छ. सर्वशक्तिमान् परमेश्वरलाई प्रतिरोध गर्न र दोष दिन चिनियाँ कम्युनिस्ट पार्टीसँग हात मिलाउने धार्मिक संसारको सार के हो, र यसको परिणाम के हुनेछ
बाइबलमा परमेश्वरका वचनहरू
“बेबिलोन पतन भयो, महान् बेबिलोन पतन भयो, र यो दियाबलसहरूको वासस्थान, र हर फोहोरी आत्माको अखडा, र हर अशुद्ध र घृणित पक्षीको गुण बनेको छ” (प्रकाश १८:२)।
“बरै बिचरा, त्यत्रो ठूलो सहर बेबिलोन, त्यति शक्तिशाली सहर! एकै घण्टामा तेरो न्याय हुन्छ” (प्रकाश १८:१०)।
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मेरो विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्छ? शास्त्रीहरूले? हरेक धार्मिक अधिकारीहरूले? के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये, कसले निरन्तर मेरो प्रशंसा नगर्ला, को लगातार आनन्दित नहोला? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्ने वा भाग्ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी खुसीले कराउन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २२
भूत र दुष्टात्माहरू केही समयसम्म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्वरका इच्छाहरू र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्चै, यो मरणशील पाप हो! परमेश्वर चिन्तित नभई कसरी बस्न सक्नुहुन्छ र? परमेश्वर कसरी क्रोधित नहुन सक्नुहुन्छ र? तिनीहरूले परमेश्वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्याएका र विरोध गरेका छन्: कस्तो विद्रोही! ती ठूला र साना भूतहरूले समेत सिंहको पिछा गरिरहेका स्यालहरूझैँ व्यवहार गर्छन् र खराब प्रवाहलाई पछ्याउँछन्, र अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि जानीजानी त्यसको विरोध गर्छन्, यी विद्रोहका छोराहरू! तिनीहरू आफ्नो नरकको राजा राजाको शाही सिंहासनमा बसेको छ झैँ गरी अरू सबैलाई घृणाको साथ व्यवहार गर्दै आफूप्रति गर्व गर्ने र आत्मसन्तुष्ट बन्ने गर्छन्। तिनीहरूमध्ये कति जनाले सत्यताको खोजी गर्छन् र इन्साफ पछ्याउँछन्? तिनीहरू सबै नीच जनावरहरू हुन्, सुँगुर र कुकुर जस्तै छन्, गन्हाउने झिँगाहरूको हूलको अगुवाहरू हुन्, र तिनीहरूले आत्मसन्तुष्ट बनी आफैलाई बधाई दिँदै टाउको हल्लाउँछन् र गोबरको थुप्रोको बीचमा सबै किसिमका समस्याहरू उत्पन्न गर्छन्।[१] तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा हुन् भन्ने विश्वास गर्छन्, तर तिनीहरूलाई आफू दुर्गन्धित झिँगोहरूभन्दा बढी केही पनि होइनौँ भन्नेचाहिँ थाहै छैन। तैपनि, परमेश्वरको अस्तित्वमा हानि गर्न, तिनीहरूले आफ्ना आमाबाबुको रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाउँछन्। नीच झिँगोहरूको रूपमा तिनीहरूले आफ्ना आमाबुबालाई नीला ह्वेल माछाहरू[२] जत्तिकै ठूला छन् भन्ने विश्वास गर्छन्। तिनीहरू आफै अति साना छन्, तिनीहरूका आमाबुबा अशुद्ध सुँगुर र कुकुरहरू हुन् जो तिनीहरूभन्दा करोडौँ गुणा ठूला छन् भन्ने बारेमा तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्नै तुच्छताको बारेमा अनजान रहन्छन्, अनि भावी सन्तान उत्पन्न गर्न अनियन्त्रित भएर दगुर्नका निम्ति सुँगुर र कुकुरहरूले निकालेका सडेका दुर्गन्धहरूमा भरोसा राख्छन्, र तिनीहरूलाई लाज-सर्मको कुनै ज्ञान हुँदैन! आफ्नो ढाडमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्वरमा विश्वास गर्छौं भनी गर्ने दाबीलाई जनाउँछ), तिनीहरू आत्मसन्तुष्ट हुन्छन् र सबै ठाउँमा आफ्नो सुन्दरता र आकर्षणको घमण्ड गर्छन्, जबकि तिनीहरूले गोप्य रूपमा आफ्नै शरीरमा भएका अशुद्धता मानिसहरूमा फैलाइरहेका हुन्छन्। यसको साथै, तिनीहरू आफैसँग अत्यन्त प्रसन्न हुन्छन्, मानौं तिनीहरूले आफ्ना अशुद्धताहरू लुकाउनका लागि इन्द्रेनी रङ्गका जोडी पखेटाहरू प्रयोग गर्न सक्छन्, र यस तरिकाले तिनीहरूले साँचो परमेश्वरको अस्तित्वमाथि अत्याचार गर्छन् (यसले धार्मिक संसारको पर्दापछाडि के हुन्छ भन्ने कुरालाई सङ्केत गर्छ)। झिँगाका पखेटाहरू मन्त्रमुग्ध पार्ने गरी सुन्दर हुन सक्ने भए पनि, त्यो झिँगा आफै आखिर एउटा छुद्र प्राणी मात्र हो, जसको पेट फोहरले भरिएको र शरीर कीटाणुहरूले ढाकेको हुन्छ भन्ने कुरालाई मानिसले कसरी जान्दथ्यो र? आफ्ना आमाबुबाको रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा तिनीहरू देशभरि अनियन्त्रित भई र आफ्नो क्रूरतामा कुनै पावन्दी नलागई अन्धाधुन्ध दौडन्छन् (यसले परमेश्वरको खेदो गर्ने धार्मिक अधिकारीहरू परमेश्वर र सत्यतालाई धोका दिन कसरी देशको सरकारको बलियो समर्थनमा भर पर्छन् भन्ने कुरालाई जनाउँछ)। यस्तो लाग्छ, मानौँ यहूदी फरिसीहरूका प्रेतहरू परमेश्वरसँगै तिनीहरूको पुरानो गुँड, अर्थात् ठूलो रातो अजिङ्गरको देशमा फर्केर आएका छन्। तिनीहरूले हजारौं वर्षअघिको आफ्नो कामलाई सुचारु गर्दै, अर्को सतावट कार्य सुरु गरेका छन्। पतित मानिसहरूको यो समूह अन्त्यमा पृथ्वीमा नाश हुने निश्चित छ! यस्तो देखिन्छ कि हजारौं वर्षपछि ती अशुद्ध आत्माहरू अझ बढी धूर्त र चलाक भएका छन्। तिनीहरू गोप्य रूपमा परमेश्वरको कामलाई कमजोर पार्ने तरिकाहरूको बारेमा निरन्तर सोचिरहेका छन्। प्रशस्त चलाकी र छलसहित, तिनीहरूले आफ्नो मातृभूमिमा हजारौं वर्ष पहिलेको दुःखद घटना फेरि घटाउन चाहन्छन्, र यसरी परमेश्वरलाई चिढ्याउँदै रुने अवस्थामा पुऱ्याउँछन्। तिनीहरूलाई नाश पार्न तेस्रो स्वर्गमा फर्कनबाट उहाँले आफैलाई विरलै मात्र रोक्न सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “सबै किसिमका समस्याहरू उत्पन्न गर्छन्” भन्ने भनाइले भूतग्रस्त मानिसहरूले कसरी दङ्गा मच्चाउँछन्, परमेश्वरको काममा बाधा पुर्याउँछन् र विरोध गर्छन् भन्ने कुरालाई जनाउँछ।
२. “नीला ह्वेल माछाहरू” भन्ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो एउटा उपमा हो जसले झिँगाहरू यति सानो हुन्छन् कि सुँगुर र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्ने कुरालाई जनाउँछ।
उहाँमा साँचो रूपमा विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गरियोस् भनेर ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्विकार्न सक्दैनस्, बरु उहाँको भर्त्सना, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउने समेत गर्छस् भने, तँ अनन्तसम्म नै जल्न बाध्य हुन्छस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। किनकि यही ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नको लागि परमेश्वरले जिम्मा दिनुभएको जन हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्चात तैँले परमेश्वरबाट अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्वरको मुहारलाई देख्नेछैनस्। किनभने तैँले जसको प्रतिरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै नगण्य व्यक्ति होइन, त्यो त ख्रीष्ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यताको अघि आफ्नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउने र परमेश्वरको मुहारलाई फेरि देख्ने तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
बाइबलमा उल्लेख सदोममाथि परमेश्वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसारभरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्यो। तिनीहरूले परमेश्वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्न लगाइयो। तिनीहरूले परमेश्वरको निन्दा गरे, परमेश्वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।
आज, परमेश्वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँ सुरुमा रोकिने स्थान अधिनायकवादी शासनको नमुना: नास्तिकवादको कट्टर गढ, चीन हो। परमेश्वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्ट दिएको छ, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि, परमेश्वरले गर्ने अभिप्राय राख्नुभएको काम उहाँले गर्न जारी राख्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्वरको सर्वशक्तिमान्तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्वरलाई आफ्नो शत्रु ठान्ने देश, चीनमा परमेश्वरले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन। बरु, अझ धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। उहाँको काममा अवरोध पुऱ्याउनेहरू, उहाँको वचनको प्रतिरोध गर्ने र उहाँको योजनामा बाधा दिने र त्यसलाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वरको कामलाई अवज्ञा गर्नेहरूलाई नरकमा पठाइनेछ; परमेश्वरको कामलाई अवज्ञा गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन। सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्वरको आवाज सुनून्, परमेश्वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान दिन म आग्रह गर्छु; परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्च, मानवजातिका बीचमा आराधनाको एकमात्र लक्ष्य बनाउन, र सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामुनि जिए, र जसरी परमेश्वरले पहिले सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा रहे।
परमेश्वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ
सम्बन्धित चलचित्र उद्धरणहरू
धार्मिक बेबिलोन परमेश्वरको क्रोधमा पर्ने तय छ
सम्बन्धित भजनहरू
परमेश्वरको स्वभावलाई रिस उठाउनेहरू दण्डित हुनैपर्छ
संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!