क. परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा, हरेक युगको प्रकृतिअनुसार, मेरो कार्य अन्तर्वस्तुमा भिन्‍नभिन्‍न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरू पूरा गर्छ—वा अझै स्पष्ट रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिअनुसार यो कार्य गरिन्छ। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु, मेरो विवेक र सर्वशक्तिमानता प्रकट गर्नु, शैतानको सबै युक्तिहरू उजागर गर्नु, र त्यसमार्फत शैतानको सत्ताअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो विवेक र सर्वशक्तिमानता देखाउन र शैतानको असहनीय कुरूपता प्रकट गर्नको लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृष्टि गरिएका प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने मौका दिनको लागि हो, म नै सबै थोकको सार्वभौम हुँ भनी थाहा दिनको लागि हो, शैतान मानवजातिको शत्रु हो, पतित दुष्ट हो भनी स्पष्टसित देखाउनको लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने मौका दिनको लागि हो। यसरी, अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानवजातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले खुसीसाथ उपभोग गर्ने कुराहरू दिन सक्छु; अनि तिनीहरूले जान्‍नेछन् कि म नै सबै थोकको सार्वभौम हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरेँ तर पछि त्यसले मलाई धोका दियो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृष्टि गरिएका प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्राय बुझ्न, र म नै सत्य हुँ भनी जान्‍न सक्षम बनाउने प्रभाव हासिल गर्नको निम्ति म यसरी काम गर्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्‍वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्‍वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानको कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यसप्रकार जुन मानिसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

उहाँले जे काम गर्नुभए पनि परमेश्‍वरको कामको लक्ष्य बदलिँदैन, उहाँको कामको मर्म बद्लिँदैन र मानिसप्रति उहाँका अभिप्राय बद्लिँदैन भन्‍ने तैँले जान्नुपर्छ। उहाँका वचनहरू जति नै कठोर भए पनि, वातावरण जति नै प्रतिकूल भए पनि, उहाँका कामका सिद्धान्तहरू परिवर्तन हुँदैनन् र मानिसलाई उद्धार गर्ने उहाँको अभिप्राय परिवर्तन हुँदैन। यदि यो मानिसको अन्त वा मानिसको गन्तव्यको प्रकाशको कार्य होइन भने, र अन्तिम चरणको काम वा परमेश्‍वरको व्यवस्थापनको समग्र योजनाको कार्यलाई समाप्‍त गर्ने होइन भने, र यदि यो मानिसलाई तयार पार्ने समय हो भने, उहाँको कामको मर्म परिवर्तन हुनेछैन। यो सधैँ मानवजातिको मुक्ति नै हुनेछ। परमेश्‍वरप्रति तिमीहरूको विश्‍वासको आधार यही नै हुनुपर्छ। कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको सत्ताबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापनि, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यकता अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरका अभिप्राय पूरा गर्नका निम्ति कसरी कार्य गर्ने भनी जान्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको कार्य भनेको मानिसलाई राम्रोसँग ममा समर्पित हुन सक्‍ने बनाउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अधिक प्रभावकारी रूपमा परिवर्तन हुन दिनु हो। म जे गर्छु त्यो मेरो व्यवस्थापनको खातिर नै हुने भएकोले, मैले कहिल्यै पनि कुनै काम मानिसका लागि फाइदा नहुने गरी गरेको छैन, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो समर्पित बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; मैले अन्यजातिहरूका बीचमा पूरा गर्दै गरेको कार्य यही हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूमा रुचि राख्दैनन्‌, र आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने तापनि, उनीहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूको आफ्नै भोलिका गन्तव्यमा मात्रै पूर्ण रूपमा ध्यान केन्द्रित गर्दै रहन्छन्‌। यदि यस्तै कुरा जारी रहन्छ भने, मेरो कामको विस्तार कसरी हुनेछ? मेरो सुसमाचार कसरी सारा संसारभरि फैलाउन सकिन्छ? याद गर कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई तितरबितर पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू हुनेछन् ताकि मेरो सुसमाचार पृथ्वीभरि फैलिन सकोस्, ताकि मेरो काम अन्यजातिहरूसम्म विस्तार हुन सकोस्‌, ताकि मेरो नाम साना-ठूला सबैको सामने समान रूपमा महान् हुन सकोस्, र मेरो पवित्र नाम सबै कुलहरू र जातिहरूका मानिसहरूको मुखमा उच्च होस्। यसो हुन्छ ताकि यो अन्तिम युगमा अन्यजातिहरूको माझ मेरो नाम महान् होस्, ताकि अन्यजातिहरूले मेरा कामहरू देखेर तिनीहरूले मलाई मेरो कामको खातिर सर्वशक्तिमान् भनेर बोलाउन सकून्, ताकि मेरा वचनहरू छिटै पूरा हुन सकून्। म इस्राएलीहरूका मात्र होइन, तर मैले श्रापित तुल्‍याइएकाहरू लगायत, सबै अन्यजातिहरूका पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्न लगाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा पूरा गर्नुपर्ने एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्‍ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्‍ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सिर्जित प्राणीहरू माझ सबैभन्दा उच्च आदर हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले बढी सराहना गर्ने अरू कुनै सिर्जित प्राणी हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सिर्जित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सिर्जित प्राणीहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै सृष्टि गरिएका प्राणीहरूको अनिवार्य कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनका निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनका निम्ति विद्रोहीका ती सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक उद्देश्य भनेको शैतानलाई हराउनु र सारा मानवजातिमा मुक्ति ल्याउनु हो। उहाँले स्वर्गका सबै कुरा, पृथ्वीका सबै कुरा, समुद्रका सबै कुरा र पृथ्वीमा भएका परमेश्‍वरका सृष्टिका हरेक अन्तिम वस्तुलाई उहाँको सर्वशक्तिमान्‌ता देख्‍न र उहाँका कार्यहरू अवलोकन गर्न दिनको लागि यो मौका प्रयोग गरिरहनुभएको छ। उहाँले मानिसहरूलाई आफ्ना सबै कार्य प्रकट गर्न, अनि शैतानलाई हराउने कार्यमा उहाँलाई प्रशंसा गर्न र उहाँको बुद्धिलाई उचाल्न तिनीहरूलाई सक्षम पार्नको लागि शैतानमाथिको उहाँका जीतले प्रदान गरेको मौकालाई प्रयोग गरिरहनुभएको छ। पृथ्वीमा, स्वर्गमा, अनि समुद्रमा भएका यावत् थोकले परमेश्‍वरमा महिमा ल्याउँछन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँलाई पुकार्छन्। शैतानलाई उहाँले हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई जित्दैहुनुहुन्छ भन्‍ने कुराको प्रमाण यही हो। अझै महत्त्वपूर्ण कुरा, यो त मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरका सम्पूर्ण सृष्टिले उहाँमा महिमा ल्याउँछन्, उहाँले आफ्नो शत्रुलाई हराएर विजयको साथ फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छन्, र उहाँलाई महान् विजयी राजाको रूपमा उचाल्छन्। उहाँको उद्देश्य भनेको शैतानलाई हराउनु मात्रै होइन, त्यही कारणले उहाँले छ हजार वर्षसम्म निरन्तर रूपमा काम गर्नुभएको छ। उहाँले मानवजातिलाई मुक्त गर्नको लागि शैतानको हारलाई प्रयोग गर्नुहुन्छ; उहाँका सबै कार्य र उहाँका सारा महिमा प्रकट गर्नको लागि उहाँले शैतानको हारलाई प्रयोग गर्नुहुन्छ। उहाँले महिमा प्राप्त गर्नुहुनेछ, अनि स्वर्गदूतहरूका सारा भीडले उहाँका सारा महिमा देख्‍नेछन्। स्वर्गका दूतहरू, पृथ्वीका मानिसहरू, अनि पृथ्वीमा भएका सारा सृष्टिले सृष्टिकर्ताको महिमा देख्‍नेछन्। उहाँले गर्नुहुने काम यही नै हो। स्वर्ग र पृथ्वीमा भएको उहाँको सृष्टिमा सबैले उहाँको महिमा देख्‍नेछ, अनि शैतानलाई पूर्ण रूपमा हराएपछि उहाँ विजयको साथ फर्कनुहुनेछ, अनि मानवजातिलाई उहाँको प्रशंसा गर्न दिनुहुनेछ, जसद्वारा आफ्‍नो काममा उहाँले दोबर विजय हासिल गर्नुहुनेछ। अन्त्यमा, सारा मानवजाति उहाँद्वारा विजय गरिनेछ, र विरोध गर्ने वा विद्रोह गर्ने जोकोहीलाई उहाँले मेटाउनुहुनेछ; अर्को शब्दमा भन्दा, शैतानको स्वामित्वमा हुने सबैलाई उहाँले मेटाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर के हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। तिनीहरूले कुरूप र पवित्रबीचको अन्तर थाहा पाउँछन्, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको सेवा गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

…………

परमेश्‍वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझ्‍न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्‍वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति बुझे पनि, परमेश्‍वरको कामले मानिसलाई ल्याएको सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्‍वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्‍म तैँले परमेश्‍वरलाई त्याग्दैनस् र सत्य खोजी गर्ने तेरो सङ्कल्पलाई त्याग्दैनस्, तब परमेश्‍वरको मुस्कान तँलाई प्रकट हुने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको शक्तिमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍नु होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

सम्बन्धित भजनहरू

मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

परमेश्‍वरले उहाँको मानव सृष्टिको अर्थलाई पुनर्स्थापित गर्नुहुनेछ

अघिल्लो: छ. आखिरी दिनहरूमा देखा पर्न र काम गर्न परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

अर्को: ख. परमेश्‍वरको कामका तीनमध्ये हरेक चरणको महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्