विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्

पूरक: सुसमाचार प्रचार गर्ने कार्यका थप सत्यताहरू

अघिल्‍ला केही भेलाहरूमा छलफल गरिएको विषयवस्तु आफ्नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नु भन्‍ने थियो, र हामीले मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्यहरू साथै व्यक्तिहरूलाई वर्गीकरण गर्‍यौँ। ती निश्‍चित वर्गहरू के-के हुन्? (पहिलो वर्ग भनेका सुसमाचार प्रचार गर्ने मानिसहरू हुन, दोस्रो वर्गमा मण्डलीका विभिन्‍न तलका अगुवा र सेवकहरू समावेश हुन्छन्, तेस्रो वर्गले विभिन्‍न किसिमका विशेष कर्तव्य पूरा गर्ने मानिसहरूलाई समेट्छ, चौथो वर्गमा साधारण कर्तव्य पूरा गर्ने मानिसहरू समावेश हुन्छन्, पाँचौँ वर्गमा खाली समयमा कर्तव्य पूरा गर्नेहरू समावेश हुन्छन्, र छैटौँ वर्गले कर्तव्य पूरा नगर्नेहरूलाई जनाउँछ।) समग्रमा, छ वटा वर्गहरू छन्। अघिल्लो पटक, हामीले पहिलो वर्गका बारेमा छलफल गर्‍यौँ, जुन सुसमाचार प्रचार गर्ने कर्तव्यसँग सम्बन्धित सिद्धान्त र सत्यताहरूसँग सम्बन्धित छ, सुसमाचार प्रचारका सबै पक्षहरूका विषयवस्तुहरूसँग सम्बन्धित छ, जसमा ध्यान दिनुपर्ने बुँदाहरू, सान्दर्भिक सिद्धान्त र सत्यताहरू, र मानिसहरू सावधान हुनुपर्ने क्षेत्रहरू, साथै यो कर्तव्य पूरा गर्ने प्रक्रियामा देखा पर्ने आम गल्ती र विकृतिहरू समावेश छन्। कुनै निश्‍चित विषयवस्तुमा प्रवचन सुनेपछि, के तिमीहरूले त्यसभित्रका मुख्य बुँदाहरूलाई सारांशित गर्न सक्छौ? यदि तिमीहरूले कुनै विषयको मुख्य विषयवस्तुलाई बुझ्न सक्छौ, सम्बन्धित सत्यताहरूलाई हृदयमा लिन सक्छौ, त्यसपछि क्रमिक रूपमा, आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनलाई आफ्नै वास्तविकता, आफ्नो जीवन, र आफ्नो अभ्यासको मार्गमा रूपान्तरण गर्न सक्छौ भने, तिमीहरूले साँच्‍चै नै मैले सङ्गति गरेका विषयवस्तुलाई पूर्ण रूपमा लिएका हुन्छौ। यदि, कुनै प्रवचनका बारेमा सङ्गति गरेपछि, तिमीहरूमा यसबारे एउटा साधारण विचार मात्रै हुन्छ वा तिमीहरूलाई निश्‍चित घटना र कथाहरू मात्रै याद हुन्छ तर अन्तर्निहित सत्यता र सिद्धान्तहरू के हुन सक्छन्, र यी कुराहरू किन छलफल गरिएका हुन् भन्‍ने कुरा थाहा हुँदैन भने, के त्यसलाई बुझाइ हुनु भन्ने मानिन्छ? के त्यो सत्यता बुझ्नु मानिन्छ? (मानिँदैन।) त्यसलाई सत्यता बुझ्नु मानिँदैन; अर्थात्, तिमीहरूले के-कस्ता सत्यताहरू व्यक्त गरिएका छन् भन्‍ने कुरा बुझेनौ, तिमीहरूले ती कुरा बुझेनौ, र ती कुरालाई स्वीकार गरेनौ। त्यसोभए के तिमीहरूले सारांश दिन सक्छौ? के कसैले मलाई हाम्रो अघिल्लो सङ्गतिका मुख्य बुँदाहरू बताउन सक्छ? (हामीले सात बुँदाहरूलाई सारांशित गर्‍यौँ: पहिलो, सुसमाचार प्रचार गर्ने व्यक्तिलाई कसरी परिभाषित गर्ने; दोस्रो, सुसमाचार प्रचार गर्ने कर्तव्यको सार; तेस्रो, यो कर्तव्यप्रति मानिसहरूको मनोवृत्ति साथै तिनीहरूको भित्री दृष्टिकोण; चौथो, सुसमाचार प्रचार गर्ने कार्यका सिद्धान्तहरू अनुरूप कसले काम गर्छ र कसले गर्दैन भन्‍ने जस्ता सुसमाचार प्रचार गर्ने कार्यका अभ्यासका निश्‍चित सिद्धान्तहरू; पाँचौँ, सुसमाचार प्रचार गर्ने कार्यका सिद्धान्तहरू अनुरूप रहेका मानिसहरूलाई कसरी व्यवहार गर्ने; छैटौँ, सुसमाचार प्रचार गर्ने व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा आफ्नो पद त्याग्दा र भाग्दा आउने परिणामहरू; सातौँ, सुसमाचार प्रचार गर्ने कार्यमा इतिहासभरि सन्तहरूले गरेको बलिदान, र हामीले हाम्रा कर्तव्यहरू पूरा गर्ने वर्तमान अवसरहरूलाई कसरी कदर गर्नुपर्छ र आफूलाई तुरुन्तै सत्यताले सुसज्जित कसरी गर्नुपर्छ भन्‍ने कुरा।) तिमीहरूको सारांशले हाम्रो अघिल्लो सङ्गतिका मुख्य पक्षहरूलाई आधारभूत रूपमा समेटेको छ—धेरै राम्रो। के कुनै कुरा छुट्यो? (थप एउटा कुरा पनि छ: मानिसहरूको दृष्टिकोण परिवर्तन गर्नु ताकि तिनीहरूले सुसमाचार प्रचार गर्ने कार्य सुसमाचार प्रचार गर्ने व्यक्तिको मात्र कर्तव्य होइन तर परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने सबै मानिसहरूले त्याग्‍न नसक्‍ने जिम्मेवारी हो भन्‍ने कुरा बुझून्। यो, परमेश्‍वरका चुनिएका मानिसहरूले बुझ्नैपर्ने एउटा सत्यता हो।) सुसमाचार प्रचार गर्नु हरेक व्यक्तिको जिम्मेवारी र दायित्व हो—यो पनि त्यसको एउटा पक्ष हो। के तिमीहरूलाई यो सत्यताका बारेमा सङ्गति गर्नुको उद्देश्य थाहा छ? यो मानिसहरूको बुझाइमा रहेका विचलनहरूलाई समाधान गर्नका लागि हो। कुन-कुन पक्षहरूमा विचलनहरू हुन्छन्, के तिमीहरूलाई थाहा छ? (थाहा छैन।) थाहा नहुनुले तिमीहरूले सत्यताको यो पक्षलाई बुझेका छैनौ भन्‍ने कुरालाई प्रमाणित गर्छ। त्यसोभए, मैले किन यो सत्यताका बारेमा सङ्गति गर्नुपर्यो? सकारात्मक पक्षमा, यो मानिसहरूले बुझ्नुपर्ने सत्यताको एउटा पक्ष हो। नकारात्मक पक्षमा, यो सबै मानिसहरूमा सुसमाचार प्रचार गर्ने बारेमा रहेको बुझाइमा भएका विचलनहरूलाई सम्बोधन गर्न हो।

सुसमाचार प्रचार गर्ने यस विषय सम्‍बन्धी धेरै मानिसहरूको बुझाइमा विचलन हुन्छ। कतिपय मानिसहरूले सोच्छन्, “मैले अहिले विशेष कर्तव्य पूरा गरिरहेको छु, त्यसकारण सुसमाचार प्रचार गर्नुसँग मेरो कुनै सरोकार छैन। यो मेरो चिन्ताको विषय होइन। त्यसकारण, सुसमाचार प्रचार गर्नका लागि बुझ्नुपर्ने सत्यता, सिद्धान्तहरू, र परमेश्‍वरका मापदण्डहरू मेरा लागि अप्रासङ्गिक छन्। मैले यी कुराहरू बुझ्नु पर्दैन।” त्यसकारण, जब सुसमाचार प्रचार गर्ने सत्यताको यो पक्षका बारेमा सङ्गति गरिन्छ, तब तिनीहरू लापरवाह हुन्छन्, तिनीहरूले सावधानीपूर्वक विचार नै गर्दैनन्, र तिनीहरूले ध्यान दिँदैनन्। तिनीहरूले सुने पनि, छलफल गरिएको कुरा तिनीहरूलाई थाहा हुँदैन। यसो भन्‍नेहरू पनि छन्, “परमेश्‍वरमा विश्‍वास गरेपछि, म सधैँ अगुवा रहिआएको छु। मसँग काम गर्ने क्षमता र सक्षमता छ। म अगुवा बन्‍न जन्मेको थिएँ। परमेश्‍वरले मलाई दिनुभएको कर्तव्य र मेरो जीवनको मिसन अगुवा बन्‍नु नै हो जस्तो देखिन्छ।” अप्रत्यक्ष रूपमा, तिनीहरूले सुसमाचार प्रचार गर्नुसँग तिनीहरूको कुनै सरोकार छैन भन्‍ने अर्थ लगाउँछन्। त्यसकारण, जब सुसमाचार प्रचार गर्नेबारे सत्यता सङ्गति गरिन्छ, तब तिनीहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। गएको भेलामा के-कस्ता कुराहरूमा सङ्गति गरिएको थियो भनेर सारांशित गर्न लगाउँदा, कतिपय मानिसहरूले लामो समयसम्म आफ्‍ना नोटहरू पल्टाउँछन् र पनि तिनीहरूलाई थाहा हुँदैन। यस्तो किन हुन्छ? के यो तिनीहरूको स्मरण शक्ति कमजोर भएकोले हो? (होइन।) के तिनीहरूको काम धेरै भएकोले, र तिनीहरूको मन भरिभराउ भएकोले हो? (होइन।) होइन। यसले के देखाउँछ भने सत्यताप्रतिको मानिसहरूको मनोवृत्ति यसप्रति वितृष्ण हुने र सत्यतालाई प्रेम नगर्ने मनोवृत्ति हो। त्यसकारण, सुसमाचार प्रचार गर्नु निश्‍चित प्रकारको व्यक्ति वा मानिसहरूको समूहको विशेष जिम्मेवारी होइन, तर परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिको जिम्मेवारी हो भनेर म सबैलाई चेताउनी दिन्छु र जानकारी गराउँछु। मानिसहरूले किन सुसमाचार प्रचारको सत्यता बुझ्नुपर्छ? मानिसहरूले किन यी सत्यताहरू जान्नुपर्छ? सृजित प्राणीका रूपमा, उमेर, लिङ्ग जे भए पनि, वा व्यक्ति जति नै जवान भए पनि वा वृद्ध भए पनि, सुसमाचार प्रचार गर्नु भनेको परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, हरेकले स्वीकार गर्नुपर्ने मिसन र जिम्मेवारी हो। यदि यो मिसन तँमा आइपर्छ र यसले तँबाट समर्पित गर्ने, मूल्य चुकाउने, वा आफ्नो जीवन समेत बलिदान दिने माग गर्छ भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई स्वीकार गर्न कर्तव्यनिष्ठ हुनुपर्छ। सत्यता यही हो, र तैँले बुझ्नुपर्ने कुरा यही हो। यो सरल धर्मसिद्धान्त होइन—यो सत्यता हो। मैले किन यो सत्यता हो भनेर भनेँ? किनभने समय जसरी सुकै परिवर्तन भए पनि, दशकहरू जसरी बितेर गए पनि, वा ठाउँ र स्थानहरू जसरी परिवर्तन भए पनि, सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने कार्य सधैँ सकारात्मक कुरा नै हुनेछ। यसको अर्थ र मूल्य कहिल्यै परिवर्तन हुनेछैन: यसलाई समय वा भौगोलिक स्थानमा आउने परिवर्तनले पटक्‍कै असर गर्नेछैन। सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु अनन्त कुरा हो, र सृजित प्राणीका रूपमा, तैँले यसलाई स्वीकार र अभ्यास गर्नुपर्छ। अनन्त सत्यता यही हो। कतिपय मानिसहरूले भन्छन्, “सुसमाचार प्रचार गर्नु मैले पूरा गर्ने कर्तव्य होइन।” तैपनि, सुसमाचार प्रचारसँग सम्बन्धित यो सत्यता मानिसहरूले बुझ्नुपर्ने कुरा हो, किनभने यो दर्शनहरूसँग सम्बन्धित सत्यता हो, र परमेश्‍वरमा विश्‍वास गर्ने सबैले यो बुझ्नुपर्छ; यो परमेश्‍वरमाथिको आस्थाको आधारभूत कुरा हो र जीवन प्रवेशका लागि फाइदाजनक कुरा हो। यसको साथै, तैँले मण्डलीमा जुनसुकै कर्तव्य पूरा गरे पनि, तँसँग गैर-विश्‍वासीहरूको सम्पर्कमा आउने अवसरहरू हुनेछन्, त्यसकारण तिनीहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी तेरो हुनेछ। तैँले एक पटक सुसमाचार प्रचार गर्ने सत्यता बुझेपछि, हृदयमा यो कुरा जान्नेछस्, “परमेश्‍वरको नयाँ कामको घोषणा गर्नु, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको सुसमाचार प्रचार गर्नु मेरो कर्तव्य हो। जहिले वा जहाँ भए पनि, र मेरो पद वा भूमिका जस्तोसुकै भए पनि, यदि मैले अभिनेताका रूपमा सेवा गरिरहेको छु भने, सुसमाचार प्रचार गर्ने मेरो दायित्व हो; र यदि म अहिले मण्डली अगुवा हुँ भने, मेरो दायित्व सुसमाचार प्रचार गर्ने पनि हो। मैले अहिले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, मेरो दायित्व राज्यको सुसमाचार घोषणा गर्नु हो। अवसर पाउँदा वा खाली समय हुँदा, मैले गएर सुसमाचार प्रचार गर्नुपर्छ। यो जिम्मेवारीबाट म पछि हट्न सक्दिनँ।” के अहिले धेरैजसो मानिसहरूले यस्तै सोच्छन्? (सोच्दैनन्।) त्यसोभए धेरैजसो मानिसहरूले के सोच्छन्? “मसँग अहिले एउटा निर्धारित कर्तव्य छ। म एउटा निश्‍चित पेसा, अर्थात् सिकाइको एउटा शाखामा अध्ययन गर्दैछु र डुब्दैछु, त्यसकारण सुसमाचार प्रचार गर्नुसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो मनोवृत्ति हो? यो आफ्नो जिम्मेवारी र मिसनबाट पछि हट्ने मनोवृत्ति, नकारात्मक मनोवृत्ति हो। यी मानिसहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्दैनन्, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्। तँ जोसुकै भए पनि, यदि तँसँग सुसमाचार प्रचार गर्ने कुनै बोझ छैन भने, के यो तँमा विवेक र समझको कमी छ भन्‍ने कुराको सङ्केत होइन र? यदि तैँले सक्रिय र रचनात्मक रूपमा सहकार्य गरिरहेको छैनस्, कामहरू लिइरहेको र समर्पित भइरहेको छैनस् भने, तैँले निष्क्रिय र नकारात्मक रूपमा झारा टारिरहेको छस्—यो मनोवृत्ति स्वीकार्य छैन। तैँले जुनसुकै कर्तव्य पूरा गरे पनि, त्यसले सिकाइको जुनसुकै पेसा वा शाखा समेटे पनि, तैँले हासिल गर्नुपर्ने मुख्य परिणामहरूमध्ये एउटा भनेको मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको गवाही दिने र सुसमाचार प्रचार गर्ने तेरो क्षमता नै हुनुपर्छ। सृजित प्राणीले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तैँले यो न्यूनतम मापदण्ड समेत पूरा गर्न सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गरेको यी वर्षहरूमा तैँले आफ्नो कर्तव्य पूरा गरेर के प्राप्त गरेको छस्? तैँले के प्राप्त गरेको छस्? के तैँले परमेश्‍वरका अभिप्रायहरू बुझेको छस्? तैँले आफ्नो कर्तव्य पूरा गरेको धेरै वर्ष भएको भए पनि र तँ आफ्नो पेसामा पोख्त बनेको भए पनि, यदि परमेश्‍वरको गवाही दिन लगाइयो भने तैँले केही पनि भन्‍न वा सत्यताको कुनै पक्षबारे सङ्गति गर्न सक्दैनस् भने, समस्या के हो? समस्या के हो भने तैँले सत्यता बुझेको छैनस्। कतिपय मानिसहरूलाई आफूले सत्यता बुझेको छैनँ भनेर भन्दा यो अनुचित हुन्छ भन्‍ने लाग्‍न सक्छ। तिनीहरूले आफू कर्तव्य पूरा गर्नमा प्रभावकारी रहेको सोच्न सक्छन्, तर तिनीहरूले परमेश्‍वरको कामका दर्शनहरू र मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्रायलाई बुझ्दैनन्। के यो सत्यतालाई बुझ्नु सरह हो? कम्तीमा पनि, तैँले परमेश्‍वरमाथिको तेरो विश्‍वासका लागि साँचो मार्गमा जग बसालेको छैनस्। तैँले परमेश्‍वरको काम र मानवजातिका लागि उहाँको मुक्तिको सुसमाचार घोषणा गर्ने कार्यका लागि कुनै बोझ लिँदैनस्, र तँमा कुनै अन्तर्ज्ञान, समझ, वा बुझाइ छैन। के तँलाई साँच्‍चै नै परमेश्‍वरलाई पछ्याउने व्यक्ति मान्न सकिन्छ र? के तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गरेको छस्? यदि तैँले यीमध्ये कुनै कुरा हासिल गरेको छैनस् भने, तँसँग सत्यता वास्तविकता छैन।

अब, हामी यसभन्दा पहिले हामीले छलफल गरेको विषयमा फर्किऔँ। सुसमाचार प्रचार गर्नु परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जिम्मेवारी र दायित्व हो। सत्यताको यो पक्षका बारेमा छलफल गरिसकेपछि, सबैले बुझ्नुपर्ने एउटा बुँदा के हो? व्यक्तिले मूल्य चुकाए पनि, परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न आफ्नो परिवार र कामलाई त्यागे पनि, वा आफ्नो जीवन समेत समर्पित गरे पनि, वास्तवमा यी सबै सतही कुराहरू हुन्। परमेश्‍वरले अन्तत: मानिसहरूबाट के माग गर्नुहुन्छ? तेरो कद बढ्दै जाँदा र तेरो जीवन परिपक्‍व हुँदै जाँदा, समय बित्दै जाँदा, तैँले परमेश्‍वरको काम र मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्रायका बारेमा विभिन्‍न सत्यताहरू बिस्तारै बुझ्न थाल्छस्। सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने कार्यको तेरो बोझ झन्-झन् स्पष्ट हुँदै जान्छ, र यो कर्तव्य पूरा गर्ने तेरो सङ्कल्प अझै दह्रिलो हुँदै जान्छ। यदि मण्डली अगुवाले धेरै वर्षदेखि काम गरिरहेको छ, तर मण्डलीको नेतृत्व गर्दा उसले बिताएका वर्षहरू बित्दै जाँदा, उसले भावना कम महसुस गर्छ, कम उत्प्रेरित हुन्छ, र सुसमाचार प्रचार गर्ने कार्यको बोझ कम लिन्छ भने, उसले आफ्नो कर्तव्य कति राम्ररी पूरा गर्छ? (राम्ररी पूरा गर्दैन।) किन नि? पैदा हुने समस्या के हो? यदि तिनीहरूमा यस्तो स्थितिको विकास हुन्छ वा तिनीहरू यस्तो स्थितिमा जिउँछन् भने, कम्तीमा पनि एउटा कुरा निश्‍चित हुन्छ: यो व्यक्तिले यी वर्षहरूमा सत्यता खोजी गरेको हुँदैन र कुनै वास्तविक काम गरेको हुँदैन। तिनीहरू ठूलो रातो अजिङ्गरका अड्डावाल कर्मचारीहरू जस्तै हुन्। परिणाम स्वरूप, परमेश्‍वरको नाम घोषणा गर्ने र उहाँको कामको गवाही दिने कार्यका लागि तिनीहरूमा कुनै बोझ र अन्तर्ज्ञान हुँदैन। के परिणाम यही होइन र? (हो।) यो अपरिहार्य परिणाम हो। यो व्यक्तिले जति वर्ष काम गरेको भए पनि, उसले आफ्नो कद ठूलो छ, परमेश्‍वरको बोझलाई ख्याल गर्न सक्छु, र परमेश्‍वरका अभिप्रायहरू अनुसार सेवा गर्न सक्छु भन्‍ने सोचे पनि, सुसमाचार प्रचार गर्ने कार्यको कुरा आउँदा, ऊ पछि हट्छ, र यो काम कसरी गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। जब उसले परमेश्‍वरको देखापराइको तृष्णा गर्ने र साँचो मार्गको खोजी र अनुसन्धान गर्न आउने मानिसहरूलाई भेट्छ, तब ऊ चुपचाप बस्छ। उसले एक शब्द पनि बोल्न सक्दैनन्, र कहाँबाट सुरु गर्ने भन्ने उसलाई थाहा हुँदैन। समस्या के हो? उसले सत्यता बुझेका हुँदैन र सत्यता प्राप्त गरेको हुँदैन, त्यसकारण उसले परमेश्‍वरको गवाही दिन सक्दैन। सत्यता बुझेकाहरूले मात्रै परमेश्‍वरको गवाही दिन सक्छन्। सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने कार्य तेरो कर्तव्यको दायराभित्र पर्छ। यदि तैँले सत्यता बुझेको छस्, यदि तैँले सत्यता प्राप्त गरेको छस् भने, साँचो मार्गको अनुसन्धान गर्ने मानिसहरूलाई भेट्दा किन तैँले केही भन्‍नेथिइनस् र? के यो समस्या होइन र? के तिमीहरू प्रायजसो यस्ता परिस्थितिहरूमा पर्छौ? (पर्छौँ।) समस्या के हो? तिमीहरूसँग बोझ छैन। के बोझ नहुनु समस्या हो? के तिमीहरूले बोझबिना आफ्नो कर्तव्य पूरा गर्न सक्छौ? तिमीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, के तिमीहरूले त्यो बफादारिताको साथ गर्न सक्छस्? के तिमीहरूले त्यो पर्याप्त रूपमा गर्न सक्छस्? बोझ नलिनु घातक समस्या नहुन सक्छ, तर यो अझै पनि गम्भीर समस्या हो, किनभने यसले तिमीहरूले आफ्‍नो कर्तव्य कति राम्ररी पूरा गर्छौ भन्‍ने कुरालाई असर गर्छ। के यो समस्यालाई समाधान गरिनु पर्दैन र? (हो, पर्छ।) त्यसोभए, यसलाई कसरी समाधान गर्छौ? तिमीहरूले सुसमाचार प्रचार गर्ने बारेमा रहेका आफ्ना त्रुटिपूर्ण दृष्टिकोणहरूलाई उल्ट्याउनुपर्छ र त्यसको सत्यतालाई बुझ्नुपर्छ। तिमीहरू अहिले संलग्‍न रहेका सबै कामहरू सुसमाचार प्रचार गर्ने कार्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् र सुसमाचार प्रचार गर्ने कार्यको दायराभित्र पर्छन्। यसको उद्देश्य परमेश्‍वरको गवाही दिनु, सुसमाचारको कामको विस्तार गर्नु, परमेश्‍वरको नामको गवाही दिनु, र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको यो सुसमाचार घोषणा गर्नु हो, ताकि धेरै मानिसहरू यसबारे सचेत होऊन्, र धेरै मानिसहरू परमेश्‍वरको अघि आएर परमेश्‍वरको विजयलाई स्वीकार गरून्, परमेश्‍वरको मुक्ति प्राप्त गरून्, र अन्तिममा, यदि तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सिद्धता प्राप्त गर्ने सौभाग्य पाए भने—त्यो अझै राम्रो कुरा हो। अझै धेरै मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउनु भनेको के हो, र यसले हासिल गर्नुपर्ने अन्तिम परिणाम के हो? (अधिक मानिसहरूलाई परमेश्‍वरको मुक्ति प्राप्त गर्ने तुल्याउनु।) यो उद्देश्य किन हासिल गरिनुपर्छ? किनभने यो परमेश्‍वरको अभिप्राय हो। त्यसकारण हामी अथक रूपमा यी सत्यताहरूलाई व्याख्या गर्छौँ। यदि परमेश्‍वरको अभिप्रायसँग यसको कुनै सम्बन्ध थिएन भने, यी कुराहरूका बारेमा कुरा गर्नु व्यर्थ र खोक्रो हुनेथियो। यो परमेश्‍वरको अभिप्राय भएकोले, हामी यसलाई स्पष्ट पार्छौँ र सबैलाई यो कुरा बुझ्न सहयोग गर्छौँ, ताकि तिनीहरूले यो सत्यता हो र हरेकले सुसमाचार प्रचार गर्ने यो सत्यतामा मेहनत लगाउनुपर्छ भन्‍ने कुरा जानून्, ताकि हरेक व्यक्तिमा यस्तो अन्तर्ज्ञान होस् र यस्तो बोझको विकास होस्।

अर्को प्रश्न के हो भने, हामीले किन अझै धेरै मानिसहरूलाई परमेश्‍वरको अभिप्राय बुझ्ने तुल्याउनुपर्छ ताकि तिनीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य पूरा गर्न सकून्? किन यसो गरिनुपर्छ? कतिपयले यसो भन्‍न सक्छन्, “परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्ने चाहनुहुन्छ र कोही पनि विनाश भोग्न परोस् भन्‍ने चाहनुहुन्न, त्यसकारण हामीले अझै धेरै मानिसहरूलाई परमेश्‍वरको काम स्वीकार गर्ने तुल्याउनुपर्छ।” यो अभिव्यक्ति सही छ, तर यो प्रश्नको आधारभूत उत्तर होइन। त्यसोभए, यो प्रश्नको आधारभूत उत्तर के हो? के तिमीहरूलाई थाहा छ? (परमेश्‍वरले उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको समूह प्राप्त गर्न चाहनुहुन्छ।) परमेश्‍वरले उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको समूह प्राप्त गर्न चाहनुहुन्छ, र यो सुसमाचारको विस्तारद्वारा हासिल गरिनुपर्छ। अहिले हामीले सुसमाचार व्यापक रूपमा फैलाउने कार्यका बारेमा कुरा गरिरहेका छौँ। के सुसमाचार व्यापक रूपमा प्रचार गर्नु र मानिसहरूको समूहलाई प्राप्त गर्नुको बीचमा भिन्‍नता छ? (छ।) त्यसोभए, सुसमाचार व्यापक रूपमा प्रचार गर्नुको उद्देश्य के हो? (सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु।) सम्भव भएसम्म धेरैभन्दा धेरै मानिसहरूलाई मुक्ति दिनु परमेश्‍वरको मुक्तिको सिद्धान्त हो तर यो प्रश्नको उत्तर होइन। यो काम सुरु भएको बेलादेखि नै, यस पटक, परमेश्‍वर कसरी एउटा युगको उद्घाटन गर्न, नयाँ युग ल्याउन र पुरानो युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ—राज्यको युग ल्याउन र अनुग्रहको युगलाई अन्त्य गर्नका लागि काम गर्न आउनुभएको छ भन्‍ने बारेमा मैले बारम्बार कुरा गरेको छु। परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्ने सबै यो तथ्यको गवाही रहेका छन्। परमेश्‍वरले नयाँ काम गरिरहनुभएको छ, मानवजातिलाई न्याय गर्न, शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। राज्यको सुसमाचार धेरै देशमा फैलिन थालेको छ। यो मानवजाति व्यवस्थाको युग र अनुग्रहको युगबाट पहिले नै बाहिर आइसकेको छ। तिनीहरूले बाइबल पढ्न छोडेका छन्, तिनीहरू क्रूसको अधीनमा बस्‍न छोडेका छन्, र तिनीहरूले मुक्तिदाता येशूको नाम पुकार्न छोडेका छन्। बरु, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको नाममा प्रार्थना गर्छन्, यसको साथै परमेश्‍वरका वर्तमान वचनहरूलाई आफ्नो जीवनमा सिद्धान्त, विधि, र बाँच्ने उद्देश्यहरूका रूपमा स्वीकार गर्छन्। यस अर्थमा, के यी मानिसहरू नयाँ युगमा प्रवेश गरिसकेका छैनन् र? (छन्।) तिनीहरू नयाँ युगमा प्रवेश गरेका छन्। त्यसोभए, आखिरी दिनहरूको सुसमाचार र परमेश्‍वरका नयाँ वचनहरू स्वीकार नगर्ने अझै धेरै मानिसहरू कुन युगमा जिइरहेका छन्? तिनीहरू अझै पनि अनुग्रहको युगमा जिइरहेका छन्। अब, तिमीहरूको जिम्मेवारी के हो? तिनीहरूलाई अनुग्रहको युगबाट बाहिर अनि नयाँ युगभित्र ल्याउनु हो। के तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गरेर र उहाँको नाम पुकारेर मात्रै परमेश्‍वरको आज्ञा पूरा गर्न सक्छौ? के परमेश्‍वरका केही वचनहरू प्रचार गर्नु मात्रै पर्याप्त हुन्छ? अवश्य नै हुँदैन। यसका लागि तिमीहरूले सबै सुसमाचार प्रचार गर्ने यो आज्ञा लिने, परमेश्‍वरका वचनहरू व्यापक रूपमा फैलाउने, विभिन्‍न तरिकाले परमेश्‍वरका वचनहरू फैलाउने, र राज्यको सुसमाचार प्रचार र विस्तार गर्ने बोझ लिनुपर्छ। विस्तार गर्नु भनेको के हो? यसको अर्थ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरेकाहरूमा मानिसहरूमा परमेश्‍वरका वचनहरू पुऱ्याउनु, परमेश्‍वरले नयाँ काम गरिरहनुभएको छ भनेर अझै धेरै मानिसहरूलाई थाहा दिनु, त्यसपछि तिनीहरूलाई परमेश्‍वरका वचनहरूको गवाही दिनु, परमेश्‍वरको कामको गवाही दिनका लागि आफ्ना अनुभवहरू प्रयोग गर्नु, र तिनीहरूलाई नयाँ युगमा पनि ल्याउनु हो—त्यसरी तिनीहरू पनि तिमीहरू जस्तै नयाँ युगमा प्रवेश गर्नेछन्। परमेश्‍वरको अभिप्राय स्पष्ट छ। उहाँका वचनहरू सुनेका, तिनलाई स्वीकार गरेका, र उहाँलाई पछ्याएका तिमीहरूले मात्रै नयाँ युगमा प्रवेश गर्न पाउनुपर्छ भन्‍ने होइन, तर उहाँले सारा मानवजातिलाई यो नयाँ युगमा पुऱ्याउनुहुनेछ। यो परमेश्‍वरको अभिप्राय हो, र अहिले परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले बुझ्नुपर्ने एउटा सत्यता यही हो। परमेश्‍वरले मानिसहरूको एउटा समूह, सानो गुट, वा सानो जातीय समूहलाई नयाँ युगमा डोऱ्याइ रहनुभएको छैन; बरु, उहाँले सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुहुन्छ। यो उद्देश्य कसरी हासिल गर्न सकिन्छ? (सुसमाचार व्यापक रूपमा फैलाएर।) वास्तवमा, सुसमाचार व्यापक रूपमा प्रचार गरेर, व्यापक रूपमा सुसमाचार फैलाउन विभिन्‍न विधि र माध्यमहरू प्रयोग गरेर नै यसलाई हासिल गर्नुपर्छ। सुसमाचार व्यापक रूपमा प्रचार गर्ने बारेमा कुरा गर्नु सजिलो छ, तर यसलाई निश्‍चित रूपमा कसरी पूरा गर्ने? (यसका लागि मानव सहकार्य चाहिन्छ।) वास्तवमै हो, यसका लागि मानव सहकार्य चाहिन्छ। यदि मानिसहरू सधैँ आफ्नो हृदयमा केही पुराना कुराहरूमा अडिग रहन्छन्, सधैँ निश्‍चित विकृत तत्वहरू पालेर राख्छन्, पुराना नीति र अभ्यासहरूमा लागिरहन्छन्, तर सुसमाचारको कामलाई गम्भीरतापूर्वक लिँदैनन्, र परमेश्‍वरको आज्ञालाई स्वीकार गर्दैनन्, सुसमाचारको कामलाई आफूसँग असम्बन्धित मान्छन् भने, के त्यस्ता मानिसहरूलाई परमेश्‍वरले बढुवा दिन र प्रयोग गर्न सक्नुहुन्छ? के तिनीहरूसँग परमेश्‍वरको अघि जिउने योग्यताहरू हुन सक्छन्? के तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्? बिलकुलै सक्दैनन्। त्यसकारण, मैले तिमीहरूले नबुझेका तत्वहरूलाई ध्यान दिएर, तिमीहरूले ती नबुझेसम्म सान्दर्भिक सत्यताहरूलाई अथक रूपमा व्याख्या गरेर तिमीहरूका विचारहरूमा काम गर्नुपर्छ। तिमीहरू जति नै स्तब्ध र मन्दबुद्धिका भए पनि, मैले तिमीहरूसँग कुरा गरिरहनैपर्छ र यो परमेश्‍वरको अभिप्राय हो, तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य यही हो, र यो जीवनकालमा यो तिमीहरूको मिसन र दायित्व हो भन्‍ने कुरा तिमीहरूलाई बुझाउनुपर्छ। यदि तैँले मैले भनेको कुरालाई ध्यान दिँदैनस् वा बुझ्दैनस् भने, म बोलिरहनुपर्छ। तँलाई यससँग दिक्क लागे पनि, तैँले सत्यता नबुझ्नेसम्म मैले बोल्ने कामलाई जारी राख्‍नुपर्छ। सत्यता के हो? सत्यता परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा हो; यो परमेश्‍वरका अभिप्रायहरू, मानवजातिप्रतिको परमेश्‍वरका मापदण्डहरू, र नयाँ युगका मानिसहरूसँग हुनुपर्ने सत्यता वास्तविकता हो। मानिसहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कसरी लिनुपर्छ? तिनीहरूले खुला र पूर्ण रूपमा यी कुराहरूलाई स्वीकार गर्नुपर्छ, त्यसपछि आफूलाई समर्पित गर्नुपर्छ र सहकार्य गर्नुपर्छ, यसरी परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्नुपर्छ। यो व्यक्तिको दायित्व हो। मैले यसरी भनेपछि के तिमीहरूले बुझ्यौ? कतिपयले यसो भन्‍न सक्छन्, “ए हजुर, परमेश्‍वरले मानिसहरूलाई उहाँको आज्ञा स्वीकार गर्न माग गर्नुहुन्छ, तर हामी महत्त्वहीन व्यक्तिहरूसँग यसको के सम्बन्ध छ र?” के तिमीहरूलाई यो कुरासँग तिनीहरूको कुनै सम्बन्ध छ भन्‍ने लाग्छ? (हो, लाग्छ।) तिनीहरूसँग यसको के सम्बन्ध हुन्छ? म व्याख्या गर्छु। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरू उहाँका सृजित प्राणीहरू हुन्। “सृष्टि गर्ने” र “सृजित” बीचको सम्बन्ध के हो? यो कार्य गर्ने र कार्य गरिने बीचको, सृष्टि गर्ने र सृजित बीचको सम्बन्ध हो। सृष्टिकर्ताका अभिप्रायहरू तँलाई थाहा दिइएको हुनाले, तैँले कस्तो मनोवृत्तिले प्रतिक्रिया दिनुपर्छ? (तिनलाई स्वीकार गरेर आफ्नो सारा शक्तिले सहकार्य गर्नुपर्छ।) ठीक भन्यौ, तँ तिनमा समर्पित हुनुपर्छ र तैँले तिनलाई स्वीकार गर्नुपर्छ, र मूल्य जतिसुकै भए पनि आफ्नो सारा शक्तिले सहकार्य गर्नुपर्छ। के यो सहकार्यमा सत्यता खोजी गर्ने कार्य समावेश हुन्छ? के यसमा सत्यता बुझ्‍ने कार्य समावेश हुन्छ? यसमा दुवै समावेश हुन्छ। तैँले परमेश्‍वरका मापदण्डहरू र आज्ञाहरू बुझेको हुनाले, यी कुराहरू तेरो मिसनसँग सम्बन्धित छन्, ती तेरा कर्तव्य हुन्—तँलाई यो थाहा भएको हुनाले, तैँले यसलाई स्वीकार गर्नुपर्छ। विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने कुरा यही हो। यदि तँलाई परमेश्‍वरका मापदण्डहरू र आज्ञाहरू थाहा छ तर तैँले तिनलाई स्वीकार गर्न सक्दैनस् भने, तँमा विवेक र समझ दुवै हुँदैन, र तँ मानव भनिन लायक छैनस्। कतिपय मानिसहरूले अझै पनि बुझ्‍न सक्दैनन् होला, र यसो सोच्छन्, “परमेश्‍वरका अभिप्रायहरूसँग हाम्रो के सम्बन्ध छ?” यदि तँसँग परमेश्‍वरका अभिप्रायहरूको कुनै सम्बन्ध छैन भने, तँ परमेश्‍वरलाई पछ्याउने व्यक्ति वा परमेश्‍वरको घरको सदस्य होइनस्। उदाहरणका लागि, तेरा आमाबुबाले तँलाई जन्माएर धेरै वर्षदेखि हुर्काएका छन्; तैँले तिनीहरूको खाना खाएको छस्, तँ तिनीहरूको घरमा बसेको छस्, र तैँले तिनीहरूको पैसा खर्च गरेको छस्। तर जब घरमा समस्या हुन्छ, र तैँले तँसँग यसको कुनै सम्बन्ध छैन भनेर भन्छस्, तँ यसलाई बेवास्ता गर्छस् र केवल भाग्छस् भने, यो कस्तो दुष्टता हो? तँलाई बाहिरको व्यक्ति भनिँदा पनि राम्रो सुनिन्छ; वास्तवमा, तँ विद्रोही दुष्ट होस्, मानव वस्त्र धारण गर्ने जङ्गली होस्, पशुभन्दा पनि नीच होस्। परमेश्‍वरको अभिप्राय तँलाई स्पष्ट पारिएको छ, र परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूले कामको यो चरणलाई स्वीकार गरेका छौ, र मैले तिमीहरूलाई यी वचनहरू सुरुमा नै दिइसकेँ, ताकि सुरुमा तिमीहरूले ती वचनहरू सुन्न सक, र तिमीहरूले ती वचनहरू सुनेका छौ, बुझेका छौ, र जानेका छौ। अब, म तिमीहरूलाई तिमीहरूप्रतिको मेरो अभिप्राय र मापदण्ड पनि बताउनेछु। सम्पूर्ण मानवजातिलाई मेरो आवाज सुनाउनका लागि तिमीहरूले मेरो काम, मेरा वचनहरू, र मैले हासिल गर्न लागेका कुराहरूको घोषणा गर्नुपर्छ; तिमीहरूले सारा मानवजातिलाई परमेश्‍वरको काम तुरुन्तै स्वीकार गर्न र राज्यको युगमा प्रवेश गर्न लगाउनका लागि मेरो राज्यको सुसमाचार विस्तार गर्नुपर्छ। यो परमेश्‍वरको अभिप्राय र मापदण्ड हो।” यो सुनेपछि तैँले कसरी मनन गर्नुपर्छ? तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? तैँले कसरी छनौट गर्नुपर्छ? सृजित प्राणीले पूरा गर्नुपर्ने कर्तव्यलाई तैँले कसरी पूरा गर्नुपर्छ? कतिपय मानिसहरूलाई यो बोझ भारी छ भन्‍ने महसुस हुन सक्छ, तर त्यस्तो महसुस हुनु मात्रै आफैमा पर्याप्त हुँदैन; तँमा व्यवहार र साँचो बुझाइ हुनुपर्छ। तैँले परमेश्‍वरलाई यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, तपाईंले मलाई सुसमाचार प्रचार गर्ने जिम्मेवारी सुम्पनुभएको छ—यो त तपाईंले मलाई गर्नुभएको उत्थान हो। मैले अत्यन्तै थोरै सत्यता बुझेको भए पनि, म यो आज्ञा पूरा गर्नका लागि सक्दो गर्न तयार छु। मैले धेरै प्रवचन सुनेको छु र केही सत्यताहरू बुझेको छु—यो सबै तपाईंको आशिष् हो, र अहिले मैले यो आज्ञा पूरा गर्नका लागि परमेश्‍वरका वचनहरू र कामको गवाही दिने जिम्मेवारी पाएको छु।” ठीक भन्यौ; जब मानिसहरूमा परमेश्‍वरप्रति समर्पित हृदय हुन्छ, तब उहाँले तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई पहिले नै स्पष्ट रूपमा बताइसक्नुभएको छ र परमेश्‍वरको सुसमाचार प्रचार गर्ने कार्य कुनै पनि व्यक्ति पछि हट्न नसक्ने दायित्व र जिम्मेवारी हो भनेर भन्‍नुभएको छ। यो जीवनभरिको कर्तव्य हो, हरेक सृजित प्राणीको कर्तव्य हो। के यी वचनहरूमा परमेश्‍वरबाट आएको आज्ञा समावेश छ? के तिनमा उहाँको अर्ती समावेश छ? (हो, छ।) के तिनमा परमेश्‍वरको अभिप्राय समावेश छ? (छ।) के तिनमा मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू समावेश छन्? (छन्।) के तिनमा अभ्यासका सिद्धान्त र मार्गहरू छन् जसलाई पछ्याउन सकिन्छ? (छन्।) मैले जम्‍मा कति वटा बुँदाहरू उल्लेख गरेँ? (चारवटा बुँदाहरू: पहिलो परमेश्‍वरको आज्ञा र अर्ती हो। दोस्रो परमेश्‍वरको अभिप्राय हो। तेस्रो हामीले बुझ्नुपर्ने सत्यताहरू हुन्। चौथो भनेको व्यक्तिले पछ्याउनुपर्ने सिद्धान्त र अभ्यासका मार्गहरू हुन्।) ठीक भन्यौ; मैले जम्‍मा यी चार बुँदाहरू उल्लेख गरेको छु। यसपछि, हामी हरेकको निश्‍चित विषयवस्तुका बारेमा सङ्गति गरौँ।

पहिलो बुँदा परमेश्‍वरको आज्ञा हो। परमेश्‍वरको आज्ञा भनेको के हो? (राज्यको सुसमाचार प्रचार गर्नु।) यो राज्यको सुसमाचार व्यापक रूपमा फैलाउनु हो। दोस्रो बुँदा परमेश्‍वरको अभिप्राय हो। परमेश्‍वरको अभिप्राय के हो? यो परमेश्‍वर आइसक्नुभएको छ, उहाँले नयाँ काम गरिरहनुभएको छ, परमेश्‍वरले युग परिवर्तन गर्ने, पुरानो युगलाई अन्त्य गर्ने, र मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुभएको छ भन्‍ने कुरा अझै धेरै मानिसहरूलाई थाहा दिनु हो। यो परमेश्‍वरको अभिप्राय हो, होइन र? के परमेश्‍वरको अभिप्राय भनेको सुसमाचार फैलाउनु नै हो भनेर भन्‍न सकिन्छ? यो त्यति सरल छैन। सुसमाचार प्रचार गर्नुको अन्तिम उद्देश्य र परिणाम हुन्छ—त्यो के हुनुपर्छ? (परमेश्‍वर आइसक्नुभएको छ, उहाँले नयाँ काम गरिरहनुभएको छ, र उहाँले पुरानो युगलाई अन्त्य गर्ने, र सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुभएको छ भन्‍ने कुरा अझै धेरै मानिसहरूलाई थाहा दिनु।) ठीक भन्यौ, सारा मानवजातिलाई नयाँ युगमा डोऱ्याउनु। यसले मानवजातिमा कस्तो असर पार्छ? मानवजाति नयाँ युगमा प्रवेश गर्छ; यो युग रूपान्तरण हुन्छ। त्यसोभए, परमेश्‍वरको अभिप्राय के हो? फेरि भन। (परमेश्‍वरले युग परिवर्तन गर्ने, पुरानो युगलाई अन्त्य गर्ने र मानवजातिलाई नयाँ युगमा डोऱ्याउने अभिप्राय राख्‍नुभएको छ।) तैँले केही पनि छुटाउनु हुँदैन—के तैँले यो सबै कुरा टिपोट गरिस्? (गरेँ।) तेस्रो बुँदा भनेको मानिसहरूले बुझ्नुपर्ने सत्यता हो। यो सत्यता के हुनुपर्छ? (सुसमाचार प्रचार गर्नु हरेक सृजित प्राणीको कर्तव्य र जिम्मेवारी हो।) सत्यता त्यही हो। यस सत्यताभित्र, मानिसहरूले गर्नुपर्ने कुरा भनेको सुसमाचार प्रचार गर्ने कर्तव्यलाई स्वीकार गर्नु हो त्यसपछि यस अभिव्यक्तिभित्र अभ्यासका सिद्धान्त र मार्गहरू खोज्नु हो। यो अभिव्यक्ति मानिसहरूका लागि सत्यता हो। त्यो अभिव्यक्ति के हो? (सुसमाचार प्रचार गर्नु हरेक सृजित प्राणीको कर्तव्य र जिम्मेवारी हो।) यो कर्तव्य र मिसन हुनुपर्छ। तैँले कर्तव्य र मिसनलाई कसरी बुझेको छस्? कर्तव्य भनेको व्यक्तिले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र उसले पूरा गर्नुपर्ने जिम्मेवारी उसको कर्तव्य पनि हो। तर मिसन फरक छ; मिसन जिम्‍मेवारीभन्दा महान्, उपयुक्त, गहन अर्थ भएको र ठूलो बोझ सहितको हुन्छ। के तैँले यो कुरा टिपोट गरिस्? (गरेँ।) अहिले, मैले एउटा कुरा याद गरेँ; हामीले छलफल गरिरहेका यी सबै विषयवस्तुहरू लिखित रूपमा राखिनुपर्छ त्यसपछि मात्रै तिमीहरूले तिनका बारेमा बुझ्‍नेछौ। यदि तिमीहरूले ती टिपोट गरेनौ भने, यसरी सुनेर मात्र, यसले छाप समेत पार्दैन। यसले के कुराको सङ्केत गर्छ? यसले के देखाउँछ भने मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरूले अलिकति धर्मसिद्धान्त मात्रै बुझ्छन् र निश्‍चित सत्यताहरूको परिभाषा, अवधारणा, र रूपरेखालाई जान्दछन्। यी सत्यताहरूका निश्‍चित विवरणहरूका कुरा आउँदा, ती कसरी अभ्यास गर्ने र लागू गर्ने भन्‍ने कुरा आउँदा, तिनीहरू बेखबर हुन्छन्, होइन र? तिमीहरूमध्ये धेरैजसोका लागि, दुई-तीन घण्टा धर्मसिद्धान्तका बारेमा कुरा गर्नु गाह्रो कुरा होइन, तर जब परिस्थितिहरूलाई समाधान गर्न सत्यता लागू गर्ने, तिमीहरूले अनुभव गरेका र बुझेका अभ्यासका सिद्धान्तहरू र मार्गहरू प्रयोग गर्ने कुरा आउँछ—तब त्यो कठिन हुन्छ। समस्या के हो? सत्यता नबुझ्नु, होइन र? अब, हामी चौथो बुँदामा जाऔँ। चौथो बुँदा के हो? (आफूले पछ्याउनुपर्ने अभ्यासका सिद्धान्त र मार्गहरू।) यी सिद्धान्त र मार्गहरू कसरी निर्धारित हुन्छन्? तिनलाई दुई वटा कुराका आधारमा निर्धारित गरिन्छ: एउटा परमेश्‍वरको अभिप्राय हो, र अर्को सत्यता हो। यी दुई वटा कुराहरू मानिसहरूले बुझ्नैपर्छ। उदाहरणका लागि, यदि तँलाई सुसमाचार प्रचार गर्न लगाइएको बेला तँ यो काम गर्न अनिच्छुक हुन्छस्, तर परमेश्‍वरले सुसमाचार प्रचार गर्नु उहाँको अभिप्राय हो भनेर भन्‍नुहुन्छ भने, तैँले के गर्नुपर्छ? अभ्यासका तेरा सिद्धान्तहरू के-के हुनुपर्छ? तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले इन्कार नगरी, कुनै विश्लेषण वा छानबीन नगरी, कारण नसोधी तँ पूर्ण रूपमा यसमा समर्पित हुनुपर्छ र तैँले यसलाई स्वीकार गर्नुपर्छ। साँचो समर्पणता यही हो। सत्यताको अभ्यास गर्दा पालना गर्नुपर्ने एउटा महत्त्वपूर्ण सिद्धान्त यही हो। जब हामी परमेश्‍वरको अभिप्रायका बारेमा ठोस तरिकाले कुरा गर्छौँ, तब यसले प्रायजसो केलाई जनाउँछ? परमेश्‍वरको अभिप्राय भनेको सारगत रूपमा परमेश्‍वरको नै इच्छा, उहाँका कार्यहरूको उद्देश्य, स्रोत, र सुरुवात विन्दु हो। आत्मिक हिसाबमा भन्दा, यसलाई उहाँको “अभिप्राय” वा “दर्शन” भनिन्छ। जब परमेश्‍वरले तँलाई आफ्नो अभिप्राय प्रकट गर्नुहुन्छ, तब उहाँले तँलाई सामान्य दिशा दिनुहुन्छ, र उहाँले के गर्ने अभिप्राय राख्‍नुभएको छ भन्‍ने कुरा तँलाई थाहा दिनुहुन्छ। तर, यदि परमेश्‍वरले निश्‍चित कुराहरू वा सिद्धान्तहरू प्रदान गर्नुभएन भने, के तैँले अभ्यास गर्ने सही मार्ग र दिशा थाहा पाउँछस्? पाउँदैनस्। त्यसकारण जब म मानिसहरूलाई कुनै काम गर्न लगाउँछु, तब दिमाग भएका, हृदय र आत्मा भएका मानिसहरूले यसलाई स्वीकार गरेपछि तुरुन्तै यसका विस्तृत विवरण अनि यसलाई कसरी निश्‍चित रूपमा पूरा गर्ने भनेर खोजी गर्छन्। दिमाग नभएका, हृदय र आत्मा नभएका मानिसहरूले यो सजिलो छ भन्‍ने सोच्न सक्छन् र तिनीहरू थप विवरणहरू नपर्खी हतार-हतार काममा लाग्छन्। दिमाग नहुनु र अन्धाधुन्ध कार्य गर्नु भनेको यही हो। जब तैँले परमेश्‍वरबाट आज्ञा प्राप्त गर्छस् र आफ्नो कर्तव्य पूरा गर्ने र आफ्नो मिसन पूरा गर्ने उद्देश्य राख्छस्, तब तैँले सुरुमा परमेश्‍वरको अभिप्रायलाई बुझ्नुपर्छ। तैँले यो आज्ञा परमेश्‍वरबाट आएको हो, यो उहाँको अभिप्राय हो भन्‍ने जान्‍नुपर्छ, र तैँले यसलाई स्वीकार गर्नुपर्छ, यसलाई ख्याल गर्नुपर्छ, र अझै महत्त्वपूर्ण कुरा, यसमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्नुपर्छ। दोस्रो, तैँले यो कर्तव्य पूरा गर्नका लागि कुन-कुन सत्यताहरू बुझ्नुपर्छ, कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई र परमेश्‍वरको घरको कामलाई फाइदा हुने तरिकाले कसरी अभ्यास गर्ने भनेर खोजी गर्नुपर्छ। अभ्यासका सिद्धान्तहरू यिनै हुन्। परमेश्‍वरको अभिप्राय बुझेपछि, तैँले तुरुन्तै यो कर्तव्य पूरा गर्ने कार्यसँग सम्बन्धित सत्यताहरूलाई खोजी गर्नुपर्छ र बुझ्नुपर्छ र सत्यता बुझेपछि, यी सत्यताहरू अभ्यास गर्ने सिद्धान्त र मार्गलाई सुनिश्‍चित गर्नुपर्छ। “सिद्धान्तहरू” ले केलाई जनाउँछ? निश्‍चित रूपमा भन्दा, सिद्धान्तले सत्यताको अभ्यास गर्दा लक्ष्य हासिल गर्न वा परिणामहरू प्राप्त गर्नका लागि प्रयोग गरिने आधारलाई जनाउँछ। उदाहरणका लागि, यदि तँलाई कुनै वस्तु किन्ने काम दिइएको छ भने, अभ्यासका निश्‍चित सिद्धान्तहरू के-के हुन्? पहिलो, तैँले किनिने वस्तुको विवरण र मोडेल, यसले पूरा गर्नुपर्ने गुणस्तरका मापदण्डहरू, र मूल्य उपयुक्त छ कि छैन भन्‍ने कुरा बुझ्नुपर्छ। खोजी गर्ने प्रक्रियामा, तैँले अभ्यासका निश्‍चित सिद्धान्तहरूका बारेमा स्पष्टता प्राप्त गर्नेछस्। यी सिद्धान्तहरूले तँलाई अनुपात र सीमा प्रदान गर्छन्—तँ यो सीमाभित्र बसेको छस् भने ठीकै हुनेछ। तैँले वस्तुको विवरण, गुणस्तर, र मूल्यसँग सम्बन्धित आधारभूत सिद्धान्तहरू बुझेपछि, यसले यो कामका लागि आवश्यक मापदण्डहरू तैँले बुझेको छस् भन्‍ने देखाउँछ। यसको अर्थ आधारभूत रूपमा तैँले अभ्यास कसरी गर्ने भनेर सिकेको छस् भन्‍ने हुन्छ। सत्यताको अभ्यास गर्नका लागि व्यक्तिले सिद्धान्तहरू बुझ्नुपर्छ: सिद्धान्तहरू नै प्रमुख, र सबैभन्दा आधारभूत तत्व हुन्। तैँले आफ्नो कर्तव्यका आधारभूत सिद्धान्तहरू बुझेपछि, यसले के देखाउँछ भने तैँले त्यो कर्तव्य पूरा गर्नका लागि आवश्यक मापदण्डहरू बुझेको छस्। यी सिद्धान्तहरूमा निपुणता प्राप्त गर्नु भनेको सत्यता अभ्यास कसरी गर्ने भन्‍ने जान्नु सरह हो। त्यसोभए, अभ्यास गर्ने यो क्षमता कुन आधारमा स्थापित हुन्छ? यो परमेश्‍वरको अभिप्राय र सत्यतालाई बुझ्ने कार्यको जगमा आधारित हुन्छ। के परमेश्‍वरले माग गर्नुभएका कुराहरूको एउटा वाक्य मात्रै थाहा छ भने यसलाई सत्यता बुझ्नु मानिन्छ? अहँ, मानिँदैन। सत्यता बुझेको मानिनका लागि के-कस्ता मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ? तैँले आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ र मूल्यलाई बुझ्नुपर्छ र, यी दुई पक्षहरूका बारेमा स्पष्ट भएपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्‍बन्धी सत्यतालाई बुझेको हुन्छस्। यसको साथै, सत्यता बुझेपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्तहरू र अभ्यासका मार्गहरू पनि बुझ्नुपर्छ। तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्‍बन्धी सिद्धान्तहरू बुझेर लागू गर्न, र कहिलेकहीँ थोरै बुद्धि लगाउन सकेपछि, आफ्नो कर्तव्य पूरा गर्ने कार्यको प्रभावकारितालाई सुनिश्‍चित गर्न सक्छस्। यी सिद्धान्तहरू बुझेर र ती अनुसार कार्य गरेर, तँ सत्यता अभ्यास गर्न सक्‍ने अवस्थामा पुग्‍न सक्छस्। यदि तैँले कुनै पनि मानव अभिप्रायहरू नमिसाइ आफ्नो कर्तव्य पूरा गरिस् भने, यदि यो परमेश्‍वरका मापदण्डहरूमा पूर्ण रूपमा समर्पित भएर अनि परमेश्‍वरको घरका कामका बन्दोबस्तहरू अनुसार, पूर्ण रूपमा परमेश्‍वरका वचनहरू अनुरूप गरिएको छ भने, तैँले पूर्ण रूपमा योग्य तरिकाले आफ्नो कर्तव्य पूरा गरेको हुन्छस्, र परमेश्‍वरका मापदण्डहरूसँग तुलना गर्दा परिणामहरूमा केही भिन्‍नताहरू भए पनि, यसलाई अझै पनि परमेश्‍वरका मापदण्डहरू हासिल गरेको रूपमा लिइन्छ। यदि तैँले पूर्ण रूपमा सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्छस्, यदि तँ आफ्नो क्षमताले भ्याए अनुसार बफादार हुन्छस् भने, तेरो कर्तव्य पूरा गर्ने कार्य परमेश्‍वरको अभिप्रायसँग पूर्ण रूपमा मिल्छ। तैँले सृजित प्राणीका रूपमा रहेको आफ्नो कर्तव्यलाई आफ्नो सारा हृदय, मन, र शक्तिले पूरा गरेको छस्, जुन सत्यता अभ्यास गरेर हासिल गरिने परिणाम हो। अब, अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्नका लागि, यो परिणाम हासिल गर्न तैँले सुरुमा के कुरा बुझ्नुपर्छ? (पहिलो, हामीले परमेश्‍वरको अभिप्रायलाई बुझ्नुपर्छ, त्यसपछि यसलाई पूर्ण रूपमा र इन्कार नगरी स्वीकार गर्नुपर्छ र यसमा समर्पित हुनुपर्छ।) अभ्यास र मनोवृत्तिका हिसाबमा मानिसहरूमा हुनुपर्ने कुरा यही हो। त्यसपछि के कुरा बुझ्नुपर्छ? तैँले सत्यता बुझ्नुपर्छ, र सत्यताभित्रका विवरणहरूले सिद्धान्त र मार्गहरू निर्माण गर्छन्। तैँले पछ्याउनुपर्ने अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्नका लागि, तैँले बुझ्नुपर्ने पहिलो कुरा भनेको परमेश्‍वरको अभिप्राय हो, त्यसपछि सत्यता हो। यी दुई मुख्य बुँदाहरू हुन्, र अरू सबै कुरा यीभित्र समावेश विस्तृत विषयवस्तु हुन्।

सुसमाचार प्रचार गर्ने क्रममा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूसँग सम्बन्धित पहिलो वर्गलाई अहिलेका लागि यहीँ समाप्त गरिनेछ। आज, मैले अघिल्लो पटक छलफल गरिएको मुख्य विषयलाई जोड दिनका लागि थप जानकारी परिपूरकका रूपमा दिएँ। यसको साथै, सबैलाई यो सत्यताको महत्त्व पहिचान गर्न लगाउनका लागि यसले एउटा चेतावनीका रूपमा काम गर्छ, ताकि तँ अहिले संलग्‍न रहेको हरेक कार्य र तैँले पूरा गर्ने हरेक कर्तव्य यही दिशा र उद्देश्यतर्फ केन्द्रित भएर यो जगमा अघि बढोस्—सबै सुसमाचार प्रचारसँग सम्बन्धित होस्। तँ सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरूसँग अन्तरक्रिया गर्ने अग्रपङ्तीमा नहुने भए पनि, तैँले अहिले पूरा गरिरहेका सबै कर्तव्य सुसमाचारको कामसँग सम्बन्धित छन् भनेर भन्‍न सकिन्छ। यस आधारमा, के हरेक व्यक्तिमा सुसमाचार प्रचारसँग सम्बन्धित सत्यताका बारेमा अझै स्पष्ट र ज्योतिपूर्ण अन्तर्दृष्टि हुनु पर्दैन र? (पर्छ।) आजको पूरकद्वारा, के तिमीहरूले सुसमाचार प्रचार गर्ने कर्तव्यको भार र महत्त्वका बारेमा स्पष्ट रूपमा दृष्टिकोण प्राप्त गरेका छौ? (छौँ।) त्यसोभए अब, भविष्यमा यो सत्यताप्रति कस्तो मनोवृत्ति राख्‍नु सबैभन्दा उपयुक्त र उचित हुन्छ? सुसमाचार फैलाउनु परमेश्‍वरको अभिप्राय हो। परमेश्‍वरले यो पुरानो युगलाई अन्त्य गर्ने, र अझै धेरै मानिसहरूलाई आफ्‍नो अघि अगुवाई गर्ने, पुरानो युगबाट नयाँ युगमा ल्याउने अभिप्राय राख्‍नुहुन्छ। यो परमेश्‍वरको अभिप्राय हो, र यो सबैले बुझ्नुपर्ने कुरा हो। कतिपयले यसो भन्‍न सक्छन्, “मैले बुझेँ, तर म सुसमाचार प्रचार गर्न चाहिने जोश जुटाउन सक्दिनँ, र मसँग सहकार्य गर्ने हृदय छैन।” समस्या के हो? (मानवताको कमी।) वास्तवमै हो। तैँले आफूलाई सृजित प्राणी र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा स्वीकार गर्छस्, तर जब परमेश्‍वरले बारम्बार सबैलाई अर्ती दिनुहुने उहाँको अभिप्राय, सबै मानिसहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नुहुने उहाँको आतुरी अभिप्रायको कुरा आउँछ, तब यदि तैँले कुनै ध्यान दिँदैनस् र त्यो कुरा सुन्दैनस् भने, त्यसले तँलाई कस्तो व्यक्ति बनाउँछ? यो मानवताको कमीको प्रकटीकरण हुन्छ। तँ परमेश्‍वरलाई महान् भनेर सम्मान गर्न र उहाँ तेरो परमेश्‍वर र तेरो प्रभु हुनुहुन्छ भनेर भन्‍न चाहन्छस्, तर जब परमेश्‍वरको अभिप्रायको कुरा आउँछ, तब तैँले अलिकति पनि चासो देखाउँदैनस्, ख्याल नै गर्दैनस्। यो मानवताको कमी हो, र त्यस्तो व्यक्ति निर्दयी हुन्छ। यो विषय यहीँ समाप्त हुन्छ।

अगुवा र सेवकहरूका परिभाषाहरू र तिनीहरूलाई राख्‍नुका कारणहरू

अब, हामी दोस्रो वर्गको बारेमा छलफल गरौँ: अगुवा र सेवकहरूको कर्तव्य पूरा गर्नेहरू। सङ्ख्यामा थोरै भए पनि, त्यस्ता मानिसहरूले आफ्नो कामको प्रकृतिको हिसाबमा महत्त्वपूर्ण भूमिका खेल्छन्। अगुवा र सेवकहरूका कर्तव्यहरूमा धेरै सत्यताहरू पनि समावेश हुन्छन्—सुसमाचार प्रचार गर्ने कार्यमा भन्दा पनि धेरै सत्यताहरू। म किन यसो भन्छु? यी कर्तव्यहरूको दायरा अत्यन्तै फराकिलो हुन्छ। यी कर्तव्यहरूको एउटा पक्ष बाहिरी रूपमा सुसमाचार प्रचार गर्ने काम हो, र अर्को पक्ष भनेको आन्तरिक रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई मलजल र भरणपोषण गर्नु, मण्डली जीवन राम्ररी व्यवस्थापन गर्नु, साथै मण्डलीका मामलाहरू सम्हाल्नु र सबै किसिमका समस्याहरू समाधान गर्नु हो। भन्‍नुको अर्थ, अगुवा र सेवकहरूले अझै धेरै सत्यताहरू बुझ्नुपर्छ, र अभ्यासका निश्‍चित सिद्धान्तहरूका सन्दर्भमा तिनीहरूबाट अझै कडा मागहरू गरिन्छ, र परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध अझै नजिकको हुनुपर्छ। अगुवा वा सेवक हुने कार्यमा सत्यताका विभिन्‍न पक्षहरू, मानिसहरूले लिने मार्गहरू, साथै अरू धेरै पक्षहरूको अभ्यास गर्ने र तिनमा प्रवेश गर्ने कार्य समावेश हुन्छ। सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गर्नुको तुलनामा, अगुवा वा सेवक बन्‍ने कार्य जीवन प्रवेशसँग अझै नजिक रूपमा सम्‍बन्धित हुन्छ र त्यस कार्यमा स्वभाव परिवर्तन हासिल गर्नु पनि आवश्यक हुन्छ। यसको अर्थ अगुवाहरूको काम राम्ररी कसरी गर्ने भन्‍नेसँग सम्बन्धित विभिन्‍न सत्यताहरू सङ्ख्या र दायराको हिसाबमा ठूला छन्। तैपनि ती जति धेरै भए पनि, ती विभिन्‍न मुख्य विषयहरू अन्तर्गत पर्छन्, त्यसकारण हामी ती कुराहरूलाई एक-एक गरी, बुँदागत रूपमा हेरौं, र तिमीहरूले क्रमिक रूपमा ती कुराहरू बुझ्नेछौ। हामी अगुवा र सेवकहरूको परिभाषाको बारेमा कुरा गरेर सुरु गरौँ। तिनलाई परिभाषित गर्नु किन आवश्यक छ? परिभाषा भनेको कुनै कुरालाई त्यसको स्थानमा राख्‍नु समान हो, अर्थात्, यसले मानिसहरूलाई यी कर्तव्यहरूको जिम्मेवारीको प्रकृति र दायरा, साथै तिनको शीर्षक बताउँछ—अर्को शब्‍दमा भन्दा, तिनलाई के भनेर भन्‍ने। यी कर्तव्यहरूलाई सटीक रूपमा परिभाषित गरेर, मानिसहरूले परमेश्‍वरको मनमा यस वर्गका मानिसहरूको स्थान, उहाँले तिनीहरूबाट के माग गर्नुहुन्छ, र तिनीहरूले यी कर्तव्यहरू निर्वाह गर्ने सम्बन्धी उहाँका के-कस्ता मापदण्डहरू छन्, तिनीहरूले कुन मार्ग लिनुपर्छ, र तिनीहरूले कुन सिद्धान्तहरू अभ्यास गर्नुपर्छ भन्‍ने कुराका बारेमा मानसिक स्पष्टता प्राप्त गर्न सक्छन्। तिनीहरू चाहे जवान भए पनि वा वृद्ध भए पनि, चाहे माथिल्‍लो र विशिष्ट पदका भए पनि, वा सानो र नीच पदका भए पनि, र तिनीहरूको पृष्ठभूमि जेसुकै भए पनि, परमेश्‍वरले त्यस्ता मानिसहरूका लागि मापदण्डहरू तोक्नुभएको छ। अर्को शब्दमा भन्दा, त्यस्ता कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूले बुझ्नुपर्ने सत्यताहरू छन्; तिनीहरूले बोध र अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्, र तिनीहरूले पछ्याउनुपर्ने निश्‍चित मार्ग पनि छ। त्यसोभए, अगुवाइ र काम गर्नका लागि परमेश्‍वरका अनुयायीहरूबाट चुनिएकाहरूलाई सामान्यतया कसरी परिभाषित गरिन्छ? यसको सटीक परिभाषा के हो? मानिसहरूले यसको परिभाषा के हो भन्‍ने विश्‍वास गर्छन्? अनि त्यस्ता मानिसहरूले अरूको हृदयमा ठ्याक्कै कस्तो स्थान लिएका हुन्छन्? के यो, यस्ता मानिसहरूको पहिचान र हैसियतलाई परिभाषित गर्नुसँग सम्बन्धित छैन र? अरूको हृदयमा मानिसहरूको यो समूहले कस्तो स्थान ओगटेको हुन्छ? के तिनीहरू प्रेरितहरू हुन्? होइनन्। के तिनीहरू चेलाहरू हुन्? तिनीहरू चेलाहरू पनि होइनन्। के तिनीहरूलाई गोठालाहरू भनेर बोलाउने कोही छ? (छ।) के “गोठालाहरू” भन्‍ने पद उपयुक्त छ? (छैन।) किन छैन? (यो गलत पद हो।) के मानिसहरूले गोठालाको भूमिका निर्वाह गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) तिनीहरू प्रेरित वा चेलाहरू होइनन्, र “गोठालाहरू” भन्‍ने शब्द पनि उचित छैन, त्यसोभए यी कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूका लागि सबैभन्दा उपयुक्त नाम के हो? सबैभन्दा उपयुक्त शब्द के हो? (पहरेदारहरू।) के “पहरेदारहरू” उपयुक्त छ? यो पद र “गोठालाहरू” भन्‍ने पदका बीचमा म कुनै भिन्‍नता देख्दिनँ। यो भव्य सुनिने नाम हो, तर यी मानिसहरूले गर्ने काम त सानै हुन्छ। यीमध्ये कुनै पनि नाम उपयुक्त हुँदैनन्। त्यसोभए, यी मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरूको प्रकृतिको आधारमा, कुन नाम र परिभाषा सबैभन्दा बढी उपयुक्त हुन्छ त? त्यस्ता मानिसहरूलाई परिभाषित गर्ने सिद्धान्तहरू के-के हुन्? परिभाषा तिनीहरूको कामको प्रकृति, साथै तिनीहरूको पहिचान र हैसियतसँग मिल्दो हुनुपर्छ, र यो सही हुनुपर्छ, र अत्यन्तै भव्य हुनु हुँदैन। यदि हामीले यी मानिसहरूलाई “प्रेरितहरू” भनेर परिभाषित गऱ्यौँ भने, के त्यो अत्यन्तै भव्य हुँदैन र? (हुन्छ।) वा, “पहरेदारहरू” भन्दा नि? (त्यो अझै भव्य हुन्छ।) के तँ मानिसहरूको रेखदेख गर्न सक्छस्? सक्दैनस् भने, तँ पहरेदार होइनस्। “गोठालाहरू” को बारेमा के भन्‍ने? “गोठालाहरू” ले केलाई जनाउँछ? (बगालको हेरचाह गर्ने मानिसहरूलाई।) यसले भेडाको बगाल रेखदेख र हेरचाह गर्ने मानिसहरूलाई जनाउँछ। तिनीहरूको कामको प्रकृतिको आधारमा मात्रै हेर्दा यो नाम वास्तवमा यो समूहको लागि मिल्छ। तैपनि, आजभोलि मानिसहरूले के कुराको बोझ लिन सक्छन्, तिनीहरूले के कुरा हासिल गर्न सक्छन् भन्ने कुरा, र तिनीहरूको भ्रष्ट स्वभावलाई हेर्दा, के “गोठालाहरू” भन्‍ने पदवीनाम उपयुक्त हुन्छ? (हुँदैन।) यो अलिक भव्य भयो। तिनीहरूसँग यो कार्य गर्ने क्षमता हुँदैन, न त यो आजभोलि मानिसहरूले गर्ने कामको प्रकृति वा दायरासँग नै मिल्छ। अवश्य नै, यो पदवी नाम तिनीहरूका लागि उपयुक्त छैन। त्यसोभए, मानिसहरूको यो वर्गलाई परिभाषित गर्ने सबैभन्दा उपयुक्त तरिका के हो? (अगुवा र सेवकहरू।) यो वाक्यांश तुलनात्मक रूपमा उपयुक्त छ।

अगुवा र सेवकका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो? तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्‍वरको कामका लागि तिनीहरूको खाँचो हुन्छ; सूक्ष्‍म रूपमा, मण्डलीको कामको निम्ति तिनीहरूको खाँचो हुन्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको खाँचो हुन्छ। तिनीहरूको पहिचान वा हैसियत जेसुकै भए पनि, र तिनीहरूले खेल्‍ने भूमिका जेसुकै भए पनि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूका साधारण सदस्यहरू समान हुन्; परमेश्‍वरको अघि तिनीहरूको पहिचान र हैसियत उस्तै हुन्छ। मण्डलीमा “अगुवा र सेवकहरू” भन्‍ने शब्द अस्तित्वमा भए पनि, र यी व्यक्तिहरू आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भन्दा फरक कर्तव्य निर्वाह गर्ने “अगुवाहरू” र “सेवकहरू” भए पनि, परमेश्‍वरको अघि “सृजित प्राणीहरू” भन्‍ने तिनीहरूको नाम-पदवी उस्तै रहन्छ; यो पहिचान परिवर्तन हुनेछैन। अगुवा र सेवकहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरूका साधारण सदस्यहरूका बीचको भिन्‍नता भनेकै अगुवा र सेवकहरूले निर्वाह गर्ने कर्तव्यमा रहेको खास विशेषता मात्र हो। त्यो खास विशेषता मुख्य रूपमा तिनीहरूको नेतृत्वको भूमिकामा देखिन्छ। उदाहरणको लागि, मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? तिनीहरूले मण्डलीमा रहेका सबै परमेश्‍वरका चुनिएका मानिसहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि त्यस अगुवाले गलत मार्ग लियो भने, त्यस मण्डलीका सबै मानिसहरूले गलत मार्गमा त्यस अगुवालाई पछ्याउँछन्, जसले मण्डलीमा रहेका परमेश्‍वरका सबै चुनिएका मानिसहरूमा ठूलो असर पुर्‍याउनेछ। उदाहरणका लागि, पावललाई लिऊँ। तिनले आफूले स्थापना गरेका धेरै मण्डलीहरू र परमेश्‍वरका चुनिएका जनहरूको नेतृत्व गर्थे। अनि जब पावल बरालिए, तिनले नेतृत्व गरेका मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरू पनि बरालिए। त्यसैले, जब अगुवाहरूले आफ्‍नै विकृत मार्ग लिन्छन्, तब तिनीहरू आफै मात्र प्रभावित हुँदैनन्, तिनीहरूले नेतृत्व गर्ने मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूसमेत प्रभावित हुन्छन्। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यतालाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले सामान्य तरिकाले परमेश्‍वरका वचनहरू खाने र पिउनेछन् र सामान्य तरिकाले सत्यता पछ्याउनेछन्, अनि यसै समयमा, अगुवाको जीवन अनुभव र प्रगति अरूको सामु देखिनेछ, र यसले तिनीहरूलाई प्रभावित पार्नेछ। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्‍याउन र अरूलाई परमेश्‍वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो हैसियत, ख्याति र प्राप्तिलाई पछ्याउनु, बारम्बार आफूलाई प्रदर्शन गर्नु र आफ्नै साक्षी बन्‍नु, र कहिल्यै पनि परमेश्‍वरको साक्षी नबन्‍नु हो। यसले परमेश्‍वरका चुनिएका मानिसहरूमा कस्तो प्रभाव पार्छ? (यसले तिनीहरूलाई आफूसामु ल्याउँछ।) तिनीहरू बाटो बिराई परमेश्‍वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट व्यक्तिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्‍वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्‍वरको अगाडि आउन नेतृत्व गर्नु हो। अगुवाहरू र कर्मचारीहरूले सही मार्ग हिँडे पनि गलत मार्ग हिँडे पनि, परमेश्‍वरका चुनिएका मानिसहरूप्रति तिनीहरूको प्रत्यक्ष प्रभाव हुन्छ। यदि परमेश्‍वरका चुनिएका अधिकांश मानिसहरूले सत्यता बुझ्‍न बाँकी नै छ भने, तिनीहरूले अन्धाधुन्ध पछ्याउँछन्। अगुवा असल व्यक्ति हुन सक्छ, र तिनीहरूले उसलाई पछ्याउन सक्छन्; अगुवा खराब व्यक्ति हुन सक्छ, र तिनीहरूले उसलाई पनि पछ्याउन सक्छन्—तिनीहरूले फरक छुट्याउन सक्दैनन्। अगुवा जोसुकै भए पनि, अगुवाइ गरिएमा तिनीहरूले पछ्याइहाल्छन्। यसकारण, मण्डलीहरूले आफ्नो अगुवा बनाउनको लागि असल मानिसहरूलाई छान्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले कुन मार्ग हिँड्छ त्यो कुरा उसको अगुवा र सेवकहरूले हिँडेको मार्गसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ, र यो कुरालाई अगुवा र सेवकहरूले फरक-फरक हदसम्‍म प्रभाव पार्न सक्छन्। हामी अगुवा र सेवकहरूको कर्तव्यसँग सम्बन्धित विभिन्‍न सत्यताहरूका बारेमा रहेका यी दुई वटा हरफहरूबाट सङ्गति सुरु गरौं—एकातिर सही मार्ग, र अर्कोतिर गलत मार्ग। यी दुईमध्ये कुन बारेमा हामीले सुरुमा सङ्गति गर्नुपर्छ? (गलत मार्ग।) तैँले किन यो छनौट गरिस्? पहिले सही मार्गको बारेमा छलफल गर्नु राम्रो हो कि गलत मार्गको बारेमा छलफल गर्नु राम्रो हो? (गलतको बारेमा।) वास्तवमा दुवै सही हुन्—तर हामीले सुरुमा कुन छलफल गर्छौं भन्ने कुराले फरक असर पार्नेछ। यदि हामीले गलत मार्गको बारेमा छलफल गरेर सुरु गऱ्यौँ भने, मानिसहरूले गलत मार्गभित्र रहेको सही मार्गको बारेमा अझ बढी पत्ता लगाउन सक्छन् र धेरै निष्क्रिय र नकारात्मक कुराहरू वा ज्ञानहरू पनि पत्ता लगाउन सक्छन्, जुन कुरालाई तिनीहरूले आफैलाई चेतावनी दिन प्रयोग गर्न सक्छन्। तिनीहरूले यसबाट केही सकारात्मक कुरा प्राप्त गर्न सक्छन्, र त्यसपछि यदि हामीले सही मार्गको बारेमा छलफल गऱ्यौँ भने, मानिसहरूले अझै गहन तलमा र अझै चाँडै सकारात्मक कुरालाई बुझ्न सक्‍नेछन्। आधारभूत रूपमा, यो शैली व्यावहारिक छ, र मानिसहरूका लागि फाइदाजनक छ। त्यसकारण हामी गलत मार्गको बारेमा छलफल गरेर सुरु गरौँ।

मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्ट-विरोधीहरूले प्रयोग गर्ने विधिहरू

जब कुनै व्यक्ति अगुवा वा सेवकको रूपमा छनौट हुन्छ र उसले आफ्नो कर्तव्य निर्वाह गर्न थाल्छ, के उसले निश्‍चित व्यवहार अपनाउनुपर्छ? कतिपयले सोध्छन्, “कस्तो व्यवहार? तिनीहरूले बादल चढ्नुपर्छ कि बतास र वर्षालाई नियन्त्रण गर्नुपर्छ?” ती दुवै सही छैनन्। तिनीहरूले बादल चढ्नु हुँदैन वा बतास र वर्षालाई नियन्त्रण गर्नु हुँदैन, र तिनीहरू पक्कै पनि छतबाट चिच्याउनु हुँदैन, किनभने तिनीहरू शैतानको भ्रष्ट स्वभाव र सार भएका भ्रष्ट मानव हुन्, तर यस्तो बेला हरेक व्यक्तिले आफू भित्र गहिराइमा डगमगाइदिने शक्ति अनुभव गर्छ। तिनीहरू सबैसँग उच्च महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरूलाई आफ्नो करियरमा सफल हुने, आफ्नो सीप देखाउने, ठूलो कुरा गर्ने, र लागिपर्ने जोस महसुस हुन्छ। यस किसिमको जोस सही हुन्छ कि गलत हुन्छ भनेर अहिलेका लागि छलफल नगरौँ। जब कुनै व्यक्तिलाई अगुवा वा सेवकको रूपमा छनौट गरिन्छ, तब उसले आफू भित्र गहिराइमा अत्यन्तै जटिल भावनाहरू पाल्न थाल्छ। जटिल भन्‍नुको मेरो अर्थ के हो? कतिपय मानिसहरूले अगुवाको रूपमा छनौट हुनु सजिलो छँदै छैन भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरू आफूले राम्रो काम गर्न सक्छन् कि सक्दैनन् भनी निश्चित नभए पनि, र तिनीहरूको भविष्यको मार्ग के हुनेछ भन्‍ने तिनीहरूलाई थाहा नभए पनि, तिनीहरूको अन्तर्निहित प्रकृति यस्तो हुन्छ कि तिनीहरू यो अवसर पाएकोमा अत्यन्तै खुशी हुन्छन्, यो सम्मानजनक जिम्मेवारी र भारी बोझलाई स्वीकार गर्न पाउँदा निकै खुशी हुन्छन्। यसको साथै, तिनीहरूलाई आफू भित्र गहिराइमा, अलिक आत्मसन्तुष्टि र सौभाग्यशाली भएको महसुस हुन्छ। तिनीहरू के कुरामा सौभाग्यशाली भएको महसुस गर्छन्? तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “म अरू दर्जनौँ मानिसहरू मध्येबाट चुनिएको हुँ—म निकै प्रतिभाशाली र सक्षम हुनुपर्छ। म पक्‍कै पनि साधारण मानिसहरूभन्दा असल छु, र मसँग धेरैजसो मानिसहरूमा भन्दा राम्रो बुझाइ र आत्मिक बुझाइ रहेको हुनुपर्छ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र म धेरै समर्पित भएको छु अनि मैले धेरै परिश्रम गरेको छु। तथ्यहरूले के प्रमाणित गर्छन् भने म मण्डलीमा नेतृत्व लिन, मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न र सत्यता बुझ्नका लागि मार्गदर्शन गर्न योग्य छु। मभन्दा चलाख, शिक्षित, र बोल्ने क्षमता राम्रो भएका मानिसहरू धेरै छन्, तर पनि किन तिनीहरूको सट्टा मलाई छनौट गरियो? यसले म सक्षम छु र ममा असल मानवता छ भन्‍ने देखाउँछ। यो परमेश्‍वरको अनुग्रह हो।” यो तिनीहरूले मनमनै आफूसँग गर्ने कुराकानी हो। अन्तिममा “परमेश्‍वरको अनुग्रह” जोडिएको हुन्छ, तर वास्तवमा तिनीहरूको साँचो विचार र साँचो बुझाइ तिनीहरूले भनेको कुराको पहिलो भागमा हुन्छ। तिनीहरूले सोच्छन्, “मैले यसका लागि प्रतिस्पर्धा वा लडाइँ नगरेको भए पनि, मलाई नै चुनियो। अनि अब मैले के गर्नुपर्छ? मैले सबैलाई निराश तुल्याउनु हुँदैन, म पूर्ण रूपमा लागिपर्नुपर्छ!” अनि तिनीहरू कसरी पूर्ण रूपमा लागिपर्छन्? कामको पहिलो दिन, तिनीहरूले हरेक समूहका सुपरभाइजरहरूलाई भेलामा बोलाउँछन्, र तिनीहरूमा निश्‍चित आचरण र ऊर्जा हुन्छ। कस्तो ऊर्जा? तिनीहरूले द्रुत र निर्णायक रूपमा काम गर्छन्, र तिनीहरूले जे भन्छन् त्यही गर्छन्, र प्रभावशाली सुरुवात गर्न उत्सुक हुन्छन्। सुरुमा, तिनीहरूले आफू कति सक्षम छु भनेर सबैलाई देखाउने प्रयास गर्छन्, त्यसपछि तिनीहरूले मानिसहरूलाई पहिलेका अगुवाहरूलाई खुट्टयाएर त्याग्‍न लगाउने प्रयास गर्छन्। तिनीहरूले भन्छन्: “आज, हामी सुरुमा मभन्दा पहिलेको अगुवाको बारेमा विश्‍लेषण गर्न केही समय बिताउनेछौं, उदाहरणका लागि, तिनले मानिसहरूलाई कसरी बन्धनमा राखे, तिनको कामका कुन-कुन पक्षहरू त्रुटिपूर्ण वा लापरवाह थिए, र इत्यादि—हामी यी सबै कुराहरूका बारेमा सङ्गति गर्न सक्छौं। जब हामीले सङ्गति गरिसकेका हुन्छौं, र तिमीहरूले यसभन्दा अघिल्लो अगुवालाई स्पष्ट रूपमा खुट्टयाएर, तिनलाई त्याग्‍न सक्‍ने, तिनको बन्धनबाट मुक्त हुने, र तिनको तृष्णा गर्न छोड्ने अवस्थामा पुग्छौ, तब तिमीहरूलाई समझशक्ति भएको, र परमेश्‍वरप्रति बफादार र समर्पित रहेको मानिसहरूका रूपमा लिन सकिन्छ। आजको भेला हामी यसभन्दा पहिलेका झूटा अगुवा र ख्रीष्ट-विरोधीलाई आलोचना गरेर सुरु गर्नेछौं। हामी तिनलाई खुलासा गरौँ।” यसको प्रतिक्रियामा, सबैले के भन्छन् भने तिनीहरूले यस बारेमा पहिले नै सङ्गति गरिसकेका छन्, र पहिलेको व्यक्ति झूटा अगुवा र ख्रीष्ट-विरोधी थिए भन्‍ने थाहा पाएका छन्, त्यसकारण तिनीहरूले खुलासा गर्नुपर्ने केही पनि छैन। तर यी नयाँ अगुवाहरू सहमत हुँदैनन्, र तिनीहरूले मानिसहरूलाई एक-एक गरी मानिसहरूलाई तोक्दै तिनीहरूलाई सङ्गति गर्न लगाउन थाल्छन्। कतिपय मानिसहरूको सङ्गति तिनीहरूलाई मन पर्दैन, त्यसकारण तिनीहरूले पहिलेको अगुवाको सबैभन्दा नजिकको एक जना विश्‍वासी दाजुभाइ-दिदीबहिनीलाई तिनको खुलासा र विश्लेषण गर्न लगाउँछन्, तर यो सङ्गति सुनेपछि, यी नयाँ अगुवाहरूले यसो सोच्छन्, “यस व्यक्तिले मभन्दा पहिलेको अगुवालाई चिनेको छैन रहेछ, र तिनीहरूले तिनलाई त्यागेका पनि रहेनछन्। यो व्यक्तिको हृदयमा अझै पनि तिनको लागि स्थान छ जस्तो देखिन्छ। यसरी त पटक्‍कै हुँदैन; आज मैले मेरो पूर्ववर्तीलाई पूर्ण रूपमा खुलासा गर्ने उपाय खोज्नैपर्छ।” त्यसपछि, तिनीहरूले अघिल्लो अगुवासँग सबैभन्दा खराब सम्बन्ध भएको कसैलाई खडा भएर खुलासा गर्न बोलाउँछन्। त्यो व्यक्तिले अघिल्लो अगुवालाई खुलासा गरेपछि, तिनीहरू सन्तुष्ट हुन्छन्, र यो व्यक्ति मलजल गर्न लायकको छ भन्‍ने सोच्छन्। अनि तिनीहरूले के कुराको मलजल गर्न चाहन्छन्? तिनीहरूले एक जना सहकर्मीलाई मलजल गर्न, आफ्नै शक्तिहरूको मलजल गर्न चाहन्छन्। पहिलो भेला यसरी नै अघि बढ्छ। अनि के तिनीहरूले यो भेलापछि आफ्नो उद्देश्य हासिल गर्न सक्छन्? त्यति राम्ररी वा त्यति चाँडै सक्दैनन्। तिनीहरूले आफ्नो हृदयमा के षड्यन्त्र गरिरहेका हुन्छन्? “मानिसको हृदयभन्दा अस्पष्ट कुरा केही हुँदैन, र योभन्दा कुटिल कुरा केही हुँदैन। मैले मेरो पूर्ववर्तीको बारेमा हरेक व्यक्तिले के सोच्छ भन्‍ने कुरालाई निर्धारित गर्नुपर्छ, र तिनीहरूले मेरो बारेमा के सोच्छन्, मेरो विगतको बारेमा तिनीहरूलाई थाहा छ कि छैन, र मेरो नालीबेली तिनीहरूलाई थाहा छ कि छैन भन्‍ने कुरामा म स्पष्ट हुनुपर्छ, र अन्तिममा मैले तिनीहरू सबैलाई मसँग निहुँ खोज्नु हुँदैन भन्ने कुरा देखाउनुपर्छ। तर मैले आफ्नो विधि र रणनीति ध्यान दिएर चुन्नुपर्छ। मैले मेरा अभिप्रायहरूलाई खुलासा गर्नु हुँदैन; मैले तिनलाई लुकाउनुपर्छ।” अनि यी सबै विचार, कामका विधि, र मनसायहरू कहाँबाट आउँछन्? तिनीहरूको शैतानी प्रकृतिबाट। के तिमीहरूमा यस्ता प्रकटीकरणहरू छन्? तिमीहरूलाई अगुवा वा सेवकको रूपमा छनौट गरिएकै दिन, तिमीहरूले आफूलाई गलत मार्ग नलिन, झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूको मार्गमा नजान चेतावनी दिएर सुरु गरेका हुन सक्छौ। तिमीहरूले आफूलाई, मैले हैसियत त्याग्‍नुपर्छ, र मैले आफ्नो ख्याति, प्राप्ति, वा हैसियतका खातिर काम गर्नु हुँदैन, वा काम गर्ने क्रममा चाहनाको पछि लाग्‍नु हुँदैन, बरु आफ्नो कर्तव्य निर्वाह गर्न, र परमेश्‍वरप्रति बफादार हुन मेहनत गर्नुपर्छ भनेर भनेको हुन सक्छौ। तैपनि, समय बित्दै जाँदा, कतिपय मानिसहरूले आफूलाई रोक्न सक्दैनन्, र तिनीहरूले बोल्ने वा काम गर्ने बित्तिकै तिनीहरूको उद्देश्य निकै स्पष्ट हुन्छ—तिनीहरूले तुरुन्तै आफ्नो हैसियतलाई दह्रिलो बनाउने र मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्। कसैले असन्तुष्टि वा अवज्ञाको अलिकति पनि सङ्केत प्रकट गर्ने बित्तिकै, यसले तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरूले त्यस व्यक्तिलाई खुला रूपमा बहिष्कार वा आक्रमण नगरे पनि, तिनीहरूको हृदयको गहिराइमा तिनीहरूलाई त्यस व्यक्तिप्रति निकै घृणा महसुस गर्छन्। तिनीहरूले यो घृणाको भावनालाई कसरी प्रकट गर्छन्? (तिनीहरूले त्यो व्यक्तिलाई बेवास्ता गर्छन्।) तिनलाई बेवास्ता गर्नु मौन प्रकटीकरण हो, त्यसकारण घृणामा के-कस्ता निश्‍चित कार्यहरू समावेश हुन्छन्? उदाहरणका लागि, तिनीहरूले भेलाहरूमा आफूले मन पराएका मानिसहरूलाई आफूसामु बसाउँछन्, र आफूले मन नपराएका मानिसहरूलाई छेउमा बसाउने कारण खोज्छन्। के यो आक्रमण हो? (हो।) यो तिनीहरूको आक्रमणको सुरुवात हो। तिनीहरूले कार्य गरिरहेका हुन्छन्, होइन र? (हो।) शब्‍दहरू वा विचारहरूभन्दा कार्यहरू अझै गम्भीर र कठोर हुन्छन्। किन ती अझै कठोर हुन्छन्? कुनै कुराको बारेमा सोच्नु तर त्यस अनुसार कार्य नगर्नु—यो कुरा व्यक्तिको मन र विचारबाट आएको हुन्छ। तर त्यसलाई व्यवहारमा लागू गर्नेबित्तिकै, यो तथ्य बन्छ। जब यो व्यवहार बन्छ, तब यो शैतानको भ्रष्ट स्वभाव मात्र हुँदैन बरु दुष्ट कार्य पनि हुन्छ। मानिसहरूलाई अगुवाको रूपमा छनौट गरिएपछि, तिनीहरूले आफूले गर्ने काम र आफूले निर्वाह गर्ने कर्तव्यमा आफ्नै चाहना, आकांक्षा र आदर्श विचारहरू ल्याउँछन्। तर शैतानको भ्रष्ट स्वभाव भएका सबै मानिसहरूमा हुने आम प्रकटीकरण के हो? तिनीहरू सबैको के कुरा मिल्दो हुन्छ? तिनीहरूले शक्ति हत्त्याउने र आफ्नो हैसियतलाई दह्रिलो बनाउने प्रयास गर्छन्। तिनीहरूले कुन माध्यमद्वारा शक्ति हत्त्याउन खोज्छन्? सुरुमा, तिनीहरूले समूहमा तिनीहरूको चापलुसी गर्न र तिनीहरूसँग नजिक हुन खोज्ने को-को हुन् भनेर अवलोकन गर्छन्। त्यसपछि, तिनीहरू सक्रिय रूपमा ती मानिसहरूसँग नजिक हुन्छन्, र चाहे चापलुसी गरेर होस् वा साना-साना कृपाहरू गरेर होस्, तिनीहरूले तिनीहरूसँग गुप्त रूपमा सम्बन्धहरू सिर्जना गर्छन् र तिनीहरूसँग घुलमेल हुन्छन्, ताकि यी मानिसहरू—जससँग तिनीहरूको रुचि, हित, महत्त्वाकाङ्क्षा, वा प्रकृति मिल्छ—तिनीहरू उनीहरूको कट्टर अनुयायी बनून्, र उनीहरूको शक्तिमा संलग्‍न होऊन्। अनि यी मानिसहरूलाई आफ्‍नो शक्तिमा आबद्ध गराउनको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? आफ्नो हैसियतलाई दह्रिलो बनाउनु र आफ्नो शक्तिको दायरालाई बढाउनु। शक्ति प्राप्त गरेपछि, तिनीहरूले अन्तिम निर्णय गर्ने, र यतिमा नै सीमित हुने मात्र हुँदैन—तिनीहरू आफूलाई पछ्याउने, समर्थन गर्ने र आफ्नो पक्षमा बोल्ने अझै धेरै मानिसहरू पनि चाहन्छन्, ताकि तिनीहरूले गलत कुरा बोल्दा पनि, खराब कुराहरू गर्दा पनि, वा मानिसहरूलाई आक्रमण र सीमित गर्दा पनि, तिनीहरूले भनेको कुरा गर्ने र तिनीहरूलाई अनुमोदन गर्ने मानिसहरू रहून्। तिनीहरूको उद्देश्य यही हो। त्यसपछि, यदि माथिकाले कुनै दिन तिनीहरूको समस्या पत्ता लगाएर तिनीहरूलाई प्रतिस्थापन गरे पनि, तिनीहरूको पक्षमा बोल्न सक्दो प्रयास गर्ने, तिनीहरूको प्रतिरक्षा गर्न आउने, र तिनीहरूको प्रतिष्ठाको रक्षा गर्न खोज्ने मानिसहरू अझै पनि होऊन्। अनि यस्तो परिणाम हासिल गर्नका लागि तिनीहरूले यी कार्यहरूका लागि कुन विधि प्रयोग गरिरहेका हुन्छन्? मानिसहरूको हृदय जित्ने विधि। तिनीहरूले आफ्नो हैसियतलाई दह्रिलो बनाउन र आफ्नो शक्तिको दायरालाई बढाउनका लागि मानिसहरूको हृदय जित्ने विधि प्रयोग गर्छन्। ख्रीष्ट-विरोधीहरूले शक्ति हत्त्याउन प्रयोग गर्ने एउटा विधि यही हो।

ख्रीष्ट-विरोधीहरूले आफ्नो हैसियतलाई दह्रिलो बनाउन प्रयोग गर्ने विधिहरूका हकमा भन्दा, पहिलो विधि भनेको मानिसहरूको हृदय जित्नु हो र दोस्रो विधि भनेको असहमत हुनेहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो। मानिसहरूको हृदय जित्नुको अर्थ तिनीहरूले तिनीहरूको चापलुसी गर्ने, तिनीहरूको नजिक आउने, तिनीहरूलाई भरोसा गर्ने, र तिनीहरू सही भए पनि वा गलत भए पनि तिनीहरूलाई पछ्याउने मानिसहरूको मन जित्ने विधि प्रयोग गर्छन् भन्‍ने हुन्छ। असहमत हुनेहरूलाई आक्रमण गर्ने र बहिष्कार गर्ने कार्यको अर्थ सत्यता बुझ्ने, र फलस्वरूप तिनीहरूलाई चिन्‍न सक्‍ने, तिनीहरूलाई पछ्याउनबाट अलग बस्‍न सक्‍ने, र तिनीहरूबाट टाढा बस्न सक्‍ने सबैलाई तिनीहरूले शत्रुको रूपमा हेर्छन् भन्‍ने हुन्छ। तिनीहरूले यी मानिसहरूलाई आँखाको कसिङ्गर र शरीरको काँडाको रूपमा लिन्छन्, र तिनीहरूले यी मानिसहरूमा प्रयोग गर्ने विधि भनेको तिनीहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो। उदाहरणका लागि, मानौँ कुनै ख्रीष्ट-विरोधीले उसले हरेक पटक सङ्गति गर्दा, मानिसहरू निकै उत्साहित हुन्छन्, र कतिपयले नोटहरू लिन्छन् वा टेप रेकर्डरमा रेकर्ड गर्छन् भन्‍ने याद गर्छ। एक जवान बहिनीले मात्रै कहिल्यै नोट लिँदिनन् वा बोल्दिनन्। त्यसकारण, तिनीहरूले मनमनै सोच्छन्: “के तिनलाई मसँग समस्या छ? कि मैले राम्ररी सङ्गति गर्दिनँ भन्‍ने तिनलाई लाग्छ? यति मात्र होइन, हरेक पटक म आइपुग्दा, अरूले मलाई स्वागत गर्छन् र मित्रवत् रूपमा शिर हल्लाउँछन्, मेरा लागि पानी हालिदिन्छन् र मलाई बस्‍न भन्छन्, तर तिनले मलाई कहिल्यै पनि त्यसरी व्यवहार गरेकी छैनन्। तिनी मसँग झुकिरहेकी छैनन् जस्तो देखिन्छ—तिनलाई पाठ सिकाउने उपाय र अवसर खोज्नुपर्छ! मैले कस्तो अवसर खोज्नुपर्छ त? म तिनलाई कुनै त्यस्तो काम गर्न लगाउँछु, जुन काम तिनले पक्कै पनि राम्ररी गर्नेछैनन्—त्यसपछि मैले तिनलाई भाषण दिने मौका पाउनेछु। तिनलाई मसामु झुकाउने सबैभन्दा राम्रो मौका यही हो।” त्यसपछि, तिनीहरूले यी बहिनीलाई खतरनाक ठाउँमा काम गर्न पठाउने बन्दोबस्त मिलाउँछन्। तिनीहरूले सोच्छन्: “म तिनलाई धर्ममा रहेका एक जना वृद्ध पाष्टरलाई सुसमाचार सुनाउन पठाउनेछु, जो अलिक व्यभिचारी छ र जसले सत्यतालाई स्वीकार गर्दैन। तिनले ती पाष्टरलाई विश्‍वासमा ल्याउन सक्छिन् कि सक्दिनन् हेरौं। तिनले सकिनन् भने आफ्‍नो पक्षमा के भन्‍नेरहेछिन्? यदि तिनी मसामु झुकिनन् भने, म तिनलाई निकालेर पठाउनेछु!” त्यसपछि, तिनीहरूले तिनलाई यसो भन्छन्: “अहिले अरू धेरैजसो विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई निकै आदर गर्छन्। तिमीले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र तिमीले धेरै सत्यताहरू बुझेकी छौ। बाइबल राम्ररी जानेको एक जना धर्ममा रहेका पाष्टर छन्, र गएर तिनलाई सुसमाचार प्रचार गर्नका लागि सबैभन्दा उपयुक्त व्यक्ति तिमी नै हौ।” जब त्यस बहिनीले पाष्टरलाई भेट्छिन्, तब पाष्टरले तिनी जवान र सुन्दर छिन् भन्‍ने देख्छन्, र तिनलाई मन पराउँछन्—तिनले कहीँ-कतै तिनको गलत फाइदा पनि उठाउँछन्। तिनी फर्केपछि, त्यस सिस्टरले म फेरि त्यहाँ जान चाहन्नँ भनेर भन्छिन्, र ख्रीष्ट-विरोधीले यस्तो प्रतिक्रिया दिन्छ: “मण्डलीले तिमीलाई त्यो व्यक्तिलाई सुसमाचार सुनाउन खटाएको छ। यो तिम्रो कर्तव्य हो, तिमी जानैपर्छ!” यो सुनेपछि, ती बहिनीसँग आज्ञापालन गर्ने बाहेक कुनै विकल्प हुँदैन, र परिणाम स्वरूप तिनी हरेक पटक पाष्टरसँगको भेटपछि रुन्छिन्। यो अगुवाले अरूलाई आक्रमण गर्न र अरूसँग बदला लिनका लागि यस्ता कुराहरू गर्न सक्छ। यो कस्तो व्यक्ति हो? दुष्ट व्यक्ति। यदि तिनीहरू महिला भएका भए, के तिनीहरू यस्तो परिस्थितिमा जानेथिए? (जानेथिएनन्।) अवश्य नै जानेथिएनन्। तिनीहरू अरू सबैभन्दा बढी यसबाट टाढा बस्‍नेथिए। तिनीहरूले तिनीहरूलाई बेखुसी तुल्याउने, सजिलै हेप्‍न सकिने, तिनीहरूको अघि नझुक्‍ने र तिनीहरूको चापलुसी नगर्ने व्यक्तिलाई देख्छन्, त्यसपछि यी मानिसहरूको विरुद्धमा षड्यन्त्र गर्ने र बदला लिने अवसरहरू खोज्छन्। मलाई भन, जब कुनै व्यक्तिमा खराब र दुष्ट अभिप्रायहरू हुन्छन्, तब के ऊ हरप्रकारका भयानक कुराहरू गर्न सक्षम छैन र? अनि यी खराब र दुष्ट अभिप्रायहरू कसरी पैदा हुन्छन्? एउटा मुख्य कारण के हो भने तिनीहरूको प्रकृति सार अत्यन्तै खराब र दुर्भावनापूर्ण हुन्छ, र अर्को कारण के हो भने तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। जब मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, तब तिनीहरूले आँट नगर्ने कुनै कुरा हुँदैन; तिनीहरूले अरूलाई हानि गर्ने मात्र होइन, तर तिनीहरूले परमेश्‍वरलाई आलोचना र विश्वासघात गर्ने जस्ता कामहरू समेत गर्न सक्छन्—मानिसहरूलाई हानि गर्नु त तिनीहरूका लागि कान्छी औँलाको खेल हो। तिनीहरूले अरूलाई जति नै हानि गरे पनि यो ठूलो कुरा हो भन्‍ने सोच्दैनन्; तिनीहरूले अरूप्रति कुनै सहानुभूति राख्दैनन् र तिनीहरू भित्रैबाट अत्यन्तै दुर्भावानापूर्ण हुन्छन्। अनि यो ख्रीष्ट-विरोधीले यस जवान बहिनीलाई आगोको कुण्डमा धकेल्दा उसको उद्देश्य के थियो? उसले सुसमाचार प्रचार गर्न र मानिसहरू प्राप्त गर्न यसो गरेनन्; उसले तिनलाई कष्ट दिनका लागि मात्रै यसो गऱ्यो। तिनीहरूले कस्तो प्रकारका मानिसहरूलाई यातना दिन्छन्? यदि यो तिनीहरूको आज्ञा पालना गर्ने र भनेको मान्‍ने व्यक्ति हो भने, के तिनीहरूले उसलाई यातना दिनेछन्? अहँ, दिनेछैनन्। त्यसोभए किन त्यस बहिनीलाई त्यस्तो व्यवहार गरियो? (किनभने तिनी तिनीहरूको अघि झुकिनन्।) किनभने तिनी तिनीहरूको अघि झुकिनन्, तिनले तिनीहरूको चापलुसी गर्ने, तिनीहरूले भने अनुसार गर्ने, वा तिनीहरूलाई ठूला-ठालु जस्तो व्यवहार गर्ने गरिनन्, बरु तिनीहरूको तिरस्कार गरिन्, त्यसकारण परिणामस्वरूप तिनलाई यसरी व्यवहार गरियो र हानि गरियो। जब ख्रीष्ट-विरोधीहरूले यसरी मानिसहरूलाई हानि गर्छन्, तब सानो कद भएका र सत्यता नबुझ्ने मानिसहरूले सामान्यतया कस्तो प्रतिक्रिया दिन्छन्? तिनीहरूले मनमनै सोच्छन्: “राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ। अहिले, हामी यो व्यक्तिको नियन्त्रणमा छौं, त्यसकारण हामीले उसले भनेको मान्नुपर्छ र उसले हामीलाई जहाँसुकै जान भने पनि जानुपर्छ। अरूले तिनीहरूप्रति जसरी व्यवहार गर्छन्, हामीले पनि तिनीहरूप्रति त्यस्तै व्यवहार गर्नुपर्छ। हामी समूहमा समाहित हुनुपर्छ। हामीले पनि अरूले गरे जस्तै तिनीहरूको चापलुसी गर्नुपर्छ, र हामीले अरूको तुलनामा अझै राम्ररी र बढी ध्यान दिएर त्यसो गर्नुपर्छ। तब मात्रै हामीले यो अगुवालाई हामीलाई आक्रमण गर्नबाट टाढा राख्‍न सक्छौं। यो अगुवाको सेवा गर्न सजिलो छैन—हामीले तिनीसँग निहुँ खोज्नु हुँदैन!” अनि के ख्रीष्ट-विरोधीले हेर्न चाहने परिणाम ठ्याक्कै यही होइन र? (हो।) यसमा, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्। के यो मानिसहरूलाई दुर्व्यवहार गर्न शैतानले प्रयोग गर्ने विधि जस्तै छैन र? (छ।) यसले के देखाउँछ? यसले तिनीहरूको व्यवहारले शैतानलाई प्रतिनिधित्व गर्छ भन्ने देखाउँछ। तिनीहरू शैतानको माध्यम र प्रतिनिधि बनेका छन्; तिनीहरूले यसको पक्षबाट काम गर्छन्। के त्यसरी कर्तव्य गर्नु कर्तव्यको साँचो निर्वाह हो? के यो परमेश्‍वरको सेवा गर्नु हो? (होइन।) त्यस्ता अगुवाहरू अगुवा भन्‍न लायक हुँदैनन्—तिनीहरू दुष्ट मानिसहरू र शैतानहरू हुन्।

ख्रीष्टविरोधीहरू अगुवा बन्‍ने बित्तिकै, तिनीहरूले गर्ने पहिलो कुरा भनेको मानिसहरूको हृदय जित्ने प्रयास गर्नु, मानिसहरूलाई तिनीहरूको विश्‍वास गर्ने, भरोसा गर्ने, र सहयोग गर्ने तुल्याउनु हो। जब तिनीहरूको हैसियत सुरक्षित हुन्छ, तब तिनीहरू असामान्य बन्‍न थाल्छन्। आफ्नो हैसियत र शक्तिको रक्षा गर्न, तिनीहरूले विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न थाल्छन्। विरोधीहरूप्रति—विशेष गरी सत्यतालाई पछ्याउने मानिसहरूप्रति—तिनीहरूलाई दमन गर्न र आक्रमण गर्न, यातना दिनका लागि, स्थिर, सटीक र निर्मम विधिहरू प्रयोग गर्दै, तिनीहरूले जेसुकै प्रयास गर्नेछन्। आफ्नो हैसियतमा खतरामा पार्ने जोकोहीलाई तिनीहरूले नीच तुल्याएपछि र अपमानित गरेपछि मात्रै तिनीहरूलाई सहज महसुस हुन्छ। हरेक ख्रीष्टविरोधी यस्तै हुन्छ। मानिसहरूलाई जित्न र दमन गर्नका लागि यी असङ्ख्य युक्तिहरू प्रयोग गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हो? तिनीहरूको उद्देश्य शक्ति प्राप्त गर्नु, आफ्नो हैसियतलाई दह्रिलो बनाउनु, मानिसहरूलाई बहकाउनु र नियन्त्रण गर्नु हो। तिनीहरूको अभिप्राय र मनसायले के प्रतिनिधित्व गर्छन्? तिनीहरू आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन्, र परमेश्‍वरको विरुद्धमा खडा हुन चाहन्छन्। यस्तो सार त भ्रष्ट स्वभावभन्दा पनि गम्भीर हुन्छ: शैतानका महत्त्वाकाङ्क्षा र धोकेबाज युक्तिहरू पूर्ण रूपमा खुलासा भएका हुन्छन्। यो भ्रष्ट स्वभाव प्रकट गर्ने समस्या मात्रै होइन। उदाहरणका लागि, जब मानिसहरू अलिक अहङ्कारी र आत्म-धर्मी हुन्छन्, वा कहिलेकहीँ अलिक छली र झूटा हुन्छन्, तब यी कुराहरू भ्रष्ट स्वभावका प्रकटीकरण मात्रै हुन्। यस बीच, ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूको हृदय जित्न, विरोधीहरूलाई आक्रमण गर्न र बहिष्कार गर्न, तिनीहरूको हैसियतलाई दह्रिलो बनाउन, शक्ति कब्जा गर्न, र मानिसहरूलाई नियन्त्रण गर्नका लागि हुन्छ। यी कार्यहरूको प्रकृति के हो? के तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न र परमेश्‍वरको अघि आउन अगुवाइ गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, मानिसहरूको हृदयका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुन्छन्। मानिसहरूको हृदयमा कसका लागि स्थान हुनुपर्छ? परमेश्‍वरका लागि स्थान हुनुपर्छ। तर ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा यसको ठीक विपरीत हुन्छ। तिनीहरूले मानिसहरूको हृदयमा परमेश्‍वर वा सत्यतालाई स्थान लिन दिँदैनन्; बरु, तिनीहरूले मानिस, अर्थात् अगुवाका रूपमा रहेको आफूलाई, र शैतानलाई मानिसहरूको हृदयमा स्थान लिन दिन चाहन्छन्। तिनीहरूले कसैको हृदयमा तिनीहरूको स्थान छैन, यो व्यक्तिले तिनीहरूसँग अगुवाका रूपमा व्यवहार गर्दैन भन्‍ने पत्ता लगाउने बित्तिकै, तिनीहरू अत्यन्तै असन्तुष्ट हुन्छन्, र सायद तिनीहरूले तिनीहरूलाई दमन गर्ने र यातना दिने प्रयास गर्ने गर्छन्। ख्रीष्टविरोधीहरूले गर्ने र भन्‍ने सबै कुरा तिनीहरूको हैसियत र प्रतिष्ठाको वरिपरि घुम्छ, र मानिसहरूलाई तिनीहरूलाई उच्च मान्ने लगाउन, तिनीहरूको डाहा गर्न र आराधना गर्न लगाउनका लागि हुन्छ—यहाँसम्म कि मानिसहरूलाई तिनीहरूदेखि डर मान्ने लगाउनका लागि पनि हुन्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूसँग परमेश्‍वरसँग जस्तै व्यवहार गर्न लगाउन चाहन्छन्, र सोच्छन्, “म जुनसुकै मण्डलीमा भए पनि, मानिसहरूले मेरो कुरा सुन्नुपर्छ, तिनीहरूले मबाट आफ्नो सुझाव लिनुपर्छ। जोसुकैले जुनसुकै समस्याको बारेमा माथिलाई रिपोर्ट गरे पनि, यो कुरा मबाट भएर नै जानुपर्छ, तिनीहरूसँग मकहाँ आएर मात्रै रिपोर्ट गर्ने अनुमति छ, माथिलाई सीधै रिपोर्ट गर्न पाइँदैन। यदि कसैले मलाई ‘नाइँ’ भन्छ भने, म उसलाई दण्ड दिनेछु, ताकि मलाई देख्‍ने सबैले आफ्नो हृदयमा डर, हैरानी, र कम्पन अनुभव गरून्। यति मात्र होइन, यदि मैले आदेश दिएँ वा कुनै कुरालाई जोड दिएँ भने, कसैले पनि असहमत हुने आँट गर्नु हुँदैन; मैले जे भने पनि, मानिसहरू त्यसअनुरूप हुनुपर्छ। तिनीहरूले मेरो कुरा पूर्ण रूपमा सुन्‍नुपर्छ, सबै कुरामा मेरो पालन गर्नुपर्छ, र हैकम चलाउने व्यक्ति म नै हुनुपर्छ।” ख्रीष्टविरोधीहरूले बोल्ने शैली ठीक यस्तै हुन्छ, यो ख्रीष्टविरोधीहरूको आवाज हो, ख्रीष्टविरोधीहरूले मण्डलीमाथि प्रभुत्व जमाउने प्रयास यसरी नै गर्छन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूले भनेको कुरा मान्छन् र तिनीहरूको पालना गर्छन् भने, के त्यस्ता मण्डलीहरू ख्रीष्टविरोधीहरूका राज्यहरू बन्दैनन् र? तिनीहरू भन्छन्, “माथिबाट जारी गरिएका कामका प्रबन्धहरूलाई मैले नै जाँच गर्नुपर्छ, मैले तिमीहरूका लागि जिम्मेवारी लिनुपर्छ, सही र गलतलाई विश्लेषण गर्ने व्यक्ति म नै हुनुपर्छ, परिणाम निर्णय गर्ने म नै हुनुपर्छ। तिमीहरूको कद पर्‍याप्त छैन, र तिमीहरू पर्‍याप्त रूपमा योग्य छैनौ। म मण्डलीको अगुवा हुँ र सबै कुरा ममा निर्भर हुन्छ।” के यी कुराहरू बोल्ने मानिसहरू अत्यन्तै दम्भी हुँदैनन् र? तिनीहरू साँच्‍चै नै यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा कुनै समझ नै हुँदैन! के तिनीहरूले आफ्नै, स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुँदैनन् र? कस्तो प्रकारका मानिसहरूले आफ्नै राज्य निर्माण गर्ने प्रयास गर्ने सम्भावना हुन्छ? के तिनीहरू वास्तविक ख्रीष्टविरोधीहरू होइनन् र? के ख्रीष्टविरोधीहरूले भन्‍ने र गर्ने सबै कुरा आफ्नो हैसियतको सुरक्षा गर्नका लागि हुँदैन र? के तिनीहरूले मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गरिरहेका हुँदैनन् र? तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? “विरोधी” को अर्थ के हो? यसको अर्थ विपरीत र घृणा हो। यसको अर्थ ख्रीष्टप्रतिको शत्रुता, सत्यताप्रतिको शत्रुता, र परमेश्‍वरप्रतिको शत्रुता हो। “शत्रुता” को अर्थ के हो? यसको अर्थ विपरीत पक्षमा उभिनु, तँलाई शत्रुका रूपमा व्यवहार गर्नु, मानौँ तँ ठूलो र गहन घृणाले भरिएको छस्; यसको अर्थ तँप्रति पूर्ण विरोधी हुनु हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई यस्तो मानसिकताले व्यवहार गर्छन्। परमेश्‍वरलाई घृणा गर्ने यस्ता मानिसहरूमा सत्यताप्रति कस्तो मनोवृत्ति हुन्छ? के तिनीहरू सत्यतालाई प्रेम गर्न सक्छन्? के तिनीहरू सत्यतालाई स्वीकार गर्न सक्छन्? अवश्य नै सक्दैनन्। त्यसकारण, परमेश्‍वरको विरोधमा खडा हुने मानिसहरू सत्यतालाई घृणा गर्ने मानिसहरू हुन्। तिनीहरूमा देखा पर्ने पहिलो कुरा भनेको सत्यताप्रतिको वितृष्णा र सत्यताप्रतिको घृणा हो। तिनीहरूले सत्यता वा परमेश्‍वरका वचनहरू सुन्‍ने बित्तिकै, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ, र जब कसैले तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउँछ, तब मानिसहरूले सुसमाचार प्रचार गर्दा परमेश्‍वरका वचनहरू भूतलाई पढेर सुनाएको जस्तै गरी, तिनीहरूको अनुहारमा रिस र क्रोधको अभिव्यक्ति देखा पर्छ। सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने मानिसहरूले हृदयमा परमेश्‍वरका वचनहरू र सत्यताप्रति अत्यन्तै वितृष्णा महसुस गर्छन्, तिनीहरूमा प्रतिरोधको मनोवृत्ति हुन्छ, र तिनीहरू, तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउने वा सत्यता सङ्गति गर्ने जोकोहीलाई घृणा गर्ने हदसम्म समेत पुग्छन्, अनि तिनीहरूले त्यो व्यक्तिलाई शत्रुका रूपमा समेत लिन्छन्। तिनीहरूमा विभिन्‍न सत्यताहरूप्रति, र सकारात्मक कुराहरूप्रति चरम वितृष्णा हुन्छ। परमेश्‍वरमा समर्पित हुने बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने, इमानदार व्यक्ति बन्‍ने, सबै कुरामा सत्यता खोज्ने, आदि जस्ता सबै सत्यताहरूमा—के तिनीहरूमा अलिकति पनि व्यक्तिगत तृष्णा वा प्रेम हुन्छ? हुँदैन, अलिकति पनि हुँदैन। त्यसकारण, तिनीहरूमा यस किसिमको प्रकृति सार भएकोले तिनीहरू पहिले नै परमेश्‍वर र सत्यताको प्रत्यक्ष विरोधमा उभिएका हुन्छन्। अवश्य नै, यस्ता मानिसहरूले भित्री मनमा सत्यतालाई वा कुनै सकारात्मक कुरालाई प्रेम गर्दैनन्, भित्री मनमा, तिनीहरूलाई सत्यताप्रति वितृष्ण र तिनीहरूले यसलाई घृणा समेत गर्छन्। उदाहरणका लागि, नेतृत्वको पदमा बस्ने मानिसहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका फरक-फरक विचारहरूलाई स्वीकार गर्न सक्नुपर्छ, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अघि खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्नुपर्छ, र तिनीहरूको निन्दालाई स्वीकार गर्नुपर्छ, र तिनीहरूले आफ्‍नो हैसियतलाई जोड दिनु हुँदैन। अभ्यास गर्ने यी सबै सही तरिकाहरूको बारेमा ख्रीष्टविरोधीले के भन्नेथियो? उसले यसो भन्‍नेथियो, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू सुनेँ भने, के म अझै पनि अगुवा नै रहनेथिएँ? के मसँग अझै पनि प्रतिष्ठा र इज्जत हुनेछ? यदि मेरो कुनै इज्जत हुँदैन भने मैले के नै काम गर्न सक्छु?” ख्रीष्टविरोधीसँग ठीक यस्तै प्रकारको स्वभाव हुन्छ; तिनीहरूले सत्यतालाई सबैभन्दा सानो रूपमा समेत स्वीकार गर्दैनन्, र अभ्यास गर्ने तरिका जति सही हुन्छ, तिनीहरूले उति नै बढी त्यसको प्रतिरोध गर्छन्। सिद्धान्त अनुसार काम गर्नु भनेको सत्यता अभ्यास गर्नु हो भन्‍ने कुरालाई तिनीहरूले स्वीकार गर्दैनन्। तिनीहरूलाई सत्यता अभ्यास गर्नु भनेको के हो भन्ने लाग्छ? तिनीहरूले परमेश्‍वरका वचनहरू, सत्यता, र प्रेममा भर पर्नुको सट्टा सबैसँग षड्यन्त्र, चलाकी, र हिंसाको प्रयोग गर्नुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूको हरेक माध्यम र मार्ग दुष्ट हुन्छ। यो सबैले ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्छ। तिनीहरूले प्रायजसो प्रकट गर्ने मनसाय, राय, दृष्टिकोण, र अभिप्रायहरू सबै सत्यताप्रतिको वितृष्णा र घृणाको स्वभाव हुन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यसोभए, सत्यता र परमेश्‍वरको विरुद्धमा खडा हुनु भनेको के हो? यसको अर्थ सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्नु हो। उदाहरणका लागि, जब कसैले “सृजित प्राणीका रूपमा, व्यक्तिले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, मानिसहरू समर्पित हुनुपर्छ, किनभने हामी सृजित प्राणीहरू हौँ” भनेर भन्छ, तब ख्रीष्टविरोधीले के सोच्छन्? “समर्पित हुने? म सृजित प्राणी हुँ भन्‍ने कुरा गलत होइन, तर जब समर्पित हुने कुरा आउँछ, तब त्यो कुरा परिस्थितिमा भर पर्छ। सर्वप्रथम, त्यसमा मेरा लागि केही फाइदा हुनुपर्छ, मलाई बेफाइदा हुनु हुँदैन, र मेरा हितहरू सुरुमा आउनुपर्छ। यदि इनाम वा महान् आशिष्‌हरू प्राप्त हुन्छन् भने, म समर्पित हुन सक्छु, तर इनाम र गन्तव्यविना, किन समर्पित हुने? म समर्पित हुन सक्दिनँ।” यो सत्यतालाई स्वीकार नगर्ने मनोवृत्ति हो। परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता ससर्त हुन्छ, र यदि तिनीहरूको सर्तहरू पूरा गरिएनन् भने, तिनीहरू समर्पित नहुने मात्र होइन, तर तिनीहरूले परमेश्‍वरको विरुद्धमा लड्ने र विरोध गर्ने सम्भावना पनि हुन्छ। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न लगाउनुहुन्छ, तर यी ख्रीष्टविरोधीहरू मूर्खहरूले मात्रै इमानदार बन्‍ने प्रयास गर्छन्, र चलाख मानिसहरूले इमानदार बन्‍ने प्रयास गर्दैनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो मनोवृत्तिको सार के हो? त्यो सत्यताप्रतिको घृणा हो। ख्रीष्टविरोधीहरूको सार यस्तै हुन्छ, र तिनीहरूको सारले तिनीहरू कुन मार्ग हिँड्छन् भन्‍ने कुरा निर्धारित गर्छ, र तिनीहरूले हिँड्ने मार्गले तिनीहरूले गर्ने सबै कुरालाई निर्धारित गर्छ। जब ख्रीष्टविरोधीहरूमा सत्यता र परमेश्‍वरलाई घृणा गर्ने प्रकृति सार हुन्छ, तब तिनीहरूले कस्तो प्रकारका कुराहरू गर्न सक्छन्? तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्ने, विरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने, र मानिसहरूलाई यातना दिने सम्भावना हुन्छ। यी कुराहरू गर्ने क्रममा तिनीहरूले हासिल गर्न खोजेको उद्देश्य भनेको शक्ति वहन गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु हो। यसमा कुनै शङ्का छैन। हैसियत पाएपछि, परमेश्‍वरमा पूर्ण समर्पित हुन नसक्‍ने, र परमेश्‍वरलाई पछ्याउन वा सत्यता पछ्याउन नसक्‍ने कुनै पनि व्यक्ति ख्रीष्टविरोधी हो।

ख्रीष्टविरोधीहरूले अगुवाको कर्तव्य पूरा गर्दा के-कस्ता कुराहरू गर्छन्? हामीले भर्खरै तिनीहरूले कसरी मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् र विरोधीहरूलाई पनि आक्रमण गर्ने र बहिष्कार गर्ने प्रयास गर्छन् भन्‍ने बारेमा कुरा गर्‍यौँ, तर ख्रीष्टविरोधीहरूले अर्को साझा प्रकटीकरण पनि देखाउँछन्—सत्यताको खोजी गर्नेहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (घृणा।) अनि त्यसले तिनीहरूलाई के गर्न लगाउँछ? के तिनीहरूले ती मानिसहरूलाई घृणा मात्रै गर्छन्, त्यति हो त? अहँ, तिनीहरूले ती मानिसहरूलाई बहिष्कार गर्ने र दमन गर्ने उपायहरू खोज्छन्। तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्। ती विरोधीहरू अलिक भ्रमित, अरूको चापलुसी कसरी गर्ने वा सांसारिक व्यवहार सम्‍बन्धी दर्शनहरूलाई कसरी प्रयोग गर्ने भन्‍ने थाहा नभएका मानिसहरू हुन सक्छन्। तिनीहरू तुलनात्मक रूपमा जोशिलो र सत्यतालाई निकै पछ्याउने मानिसहरू पनि हुन सक्छन्। त्यसोभए, ख्रीष्टविरोधीहरूको तेस्रो विधि के हो? तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्। अर्को एउटा पनि छ: तिनीहरूले मानिसहरूको हृदयमा आफ्‍नो स्थान सुरक्षित गर्ने प्रयास गर्छन्। यसलाई के भनिन्छ? (मानिसहरूको हृदय कब्जा गर्नु।) तिनीहरूले यही कुरा हासिल गर्न खोजिरहेका हुन्छन्। तिनीहरूले यसो गर्न के-कस्ता माध्यमहरू प्रयोग गर्छन्? (तिनीहरूले आफूलाई उच्च पार्छन् र आफ्नो गवाही दिन्छन्।) अनि आफूलाई उच्च पार्ने र आफ्नो गवाही दिने कार्यको पछाडि ख्रीष्टविरोधीहरूको उद्देश्य के हुन्छ? त्यो मानिसहरूको हृदय कब्जा गर्नु र तिनीहरूलाई नियन्त्रण गर्नु हुन्छ। मानिसहरूले आफूलाई उच्च पार्दा र आफ्नो गवाही दिँदा प्रायजसो कस्तो कुराका बारेमा कुरा गर्छन्? एउटा भनेको तिनीहरूले आफ्नो योग्यताका बारेमा कुरा गर्नु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले तिनीहरूले माथिल्लो स्तरका निश्‍चित मण्डली अगुवाहरूलाई कसरी बास दिएका छन् भन्‍ने बारेमा कुरा गर्छन्। कतिपयले त यसो समेत भन्छन्, “मैले परमेश्‍वर स्वयम्‌लाई बास दिएको छु, र उहाँले मसँग निकै दयालु व्यवहार गर्नुभयो—म पक्कै पनि सिद्ध पारिनेछु।” तिनीहरूले यसो भन्‍नुको अर्थ के हो? (तिनीहरूले मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउने प्रयास गरिरहेका हुन्छन्।) यी कुराहरू भन्‍नुको पछाडि तिनीहरूको उद्देश्य हुन्छ। अरूले भन्छन्, “म माथिको सम्पर्कमा आएको छु, तिनीहरूले मेरा बारेमा निकै उच्च विचार राख्छन्, र मलाई मेरो खोजीमा मेहनत गर्न आग्रह गरे।” वास्तवमा, माथिले तिनीहरूका बारेमा के सोच्छ भन्‍ने कसैलाई थाहा हुँदैन। कतिपय मानिसहरूले साँच्‍चै नै कुराहरू बढाइदिन्छन्, र कहिलेकहीँ कुराहरू समेत बनाउँछन्। यदि मानिसहरूको समूह भेला भएर तिनीहरूको कथालाई पुष्टि गर्न र जाँच गर्न आए भने के गर्ने भनेर तिनीहरूलाई थाहा हुनेथिएन। माथिले कसैलाई यसो पनि भन्‍न सक्छ, “तेरो क्षमता राम्रो छ र तँसँग बुझ्‍ने क्षमता छ। तैँले आफ्नो अनुभवात्मक गवाही लेख्‍ने अभ्यास गर्नुपर्छ। जीवन अनुभव प्राप्त गरेपछि तँ अगुवा बन्‍न सक्छस्।” यसको अर्थ के हो? यो व्यक्ति प्रतिभाशाली भए पनि, उसले अझै पनि केही समयसम्म तालिम लिनुपर्छ र अनुभव पाउनुपर्छ। जब त्यो व्यक्तिले तालिम वा अनुभव प्राप्त गर्नुभन्दा पहिले धाक लगाउँछ र देखावट गर्छ, तब यसको प्रकृति के हुन्छ? ऊ अहङ्कारी र घमण्डी भइरहेको हुन्छ, र उसले आफ्नो समझ गुमाएको हुन्छ, होइन र? यदि माथिका दाजु वा भाइले यो व्यक्तिमा क्षमता छ र ऊ प्रतिभाशाली छ भनेर भने पनि, यो त उसलाई प्रोत्साहन दिएको वा मूल्याङ्कन गरिएको मात्रै हुन्छ। त्यस व्यक्तिले यसरी धाक लगाउँदै हिँड्नुको उद्देश्य के हो? मानिसहरूलाई उसलाई उच्च मान्न लगाउनु, अरूलाई उसको आराधना गर्न लगाउनु हो। तिनीहरूले यसो भनिरहेका हुन्छन्, “हेर—माथिका दाजु वा भाइले मलाई निकै उच्च मान्छन्, र त्यसोभए तिमी किन मलाई उच्च मान्दैनौ? अब मैले तिमीलाई यो कुरा बताइसकेपछि, तिमीले पनि मलाई उच्च मान्नुपर्छ।” तिनीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो। यसो भन्‍नेहरू पनि छन्, “म अगुवा थिएँ। म एउटा क्षेत्र, जिल्‍ला, मण्डलीको अगुवा थिएँ—म धेरै पटक तल झरेँ, र धेरै पटक माथि चढेँ—मलाई धेरै पटक बढुवा दिइयो र पदबाट तल झारियो। अन्तमा, मेरो इमानदारीताले स्वर्गको मन छोयो, र आज, म फेरि पनि माथिल्लो स्तरको अगुवा बनेको छु। अनि म कहिल्यै पनि नकारात्मक भएको छैनँ।” तैँले तिनीहरूलाई किन कहिल्यै नकारात्मक महसुस गरेका छैनौ भनेर सोध्दा, तिनीहरूले यसो भन्छन्, “साँचो सुन अन्तमा चम्किन्छ भन्‍ने कुरामा विश्‍वास गर्छु।” तिनीहरू यही निष्कर्षमा पुगेका हुन्छन्। के यो सत्यता वास्तविकता हो? (होइन।) त्यसोभए त्यो सत्यता वास्तविकता होइन भने, के हो त? यो एउटा अनौठो सिद्धान्तवाद हो; यसलाई भ्रम पनि भन्‍न सकिन्छ। तिनीहरूले यसरी बोल्‍नुको परिणाम के हुन सक्छ? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “यो व्यक्तिले साँच्‍चै नै सत्यता पछ्याउँछ। धेरै पटक बढुवा पाएर पदबाट तल झारिँदा पनि ऊ नकारात्मक भएन। अनि अहिले तिनीहरूलाई फेरि अगुवा बनाइएको छ—साँचो सुन साँच्‍चै चम्किन्छ। तिनीहरू ढिलो-चाँडो सिद्ध तुल्याइन्छन्।” के त्यो व्यक्तिको लक्ष्य त्यही थिएन र? वास्तवमा, उसले यही उद्देश्य राखेको थियो। ख्रीष्टविरोधीहरूले चाहे जुन शैलीमा बोले पनि, त्यसको ध्येय सदैव मानिसहरूलाई तिनीहरूलाई उच्च मान्न लगाउन र तिनीहरूको आराधना गर्न लगाउन, मानिसहरूको हृदयमा कुनै स्थान ओगट्न, परमेश्‍वरको पद समेत लिनका लागि हो—यी सबै कुराहरू ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिँदा हासिल गर्न चाहने लक्ष्यहरू हुन्। जब पनि मानिसहरूले भन्‍ने, प्रचार गर्ने र सङ्गति गर्ने सबै कुरापछाडिको मनसाय भनेको अरूलाई तिनीहरूलाई उच्च मान्न लगाउनु र आराधना गर्न लगाउनु हुन्छ, तब यस्तो व्यवहार आफैलाई उच्‍च पार्नु र आफ्नो गवाही दिनु हो, र यो अरूको हृदयमा स्थान ओगट्न गरिन्छ। यी मानिसहरूले बोल्ने तरिकाहरू पूर्ण रूपमा एउटै नभए पनि, यसमा थोरै मात्रामा तिनीहरूले आफ्नै गवाही दिने र अरूलाई तिनीहरूको आराधना गर्न लगाउने प्रभाव हुन्छ। यस्ता व्यवहारहरू प्रायः सबै अगुवा र सेवकहरू फरक-फरक हदमा रहेका हुन्छन्। यदि तिनीहरू आफूलाई रोक्‍न नसक्‍ने निश्चित अवस्थामा पुग्छन् र आफूलाई नियन्त्रण गर्न तिनीहरूलाई गाह्रो हुन्छ, र तिनीहरूमा आफूलाई परमेश्‍वरको रूपमा वा कुनै आदर्श व्यक्तित्वको रूपमा मानिसहरूलाई व्यवहार गर्न लगाउने विशेष रूपमा बलियो र स्पष्ट अभिप्राय र लक्ष्य हुन्छ, यसरी तिनीहरूले मानिसहरूलाई बन्धनमा राख्‍ने र नियन्त्रण गर्ने र अरू मानिसहरूलाई तिनीहरूको पालना र आराधना गर्न लगाउने आफ्‍नो उद्देश्य हासिल गर्न चाहन्छन् भने, यी सबैको प्रकृति आफैलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने प्रकृति हो, र यसमा ख्रीष्टविरोधीको एउटा गुण हुन्छ। मानिसहरूले आफूलाई उच्‍च पार्न र आफ्नै गवाही दिन सामान्यतया कुन माध्यमहरू प्रयोग गर्छन्? (तिनीहरू पूँजीको कुरा गर्छन्।) पूँजीको बारेमा कुरा गर्दा यसमा के-के कुरा समावेश हुन्छन्? तिनीहरूले कति लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन्, तिनीहरूले कति धेरै कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै मूल्य चुकाएका छन्, तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति टाढासम्म यात्रा गरेका छन्, साथै तिनीहरूले कति धेरै मानिसहरूलाई विश्‍वासमा ल्याएका छन् र सुसमाचार प्रचार गर्ने क्रममा तिनीहरूले कति धेरै अपमान सहेका छन् भन्‍ने कुराहरू समावेश हुन्छन्। कतिपय मानिसहरू आफूले कहिल्यै पनि मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका नदिई, आफ्नो गवाहीमा दृढ रूपमा खडा भई कति पटक पक्राउ र जेल परेका छन्, आदि बारे प्राय कुरा गर्छन्। यी सब पूँजीबारे कुरा गर्नु हो। मण्डलीको काम गर्ने बहानामा, तिनीहरू आफ्नो हैसियतलाई मजबुत पार्दै, मानिसहरूको हृदयमा आफ्नो राम्रो छाप बनाउँदै आफ्नै उद्यम चलाउँछन्। त्यससँगै, तिनीहरूले मानिसहरूको हृदय जित्‍न हरप्रकारका तौरतरिका र चाल प्रयोग गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो भन्दा बेग्लै दृष्टिकोण राख्‍ने जोकोहीलाई आक्रमण गर्ने र बहिष्कार गर्ने, विशेष गरी सत्यता पछ्याउने र सिद्धान्तहरूमा अडिग रहनेहरूलाई बहिष्कार गर्ने र दमन गर्ने समेत गर्छन्। अनि मूर्ख, अज्ञानी र आफ्नो विश्‍वासमा अन्योलमा रहेका, परमेश्‍वरमा धेरै समय विश्‍वास नगरेकाहरू र सानो कद भएकाहरूका बारेमा भन्दा, तिनीहरूले यी मानिसहरूमा कस्ता तौरतरिकाहरू प्रयोग गर्छन्? तिनीहरूले आफ्नो हैसियतलाई मजबुत बनाउने लक्ष्य हासिल गर्न यी रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन्, आकर्षित गर्छन् र धम्की समेत दिन्छन्। यी सबै नै ख्रीष्टविरोधीहरूका चाल हुन्।

मण्डलीहरूमा यस्तो कुरा प्राय हुन्छ: कतिपय दाजुभाइदिदीबहिनीहरूले माथिका प्रवचनहरू र सङ्गतिहरू सुन्छन्, जसमा अगुवा वा सेवकले परमेश्‍वरको घरको कामका प्रबन्धहरू उल्लङ्घन गर्ने कुनै काम गरे भने, परमेश्‍वरका चुनिएका मानिसहरूसँग यसको बारेमा रिपोर्ट गर्ने अधिकार हुन्छ भनेर भनिएको हुन्छ। यो सुनेपछि र तिनीहरूको मण्डलीका कुनै अगुवाले कामका प्रबन्धहरू अनुरूप कार्य गरिरहेका छैनन् भन्‍ने खुट्टयाएपछि, तिनीहरूमध्ये केहीले अगुवाका बारेमा रिपोर्ट गर्ने निर्णय गर्छन्। त्यसपछि, अगुवाले यसको बारेमा थाहा पाउँछ, र मनमनै सोच्छ, “अझै पनि मलाई रिपोर्ट गर्ने आँट भएका मानिसहरू रहेछन्। तिनीहरूले कसरी आँट गरे! यी मानिसहरू को हुन्?” त्यसपछि, तिनीहरूले मण्डलीका एक-दुई दर्जन सदस्यहरूलाई एक-एक गरी अनुसन्धान गर्छन्। यो अनुसन्धानमा तिनीहरू कुन हदसम्‍म पुग्छन्? तिनीहरूले हरेकको उमेर, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको कति लामो समय भएको छ, तिनीहरूले विगतमा के-कस्ता कर्तव्यहरू पूरा गरेका छन्, तिनीहरूका वर्तमान कर्तव्य के-के हुन्, तिनीहरू कसको सम्पर्कमा छन्, तिनीहरूले माथिलाई सम्पर्क गर्न सक्छन् कि सक्दैनन्, र इत्यादि कुराहरू हेर्छन्। तिनीहरूले यी सबै कुराहरू खोज्छन्, यसमा धेरै मेहनत गर्छन्। तिनीहरूको विस्तृत अनुसन्धान पूरा भएपछि, तिनीहरूले दुई-तीन जना मानिसहरू शङ्कास्पद देखिएको पत्ता लगाउँछन्, त्यसकारण अर्को भेलामा, त्यस अगुवाले निश्‍चित रूपमा यही मामलालाई लक्षित गर्ने प्रवचन सुनाउँछन्। तिनीहरूले भन्छन्, “मानिसहरूमा विवेक हुनुपर्छ। परमेश्‍वरमाथिको तपाईंको विश्‍वासमा, तपाईंलाई अहिलेसम्म कसले डोर्‍याएको छ? तपाईंले अहिले धेरै सत्यताहरू बुझ्‍नुभएको छ; यदि मैले भेलाहरू आयोजना गरेर सङ्गति नगरेको भए, के तपाईंले यी सत्यताहरू बुझ्‍न सक्नुहुनेथ्यो? हाम्रो मण्डलीले सुसमाचार प्रचार गरेर धेरै मानिसहरूलाई ल्याएको छ, र हाम्रो सुसमाचारको काममा यति ठूलो प्रगति भएको छ। यदि म यहाँ यसको निर्देशन गर्न नभएको भए, के तपाईंहरूले कसैलाई ल्याउन सक्‍नुहुन्थ्यो? तैपनि यो सबका लागि कसलाई धन्यवाद दिनुपर्छ?” कतिपय मानिसहरूले यसको बारेमा मनन गर्छन् र सोच्छन्, “मैले धन्यवाद दिनुपर्ने व्यक्ति परमेश्‍वर नै हुनुहुन्छ; मानिसले के-कस्ता योगदानहरू दिएको छ?” तर त्यसपछि अगुवाले यसो भन्दै आफ्‍नो कुरा जारी राख्छ, “मैले तपाईंहरूका लागि परमेश्‍वरका वचनहरूका यी पुस्तकहरू नल्याएको भए, के तपाईंहरूले ती प्राप्त गर्न सक्‍नुहुन्थ्यो? मैले भेलाहरू आयोजना नगरेको भए, के तपाईंहरू भेला हुन सक्‍नुहुन्थ्यो? मानिसहरूमा विवेक हुनुपर्छ! त्यसोभए, यदि तपाईंहरूसँग विवेक छ भने, तपाईंहरूले के गर्नुपर्छ? जब तपाईंहरूको अगुवाले कहिलेकहीँ सानो गल्ती गर्छ, तब तपाईंले यसको बारेमा धेरै गहन रूपमा अनुसन्धान गर्नु हुँदैन। तिनीहरूको कमीकमजोरीलाई उठाएर अनि त्यो कुरालाई त्याग्‍न नमानेर, के तपाईंले तिनीहरूको विरुद्धमा विद्रोह गर्ने प्रयास गरिरहनुभएको हुन्छ? यदि सानो कुरा देखा पर्‍यो भने, हामीले यसलाई आन्तरिक रूपमा सम्हाल्नुपर्छ। रिपोर्ट गर्नुको के अर्थ हुन्छ? मामलाहरूको रिपोर्ट गर्ने मानिसहरू अयोग्य र सानो कदका हुन्छन्। के सबै कुराहरूका बारेमा माथिलाई रिपोर्ट गर्नु उचित हुन्छ? माथिसँग यस्ता समस्याहरू समाधान गर्ने समय कसरी हुन सक्छ? यदि तिनलाई समाधान गरिनु नै पर्छ भने, मण्डली अगुवाहरूले तिनलाई समाधान गर्नेछन्। के बन्द ढोकाभित्र कुराहरूका बारेमा छलफल गर्न सकिँदैन र? के तपाईंहरूले सबै कुराका बारेमा माथिलाई रिपोर्ट गर्नुपर्छ? के यो त माथिलाई बाधा दिनु मात्रै होइन र? सुन्‍नुहोस्, यदि तपाईंले मलाई कुनै कुराका बारेमा रिपोर्ट गर्नुभयो भने, म शान्त भएर र मैत्रीपूर्ण तरिकाले तपाईंलाई काट-छाँट नगरी समाधान खोज्नेछु। तर तपाईंले माथिलाई यसको बारेमा रिपोर्ट गर्नुभयो भने माथिको मनोवृत्ति कस्तो हुनेछ थाहा छ? माथिलाई हल्का रूपमा लिनु हुँदैन—तिनीहरू सिंह र गरुडहरू जस्तै हुन्। के हामी जस्ता साना कदका मानिसहरू तिनीहरूको स्तरमा पुग्‍न सक्छौँ? तपाईंले माथिलाई समस्याका बारेमा रिपोर्ट गरेर केही राम्रो हुनेछैन; तपाईं अवश्य नै काट-छाँटमा पर्नुहुनेछ। मेरो जीवनमा धेरै पटक यस्तो भएको छ; तपाईं जस्तो सानो कदको व्यक्तिले कसरी यसलाई सम्हाल्न सक्‍नुहुन्छ? तपाईंले विश्‍वास समेत त्याग्‍ने सम्‍भावना हुन्छ, र त्यसको परिणामहरू भोग्‍ने व्यक्ति को हुनेछ? यदि तपाईं कुनै कुराको रिपोर्ट गर्न चाहनुहुन्छ भने, तपाईंले नै परिणामहरू भोग्‍नुहुनेछ। जब समय आउँछ र तपाईं काट-छाँटमा परेर नकारात्मक र कमजोर बन्‍नुहुन्छ, तब मलाई दोष नदिनुहोस्। यदि तपाईं रिपोर्ट गर्न चाहनुहुन्छ भने, म रोक्दिनँ। जानुहोस् र गर्नुहोस्; कसले यसको बारेमा रिपोर्ट गर्दो रहेछ म हेर्छु!” के यो अगुवाले यति डरलाग्दो व्यवहार गरिरहेको बेला कसैले रिपोर्ट गर्ने आँट गर्नेथियो? (गर्नेथिएन।) कतिपय मानिसहरूले गर्न त चाहनेथिए, तर तिनीहरू यति डराउनेथिए कि तिनीहरूले त्यसो गर्न सक्नेथिएनन्। के यी मानिसहरू केही न कामका हुँदैनन् र? तिनीहरूलाई केको डर लाग्छ? तिनीहरू कसरी अगुवासँग यति डराउन सक्छन्? यदि त्यो अगुवाले तिनीहरूलाई यातना दिएर मार्न चाहे पनि, तिनीहरूको जीवन त्यो अगुवाको हातमा हुँदैन; परमेश्‍वरको अनुमतिविना त्यो अगुवाले तिनीहरूलाई यातना दिने आँट कसरी? त्यो अगुवाका केही डरलाग्दा शब्दहरू सुनेपछि, कतिपय मानिसहरू रिपोर्ट गर्न साह्रै डराउनेथिए; तिनीहरूले मनमनै सोच्नेथिए, “परमेश्‍वरलाई कहीँ पनि देख्‍न सकिँदैन। यदि मैले रिपोर्ट गरेँ भने के माथिले अगुवालाई ठेगान लगाउनेछ? यदि तिनीहरूले त्यसो गरेनन् भने—के अगुवाले मसँग बदला लिनेछ? के त्यसपछि पनि म आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्नेछु? त्यसोभए मैले रिपोर्ट गर्नु हुँदैन। त्यसबाहेक, यो मामला मेरो सरोकारको विषय होइन। अरू कसैले यसको बारेमा रिपोर्ट गरेको छैन, त्यसकारण मैले किन रिपोर्ट गर्नुपऱ्यो?” तिनीहरू रिपोर्ट गर्ने आँट नगरी पछि हट्नेथिए। के ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई कृपा देखाउने सम्भावना हुन्छ? (हुँदैन।) तिनीहरूले तिनीहरूलाई के गर्नेछन्? तिनीहरूलाई रिपोर्ट गर्ने योजना कसले बनाइरहेको छ, तिनीहरूसँग कोचाहिँ एउटै मनका छैनन् भन्‍ने कुरा तिनीहरूले पत्ता लगाएपछि, तिनीहरूले यस्तो सोच्न थाल्नेछन्: “तैँले सधैँ केही न केही योजना बनाइरहेको हुन्छस्; तँ सधैँ उच्च सुनिने विचारहरू बोल्न चाहन्छस्, सधैँ समस्या पैदा गर्न खोजिरहेको हुन्छस्, सधैँ मेरा समस्याहरू रिपोर्ट गर्न चाहन्छस्—यो त अति हो! तैँले मेरो अवस्थाका बारेमा रिपोर्ट गर्न सकूँ भनेर माथिलाई सम्पर्क गर्ने मौका खोजिरहेको छस्। अहिले तँ पछि हटिरहेको छस्, तैँले त्यसो गर्ने आँट गर्दैनस्; तर कसलाई के थाहा, यदि तैँले सही अवसर भेट्टाइस् भने, अझै पनि मलाई रिपोर्ट गर्न सक्छस्। ए, म तँलाई छोड्दिनँ!” त्यसकारण, ख्रीष्टविरोधीले ती मानिसहरूलाई होच्याउने बहाना र अवसरहरू खोज्नेछ, ताकि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूप्रति घृणा महसुस होस्। त्यसपछि तिनीहरूले तिनीहरूको गल्ती पक्रन, तिनीहरूलाई समस्यामा पार्न र तिनीहरूको प्रतिष्ठालाई कलङ्कित गर्नका लागि हर प्रकारका उपायहरू खोज्नेछन्। अनि त्यसपछि ती मानिसहरूले के सोच्छन्? “यो भयानक कुरा हो! मैले अगुवाको अवज्ञा गरेँ, अन्धाधुन्ध उसका बारेमा रिपोर्ट गर्ने प्रयास गरेँ, र अहिले मलाई कष्ट भोग्‍न लगाइएको छ। मैले यो पाठ याद गर्नुपर्छ: मैले अगुवालाई पटक्कै चिढ्याउनु हुँदैन! अहिले, हैकम चलाउने व्यक्ति यो अगुवा नै हो। उसले ‘पूर्व’ भन्दा, मैले ‘पश्‍चिम’ भनेर भन्‍नु हुँदैन; उसले ‘एक’ भन्दा, मैले ‘दुई’ भनेर भन्‍नु हुँदैन। अगुवाले मलाई जे गर्न लगायो मैले त्यही गर्नुपर्छ। मैले समस्याहरू रिपोर्ट गर्नका लागि माथिलाई सम्पर्क बिलकुलै गर्नु हुँदैन। यो साँच्‍चै नै गम्भीर कुरा हो! मलाई अगुवाले कष्ट दिएको छ, र माथिलाई यसको बारेमा थाहा छैन—मेरो पक्षमा को उभिनेछ र? भनाइ नै छ, ‘राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ!’” यी मानिसहरू नकारात्मक बनेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नु त परको कुरा हो। के तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वर हुन्छ? अहँ, तिनीहरूको हृदयमा परमेश्‍वर हुँदैन। तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्थाको कमी हुन्छ, तिनीहरू समस्याका बारेमा रिपोर्ट गर्न चाहन्छन् तर तिनीहरूलाई त्यो दुष्ट व्यक्तिको डर लाग्छ, तिनीहरू दुष्ट शक्तिहरूलाई छुट्याउनै सक्दैनन्, दुष्ट व्यक्तिले आफ्‍नो शक्ति भएको ठाउँमा तिनीहरूलाई कष्ट दिएको हुन्छ, र तिनीहरू केही काम नलाग्‍ने बनेका हुन्छन्। तिनीहरूमा सुरुमा अलिकति इन्साफको बोध थियो, जुन एउटा रहरलाग्दो गुण हो, तर तिनीहरूले सत्यता नबुझेका र सिद्धान्तहरू अनुसार कसरी काम गर्ने भन्‍ने नबुझेका हुनाले, तिनीहरूलाई त्यो दुष्ट व्यक्ति, झूटा अगुवा, र ख्रीष्टविरोधीले तहसनहस पार्यो, यहाँसम्‍म कि तिनीहरूले सबै आस्था गुमाए; सत्यताको खोजी गर्न वा बुद्धिका आधारमा काम गर्नका लागि परमेश्‍वरमा कसरी भरोसा गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। अहिले तिनीहरूले ख्रीष्टविरोधीलाई जहाँ देखे पनि तिनीहरू त्रासित र डरपोक बन्छन्। तिनीहरू कति डराएका हुन्छन्? तिनीहरूले सोच्छन्, “यस संसारमा दुष्ट मानिसहरूले शक्ति हात पारेका छन्। म जुनसुकै समूहमा भए पनि, मैले आफूलाई नम्र तुल्याउनुपर्छ। ममा त्यस्तो उग्रता र साहसको कमी छ, त्यसकारण म जहाँ गए पनि, मैले स्वेच्छाले दुर्व्यवहार भोग्‍नुपर्छ र अरूको पालन गर्नैपर्छ—मैले तिनीहरूलाई मेरा पुर्खाहरू जस्तै व्यवहार गर्नुपर्छ। तिनीहरूले ‘पूर्व’ भन्छन् भने, मैले ‘पश्‍चिम’ भन्‍न मिल्दैन। मैले फरक विचारहरू व्यक्त गर्न मिल्दैन, मैले अरूका समस्याहरूका बारेमा रिपोर्टहरू गर्न मिल्दैन, र मैले अरूका मामलाहरूमा टाँग अडाउन मिल्दैन। मैले परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा मात्रै ध्यान दिन सक्छु। मैले अगुवा र सेवकहरूलाई चिढ्याउनु हुँदैन, सत्यता सिद्धान्तहरू पालना गर्नु हुँदैन, ज्योतिको तृष्णा गर्नु हुँदैन, वा न्यायलाई प्रेम गर्नु हुँदैन—यो संसारमा कुनै ज्योति वा न्याय छैन। म अन्त्यसम्मै सहने कार्यमा मात्रै ध्यान दिनेछु, र भविष्यमा जहाँ गए पनि शान्ति कायम राख्‍ने कार्यलाई सधैँ प्राथमिकता दिनेछु!” तिनीहरू यही निष्कर्षमा पुग्छन्। के तिनीहरूलाई त्यो ख्रीष्टविरोधीले पराजित गरेको छैन र? (छ।) यो कुरालाई केले पुष्टि गर्छ? त्यो ख्रीष्टविरोधीले दमन गरेपछि, तिनीहरू साह्रै डराएका हुन्छन्, र तिनीहरू केही बोल्न वा गर्न डराउँछन्। तिनीहरूले आफ्नो साँचो आस्था गुमाएका हुन्छन् र त्यस बेलादेखि आफ्नो कर्तव्य बफादार रूपमा पूरा गर्न छोडेका हुन्छन्; तिनीहरूको हृदयमा, न्यायप्रतिको तिनीहरूको प्रेमको सानो ज्वाला निभेको हुन्छ; तिनीहरूलाई त्यो ख्रीष्टविरोधीले पूर्ण रूपमा पराजित गरेको र हराएको हुन्छ। के तिनीहरू केही नकामका होइनन् र? के तिनीहरू कायर होइनन् र? (हुन्।) कसरी थाहा हुन्छ? यदि तैँले तिनीहरूलाई “तिमीहरूको मण्डलीमा फलानोले कस्तो काम गरिरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “ठीकै गरिरहेको छ” भनेर जवाफ दिन्छन्। यदि तैँले “अनि तिमीहरू सबैले छनौट गरेको त्यो नयाँ मण्डली अगुवाको खबर के छ; के तिमीले उसलाई चिन्छौ?” भनेर भनिस् भने, तिनीहरूले प्रतिक्रिया दिनेछन्, “मलाई उसका बारेमा त्यति थाहा छैन।” यदि तैँले, “अहिले त्यहाँ मण्डली जीवन कस्तो छ? के कसैले बाधा दिइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्‍नेछन्, “ठीक छ, सबै कुरा राम्ररी अघि बढिरहेको छ।” तैँले तिनीहरूलाई जेसुकै सोधे पनि, तिनीहरूले यी केही शब्दहरूद्वारा मात्रै जवाफ दिनेछन्। के तिनीहरू डराएका हुनाले यसो भएको होइन र? तिनीहरू किन यति डराउँछन्? किनभने तिनीहरूले परमेश्‍वरको धार्मिकता चिन्दैनन्; तिनीहरूले शैतानको दुष्टता, क्रूरता, निर्दयीपन, र अन्धकारलाई छर्लङ्ग बुझ्न देख्‍न सक्दैनन्; सत्यताले शासन गर्नु भनेको के हो, वा यसको महत्त्व के हो भन्‍ने तिनीहरूलाई थाहा हुँदैन—त्यसकारण तिनीहरूलाई डर लाग्छ। त्यसैले, तैँले जेसुकै सोधे पनि, तिनीहरूको उत्तर अस्पष्ट र नबुझिने किसिमको हुनेछ; मण्डलीमा वास्तवमा के भइरहेको छ भन्‍ने बारेमा तैँले तिनीहरूबाट उत्तर प्राप्त गर्नेछैनस्, वा तिनीहरूले वास्तवमा भित्री रूपमा के सोचिरहेका छन् भन्‍ने पत्ता लगाउनेछैनस्। तिनीहरूले आफूलाई यति कसेर राख्नेछन् कि तिनीहरूले के कुरा गरिरहेका छन् भन्‍ने कुरा समेत तँलाई थाहा हुनेछैन। तिनीहरूले मण्डलीमा रहेका समस्याहरूका बारेमा, वा अगुवा र सेवकहरू कस्ता छन् भन्‍ने बारेमा केही भन्‍नेछैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरिरहेका कठिनाइहरूका बारेमा तैँले केही थाहा पाउनेछैनस्। तैँले यीमध्ये कुनै पनि कुरा पत्ता लगाउनेछैनस्—तिनीहरूले तँसँग यस्तो शैलीमा मात्रै कुरा गर्नेछन्। अनि तिनीहरूको कुरा सुन्दै गर्दा तँलाई कस्तो महसुस हुनेछ? तँलाई तिमीहरू दुई जनाको हृदय बीचमा केही कुरा छ भन्‍ने लाग्‍नेछ। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “मेरो बारेमा केही जान्‍ने प्रयास नगर, म तिमीलाई कुनै जानकारी दिन वा वास्तवमा के भइरहेको छ भनेर खुलासा गर्न चाहन्नँ। मबाट टाढा बस; यदि तिमीले मबाट मण्डलीमा के भइरहेको छ भनेर पत्ता लगाउने प्रयास गऱ्यौ भने, तिमीले मलाई समस्यामा पार्न र मेरो वर्तमान जिउने वातावरण, दिनचर्या, र परिस्थितिमा बाधा दिन खोजिरहेको हुन्छौ। मेरो जीवनको कुनै पनि पक्षमा हस्तक्षेप नगर; यी कुराहरू मलाई आफै सम्हाल्न देऊ।” तिनीहरूलाई ख्रीष्टविरोधीले कष्ट दिनेछ वा बदला लिनेछ भन्‍ने डर लाग्छ, र आफ्नो मण्डलीको कुनै समस्याका बारेमा रिपोर्ट गर्न डर लाग्छ। के यो ख्रीष्टविरोधीको अघि आत्मसमर्पण गर्नु होइन र? के तिनीहरूलाई त्यस ख्रीष्टविरोधीले बहकाएको र नियन्त्रण गरेको हुँदैन र? (हुन्छ।) अनि यो कुरा देख्दा त्यो ख्रीष्टविरोधीलाई खुसी लाग्छ। तिनीहरूले मानिसहरूलाई यति हदसम्म यातना दिएका हुन्छन् कि तिनीहरूले अबदेखि आफ्‍ना समस्याहरूका बारेमा रिपोर्ट गर्ने आँट गर्दैनन्, त्यसकारण तिनीहरूले मण्डलीमाथि दृढ नियन्त्रण पाएका हुन्छन्। के मण्डलीका धेरै मानिसहरू यसरी ख्रीष्टविरोधीको नियन्त्रणमा हुन्छन्? के तिमीहरू आफैले कहिल्यै कसैलाई समस्याका बारेमा रिपोर्ट गर्नबाट रोकेका छौ? तिमीहरूले यसो गरेका हुन सक्छौ तर यसको बारेमा तिमीहरूलाई थाहा नहुन सक्छ, वा भविष्यमा त्यसो गर्न सक्छौ। त्यसोभए, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई जितेर नियन्त्रणमा लिनुलाई समस्याका रूपमा लिन सकिन्छ? (सकिन्छ।) कतिपय मानिसहरूले भन्छन्: “मण्डलीका कतिपय मानिसहरू ख्रीष्टविरोधीसँग डराउँछन्, तर तिनीहरूले त्यो ख्रीष्टविरोधीमा विश्‍वास गर्दैनन् वा त्यस ख्रीष्टविरोधीलाई पछ्याउँदैनन्, तिनीहरूले त्यो ख्रीष्टविरोधीको सेवा गर्नु त परको कुरा हो। यति मात्र हो कि तिनीहरू अलिक त्यस ख्रीष्टविरोधीको बन्धनमा परेका छन्, र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न तिनीहरूले ढिलाइ गरेका छन्। यो समस्या हो भनेर तपाईं किन भन्‍नुहुन्छ?” एक हिसाबमा, मानिसहरूलाई जित्न र नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधिहरूलाई हेरेर, तैँले तिनीहरूको प्रकृति सार शैतानको सार हो भन्‍ने कुरा देख्‍न सक्नुपर्छ; यो सत्यता र परमेश्‍वरप्रति शत्रुवत् हुन्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न, उहाँका चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्न चाहन्छन्। अर्को हिसाबमा, ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधि र तरिकाहरूले मूर्ख, अज्ञानी, अन्योलमा परेका, र सत्यता नबुझ्ने मानिसहरूलाई वास्तवमै असर गर्न सक्छन्। तिनीहरूले साँच्‍चै नै ती मानिसहरूलाई बहकाउन सक्छन्, तिनीहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रणमा राखेर तिनीहरूको काइदामा चल्न लगाउन सक्छन्, र तिनीहरूलाई सबै कुरामा ख्रीष्टविरोधीहरूसँग परामर्श लिन र तिनीहरूको पालना गर्न लगाउन सक्छन्। ख्रीष्टविरोधीहरूले यी मानिसहरूको मुख बन्द गर्ने मात्र होइन; तिनीहरूको व्यवहारलाई पनि नियन्त्रण गर्छन्, तिनीहरूको सोच र विचारलाई प्रभाव पार्छन्, र तिनीहरूले हिँड्ने दिशालाई पनि असर गर्छन्। ख्रीष्टविरोधीहरूका कार्यहरूले मूर्ख र अज्ञानी मानिसहरूमा ल्याउने प्रभाव र परिणामहरू यिनै हुन्।

भर्खरै मैले अगुवा वा सेवकको कर्तव्य निर्वाहसँग सम्बन्धित विभिन्‍न सत्यताहरूका बारेमा कुरा गरेँ। मैले अगुवा र सेवकहरूमा भएका निश्‍चित समस्याहरूलाई पनि खुलासा गरेँ, मुख्य रूपमा सबैभन्दा गम्भीर प्रकारको व्यक्तिको प्रकटीकरणमा ध्यान दिएँ—र त्यो कस्तो प्रकारको व्यक्ति हो? (ख्रीष्टविरोधीहरू।) सबै ख्रीष्टविरोधीहरूमा हुने साझा प्रकटीकरण के हो? तिनीहरूले शक्ति कब्जा गर्न र मण्डलीलाई नियन्त्रण गर्न खोज्छन्। तिनीहरूको शक्तिप्रतिको चाह अरू सबै कुराभन्दा माथि हुन्छ; शक्ति तिनीहरूको जीवन, तिनीहरूको मूल हुन्छ; त्यो तिनीहरूले जीवनमा गर्ने सबै कुरा वरपर घुम्ने विषयवस्तु, दिशा, र उद्देश्य हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूका कार्यहरू र तिनीहरूले प्रकाश गर्ने स्वभावहरू शैतानले मानिसहरूलाई बहकाउन, जित्न, र नियन्त्रण गर्न प्रयोग गर्ने युक्तिहरू समान हुन्छन्। यस्तो व्यक्तिले गर्ने सबै कुराले उसलाई शैतानको निकास, मूर्त रूप, र अभिव्यक्ति तुल्याउँछ भनेर भन्‍न सकिन्छ; तिनीहरूको हरेक कार्य र तिनीहरूको सबै व्यवहारको मुख्य उद्देश्य भनेको शक्ति प्राप्त गर्नु हो। अनि तिनीहरूले कसलाई नियन्त्रण गर्ने प्रयास गर्छन्? तिनीहरू आफूले नेतृत्व गर्ने मानिसहरू, जो परमेश्वरलाई पछ्याउने मानिसहरू हुन्छन्, तिनीहरूका शक्तिको दायरामा रहेका, तिनीहरूले नियन्त्रण गर्न सक्‍ने मानिसहरू हुन्छन्। केही समय पहिले, हामीले मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधिहरूका बारेमा पनि कुरा गर्‍यौँ। पहिलो, मानिसहरूको हृदय जित्नु हो; दोस्रो, विरोधीहरूलाई आक्रमण गर्नु र बहिष्कार गर्नु हो; तेस्रो, सत्यतालाई पछ्याउने मानिसहरूलाई बहिष्कार गर्नु र आक्रमण गर्नु हो; चौथो, आफूलाई निरन्तर उच्च पार्नु र आफ्‍नो गवाही दिनु हो; र पाँचौँ, मानिसहरूलाई बहकाउनु, आकर्षित गर्नु, धम्की दिनु, र नियन्त्रण गर्नु हो। यी पाँच वटा प्रमुख प्रकटीकरणहरू सबै ख्रीष्टविरोधीहरूले शक्ति प्राप्त गर्न, र मानिसहरूलाई हातमा लिन र नियन्त्रण गर्नका लागि प्रयोग गर्ने प्रमुख विधि र माध्यमहरू हुन्। यी विस्तृत वर्गहरू हुन्। यसपछि, हामी यी विस्तृत वर्गहरूका बारेमा अझै विस्तृत रूपमा विश्लेषण गर्नेछौं र सङ्गति गर्नेछौं।

ख्रीष्ट-विरोधीहरूले कसरी मानिसहरूको हृदय जित्ने प्रयास गर्छन् त्यसको विश्‍लेषण

क. साना-साना निगाहद्वारा मानिसहरूलाई आकर्षित गर्नु

ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने पहिलो विधि भनेको तिनीहरूको हृदय जित्नु हो। मानिसहरूको हृदय जित्ने कति वटा तरिकाहरू छन्? एउटा तरिका भनेको तिनीहरूलाई साना-साना निगाहद्वारा लोभ्याउनु हो। कहिलेकहीँ ख्रीष्टविरोधीहरू मानिसहरूलाई राम्रा कुराहरू दिन्छन्, कहिलेकहीँ तिनीहरूको तारिफ गर्छन्, कहिलेकहीँ तिनीहरूलाई ससाना प्रतिज्ञाहरू गर्छन्। अनि कहिलेकहीँ, ख्रीष्टविरोधीहरूले के देख्छन् भने कतिपय कर्तव्यहरूले मानिसहरूलाई चर्चामा आउन सहयोग गर्छन्, वा यी कर्तव्यहरू निर्वाह गर्ने व्यक्तिलाई फाइदा पुऱ्याउन सक्छन् र सबैलाई तिनीहरूको सम्मान गर्न लगाउन सक्छन् भन्‍ने अरूले सोच्छन्, र तिनीहरूले रिझाउन चाहेका मानिसहरूलाई नै यी कर्तव्यहरू बाँड्छन्। “साना-साना निगाह” मा धेरै कुरा समावेश हुन्छन्: कहिलेकहीँ ती भौतिक कुराहरू हुन्छन्; कहिलेकहीँ ती अमूर्त कुराहरू हुन्छन्; कहिलेकहीँ ती मानिसहरूले सुन्न चाहेका मनमोहक शब्‍दहरू हुन्छन्। उदाहरणका लागि, कुनै कुरा आइपर्दा व्यक्ति कमजोर हुन्छ, र उसले आफ्ना कर्तव्यमा उत्प्रेरणा गुमाउँछ, अनि जब उसले आफ्नो यो कमजोरीलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छ, तब यो परमेश्‍वरप्रति बेइमान हुनु, आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुनु, साँचो समर्पणको कमी हुनु हो भन्‍ने उसले महसुस गर्छ, र उसलाई आफूप्रति धिक्‍कार महसुस हुन्छ। यो देख्दा अगुवाले यसो भन्‍न सक्छन्, “तपाईं त सानो कदका व्यक्ति हुनुहुन्छ। परमेश्‍वरले यस मामलालाई त्यसरी हेर्नुहुनेछैन। तपाईंले विश्‍वास गरेको त्यति धेरै समय भएको छैन। तपाईंले आफूबाट त्यति धेरै अपेक्षा गर्न मिल्दैन। यस्तो कुराका लागि समय लाग्छ—तपाईंले हतार गर्न मिल्दैन। परमेश्‍वर मानिसहरूबाट उच्च मागहरू गर्नुहुन्न, र उहाँमा विश्‍वास गरेको त्यति धेरै समय नभएको तपाईंजस्तो व्यक्ति कहिलेकहीँ अलि कमजोर हुनु सामान्य कुरा हो र तपाईंले यसबारे चिन्ता लिनु पर्दैन।” यसको अर्थ कमजोर हुनुबारे चिन्ता गर्नुपर्ने कुनै कारण छैन, झन् कमजोर भइरहने बारेमा चिन्ता गर्नुपर्ने कुरै आउँदैन, र यो सबै सामान्य नकारात्मकता हो, र परमेश्‍वर यसलाई याद गर्नुहुन्न। कतिपय मानिस अत्यन्तै भावुक हुन्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफ्ना भावनाहरूका वशमा हुन्छन्, र तिनीहरूको अगुवा यसो भन्छ, “यो तपाईंको सानो कदका कारण हो, केही छैन।” कतिपय मानिस आफ्ना कर्तव्यमा अल्छी र बेइमान हुन्छन्, तर तिनीहरूको अगुवाले तिनीहरूलाई हप्काउँदैन, बरु तिनीहरूलाई खुसी पार्न र तिनीहरूद्वारा असल व्यक्ति कहलिन, र आफू धेरै समझदार र प्रेमिलो छु भनेर देखाउन हरेक मोडमा ती मानिसहरूले सुन्न चाहने कर्णप्रिय कुराहरू भन्छन्। ती मानिसहरू सोच्छन्, “हाम्रो अगुवा स्नेही आमा जस्तै छ। ऊ साँच्चै हामीलाई प्रेम गर्छ—उसले साँच्‍चै नै परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ। ऊ वास्तवमै परमेश्‍वरबाट आएको हो!” यसको अप्रत्यक्ष अर्थ के हो भने तिनीहरूको अगुवाले परमेश्‍वरको मुखपत्रका रूपमा काम गर्न सक्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छन्। के यस अगुवाको उद्देश्य यही हो? सायद यो कुरा त्यति स्पष्ट छैन, तर उसको एउटा उद्देश्य स्पष्ट छ: उसले मानिसहरूलाई ऊ सुन्दर अगुवा हो, अरूको ख्याल राख्छ, मानिसहरूको कमजोरीप्रति सहानुभूति राख्छ, र तिनीहरूको हृदय राम्ररी बुझ्छ भनेर भन्‍न लगाउँछ। जब मण्डली अगुवाले दाजुभाइ-दिदीबहिनीहरूले लापरवाह रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छ, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि, नहप्काउन सक्छ। उसले परमेश्‍वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्‍चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: “यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्‍नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।” परमेश्‍वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्‍ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झूटो अगुवाले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा विश्लेषण गर्दैन। ऊ कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूमा लिप्त हुन्छन्, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्‍ने प्रयास गर्दै केही वचन र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्‍दहरू बोल्छ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू वचन र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, “हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्‍वरले भन्दा बढी बुझेको छ। परमेश्‍वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्‍न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।” जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्‍दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्‍वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्‍न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्‍नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ। वास्तवमा, त्यस अगुवासँग सत्यता वास्तविकता हुँदैन, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका सन्दर्भमा बोझ पटक्‍कै लिँदैन। उसले वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न, अनि अरूसँगको आफ्नो सम्बन्ध कायम राख्‍न मात्रै सक्छ। ऊ पाखण्डी विधिहरू प्रयोग गरेर धाक लगाउन सिपालु हुन्छ, उसको बोली र व्यवहार मानिसहरूका धारणाहरू अनुरूप हुन्छ, र यसरी उसले मानिसहरूलाई बहकाउँछ। उसलाई सत्यताबारे कसरी सङ्गति गर्ने वा आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, र यसले गर्दा उसले अरूलाई सत्यता वास्तविकतामा डोऱ्याउन असम्भव हुन्छ। ऊ प्रतिष्ठा र हैसियतका खातिर मात्रै काम गर्छन्, र मानिसहरूलाई फन्दामा पार्ने कर्णप्रिय शब्दहरू मात्रै बोल्छ। उसले मानिसहरूलाई उसको आराधना गर्न र आदर गर्न लगाउनुको प्रभाव हासिल गरिसकेको हुन्छ, अनि मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा गम्भीर असर र ढिलाइ गरेको हुन्छ। के यस्तो व्यक्ति ख्रीष्टविरोधी होइन र? कतिपय मानिस ख्रीष्टविरोधीहरूले जस्तै व्यवहार गर्छन्, तर तिनीहरूले कुनै ख्रीष्टविरोधी खुलासा भएको देख्दा, आफूलाई त्यस ख्रीष्टविरोधीसँग तुलना गर्न सक्छन्। तिनीहरूलाई आफू हिँड्ने मार्ग पनि ख्रीष्टविरोधीहरूको मार्ग हो, तिनीहरूले विपत्तिको मुखबाट आफूलाई पछाडि ल्याउनुपर्छ र परमेश्‍वरसामु तुरुन्तै पश्चात्ताप गर्नुपर्छ, अनि आफ्नो व्यक्तिगत हैसियत र छविमा ध्यान दिन छोड्नुपर्छ भन्‍ने लाग्छ; तिनीहरू सबै कुरामा आफूले परमेश्‍वरलाई उच्च पार्नुपर्छ र उहाँको गवाही दिनुपर्छ, अनि मानिसहरूलाई आफ्ना हृदयमा परमेश्‍वरलाई स्थान दिन, र उहाँलाई महान् भनेर आदर गर्न लगाउनुपर्छ भन्‍ने सोच्छन्—तिनीहरूलाई तब मात्रै आफूले आफ्ना हृदयमा साँचो शान्ति पाउनेछ भन्‍ने लाग्छ। यसो गर्ने व्यक्तिले मात्रै सत्यतालाई प्रेम गर्छ र यसलाई स्वीकार गर्न सक्छ। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधीको प्रकृति छ भने, ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने वचनहरू सुन्दा उसलाई हृदयमा छटपटी हुनेछ, तर उसले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न, वा आफ्नो भ्रष्ट स्वभावलाई पर्दाफास गर्न र उदाङ्गो पार्न सक्नेछैन। यसले तिनीहरू सत्यता स्वीकार गर्न सक्दैनन् र तिनीहरूका लागि साँचो पश्चात्ताप गर्नु असम्भव छ भन्‍ने कुरा देखाउँछ। तिनीहरूले आफ्नो हैसियत खोज्न, हैसियतका फाइदाहरू लिन, र परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई गरेको आराधना र सम्मानमा रमाउन जारी राख्नेछन्। यसले तिनीहरूद्वारा बहकाउमा परेका मानिसहरूलाई साँचो मार्ग र परमेश्‍वरका वचनहरूबाट टाढिने तुल्याउँछ; तिनीहरू परमेश्‍वरबाट अलग बस्छन् र यसको सट्टा त्यस व्यक्तिलाई पछ्याउँछन्। तैपनि त्यस व्यक्तिले आत्मचिन्तन पटक्‍कै गर्दैन। तिनीहरू आफू खतरामा परिसकेको थाहा भएकाले अझै पनि आफूलाई निकै राम्रो ठान्छन्, अनि अरूलाई बहकाउन र रिझाउन जारी राख्छन्। मानिसहरूले तिनीहरूले भनेको कुरा सुनेसम्म र तिनीहरूले भनेको मानेसम्म, ती मानिसहरू आफ्नो कर्तव्य निर्वाहमा जति नै लापरवाह वा गैरजिम्मेवार भए पनि, तिनीहरू यसप्रति आँखा चिम्लन्छन्। यति मात्र होइन, तिनीहरू ती अज्ञानी र मूर्ख मानिसहरूले तिनीहरूलाई आराधना गरेको र उच्च मानेकोमा रमाइलो मान्छन्, र तिनीहरूलाई सुरक्षासमेत दिन्छन्, अनि कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई खुट्टयाउन दिँदैनन्। यसो गर्दा, के ख्रीष्टविरोधीले आफ्‍नै स्वतन्त्र राज्य स्थापना गरिरहेको हुँदैन र? ख्रीष्टविरोधीले वास्तविक काम गर्दैन, समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दैन, मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन अनि सत्यता वास्तवमा प्रवेश गर्नमा मार्गदर्शन गर्दैन। ऊ हैसियत, ख्याति र प्राप्तिका लागि मात्रै काम गर्छ, आफूलाई स्थापित गर्न, मानिसहरूका हृदयमा आफ्नो स्थान जोगाउन, र सबैलाई तिनीहरूको आराधना गर्न, र सधैँ पछ्याउन लगाउन मात्रै वास्ता गर्छ; उसले हासिल गर्न चाहने उद्देश्यहरू यिनै हुन्। ख्रीष्टविरोधीले यसरी नै मानिसहरूको हृदय जित्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने प्रयास गर्छ—के त्यस्तो काम गर्ने तरिका दुष्ट होइन र? यो अत्यन्तै घृणित कुरा हो! उसले केही समयसम्म यसरी नै काम गर्छ, जसले गर्दा मानिसहरू ऊतर्फ निकै ढल्किन्छन्, उसमा भरोसा गर्छन्, भर पर्छन्—तर परिणामहरू कस्ता हुन्छन्? ती मानिसहरूले सत्यता बुझ्नै नसक्‍ने मात्र होइनन्, आफ्नो जीवन प्रवेशमा प्रगति गर्न नसक्ने होइनन्—बरु, तिनीहरू ख्रीष्टविरोधीलाई आफ्नो आत्मिक आमाबुबाको रूपमा, परमेश्‍वरका ठाउँमा अपनाउँछन्, जसले गर्दा ख्रीष्टविरोधीले तिनीहरूको हृदयबाट परमेश्‍वरको हैसियतलाई हटाउन पाउँछ। जब कुनै व्यक्तिलाई समस्या आइपर्छ, तब ऊ परमेश्‍वरसामु आउन छोड्छ, र उसलाई जेसुकै समस्या आइपरे पनि, ऊ परमेश्‍वरलाई प्रार्थना गर्दैन वा उहाँमा भर पर्दैन, न त उहाँका वचनहरूमा सत्यता खोजी नै गर्छ। बरु, ऊ यस अगुवालाई त्यसबारे गएर सोध्छ। ऊ अगुवालाई बाटो देखाइमाग्छ, र झन्-झन् बढी, यस अगुवालाई उच्च मान्छ र उसमा भर पर्छ। उसलाई परमेश्‍वरको खोजी कसरी गर्ने भन्‍ने थाहा हुँदैन, र उहाँलाई कसरी उच्च मान्ने र उहाँमा कसरी भर पर्ने भन्‍ने थाहा हुँदैन, झन् सत्यता र सिद्धान्तहरू अनुसार कसरी चल्ने भनेर जान्नु त परै जाओस्। ऊ आफूमाथि जेसुकै आइपरे पनि, यसबारे अगुवाको निर्णयलाई उत्सुकताका साथ प्रतीक्षा गर्छ। अगुवाले जे गर्न लगायो ऊ त्यही गर्छ, र अगुवाले जे निर्देशन दिन्छ ऊ त्यही पालन गर्छ। के ख्रीष्टविरोधीले मानिसहरूलाई यस बिन्दुमा ल्याएर तिनीहरूलाई बहकाइरहेको र नियन्त्रण गरिरहेको हुँदैन र? किन परमेश्‍वरका चुनिएका मानिसहरूले आफूलाई परिस्थितिहरू आइपर्दा परमेश्‍वरबाट सत्यता खोजिरहेका हुँदैनन्? किन परमेश्‍वरका चुनिएका मानिसहरू आफ्ना अगुवाले भनेको कुरा नजाँचीकन वा नखुट्ट्याइकन अन्धाधुन्ध पालना गरिरहेका हुन्छन्? कसरी परमेश्‍वरका चुनिएका मानिसहरू आफ्नो अगुवाका कुरा सुनेपछि तुरुन्तै त्यसमा समर्पित हुन सक्छन्, तर परमेश्‍वरका वचनहरूका सन्दर्भमा त्यसो गर्न सक्दैनन्? तिनीहरूले परमेश्‍वरका चाहनाहरू खोजी गर्नुको सट्टा आफ्नो अगुवाका चाहनाहरू खोजी गरिरहेका हुन्छन्; तिनीहरू परमेश्‍वरका वचनहरू पालन गर्नुको सट्टा, अनि सत्यता खोजी गर्नु र त्यसमा समर्पित हुनुको सट्टा आफ्नो अगुवाका वचनहरू पालन गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा भरोसा गर्नु, उहाँलाई उच्च मान्नु, र उहाँमा समर्पित हुनुको सट्टा, अगुवाले कार्य गरोस्, तिनीहरूलाई सहयोग गरोस्, तिनीहरूका लागि बोलिदिओस्, र निर्णय गरिदिओस् भनेर अगुवामा भरोसा गर्छन्। के यी तथाकथित अगुवाहरूले मानिसहरूको हृदयमा निश्‍चित स्थान ओगटेका छैनन् र? ख्रीष्ट-विरोधीले मानिसहरूलाई बहकाउनु र फन्दामा पार्नुको परिणाम यही हो।

जब कतिपय मानिसहरूको जीवनमा कुनै कुरा आइपर्छ र तैँले तिनीहरूलाई परमेश्‍वरलाई प्रार्थना गर्न भन्छस्, तब तिनीहरूले आफू सानो कदको भएको र खोजी गर्न नआउने कुरा गर्छन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन भनिस् भने, तिनीहरूले आफूसँग कुनै क्षमता नभएको र आफूले ठूलो ज्योति प्राप्त गर्न नसक्ने कुरा गर्छन्। यदि तैँले तिनीहरूलाई प्रवचनहरू सुन्न भनिस् भने, तिनीहरूले प्रवचनहरूको विषयवस्तु तिनीहरूका लागि अत्यन्तै उच्च र गहन छ, र यो तिनीहरूको बुझाइभन्दा बाहिर छ भनेर भन्छन्। यदि कुनै व्यक्तिको क्षमता कमजोर छ, र उसका कमजोरीहरू छन्, र ऊ हरेक हिसाबमा अपर्याप्त छ भने, उसले अगुवाहरू खोज्नुपर्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। मानौँ तैँले तिनीहरूलाई सोधिस्, “तिमीले किन अगुवा खोज्नुपर्छ? तिमी किन परमेश्‍वरलाई खोजेर उहाँको अघि आउँदैनौ?” तिनीहरूले भन्छन्, “मानिसहरूका लागि परमेश्‍वरको अघि आउनु निकै गाह्रो कुरा हो: हामीमा धारणाहरू हुन्छन्, हाम्रो क्षमता कमजोर हुन्छ, र हामी बुद्धिहीन र बोधो हुन्छौं। परमेश्‍वरका वचनहरू सधैँ सीधा हुँदैनन्, र उहाँका वचनहरूमा, तिनको अर्थ के हो भनेर देखाउने कुनै उदाहरण हुँदैनन्। हाम्रो अगुवाले हामीलाई के गर्ने भनेर सीधै बताउँछ, र यो कुरा सीधा हुन्छ, जस्तै एक-एक जोड्दा दुई हुन्छ। परमेश्‍वरका वचनहरू पढ्ने विषयमा भन्दा, यदि मैले तिनलाई ठूलो स्वरमा पढ्न सकेँ भने, त्यो आफै नै राम्रो कुरा हो, तर तिनको अर्थ के हो भनेर मलाई थाहा छैन, र परमेश्‍वरले मानिसबाट के माग गर्नुहुन्छ वा परमेश्‍वरका अभिप्रायहरू अनुरूप कसरी अभ्यास गर्ने भनेर मलाई थाहा छैन। मैले कहिल्यै पनि उत्तरहरू भेट्टाउन सक्दिनँ। म कमजोर क्षमता भएको, सानो कदको, बोधो र अबूझ भएको, कुनै कुरा छर्लङ्ग देख्‍न नसक्‍ने व्यक्ति हुँ, त्यसैले मैले आइपर्ने सबै कुराको बारेमा हाम्रो अगुवालाई सोध्नुपर्छ, र उसलाई निर्णय गर्न दिनुपर्छ। हाम्रो अगुवाले मेरा लागि उत्तरहरू भेट्टाउन सक्छ; उसले जे भन्छ म केवल त्यही गर्छु। म त त्यस्तो व्यक्ति हुँ—सरल र आज्ञाकारी।” “सरल र आज्ञाकारी हुनुमा केही पनि गलत छैन, तर के तिमीहरूको अगुवासँग साँच्‍चै सत्यता वास्तविकता छ त? के ऊ साँच्‍चै नै परमेश्‍वरमा समर्पित हुने मानिस हो? यदि उसले वचन र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्रै सक्छ र ऊ परमेश्‍वरमा समर्पित हुने व्यक्ति होइन भने, के तँ उसमा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेको हुन्छस् भन्‍ने हुन्छ?” तिनीहरू भन्छन्, “हाम्रो अगुवाको क्षमता उच्च छ, र उसले भन्‍ने सबै कुरा सही हुन्छ। त्यसले उसले सत्यता बुझेको छन् र ऊ परमेश्‍वरका अभिप्रायहरू अनुरूप छ भन्‍ने कुरालाई प्रमाणित गर्छ।” तिनीहरूले भनेको कुरामा अलिकति उचित तर्क छ, होइन र? यो सबै तिनीहरूको व्यक्तिगत भावनाहरूमा आधारित हुन्छ। तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूमा समझको कमी हुन्छ, त्यसकारण यदि तिनीहरूको अगुवामा साँच्‍चै केही त्रुटि भएको भए, तिनीहरूले त्यो कुरा देख्‍न सक्ने थिएनन्। धेरैजसो मानिसहरू मूर्ख, अज्ञानी, र कमजोर क्षमताका हुन्छन्, तर अहिलेका लागि त्यो तर्कलाई पन्छाऔं। अगुवाको हिसाबबाट हेर्दा, यदि मानिसहरूले यी प्रकटीकरणहरू देखाउँछन्, तिनीहरू आफ्नो अगुवाप्रति यति निर्भर हुन्छन्, र तिनीहरूप्रति यस्तो दृष्टिकोण र मनोवृत्ति राख्छन् भने, के मानिसहरूको हृदय जित्ने अगुवाको रणनीति र विधिहरूसँग यसको सम्बन्ध हुँदैन र? (हुन्छ।) कति ठूलो सम्बन्ध हुन्छ? के यो अगुवाको काम गर्ने तरिकासँग सीधै सम्बन्धित हुन्छ? हामी निश्‍चितताको साथ के भन्‍न सक्छौं भने त्यसमा पूर्ण र प्रत्यक्ष सम्बन्ध हुन्छ, यी कुराहरू शतप्रतिशत जोडिएका हुन्छन्। म किन यसो भन्छु? धेरै अगुवाहरू हुन्छन्, जसले आफ्नो व्यक्तिपरक इच्छाको हिसाबमा, मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन चाहन्छन्, तर तिनीहरूले सत्यता नबुझ्ने हुनाले, वा विभिन्‍न वास्तविक समस्याहरू कसरी समाधान गर्ने भनी नजान्ने हुनाले, तिनीहरूले केही प्रशासनिक कार्य र सामान्य मामलाहरू मात्रै सम्हाल्न सक्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च मानून् भनेर धाक लगाउँछन्, त्यसकारण तिनीहरू अनजानमा ख्रीष्ट-विरोधीहरूको बाटोमा हिँड्न थाल्छन्। तिनीहरूले मानिसहरूको हृदय जित्ने, र तिनीहरूको हृदय, व्यवहार, र विचारहरूलाई नियन्त्रण गर्ने प्रयासलाई जारी राख्‍न आफ्नै तरिका र माध्यमहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले सधैँ आफ्नो व्यवहारमा, सत्यताको अभ्यासमा, र आफ्नो कर्तव्य निर्वाह गर्ने हरेक पक्षमा तिनीहरूले भनेको कुरा गरून्। यदि मानिसहरू ख्रीष्ट-विरोधीमा समर्पित हुन्छन्, र साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन् भने—यदि तिनीहरू परमेश्‍वरमा भन्दा बढी ख्रीष्ट-विरोधीमा समर्पित हुन्छन् भने—र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा कुनै परिणाम प्राप्त हुँदैन, र तिनीहरूले मानिसको कर्तव्य राम्ररी निर्वाह गरिरहेका हुँदैनन् भने, के त्यस्ता मानिसहरू मुक्ति पाउने मानिसहरू हुन्? अगुवा र सेवकहरूलाई पालन गर्ने र तिनीहरूप्रति बफादार हुने अभ्यासका “सही” मार्गहरू मानिसहरूसँग हुन्छन्, तर परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति बफादार हुने कुरा आउँदा सही रूपमा अभ्यास गर्दैनन्—यसको बारेमा कसैले सङ्गति गर्दैन, र कसैले पनि वास्तविक कामको यो पक्ष निर्वाह गर्दैन। सबै मानिसहरूलाई आफ्नो हैसियत र प्रतिष्ठाका खातिर बोल्न र व्यवहार गर्न मनपर्छ, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न र आराधना गर्न लगाउन काम गरेर आफ्नो दिमाग खियाउँछन् र खाना खान वा सुत्न बिर्सन्छन्। अवश्य नै, तिनीहरूले अगुवा वा सेवकको रूपमा मण्डलीमा शासन गर्ने आफ्नो उद्देश्य हासिल गर्नका लागि नै यो सबै गर्छन्। यसको कारण के हो? सबै भ्रष्ट मानवजातिमा एउटै स्वभाव र प्राथमिकताहरू हुन्छन्। जब कसैले तेरा लागि मार्ग औँल्याइदिन्छ, र तँ यसलाई अभ्यास गर्न अत्यन्तै इच्छुक हुन्छस्, तब त्यसको अर्थ तैँले सत्यताको अभ्यास गरिरहेको छस् भन्‍ने हुँदैन—यसको अर्थ, तैँले त्यो व्यक्तिले भनेको कुरा गरिरहेको छस् र उसलाई पालन गरिरहेको छस् भन्‍ने हुन्छ। त्यसोभए, मानिसहरू किन परमेश्‍वरको अघि आउन, वा उहाँलाई खोज्न इच्छुक हुँदैनन्? किनभने मानिसको मानवतामा सत्यता अनुरूप केही पनि हुँदैन। मानिसहरूलाई के मनपर्छ, तिनीहरू के कुराको तृष्णा गर्छन्, र तिनीहरूले आफ्नो हृदयमा के राख्छन्, त्यो सबै सत्यता विपरीत, यसको उल्टो हुन्छ। त्यसकारण, यदि तैँले कसैलाई कुनै घटना घट्दा सत्यताको खोजी गर्न आग्रह गरिस् भने, उसलाई त्यो चन्द्रमामा उडेर जानुभन्दा गाह्रो लाग्नेछ—तैपनि यदि तैँले उसलाई कुनै व्यक्तिको कुरा सुन्‍न भनिस् भने, उसलाई त्यो कुरा सहज लाग्नेछ। मानिसहरूलाई नियन्त्रण गर्नका लागि मानिसहरूको हृदय जित्ने विधि प्रयोग गर्दा ख्रीष्ट-विरोधीहरूले तुरुन्तै परिणामहरू प्राप्त गर्छन् भन्‍ने कुरा स्पष्ट छ। हिँड्दा-हिँड्दै कुनै टिप्पणी गरेर, तिनीहरूले कसैलाई तिनीहरूको बारेमा सकारात्मक राय पाल्न लगाउन सक्छन्; कुनै अभिप्राय वा दृष्टिकोण बोकेको कुनै सामान्य टिप्पणीद्वारा, तिनीहरूले कसैलाई तिनीहरूलाई नयाँ दृष्टिकोणबाट, नयाँ ज्योतिमा हेर्ने तुल्याउन सक्छन्। यसले मानिसहरूभित्र के-कस्ता कुराहरू हुन्छन् भन्‍ने कुरालाई ठ्याक्कै प्रकट गर्छ। यसको अर्थ के हो भने यदि तैँले सत्यताको पछ्याउँदैनस्, बरु हैसियत र शक्ति पछ्याउने मार्ग लिन्छस् भने, तैँले गर्ने सबै कुराले भ्रष्ट मानवजातिको कुनै पनि सदस्यमा पार्ने प्रभाव र परिणाम के हुनेछ भने, तैँले तिनीहरूलाई साँचो मार्गतर्फ पिठ्यूँ फर्काउने, सत्यताबाट अलग बस्‍ने, परमेश्‍वरबाट अलग बस्‍ने, र उहाँलाई इन्कार गर्ने तुल्याउनेछस्। एउटै मात्र परिणाम र नतिजा त्यही हुन्छ। यो कुरा स्पष्टै देखिन्छ।

मानिसहरूको हृदय जित्ने प्रयास गर्ने ख्रीष्ट-विरोधीहरूको पहिलो प्रकटीकरण भनेको मानिसहरूलाई साना-साना निगाहद्वारा आकर्षित गर्नु हो। साना-साना निगाहहरू भौतिक कुराहरू नै हुनुपर्छ भन्‍ने आवश्यक छैन; ती कुराहरूले समावेश गर्ने दायरा फराकिलो हुन्छ। कहिलेकहीँ ती विचारशील शब्दहरू हुन्छन्; कहिलेकहीँ ती कसैको चाहना वा रुचि पूरा गरिने कार्य हुन्छन्; र कहिलेकहीँ ती कुनै व्यक्तिको विचार बुझेर त्यस व्यक्तिले सुन्न चाहेको जस्तो सुखद सुनिने कुराहरू बोलिने कार्य हुन्छन्, ताकि त्यो व्यक्तिलाई उसको अगुवा अत्यन्तै असल र अत्यन्तै समझदार छ भन्‍ने सोच्न लगाउन सकियोस्। अर्को शब्दमा भन्दा, मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो गुप्त महत्त्वाकाङ्क्षालाई लुकाउनका लागि ख्रीष्ट-विरोधीहरू सहनशीलता, प्रेम, न्यानोपन, र तथाकथित विचारशीलता प्रयोग गर्छन्। उदाहरणका लागि, यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले केही राम्रा कुराहरू अनुदान दिएका छन् भने, तिनीहरूले आफूसँग राम्रो सम्‍बन्ध भएको व्यक्तिसँग तीमध्ये केही कुरा बाँड्न सक्छन्। तिनीहरूले मानिसहरूको हृदय जित्न र तिनीहरूलाई किन्न यी साना-साना निगाहहरूको प्रयोग गर्छन्। यदि मण्डलीमा परिश्रम त्यति गर्न नपर्ने किसिमको कुनै काम छ, घामपानी सहन नपर्ने र चर्चामा ल्याउन सक्ने काम छ भने, तिनीहरूले आफूसँग राम्रो सम्बन्ध भएको व्यक्तिलाई त्यस काममा लगाउँछन्। तिनीहरू कसरी यसो गर्न सक्‍ने हुन्छन्? यसको एउटा भाग के हो भने तिनीहरूले अन्तर्निहित रूपमा सत्यतालाई प्रेम गर्दैनन्, र सिद्धान्तहरूविना काम गर्छन्। अर्को पक्ष के हो भने तिनीहरूले यो असल कर्तव्य आफूसँग राम्रो सम्बन्ध भएका मानिसहरूका लागि राख्छन्, त्यसपछि तिनीहरूलाई कर्णप्रिय कुराहरू भन्छन्, ताकि ती मानिसहरू तिनीहरूप्रति कृतज्ञता महसुस गरून्। त्यसो गरेर, तिनीहरूले यी मानिसहरूको हृदय जित्ने आफ्नो उद्देश्य हासिल गर्छन्। यो युक्ति सानोतिनो कुराहरू बाँड्नु र एक-दुईवटा शब्‍द मीठो बोल्‍नु सँग मात्रै सम्‍बन्धित हुँदैन—यसमा एउटा अभिप्राय, एउटा उद्देश्य हुन्छ। अनि त्यो उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूको हृदयमा तिनीहरूको बारेमा सकारात्मक छाप छोड्नु हो। यदि कुनै समूहमा दश जना मानिसहरू छन् भने, तिनीहरूले ती मानिसहरूलाई मूल्याङ्कन गरेर सुरु गर्छन्: “यी दश जनामध्ये, दुई जना मानिसहरूलाई चापलुसी गर्न सिपालु छन्। मैले तिनीहरूसँग ध्यान दिइराख्नु पर्दैन, तैपनि तिनीहरूले मेरो चापलुसी गर्नेछन्। त्यसपछि, दुई जना मूर्ख मानिसहरू छन्; मैले तिनीहरूलाई केही फाइदा पुऱ्याएँ भने तिनीहरूले मैले जे भन्यो त्यही गर्नेछन्। अरू दुई जना केही क्षमता भएका मानिसहरू हुन्; मैले केही उत्कृष्ट प्रवचनहरू प्रचार गरेँ र तिनीहरूलाई केही प्रभावशाली शब्‍दहरू बोलेर सुनाएँ भने, तिनीहरू मेरो अघि झुक्नेछन्। त्यसपछि, तीन जना मानिसहरूले सत्यता पछ्याउँछन् जस्तो देखिन्छ, त्यसकारण तिनीहरूलाई सम्हाल्न अलिक गाह्रो हुनेछ। मैले तिनीहरूको वास्तविक अवस्थाको बारेमा स्पष्ट रूपमा बुझ्नुपर्छ, तिनीहरूलाई के चाहिन्छ भनेर हेर्नुपर्छ, त्यसपछि तिनीहरूलाई सन्तुष्ट पार्नुपर्छ। यदि तिनीहरूमध्ये कसैले यो कुरालाई स्विकारेनन् र मलाई पालन गरेनन् भने, म अन्तिममा तिनीहरूलाई ठेगान लगाउनेछु र निकालिदिनेछु। यदि अन्तिम व्यक्ति मेरो विरुद्धमा भयो भने पनि, त्यसले मलाई धेरै समस्यामा पार्न सक्नेछैन, र उसलाई निराकरण गर्न सजिलो हुनेछ।” झलक्‍क हेरेर मात्रै पनि, तिनीहरूले समूहमा कसलाई सम्हाल्न सक्छन् र कसलाई सम्हाल्न सक्दैनन् भनेर निर्धारित गर्न सक्छन्। तिनीहरूले कसरी यति चाँडै यो कुरा थाहा पाउन सक्छन्? तिनीहरूको हृदय शैतानी राजनीति र दर्शनहरूले भरिएको हुनाले तिनीहरूले यसो गर्न सक्षम हुन्छन्। तिनीहरूको आचरणका सिद्धान्तहरू र अरूसामु आफूलाई प्रस्तुत गर्ने र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूका तरिकाहरू मानिसहरूसँग मैत्रीपूर्ण रूपमा मिलेर बस्‍ने, वा सामान्य अन्तरव्यक्तिगत सम्बन्धहरू राख्‍ने बारेमा हुँदैनन्, ती अरूलाई सहयोग गर्ने वा भरणपोषण गर्ने, वा तिनीहरूलाई सुधार गर्ने, वा अरूसँग समान रूपमा संलग्न हुने, वा मामलाहरू सम्हाल्न र अरूसँग व्यवहार गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्ने बारेमा हुँदैनन्। तिनीहरूमा यी सिद्धान्तहरू अलिकति पनि हुँदैन। तिनीहरूका सिद्धान्तहरू के-के हुन्? “हरेक व्यक्तिले आफ्नो हृदयमा मलाई कसरी हेर्छ? मलाई उच्च मान्ने, हृदयमा मलाई राख्‍ने, र मेरो डर मान्‍ने, सम्‍मान गर्ने, र आदर गर्ने मानिसहरूलाई मैले ध्यान दिनु पर्दैन। मेरो आदर नगर्ने मानिसहरूलाई मैले अब यस्तो-यस्तो गर्नुपर्छ, र मलाई आदर गर्ने, तर अझै पनि मसामु पूर्ण रूपमा झुकेका मानिसहरूलाई मैले यस्तो-यस्तो गर्नुपर्छ। अनि अरूलाई सामान्यतया त्यति ध्यान नदिने मानिसहरूका हकमा भन्दा, मैले तिनीहरूलाई यस्तो-यस्तो गर्नुपर्छ।” मानिसहरूलाई नियन्त्रण गर्नका लागि तिनीहरूसँग चरणबद्ध प्रक्रिया हुन्छ। तिनीहरूले किन यी चरण र विचारहरू पैदा गर्छन्? किनभने तिनीहरूको हृदयमा हुने शक्तिको चाहनालाई नियन्त्रण गर्न सकिँदैन। यदि तिनीहरू समूहका मानिसहरूसँग मैत्रीपूर्ण रूपमा मिले भने, तिनीहरूलाई निकै अपूर्ण र अशोभनीय महसुस हुन्छ। त्यसोभए तिनीहरूको उद्देश्य के हुन्छ? हरेकलाई आफ्नो हृदयमा तिनीहरूका लागि ठाउँ दिने बनाउनु—पहिलो स्थान भएन भने, दोस्रो स्थान, र दोस्रो स्थान भएन भने, तेस्रो स्थान। अरूसँग समान रूपमा अन्तरक्रिया गरेर हुँदै हुँदैन। अगुवाहरूका रूपमा, के यी मानिसहरूले अरूका फरक-फरक रायहरू सुन्न सक्छन्? सक्दैनन्। तिनीहरूले गर्ने सबै कुरा के कुराको वरपर घुम्छ? (शक्ति।) तिनीहरूले गर्ने सबै कुरा शक्तिको वरपर घुम्छ। तिनीहरूले के-कस्ता कुराहरू गर्छन्, जुन शक्तिको वरपर घुम्छ? पहिलो, तिनीहरूले तेरो हृदयको छानबिन गर्छन् र यसलाई बुझ्छन्; अर्थात्, सुरुमा तिनीहरूले तँलाई किन्छन्, र तँलाई तिनीहरूका अघि खुलस्त बोल्न लगाउँछन्, तिनीहरूले तँबाट तेरा साँचो भावनाहरू पत्ता लगाउँछन्, र तिनीहरूको बारेमा रहेको तेरो साँचो राय पत्ता लगाउँछन्। यो कुरा बुझेपछि, तिनीहरूले हरेक परिस्थिति अनुसार आफ्नो विधिहरू अनुकूल गर्छन्, र हरेक मामलामा छुट्टाछुट्टै रूपमा काम गर्छन्। तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्न चाहन्छन्, र जब तिनीहरूले तिनीहरूसँग एउटै मन नभएको, तिनीहरूलाई आदर नगर्ने, तिनीहरूप्रति बफादार नरहेको कुनै व्यक्ति भेट्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई प्रहार गर्छन् र यातना दिन्छन्। त्यसकारण, मानिसहरूको हृदय जित्ने कार्यमा ख्रीष्ट-विरोधीहरूको प्रेरणा भनेको शक्ति हो। अनि तिनीहरूले शक्ति प्राप्त गर्नका लागि के-कस्ता विधि र उपायहरू प्रयोग गर्छन्? तिनीहरूले मानिसहरूको हृदयलाई राम्ररी बुझ्छन्, चिन्छन्, र नियन्त्रण गर्छन्। मानिसहरूको विचारलाई के कुराले नियन्त्रण गर्छ? तिनीहरूको हृदय र प्रकृतिले। जब कसैको हृदय ख्रीष्ट-विरोधीले नियन्त्रण गर्छ, तब त्यस व्यक्तिका विचार र दृष्टिकोणहरूले कुनै माने राख्दैन। ख्रीष्ट-विरोधीले कसैको हृदय नियन्त्रण गरेपछि, उसले त्यस व्यक्तिको सम्पूर्ण व्यक्तित्वलाई नियन्त्रण गर्छ।

ख. मानिसहरूले तिनीहरूको आराधना गरून् भनेर आफ्ना खुबीहरूको धाक लगाउनु

हामीले भर्खरै कुरा गरेका, साना-साना निगाहहरू प्रयोग गर्नु बाहेक, मानिसहरूको हृदय जित्नका लागि ख्रीष्ट-विरोधीहरूले सामान्यतया वा आदतका रूपमा अरू के-कस्ता विधिहरू प्रयोग गर्छन्? उदाहरणका लागि, मानौँ हरेक व्यक्तिमा कुनै अगुवाको बारेमा नराम्रो छाप परेको छ। मानिसहरूले के सोच्छन् भने यो अगुवामा प्रतिभाको कमी छ, उसले शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्न सक्छ, र उसमा सत्यताको कुनै वास्तविक बुझाइ छैन। यदि त्यस अगुवाले मानिसहरूले ऊबारे यस्तो धारणा पालेको छ भन्‍ने पत्ता लगाए भने, के उसले यी गल्ती र कमीकमजोरीहरूलाई लुकाउन सक्दो प्रयास गर्नेछ? (गर्नेछ।) उसले के गर्नेछ? उसले कस्तो प्रकारका कुराहरू भन्‍नेछ? खुलस्त कुरा गरेको नाटक गर्नु यसको एउटा पक्ष हो। अरू के गर्नेछ? (व्याख्या गरेर कुरा टार्नु।) व्याख्या गरेर कुरा टार्दा यसले कुरा लुकाउने माध्यमको रूपमा पनि काम गर्छ। यसको साथै, अगुवाले आफ्ना कमजोरीहरूलाई लुकाउनका लागि आफ्ना सबल पक्ष र अरूले महान् ठानेका कुराहरू प्रयोग गर्न सक्छन्। के यो आम तरिका हो? (हो।) उदाहरणका लागि, एउटा व्यक्तिले भन्छ, “मैले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समय मात्रै भएको छ, तर पनि किन मलाई अगुवाको रूपमा छनौट गरियो? किनभने मैले बाहिरी संसारमा एउटा कम्पनी चलाएँ, र हाम्रो कर्मचारी १० जनाबाट २०० जनासम्‍म पुगेका छन्, जसले ममा नेतृत्व क्षमता छ भन्‍ने देखाउँछ। परमेश्‍वरको घरले त्यस्ता कुराहरूलाई महत्त्व नदिने भए पनि, यो क्षमता कतिपय परिस्थितिहरूमा उपयोगी हुन्छ, होइन र?” यो सुनेपछि, अरू सहमत हुँदैनन्, त्यसकारण यो व्यक्तिले आफ्नो प्रस्तुतिलाई जारी राख्छ, र यसो भन्छ, “उदाहरणका लागि, यदि तपाईंले आफ्ना कर्मचारीहरूसँग कुरा गर्नुभयो, तर तिनीहरूले कुरा सुनेनन् भने, तपाईंले के गर्नुपर्छ? तपाईंले असल परिणामहरू हासिल गर्दा तिनीहरूले तपाईंको कुरा सुन्‍नेछन्। मैले आफ्नो प्रमाण प्रस्तुत गरिसकेँ: मेरो कम्पनी सार्वजनिक कम्पनी भएको छ!” सुरुमा, कतिपयले यो वरदान हो, गैर-विश्‍वासीहरूले यसरी नै कामकुरा गर्छन् भनेर भन्‍न सक्छन्, तर यो व्यक्तिले कसरी व्यवहार गर्छ, त्यसको विधि र परिणामहरू वास्तवमै हुन्छन्, त्यसकारण कतिपय मानिसहरू उसमा शङ्का गर्ने अवस्थाबाट उसमा भरोसा गर्न थाल्छन्, अनि उसले कार्य गर्ने क्रममा अनजानमा अलि-अलि गर्दै उसको आराधना गर्न थाल्छन्। यसको साथै, यो व्यक्तिले अरूलाई बहकाउँछ, र आफ्‍ना कमीकमजोरीहरूलाई लुकाउँछ; मानिसहरूको हृदय थाहै नपाई उसको पकडमा परेको हुन्छ, ती मानिसहरू उसको बहकाउमा परेका हुन्छन्, र ती मानिसहरू उसको सामु झुक्छन्। के यो एउटा विधि होइन र? (हो।) यो के हो? यो त आफ्नो विशेषज्ञता र वरदान धाक लगाउन र आफ्नो क्षमता र सीपको बारेमा घमण्ड गर्न सक्दो गर्नु हो। यी कार्यहरूको उद्देश्य के हो? यो अरूको हृदय जित्नका लागि पनि हो। अरूको हृदय जित्नका लागि, उसले केही राम्रा कुराहरू दिने बाहेक, अरूलाई उसको सम्मान गर्ने पनि बनाउनुपर्ने हुन्छ। यदि ऊ साधारण व्यक्ति, वा त्यति धेरै शिक्षा नपाएका अशिक्षित व्यक्ति मात्रै भएको भए, उसलाई कसले सम्मान गर्नेथियो र? त्यसकारण, यो व्यक्तिले जानी-जानी आफ्नो प्रमाणपत्रहरू देखाउँछ, मानिसहरूलाई ऊसँग उन्नत डिग्री र उच्च शैक्षिक योग्यता छ भनेर थाहा पाउने तुल्याउँछ, र परिणाम स्वरूप उसले कतिपय मानिसहरूलाई बहकाउँछ। उसले अरूलाई उसको बारेमा उच्च विचार राख्न र आफ्नो राम्रो छाप छोड्नका लागि, र मानिसहरूले कामकुरा गर्दा बारम्बार उसको सल्लाहबारे सोचून् वा तिनीहरूलाई उसको सल्लाह लिने संवेग आओस् भनेर समेत आफ्ना वरदान, विशेषज्ञता, र क्षमता धाक लगाउन सक्दो गर्छन्। के तिनीहरूले यो उद्देश्य हासिल गर्नका लागि गर्ने सबै कुरा पनि मानिसहरूको हृदय जित्ने एउटा रणनीति होइन र? ख्रीष्ट-विरोधीहरूले मानिसहरूको हृदय जित्ने कार्यका दुई वटा प्रकटीकरणहरू यिनै हुन्। पहिलो भनेको साना-साना निगाहहरू प्रयोग गर्नु हो। दोस्रो भनेको तिनीहरूको आफ्नै क्षमता र वरदान, अर्थात्, तिनीहरूलाई श्रेष्ठ बनाउने कुराहरू धाक लगाउनु, र अरूलाई हराउन यो विधि प्रयोग गर्नु हो, ताकि तिनीहरू भीडबाट अलग देखिन सकून्, र सबैले तिनीहरूलाई उच्च मानून्, वाहवाही गरून्, तिनीहरूका आदेशहरू पालना गर्न र तिनीहरूको अगुवाइ स्वीकार गर्न तिनीहरूका सामु स्वेच्छाले आऊन्, र तिनीहरूको सबै बन्दोबस्तहरूलाई स्वेच्छाले स्वीकार र पालना समेत गरून्। के यो एक प्रकारको मनोवैज्ञानिक आक्रमण होइन र? (हो।) अरूको हृदय जित्नु भनेको एक प्रकारको मनोवैज्ञानिक आक्रमण हो। “मनोवैज्ञानिक आक्रमण” भन्‍नुको अर्थ के हो? यसको अर्थ यो शैतानले मानिसहरूको हृदय कब्जा गर्ने र नियन्त्रण गर्ने माध्यम हो। परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ। उहाँले मानिसहरूको हृदयलाई विजय र प्राप्त गर्नुहुन्छ। त्यसोभए शैतान र ख्रीष्ट-विरोधीहरूलाई जनाउँदा किन “मानिसहरूको हृदय प्राप्त गर्नु” भन्‍ने वाक्यांश प्रयोग गरिँदैन? किनभने शैतान र ख्रीष्ट-विरोधीहरूले मानिसहरूको हृदयलाई पकडमा लिन, बहकाउन, आकर्षित गर्न, र नियन्त्रण गर्न असामान्य र दुष्ट विधिहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले तिनीहरूको बारेमा उच्च विचार नराखी र तिनीहरूलाई गहन रूपमा सम्मान र वाहवाही नगरी बस्न नसक्‍ने अवस्थामा पुगून्।

हामीले भर्खरै मानिसहरूको हृदय जित्ने दुई वटा रणनीतिहरूका बारेमा सङ्गति गर्यौँ। अरू के-कस्ता विशिष्ट रणनीतिहरू छन्? यदि तिमीहरूले मानिसहरूलाई बहकाउन र बन्धनमा पार्न ख्रीष्ट-विरोधीहरूले प्रयोग गर्ने रणनीति र विधिहरू अनुभव गरेका छैनौ भने, तिमीहरू यसको तुलनामा कस्तो छौ भनेर जान्न आफूलाई हेर्नुपर्छ। तिमीहरूमा यी प्रकटीकरणहरू छन् कि छैनन् भनी हेर। भ्रष्ट स्वभावमा जिउने हरेक व्यक्तिमा यी कुराहरू हुन्छन्। साना-साना निगाहहरू दिनु, मानिसहरूलाई बहकाउनु, मानिसहरूलाई आकर्षित गर्नु—के यी तिमीहरूले प्रायजसो गर्ने कुराहरू होइनन् र? र आफ्नो वरदान र सामर्थ्यको धाक लगाउन सक्दो प्रयास गर्नु—के त्यो पनि तैँले प्रायजसो गर्ने कुरा होइन र? (हो।) विशेष गरी, जब तिमीहरूले सत्यताको विरुद्धमा कार्य गर्छौ, जब तिमीहरूका कमजोरी र गल्तीहरू खुलासा हुन्छन्, र जब तिमीहरूलाई काट-छाँट गरिन्छ र तिमीहरूले इज्जत गुमाउँछौ र तिमीहरूको प्रतिष्ठा पूरै हराउँछ, तब के तिमीहरूले परिस्थितिलाई समाधान गर्न र मानिसहरूको हृदयमा आफ्नो स्थान र प्रतिष्ठालाई पुनर्स्थापित गर्नका लागि यी विधि र तरिकाहरू प्रयोग गर्ने जस्ता कार्यहरू गर्दैनौ र? (हामीले पनि यस्ता कुराहरू गर्छौं।) जब तिमीहरूले यी कुराहरू गर्छौ, तब के तिमीहरूमा कुनै चेतना हुन्छ, र यो गलत मार्ग हो र तिमीहरूले यस्तो गर्नु हुँदैन भन्‍ने तिमीहरूलाई लाग्छ? के तिमीहरूलाई आत्म-निन्दा महसुस हुन्छ? के तिमीहरू प्रायजसो यसप्रति असंवेदनशील हुन्छौ, कि तिमीहरूले आत्म-निन्दा महसुस त गर्छौ, तर तिमीहरूको प्रतिष्ठा र छवि तिमीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण भएकोले तिमीहरूले नचाहेर पनि यी कुराहरू गर्नु नै पर्छ? कुन चाहिँ हो? (हामीले नचाहेर पनि ती गर्छौं।) तिमीहरूले नचाहेर पनि ती कार्य गर्छौ—त्यसोभए, के तिमीहरूलाई आत्म-निन्दा महसुस हुन्छ? कि तिमीहरूलाई यो पटक्‍कै महसुस हुँदैन, तर ती कुराहरू गरेपछि तिनलाई हल्का रूपमा लिन्छौ, र पहिले जस्तै खाने र सुत्ने कामलाई जारी राख्छौ? (हामीलाई आत्म-निन्दाको अनुभूति हुन्छ।) यदि तिमीहरूलाई आफूप्रति अलिक निन्दा लाग्छ भने, त्यो त्यति नराम्रो कुरा होइन। यसले तिमीहरूको बोधोपन त्यति गहन छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ—तिमीहरूमा अझै चेतना छ। चेतना भएका मानिसहरूसँग मुक्ति पाउने आशा हुन्छ; यो नभएका मानिसहरूमा कुनै मानवता हुँदैन, त्यसकारण तिनीहरू खतरामा हुन्छन्।

ग. मानिसहरूलाई बहकाउन र तिनीहरूमा आफूबारे असल राय बनाउन लागि देखावटी रूप प्रयोग गर्नु

मानिसहरूको हृदय जित्नका लागि ख्रीष्ट-विरोधीहरूको अरू के-कस्ता विधिहरू प्रयोग गर्ने बानी हुन्छ? अर्को परिस्थिति पनि छ, जुन के हो भने ख्रीष्ट-विरोधीहरूले जेसुकै गरे पनि, तिनीहरूले त्यो परमेश्‍वरको अगाडि होइन, मानिसहरूको अगाडि गर्छन्। यसो गर्नुमा तिनीहरूको उद्देश्य के हुन्छ? (मानिसहरूलाई आकर्षित गर्नु।) यो मानिसहरूको हृदय आकर्षित गर्नका लागि हुन्छ। सतहमा, तिनीहरू कष्ट भोग्‍न र मूल्य चुकाउन अरूभन्दा बढी इच्छुक हुन्छन्; तिनीहरू अरूभन्दा आत्मिक, परमेश्‍वरप्रति बढी बफादार, र आफ्नो कर्तव्यप्रति बढी गम्भीर देखिन्छन्। तर तिनीहरूलाई हेर्ने कोही नहुँदा, तिनीहरूले यसरी व्यवहार गर्दैनन्। त्यसरी व्यवहार गर्नु तिनीहरूको साँचो अभिप्राय हुँदैन; बरु, तिनीहरूको एउटा लुकेको मनसाय हुन्छ। तिनीहरूले अरूको अगाडि यस्तो व्यवहार गर्छन् ताकि तिनीहरूले कति राम्रो व्यवहार गरिरहेका छन्, र तिनीहरूले आफ्नो कर्तव्य यस्तो बफादारिताको साथ पूरा गरिरहेको छन् भन्‍ने कुरा ती मानिसहरूले देख्‍न सकून्, जबकि वास्तवमा तिनीहरूको भित्री मनसाय बफादारिता हुँदै हुँदैन। तिनीहरूको उद्देश्य भनेको त मानिसहरूलाई, तिनीहरूलाई बफादार र जिम्मेवार व्यक्तिको रूपमा हेर्न लगाउनु हो। यसरी मूल्य चुकाएर तिनीहरूले अरूलाई पूर्ण रूपमा विश्‍वस्त गराउँछन्। परिणाम स्वरूप, अरू मानिसहरू तिनीहरूको अगुवाइ स्वीकार गर्न, र तिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि तिनीहरूलाई क्षमा गर्न इच्छुक हुन्छन्। यो कस्तो व्यवहार हो? यो मानिसहरूलाई बहकाउनका लागि देखावटी रूप प्रयोग गर्नु हो। यहाँ “देखावटी रूप” को अर्थ के हो? यसको अर्थ सत्यता अनुरूप भए झैँ देखिने असल व्यवहार, र कार्यहरू हुन्। मानिसहरूलाई बहकाउन र तिनीहरूमा आफूबारे असल राय बनाउन सत्यता अनुरूप भए झैँ देखिने देखावटी रूप प्रयोग गर्नु—यो व्यवहारका विशेषताहरूलाई यसले सारांशित गर्छ, होइन र? तिनीहरूको उद्देश्य अन्तमा मानिसहरूमा आफूबारे असल राय बनाउन हो। मानिसहरूमा ख्रीष्ट-विरोधीहरूका बारेमा असल राय भएपछि, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई अलिक आदर गर्न थाल्छन्—यस विधि प्रयोग गरेर ख्रीष्ट-विरोधीहरूले तिनीहरूको हृदयमा निश्‍चित स्थान ओगटेका हुनेछन्। उदाहरणका लागि, एउटा यस्तो व्यक्ति हुन्छ जो आफ्नो कर्तव्य निर्वाह गर्दा मूल्य चुकाउन तयार हुन्छ, आफ्नो कार्यमा प्रायजसो अनुभवमा भर पर्छ, र आधारभूत रूपमा कुनै पनि प्रमुख सिद्धान्तहरू उल्लङ्घन गर्दैन, तर जब तैँले ऊसँग सत्यता सिद्धान्तहरू खोजी गर्ने बारेमा सङ्गति गर्छस्, तब उसले के भन्छ? “यसको बारेमा मसँग सङ्गति गर्नु पर्दैन। मैले यी सबै कुराहरू मनमा राखेको छु!” जब उसले साँच्‍चै समस्या सामना गर्छ, तब उसले खोजी नगर्ने मात्र होइन, तर अरू कसैको सल्लाह सुन्न पनि इन्कार गर्छ, तिनीहरूको राय सुन्नु त परको कुरा हो; उसले आफूलाई जे राम्रो लाग्यो त्यही मात्र गर्छ। जब उसले मूल्य चुकाउँछ, जब उसका कार्यले उसलाई तेजिलो र निर्णायक अनि निश्‍चित अख्तियार भएको व्यक्ति हो भन्‍ने जस्तो देखाउँछ, तब अरूले तिनीहरूलाई आफ्नो हृदयमा कसरी हेर्छन्? तिनीहरूमा ऊबारे असल राय हुन्छ कि हुँदैन? अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, उसले कुनै स्पष्ट तरिकाले सत्यता उल्लङ्घन गरेका हुँदैन, र ऊ कार्यहरू गर्ने शैलीमा अत्यन्तै सिपालु हुन्छ। अरूलाई विश्‍वस्त गराउनका लागि उसको “बफादारिताको” स्तर र आफ्नो कर्तव्य निर्वाह गर्दा उसको अनुभव पर्याप्त हुन्छ। मानिसहरूले सोच्छन्, “तिनीहरूलाई हेर: तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको छ, र तिनीहरूमा यो कर्तव्य पूरा गर्ने अनुभव छ। तिनीहरू अनुभवी छन्। हामीले त्यसो गर्न सक्नेथिएनौँ।” जब मानिसहरूले ऊबारे यस्तो सकारात्मक दृष्टिकोण राख्छन्, तब के ती मानिसहरूको हृदयमा उसको भार अत्यन्तै धेरै हुन्छ कि थोरै? (अत्यन्तै धेरै।) अत्यन्तै धेरै; उसले तिनीहरूले हृदयमा तौल राख्छ। कतिपय मानिसहरूले कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्, यसको कारणको एउटा अंश के हो भने तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ, र अर्को अंश के हो भने तिनीहरूमा सत्यताप्रति कुनै चासो हुँदैन, र तिनीहरूले सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्, र सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने बारेमा तिनीहरूमा पटक्कै बुझ्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नका लागि पूर्ण रूपमा आफ्नो क्षणिक जोश, आफ्नै असल अभिप्रायहरू, र वर्षौंको अनुभवमा भर पर्छन्। तैपनि, तिनीहरूले अरूलाई यी कुराहरू थाहा दिन चाहँदैनन्, त्यसकारण तिनीहरू निकै मेहनत गर्ने र मूल्य चुकाउने सक्दो प्रयास गर्छन्। यदि कसैले तिनीहरूमा आत्मिक बुझाइको कमी छ, वा तिनीहरू सत्यता बुझ्दैनन्, र सिद्धान्तहरूविना कार्य गर्छन् भन्‍ने पत्ता लगायो भने, तिनीहरूले मानिसहरूलाई देखाउनका लागि तुरुन्तै केही उपलब्धिहरू हासिल गर्छन्। तिनीहरूले भन्छन्, “ममा साँच्‍चै आत्मिक बुझाइ छ कि छैन हेर। हेर; म साँच्‍चै सिद्धान्तहरू अनुसार व्यवहार गर्छु कि गर्दिनँ, मैले साँच्‍चै सत्यता बुझ्छु कि बुझ्दिनँ भन्‍ने कुरा हेर।” तिनीहरूले यस्तो व्यवहार गर्दा, ठूलो सङ्ख्यामा मानिसहरू तिनीहरूको बहकाउमा पर्छन्। तिनीहरूले भन्छन्, “यी मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यमा अनुभवी छन्, र तिनीहरूले सिद्धान्तहरू बुझ्छन्; नबुझ्ने त हामी हौँ।” “नबुझ्‍ने त हामी हौँ”—यो वाक्यले के प्रकट गर्छ? यसले के प्रकट गर्छ भने, तिनीहरूले भित्री रूपमा, ती मानिसहरूको बाहिरी असल व्यवहारलाई अनुमोदन गर्छन्। यो अनुमोदन के समान हुन्छ? यो त तिनीहरू सत्यताको अभ्यास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने, र परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सिद्धता प्राप्त गर्ने मानिसहरू हुन् भन्‍ने सोच्नु समान हो। के अरूले तिनीहरूलाई यसरी मूल्याङ्कन गर्नु भनेको तिनीहरूले मानिसहरूको हृदयमा निश्‍चित स्थान ओगटेको सरह होइन र? अझै निश्‍चित रूपमा भन्दा, तिनीहरूको एक प्रकारको प्रतिष्ठा छ भनेर भन्‍न सकिन्छ। त्यसोभए यो प्रतिष्ठाले तिनीहरूलाई के दिन्छ? यसले अरूलाई तिनीहरूलाई उच्च मान्न, तिनीहरूलाई सम्‍मान गर्न, र तिनीहरूमा भर पर्न समेत लगाउँछ। अरू मानिसहरू कसरी तिनीहरूमा भर पर्छन्? तिनीहरूलाई समस्या आइपर्ने बित्तिकै, तिनीहरूले तुरुन्तै तिनीहरूलाई खोज्छन्। मानौँ कसैले यसो भन्छ, “यो एउटा ठूलो समस्या हो, र हामीले यो समस्या बुझ्दैनौँ; हामीले माथिकालाई सोध्नुपर्छ, होइन र?” त्यसपछि केहीले भन्‍नेछन्, “त्यसो गर्नु पर्दैन। हामीले हाम्रो अगुवालाई सोधे पनि भइहाल्छ नि। हाम्रो अगुवाले यो सब कुरा बुझ् छन्।” सबैको मनमा के हुन्छ भने अगुवा र सेवकहरू प्रायजसो आफ्नो काममा व्यस्त हुन्छन् र तिनीहरूले दुष्कर्म गरेका छैनन्, त्यसकारण तिनीहरू पक्कै पनि सत्यता बुझ्‍ने र सिद्धान्तहरू अनुसार कार्य गर्ने मानिसहरू हुन्। यो मतलाई तिमीहरू के भन्छौ? यदि कसैले बाहिरी रूपमा दुष्टता गरेको छैन भने, के यसको अर्थ उसले सत्यता बुझेको हुन्छ? बुझेको हुन्छ नै भन्‍ने हुँदैन। कुनै पनि व्यक्तिको सत्यता बुझाइमा सीमितता हुन्छ। यदि तँ अगुवाहरूले सबै कुरा बुझ्छन् भन्‍ने विश्‍वास गर्दै, तँसँग जुनसुकै समस्या भए पनि, परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, उहाँमार्फत खोजी गर्दैनस्, वा उहाँका वचनहरूभित्र खोजी गर्दैनस्, तर यसको बारेमा सोध्न सीधै अगुवाकहाँ जान्छस् भने, के यसले कामकुरामा ढिलाइ हुँदैन र? यदि तँ सधैँ अगुवाहरूले भनेको कुरा गरिरहन्छस्, सधैँ तिनीहरूलाई उच्च मानिरहन्छस् भने, केही कुराहरू बिग्रिन सक्छन्, र तैँले मण्डलीको काममा घाटा पुऱ्याउन पनि सक्छस्। त्यसैले मानिसहरूको आराधना गर्नु र तिनीहरूलाई उच्च मान्नु नै बाटो बिराएर गल्ती गर्ने, आफ्नो जीवनमा, र परमेश्‍वरको घर र मण्डलीको काममा घाटा पुऱ्याउने सबैभन्दा सजिलो तरिका हो।

ख्रीष्ट-विरोधीहरूले मानिसहरूको हृदय जित्ने कार्यका मुख्य तीन वटा प्रकटीकरणहरू छन्: पहिलो भनेको मानिसहरूलाई साना-साना निगाहहरू प्रयोग गरेर आकर्षित गर्नु हो; दोस्रो भनेको तिनीहरूको सामर्थ्य, वरदान, र प्रतिभाको धाक लगाउनु हो; तेस्रो भनेको मानिसहरूलाई बहकाउन र तिनीहरूमा आफूबारे असल राय बनाउन लागि देखावटी रूप प्रयोग गर्नु हो। यी प्रकटीकरणहरू हरेक व्यक्तिमा भेट्टाउन सकिन्छ। कतिपय मानिसहरूले प्रायजसो अरूलाई थाहा नभएका केही बदख्वाइँ खुलासा गर्छन्, हर प्रकारका विषयहरूबारे कुरा गर्छन्, वा केही अद्वितीय र घागडान रायहरू बताउँछन्। यसलाई के भनिन्छ? एउटा दुई-भागको भनाइ छ: “बुढी आइमाइले लाली लगाउँछिन्—तिमीलाई देखाउन।” यी मानिसहरूले सधैँ आफ्नो सीप धाक लगाउन र मानिसहरूको सम्मान जित्न चाहन्छन्। तैपनि, कहिलेकहीँ, तिनीहरूले यो राम्ररी गर्दैनन्, र मानिसहरूले तिनीहरूमा कमीकमजोरीहरू देख्छन्, त्यसकारण तिनीहरूले परिस्थितिलाई समाधान गर्न र बहस गरेर यसबाट उम्कन सक्दो गर्छन्। तिनीहरूले आफ्नो विवेक र सत्यता विपरीत जाने वा आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यसँग असम्बन्धित जेसुकै गरेका भए पनि, नभएका भए पनि, तिनीहरूले कहिल्यै पनि गल्ती स्वीकार गर्न वा आत्म-चिन्तन गरेर पश्चात्ताप गर्न जान्दैनन्, न त यो समस्या कति गम्भीर छ भन्‍ने नै तिनीहरूलाई महसुस हुन्छ। यसको विपरीत, तिनीहरूले आफ्नै पक्षमा बहस गर्ने र कुरालाई सहज बनाउने उपायहरूका बारेमा धेरै सोच्छन् र आफ्नो दिमाग खियाउँछन्। अरूको नजरमा रहेको तिनीहरूको राम्रो छवि अचानक र भयानक रूपमा घट्छ भन्‍ने डरले तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न अधीरताले जल्छन्, यहाँसम्म कि तिनीहरू खान वा सुत्न समेत सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो लेखन राम्रो छ, तिनीहरू कुशल लेखकहरू हुन् भन्‍ने सोच्छन्; कतिले आफू असल अगुवाहरू भएको, मण्डलीलाई खडा राखिरहने खम्बाहरू भएको सोच्छन्; अरूले आफूलाई असल मानिस ठान्छन्। यी मानिसहरूले कुनै न कुनै कारणले आफ्नो राम्रो आत्म-छवि गुमाउने बित्तिकै, तिनीहरूले धेरै विचार गर्छन् र यसका खातिर मूल्य चुकाउँछन्, परिस्थितिलाई समाधान गर्ने प्रयास गर्दै आफ्नो दिमाग खियाउँछन्। तैपनि तिनीहरूले आफूले लिएका गलत मार्गहरूका लागि, वा सत्यताको विरुद्धमा जाने तिनीहरूले गरेका विभिन्‍न कुराहरूका लागि कहिल्यै पनि लाज, वा आत्म-निन्दा, वा परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्दैनन्। तिनीहरूमा कहिल्यै त्यस्तो भावना हुने गर्दैन। तिनीहरूले मानिसहरूलाई बहकाउन र तिनीहरूको हृदय जित्नका लागि हर-प्रकारका रणनीति प्रयोग गर्छन्। के यो सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु हो? पटक्कै होइन। के मण्डली अगुवाहरूले गर्नुपर्ने काम त्यही हो? पटक्कै होइन। तिनीहरू शैतानी स्वभाव अनुसार जिइरहेका हुन्छन्, दुष्कर्म गरिरहेका हुन्छन् र मण्डलीको काममा बाधा दिइरहेका हुन्छन्, र परमेश्‍वरको घरको काममा बाधा र अवरोध ल्याइरहेका हुन्छन्। तिनीहरूको कार्य र व्यवहार, तिनीहरूले लिने मार्ग, र मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने तिनीहरूको विभिन्‍न व्यवहारहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले अगुवाको कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तर मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामलाई तोड्ने र त्यसमा अवरोध पुऱ्याउने, मानिसहरूलाई परमेश्‍वरको सामु आउनबाट रोक्ने, र मानिसहरूलाई आफ्नै हातमा राखिरहने, आफ्‍नो नियन्त्रणमा राखिरहने प्रयास गरिरहेका हुन्छन्। के यी ख्रीष्ट-विरोधीका कार्य र व्यवहारहरू होइनन् र? यसमा कुनै शङ्का छैन। ख्रीष्ट-विरोधीहरूले शैतानको भूमिका पूर्ण रूपमा खेल्छन् भन्‍ने कुरा प्रमाणित गर्न यो पर्याप्त छ। तिनीहरूले गर्ने यी कुराहरूको प्रकृतिलाई मूल्याङ्कन गर्दा, तिनीहरू आफूले गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्न असफल भइरहेका मात्र हुँदैनन्—तर यसको विपरीत, तिनीहरूले शैतानको भूमिका खेलिरहेका हुन्छन्। तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि पूर्णत: प्रतिस्पर्धा गर्नु नै हो। परमेश्‍वरका भेडाहरूले परमेश्‍वरलाई पछ्याउनुपर्छ र तिनीहरू उहाँद्वारा प्राप्त गरिनुपर्छ, तैपनि यी मानिसहरूले अरूलाई परमेश्‍वरलाई पछ्याउनबाट रोक्छन्; तिनीहरूले परमेश्‍वरका भेडाहरूलाई आफ्नै हातमा लिएर नियन्त्रण गर्छन्, र मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउँछन्। तिनीहरूको कार्यहरूको प्रकृति त्यही हो। के त्यस्ता मानिसहरूलाई “अगुवाहरू” भन्‍न सकिन्छ? (सकिँदैन।) त्यसोभए हामीले तिनीहरूलाई के भन्‍नुपर्छ? (दुष्ट सेवकहरू।) “दुष्ट सेवकहरू”—त्यो उचित नाम हो। “ख्रीष्ट-विरोधीहरू”, “दुष्ट सेवकहरू”—यी दुवै पदवी नामहरू उपयुक्त हुनेछन्, होइन र? यी मानिसहरूले अगुवाको कर्तव्य निर्वाह गरिरहेको ध्वजा फहराउँछन्, तर अगुवाले गर्नुपर्ने कुरा तिनीहरूले गर्दैनन्। तिनीहरूले जे गर्छन् त्यो अगुवाको कर्तव्य प्रदर्शन पटक्‍कै होइन, त्यो त ख्रीष्ट-विरोधीको भूमिका निर्वाह गर्नु, परमेश्‍वरको घरको काममा बाधा दिन र त्यसलाई नष्ट गर्न शैतानको पक्षबाट खडा हुनु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई साँचो मार्गबाट अलग हुन र परमेश्‍वरबाट अलग हुन लगाउनका लागि बहकाउनु हो। तिनीहरूका सबै कार्य र व्यवहारहरूले शैतानको स्वभाव र प्रकृतिलाई प्रकट गर्छन्, र मानिसहरूलाई परमेश्‍वरबाट अलग बस्ने, सत्यता र परमेश्‍वरलाई इन्कार गर्ने, र तिनीहरूलाई आराधना गर्ने र पछ्याउने परिणाम हासिल गर्छन्। एक दिन, जब तिनीहरूले मानिसहरूलाई पूर्ण रूपमा बहकाएका हुन्छन् र तिनीहरूलाई आफ्नो नियन्त्रणमा ल्याएका हुन्छन्, तब मानिसहरूले तिनीहरूलाई आराधना गर्न, पछ्याउन, र पालन गर्न थाल्नेछन्। तब तिनीहरूले मानिसहरूको हृदय फन्दामा पार्ने आफ्नो उद्देश्य हासिल गरेका हुनेछन्। तिनीहरू मण्डली अगुवाहरू हुन्, तर तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको काम गर्दैनन्; तिनीहरूले अगुवा र सेवकहरूको काम गर्दैनन्। बरु, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूमाथि कार्य गर्छन्, तिनीहरूलाई बहकाउँछन्, फन्दामा पार्छन्, र नियन्त्रण गर्छन्, र स्पष्ट रूपमा परमेश्‍वरका भेडाहरूलाई आफ्नै हातमा, आफ्नो नियन्त्रणमा लिन्छन्। के तिनीहरू चोर र डाँकूहरू होइनन् र? परमेश्‍वरसँग उहाँको चुनिएका मानिसहरूका लागि प्रतिस्पर्धा गर्ने क्रममा, के तिनीहरूले शैतानका चम्चाहरूका रूपमा सेवा गरिरहेका हुँदैनन् र? के त्यस्ता ख्रीष्ट-विरोधीहरू परमेश्‍वरका शत्रुहरू होइनन् र? के तिनीहरू उहाँका चुनिएका मानिसहरूका शत्रुहरू होइनन् र? (हुन्।) तिनीहरू शतप्रतिशत शत्रुहरू हुन्। तिनीहरू परमेश्‍वर र उहाँका चुनिएका मानिसहरूका शत्रुहरू हुन्; यो कुरामा कुनै शङ्का छैन।

पहिले जब म मुख्य भूमि चीनका सबै मण्डलीहरूमा बोल्ने र कम गर्ने गर्थेँ, तब एउटा व्यक्ति थियो जसो जिम्मेवारी अडियो रेकर्डिङ र प्रवचनहरू लिपिबद्ध गर्नु थियो। यो व्यक्ति अलिक प्रतिभाशाली थियो, उसको दिमाग तेज थियो र उसले द्रुत प्रतिक्रियाहरू दिन्थ्यो। तर उसको यो एउटा कुरा थियो: मानिसहरूले सुन्न चाहेका कर्णप्रिय कुराहरू भन्‍न ऊ सिपालु थियो। यदि तैँले कुनै कुरा मीठो छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “तपाईंले सही भन्‍नुभयो। मैले चाखेको छु। एकदम मीठो छ।” यदि तैँले बाहिर गर्मी छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “हजुर हो नि। म पसिना-पसिना भएको छु।” यदि तैँले बाहिर चिसो छ भनेर भनिस् भने, उसले यसो भन्थ्यो, “चिसो छ, हो। मैले भुवा भएको जुत्ता लगाएको छु।” ऊ कुनै सत्य वा इमानदार कुरा भन्‍न बाध्य हुन्थ्यो। ऊ साँच्‍चै खोजी गर्ने व्यक्ति जस्तो देखिन्थ्यो, तर मूल्य चुकाउनुपर्ने कुनै कुरा आइपर्दा, ऊ लुक्थ्यो। ऊ धूर्त र छली थियो। ऊ त्यस्तो खालको व्यक्ति थियो। कतिपयले सोध्न सक्छन्, “अँ, तपाईंले किन त्यस्तो व्यक्तिलाई छनौट गर्नुभयो?” मैले उसलाई छनौट गरेको थिइनँ—त्यो कुरा त्यो बेलाका परिस्थितिहरूले नै तय गरेको थियो। त्यो बेला ऊ जस्तो व्यक्ति भेट्टाउन समेत गाह्रो हुन्थ्यो, र कम्तीमा पनि उसले चाँडै प्रतिक्रियाहरू त दिन्थ्यो—म बोल्न थालेपछि उसले “रेकर्ड” थिचिहाल्थ्यो। उसले प्रवचनहरू रेकर्ड गर्दै र लिपिबद्ध गर्दै मलाई जताततै पछ्याउँथ्यो; उसले केही वास्तविक काम गऱ्यो। तर उसले मेरो उपस्थितिमा गर्ने व्यवहार र मण्डलीमा गर्ने कार्यहरू पूर्ण रूपमा दुई फरक-फरक मानिसहरूको कार्यहरू जस्तै थिए। मेरो उपस्थितिमा, उसले आज्ञाकारी, राम्रो व्यवहार गर्ने, र लगनशील, विवेकशील, र जिम्मेवार व्यक्तिले जस्तो व्यवहार गर्थ्यो—तर मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्दा के उसले त्यस्तै व्यवहार गर्थ्यो त? माथिको सम्पर्कमा हुँदा ऊ त्यस्तै थियो भन्‍ने कुरालाई ध्यानमा राख्दा, के ऊ परमेश्‍वरका चुनिएका मानिसहरूका बीचमा हुँदा पनि त्यस्तै थियो त? के तैँले यस विषयमा निश्‍चित उत्तर दिने आँट गर्छस्? अहँ, तैँले आँट गर्दैनस्। त्यसोभए, उसको वास्तविक अवस्था के थियो भनेर तँलाई कसरी थाहा हुन सक्छ? त्यसो गर्नका लागि, तँ ऊसँग सम्पर्कमा हुनुपर्थ्यो। तैँले ऊसँग केही समय अन्तरक्रिया गरेपछि, उसको प्रकृति सारमा रहेको सबै कुरा देखा पर्न थाल्थ्यो। ऊ विशेष रूपमा हैसियतलाई प्रेम गर्थ्यो, र निकै शेखीबाज थियो; जब ऊ कसैसँग हुन्थ्यो, तब ऊ आफ्नो पूँजीको बारेमा कुरा गर्न, र आफूले गर्न सक्‍ने कुराहरू, आफूले गरेका कुराहरू, उसले कति धेरै कष्ट भोगेको छ, र ऊ कति महान् छ भनेर प्रदर्शन गर्न निकै मन पराउँथ्यो। उसले यी कुराहरू गर्थ्यो र बारम्बार यसरी कुरा गर्थ्यो, र मसँग हुँदाको भन्दा ऊ पूर्ण रूपमा फरक व्यक्ति हुन्थ्यो। यसको साथै, उसको वरिपरि हुने जोकोहीलाई पनि बन्धनमा परेको र हेपिएको महसुस हुन्थ्यो, र यसको बारेमा तिनीहरूले केही भन्‍ने आँट गर्दैनथिए। यहाँ सबैभन्दा ठूलो समस्या के थियो? उसले आफूले गरिरहेको यो सानो काम, आफूले निर्वाह गरिरहेको यो सानो कर्तव्य लिएर यसलाई जहाँ गए पनि धाक लगाउने पूँजी बनाएको थियो। उसले कुन हदसम्म यसको धाक लगाउँथ्यो? सबैले उसलाई उच्च मान्थे, आराधना गर्थे, र उसको डाहा गर्थे। अन्तिममा, तिनीहरूले यसो भन्थे, “यो मान्छेले परमेश्‍वरको खातिर धेरै कष्ट भोगेको छ। उसमा भएको आस्था, र परमेश्‍वरप्रतिको उसको प्रेमलाई हेर! हामी त उसको शिरको एउटा केशसँग समेत तुलना गर्न लायक छैनौं। हामी ऊभन्दा निकै निकृष्ट छौं!” मानिसहरूले सधैँ उसलाई उल्लेख गरिरहेका हुन्थे, र मलाई भेट्न नसक्‍नेहरूले उसलाई भेट्नु मलाई भेट्नु जस्तै हो भन्‍ने सोच्थे। मानिसहरूको ज्ञान, विचार, र मनमा उसले पारेको प्रभाव अन्तमा यो स्तरमा पुगेको थियो। यस अवस्थामा पुग्‍नका लागि, उसले धेरै कुराहरू भनेको र गरेको हुनुपर्छ, होइन र? उसले पक्कै पनि आफूले गरेका कर्तव्यहरू उल्लेख गर्नका लागि थोरै शब्दहरू मात्रै प्रयोग त गरेन, उसले अवश्य नै यी कुराहरूका बारेमा लम्बेतान बोल्यो र कुरा गऱ्यो; यसको साथै, उसका आफ्नै मनसाय र उद्देश्यहरू थिए, उसले मानिसहरूलाई प्रलोभनमा पार्न र बहकाउन सक्‍ने केही कुराहरू भन्यो, मानिसहरूलाई उसको आराधना गर्न लगायो, र अन्त्यमा उसले आफ्नो उद्देश्य हासिल गऱ्यो। यस्तो व्यक्तिको बारेमा तेरो के विचार छ? उसले मेरो छेउमा आफ्नो कर्तव्य पूरा गर्न पाउनु उसका लागि राम्रो कुरा थियो, चाहे त्यो उसले आफूलाई कसरी प्रस्तुत गर्ने भनेर सिक्‍ने हिसाबमा होस् वा सत्यता प्राप्त गर्ने हिसाबमा होस्। यो उसका लागि चाँडै सिद्ध पारिने अवसर थियो। दुःखको कुरा, उसले यो अवसरलाई कदर गरेन। यो अवसर कति बहुमूल्य र महत्त्वपूर्ण छ भन्‍ने उसले देखेन, न त यो सत्यता प्राप्त गर्ने र परमेश्‍वरको ज्ञान प्राप्त गर्ने मार्ग, आधार, र स्रोत हो भन्‍ने नै देख्यो। बरु, उसले यो अवसरलाई भीडबाट अलग भएर मानिसहरूको हृदय जित्ने आफ्नो उद्देश्य हासिल गर्न प्रयोग गऱ्यो। त्यसले समस्या ल्यायो; ऊ गलत मार्गमा हिँडिरहेको थियो। मलाई भन, उसले आफूले कति धेरै कष्ट भोगेका छु, परमेश्‍वरले उसलाई कसरी अगुवाइ गर्नुभएको छ, र परमेश्‍वरले ऊसँग कसरी व्यवहार गर्नुभएको छ, र परमेश्‍वरले उसमा कसरी भरोसा गर्नुभएको छ भन्‍ने बारेमा यति जथाभाबी ढङ्गले कुरा फैलाउने क्रममा, के उसले यसमा व्यक्तिगत अभिप्राय छ भन्‍ने कुरा पहिचान गर्न सक्यो? (सक्यो।) उसले त्यसो गर्न सक्नुपर्थ्यो। यो पहिचान गर्न असम्भव कुरा थिएन। उसले यसलाई पहिचान गर्न सक्यो—त्यसोभए उसले किन आफ्ना दुष्ट कार्यहरूलाई रोक्न सकेन? किनभने उसले सत्यतालाई प्रेम गर्दैनथियो; उसलाई प्रभाव र हैसियत मात्रै मनपर्थ्यो। जब सत्यतालाई साँचो रूपमा प्रेम गर्ने व्यक्तिले भ्रष्टता प्रकट गर्छ, जब उसले आफूले कसरी कष्ट भोगेको छु भनेर गवाही दिइरहेको हुन्छ, तब उसलाई आत्म-निन्दा र आत्म-दोष महसुस हुन्छ। उसलाई के लाग्छ भने उसले त्यसो गर्नु नीच कार्य थियो, परमेश्‍वरविरुद्धको प्रतिरोध थियो, र तिनीहरूले फेरि त्यसो गर्नु हुँदैन। तिनीहरू भविष्यमा फेरि त्यसो गर्न चाहँदा, तिनीहरूले आफूलाई रोक्न र यस्ता कुराहरू गर्नमा रोक लगाउन सक्छन्। त्यो एकदमै सामान्य कुरा हो। तर त्यस्ता बेला, ख्रीष्ट-विरोधीहरूलाई तिनीहरूको विवेकले हप्काए पनि, तिनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा र चाहनालाई नियन्त्रण गर्न सक्दैनन्, र तिनीहरूलाई काट-छाँट गरिए पनि, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्। तिनीहरूको प्रकृति किन अपरिवर्तनीय रूपमा बढ्छ र विस्तार हुन्छ? (किनभने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्।) तिनीहरूको प्रकृतिमा, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्। त्यसोभए तिनीहरूले केलाई प्रेम गर्छन्? (तिनीहरूले हैसियतलाई प्रेम गर्छन्।) हैसियतले तिनीहरूलाई के दिन्छ? यसले मानिसहरूलाई तिनीहरूको आराधना गर्ने, तिनीहरूलाई उच्च मान्ने, र तिनीहरूलाई डाहा गर्ने बनाउनेछ। अन्तिममा, तिनीहरूको उद्देश्य भनेको परमेश्‍वरको जस्तै हैसियत र व्यवहार, साथै यो हैसियतले तिनीहरूलाई दिने सम्मान, खुशी, र आनन्द प्राप्त गर्नु हो। मैले भर्खरै भनेको सबै कुरा सुनेपछि, के तिमीहरूलाई घिन लागेको छैन? (लागेको छ।) त्यो व्यक्तिले गरेको अर्को कुरा अझै घिनलाग्दो थियो। पछि, ऊ बिरामी पऱ्यो र आफ्नो गृहनगरमा फर्केर गयो, र यस कुराले उसलाई, ऊ हैसियतका फाइदाहरूको आनन्द उठाउन लायक छ भन्‍ने अझै बढी महसुस गरायो। यो विचारको नियन्त्रणमा हुँदा उसले कसरी व्यवहार गऱ्यो भन्‍ने तँलाई लाग्छ? के उसले मानिसहरूले उसलाई अझै बढी दिऊन्, र ऊसँग अझै राम्रो व्यवहार गरून् भनेर माग गर्नेथिएन र? (गर्नेथियो।) उसले किन यो माग गऱ्यो? के उसलाई यो अतिरञ्जित वा अनुचित लागेन? उसलाई आफू यो कुरा पाउन लायक छु भन्‍ने लाग्थ्यो। उसले यसो सोच्यो, “मैले परमेश्‍वरका खातिर, र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका खातिर निकै कष्ट भोगेको छु। मसँग यो पाउने अधिकार छ; मैले धेरै कष्ट भोगेका कारण म बिरामी भएँ, त्यसकारण मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मेरो सेवा गर्नु नै पर्छ।” ऊ बिरामी हुँदा, उसले औँलो पनि उठाएन; ऊ दिनभरि ओछ्यानमा नै बस्थ्यो, र अरूलाई आफ्नो हेरचाह गर्न र आफूलाई खुवाउन लगाउँथ्यो। ऊ त्यहाँ लामो समयसम्म सुतिसकेपछि, उसलाई दिक्क लाग्‍न थाल्यो, त्यसकारण आफ्नो न्यास्रोपनलाई हटाउन उसले मानिसहरूलाई खाने-पिउने कुरा ल्याउन र आफूसँग बाहिर जान लगाउँथ्यो। यो निकै घिनलाग्दो कुरा हो, होइन र? यदि ऊ साँच्‍चै नै यति बिरामी भएको भए, यो त्यति ठूलो कुरा हुनेथिएन; यदि ऊ यति बिरामी नभएको भए, अवश्य नै उसको व्यवहारमा समझको निकै कमी थियो, होइन र?

कतिपय मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा निकै उत्साहित देखिन्छन्। तिनीहरूले मण्डलीका मामलाहरूमा टेवा दिन र चासो लिन मन पराउँछन्, र तिनीहरू सधैँ अघि-अघि दौडिरहेका हुन्छन्। तैपनि, तिनीहरू अगुवा बनेपछि, अप्रत्याशित रूपमा, सबैलाई निराश तुल्याउँछन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका व्यावहारिक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान दिँदैनन्, बरु आफ्नै प्रतिष्ठा र हैसियतका खातिर कार्य गर्न सक्दो प्रयास गर्छन्। तिनीहरू अरूले तिनीहरूलाई सम्मान गरून् भनेर धाक लगाउन मन पराउँछन्, र आफूलाई कसरी परमेश्‍वरका लागि समर्पित गर्छन् र कष्ट भोग्छन् भन्‍ने कुरा सधैँ गरिरहन्छन्, तैपनि तिनीहरूले सत्यताको पछ्याइमा र आफ्नो जीवन प्रवेशमा आफ्ना प्रयास लगाउँदैनन्। कसैले पनि तिनीहरूबाट यो अपेक्षा गरेको हुँदैन। तिनीहरूले आफूलाई आफ्नो काममा व्यस्त राखे पनि, हरेक अवसरमा धाक लगाए पनि, केही वचन र धर्मसिद्धान्तहरू प्रचार गरे पनि, कतिपय मानिसहरूको सम्मान र आराधना प्राप्त गरे पनि, मानिसहरूको हृदय बहकाए पनि, र आफ्नो हैसियतलाई दह्रिलो बनाए पनि, अन्त्यमा यसको परिणाम के हुन्छ? यी मानिसहरूले अरूलाई घुस दिन साना-साना निगाहहरू प्रयोग गरे पनि, वा आफ्नो वरदान र क्षमताहरूको धाक लगाए पनि, वा मानिसहरूलाई बहकाउन र यसरी तिनीहरूमा आफूबारे असल राय बनाउन विभिन्‍न विधिहरू प्रयोग गरे पनि, तिनीहरूले मानिसहरूको हृदय जित्न र यसमा स्थान ओगट्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूले के गुमाएका हुन्छन्? तिनीहरूले अगुवाको कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता प्राप्त गर्ने अवसर गुमाएका हुन्छन्। साथै, तिनीहरूको विभिन्‍न प्रकटीकरणहरूका कारण, तिनीहरूले तिनीहरूको अन्तिम परिणाम ल्याउने दुष्ट कार्यहरू पनि बटुलेका हुन्छन्। चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका भए पनि, वा धाक देखाइरहेका भए पनि, वा मानिसहरूलाई बहकाउनका लागि देखावटी रूप प्रयोग गरिरहेका भए पनि, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गरेको झैँ देखिए पनि, अहिले यसलाई हेर्दा, के यो मार्ग सही हो? के यो सत्यताको खोजी गर्ने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? स्पष्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्‍वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्‍वरले निन्दा र घृणा गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूको पछाडि मानिसको महत्त्वाकाङ्क्षा र परमेश्‍वर विरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्‍वरको हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर कहिल्यै पनि चिन्‍नुहुन्‍न, बरु तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा परिभाषित गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्‍वरले के फैसला सुनाउनुहुन्छ? “हे अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।” परमेश्‍वरले “मबाट दूर होओ” भनेर भन्‍नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानको हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल यातना दिन्छन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्‍वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्‍वरका भेडा होइनन्, उहाँका अनुयायीहरू हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमध्येका होइनन्। परमेश्‍वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसोभए, अरूको हृदय जित्ने प्रयास गर्नुको प्रकृति ठ्याक्कै के हो त? यो ख्रीष्ट-विरोधीको मार्गमा हिँड्नु हो; यो ख्रीष्ट-विरोधीको व्यवहार र सार हो। परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँको विरुद्धमा प्रतिस्पर्धा गर्नुको सार त झनै गम्भीर हुन्छ; त्यस्ता मानिसहरू परमेश्‍वरका शत्रुहरू हुन्। ख्रीष्ट-विरोधीहरूलाई यसरी नै परिभाषित र वर्गीकरण गरिन्छ, र यो पूर्ण रूपमा सही छ।

जनवरी २२, २०१९

अर्को: विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्