क. परमेश्‍वरले कुन आधारमा व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; नत्र, कुनै पनि मानवता किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गर्ने चरण होइन। म मेरो अभिलेख खातामा एक-एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरूबारे, उनीहरूले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गबारे, उनीहरूको अन्तर्निहित विशेषताहरूबारे र उनीहरूले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन्, त्यसबारे लेख्छु। यसरी, ती मानिसहरू जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउनेछैन, र उनीहरू सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिशोध लिइएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्

मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्‍ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्‍ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरका लागि श्रम गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना खराब व्यवहारबमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूको समर्पणका योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि देखिने परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने देखिने परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने जोकोही अन्त्यमा हटाइएर नाश हुनुपर्नेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही अवश्य नै विनाशको पात्र हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिन विद्रोहीपन र प्रतिरोधमध्ये एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा कस्तो व्यवहार गर्छस् सो कुरामा निर्भर हुँदैन। कसैलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्‍ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको आचरण र उसको सत्यताको खोजीद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। एकअर्कामा उस्तै भएका उही काम गर्नेहरू र उही परिमाणको काम गर्नेहरू मानिसहरू माझ, मानव सारहरू असल भएकाहरू र सत्यता भएकाहरूलाई रहन दिइनेछन्, जबकि मानव सार खराब भएका र देखिने परमेश्‍वरविरुद्ध विद्रोह गर्नेहरू विनाशका पात्र हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव भावना वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि सृष्टि गरिएको प्राणीविरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्‍वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्‍वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरको आखिरी दिनहरूको काममा, उहाँले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारित गर्नुहुन्छ। यहाँ यो “प्रकटीकरणहरू” ले के जनाउँछ, के तिमीहरूलाई थाहा छ? तिमीहरू प्रकटीकरणहरूले मानिसहरूले आफ्‍नो काम गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई बुझाउँछ भनी सोच्छौ होला, तर वास्तवमा यसको अर्थ त्यो होइन। यहाँ, प्रकटीकरणहरूले तँ सत्यता अभ्यास गर्न सक्‍ने वा नसक्‍ने कुरा; तँ आफ्नो कर्तव्य पूरा गर्ने क्रममा बफादार रहन सक्षम रहेको वा नरहेको कुरा; परमेश्‍वरमा विश्‍वास गर्ने कुराबारे तेरो दृष्टिकोण, परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति, कठिनाइहरू सहने तेरो संकल्प; न्याय र सजाय स्विकार्ने, र निराकरण र काटछाँट भोग्‍नेबारे तेरो मनोवृत्ति; तैँले गरेका गम्भीर अपराधहरूको सङ्ख्या; र तैँले अन्त्यमा कुन हदसम्म पश्‍चात्ताप र रूपान्तरण हासिल गर्न सक्छस् भन्‍ने कुराहरूलाई जनाउँछ। यी सबै कुरा मिलेर तेरा प्रकटीकरणहरू बन्छन्। यहाँ प्रकटीकरणहरूले तैँले कति वटा भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, वा कति वटा नराम्रा कामकुराहरू गरेको छस् भन्‍ने कुराहरूलाई जनाउँदैन, बरु यसले तैंले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा कति वटा नतिजाहरू निकालेको छस् र तैँले आफूमा कति वास्तविक परिवर्तन हासिल गरेको छस् भन्ने कुरालाई जनाउँछ। यदि मानिसहरूका परिणामहरू तिनीहरूको प्रकृतिले कति धेरै भ्रष्टता प्रकट गरेको छ भन्ने आधारमा निर्धारित गरिन्थ्यो भए, कसैले पनि मुक्ति पाउन सक्दैनथ्यो, किनकि सबै मानिसहरू गहन रूपमा भ्रष्ट छन्, तिनीहरू सबैमा शैतानी प्रकृति छ, र तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वर सत्यता स्विकार्न र उहाँको काममा समर्पित हुन सक्‍नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि, यदि आखिरमा तिनीहरू सत्यता स्विकार्न, साँचो पश्‍चात्ताप गर्न, र साँचो रूपमा परिवर्तन हुन सक्छन् भने, तिनीहरू परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू हुन्। कतिपय मानिसहरूले यो कुरा स्पष्टसित बुझ्न सक्दैनन् र तिनीहरू अगुवाको रूपमा सेवा गर्नेले धेरै भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, अनि जसले धेरै भ्रष्टता प्रकट गर्छ उसलाई अवश्यै हटाइनेछ र ऊ जीवित रहिरहन सक्दैन भन्ने सोच्छन्। के यो दृष्टिकोण सही छ त? अगुवाहरूले धेरै भ्रष्टता प्रकट गरे पनि, यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरू परमेश्‍वरको न्याय र सजाय अनुभव गर्न योग्य हुन्छन्, तिनीहरूले मुक्ति पाउने र सिद्ध पारिने मार्ग हिँड्न सक्छन्, र तिनीहरूले अन्त्यमा परमेश्‍वरको लागि सुन्दर गवाही दिन सक्नेछन्। तिनीहरू साँचो रूपमा परिवर्तन भएका मानिसहरू हुन्। यदि मानिसहरूको परिणाम तिनीहरूको कति भ्रष्ट स्वभाव प्रकट भएको छ भन्ने आधारमा निर्धारण गरिन्थ्यो भने, तिनीहरूले जति धेरै अगुवा र सेवकको रूपमा सेवा गर्थे, त्यति नै छिटो तिनीहरू खुलासा हुन्थे। यदि त्यस्तो हुन्थ्यो त, अगुवा र सेवक बन्न कसले आँट गर्थ्यो र? परमेश्‍वरद्वारा प्रयोग गरिने र सिद्ध पारिने बिन्दुसम्म को पुग्न सक्थ्यो र? के यो दृष्टिकोण एकदमै वाहियात छैन र? परमेश्‍वरले मुख्य गरी मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले दिने गहावीमा दृढ खडा हुन सक्छन् कि सक्दैनन् र तिनीहरू साँच्चै परिवर्तन भएका छन् कि छैनन् भनी हेर्नुहुन्छ। यदि मानिसहरूसँग साँचो गवाही छ र तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् भने, तिनीहरू परमेश्‍वरबाट प्रशंसा पाउने मानिसहरू हुन्। कतिपय मानिसहरूले सतही रूपमा अलिअलि मात्रै भ्रष्टता प्रकट गरेको देखिन सक्छ, तर तिनीहरूसँग साँचो अनुभव गवाही हुँदैन, र तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुँदैनन् र परमेश्‍वरले तिनीहरूलाई प्रशंसा गर्नुहुन्न।

परमेश्‍वरले कुनै पनि व्यक्तिको परिणाम उसको प्रकटीकरण र सारको आधारमा निर्धारण गर्नुहुन्छ। यहाँ प्रकटीकरण भन्नाले कुनै व्यक्ति परमेश्‍वरप्रति बफादार छ कि छैन, उहाँलाई प्रेम गर्छ कि गर्दैन, सत्यता अभ्यास गर्छ कि गर्दैन र उसको स्वभाव कुन हदसम्म परिवर्तन भएको छ भन्ने कुरालाई बुझाउँछ। यिनै प्रकटीकरणहरू र उसको सारको आधारमा परमेश्‍वरले व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ, उसले कति धेरै भ्रष्टता प्रकट गर्छ भन्ने आधारमा होइन। यदि तँलाई परमेश्‍वरले व्यक्तिको परिणाम उसले कति धेरै भ्रष्टता देखाउँछ भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने लाग्छ भने, तैँले उहाँको अभिप्रायलाई गलत व्याख्या गरेको छस्। वास्तवमा, मानिसहरूमा एकै किसिमको भ्रष्ट सार हुन्छ, फरक भनेको तिनीहरूसँग असल वा खराब मानवतामध्ये कुन छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा रहन्छ। चाहे व्यक्तिले जतिसुकै भ्रष्टता प्रकट गरोस्, उसको हृदयको गहिराइमा के छ भन्ने कुरा परमेश्‍वरलाई राम्रोसँग थाहा हुन्छ; तैँले यो लुकाउनै पर्दैन। परमेश्‍वरले मानिसहरूको हृदय र मनभित्र खानतलासी गर्नुहुन्छ। चाहे अरूको अगाडि वा पछाडि तैँले गरेको कुनै कुरा होस्, वा हृदयमा तैँले गर्न चाहेको कुनै कुरा होस्, ती सबै कुरा परमेश्‍वरको सामु उदाङ्गो हुन्छन्। मानिसहरूले गुप्त रूपमा के गर्छन् भन्ने कुरा परमेश्‍वरलाई कसरी थाहा हुन सक्दैन र? के यो आत्मभ्रम होइन र? साँचो भन्‍ने हो भने, व्यक्तिको प्रकृति जतिसुकै छली भए पनि, उसले जतिसुकै झुट बोले पनि, ऊ आफूलाई लुकाउन र चलाकी गर्न जतिसुकै सिपालु भए पनि, परमेश्‍वरले यी सबै कुराहरूबारे आफ्नो हातका औँलाहरूबारे जानेजस्तै जान्‍नुहुन्छ। परमेश्‍वरले अगुवा र सेवकहरूलाई यति राम्रोसँग चिन्नुहुन्छ भने, के उहाँले आफ्ना साधारण अनुयायीहरूलाई पनि त्यति नै राम्ररी चिन्नुहुन्न र? कतिपय मानिसहरूले सोच्छन्, “अगुवाइ गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरूले आफ्नै विनाश निम्त्याइरहेका हुन्छन्, किनभने अगुवाको रूपमा काम गर्दा मानिसहरूले अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्छन् र परमेश्‍वरले त्यो देख्नुहुन्छ। यदि तिनीहरूले यो काम नगरेका भए त्यहाँ त्यति धेरै भ्रष्टता देखा पर्थ्यो र?” कस्तो वाहियात विचार! यदि तँ अगुवाको रूपमा कार्य गर्दैनस् भने, के तैँलै भ्रष्टता प्रकट गर्दैनस् र? के अगुवा नहुनुको अर्थ, तैँले कम भ्रष्टता देखाए पनि, तैँले मुक्ति पाएको छस् भन्ने हुन्छ र? यो तर्कअनुसार, के अगुवाको रूपमा सेवा नगर्नेहरू सबै जीवित रहिरहन सक्ने र मुक्ति पाउनेहरू हुन् र? के यो भनाइ हास्यास्पद छैन र? अगुवाको रूपमा कार्य गर्ने मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खानपिउन र परमेश्‍वरको कार्य अनुभव गर्न मार्गदर्शन गर्छन्। यो मापदण्ड र मानक उच्च छ, त्यसैले अगुवाहरूले सुरुमा तालिम सुरु गर्दा अपिरहार्य रूपमै केही भ्रष्ट स्थितिहरू देखाउने नै छन्। यो सामान्य कुरा हो र यसको लागि परमेश्‍वरले दण्डाज्ञा दिनुहुन्न। परमेश्‍वरले यसमा दण्डाज्ञा नदिनुहुने मात्र होइन, बरु उहाँले त यी मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शनसमेत प्रदान गर्नुहुन्छ र तिनीहरूमाथि थप बोझ राखिदिनुहुन्छ। तिनीहरूले परमेश्‍वरको मार्गदर्शन र काममा समर्पित हुन सकुन्जेल जीवनमा साधारण मानिसहरूभन्दा छिटो प्रगति पनि गर्नेछन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग हिँड्न सक्नेछन्। परमेश्‍वरले सबभन्दा बढी आशिष् दिनुहुने कुरा यही हो। कतिपय मानिसहरूले यो कुरा देख्न सक्दैनन् र तथ्य बङ्याउँछन्। मानव बुझाइअनुसार त अगुवा जतिसुकै परिवर्तन भए पनि परमेश्‍वरले वास्ता गर्नुहुन्न; अगुवा र सेवकहरूले कति धेरै भ्रष्टता प्रकट गर्छन् भन्ने कुरा मात्र उहाँले हेर्नुहुन्छ र यसैको आधारमा तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्छ। अनि, अगुवा र सेवकहरू नरहेकाहरूको कुरा गर्दा, तिनीहरूले थोरै भ्रष्टता देखाउने हुनाले तिनीहरू परिवर्तन नभए पनि परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्न। के यो वाहियात कुरा होइन र? के यो परमेश्‍वरविरुद्धको निन्दा होइन र? यदि तैँले हृदयमा परमेश्‍वरलाई यति गम्भीरता रूपले प्रतिरोध गर्छस् भने के तैँले मुक्ति पाउन सक्नेछस् र? तैँले मुक्ति पाउन सक्नेछैनस्। परमेश्‍वरले मानिसहरूको परिणाम मुख्य गरी तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्‍ने आधारमा निर्धारित गर्नुहुन्छ र यो मुख्य गरी तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्ने कुरामा निर्भर रहन्छ। यदि तिनीहरूले सत्यता पछ्याउँछन् र अपराध गरेकोमा न्याय र सजाय पाएपछि साँचो पश्‍चात्ताप गर्न सक्छन् भने, जबसम्म तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने शब्द बोल्ने वा कार्य गर्ने गर्दैनन्, तबसम्म तिनीहरू अवश्यै मुक्ति पाउन सक्षम हुनेछन्। तिमीहरूको कल्पनाअनुसार त अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउने सबै साधारण विश्‍वासीहरूले मुक्ति पाउन सक्छन् र अगुवाको रूपमा काम गर्नेहरू सबैलाई हटाइनुपर्छ। यदि तिमीहरूलाई अगुवा हुन भनिन्थ्यो भने, तिमीहरू यो नगर्नु ठीक नहुने भन्‍ने तिमीहरू सोच्नेथ्यौ, तर तिमीहरूले अगुवाको रूपमा सेवा गर्नुपर्ने भयो भने तिमीहरूले नजानीकनै भ्रष्टता प्रकट गर्नेथ्यौ र त्यो आफैलाई टाउको काट्ने मेसिनमा पठाउनुजस्तै हुन्थ्यो। के यो सबै परमेश्‍वरबारे तिमीहरूको गलतबुझाइको कारण उत्पन्न भएको होइन र? यदि मानिसहरूको परिणाम तिनीहरूले प्रकट गरेको भ्रष्टताको आधारमा निर्धारण हुन्थ्यो भने, कसैले पनि मुक्ति पाउने थिएनन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले मुक्तिको कार्य गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्‍चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्‍वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानवजातिले परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनथ्यो। तसर्थ, तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्‍वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू खराब हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँमा समर्पित छ वा छैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र खराब व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको खराब आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँका लागि आफूलाई निश्चित समयसम्म अर्पित गरेको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले पनि आफ्नो खराब आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्‍ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरका लागि निष्ठापूर्वक श्रम गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, खराब मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्‍ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्‍वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालकको खराब आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, कुनै आमाबुबाको खराब आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो आशिष्‌ उपभोग गर्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष्‌ प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष्‌ प्राप्त गर्न सक्‍नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धर्मी आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै खराब हुन् र बाँच्नेहरू धर्मी हुन्—यद्यपि खराबहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका आमाबुबाले दुष्ट काम गरे पनि। विश्वासी पति र गैरविश्वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र गैरविश्वासी आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दा किसिमका सृष्टि गरिएका प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। श्रम गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानिसलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका खराब कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको श्रम गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको प्रतिफल हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू गैरविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित भजनहरू

विश्राममा पस्ने मानवजातिको एउटै बाटो

परमेश्‍वरले मानिसको सार अनुसार तिनीहरूको अन्त्य निधो गर्नुहुन्छ

अघिल्लो: घ. किन परमेश्‍वरले उहाँको प्रतिरोध गर्न दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुनेछ

अर्को: ख. परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्