विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्

पूरक: दाबाओ र साओबाओको कथा

हामीले आजको सङ्गतिको औपचारिक सुरुवात गर्नुअघि, म एउटा कथाबाट सुरु गर्छु। के तिमीहरू सबैलाई कथा सुन्न मन पर्छ? (पर्छ।) त्यसोभए, के कथा सुन्ने कुनै सिद्धान्त हुन्छ? भनिइरहेको कथामा, तैँले सत्यताको एउटा पक्ष बुझ्न सक्नुपर्छ, परमेश्वरका अभिप्रायहरूको एउटा पक्ष बुझ्न सक्नुपर्छ, मानव प्रकृति सारको एउटा पक्ष चिन्न सक्नुपर्छ, वा कथाभित्र मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता वास्तविकता पत्ता लगाउन सक्नुपर्छ। कथा भन्नुको अर्थ यही हो; यो फोस्रो बकबक होइन, र यो निश्चय नै गफ होइन। कतिपय मानिसले कथाहरू सुन्दा घटनाहरू मात्र बुझ्छन्—ती कस्ता मानिस हुन्? (कमजोर क्षमताका मानिस।) कमजोर क्षमताको मतलब तिनीहरू समझहीन हुन्छन्; मुख्य गरी, तिनीहरूमा आत्मिक बुझाइ हुँदैन। तिनीहरूले जे कथा सुने पनि, घटनाहरू सम्झन वा कथाबाट केही नियम सिक्न मात्र सक्छन्। तर मानिसहरूले कथाभित्र बुझ्नुपर्ने विभिन्न सत्यताको कुरा आउँदा, तिनीहरू ती बोध गर्दैनन् वा बुझ्दैनन्। के यो व्यवहार अलिकति पनि आत्मिक बुझाइ नहुनुको सङ्केत होइन र? (हो।) के तिमीहरूमध्ये कुनै कथा सुनेपछि कसैले यस्तो व्यवहार देखाएको छ? त्यो सुनेपछि, उसले त्यति बुझ्दैनथ्यो, उसलाई कथा अर्थहीन लाग्थ्यो, र त्यो भनिए पनि नभनिए पनि त्यसले फरक पार्दैनथ्यो। के यस्ता मानिसहरूमा बुझ्ने क्षमता हुन्छ? जब तिमीहरू कुनै कथा सुन्छौ, के तिमीहरूले त्यसभित्रका घटनाबाट केही लाभ लिन सक्छौ? तिमीहरूले त्यसभित्रको सत्यता बुझ्न सके पनि नसके पनि, कथा सुन्नेसम्बन्धी भर्खरै मैले उल्लेख गरेको सिद्धान्त बुझ्नुपर्छ। अब, कथा सुरु गरौँ।

साओबाओ नामको एक जना सानो केटो थियो। हालसालै, कुनै मान्छे उसको घरमा आएको थियो, र यो मान्छे सुसमाचार सुनाउन उसका आमाबुबासँग बारम्बार बाहिर जान्थ्यो। एक दिन, साओबाओका आमाबुबा त्यो मान्छे र आफ्ना छोरालाई मात्र घरमा छाडेर केही काम निब्ट्याउन बाहिर कतै गए। त्यसपछि जे भयो त्यसको रमाइलो कथा छ। साओबाओ त्यो मान्छेसँग राम्ररी परिचित नभएकाले, साओबाओ खेलिरहेको बेला त्यो मान्छेले गएर ऊसँग मित्रैलो हुने निर्णय गऱ्यो। उसले साओबाओलाई चिनेको र उसको नामसमेत थाहा भएको बतायो। साओबाओ खुसी लाग्यो र त्यो मान्छे खराब हुन सक्दैन भन्ने लाग्यो। त्यसपछि, त्यो मान्छेले साओबाओलाई सोध्यो, “साओबाओ, के तिम्रा आमाबुबाले कुराकानी गर्दा कहिल्यै मेरा बारेमा कुरा गरेका छन्?” साओबाओले एकछिन सोच्यो र भन्यो, “मलाई थाहा छैन।” त्यो मान्छेले भन्यो, “तिमी त ज्ञानी बच्चा हौ। ज्ञानी बच्चाहरू आफूलाई थाहा भएको कुरा भन्छन्।” उसले साओबाओलाई फेरि पनि सोध्यो, “के तिम्रा आमाबुबाले कहिल्यै मेरा बारेमा कुरा गरे?” साओबाओले अझै पनि थाहा छैन नै भन्यो। त्यो मान्छेले फेरि भन्यो, “साओबाओ, ज्ञानी बन, यदि तिमीले मलाई साँचो कुरा भन्यौ भने, म तिमीलाई केही मिठाई दिनेछु।” साओबाओले केहीबेर सोच्यो तर अझै पनि थाहा छैन नै भन्यो। त्यो मान्छेले विचार गऱ्यो, “म उसलाई कसरी सत्य कुरा बताउन लगाऊँ?” उसले केहीबेर सोचेर साओबाओलाई भन्यो, “साओबाओ, तिम्रा आमाबुबा परमेश्वरमा विश्वास गर्छन्, म पनि गर्छु। म तिम्रा आमाबुबाको सबैभन्दा मिल्ने साथी हुँ। हामी तिनै जना परमेश्वरमा विश्वास गर्छौँ, र तिमी पनि परमेश्वरमा विश्वास गर्छौ। के तिमीलाई परमेश्वर कस्ता बच्चाहरू मन पराउनुहुन्छ भनेर थाहा छ?” साओबाओले त्यसबारे सोच्यो र भन्यो, “मलाई थाहा छैन।” त्यो मान्छेले भन्यो, “परमेश्वर ज्ञानी, झूट नबोल्ने बच्चाहरू मन पराउनुहुन्छ। उनीहरू आफूलाई केही कुरा थाहा हुँदा, थाहा छ भन्छन्, र थाहा नहुँदा थाहा छैन भन्छन्। त्यसलाई नै तिमी ज्ञानी बच्चा भन्न सक्छौ, र परमेश्वर यस्ता बच्चाहरूलाई मन पराउनुहुन्छ।” साओबाओले यसबारे सोच्यो र “हुन्छ” भन्यो। त्यसपछि, उसले थाहा छैन भन्न छोड्यो। त्यो मान्छेले फेरि भन्यो, “यदि तिमीले मलाई सत्य कुरा बतायौ भने, तिमी परमेश्वरलाई मन पर्ने ज्ञानी बच्चा हुनेछौ।” साओबाओले यसबारे सोच्यो र “हुन्छ नि त” भन्यो। त्यो मान्छेले सोध्यो, “‘हुन्छ नि त’ भन्नुको मतलब के हो?” साओबाओले भन्यो, “यसको मतलब मेरा आमाबुबाले तपाईंबारे यसअघि केही कुरा भनेका छन्।” त्यसपछि, के भनेका थिए भनेर त्यो मान्छेले साओबाओलाई सोधिरह्यो साथै ज्ञानी हुनू र झूट नबोल्नू भनिरह्यो। साओबाओले भन्यो, “मेरा आमा र बुबाले भन्नुभएको तपाईं राम्रो व्यक्ति होइन अरे। उहाँहरूले भन्नुभएको तपाईं खासै खुला हुनुहुन्न, र तपाईंसँग कुरा गर्दा उहाँहरू सावधान हुनुपर्छ अरे।” त्यो मान्छेले फेरि सोध्यो, “तिम्रा आमा र बुबाले अरू के भने?” साओबाओले जवाफ दियो, “मलाई याद भएन।” त्यो मान्छेले “ज्ञानी बच्चा बन!” भन्यो। त्यसपछि साओबाओले जवाफमा भन्यो, “मेरा आमा र बुबाले तपाईंलाई सबथोक भन्नु हुँदैन भन्नुभयो।” त्यसपछि, त्यो मान्छेले उसलाई प्रश्न सोध्न जारी राख्यो, र साओबाओले उसलाई धेरै कुरा बतायो। त्यो मान्छेलाई झन्-झन् असहज महसुस भयो र साओबाओलाई भन्यो, “साओबाओ, तिमी परमेश्वरलाई मन पर्ने अत्यन्तै ज्ञानी बच्चा हौ किनकि तिमी ज्ञानी मान्छे हौ र तिमी मलाई आफूलाई जे थाहा छ त्यो भन्छौ।” यतिञ्जेल, साओबाओ यो मान्छेसँग सुरुमा जतिको सतर्क रहेन, र आफूलाई सोधिएको सबै प्रश्नमा उसले “मलाई थाहा छैन” भनेन। ऊ त्यो मान्छेलाई सबथोक, त्यो मान्छेलाई थाहा नभएको सबथोक भन्न चाहन्थ्यो—उसले साओबाओलाई सोध्नु मात्र पर्थ्यो। त्यो मान्छेले साओबाओलाई यो कुरा पनि खुलायो, “मेरो बोलाउने नाम दाबाओ हो, हेर न, तिमी साओबाओ र म दाबाओ। के हामी सबैभन्दा मिल्ने साथी बन्नु पर्दैन र?” साओबाओले “पर्छ” भनेर भन्यो। तिनीहरूले एकअर्कासित कुराकानी गर्दै जाँदा, धेरै कुराबारे कुरा गरे, अनि जति धेरै कुराकानी गरे तिनीहरूलाई त्यति धेरै खुसी लाग्यो। साओबाओले पनि केही मिठाई खान पायो र त्यो मान्छेदेखि सतर्क हुन छोड्यो। त्यसपछि, त्यो मान्छेले साओबाओलाई यो माग गऱ्यो: “भविष्यमा, यदि तिम्रा आमा र बुबाले मेरा बारेमा केही कुरा गरेमा, के तिमी मलाई बताउन सक्छौ?” साओबाओले भन्यो, “भइहाल्छ नि, किनकि हामी असल साथी हौँ।” साओबाओ अब यो मान्छेसित सतर्क थिएन, र यो मान्छेले ऊबाट चाहेको सूचना पायो। त्यस दिनदेखि, तिनीहरू अत्यन्तै असल साथी बने। साओबाओका आमा र बुबाले त्यो मान्छेबारे कुनै कुरा गर्दैपिच्छे, साओबाओले उसलाई तुरन्तै त्यो बताउँथ्यो। त्यो मान्छेले पनि साओबाओलाई प्रतिज्ञा गऱ्यो, “हामी दुईबीचको कुराकुरा म तिम्रा आमा र बुबालाई कदापि भन्नेछैनँ—यो हाम्रो गोप्य कुरा हो। भविष्यमा, यदि तिमीलाई कहिल्यै कुनै मिठो चिज खानु मनपर्यो वा रमाइलो चिज खेल्नु मन पऱ्यो भने, म तिमीलाई त्यो पक्कै किनिदिनेछु। यदि तिमी तिम्रा आमा र बुबाले थाहा नपाऊन् भन्ने कुनै कुरा छ भने, म तिम्रा लागि त्यो गोप्य राख्नेछु।” त्यसैले, साओबाओलाई झनै ढुक्क लाग्यो र सारा हृदयले त्यो मान्छेमा भरोसा राख्यो। उसले ऊसँग इमानदार भएर सम्पर्क गरिरह्यो, र तिनीहरू “साँच्चै असल साथी” बने।

पूरा कथा त्यति नै हो। त्यसमा धेरै पात्रहरू संलग्न छैनन्; मुख्य पात्रहरू दाबाओ र साओबाओ हुन्। खास विषय दाबाओ नाम गरेको व्यक्तिले साओबाओ नाउँको बच्चालाई आफूले जान्न चाहेको केही जानकारी बताउन लगाउन कसरी भ्रममा पार्ने, फकाउने, र लोभ्याउने प्रयास गर्छ भन्ने कुरासँग सम्बन्धित छ। यो त्यस्तै कथा र संवाद हो। यो सरल कथावस्तु र संवादबाट हामी के बुझ्न सक्छौँ? यसमा मुख्य गरी कसका चरित्रहरूबारे छलफल गरिएका छन्? बच्चाको कि वयस्कको? (वयस्कको।) त्यसोभए, यहाँ के चित्रण गरिएको छ? कथाको मूल विषय के हो? मूल विषयमा यस वयस्कले आफ्नो लक्ष्य हासिल गर्न कसरी विभिन्न उपाय प्रयोग गर्छ भन्ने कुरा समावेश छ। के तैँले उसले प्रयोग गरेका विधिहरू बुझिस्? (लोभ्याउने र भ्रममा पार्ने।) उसले बच्चालाई केही दिएर लोभ्यायो र सही शब्दहरू प्रयोग गरेर भ्रममा पाऱ्यो, र उसले बच्चालाई फुस्लाउने कामसमेत गऱ्यो। उसले बच्चालाई प्रलोभनमा पार्न के प्रयोग गऱ्यो? लाभहरू—उसले लाभहरू प्रयोग गरेर बच्चालाई फुस्लायो। लोभ्याउनु, फुस्लाउनु र भ्रममा पार्नु—यसमा फुस्लाउन सही शब्दहरू प्रयोग गरेर, अनि साथै हल्का धम्की दिएर फुस्लाउनु र भ्रममा पार्नु दुवै, समावेश छन्। शब्दहरू सही लाग्लान्, तर उसले यी शब्दहरू केका लागि प्रयोग गऱ्यो? (आफ्नै एजेन्डा पूरा गर्न।) उसले ती आफ्नै अव्यक्त उद्देश्यहरू हासिल गर्न प्रयोग गऱ्यो। उसले प्रयोग गरेका उपायहरू मूलत: प्रस्ट छन्। के सामान्य मानवतामा हुने व्यवहार यही हो? (होइन।) त्यसोभए यो व्यवहार शैतानको भ्रष्ट स्वभावको कुन पक्षसित सम्बन्धितछ? (दुष्टता।) हामी किन छलीपनको साटो दुष्टता भन्छौँ? दुष्टता छलीपनभन्दा अझ गहन हो; यो बढी अन्तर्घाती, बढी गोप्य, बढी भ्रमपूर्ण, र झनै बुझ्न कठिन हुन्छ, अनि दुष्टतामा, फुस्लाउनु, लोभ्याउनु, मन जित्नु, बहकाउनु, र प्रलोभनमा पार्नु पर्छन्। यी कार्य र व्यवहारहरू छलीपनभन्दा एकदमै भिन्न हुन्; ती दुष्ट हुन् भन्नेमा कुनै शङ्का छैन। त्यो मान्छेले यसो भनेन, “यदि तिमीले मलाई भनेनौ भने, म तिमीलाई हिर्काउँछु, लात हान्छु, वा मार्छु!” उसले यस्ता विधिहरू अपनाएन, अनि बाहिरी रूपले, ऊ घातक देखिएन। तर, दुष्टता यो घातकपनभन्दा भयानक हो। म किन यो दुष्टता हो भन्छु? छलीपनलाई प्रायःधेरैजसो मानिसले पत्ता लगाउन सक्छन्, तर उसको शैली अझ कुटिल हुन्छ। बाहिरचाहिँ, त्यसले भद्र भाषा प्रयोग गर्छ र मानव स्नेहलाई छुन्छ; तर वास्तवमा, भित्रपट्टिचाहिँ अझ लुकेका कुराहरू हुन्छन्। उसका कार्य र विधिहरू अझ लुकेका, मानिसहरूले सामान्यतया सामना गर्ने छलीपनभन्दा अझ अन्तर्घाती हुन्छन्। उसका चालहरू झनै जटिल, छली, र भ्रामक हुन्छन्। यो दुष्टता हो।

दैनिक जीवनमा, के तिमीहरू अरू मानिसको दुष्ट स्वभावको प्रकटीकरण र तिनीहरूको दुष्ट व्यवहार छुट्ट्याउन र खुट्ट्याउन सक्छौ? छली व्यक्तिहरू ठिकैको चलाखी हुन सक्ने भए पनि, तिनीहरूसँग केही समय अन्तरक्रिया गरेपछि, धेरैजसो मानिसले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छन्। तर, दुष्ट स्वभाव काहरूलाई छर्लङ्गै बुझ्न सजिलो हुँदैन। यदि तैँले सार वा परिणामहरू देख्न सकिनस् भने, तैँले तिनीहरूलाई छर्लङ्ग बुझ्ने कुरै हुँदैन। दुष्ट व्यक्तिहरू छली व्यक्तिहरूभन्दा बढी अन्तर्घाती हुन्छन्। तैँले एकदुई वाक्यबाट तिनीहरूलाई छर्लङ्ग बुझ्नै सक्दैनस्। दुष्ट स्वभावका मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले त्यो निश्चित कामकुरा किन गरिरहेका छन्, त्यस्तो शैलीमा किन बोलिरहेका वा कार्य गरिरहेका छन् भनेर तैँले केही समयमा वा छोटो समयमा नबुझ्न वा छिचोल्न नसक्लास्। कुनै दिन, जब तिनीहरू पूर्ण रूपले खुलासा भएका र उदाङ्गो पारिएका हुन्छन्, तब अन्तत: सबैले यो छलीपनभन्दा ठूलो कुरा—यो दुष्टता हो भनेर पत्ता लगाउनेछन्। त्यसकारण, दुष्ट स्वभाव खुट्ट्याउन केही समय लाग्छ, र कहिलेकाहीँ त परिणामहरू देखिएपछि मात्र व्यक्तिले त्यसलाई खुट्ट्याउन सक्छ—यो तुरन्तै खुट्ट्याउन सकिने कुरा होइन। उदाहरणका लागि, ठूलो रातो अजिङ्गरले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र अहिले थोरै मात्र मानिसहरूले केही मात्रामा बुझेका छन्। ठूलो रातो अजिङ्गरले प्रायः सबैभन्दा राम्रो सुनिने र मानव धारणासित सबैभन्दा बढी मिल्ने कुराहरू भन्छ, अनि मानिसहरूलाई सेवा दिने नाममा भ्रममा पार्छ र इन्साफको नाममा विरोधीहरूलाई लखेट्छ, अनगिन्ती असल मानिसहरूको हत्या गर्छ। तर यो कुरा थोरैले खुट्ट्याउन सक्छन् किनभने त्यसले जे गर्छ र भन्छ मानिसहरूको नजरमा त्यो सही देखिन्छ। मानिसहरू सबैलाई त्यसले गर्ने सबथोक न्यायसङ्गत र उचित, वैधानिक र तर्कसङ्गत, अनि मानवतावादसँग मिल्दो लाग्छ। फलस्वरूप, यसले दशकौँदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ। जब त्यो अन्तत: खुलासा भएर ढल्छ, तब मानिसहरूले त्यसको साँचो रूप त दियाबलसको पो रहेछ, र त्यसको प्रकृति सार दुष्ट रहेछ भनेर देख्नेछन्। ठूलो रातो अजिङ्गरले धेरै वर्षदेखि मानिसहरूलाई भ्रममा पार्दै आएको छ, र ठूलो रातो अजिङ्गरको विष हरव्यक्तिमा हुन्छ—तिनीहरू त्यसका सन्तति बनेका छन्। के तिमीहरूमध्ये कोही ठूलो रातो अजिङ्गरले गरेका कामकुरा गर्न सक्छौ? कतिपय मानिस एकदमै मिठा शब्दहरू प्रयोग गरेर ठूलो रातो अजिङ्गरजस्तै बोल्छन् तर कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूका सबै शब्द मिठा हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्। साथै, तिनीहरू अत्यन्तै अन्तर्घाती र दुष्ट हुन्छन्। यदि कसैले यस्ता मानिसहरूलाई चिढ्याएमा तिनीहरूले त्यतिकै छाड्नेछैनन्। ढिलो वा चाँडो तिनीहरूले बदला लिने उद्देश्य पूरा गर्न उचित अवसर खोज्नेछन् र उसलाई कुनै प्रतिशोधको मौका दिनेछैनन्। तिनीहरूले अगाडि नआई र आफ्नो अनुहार नदेखाई त्यो मामलालाई सम्हाल्नसमेत सक्छन्। के यो दुष्ट कुरा होइन र? दुष्ट मानिसहरू सिद्धान्त, विधि, अभिप्राय, मनसाय, र उद्देश्यद्वारा परिचालित हुन्छन् जुन अत्यन्तै गोप्य र लुकेका हुन्छन्। दुष्ट व्यक्तिहरू षड्यन्त्र गरेर अरूलाई हानि गर्छन्, कहिलेकाहीँ अरूलाई हत्या गर्न लगाउँछन्, कहिलेकाहीँ अरूलाई लोभ्याएर पाप गराई सताउँछन्, र कहिलेकाहीँ कानुन प्रयोग गरेर वा घृणास्पद माध्यमहरूको सहारा लिएर अरूलाई सताउँछन्। यी सबै दुष्टताका प्रकटीकरण हुन्, र तीमध्ये कुनै पनि धर्मी वा इमानदार विधि होइनन्। के तिमीहरूमध्ये कसैले यस्ता व्यवहार वा प्रकटीकरणहरू देखाउँछौ? के तिमीहरू ती खुट्ट्याउन सक्छौ? के तिमीहरूलाई तिनमा दुष्ट स्वभाव हुन्छ भनेर थाहा छ? समान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तैँले तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना अव्यक्त उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गरेको बहाना बनाएर अर्कै काम गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी जटिल हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको एकदुई दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभाव देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, कामकुरा त्याग्न, आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ रहेछ, परमेश्वरलाई प्रेम गर्ने हृदय रहेछ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै रहेछ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्। के तिमीहरूका वरपर त्यस्ता कुनै मानिसहरू छन्? के तिमीहरू आफै त्यस्ता छौ? (हजुर।) त्यसोभए त्यो कति गम्भीर हो? कुनै सत्यता सिद्धान्तविना बोल्नु र कार्य गर्नु, कार्य गर्न पूर्णतया आफ्नो दुष्ट प्रकृतिमा भर पर्नु, अरूले तँलाई छर्लङ्गै बुझ्न वा चिन्न नसकून्, र तेरो मानवता र हैसियतलाई सम्मान् र प्रशंसाले हेरून् भनेर सधैँ अरूलाई भ्रममा पार्ने चाह राख्नु र खोल ओडेर जिउनु—यो दुष्टता हो। तिमीहरू यी दुष्ट व्यवहारहरू कहिलेकाहीँ मात्र देखाउँछौ, कि तिमीहरू धेरैजसो समय यस्तै छौ? के तिमीहरू यस्तै नै हौ, र के तिमीहरूलाई यसबाट मुक्त हुन चुनौतीपूर्ण छ? यदि तिमीहरू कहिलेकाहीँ मात्र यस्ता विधिहरू प्रयोग गर्छौ भने, यसलाई अझै पनि बदल्न सकिन्छ। तर, यदि तिमीहरू यस्तै हौ, निरन्तर जालझेल र छल गरेर कार्य गर्छौ, अनि निरन्तर षड्यन्त्रमा भर पर्छौ भने, तिमीहरू सबैभन्दा धूर्त दियाबलस हौ। म तिमीहरूलाई सत्य कुरा बताउनेछु: यस्ता मानिसहरू कहिल्यै बदलिनेछैनन्।

कथामा, दाबाओले यी विधिहरू प्रयोग गरेर साओबाओलाई भ्रममा पार्छ र उसलाई सत्य कुरा भन्न लगाउँछ। ल भन्, यस्तो व्यवहार गर्न उसलाई कसले सिकाएको हो? कसैले पनि सिकाएको होइन। त्यसोभए, यी चालबाजी कहाँबाट आएका हुन्? (उसको प्रकृतिबाट।) ती उसको प्रकृति, उसको भ्रष्ट सारबाट आएका हुन्। ऊ त्यस्तै व्यक्ति हो। उसले एक बच्चालाई समेत बाँकी राखेन—कस्तो घृणास्पद! यदि उसले सत्यता जान्न चाहेको हो भने, सिधै बच्चाका आमाबुबालाई सोध्न सक्थ्यो, वा उसले आफूलाई सक्रिय रूपले चिनेर उनीहरूसामु आफ्नो हृदय उदाङ्गो पार्न सक्थ्यो; त्यसपछि उनीहरूले उसलाई सत्यता बताउन सक्थे होलान्। अरूका पिठ्यूँपछाडि यी लज्जास्पद र भद्दा कामकुरा गर्न यस्ता विधिहरू प्रयोग गर्नुपर्ने कुनै आवश्यकता थिएन। दुष्ट स्वभावका मानिसहरूले गर्ने यही हो। ल भन्, के यो घिनलाग्दो होइन? (हो।) ऊ बच्चालाई समेत बाँकी राख्दैन; उसले बच्चालाई धम्क्याउन, मूर्ख बनाउन र ठग्न सजिलो देख्छ, त्यसैले उसले ऊविरुद्ध षडयन्त्र गर्छ। अब, यदि उसले कुनै इमानदार र दयालु वयस्कलाई देख्यो भने, उसलाई कस्तो व्यवहार गर्नेछ? के उसले उसलाई त्यतिकै छोड्ला? फिटिट्कै छोड्दैन। यदि उसले आफूजस्तै, आफ्ना वचन र कार्यहरूमा रणनीतिहरू अपनाउन रुचाउने कुनै व्यक्ति देख्यो भने, उसले के गर्नेछ? (उसलाई त्यो व्यक्ति आफू जतिकै दुष्ट छ भनेर थाहा हुन्छ, ऊ त्यस व्यक्तिदेखि सतर्क हुन सक्छ, कुनै पनि कुरा सजिलै खुलासा गर्दैन।) सतर्क हुनुबाहेक, उसले अरू के गर्ला? (उसले प्रतिस्पर्धा गर्नेछ।) उसले खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्नेछ—कुरा त्यही हो। दुष्ट स्वभावका मानिसहरूको व्यवहार यस्तै हुन्छ। यस्ता मानिसहरू अरूसित खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्न रुचाउँछन्, र तिनीहरू हरेक मौका छोप्छन्। तिनीहरूको एउटा प्रसिद्ध भनाइ छ, र यदि तैँले यस्ता मानिसहरू भेटिस् र तिनीहरूले त्यस्तो भनेको सुनिस् भने, तिनीहरूमा दुष्ट स्वभाव छ भनेर तँ निश्चित हुन सक्छस्। तिनीहरू के भन्छन्? उदाहरणका लागि, जब तँ तिनीहरूलाई अर्को व्यक्तिसँग सहकार्य गरेर कर्तव्य गर्न सुझाव दिन्छस्, तब तिनीहरू भन्छन्, “अहो, म त तिनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ!” तिनीहरूको पहिलो सोचाइ सधैँ “प्रतिस्पर्धा” बारे नै हुन्छ। तिनीहरू पहिला कसरी अरूसँग सहकार्य गरेर काम राम्ररी गर्ने भन्नेबारे विचार गर्दैनन्, बरु तिनीहरूसँग प्रतिस्पर्धा गर्नेबारे विचार गर्छन्। यो नै तिनीहरूको प्रसिद्ध भनाइ हो। चाहे तिनीहरू जुनसुकै सामाजिक समूहमा होऊन्, चाहे तिनीहरू अविश्वासीहरूमाझ, दाजुभाइ-दिदीबहिनीहरूमाझ, वा परिवारका सदस्यहरूमाझ कि नहून्, तिनीहरूको एउटै नियम के हो? त्यो प्रतिस्पर्धा हो, अनि यदि तिनीहरूले खुला रूपले अरूलाई उछिन्न सकेन भने त्यो गोप्य रूपमा गर्नेछन्। यस्तो स्वभाव दुष्ट हुन्छ। कतिपय मानिस बाहिरबाट हेर्दा सामान्य तरिकाले अरूसित कुराकानी गरिरहेका जस्ता देखिएलान्, तर हृदयमा, तिनीहरू गोप्य रूपले प्रतिस्पर्धा गरिरहेका, विभिन्न माध्यम र शैली प्रयोग गरेर अर्को व्यक्तिलाई अप्रत्यक्ष रूपले आक्रमण गरिरहेका र होच्याइरहेका हुन्छन्। यो कुरा खुट्ट्याउन नसक्नेहरूले तिनीहरूका जालबाज छर्लङ्ग बुझ्न सक्दैनन्, र तिनीहरूले बुझ्ने बेलासम्म त तिनीहरूको प्रतिस्पर्धाको नतिजा आइसकेको हुन्छ। यो दुष्टता हो। दुष्ट मानिसहरूले अरूसित अन्तरक्रिया गर्नु भनेकै खुल्लमखुल्ला र गोप्य रूपमा प्रतिस्पर्धा गर्ने, विभिन्न अरूलाई परास्त गर्ने योजना बुन्ने, षडयन्त्र गर्ने, वा निश्चित विधिहरू प्रयोग गर्ने, उनीहरूलाई आत्मसमर्पण गर्न लगाउने, र अन्त्यमा सबैलाई झुक्न लगाउने हुन्छ। मानव अस्तित्वमा आएदेखि अहिलेसम्म, मानवताको पूरै इतिहास “प्रतिस्पर्धा” ले भरिएको छ। राष्ट्रहरूबीच ठूलो स्तरमा होस्, वा परिवारहरूबीच सानो स्तरमा होस्, वा मानिसहरूबीच व्यक्तिगत स्तरमा होस्, द्वन्द्वले नभरिएको कुनै समूह छैन; यदि खुला प्रतिस्पर्धा भएन भने गोप्य रूपमा हुन्छ, यदि मौखिक झडप भएन भने शारीरिक झडप हुन्छ। चिनियाँ इतिहासमा विभिन्न जातिय समूहहरूबीचको सबैभन्दा बारम्बार युद्ध चलेको अवधि भनेको वसन्त तथा शरद अवधि र युद्धरत राज्य अवधि थियो। सैन्य रणनीतिसम्बन्धी धेरैजसो चर्चित पुस्तकहरू ती दुई अवधिमा निकालिए, जस्तै सुन जुको “युद्ध कला” मा उल्लिखित चालबाजीहरू—यी सबै त्यो समय निकालिएका थिए। “छत्तीस दाउपेचहरू” भन्ने पुस्तक पनि छ, जसमा युद्धमा प्रयोग हुने विभिन्न चालबाजीको दस्तावेज छ। यी कतिपय सैन्य रणनीति र चालबाजी आज पनि प्रयोग गरिन्छन्। ल भन्, त्यसका केही रणनीति के-के हुन्? (“लोभ्याएर पासोमा पार्ने” रणनीति।) (“विचलनकारी” रणनीति।) (“दुई एजेन्ट” रणनीति, “रित्तो सहर” रणनीति, र “मोहजाल” रणनीति।) यी सबै चर्चित रणनीतिहरू, चाहे ती “मोहजाल”, “रित्तो सहर”, वा “विचलन” बाट सुरु भए पनि, “रणनीति” मै टुङ्गिन्छ। “रणनीति” को अर्थ के हो? (“चालबाजी” वा “षड्यन्त्र।”) यसले निश्चित अन्तर्घाती, विश्वासघाती, गूढ, वा गोप्य चालबाजीहरूलाई जनाउँछ। यी “चालबाजीहरू” को योजनासँग कुनै सम्बन्ध छैन—ती षडयन्त्रसँग सम्बन्धित छन्। हामी यी चालबाजीहरूको पछाडि के देख्छौँ? के तिनीहरूका कार्य, व्यवहार, र तिनीहरूले युद्धमा अपनाएका यी चालबाजी र अभ्यासहरू मानवता र सत्यताअनुरूप छन्? (छैनन्।) के परमेश्वर यस तरिकाले काम गर्नुहुन्छ? (गर्नुहुन्न।) कदापि गर्नुहुन्न। त्यसोभए, यी अभ्यासहरूले कसलाई प्रतिनिधित्व गर्छन्? तिनले शैतान र यो दुष्ट मानवतालाई प्रतिनिधित्व गर्छन्। दुष्ट मानवताका यी रणनीतिहरू कहाँबाट आउँछन्? (शैतानबाट।) ती शैतानबाट प्राप्त हुन्छन्। कतिपयलाई यो बुझ्न समस्या होला, त्यसैले मैले ती दियाबलस राजाबाट प्राप्त हुन्छन् भनेर भन्नुपर्छ—त्यसपछि मानिसहरूले बुझ्नेछन्। दियाबलस राजाहरू को हुन्? तिनीहरू ती पिशाच र शैतान हुन् जो मानवतामाझ कलह र विध्वंश मच्चाउन संसारमा पुनर्जन्म भएका हुन्छन्—तिनीहरूले यी रणनीतिहरू बनाएका हुन्। परमेश्वरको कामका अभिलेखहरूमा, के तिमीहरूले कहिल्यै उहाँले “खाली सहर” रणनीति वा “विचलनकारी” रणनीति प्रयोग गर्नुभएको देखेका छौ? के परमेश्वरको व्यवस्थापन योजनामा यी रणनीतिहरू समावेश छन्? परमेश्वरले उहाँको कामलाई व्यवस्थापन गर्न यस्ता रणनीतिहरू कहिल्यै प्रयोग गर्नुभएको छैन। यी रणनीतिहरू सम्पूर्ण दुष्ट मानवजातिले प्रयोग गर्छन्। ठूलो स्तरमा राज्य वा राजवंशदेखि सानो स्तरमा जाति वा परिवारसम्म, र व्यक्तिहरूबीचका सम्बन्धसम्म समेत, तैँले जहाँ पनि भ्रष्ट मानवता पाउँछस्, त्यहाँ द्वन्द्व पाउँछस्। तिनीहरू केका लागि लडिरहेका हुन्छन्? तिनीहरू केका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्? तिनीहरूको लक्ष्य के हो? त्यो सब शक्ति, हैसियत र फाइदाका लागि हुन्छ—यी कुराहरू प्राप्त गर्नका लागि हुन्छ। धेरै मानिसहरूमाथि पकड राख्न राष्ट्रले राष्ट्रविरुद्ध लडाइँ गर्छ। जातिहरू क्षेत्र, मानिस, र सार्वभौमिकताका लागि एकअर्कासित लडाइँ गर्छन्। व्यक्तिहरू श्रेष्ठता र फाइदाका लागि लडाइँ गर्छन्। जहाँ जहाँ मानवजाति छ, त्यहाँ त्यहाँ द्वन्द्व हुन्छ, किनकि जहाँ जहाँ मानवजाति हुन्छ, त्यहाँ त्यहाँ शैतानको भ्रष्टता हुन्छ। समग्रमा मानवतालाई शैतानले भ्रष्ट पारेको छ, त्यसैले संसार द्वन्द्व र रक्तपातले भरिएको छ। त्यसले गर्ने हरेक कुरामा, भ्रष्ट मानवता शैतानको स्वभावका बन्धनबाट उम्कन सक्दैन। त्यसकारण, मानवताको सम्पूर्ण इतिहास, चाहे पश्चिममा होस् वा पूर्वमा, त्यसको इतिहासको हरेक भाग मानवताको दुष्ट सङ्घर्षको खेदजनक विवरण हो। मानवजातिले यी कुराहरूलाई गौरवशालीसमेत मान्छ। कतिपय मानिसहरू आज पनि चीनको “छत्तीस् दाउपेचहरू” अध्ययन गरिरहेका छन्। के तिमीहरूले त्यो अध्ययन गरिरहेका छौ? (छैनौँ।) यदि तँ जानाजानी यी कुराहरू अध्ययन गर्छस्, तिनमा भएका अनुभव, पाठ, माध्यम, विधि, र तरकिबहरूलाई आफ्नो दिमागमा हाल्छस्, र तिनलाई तेरो बाँच्ने सिपको हिस्सा बनाउँछस् भने, त्यो पक्कै पनि गलत हो। तँ निश्चय नै शैतानसित नजिकि नेछस्, र झन्-झन् दुष्ट बन्नेछस्झन्-झन् खराब हुनेछस्। तर, यदि तैँले आफ्नो दृष्टिकोण बदल्न र त्यसलाई परमेश्वरका वचनअनुसार विश्लेषण गर्न, खुट्ट्याउन, र खुलासा गर्न सकिस् भने, कस्तो नतिजा हासिल गर्नेछस्? तैँले शैतानलाई झनै घृणा गर्नेछस्, र आफूलाई झनै बुझेर घृणा गर्नेछस्। अझ राम्रो परिणाम के हुन्छ? शैतानलाई अस्वीकार गर्नु र परमेश्वरलाई पछ्याउन दृढ सङ्कल्पित हुनु। शैतानले यी तथाकथित परम्परागत संस्कृति र मानवताले हजारौँ वर्षमा प्राप्त गरेका अनेक थरीका ज्ञान र सिद्धान्तहरू प्रयोग गर्दै मानिसहरूलाई अझ गहन रूपमा भ्रष्ट तुल्याउने र नियन्त्रण गर्ने उद्देश्यले ती कुरा सिकाउने र तिनीहरूमा हालिदिने गर्छ। यदि तँ यी कुराहरूमा दक्ष भइस् र ती प्रयोग गर्न जान्ने भइस् भने, तँ जिउँदो शैतान बन्नेछस्, र तँलाई परमेश्वरले पूर्ण रूपले हटाउनुहुनेछ।

विगतका भेलाहरूमा आफूलाई बुझ्नेबारे सङ्गति गर्दा, धेरैजसो मानिसले प्रायः अहङ्कारी स्वभावको मामिला अघि सार्थे, जुन सबैभन्दा सामान्य भ्रष्ट स्वभाव हो, र त्यो यत्रतत्र हुन्छ। अरू कस्ता भ्रष्ट स्वभावहरू तुलनात्मक रूपले सामान्य छन्? (छलीपन र हठीपन।) छलीपन, हठीपन, सत्यताप्रति अरुचि, र उग्रता—मानिसहरूले बारम्बार सामना गर्ने कुराहरू यिनै हुन्। दुष्टता प्रायः कम मात्रामा देखिन्छ, र त्यसको त्यति धेरै पहिचान भएको छैन। दुष्ट स्वभावलाई चिन्न सबैभन्दा गाह्रो हुन्छ भनेर भन्न सकिन्छ, र यो गहिरोसित लुकेको र तुलनात्मक रूपले गोप्य प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? उदाहरणका लागि, मानौँ दुई जना मानिस सँगै बस्छन्, र ती दुवैले सत्यतालाई प्रेम गर्दैनन् र पछ्याउँदैनन्, न त तिनीहरू आफ्ना कर्तव्य नर्वाहमा बफादार नै छन्। बाहिरबाट हेर्दा, ती दुई कुनै समस्याविना मिलेर सँगै जिएका देखिन्छन्। तर, भित्र भने, दुवैले सत्यता पछ्याउँदैनन्, र तैँले देख्न नसके पनि अझै विभिन्न भ्रष्ट स्वभाव हुन्छन्। किन तँ ती देख्न सक्दैनस्? किनभने यी दुवै व्यक्ति अत्यन्तै छली र छट्टु छन्। तैँले सत्यता नबुझ्ने र तँमा कुनै समझशक्ति नभएको हुनाले, तैँले तिनीहरूका समस्याको सार छर्लङ्ग देख्न सक्दैनस्। तैँले बुझ्ने सत्यताहरू थोरै छन्, तेरो कद अति सानो छ, त्यसैले तैँले बुझ्नै नसक्ने धेरै जटिल समस्या छन्, अनि यी मानिसहरूलाई तिनीहरूका समस्या समाधान गर्नमा मद्दत गर्न तँसित शक्ति छैन। अगुवाका नाताले, तिमीहरूले यस्ता मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? यदि तैँले तिनीहरूलाई खुलासा गरिस् र खुट्ट्याइस् भने, के तिनीहरूले त्यसलाई सहजै स्विकार्छन्? अहँ, स्विकार्दैनन्। त्यसोभए, तैँले यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के त्यसको कुनै तरिका छ? यस्ता मानिसहरूलाई सम्हाल्ने सिद्धान्त के हो? यदि तिनीहरूसँग परमेश्वरको घरमा सेवा गर्नका लागि केही प्राविधिक वा व्यावसायिक सिप छन् भने, तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा लिनुपर्छ र तिनीहरूबाट यस्ता मागहरू गर्नुपर्छ। तर, यस्ता मानिसहरूले सत्यता नपछ्याउँदा रहेछन् भनेर देख्दा, के तिनीहरूले बफादार भएर आफ्ना कर्तव्य गर्न सक्छन्? (सक्दैनन्।) कस्तो व्यवहारले तिनीहरूमा बफादारी छैन भन्ने सङ्केत गर्छ? के यस्ता मानिसहरू देखावाका लागि कामकुरा गर्नमा माहिर हुँदैनन् र? छेउमा कोही पनि नहुँदा, तिनीहरू खेलवाड गर्छन् र समय लगाउँछन्। कोही आइरहेको देख्नेबित्तिकै, तिनीहरू गति बढाउँछन्। तिनीहरूले थुप्रै प्रश्नसमेत गर्न सक्छन्, र यो कि त्यो स्वीकार्य छ भनी सोध्छन्। त्यो व्यक्ति गएपछि, तिनीहरू काम गर्न छोड्छन्, केही पनि गर्दैनन्, तिनीहरूसँग उठाउनुपर्ने सवालहरू बिलकुलै हुँदैनन्, र तिनीहरू मनमनै यस्तोसमेत भन्छन्, “म त तिमीसँग खेलवाड मात्र गरिरहेको थिएँ; म त्यति मूर्ख छैनँ!” यस्ता मानिसहरू देखावा गर्न सबथोक गर्छन्; तिनीहरू देखावा गर्न अत्यन्तै सिपालु हुन्छन् र बहाना बनाउनमा माहिर हुन्छन्, यसरी मानिसहरूमा झूटो छाप बनाउँछन्। तिनीहरूसँग वर्षौँदेखि अन्तरक्रिया गरेका धेरै मानिसले अझै पनि तिनीहरूको छट्टु र छली सार छर्लङ्ग बुझ्न सक्दैनन्। अरूले तिनीहरूबारे सोधपुछ गर्दाउनीहरू यस्तो समेत भन्छन्, “यो व्यक्ति निकै राम्रो छ, उसले सबैलाई राम्रो व्यवहार गर्छ, कसैलाई कहिल्यै हानि गर्दैन, ऊ मानिसहरूलाई खुसी पारिहिँड्ने व्यक्ति मात्र हो। कसैले गल्ती गर्दासमेत, ऊ उसलाई काटछाँट गर्दैन; उसले निरन्तर रूपमा अरूलाई हौसला र सान्त्वना दिन्छ।” यी मानिसहरू अरूसँग अन्तरक्रिया गर्दा कस्ता माध्यम र विधि अपनाउँछन्? तिनीहरू अवसरअनुरूप भूमिका खेल्छन्, मिलनसार र चतुर हुन्छन्, अनि धेरैजसो सबैले तिनीहरू असल व्यक्ति हुन् भन्छन्। के तिमीहरूका वरपर यस्ता मानिसहरू छन्? (छन्।) सबैमा आफ्नाफ्नै भ्रष्ट स्वभावहरू खुलासा गर्ने प्रवृति हुन्छ, तर यी व्यक्तिहरू आफूलाई कसिलो गरी लपेट्छन्, ताकि कसैले पनि तिनीहरूका समस्या पत्ता लगाउन नसकोस्। के यो समस्या होइन र? इतिहासमा, कतिपय शासकले अनेकौँ दुष्कर्म गरेका छन्, तैपनि पछिल्लो पुस्ताहरूले तिनीहरूलाई बुद्धिमान् शासक भन्छन्। किन मानिसहरू तिनीहरूबारे यस्ता दृष्टिकोण राख्छन्? के तिनीहरूले आफ्नै ख्याति जोगाउन लगनशील भइ काम गरेका होइनन् र? एकातिर, तिनीहरूले आफ्नै राजनीतिक उपलब्धिका निम्ति केही असल कार्य गरे भने अर्कोतिर इतिहासलाई विकृत पारे साथै आफ्ना गल्तीहरूलाई लुकाउन आफूबारे सत्य र तथ्य कुरा लेख्नेहरूलाई मारे। तर, तिनीहरूले ती कुरा ढाकछोप गर्न जति नै प्रयास गरे पनि, निस्सन्देह तिनीहरूका कार्यहरूका अभिलेख त छँदै छन्। तिनीहरूले सत्यता थाहा पाएका सबैलाई हटाउन सकेनन्। अन्त्यमा, ती मामलाहरू पछिल्ला पुस्ताहरूले अलिअलि गर्दै खुलासा गरे। जब मानिसहरूले थाहा पाए, तब तिनीहरूलाई ठगिएको महसुस भयो। मानिसहरूले यी ऐतिहासिक तथ्यहरू खुलासा गरेर, सम्पूर्ण मानवताबारे सत्यताकोनयाँ बुझाइ प्राप्त गर्नुपर्छ। कस्तो खालको बुझाइ? सम्राटदेखि सर्वसाधारणसम्म, सम्पूर्ण मानवजाति दुष्टको हातमा छ, शैतानद्वारा भ्रष्ट पारिएको छ, त्यसैले हरव्यक्ति अर्को व्यक्तिभन्दा झन् दुष्ट हुन्छ। दुष्ट नहुने कोही पनि छैन, खराब नहुने कोही पनि छैन। तिनीहरू सबैले धेरै गल्ती गरेका छन्; तिनीहरू सबै निकै दुष्ट छन्, तिनीहरूमध्ये कोही पनि असल छैन। कतिपय भन्छन्, “हरेक राजवंशमा, केही सोझा अधिकारीहरू हुन्छन्। के यी सोझा अधिकारीहरू दुष्टमा गनिन्छन्?” यदि तैँले यी सोझा अधिकारीहरूको अख्तियारअन्तर्गत परमेश्वरमा विश्वास गरिस् भने, तिनीहरूले तँलाई गिरफ्तार गर्नेछन् कि छैनन भनेर हेर्। यदि तैँले परमेश्वरबारे तिनीहरूलाई गवाही दिइस् भने, तिनीहरूको मनोवृत्ति नियाल्। तैँले तिनीहरू दुष्ट हुन् कि होइनन् भनेर तुरन्तै थाहा पाउनेछस्। परमेश्वरको देखापराइ र काम, साथै उहाँले व्यक्त गर्ने सत्यताले मानिसहरू को हुन् भनेर अरू कुनै पनि कुराले भन्दा बढी खुलासा गर्छन्। कतिपय शासक र अधिकारीहरूले निश्चित राजनैतिक उपलब्धिहरू हासिल गरेका र केही असल कार्य गरेका होलान्, तर यी असल कार्यहरू कस्ता प्रकृतिका छन्? तीबाट कसलाई लाभ हुन्छ? ती त शासक वर्गले माग गरेका असल कार्यहरू हुन्। के तिनीहरूले गर्ने असल कार्यहरू परमेश्वरले अनुमोदन गरेका असल कार्यहरूसित मिल्छन्? के यी “राजनैतिक उपलब्धिहरू” सत्यता अभ्यास गर्नु र परमेश्वरप्रति समर्पित हुनु हो? किमार्थ होइन। तिनीहरूका राजनैतिक उपलब्धि र असल कार्यहरूको सत्यता वा परमेश्वरप्रति समर्पित हुनुसँग कुनै सम्बन्ध छँदै छैन। तिनीहरूका असल कार्य र राजनैतिक उपलब्धिहरू सबै तिनीहरूका अभिप्राय र मनसायद्वारा प्रेरित छन्; यो सबै आफूलाई अमर तुल्याउन र अरूको प्रशंसा पाउन गरिएका हुन्। त्यसकारण, तिनीहरूले जति नै असल कार्यहरू गरे पनि वा जति नै राजनैतिक उपलब्धिहरू बटुले पनि, यसले तिनीहरू दयालु हृदयका असल मानिस हुन् भनेर प्रमाणित गर्न सक्दैन, झन् तिनीहरूले कहिल्यै दुष्टता गरेका छैनन् वा तिनीहरूमा दुष्ट प्रकृति छैन भनेर प्रमाणित गर्न सक्ननु त कुरै छाडौँ। के तिमीहरू परमेश्वरको नजरमा यी मानिसहरू कस्ता व्यक्ति हुन् भन्नेबारे प्रस्ट छौ? के तिमीहरू आफूलाई बुझ्न यी मामलाहरू प्रयोग गर्न सक्छौ? के तिमीहरू आफूले असल कुरा गर्नेबित्तिकै देखावा गर्ने खोज्ने, सबैले थाहा पाएको सुनिश्चित गर्ने, त्यसपछि देखावटी रूपमा आफू घमण्डी वा अहङ्कारी हुनु हुँदैन, आफूलाई विनम्रतासाथ व्यवहारमा ढाल्नुपर्छ भन्ने अभ्यासमा संलग्न हुन्छौ? उदाहरणका लागि, तँ काम गर्न नयाँ मण्डलीमा जान्छस्, र मानिसहरूलाई तँ नेतृत्वको पदमा छस् भनेर थाहा हुँदैन, त्यसैले तैँले आफू अगुवा हो भनी हरेक मानिसलाई थाहा दिन हर उपाय लगाउँछस्, अनि रातभर दिमाग खियाउँछस्, र अन्त्यमा राम्रो समाधान भेट्टाउँछस्। त्यो समाधान के हो? तैँले सबैलाई बैठकमा बोलाउँछस् र भन्छस्, “आजको भेलामा, म एक अगुवाको रूपमा योग्य छु कि छैनँ भन्नेबारे सङ्गति गरौँ। यदि म योग्य छैनँ भने, तिमीहरू मलाई खुलासा गरेर हटाउन सक्छौ। यदि म योग्य छु भने, यही भूमिकालाई निरन्तरता दिनेछु।” सबैले यो कुरा सुनेपछि, तँ अगुवा होस् भनेर तुरन्तै थाहा पाउँछन्। के तैँले यसमा आफ्नो लक्ष्य हासिल गरेको हुँदैनस् र? यो लक्ष्य कहाँबाट आएको हो? यो तेरो दुष्ट प्रकृतिबाट उत्पन्न हुन्छ। महत्त्वाकाङ्क्षाहरू राख्नु सामान्य मानव चरित्र हो, तर यी महत्त्वाकाङ्क्षाहरूमा पनि कतिपय मानिस आफूले चाहेका लक्ष्यहरू हासिल गर्न फरक-फरक समय र ठाउँमा फरक-फरक भाषा, विधि, र रणनीतिहरू प्रयोग गर्छन्। यो दुष्टता हो।

हामी यो दुष्ट प्रकृतिको विषयलाई बारम्बार छलफल गर्न जारी राख्नेछौँ। यसरी, तिमीहरूले सत्यता र भ्रष्ट स्वभावहरूको यस पक्षबारे अझ पूर्ण बुझाइ प्राप्त गर्नेछौ। एकातिर, तिमीहरूले आफूलाई बुझ्न सक्नेछौ, र अर्कोतिर, विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सक्नेछौ। तिमीहरू सत्यताको अझ गहिराइमा समेत प्रवेश गर्नेछौ। यदि मैले सामान्य अवधारणामा वा परिभाषाको एउटा पक्षमा मात्र सङ्गति गरेँ भने, तिमीहरूको बुझाइ अलि सतही हुनेछ। तर, केही तथ्यहरू प्रयोग गर्दा र हाम्रो सङ्गतिका लागि उदाहरणहरू दिँदा, तिमीहरूको बुझाइ अझ गहन बन्न सक्छ। उदाहरणका लागि, मानौँ दुई जना बच्चाहरू सँगै कुराकानी गरिरहेका छन्। एउटाले सोध्छ, “आज तैँले गृहकार्य गरिस्?” अर्कोले जवाफ दिन्छ, “अहँ, गरिनँ।” त्यसपछि पहिलोले भन्छ, “मैले पनि गरिनँ।” के तिनीहरू दुवैले सत्य कुरा बताइरहेका छन्? (हजुर।) तँ गलत छस्; एउटाले झूट बोलिरहेको छ। उसले हृदयमा के सोचिरहेको हुन्छ? “मूर्ख, के तँलाई मैले साँच्चिकै गरेको छैनँ जस्तो लाग्छ? म त्यति मूर्ख छैनँ! यदि मैले गृहकार्य गरिनँ भने, म दण्डित हुनेछु। मैले नगर्ने त कुरै आउँदैन? मैले जानाजानी तँई मैले गरेको छैनँ भन्ठान्ने तुल्याएको हुँ ताकि तैँले पनि नगरेस्। अन्त्यमा, तैँले दण्ड पाउनेछस्, अनि म मज्जाले हाँस्न सक्छु।” के यो बच्चा खराब हो? (ऊ खराब हो।) के तिमीहरूमध्ये कसैले यस्तो गरेका छौ? अर्को उदाहरण छ: सोमवारको कक्षामा, एउटी विद्यार्थीले आइतवार आफू किनमेल गर्न गएकी कुरा भन्छे, र अर्कीले आफू साथीहरूलाई भेट्न गएकी थिएँ भनेर भन्छे। वास्तवमा, ती दुवै जना घरमै अध्ययन गरिरहेका थिए। विशेष गरी चीनजस्तो उच्च प्रतिस्पर्धाको वातावरणमा, आफ्नो प्रतिस्पर्धीलाई कम सतर्क हुन लगाएर उछिन्न सक्न यस्ता कुराहरू भनिन्छ। रणनीति भनेको यही हो। यस्ता कुराहरू दैनिक जीवनका सामान्य कुरा हुन्। कहिलेकाहीँ आमाबुबा र छोराछोरी उस्तै संवादमा संलग्न हुन्छन् र उस्तै स्वभाव प्रकट गर्छन्, जुन साथीहरूले पनि तिनीहरूमाझ प्रकट गर्न सक्छन्। यदि तँ चनाखो रहिस् भने, यस स्वभावका प्रकटीकरणहरू चारैतिर देख्न सकिन्छ। किन चनाखो रहने? यो सरसामान भेला पार्न, बकम्फुसे कुरा गर्न, गफ गर्न, वा कथा बनाउनलाई होइन। बरु, यो त तेरो समझशक्ति सुधार्न, आफूलाई अरूले गरेका कुरासँग र तिनीहरूले प्रकट गर्ने र देखाउने कुरासँग तुलना गर्न तँलाई मद्दत गर्नलाई हो, ताकि तैँले आफूले पनि त्यस्तै व्यवहारहरू देखाउँछु कि देखाउँदिनँ भनी देख्न सकेस्। यदि तैँले कसैले यस्तो व्यवहार देखाएको देखिस् भने, उसमा यस्तो स्वभाव छ भनी बुझ्नेछस्। तर, यदि तैँले पनि यस्ता व्यवहारहरू देखाउँछस् भने, के तैँले आफूमा पनि यस्तो स्वभाव छ भनेर चिन्न सक्नेछस्? यदि तैँले त्यो चिन्न सकिनस् भने, उसको स्वभावबारे तेरो बुझाइ गलत हो: तैँले त्यसलाई साँचो रूपमा बुझेको छैनस्, वा अर्को शब्दमा भन्नुपर्दा, तँसित आत्मिक बुझाइ छैन, अनि तैँले त्यसलाई सही रूपमा बुझेको छैनस्। यी विषयहरूलाईरे केही दिनमै पूरै ढाक्न सकिँदैन। त्यसबारे अलिकति छलफल गर्नाले तिमीहरूलाई अलिकति लाभ प्राप्त गर्न मद्दत मिल्नेछ, अनि सत्यताबारे तिमीहरूको बुझाइ अलि गहिरिनेछ। यदि तँ सत्यतालाई साँचो रूपमा प्रेम गर्छस् भने, तैँले अझ गहन स्तरमा प्रवेश पाउनेछस्। तेरो अनुभव र प्रवेशको गहिराइलाई तेरो बुझाइबाट छुटाउन सकिँदैन। तैँले जति गहिरो अनुभव र प्रवेश गर्न सक्छस्, अवश्यै तेरो बुझाइ त्यति नै गहिरो हुनेछ। त्यसै गरी, तेरो बुझाइको गहिराइले पनि तैँले कति गहिरो अनुभव र प्रवेश गरेको छस् भन्ने देखाउन सक्छ। यी दुई कुरा अन्तरसम्बन्धित छन्। यही नै सत्यतमा प्रवेश गर्ने मार्ग हो, र सत्यतामा प्रवेश गरेर मात्र तँमा वास्तविकता हुन सक्छ। हामी यो विषयलाई यहीँ टुङ्ग्याउनेछौँ र आजको सङ्गतिको मूल विषयतिर लाग्नेछौँ।

ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन्, र नियन्त्रण गर्छन् भन्ने कुराको विश्लेषण

अ. ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन् भन्ने कुराको विश्लेषण

पछिल्लो भेलामा, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको चौथो विषयवस्तुबारे सङ्गति पूरा गऱ्यौँ। आज, हामी पाँचौ विषयवस्तुबारे सङ्गति थाल्नेछौँ: ख्रीष्टविरोधीहरू कसरी मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन्, र नियन्त्रण गर्छन्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको यो पक्षमा चारवटा क्रिया समावेश छन्, अनि यी चारवटा क्रिया र ख्रीष्टविरोधीहरूको व्यवहारबाट, हामी तिनीहरूका स्वभावहरू बुझ्न सक्छौँ। पहिलो क्रिया “भ्रममा पार्नु” हो। यसमा कस्तो स्वभाव छ? दुष्टता। अनि, “लोभ्याउनु” मा चाहिँ के छ? लोभ्याउनुमा सामान्यतया प्रिय शब्दहरू प्रयोग हुन्छ कि अप्रिय? (प्रिय शब्दहरू।) त्यसोभए, यस व्यवहारलाई कस्तो स्वभावले नियन्त्रण गर्छ? दुष्टताले। अनि “धम्काउनु” र “नियन्त्रण गर्नु” नि—यिनलाई कस्तो स्वभावले नियन्त्रण गर्छ? (उग्रताले।) ठिक भनिस्, उग्रता। पाँचौ विषयवस्तुबाट, हामी ख्रीष्टविरोधीहरूका स्वभावहरू बुझ्न सक्छौँ। यस विषयवस्तुमा ख्रीष्टविरोधीहरूका मुख्य प्रकटीकरणहरू केके हुन्? (दुष्टता र उग्रता।) दुष्टता र उग्रताताका यी दुई स्वभाव दुवै एकदमै सुस्पष्ट र प्रस्ट छन्। “भ्रममा पार्नु” बाट सुरु गरेर यी व्यवहारहरूबारे एक-एक गरी छलफल गरौँ। “भ्रममा पार्नु” ले सामान्यतया के अर्थ दिन्छ? के यसमा इमानदारीका कुनै प्रकटीकरणहरू समावेश छन्? के यसमा कुनै इमानदार शब्दहरू छन्? (छैनन्।) यसमा कुनै पनि इमानदार शब्दहरूछैनन्—यो सबै झूट हो, यसमा झूटा छाप, झूटा भनाइ, र भ्रामक शब्दहरू प्रयोग गरेर अरूलाई आफूले भनेको कुरा सही हो भनी विश्वास गराइन्छ, यसरी अरूलाई आफूलाई स्विकार्न र भरोसा गर्न लगाइन्छ। “भ्रममा पार्नु” को अर्थ यही हो। के भ्रममा पारिनेहरूले सत्यता प्राप्त गर्छन् वा सही मार्गमा हिँड्छन्? तिनीहरूले यी कुनै पनि हासिल गर्दैनन्। मानिसहरूलाई भ्रममा पार्ने व्यवहार र अभ्यास सकारात्मक होइन, पक्कै पनि नकारात्मक हो। भ्रममा पारिनेहरू मूलत: धोकामा परेका हुन्छन्; तिनीहरू खास तथ्यहरू, वास्तविक परिस्थिति, वा साँचो सन्दर्भ बुझ्दैनन्, र त्यसपछि तिनीहरू गलत मार्ग र दिशा, अनि गलत व्यक्तिलाई पछ्याउन रोज्छन्। भ्रमाउनुले भ्रममा पर्नेहरूमाथि पार्ने असर यही हो। यो त कुनै सपिङ् मलमा राखिएका विज्ञापनजस्तै हो: ती अत्यन्तै राम्ररी लेखिएका हुन्छन्, र मानिसहरूले त्यो देखेपछि, त्यो अङ्कित मूल्यमै किन्छन्, तर खरिद गरिसकेपछि त्यो सामान बेकारको पाउँछन्। त्यो त धोकामा पर्नु हो। त्यसोभए, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्ने तरिकाले व्यवहार गर्नुको उद्देश्य के हो? तिनीहरूले मानिसहरूलाई भ्रममा पार्न कस्ता विधिहरू प्रयोग गर्छन्, कस्ता शब्दहरू भन्छन्, र के-कस्ता कामकुरा गर्छन्? पहिला तिनीहरूको उद्देश्यबारे कुरा गरौँ। यदि तिनीहरूको कुनै उद्देश्य नै नभएको भए, के तिनीहरूले मानिसहरूलाई लोभ्याउन र भ्रममा पार्न प्रयास गर्नुपर्नेथ्यो वा मिठा कुराहरू भन्नुपर्नेथ्यो र? अविश्वासीहरूमाझ “सित्तैमा केही पनि पाइँदैन” भन्ने भनाइ छ। यदि तैँले यो कुरा छर्लङ्गै बुझ्न सकिनस् भने, तँ धोकामा पर्नेछस्। संसार यतिको दुष्ट छ, मानिसहरू एकअर्काविरुद्ध षडयन्त्र रच्छन् र एकअर्कालाई दुर्व्यवहार गर्छन्। भ्रष्ट मानवजातिको जीवन यही हो। किन ख्रीष्टविरोधीहरू घुमाउरो तरिकाले बोलेर मानिसहरूलाई भ्रममा पार्ने प्रयास गर्छन्? तिनीहरू प्रस्ट उद्देश्यले बोल्छन् र कार्य गर्छन्, त्यो उद्देश्य हो, शक्तिका लागि होड गर्नु र मानिसहरूमाथि नियन्त्रण जमाउनु—यसमा कुनै शङ्का छैन। तिनीहरूको उद्देश्य राजनीतिज्ञहरूको उद्देश्यभन्दा फरक छैन। त्यसोभए, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्न कस्ता रणनीतिहरू प्रयोग गर्छन्? तिनीहरूले यो कसरी गर्छन्? पहिला, तिनीहरूले तँलाई तिनीहरूजस्तै बनाउँछन्। तँमा तिनीहरूको राम्रो छाप पारेपछि, तँ तिनीहरूदेखिसतर्क हुन छोड्नेछस: तैँले तिनीहरूलाई भरोसा गर्नेछस्, अनि त्यसपछि तैँले तिनीहरूको नेतृत्व स्विकार्नेछस् र तँ तिनीहरूप्रति स्वेच्छाले समर्पित हुनेछस्। तिनीहरूले जे भने पनि र तँलाई जे गराए पनि तँ तिनीहरूको कुरा सुन्न इच्छुक हुनेछस्। यो सुन्ने इच्छुकताको अर्थ के हो? यसको अर्थ समझशक्ति नचलाउनु, अनि सिद्धान्तविना आज्ञापालन गर्नु र समर्पित हुनु हो। के ख्रीष्टविरोधीहरूले निन्दात्मक शब्द र विधिहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने नतिजा हासिल गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसोभए, तिनीहरूले यो नतिजा हासिल गर्न सामान्यतया कस्ता विधिहरू अपनाउँछन्? बढीजसो, तिनीहरू मानव धारणासँग मिल्ने शब्दहरू, साथै मानव भावनाका धर्मसिद्धान्तहरू प्रयोग गर्छन्। कहिलेकाहीँ तिनीहरू सत्यतासँग मिल्दो शब्द र धर्मसिद्धान्तहरू पनि बोल्छन्। यसो गर्दा तिनीहरूलाई मानिसहरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्न सजिलो हुन्छ, र मानिसहरूले पनि तिनलाई स्विकार्ने सम्भावना हुन्छ। उदाहरणका लागि, जब दाजुभाइ-दिदीबहिनीहरू मण्डलीको काममा क्षति पुग्ने केही गलत कुरा गर्छन्, र तिनीहरूलाई नकारात्मक र कमजोर महसुस हुन्छ, तब ख्रीष्टविरोधीहरू सत्यतामा सङ्गति गरेर तिनीहरूलाई साथ र सहयोग दिँदैनन्। बरु, तिनीहरू भन्छन्, “मानिसहरू कमजोर हुनु सामान्य घटना हो—यो सामान्य हो। म पनि प्रायः कमजोर हुन्छु। परमेश्वर यी कुराहरू सम्झनुहुन्न।” वास्तवमा, के तिनीहरूलाई परमेश्वर यी कुराहरू सम्झनुहुन्छ कि सम्झनुहुन्न भनेर थाहा हुन्छ? अहँ, थाहा हुँदैन। तिनीहरू भन्छन्, “यो मामला उचित ढङ्गले नसम्हाल्नुले केही फरक पार्दैन। अर्कोपटक सच्याऊ न। परमेश्वरको घरलाई थाहा छैन, र त्यसबारे कसैले पनि सोधपुछ गरिरहेको छैन। मैले माथिल्लो तहकालाई रिपोर्ट गरिनँ भने माथिल्लो नेतृत्वले त्यसबारे थाहा पाउनेछैन, र माथिले निश्चय नै थाहा पाउनेछैन, अनि त्यसपछि परमेश्वरले पनि थाहा पाउनुहुनेछैन—त्यसकारण, परमेश्वरले यस मामलालाई ध्यान दिनुहुनेछैन। हामी सबै दुष्ट मानिस हौँ; तिमीमा भ्रष्टता छ, र ममा पनि छ। अगुवा भएको नाताले म अभिभावकजस्तै हुँ: तिमीहरूले जे गल्तीहरू गरे पनि त्यसको जिम्मेवार म हुन्छु। ममा सानो कद हुनु अनि तिमीहरूलाई साथ र सहयोग दिन नसक्नु मेरो गल्ती हो, जसले गर्दातिमीहरू गलत कामकुरा गर्न पुग्यौ। यदि ममा अझ ठूलो कद भएको भए, म तिमीहरूलाई सहयोग गर्न सक्थेँ, र तिमीहरूले कुनै गल्ती गरेका हुँदैनथ्यौ। यस मामलाको जिम्मेवार म हुन्छु। यसले मण्डलीको काममा केही क्षति पुऱ्याएको होला, तैपनि हामी यसलाई आफै सामसुम पार्न सक्छौँ, र मामिला त्यहीँ सकिनेछ। यस मामलामा कसैले पनि सोधपुछ गर्नु हुँदैन, र कसैले पनि माथिल्लो तहमा यसको रिपोर्ट गर्नु हुँदैन; यसलाई तिमीहरू र मबीचमै सीमित राखौँ। यदि मैले यसबारे अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइनँ भने, यसबारे माथिल्लो तहमा कसैले पनि रिपोर्ट गर्नेछैन, अनि मामला सकिनेनेछ। हामीले केवल फेरि यस्तो कुरा कहिल्यै नगर्ने वा यस्तो गल्ती नगर्ने भनेर परमेश्वरसामु प्रार्थना गर्नुपर्छ र शपथ खानुपर्छ। अगुवाका नाताले, तिमीहरूको सुरक्षा गर्ने जिम्मेवारी मेरो हो। परमेश्वर अति उच्च हुनुहुन्छ—के हामीले उहाँको सुरक्षा माग्नु व्यावहारिक हुन्छ? यसका अलावा, परमेश्वर मानिसहरूको जीवनका यी झिना-मसिना मामलाहरूमा चासो राख्नुहुन्न, त्यसैले तिमीहरूलाई सुरक्षा गर्ने जिम्मेवारी अगुवाको नाताले अव्यक्त रूपमा मेरै काँधमा आइपर्छ। तिमीहरूको कद सानो छ, त्यसैले तिमीहरूले गल्ती गऱ्यौ भने त्यसको दोष म लिनेछु। चिन्ता नगर, यदि कुनै समय साँच्चै केही गल्ती भयो, र माथिले पत्ता लगाउनुभयो वा त्यसबारे थाहा पाउनुभयो भने, म तिमीहरूको ढाल बन्नेछु।” मानिसहरूले यो कुरा सुन्दा, यस्तो सोच्छन्, “यो त गजब हो! म जिम्मेवारी लिनेबारे साह्रै चिन्तित थिएँ—यो अगुवा अत्यन्तै राम्रो रहेछ!” के तिनीहरू भ्रममा पारिएका हुँदैनन् र? के ख्रीष्टविरोधीहरूले भनेका कुरामा सत्यतासँग मिल्दो कुनै कुरा छ? के त्यसमा मानिसहरूका लागि लाभदायी वा शिक्षाप्रद कुनै कुरा छ? के त्यसमा सिद्धान्तको आधारमा मामिला सम्हाल्ने कुनै कुरा छ? (छैन।) त्यसोभए, यी कस्ता शब्दहरू हुन्? ती त सम्बन्धहरू बनाउनका लागि मानव भावना, समानुभूति, र क्षमाशीलता प्रयोग गर्ने, सम्बन्धलाई अर्को तहमा पुऱ्याउन भावना र मित्रतालाई जोड दिने, मानिसहरूलाई ख्रीष्टविरोधीहरू अत्यन्तै बुझकी, अत्यन्तै क्षमाशील र मानिसहरूप्रति सहनशील छन् भनेर महसुस गराउने शब्दहरू हुन्। तर यसमा कुनै सिद्धान्त वा सत्यताहरू हुँदैनन्। यो सतही तहको बुझाइ के हो? यो कामकुरा ढाकछोप गर्नु, बच्चालाई फकाउनुजस्तो मात्र हो। यसमा कस्ता रणनीतिहरू प्रयोग भइरहेका छन्? तिनीहरू मानिसहरूलाई मूर्ख बनाउने र भ्रममा पार्ने आफ्नो लक्ष्य पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूको हितलाई हानी पुग्ने गरी फकाउने, चालबाजी गर्ने, सम्बन्ध निर्माण गर्ने, कामकुरा ढाकछोप गर्ने, र असल व्यक्ति भएको बहाना गर्ने गर्छन्, अनि परमेश्वरको घरका हितहरूलाई धोका दिन्छन्। यसको अन्तिम परिणाम के हुन्छ? यसले मानिसहरूलाई परमेश्वरदेखि टाढा बस्ने, परमेश्वरदेखि सतर्क रहने, र ख्रीष्टविरोधीहरूको अझ नजिकिँदै जाने बनाउँछ। भ्रममा परेपछि पनि, यी मानिसहरू यसो भन्छन्, “मैले त्यो गल्ती गरेपछि, म अत्यन्तै चिन्तित थिएँ। मैले परमेश्वरलाई धेरैपटक प्रार्थना गरेँ, तर उहाँले मलाई सान्त्वना दिनुभएन। मलाई हृदयमा अस्थिर र असहज महसुस भयो, अनि मैले परमेश्वरबाट कुनै समाधान पाउन सकिनँ। तर अहिले ठिक छ; यदि म अगुवाकहाँ गएँ भने, मेरा सारा समस्या समाधान हुन्छन्। यस्तो अगुवा पाएकोमा म साँच्चै निकै भाग्यमानी छु। हाम्रा अगुवा अरू कोहीभन्दा राम्रो हुनुहुन्छ!” यो मोडमा, तिनीहरूका हृदय र दृष्टिकोण ख्रीष्टविरोधीहरूतर्फ सरिसकेका हुन्छन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूले नियन्त्रण गरेका हुन्छन्। कसरी तिनीहरूख्रीष्टविरोधीहरूद्वारा नियन्त्रित हुन सक्छन्? किनकि तिनीहरूलाई यी ख्रीष्टविरोधीहरूमा सुरक्षा अनुभूति हुन्छ। तिनीहरूले समानुभूति पाउँछन्, र हृदयमा सन्तुष्टि र सान्त्वना पाउँछन्। यसले तिनीहरू भ्रमित भइसकेका छन् भन्ने देखाउँछ।

विगतमा, माथिले कुनै मण्डलीमा खराब मानवता भएको व्यक्ति छ, जसले कुनै पश्चात्तापको सङ्केत नदेखाई निरन्तर बाधा र अवरोध गरिरहेको छ भनेर पत्ता लगाउनुभयो, त्यसैले उहाँले यस व्यक्तिलाई हटाउनू भनेर स्थानीय मण्डली अगुवालाई भन्नुभयो। स्थानीय मण्डली अगुवाले यो कुरा सुनेपछि सोच्यो, “उसलाई हटाउने? मैले यसबारे सोच्नुपर्छ। ऊ मेरै मान्छे हो—तिमीहरूले उसलाई त्यसरी हटाउन मिल्दैन। म उसका निम्ति खडा हुनुपर्छ। माथिले साँचो स्थिति बुझ्नुहुन्न। उसलाई त्यसरी हटाउन खोज्नु त साँच्चै हद पार गर्नु हो। उसको साह्रै मन दुख्नेछ!” ऊ त्यस व्यक्तिलाई हटाउन मुखले त सहमत भयो, तर उसको हृदयमा भने त्यसो गर्ने कुनै अभिप्राय थिएन। उसले यसलाई कसरी सम्हाल्यो होला, अनुमान गर्न सक्छस्? उसले यसबारे मनन गऱ्यो, “म यो परिस्थितिलाई कसरी समाधान गरूँ ताकि ममुनिका मानिसहरू अगुवाका रूपमा मसित सन्तुष्ट होऊन् र माथिले मलाई तिरस्कार नगर्नुहोओस्?” यसबारे सोचेपछि, उसले एउटा योजना बनायो। उसले सबैलाई भेलाका लागि सँगै बोलायो र भन्यो, “आज, हामीले एउटा विशेष मामला सम्हाल्नु छ। त्यो के हो? एक व्यक्तिसँग माथि त्यति सन्तुष्ट हुनुहुन्न, र उहाँ उसलाई हटाउन चाहनुहुन्छ। त्यसैले, हामीले यसबारे के गर्नुपर्छ? सबैले मतदान गरेर उसलाई हटाउने कि नहटाउने भनी निर्णय गरौँ।” मतगणनाको नतिजा आयो, र करिब ८०-९० प्रतिशत मानिसहरू उसलाई हटाउन सहमत भएका थिए, तर केही असहमत मतहरू थिए। हामी यी असहमति जनाउनेहरू त्यो दुष्ट व्यक्तिका कट्टर अनुयायी थिए कि थिएनन् वा तिनीहरूले अरू नै कारणले त्यसो गरेका हुन् भन्नेबारे कुरा गर्नेछैनौँ, जे भए पनि, केही मानिस असहमत भए, अनि राय सर्वसम्मत भएन। त्यसपछि अगुवाले भन्यो, “मतमार्फत, मैले फरक-फरक विचारहरू देखेको छु। यो एउटा महत्त्वपूर्ण मामला हो, र हामीले यी विचारलाई सम्मान गर्नैपर्छ। हामीले लोकतन्त्रको अभ्यास गर्नुपर्छ। हेर त पश्चिमी लोकतान्त्रिक प्रणाली कति राम्रो छ: हामीले पनि मण्डलीमा त्यस्तै अभ्यास गर्नुपर्छ, हामीले लोकतन्त्र र मानव अधिकार प्राप्त गर्न सक्दो प्रयास गर्नैपर्छ। अब, केही विपरीत मत परेकाले, हामीले यस व्यक्तिलाई हटाउन मिल्दैन। हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका रायको सम्मान गर्नैपर्छ। दाजुभाइ-दिदीबहिनीहरू को हुन्? उनीहरू परमेश्वरका चुनिएका जन हुन्! हामीले उनीहरूका रायलाई बेवास्ता गर्न मिल्दैन। परमेश्वरका चुनिएका जनहरूमध्ये एक जना मात्र असहमत भए पनि, हामीले हटाउन मिल्दैन।” वास्तवमा, उसको कुराको कुनै आधार थिएन, परमेश्वरले कहिल्यै यस्ता कुराहरू भन्नुभएको छैन। ऊ बकवास मात्र गरिरहेको थियो। पछि, माथिले उक्त दुष्ट व्यक्तिलाई अझै हटाइएको रहेनछ भनेर थाहा पाएपछि चाँडो हटाउन स्थानीय अगुवालाई भन्नुभयो। ऊ प्रतिज्ञा गर्दै भन्छर्यो, “ठिक छ, त्यो काम चाँडै हुनेछ।” उसको प्रतिज्ञाको के अर्थ थियो? त्यसको अर्थ उसले ढिलो दिन्थ्यो। उसले सोच्यो, “तपाईँ उसलाई हटाउनू भन्नुहुन्छ, तर म यो काम तुरन्तै गर्न सक्दिनँ। के थाहा, धेरै समय बितेपछि, सायद तपाईंले त्यो बिर्सिनुहुनेछ, र मैले उसलाई हटाउनु पर्नेछैन।” पछि, उसले सबैलाई सँगै अर्को भेलामा अर्को मतदानका लागि बोलायो। सङ्गति र खुट्ट्याइमार्फत, त्यस व्यक्तिलाई वास्तवमै हटाउनुपर्ने सबैलाई प्रस्ट भयो। विपरीत मतहरू घट्यो, तर उसलाई हटाउनेविरुद्ध अझै पनि एउटा मत थियो। फेरि पनि अगुवाले उसलाई हटाएन र यसो भन्यो, “त्यसविरुद्ध एउटा मत हुञ्जेल हामीले उसलाई हटाउन मिल्दैन।” धेरैजसो मानिसले सोचे, “यदि माथिले हटाउन आदेश दिएको हो भने, उसलाई हटाऊ। के माथिले यस मामलालाई निश्चय नै छर्लङ्ग देख्न सक्छ त? के उहाँले निश्चय नै कुनै गल्ती गर्नुभएको छैन त?” के माथिका बन्दोबस्तहरूप्रति समर्पित हुनु सिद्धान्त हो? के त्यो सत्यता हो? (हो।) यो सत्यता हो भनेर त्यो अगुवालाई थाहा थिएन। उसले के गऱ्यो? उसले भन्यो, “यसविरुद्ध अझै एउटा मत छ, त्यसैले हामीले उसलाई हटाउन मिल्दैन। हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका रायलाई अवश्यै सम्मान गर्नैपर्छ। यसलाई नै सर्वोच्च मानव अधिकार भनिन्छ।” पछि, माथिले फेरि त्यस मामलाबारे सोधपुछ गर्नुहुँदा, त्यो अगुवाले झारा टार्दै आलटाल गरिरह्यो। अन्त्यमा, माथिले त्यस दुष्ट व्यक्तिलाई हटाइएको रहेनछ भनेर देखेपछि, त्यो अगुवालाई पनि बरखास्त गरेर हटाउनुभयो। माथिले उसलाई अगुवा बनाउनुभएको थियो, तर उसले उहाँको कुरा सुनेन; माथिसँग उसलाई प्रयोग गर्ने र बरखास्त गर्ने अख्तियार हुन्छ—यो एउटा प्रशासनिक आदेश हो। यसपछि, उसका सहयोगीहरूलाई पनि हटाइयो। के माथिका बन्दोबस्तहरूलाई सबैले मतदान गरेर अनुमोदन गर्न आवश्यक छ? (छैन।) किन छैन? तिमीहरू यसको कारण बताउन सक्दैनौ; तिमीहरू त्यस दिग्भ्रमित अगुवासँग निकै मिल्दाजुल्दा छौ जस्तो देखिन्छ, होइन र? ल भन्, मैले तिमीहरूलाई सङ्गति गरिरहेका यी वचनहरू धर्मसिद्धान्त हुन् कि वास्तविकता? (वास्तविकता।) यदि मानिसहरूले ती अभ्यास र लागू गरेमा, के त्यो सही हुनेछ? (हुनेछ।) यदि त्यो सही हुन्छ भने, के सबैले त्यसमा मत हालेर मतदान गर्न जरुरी छ? (छैन।) के माथिले कसैलाई हटाउन आदेश दिएर उसलाई अन्याय गर्न सक्नुहुन्छ? कदापि सक्नुहुन्न। त्यसोभए, माथिले यस दुष्ट व्यक्तिलाई हटाउनू भनी आदेश दिनुहुँदा, र यस अगुवाले त्यो कार्यान्वयन गर्न मानेन, यसमा समस्या के थियो? (खुला अवज्ञा।) यो खुला अवज्ञा मात्र होइन, यो त स्वतन्त्र राज्य सिर्जना गर्नु हो। माथिले त्यस दुष्ट व्यक्तिलाई हटाउनू भनी आदेश दिनुहुँदा, यस झूटो अगुवाले आलटाल गऱ्यो र त्यसलाई कार्यान्वयन गरेन, अनि उसले मतदान गराएर आम रायको सर्वेक्षण गऱ्यो। उसले कस्तो आम रायको सर्वेक्षण गरिरहेको थियो? सार्वजनिक राय भनेको के हो? बहुमत भनेको के हो? के बहुसङ्ख्यक मानिसले सत्यता बुझ्छन् वा तिनीहरूमा सत्यता हुन्छ? (त्यस्तो हुँदैन।) यदि बहुसङ्ख्यक मानिसहरूसँग समझशक्तिसमेत हुँदैन भने, के तिनीहरू सत्यता बुझ्ने मानिस हुन सक्छन्? यस अगुवाले आम रायसमेत सर्वेक्षण गऱ्यो—के त्यसले कुनै समस्या साँच्चै समाधान गर्न सक्छ? के यो जरूरी छ? अधिकांश मानिसमा समझशक्ति हुँदैन, र माथिले व्यक्तिगत रूपमै निरीक्षण गरेर दुष्ट व्यक्तिलाई हटाउने आदेश दिनुभयो, तर यस ख्रीष्टविरोधीले आलटाल गऱ्यो र उसलाई हटाएन, दुष्ट व्यक्तिलाई आश्रय दियो र जोगायो, उसलाई मण्डलीमा रहेर बाधा पुऱ्याउन दियो। जहाँ दुष्ट मानिसहरू हुन्छन्, त्यहाँ भद्रगोल र अस्तव्यस्त हुन्छ। परमेश्वरका चुनिएका जनहरूले सामान्य तरिकाले आफ्ना कर्तव्य निभाउन सक्दैनन्, र मण्डलीको काम सामान्य तरिकाले अगाडि बढ्न सक्दैन। दुष्ट मानिसहरूलाई तुरुन्तै हटाएपछि मात्र मण्डलीको काम सामान्य तरिकाले अघि बढ्ने सुनिश्चित हुन्छ। तर, ख्रीष्टविरोधीहरू सत्तामा रहेका ठाउँमा, परमेश्वरको घरका हितलाई हानि गर्ने, बाधा पुऱ्याउने, अनुचित तरिकाले कार्य गर्ने, र अलिकति पनि इमानदारी नभई आफ्ना कर्तव्य निभाउनेहरूलाई हटाउन सकिँदैन। ख्रीष्टविरोधीहरू मण्डलीमा दुष्टता गर्दै भाँडभैलो मच्चाउँछन्, दुष्ट मानिस र गैरविश्वासीहरूलाई आश्रय दिन्छन् र जोगाउँछन्। तिनीहरू के निहुँमा यसो गर्छन्? तिनीहरू अधिकारी भएकाले अरू मानिसको मालिक हुनैपर्छ भन्ने निहुँमा त्यसो गर्छन्। तिनीहरू परमेश्वरको घरमा आफूलाई अधिकारी मान्छन्, अनि रू अरू मानिसको मालिक हुन चाहन्छन्। ल भन् त, मानिसको मालिक को हो? (परमेश्वर।) परमेश्वर र सत्यता नै मानिसका मालिक हुन्। ती ख्रीष्टविरोधीहरू केही पनि होइनन्! तिनीहरू यी मानिसहरूको मालिक हुन चाहन्छन्, तर तिनीहरूलाई आफ्नो मालिक को हो भन्नेसमेत थाहा छैन! के तिनीहरू दुर्जन होइनन् र? ख्रीष्टविरोधीहरू यो विधि प्रयोग गरेर मानिसहरूलाई यसो भन्छन्: “म तिमीहरूको मालिक हुन सक्छु। यदि तिमीहरूमा कुनै गुनासा, कुनै असन्तुष्टि छन्, वा यदि तिमीहरूले कुनै अन्याय वा दुःखकष्ट भोगेका छौ भने, म तिमीहरूको अगुवाको नाताले त्यो समाधान गरिदिन सक्छु।” सत्यता वा वास्तविक तथ्यहरू नबुझ्नेहरूलाई ती ख्रीष्टविरोधीहरूले भ्रममा पार्छन्। उनीहरू तिनीहरूलाई मालिक र परमेश्वरको रूपमा पछ्याउँछन् र आराधना गर्छन्। सत्यता बुझ्नेहरूलाई यस्ता ख्रीष्टविरोधीहरू भेट्दा कस्तो लाग्छ? उनीहरू घिनाउँछन् र तिरस्कार गर्छन्, र यसो भन्छन्, “त्यसोभए तिमी हाम्रो मालिक भएर हामीलाई नियन्त्रण गर्न चाहन्छौ? यो तिम्रो जीवनकालमा त हुनेछैन! हामीले तिमीलाई हाम्रो अगुवाका रूपमा रोज्यौँ ताकि तिमीले हामीलाई परमेश्वरकहाँ डोऱ्याएस्, तिमीकहाँ होइन।” यसको मतलब उनीहरूले ख्रीष्टविरोधीहरूका षड्यन्त्र छर्लङ्गै देखेका छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई आफू उनीहरूको मालिक भएको निहुँमा भ्रममा पार्छन्, यो आफ्ना आवश्यकताहरूसँग मिल्छ भनी सोच्न लगाउँछन्, चाहे त्यो भावनात्मक, मनोवैज्ञानिक, आत्मिक, वा अन्य आवश्यकताहरू किन नहोऊन्। सत्यता वा वास्तविक तथ्यहरू नननबुझ्नेहरू बारम्बार ख्रीष्टविरोधीहरूको भ्रमको सिकार बन्छन्, यतिसम्म कि भ्रममा परेपछि, उनीहरू पछाडि फर्केर चिन्तन गर्न नसक्ने मात्र नभई ती ख्रीष्टविरोधीहरूको समर्थन र बचाउ गर्नसमेत सक्छन्। उनीहरूले ख्रीष्टविरोधीहरू समर्थन र बचाउ गर्न सक्नुले उनीहरू साँच्चै भ्रममा परेका छन् भनेर एकदमै प्रस्ट देखिन्छ—के कुरा यही होइन र? (हो।) किन मानिसहरू परमेश्वरमा विश्वास गर्छन्? मुक्ति पाउन होइन र? यदि तँ ख्रीष्टविरोधीहरूलाई पछ्याउँछस् भने, के तैँले परमेश्वरलाई प्रतिरोध र विश्वासघात गरिरहेको हुँदैनस् र? के तँ परमेश्वरविरोधीप्रति शक्तिहरूको पक्षमा उभिरहेको हुँदैनस् र? त्यो अवस्थामा, के परमेश्वरले अझै पनि तँलाई चाहनुहुनेछ? यदि तँ नामका लागि मात्र परमेश्वरलाई पछ्याउँछस् अझै कुनै व्यक्तिलाई नै पछ्याउँछस् भने, परमेश्वरले तँलाई कसरी हेर्नुहुनेछ र व्यवहार गर्नुहुनेछ? यदि तैँले परमेश्वरलाई अस्वीकार गरिस् भने, के उहाँले तँलाई तिरस्कार गर्नुहुनेछैन र? यदि मानिसहरू यति थोरै धर्मसिद्धान्तसमेत बुझ्दैनन् भने, के तिनीहरूले सत्यता बुझ्न सक्छन्? के यी मानिसहरू अन्योलमा छैनन् र?

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु कहिलेकाहीँ हुने प्रकटीकरण होइन; तिनीहरू यो बारम्बार गर्छन्, यो तिनीहरूको निरन्तर कार्य सिद्धान्त हो, वा यो तिनीहरूको कामकुरा गर्ने आधार, विधि, र शैली हो भन्न सकिन्छ—यो तिनीहरूको निरन्तर कार्यशैली हो। नत्र, तिनीहरूलाई कसले आदर गर्नेथ्यो र? पहिलो कुरा त, तिनीहरू सत्यता बुझ्दैनन्। दोस्रो कुरा, तिनीहरूमा खराब मानवता हुन्छ। तेस्रो कुरा, तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय पनि हुँदैन। त्यसोभए कसरी तिनीहरू मानिसहरूलाई आफ्नो कुरा पूर्ण रूपमा मान्ने, आफूलाई आदर र प्रशंसा गर्ने तुल्याउनसक्छन्? तिनीहरू विभिन्न माध्यम र विधिमा भर परेर देखावा गर्छन्, र मानिसहरूलाई आफ्नो आदर र आराधना गर्ने तुल्याउँछन्। तिनीहरू मानिसहरूलाई भ्रममा पार्न यी विधिहरू प्रयोग गर्छन्, उनीहरूमा केही झूटा छाप पार्छन्, उनीहरूलाई तिनीहरू आत्मिक छन्, तिनीहरू परमेश्वरलाई प्रेम गर्छन्, मूल्य चुकाउँछन्, प्रायः सही कुरा भन्छन् र सही सिद्धान्तहरू प्रस्तुत गर्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूका हितको रक्षा गर्छन् भनेर बुझ्ने तुल्याउँछन्। त्यसपछि, तिनीहरूले यी झूटा बुझाइहरू प्रयोग गरेर मानिसहरूमा सम्मान र प्रशंसाको भावना पैदा गर्छन्, मानिसहरूलाई भ्रममा पार्ने र आफूलाई पछ्याउन लगाउने तिनीहरूको लक्ष्य पूरा गर्छन्। जब तिनीहरू मानिसहरूलाई यसरी भ्रममा पार्छन्, के तिनीहरूले गर्ने कामकुरा सत्यतासित मेल खान्छन्? तिनीहरूले सबथोक सही भने पनि, त्यो पक्कै पनि सत्यतासित मेल खाँदैन। समझशक्ति नभएकाहरूले समस्या देख्न सक्दैनन्। मानिसहरूलाई भ्रममा पार्ने सारको सम्बन्धमा भन्नुपर्दा, तिनीहरूका कार्यले गर्दा मानिसहरूलाई ती सत्यतासित मेल खाँदैनन् भनी बुझ्न गाह्रो हुन्छ। यदि यो देख्न सकेको भए, के मानिसहरूले आफ्नो जालझेल पत्ता लगाउन सक्नेथिएनन् र? वास्तवमा, तिनीहरूले गर्ने र खुलासा गर्ने कुरा झूटो आत्मिकता हो। त्यसोभए, झूटो आत्मिकताको प्रकटीकरण के हो? झूटो आत्मिकतासित सम्बन्धित धेरै व्यवहार, कार्य, र भनाइहरू सही देखिन्छन्, तर वास्तवमा ती बाहिरी कार्य मात्र हुन्, र तिनको सत्यता अभ्यास गर्नुसित कुनै सम्बन्ध हुँदैन। ठ्याक्कै फरिसीहरूजस्तै, जसले प्रभु येशूको प्रतिरोध गरे: तिनीहरू हातमा धर्मशास्त्र लिएर गल्लीहरूमा “हे मेरा प्रभु…” भन्दै चर्को सोरमा प्रार्थना गर्थे, मानिसहरूलाई तिनीहरूको भक्ति देखाउँथे। फलस्वरूप, आजकाल “फरिसी” शब्द त पाखण्डी मानिसहरूको उपमा बनेको छ। फरिसीको अगाडि कुन विशेषण लाग्छ? पाखण्डी। खासमा, आजकाल तैँले “पाखण्डी” नभनी “फरिसी” मात्र भनिस् भने पनि यो सकारात्मक शब्द होइन भन्ने प्रस्ट हुन्छ—यो “दुर्जन” वा “दियाबलस” भनेजस्तै हो र यसले त्यही अर्थ दिन्छ। झूटो आत्मिकताको कुरा गर्नुपर्दा, आजकाल आत्मिकताबारे खासै धेरै मानिसले कुरा गर्दैनन्, र कसैले आत्मिकताको उल्लेख गर्दा, त्यसको अगाडि के थप्छ? (झूटो।) ठिक् भनिस्, झूटो शब्द थप्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धेरैपटक भ्रममा पार्नुको प्रकटीकरण वास्तवमा झूटो आत्मिकताको प्रकटीकरण हो। झूटो आत्मिकतासँग जोडिएका शब्द, कार्य, र व्यवहारहरू प्रायः निकै राम्रा, निकै भक्तमय, र सत्यतासँग मिल्दो देखिन्छन्। तिनीहरू कुनै व्यक्तिलाई कमजोर देख्दा आफ्नो खाना बिर्सेर हतारपतार उसलाई मद्दत गर्न पुग्छन्। जब तिनीहरू कसैलाई घरमा कुनै समस्या आइपरेको देख्छन्, तब तिनीहरू आफ्ना मामलालाई बेवास्ता गरेर उसलाई मद्दत गर्न हतारिन्छन्। यद्यपि, तिनीहरू केही सही शब्द वा मिठा र सहानुभूतिशील शब्दहरूद्वारा मद्दत गर्छन्, तर यति धेरै बोल्दा पनि त्यस व्यक्तिका वास्तविक समस्याहरू ज्युँका त्युँ रहन्छन्, समाधान हुँदैनन्। त्यसोभए तिनीहरूले यस्तो व्यवहार गर्नुको उद्देश्य के हो त? मानिसहरू तिनीहरूको व्यवहारद्वारा अत्यन्तै प्रभावित हुन्छन्, र तिनीहरूलाई आवश्यकता परेको बेलामा यस्तो अगुवामा भर पर्न पाउनु गजबको कुरा हो भन्ने लाग्छ—उनीहरू साँच्चै खुसी हुन्छन्। त्यसकारण, के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले शब्दहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने मात्र नभई त्यो सँगसँगै उनीहरूलाई भ्रममा पार्न विभिन्न व्यवहार पनि अपनाउँछन्, ताकि मानिसहरूले तिनीहरू अत्यन्तै आत्मिक, असाधारण, र आफ्नो भरोसा र सहाराका लायक छन् भन्ने ठानून्। कतिपयले त यस्तोसमेत सोच्लान्, “परमेश्वरमा विश्वास गर्नु अलि सैद्धान्तिक लाग्छ, तर हाम्रो अगुवामा विश्वास गर्नु व्यावहारिक हुन्छ। यो अत्यन्तै वास्तविक र साँचो हुन्छ: उनलाई छुन र देख्न सकिन्छ, अनि कामकुरा सम्हाल्दा उनलाई सोध्न र सिधै कुरा गर्न सकिन्छ। त्यो कति गजबको हुन्छ!” यस्ता नतिजाहरू हासिल गरेर, ख्रीष्टविरोधीहरू आफ्ना उद्देश्यमा पुगेका हुन्छन्, तर भ्रमितहरूहरू दुःखित हुन्छन्। केही समयसम्म ख्रीष्टविरोधीहरूको भ्रममा परेपछि, जब यी मानिसहरू फेरि परमेश्वरसामु आउँछन्, तब उनीहरू प्रार्थना गर्न वा उहाँलाई आफ्ना हृदय खोल्न जान्दैनन्। त्यसबाहेक, यी मानिसहरूको भेटघाट हुँदा, उनीहरू एकअर्कालाई चिप्लो घस्छन्, आत्मिक भएको नाटक गर्छन्, अनि एकअर्कालाई भ्रममा पार्ने र छल्ने गर्छन्। अन्त्यमा, ख्रीष्टविरोधीहरू यस्तोसमेत दाबी गर्छन्, “हाम्रो मण्डलीको हरेक दाजुभाइ-दिदीबहिनीले परमेश्वरलाई प्रेम गर्छ। समस्याहरू आइपर्दा, उनीहरू त्यो समाधान गर्न डटेर लागिपर्छन्—उनीहरूलाई ठूलो रातो अजिङ्गरले गिरफ्तार गरे पनि, उनीहरू सबै जना आफ्नो गवाहीमा अडिग रहन सक्छन्। हामी कोही पनि यहूदा हुनेछैनौँ—म यसको ग्यारेन्टी दिन्छु!” के भयो भने, जब तिनीहरू पक्राउ परे, तब तिनीहरूमध्ये धेरैजसो यहूदा बने। के तिनीहरू दुर्जनहरूको समूह होइनन् र? ख्रीष्टविरोधीहरूले यी खोक्रा शब्द र नाराहरू प्रयोग गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख बनाउने, भ्रममा पार्ने, र ठग्ने गर्छन्। धेरैजसो मानिस मूर्ख र अनभिज्ञ हुन्छन्, उनीहरूमा समझशक्ति हुँदैन, अनि ख्रीष्टविरोधीहरूलाई मनपरी व्यवहार गर्न दिन्छन्। माथिका कार्य प्रबन्धहरूले परिस्थिति उत्पन्न हुँदा त्यो कसरी सम्हाल्ने र कस्तो काम गर्ने भनेर लामो समयदेखि जोड दिएका छन्, जसको उद्देश्य परमेश्वरका चुनिएका सबै जनले सुरक्षित वातावरणमा आफ्ना कर्तव्य निभाउन सकून् भनी सुनिश्चित गर्नु हुन्छ। गिरफ्तारी र सतावटमा परेमा, सकेसम्म क्षति कम गर्नुपर्छ। यदि परमेश्वरका चुनिएका सबै जन गिरफ्तार भएर जेल परेर उनीहरूको मण्डली जीवन पूर्ण रूपले गुम्यो भने, के यसले उनीहरूको जीवन प्रवेशमा कमी गराउनेछैन र? जेलमा परमेश्वरका वचन खान र पिउन नपाएपछि, के व्यक्तिको जीवन परिपक्व हुन सक्छ? उनीहरूले भजनका केही वचन मात्र सम्झन सक्छन्, र हरदिन उनीहरूको जीवन ती केही वचनमा भर पर्छ। उनीहरूले राति प्रार्थना गर्दा, हृदयमा मौन रूपमा मात्र गर्न सक्छन्, आफ्ना ओठ चलाउने आँट गर्दैनन्। उनीहरूका हृदयमा “विश्वासघात नगर्नू, यहूदा नबन्नू, परमेश्वरको गवाहीमा दृढ रहनू र उहाँको महिमा गाउनू, उहाँको बदनाम नगर्नू,” जस्ता सोचहरू मात्र बाँकी रहेका हुन्छन्, अरू केही पनि हुँदैन—मानिसहरूमा त्यति थोरै कद मात्र हुन्छ। ख्रीष्टविरोधीहरू यी कुराहरूलाई विचार गर्दैनन्। किन तिनीहरूलाई ख्रीष्टविरोधी भनिन्छ? तिनीहरू अरूलाई दुर्व्यवहार गर्छन् र केहीझैँ नमानी दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्छन्! माथिका कार्य प्रबन्धहरूले मानिसहरूले सुरक्षित परिस्थितिमा आफ्ना कर्तव्य निभाएको र सकेसम्म दुर्घटनाहरूबाट जोगिएको माग गर्छन्, तर ख्रीष्टविरोधीहरू आफ्ना काम गर्दा यी कार्य प्रबन्धहरू पालना गर्दैनन्। तिनीहरू चिच्याउँछन् र आफ्नै इच्छाअनुसार सुरक्षालाई बेवास्ता गरेर अन्धाधुन्ध काम गर्छन्। कतिपय मूर्ख व्यक्तिहरूमा समझशक्ति हुँदैन र सोच्छन्, “माथिले किन सधैँ सुरक्षाको कुरा उठाउँछ? किन उहाँ दुर्घटनाहरूदेखि किन यति धेरै डराउनुहुन्छ? त्यसमा डर मान्नुपर्ने के छ र? सबथोक परमेश्वरकै हातमा हुन्छ!” के यस्ता कुरा भन्नु मूर्खता होइन र? तेरो कद सानो होला, तँमा बुझाइ छैन होला, र तैँले मामलाहरू छर्लङ्ग देख्न सक्दैनस् होला, तर तैँले मूर्ख तरिकाले कार्य गर्न मिल्दैन! माथिले निश्चित परिस्थितिहरूमा मानिसहरू कसरी भेला हुनुपर्छ, र उनीहरूले कस्ता सिद्धान्तहरू पछ्याउनुपर्छ भनेर बन्दोबस्त मिलाउनुभएको छ—यी सम्पूर्ण विस्तृत बन्दोबस्तहरू केका लागि हुन्? ठ्याक्कै भन्नुपर्दा ती परमेश्वरका चुनिएका जनहरूको रक्षा गर्नका लागि हुन्, ताकि उनीहरूले भेला भएर सामान्य र सुरक्षित तवरले आफ्ना कर्तव्य निभाउन सकून्। सुरक्षाले तँलाई परमेश्वरमा विश्वास गरिरहन, सामान्य रूपमा आफ्नो मण्डली जीवन जिउन अनि परमेश्वरका वचन खान र पिउन मद्दत गर्छ। यदि तेरो सुरक्षा गुम्यो भने पनि, यदि तँलाई ठूलो रातो अजिङ्गरले गिरफ्तार गऱ्यो, अनि जेलमा तैँले परमेश्वरका वचन सुन्न वा पढ्न, भजनहरू गाउन पाइनस्, र त्यहाँ भेलाहरू हुँदैन भने—कसरी तँ अझै पनि परमेश्वरमा विश्वास गर्न सक्छस्? सायद तँ नामको मात्र विश्वासी बन्छस् होला। ख्रीष्टविरोधीहरू यी मामलाहरूबारे वास्ता गर्दैनन्; तिनीहरू मानिसहरूको जीवन र मृत्युबारे वास्ता गर्दैनन्। तिनीहरू आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति, सबैलाई जाग्न हौसला दिँदै अन्धाधुन्ध यसो भन्दै चिच्याउँछन्, “हामी परिस्थितिहरूदेखि डराउँदैनौँ—हामीसँग परमेश्वर हुनुहुन्छ!” मूर्खहरू केही पनि बुझ्दैनन् र तिनीहरू यी शब्दहरूद्वारा भ्रमित हुन्छन्। सबैमा अस्पष्ट र खोक्रा सोचाइहरू हुन्छन् र सोच्छन्, “हामी परमेश्वरमा विश्वास गर्छौँ, र परमेश्वरहाम्रो रक्षा गर्नुहुन्छ; यदि हामीलाई केही भयो भने, त्यो परमेश्वरकै अनुमतिमा हुन्छ।” के यी खोक्रा शब्दहरू होइनन् र? ख्रीष्टविरोधी र सत्यता नबुझ्नेहरू यस्तै कार्य गर्छन्। दाजुभाइ-दिदीबहिनीहरूले नबुझ्लान्, तैपनि, तैँले कार्य प्रबन्धहरूबारे प्रायः सङ्गति गर्ने अगुवा भएको नाताले, यी मामलाहरूलाई बेवास्ता गर्नु हुँदैन। तैँले कार्य प्रबन्धहरूअनुसार काम गर्नैपर्छ र जति धेरै मानिसले तँलाई सुन्छन्, त्यति राम्रो हो, र जति धेरै मानिस हुन्छन्, तेरो भाषण त्यति नै उत्साहजनक बन्छ भन्ने सोच्दै समेत आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सधैँ धेरै बोल्ने चाहना पटक्कै गर्नु हुँदैन। ख्रीष्टविरोधीरूले आफूमुनिहरूको मन जित्न र उनीहरूलाई तिनीहरूको निर्देशन सुन्न लगाउन वातावरण सुरक्षित छ कि छैन भनेर विचार नगरी फुर्सदको समयमा यी मानिसहरूलाई एकसाथ भेला गराउँछन्, र अन्त्यमा उनीहरूलाई पतन गराउँछन्।

ख्रीष्टविरोधीहरू ठुलठुला कुराहरू भन्न अनि निश्चित खोक्रा, झूटा आत्मिक, र सैद्धान्तिक आधारहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्न सिपालु हुन्छन्। समझशक्ति नभएका धेरैले मात्र तिनीहरूको कुरा सुन्छन्, र उनीहरू आफूलाई जसरी तिकडम गरिए पनि ख्रीष्टविरोधीहरूको आज्ञापालन गर्छन्, फलस्वरूप समस्या र गिरफ्तारीमा पर्छन्। यी समस्याहरू कसरी उत्पन्न हुन सक्छन्? कतिपयले परमेश्वरले उनीहरूलाई रक्षा नगर्नुभएकाले हो भन्छन्। तर के त्यो परमेश्वरबारे गुनासो गर्नु होइन र? यस मामलामा परमेश्वरलाई दोष दिन मिल्दैन। परमेश्वर मानिसहरूलाई विभिन्न परिस्थितिमा उहाँको काम अनुभव गर्न दिनुहुन्छ। यदि तैँले कार्य प्रबन्धहरूमा आधारित सिद्धान्तअनुसार आफ्नो अभ्यास गरिस्, र वातावरणले साथ दिँदा, जतिसुकै मानिसहरू एकसाथ भेला भए पनि, परमेश्वरका वचनहरू सामान्य रूपमा खान र पिउन, परमेश्वरको काम अनुभव गर्न, र आफूले निभाउनुपर्ने कर्तव्यहरू निभाउन सकिस् भने, परमेश्वरले तँलाई अगुवाइ गर्नुहुनेछ र तँमा उहाँको काम गर्नुहुनेछ। यदि तँ माथिका मागविरुद्ध गइस् र आफ्नै इच्छाअनुसार अन्धाधुन्ध कार्य गर्छस्, अनि केही आइपऱ्यो भने, त्यो मूर्खता र अज्ञानता मात्र हो। परमेश्वर शोधन गर्न सबैलाई जेलमा हाल्ने अभिप्राय राख्नुहुन्न। उहाँ हरेक व्यक्तिले राम्ररी उहाँका वचनहरू खाएको र पिएको अनि उहाँको काम अनुभव गरेको चाहनुहुन्छ। तर, ख्रीष्टविरोधीहरू यो बुझ्दैनन्। तिनीहरू आफ्नै तर्कमा विश्वास गर्छन्, परमेश्वरको सुरक्षा पाएमा डर मान्नुपर्ने केही पनि हुँदैन भन्ने सोच्छ न्। तिनीहरू परमेश्वरको सुरक्षाका सिद्धान्तहरू बुझ्दैनन् र सधैँ परमेश्वरलाई परिभाषित गर्दै नियमहरू अन्धाधुन्ध पालना गर्छन्। धेरै मानिस तिनीहरूको भ्रममा पर्छन् र तिनीहरूसँगै अन्धाधुन्ध काम गर्छन्, माथिका बन्दोबस्तहरूलाई बेवास्ता गर्छन्, फलस्वरूप, केही आइपर्छ अनि उनीहरू गिरफ्तार हुन्छन् र जेलमा यातना भोग्छन्। समस्या उत्पन्न हुँदा यी मानिसहरूमा कस्तो कद हुन्छ? उनीहरूमा अलिअलि उत्साह मात्र हुन्छ, उनीहरू अलिअलि धर्मसिद्धान्त बुझ्छन्, र केही नाराहरू फलाक्न सक्छन्, तर उनीहरूमा परमेश्वरबारे बिलकुलै ज्ञान हुँदैन, उनीहरूमा साँचो बुझाइ, ज्ञान, वा सत्यताको अनुभव हुँदैन, अनि परमेश्वर मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्नेबारे बुझाइ हुँदैन। उनीहरू उत्साहमा मात्र भर परेर परमेश्वरलाई पछ्याउँछन् र उनीहरूमा अलिअलि सङ्कल्प मात्र हुन्छ। के यस्तो कद भएका मानिसहरू आफूलाई पक्राउ गरेर जेलमा हाल्दा गवाही दिन सक्छन्? कदापि सक्दैनन्। उनीहरूले विश्वासघात गर्नेबित्तिकै आउने परिणामहरू कस्ता हुन्छन्? उनीहरू सोच्न थाल्छन्, “के परमेश्वर सर्वशक्तिमान् हुनुहुन्न र? सबथोक उहाँकै हातमा छ, तर किन उहाँ मलाई बचाउनुहुन्न? किन उहाँ मलाई यसरी कष्ट भोग्न दिनुहुन्छ? के परमेश्वर त हुनुहुन्छ? के हामीले यति धेरै उत्साह राख्नु गलत हुने सम्भावना छ? यदि हाम्रा अगुवाहरूले हामीलाई बहकाएका छन् भने, किन परमेश्वर तिनीहरूलाई ताडना दिनुहुन्न? किन परमेश्वरले हामीलाई यहाँ ल्याउनुभयो? किन उहाँले हामीलाई यस्तो परिस्थिति सामना गर्न लगाउनुभयो?” दोषारोपण देखिन थाल्छ, त्यसको लगत्तै परमेश्वरलाई अस्वीकार गरिन्छ: “परमेश्वरका कार्यहरू मानिसको इच्छासँग मिल्दैनन्। उहाँका कार्यहरू सधैँ सही नहोलान्, र उहाँ नै सत्यता नहुनुहोला।” अन्त्यमा, धेरै कष्ट भोग्नुका साथै केही समय त्यो सहेपछि, तिनीहरूले जानेको थोरै धर्मसिद्धान्त र तिनीहरूमा भएको अलिकति जोस पनि हराउँछ। तिनीहरू परमेश्वरलाई नकार्छन् र आफ्नो आस्था गुमाउँछन्, यहूदासमेत बन्छन्। जेलबाट छुटेपछि, तिनीहरू यस्तो समेत सोच्छन्, “अब मैले परिस्थितिहरूबारे फेरि कहिल्यै चिन्ता लिनुपर्दैन। हेर त, परमेश्वरमा विश्वास नगर्नेहरूलाई कति राम्रो छ: बाहिर उनीहरूलाई एकदमै धेरै स्वतन्त्रता छ। हामीचाहिँ गोप्य रूपमा विश्वास गरेर के गरिरहेका छौँ? यदि देशले विश्वासलाई निषेध गर्छ भने, विश्वास गर्न छोडिहाल।” के यस्ता मानिसहरूले पछि पनि परमेश्वरमा विश्वास गर्न सक्छन्? (अहँ, सक्दैनन्।) किन सक्दैनन्? परमेश्वरले तिनीहरूलाई उप्रान्त चाहनुहुन्न। परमेश्वर तँलाई एकपटक मात्र रोज्नुहुन्छ, र तैँले आफ्नो मौका गुमाइसकेको छस्, त्यसैले परमेश्वरले तँलाई दोस्रोपटक चाहनुहुनेछैन। यस्ता मानिसहरूले मुक्ति पाउने आशा कति हुन्छ? शून्य, कुनै आशा रहेको हुँदैन। ख्रीष्टविरोधीहरूले मनोमानी व्यवहार गरेर अनि मानिसहरूलाई भ्रममा पार्न निश्चित झूटा आत्मिक सिद्धान्तहरू प्रयोग गरेर, उनीहरूलाई देखावटी आत्मिकता र जो पछ्याउन लगाएर ल्याउने अन्तिम परिणाम यही हो। परिणामचाहिँ के हो? (उनीहरू बर्बाद हुन्छन्।) परमेश्वरले उनीहरूलाई मुक्ति दिनु नदिनु उहाँको कुरा हो, तर कम्तीमा अहिलेका लागि के देखिन्छ भने, जब परमेश्वरप्रति मानिसहरूको आस्थाको मार्ग यो बिन्दुमा पुग्छ, तब उनीहरूका सम्भावना र गन्तव्य मूलत: बर्बाद हुन्छ। आखिर, यो कसले गर्दा हो? यो ख्रीष्टविरोधीहरूले गर्दा हो। यदि तिनीहरूले यस्तो अन्धाधुन्ध काम नगरेर कार्य प्रबन्धहरूअनुसार काम गरेका, दाजुभाइ-दिदीबहिनीहरूलाई माथिका मागअनुसार अगुवाइ गरेका, र सबैलाई परमेश्वरसामु ल्याएका भए, यी कुराहरू भएका हुनेथेनन्। के यी मानिसहरूले मुक्ति पाउने आशा अझै रहेको हुनेथ्यो? (हजुर।) यी मानिसहरूले अझै पनि मुक्ति पाउने आशा पाउनेथिए। ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै ठूला भएकाले, यदि तिनीहरूलाई जोगाउने र तिनीहरूको कुरा सुन्ने कोही छैन भने, तिनीहरूलाई जीवन पट्टाइलाग्दो र नीरस लाग्छ। तिनीहरू आफूलाई पछ्याउने ती अन्योल मानिसहरूलाई बलिको बोको र खेलौना ठान्छन्, र उनीहरू सबैलाईतिनीहरूको अगुवाइ पछ्याउन लगाउँछन्। तिनीहरूलाई आफू सक्षम छु र आफूलाई सुखचैन छ, अनि यो जीवन जिउनलायक छ भन्ने लाग्छ। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न आफूलाई पछ्याउनेहरूलाई यी तथाकथित आत्मिक र मिठा शब्दहरू प्रयोग गरेर भ्रममा पार्छन्, अनि उनीहरूलाई भ्रममा पारेपछि साँचो मार्ग र परमेश्वरका वचनबाट तर्काउँछन्, आफूलाई परमेश्वरबाट टाढिएर तिनीहरूलाई पछ्याउन, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न लगाउँछन्। अन्तिम नतिजा के हुन्छ? यी मानिसहरूको सम्भावना र गन्तव्य बर्बाद हुन्छ, अनि उनीहरूले मुक्ति पाउने मौका गुमाउँछन्। मानिसहरूले परमेश्वरमा राम्ररी विश्वास नगरेर बरु अरू मानिसहरूलाई पछ्याउनुका परिणामहरू कस्ता हुन्छन्? के तिमीहरू आत्मिक देखिने व्यक्तिको अझै पनि ईर्ष्या गर्छौ? (अहँ, गर्दैनौँ।) “आत्मिक” शब्दबारे के भन्न सकिन्छ? यो खोक्रो हुन्छ। मानिसहरू देहले बनेका हुन्छन्—उनीहरू सिर्जित प्राणी हुन्। यदि तँ साँच्चै आत्मिक भएको भए, तेरो देह अस्तित्वमै हुनेथिएन, अनि त्यसपछि तँ कसरी आत्मिक हुनेथिइस्? के त्यो खोक्रो कुरा मात्र होइन र? त्यसैले हेर् त, “आत्मिक” शब्द आफै वैध होइन; यो खोक्रो कुरा मात्र हो। भविष्यमा, यदि तैँले आत्मिकता पछ्याइरहेको छु भनेर कसैले भनेको सुनिस् भने, उसलाई यसो भन्, “तिमी इमानदार व्यक्ति हुनुको र परमेश्वरसामु जिउनुको पछि लाग्नुपर्छ—त्यो अझ बढी व्यावहारिक हुन्छ। यदि तिमी आत्मिकता पछ्याउँछौ भने, त्यो निकासहीन मार्ग हो! आत्मिकतालाई कहिल्यै नपछ्याऊ; यो मानिसहरूले पछ्याउने कुरा होइन—यो वैध छँदै छैन।” ल भन्, परमेश्वरमा धेरै वर्ष विश्वास गरेपछि, कोचाहिँ आत्मिक व्यक्ति बनेको छ? के ती चर्चित हस्तीहरू र धर्मका बाइबल व्याख्याकारहरू आत्मिक हुन्? ती सबै पाखण्डीहरू हुन्, तिनीहरू कोही पनि आत्मिक होइनन्। “आत्मिक” शब्द आविष्कार गर्ने मानिसहरूले यो खोक्रो शब्द प्रयोग गरेर मानिसहरूलाई भ्रममा पारिरहेका छन्। तिनीहरू दुर्जन र दियाबलस हुन्। कस्तो व्यक्तिले चाहिँ यस्ता खोक्रा कुराहरू भन्न सक्छ? के तिनीहरूमा आत्मिक बुझाइ हुन्छ? (अहँ, हुँदैन।) यदि तँ मानिसहरूले परमेश्वरमा विश्वास गर्दा के पछ्याउनुपर्छ वा उनीहरू के अन्तर्गत पर्नुपर्छ भनेरसमेत बुझ्न सक्दैनस् भने, के तैँले सत्यता बुझ्न सक्छस्? तँ भित्रैबाट सिर्जित प्राणी, शैतानले भ्रष्ट पारेको मानवजातिको एक सदस्य होस्। यदि तँ केही कुराअन्तर्गत पर्नेबारे कुरा गर्न चाहन्छस् भने, तँ देहअन्तर्गत पर्छस्—त्यो मानव गुण हो। अवश्य नै, यदि तँ देहको हुन खोज्छस् भने, शैतानको हुन्छस्: अर्थात् सांसारिक मार्गमा हिँड्नु हो। परमेश्वरमा विश्वास गर्ने मानिसहरूले सत्यतालाई पछ्याउनुपर्छ—त्यो सही हो। यदि मानिसहरू आत्मिक वा परमेश्वरको हुन खोज्छन् भने, के यो उनीहरूले हासिल गर्न सक्ने कुरा हो? उनीहरूले जसरी पछ्याए पनि, त्यो बेकार हुन्छ। यो परमेश्वरमा विश्वास गर्ने सही मार्ग होइन। त्यसकारण, आत्मिक वा परमेश्वरको हुन खोज्नु त नारा मात्र, सत्यतासँग असम्बन्धित झूटो आत्मिक सिद्धान्त हो। यदि तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले सिर्जित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, अनि परमेश्वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्नुपर्छ। यो नै सत्यता वास्तविकता हो।

ख्रीष्टविरोधीहरूले जति नै प्रवचन सुने पनि, सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले धर्मसिद्धान्त मात्र बुझ्न र स्पष्टसित भन्न सक्छन्। तिनीहरू आफूले बुझ्न र सम्झन सक्ने ती वचनहरूलाई लिएर मानव धारणा र कल्पनाअनुरूप आत्मिक धर्मसिद्धान्तमा परिणत गर्न तिनमा घोत्लिन्छन्, र त्यसपछि तिनलाई मनपरी फैलाउँछन्, अरूलाई ती व्याख्या गर्छन्। जब आत्मिक बुझाइ नभएका र सत्यता नबुझ्नेहरूले यी कुरा सुन्छन्, तब तिनीहरूलाई ती एकदमै अर्थपूर्ण लाग्छ र तिनीहरू ती स्विकार्न इच्छुक हुन्छन्। फलस्वरूप, तिनीहरू भ्रममा पर्छन् र ख्रीष्टविरोधीहरूलाई आराधना गर्न थाल्छन्। समस्या त्यहीँबाट सुरु हुन्छ। वास्तवमा, ख्रीष्टविरोधीहरू सत्यतालाई बिलकुलै बुझ्दैनन्। यदि तैँले तिनीहरूका तथाकथित सही शब्दहरूलाई ध्यानपूर्वक सुनिस् र खुट्ट्याइस् भने, ती मानव धारणा र कल्पनासँग मिल्दा खोक्रा सिद्धान्त हुन् भनेर थाहा पाउनेछस्। अवश्य नै, सत्यता नबुझ्नेहरू यी शब्दहरू सही छन् भन्ने सोच्छन् र सजिलै तिनमा फस्छन्। के तिमीहरूले यस्ता परिस्थितिहरू अनुभव गरेका छौ? के तिमीहरू उदाहरण दिन सक्छौ? यदि तिमीहरू उदाहरण दिन सक्छौ अनि ती शब्द र धर्मसिद्धान्तहरू बताउन खप्पिसहरूले अरूलाई कसरी भ्रममा पार्छन् भनेर प्रस्टसित देख्न सक्छौ भने, यसले तिमीहरू ती कुरा बुझ्छौ र लागु गर्न सक्छौ भनेर प्रमाणित गर्छ। यदि तिमीहरू उदाहरण दिन सक्दैनौ भने, त्यसले तिमीहरूले ती अझै बुझेका छैनौ र लागु गर्न सक्दैनौ भन्ने सङ्केत गर्छ। तिमीहरू शब्द र धर्मसिद्धान्तहरू बोल्नमा खप्पिसहरूलाई भेट्दा, पक्कै पनि तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनौ। (म त्यस्तो स्थितिमा परेको छु। जब दाजुभाइ-दिदीबहिनीहरू काटछाँट, ताडना, र अनुशासन भोग्छन्, अनि परमेश्वरको इच्छा बुझ्दैनन्, तब मसित खोजी गर्न आउँछन्। वास्तवमा, म पनि परमेश्वरको इच्छा वा यी समस्याहरूको सार बुझ्दिनँ। तर म उनीहरूलाई केही खोक्रा शब्दहरू बताउँछु, उदाहरणका लागि, “काटछाँट, ताडना, र अनुशासन सबै परमेश्वरको प्रेम र उहाँको मुक्ति हुन्। परमेश्वर हाम्रा भ्रष्ट स्वभावहरूमा यिनै तरिकाले काम गर्नुहुन्छ।” यसो भनिरहँदा पनि, म आफूले उनीहरूलाई उनीहरूका समस्याहरूको सार पूर्ण रूपमा बुझाएको छैनँ भनेर महसुस गर्न सक्छु, जस्तै उनीहरूले किन यो परिस्थिति सामना गरिरहेका छन्, उनीहरूका कार्य र प्रकटीकरणहरू कस्तो भ्रष्ट स्वभावमा पर्छन् वा तिनको प्रकृति कस्तो होला, अनि परमेश्वरको इच्छा के हो—मैले यी र अझ धेरै कुराहरूमा उनीहरूलाई सङ्गति गर्न सकेको छैनँ। मैले केही सही धर्मसिद्धान्त र मिठा नाराहरू मात्र भनेको छु, जसले वास्तवमा कसैलाई मद्दत गर्दैनन्।) यसको कारण के हो भने तँ आफैमा सत्यताबारे प्रस्ट बुझाइ छैन, त्यसैले तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका वास्तविक समस्याहरू समाधान गर्न सक्दैनस्। त्यसोभए, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र यसको बीचमा कुनै भिन्नता छ? ख्रीष्टविरोधीहरू मानिसहरूलाई सद्भाव राखेर सहयोग गर्दैनन्; तिनीहरूको मनसाय र उद्देश्य नै उनीहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नु हुन्छ। जब ख्रीष्टविरोधीहरू यस्ता कामकुरा गर्छन्, र नाराहरू फलाकिरहेका हुन्छन्, तब तिनीहरूको व्यवहार र तिनीहरूले कस्तो स्वभाव प्रकट गर्छन्, सो हेर्—ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने कडी यही हो। कतिपय मानिसहरूको कद सानो हुन्छ, अनि उनीहरूमा सत्यताको प्रस्ट बुझाइ हुँदैन। उनीहरूको कामको तीव्रताले आवश्यक नतिजाहरू प्राप्त नहोलान्, तर उनीहरूमा मानिसहरूलाई भ्रममा पार्ने वा नियन्त्रण गर्ने मनसाय वा उद्देश्य हुँदैन। उनीहरू मानिसहरूलाई डोऱ्याएर परमेश्वरसामु ल्याउन पनि चाहन्छन्—उनीहरूको क्षमताले आफ्नो चाहना पूरा गर्न नसकेको मात्र हो। उनीहरूले स्पष्ट नतिजाहरू हासिल नगरेका भए पनि, मानिसहरूले उनीहरूमासही अभिप्रायहरू छन्, उनीहरू मानिसहरूलाई डोऱ्याएर परमेश्वरसामु ल्याउन चाहन्छन् भनेर बुझ्न सक्छन्। तर, ख्रीष्टविरोधीहरूको उद्देश्य के हो? (मानिसहरूको अनुमोदन पाउनु, अनि मानिसहरूलाई तिनीहरूको कुरा सुन्न र तिनीहरूलाई पछ्याउन लगाउनु हो।) त्यसोभए, तिनीहरूले भन्ने कुरा र आफ्नो चाहना पूरा गर्ने क्षमता नभएको व्यक्तिबीच के भिन्नता छ? पर्याप्त क्षमता नहुने व्यक्ति हृदयदेखि बोल्छ, तर समस्याको सार र जडलाई छर्लङ्ग बुझ्न सक्दैन; उसले त्यसमा प्रस्टसित सङ्गति गर्न सक्दैन, र अन्त्यमा, उसले त्यो समस्या समाधान गर्न वा अरूलाई भरणपोषण गर्न सक्दैन। अब, कुनै ख्रीष्टविरोधीका शब्दहरू केके हुन्? के ती उसको हृदयबाट आउँछन्? (अहँ, आउँदैनन्।) आउँदैनन् भन्ने प्रस्ट छ: उसले भन्ने सबै कुरा झूट हो। उसले किन झूट बोल्नुपर्ने हो? ऊ तँलाई ठग्न र भ्रममा पार्न चाहन्छ। उसले यसो भन्न खोजेको हुन्छ, “मैले अगुवाको रूपमा गर्नुपर्ने काम गरिसकेको छु, मैले सङ्गति गर्नुपर्ने कुरा गरेको छु, र मैले भनेको सबै कुरा सही हो। यदि तिमी ती स्विकार्दैनौ र समस्या समाधान भएन भने, त्यो तिम्रो गल्ती हो—मलाई दोष नदेऊ।” ऊ साँचो रूपमा तेरा समस्याहरू समाधान गर्न चाहँदैन, बरु झारा टारिरहेको हुन्छ, र आफ्नो हैसियत कायम राख्न ऊसँग यी कुराहरू भन्नुको विकल्प नै हुँदैन। ऊ आफ्नो इच्छाविपरीत यी कुराहरू भन्छ, र उसले ती कुराहरू भने पनि, आफ्नो स्वेच्छाले भनिरहेको हुँदैन—उसले हृदयमा साँच्चै सोचिरहेको कुरा यो हुँदैन। त्यसकारण, कुनै-कुनै ख्रीष्टविरोधीहरूले सामान्यतया केही सही शब्दहरू भन्न सिक्न सक्छन्, अरूलाई आफ्नो नकारात्मकतालाई जित्न मद्दत गर्छन्, तर जब तिनीहरू आफै काटछाँटमा पर्छन् वा प्रतिस्थापित हुन्छन्, तब तिनीहरू अत्यन्तै नकारात्मक बन्छन्, तिनीहरूले पूर्ण रूपमा आफूलाई चिन्न सक्दैनन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत दिन उनीहरूमा भरोसा गर्नुपर्छ। के यस्तो भएको छ? (छ।) यस्ता कुराहरू एकदमै बारम्बार हुन्छन्। कुनै ख्रीष्टविरोधीले अरूलाई निरन्तर रूपमा प्रचार गर्ने शब्द र धर्मसिद्धान्तहरूले तिनीहरूलाई मद्दतसमेत गर्न सक्दैनन्। त्यसोभए, के यी शब्दहरू उसको भित्रैबाट आउँछन्? के ती उसको वास्तविक अनुभवहरूका नतिजा हुन्? (होइनन्।) त्यसोभए उसले भन्ने कुरा शब्द र धर्मसिद्धान्तहरू मात्र हो, आफ्नो साँचो कदको प्रतिबिम्ब होइन। उसले अरूलाई सहयोग गर्नका लागि गर्ने काममा पूर्ण रूपले झूटो प्रभाव, कार्य, र झारा टार्ने असल व्यवहार प्रयोग गरेर मानिसहरूलाई अगुवाको रूपमा उसलाई स्वीकार र अनुमोदन गर्न लगाउनु समावेश छन्। मानिसहरूले उसलाई अगुवाको रूपमा स्वीकार र अनुमोदन गरेपछि, के उनीहरू ऊसामु झुक्दैनन् र? यदि उनीहरू ऊसामु झुक्छन् भने, के ख्रीष्टविरोधीले हैसियत प्राप्त गर्दैन र? के त्यसपछि उसको हैसियत सुरक्षित हुँदैन र? उसको उद्देश्य ठ्याक्कै यही हो। कतिपय अगुवा र सेवकहरूमा सत्यताको बुझाइ हुँदैन, अनि आफ्नो काम सम्हाल्दा तिनीहरूको क्षमताले तिनीहरूको चाहना पूरा गर्न सक्दैन। यो बढीमा तिनीहरूको सानो कद र तिनीहरू योग्य अगुवा होइनन् भन्ने कुराको सङ्केत हो। तर कुनै ख्रीष्टविरोधीले काम गर्दा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई साथ दिन वा सहयोग गर्न सक्छु कि सक्दिनँ भनेर विचार गर्दैन। उसले आफ्नै हैसियत र हितबारे मात्र सोच्छ। ती दुईबीचको भिन्नता यही हो: तिनीहरूका स्वभावहरू फरक हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीले धेरै मिठा शब्दहरू बोल्ने भए पनि, तिनले आफ्नो वास्तविकता झल्काउँदैनन्। उसले आफ्नो इच्छाविपरीत ती शब्दहरू भन्छ; उसले बाहिरी रूपमा सही लाग्ने केही धर्मसिद्धान्त र नारा, वा मानव भावनासित मिल्ने शब्दहरू प्रयोग गरेर मानिसहरूलाई सल्लाह दिने र झारा टार्ने मात्र गरिरहेको हुन्छ। उसले किन झारा टार्नुपरेको? किनकि यदि उसले कुनै नकारात्मक वा कमजोर व्यक्तिलाई देख्यो र उसलाई बेवास्ता गरेर सहयोग गरेन भने, अरूले ऊ वास्तविक काम गरिरहेको छैन र अगुवाको रूपमा आफ्ना जिम्मेवारी पूरा गरिरहेको छैन भनेर भन्नेछन्। यस्ता आरोप डरले, उसले काम गर्नुको विकल्प हुँदैन। त्यसकारण, उसको उद्देश्य पूर्ण रूपले आफ्ना कर्तव्यहरू गर्नु होइन; ऊ यदि दाजुभाइ-दिदीबहिनीहरूलाई कष्ट आइपर्दा ऊ तुरुन्तै देखा परेन अनि उसले आफ्ना जिम्मेवारी निभाउँदै उनीहरूलाई सहयोग र भरणपोषण गरेन भने, उनीहरूले उसलाई उप्रान्त समर्थन गर्नेछैनन् भनेर डराउँछ। अर्को निर्वाचनमा, उनीहरूले उसलाई नरोज्न सक्छन्, र ऊ सच्चा अगुवा हुनेछैन, बरु उसको केवल खोक्रो पदवी हुनेछ। के उसको हृदयको चाहना खोक्रो पदवी पाउनु मात्र हो। (होइन।) त्यसोभए, ऊ के चाहन्छ? ऊ वास्तविक शक्ति र हैसियत चाहन्छ, ऊ दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई आराधना र समर्थन गरून् र पछ्याऊन् भन्ने चाहन्छ। त्यसकारण, ऊ हरेक निर्वाचनमा अगुवाको रूपमा चयन हुने प्रयत्न गर्छ—उसको उद्देश्य त्यही हो।

कतिपय तथाकथित अगुवा र सेवकहरू चुनाव नजिकिँदै गर्दा अत्यन्तै उत्साहित हुन्छन्, चारैतिर आफूलाई प्रदर्शन गर्छन् र असामान्य व्यवहार गर्छन्। यस्ता मानिसहरू ख्रीष्टविरोधी वर्गका हुन सक्छन्। यदि तिनीहरूले यस्तो व्यवहार गर्न सक्छन् भने, त्यो घृणास्पद कुरा हो! साँच्चै विवेक र समझ हुने व्यक्तिलाई आफूले मनसाय र उद्देश्य बोकेर काम गर्दा हृदयमा स्वतः ग्लानि महसुस हुनेछ। आफ्नो विवेक र समझले रोकेपछि, उसले पहिले आफू त्यति उत्साहित नभएको महसुस गर्नेछ, र मानिसहरूले उसको अचानक उत्साहलाई प्रस्ट रूपले देख्नेछन्। उसलाई आफूप्रति घृणासमेत लाग्छ, र त्यस्तो व्यवहार गर्नुभन्दा चुनावमा नउठ्नु उत्तम लाग्छ। उसले यतिका वर्षदेखि परमेश्वरमा विश्वास गरेको अनिि अलि कद र केही लज्जाबोध विकास गरेको हुनाले, अन्त्यमा ऊ आफूलाई रोक्न सक्षम हुन्छ। तर ख्रीष्टविरोधीहरू आफूलाई रोक्दैनन्; तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन् र जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूमा महत्त्वाकाङ्क्षा र विभिन्न मनसाय, उद्देश्य र षड्यन्त्रहरू हुन्छन्। तिनीहरूलाई हृदयमा त्यो सबै थाहा हुन्छ, तर तिनीहरू अझै यसरी नै कामकुरा गर्न जिद् कस्छन्, सधैँ आफ्नै ख्याति र हैसियतबारे सोच्छन्। तिनीहरूलाई मण्डली र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका लागि कामकुरा गर्दा धेरै घाटा हुन्छ र त्यसो गर्नु उपयुक्त हुँदैन भन्ने लाग्छ। त्यसकारण, तिनीहरू आफूले गर्ने हरकुरामा आफूलाई पहिले राख्छन्, र सधैँ आफ्नै मात्र भलोखोज्छन्। चुनाव आएपछि, तिनीहरू चारैतिर मनाउन-फकाउन सक्दो प्रयास गर्छन्, आफूलाई चयन गर्न मानिसहरूलाई भ्रमाउने र लोभ्याउने गर्छन्, अनि मतदानको क्रममा आफ्ना लागि गोप्य रूपले एकदुई मतसमेत थप्छन। के ख्रीष्टविरोधीहरूले यसरी काम गर्नु घिनलाग्दो कुरा होइन र? यदि तिनीहरूमा महत्त्वाकाङ्क्षा नभएका भए, किन तिनीहरू त्यो हदसम्म जान्थे र? के यो त महत्त्वाकाङ्क्षाले काम गरेको हो भन्ने प्रस्ट छैन र? कसैले कोही व्यक्ति महत्त्वाकाङ्क्षी छ भन्नु नैसकारात्मक कुरा होइन; निस्सन्देह, यस्ता मानिसहरूले गर्ने सबथोक घिनलाग्दो र व्यक्त गर्न नसकिने हुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने सबथोक झूटो र छली हुन्छ; तिनीहरू सधैँ मानिसहरूलाई भ्रममा पार्न झूटो रूप प्रयोग गर्छन्। त्यस मामिलाको सत्यता थाहा नहुनेहरूले यो देखेर सोच्छन्, “अगुवाले विगत केही दिनमा धेरै मेहनत गरेका छन्, सुत्नु र खानु त्यागेका छन्, दिनरात काम गरेका छन्, हरेक कुरामा नेतृत्व लिएका छन्। उनले धेरै कष्ट भोगेका छन्, उनी यति लखतरान भएका छन् कि निकै दुब्लाएका छन्—उनको कपाल पनि अझ धेरै फुलेको छ।” यो देखेर कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा ख्रीष्टविरोधीप्रति दया पलाउँछ, र अन्त्यमा, चुनावको समय, उनीहरूले उसलाई मत हाल्छन्। के ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुँदैन त? (हुन्छ।) षड्यन्त्र रच्नु र चाल चल्नु भनेको यही हो, दुष्ट हुनु भनेको यही हो। त्यसकारण, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई शब्दहरूले मात्र नभई कैयौँपटक त्यस्ता कार्य र व्यवहारले पनि भ्रममा पार्छन् जसले मौन रूपमा मानिसहरूलाई तिनीहरू कति उत्साहित, कति समर्पित, र दाजुभाइ-दिदीबहिनीहरूबारे कति विचारशील छन् भन्ने भान पार्छन्। तिनीहरू यी राम्रा र सही देखिने अभिव्यक्ति अनि बाहिरी झूटो रूप प्रयोग गरेर मानिसहरूलाई आफू उनीहरूले स्विकार्नुपर्ने योग्य अगुवा, असल अगुवा हो भनी बारम्बार बताउँछन्, बारम्बार जोड दिन्छन्, र थाहा दिन्छन्। यो लोकतान्त्रिक देशहरूको चुनावजस्तै हो, जहाँ उम्मेदवारहरू यताउता गएर भाषण दिन्छन्, मनाउने-फकाउने गर्छन्, र चारैतिर अभियान चलाउँछन्। तिनीहरू मतदानको क्रममा बेइमानीसमेत गर्छन्। तर यी मानिसहरूलाई लाजन् लाग्दैन; तिनीहरू “कठोरताविना असली पुरुष भइँदैन” भन्ने विश्वास पालन गर्छन्। तिनीहरू चुनाव जित्न आवश्यक हर उपाय प्रयोग गर्छन्—अविश्वासीहरूको सोचाइ र दृष्टिकोण यही हो। के यी ख्रीष्टविरोधीहरू पनि यसो गर्छन्? अवश्य गर्छन्! यी व्यक्तिहरू शक्ति र हैसियतका निम्ति सबै कुरामा जोस-जाँगरका साथ लाग्छन्, र त्यो फत्ते गर्न दिमाग खियाउँछन्। तिनीहरू आफ्नो कुरामा पटक्कै सन्तुष्ट हुँदैनन्। त्यसैले, शक्ति र हैसियतका लागि ठूलो उत्साह हुनेहरू, अर्थात् आफ्ना महत्त्वाकाङ्क्षालाई नियन्त्रण गर्न नसक्नेहरू अन्त्यमा अगुवाका रूपमा चुनियो भने, तिनीहरू ख्रीष्टविरोधीको मार्ग मात्र पछ्याइरहेका हुँदैनन्; तिनीहरू आफै ख्रीष्टविरोधीसमेत बन्न सक्छन्। के तिमीहरूमा महत्त्वाकाङ्क्षाहरू छन्? के तिमीहरू आफ्नो महत्त्वाकाङ्क्षालाई मानवता र समझको सीमाभित्रै नियन्त्रण गर्न सक्छौ? यदि नियन्त्रण गर्न सक्छौ भने, ख्रीष्टविरोधीको मार्ग पछ्याउने खतरालाई पन्छाउन सक्छौ, र तिमीहरू ख्रीष्टविरोधी बनेर हटाइनेछैनौ। यदि तिमीहरूलाई आफ्ना महत्त्वाकाङ्क्षाहरू ज्यादै ठूला छन्, आफू हैसियतका निम्ति बारम्बार कुनै पनि उपायको सहारा लिन्छु, अनि खान र पिउनसमेत छोड्छु, कुनै पनि कष्ट सहन इच्छुक छु, अनि कुनै पनि घृणास्पद विधि अपनाउन तयार छु भन्ने महसुस हुन्छ भने, यदि तिमीहरू आफू निर्लज्ज हुने बिन्दुमा पुगिसकेका छौ र तिमीहरूका महत्त्वाकाङ्क्षाहरूलाई नियन्त्रण गर्न गाह्रो छ भने, समस्या हुनेछ—निस्सन्देह, तिमीहरू ख्रीष्टविरोधी हौ। यदि तँ ख्रीष्टविरोधीका प्रकटीकरणहरू मात्र देखाउँछस् भने, अझै पनि मुक्तिको आशा हुन्छ। तर के तँ खतरामुक्त हुन्छस्? अहिले नै हुँदैनस्। यदि तँ ख्रीष्टविरोधीका यी प्रकटीकरणहरू देखाउँछस् भने, त्यसको मतलब तँ अझै परमेश्वरको विरोधमा छस्, कुनै पनि बेला उहाँलाई प्रतिरोध र इन्कार गर्न तयार छस्। अथवा, परमेश्वरले गरेको कुनै कुरा तेरा धारणासित नमिल्ने भएकाले, सायद तँ परमेश्वरलाई अध्ययन गर्न, उहाँलाई गलत बुझ्न, उहाँको आलोचना गर्न, र उहाँबारे धारणासमेत फैलाउन सक्छस्। त्यसपछि तँ परमेश्वरलाई अस्वीकार गरेर आफ्नै बाटो लाग्छस्, र अन्त्यमा परमेश्वरद्वारा हटाइन्छस्। तैँले कुनै पनि समय र स्थानमा प्रकट गर्ने कामकुराले तेरो स्वभावलाई जनाउन सक्छन्। त्यसकारण, तैँले सधैँर हर ठाउँ प्रकट गर्ने कामकुरा तेरो स्वभावको प्रकटीकरण हुन्। किन हामी सधैँ स्वभाव परिवर्तनबारे छलफल गरिरहेका हुन्छौँ? किनभने स्वभाव परिवर्तन नहुने व्यक्ति परमेश्वरको शत्रु हो। ख्रीष्टविरोधीहरू सबै असाध्यै अपश्चात्तापी हुन्छन्, र आफ्नो जीवन परमेश्वरको विरोध गर्न र अन्त्यसम्म उहाँविरुद्ध खडा हुन समर्पण गर्छन्। तिनीहरूले परमेश्वर हुनुहुन्छ, उहाँले मानवजाति सृष्टि गर्नुभयो, र उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भनेर भित्री रूपमा स्विकारे पनि, आफ्नो प्रकृतिका कारण, आफू हिँड्ने मार्ग बदल्न सक्दैनन्, न त परमेश्वरको प्रतिरोध गर्ने र विरोध गर्ने सारलाई बदल्न नै सक्छन्।

ख्रीष्टविरोधीहरूको व्यवहारको सार भनेको निरन्तर विविध उपाय र विधि प्रयोग गरेर आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नु, मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नु, अनि उच्च हैसियत प्राप्त गर्नु हो ताकि मानिसले तिनीहरूलाई पछ्याऊन् र आराधना गरून्। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई अलिकति लगाम लगाए पनि, तिनीहरूले अझै हैसियत र ख्याति पछ्याउन विविन्न विधिहरू प्रयोग गर्छन्; केही मानिसहरूको अनुमोदन र आदर प्राप्त गरेर वैध हैसियत प्राप्त गर्न सकिन्छ भनेर तिनीहरूलाई हृदयमा स्पष्टै थाहा हुन्छ। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले हरेक काममा कर्तव्य निभाएजस्तो देखिए पनि, यसको परिणाम भनेको मानिसहरूलाई बहकाउनु, र तिनीहरूलाई आफ्नो पूजा गर्न र आफूलाई पछ्याउन लगाउनु हो—यसरी तिनीहरूले आफ्‍नो कर्तव्य निभाउनु भनेको आफैलाई उचाल्‍नु र आफ्नै बारेमा गवाही दिनु हो। मानिसहरूलाई नियन्त्रण गर्ने—र मण्डलीमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुनेछैन। तिनीहरू पूराको पूरा ख्रीष्टविरोधी हुन्। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, ख्रीष्टविरोधीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्दैनन्, न त कुनै पनि सत्यता बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्। जतिखेर पनि तिनीहरूका महत्वाकाङ्क्षा र चाहनाहरू अझै रहिरहेका हन्छन्, यिनैद्वारा अझै पनि तिनीहरूको हृदय कब्जा गरिएको र तिनीहरूको सम्पूर्ण अस्तित्व नियन्त्रित पारिएको हुन्छ, र यसरी यिनैद्वारा तिनीहरूका बानीबेहोरा र विचारहरू निर्देशित गरिएको, र तिनीहरू हिँड्ने मार्ग निर्धारित भएको हुन्छ। तिनीहरू खाँटी ख्रीष्टविरोधी हुन्। ख्रीष्टविरोधीहरूमा सबभन्दा बढी के देखिन्छ? कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू मानिस प्राप्त गर्न परमेश्वरसित होडबाजी गर्छन्, तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्।” तिनीहरूले परमेश्वरलाई नस्विकार्ने चाहिँ होइन; तिनीहरू हृदयमा सच्चा रूपले उहाँको अस्तित्व स्विकार्छन् र त्यसमा विश्वास गर्छन्। तिनीहरू उहाँलाई पछ्याउन इच्छुक हुन्छन् र सत्यता खोज्न चाहन्छन्, तर त्यसो गर्न सक्दैनन्, त्यसैले दुष्टता गर्न सक्छन्। तिनीहरूले मिठा कुराहरू धेरै भन्न सक्ने भए पनि एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन: शक्ति र हैसियतका लागि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैनन्। तिनीहरूले कहिल्यै असफलता वा रोकावटका कारण, वा परमेश्वरले तिनीहरूलाई पन्छाउनुभएको वा त्याग्नुभएको कारण शक्ति र हैसियत पछ्याउन छोड्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति यस्तो हुन्छ। त्यसोभए तँ के भन्छस्, के कुनै ख्रीष्टविरोधीले कष्ट भोगेको, वा सत्यता अलि बुझेको, र परमेश्वरबारे अलि ज्ञान हासिल गरेको कारण कहिल्यै आफ्नो मार्ग परिवर्तन गरेर सत्यता पछ्याउन थालेको छ—के यस्ता मानिसहरू छन्? हामीले त्यस्तो कहिल्यै देखेका छैनौँ। हैसियत र शक्तिका निम्ति ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र पछ्याइ कहिल्यै परिवर्तन हुनेछैनन्, अनि तिनीहरूले शक्ति हातमा लिएपछि, त्यसलाई कहिल्यै छोड्नेछैनन्; यसले ठ्याक्कै तिनीहरूको प्रकृति सार निर्धारण गर्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ख्रीष्ट-विरोधीहरूका रूपमा परिभाषित गर्नुभएको तथ्यमा कुनै पनि गल्ती छैन; यो कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको छ। सायद, कतिपय मानिसहरूले ख्रीष्टविरोधीहरू मानवका निम्ति परमेश्वरसित होडबाजी गर्छन् भनी विश्‍वास गर्छन्। तर, कहिलेकाहीँ ख्रीष्टविरोधीहरूले उहाँसँग होड गर्नैपर्छ भन्ने हुँदैन; तिनीहरूको ज्ञान, बुझाइ, अनि हैसियत र शक्तिको चाहना सामान्य मानिसहरूका भन्दा फरक हुन्छ। सामान्य मानिसहरू सेखीले भरिएका हुन सक्छन्; तिनीहरूले अरूको श्रेय पाउने, राम्रो प्रभाव पार्ने, र राम्रो दर्जाका लागि प्रतिस्पर्धा गर्ने कोसिस गर्न सक्छन्। सामान्य मानिसहरूको महत्त्वाकाङ्क्षा यही हो। यदि तिनीहरू अगुवाका रूपमा प्रतिस्थापित भए, र तिनीहरूको हैसियत गुम्यो भने, तिनीहरूलाई कठिन पर्नेछ, तर तिनीहरूको वातावरण परिवर्तन भयो, तिनीहरूको कदमा केही वृद्धि भयो, सत्यतामा केही प्रवेश प्राप्त भयो, वा सत्यताको बारेमा गहन बुझाइ प्राप्त भयो भने, तिनीहरूको महत्त्वाकाङ्क्षा बिस्तारै सेलाउँदै जान्छ। तिनीहरूले लिने मार्गमा र तिनीहरू अघि बढ्ने दिशामा परिवर्तन आउँछ, र प्रतिष्ठा र शक्ति सम्‍बन्धी तिनीहरूको खोजी बिलाएर जान्छ। तिनीहरूका चाहनाहरू पनि बिस्तारै कम हुँदैजान्छन्। तापनि, ख्रीष्ट विरोधीहरू फरक हुन्छन्: तिनीहरूले प्रतिष्ठा र शक्ति सम्‍बन्धी आफ्‍नो खोजीलाई कहिल्यै पनि त्याग्‍न सक्दैनन्। जुनै पनि समयमा, कुनै पनि वातावरणमा, र तिनीहरूको वरिपरि जस्तो सुकै मानिसहरू भए पनि र तिनीहरू जत्ति नै वृद्ध भए पनि तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै परिवर्तन हुनेछैन। कुन कुराले तिनीहरूको महत्त्वाकाङ्क्षा कहिल्यै परिवर्तन हुँदैन भन्ने सङ्केत दिन्छ? उदाहरणका लागि, मानिलिऊँ ऊ मण्डली अगुवा हो। ऊ आफ्नो हृदयमा सधैँ मण्डलीका सबैलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेररे सोचिरहेको हुन्छ। यदि उसलाई ऊ अगुवा नरहेको अर्को मण्डलीमा सरुवा गरियो भने, के ऊ खुसीसाथ सामान्य अनुयायी हुनेछ? कदापि हुनेछैन। ऊ अझै पनि कसरी हैसियत प्राप्त गर्ने, र कसरी सबैलाई नियन्त्रण गर्ने भनेर नै सोचिरहेको हुनेछ। ऊ जहाँ गए पनि, राजाझैँ शासन गर्न चाहन्छ। उसलाई मानिसहरू नै नभएको ठाउँमा, भेडाहरूको बथानमा राखिए पनि ऊ अझै पनि बथानलाई नेतृत्व गर्न चाहन्छ। यदि उसलाई कुकुर र बिरालाहरूसँग राखियो भने, ऊ कुकुर र बिरालाहरूको राजा हुन, र ती जनावरहरूमाथि शासन गर्न चाहन्छ। ऊ महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ, हुँदैन र? के यस्ता मानिसहरूको स्वभाव पैशाचिक हुँदैन र? के यी शैतानका स्वभावहरू होइनन् र? शैतान ठ्याक्कै यस्तै हुन्छ। स्वर्गमा, शैतान परमेश्वरबराबर भएर उभिन चाहन्थ्यो, र पृथ्वीमा फालिएपछि त्यसले सधैँ मानिसलाई नियन्त्रण गर्ने, मानिसलाई त्यसको आराधना गर्न र त्यसलाई परमेश्वरको रूपमा लिन लगाउने प्रयास गऱ्यो। ख्रीष्टविरोधीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन् किनकि तिनीहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्, जुन सामान्य मानिसहरूको समझको सीमाबाहिर गइसकेको छ। के यो अलि असामान्य कुरा होइन र? यो असामान्यताले केलाई जनाउँछ? यसको अर्थ तिनीहरूको व्यवहार सामान्य मानवतामा पाइनु हुँदैन। त्यसोभए, यो व्यवहारचाहिँ के हो त? यसलाई केले नियन्त्रण गर्छ? यसलाई तिनीहरूको प्रकृतिले नियन्त्रण गर्छ। तिनीहरूमा दुष्टात्माको सार हुन्छ, र तिनीहरू सामान्य भ्रष्ट मानवजातिजस्तो हुँदैनन्। फरक यही हो। ख्रीष्टविरोधीहरू आफ्नो शक्ति र हैसियतको पछ्याइमा कुनै कुरामा पनि नरोकिनुले तिनीहरूको प्रकृति सार खुलासा गर्ने मात्र नभई, मानिसहरूलाई तिनीहरूको घिनलाग्दो रूप ठ्याक्कै शैतान र पिशाचहरूको रूप हो भन्नेसमेत देखाउँछ। तिनीहरू हैसियतका लागि मानिसहरूसित मात्र होड गर्दैनन्, परमेश्वरसँग पनि हैसियतका लागि होड गर्ने र परमेश्वरका चुनिएका जनहरूलाई लैजाने आँट गर्छन्। तिनीहरू उहाँका चुनिएका जनहरू पूर्ण रूपले आफ्नो नियन्त्रणमा भएपछि मात्र सन्तुष्ट हुनेछन्। ख्रीष्टविरोधीहरू जुनै मण्डली वा मानिसहरूको समूहमा भए पनि, हैसियत प्राप्त गर्न, शक्ति हातमा लिन, र मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन चाहन्छन्। मानिसहरू इच्छुक वा सहमत भए पनि नभए पनि, ख्रीष्टविरोधीहरू अन्तिम निर्णय गर्न र मानिसहरूलाई आफ्नो आज्ञापालन गराउन र आफूलाई स्वीकार गर्न लगाउन चाहन्छन्। के यो ख्रीष्टविरोधीको प्रकृति होइन र? के मानिसहरू तिनीहरूका कुरा सुन्न इच्छुक हुन्छन्? के उनीहरू तिनीहरूलाई चयन र अनुमोदन गर्छन्? गर्दैनन्। तर ख्रीष्टविरोधीहरू अझै पनि अन्तिम निर्णय गर्न चाहन्छन्। चाहे मानिसहरू सहमत होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरू आफ्नो पक्षमा बोल्न र काम गर्न चाहन्छन्, तिनीहरू सबैको नजरमा देखिन चाहन्छन्। तिनीहरू अरू मानिसमाथि आफ्ना विचारहरू लाद्नसमेत प्रयास गर्छन्, र यदि मानिसहरूले त्यो स्विकारेनन् भने, ख्रीष्टविरोधीहरूले दिमाग खियाएर उनीहरूलाई त्यो स्विकार्न लगाउने प्रयास गर्नेछन्। यो कस्तो समस्या हो? यो लाज पचाउनु र निर्लज्जपन हो। यस्ता मानिसहरू खाँटी ख्रीष्टविरोधी हुन्, र तिनीहरू अगुवा भए पनि नभए पनि, ख्रीष्टविरोधी नै हुन्। तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति सार हुन्छ।

कतिपय मानिस मण्डलीका अगुवाहरू को हुन्, कोचाहिँ सुसमाचार सुनाउनमा संलग्न छ, तिनीहरू सबै कहाँ बस्छन्, तिनीहरूको कोसँग नजिकको सम्बन्ध छ आदि कुरा पत्ता लगाउनुलाई सधैँ ठूलो महत्त्व दिन्छन्। शैतानको सुराकीजस्तै, तिनीहरू सधैँ यी कुराहरूको चियोचर्चो गरिरहेका र पत्ता लगाइरहेका हुन्छन्। किन तिनीहरू सधैँ यी मामलाहरूबारे चासो राख्छन्? धेरै मानिसले तिनीहरूका मनसाय बुझ्न सक्दैनन्; तिनीहरूलाई यी व्यक्तिहरू अलि असामान्य छन् भन्ने मात्र लाग्छ। धेरैजसो मानिस यी कुराहरूमा रूचि राख्दैनन्; उनीहरू आफ्नै कर्तव्यमा व्यस्त हुन्छन् र अर्को काममा हात हालिहिँड्ने यिनीहरूसँग समय नै हुँदैन। उनीहरू आफ्नै कर्तव्य निर्वाहामा ध्यान दिन्छन् र सत्यता अभ्यासमा केन्द्रित हुन्छन्, र थाहै नपाई तिनीहरूका स्वभावहरू परिवर्तन हुन्छन्—यो परमेश्वरको अनुग्रह हो। तर, मण्डलीसम्बन्धी सबै प्रकारका मामलाहरूको चियोचर्चो गर्न र पत्ता लगाउन अत्यन्तै उत्साहित हुने खालको व्यक्ति पनि हुन्छ। उसले कुनै अगुवालाई भेटेपछि सोध्छ, “तपाईंले मण्डलीमा त्यो फलानो-फलानो दुष्ट व्यक्तिलाई कसरी तह लगाउनुभयो?” अगुवाले जवाफ दिन्छ, “हामीले जसरी तह लगाए पनि तिमीलाई केको चासो? तिमी यसमा के चियोचर्चो गर्दै छौ? के तिमी त्यस व्यक्तिलाई चिन्छौ?” त्यो व्यक्तिले भन्छ, “यतिकै चासो राखेको, तपाईंलाई थाहै छ? यो परमेश्वरको घरको मामला हो। परमेश्वरको घरको सदस्य हुनुका नाताले, हामी जोसिलो हुनुपर्छ र हामीले उहाँको घरका मामलाहरूलाई राम्रो ध्यान दिनुपर्छ। हामी तीबारे कसरी उदासीन हुन मिल्छ र?” अगुवाले उसलाई बताउँछ, “तिमीले यस मामलामा चियोचर्चो गर्नु हुँदैन। प्रवचन सुन्न र भेलाहरूमा सहभागी हुनमा ध्यान देऊ। तिम्रो उचित काम त परमेश्वरका वचनहरू खानु र पिउनु हो। तिमीले परमेश्वरमा उचितसित विश्वास गरे पुग्छ।” त्यस व्यक्तिले जिद्दी गर्छ, “त्यो राम्रो होइन, मैले चासो राख्नुपर्छ।” उसलाई कसैले नबताउने भएकाले, उसले कहाँ गएर चियोचर्चो गर्ने भनी सोच्छ। जब माथिल्लाअगुवाहरूले आफ्नो घरमा सहकर्मी भेला सञ्चालन गर्छ, तब उसलाई त्यहाँ प्रवेश गर्नु र सामेल हुनु अलि अनुचित लाग्छ, त्यसैले ऊ पानी लिएर आएको बहाना बनाउँछ, र त्यो दुष्ट व्यक्तिलाई निष्कासन गरियो कि रहन दिइयो भनेर सोधपुछ गर्छ। कसैले नबताएपछि, ऊ बाहिर जान्छ र ढोका अलिकति उघारेर अरूले नदेख्ने गरी उभिएर सुन्छ। के यो व्यक्ति मानसिक रोगी होइन र? हो, ऊ मानसिक रोगी हो; बोलीचालीको भाषामा, हामी त्यसलाई “लाउके” भन्छौँ। यस्तो व्यक्तिमा निश्चय नै महत्त्वाकाङ्क्षाहरू हुन्छन्। ऊ अगुवा बन्न चाहन्छ, तर सक्दैन, त्यसैले उसले अरूका मामलामा हस्तक्षेप गरेर आफूलाई सहानुभूति दिन्छ, र त्यो सँगसँगै उसलाई धेरै कुरा थाहा छ र उसमा ठूलो अन्तर्ज्ञान छ भनेर मानिसहरूले देखेको सुनिश्चित गर्छ। यसरी, ऊ भविष्यमा अगुवाका रूपमा चुनिन सक्छ। अगुवा बन्नका लागि, ऊ हरेक कुरामा सहभागी हुन, सबथोकबारे सोधपुछ गर्न, र सबथोक जान्न चाहन्छ। उसलाई आफू दिनदिनै यी मामलाहरूमा संलग्न भइयो भने, आफू अगुवा नबने पनि, कामकुराको प्रभारी चाहिँ होइन्छ, र यसले गर्दा आफूलाई मानिसहरूले आदर गर्न सक्छन् भन्ने लाग्छ। उसलाई सत्यतामा उसलाई अलिकति पनि रूचि हुँदैन; ऊ अरूका मामलामा हस्तक्षेप गर्नेबारे मात्र चासो राख्छ—ऊ आफूले जान्न चाहेका कुराहरूको चियोचर्चो गर्नमा पोख्त हुन्छ। जहाँ समस्या हुन्छ, ऊ त्यहाँ पुग्छ, दिक्क बनाउने झिँगाझैँ भन्किहिँड्छ। के यस्ता मानिसहरू घृणास्पद हुँदैनन् र? तिनीहरू यतिसम्म अन्योल हुन्छन्, तैपनि निकै ऊर्जावान् हुन्छन्—तिनीहरू कुनै उचित काम गर्नेबारे सोच्दै सोच्दैनन्। तिनीहरू आफ्नो घरमा पाहुना राख्ने कर्तव्य निभाउँछन्, तैपनि किचनको भुइँ फोहोर भए पनि पुछ्न इच्छुक हुँदैनन्। तिनीहरूलाई आफूले महत्त्वपूर्ण मामलाहरू सम्हालिरहेको, र भुइँ पुछ्नु साधारण मानिसहरूले गर्ने कुरा हो भन्ने लाग्छ। तिनीहरू आफूमा भएको क्षमताले तल्लो स्तरका यस्ता कामहरू गर्न सक्दैनन्। तिनीहरू कुनै वास्तविक काम बिलकुलै गर्दैनन्, आफ्नो कर्तव्यमा पर्ने काम सम्हाल्न सक्दैनन्, कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्, र इमानदारीपूर्वक वा दृढतासाथ कामकुरा गर्दैनन्; बरु, तिनीहरू मण्डलीको काम, साथै मण्डलीका अगुवा, सेवक र दाजुभाइ-दिदीबहिनीहरूसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाबारे चियोचर्चो गर्न उत्सुक हुन्छन्। तिनीहरू हरकुरामा आफ्ना विचार राख्न चाहन्छन्, र यदि मानिसहरू त्यो सुन्न इच्छुक नभएमा, तिनीहरू यसो भन्छन्, “यदि तिमीले मेरो कुरा ध्यान दिएनौ भने, तिमीलाई नै घाटा हुन्छ!” के यो अव्यावहारिक कुरा होइन र? (हो।) त्यसकारण, कतिपय ख्रीष्टविरोधीहरूलुकेका हुन्छन्; तिनीहरूले हैसियत पाउनैपर्छ भन्ने छैन। त्योविना पनि, तिनीहरू अझै अति उत्साहित र ऊर्जावान् हुन्छन्। यदि तिनीहरूले हैसियत प्राप्त गर्ने हो भने, कति नराम्रो हुनेथ्यो होला? तिनीहरू कति माथि उफ्रिन्थे होलान्? तिनीहरूलाई आफू झरेर मरे पनि फरक पर्नेथिएन। ल भन्, यदि यस्ता मानिसहरू अगुवाका रूपमा चुनिएका भए, के परमेश्वरका चुनिएका मानिसहरूले खुसीको जीवन पाउन सक्थे? कतिपय ख्रीष्टविरोधीहरू लुकेका हुन्छन्—यसको अर्थ के हो? यसको अर्थ ख्रीष्टविरोधीहरू हैसियत पाएपछि ख्रीष्टविरोधी बन्ने होइनन्; तिनीहरू सुरुदेखि नै ख्रीष्टविरोधी थिए। यति मात्र हो, मानिसहरूको कद सानो भएर उनीहरूले तिनीहरूलाई खुट्ट्याउन नसकेकाले, वा सायद केही मण्डलीले सत्यता पछ्याउनेहरू भेट्टाउन नसकेकाले, उनीहरूले आफ्ना अगुवाका रूपमा कामकुराको योजना बनाउन र कामकाज गर्न सक्ने यी उत्साहित मानिसहरूलाई रोजेका हुन्। अहिलेका लागि, तिनीहरूलाई अगुवाका रूपमा छान्नु सही थियो कि गलत भन्नेबारे छलफल नगरौँ; तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने पत्ता लागेपछि के गर्नुपर्छ भन्नेमा ध्यान दिऔँ। तिनीहरूलाई खुलासा र अस्वीकार गर्नुपर्छ। यदि कुनै व्यक्ति ख्रीष्टविरोधीको रूपमा पहिचान भएको छ र उसलाई पदबाट हटाइएको छ भने, के यस्ता मानिसहरूलाई भविष्यमा फेरि अगुवाका रूपमा चयन गर्दा हुन्छ? (अहँ, हुँदैन।) किन? (तिनीहरूको प्रकृति परिवर्तन हुनेछैन।) ख्रीष्टविरोधीको रूपमा पहिचान भएको जोकोहीलाई फेरि अगुवाको रूपमा चुन्नु हुँदैन किनकि उसको प्रकृति सार परिवर्तन हुन सक्दैन। ख्रीष्टविरोधीहरू शैतानका लागि मात्र काम गर्छन्; तिनीहरू केवल शैतानका दास हुन्। तिनीहरूले सत्यताको खातिर कहिल्यै केही गर्ने वा भन्नेछैनन्। ख्रीष्टविरोधीको सार नै परमेश्वरसँग शत्रुता गर्ने, सत्यताप्रति अरुचि राख्ने, र त्यसलाई अस्वीकार र अनादर गर्ने हुन्छ। तिनीहरूको प्रकृति परिवर्तन हुनेछैन। यदि यसअघि यस्ता मानिसहरू अगुवा भएका छैनन् भने, तिनीहरूलाई चुन्नु हुँदैन, र यदि तिनीहरू यसअघि अगुवा थिए तर हटाइएका हुन् भने, के तिनीहरू भविष्यमा फेरि पनि अगुवा बनेको खण्डमा परिवर्तन हुनेछन्? (अहँ, हुनेछैनन्।) तिनीहरू अझै पनि ख्रीष्टविरोधी नै हुन्छन्। तिनीहरूको प्रकृति सारले यो कुरा निर्धारण गर्छ।

आ. ख्रीष्टविरोधीहरूले मानिसहरूलाई कसरी लोभ्याउँछन् भन्ने कुराको विश्लेषण

हामीले भर्खरै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नुका प्रकटीकरणहरूबारे छलफल गऱ्यौँ। भ्रममा पार्नु र लोभ्याउनुको लगभग एउटै अर्थ हुन्छ, तर प्रकृति र विधि दुवै हिसाबले ती फरक हुन्छन्। भ्रममा पार्नु भनेको झूटो रूप प्रयोग गरेर मानिसहरूलाई गलत दिशामा डोऱ्याउनु, उनीहरूलाई ती साँचो हुन् भनी विश्वास गराउनु हो। लोभ्याउनु भनेको जानाजानी केही विधि प्रयोग गरेर मानिसहरूलाई कुनै निश्चित व्यक्तिको कुरा सुन्न र उसको मार्ग पछ्याउन लगाउनु हो—तिनीहरूको अभिप्राय प्रस्टै हुन्छ। भ्रममा पार्नु र लोभ्याउनुमा मानिसहरूलाई भ्रममा पार्न सही देखिने शब्दहरू प्रयोग गर्नु, मानिसहरूलाई भ्रममा पार्न मानव धारणासँग मिल्दो र उनीहरूले सजिलै स्विकार्ने कुराहरू भन्नु समावेश छन्। मानिसहरू तिनीहरूलाई थाहै नपाई विश्वास गर्न र पछ्याउन, तिनीहरूसँगै ताँतीमा उभिन र तिनीहरूको गिरोहमा आबद्ध हुन थाल्छन्। यसरी, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई मानिसहरूको सही समूहबाट आफ्नो समूहमा तान्छन्। छोटकरीमा भन्नुपर्दा, यदि मानिसहरूले ख्रीष्टविरोधीहरूका यस्ता कार्यहरू स्विकार्छन् भने, सायद उनीहरू तिनीहरूलाई विश्वास र आराधना गर्छन्, र त्यसपछि ख्रीष्टविरोधीहरूले भनेका सबथोक स्विकार्छन् र त्यसप्रति समर्पित हुन्छन्, तिनीहरूलाई थाहै नपाई पछ्याउन थाल्छन्। के उनीहरूलाई मूर्ख बनाइएका र धोका दिइएका होइनन् र? कतिपय ख्रीष्टविरोधी मानिसहरूसित अन्तरक्रिया गर्ने क्रममा रेर उनीहरूलाई भ्रममा पार्ने र लोभ्याउने आफ्नो लक्ष्य हासिल गर्न निश्चित तरकिबहरू चलाउँछन्, जसको फलस्वरूप मण्डलीभित्र विभाजन, दलबन्दी, र गुटबन्दी पैदा हुन्छ। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधी दक्षिणको हो र उसले दक्षिणको अर्को व्यक्तिलाई भेट्यो भने, त्यो ख्रीष्टविरोधीले भन्ला, “हामी दुवै दक्षिणका हौँ: हामी एउटै धाराको पानी पिएर हुर्केका हौँ, र हामी एउटै भाषा बोल्छौँ। उत्तरका मानिसहरू हाम्रो भाषा बोल्दैनन्—तिनीहरूसित नजिक हुन असम्भव छ! हामी सबैले एउटै परमेश्वरमा विश्वास गर्ने भए पनि, उत्तरकाहरूको जीवन शैलीहरू हाम्राभन्दा फरक छन्, र हाम्रा व्यक्तित्व मिल्दैनन्। हामीले कुरा गर्ने कुनै कुरा छैन। त्यसैले, तिमी र म परिवारजस्तै हौँ र हामी एक हुनुपर्छ।” यो कुरा व्यावहारिक, उसले कुनै निश्चित दृष्टिकोण मात्र व्यक्त गरिरहेकोझैँ लाग्ला, तर उसले यो कुरा मनसाय र उद्देश्य राखेर भनेको हुन्छ, र मानिसहरूले त्यो खुट्ट्याउनुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीले जे भन्छ त्यो उसको हृदयको कुरा हुँदैन; ऊ छेपारोजस्तै हुन्छ, उसले व्यक्तिअनुसार बोली फेरेर बोल्छ। ख्रीष्टविरोधीले उत्तरका मानिसहरू भेट्दा, यसो भन्ला, “उत्तर अत्यन्तै राम्रो छ; त्यहाँको हावा स्वच्छ छ। म दक्षिणमा जन्मेको भए पनि, उत्तरको पानी पिएर हुर्केको हुँ। अरू केहीले नभए पनि त्यसले हामीलाई नजिक बनाउँछ!” जब उत्तरका मानिसहरूले यो कुरा सुन्छन्, तब तिनीहरूलाई त्यो ख्रीष्टविरोधी अत्यन्तै राम्रो व्यक्ति हो भन्ने लाग्न सक्छ र ऊसँग सङ्गत गर्न थाल्छन्। ख्रीष्टविरोधी आफ्नै फाइदाका लागि समूह बनाएर उसको आफ्नै गुटबन्दी बनाउने लक्ष्य पूरा गर्नहेतु मानिसहरूलाई भ्रममा पार्न र लोभ्याउनमा, मण्डलीलाई विभाजित पार्न विभिन्न रणनीतिहरू प्रयोग गर्नमा, दक्षिण र उत्तरका मानिसहरूलाई भिन्न समूहहरू निर्माण गराउनमा अत्यन्तै माहिर हुन्छ। विशेष गरी मण्डलीको चुनावका बेला, यदि ख्रीष्टविरोधीले उत्तरका कुनै दाजुभाइ वा दिदीबहिनी चयन हुन सक्ने देखेमा, धाँधली गर्छ, गोप्य रूपले मत हेरफेर गर्छ, र अन्त्यमा, सम्पूर्ण मण्डली अगुवा र डिकनहरू दक्षिणकै चुनिन पुग्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न र लोभ्याउन कुनै कसर बाँकी छोड्दैनन्, विभाजन र फूट गराउँछन् र यी विधिहरू प्रयोग गरेर मण्डलीलाई टुक्राउँछन् र नियन्त्रण गर्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? (आफ्नै स्वतन्त्र राज्य स्थापित गर्न।) स्वतन्त्र राज्य स्थापना गर्नुको प्रकृति कस्तो हुन्छ? यसको अर्थ ख्रीष्टविरोधी हुनु, परमेश्वरका चुनिएका जनलाई आफ्नो भनी दाबी गर्नु, र परमेश्वर समान हुन खोज्नु हो। के यो परमेश्वरविरुद्ध विरोध प्रदर्शन गर्नुजस्तै होइन र? (हो।) यो ठ्याक्कै त्यही हो। त्यसोभए, ख्रीष्टविरोधीहरूले यस्तो कार्य गर्नुका परिणामहरू केके हुन्? तिनीहरूका कार्यले मण्डलीको काममा गम्भीर रूपले बाधा र अवरोध पुऱ्याउँछन्, र ती सिधै परमेश्वरको स्वभावलाई चिढ्याउने कुरा हुन्। परमेश्वर आक्रोशित भएर तिनको प्रतिवाद गर्नुहुनेछ, अनि यस्ता सबै ख्रीष्टविरोधीले निश्चय नै दण्ड र विनाश भोग्नैपर्छ—यसमा शङ्कै छैन। व्यवस्थाको युगमा, मोशाको आलोचना गर्ने २५० जना अगुवाहरूले सिधै दण्ड पाएका थिए। अनुग्रहको युगमा, प्रभु येशूलाई क्रूसमा टाँग्नेहरूले पनि सिधै दण्ड भोगे; तिनीहरू श्रापित भए र तिनीहरूको नराम्रोसँग अन्त्य भयो। ख्रीष्टविरोधीहरूले परमेश्वरको विरोध गर्नुको नतिजा र परमेश्वरको प्रतिरोध गर्नेहरूले भोग्नुपर्ने अन्त्य यही हो।

कसरी ख्रीष्टविरोधीहरू मण्डलीलाई विभाजित गर्न विभिन्न विधि प्रयोग गरेर मानिसहरूलाई लोभ्याउँछन्? पहिलो कुरा, कुनै ख्रीष्टविरोधीले प्रतिवान् र बोल्नमा सिपालु मानिसहरूलाई लोभ्याउनेछन्, पहिला तिनीहरूमा आफ्नो राम्रो छाप पार्नेछन्, साथी बनाएर आफ्नो शक्तिको दायरा बढाउनेछ। उसले गरिब मानिसहरू वा कम क्षमताका वा निकै सोझाहरूलाई ध्यान दिनेछैन वा बहिष्कारसमेत गर्न गर्ला। उसले समाजमा हैसियत र धनहुने मानिसहरूको मन जित्ने उपाय सोच्नेछ, जबकि इमानदारीसाथ समर्पित हुने र थोरै पैसा भएका, वा सामाजिक हैसियत कम हुने, कुनै उल्लेखनीय शक्ति नहुने, र अरूले सजिलै धम्काउने भाइबहिनीहरूलाई मण्डलीमा दोस्रो दर्जाका नागरिक मानिन्छ। यसरी, केही दर्जन सदस्यहरू भएको मण्डली थाहै नपाउनेगरी मानिसहरूको दुई वर्गमा विभाजित हुन्छ। यसको जिम्मेवार को हो? (ख्रीष्टविरोधीहरू।) ख्रीष्टविरोधीहरूले यस्ता कामकुरा गर्नेछन्। यदि साँच्चै सत्यता बुझ्ने असल अगुवाले मण्डलीभित्र यस्तो परिस्थिति देखा परिरहेको थाहा पाएमा, सत्यता प्रयोग गरेर त्यो समाधान गर्नेछ। उसले मण्डलीका मानिसहरूलाई दर्जाअनुसार छुट्टिन वा उनीहरूको सामाजिक हैसियतका आधारमा वर्गीकृत हुन दिनेछैन, न त मण्डलीलाई टुक्राउने नै छ। उसले सबै दाजुभाइ-दिदीबहिनीहरू, उनीहरू जहाँबाट आए पनि वा उनीहरूसँग कुनै सामाजिक हैसियत भए पनि नभए पनि, परमेश्वरका वचनहरूमा र परमेश्वरसामु एकताबद्ध भएको सुनिश्चित गर्नेछ। अर्कोतिर, ख्रीष्टविरोधीहरू यस्ता समस्याहरू समाधान गर्दैनन् मात्र होइन बरु आफ्ना लक्ष्यहरू हासिल गर्न मानिसहरूका भ्रष्ट स्वभावहरू प्रयोगगर्छन्। तिनीहरू सामाजिक हैसियत र धन भएकाहरूलाई खोज्छन् र लोभ्याउँछन्। तिनीहरू उनीहरूलाई कसरी लोभ्याउँछन्? तिनीहरूले यसो भन्न सक्छन्, “तिम्रो सामाजिक हैसियत परमेश्वरले दिएको आशिष् हो जुन परमेश्वरद्वारा निर्धारित थियो। तिमीले आफ्ना परिस्थितिहरूलाई परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न प्रयोग गर्नुपर्छ। अहिले म अगुवा हुँ, र आफ्नो विश्वासका कारण यो क्षेत्रमा निकै परिचित छु। मेरो परिवारले मलाई धेरै सताउँछ, र मेरो नेतृत्व भूमिकाको सम्बन्धमा केही जोखिमहरू छन्। मलाई आफू सुरक्षित हुन तिमीजस्ता मानिसहरूको सहयोगको खाँचो छ। यदि तिमीले मेरा लागि त्यति गरिदिन सक्यौ भने, तिमीले भविष्यमा धेरै आशिष् पाउनेछौ, र जीवनमा तीव्र प्रगति गर्नेछौ!” यसरी नै ख्रीष्टविरोधीहरूमानिसहरूलाई तिनीहरूको पछि लाग्न लोभ्याउने र फुस्ल्याउने गर्छन्। यदि कुनै ख्रीष्टविरोधीलाई कोही मन पऱ्यो वा ऊ उपयोगी लाग्यो भने, त्यसलाई सजिला कर्तव्यहरू वा ऊ सबैको नजरमा पर्ने कर्तव्यहरू गर्न लगाउँछ, र उसलाई अघि बढाउन सक्दो प्रयास गर्छ। ऊ परमेश्वरको घरमा मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्तहरू त्यसले पूरा गर्छ कि गर्दैन भनेर वास्ता गर्दैन। यदि यस व्यक्तिसँग सामाजिक हैसियत छ र त्यो उसका लागि उपयोगी हुन सक्छ भने, उसले त्यसलाई लोभ्याउँछ। ख्रीष्टविरोधीहरू आफ्ना लक्ष्यहरू पूरा गर्नका निम्ति समाजमा धन र हैसियत भएकाहरूसित नजिकिन्छन्, उनीहरूलाई चिप्लो घस्छन्, र लोभ्याउँछन्, त्यो सँगसँगै त्यसको फाइदा उठाउँछन्। तिनीहरूसँग पैसा, शक्ति र हैसियत भएका मानिसहरूलाई लोभ्याउने दोस्रो विधि पनि हुन्छ, त्यो हो, उनीहरूलाई लिप्त बनाउनु। त्यस्ता मानिसहरूले प्रायः मण्डलीमा गलत कुरा गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूको उत्साह मार्छन् र मण्डली जीवनमा बाधा पुऱ्याउँछन्। ख्रीष्टविरोधीहरू खुसीसाथ हेरेर बस्छन् र उनीहरूलाई जे मन लाग्छ त्यही अपराध गर्न दिन्छन्। ख्रीष्टविरोधीले लिप्त बनाउनुको उद्देश्य के हो? उनीहरूलाई लोभ्याउनु र लोभ्याइसकेपछि उनीहरूबाट फाइदा उठाउनु हो। ख्रीष्टविरोधीहरू बहाना बनाएर उनीहरूलाई यस्तोसमेत भन्छन्, “तिमीहरूले मलाई अगुवाका रूपमा चुने पनि, र ममा तिमीहरूलाई अगुवाइ गर्ने जिम्मेवारी भए पनि, यो मण्डली मेरो मात्र होइन। म मण्डलीभित्र एक्लै निर्णयहरू गर्न सक्दिनँ। तिमीहरूले पनि सहयोग गर्नुपर्छ; यदि केही आइपऱ्यो भने तिमीहरू पनि केही भन्न सक्छौ—सहकार्य गर्नु भनेको यही हो।” तिनीहरू यो कुरा धनी, प्रभावशाली, र तिनीहरूका लागि फाइदाजनक मानिसहरूलाई भन्छन्, उनीहरूलाई नियन्त्रण गर्न सक्ने हदमा नपुगुञ्जेल यी लोभ्याउन सक्दो गर्छन्। तर, तिनीहरू परमेश्वरमा साँचो विश्वास गर्ने तर पैसा, सामाजिक हैसियत, वा कुनै प्रस्ट उपयोगी नभएकाहरूलाई बहिष्कार गर्न, आक्रमण गर्न, वा सिधै बेवास्ता गर्न हदै प्रयास गर्छन्। तिनीहरूले उपेक्षा गर्नुको अर्थ के हो? “यदि हामीमध्ये थोरै जना एक भयौँ र बलियो गढ बन्यौँ भने, मेरो अनुमानमा तिमीहरू सर्वसाधारणले कुनै ठूलो प्रभाव पार्न सक्दैनौ। यदि तिमी सोझो व्यवहार गर्छौ र मेरा कुराहरू सुन्छौ भने, म तिमीलाई विश्वास गरिरहन दिनेछु। तर यदि तिमी सानातिना गल्तीहरू कोट्याइरहन्छौ, मेरो बारेमा आफ्ना रायहरू राख्छौ, वा माथिल्लो तहलाई मेरो रिपोर्ट गरिरहन्छौ भने, म तिमीलाई दण्ड दिनेछु र निष्कासन गर्नेछु!” यो तिनीहरूको योजना हो। कतिपय मानिसहरूमा समझशक्ति हुँदैन र उनीहरू डराएर यसो भन्छन्, “हामीले तिनीहरूलाई फिटिक्कै चिढ्याउनु हुँदैन। तिनीहरूले आफ्नै गुट बनाएका छन्, तर हामी बनाउन सक्दैनौँ। हाम्रो बोलीमा त्यति दम हुँदैन, र यदि हामीले भूलवश तिनीहरूलाई नाराज पार्ने केही भन्यौँ र त्यो अगुवाले हामीलाई वास्तवमै निष्कासन गऱ्यो भने, हामीले परमेश्वरमा विश्वास गर्ने अवसर गुमाउनेछौँ।” यी मानिसहरूको सातोपुत्लो उड्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउँदा, यस व्यवहारभित्र दुष्ट, क्रूर र दुर्भावनापूर्ण स्वभाव हुन्छ। तिनीहरूले मानिसहरूलाई लोभ्याउनुको उद्देश्य के हो? यो आफ्नो पद बलियो पार्नलाई पनि हो। तिनीहरूले गुट वा गिरोह बनाउनुको उद्देश्य के हो? यो तिनीहरूको शक्तिको दायरा फैलाउनु, मानिसहरूलाई तिनीहरूको समर्थन गर्न लगाउनु, आफ्नो शक्ति र हैसियत झनै सुरक्षित पार्नु हो। के तिमीहरूमध्ये कसैलाई यस्ता मामलाहरू आइपरेका छन्? जब कुनै ख्रीष्टविरोधीले मण्डलीलाई नियन्त्रण गर्छ, तब पैसा र हैसियत, वा दबदबा हुन जोकोही उसको वरिपरि झुम्मिन्छ, र तिनीहरू सँगै नियन्त्रण जमाउँछन्, गुट, चार, पाँच, वा छ जनाको गिरोह बन्छन्। तिनीहरूका समस्या खुलासा गर्ने अनुमति कसैलाई पनि हुँदैन। ख्रीष्टविरोधी यी मानिसहरूलाई लोभ्याउँछ किनकि तिनीहरूलाई नियन्त्रण गर्न उसलाई चुनौतीपूर्ण हुन्छ। उसले तिनीहरूलाई लोभ्याएर खिच्न, आफ्नो सहयोगी बनाउन, त्यसरी आफ्नो पद जोगाउन जरुरी हुन्छ। त्यसबाहेक, यी मानिसहरूमा एउटा उपयोगिता छ जसको ख्रीष्टविरोधीले फाइदा उठाउन सक्छ। तिनीहरूलाई लोभ्याउने उसको विधि त एक अर्थमा, तिनीहरूलाई नियन्त्रण गरेर आफ्नो पदलाई खतरामा पार्नबाट जोगाउने तरिका हो।

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउनुको यस पक्षसम्बन्धी हामीले भर्खरै दुइटा प्रकटीकरणबारे छलफल गऱ्यौँ। के तिमीहरूको मण्डलीमा यस्ता कुराहरू हुन्छन्? भन त, के यस्तो कुरा हुन्छ? (हुन्छ।) पक्कै हुन्छ। त्यसोभए, मानिसहरूलाई लोभ्याउनुसँग सम्बन्धित सबै कुरामध्ये, कस्ता अरू केही प्रकटीकरणमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याउने प्रकृति हुन्छ? उनीहरूलाई लोभ्याउनुका परिणामहरू के-के हुन्? किन ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन चाहन्छन्? के यदि तिनीहरूले मानिसहरूलाई लोभ्याएनन् भने, उनीहरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले आफूसामु आफ्ना कुरा सुन्ने र आफ्ना इच्छासँग मिल्दा मानिसहरूलाई ल्याउनैपर्छ, ताकि आफूले कुनै पद ओगट्न र अख्तियार चलाउने पात्रहरू पाउन सकोस्। यदि तिनीहरूको कुरा कसैले पनि सुनेन भने, के तिनीहरूले हैसियत र शक्ति पाउने आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न सक्नेछैनन्? त्यसकारण, तिनीहरूले लोभ्याउन सकिने हरप्रकारको व्यक्तिलाई लोभ्याएपछि मात्र पद र शक्ति प्राप्त गर्छन्। तिनीहरू लोभ्याउन नसकिनेहरूलाई कस्तो व्यवहार गर्छन्? (तिनीहरू उनीहरूलाई बहिष्कार र आक्रमण गर्छन्।) तिनीहरू उनीहरूलाई आक्रमण र बहिष्कार गर्न थाल्छन्। के मण्डलीका लोभ्याउन नसकिनेहरूलाई तथाकथित “लेखापरीक्षक” बनाउने ख्रीष्टविरोधीहरू छैनन् र? मण्डलीले दिएका प्रवचन, भजन, र परमेश्वरका वचनका पुस्तकहरू यी मानिसहरूलाई बिलकुलै दिइँदैन, वा उनीहरूलाई लामो समयसम्म भेलाहरूबारे जानकारी दिइँदैन। यस्ता कुराहरू निश्चय नै हुन्छन्, र ती सबै ख्रीष्टविरोधीहरूले गर्ने कुरा हुन्। ख्रीष्टविरोधीहरूले आक्रमण र बहिष्कार गर्नेहरूको नाम मण्डलीले हटाएको हुँदैन, उनीहरूले इच्छापूर्वक मण्डली छाडेका हुँदैनन्, र तिनीहरूले स्वेच्छाले भेलाहरूमा सहभागी हुन छाडेका हुँदैनन्। उनीहरू सबै परमेश्वरका इमानदार विश्वासी हुन्, तर उनीहरूमा ख्रीष्टविरोधीसम्बन्धी केही समझशक्ति भएकाले, उनीहरू प्रायः बहिष्कृत हुन्छन् र उनीहरूले परमेश्वरका वचनका पुस्तक वा प्रवचन, भजन, र मण्डलीले जारी गरेका विभिन्न कामका बन्दोबस्तहरू तुरुन्तै पाउन सक्दैनन्, न त उनीहरूले परमेश्वरका वचनहरू खान र पिउन नै सक्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको अधीनमा रहने, अर्थात्, तिनीहरूका कुरा सुन्न सक्ने, तिनीहरूले लोभ्याएका र तिनीहरूप्रति समर्पित व्यक्तिहरूले परमेश्वरको घरद्वारा वितरित विभिन्न पुस्तक र भिडियोहरूको पहिले नै पाउँछन्, यस्तो उचित व्यवहार पाउँछन्। यसरी ख्रीष्टविरोधीहरूका व्यवहार र कार्यका कारण मण्डली लथालिङ्ग हुन पुग्छ र विभाजित हुन्छ, अनि मानिसहरूको हृदयमा अशान्ति छाउँछ।

के ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन कुनै सर्तहरू खोज्छन्? के तिनीहरूले सत्यतालाई प्रेम गर्ने र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुनेहरूलाई लोभ्याउँछन्? (लोभ्याउँदैनन्।) सत्यतालाई प्रेम गर्ने र परमेश्वरप्रति समर्पित हुनेहरूमा केही समझशक्ति हुन्छ, उनीहरूलाई लोभ्याउन सकिँदैन, र उनीहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउनेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू कसलाई लोभ्याउँछन्? ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा हैसियत भएका मानिसहरूलाई चिप्लो घस्न सक्ने, आफूलाई कृपापात्र तुल्याउन र मिठो बोल्न सक्ने, अनि खराब कामकुरा गरेर निष्कासित हुने डरले ख्रीष्टविरोधीहरूलाई खुसी पार्न सक्दो गर्ने मानिसहरूलाई सबैभन्दा बढी निगाह देखाउँछन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउन र उनीहरूको मन जित्न उनीहरूको रक्षा गर्ने, नजिकिन दिने सर्त प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूले लोभ्याउने धेरैजसो मानिस, पहिलोपटक विश्वासमा लागेका र सत्यता नबुझ्नेहरूबाहेक, सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। के सत्यतालाई प्रेम नगर्ने सबैमा विवेक र समझ हुन्छ? ती कोही पनि राम्रा हुँदैनन्, अनि परमेश्वर यस्ता मानिसहरूलाई रोज्नुहुन्न। ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई लोभ्याउँछन् र जोकरजस्तै चलाउँछन्। तिनीहरू आफूले कुनै आधिकारिक पद पाएको छ र आफूसँग हैसियत छ भन्नेसमेत सोच्छन्, र हृदयमा अत्यन्तै सन्तुष्ट हुन्छन्। के यो निर्लज्ज कुरा होइन? ख्रिष्टविरोधीहरूले अरू कस्ता मानिसहरूलाई लोभ्याउँछन्? (केही मात्रामा दुष्ट मानवता भएका मानिसहरूलाई।) ठ्याक्कै भनिस्, दुष्ट मानिसहरूलाई। ख्रीष्टविरोधीहरूले दुष्ट मानिसहरूलाई कसरी व्यवहार गर्छन्? तिनीहरूले उनीहरूको रक्षा गर्छन्। उदाहरणका लागि, मानौँ मण्डलीमा एक दुष्ट व्यक्ति छ, अनि दाजुभाइ-दिदीबहिनीहरू सबैले यो व्यक्ति अत्यन्तै खराब छ, ऊ मण्डलीमा हुँदैपिच्छि उसले त्यहाँ अशान्ति मच्चाउँछ, सबैलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा दिन्छ, र मण्डलीको काममा बाधा पुऱ्याउँछ भनेर रिपोर्ट गर्छन्। यदि उसलाई कुनै कर्तव्य गराउन ल्याइयो भने, मण्डलीको काममा क्षति पुग्नेछ। तर ख्रीष्टविरोधीहरू यस्ता दुष्ट मानिसहरूलाई उपयोगी देख्छन् र उनीहरूलाई आफ्नो फाइदाका लागि काम गराउन आफूतिर तान्छन्। ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरूलाई निष्कासन गर्दैनन्; बरु उनीहरूको रक्षा गर्छन्। कुनै दुष्ट मानिसहरूले ख्रीष्टविरोधीलाई समर्थन गरे वा उसलाई खुट्ट्याउन सके भनेचाहिँ—ऊ उनीहरूलाई निराकरण गर्नेछ। यदि उनीहरू ख्रीष्टविरोधीलाई चापलुसी गर्छन्, समर्थन गर्छन्, र विरोध गर्दैनन् भने, उसले उनीहरूलाई लोभ्याउँछन् र उनीहरूको मन जितेर आफ्नो शक्ति बलियो बनाउँछन्। त्यसोभए, ख्रीष्टविरोधीहरू सत्यता नपछ्याउने मानिसहरूसित कसरी ठ्याक मिलाउँछन्? तिनीहरूको अन्तरक्रिया गर्ने शैली मूलत: एकअर्कालाई चापलुसी गर्ने र मिठो बोली हुन्छ। ख्रीष्टविरोधीहरू जहाँ जान्छन्, यी दुष्ट मानिसहरू झिँगाझैँ तिनीहरूसँगै भीड लाग्छन्। तिनीहरू निश्चय नै सत्यताबारे सङ्गति गर्न भेटघाट गर्दैनन्, किनकि तिनीहरू सबै त्यसप्रति अरुचि राख्छन्, र तिनीहरू कसैले पनि सत्यताबारे सङ्गति गरेर समस्याहरू समाधान गर्न खोज्दैनन्। तिनीहरू अविश्वासीहरूले भन्ने कुराहरू मात्र भन्छन्, बढीजसो समस्या निम्त्याउँछन्, अरूलाई होच्याउँछन् र आफूलाई उच्च पार्छन्, अनि मानिसहरूलाई दण्ड दिने उपायबारे परामर्श गर्छन्। यसका अलावा, तिनीहरू परमेश्वरको घरदेखि कसरी जोगिने भनी अध्ययन गर्छन्, माथिलाई कसरी सामना गर्ने, तिनीहरूका समस्याबारे कतै कसैले रिपोर्ट गर्न चाहन्छ कि भनी कसरी पहिल्यै थाहा पाउने र थाहा पाएपछि कसरी कसरी प्रतिक्रिया जनाउने भनी छलफल गर्छन्। दुष्ट मानिसहरूको यो गिरोहले छलफल गर्ने मामलाहरू यिनै हुन्। तिनीहरू एकसाथ हुँदा, आफ्ना कर्तव्य निर्वाह गर्नेजस्ता कामकुराबारे कहिल्यै सङ्गति गर्दैनन्, र समस्याहरू समाधान गर्नका लागि सत्यताबारे कहिल्यै सङ्गति गर्दैनन्। उदाहरणका लागि, तिनीहरू नकारात्मक र कमजोर बनेका अनि आफ्ना कर्तव्य निभाउन ऊर्जा नपाएका दाजुभाइ-दिदीबहिनीहरूलाई साथ र सहयोग दिने, वा मण्डली कामका निश्चित पक्षहरूको प्रभावकारितालाई सुधार्न समाधान र मार्गहरू खोज्नेजस्ता वैध मामलाहरूबारे कहिल्यै छलफल गर्दैनन्। तिनीहरू माथिलाई कसरी झुक्याउने र परमेश्वरको घरलाई कसरी झुक्याउने भनेर कुरा गर्छन्, परमेश्वरको घरले तिनीहरूबारे तथ्यहरू थाहा नपाउने सुनिश्चित गर्छन्। कुनै व्यक्ति माथिसँग सम्पर्कमा छ वा उसले तिनीहरूको परिस्थितिबारे रिपोर्ट गरेको छ भन्ने थाहा पाएपछि, तिनीहरू त्यसलाई आफ्नो पदका लागि खतरा र आफ्ना मामलालाई बरबाद पार्ने कुरा ठान्छन्। तिनीहरू को जिम्मेवार छ भनेर खुरन्धार छानबिन गर्छन्, संदिग्धहरू खोज्छन्, र उनीहरू भेटिएपछि, तिनीहरू त्यस व्यक्तिलाई अलग्याउँछन्, अन्यत्र पठाउँछन्, र त्यसपछि माथिलाई तिनीहरूको परिस्थितिबारे रिपोर्ट गर्न रोक्ने आदेश जारी गर्छन्। यसो गर्दा तिनीहरूबारे कसैले पनि रिपोर्ट गर्न आँट नगर्ने सुनिश्चित हुन्छ। ख्रीष्टविरोधीहरू यसरी मण्डलीलाई पूर्ण रूपमा नियन्त्रण गर्छन्। माथिले तिनीहरूको परिस्थितिबारे थाहा पाएर तिनीहरूको कमजोर पक्ष पहिचान गरेपछि मात्र, तिनीहरू पर्दापछाडि कस्तो दुष्ट कार्य गर्छन् भनेर थाहा पाउनुहुन्छ, त्यसपछि तिनीहरूको अनुसन्धान गर्ने आदेश दिनुहुन्छ र अन्त्यमा तिनीहरूलाई प्रतिस्थापन वा निष्कासन गर्नुहुन्छ। ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको यो समूहले केही महिनामै मण्डलीको काम लथालिङ्ग पार्न सक्छ, र दाजुभाइ-दिदीबहिनीहरूलाई आपसमा शङ्का गर्ने, एकअर्कालाई कमजोर पार्ने, एकअर्काको खुलासा गर्ने, र एकअर्कालाई आक्रमण गर्ने तुल्याउन सक्छ, मण्डलीलाई विभाजित पार्छ। यो नै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र मण्डलीलाई नियन्त्रण गर्नुको परिणाम हो। यसरी ख्रीष्टविरोधीहरूले सत्यता नपछ्याउने सबैलाई भ्रममा पार्छन् र मण्डलीलाई नियन्त्रण गर्न केही उपयोगी दुष्ट मानिसहरूलाई लोभ्याउँछन् पनि, आफ्नो पद र अख्तियारलाई बलियो बनाउँछन्। यदि दुष्ट मानिसहरूले तिनीहरूको कुरा सुन्छन् भने, तिनीहरू उनीहरूको रक्षा गर्छन्। यदि सुन्दैनन् भने, तिनीहरू पहिला दुष्ट मानिसहरूलाई निराकरण गर्छन्। यदि दुष्ट मानिसहरू तिनीहरूलाई पछ्याउँछन् अनि उनीहरूलाई सूचीमा राख्न र लोभ्याउन सकिन्छ भने, तिनीहरू उनीहरूलाई तिनीहरूका दाहिने हात, तिनीहरूका पाखुरा र आँखा बन्न, दाजुभाइ-दिदीबहिनीहरूलाई दूषित पार्न, तिनीहरूको विरोध गर्ने व्यक्ति, तिनीहरूका कार्यहरू खुट्ट्याउने व्यक्ति, तिनीहरूका कुन खराब कार्यहरू पत्ता लागेका छन्, र कसले तिनीहरूका समस्याहरू रिपोर्ट गर्न माथिलाई सधैँ सम्पर्क गर्न चाहन्छ भनी पत्ता लगाउन दिन्छन्। ख्रीष्टविरोधी र दुष्ट मानिसहरू विशेष गरी यी मामलाहरू अनुसन्धान गर्छन्, जसबारे तिनीहरू सबैभन्दा बढी चिन्तित हुन्छन्। तिनीहरू प्रायः सँगै प्रतिरोधी उपायहरूबारे छलफल गर्छन्, र तिनीहरूलाई खुट्ट्याउन वा शङ्का गर्न सक्नेहरूलाई शत्रु ठान्छन्। तिनीहरू आज एक व्यक्तिलाई दण्डित गर्ने बहानाहरू खोज्छन् र भोलिअर्को व्यक्तिलाई दण्डित गर्ने अवसर पाउँछन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई यी व्यक्तिहरूलाई निकाल्न र निष्कासन गर्नका लागि उक्साउनविभिन्न कारण र बहानाहरू प्रयोगसमेत गर्छन्। ख्रीष्टविरोधीहरू अगुवा वा सेवक बनेपछि, यी कार्यहरूमा संलग्न हुन्छन्। केही महिनामै, तिनीहरूले मण्डलीलाई डामाडोल पार्न सक्छन्, नवविश्वासीहरूको मण्डलीप्रतिको उत्कट जोसलाई पानीले आगो निभाएझैँ निभाउनसमेत सक्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू साँच्चै परमेश्वरका र उहाँका चुनिएका जनहरूका शत्रु हुन्। यो बिलकुलै बढाइचढाइ होइन—यो एकदमै सही कुरा हो! जहाँ ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूको हातमा शक्ति हुन्छ, त्यहाँ मण्डलीको वातावरण दूषित हुन्छ। त्यहाँ मण्डली जीवन बिलकुलै हुँदैन, परमेश्वरको वचनको सामान्य खुवाइ र पियाइ हुँदैन, अनि सत्यतामा सङ्गति गर्ने वातावरण हुँदैन। बरु, त्यो षड्ययन्त्र र बेलगाम दुराचारले भरिएको हुन्छ। दियाबलसले नियन्त्रण गर्नु भनेको यही हो। के दियाबलसले नियन्त्रण गर्दा कुनै राम्रो नतिजा आउन सक्छ? यसले परमेश्वरका चुनिएका जनहरूलाई विपत्ति मात्र ल्याउन सक्छ—निस्सन्देह, यो निश्चित छ।

कतिपय ख्रीष्टविरोधी कुनै मण्डलीमा कुनै नेतृत्वको भूमिका निभाउन आउँदा, यसअघि मण्डलीको कसले माथिलाई समस्याहरू रिपोर्ट गरेको छ भनी अनुसन्धान गर्छन्। तिनीहरू यस्ता मानिसहरूलाई आफूबाट टाढा राख्न चाहन्छन्, अनि उनीहरूले तिनीहरूलाई पाहुना राख्न सक्ने भए पनि उनीहरूको घरमा गएर बस्दैनन्। यदि कुनै व्यक्ति अरूलाई जिहजुरी गर्न माहिर छ, निरन्तर अगुवाको वरिपरि रहन्छ, र आफूलाई कृपापात्र बनाउँछ भने, तिनीहरू त्यही व्यक्तिको घरमा बस्ने योजना बनाउँछन्। कसैले भन्छ, “उनीहरूले दुईजना सिस्टरलाई पाहुना राखिरहेका छन्।” ख्रीष्टविरोधीले जवाफ दिन्छ, “यो राम्रो होइन, उनीहरूलाई अरू कतै सार।” त्यस व्यक्तिले भन्छ, “तपाईंले मानिसहरूलाई आफूखुसी सार्न मिल्दैन; ती दुई सिस्टरलाई त्यो ठाउँका एकदमै ठिक छ—उनीहरूलाई सार्दा उनीहरूको कर्तव्य निर्वाहमा असर पर्न सक्छ।” उसले जवाफ दिन्छ, “अगुवाको नाताले, म जे भन्छु त्यही हुन्छ, र तिमीले मेरो आज्ञापालन गर्नैपर्छ!” त्यसपछि तिनीहरूले ती दुई सिस्टरलाई सर्न बाध्य पार्छन्। ऊ किन यो घरमा बस्न जिद्दी गर्छ? किनभने यो परिवार सोझो र कमजोर छ, उनीहरूबाट ख्रीष्टविरोधीलाई कुनै खतरा हुँदैन। उसले जे गलत कार्यहरू गरे पनि वा मानिसहरूको पिठ्यूँपछाडि उसकोव्यवहार जति नै अनियन्त्रित बने पनि, त्यस परिवारले उसको रिपोर्ट गर्नेछैन। त्यसैले, बस्नका लागि ऊ यस्तो ठाउँ खोज्छ। केही समयपछि, उसले आफ्ना दुष्ट साथीहरूलाई सँगै ल्याउँछ, अनि तिनीहरू त्यहीँ आफ्ना दुष्कर्महरू गर्छन्, प्रतिरोधी उपायहरूबारे छलफल गर्छन् र यो-त्यो व्यक्तिहरूलाई कसरी दण्डित गर्ने भनी षड्यन्त्र गर्छन्। जब कुनै ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति मण्डलीमा देखा पर्छ, तब उसले पहिला आफूलाई मन पर्ने र आफूले फाइदा उठाउन सक्ने मानिसहरू खोज्छ, र सर्वप्रथम आफ्नो शक्तिको विस्तार र सुरक्षा गर्छ। उसले सत्यता बुझ्नेहरूलाई अहिलेका लागि एक्लै छोड्छ, ताकि आफ्नो पद जोखिममा नपरोस्। उसले अहिले नै हालको व्यवस्थामा अवरोध पुऱ्याउँदैन। उसले आफ्नो पदलाई बलियो बनाएर उचित मतियारहरू भेटेपछि, सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई दण्डित र निराकरण गर्ने प्रतिरोधी उपायहरूबारे छलफल गर्न थाल्छ। ऊ उनीहरूलाई कसरी दण्डित र निराकरण गर्छ? पहिला, ऊ उसलाई अनुमोदन गर्ने, उसलाई नखुट्ट्याउने र आफूले प्रयोग गर्न सक्नेहरूलाई लोभ्याउँछ। यदि उसले लोभ्याउन नसक्ने वा उसलाई खुट्ट्याउने मानिसहरू छन् भने, ऊ उनीहरूलाई अलग्याउने वा हटाउने कुनै बहाना वा कारण खोज्छ। यी ख्रीष्टविरोधीहरूको व्यवहारले कस्तो स्वभाव प्रकट गर्छ? (उग्रता।) जहाँ तिनीहरू नेतृत्वका भूमिका निभाउँछन्, त्यस ठाउँको वातावरण नै दूषित हुन्छ। मण्डली जीवनको व्यवस्थामा अवरोध पुग्छ। यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तैँले दमन, प्रतिबन्ध भोग्छस्, वा तँलाई निकाला वा निष्कासनसमेत गरिन्छ। कतिपय ख्रीष्टविरोधी बदमास, गुण्डा, वा रुखो व्यवहार गर्छन्। तिनीहरू परमेश्वरमा विश्वास गरेपछि पनि, पद प्राप्त गर्न, परमेश्वरको घरमा अरूको ख्याल नगरी मनलागी कार्य गर्न, र परमेश्वरका चुनिएका जनहरूलाई नियन्त्रण गर्न चाहन्छन्। यसरी, तिनीहरू मण्डलीलाई लथालिङ्ग पार्छन्। यदि मानिसहरूमा समझशक्ति छैन भने, उनीहरूलाई तिनीहरूले भ्रममा पार्नेछन् र नियन्त्रण गर्नेछन्, अन्त्यमा उनीहरूले आफूलाई मृत्युमा पुऱ्याउनेछन्।

हामीले कसरी ख्रीष्टविरोधीहरू मानिसहरूलाई लोभ्याउँछन् भन्नेबारे हाम्रो छलफल लगभग सकाएका छौँ। तिमीहरूले मैले छलफल गरेका मामलाहरू सुन्दै आएकाले, के तिमीहरूलाई ती दुर्लभ कुरालाग्छ? के तिमीहरू चकित परेर यस्तो सोच्छौ, “के यो साँच्चिकै हुन सक्छ? त्यो असम्भव छ, होइन र? कसरी विश्वासीहरूमाझ यस्ता मानिसहरू हुन सक्छन्?” सुन, योभन्दा अझ खराब हुन सक्छ। सबैले अरूका अगाडि हुँदा, मानवरूपी खोल ओड्छन्, तर तिनीहरू पर्दापछाडि कस्ता छन् त्यसैले तिनीहरूको साँचो रूप प्रकट गर्छ। अरूका अगाडि हुँदा तिनीहरूले प्रस्तुत गर्ने बोली र व्यवहार छद्मभेष, झूटो प्रभाव मात्र हुन्। तिनीहरूले पर्दापछाडि भन्ने र गर्ने कुराले तिनीहरूको साँचो रूप झल्काउँछ। यदि कुनै व्यक्ति मानिसहरूको अगाडि एक रूपमा देखा पर्छ र पर्दापछाडि अर्कै रूपमा देखा पर्छ भने, तैँले कुन साँचो र कुन झूटो हो भनेर खुट्ट्याउन सक्नुपर्छ, होइन र? कुनै ख्रीष्टविरोधी मानिसहरूको अगाडि एकदमै शिष्ट देखिएला, तर यदि उनीहरूलाई ख्रीष्टविरोधीले पर्दापछाडि के गरेको छ भनेर थाहा भएको भए, उनीहरूलाई त्यो घृणास्पद लाग्नेथ्यो। उनीहरूलाई ख्रीष्टविरोधीसँग व्यवहार गर्नु अपमानजनक, ऊ निष्ठावान् व्यक्ति होइन तर नीच र तुच्छ हो भन्ने लाग्नेथ्यो। त्यो अवस्थामा, के ख्रीष्टविरोधी सामान्य मानिसहरूसित मिल्न सक्छ? अहँ, सक्दैन। यो सामान्य व्यक्तिमा केही खराब बानी हुने कुरा मात्र नभएर उसको स्वभावको कुरा हो। तैँले उसको स्वभाव देख्नेबित्तिकै, तँलाई ऊ मानव नभएर पशु, दियाबलस हो भन्ने महसुस हुन्छ। ल भन् त, मानवले जनावरसँग अन्तरक्रिया गर्दा कस्तो अनुभूति हुन्छ? त्यो त सुँगुरलाई घरभित्र ल्याउनु, त्यसलाई धोइपखाली गरेर कट्टु र गन्जी लगाइदिनु, अनि पाल्तु जनावरको रूपमा हेर्नुजस्तै हो। भोलिपल्ट, घर सुँगुरको खोर बनेको हुन्छ। त्यसले सरसफाइबारे कुनै वास्ता नगरी घरभित्रै खाने, पिउने, र मलमूत्र त्याग्ने गर्छ। त्यतिबेला तँलाई सुँगुरई यसरी राख्नु हुँदैन रहेछ भन्ने थाहा हुन्छ—त्यो जनावर हो! ख्रीष्टविरोधी जस्ता मानिसहरू बाहिरबाट केही क्षमता भएका र राम्रो संस्कार पाएका जस्ता देखिएलान्, वा तिनीहरू पहिल समाजका प्रतिष्ठित व्यक्ति हुन सक्लान्, जसका कारण तिनीहरूले केही सम्मान पाउँछन्। तर तिनीहरूमध्ये धेरैजसो विवेक र समझसमेत नभएका ठ्याक्कै जनावरजस्तै हुन्छन्। के तिनीहरूमा सामान्य मानवता हुन्छ? (हुँदैन।) सामान्य मानवताविना पनि के तिनीहरूलाई मानव मान्न सकिन्छ? के तिमीहरू तिनीहरूको नेतृत्व स्विकार्न सक्छौ? यदि दाजुभाइ-दिदीबहिनीहरू यस्ता मानिसहरूको हातमा परेमा के हुनेछ? उनीहरू भ्रम र लोभमा पर्नेछन्, र उनीहरूले पक्कै पनि कष्ट भोग्नेछन्। ख्रीष्टविरोधीहरू दियाबलस हुन्, र तिनीहरूमा विवेक वा समझ हुँदैन। यसो हेर्दा, तिनीहरू एकदमै प्रेमिलो, बुझकी र कतिपय मानिसका कठिनाइ, कमजोरी, र भावनात्मक आवश्यकताप्रति सहानुभूति देखाउने खालका देखिन्छन्। वास्तवमा, यी मानिसहरू तिनीहरूले निगाह गर्ने र तिनीहरूलाई चिप्लो घस्नेहरू हुन्। तर यदि यी मानिसहरूले तिनीहरूको हैसियत वा ख्यातिलाई खतरामा पाऱ्यो भने, उनीहरूलाई समेत शिष्ट व्यवहार गरिनेछैन, बरु झनै दुर्भावनापूर्ण विधिहरू प्रयोग गरेर, अलिकति पनि सहानुभूति वा सहनशीलता नदेखाई बेइमान तरिकाले व्यवहार गरिनेछ। ख्रीष्टविरोधीहरूको प्रेम र सहनशीलता सबै खोल मात्र हो, र तिनीहरूको लक्ष्य मानिसहरूलाई परमेश्वरसामु ल्याउनु कदापि होइन, बरु उनीहरूलाई तिनीहरूको आराधना गर्न र पछि लाग्न लगाउनु हो। तिनीहरूले मानिसहरूलाई यसरी जालमा पार्नुको उद्देश्य आफ्नो पद सुरक्षित गर्नु अनि मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउनु हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई जुनै विधिहरू प्रयोग गरेर भ्रममा पार्ने र लोभ्याउने गरे पनि, एउटा कुरा चाहिँ निश्चित छ: तिनीहरूले आफ्नो शक्ति र हैसियतका लागि दिमाग खियाउँछन् र आवश्यक कुनै पनि माध्यमहरू अपनाउनेछन्। अर्को निश्चित कुरा के हो भने तिनीहरूले जे गरे पनि, आफ्ना कर्तव्य निभाउन गरिरहेका हुँदैनन्, अनि निश्चय नै आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न गरिरहेका हुँदैनन्; बरु, तिनीहरू मण्डलीमा प्रभुत्व जमाउने आफ्नो लक्ष्य हासिल गर्न त्यसो गर्छन्। यसका अलावा, तिनीहरू आफूले जे गरे पनि, परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, र निश्चय नै परमेश्वरका चुनिएका जनहरूका हितहरूलाई विचार गर्दैनन्। ख्रीष्टविरोधीहरूको शब्दकोषमा, यी दुई कुरा पाइँदैनन्; तिनीहरूमा ती कुरा जन्मजातै हुँदैनन्। तिनीहरू जुनसुकै तहका अगुवा भए पनि, परमेश्वरको घर वा परमेश्वरका चुनिएका जनहरूका हितप्रति अलिकति पनि चासो देखाउँदैनन्। तिनीहरूका सोच र दृष्टिकोणमा, मण्डलीको काम र परमेश्वरको घरका हित असान्दर्भिक र आफूभन्दा तल हुन्छन्। तिनीहरू आफ्नो पद र आफ्ना हितबारे मात्र सोच्छन्। यसबाट, ख्रीष्टविरोधीहरूको प्रकृति सार, दुष्ट हुनुका अलावा, अत्यन्तै स्वार्थी र घृणित हुन्छ भन्ने देख्न सकिन्छ। तिनीहरू अरूको जीवन र मृत्युप्रति अलिकति पनि ध्यान नदिई, आफ्नै ख्याति, लाभ, र हैसियतका लागि मात्र कार्य गर्छन्। तिनीहरूको पदलाई धरापमा पार्ने जोकोही बेइमानीपूर्ण दमन र बहिष्कारमा पर्छ, र हदैसम्म दण्डित हुन्छ। कहिलेकाहीँ, जब निकै दुष्टता गरेकोमा ख्रीष्टविरोधीहरूको रिपोर्ट गरिन्छ र माथिले तिनीहरूबारे थाहा पाउँछ, र तिनीहरूलाई आफ्नो पद गुम्न लागेको महसुस हुन्छ, तब तिनीहरू भक्कानिएर रुन थाल्छन्। बाहिरी रूपमा, तिनीहरू पश्चात्तापी र परमेश्वरतिर फर्किरहेकोझैँ देखिन्छन्, तर तिनीहरू रुनुको साँचो कारण के हो? तिनीहरू साँच्चै के कुरामा पछुताउँछन्? तिनीहरूलाई आफूले मानिसहरूको हृदय, आफ्नो पद, र ख्याति गुमाएकाले दुःख लाग्छ र पीडा हुन्छ। तिनीहरूको आँसुमा यही कुरा हुन्छ। त्यो सँगसँगै, तिनीहरूले आफ्नो पदलाई बलियो बनाउन, आफ्ना गल्तीहरूबाट सिक्न र फेरि फर्कन अर्का कदमहरूबारे योजना बुन्न थालिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरूको यो व्यवहारलाई नियाल्दा, तिनीहरूलाई आफूले गरेका अपराध र प्रकट गरेका भ्रष्ट स्वभावहरूका कारण पछुतो वा पीडा हुँदैन, अनि तिनीहरू निश्चय नै आफूलाई साँचो रूपमा चिन्ने वा पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरसामु घुँडा टेक्लान्, भक्कानिएर रोइकराइ गर्लान्, चिन्तन गरेर आफूलाई धिक्कार्लान्, तर यो त मानिसहरूलाई भ्रममा पार्ने खोल हो, र कतिपय मानिसले त यसलाई साँचोसमेत ठान्लान्। सम्भवतः त्यस क्षणमा, तिनीहरूका भावनाहरू साँचो हुन्। तर, ख्रीष्टविरोधीहरूले कहिल्यै साँचो पछुतो अनुभव गर्नेछैनन् भन्ने कुरा याद राख्न जरुरी छ। तिनीहरूलाई कुनै दिन खुलासा गरेर हटाइए पनि, साँचो रूपमा पछुतो हुनेछैन। तिनीहरूले आफ्नो असफलता, आफूले आफ्नो कार्यप्रस्तुति नराम्रो तरिकाले बिगारेको छ र आफ्ना सारा दुष्ट कार्यहरू खुलासा गरेको छ भनेर मात्र स्विकार्नेछन्। किन म यसो भन्छु? सत्यता र परमेश्वरलाई घृणा गर्नु ख्रीष्टविरोधीहरूको प्रकृतिमा आधारित हुन्छ। तिनीहरूले सत्यता कहिल्यै स्विकार्नेछैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको आत्मज्ञान निरन्तर रूपमा झूटो हुन्छ। तिनीहरूले आफूले शक्ति हत्याउने र आफ्नो पद बलियो बनाउने अवसरहरू छोप्न नसकेकाले मानिसहरूको हृदय गुमाएँ भनेर मात्र स्विकार्नेछन्। यिनै कारणहरूले तिनीहरूलाई पछुतो हुन्छ र दुःख लाग्छ। ख्रीष्टविरोधीहरू वेदनामा हुँदा, तिनीहरू रुन पनि सक्लान्, तर किन रुन्छन्? तिनीहरू रुनुको कारण के हो? तिनीहरू आफ्ना अनेकौँ दुष्ट कार्यहरू खुलासा भएकाले र आफ्नो पद गुमाएका कारण रुन्छन्। यदि तिनीहरूले गल्ती गरेकोमा र परमेश्वरप्रति ऋणी महसुस भएर साँच्चै पछुताउन र रुन सकेका भए, यति बिघ्न दुष्टता गर्नेथिएनन्। तिनीहरू ग्लानि महसुस गर्दैनन् र आफ्ना दुष्ट कार्यहरू स्विकार्दैनन्—साँचो पछुतो कसरी हुन सक्छ त? दुष्टता गरेपछि, तिनीहरूलाई पछुतो हुँदैन; तिनीहरू पूर्णतया उदासीन हुन्छन्, तिनीहरूलाई आफूले इज्जत गुमाएको र आफूलाई तमासा बनाएको मात्र महसुस हुन्छ। तिनीहरूको मुड अलि बिग्रिएला। बाहिरबाट हेर्दा सबै ठिकै देखिए पनि, वास्तवमा, भित्र भने तिनीहरू तितो अनुभव भइरहेको हुन्छ—चुपचाप कष्ट भोगिरहेका हुन्छन्। तिनीहरूको हृदयमा भावनाका छालहरू उर्लिरहेका हुन्छन् र तिनीहरू भक्कानिएर रुन्छन्, तैपनि तिनीहरूलाई साँचो पछुतो हुँदैन। साँचो स्थिति यही हो। कहिलेकाहीँ, ख्रीष्टविरोधीहरूले केही मिठा कुरा भन्लान्, जस्तै, “मेरो क्षमता कमजोर भएकाले मैले काम राम्ररी गरिनँ अनि बाधा र अवरोध गर्ने केही कार्य गरेँ; मैले अगुवाइ गर्नसकिनँ र म नेतृत्वको लायक छैनँ। परमेश्वरले मलाई अनुशासनमा राख्नुहोओस् र श्राप दिनुहोओस्। यदि तिमीहरूले भविष्यमा मलाई नेतृत्वका लागि चयन नगर्ने निर्णय गऱ्यौ भने, म गुनासो गर्नछैनँ।” यसलगत्तै, ऊ आँसु झार्न थाल्छ। समझशक्ति नभएका कतिपय मानिसमा ऊप्रति करुणा जाग्छ र उनीहरू भन्छन्, “नरुनुस्, हामी तपाईंलाई भविष्यमा फेरि पनि चयन गर्नेछौँ।” यो कुरा सुनेपछि, ऊ तुरन्तै रुन छोड्छ। अब त तिनीहरूको साँचो रूप देखिस्? जब तिनीहरू केही मिठा शब्दहरू बोल्छन्, त्यो मानिसहरूको मन जित्न, उनीहरूलाई भ्रममा पार्न, र झुक्याउनका लागि हुन्छ, अनि कतिपय त त्यसमा फस्छन् पनि। जब ख्रीष्टविरोधीहरू आँसु झार्छन्, निस्सन्देह त्यसको पछाडि कुनै आशय हुन्छ। जब तिनीहरूलाई आराधना गर्नेहरूले तिनीहरूलाई प्रश्न गर्न थाल्छन्, र तिनीहरूको हैसियत धरमराउँछ, तब तिनीहरू रुन्छन्। तिनीहरू यति चिन्तित हुन्छन् कि खान वा सुत्न नै सक्दैनन्, र बारम्बार आफ्नो परिवारलाई भन्छन्, “यदि म नेतृत्वको भूमिकामा रहिनँ भने म कसरी जिउनु?” तिनीहरूको परिवारले जवाफ दिन्छ, “यसअघि हैसियत नहुँदा तपाईं राम्ररी नै जिउनुभएको होइन र? किन जिउन सक्नुहुन्न र?” तिनीहरू जवाफ दिन्छन्, “पदविना के म अझै यी लाभहरू प्राप्त गर्न सक्छु र? के हामी अझै अत्यन्तै सम्पन्न हुन सक्छौँ? तिमीहरू किन यति मूर्ख भएको?” घरमा, कतिपयले खुल्लमखुल्ला भन्छन्, “हैसियतविना जिउनुको के अर्थ? जीवनको के अर्थ? हाम्रो परिवारमा थोरै मात्र मानिस छन्, र घरमा म यी थोरैको मात्र रेखदेखकर्ता हुन सक्छु। म त घरमुली मात्र हुन्छु, र मेरो हैसियत उच्च हुँदैन। मैले मण्डलीमा पदभार लिनुपर्छ; नत्र, मेरो जीवन व्यर्थ हुन्छ। त्यसबाहेक, मण्डलीको यो पदविना, के हाम्रो परिवारले यति राम्रो जीवन जिउन सक्थ्यो त?” कसैले थाहा नपाउने स्थितिमा तिनीहरू इमानदारीसाथ बोल्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षाहरू उदाङ्गो हुन्छन्। के यो निर्लज्ज व्यक्ति होइन र? ख्रीष्टविरोधीहरूले भ्रममा पार्नु कहिलेकाहीँ हुने अपराध होइन—यो अनजानमा हुँदैन। यदि यी कहिलेकाहीँ हुने र अनजानमा गरिने खराब कार्यहरू नभएका भए, तिनीहरूलाई ख्रीष्टविरोधी मानिनेथिएन। ख्रीष्टविरोधीहरू मानिसहरूलाई जानाजानी भ्रममा पार्छन्; तिनीहरू शैतानको प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। यही कारण तिनीहरू मानिसहरूलाई निरन्तर रूपमा भ्रममा पार्छन्, जानाजानी यो विधि प्रयोग गरेर उनीहरूलाई नियन्त्रण गर्छन् र अन्त्यमा शक्ति प्राप्त गर्छन्। खासमा, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नुको उद्देश्य भनेको उनीहरूलाई उसको कुरा सुन्न, उसको अगुवाइ पछ्याउन, र आफूलाई परमेश्वरबाट टाढा राख्न लगाउनु हो। ख्रीष्टविरोधीका अभिप्रायहरू प्रस्टै हुन्छन्; तिनीहरू मानिसहरूका निम्ति परमेश्वरसित प्रतिस्पर्धा गर्न चाहन्छन्। तिनीहरूका कार्यहरू भ्रष्टताका क्षणिक प्रकटीकरण होइनन्, न त ती आवेगमा, आफूले नचाहे पनि, र निश्चय नै विशेष परिस्थितिहरूको बाध्यतामा परेर नै गरिएका हुन्छन्। यो पूर्णतया तिनीहरूको दुष्ट प्रकृति, तिनीहरूका ठुलठुला महत्त्वाकाङ्क्षा र चाहनाहरू, तिनीहरूको अन्तर्घाती स्वभाव, र तिनीहरूका अनेकौँ योजनाहरूका कारणले गर्दा भएको हुन्छ। अहिले तिनीहरूले यी कुरा गर्न सक्नु तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ: तिनीहरूले परमेश्वरमा विश्वास गरेपछि यी अभिप्राय र योजनाहरू राखे, यी सपनाहरू पूरा गर्न र आफ्ना लक्ष्यहरू हासिल गर्न थाल्न अगुवा बन्ने प्रतीक्षा मात्र साँच्छन्। ख्रीष्टविरोधीको हृदयको साँचो स्थिति यही हो, र यो अलिकति पनि यताउता हुँदैन।

माथि छलफल गरिएको विषयवस्तुबाट तिमीहरूले आफू प्रवेश गर्नुपर्ने सत्यता बुझ्नुपर्छ। एकातिर, तिमीहरूले यस्ता व्यवहारहरू र प्रकृति सार देखाउने ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई खुट्ट्याउनुपर्छ। अर्कोतिर, तिमीहरूले आफूलाई तुलना गरेर आफूले यी व्यवहारहरू देखाउँछ कि देखाउँदैन भनी हेर्नुपर्छ। अब, यदि तिमीहरूले आफ्नो कुरा र ख्रीष्टविरोधीहरूको बोलीबीच कुनै समानता भेट्टाउन सक्यौ, वा यदि तिमीहरू दुवैले उस्तै परिस्थितिहरूमा एउटै व्यवहारहरू देखाउँछौ भने, के तिमीहरू आफ्नो प्रकटित स्वभाव वा अभ्यासमा आफू र ख्रीष्टविरोधीहरूबीचका समानताहरू खुट्ट्याउन सक्छौ? के तिमीहरू मैले छलफल गरेका केही उदाहरण वा ती उदाहरणमा व्याख्या गरिएका वृत्तान्त, शब्द, र कार्यहरूमार्फत यहाँ सङ्गति गरिएको सत्यता बुझ्न सक्छौ, वा के तिमीहरू यहाँ खुलासा गरिएका मानिसहरूका भ्रष्ट स्वभावहरू बुझ्न सक्छौ? के तिमीहरू यसरी सुन्न सक्छौ? तिमीहरू कुन दृष्टिकोणले सुनिरहेका छौ? यदि तिमीहरू दर्शकको दृष्टिकोणबाट ख्रीष्टविरोधीहरूका यी स्वभाव र सारहरू पूर्ण रूपमा खुट्ट्याइरहेका छौ अनि यी व्यवहार र अभ्यासहरूलाई हेरिरहेका छौ भने, के सत्यता प्राप्त गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए तिमीहरूले कुन दृष्टिकोणले सुन्नुपर्छ? (आफूलाई तुलना गरेर।) आफूलाई तौल—यो सबैभन्दा आधारभूत कुरा हो। अरू के छ? (आफूलाई सत्यताले सुसज्जित पार।) ठिक भनिस्, यसको मतलब मैले छलफल गर्ने हरेक उदाहरणमा आफूले बुझ्नुपर्ने सत्यता बुझ्नु हो। आत्मिक बुझाइ नहुनेहरूले तथ्यहरू मात्र बुझ्न सक्छन्, तर आत्मिक बुझाइ र राम्रो क्षमता हुनेहरूले ती उदाहरणबाट सत्यता बुझ्न र प्राप्त गर्न सक्छन्। के तिमीहरू छलफल गरिएका कथा र उदाहरणहरूमा समावेश सत्यताहरूको सारांश भन्न सक्छौ? निश्चित कथा वा उदाहरणहरूबारे सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई वास्तविकतासँग जोडिन, वास्तविकतामा देखिएका विभिन्न समस्याहरूलाई राम्ररी बुझ्न, अनि सत्यताको यो पक्षसँग सम्बन्धित विभिन्न प्रकटीकरण र सारहरूबारेको विचारलाई गहन बनाउन मद्दत गर्नु हो। अर्को शब्दमा, सत्यताको यो पक्ष वा प्रकृति सारको सन्दर्भमा भन्नुपर्दा, तैँले कुनै विशेष उदाहरण वा परिदृश्य सम्झिनेछस्। त्यसरी, जब तैँले आफूलाई बुझ्छस् वा अरूलाई खुट्ट्याउँछस्, तब तँसित दृश्यात्मक बुझाइ हुनेछ जुन सिद्धान्त वा लेखोट मात्र पढ्नुभन्दा बुझ्न सजिलो, बढी व्यावहारिक, र बढी वास्तविक हुन्छ। यदि त्यो लेखोट मात्र हो र तँलाई त्यसको अनुभव छैन भने, त्यस लेखोटबारे तेरो बुझाइ शब्दमै सीमित, सधैँ तेरो आफ्नै सीमित अनुभवहरूद्वारा नियन्त्रित होला, अनि त्यही सीमाभित्रै रहन सक्छ। तर, यदि मैले मेरो सङ्गतिमा निश्चित उदाहरणहरू थपेँ, केही कथा, केही दृश्य, विशेष शब्द र कार्य, अनि व्यवहारहरू मिलाएँ भने, त्यसले यस पक्षमा सत्यता बारे तेरो बुझाइमा थप प्रभाव पार्नेछ। यदि यो नतिजा हासिल भयो भने, यसको अर्थ तैँले सत्यताको यो पक्ष बुझेको हुन्छस्। त्यसलाई बुझाइ मान्नका लागि तैँले कुन हदसम्म बुझ्नैपर्छ? त्यो १००% हुनुपर्दैन, तर सत्यताको यो पक्षबारे तेरो बुझाइ, परिभाषा, अवधारणा, र ज्ञान कम्तीमा सुदृढ भएको हुनुपर्छ। यो सुदृढीकरणको अर्थ के हो? यसको अर्थ यो मूलत: कुनै मानव ज्ञान, धारणा, कल्पना, वा अपेक्षा नमिसिएको, वा यी कुरा कमै मिसिएको अपेक्षाकृत शुद्ध बन्छ भन्ने हो। त्यस्ता उदाहरणहरूले ल्याउने नतिजाहरू यिनै हुन्। तँलाई मैले यी केही उदाहरणमा उल्लेख गरेका मानिस वा घटनाहरू थाहा हुन सक्छ, वा तँ यस्ता मानिसहरूसित निकट सम्पर्कमा र निकै परिचितसमेत हुन सक्छस्, वा तँ यस्ता घटनाहरूको सम्पर्कमा आएको रतैँले यी मानिसहरूले यस्ता कामकुरा गरेको पूरै प्रक्रिया देखेकोसमेत हुन सक्छस्। तर तेरो सत्यताको बुझाइ र पहिचानप्रति यसका फाइदाहरू केके हुन्? सम्भवतः तँ यस्ता मानिसहरूसँगै जिएको होलास्, तैँले यस्ता कथाहरू प्रकट भएको देखेको छस्, र यी कथाहरूमा घटेको सबै कुरा आफै अनुभव गरेको छस्, तर त्यसको अर्थ तँ सत्यताको यो पक्ष बुझ्छस् नै भन्ने होइन। मैले यसो भन्नुको अर्थ के हो? मैले कुरा गरिरहेको व्यक्ति वा घटना तँलाई त्यो थाहा छ वा तँ त्योसित परिचित छस् भन्दैमा, तैँले वृत्तान्त वा यहाँ सङ्गति गरिएको सत्यता र निर्द्धिष्ट विषयवस्तुलाई सुन्नुपर्दैन भन्ने नठान्। त्यो ठूलो भूल हुनेछ। त्यो तैँले घनिष्ठ रूपले चिनेको व्यक्ति नै भए पनि, त्यसको अर्थ तैँले यसको सत्यता बुझिसकेको र बोध गरिसकेको छस् भन्ने होइन। किन म तँलाई यसबारे सम्झाइरहेको छु? तिमीहरूलाई वृत्तान्तमा अल्झिरहन नदिनका लागि। जब तैँले कसैले यस्तो केही गरेको र परमेश्वरले उसलाई उदाहरणका रूपमा लिनुभएको देख्छस्, तब तँ उसको खिल्ली उडाउँछस् र यस्ता मानिसहरूलाई तिरस्कार गर्छस्। के सत्यताप्रति राख्नुपर्ने सही मनोवृत्ति यही हो? (होइन।) यो कस्तो मनोवृत्ति हो? के यो बाटो बिराउनु होइन र? यो पूर्वग्राही बुझाइ हो। यी प्रस्ट उदाहरण, कथा, अनि विशिष्ट मानिस र घटनाहरूको कारणले गर्दा सबैले मानिसहरूको भ्रष्ट स्वभावको प्रकाश कस्तो हुन्छ भनी साँच्चै बुझ्न सक्छ, मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सारको प्रकाश कस्तो हुन्छ, मानिसहरूको प्रकृति सार भनेको के हो, भ्रष्ट स्वभाव भनेको के हो, कुनै निश्चित प्रकारको भ्रष्ट स्वभाव र प्रकृति सार भएका मानिसहरू कस्तो मार्ग लिन्छन्, उनीहरू केलाई प्रेम गर्छन्, उनीहरूको भावनाको सीमा कस्तो हुन्छ, उनीहरू संसारलाई कस्तो व्यवहार गर्छन् र कसरी लिन्छ, अनि जीवनबारे उनीहरूको दृष्टिकोण कस्तो छ, संसारलाई व्यवहार गर्ने उनीहरूका सिद्धान्तहरू केके हुन्, अनि परमेश्वर र सत्यताप्रति उनीहरूको मनोवृत्ति कस्तो होला भन्ने कुरा साँच्चै देख्न सक्छन्। ठ्याक्कै यी उदाहरण, यी विशिष्ट व्यक्ति र ठोस घटनाहरूकै कारण मानिसहरू सत्यता वास्तविकतालाई मानव सारबारे परमेश्वरको प्रकाशसित अझ राम्ररी मिलान गर्न सक्छन्, कामकुराबारे अझ प्रस्ट र सही दृष्टिकोण हासिल गर्न सक्छन्। त्यसोभए, मैले यी शब्दहरू भन्नुको अर्थ के हो? त्यसको अर्थ तैँले यी कथाहरूलाई कम आँक्नु हुँदैन भन्ने हो। मैले जस्तो प्रकारको कथा बताए पनि, त्यो जसको कथा भए पनि, वा त्यो जस्तो प्रकारको व्यक्तिको कथा भए पनि, त्यसको एउटै मात्र लक्ष्य छ, र त्यो तँलाई सत्यता बुझ्न मद्दत गर्नु हो। यदि तैँले त्यसबाट सत्यता प्राप्त गरिस् भने, चाहेको नतिजा हासिल भएको हुन्छ। त्यसकारण, पहिलोपटक सुन्दा यी कथाहरूले तँलाई केही देखावटी सत्यताहरू बुझ्न, सतही अर्थ वा शाब्दिक व्याख्या बुझ्न मात्र मद्दत गर्न सक्लान्। तर, जब तेरो कद बढ्दै जान्छ, जब तेरो उमेर बढ्दै जान्छ, जब तँ विभिन्न परिस्थितिहरूमार्फत जीवनमा बढ्दै जान्छस्, तब तेरो जीवन पनि बिस्तारै परिपक्व बन्छ, अनि तैँले यी कथाका विभिन्न घटना र यसमा देखिने विभिन्न व्यक्तिहरूको प्रकृति सार, व्यवहार र प्रकटीकरणबारेफरक-फरक बुझाइहरू प्राप्त गर्नेछस्। यी बुझाइहरू कसरी आउँछन्? ती यी कथाहरूमा समावेश सत्यताहरूबाट आउँछन्, कथाहरूबाटै त होइन। यदि त्यो “ब्वाँसो र गोठालोको कथा” जस्तै कुनै कथा भन्नु मात्र हो भने, त्यो सुन्यो, सकियो हुन्छ; सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन। यसले मानिसहरूलाई कसरी कार्य गर्ने भनेर मात्र निर्देशन दिन्छ: यो अत्यन्तै सिधा र सतही हुन्छ। तर सत्यताको सन्दर्भमा, यस्तो कथाको गहिराइ कुनै व्यक्तिले सजिलै बुझ्न सक्ने सतही अर्थभन्दा बेग्लै हुन्छ। यसले मानिसहरूको भ्रष्ट स्वभाव र प्रकृति सारलाई समेट्छ, त्यसमा मानिसहरूलाई कसरी खुट्ट्याउने, आफ्नो मार्ग कसरी रोज्ने, सत्यतालाई कसरी लिने, र परमेश्वरका मापदण्डहरूको जवाफमा मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ भन्ने कुरा समावेश हुन्छन्। यसमा मानिसहरूले केलाई अस्वीकार गर्ने र केलाई अपनाउने भन्ने कुरा समावेश हुन्छ। यदि तिमीहरूले यसरी सुन्न सक्यौ भने, प्रवचनहरू सुन्दैपिच्छे केही कुरा प्राप्त गर्नेछौ, सत्यताका विभिन्न पक्षमा अझ धेरै ज्योति पाउनेछौ, अझ बढी सिद्धान्तहरू बुझ्नेछौ, र केही जीवन प्रवेश अनुभव गर्नेछौ। मानिसहरूको उमेर ढल्कँदै जाँदा, समय बित्दै जाँदा, सामाजिक परिस्थितिहरू बद्लिँदै जाँदा, प्रवृत्तिहरू फेरिँदै जाँदा, सत्यताले मानिसहरूको हृदयमा काम गर्न जारी राख्छ, र उनीहरूले सत्यता अभ्यास गर्ने, र सत्यताका आधारमा मानिस र वस्तुहरूलाई हेर्ने तरिका जान्नेछन्। जीवन प्राप्त गर्नु भनेको यही हो—सत्यता व्यक्तिको जीवन बन्न सक्छ। त्यसकारण, कथा जहिले भनिरहेको भए पनि, एकपटक सुनेर सकियो भन्ने नठान्। सुनिराख्, र यदि तैँले बुझिनस् भने, त्यसबारे सङ्गति गर्न सक्छस्। यदि तँलाई आफ्नो हालको चरणमा त्यो बुझ्न कठिन लाग्यो भने, त्यो तेरो कद अपर्याप्त भएकाले हुन सक्छ। त्यो अवस्थामा, तैँले जे बुझ्न सक्छस् त्यो सुन् अनि तेरो अहिलेको कदलाई जे सुहाउँछ त्यो छान्। यदि कुनै कथा सुन्दा प्रस्ट लाग्छ तर पछि गहन देखिन्छ, यदि त्यो तेरो बुझ्न नसक्ने छ, वा तेरो यो चरणका अनुभव र जीवन परिस्थितिहरूसँग मिल्दैन भने, त्यसलाई आफ्नो हृदयमा राख् अनि त्यसलाई तँमाथि प्रभाव पार्न दे। पछि, जब तैँले त्यस्तै परिस्थितिहरू सामना गर्छस्, तब तैँले हृदयमा राखेको कुरा सतहमा देखिन सक्छ। यो त तैँले अध्ययन गरेका शब्दावली र शब्दहरू वा तेरो मस्तिष्कले बटुलेको जानकारीजस्तै हो। के तँ तीबारे हरदिन सोच्छस्? सायद सोच्दैनस्। तँ सामान्यता तीबारे सोचिरहँदैनस्, तर जब तँ यी शब्द, शब्दावली, वा जानकारी सान्दर्भिक हुने वातावरणमा हुन्छस्, तब तीमध्ये केही दिमागमा आउँछन्। मानिसहरूमा स्मृतिहरू हुन्छन्, र उनीहरू आफ्ना दिमागमा केही कुराहरू स्वतः सञ्चय गर्छन्। यी कुराहरू तँलाई दैनिक जीवनमा प्रयोग गर्नका लागि पर्याप्त हुन्छन् र अलि लाभदायी पनि हुन सक्छन्, तर यदि तैँले तिनलाई जानाजानी प्रयोग गर्ने कोसिस गरिस् र कडिकडाइसाथ नियमहरू लागु गरिस् भने, गल्तीहरू गर्ने बढी सम्भावना हुन्छ। तैँले आफ्नो कद र आफूले अनुभव गरेका परिस्थितिहरूका आधारमा छानेर सुन्नुपर्छ। यसरी, तेरो प्रगति चाँडो हुनेछ। सुन्न जान्नेहरूले बढी प्राप्त गर्नेछन्, तर सुन्न नजान्नेहरूले कम प्राप्त गर्नेछन्, वा बिलकुलै केही पनि प्राप्त गर्नेछैनन्। उनीहरूलाई यी कुनै कथाहरू सुन्नलायक छैनन्, कुनैमा पनि सत्यता छैन भन्नेसमेत लाग्न सक्छ, अनि किन म सधैँ बेकारको कुराकानी र गफगाफ गर्नुको साटो सत्यताबारे कुरा गर्दिनँ भन्ने सोचाइ आउन सक्छ। कस्तो प्रकारका मानिसहरू यस्तो व्यवहार देखाउँछन्? (आत्मिक बुझाइ नहुनेहरू।) आत्मिक बुझाइ नहुने मानिसहरू यस्तो सोच्न सक्छन्। उनीहरू म प्रवचनहरू दिँदा यी दैनिक मामलाहरूबारे मात्र कुरा गर्छु भनेर सोच्न सक्छन्; हो, उनीहरूले त्यसै गर्न सक्छन्, त्यसैले अरू केही काम नहुँदा, उनीहरू अरूसँग बेकारका कुराकानी गर्छन्। तँलाई मैले भनेका कथाहरूभन्दा बढी गफहरू थाहा होला, तर के तेरा कुराकानीमा सत्यता समावेश हुन्छ? (अहँ, हुँदैन।) यदि त्यसमा सत्यता समावेश छैन भने, जथाभावी नबोल्न होसियार हो, नत्र तैँले सत्यतासँग असम्बन्धित कुराहरू गर्न सक्छस्। म मानिसहरूलाई सत्यता बुझ्न मद्दत गर्न कथाहरू भन्छु। तिमीहरूले अन्धाधुन्ध मेरो नक्कल गर्नु हुँदैन। तिमीहरूले सत्यता खोज्न, सत्यता बुझ्न, र सिद्धान्तअनुसार मामलाहरू सम्हाल्न प्रयास गर्नमा मात्र ध्यान दिनुपर्छ। आफ्नो बोलीमा होस् या व्यवहारमा, सत्यता सिद्धान्तहरू मान्न प्राथमिकता देऊ। यसरी, तिमीहरू बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्नेछौ।

इ. ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी धम्काउँछन् भन्ने कुराको विश्लेषण

हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र लोभ्याउनुका दुइटा प्रकटीकरणबारे सङ्गति गरिसकेका छौँ; अब, तिनीहरू मानिसहरूलाई कसरी धम्काउँछन् भन्नेबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका यी प्रत्येक विधि पछिल्लोभन्दा अझ गम्भीर हुन्छ। भ्रममा पार्नु र लोभ्याउनुसँग तुलना गर्दा, के यो विधि बढी जटिल छ कि कम जटिल छ? (कम जटिल छ।) यदि भ्रममा पार्नु र लोभ्याउनुले काम गरेन भने, तिनीहरू धम्कीको सहारा लिन्छन्। कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई कसरी धम्काउँछ? किन तिनीहरू किन यस्तो विधिको सहारा लिन्छन्? (तिनीहरूका उद्देश्य पूरा नभएकाले।) तिनीहरूका उद्देश्यहरू पूरा भएनन्। धम्काउनुको अर्को अर्थ छ—त्यो बताउन कुन शब्द प्रयोग गर्न सकिन्छ? (तिनीहरूका साँचो रूप खुलासा गर्नु।) त्यो त्यति मिलेन; अर्को शब्द भन्। (लज्जित भएर रिसाउनु।) झन्डै झन्डै मिलाइस्। अझ कुनै उपयुक्त शब्द छ? (झोँकिनु र क्रोधित हुनु।) ठ्याक्कै मिलाइस्, झोँकिनु र क्रोधित हुनु। यो त “रिसको पारो चढ्नु” भन्ने स्थानीय भनाइजस्तै हो; त्यसको अर्थ, हो, “मैले दयालु र कठोर दुवै शब्दहरू चलाउने प्रयास गरेको छु। धेरैजसो, मैले तिमीहरूलाई कहिल्यै अनुचित व्यवहार गरिनँ! किन तिमी मेरो कुरा सुन्दैनौ? तिमीले नसुन्ने भएकाले परिणाम भोग्नेछौ: म तिमीमा यो तरकिब अपनाउनेछु—धम्की!” तिनीहरू आफ्नो तरकिब बदल्छन्। शैतानका विभिन्न तरकिब छन्, ती सबै घृणास्पद हुन्छन्। धम्की प्रायः लोभ्याइसँग जोडिएको हुन्छ। यदि तिनीहरूले धम्की मात्र प्रयोग गरेमा, कतिपय मानिस डराउँदैनन् र तिनीहरूको कुरा सुन्दैनन्। त्यसपछि तिनीहरूमा अरू कुनै विकल्प हुँदैन र लोभ्याइको सहारा लिन सक्छन्। यदि यसले काम गरेन भने तिनीहरू त्यसो गर्ने कोसिस गर्छन्—तिनीहरू नरम र कठोर दुवै तरकिब प्रयोग गर्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरू मानिसहरूलाई किन धम्काउँछन्? तिनीहरू कस्ता परिस्थितिहरूमा धम्कीको सहारा लिन्छन्? यदि दुई मानिस शान्तिपूर्वक सहअस्तित्वमा रहन्छन्, दुवै आ-आफ्नो मार्गमा हिँड्छन्, उनीहरूबीच स्वार्थको कुनै द्वन्द्व हुँदैन भने, के उनीहरूले धम्कीको सहारा लिनेछन्? (अहँ, लिनेछैनन्।) त्यसोभए कस्ता परिस्थितिहरूमा यस्तो व्यवहार र धम्की दिने अभ्यास उत्पन्न हुन थाल्नेछन्? अवश्य पनि उनीहरूका स्वार्थ वा ख्याति संलग्न हुँदा, र उनीहरूका उद्देश्यहरू पूरा नहुँदा। उनीहरूले यस्तो सोच्दै सबैभन्दा शक्तिशाली हतियार प्रयोग गर्छन्, “तिमीले मेरो कुरा नसुन्ने नै हो त? त्यसो हो भने म तिमीलाई नतिजा देखाउनेछु!” यी नतिजाहरू केके हुन्? तँलाई जे कुराको डर लाग्छ त्यही हो। के तिमीहरू आफूले देखेका धम्कीका कुनै उदाहरणहरू सम्झन सक्छौ? (कतिपय ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरू आफूप्रति समर्पित नभइरहेको देख्दा उनीहरूलाई यसो भन्दै आलोचना र निन्दा गर्न थाल्छन्, “अगुवाहरूप्रति समर्पित हुन नसक्नु भनेको परमेश्वरप्रति समर्पित हुन नसक्नु हो,” र तिनीहरू यो मानिसहरूलाई धम्काउन प्रयोग गर्छन्।) (मलाई अर्को उदाहरण याद छ जहाँ यदि कसैले अगुवाको कुरा सुनेन भने, अगुवाले आफ्नो अख्तियार चलाएर उसलाई प्रतिस्थापित गर्छ।) त्यसको बाबजुद, ऊ मानिसहरूले उसको कुरा नसुन्दा परिणामहरू निम्तिनेछ भनेर बुझून् भन्ने चाहन्छन्। त्यसोभए, उसले मानिसहरूलाई उसको कुरा सुन्न लगाउनुको आधार के हो? ऊ प्रायः यसो भन्छ, “अगुवाप्रतिको समर्पण नै परमेश्वरप्रतिको समर्पण हो, किनकी नेतृत्व परमेश्वरद्वारा निर्धारित हुन्छ। तँ समर्पित हुनैपर्छ। यदि तँ समर्पित हुँदैनस् वा अगुवाहरूको कुरा सुन्दैनस् भने, त्यो अहङ्कार, आत्मधार्मिकता, र परमेश्वरको प्रतिरोध गर्नु हो। परमेश्वरको प्रतिरोध गर्नुको परिणाम भनेको हटाइनु हो। हल्का मामिलाहरूमा, तँलाई आत्मचिन्तनका लागि अलग्याउन सक्छ; गम्भीर मामिलाहरूमा, तँलाई मण्डलीबाट निष्कासितसमेत गरिन सक्छ!” उसले यी सच्चा लाग्ने भ्रमहरू प्रयोग गरेर मानिसहरूलाई ऊप्रति समर्पित हुन बाध्य पार्छन्। यसअलावा, अन्य केही ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी धम्काउँछन्? उसले अरूलाई आफूप्रति समर्पित नहुनेहरूविरुद्ध उठ्न र तिनीहरूलाई अस्वीकार गर्न उक्साउँछन्। त्यसबाहेक, ऊ आफ्नो आज्ञापालन नगर्नेहरूलाई प्रतिस्थापित गर्छ वा अर्कै कर्तव्यमा खटाउँछ। कतिपय व्यक्ति आफूले कुनै कर्तव्य निभाउन पाउनेछैन भनेर वास्तवमा डराउँछन्। उनीहरूलाई आफ्ना कर्तव्यहरू निभाएर आफूले मुक्तिको मौका पाउन सक्ला, र कर्तव्य निभाउन सकिएन भने त्यो मौका गुम्न सक्छ भन्ने लाग्छ। ख्रीष्टविरोधीहरू हृदयमा सोच्छन्, “मलाई तिम्रो कमजोरी थाहा छ। यदि तिमीले मेरो कुरा सुनेनौ भने, म तिमीलाई कर्तव्य निभाउने अधिकारबाट वञ्चित गर्नेछु। म तिमीलाई आफ्नो कर्तव्य गर्न दिनेछैनँ!” के तिनीहरूले मानिसहरूलाई आफ्नो कर्तव्य गर्न योग्य नभएकाले वा यसले परमेश्वरको घरका हितलाई हानि गर्ने भएकाले आफ्नो कर्तव्य निभाउन नदिने हो? (त्यसो होइन।) त्यसोभए किन तिनीहरू त्यसो गर्छन्? तिनीहरू त्यसो असहमत हुनेहरूलाई बहिष्कार गर्न अनि यो विधि प्रयोग गरेर मानिसहरूलाई धम्काउन र कुरा सुन्न लगाउन गर्छन्। धम्कीका सम्बन्धमा भन्नुपर्दा, पक्कै पनि ख्रीष्टविरोधीहरू मानिसहरूलाई निराकरण गर्न वा मामलाहरू सम्हाल्न सत्यता सिद्धान्तहरू पालना गर्दैनन्। बरु, तिनीहरू मानिसहरूलाई धम्की दिएर, बलजफ्ती गरेर र बाध्य पारेर तिनीहरूप्रति आज्ञाकारी भई समर्पित हुन र तिनीहरूको कुरा सुन्न लगाउँछन्, अनि तिनीहरूलाई कुनै समस्या नदिने वा तिनीहरूका मामला नबिगार्ने तुल्याउँछन्।

कुनै ख्रीष्टविरोधीले मानिसहरूले उसको आज्ञापालन नगर्ने वा उसलाई गम्भीरतापूर्वक नलिने र बेवास्ता गर्ने भएकाले मात्र धम्की दिने गर्दैन—त्यो त धम्की दिनुको एउटा पक्ष मात्र हो। अर्को कारण छ, त्यो हो, जब अरूले ख्रीष्टविरोधीका समस्याहरू पत्ता लगाउँछन् र माथिलाई उसको खुलासा वा रिपोर्ट गर्न चाहन्छन्, तब ऊ त्यसबारे माथिले थाहा पाउनुहोला वा अझ धेरै मानिसहरूले थाहा पाउलान् भनेर डराउँछ, त्यसैले ऊ यी कुरा ढाकछोप गर्न र दबाउन आफूले सक्ने सबथोक गर्छ, र ती कुराहरू कहिल्यै खुलासा हुन दिँदैन। अझ धेरै मानिसहरूले थाहा पाएमा के हुनेथ्यो? उनीहरूले ख्रीष्टविरोधीलाई अस्वीकार गर्नेथिए र सराप्नेथिए, त्यसउप्रान्त उसलाई कसैले पनि आराधना गर्नेथिएन, र उसले आफ्नो पद र अख्तियार गुमाउनेथ्यो। त्यसकारण, ख्रीष्टविरोधीले मानिसहरूलाई धम्काउने यो विधि प्रयोग गर्नुको उद्देश्य आफ्नो पद र अख्तियार जोगाउनु पनि हो। उसलाई यदि आफूले यसो गरेन भने, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई खुट्ट्याउन थाल्नेछन्, र आफूलाई अर्को चुनावमा छान्नेछैनन्, आफू एक सामान्य विश्वासीमा झर्नेछ भन्ने लाग्छ। उसका लागि सामान्य विश्वासी हुनुको अर्थ के हो? त्यसको अर्थ ऊसँग अख्तियार हुँदैन, उसलाई कसैले पछ्याउँदैन वा उसको कोही अनुयायी हुँदैन, अनि उसको पद र अख्तियार खोसिएको हुन्छ, र उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू अधुरै रहन्छन्। ऊ सामान्य विश्वासी वा अनुयायी हुन चाहँदैन, त्यसैले उसले मानिसहरूलाई धम्काउने यो विधि प्रयोग गरेर उसको कुरा सुन्न र ऊप्रति समर्पित हुनतर्साउँछ र बाध्य पार्छ, यसरी उसलाई आफ्नो अख्तियार र पदमा अडिरहन, मानिसहरूलाई नियन्त्रण गरिरहन र निश्चित मानिसहरूको साथ पाइरहन मद्दत मिल्छ। ख्रीष्टविरोधीले गर्ने सबथोक उसकै पदसम्बन्धी हुन्छ। जब कुनै कुरामा उसको पद समावेश हुन्छ, तब उसले निश्चित उपाय र विधिहरू प्रयोग गरेर त्यसको जोरदार रक्षा र सुरक्षा गर्नेछ; माथिले केही मानिसहरूलाई निश्चित मामलाहरूबारे सोध्दासमेत, उसले निर्लज्जपूर्वक सिधै झूट बोल्न सक्छ। उदाहरणका लागि, यो महिना सुसमाचार प्रचार गरेर मण्डलीले कति मानिस प्राप्त गरे भन्नेबारे माथिले प्रश्न गर्दा, एक जना पनि प्राप्त नभएको ख्रीष्टविरोधीलाई थाहा भए पनि, उसले ढाँटेर पाँच जना प्राप्त भएको छ भन्न सक्छ। जब सत्यता जान्ने दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीसित आमनेसामने हुन्छन् र “ती पाँच जनाले त अनुसन्धान मात्र गरिरहेका थिए। तिमीले किन हामीले पाँच जना मानिस प्राप्त गऱ्यौँ भनेर भनेको? तिमीले माथिलाई साँचो कुरा बताउनुपर्छ” भन्छन्, तब ख्रीष्टविरोधीले के भन्छ? “हामीले किन पाँच जना प्राप्त गरेको हुन सक्दैन र? मैले पाँच जना भनेँ, त्यैसैले त्यो पाँच जना नै हो। तिम्रो रायले अर्थ राख्दैन। यदि हामीले एउटा व्यक्ति पनि प्राप्त गरेनौँ भनेर भन्यौँ भने, मैले माथिलाई त्यो कसरी बुझाउने? यदि तिमी त्यो रिपोर्ट गर्न चाहन्छौ भने, गर, तर यदि तिमीले सत्यता बतायौ भने, माथिले तिमीलाई काटछाँट गर्न सक्नुहुन्छ। उहाँले सत्यता प्रचार गर्नमा संलग्न तिमीहरू सबैलाई बरखास्त गर्न, वा सुसमाचार टोली विघटन गर्नसमेत सक्नुहुन्छ। त्यसपछि तिमीले आफ्ना कर्तव्य निभाउन सक्नेछैनौ, अनि त्यसको दोषी म हुनेछैनँ।” यो कुरा सुनेर, तिनीहरू अक्क न बक्क हुन्छन् र त्यसको रिपोर्ट गर्ने आँट गर्दैनन्। के यो धम्की होइन र? (हो।) यो खुलस्त धम्की हो। कतिपय मानिस यो कुरा सुनेर यस्तो सोच्छन्, “इमानदार व्यक्ति हुनुका परिणामहरू छन्। यदि म इमानदार छु भने, आफ्नो कर्तव्य निभाउन सक्नेछैनँ, त्यसैले म त्यो रिपोर्ट गर्नेछैनँ। हामीले पाँच जना मानिस भनेर नै रिपोर्ट गर्नुपर्छ।” कतिपय मानिसलाई हृदयमा असहज महसुस हुन्छ र भन्छन्, “यदि हामीले कोही पनि प्राप्त गरेनौँ भने प्राप्त नगरेकै हो। माथिले त्यसलाई जसरी सम्हाल्ने निर्णय गर्नुभए पनि हामी त्यसप्रति समर्पित हुनुपर्छ।” यो सुनेपछि ख्रीष्टविरोधीको दृष्टिकोण कस्तो हुन्छ? “समर्पण? त्यो परिस्थितिमा भर पर्छ। के अहिले हामीले सुसमाचार सुनाउँदा सामना गर्ने कठिनाइहरूबारे माथिलाई थाहा छ? के उहाँलाई यसको मतलब छ?” माथिले आफूलाई सुसमाचार सुनाउनुका चुनौतीहरूबारे थाहा नभएकाले, सुसमाचार सुनाउनुका परिस्थितिबारे सोधपूछ गर्नुभएको होइन। उहाँलाई हरमहिना कम्तीमा कति मानिस प्राप्त गर्न सकिन्छ भनेर थाहा थियो, र उहाँले यदि सुसमाचार टोलीले महिनामा कोही पनि प्राप्त गरेन भने टोली विघटन गरिनेछ भनेर कहिल्यै भन्नुभएको छैन। त्यसोभए ख्रीष्टविरोधीको यो भनाइ कहाँबाट आएको हो? (उसले आफै बनाएको हो।) उसले आफ्ना झूटहरू ढाकछोप गर्न, यी मानिसहरूलाई नियन्त्रण गर्न, माथि वा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना झूटहरू छर्लङ्गै देख्न नदिन, र आफू प्रतिस्थापित नहोस् भनी आफ्नो पद जोगाउन यो मनगढन्ते कुरा बनाएको हो—यसका लागि उसले यस्ता दुष्ट शब्दहरू रच्ने गर्ने आँट गऱ्यो। समझदार व्यक्तिहरूले उसको खुलासा गर्न सक्छन्, तर समझशक्ति नभएकाहरू भ्रममा पर्छन्, र सोच्छन्, “वास्तवमा, यो कर्तव्य निभाउनुसजिलो छैन। हामी माथिसँग इमानदार हुन मिल्दैन। यदि तिमीले पाँच जना प्राप्त गऱ्यौँ भन्यौ भने, पाँच जना नै हो। हामीले यो महिना एक जना पनि प्राप्त नगरे पनि, अर्को महिना प्राप्त गर्ने लक्ष्य राख्नेछौँ। आखिर, हामीले अर्को महिना पाँच जना प्राप्त गऱ्यौँ भने, त्यो झूट हुनेछैन।” ख्रीष्टविरोधी छलकपट गर्छ, र उसलाई पछ्याउनेहरू पनि त्यसैमा लाग्छन्; तिनीहरू छलकपट गर्ने समूह हुन्छ। कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई धम्काउनुको लक्ष्य के हो? त्यसको लक्ष्य उनीहरूलाई ऊप्रति समर्पित हुन र उसको कुरा सुन्न लगाउनु हो। उसले ढाँट्छ र दुष्टता गर्छ, मण्डलीलाई नियन्त्रण गर्छ, मानिसहरूलाई भ्रममा पार्छ, सिद्धान्त वा कामका बन्दोबस्तहरू पालना नगरी काम गर्छ, अनि उसले जति नै लापरवाहीपूर्वक व्यवहार गरे पनि, दाजुभाइ-दिदीबहिनीहरूलाई माथिकहाँ उसको खुलासा वा रिपोर्ट गर्न दिँदैन। उसले आफ्ना बारेमा कसैले माथिलाई रिपोर्ट गर्ने योजना बनाइरहेको छ भन्ने थाहा पाएपछि नै धम्कीको सहारा लिन्छ। उसले त्यो व्यक्तिलाई कसरी धम्काउँछ? उसले भन्छ, “हामी तल बसेर काम गरिरहेका छौँ, र काम गाह्रो छ। हामी ठूलो रातो अजिङ्गरले गिरफ्तार गर्ने जोखिमसमेत मोल्छौँ। माथिले सधैँ हाम्रो अभ्यासमा कामका बन्दोबस्तहरू पालना हुनुपर्छ भनेर माग गर्नुहुन्छ। हामी सुसमाचार प्रचारमा एकदमै दुःख सहन्छौँ र ठूलो जोखिम मोल्छौँ। नतिजाहरू राम्रा नहुँदा पनि तिमी त्यो माथिलाई रिपोर्ट गर्न चाहन्छौ भने, तिमीले आफ्नो रिपोर्ट गरेपछि उहाँले तिमीलाई काटछाँट गर्नुहुनेछ। उहाँले तिमीलाई काटछाँट गरेपछि, मलाई त अगुवाका रूपमा प्रतिस्थापित हुनु डर छैन, तर मलाई तिमीले कुनै कर्तव्य निभाउन नपाउला भन्ने डर छ। यदि तबउसो तिमीले कुनै कर्तव्य निभाउन पाएनौ भने, मलाई दोष नदिनू!” यो अत्यन्तै उचित लाग्छ! ऊ यसो पनि भन्छ, “वास्तवमा कसले त्यो रिपोर्ट गर्न चाहन्छ? यदि तिमीहरू त्यसको रिपोर्ट गर्न चाहन्छौ भने, म तिमीहरूलाई रोक्नेछैनँ; आखिर यी कुराहरूबारे सबैलाई थाहा छ। यदि तिमीहरूले त्यो कुरा माथिलाई रिपोर्ट गरेनौ भने, उहाँले हामीलाई दोष दिनुहुनेछैन। यदि तिमीहरूले रिपोर्ट गऱ्यौ भने, हामीलाई काटछाँट गरिनेछ। तिमीहरू आफै निर्णय गर्न सक्छौ; यदि तिमीहरू त्यो कुरा माथिलाई रिपोर्ट गर्न चाहन्छौ भने, गर। अब, जसले त्यो रिपोर्ट गर्न चाहन्छ, हात उठाऊ।” सबैले उसको यो आवाज सुनेपछि सोच्न थाल्छन्, “वास्तवमा मलाई यो रिपोर्ट गर्न दिइन्छ कि दिइँदैन?” यसरी सोचेपछि, केही मानिसले हात उठाउँछन्। ख्रीष्टविरोधीले यो देखेपछि सोच्छ, “तिमी अझै पनि रिपोर्ट गर्न चाहन्छौ? के तिमीले समस्या खोजिरहेको होइन र? ठिकै छ, म तिमीलाई बिर्सनेछैनँ।” पछि, उसले यस व्यक्तिलाई दण्डित गर्ने अवसरबारे सोच्न थाल्छ। उसले एउटा बहाना भेट्टाउँछ, र भन्छ, “हाल तिमीले कर्तव्य निभाउने क्रममा कुनै नतिजा हासिल गरेका छैनौ। आफ्ना कर्तव्य निभाउने क्रममा तीन महिनासम्म कुनै पनि नतिजा ननिकाल्ने व्यक्तिको कर्तव्य निभाउने अधिकार रद्द हुनेछ। यदि उसको कार्यप्रस्तुतिमा सुधार आएन भने, उसलाई अलग्याइनेछ। यदि उसले अझै पनि पश्चात्ताप गरेन भने, उसलाई निकाला वा निष्कासन गरिनेछ!” के त्यो मूर्ख, त्यो कायरले अझै पनि रिपोर्ट गर्ने आँट गर्छ? यो कुरा सुनेपछि, उसले सोच्छ, “मैले रिपोर्ट गर्दा मलाई फाइदा हुनेछैन। मैले रिपोर्ट गरेर के अर्थ? यदि मैले त्यो रिपोर्ट गरेपछि मलाई दबाइन्छ र मैले अगुवाको प्रतिशोध भोग्छु, अनि यदि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई इन्कार गर्छन् भने, म मण्डलीभित्र अलग्गिनेछु। मैले अगुवाको कुरा सुन्नु नै बढी महत्त्वपूर्ण छ; मलाई परमेश्वर कहाँ हुनुहुन्छ भनेर समेत थाहा छैन, के उहाँ मेरो जीवन र मृत्युबारे वास्ता गर्न सक्नुहुन्छ?” त्यसैले, उसले रिपोर्ट नै गर्दैन। के ऊ ख्रीष्टविरोधीद्वारा त्रसित भएको होइन र? (भएको हो।) त्यस व्यक्तिलाई लाग्छ, “परमेश्वरविरुद्ध पाप गर्नु कुनै ठूलो कुरा होइन। परमेश्वर प्रेमिलो, कृपालु, सहनशील, र धैर्यवान् हुनुहुन्छ; उहाँ सजिलै रिसाउने वा मानिसहरूलाई श्रापित र दण्डित गर्ने गर्नुहुन्न। तर यदि मैले अगुवालाई चिढ्याएँ भने, मैले कष्ट भोग्नुपर्नेछ। समस्याहरूको रिपोर्ट गरेर मलाई केही फाइदा हुनेछैन; मलाई सबैले अस्वीकार गर्नेछन्। मैले यस्तो मूर्ख काम गर्न मिल्दैन।” के यो डरछेरुवा हुनु होइन र? (हो।) यस्तो डरछेरुवा व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? के ऊ दया गर्नलायक छ? यस्तो डरछेरुवा व्यक्तिलाई शैतानकहाँ, ख्रीष्टविरोधीकहाँ सुम्पनुपर्छ, ख्रीष्टविरोधीद्वारा दण्डित हुन दिनुपर्छ—ऊ त्यसको लायक छ। उसमा सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन आस्था, सङ्कल्प, र शक्ति हुँदैन, तर ख्रीष्टविरोधीप्रति समर्पित हुने कुरामा, उसले विशेष शक्ति पाउँछ, ऊ आफूलाई जे गर् भन्यो त्यही गर्न इच्छुक र उत्साहले भरिन्छ। जब ख्रीष्टविरोधीले उसलाई धम्काउँछ र तर्साउँछ, तब ऊ समस्याहरूको रिपोर्ट गर्ने आँट नै गर्दैन। के यो कायर व्यक्ति होइन र? यसलाई बोलीचालीको भाषामा के भनिन्छ? ख्रीष्टविरोधीको सामना गर्दा भोलाभाला हुनु र लुत्रुक्क पर्नु। मण्डलीमा धेरै मानिस ख्रीष्टविरोधीहरूका धम्कीका कारण भोलाभाला बनेका छन्! यी व्यक्तिहरू “परमेश्वर सबैमाथि सार्वभौम हुनुहुन्छ” भन्ने वाक्यांशलाई चलाउन जान्दैनन्। जब ख्रीष्टविरोधीले उनीहरूलाई धम्काउँछ, अस्वीकार गर्छ, वा अलग्याउँछ, तब उनीहरूलाई आफूलाई कसैको साथ छैन भन्ने लाग्छ, उनीहरू सबथोकमाथि परमेश्वरको सार्वभौमिकता छ भन्नेमा वा परमेश्वरको धार्मिकतामा विश्वास गर्दैनन्, अनि उनीहरू मानिसहरूको जीवन परमेश्वरको हातमा हुन्छ भनेर विश्वास गर्दैनन्। ख्रीष्टविरोधीको एक-दुइटा तर्साउने वा धम्काउने शब्दले, उनीहरू थरथर हुन्छन्, लुत्रुक्क पर्छन्, र त्यो रिपोर्ट गर्ने आँट नै गर्दैनन्।

कुनै ख्रीष्टविरोधीले आफ्नो कामबारे माथिलाई रिपोर्ट गर्दा, निर्लज्जपूर्वक उहाँलाई ढाँट्छ र झुक्याउँछ। सत्यता जान्ने कतिपयले त्यो कुरा सहन सक्दैनन् र त्यो परिस्थितिबारे माथिलाई रिपोर्ट गर्न चाहन्छन्। ख्रीष्टविरोधीले मानिसहरूमा कडा नियन्त्रण राख्छ र उनीहरूलाई नजिकबाट हेर्छ। उसले माथिलाई कुनै समस्या रिपोर्ट गर्न झुकाव राख्न सक्ने जोकोहीलाई तत्कालै पत्ता लगाउन सक्छ। उसको कुनै काम नहुँदा, उसले मानिसहरू, उनीहरूका शब्द र अनुहारका भावहरू नियाल्नमा ध्यान दिन्छ, र उसका बारेमा रायहरू राख्ने, अबफादार, उसको आज्ञापालन नगर्ने, उसको पदलाई धरापमा पार्ने, ऊप्रति उदासीन, उसलाई गम्भीरतापूर्वक नलिने, उसलाई सम्मानित ठाउँ नदिने, र खाना खाने बेला उसलाई पहिला खान नदिनेहरूको खोजी गर्छ। यसले यी मानिसहरूलाई समस्यामा पार्छ। त्यस ख्रीष्टविरोधीले यस्ता व्यक्तिहरूलाई के गर्छ? कतिपय अन्तर्घाती ख्रीष्टविरोधीहरू आफ्नो साँचो रूप तुरन्तै प्रकट गर्दैनन्। तिनीहरू तँलाई तह लगाउने अवसरको प्रतीक्षा गर्छन्। यदि त्यसले काम गरेन भने, तिनीहरू कठोर धम्कीहरूको सहारा लिएर तँलाई आफ्नो जीवन तिनीहरूको मुठीमा छ भन्ने महसुस गराउँछन्। तैँले विश्वासीका रूपमा मुक्ति पाउन सक्नु नसक्नु, तँ अन्त्यसम्म पुग्न सक्नु नसक्नु, तँ मण्डलीमा रहन सक्नु नसक्नु—यो सबै तिनीहरूको पकडमा हुन्छ र तिनीहरूले एक शब्द बोले पुग्छ। अन्तिम निर्णय तिनीहरूकै हुन्छ। यदि तैँले भनेको मानिनस्, तिनीहरूको नियन्त्रण स्विकारिनस्, तिनीहरूलाई गम्भीरतापूर्वक लिइनस्, र तिनीहरूका समस्याहरू रिपोर्ट गर्ने प्रयास गरिरहिस् भने, तैँले दुःख पाउनेछस्। तिनीहरू तँलाई कसरी दण्डित गर्ने भनेर योजना बनाउन थाल्छन्। ख्रीष्टविरोधीले तिनीहरूका समस्याहरू माथिलाई रिपोर्ट गर्ने दाजुभाइ-दिदीबहिनीहरूको व्यवहारलाई कसरी हेर्छन्? (पोल खोलेका रूपमा हेर्छन्।) ठ्याक्कै भनिस्, उसले त्यसलाई कुनै परिस्थितिको रिपोर्ट गरेको ठान्दैन; ऊ त्यसलाई पोल खोलेको ठान्छ। पोल खोल्नुको अर्थ के हो? यसको अर्थ तिनीहरूले गर्ने सत्यताविरोधी सारा कामकुरा र तिनीहरूका सारा दुष्कर्म माथिलाई रिपोर्ट गर्नु, वा तिनीहरूबारे अरूलाई थाहा नभएका कुराहरू माथिलाई विस्तारमा बताउनु हो। ऊ यसलाई पोल खोल्नु ठान्छ। कसैले पोल खोलेको उसले थाहा पाएपछि, त्यो व्यक्ति दण्डित हुन्छै हुन्छ। कतिपय अन्योल र डरछेरुवा मानिसहरू ख्रीष्टविरोधीका धम्की, तिनीहरूको हाँकडाँक गर्ने र दुष्ट तरिकाद्वारा त्रसित हुन्छन्। ख्रीष्टविरोधीले माथिसँग कसको सम्पर्क छ भनी सोध्दा, उनीहरू आफूलाई सोध्नुअघि नै, तुरन्तै “म त होइन” भनेर प्रस्ट पार्छन्। ख्रीष्टविरोधीले सोध्छ, “त्यसोभए माथिलाई त्यस मामलाबारे कसरी थाहा भयो?” उनीहरू यसबारे सोच्छन् र भन्छन्, “मलाई पनि थाहा छैन।” उनीहरू ख्रीष्टविरोधीले दण्ड देला भन्ने निरन्तर डरमा जिइरहेका हुन्छन्, सधैँ चिन्तित हुन्छन्, ख्रीष्टविरोधीले आफूलाई मण्डलीबाट निष्कासन गर्ला भनेर डराउँछन्। उनीहरू यति चिन्तित र त्रसित हुन्छन् कि उनीहरूलाई दिन कटाउनसमेत गाह्रो हुन्छ। यदि ख्रीष्टविरोधीले यसरी नधम्काएको भए, के उनीहरू यति त्रसित हुनेथिए र? अहँ, हुनेथिएनन्। यसअलावा, के उनीहरू परमेश्वरमा साँचो विश्वास गर्छन्? अहँ, गर्दैनन्। उनीहरू डरछेरुवा र अलमल्ल छन्। ख्रीष्टविरोधी भेट्दा, उनीहरू डरले लुत्रुक्क हुन्छन्। उनीहरू परमेश्वरमा साँचो विश्वास गर्दैनन्, तर ख्रीष्टविरोधीप्रति स्वेच्छाले समर्पित हुन्छन्, उसको आज्ञा मान्न तयार हुन्छन्। उनीहरू स्वभावले शैतानका अनुचर हुन्।

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्काउन प्रयोग गर्ने अन्य केही अभ्यासहरू केके हुन्? कतिपय ख्रीष्टविरोधीहरू केही सही र मनछुने धर्मसिद्धान्तहरू बोलेर तँलाई रोक्न र बन्धनमा पार्न सिपालु हुन्छन्। तिनीहरू यसो भन्छन्, “के तिमी सत्यतालाई प्रेम गर्दैनौ? यदि तिमी सत्यतालाई प्रेम गर्छौ भने, तिमीले मेरो कुरा सुन्नैपर्छ किनकि म अगुवा हुँ। मैले भन्ने सबथोक सत्यतासित मेल खान्छ। म जे भन्छु तैँले त्यो मान्नैपर्छ; मैले पूर्व जाऊ भन्दा, तिमी पश्चिम जानै हुँदैन। जब म केही भन्छु, तिमीले शङ्का गर्नै हुँदैन; तिमीले कुनै रायहरू राख्ने वा अन्धाधुन्ध हस्तक्षेप गर्ने पटक्कै गर्नु हुँदैन। म जे भन्छु त्यो नै सत्यता हो।” यदि तैँले तिनीहरूको कुरा सुनिनस् भने, तिनीहरूले तँलाई घृणा वा निन्दा गर्न सक्छन्। कस्तो निन्दा? तिनीहरूले भन्नेछन्, “तिमी वास्तवमा सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनौ; यदि तिमीले साँच्चै सत्यतालाई प्रेम गरेको भए, अगुवाको नाताले, मेरा शब्दहरू सही हुन्—किन तिमी ती सुन्दैनौ?” ख्रीष्टविरोधीहरू सही देखिने सिद्धान्त र धर्मसिद्धान्तहरू प्रयोग गरेर तँलाई नियन्त्रण गर्छन् र रोक्छन्। यसअलावा, कतिपय ख्रीष्टविरोधी मानिसहरूलाई तिनीहरूका व्यक्तिगत मामला यसो भन्दै देखभाल गर्न लगाउँछन्, “अब त म अगुवा हुँ, र केही व्यक्तिगत मामलाका लागि मसँग समय छैन। त्यसबाहेक, म एक अगुवा हुँ, र मेरा मामलाहरू परमेश्वरको घरका मामला हुन्। परमेश्वरको घरका मामलाहरू पनि मेरा मामला हुन्। अब हामीले तिनमा प्रस्ट भिन्नता छुटाउन मिल्दैन। त्यसकारण, तिमीहरूले मेरो घरका केही मामलाहरू सम्हाल्नुपर्छ, जस्तै छोराछोरीको हेरचाह गर्ने, खेतीपाती गर्ने, सागसब्जी बेच्ने, वा घर बनाउने कामकुरा, अनि घरमा पर्याप्त पैसा नहुनेजस्ता कुराहरू। यी कुराहरू मेरो कर्तव्य हुने गर्थे, तर अब म अगुवा हुँ, ती तिमीहरूका कर्तव्य बनेका छन्—तिमीहरूले उक्त जिम्मेवारी हात बाँड्नुपर्छ। नत्र, मलाई मेरो घरका मामलाहरूबारे निरन्तर चिन्ता हुनेछ, यी मामलाहरूले गर्दा मेरो ध्यानभङ्ग हुनेछ, त्यसपछि के म अझै प्रभावकारी अगुवा हुन सक्छु र?” तिनीहरू जति धेरै बोल्छन् उति नै धेरै निर्लज्ज बन्छन्। कतिपय मानिसहरू यो सुनेर सोच्छन्, “हामीले तिम्रो हृदयप्रति विचारशील हुन जानेनौँ—हामी साँच्चै हृदयविहीन थियौँ! तपाईंले केही पनि भनिरहनुपर्दैन; अबदेखि, हामी तपाईंका सम्पूर्ण घरायसी कामको हेरचाह गर्नेछौँ।” यी ख्रीष्टविरोधीहरू आफ्ना घरका मामला र आफ्नो दैनिक जीवनका मामलालाई कस्तो मिठो नाम दिन्छन्? तिनीहरू तिनलाई “मानिसहरूको कर्तव्य” भन्छन्, अर्थात्, ख्रीष्टविरोधीहरू मानिसहरूले तिनीहरूको परिवारका लागि काम गर्नु, तिनीहरूको घरका साना र पाकाहरूको सेवा गर्नु, र तिनीहरूका व्यक्तिगत मामलाहरू सम्हाल्नुलाई परमेश्वरको घरका मामलाहरूमा परिणत गर्छन्। अब ती परमेश्वरको घरका मामला भएकाले, हरव्यक्तिले उचित मद्दत गर्नुपर्छ, अनि यदि अगुवाले तँलाई केही गराउन चाहन्छ भने त्यो तेरो कर्तव्य बन्छ। के यो सही लाग्दैन र? समझशक्ति नभएका मानिसहरूलाई यो सही लाग्न सक्छ। उनीहरूलाई अगुवा आफ्नो घरका मामलाहरू सम्हाल्न नसक्ने गरी व्यस्त भएकाले, अनि उनीहरूको क्षमता कमजोर भएको र उनीहरूले कुनै पनि कर्तव्य निर्वाह गर्न नसक्ने हुनाले, आफूले अगुवालाई केही घरायसी काम सम्हाल्न मात्र मद्दत गर्न सक्छ भन्ने लाग्छ। त्यसैले, उनीहरू व्यस्त नहुँदा अगुवाको घरमा काम गर्छन्, विभिन्न काममा सघाउँछन्। के यसलाई आफ्नो कर्तव्य निर्वाह गरेको मान्न सकिन्छ? यसलाई उत्साहपूर्वक मानिसहरूलाई सघाएको मात्र ठान्न सकिन्छ। आफूलाई परमेश्वरप्रति समर्पित गर्ने, परमेश्वरको इच्छा पछ्याउने मानिसहरूको परिवारलाई कठिनाइहरू आइपर्दा, मण्डलीले मद्दत गर्न र उनीहरूका घरायसी मामला हेरचाह गर्न मानिसहरू खटाउँछ। यस्ता अवस्थामा, यसलाई केही हदसम्म कर्तव्य निर्वाह मान्न सकिन्छ। अब कुरा बुझ्यौ त? ख्रीष्टविरोधीले मण्डलीमा मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न व्यस्त भएर, आफ्ना घरायसी कामकुरा दाजुभाइ-दिदीबहिनीहरूलाई गर्न लगाउँछ, यो पनि उनीहरूको कर्तव्य निर्वाह हो भनी दाबी गर्छ। कतिपय दाजुभाइ-दिदीबहिनी सत्यता नबुझेका कारण, भ्रममा पर्छन् र स्वेच्छाले यी कामहरू स्विकार्छन्, त्यसो गरेर खुसी हुन्छन्। अन्त्यमा, उनीहरू आफू त्यो अगुवाप्रति ऋणी भएको समेत महसुस गर्छन्, र सोच्छन्, “अगुवाले हाम्रा लागि तनमन दिनुभएको छ। हामी साह्रै अयोग्य छौँ। हामीले अति धेरै काम गरेका छौँ, तैपनि हामी कसरी अझै पनि सत्यता बुझ्दैनौँ?” यदि तँ दिनभरी अगुवाका निम्ति काम गर्न व्यस्त हुन्छस् र भेलाहरूमा सहभागी हुन वा प्रवचनहरू सुन्न बेवास्ता गर्छस् भने, के तैँले सत्यता बुझ्न सक्छस्? एकदमै असम्भव छ। यो त मरुन्जेल आफूलाई कृपापत्र बनाउनु हो! यो त ख्रीष्टविरोधीको पछि लागेर धूर्त मार्गमा लाग्नु हो। ख्रीष्टविरोधीले प्रायः सही देखिने भनाइहरू प्रयोग गर्छ, तिनलाई सही बोलीका रूपमा प्रस्तुत गरेर मानिसहरूलाई यी शब्दहरू वास्तवमा सत्यता हुन्, उनीहरूले पछ्याउनुपर्ने र अभ्यास गर्नुपर्ने कुरा हुन्, र उनीहरूले यी शब्दहरू स्विकार्नुपर्छ भन्ने गलत विश्वास गराउँछ। त्यसरी अगुवाले गरिरहेको काम सही हो कि गलत, वा उनीहरूले पछ्याइरहेको कुरा सही हो कि गलत भनेर मानिसहरूले खुट्ट्याउन आवश्यक हुँदैन। कुरा यही होइन र? यसलाई भ्रममा पार्नु भनिन्छ, र यो मानिसहरूलाई धम्काउनु पनि हो। ख्रीष्टविरोधीले सही लाग्ने यी सिद्धान्त र भनाइहरू प्रयोग गरेर यी मानिसहरूलाई नियन्त्रण गर्छ। उसले उनीहरूलाई कुन हदसम्म नियन्त्रण गर्छ? यी मानिसहरू उसका निम्ति स्वेच्छाले लागिपर्छन्, मरिमेटेर काम गर्छन्, र उसका सारा व्यक्तिगत मामलाहरू सम्हाल्छन्। बरु उनीहरू आफ्ना भेलाहरू छुटाउँछन्, आफ्ना कर्तव्यलाई बेवास्ता गर्छन्, र आफ्ना कामहरू त्याग्छन्। उनीहरू आत्मिक भक्ति, भेला, र परमेश्वरका वचनहरू खान र पिउनमा खर्चेने आफ्नो समयख्रीष्टविरोधीका निम्ति सम्पूर्ण हृदयले सेवा गर्न र मरिमेटेर काम गर्नमा लगाउँछन्। किन उनीहरू यसरी मरिमेटेर काम गर्न सक्छन्? यसको एउटा कारण छ। कस्तो कारण? किनकि ख्रीष्टविरोधी उनीहरूलाई जानाजानी यसो भन्छ, “यदि तिमीले यी मामलाहरू राम्ररी सम्हाल्नसमेत सक्दैनौ भने, के कर्तव्य गर्न सक्छौ त? यदि तिमी आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, के अझै पनि परमेश्वरको घरको सदस्य हुन्छौ? त्यसोभए ठिकै छ, म तिमीलाई अगुवाइ गर्नेछैनँ। यदि मैले तिमीलाई अगुवाइ गरिनँ भने, तिमी परमेश्वरको घरका मानिसहरूमा गनिनेछैनौ। म अगुवाका रूपमा चुनिएकाले, म नै मण्डलीको प्रवेशद्वारा हुँ। मण्डलीमा प्रवेश गर्ने चाहने जोकोहीले मेरो अनुमोदन पाएको हुनैपर्छ। मेरो सहमतिविना, कसै पनि प्रवेश गर्न सक्दैन। मण्डलीले कसैलाई हटाइरहेको भए पनि, मेरो स्वीकृति पाएपछि मात्र ऊ जान सक्छ। त्यसकारण, मैले तिमीहरूलाई अह्राउने काम र सुम्पने कार्यहरू तिमीहरूको कर्तव्यमा पर्छन्। यदि तिमीहरूले यो कर्तव्य निभाउन सकेनौ भने, आफ्नो कर्तव्य निर्वाह गर्नेले मुक्तिको मौका पाउँदैन भनेर परमेश्वरको वचनले भन्छ। उनीहरू परमेश्वरको घरका मानिसहरूमा गनिनेछैनन्!” के यो धम्की होइन त? (हजुर, हो।) मानिसहरूलाई धम्काउन कुन विधि प्रयोग गरिन्छ? (सही लाग्ने शब्दहरू।) यो त सत्यतासँग मिल्दो देखिने सही शब्दहरू प्रयोग गरेर मानिसहरूलाई धम्काउनु हो—यो त दुई अमिल्दा कुराहरूको मिश्रण बनाउनु हो। ख्रीष्टविरोधीले कर्तव्य निर्वाहलाई आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्ने बहानाका रूपमा प्रयोग गर्छ। तर के उसका निम्ति कामकुरा गर्नु साँच्चै कर्तव्य निर्वाह हो? उसले त्यसलाई बङ्ग्याएर त्यो मानिसहरूले निर्वाह गर्नुपर्ने कर्तव्यझैँ बनाउँछ, अनि त्यसपछि कर्तव्य निर्वाहका सिद्धान्त र मापदण्डहरू प्रयोग गरेर उसका निम्ति दाजुभाइ-दिदीबहिनीहरूले मरिमेटेर काम गरून् भन्ने माग गर्छ। उसले यदि उनीहरूले उसका निम्ति मरिमेटेर काम गरेनन् भने, उनीहरूले मुक्तिको मौका पाउनेछैनन् र उनीहरू मण्डलीबाट निकालिनेछन् अनि परमेश्वरको घरबाट अलग्गिनेछन् भनेरसमेत धम्काउँछ। यी मूर्ख, समझहीन व्यक्तिहरूले परिणामको गम्भीरता सुनेपछि, तुरन्तै अगुवाको घरका सारा काम र उसका दैनिक मामलाहरू सम्हाल्छन्, ती सकाइएपछि राहत महसुस गर्छन्। उनीहरू आफैसँग खुसी हुँदै यस्तोसमेत सोच्छन्, “अब मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको छु। म बिलकुलै अल्छी भएको छैनँ, र म परमेश्वरको इच्छाप्रति विचारशील भएको छु। मैले अगुवाले अह्राएको सबथोक गरेको छु, र अगुवाको सम्पूर्ण घरायसी कामहरू सम्हालेको छु। परमेश्वरप्रति विचारशील हुनु भनेको यही हो! अगुवा सन्तुष्ट हुनुहुन्छ, र परमेश्वर पनि सन्तुष्ट हुनुहुन्छ। अब ममा मुक्तिको आशा छ!” के यसलाई आशा भनिन्छ? के उनीहरू ख्रीष्टविरोधीका दास बनेका छैनन् र? के उनीहरू ख्रीष्टविरोधीको बहकाउमा परेका छैनन् र? ख्रीष्टविरोधीले यहाँ कस्तो भूमिका खेलिरहेको छ? के उसले अपहरणकारीले जस्तो काम गरिरहेको छैन र? उसमा दुष्ट स्वभाव छ, अनि दुष्टता पक्कै पनि छलीपनभन्दा निकै धेरै गम्भीर हो। तसर्थ मानिसहरूलाई रोक्न, आफ्नो गोप्य उद्देश्य हासिल गर्न, मानिसहरूको मन जित्न, अनि उनीहरूका व्यवहार र सोच नियन्त्रण गर्न के भन्ने र कस्ता सिद्धान्तहरू प्रयोग गर्ने भनेर उसलाई पूर्ण रूपले थाहा हुन्छ। उसलाई यो सबै कुरा राम्ररी थाहा हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीले आफूले भन्ने र गर्ने सबै कुराद्वारा हासिल गर्न चाहने लक्ष्यहरू ध्यानपूर्वक सोचिएका र लामो समयदेखि पूर्वनियोजित हुन्छन्। यो अव्श्य नै थाहा नभई कुनै कुरा भन्ने वा गर्ने र त्यसपछि अप्रत्याशित नतिजा हासिल गर्ने मामला होइन—यो कदापि यस्तो होइन। त्यसैले, ख्रीष्टविरोधीका निम्ति स्वेच्छाले सेवा गर्ने र मरिमेटेर काम गर्नेहरू, उसका शब्दहरूद्वारा भ्रमित हुनेबाहेक, ख्रीष्टविरोधीको एक प्रकारको वाककौशलको धम्की र बाध्यतामा पर्छन्। सायद उनीहरू ती कुरा ख्रीष्टविरोधीका लागि स्वेच्छाले गर्छन्, तर के यो “स्वेच्छा” मा कुनै समस्या छैन र? के यसलाई उद्धरण चिह्नमा राख्नुपर्दैन र? (पर्छ।) यो साँचो कर्तव्य निर्वाह कदापि होइन बरु निश्चित सिद्धान्त, कुनै निश्चित सही र मिठो लाग्ने तर्क वा मानिसहरूलाई भ्रममा पार्ने वाककौशलद्वारा भ्रमित भएर निम्तिएको परिणाम हो। उनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न सकिँदैन, आफू निष्कासित भइनेछ, र मुक्ति पाइनेछैन भनेर चिन्तित हुने हुनाले, रू ख्रीष्टविरोधीले उनीहरूलाई अह्राएका कार्यहरू स्वेच्छाले स्विकार्छन्, आफूले परमेश्वरका निम्ति कर्तव्य निर्वाह गरिरहेको छ भन्नेसमेत सोच्छन्। उनीहरू कति अन्योल भएका छन्!

ख्रीष्टविरोधीहरूका धम्कीले मानिसहरूलाई आफ्नो मुहार प्रस्ट रूपमा हेर्न मद्दत मिल्छ। के तिमीहरू यस्ता धम्कीमा संलग्न हुन्छौ? के धम्की र चेतावनी वा सल्लाहबीच कुनै भिन्नता छ? (छ।) तिमीहरूले यसलाई खुट्ट्याउन सक्छौ कि सक्दैनौ? कहाँ भिन्नता छ? यो भिन्नता पत्ता लगाऔ, अनि तिमीहरूले बुझ्नेछौ र खुट्ट्याउन सक्नेछौ। (अभिप्रायहरू फरक हुन्छन्।) अभिप्राय र मनसाय निश्चय नै फरक-फरक हुन्। त्यसोभए, भिन्नताचाहिँ ठ्याक्कै कहाँ छ? धम्की भनेको के हो? धम्कीमा राम्रा र सही लाग्न सक्ने शब्दहरू समावेश हुन्छन्, अनि मानिसहरूलाई ती सुन्दा अत्यन्तै अशान्त लाग्दैन, तर तिनको उद्देश्य भनेको व्यक्तिगत लाभ हो। अर्कोतर्फ, सल्लाह र चेतावनीको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई सहयोग गर्नु, उनीहरूलाई गल्ती गर्न, मार्गबाट तर्कन वा घुमाउरो बाटो लिन, बहकिनबाट जोगाउनु, अनि उनीहरूलाई क्षति घटाउन वा रोक्न मद्दत गर्नु हो। यसको उद्देश्य व्यक्तिगत लाभ उठाउनु नभएर केवल अरूलाई मद्दत गर्नु हो। भिन्नता त्यही होइन र? (हो।) यस सम्बन्धमा, तिमीहरूले खुट्ट्याउन सिक्नुपर्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्काउने प्रकटीकरणबारे सङ्गति गरिएको छ भन्दैमा, त्यसको अर्थ तिमीहरूले अरूसित कुराकानी गर्दा आवश्यक परेको खण्डमा चेतावनी दिने आँट गर्नु हुँदैन भन्ने होइन। चेताउनु दिनुपर्ने हुँदा तैँले त्यो दिनुपर्छ। चेतावनी र सल्लाह धम्कीसमान होइनन्। चेतावनीहरूको उद्देश्य मानिसहरूलाई साँचो मद्दत गर्नु हो ताकि उनीहरूले आफ्ना कर्तव्य उचित रूपमा गर्दै परमेश्वरको घरको काममा सम्झौता नगरिएको सुनिश्चित गर्न सकून। तिनको उद्देश्य मान्य हुन्छ। अर्कोतिर, धम्कीको अमान्य र गोप्य उद्देश्य हुन्छ—यसमा व्यक्तिगत महत्त्वाकाङ्क्षा र स्वार्थी चाहना हुन्छ। उदाहरणका लागि, जब ख्रीष्टविरोधीले अरूलाई उसका घरायसी कामहरू गराउँछ, तब उसको स्वार्थी चाहना के हुन्छ? उसले आफूचाहिँ केही नगरी अरूलाई फोहोरी र थकाइलाग्दो काम गराएर हैसियतका लाभहरू लिन मात्र चाहन्छ। त्यसपछि, कसैले उसलाई दिनको तीनपटक खानासमेत दिनुपर्छ। उसलाई अब म पदमा पुगियोपुगेँ, मेरा खुसीका दिनहरू सुरु हुन सक्छ भन्ने लाग्छ। तर, मानिसहरूलाई उसका लागि सिधै काम गर्न लगाउनु जायज होइन, त्यसैले ख्रीष्टविरोधीले बहानाहरू बनाउँदै छ भन्छ, “अब म अगुवा हुँ, म आफ्ना कर्तव्यहरूमा एकदमै व्यस्त हुन्छु। यदि तिमीहरूमा जिम्मेवारी बोध र मानवता छ भने, तिमीहरूले सहकार्य गर्न सिक्नुपर्छ। तिमीहरू के गर्न सक्छौ? तिमीहरूले गर्न सक्ने लागिपर्ने मात्र हो, होइन त? मेरो घरको तरकारी बारीमा काम गर्ने कोही पनि छैन, र तिमीहरूले सघाइरहेका छैनौ! यदि तिमीहरूले सघायौ भने, तिमीहरूको हृदय दयालु छ भन्ने प्रमाणित हुन्छ, र तिमीहरू मलाई काममा सघाएर वास्तवमा आफ्नो कर्तव्य निभाइरहेका हुन्छौ। म तिमीहरूको अगुवा हुँ—के मेरा मामलाहरू तिमीहरूका पनि होइनन् र? के तिमीहरूका मामलाहरू भनेको तिमीहरूले गर्नुपर्ने कामकुरा होइनन् र, अनि तिमीहरूले आफ्नो कर्तव्य गरिरहेको हुनुपर्ने होइन र?” जब उसले तेरो काँधमा यस्तो ठूलो जिम्मेवारी थोपर्छ, र तैँले अगुवाले भनेको कुरा अर्थपूर्ण छ भन्ने सोच्छस्, तब तँ गएर उसका निम्ति काम गर्छस्। के यो जालझेलमा पर्नु होइन र? ख्रीष्टविरोधीका आफ्नै लक्ष्यहरू हुन्छन्, र उसले उचित बहाना र सिद्धान्तहरू खोजेर कुनै बहाना बनाएपछि मात्र ती लक्ष्यहरू हासिल गर्न सक्छ। त्यसपछि, यी सिद्धान्तहरू स्विकार्नेहरू उसका निम्ति काम गर्न जान्छन्, उसले आफ्नो उद्देश्य हासिल गर्छ, र त्यसपछि हैसियतका लाभहरू पाउन सक्छ। के यो मण्डलीलाई जीविकाको स्रोत बनाउने व्यक्ति होइन र? (हो।) वास्तवमा यो त्यही नै हो। ऊ अल्छी र काम गर्न अनिच्छुक हुन्छ, भौतिक सुख र हैसियतका लाभहरू प्राप्त गर्न चाहन्छ। ऊ राजनीति खेल्छ, र उपयुक्त शब्दहरू भेट्टाउन नसक्दा, परमेश्वरका वचनबाट व्यावहारिक र अझ सजिलै स्वीकार्य वाक्यांशहरू अनि आफूले बुझ्ने धर्मसिद्धान्त उद्धरण गर्छ। उसले यी वचनहरू प्रयोग गरेर सत्यता नबुझ्ने र मूर्खहरूलाई भ्रममा पार्छ र नियन्त्रित गर्छ। त्यसो गरेर, उसले आफ्ना गोप्य उद्देश्यहरू पूरा गर्छ, मानिसहरूलाई स्वेच्छाले उसको जालझेल स्विकार्ने बनाउँछ। कतिपय मानिसले त यदि अगुवाका कुरा मानिएन वा अगुवाले अह्राएको काम पनि राम्ररी गर्न सकिएन भने, आफूले राम्ररी कर्तव्य गरेको हुँदैन भन्नेसमेत सोच्छन्। उनीहरूलाई आफू परमेश्वरप्रति ऋणी भएको महसुस गर्छन् र आँसुसमेत झार्छन्। के यो गहिरो तहको अन्योलता होइन र? उनीहरू यति अन्योल हुन्छन् कि त्यो आपत्तिजनक हुन्छ।

ख्रीष्टविरोधीहरू आफ्ना लक्ष्यहरू हासिल गर्न प्रायः धम्कीहरू प्रयोग गरेर बोल्छन्, तर कहिलेकाहीँ तिनीहरूका धम्कीहरू सही शब्दका रूपमा र सर्पले बिस्तारै बेरेझैँ हल्का शैलीमा आउँछन्—तँलाई बेरेपछि, तिनीहरू तेरो जीवन माग्न तयार हुन्छन्। अरू बेलाचाहिँ, तिनीहरूका धम्कीहरू हल्का हुँदैनन्, ब्वाँसोले भेडा देखेर क्रूर अनुहार देखाएझैँ कठोर र उग्र हुन्छन्। तिनीहरूको अभिप्राय मानिसहरूलाई यस्तो भन्ने हुन्छ: “यदि तिमीले मेरो कुरा सुनेनौ भने, भोग्नुपर्ने नतिजा भोग्नेछौ, र यदि परिस्थितिहरू आइपरेमा तिमी आफै जिम्मेवारी लिनेछौ!” ख्रीष्टविरोधीहरूले आफ्ना धम्कीमा मोलमोलाइको कस्ता ठेट कडीहरू प्रयोग गर्छन्? तिनीहरू मानिसहरूको गन्तव्य, कर्तव्य, र पदका अनि उनीहरू मण्डलीमा जाने या रहने कुरालाई लक्षित गर्छन्। ख्रीष्टविरोधीहरू व्यक्तिहरूलाई धम्काउन यी तरकिबहरू र अवश्य नै अन्य तरकिबहरू प्रयोग गर्छन्। तर, तिनीहरूका रणनीतिहरू सामान्यतया यी दुई वर्गमा पर्छन्: कहिलेकाहीँ, तिनीहरूले तँलाई मिठा शब्दहरूद्वारा फकाउनेछन्, र अर बेला चाहिँ, तिनीहरू तँमाथि बलजफ्ती र उग्र तरिकाले आइलाग्नेछन्। ख्रीष्टविरोधीहरूका धम्कीको उद्देश्य के हो? सबैभन्दा पहिलो कुरा, तिनीहरू मानिसहरूले तिनीहरूको कुरा मानून् भन्ने चाहन्छन्। तिनीहरू व्यक्तिगत लाभहरू उठाउने, हैसियतका लाभहरू लिने, र त्यसमार्फत आउने विभिन्न लाभ र सुखसयलहरूमा लिप्त हुने उद्देश्य राख्छन्। दोस्रो कुरा, तिनीहरू कसैले पनि मामिलाको साँचो स्थिति खुलासा गरेको वा उसको पदलाई चुनौती दिएको चाहँदैनन्। तिनीहरू मानिसहरूले तिनीहरूको पदलाई धरापमा पार्ने कुनै पनि कुरा गरेको सहनेछैनन्। उदाहरणका लागि, यदि निश्चत मानिसहरूले तिनीहरूको स्थिति रिपोर्ट गर्न चाहन्छन् वा यदि कतिपय मानिसले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउँछन् र दाजुभाइ-दिदीबहिनीहरूलाई एकताबद्ध गरेर तिनीहरूलाई अस्वीकार गर्न र पदबाट हटाउन चाहन्छन् भने, तिनीहरूले धम्कीपूर्ण तरकिबहरूको सहारा लिनेछन्। धम्की प्रयोग गर्नुको उद्देश्यको एउटा पक्ष भनेको आफ्नो पदमार्फत आउने धेरै लाभहरू प्राप्त गर्नु हो, र अर्कोचाहिँ आफ्नो पद जोगाउनु हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई धम्की दिनुका दुई उद्देश्यहरू ठ्याक्कैयिनै हुन्—ती दुवै पदसँग सम्बन्धित छन्। यी सबै विभिन्न लाभ कहाँबाट आउँछन्? ती पनि तिनीहरूको पदबाटै आउँछन्। कतिपय ख्रीष्टविरोधी भन्छन्, “यदि तिमीहरू यस मामलामा मेरो कुरा मान्दैनौ भने, तिमीहरूले परिणामहरू भोग्नेछौ!” यदि कसैले तिनीहरूलाई खुट्ट्याउँछ र तिनीहरूका कुरा सुन्नेछैन भने, के तिनीहरूले त्यसलाई तह लगाउने उपाय सोच्नेछन्? तिनीहरू आउन सक्ने कुरालाई त्यतिकै सहेर बस्नेछैनन्। आफ्नो पद जोगाउन अलिकति मात्र आशाको किरण रहुञ्जेल, तिनीहरू त्यसका लागि दिलोज्यान लगाउनेछन्। पदप्रतिको तिनीहरूको उत्सुकता धेरैजसो मानिसको भन्दा बढी हुन्छ। यो ब्वाँसोले भेडा देखेजस्तै हो—खान सुरु गर्नुअघि नै त्यसको मुखबाट राल चुहिन थाल्छ। त्यसको आँखा क्रूर बन्छ र त्यसलो त्यो खाने विचार गर्छ; त्यसको यस्तो लालच हुन्छ। के यो त्यसको प्रकृति होइन र? (हो।) ख्रीष्टविरोधीहरूको पदप्रतिको लालच भेडाप्रति ब्वाँसोको लालचजस्तै हो, जुन तिनीहरूको दुर्भावनापूर्ण प्रकृतिभित्रको आवश्यकता हो। त्यसकारण, अरूप्रति तिनीहरूका धम्कीहरू नभई नहुने कुरा हुन्।

ई. ख्रीष्टविरोधीहरू मानिसहरूलाई कसरी नियन्त्रण गर्छन् भन्ने कुराको विश्लेषण

मानिसहरूलाई नियन्त्रण गर्नु ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने तरकिबहरूमध्ये एक हो। तिनीहरू मानिसहरूलाई कसरी नियन्त्रण गर्छन्? ख्रीष्टविरोधीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने एकभन्दा अधिक विधि हुन्छन्, तिनीहरूसँग धेरै विधि हुन्छन्। के तिमीहरूले यो कहिल्यै अनुभव गरेका छौ? कतिपय व्यक्तिले अगुवाका रूपमा कहिल्यै काम नगरेका होलान्—यो एउटा ख्रीष्टविरोधीमा हुने विशेषता हो। तिनीहरूको उमेर, स्थान, वा परिस्थितिहरूका बाबजुद, तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्। तिनीहरू खाने, काम गर्ने मामला, वा विविध दक्षताका क्षेत्र वा व्यावसायिक मामलाहरूमा, मानिसहरूले तिनीहरूको कुरा सुनून् भन्ने चाहन्छन्, र जसले सुन्दैन उसलाई देखिसहनेछैनन्। तिनीहरू मण्डलीमा शक्ति जमाउने आफ्नो चाहनासमेत नियन्त्रण गर्न सक्दैनन्। तिनीहरू यसलाई आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु ठान्छन्, आफ्नो भागको काम मात्र गरिरहेको सोच्छन्, र यो आफ्नो महत्त्वाकाङ्क्षा र चाहना हो, यो आफ्नो भ्रष्ट स्वभाव हो भनेर थाहा पाउँदैनन्। त्यसोभए, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई कसरी नियन्त्रण गर्छ? उदाहरणका लागि, जब ऊ अगुवाका रूपमा चुनिन्छ, तब पहिलो दिन नै ऊ सोच्न थाल्छ, “यी मानिसहरूको खाने बानी र दिनचर्या अनियमित छन्; धेरै काम गर्नु छ। अगुवा हुनुमा महत्त्वपूर्ण जिम्मेवारीहरू पर्छन्—यो ठूलो जिम्मेवारी हो!” ख्रीष्टविरोधीले पूरै दिन आफ्नो कोठामा बसेर दुईतीन पन्ना लेखेर बिताउँछ। त्यसमा के लेखेको हुन्छ? पहिलो कुरा, यो खानेसँग सम्बन्धित हुन्छ। खाना निश्चित समयमा, निश्चित स्थानमा, निश्चित मात्रामा नै खानुपर्छ। बिहान ६:३० मा नास्ता, अपराह्न १२:३० मा दिउँसोको खाना, र ६:३० मा बेलुकाको खाना—खाना एक मिनेट पनि अघिपछि नगरी यी समयमा खाइनेछ। परिस्थितिहरू जस्तोसुकै भए पनि तँ समयनिष्ठ हुनैपर्छ, चाहे पानी परोस् वा आँधी चल्न थालोस्, र यदि तैँले यी नियमहरू उल्लङ्घन गरिस् भने, खाना पाउनेछैनस्। त्यसपछि दिनचर्याको कुरा पनि छ, जुन धेरै महत्त्वपूर्ण छ। तँ हरेक बिहान ६:०० बजे उठ्नैपर्छ, चाहे तँ अघिल्लो रात जतिसुकै अबेर सुतेको किन नहोस्। तैँले दिउँसोको खाना खाएपछि अपह्रान्न १:०० बजे आरामा गर्नुपर्छ, र राती ठ्याक्कै १०:०० बजे सुत्नुपर्छ। तिनीहरूले खाने र दिनचर्याका नियमहरू बनाइसकेपछि, अझै पनि अन्य धेरै निर्द्धिष्ट नियमहरू हुन्छन्। उदाहरणका लागि, तैँले तोकिएकै स्थानमै खानुपर्छ र खाने बेला होहल्ला गर्नै हुँदैन। हरव्यक्तिले विशेष कपडा लगाउन आवश्यक छ आदि। यी नियमहरू अत्यन्तै विस्तृत हुन्छन्, परमेश्वरको घरका प्रशासनिक आदेशहरूभन्दा पनि विस्तृत। यी दैनिक विवरणहरूको सत्यतासँग कुनै सम्बन्ध छैन। यदि कसैको दैनिक जीवन र खाने बानी व्यवस्थित र उचित छ, त्यसले आफ्नो स्वास्थ्यलाई हानि गर्दैन भने, यो सिद्धान्त पछ्याए पुग्छ। यस्ता विस्तृत नियमहरूको आवश्यकता छैन। त्यसोभए किन ख्रीष्टविरोधीले यस्ता विस्तृति नियमहरू सिर्जना गर्छ? ऊ भन्छ, “मानिसहरूलाई अव्यवस्थित छोड्नु राम्रो होइन। यी मामलाहरू परमेश्वरका वचनमा कहिल्यै उल्लेख गरिँदैन, र यी विशेष वृत्तान्तविना, हाम्रो जीवन अनुशासनहीन, अव्यवस्थित, र मानव स्वरूपरहित हुनेछ। अब म अगुवा हुँ, तिमीहरू सबै ठिक हुन सक्छौ। तिमीहरू अब भौँतारिदैनौ; तिमीहरूको ख्याल राख्ने कोही छ।” गाँस, बास, कपास, र यातायातजस्ता दैनिक जीवनका महत्त्वपूर्ण र महत्त्वहीन दुवै मामला सबै होसियारीसाथ व्यवस्थित गरिएका छन्। त्यसपछि उसले तँलाई यसो भन्दै एउटा “गोप्य कुरा” बताउँछ, “परमेश्वरका वचनहरूले दैनिक जीवनका यी विशेष विवरणहरूबारे कहिल्यै बताएका छैनन्। परमेश्वरले त्यसबारे बोल्नुभएन भन्दैमा हामीले त्यो थाहा पाउनु पर्दैन भन्ने होइन। हामी मानवले ती सम्पूर्ण विस्तृत मामलाको काम सम्हाल्नुपर्छ जसबारे परमेश्वरले कहिल्यै कुरा गर्नुभएन।” उसले सत्यतालाई प्रतिस्थापित र अरूलाई अगुवाइ गर्न परमेश्वरका वचनबाहिर गएर विस्तृत र स्पष्ट शब्दहरूमा प्रस्टसित परिभाषित गरिएका देखिने नियम र नियमावलीहरू बनाउँछ। यी निर्द्धिष्ट र प्रस्टसित परिभाषित नियमावलीहरू जारी भएपछि, उसका तथाकथित नियमहरू मानिसहरूले पालना गरेको अपेक्षा गरिन्छ। यदि कसैले यी नियमहरू पालना गर्न सकेन, अवज्ञा, बेवास्ता, वा उल्लङ्घन गऱ्यो भने, ख्रीष्टविरोधीले उसलाई काटछाँट गर्छ। काटछाँट गरेपछि, ऊ त्यस व्यक्तिले यी नियमहरू परमेश्वरबाट आएका रूपमा प्राप्त गरेको र स्विकारेको पक्का गर्छ। यदि उसले यी कुरा प्रयोग गरेर सत्यतालाई प्रतिस्थापित गर्छ र मानिसहरूलाई अगुवाइ गर्छ भने, ती मानिसहरूले कस्तो मार्ग लिनेछन्? उनीहरूले नियमावली र अनुष्ठानहरू मात्र पालना गर्नेछन्, विधि मात्र पछ्याउनेछन्। यस्तो अगुवाइमा, मानिसहरूले आफ्नै धारणाहरूमार्फत गलत विश्वास गर्न सक्छन्, “यदि मैले बाह्य नियम र औपचारिकताहरू कायम राख्न सकेँ भने, यदि मैले उठ्ने, सुत्ने, र खाने समयलाई पालना गर्न सकेँ भने, के त्यसको अर्थ मैले सत्यता अभ्यास गरिरहेको होइन र? मैले त्यसपछि मुक्ति पाउनेछैनँ र?” के मुक्ति साँच्चै त्यति सजिलो छ? के सत्यता यति सजिलै प्राप्त हुन्छ? के सत्यता मानव व्यवहारसँग मात्र सम्बन्धित छ? अहँ, छैन। ख्रीष्टविरोधीले मानिसहरूको स्वभाव, सत्यताबारे उनीहरूको बुझाइ, र सत्यताको अभ्यासमा आउने परिवर्तनहरूलाई कसरी हेर्छ? उसले यी कुरालाई सार्वजनिक आदेश पालना गर्नु वा देशको कानुन मान्नुसरह ठान्छ। उसले मानिसहरूलाई यी नियम र नियमावलीहरू परमेश्वरका वचनभन्दा उच्च, ठोस र व्यावहारिक छन् भन्ने गलत विश्वाससमेत गराउँछ। वास्तवमा, उसले यी कुराहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने गर्छ, उनीहरूको व्यवहारलाई कडा नियन्त्रण गर्छ। उसले सत्यताद्वारा समस्याहरू समाधान गर्दैन, न त मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार जिउन, कार्य गर्न, र आफ्ना कर्तव्यहरू निभाउन नै प्रोत्साहन दिन्छ। बरु, उसले मानिसहरूले पालना गर्नुपर्ने बनावटी नियम, नियमावली र प्रणालीहरू बनाउँछ। उसको उद्देश्य के हो? ऊ मानिसहरूले उसको कुरा मानून्, ऊ चलाख छ भन्ने ठानून्, अनि यी नियम र नियमावलीहरू पालना गरेर उसको नेतृत्व मानून् भन्ने चाहन्छ। यसरी, उसले आफ्ना लक्ष्यहरू हासिल गर्छ। उसले मानिसहरूको व्यवहारलाई काबुमा राखेर अनि व्यवस्थित गरेर हरव्यक्तिबारे हरकुरा नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्ने उद्देश्य राख्छ। उसले कार्य गर्नुका मनसायहरूका सम्बन्धमा भन्नुपर्दा, सायद उसमा हैसियतप्रति स्पष्ट चाहना नहुन सक्छ, तर अन्तिम परिणाम भनेको उसले मानिसहरूलाई नियन्त्रण गर्छ, र मानिसहरू पूर्ण रूपले उसले बनाएका नियम र नियमावलीबमोजिम नै जिउँछन् र कार्य गर्छन्। यस्तो परिस्थितिमा, के सत्यताले अझै पनि मानिसहरूको हृदयमा स्थान पाउँछ? पाउँदैन। ख्रीष्टविरोधीहरूमा आत्मिक बुझाइ हुँदैन, र तिनीहरू सत्यता बुझ्दैनन्। यदि तैँले तिनीहरूसँगै मण्डली जीवन जिइस् भने, तिनीहरूले तँलाई आज यो गर् र भोलि त्यो गर् भन्छन्, मूलतः सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्न सक्दैनन्। बरु, तिनीहरूले तँलाई एक चाङ नियमावलीहरू पालन गर्न मात्र दिनेछन्। ती पछ्याएर तँ पूर्ण रूपमा लखतरान हुन सक्लास्, ती पालन नगर्नुको विकल्प नै हुँदैन। तिनीहरूले तँलाई स्वतन्त्र रूपमा कार्य गर्न दिनेछैनन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने एउटा तरिका यो हो।

कुनै ख्रीष्टविरोधीले मुख्यतः मानिसहरूको के कुरालाई नियन्त्रण गर्छ? (उनीहरूका सोचलाई।) ठिक भनिस्; तिनीहरूले मुख्यतः मानिसहरूका सोचलाई नियन्त्रण गर्छन्। यो मानिसहरू के भन्छन् र गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्नेबारे मात्र होइन। उसले सत्यताबारे सङ्गति गर्ने निहुँमा तेरो सोच नियन्त्रण गर्ने उद्देश्यले खोक्रो सिद्धान्त र चलाखीपूर्ण कुतर्क प्रयोग गरेर तँलाई भ्रममा पार्छ, र उसको आज्ञापालन गर्न र उसको अगुवाइ पछ्याउन लगाउँछ। मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नु भनेको यही हो। यदि तैँले उसका निर्देशनहरू पालना गरिनस् भने, तँलाई आफू सत्यताविरुद्ध गइरहेको महसुस हुन सक्छ, र तँलाई आफू ऊप्रति ऋणी भएको वा आफूले उसको सामना गर्न नसक्ने महसुससमेत होला। यो तँ उसको नियन्त्रणमा परिसकेको छस् भन्ने सङ्केत हो। तर, यदि तँ सत्यता अभ्यास गर्दैनस् वा परमेश्वरप्रति समर्पित हुँदैनस् भने, के तँलाई हृदयमा परमेश्वरप्रति ऋणी महसुस हुन्छ? यदि हुँदैन भने, तँमा विवेक र मानवता छैन। यदि तैँले सत्यता अभ्यास गर्नुको साटो हृदयमा कुनै असहजता वा ग्लानि महसुस नगरी ख्रीष्टविरोधीको आज्ञापालन गर्न सक्छस्, भने, यसको मतलब तँ उसको नियन्त्रणमा छस्। ख्रीष्टविरोधीले नियन्त्रण गर्दा हुने सबैभन्दा सामान्य घटना भनेको उसले नै आफ्नो अख्तियारको दायराभित्र, अन्तिम निर्णय गर्न पाउँछ। यदि ऊ उपस्थित छैन भने, कसैले पनि निर्णय गर्ने वा कुनै मामला सुल्झाउने आँट गर्दैन। ऊविना, अरू मानिस हराएका बालबालिकाजस्तै बन्छन्, प्रार्थना गर्न, खोजी गर्न, वा एकअर्कासँग कुरा गर्न जान्दैनन्, कठपुतली वा मरेका मानिसहरूझैँ व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रायः के भन्छन् भन्ने सम्बन्धमा हामी यहाँ विस्तारमा जानेछैनौँ। तिनीहरूले प्रयोग गर्ने भनाइ र तरकिबहरू निश्चय नै धेरै छन्, र त्यसबाट आउने परिणामहरू भ्रममा परेकाहरूमा देख्न सकिन्छ। म एउटा उदाहरण दिन्छु। औसत क्षमताका केही व्यक्ति छन्, अति खराब छैनन्, जो बफादारीपूर्वक आफ्ना कर्तव्य निभाउँछन् र विरलै नकारात्मक बन्छन्। तर, आफ्नो कर्तव्य निर्वाह गर्न केही समय कुनै ख्रीष्टविरोधीसँग काम गरेपछि, उनीहरू ख्रीष्टविरोधीमा निर्भर हुन्छन्। उनीहरू सबै कुरामा ख्रीष्टविरोधीको अगुवाइ पछ्याउन रुचाउँछन्, अनि ख्रीष्टविरोधी नै उनीहरूको मुख्य आड बन्छ। उनीहरूलाई यस ख्रीष्टविरोधीबाट अलग पार्नेबित्तिकै उनीहरू आफूले गर्ने सबै कुरामा प्रभावहीन बन्छन्। ख्रीष्टविरोधी नहुँदा, उनीहरू आफ्नो कर्तव्य निर्वाहमा प्रगति गर्न छोड्छन्, अनि कुनै समस्या सामना गर्दा पनि, नतिजाहरू प्राप्त गर्न सङ्गति गर्न सक्दैनन्। उनीहरू ख्रीष्टविरोधीले फर्की आई त्यो समाधान गरिदेओस् भनेर प्रतीक्षा मात्र गर्न सक्छन्। वास्तवमा, ख्रीष्टविरोधीले नियन्त्रण गर्नुअघि सुरुमा यी व्यक्तिहरूमा उनीहरूका क्षमता, बौद्धिकता, अनुभव, र पृष्ठभूमिका कारण यस्ताकुरा सम्हाल्ने क्षमता थियो, तर ऊद्वारा नियन्त्रित भएपछि, अहिले मामलाहरू सम्हाल्न ख्रीष्टविरोधी नभई कसैले पनि निर्णय गर्ने वा स्पष्ट समाधान दिने आँट गर्दैन। उनीहरूको सोच कैद भएको जस्तो देखिन्छ, जुन अर्धचेतन स्थितिका मानिसहरूका विशेषताहरूसमान हुन्। यी मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीले उनीहरूलाई यस्ता व्यवहार देखाउने बनाउन के कुरा गरेको छ? निश्चय नै, उनीहरूलाई हृदय र मनमा समर्पित हुन लगाउन केही स्पष्ट भनाइ वा कथनहरू प्रयोग गरिएको हुनुपर्छ। यी मानिसहरूले सहमति जनाएका निश्चित कथन, दृष्टिकोण, वा कार्यहरू पनि पक्कै प्रयोग भएको हुनुपर्छ। तर, ख्रीष्टविरोधीहरूमा सत्यता वास्तविकता बिलकुलै हुँदैन। तिनीहरूका अभिव्यक्ति र दृष्टिकोण सही भए पनि, तिनको उद्देश्य मानिसहरूलाई भ्रममा पार्नु हो र तिनले तिनीहरूभित्रको कुनै सत्यता वास्तविकतालाई जनाउँदैनन्। कतिपय मानिस ख्रीष्टविरोधीहरूको प्रशंसा गर्छन् किनकि तिनीहरूमा वास्तवमै खुबी र प्रतिभाहरू हुन्छन्। तर, यी गुणहरूले तिनीहरूमा सत्यता वास्तविकता छ भन्ने सङ्केत गर्दैनन्। ख्रीष्टविरोधीहरूलाई आराधना गर्नेहरूले आफूमा सत्यता नभएकाले र आफूले मानिसहरूलाई खुट्ट्याउन नसक्ने भएकाले त्यसो गर्छन्, यसैकारण उनीहरू ख्रीष्टविरोधी अनि केही प्रसिद्ध र महान् आत्मिक व्यक्तिहरूलाई समेत आराधना गर्न सक्छन्। कतिपय मानिस ख्रीष्टविरोधीहरूको भ्रममा पर्लान्, तर यो अस्थायी मात्र हुन्छ, र उनीहरूले ख्रीष्टविरोधीहरू आत्मिक सिद्धान्तबारे कुरा गर्न मात्र सक्छन् र सत्यता अभ्यास गर्न सक्दैनन्, तिनीहरूले मण्डलीको कामको रक्षा गर्न केही पनि गरेका छैनन् र तिनीहरू साँच्चै पाखण्डी फरिसी हुन् भन्ने थाहा पाएपछि, तिनीहरूलाई अस्वीकार र घृणा गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्ना खुबी र वाक्पटुता प्रयोग गरेर सत्यता नबुझ्नेहरूलाई भ्रममा पारेका घटनाहरू धेरै छन्। उदाहरणका लागि, यदि तैँले कुनै उचित सुझाव प्रस्ताव गरिस् भने, सबैले यो सही प्रस्तावलाई अँगाल्नुपर्छ र त्यसबारे सङ्गति गरिरहनुपर्छ, अनि यो नै सही मार्ग हो र यसले उसको कर्तव्यप्रतिको बफादारी र जिम्मेवारीलाई देखाउँछ, तर कुनै ख्रीष्टविरोधीले मनमा सोच्छ, “किन मैले त्यो प्रस्ताव पहिला सोचिनँ?” उसलाई भित्री रूपमा उक्त प्रस्ताव सही हो भनी मानिलिन्छ, तर के उसले त्यसलाई स्विकार्न सक्छ? उसको प्रकृतिका कारण, उसले तेरो सही सुझावलाई कदापि स्विकार्नेछैन। उसले तेरो प्रस्ताव अस्वीकार गर्न सम्भव भएको सबथोक गर्नेछ, त्यसपछि वैकल्पिक योजना बनाएर तँलाई तेरो प्रस्ताव बिलकुलै कामको छैन र उसको योजना राम्रो छ भन्ने महसुस गराउनेछ। ऊ तँलाई ऊविना तैँले केही गर्न सक्दैनस् र ऊसँग काम गरे मात्र सबै जना प्रभावकारी हुन सक्छन् भन्ने महसुस गराउन चाहन्छ। ऊविना कुनै पनि काम सही रूपमा गर्न सकिँदैन, अनि सबै जना बेकार बन्छन् र कुनै कुरा फत्ते हुन सक्दैन। ख्रीष्टविरोधीको रणनीति सधैँ नवीन र अद्वितीय देखिनु र ठुलठुला दाबीहरू गर्नु हो। अरू कसैका कथनहरू जति नै सही भए पनि, उसले ती अस्वीकार गर्नेछ। अरू मानिसका सुझावहरू उसकै विचारसँग मिले पनि, यदि ती उसले पहिला प्रस्ताव नगरेको हो भने, उसले ती कहिल्यै स्विकार्ने वा अपनाउनेछैन। बरु, उसले उनीहरूलाई होच्याउन सक्दो प्रयास गर्नेछ, त्यसपछि उनीहरूलाई अस्वीकार र निन्दा गर्नेछ, सुझाव प्रस्ताव गर्ने व्यक्तिलाई आफ्ना विचार गलत लागेर आफ्नो गल्ती नस्विकारिञ्जेल निरन्तर उनीहरूको आलोचना गर्नेछ। अन्ततः त्यसपछि मात्र ख्रीष्टविरोधीले छोड्नेछ। ख्रीष्टविरोधीहरू आफूलाई स्थापित गरेर अरूलाई होच्याउन, अरूलाई आफ्नो आराधना गराउन र आफूलाई केन्द्रमा राख्न मन रुचाउँछन्। तिनीहरू आफूलाई मात्र चम्कन दिन्छन्, अरूचाहिँ पृष्ठभूमिमा उभिन मात्र सक्छन्। तिनीहरू जे भन्छन् वा गर्छन् त्यो सही हुन्छ, अनि अरूले जे भन्छन् वा गर्छन् त्यो गलत हुन्छ। तिनीहरू प्रायः नवीन दृष्टिकोणहरू प्रस्ताव गरेर अरूका दृष्टिकोण र कार्यहरूलाई अस्वीकार गर्छन्, अरूका सुझावमा गल्ती निकाल्छन् र अरूका प्रस्तावहरू तोड्छन् र अस्वीकार गर्छन्। यसरी, अरू मानिसले तिनीहरूको कुरा सुन्नैपर्ने र तिनीहरूका योजनाअनुसार कार्य गर्नैपर्ने हुन्छ। तिनीहरू यी विधि र रणनीतिहरू प्रयोग गरेर निरन्तर तँलाई नकार्छन्, आक्रमण गर्छन्, र तँ अयोग्य छस् भन्ने महसुस गराउँछन्, यसरी तँलाई तिनीहरूप्रति झन्-झन् समर्पित, तिनीहरूको झनै प्रशंसा गर्ने र उच्च सम्मान गर्ने बनाउँछन्। त्यसरी, तँ तिनीहरूद्वारा पूर्ण रूपले नियन्त्रित हुन्छस्। ख्रीष्टविरोधीहरूले यही प्रक्रियामार्फत मानिसहरूलाई वशमा राख्छन् र नियन्त्रण गर्छन्।

ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न विभिन्न विधि अपनाउँछ; चुट्की बजाएर वा केही शब्द बोलेर नै मानिसहरूलाई उसको पछि लगाउन सकिने होइन—यो त्यति सरल छँदै छैन। चाहे त्यो मानिसहरूलाई नियन्त्रण गर्ने होस्, वा कर्मचारीसम्बन्धी निर्णय, आर्थिक मामला, वा छलफलमा प्रभाव पार्नेजस्ता अख्तियारको एक पक्षलाई नियन्त्रण गर्ने होस्, उसले फरक-फरक तरकिबहरू प्रयोग गर्नेछ, र उसले कहिलेकाहीँ मात्र पक्कै त्यसो गर्ने नभई मानिसहरूले उसलाई प्रशंसा र चयन नगरूञ्जेल आफ्नो प्रदर्शन गर्ने र आफ्नो साक्षी दिने निरन्तर प्रयास गर्नेछ, त्यसपछि अख्तियार उसैको हुन्छ। उसलाई यो लक्ष्य हासिल गर्न केही समय लाग्यो। ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न प्रयोग गर्ने अर्को विधि भनेको निरन्तर रूपमा आफ्नो प्रदर्शन गर्नु र सबैलाई उसका बारेमा र परमेश्वरको घरप्रति उसका योगदानहरूबारे अझ धेरै थाहा दिनु हो। उदाहरणका लागि, उसले यसो भन्न सक्छ, “मैले यसअघि सुसमाचार सुनाउने केही विधि अघि सारेँ, र त्यसले सुसमाचार प्रचारको प्रभावकारितामा सुधार ल्याएको छ। हिजोआज, अन्य केही मण्डलीले पनि यी विधिहरू अपनाइरहेका छन्।” वास्तवमा, विभिन्न मण्डलीले सुसमाचार सुनाउनमा निकै अनुभव बटुलेका छन्, तर ख्रीष्टविरोधीले निरन्तर रूपमा आफ्नो सही निर्णय र उपलब्धिहरूबारे फाइँफुट्टी लाउँछ, मानिसहरूलाई तीबारे जानकारी दिन्छ, तिनलाई जोड दिन्छ, र जहाँ गए पनि सबैले थाहा नपाउञ्जेल तिनै कुराहरू दोहोऱ्याइरहन्छ। उसको लक्ष्य के हो? आफ्नै छवि बनाउनु र प्रतिष्ठा कमाउनु, मानिसहरूबाट अझ धेरै प्रशंसा, समर्थन, र आदर पाउनु, अनि मानिसहरूलाई सबथोकका लागि ऊमाथि भर पर्ने बनाउनु हो। के यसबाट ख्रीष्टविरोधीको मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल हुँदैन र? धेरैजसो ख्रीष्टविरोधी यस तरिकाले कार्य गर्छन्, मानिसहरूलाई भ्रममा पार्ने, जालमा पार्ने, र नियन्त्रण गर्ने भूमिका निभाउँछन्। मण्डली, सामाजिक समूह, वा कार्यस्थल जहाँसुकै होस्, जब कुनै ख्रीष्टविरोधी देखा पर्छ, तब अधिकांश मानिस थाहै नपाई उसलाई आराधना र आदर गर्न थाल्छन्। जब उनीहरूलाई दुविधा हुने र मार्गदर्शन चाहिने ठाउँमा कठिनाइहरू आइपर्दा, विशेष गरी कुनै निर्णय गर्नुपर्ने महत्त्वपूर्ण परिस्थितिहरूमा, उनीहरू प्रतिभाशाली ख्रीष्टविरोधीलाई सम्झिनेछन्। उनीहरूलाई मनमा लाग्छ, “ऊ यहाँ भइदिएको भए ठिक हुनेथ्यो। उसले मात्र हामीलाई यो कठिनाइ पार गर्नमा मद्दत गर्ने सल्लाह-सुझाव दिन सक्छ; ऊसँग सबैभन्दा धेरै जुक्ती र समाधान छन्, उसमा सबैभन्दा धेरै अनुभव छन्, र उसको दिमाग सबैभन्दा चुस्त छ।” के यी मानिसहरूले ख्रीष्टविरोधीलाई त्यो हदसम्म आराधना गर्न सक्ने तथ्य सिधै उसले प्रायः देखावा गर्ने, तमाशा लगाउने र प्रदर्शन गर्ने तरिकासँग सम्बन्धित छैन र? यदि उसले राम्रो बोली र व्यवहार देखाएको भए, यदि ऊ नम्र भएर मेहनत गर्ने व्यक्ति भएको भए, यदि उसले कम बोलेर लगनशील भई काम गरेको, कहिल्यै आफ्नो प्रचार नगरेको वा देखावा नगरेको भए, अझ रबाफ नदेखाएको भए, उसले मानिसहरूलाई भ्रममा पार्न अनि उनीहरूलाई आफ्नो आदर र सम्मान गराउन सक्नेथिएन। त्यसोभए तुलनात्मक रूपमा अलि इमानदार र सत्यता अभ्यास गर्न सक्ने अनि लगनशील भई काम गर्ने अ मानिसहरू किन अगुवा र सेवकका रूपमा विरलै चयन हुन्छन्? किनभने धेरैजसो मानिसमा सत्यता वास्तविकता हुँदैन र उनीहरू खुट्ट्याउन सिपालु हुँदैनन्। मानिसहरू प्रवृत्ति नै प्रतिभावान् र वाक्पटु अनि देखावा गर्ने झुकाउ भएकाहरूलाई रुचाउने हुन्छ। उनीहरू यस्ता मानिसहरूप्रति अत्यन्तै आसक्त हुन्छन् र तिनीहरूलाई अनुमोदन गर्छन्, अनि तिनीहरूसित कुराकानी गर्न मन पराउँछन्। परिणामस्वरूप, ख्रीष्टविरोधीहरू स्वाभाविक रूपमा धेरै मानिसको आराधना र सम्मानका पात्र बन्छन्। त्यसको बाबजुद, ख्रीष्टविरोधीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने विधिहरू हुन्छन्, र तिनीहरू मानिसहरूमाथि नियन्त्रण जमाउने मूल लक्ष्य बोकेर उनीहरूको हृदयमा आफ्नो हैसियत र छवि कायम राख्न समय र शक्ति लगाउन हिचकिचाउँदैनन्। कुनै ख्रीष्टविरोधीले यो लक्ष्य हासिल गर्नुअघि के गर्छ? हैसियतप्रति उसको मनोवृत्ति कस्तो हुन्छ? यो सामान्य रुचि वा आसक्ति मात्र होइन; यो दीर्घकालीन योजना, त्यो प्राप्त गर्ने जानाजानीको अभिप्राय हो। उसले शक्ति र हैसियतलाई विशेष महत्त्व दिन्छ अनि हैसियतलाई मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रण गर्ने लक्ष्य हासिल गर्ने पूर्वशर्त ठान्छ। उसले हैसियत प्राप्त गरेपछि, त्यसका सबै लाभ लिनु स्वभाविक हो। त्यसकारण, कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न सक्नु भनेको लगनशील व्यवस्थापनको नतिजा हो। उसले संयोगवश त्यो मार्ग कदापि लिँदैन; उसले गर्ने सबथोक जानाजानी, पूर्वनियोजित, र राम्ररी हिसाब लगाएर गरिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि शक्ति प्राप्त गर्नु र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्नु त पुरुस्कार प्राप्त हुनु हो—यो तिनीहरूले सबैभन्दा बढी चाहना गर्ने परिणाम हो। तिनीहरू प्रेरित भएर, उद्देश्य राखेर, जानाजानी, र अत्यन्तै व्यवस्थित रूपमा शक्ति र हैसियत पछ्याउँछन्; अर्थात्, जब तिनीहरू बोल्छन् वा कार्य गर्छन्, तब तिनीहरूमा प्रबल उद्देश्य र अभिप्राय हुन्छ, र तिनीहरूको लक्ष्य अत्यन्तै प्रस्ट हुन्छ। उदाहरणका लागि, तिनीहरू निश्चित तहको अगुवा वा सेवक भएकामा, आफूले सुसमाचार सुनाएर निश्चित सङ्ख्यामा मानिसहरू प्राप्त गरेकामा, वा सुसमाचार सुनाउनका लागि विभिन्न खास विधिहरू विकास गरेकामा घमण्ड गर्छन्; तिनीहरू आफ्ना अनुभव र योग्यताहरूको धाक लगाउँछन्। तिनीहरूले घमण्ड गर्दा के सोचेका हुन्छन्? तिनीहरूको भित्री मनसाय के हुन्छ? के तिनीहरूले कस्ता शब्दहरू प्रयोग गर्ने र सत्यतालाई कसरी झूटसँग मिसाउने भनेर सोचविचार गर्दैनन् र? तिनीहरूका शब्दहरू जथाभावी बोलिएका हुँदैनन्; तिनीहरूले भन्ने सबै कुराको उद्देश्य हुन्छ, र त्यो केवल आत्मप्रशंसा मात्र हुँदै होइन। तिनीहरूका शब्दहरू अत्यन्तै नापजोख गरिएको र लक्षित, एकदमै उचित देखिन सक्छन्। उदाहरणका लागि, यदि तिनीहरूले सत्यता बुझ्ने व्यक्तिहरू भेटेमा, तिनीहरूको हृदय सावधान हुन्छ, तिनीहरू आफूलाई खुट्ट्याउला भन्ने डरले उनीहरूको अगाडि सामान्य तरिकाले केही भन्दैनन् वा गर्दैनन्। तिनीहरू अझ धेरै अनुशासित हुनेछन्। तर, यदि तिनीहरू नयाँ विश्वासी वा साधारण विश्वासीहरूसँग व् व्यवहार गर्दा, यी व्यक्तिहरूलाई के भन्ने भनेर राम्ररी सोचविचार गर्छन्। तिनीहरू अगुवा र सेवकहरूसँग व्यवहार गर्दा, यो समूहलाई के भन्ने भनेर मनन गर्नेछन्। यदि तिनीहरू व्यावसायिक ज्ञान बुझ्नेहरूसितगर्दै छन् भने, यी मानिसहरूलाई के भन्ने भनेर सोचविचार गर्नेछन्। तिनीहरू बाहिरी मामलाहरूमा अत्यन्तै बाठो हुन्छन्, कोसित कस्ता शब्दहरू चलाउने र कसरी आफ्नो कुरा प्रभावकारी रूपमा बुझाउने भनेर जान्दछन्—तिनीहरूलाई यो सबै कुराबारे अत्यन्तै प्रस्ट हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कार्य गर्दा सधैँ निश्चित अभिप्रायहरू राखेका हुन्छन्। तिनीहरूका शब्द, कार्य, र आचरण, बोल्दा प्रयोग गरिने विशेष शब्दहरूसमेत जानाजानी रोजिएका हुन्छन्; तिनीहरू भ्रष्टता, सानो कद, मूर्खता वा अज्ञानता क्षणिक रूपमा देखाएर मात्र कार्य गरिरहेका, जहाँ गए पनि बकवास कुरा ओकलिरहेका हुँदैनन्—कुरा यस्तो हुँदै होइन। ख्रीष्टविरोधीहरूका विधि, तिनीहरूले कामकुरा गर्ने तरिका, र तिनीहरूका शब्द चयनलाई जाँच्दा, तिनीहरू निकै रहस्यमय र दुष्ट देखिन्छन्। तिनीहरू आफ्नो हैसियतका निम्ति र मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न हरअवसर छोपेर देखावा गर्छन्, हर सानो मौका प्रयोग गर्छन्, र एउटा पनि मौका गुमाउँदैनन्। ल भन्, के यस्ता मानिसहरूले मेरो अगाडि यी विशेषताहरू प्रकट गर्नेथिए? (गर्नेथिए।) किन तँ तिनीहरूले प्रकट गर्नेथिए भनेर भन्छस्? (किनभने तिनीहरूको प्रकृति सार नै देखावा गर्नु हो।) के कुनै ख्रीष्टविरोधीको अन्तिम लक्ष्य नै देखावा गर्नु हो? उसले देखावा गर्नुको उद्देश्य के हो? तिनीहरू हैसियत प्राप्त गर्न चाहन्छन्, अनि तिनीहरूले यस्तो भन्न खोजेका हुन्छन्: “के तिमीलाई म को हुँ भनेर थाहा छैन? मैले गरेका कामकुरा हेर, यी असल कामकुरा गर्ने व्यक्ति मै थिएँ; मैले परमेश्वरको घरका लागि धेरै योगदान गरेको छु। अब तिमीले थाहा पाइसकेपछि, के तिमीले मलाई अझ महत्त्वपूर्ण काम दिनुपर्दैन र? के तिमीले मलाई उच्च सम्मान गर्नुपर्दैन र? के तिमीले गर्ने सबै काममा ममाथि भर पर्नु पर्दैन र?” के यो जानाजानी भनिएको होइन र? ख्रीष्टविरोधीहरू जोकोहीलाई नियन्त्रण गर्न चाहन्छन्, चाहे त्यो जोसुकै होस्। नियन्त्रणलाई अर्को शब्दमा के भनिन्छ? तिकडम गर्नु, खेलाउनु—तिनीहरू केवल तँलाई शासन गर्न चाहन्छन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले कुनै कुरा राम्ररी गरिएको रहेछ भनेर प्रशंसा गर्दा, कुनै ख्रीष्टविरोधीले तुरन्तै त्यो आफूले गरेको भन्छ, यसरी उसले सबैको धन्यवाद पाउँछ। के साँच्चिकै समझदार व्यक्तिले यस्तो व्यवहार गर्नेछ त? कदापि गर्नेछैन। जब ख्रीष्टविरोधीहरू अलिकति राम्रो काम गर्छन् तब त्यो सबैले थाहा पाऊन्, आफूलाई उच्च सम्मान र प्रशंसा गरून् भन्ने चाहन्छन—यसले उसलाई सन्तुष्टि दिन्छ। तिनीहरू आफूले जे गरे पनि, मानिसहरूबाट तारिफ र आराधना पाउन चाहन्छन्, र त्यो पाउन तिनीहरू कुनै पनि कुरा सहन इच्छुक हुन्छन्। ख्रीष्टविरोधीहरूले हैसियत र शक्तिका निम्ति देखावा गर्ने कुनै अवसर गुमाउँदैनन्, तिनीहरूले देखावा गर्नु मूर्खता देखिए पनि, वा तिनीहरूका विधि कच्चा भए पनि र अरूले तिरस्कार गरे पनि—तिनीहरूले अझै यस्ता मौकाहरू गुमाउनेछैनन्। त्यसै गरी, तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न आवश्यक कुनै पनि माध्यम अपनाउँछन्, र यो हासिल गर्न कुनै कसर बाँकी राख्दैनन्। तिनीहरू आफ्ना योजनाहरू बनाउन दिलोज्यान लगाउँछन् र दिमाग खियाउँछन्। जब तिनीहरू केही राम्रो काम गर्छन्, तब निरन्तर रूपमा सान देखाउँछन् र त्यो कुरा सबैतिर प्रदर्शन गर्छन्। यदि अरू कसैले केही राम्रो काम गरेको छ भने, तिनीहरू डाह गर्छन् र त्यसको श्रेय आफूलाई दिन सक्दो कोसिस गर्छन्, वा त्यसमा तिनीहरूको भूमिका थियो भनेर आफूले श्रेय लिन्छन्। छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूसित मानिसहरूलाई नियन्त्रण गर्ने तरकिबहरू हुन्छन्। त्यो क्षणिक छलीपन मात्र होइन, न त त्यो एकदुइपल्टका फाट्टफुट्ट हुने कार्य नै हो। बरु, तिनीहरू धेरै थोक गर्छन् र भन्छन्। तिनीहरूका शब्दहरू भ्रामक हुन्छन्, तिनीहरूका कार्यहरू भ्रामक हुन्छन्, अनि तिनीहरूले यी कुराहरू गर्नु र भन्नुको अन्तिम लक्ष्य भनेको मानिसहरूलाई नियन्त्रण गर्नु हो।

कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई नियन्त्रण गर्नुको उद्देश्य के हो? मानिसहरूको हृदयमा हैसियत र अख्तियार जमाउनु हो। उसले अख्तियार र हैसियत पाइसकेपछि, हैसियतका लाभहरू र त्यसले ल्याउने विभिन्न फाइदाहरू प्राप्त गर्न सक्छ। उदाहरणका लागि, गर्मी मौसममा अरू एयर कन्डिसनविनाको कोठामा बस्छन् भने ऊचाहिँ एयर कन्डिसन कोठामा बस्न पाउँछ। खानामा, अरूले दाल-भात र तरकारी मात्र पाउँछन्, तर उसले थप अलिकति मासु र सुप पाउँछ। बस्ने ठाउँ नभएको कोठामा प्रवेश गर्दा, अरू मानिस भुइँमा बस्नुपर्छ, र उसका लागि मात्र बस्ने कुर्सी सुरक्षित हुन्छ। यो विशेष व्यवहार उसको हैसियतको नतिजा हो, र ऊ त्यसबाट आउने लाभहरूमा लिप्त हुन रमाउँछ। अवश्य नै, यी फाइदा र आनन्दहरूले उसका महत्त्वाकाङ्क्षाहरू एकदमै पूरा गर्न सक्दैनन्। उसलाई आफ्नो हैसियतले दिने यी भौतिक लाभहरू मात्र नभई, त्यसले उसको भित्री संसारमा ल्याउने आडम्बर, सन्तुष्टि, र सुरक्षा बोध पनि आवश्यक पर्छ। ख्रीष्टविरोधीहरूद्वारा भ्रममा पारिएका, लोभ्याइएका र नियन्त्रितव्यक्तिहरूका व्यवहार कस्ता हुन्छन्? उनीहरू एकअर्काका हैसियत, शक्ति, प्रतिभा र क्षमताहरू, साथै पारिवारिक र वर्गीय पृष्ठभूमिहरू तुलना गर्छन्, अनि कसले बढी दुष्ट विचारहरू अघि सार्छ र कसको दिमाग बढी चुस्त छ भनेर प्रतिस्पर्धा गर्छन्। धर्मका ख्रीष्टविरोधीहरू कसले सबैभन्दा लामो प्रार्थना गर्छ भनेर पनि प्रतिस्पर्धा गर्छन्। यदि कुनै व्यक्तिले दश मिनेट प्रार्थना गऱ्यो भने, अर्कोले बिस मिनेट गर्नेछ, र उनीहरू कुनै भेलाका क्रममा, बौद्ध गुम्बामा मानिसहरूले निरन्तर गुनगुन गर्दै धर्मशास्त्र पढेझैँ, अरू केही नगरी निरन्तर रूपमा प्रार्थना गर्लान्। के परमेश्वर यस्तो प्रार्थना सुन्नुहुन्छ? उनीहरूले प्रार्थना गर्ने तरिकालाई नियाल्दा, पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुनेछैन। उनीहरू कसले सबैभन्दा लामो प्रार्थना गर्न सक्छ, कसले अरूलाई उछिन्ने गरी सबैभन्दा चर्को सोरमा प्रार्थना गर्न सक्छ भनी हेर्छन्। के यो हदै पागलपन होइन र? तिनीहरूका कार्यहरू अविश्वासनीय र अव्यावहारिक हुन्छन्। ख्रीष्टविरोधीहरूद्वारा भ्रमित र नियन्त्रित व्यक्तिहरूमा मुख्यतः देखिने प्रकटीकरणहरू यिनै हुन्; ख्रीष्टविरोधीहरूले मानिसहरूलाई अगुवाइ गर्दाको नतिजा यही हो। त्यसकारण, यदि तँ कुनै ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा परको छस् भने, तैँले उसलाई आदर गर्नेछस्, पछ्याउनेछस्, र हर कुरामा उसको आज्ञापालन गर्नेछस्। तैँले अरू कसैको कुरा सुन्नेछैनस्, चाहे परमेश्वर नै बोलिरहनुभएको किन नहोस्। तैँले देखाउने व्यवहारहरू यिनै हुनेछन्। जब ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्छन्, तब शैतानले तिनीहरूमाथि शासन गरिरहेकोझैँ हुन्छ। यदि तँ शैतानको नियन्त्रणमा छस्, र यदि तेरो हृदयमा मान्छे र शैतानका लागि ठाउँ छ भने, पवित्र आत्माले तँमाथि काम गर्नुहुनेछैन—उहाँले तँलाई त्याग्नुहुनेछ। के तँलाई ख्रीष्टविरोधीहरूलाई पछ्याउन मन लाग्दैन र? के तँलाई तिनीहरूको मान गर्न मन लाग्दैन र? के तँलाई तिनीहरूको नियन्त्रण र तिकडम स्विकार्न मन लाग्दैन र? त्यसो हो भने, तँ तिनीहरूको हातमा सुम्पिइनेछस्। यदि तँलाई ख्रीष्टविरोधीहरू जे भन्छन् त्यो नै सत्यता हो भन्ने विश्वास लाग्छ भने, तैँले तिनीहरूको कुरा सुन्न र तिनीहरूलाई पछ्याउन सक्छस्, अनि तँलाई तिनीहरूको हातमा सुम्पिइनेछ। तर, परिणामहरूको जिम्मेवार तँ आफै हुनैपर्छ। यदि कुनै दिन तैँले मुक्ति प्राप्त गरिनस् भने, परमेश्वरलाई जिम्मेवार नठरा वा उहाँबारे गुनासो नगर्; परमेश्वरसित यसको कुनै सम्बन्ध छैन। त्यो तेरे आफ्नै निर्णय हो, र तैँले आफ्नो निर्णयको मूल्य चुकाउनैपर्छ।

हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नुका प्रकटीकरणबारे आफ्नो सङ्गति लगभग पूरा गरेका छौँ। मानिसहरूले नियन्त्रित हुनुको अर्थ बुझ्नैपर्छ। यसो हेर्दा, कतिपय मानिसले परमेश्वरलाई पछ्याइरहेका, उहाँका प्रवचनहरू सुनिरहेका, उहाँका वचनहरू खाइरहेका र पिइरहेका, मण्डली जीवन जिइरहेका, आफ्ना कर्तव्य निभाइरहेका, अनि परमेश्वरको घर नछोडेका देखिएला। त्यसोभए उनीहरू किन ख्रीष्टविरोधीहरूद्वारा नियन्त्रित हुन्छन्? यो मुख्यत: उनीहरूमा सत्यता नभएकाले हो। पहिलो कुरा, यी मानिसहरू ख्रीष्टविरोधीहरूको भ्रममा परे, र त्यसपछि उनीहरूले तिनीहरूलाई एकदमै प्रशंसा गर्न थाले, जसले गर्दा उनीहरू तिनीहरूद्वारा नियन्त्रित भए। नियन्त्रित हुनु भनेको के हो? यसको अर्थ तिनीहरूको वशर बन्धनमा पर्नु हो। तैँले आफ्ना कर्तव्यहरू गरिरहेको भए पनि, तँ आफ्नोकर्तव्य निभाउँदा सत्यता सिद्धान्तहरू खोज्ने क्रममा ख्रीष्टविरोधीहरूको भ्रममा पर्छस्। तिनीहरूका भनाइ र दृष्टिकोणहरू तेरा धारणा र कल्पनासित जति धेरै मिल्छन्, त्यति नै धेरै तँ ती सही र सत्यतासँग मिल्दा छन् भन्ठान्छस्, र तैँले सत्यता सिद्धान्तहरू खोज्न छोड्छस्, त्यसउप्रान्त तँ स्वतन्त्र रूपमा सोच्न इच्छुक हुँदैनस्, र तबउसो परमेश्वरका वचनहरूका आधारमा अभ्यास गर्दैनस्। तँलाई ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू बिलकुलै गलत छैनन् भन्ने लाग्छ, र तिनलाई सम्पूर्ण हृदयले पुष्टि गर्छस्। यस्तो भइसकेपछि, यदि तैँले साँच्चै परमेश्वरका वचनबमोजिम अभ्यास गरिस् भने, तँलाई असहज र छटपटी हुनेछ। तँलाई आफूले ख्रीष्टविरोधीहरूलाई निराश तुल्याएको र आफूले कदापि यस्तो व्यवहार गर्न नमिल्ने महसुस हुन्छ। के तँ ख्रीष्टविरोधीहरूका भनाइ र दृष्टिकोणद्वारा पूर्ण रूपमा बाँधिइरहेको छैनस् र? तैँले कामकुरा गर्दा, परमेश्वरका वचनहरूका आधारमा मूल्याङ्कन, खोजी र आज्ञापालना गर्न जान्दैनस्। तैँले त्यो कसरी गर्ने जान्दैनस्, न त त्यसो गर्ने आँट नै गर्छस्। तैँले किन नजानेको र आँट नगरेको? ख्रीष्टविरोधीहरूले अझै खुलेर बताएका छैनन्; तिनीहरूले तँलाई निर्णय दिएका छैनन् वा निष्कर्ष निकालेका छैनन्, अनि तिनीहरूले तँलाई परिणाम बताएका वा तँलाई कुनै दिशा देखाएका छैनन्। त्यही कारण तँ आफ्नो बुझाइअनुसार कार्य गर्ने आँट गर्दैनस्, र तँलाई गलत मार्गमा जाने, केही गलत गर्ने डर लाग्छ। के तँ नियन्त्रित भइरहेको छैनस् र? किन तँ सधैँ यति धेरै डराउँछस्? के परमेश्वरका वचनहरू साँच्चै प्रस्ट थिएनन् र? के परमेश्वरका वचनहरूले तँलाई सिद्धान्तहरू बताउन वा के गर्ने भनी बताउन नसकेका हुन् र? किन तँ परमेश्वरका वचनहरूलाई बेवास्ता गरेर ख्रीष्टविरोधीहरूको कुरा सुन्न जिद् कस्छस्? तँ ख्रीष्टविरोधीहरूद्वारा भ्रमित र नियन्त्रित भइरहेको छस्। उदाहरणका लागि, मैले कसैलाई उचाइ, लम्बाइ, र स्थान तोकेर एउटा पर्खाल बनाउनू भनेँ। त्यसपछि, एक ख्रीष्टविरोधीले आएर भन्यो: “यस पर्खालको उचाइ ठिक छ, तर यसमा एउटा समस्या छ। यदि तिमीले यसलाई यसरी बनायौ भने, हावा चल्दा यो ढल्नेछ र?” यो सुनेपछि, त्यस व्यक्तिले भन्यो, “त्यो त राम्रो कुरा हो, के त्यो भत्किन सक्छ? परमेश्वरले भन्नुभएन, त्यसैले म त्यो अहिले नै बनाउँदिनँ।” पछि त्यो जाँच्न जाँदा मैले उसलाई सोधेँ, “तिमीले किन पर्खाल नबनाएको? धेरै दिन भइसक्यो, अझै पनि बनाएको रहेनछ—के तिमीले ढिलाइ गरिरहेका छैनौ र?” कसैले त्यो पर्खाललाई हावाले ढाल्नेछ भनी चिन्ता देखाएको थियो भनेर उसले जवाफ दियो। मैले उसलाई हावाको चिन्ता छ भने त्यसलाई थेग्न खम्बा प्रयोग गर्नू भनेँ, र उसले यो कुरा दिमागमा राख्यो। तर, ख्रीष्टविरोधी फेरि यसो भन्दै उसलाई बाधा दिन आइपुग्यो: “एउटा खम्बाले पुग्छ त? दुइटा लगाउनुपर्दैन?” त्यस व्यक्तिले परमेश्वरले त दुइटा नभएर एउटा मात्र खम्बा लगाउनू भन्नुभएको छ भनेर सोच्यो, र फेरि के गर्ने भनेर उसलाई थाहा भएन। ख्रीष्टविरोधीले ज्यादै भ्रममा पारेपछि र बाधा दिएपछि, मैले त्यसअघि भनेका सबै कुराहरू व्यर्थ भए, र उसले यो काम पूरा गर्न सकेन। के यो ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुनु बराबर होइन र? यस मामलामा उसले कसको कुरा सुन्नुपर्छ? (परमेश्वरको।) त्यसोभए उसले किन परमेश्वरका वचनहरू सुनेन? के उसले सुन्न नचाहेको हो? उसले चाहेको हो, तर ऊ ख्रीष्टविरोधीको झूटो शिक्षा र भ्रमद्वारा भ्रमित भयो। ऊ भ्रममा परेपछि, उसले ख्रीष्टविरोधीको आज्ञापालन गऱ्यो, जुन ख्रीष्टविरोधीद्वारा अपहरित हुनुसरह हो। यदि उसका व्यवहार र सोचहरू ख्रीष्टविरोधीको बन्धन र जन्जिरमा छन् भने, ऊ ख्रीष्टविरोधीको नियन्त्रणमा छ। अन्त्यमा, यस व्यक्तिले आफ्नो कर्तव्य पूरा गरेन, अनि ऊ परमेश्वरप्रति समर्पित भएन वा उसले उहाँका वचनहरू सुनेन। यो परिणाम कसले निम्त्याएको हो? यो उसको अज्ञानताले निम्त्याएको हो र यसलाई ख्रीष्टविरोधीको भ्रम, बाधा र नियन्त्रणबाट छुटाउन सकिँदैन। त्यसोभए, ख्रीष्टविरोधीले यसरी हस्तक्षेप गर्नुको अर्थ के हो? ऊ आफ्नो खुबी देखाउन चाहन्थ्यो, र उसले साँच्चै भनिरहेको कुरा यो थियो, “परमेश्वरले यहाँ यो पर्खाल बनाउनू भन्दा तिमीले किन आँखा चिम्लेर उहाँको कुरा सुनेको? तिम्रो सोचाइ किन यति सरल? यदि तिमीले यहाँ पर्खाल बनायौ भने, हावा चल्न थाल्नेबित्तिकै त्यो ढल्दैन र? परमेश्वरको कुरा सुन्नु मेरो कुरा सुन्नुजति सही होइन; तिमीले मेरो कुरा सुन्नुपर्छ। तिमीले मेरो कुरा सुन्यौ भने, म खुसी हुनेछु, तर परमेश्वरको कुरा सुन्यौ भने, त्यो मलाई पच्नेछैन र म खुसी हुनेछैन। तिमीले परमेश्वरको कुरा सुन्यौ भने त्यसो गर्नु ठिक हुनेछैन—मेरो हालत के होला?” उसले यो कुरा सिधै भनेन; उसले हस्तक्षेप गऱ्यो र जानाजानी अवरोध पुऱ्यायो। उसले हस्तक्षेप गरेपछि, काम पूरा हुन सकेन, र ऊ बुद्धिमान् देखियो, यसले उसलाई खुसी तुल्यायो। जब परमेश्वर कसैलाई पर्खाल बनाउन निर्देशन दिनुहुन्छ, तब उसले त्यो तुरुन्तै बनाउनुपर्छ, तर अहिलेको नतिजामा त पर्खाल बनाइएन। यो नतिजा कसले निम्त्याएको थियो? यो ख्रीष्टविरोधीले निम्त्याइएको थियो—यस व्यक्ति ख्रीष्टविरोधीद्वारा भ्रमित बाधित र नियन्त्रित भएको थियो। यो कुरा सर्पले आदम र हव्वालाई लोभ्याउनुजस्तै हो। परमेश्वरले आदम र हव्वालाई भन्नुभयो, “असल र खराबको ज्ञानको रुखबाट तैँले खानु हुँदैन; किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्।” के परमेश्वरका यी वचनहरू सत्यता हुन्? ती सत्यता हुन्, र तैँले तिनको महत्त्व बुझ्न आवश्यक छैन; तैँले केवल सुनेर समर्पित भए पुग्छ। परिस्थिति जे भए पनि, परमेश्वरको वचन बद्लिन सक्दैन, र यदि परमेश्वर तँलाई केही गराउन चाहनुहुन्छ भने, त्यो गर्। त्यसलाई विश्लेषण नगर्। तैँले त्यो नबुझे पनि परमेश्वरको वचन सही हुन्छ भनेर जान्नैपर्छ; तैँले हृदयमा यो परिभाषा बुझ्नैपर्छ। अर्को शब्दमा भन्नुपर्दा, तैँले सबैभन्दा पहिला यो सत्यता जान्नैपर्छ। परमेश्वरका वचनहरू तेरा धारणासँग मिले पनि नमिले पनि, तैँले ती बुझे पनि नबुझे पनि, र सायद तँ जतिसुकै अन्योल भए पनि, तैँले उहाँका वचनहरू पालना गर्नैपर्छ। यो तेरो जिम्मेवारी र कर्तव्य हो। तैँले यो कुरामा मन लगाइसकेपछि, फेरि पनि शैतानले आएर तँलाई फकायो भने तैँले के गर्नुपर्छ? तैँले परमेश्वरका वचनहरूमा अडिग रहेर उहाँको मार्ग पछ्याउनुपर्छ—शैतानले जे भने पनि, यो नै सर्वमहत्त्वपूर्ण सिद्धान्त हो। आदम र हव्वाले सर्पका कुरा सुन्नुको अन्तिम नतिजा के थियो? उनीहरू शैतानद्वारा भ्रमित र नियन्त्रित भएका थिए। मिथ्यापूर्ण, अस्पष्ट र दुष्ट शब्दहरूको एउटै वाक्यांशद्वारा शैतानले आदम र हव्वालाई बहकाउन र उनीहरूको व्यवहारलाई नियन्त्रण गर्न सक्यो। यो नतिजा परमेश्वरले हेर्न चाहनुभएको थिएन। सर्पले ती शब्दहरू भन्नुको उद्देश्य के थियो? त्यसले यी शब्दहरूमार्फत मानिसहरूका सोच गोलमाल पारिदिन, उनीहरूका व्यवहारलाई वशमा पार्न, अनि उनीहरूलाई परमेश्वरका वचनहरू नसुन्न र त्याग्न लगाउन चाहन्थ्यो। यो सोच मानिसहरूको दिमागमा गाडिएपछि, उनीहरूले देखाइएको मार्ग पछ्याए। शैतानको उद्देश्य के थियो? त्यसको उद्देश्य यसो भन्ने थियो, “परमेश्वरको कुरा नसुन। तिमीले मेरो कुरा सुन्नुपर्छ; तिमीले यो फल खानुपर्छ।” परमेश्वरले उनीहरूलाई त्यो नखानू भन्नुभयो, तर शैतानले खानू भन्यो। अन्त्यमा, के आदम र हव्वाले त्यो फल खाए त? (खाए।) यसरी शैतानले मानिसहरूलाई नियन्त्रण गर्न थाल्यो। जब तँ कुनै ख्रीष्टविरोधीका दुष्ट कुराहरू सुन्छस्, तब अलमलिएर तैँले दिशा गुमाउन सक्छस्, र तैँले परमेश्वरका वचनहरू पालन नगर्ने सम्भावना हुन्छ। के यसको अर्थ तेरा व्यवहार र सोचहरू यस ख्रीष्टविरोधीका वश र नियन्त्रणमा परेका छन् भन्ने होइन र? नियन्त्रणको अर्थ यही हो। के तिमीहरूले कहिल्यै यस्ता परिस्थितिहरू सामना गरेका छौ? कतिपय खराब नियतका मानिसले तैँले कुनै कठिनाइविना काम सम्पन्न गरेको र नतिजा हासिल गर्न लागेको, आफूलाई देखिने बनाउन लागेको देख्छन्, अनि यसमा आफ्नो खासै संलग्नता नरहेको महसुस गर्छन्। यदि तँ देखिइस् भने, तिनीहरू देखिनेछैनन्, त्यसैले तिनीहरू विश्वसनीय लाग्ने दृष्टिकोण वा प्रश्नहरू अगाडि सारेर तँलाई भ्रममा पार्ने, बाधा दिने र नियन्त्रण गर्ने गर्छन्। फलस्वरूप, तँ तिनीहरूका कुरा पनि अर्थपूर्ण छन् भन्ने सोचेर अन्योलमा पर्छस्। तँलाई अब के गर्ने भन्ने थाहा हुँदैन र तैँले आफ्नो कर्तव्यलाई अघि बढाउन सक्दैनस् र त्यसलाई रोक्छस्। के यो मूर्खता होइन र? सुरुमा, जब तँ भ्रममा परिसकेको थिइनस्, तँ निकै प्रस्ट थिइस् र के गर्ने भनेर तँलाई थाहा थियो, तर ख्रीष्टविरोधीले तँलाई बाधा दिनेबित्तिकै तँ अन्योलमा परिस् र तैँले कामकुरा सही तरिकाले सम्हाल्न जानिनस्। यसमा के समस्या छ? (भ्रममा पर्नु।) ख्रीष्टविरोधी वा शैतानको भ्रम र नियन्त्रणमा सजिलै पर्नेमानिसहरू अज्ञानी र अलमलिएकाव्यक्ति हुन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्नु र नियन्त्रण गर्नुका प्रकटीकरणहरूका सन्दर्भमा, के हाम्रो सङ्गति एकदमै सही भएको छ? तैँले बुझ्न सक्नुपर्छ, र आफूलाई परिस्थितिहरू आइपर्दा, तैँले तिनलाई विभिन्न सत्यतासित तुलना गरेर तेरा शब्द, कार्य र सारबारे चिन्तन गर्नुपर्छ। त्यो सँगसँगै, तैँले सत्यताबारे अझ प्रस्ट बुझाइ र फरक-फरक मानिसहरूका प्रकृति सारहरूको अझ सही बुझाइ प्राप्त गर्न आफू वरिपरिका मानिस, घटना र वस्तुहरूलाई बुझ्ने र खुट्ट्याउने प्रयास गर्नुपर्छ।

आजभोलि, तिमीहरू धेरैले भर्खरै विभिन्न सत्यताका विशेष स्थिति र प्रकटीकरणहरूको सम्पर्कमा आएका छौ। किन म तिमीहरू भर्खरै तिनको सम्पर्कमा आएका छौ भन्छु? किनभने तिमीहरूले भर्खरै केही वृत्तान्त बुझेका छौ, तर साँचो प्रवेशमा पुग्नअघि अझै लामो यात्रा तय गर्नु छ। बुझाइ भनेको प्रवेश बराबर होइन। तैँले बुझ्नुको अर्थ के मात्र हो भने, तेरो दिमागमा यी मामलाहरूका अवधारणा र परिभाषाबारे तेरो बुझाइ अपेक्षाकृत शुद्ध र सत्यतासित अझ मिल्दो छ, तर तँ अझै व्यक्तिगत प्रवेशबाट टाढा छस्। बुझाइ, पहिचान, र यी मामलाहरूलाई तेरो स्थिति अनि तेरो वरिपरिका मानिस, घटना र वस्तुहरूसित जोड्न सक्नुको अर्थ तैँले प्रवेश प्राप्त गरिस् भन्ने होइन। यी दुई अलग कुराहरू हुन्। कुनै व्यक्तिको मुक्ति प्राप्ति र स्वभाव परिवर्तन विभिन्न सत्यताहरू बुझ्नुबाट सुरु हुन्छ, अनि सत्यता वास्तविकतामा प्रवेश यी सत्यताहरू अभ्यास गर्नुबाट सुरु हुन्छ। यदि तिमीहरूसित विभिन्न सत्यताको बुझाइ र प्रवेशमा कुनै निश्चित जग भएको भए, मैले उदाहरणहरू सोध्दा, तिमीहरूले तुरुन्तै आफ्ना प्रकटीकरणहरू वा आफूले देखेका वा अनुभव गरेका केही कुराबारे सोच्न सक्थ्यौ। यसले मेरो सङ्गति निकै धेरै सजिलो बनाउनेथ्यो, र मैले यस्तो विस्तारमा बोल्नुपर्दैनथ्यो किनकि तिमीहरूले पहिल्यै अनुभवहरू बटुलिसकेका हुनेथ्यौ र तिमीहरू त्यो स्तरमा पुग्न सक्थ्यौ। तर, मैले अहिले सोध्दा, तिमीहरूले ठाउँको ठाउँ सोच्नुपर्छ, अनिअनि तिमीहरूले झट्टै आफ्नो स्मरण खोतलखातल पनि गर्नुपर्छ। जब म तिमीहरूलाई यी कुराहरू थाहा नभएको र तिमीहरूले ती अनुभव नगरेको देख्छु, तब मैले ती विस्तृत रूपमा व्याख्या गर्नुपर्छ, यी मामलाहरूका चुरो र मूल पक्षहरू अनि मूलभूत समस्याहरू प्रस्ट्याउनुपर्छ, अनि विभिन्न सत्यताका वृत्तान्तहरू आधारभूत तवरमा बुझाउनुपर्छ ताकि तैँले अभ्यास गर्दा तिमीहरूलाई अवधारणा वा परिभाषाका पक्षहरूमा दुविधा नहोस्, अनि यसो गर्दा तिमीहरूले दुई फरक कुरालाई मिसाउनेछैनौ वा यी कुराहरू ज्यादै जटिल छन् भन्ठान्नेछैनौ—तिमीहरूले फरक-फरक पक्षहरूलाई प्रस्ट रूपमा छुट्याउन सक्नेछौ। यसरी, मलाई यी कुराहरूबारे अर्कोपटक सङ्गति गर्दा सजिलो हुनेछ। अहिले, तिमीहरूमा अझै पनि कमी छ, त्यसैले मैले तिनलाई सधैँ विस्तारमा व्याख्या गर्नुपर्छ। तिमीहरू हाम्रा भेलाका सङ्गतिहरूको विषयवस्तुलाई कति मनन गर्न र पचाउन सक्छौ? यदि दस प्रतिशत मात्र हो भने, तिमीहरूसित मुश्किलले अलिकति कद छ भन्न सकिन्छ, र यदि तिस प्रतिशत हो भने, तिमीहरूले केही मात्र बुझेका छौ। यदि तिमीहरू पचास प्रतिशत पुग्यौ भने, तिमीहरूमा केही कद र प्रवेश छ, तर यदि तिमीहरू त्यहाँसम्म पुग्न सक्दैनौ भने, तिमीहरूमा कुनै प्रवेश छैन। तिमीहरूले बुझ्यौ नि, होइन? यदि मैले यसरी सङ्गति गर्दा पनि तिमीहरू बुझ्न सक्दैनौ भने, त्यसको मतलब तिमीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिमीहरूले कुनै हालतमा सत्यता बुझ्दैनौ। लौ त, आजको हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ। फेरि भेटौँला!

अप्रिल १७, २०१९

अघिल्लो: विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

अर्को: विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्