२८. मुक्तिले केलाई जनाउँछ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

अब मानिसहरूको आस्थाको आधारभूत महत्त्व के हो त? सरल रूपमा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नको निम्ति हो। … सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तँ मृत्युतर्फ लागेको थिइस्—र परमेश्‍वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुभन्दा अघि मानिसहरू कसको पकडमा जिउँछन्? (शैतानको पकडमा।) अनि शैतानको पकडमा जिउनको निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व अर्थात् उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू जीवित हुन्छ कि मृत हुन्छ? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तैँले निरन्तर रूपमा सोच्ने सबथोक दुष्ट परमेश्‍वरको अवज्ञा गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुन्छन्, तैँले सोच्ने सबै कुराहरू परमेश्‍वरले घिनाउनुहुन्छ, घृणा र निन्दा गर्नुहुन्छ। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू केवल देहका अधीनका कुराहरू मात्र होइनन्, बरु यी त पूर्ण रूपमा शैतान र दियाबलसका अधीनका कुराहरू हुन्। त्यसोभए, परमेश्‍वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु, दियाबलस र शैतान हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्‍वरको नजरमा, तिनीहरू मानव देहमा लुकेका जिउँदा शैतान हुन्, मानवको खोल ओडेका दियाबलसहरू हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई जिउँदा लाशहरू, अर्थात मरेका मानिसहरू भन्नुहुन्छ। परमेश्‍वर अहिले मुक्तिको काम गर्दै हुनुहुन्छ, यसको मतलब उहाँले शैतानको भ्रष्ट स्वभाव र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिनुहुन्छ र तिनीहरूलाई जिउँदा मानिसहरूमा परिणत गर्नुहुन्छ। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्‍वरमा विश्‍वास गर्छ—यहाँ के कुरालाई मुक्ति दिइन्छ? जब व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका मानिसहरू थिए र तिनीहरू मर्नु निश्‍चित थियो, तर अहिले तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्न, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्‍वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई प्रतिरोध वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्‍वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। … व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्‍वरका वचनहरूमा चासो दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, ऊ विचारशील र विवेकशील व्यक्ति हुनुपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

अँध्यारोको प्रभावमा जिउने व्यक्तिहरू ती व्यक्तिहरू हुन जो मृत्युको बीचमा जिउँछन्, र जसलाई शैतानद्वारा काबूमा राखिएको हुन्छ। परमेश्‍वरद्वारा मुक्त नगरिएमा र परमेश्‍वरद्वारा न्याय नगरिएमा र सजाय नदिइएका मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यी “मृतक मानवहरू” परमेश्‍वरको साक्षी बन्न सक्दैनन्, न त तिनीहरूलाई परमेश्‍वरले प्रयोग नै गर्न सक्नुहुन्छ, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले जीवितहरूको साक्षी चाहनुहुन्छ, मृतहरूको होइन, र उहाँले जीवितहरूले उहाँको काम गरून् भन्नुहुन्छ, मृतकहरूले होइन। “मृत व्यक्तिहरू” ती व्यक्तिहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो आत्मामा चेतनाशून्य छन् र परमेश्‍वरको वचनहरू बुझ्दैनन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो सत्यताको अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारीता छैन, र तिनीहरू ती व्यक्तिहरू हुन् जो शैतानको सत्ताअन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्‍वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्‍वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँप्रति समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँटलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरमा समर्पित हुने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरमा समर्पित हुन जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

मुक्तिले मुख्य गरी के जनाउँछ? त्यसले मुख्य गरी स्वभाव परिवर्तनलाई जनाउँछ। व्यक्तिको स्वभाव परिवर्तन भएको छ भने मात्र उसले शैतानको प्रभाव हटाउन र मुक्ति प्राप्त गर्न सक्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नेहरूका लागि स्वभाव परिवर्तन एकदमै ठूलो कुरा हो। जब व्यक्तिको स्वभाव परिवर्तित हुन्छ, उसले मानव स्वरूप जिउनेछ र पूर्ण रूपमा मुक्ति प्राप्त गर्नेछ। यो सम्भव छ कि कोही धेरै सुन्दर, मेधावी, वा प्रतिभाशाली नहुन सक्छ, उसले भद्दा तरिकाले बोल्न सक्छ र ऊ धेरै वाक्पटु नहुन सक्छ, वा उसले राम्रो पहिरन नलगाउन सक्छ, तर उसलाई केही आइपर्दा ऊ सत्यताको खोजी गर्न सक्षम हुन्छ, उसले आफ्नै इच्छाअनुसार व्यवहार गर्दैन वा आफ्नो लागि षडयन्त्र गर्दैन, अनि परमेश्वरले उसलाई कुनै कर्तव्य निर्वाह गर्न आज्ञा गर्दा, उसले उहाँको आज्ञा पालना गर्न र उहाँले उसलाई सुम्पनुभएको कुरा हासिल गर्न सक्छ। तिमीहरूलाई यस्तो व्यक्ति कस्तो लाग्छ? ऊ बाहिरी रूपमा आकर्षक वा रूपले लठ्ठै पार्ने खालको नभए पनि, उसमा परमेश्वरको डर मान्ने र आज्ञा पालना गर्ने हृदय हुन्छ, र यसमा उसका सवल पक्षहरूको खुलासा हुन्छ। यो देख्दा, मानिसहरूले यसो भन्नेछन्, “यो व्यक्तिको स्थिर स्वभाव छ, अनि जब केही आइपर्छ, उसले लापर्बाह नभई वा कुनै बेबकुफ वा मूर्ख काम नगरी परमेश्वरसामु चुपचाप खोजी गर्न सक्छ। उसमा गम्भीर र जिम्मेवार मनोवृति छ; ऊ कर्तव्यनिष्ठ छ र उसले इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न आफूलाई पूर्ण रूपले समर्पित गराउन सक्छ।” यो व्यक्ति कसरी बोल्ने र व्यवहार गर्ने भन्नेमा बाधित छ, उसमा सामान्य चेतना छ, र ऊ जे जिउँछ र उसले जे स्वभाव देखाउँछ त्यसको आधारमा, उसँग परमेश्वरको डर मान्ने हृदय छ। यदि उसमा परमेश्वरको डर मान्ने हृदय छ भने, के उसले गर्ने कार्यहरूमा सिद्धान्तहरू छन्? उसले पक्कै सिद्धान्तहरू खोज्छ र लापर्बाहीपूर्वक गलत कार्यहरूमा संलग्न हुँदैन। सत्यताको अभ्यास र स्वभाव परिवर्तनको खोजी गरेर हासिल गरिएको अन्तिम परिणाम यही हो। उसको बोली तौलिएको र सही छ, ऊ लापर्बाहीपूर्वक बोल्दैन, ऊ विश्वास लाग्दो र भरोसायोग्य तरिकाले कार्य गर्छ, र उसमा परमेश्वरप्रति आज्ञाकारिता र दुष्टताबाट अलग बस्ने वास्तविकता छ। यी सबै प्रकटीकरणहरू यो व्यक्तिमा देख्न सकिन्छ। यो त्यो व्यक्ति हो जो सत्यताको वास्तविकताभित्र प्रवेश गरेको छ, र जसको स्वभाव परिवर्तन भएको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै शोचनीय किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू अति धेरै छन्; यसैकारण परमेश्‍वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तब परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको सत्तामा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त षड्यन्त्र, छलकपट र बेईमानी सबै शैतानका कुराहरू हुन्। परमेश्‍वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्‍वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्‍म विश्‍वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधीनमा जिउँछस्, तब तँ परमेश्‍वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ फोहोर वस्तु बन्छस् र तैँले परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध र सिद्ध पारिएपछि, तँ पवित्र हुनेछस्, तँ सामान्य व्यक्ति हुनेछस्, र तैँले परमेश्‍वरबाट आशिष् पाउनेछस् र तँ परमेश्‍वरको निम्ति आनन्दको मानिस बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

धेरै मानिसहरूलाई मुक्ति पाउनु भनेको के हो भन्‍नेबारे स्पष्ट रूपमा थाहा हुँदैन। कतिपय मानिसहरू यदि तिनीहरूले परमेश्‍वरमा लामो समयसम्म विश्‍वास गरेका छन् भने, तिनीहरूले मुक्ति पाउने सम्‍भावना हुन्छ भन्‍ने विश्‍वास गर्छन्। कतिपयचाहिँ यदि तिनीहरूले धेरै आत्मिक सिद्धान्त बुझ्छन् भने, तिनीहरूले मुक्ति पाउने सम्‍भावना हुन्छ भन्‍ने सोच्छन्, वा कतिले चाहिँ अगुवा र सेवकहरूले अवश्यै मुक्ति पाउनेछन् भन्‍ने ठान्छन्। यी सबै मानव धारणा र कल्‍पनाहरू हुन्। मुख्य कुरा त मानिसहरूले मुक्तिको अर्थ बुझ्नुपर्छ। मुक्ति पाउनु भनेको मुख्य रूपमा पापबाट मुक्त हुनु, शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र उहाँको आज्ञापालन गर्नु हो। पाप र शैतानको प्रभावबाट मुक्त हुनतिमीहरूमा के हुनुपर्छ? सत्यता। यदि मानिसहरूले सत्यता प्राप्त गर्ने आशा गर्छन् भने, तिनीहरू परमेश्‍वरका धेरै वचनहरूले सुसज्‍जित हुनैपर्छ, तिनीहरूले ती वचन अनुभव र अभ्यास गर्न सक्नैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्‍न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सकून्। त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले परमेश्‍वरमा कहिलेदेखि विश्‍वास गरेको छ, ऊसँग कति ज्ञान छ, ऊसँग वरदान वा सबल पक्षहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन। मुक्तिसँग प्रत्यक्ष सम्‍बन्ध भएको एकमात्र कुरा भनेको व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने हो। त्यसो भए, आज तैँले कति वटा सत्यता साँचो रूपमा बुझेको छस्? अनि परमेश्‍वरका कति वटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मागहरूमध्ये, तैँले कुन-कुनमा प्रवेश हासिल गरेको छस्? परमेश्‍वरमाथि विश्‍वास गरेका वर्षहरूमा, तैँले परमेश्‍वरको वचनको सत्यतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन भने, वा तैँले परमेश्‍वरको कुनै पनि वचनको वास्तविकतामा प्रवेश हासिल गरेको छैनस् भने, खुलस्त रूपमा भन्‍ने हो भने, तँसँग मुक्ति पाउने कुनै आशा छैन। तैँले सम्भवतः मुक्ति पाउनेछैनस्। तँसँग उच्‍चस्तरीय ज्ञान भए पनि, वा तैँले परमेश्‍वरमा लामो समय विश्‍वास गरेको भए पनि, तेरो स्वरूप राम्रो भए पनि, तैँले राम्रो बोल्‍न सके पनि, र तैँले धेरै वर्षदेखि अगुवा वा सेवकको काम गरेको भए पनि, त्यसले केही फरक पार्दैन। यदि तैँले सत्यताको खोजी गर्दैनस् भने, र परमेश्‍वरका वचनहरू राम्रोसँग अभ्यास र अनुभव गर्ने गर्दैनस् भने, र तँमा वास्तविक अनुभव र गवाहीको कमी छ भने, तैँले मुक्ति पाउने कुनै आशा हुँदैन। तँ कस्तो देखिन्छस्, तँसित कति वैज्ञानिक ज्ञान छ, तैँले कति कष्ट भोगेको छस्, वा तैँले कति ठूलो मूल्य चुकाएको छस् भन्ने कुरासँग मलाई मतलब छैन। म तँलाई यसो भन्छुः यदि तँ सत्यता स्विकार्दैनस् र परमेश्वरका वचनहरूको वास्तविकतामा कहिल्यै प्रवेश गर्दैनस् भने, तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्। यो निश्चित छ। यदि तैँले परमेश्वरका वचनहरूको वास्तविकतामा कति प्रवेश गरेको छस् भनी बताउँछस् भने, म तँलाई तँसित मुक्तिको आशा कति छ भनी बताउनेछु। मैले यसलाई मापन गर्ने मापदण्डबारे तिमीहरूलाई बताइसकेकाले, तिमीहरू आफै यो मापन गर्न सक्षम हुनुपर्छ। यी वचनहरूले तिमीहरूलाई के तथ्य बताउँछन्? परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँले हरेक प्रकारको तथ्य हासिल गर्न, परमेश्वरले चाहनुभएका सबै तथ्यहरू हासिल गर्न वचनहरू प्रयोग गर्नुभयो, र परमेश्वरले उहाँका कामका दुई चरणहरू पूरा गर्न वचनहरू प्रयोग गर्नुभयो। आज, परेमश्वर आफ्नो तेस्रो चरणको काम गर्दै हुनुहुन्छ, र कामको यस चरणमा, परमेश्वरले अन्य कुनै चरणमाभन्दा बढी वचनहरू बोल्नुभएको छ। मानवजातिको सम्पूर्ण इतिहासभरिमै उहाँले आफ्नो काममा सबैभन्दा बढी बोल्नुभएको यसै समयमा हो। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्न, सम्पूर्ण तथ्यहरू हासिल गर्न, सम्पूर्ण तथ्यहरूलाई शून्यताबाट अस्तित्वमा ल्याउन र अस्तित्वलाई शून्यतामा ल्याउन सक्नुभयो—परमेश्वरका वचनहरूको अख्तियार यही हो, र अन्त्यमा, परमेश्वरले मानवजातिको मुक्तिको तथ्यलाई हासिल गर्न पनि वचनहरू प्रयोग गर्नुहुनेछ। आज, तिमीहरू सबैले यो तथ्य देख्न सक्छौ, आखिरी दिनहरूको दौरान परमेश्वरले उहाँका वचनहरूसँग सम्बन्धित नभएको कुनै काम गर्नुभएको छैन, उहाँले लगातार बोल्नुभएको छ, आजसम्म मान्छेलाई मार्गदर्शन गर्न लगातार वचनहरू प्रयोग गर्नुभएको छ। अवश्य पनि, बोल्दाखेरि, परमेश्वरले उहाँलाई पछ्याउनेहरूसँग आफ्नो सम्बन्ध जोगाउन पनि वचनहरू प्रयोग गर्नुभएको छ, उहाँले तिनीहरूलाई मार्गदर्शन गर्न वचनहरू प्रयोग गर्नुभएको छ, र मुक्ति प्राप्त गर्न चाहनेहरू वा परमेश्वरले मुक्ति दिन चाहनेहरूका निम्ति यी वचनहरू अत्यन्तै महत्वपूर्ण छन्, परमेश्वरले मानवजातिको मुक्तिको तथ्यलाई हासिल गर्न यी वचनहरू प्रयोग गर्नुहुनेछ। प्रष्ट रूपमा, चाहे तिनको विषयवस्तुका सन्दर्भमा हेर्दा होस् वा सङ्ख्याका सन्दर्भमा, ती जस्तो प्रकारका वचन भए पनि, र ती परमेश्वरका वचनहरूका जुन भाग भए पनि, मुक्ति चाहने हरेकका निम्ति ती अत्यन्तै महत्वपूर्ण छन्। परमेश्वर आफ्नो छ हजार वर्षे व्यवस्थापनको योजनाको अन्तिम परिणाम प्राप्त गर्न यी वचनहरू प्रयोग गर्दैहुनुहुन्छ। मानवजाति—आजका मानवजातिका लागि होस् या भविष्यका—ती सबैभन्दा महत्त्वपूर्ण छन्। परमेश्वरको मनोवृत्ति त्यस्तो छ, उहाँका वचनहरूको उद्देश्य र महत्त्व त्यस्तो छ। त्यसोभए मानवजातिले के गर्नुपर्छ? मानवजातिले परमेश्वरका वचन र काममा सहकार्य गर्नुपर्छ, तिनलाई बेवास्ता गर्नु हुँदैन। तर परमेश्वरप्रति केही मानिसहरूको विश्वास त्यस्तो हुँदैनः तिनीहरू परमेश्वरले जे भन्नुभए पनि, उहाँका वचनहरूले तिनीहरूसँग केही सरोकार राख्दैनन् जस्तो गर्छन्। तिनीहरू अझै पनि आफूले चाहेकै कुरा पछ्याउँन्, आफूले चाहेकै काम गर्छन्, र परमेश्वरका वचनहरूका आधारमा सत्यता खोज्दैनन्। यो परमेश्वरको काम अनुभव गर्नु होइन। परमेश्वरले जे भन्नुभए पनि ध्यानै नदिनेहरू पनि छन्, जसको हृदयमा एउटा मात्र दृढ विश्वास हुन्छः “परमेश्वरले जे गर्नू भन्नुहुन्छ, म त्यही गर्नेछु, यदि परमेश्वरले मलाई पश्चिमतिर जा भन्नुहुन्छ भने, म पश्चिमतिर नै जानेछु, यदि उहाँले मलाई पूर्वतिर जा भन्नुहुन्छ भने, म पूर्वतिर नै जानेछु, यदि उहाँले मलाई मृत्युवरण गर् भन्नुहुन्छ भने, म उहाँलाई मृत्युवरण गरेर देखाउनेछु।” तर त्यसमा एउटा कुरा मात्र छः तिनीहरू परमेश्वरका वचन ग्रहण गर्दैनन्। तिनीहरू मनमनै सोच्छन्, “परमेश्वरका अत्यन्तै धेरै वचनहरू छन्, ती अलि बढी स्पष्ट हुनुपर्छ, र मैले ठ्याक्कै के गर्नुपर्छ भनी तिनले भन्नुपर्छ। म आफ्नो हृदयमा परमेश्वरको आज्ञा पालना गर्न सक्षम छु।” परमेश्वरले जति धेरै वचनहरू बोल्नुहुने भए पनि, त्यस्ता मानिसहरू अन्त्यमा सत्यता बुझ्न असक्षम रहन्छन्, न त तिनीहरू आफ्ना अनुभव र ज्ञानबारे बोल्न नै सक्छन्। तिनीहरू आत्मिक मामिलाबारे केही नबुझ्ने सामान्य मानिस जस्तै हुन्। के तिमीहरूलाई त्यस्ता मानिसहरू परमेश्वरका प्रियजन हुन् जस्तो लाग्छ? के परमेश्वर त्यस्ता मानिसहरूप्रति कृपालु हुने इच्छा गर्नुहुन्छ? (गर्नुहुन्न।) उहाँ कदापि त्यसो गर्नुहुन्न। परमेश्वरले त्यस्ता मानिस रुचाउनुहुन्न। परमेश्वर यसो भन्नुहुन्छ, “मैले नबताइएका हजारौँ वचनहरू बोलेको छु। तैँले कसरी अन्धो वा बहिरो व्यक्तिले जस्तो ती देखेको र सुनेको छैनस्? तँ आफ्नो हृदयमा ठ्याक्कै के सोच्दैछस्? म तँलाई आशिषहरू र सुन्दर गन्तव्यको पछि लाग्नमा आसक्त व्यक्तिका रूपमा मात्र हेर्छु—तँ पावल पछि लागेको लक्ष्यहरूकै पछि लाग्दैछस्। यदि तँ मेरा वचनहरू सुन्न चाहन्नस् भने, यदि तँ मेरो मार्ग पछ्याउने इच्छा गर्दैनस् भने, तँ किन परमेश्वरमा विश्वास गर्छस्? तँ मुक्तिको पछि लागिरहेको छैनस्, तँ सुन्दर गन्तव्य र आशिषहरूको चाहनाको पछि लाग्दैछस्। अनि तैँले रचिरहेको षड्यन्त्र यही भएकाले, तेरा लागि सबैभन्दा सुहाउँदो कुरा सेवाकर्ता हुनु हो।” खासमा, इमानदार सेवाकर्ता हुनु पनि परमेश्वरप्रतिको आज्ञाकारिताको एउटा प्रकटीकरण हो, तर यो न्यूनतम मानक हो। इमानदार सेवाकर्ताका रूपमा रहनु भनेको अविश्वासी जस्तो अनन्त विनाश र विध्वंसमा डुब्नुभन्दा धेरै राम्रो हो। विशेषगरी, परमेश्वरको घरलाई सेवाकर्ताहरूको आवश्यकता छ, र परमेश्वरलाई सेवा दिन सक्षम हुनुलाई पनि आशिष् नै मानिन्छ। यो दियाबलस राजाको नोकर हुनुभन्दा धेरै राम्रो—अतुलनीय रूपमा राम्रो—हो। तर, परमेश्वरको सेवा गर्नु परमेश्वरका निम्ति पूर्णतया सन्तोषजनक हुँदैन, किनकि परमेश्वरको न्यायको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु, धुनु, र सिद्ध पार्नु हो। यदि मानिसहरू परमेश्वरको सेवा गर्नमै सन्तुष्ट हुन्छन् भने, यो परमेश्वरले मानिसमा काम गरेर प्राप्त गर्न चाहनुहुने उद्देश्य होइन, न त त्यो परमेश्वरले देख्न चाहनुहुने परिणाम नै हो। तर मानिसहरूमा अति धेरै चाहना छ, तिनीहरू मूर्ख र अन्धा छन्: तिनीहरूलाई सानोतिनो लाभले मोहित र आसक्त बनाउँछ, र तिनीहरूपरमेश्वरले भन्नुभएका जीवनका अमूल्य वचनहरूलाई बेवास्ता गर्छन्। तिनीहरू ती वचनलाई गम्भीरतापूर्वक लिन समेत सक्दैनन्, प्रिय ठान्ने त कुरै नगरौँ। परमेश्वरका वचनहरू नपढ्नु वा सत्यतालाई कदर नगर्नु: के यो अक्कली कुरा हो कि मूर्खतापूर्ण? के मानिसहरूले यसरी मुक्ति प्राप्त गर्न सक्छन्? मानिसहरूले यी सबै बुझ्नुपर्छ। तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई पन्छाएर सत्यताको खोजीमा केन्द्रित भएमा मात्र तिनीहरूमा मुक्तिको आशा हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्‍न र बुझ्न सक्‍ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्‍वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने तिनीहरूको दृढता, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाएकाहरू हुन्। भन्‍नुको अर्थ, जसले परमेश्‍वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूले परमेश्‍वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्‍न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको समर्पण र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्। समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई पहिचान गर्न सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्‍ने मानिसहरूले मात्रै परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। ख्रीष्टविरोधीलाई पहिचान गर्नु चानचुने कुरा होइन, र यसको लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र आशातीत लक्ष्यहरूलाई पहिचान गर्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको धोका वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस्, र तैँले ख्रीष्टविरोधीको छल र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ, कि अहिले तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यताको पछि लागिरहेका मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? कोही यस्ता पनि छन् जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यको रूपमा स्वीकार गर्ने हिम्मत गर्छन्। वास्तवमा, मण्डलीमा यस्तै कुराहरू साँच्चै छन्; यति मात्र हो, मानिसहरूले तिनलाई चिन्न सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरू सम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्ट विरोधीको छलमा पर्छस् र त्यसको नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्दै उहाँलाई छोड्नेछस्, “परमेश्‍वर धर्मी समेत हुनुहुन्न; परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै धार्मिकता वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई पर्दाफास गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसो भए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरिका छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतान र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति दिक्‍क मान्‍ने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा सेवक ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई चिन्न र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको छलमा पर्न, पकडमा आउन र तिनीहरूद्वारा लगिन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानले बलि दिने शिकार हुन्छस्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको भय मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ कि छैन, तिनीहरू परमेश्‍वरको अघि जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्ति पाउने मार्ग बन्द गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ अन्तिम बिन्दुमा पुगेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, तँसँग विश्‍वास छ भनेर दाबी गर्नु, परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्नु व्यर्थ छ। तैँले जति नै वचन र धर्मसिद्धान्तहरू बोल्न सके पनि, परमेश्‍वरमाथिको विश्‍वासमा तैँले जति नै कष्ट भोगेको भए पनि, वा तँ जति नै वरदानप्राप्त भए पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ परमेश्‍वरको भय मान्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि त्यसले केही फरक पार्दैन। परमेश्‍वरले “ए दुष्कर्मी, मबाट टाढा बस्” भनेर भन्‍नुहुनेछ। तँलाई दुष्कर्मीको रूपमा वर्गीकरण गरिनेछ। तँ परमेश्‍वरसँग जोडिएको हुनेछैनस्; उहाँ तेरा प्रभु वा तेरा परमेश्‍वर हुनुहुनेछैन। तैँले सबै थोकमाथि परमेश्वरको सार्भमौमिकता चल्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्‍छा पछ्याउँछस् भने, यदि तँ आफ्नो नियति मेरै हातमा छ भनेर विश्‍वास गर्छस् भने, तैँले आफैलाई विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध हुँदैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्ने, र उहाँ नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनी स्वीकार गर्नेहरू हुन्। तिनीहरू सच्चा रूपमा उहाँका लागि समर्पित हुन र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छन्; तिनीहरू परमेश्‍वरको काम अनुभव गर्छन्, उहाँका वचन र सत्यता अभ्यास गर्छन्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र उहाँकोको इच्‍छा पछ्याउने मानिस हुन्। मानिसहरूले परमेश्‍वरमा त्यसरी विश्‍वास गरे मात्रै मुक्ति पाउन सक्छन्; नत्र भने, तिनीहरूलाई दोषी ठहराइनेछ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा मनको लड्डु घिउसँग खानु स्वीकार्य हुन्छ? परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू सधैँ आफ्‍ना धारणा अनि अस्पष्ट र अमूर्त कल्‍पनाहरूमा नै लागिरहन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, उहाँले माग गर्नुभएबमोजिम उहाँमा विश्‍वास गर्नैपर्छ, अनि उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ; त्यसपछि मात्रै तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। यसभन्दा बाहेक अरू कुनै बाटो छैन—तैँले जे गरे पनि, तँ कुनै पनि काल्‍पनिक चाहनामा रमाउनु हुँदैन। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी सन्देशहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्तिको पछाडि के हुन्छ त्यसबारे स्पष्ट भएको हुनुपर्छ। मानिसहरूलाई के मन पर्छ, तिनीहरू केका लागि जोड गर्छन्, तिनीहरू कुन कुराप्रति उत्साहित हुन्छन्—यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग गर्न सिकाउने कुरा नै सही मार्ग हो। यदि तैँले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र तैँले सधैँ सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू पछ्याउने गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनी दाबी गर्छस् होला, तर परमेश्‍वर तेरा प्रभु हुनुहुन्‍न, उहाँ तेरा परमेश्‍वर हुनुहुन्‍न, तेरो नियतिमाथि परमेश्वरको सार्वभौमिकता चल्छ भन्‍ने तँ स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि मिलाएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्—त्यस्तो अवस्थामा मुक्ति पाउने तेरो आशा चकनाचूर भएको हुन्छ; यदि तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्दैनस् भने तँ विनाशको मार्ग हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ, र उहाँको आराधना गर्नुपर्छ भन्‍ने झन्-झन् बढी अनुभूति हुन्छ, र तँलाई परमेश्‍वर तेरा प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि तँलाई तेरा निम्ति परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्ने र बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुँदा झन्-झन् आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्झन् नजिक, र झन्झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्‍छाहरू झन्झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिको मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

सम्बन्धित भजनहरू

शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ

मानिसले शैतानको प्रभाव हटाएपछि तिनलाई मुक्ति दिइन्छ

अघिल्लो: २७. असल व्यवहार र स्वभाव परिवर्तनबीच भिन्नता

अर्को: २९. इमानदार व्यक्ति भनेको के हो र किन परमेश्‍वर मानिसहरू इमानदार बनेकोमाग गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्