कहिल्यै सुनेको छैन, र एक व्यक्तिले एकपल्ट परमेश्‍वरको व्यवस्थापन योजना के हो भन्‍ने थाहा पाएको र परमेश्‍वरको मार्ग बुझेको छ, तर उसले अन्त्यमा सत्यता वा जीवन प्राप्त गरेन, लौ मलाई भन् त, यी दुवै मानिसले संसारमा जिइरहेका बेला भित्री हृदयमा यस्तै महसुस गर्छन्? (गर्दैनन्।) गैरविश्‍वासीहरूलाई आफ्नो मिसन थाहा हुँदैन; तिनीहरूमा मिसनको बोध हुँदैन। तँलाई तेरो मिसन कहाँबाट आएको हो भन्‍ने थाहा छ, तँलाई परमेश्‍वर सृष्टिकर्ता, सबै थोकका सार्वभौम हुनुहुन्छ भन्‍ने थाहा छ, तँलाई मानिसहरू परमेश्‍वरबाट आएका हुन् र तिनीहरू उहाँकहाँ फर्केर जानुपर्छ भन्‍ने थाहा छ—यी सबै कुरा थाहा भएपछि पनि के तँ अझै यस संसारमा शान्तिसँग जिउन सक्छस्? के तँ अझै जीवनभरि सहजै झारा टार्न सक्छस्? अहँ, सक्दैनस्। परमेश्‍वरले तँलाई यो मिसन दिनुभएको हुनाले, तैँले सुसमाचार प्रचार गर्ने जिम्मेवारी उठाउनुपर्छ, अरूलाई परमेश्‍वरको गवाही दिनुपर्छ, मानिसले पूरा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्नुपर्छ, आफूले बुझेको सत्यता र आफ्नो अनुभवात्मक गवाही समर्पित गर्नुपर्छ ताकि सबैले फाइदा पाउन सकून्, र त्यसपछि परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले गर्न सक्‍ने कुराहरू वास्तवमा यी नै हुन्। यदि तँ थोरै कष्ट भोग्‍न, केही मूल्य चुकाउन, र अलि कम ऐसआराम लालसा गर्न सक्छस् भने, तैँले यी कुराहरू हासिल गर्न सक्‍नेछस्। यसरी, तेरो नतिजा गैरविश्‍वासीहरूको भन्दा फरक हुनेछ, र परमेश्‍वरले तँलाई फरक तरिकाले मापन गर्नुहुनेछ—यो अत्यन्तै दुर्लभ कुरा हो! परमेश्‍वर तँलाई यो आशिष् दिनुहुन्छ, र यदि तँलाई यसको कदर गर्न आउँदैन भने, तँ घोर विद्रोही होस्। तैँले परमेश्‍वरमाथिको विश्‍वासको यो मार्ग रोजेको हुनाले, यसबारे दोधारे नबन्, तर एकचित्तले आफ्नो हृदय शान्त पारेर कर्तव्य राम्ररी निर्वाह गर्। पछुतोमा नबस्। तैँले अहिले पत्रुसको कद प्राप्त गर्न नसके पनि र अय्यूबका धर्मी कार्यहरू गर्न नसके पनि, आफ्नो कर्तव्य मापदण्डअनुसार निभाउने प्रयास गर्। “आफ्नो कर्तव्य मापदण्डअनुसार निभाउने” भन्‍ने शब्दको अर्थ के हो? यसको अर्थ सुस्त नबनी, गुप्त मनसाय नराखी, वा आफ्‍नो शत प्रतिशत नदिए पनि आफूले सक्‍ने जति सबै गरेर सत्यता सिद्धान्त र परमेश्‍वरको घरको कार्य प्रबन्ध अनुसार आफ्नो कर्तव्य निर्वाह गर्नु हो—त्यसपछि तैँले आफ्नो कर्तव्य मापदण्डअनुसार पूरा गरिरहेको हुनेछस्। परमेश्‍वर मानिसहरूबाट धेरै माग गर्नुहुन्न, होइन र? (हो।) के यो हासिल गर्न सजिलो छ? यो मानवताको दायराभित्रको कुरा हो र तैँले यो हासिल गर्न सक्नुपर्छ। अरू कुनै थप प्रश्नहरू छन्? छैनन् भने, आजका लागि यो सङ्गतिलाई यहीँ समाप्त गर्न कस्छौं।

जुलाई १०, २०१९

अघिल्लो: विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्

अर्को: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्