४४. किन परमेश्‍वरलाई जान्न खोजी गर्नैपर्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरमाथि विश्‍वास गर्नु अनि परमेश्‍वरलाई चिन्‍नु पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो, अनि आज—देहधारी परमेश्‍वरले आफै उपस्थित भई आफ्नो कार्य गरिरहनुभएको युगमा—यो परमेश्‍वरलाई चिन्ने विशेष गरी असल समय हो। परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु त्यो कुरा हो, जुन परमेश्‍वरका अभिप्रायहरूको बुझाइको जगमा बसालिएको हुन्छ, अनि परमेश्‍वरका अभिप्रायहरू बुझ्नको लागि, परमेश्‍वरबारे केही ज्ञान हुन जरुरी छ। परमेश्‍वरको यो ज्ञान जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकमा हुनै पर्ने दर्शन हो; परमेश्‍वरमा मानिसले गर्ने विश्‍वासको आधार यही हो। यो ज्ञानको अनुपस्थितिमा, मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास अस्पष्ट अवस्थामा रित्तो सिद्धान्तको बीचमा रहन्छ। यदि यो परमेश्‍वरलाई पछ्याउनको निम्ति मानिसको सङ्कल्प हो भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। यो प्रवाहमा केही पनि हासिल गर्न नसक्नेहरू हटाइनेछन्—ती सबै सित्तैँमा लिन चाहनेहरू हुन्। तैँले परमेश्‍वरको कार्यको जुनसुकै चरण अनुभव गरे पनि, तँसँग ठूलो दर्शन जोडिएको हुनैपर्छ। नत्रभने, नयाँ कार्यको प्रत्येक चरण स्वीकार गर्न तँलाई कठिन हुनेछ, किनभने परमेश्‍वरको नयाँ कार्य मानिसको कल्‍पना गर्ने क्षमताभन्दा परको अनि उसको अवधारणाको सीमाभन्दा बाहिरको कुरा हो। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालो विना, दर्शनसँग सम्बन्धित संगतिमा सम्मिलित गराउने गोठालोविना, नयाँ कार्यलाई स्वीकार गर्न मानिस असक्षम हुन्छ। यदि मानिसले दर्शनहरू बुझ्न सक्दैन भने उसले परमेश्‍वरको नयाँ कार्य बुझ्न सक्दैन, अनि यदि मानिस परमेश्‍वरको नयाँ कार्यप्रति समर्पित हुन सक्दैन भने उसले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्नेछैन, अनि त्यसरी नै परमेश्‍वरबारे उसको ज्ञान कति पनि हुँदैन। मानिसले परमेश्‍वरको वचनलाई अभ्यास गर्न थाल्नुअघि, उसले परमेश्‍वरको वचन बुझ्‍नैपर्छ; अर्थात्, उसले परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्‍नैपर्छ। यसरी मात्र परमेश्‍वरको वचनलाई ठीकसँग अनि परमेश्‍वरका अभिप्रायमुताबिक अभ्यासमा लैजान सकिन्छ। यो सत्यता खोज्‍नेहरूले धारण गरेको हुनुपर्ने कुरा हो, अनि परमेश्‍वरलाई जान्ने प्रयास गर्ने प्रत्येक व्यक्ति यही प्रक्रिया भएर जानुपर्छ। परमेश्‍वरको वचन बुझ्दै जाने प्रक्रिया नै परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्दै जाने प्रक्रिया हो। त्यसकारण, दर्शनलाई बुझ्नु केवल देहधारी परमेश्‍वरलाई मात्र बुझ्नु होइन, बरु यसमा परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्ने कुरा पनि संलग्न हुन्छ। परमेश्‍वरको वचनबाट नै मानिसहरूले परमेश्‍वरका अभिप्रायलाई बुझ्छन्, अनि परमेश्‍वरको कार्यबाट नै तिनीहरूले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा जान्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु नै परमेश्‍वरलाई जान्ने कार्यको पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो सुरुवाती विश्‍वासबाट अघि बढेर उहाँमा सबैभन्दा गहन विश्‍वास गर्ने अवस्था सम्म पुग्ने प्रक्रिया नै परमेश्‍वरलाई बुझ्दै जाने प्रक्रिया हो, परमेश्‍वरको कार्यको अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्नुको खातिर मात्र परमेश्‍वरलाई विश्‍वास गर्छस्, तर उहाँलाई जान्‍नको खातिरले नै चाहिँ गर्दैनस् भने, तेरो विश्‍वासको कुनै वास्तविकता हुँदैन, अनि तेरो विश्‍वास विशुद्ध हुन सक्दैन—यो कुरामा कुनै शङ्का छैन। यदि, जुन प्रक्रियाद्वारा मानिसले परमेश्‍वरको कार्यको अनुभव गर्छ उक्त प्रक्रियाको दौरान, उसले क्रमैसित परमेश्‍वरलाई बुझ्दै जान्छ भने उसको स्वभाव क्रमैसित परिवर्तन हुँदै जान्छ, अनि उसको विश्‍वास बढ्दो रूपमा साँचो हुँदै जान्छ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता प्राप्त गर्दै जान्छ, उसले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्राप्त गरेको हुनेछ। परमेश्‍वरले स्वयम् उपस्थित भई आफ्नो कार्य गर्न दोस्रो पल्ट देहधारण गर्ने सम्मको कदम चाल्नुभएको कारण चाहिँ मानिसले उहाँलाई जान्न अनि देख्न सक्षम होस् भनेर नै हो। परमेश्‍वरलाई[क] जान्नु चाहिँ परमेश्‍वरको कार्यको समाप्तिमा प्राप्त गरिने आखिरी प्रभाव हो; यो मानव जातिको लागि परमेश्‍वरले तय गर्नुभएको अन्तिम आवश्यकता हो। उहाँले यसो गर्नुको कारणचाहिँ उहाँको अन्तिम साक्षीको निम्ति हो; मानिस अन्तमा सम्पूर्ण रूपले उहाँतर्फ फर्किऊन् भनेर उहाँले यो कार्य गर्नुभएको छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नको लागि उसले परमेश्‍वरलाई चिन्‍नैपर्छ। उसले जसरी खोजी गरे पनि, अथवा उसले जसरी हासिल गर्न खोजे पनि, उसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्‍नुपर्छ। यसरी मात्र मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्रै परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छ, अनि उसले परमेश्‍वरलाई चिनेर मात्रै साँचो रूपमा परमेश्‍वरको डर मान्न अनि उहाँमा समर्पित हुन सक्छ। परमेश्‍वरलाई नचिन्नेहरू कहिले पनि साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँको डर मान्न सक्दैनन्। परमेश्‍वरलाई जान्नु भनेको उहाँको स्वभावलाई जान्नु हो, उहाँका अभिप्रायहरूलाई बुझ्नु हो, अनि उहाँ को हुनुहुन्छ त्यो जान्नु हो। कसैले जुनसुकै पक्षको बारेमा जाने तापनि, हरेक पक्षको लागि मानिसले मूल्य चुकाउनु आवश्यक हुन्छ अनि आज्ञापालन गर्ने इच्छा आवश्यक पर्छ, जुनविना कसैले पनि अन्तसम्म पछ्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

फूटनोटहरू:

क. मूल पाठमा “परमेश्‍वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।


परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने अभियानमा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुग्‍ने लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न किन आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्‍ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबैभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्‍ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्‍ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सिर्जित प्राणीहरू माझ सबैभन्दा उच्च आदर हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले बढी सराहना गर्ने अरू कुनै सिर्जित प्राणी हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो। कार्यको तीन चरणहरूमा कुनै पनि कुरा लुकाइँदैन र यो परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको निम्ति लाभदायक हुन्छ र मानिसलाई परमेश्‍वरको अझ पूर्ण र यसले विस्तृत ज्ञान हासिल गर्न सहायता गर्छ। यी सबै काम मानिसको लाभको निम्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

मानिसले परमेश्‍वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा परमेश्‍वरलाई चिन्नको निम्ति नै गर्छ। यदि तँ आफूलाई जान्न र आफ्नै भ्रष्ट स्वभावको काटछाँट गर्न मात्र खोजिरहन्छस्, तर परमेश्‍वरले मानिसमा के कार्य गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तैँले परमेश्‍वरको कामको अनुभव कसरी गर्छस् र उहाँको कार्यको साक्षी कसरी दिन्छस् भन्‍ने कुराको बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो अनुभव व्यर्थ हो। यदि तँ सत्यलाई अभ्यास गर्न र सहन सक्षम भएकोले मात्रै जीवनले परिपक्वता पाउँछ भन्‍ने सोच्छस् भने, यसको तात्पर्य तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध बनाउने परमेश्‍वरको उद्देश्य बुझेको छैनस् भन्‍ने हो। एक दिन जब तँ धार्मिक मण्डलीहरूमा, पश्‍चातापी मण्डली वा आजीवन मण्डलीका सदस्यहरूमाझ हुन्छस्, तैँले धेरै धर्मनिष्ठ मानिसहरू भेट्नेछस्, जसको प्रार्थनामा “दर्शनहरू” हुन्छन् र जो आफ्नो जीवनको अनुसरणको क्रममा, वचनहरूबाट छोइएका र निर्देशित भएका हुन्छन्। साथै, तिनीहरू थुप्रै कुरा सहन र आफूलाई त्याग गर्न, र देहबाट नडोर्याइन सक्षम हुन्छन्। त्यस समयमा, तँ भिन्नता छुट्याउन असक्षम हुनेछस्: उनीहरूले जे गर्छन् त्यो सही हो, जीवनको स्वाभाविक अभिव्यक्ति हो भनेर तैँले विश्‍वास गर्छस्, र उनीहरूले जुन नाममा विश्‍वास गर्छन् त्यो गलत हो भन्‍ने कुरा अफसोसको कुरा हो। के यस्ता विचारहरू मूर्ख होइनन् र? धेरै मानिसहरूको जीवन हुँदैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्, र तसर्थ उनीहरूको हृदयमा कुनै परमेश्‍वर छैन, र तिनीहरूको जीवन छैन भनेर भनिन्छ। यदि परमेश्‍वरमा तेरो विश्‍वास यस्तो अवस्थामा पुगेको छ जहाँ तँ परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको व्यावहारिकता, र परमेश्‍वरको कामको हरेक चरण राम्ररी जान्न सक्षम छस् भने, तँमा सत्य निहित छ। यदि तँलाई परमेश्‍वरको कार्य र स्वभाव थाहा छैन भने, तेरो अनुभवमा अझै पनि केही छुटिरहेको छ। येशूले आफ्‍नो कामको त्यो चरण कसरी पूरा गर्नुभयो, यो चरण कसरी सम्पन्न भइरहेको छ, परमेश्‍वरले कसरी अनुग्रहको युगमा आफ्‍नो काम गर्नुभयो र के कार्य गरियो, यस चरणमा कुन कार्य भइरहेको छ—यदि तँसँग यी थोकहरूको बारेमा विस्तृत ज्ञान छैन भने, तैँले कहिले पनि सुनिश्‍चितताको महसुस गर्नेछैनस् र तँ सधैँ असुरक्षित हुनेछस्। यदि, अनुभवको अवधिपछि, परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको कार्यको हरेक चरणलाई जान्न तँ सक्षम हुन्छस्, र यदि तैँले परमेश्‍वरले उहाँको वचनहरू बोल्दा त्यसमा रहेका उद्देश्यहरू र उहाँले बोल्नुभएका यति धेरै वचनहरू किन पूरा भएका छैनन् भन्‍ने बारेमा विस्तृत ज्ञान हासिल गरिस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भई निडर भएर र नरोकिइकन अगाडिको बाटोमा अघि बढ्न सक्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ भन्‍ने कुराको ज्ञानले मानिसहरूमाथि सकारात्मक प्रभाव पार्न सक्छ। यसले तिनीहरूलाई परमेश्‍वरमा ज्यादा भरोसा राख्न र उहाँप्रति साँचो समर्पण र डर हासिल गर्न सहायता गर्न सक्छ। तब, तिनीहरूले उहाँलाई अन्धाधुन्ध पछ्याउने वा आराधना गर्नेछैनन्। परमेश्‍वरले मूर्खहरूलाई वा भीडलाई अन्धाधुन्ध पछ्याउनेहरूलाई चाहनुहुन्न, बरु त्यस्ता मानिसहरूको झुण्डलाई चाहनुहुन्छ जसको हृदयमा परमेश्‍वरको स्वभावको स्पष्ट बुझाइ तथा ज्ञान हुन्छ, जसले परमेश्‍वरका गवाहीहरूको रूपमा काम गर्न सक्छन्, जसले उहाँको प्रेमिलोपनको कारणले, उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसको कारणले अनि उहाँको धर्मी स्वभावको कारणले परमेश्‍वरलाई कहिल्यै त्याग्दैनन्। परमेश्‍वरको अनुयायीको हैसियतले यदि तेरो हृदयमा परमेश्‍वरको साँचो अस्तित्व, उहाँको स्वभाव, उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, मानवजातिलाई उद्धार गर्ने उहाँको योजना आदिको बारेमा अझै स्पष्टताको कमी छ, कुनै द्विविधा वा शङ्का छ भने तेरो विश्‍वासले परमेश्‍वरको प्रशंसालाई हासिल गर्न सक्दैन। यस्तो प्रकारको मानिसले उहाँलाई पछ्याएको परमेश्‍वर चाहनुहुन्न र यस्तो प्रकारको व्यक्ति उहाँको सामु आएको उहाँ चाहनुहुन्न। यस्तो प्रकारको मानिसले परमेश्‍वरलाई नबुझ्‍ने हुनाले, तिनीहरूले उहाँलाई आफ्नो हृदय दिन सक्दैनन्—तिनीहरूको हृदय उहाँको निम्ति बन्द हुन्छ, त्यसैले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास अशुद्धताहरूले भरिएको हुन्छ। जुन प्रकारले तिनीहरूले परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन्, त्यसलाई केवल अन्धो अनुसरण मात्र भन्न सकिन्छ। मानिसहरूले तब मात्र साँचो विश्‍वास हासिल गर्न सक्छन् र तिनीहरू उहाँका साँचो अनुयायीहरू हुन सक्छन् जब तिनीहरूसित परमेश्‍वरको साँचो बुझाइ तथा ज्ञान हुन्छ, र यसले तिनीहरूभित्र परमेश्वरप्रति साँचो समर्पण र डर उत्पन्न गर्दछ। केवल यसरी मात्र तिनीहरूले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्छन् र यसलाई उहाँको निम्ति खोल्न सक्छन्। परमेश्‍वरले चाहनुहुने कुरा यही नै हो, किनभने तिनीहरूले गर्ने र सोच्ने हरेक कुराले परमेश्‍वरको परीक्षाको सामना गर्न सक्छ र परमेश्‍वरको गवाही हुन सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सिर्जित प्राणीको रूपमा, यदि तँ सिर्जित प्राणीको कर्तव्यलाई पूरा गर्न र परमेश्‍वरका अभिप्राय बुझ्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ, तैँले सिर्जित प्राणीहरूका लागि परमेश्‍वरका अभिप्राय बुझ्‍नैपर्छ, तैँले उहाँको व्यवस्थापन योजना बुझ्‍नैपर्छ, र तैँले उहाँले गर्नुहुने कामको सबै महत्त्वलाई बुझ्‍नैपर्छ। यसलाई नबुझ्‍नेहरू योग्य सिर्जित प्राणी होइनन्! सिर्जित प्राणीको रूपमा, यदि तैँले आफू कहाँबाट आएको हो भन्‍ने बुझ्दैनस्, मानवजातिको इतिहास र परमेश्‍वरले गर्नुभएको सबै काम बुझ्दैनस्, यसको साथै, मानवजाति कसरी आजसम्‍म विकास भएको छ भन्‍ने बुझ्दैनस्, र सारा मानवजातिमाथि कसले हुकुम चलाउनुहुन्छ भन्‍ने बुझ्दैनस् भने, तैँले तेरो कर्तव्यलाई पूरा गर्न सक्दैनस्। परमेश्‍वरले नै मानवजातिलाई आजसम्‍म डोर्‍याउनुभएको छ, र उहाँले मानिसलाई पृथ्वीमा सृष्टि गर्नुभएदेखि नै उसलाई कहिल्यै छोड्नुभएको छैन। पवित्र आत्माले कहिल्यै काम गर्न छोड्नुभएको छैन, कहिल्यै मानवजातिलाई अगुवाइ गर्न छोड्नुभएको छैन, र कहिल्यै मानवजातिलाई त्याग्‍नुभएको छैन। तर परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानवजातिले महसुस गर्दैन, उसले परमेश्‍वरलाई चिन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरका सारा सिर्जित प्राणीहरूका लागि योभन्दा अपमानजनक कुरा अरू केही छ र? परमेश्‍वरले व्यक्तिगत रूपमै मानिसलाई डोर्याउनुहुन्छ, तर मानिसले परमेश्‍वरको कार्यलाई बुझ्दैन। तँ सिर्जित प्राणी होस्, तैपनि तैँले तेरो आफ्‍नै इतिहासलाई बुझ्दैनस्, र कसले तँलाई तेरो यात्रामा डोर्याएको छ त्यसबारे तँ अनजान छस्, परमेश्‍वरले गर्नुभएको कामप्रति तँ बेखवर छस्, र त्यसैले तैँले परमेश्‍वरलाई चिन्‍न सक्दैनस्। यदि तँलाई अझै पनि थाहा छैन भने, तँ परमेश्‍वरको गवाही दिनको लागि कहिल्यै पनि योग्य हुनेछैनस्। आज, सृष्टिकर्ताले फेरि पनि सबै मानिसहरूलाई व्यक्तिगत रूपमै डोर्याउनुहुन्छ, र सबै मानिसहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता, मुक्ति, र आश्‍चर्यपनलाई देख्ने तुल्याउनुहुन्छ। तैपनि तँ अझै महसुस गर्दैनस् वा बुझ्दैनस्—त्यसकारण, के तँ मुक्ति नपाउने व्यक्ति होइनस् र? जो शैतानको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको वचन बुझ्दैनन्, तर जो परमेश्‍वरको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्छन्। मैले बोल्‍ने वचनहरू महसुस गर्ने र बुझ्‍ने सबै तिनीहरू हुन् जसलाई मुक्ति दिइनेछ र जसले परमेश्‍वरको लागि गवाही दिनेछन्; मैले बोल्‍ने वचनहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, र तिनीहरू त्यस्ता हुन् जसलाई हटाइनेछ। जसले परमेश्‍वरका अभिप्राय बुझ्दैनन् र परमेश्‍वरको कार्यलाई महसुस गर्दैनन् तिनीहरूले परमेश्‍वरको ज्ञान हासिल गर्न सक्दैनन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्। यदि तँ परमेश्‍वरको गवाही दिन चाहन्छस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नैपर्छ; परमेश्‍वरको ज्ञान परमेश्‍वरको कार्यद्वारा पूरा गरिन्छ। समग्रमा, यदि तँ परमेश्‍वरलाई चिन्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ: परमेश्‍वरको कार्यलाई जान्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानिसहरूको हृदयमा परमेश्‍वरसम्‍बन्धी बुझाइ जति धेरै हुन्छ, उहाँको स्थान पनि तिनीहरूको हृदयमा त्यति नै मात्रामा रहन्छ। तिनीहरूको हृदयमा परमेश्‍वरबारेको ज्ञानको परिमाण जति ठूलो हुन्छ, परमेश्‍वर पनि तिनीहरूको हृदयमा त्यति नै ठूलो हुनुहुन्छ। यदि तैँले जानेको परमेश्‍वर खाली र अस्पष्ट हुनुहुन्छ भने तैँले विश्‍वास गरेको परमेश्‍वर पनि खाली र अस्पष्ट नै हुनुहुन्छ। तैँले जानेको परमेश्‍वर तेरो आफ्नै व्यक्तिगत जीवनको आयाममा सीमित हुनुहुन्छ र साँचो परमेश्‍वर स्वयम्‌सँग त्यसको कुनै सम्बन्ध हुँदैन। त्यसैले, परमेश्‍वरका व्यावहारिक कार्यहरूको बारेमा जान्‍नु, परमेश्‍वरको व्यावहारिकता र उहाँको सर्वशक्तिमान्‌ताको बारेमा जान्‍नु, परमेश्‍वर स्वयम्‌को साँचो पहिचानको बारेमा जान्‍नु, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सोबारेमा जान्‍नु, उहाँका सृष्टिका सबै थोकहरूमाझ उहाँले प्रकट गर्नुभएका कार्यहरूको बारेमा जान्‍नु—यी कुराहरू परमेश्‍वरको ज्ञानलाई पछ्याउने हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छन्। मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् कि सक्दैनन् भन्‍नेबारेमा तिनीहरूको प्रत्यक्ष सम्बन्ध छ। यदि तैँले परमेश्‍वरसम्‍बन्धी तेरो बुझाइलाई वचनहरूमा मात्र सीमित गरिस् भने, यदि तैँले यसलाई तेरा आफ्नै थोरै अनुभवहरूमा सीमित गरिस् भने, परमेश्‍वरको अनुग्रह के हो भनेर तैँले ठानेको कुरा वा परमेश्‍वरसम्‍बन्धी तेरा थोरै गवाहीहरूमा सीमित गरिस् भने, म त भन्छु तैँले विश्‍वास गरेको परमेश्‍वर कदापि साँचो परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍न। यति मात्र होइन, तैँले विश्‍वास गरेको परमेश्‍वर काल्पनिक परमेश्‍वर हुनुहुन्छ, साँचो परमेश्‍वर हुनुहुन्‍न भनेर पनि भन्‍न सकिन्छ। यो किन हो भने साँचो परमेश्‍वर उहाँ नै हुनुहुन्छ जसले हरेक थोकमाथि शासन गर्नुहुन्छ, हरेक थोकको माझमा हिँड्नुहुन्छ र हरेक थोकको व्यवस्थापन गर्नुहुन्छ। सारा मानवजाति र हरेक थोकको नियति आफ्नै हातले सम्हाल्‍ने उहाँ नै हुनुहुन्छ। मैले बताइरहेको परमेश्‍वरका काम र कदमहरू मानिसहरूको सानो हिस्सामा मात्र सीमित छैनन्। अर्थात्, ती अहिले उहाँलाई पछ्याउने मानिसहरूमा मात्र सीमित छैनन्। उहाँका कार्यहरू सबै थोकहरूको माझमा, सबै थोकहरूको अस्तित्वमा र सबै थोकहरूको परिवर्तनको नियमहरूमा प्रकट भएका छन्। यदि तैँले परमेश्‍वरका सृष्टिका सबै थोकहरूको माझमा उहाँका कार्यहरूलाई देख्‍न वा पहिचान गर्न सक्दैनस् भने, तँ उहाँका कुनै पनि कार्यहरूको गवाही बन्‍न सक्दैनस्। यदि तँ परमेश्‍वरको निम्ति गवाही बन्‍न सक्दैनस् भने, यदि तैँले आफूले जानेको, तेरा आफ्नै विचारहरू र तेरो दिमागको साँघुरो घेराभित्र सीमित, सानो तथाकथित “परमेश्‍वर” को बारेमा निरन्तर बोल्छस् भने, यदि तैँले त्यस प्रकारको परमेश्‍वरको बारेमा निरन्तर कुरा गर्छस् भने, परमेश्‍वरले तेरो विश्‍वासको कहिले पनि प्रशंसा गर्नुहुनेछैन। तँ परमेश्‍वरको गवाही बन्दा, यदि तैँले परमेश्‍वरको अनुग्रहमा कसरी आनन्द लिन्छस्, उहाँको अनुशासन र ताडनालाई तैँले कसरी स्वीकार गर्छस्, उहाँसम्‍बन्धी तेरो गवाहीमा कसरी उहाँका आशिष्‌हरूको आनन्द लिन्छस् भन्‍ने आधारमा मात्र तैँले यसो गरिस् भने, त्यो कुनै पनि हालतमा यथेष्ट हुँदैन र उहाँलाई सन्तुष्टि दिने कुराको नजिक पनि हुँदैन। यदि तँ उहाँका अभिप्रायहरूसँग मेल खाने तवरले परमेश्‍वरको गवाही बन्‍न चाहन्छस् भने, साँचो परमेश्‍वर स्वयम्‌को गवाही बन्‍न चाहन्छस् भने, तैँले उहाँका कार्यहरूबाट परमेश्‍वरसँग जे छ र परमेश्‍वर जो हुनुहुन्छ सो देख्‍नुपर्छ। उहाँले हरेक थोकलाई नियन्त्रणमा लिनुभएको कुराबाट तैँले परमेश्‍वरको अख्तियार देख्‍नुपर्छ र उहाँले सारा मानवजातिको निम्ति कसरी प्रबन्ध गर्नुहुन्छ भन्‍ने सत्यता देख्‍नुपर्छ। तेरो दैनिक जीविका र तेरो जीवनका आवश्यकताहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरा मात्र तैँले स्वीकार गर्छस्, तर परमेश्‍वरले सारा मानवजातिको प्रबन्धको निम्ति उहाँका सृष्टिका सबै थोक लिनुभएको छ भन्‍ने सत्यता र सबै थोकमाथि शासन गर्दै उहाँले सबै मानवजातिको अगुवाइ गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई देख्‍दैनस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन सक्‍नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

यदि तिमीले परमेश्‍वरको स्वभाव बुझेका छैनौ भने तिमीले उहाँको निम्ति गर्नुपर्ने काम गर्न असम्भव हुनेछ। यदि तिमीलाई परमेश्‍वरको सारतत्त्व थाहा छैन भने तिमीमा उहाँको डर र भय हुने कुरा पनि असम्भव हुनेछ; बरु केवल देखावटी धर्म-कार्यहरू र छलछाम र अयोग्य ईश्‍वरनिन्दा मात्र हुनेछ। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण छ, साथै परमेश्‍वरको सारतत्त्व थाहा गर्ने कुरालाई नजर अन्दाज गर्न सकिँदैन, कसैले पनि यी विषयहरू विस्तृत रूपमा जाँच वा गहन अनुसन्धान गरेका छैनन्। तिमीहरूले मैले जारी गरेका सबै प्रशासनिक आदेशहरू रद्द गरेका छौ भन्‍ने कुरा स्पष्‍टसँग देख्‍न सकिन्छ। यदि तिमीहरूले परमेश्‍वरको स्वभाव बुझ्‍न सकेनौ भने तिमीहरूले स्वाभाविक रूपमा उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछौ। उहाँको स्वभावको अपमान गर्नु भनेको परमेश्‍वरलाई क्रोधित तुल्याउनु हो, यसो भएमा प्रशासनिक आदेश भङ्ग गर्नु नै तिमीहरूका कार्यहरूका आखिरी फल हुनेछ। जब तैँले परमेश्‍वरको सारतत्त्व थाहा पाउँछस्, तब तैँले परमेश्‍वरको स्वभावलाई बुझ्‍न सक्छस्—र जब तैँले उहाँको स्वभावलाई बुझ्छस् तब प्रशासनिक आदेशहरू पनि बुझ्नेछस् भन्‍ने कुरा अब तैँले महसुस गर्नुपर्छ। यो कुरा भनिराख्‍नु पर्दैन, प्रशासनिक आदेशहरूमा समावेश गरिएका अधिकांश कुराहरूले परमेश्‍वरको स्वभावलाई छुन्छ, तर उहाँका सबै स्वभावहरू प्रशासनिक आदेशहरूमा व्यक्त गरिएका छैनन्; त्यसैले, परमेश्‍वरको स्वभावलाई बुझ्‍न तँ थप एक कदम अघि बढ्नु आवश्‍यक छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

यदि मानिसहरूले ज्ञान हासिल गरेको र समझ प्राप्त गरेको कुरा परमेश्‍वरको स्वभावको बारेमा हो अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा हो भने तिनीहरूले हासिल गर्ने कुरा परमेश्‍वरबाट आएको जीवन हुनेछ। जब यो जीवन तँभित्र बनिनेछ, तब परमेश्‍वरप्रतिको तेरो भय झन्-झन् ठूलो हुँदै जानेछ। यो अत्यन्तै स्वभाविक रूपमा आउने प्राप्ति हो। यदि तँ परमेश्‍वरको स्वभाव वा उहाँको सारतत्व बुझ्न वा जान्न चाहँदैनस् भने, यदि तँ यी कुराहरूमाथि मनन वा ध्यान केन्द्रित नै गर्न चाहँदैनस् भने, म निश्‍चयता पूर्वक भन्न सक्छु, कि तैँले परमेश्‍वरमा अहिले जुन विश्‍वासलाई अनुसरण गर्दैछस्, त्यसले तँलाई कहिल्यै उहाँका अभिप्रायहरूउहाँका अभिप्रायहरू पूरा गर्न वा उहाँको प्रशंसा हासिल गर्न दिनेछैन। अझ त्यसभन्दा बढी, तैँले कहिल्यै साँचो उद्धार प्राप्त गर्नेछैनस्—यी नै अन्तिम परिणामहरू हुन्। जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् अनि उहाँको स्वभावलाई जान्दैनन्, तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रीतिले खुल्न सक्दैन। जब तिनीहरूले परमेश्‍वरलाई चिनेका हुन्छन्, तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई अभिरुचि र विश्‍वासका साथ सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्नेछन्। जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसलाई सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्छस्, तब तेरो हृदय बिस्तारै अलि-अलि गर्दै उहाँप्रति खुल्दै जानेछ। जब तेरो हृदय उहाँप्रति खुल्नेछ, तब परमेश्‍वरसितको तेरा कुराकानीहरू, परमेश्‍वरसितको तेरा मागहरू, अनि तेरा आफ्नै अनावश्यक चाहनाहरू कति घिनलाग्दा र तुच्छ रहेछन् भनी तैँले महसुस गर्नेछस्। जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ, तब तैँले उहाँको हृदय त एउटा अनन्त संसार नै रहेछ भनी देख्‍नेछस्, अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्। यस राज्यमा कुनै धोका हुँदैन, कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन। त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ; केवल ज्योति र सच्चाइ हुन्छ; केवल धार्मिकता र दया हुन्छ। यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ, करुणा र सहिष्णुताले भरिपूर्ण हुन्छ, अनि यसद्वारा तैँले जीवित हुनुको खुशी र आनन्दलाई अनुभव गर्छस्। जब तैँले परमेश्‍वरप्रति आफ्‍नो हृदय खोल्छस्, तब परमेश्‍वरले यिनै कुराहरू तँलाई प्रकट गरिदिनुहुनेछ। यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ; यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ। यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, कुन कुराले उहाँलाई आनन्द ल्याउँछ, किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ, उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्…। आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ। यदि तैँले आफ्नो हृदय परमेश्‍वरको निम्ति खोलिस् भने मात्र परमेश्‍वर तेरो हृदयमा आउन सक्‍नुहुन्छ। यदि उहाँ तेरो हृदयमा आउनुभएको छ भने तैँले उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसलाई मात्र देख्न सक्छस्, तँप्रतिको उहाँका अभिप्रायहरू मात्र तैँले देख्न सक्छस्। त्यस समयमा, परमेश्‍वरको बारेमा सबै कुरा बहुमूल्य छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मूल्यवान् ठानेर जोगाउन लायकको छ भनी तैँले पत्ता लगाउनेछस्। त्यसको तुलनामा, तेरो वरिपरि रहेका मानिसहरू, तेरो जीवनमा रहेका थोक तथा घटनाहरू, तेरा प्रियजनहरू समेत पनि, तेरो जीवनसाथी, अनि तैँले प्रेम गर्ने थोकहरू पनि मुस्किलले उल्लेखनीय हुन्छन्। तिनीहरू साह्रै सानो हुन्छन्, साह्रै नीच हुन्छन्; कुनै भौतिक वस्तुले तँलाई फेरि खिँच्न सक्नेछैन, अथवा कुनै भौतिक वस्तुले तँलाई कहिल्यै लोभ्याएर त्यसको निम्ति कुनै मूल्य चुकाउन लगाउनेछैन भन्‍ने तैँले महसुस गर्नेछस्। परमेश्‍वरको नम्रतामा तैँले उहाँको महान्‌ता र उहाँको सर्वोच्‍चतालाई देख्‍नेछस्। यसको साथै, तैँले पहिले एकदम सानो ठानेको परमेश्‍वरको कुनै काममा तैँले उहाँको अनन्त बुद्धि तथा उहाँको सहनशीलता देख्‍नेछस्, तैँले उहाँको धैर्य, उहाँको सहिष्णुता, तँप्रतिको उहाँको बुझाइलाई देख्‍नेछस्। यसले तँभित्र उहाँको निम्ति श्रद्धा उत्पन्न गर्नेछ। त्यस दिन, मानवजाति कस्तो अशुद्ध संसारमा बाँचिरहेका रहेछन्, अनि तेरो पक्षमा रहेका मानिसहरू अनि तेरो जीवनमा घट्ने घटनाहरू, तैँले प्रेम गर्ने मानिसहरू समेत, तेरो निम्ति तिनीहरूको प्रेम, अनि तेरो निम्ति तिनीहरूको कथित सुरक्षा वा वास्ता समेत पनि उल्लेखनीय छैनन् भन्‍ने तैँले महसुस गर्नेछस्—केवल परमेश्‍वर मात्र तेरो प्रिय हुन्छ, अनि केवल परमेश्‍वरलाई मात्रै तैँले सबैभन्दा बढी मूल्यवान् ठान्छस्। जब त्यो दिन आउँछ, तब यसो भन्‍ने केही मानिसहरू हुनेछन् भन्‍ने म विश्‍वास गर्छु: परमेश्‍वरको प्रेम अत्यन्त महान् छ, अनि उहाँको सारतत्व अत्यन्त पवित्र छ—परमेश्‍वरमा कुनै छल छैन, कुनै खराबी, कुनै ईर्ष्या, कुनै कलह छैन, तर केवल धार्मिकता र विश्‍वसनीयता मात्रै छ, अनि परमेश्‍वरमा जे छ र उहाँ जे हुनुहुन्छ, ती हरेक कुरालाई मानिसहरूले चाहना गर्नुपर्छ। मानिसहरूले त्यसको निम्ति संघर्ष गर्नुपर्छ। यो प्राप्त गर्ने मानिसजातिको क्षमता कुन आधारमाथि बनिएको हुन्छ? यो परमेश्‍वरको स्वभावबारे तिनीहरूको बुझाइमाथि, परमेश्‍वरको सारबारे तिनीहरूको बुझाइमाथि बनिएको हुन्छ। त्यसैले, परमेश्‍वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्नु हरेक व्यक्तिको निम्ति एउटा जीवनभरिको पाठ हो; आफ्नो स्वभावलाई परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्न संघर्ष गर्ने हरेक व्यक्तिले जीवनभर पछ्याउने लक्ष्य यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्नु भनेको सामान्य विषय होइन। तैँले उहाँको स्वभावलाई बुझ्‍नुपर्छ। यसरी तिमीहरूले विस्तारै र थाहै नपाईकन परमेश्‍वरको सारतत्त्व थाहा गर्नेछौ। जब तिमीहरू यस ज्ञानमा प्रवेश गर्छौ, तब तिमीहरूले अझ उच्‍च र सुन्दर अवस्थामा प्रवेश गरेको महसुस गर्नेछौ। अन्त्यमा, तिमीहरू आफ्ना घृणित प्राणप्रति लज्‍जित महसुस गर्नेछौ, र तिमीहरूका लाजबाट लुक्‍ने कुनै ठाउँ छैन भनी तिमीहरूले महसुस गर्नेछौ। त्यस समयमा, तिमीहरूले परमेश्‍वरको स्वभावलाई अपमान गर्ने आफ्नो व्यवहारलाई कम गर्दै जानेछौ, तिमीहरूको हृदय परमेश्‍वरको हृदयको नजिक-नजिक आउनेछ, र तिमीहरूका हृदयमा उहाँको निम्ति प्रेम विस्तारै बढ्दै जानेछ। यो चाहिँ मानवजाति सुन्दर अवस्थामा प्रवेश गरेको एउटा चिन्ह हो। तर तिमीहरूले यो अवस्था हासिल गरिसकेका हुँदैनौ। तिमीहरू सबै जना आफ्नो नियतिको खातिर कुदिरहेका हुन्छौ, जोसँग परमेश्‍वरको सारतत्त्वलाई थाहा गर्न प्रयत्‍न गर्ने कुनै चाहना हुँदैन? के यसले निरन्तरता पाउनु हुन्छ, यदि यसो भएमा तिमीहरूले अन्जानमै प्रशासनिक आदेशहरू विरुद्ध अपराध गर्नेछौ, किनकि तिमीहरूले परमेश्‍वरको स्वभावको विषयमा थोरै कुराहरू मात्र बुझेका हुन्छौ। के यसरी तिमीहरूले परमेश्‍वरको स्वभाव विरुद्ध उल्‍लङ्घन गर्न जग बसालेका हुँदैनौ? तिमीहरूलाई मैले परमेश्‍वरको स्वभाव बुझ्‍न अनुरोध गरेको कुरा मेरो कामभन्दा बाहिरको कुरा होइन। यदि तिमीहरूले प्रशासनिक आदेशहरू घरीघरी उल्लङ्‍घन गर्‍यौ भने तिमीहरू दण्डबाट कसरी उम्कने छौ? त्यसपछि के मेरो काम पूर्ण रूपमा व्यर्थ हुनेछैन र? त्यसैले, तैँले आफ्नो व्यवहारलाई नजिकबाट जाँच्‍दै, तैँले उठाउने आफ्नो कदमहरूमा होशियार रहन म तँलाई आग्रह गर्छु। यो मैले तिमीहरूसँग मागेको उच्‍च माग हो, म आशा गर्छु कि तिमीहरू सबै जनाले यसलाई होशियारसाथ विचार गर्नेछौ र तिमीहरूले लगनशील भई यो माग पूरा गर्नेछौ। तिमीहरूका कामले मलाई अत्यन्त धेरै रीस उठाउने दिन आयो भने त्यसको परिणामहरू तिमीहरूले नै विचार गर्नुपर्नेछ, तिमीहरूको ठाउँमा दण्ड भोग्‍न त्यहाँ अरू कुनै व्यक्ति हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

सम्बन्धित भजनहरू

परमेश्‍वरलाई चिनेर प्राप्त हुने परिणाम

सृजित प्राणीहरूको लागि परमेश्‍वरलाई चिन्नु सर्वोच्च सम्मान हो

मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

अघिल्लो: ४३. किन परमेश्‍वरलाई साँचो प्रेम गर्नेहरू मात्र उहाँद्वारा सिद्ध पारिन सक्छन्

अर्को: ४५. परमेश्‍वरको धार्मिक स्वभावलाई कसरी बुझ्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्