१८. छली स्वभावको समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर दैहिक भावनाहरूमा होइन, धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो भ्रमपूर्ण ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्। तैँले तँमा साँचो विश्‍वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्‍वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छ भने तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीदेखि दूर भएकोले तैँले परमेश्‍वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्। आखिरमा व्यक्तिको नियति कसरी तय हुन्छ भन्‍ने कुरा उनीहरूसँग इमानदार र रगत झैं रातो हृदय छ कि छैन र उनीहरूसँग विशुद्ध आत्मा छ कि छैन भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो एकदमै बेइमान छ, त्यस्तो व्यक्ति जोसँग कपटी हृदय छ, त्यस्तो व्यक्ति जोसँग अशुद्ध प्राण छ भने तँ त्यो ठाउँमा पुग्ने कुरा निश्चित छ जहाँ तेरो नियतिको विवरणमा लेखिए अनुरूप तँलाई दण्ड दिइन्छ। यदि तँ आफू एकदमै इमानदार छु भनेर दाबी गर्छस् तर कहिल्यै पनि सत्य अनुरूप व्यवहार गर्न सक्दैनस् वा सत्यको वचन बोल्न सक्दैनस् भने के तैँले अझै परमेश्‍वरबाट इनाम पाउन प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्‍वरले तँलाई उहाँको आँखाको नानीझैं राख्नुहुन्छ भन्‍ने आशा गर्छस्? के यस्ता सोचहरू निरर्थक छैनन् र? तैँले सबै कुराहरूमा परमेश्‍वरलाई धोका दिन्छस्; अनि अपवित्र हातहरू भएका तँ जस्तालाई परमेश्‍वरको घरले कसरी अटाउन सक्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

शैतानद्वारा भ्रष्ट तुल्याइएकाले, सारा मानवजाति शैतानी स्वभावमा जिउँछन्। शैतानले जस्तै, मानिसहरूले पनि हरेक हिसाबमा आफ्‍नो वास्तविक रूप लुकाउने र आफूलाई राम्रो देखाउने गर्छन्, र सबै कुरामा छल र खेलको सहारा लिन्छन्। तिनीहरूले छल र खेलको सहारा नलिने कुनै कुरा हुँदैन। कतिपय मानिसहरूले त किनमेलजस्ता सामान्य क्रियाकलापहरूमा समेत छली खेल खेल्छन्। उदाहरणका लागि, तिनीहरूले सबैभन्दा फेसनको लुगा किनेका हुन सक्छन् तर—तिनीहरूलाई त्यो साह्रै मन परे पनि—विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको कुरा काट्लान् र तिनीहरूलाई सतही भन्लान् भन्‍ने डरले त्यो लगाएर मण्डली जाने आँट गर्दैनन्त्यसकारण, त्यो लुगा तिनीहरूले अरूले नदेख्‍ने गरी लगाउँछन्। यो कस्तो व्यवहार हो? यो छली र ठगी स्वभावको प्रकटीकरण हो। किन कसैले फेसनमा रहेको लुगा किन्‍ने, तर आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अगाडि लगाउने आँट नगर्ने गर्छ? तिनीहरूलाई हृदयमा फेसनका कुराहरू मन पर्छ, र तिनीहरू अविश्‍वासीहरूले जस्तै संसारका चलनचल्ती पछ्याउँछन्। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको वास्तविकता देख्‍लान्, तिनीहरू कति सतही छन्, र तिनीहरू आदरणीय र सीधा व्यक्तिहरू होइनन् भनेर बुझ्लान् भन्‍ने डर हुन्छ। तिनीहरू हृदयमा फेसनका कुराहरूकै पछि लाग्छन् र ती कुराहरू त्याग्‍न तिनीहरूलाई गाह्रो हुन्छ, त्यसकारण तिनीहरूले घरमा मात्रै त्यस्तो लुगा लगाउँछन् र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई देख्‍लान् भनेर डराउँछन्। यदि तिनीहरू आफूलाई मनपर्ने कुराहरू उपयोग गर्न सक्दैनन् भने, किन तिनीहरूले ती कुरा त्याग्‍न सक्दैनन्? के तिनीहरूलाई शैतानी स्वभावले नियन्त्रण गरिरहेको छैन र? तिनीहरूले वचन र धर्मसिद्धान्तहरू निरन्तर बोलिरहेका हुन्छन्, र तिनीहरू सत्यता बुझ्‍नेजस्ता देखिन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास भने गर्नै सक्दैनन्। यो शैतानी स्वभावअनुसार जिउने व्यक्ति हो। यदि कुनै व्यक्ति बोलीवचन र व्यवहारमा सधैँ कपटी हुन्छ भने, यदि उसले अरूलाई आफ्‍नो वास्तविकता देखाउँदैन भने, र यदि ऊसले अरूसामु सधैँ भक्त व्यक्तिको छवि प्रस्तुत गर्छ भने, त्यस्तो व्यक्ति र फरिसीको बीचमा के भिन्‍नता हुन्छ? तिनीहरू वेश्याको जीवन जिउन चाहन्छन्, तर सतीत्वको छवि पनि निर्माण गरिरहेका हुन्छन्। तिनीहरूले झिलीमिली लुगा बाहिर लगाउन सक्दैनन् भन्‍ने तिनीहरूलाई राम्ररी थाहा थियो, तैपनि किन तिनीहरूले त्यो किने त? के त्यो पैसाको नाश भएन र? यो त तिनीहरूलाई त्यस्तो कुरा मनपर्ने हुनाले र तिनीहरूको मन त्यस्तै लुगामा बसेको हुनाले, तिनीहरूलाई त्यो किन्‍नुपर्छ भन्‍ने लागेको हो। तर किनीसकेपछि, तिनीहरूले त्यो लगाउन सक्दैनन्। केही वर्ष बितेपछि, तिनीहरूलाई त्यो किनेकोमा पछुतो हुन्छ, र अचानक यस्तो महसुस हुन्छ: “मैले कसरी त्यति मूर्ख र घृणास्पद भएर त्यस्तो काम गरेँ?” आफूले गरेको कामप्रति तिनीहरूलाई समेत घृणा जाग्छ। तर तिनीहरूले आफ्‍नो व्यवहार नियन्त्रण गर्न सक्दैनन्, किनभने तिनीहरूले आफूलाई मनपर्ने र आफूले पछ्याउने कुराहरू त्याग्‍न सक्दैनन्। त्यसकारण, तिनीहरूले आफूलाई सन्तुष्ट पार्न दुईजिब्रे युक्ति र छल प्रयोग गर्छन्। यदि तिनीहरूले यस्तो सानो कुरामा समेत छली स्वभाव प्रकट गर्छन् भने, के ठूलो कुरामा तिनीहरूले सत्यता अभ्यास गर्न सक्लान् त? यो असम्‍भव हुनेछ। प्रष्टै छ, छली हुनु तिनीहरूको प्रकृति हो, र छलीपन नै तिनीहरूको मुख्य कमजोरी हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

तँ सधैँ आफ्‍नै देहका बारेमा र आफ्‍नै सम्‍भावनाहरूका बारेमा मात्रै सोच्छस्, सधैँ आफ्‍नो देहको कष्टलाई कम गर्ने, कम समर्पण गर्ने, कम त्याग गर्ने, कम मूल्य चुकाउने चाहना मात्रै गर्छस्। तैँले सधैँ कुनै न कुनै कुरा लुकाइरहेको हुन्छस्। यो त छली मनोवृत्ति हो। आफूलाई परमेश्‍वरमा समर्पित गर्ने कुरामा समेत कतिपय मानिसहरूले षड्यन्त्र गर्छन्। तिनीहरू भन्छन्: “भविष्यमा म सहजताका साथ जिउनुपर्छ। परमेश्‍वरको काम कहिल्यै सकिएन भने के गर्ने? म उहाँलाई आफ्नो सत प्रतिशत दिन सक्दिनँ; परमेश्‍वरको दिन कहिले आउनेछ भन्ने कुरा समेत मलाई थाहा छैन। मैले परमेश्‍वरका लागि समर्पण गर्नुभन्दा पहिले राम्ररी सोचविचार गर्नुपर्छ, मेरो पारिवारिक जीवन र भविष्यका लागि बन्दोबस्त गर्नुपर्छ।” के यस्तो सोच्‍ने मानिसहरू धेरै छन्? जब व्यक्तिले यस्तै षडयन्त्र गर्छ र आफ्‍नो लागि भइपरिआउने कुराको योजना बनाउँछ भने त्यो कस्तो स्वभाव हो? के यस्ता मानिसहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? के तिनीहरू इमानदार मानिस हुन्? यसरी षड्यन्त्र गर्नु र भइपरिआउने कुराको योजना बनाउनु भनेको परमेश्‍वरसँग एउटै हृदयको हुनु होइन। यो त छली स्वभाव हो, र यस्ता मानिसहरूले छल गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई गर्ने व्यवहार अवश्य नै इमानदार किसिमको हुँदैन। कतिपय मानिसहरूलाई के कुराको डर हुन्छ भने, तिनीहरूसँग अन्तरक्रिया वा उठबस गर्दा, तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका समस्याहरू देख्नेछन् र तिनीहरूको कद सानो छ भनेर भन्नेछन्, वा तिनीहरूलाई हेयभावले हेर्नेछन्। त्यसकारण जब तिनीहरू बोल्छन्, तब तिनीहरूले आफूहरू सधैँ उत्साही भएको, परमेश्‍वरको तृष्णा गर्ने गरेको, र सत्यताको अभ्यास गर्नमा इच्छुक रहेको जस्तो देखाउने प्रयास गर्छन्। तर भित्री रूपमा, तिनीहरू अत्यन्तै कमजोर र नकारात्मक हुन्छन्। तिनीहरूले कसैले पनि तिनीहरूको वास्तविकता देख्‍न नसकून् भनेर दह्रिलो भएको नाटक गर्छन्यो पनि छल नै हो। छोटकरीमा भन्दा, तैँले गर्ने जेसुकै कुरामा, चाहे त्यो जीवनमा होस् वा कर्तव्य निर्वाह गर्दा होस्, यदि तँ अरूलाई बहकाउन वा छल गर्न अनि तिनीहरूलाई तँलाई आदर र उपासना गर्न लगाउन, वा तँलाई हेयभावले नहेर्न लगाउन झूट र नाटक वा देखावटी व्यवहार प्रयोग गर्छस् भने, यो सबै छल नै हो। कतिपय महिलाहरूले आफ्‍नो श्रीमानलाई माया गर्छन्, जबकि वास्तवमा तिनीहरूका श्रीमान पिशाच र गैर-विश्‍वासीहरू हुन्छन्। उनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उनको स्‍नेह अत्यन्तै दह्रिलो रहेछ भनेर भन्छन् भन्‍ने डरले, त्यस्ती महिला यसो भन्ने पहिलो व्यक्ति हुन्छिन्: “मेरो श्रीमान त पिशाच हो।” तर हृदयमा उनले भन्छिन्: “मेरो श्रीमान त असल व्यक्ति हुनुहुन्छ।” मुखले त उनले सुरुमा भनेको कुरा भन्छिन्—तर त्यो त अरूलाई सुनाउनका लागि मात्रै हो, ताकि उनले आफ्‍नो श्रीमानलाई खुट्ट्याएकी छिन् भन्‍ने अरूले सोचून्। उनले वास्तवमा यसो भनिरहेकी हुन्छिन्: “यो कुरालाई बाहिर नल्याउनुहोस्। म नै सुरुमा यो दृष्टिकोण व्यक्त गर्नेछु ताकि तपाईंहरूले यसको बारेमा उल्‍लेख गर्न नपरोस्। मैले मेरो श्रीमानलाई पिशाच भनेर खुलासा गरिसकेँ, त्यसको अर्थ मैले आफ्‍नो स्‍नेहलाई त्यागेको छु र तपाईंहरूले यसबारे केही भन्‍नु पर्दैन।” के त्यो छली हुनु होइन र? के त्यो देखावटी व्यवहार होइन र? यदि तैँले यसो गरिस् भने तैँले देखावटी रूप धारण गरेर मानिसहरूलाई छल गरिरहेको र बहकाइरहेको हुन्छस्। तैँले हरेक अवसरमा खेल खेलिरहेको, चलाकी गरिरहेको हुन्छस्, ताकि अरूले तेरो साँचो रूप नभई तेरो झूटो स्वरूप देखून्। यो कुटिल कुरा हो; यो मानिसको छलीपन हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरू मानिसहरूसँग बोल्‍नुभन्दा पहिले सबै कुरा राम्ररी सोचविचार गर्छन् र त्यसलाई सुन्दर बनाउँछन्। तिनीहरूले भन्‍ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्को जनालाई अर्को कुरा भन्छन्। तिनीहरूले भन्‍ने कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूको कुरा कसरी विश्‍वास गर्न सकिन्छ? तथ्यको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ; अनि तैँले तिनीहरूबाट सीधा शब्‍द सुन्‍न सक्दैनस्। यो कस्तो स्वभाव हो? यो छल हो। के छली स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्‍बन्धित कुनै पनि कुरा व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित हुन्छ, र व्यक्तिको प्रकृतिसँग सम्‍बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो गाह्रो अरू केही हुँदैन। “बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो, बाङ्गोको बाङ्गै,” भन्‍ने उखान सतप्रतिशत सत्य हो। तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, छली मानिसहरूले सधैँ आफ्‍नै उद्देश्य र अभिप्रायहरू बोकिरहेका हुन्छन्। तिनीहरूसँग कुनै अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर बुझ्‍ने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्। यदि तिनीहरूले झुक्‍किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने पनि, त्यो कुरालाई घुमाउन, तँलाई अलमल्याउन र तँलाई सत्यता जान्‍न नदिनको लागि सक्दो उपाय लगाउँछन्। छली मानिसहरूले जे गरिरहेको भए पनि, तिनीहरू कसैलाई पनि सबै कुरा बुझ्न दिँदैनन्। मानिसहरूले तिनीहरूलाई जति लामो समय बिताए पनि, तिनीहरूको मनमस्तिष्कमा के छ भन्‍ने कुरा कसैले जान्‍न सक्दैन। छली मानिसहरूको प्रकृति त्यही हो। छली मानिसहरूले जति धेरै बोले पनि, तिनीहरूका अभिप्रायहरू के हुन्, तिनीहरूले के सोचिरहेका छन्, वा तिनीहरूले वास्तवमा के हासिल गर्ने प्रयास गरिरहेका छन् भन्‍ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुनेछैन। तिनीहरूका आमाबाबुलाई समेत यो कुरा जान्‍न गाह्रो हुन्छ। छली मानिसहरूलाई बुझ्‍न खोज्‍नु एकदमै कठिन काम हो, तिनीहरूको मनमा के छ भनेर कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूले यसरी नै बोल्छन् र व्यवहार गर्छन्: तिनीहरूले कहिल्यै मनको कुरा भन्दैनन् वा के भइरहेको छ भनेर कहिल्यै भन्दैनन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? जब तँमा छली स्वभाव हुन्छ, तैँले के भन्छस् वा गर्छस् त्यसले केही फरक पार्दैन—यो स्वभाव सधैँ नै तँभित्र हुन्छ, र यसले तँलाई नियन्त्रण गरिरहेको हुन्छ, तँलाई खेल खेल्न र चलाकीमा संलग्न हुन, मानिसहरूलाई खेलौना बनाउन, सत्यता ढाकछोप गर्न, र देखावटी रूप धारण गर्न लगाइरहेको हुन्छ। छलीपन भनेको यही हो। छली मानिसहरूले अरू के-कस्ता विशेष व्यवहारहरू देखाउँछन् त? म एउटा उदाहरण दिन्छु। दुई जना मान्छे कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटाले आफ्‍नो आत्मज्ञानबारे बताइरहेको छ; यो व्यक्तिले आफू कति सुधार भएको छु भनेर भनिरहन्छ, र यो कुरामा अर्को व्यक्तिलाई विश्‍वस्त तुल्याउने प्रयास गर्छ, तर उसले त्यो अर्को व्यक्तिलाई वास्तविक तथ्यहरू बताउँदैन। यसमा, केही कुरा लुकाइएको छ, र यसले एक निश्‍चित स्वभाव जनाउँछ—र त्यो हो, छलीपन। तिमीहरू यसलाई चिन्‍न सक्छौ कि सक्दैनौ, हेरौँ है त। यो व्यक्तिले भन्छ, “हालै मैले केही कुराहरू अनुभव गरेँ, र मलाई लाग्छ मैले परमेश्‍वरमा यतिका वर्ष विश्‍वास गरेको व्यर्थ भएको छ। मैले केही हासिल गरेको छैन। म तुच्‍छ र दयनीय छु! मेरो व्यवहार आजभोलि त्यति राम्रो भएको छैन, र म साँच्‍चै पश्‍चात्ताप गर्न तयार छु।” तर यसो भनिसकेपछि पनि त्यस्ता व्यक्तिहरूमा पश्‍चात्तापको भाव कहीँ देखिँदैन। यहाँ समस्या के हो? त्यो के हो भने, तिनीहरूले अरूलाई ढाँट्छन् र छल्छन्। तिनीहरूले यसो भनेको सुन्दा, अरू मानिसहरूले यस्तो सोच्छन्, “यो व्यक्तिले पहिले सत्यता पछ्याउने गरेको रहेनछ, तर उसले अहिले यस्ता कुराहरू भन्‍न सकेको देख्दा उसले साँच्‍चै नै पश्‍चात्ताप गरेको छ भन्‍ने देखिन्छ। यसमा कुनै शङ्का छैन। हामीले उसलाई पहिलेजसरी हेर्नु हुँदैन, नयाँ र राम्रो दृष्टिकोणले हेर्नुपर्छ।” यी शब्‍दहरू सुनेपछि मानिसहरूले यसरी नै मनन गर्ने र सोच्‍ने गर्छन्। तर के त्यो व्यक्तिको वर्तमान स्थिति उसले भनेको जस्तै हुन्छ त? वास्तवमा त्यस्तो हुँदैन। त्यस्ताहरूले साँचो रूपमा पश्‍चात्ताप गरेकै हुँदैनन्, तर तिनीहरूका शब्‍दहरूले तिनीहरूले पश्‍चात्ताप गरेका छन्, र तिनीहरू सुध्रिएका छन्, र तिनीहरू पहिलेभन्दा फरक भएका छन् भन्‍ने भ्रम छर्छन्। तिनीहरूले आफ्‍ना शब्दहरूबाट यही कुरा हासिल गर्न चाहन्छन्। मानिसहरूलाई छल्‍न यसरी बोलेर, तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? त्यो छलीपन हो—र यो अत्यन्तै धूर्त हुन्छ! वास्तवमा तिनीहरूलाई आफू परमेश्‍वरमाथिको विश्‍वासमा असफल भएको छु, र आफू कमजोर र दयनीय छु भन्‍ने पटक्‍कै थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई जालझेल गर्न, अरूलाई तिनीहरूको बारेमा राम्रो सोच्‍न र राम्रो विचार राख्‍न लगाउने आफ्‍नो उद्देश्य हासिल गर्न आत्मिक शब्‍द र भाषाहरू प्रयोग गरिरहेका हुन्छन्। के यो छलीपन होइन र? हो, र जब व्यक्ति अत्यन्तै छली हुन्छ, उसलाई परिवर्तन हुन सहज हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो बोल्दा कहिल्यै पनि सरल वा खुलस्त हुँदैन। त्यस्ता व्यक्तिहरूले सधैँ कुरा लुकाउने र ढाकछोप गर्ने गर्छन्, अनि हरेक मौकामा मानिसहरूबाट जानकारी लिएर तिनै कुरा बोल्‍ने गर्छन्। तिनीहरू सधैँ अरूको बारेमा पूर्ण सत्य जान्‍ने चाहना गर्छन्, तर तिनीहरू आफ्‍नो हृदयमा भएको कुरा भन्दैनन्। तिनीहरूसँग अन्तरक्रिया गर्ने कसैले पनि तिनीहरूबारे पूर्ण सत्य पत्ता लगाउने आशा गर्न सक्दैन। त्यस्ता मानिसहरूले आफ्‍नो योजना अरूले थाहा पाऊन् भन्‍ने चाहँदैनन्, र त्यसैले ती कुरा कसैलाई पनि बताउँदैनन्। यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो। त्यस्ता मानिसहरू अत्यन्तै चतुर हुन्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्‍न सक्दैन। यदि व्यक्तिमा छली स्वभाव छ भने, ऊ अवश्य नै छली व्यक्ति हो, र ऊ प्रकृति र सारमै छली हुन्छ। के त्यस्ता व्यक्तिहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यता पछ्याउँछन्? यदि तिनीहरू अरू मानिसहरूसामु सत्य बोल्दैनन् भने, के तिनीहरू परमेश्‍वरसामु सत्य बोल्‍न सक्छन्? अवश्यै सक्दैनन्। छली व्यक्तिले कहिल्यै सत्य बताउँदैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न त सक्छन्, तर के तिनीहरूको विश्‍वास साँचो हुन्छ? परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? निश्‍चय नै तिनीहरूको हृदयमा धेरै शङ्काहरू हुन्छन्: “परमेश्‍वर कहाँ हुनुहुन्छ? म उहाँलाई देख्‍न सक्दिनँ। उहाँ वास्तविक हुनुहुन्छ भन्‍ने प्रमाण के छ?” “परमेश्‍वर सबैथोकमाथिको सार्वभौम हुनुहुन्छ? हो र? शैतानको शासनले परमेश्‍वरका विश्‍वासीहरूलाई उन्माद रूपमा दमन र पक्राउ गरिरहेको छ। परमेश्‍वरले किन यसलाई नष्ट गर्नुहुन्‍न?” “परमेश्‍वरले मानिसहरूलाई ठ्याक्‍कै कसरी मुक्ति दिनुहुन्छ? के उहाँको मुक्ति वास्तविक हो? यो कुरा त्यति स्पष्ट छैन।” “परमेश्‍वरको विश्‍वासीले स्वर्गको राज्यमा प्रवेश पाउँछ कि पाउँदैन? पुष्टि नहुँदासम्म, यसै हो भन्‍न गाह्रो छ।” के तिनीहरूले हृदयमा परमेश्‍वरबारे यति धेरै शङ्का बोकेर साँचो रूपमा उहाँको लागि आफैलाई अर्पित गर्न सक्छन्? यो असम्‍भव हुन्छ। तिनीहरूले यी सबै मानिसहरूले परमेश्‍वरलाई पछ्याउन आफूसँग भएका सबै कुरा त्यागेको, परमेश्‍वरको लागि आफैलाई अर्पित गरेको र आफ्‍नो कर्तव्य निभाइरहेको देख्छन्, र सोच्छन्, “मैले केही त लुकाएर राख्‍नुपर्छ। म तिनीहरूजस्तो मूर्ख हुनु हुँदैन। यदि मैले परमेश्‍वरलाई सबै कुरा सुम्पेँ भने, म भविष्यमा कसरी बाँचुँला? मलाई कसले हेरचाह गर्ला? मैले भैपरिआउने कुराको योजना बनाउनुपर्छ।” छली मानिसहरू कति “चतुर” हुन्छन्, तिनीहरू कति टाढाको कुरा सोच्छन् भनेर तैँले देख्‍न सक्छस्। अरूले भेलाहरूमा आफ्‍नो भ्रष्टताबारे आफैले पाएको ज्ञान खुलस्त बताइरहेको, आफ्‍नो हृदयमा लुकेका कुराहरू सङ्गतिमा बताउँदै गरेको, र आफूले कतिपटक व्यभिचार गरेँ भनेर सत्यतथ्य बताइरहेको देख्दा कतिपय मानिसहरूले यस्तो सोच्छन्, “ए मूर्ख! ती व्यक्तिगत कुराहरू हुन्; किन अरूलाई भनेको? यस्ता कुराहरू त तिमीहरूले मबाट निकाल्‍न सक्दैनौ!” छली मानिसहरू यस्तै हुन्छन्—तिनीहरू इमानदार हुनुभन्दा त मर्न तयार हुन्छन्, र तिनीहरूले कसैलाई पनि पूर्ण सत्य बताउँदैनन्। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अपराध र केही खराब कुराहरू गरेको छु, र मलाई ती कुरा मानिसहरूसामु भन्‍न अलिक लाज लाग्छ। आखिर ती व्यक्तिगत कुराहरू न हुन्, र ती लाजमर्दा पनि छन्। तर मैले परमेश्‍वरबाट लुकाउन वा ढाकछोप गर्न सक्दिनँ। मैले यी कुराहरू उदाङ्गो र खुलस्त पार्दै परमेश्‍वरलाई बताउनुपर्छ। म मेरा विचार वा व्यक्तिगत मामलाहरू अरू मानिसहरूलाई बताउने साहस गर्दिनँ, तर यी कुराहरू परमेश्‍वरलाई त भन्‍नैपर्छ। मैले अरू जोबाट मेरा गुप्त कुराहरू लुकाए पनि, परमेश्‍वरबाट लुकाउन सक्दिनँ।” परमेश्‍वरप्रति इमानदार व्यक्तिले राख्‍ने मनोवृत्ति यस्तो हुन्छ। तर छली मानिसहरू सबैप्रति सतर्क हुन्छन्, कसैलाई पनि भरोसा गर्दैनन्, र तिनीहरू कसैसँग पनि इमानदारीपूर्वक बोल्दैनन्। तिनीहरूले कसैलाई पनि पूर्ण सत्य बताउँदैनन्, र कसैले पनि ती कुरा पत्ता लगाउन सक्दैनन्। यिनीहरू सबैभन्दा छली मानिसहरू हुन्। हरेक व्यक्तिमा छली स्वभाव हुन्छ; तर एउटै भिन्‍नता यो कति गम्भीर छ भन्‍ने मात्रै हो। तैँले भेलाहरूमा हृदय खोलेर आफ्‍ना समस्याहरूबारे सङ्गति गरे पनि, के त्यसको अर्थ तँमा छली स्वभाव छैन भन्‍ने हुन्छ र? त्यस्तो हुँदैन, किनभने तँमा पनि छली स्वभाव हुन्छ। म किन यसो भन्छु त? एउटा उदाहरण यस्तो छ: तैँले आफ्‍नो स्वाभिमान वा गर्वलाई नछुने, लाजमर्दो नरहेका, र तँलाई काटछाँट र निराकरणमा नपार्ने कुराहरूबारे सङ्गतिमा खुलस्त कुरा गर्न सक्छस् होला, तर यदि तँसँग सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गर्ने कुराहरू, सबैले घिनाउने र विरोध गर्ने कुराहरू हुन्थ्यो भने, के यसबारेमा तैँले भेलाहरूमा खुलस्त सङ्गति गर्न सक्थिस् त? अनि यदि तैँले कुनै बताउनै नसकिने कुरा गरेको थिइस् भने, यसबारेमा खुलस्त बताउन र यसको सत्यता खुलासा गर्न तँलाई अझै गाह्रो हुनेथियो। यदि कसैले यसबारेमा खोजीनिधो गर्ने वा यसको दोष लगाउने प्रयास गर्थ्यो भने, यसलाई लुकाउन तँ आफ्‍नो हातमा भएका सबै माध्यमहरू प्रयोग गर्नेथिस्, र यो मामला प्रकट हुन्छ भनेर तँ अत्यन्तै भयभीत हुनेथिस्। तँ सधैँ यसलाई ढाकछोप गर्ने र यसबाट पार पाउने प्रयास गरिरहेको हुनेथिस्। के यो छली स्वभाव होइन र? तँलाई के विश्‍वास लाग्‍न सक्छ भने, यदि तैँले यो कुरा खुलस्त बताइनस् भने, कसैले पनि यो कुरा थाहा पाउनेछैन, र परमेश्‍वरले समेत तँलाई केही गर्न सक्‍नुहुन्‍न। तर त्यो गलतबुझाइ हो! परमेश्‍वरले मानिसहरूको अन्तस्करण देख्‍नुहुन्छ। यदि तैँले यो कुरा बुझ्‍न सक्दैनस् भने, तैँले परमेश्‍वरलाई चिनेकै छैनस्। छली मानिसहरूले अरूलाई छल मात्रै गर्दैनन्—तिनीहरूले त परमेश्‍वरलाई छल्ने र उहाँको विरोध गर्न छली माध्यमहरू प्रयोग गर्ने दुस्साहससमेत गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरको मुक्ति पाउन सक्छन्? परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, र छली मानिसहरूलाई नै उहाँ सबैभन्दा बढी घृणा गर्नुहुन्छ। त्यसकारण, छली मानिसहरूलाई नै मुक्ति प्राप्त गर्न सबैभन्दा गाह्रो हुन्छ। छली प्रकृति भएका मानिसहरू सबैभन्दा बढी ढाँट्ने मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरलाई समेत ढाँट्ने र छल्‍ने गर्छन्, र तिनीहरू हठी भई अपश्‍चातापी रहन्छन्। यसको अर्थ तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। यदि कसैले कहिलेकहीँ मात्रै भ्रष्ट स्वभाव प्रकट गर्छ, र मानिसहरूलाई ढाँट्छ र छल्छ तर परमेश्‍वरसँग सरल र खुलस्त भई उहाँसामु पश्‍चात्ताप गर्छ भने, यस्तो व्यक्तिसँग मुक्ति पाउने आशा अझै बाँकी हुन्छ। यदि तँ साँच्‍चै नै समझ भएको व्यक्ति होस् भने, तैँले परमेश्‍वरसँग खुलस्त हुनुपर्छ, उहाँसँग हृदयदेखि कुरा गर्नुपर्छ, र आत्मचिन्तन गर्दै आफूलाई चिन्‍नुपर्छ। तैँले परमेश्‍वरलाई ढाँट्न छोड्नुपर्छ, उहाँलाई छल्‍ने प्रयास कहिल्यै गर्नु हुँदैन, र उहाँबाट कुनै पनि कुरा लुकाउने प्रयास त झनै गर्नु हुँदैन। वास्तवमा कतिपय कुरा मानिसहरूले थाहा पाउनु आवश्यक हुँदैन। यदि तैँले ती कुराहरू परमेश्‍वरलाई खुलस्त बताइस् भने, त्यो नै पर्याप्त हुन्छ। तैँले काम गर्दा, परमेश्‍वरबाट कुरा लुकाउने प्रयास नगर्। तैँले मानिसहरूलाई भन्‍न उचित नरहेका सबै कुरा परमेश्‍वरलाई भन्‍न सक्छस्। त्यसो गर्ने व्यक्ति बुद्धिमान्‌ हो। कतिपय कुराहरू अरूलाई खुलस्त भन्‍नुपर्दैन भन्‍ने उसलाई लागे पनि, यसलाई छल भनेर भन्‍नु हुँदैन। छली मानिसहरू फरक हुन्छन्: तिनीहरूलाई लाग्छ कि तिनीहरूले सबै कुरा लुकाउनुपर्छ, अरूलाई कुनै कुरा पनि भन्‍नु हुँदैन, विशेष गरी व्यक्तिगत कुराहरू त भन्‍नै हुँदैन। यदि तिनीहरूले कुनै कुरा भन्दा त्यसले तिनीहरूलाई फाइदा दिँदैन भने, तिनीहरूले त्यो कुरा भन्दैनन्, चाहे त्यो परमेश्‍वरलाई नै किन नहोस्। के यो छली स्वभाव होइन र? त्यस्तो व्यक्ति वास्तवमै छली हुन्छ! यदि कुनै व्यक्ति अत्यन्तै छली भएको कारण उसले परमेश्‍वरलाई समेत साँचो कुरा भन्दैन, र परमेश्‍वरबाट सबै कुरा गुप्त राख्छ भने, के त्यो व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हो? के परमेश्‍वरमाथिको उसको विश्‍वास साँचो हुन्छ? त्यस्ताहरू त परमेश्‍वरलाई शङ्का गर्ने मानिसहरू हुन्, र हृदयभित्र तिनीहरूले उहाँमा विश्‍वास गर्दैनन्। त्यसकारण, के तिनीहरूको विश्‍वास झूटो होइन र? तिनीहरू गैरविश्‍वासी, र झूटा विश्‍वासी हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

संसारमा धेरै तथाकथित “असल मानिसहरू” छन्, जो उच्च आदर्शका शब्दहरू बोल्छन्—सतहमा, तिनीहरूले कुनै ठूलो दुष्कर्म गरेजस्तो देखिँदैन, तर तिनीहरू वास्तवमा औधी छली र कुटिल हुन्छन्। तिनीहरू जता हावा बग्यो उतै बग्नमा सिपालु हुन्छन्, तिनीहरू चिप्लो र चतुर रूपमा बोल्छन्। तिनीहरू झूटा असल मानिसहरू र ढोँगीहरू हुन्—तिनीहरू केवल असल भएको नाटक गरिरहेका हुन्छन्। मध्यमार्गीहरू सबैभन्दा कपटी मानिसहरू हुन्। तिनीहरू कसैलाई चिढ्याउँदैनन्, तिनीहरू चिप्लो र चतुर हुन्छन्, तिनीहरू सबै परिस्थितिहरूमा मिल्न सिपालु हुन्छन्, र कसैले पनि तिनीहरूको गल्ती देख्न सक्दैन। तिनीहरू जीवित शैतानहरूजस्तै हुन्छन्! के तिमीहरूमाझ यस्ता मानिसहरु छन्? (छन्।) के तिमीहरूलाई यसरी जिउनु थकाइलाग्दो हुन्छ जस्तो लाग्दैन? (हो, यो थकाइलाग्दो हुन्छ।) त्यसो भए, के तिमीहरूले परिवर्तन हुने तरिका सोचेका छौ? तिमीहरू कसरी परिवर्तन हुन्छौ? यसमा सफलताको सुरुवात कहाँ-कसरी गर्नुपर्छ? (सत्यता अभ्यास गरेर।) “सत्यता अभ्यास गरेर” वा “सत्यता बुझेर” वा “सत्यता वास्तविकतामा प्रवेश गरेर” नभन। यो ठूलो गफ हो, र यो मानिसको पहुँचबाहिर छ, त्यसैले यी शब्दहरू रित्ता लाग्‍छन्। बरु, हामीले विस्तृत विवरणबाट सुरु गर्नुपर्छ। (एक इमानदार व्यक्ति भएर।) त्यो ठोस अभ्यास हो। एक इमानदार व्यक्ति बन्‍नु, वा अलि विस्तृत विवरण दिँदा: एक सरल र खुला व्यक्ति बन्‍नु, जो कुनै पनि कुरा ढाकछोप गर्दैन, जो झूट बोल्दैन, जो शब्दहरू घुमाएर बोल्दैन, र एक सीधा व्यक्ति बन्‍नु, जोसित न्यायको बोध छ र जो सत्य बोल्न सक्छ। मानिसहरूले पहिला यो कुरा हासिल गर्नुपर्छ। मानौँ, एउटा दुष्ट व्यक्तिले मण्डलीको काम बिथोलिरहेको छ, र यो परिस्थितिलाई राम्रोसँग बुझ्नको लागि एक अगुवा तँकहाँ आउँछ। तँलाई यो कसले गरेको हो भन्‍ने थाहा छ, तर त्यो व्यक्तिसँग तेरो राम्रो सम्बन्ध भएकोले र तैँले उसलाई चिढ्याउन नचाहेकोले, तँ झूट बोल्छस् र तँलाई थाहा छैन भनेर भन्छस्। अगुवाले थप विवरणहरू माग्छ, र तँ त्यो दुष्ट व्यक्तिलाई ढाक्‍ने बहाना बनाउँदै कुरा घुमाउँछस्। के त्यो छलपूर्ण हुँदैन र? तैँले अगुवालाई परिस्थितिबारे सत्य बताइनस्, बरु कुरा लुकाइस्। तँ किन यस्तो गर्छस्? किनभने तँ कसैलाई चिढ्याउन चाहँदैनस्। तैँले अन्तरवैयक्तिक सम्बन्ध रक्षा गर्नु र कसैलाई नचिढ्याउनुलाई पहिलो प्राथमिकता दिन्छस्, र तैँले सत्य बोल्नु र सत्यता अभ्यास गर्नुलाई अन्तिममा राख्छ्स्। तँ केद्वारा नियन्त्रित भइरहेको छस्? तँ तेरो शैतानी स्वभावद्वारा नियन्त्रित भइरहेको छस्, यसले तेरो मुख बन्द गरेको छ र तँलाई सत्य बोल्नबाट रोकेको छ—तँ तेरो शैतानी स्वभावद्वारा मात्र बाँच्न सक्षम छस्। भ्रष्ट स्वभाव भनेको के हो? भ्रष्ट स्वभाव भनेको शैतानी स्वभाव हो, र आफ्नो भ्रष्ट स्वभावद्वारा जिउने व्यक्ति जीवित शैतान हो। तिनीहरूको बोलीमा सधैँ परीक्षाहरू हुन्छन्, त्यो सधैँ घुमाउरो हुन्छ, र कहिल्यै सीधा हुँदैन; कुटेर मारे पनि तिनीहरू सत्य बोल्दैनन्। जब व्यक्तिको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ, तब यस्तो हुन्छ; तिनीहरूले पूर्णतया आफ्नो मानवता गुमाउँछन् र दियाबलस बन्छन्। तिमीहरूमध्ये धेरैले अरूसँगको आफ्नो सम्बन्ध, र अरू मानिसहरूमाझको आफ्नो हैसियत र प्रतिष्ठा सुरक्षित गर्नको निम्ति परमेश्‍वरलाई चिढ्याउन र धोका दिन रुचाउँछौ। के यसरी काम गर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्छ? के तिनीहरू सत्यता पछ्याउने व्यक्तिहरू हुन्? तिनीहरू त आँखा खोलेरै परमेश्‍वरलाई धोका दिने, र अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय नभएका व्यक्तिहरू हुन्। तिनीहरू परमेश्‍वरलाई धोका दिने दुस्साहस गर्छन्; तिनीहरूको महत्वाकाङ्क्षा र विद्रोह साँच्चै ठूलै हुनुपर्छ! त्यस्ता व्यक्तिहरूले प्रायजसो अझै पनि आफूले परमेश्‍वरलाई प्रेम गर्छु र परमेश्‍वरको डर मान्छु भन्‍ने सोच्छन् र प्रायः यसो भन्छन्: “जब म परमेश्‍वरबारे सोच्छु, म उहाँ कति विशाल, कति महान् र कति अथाह हुनुहुन्छ भनेर सोच्छु! परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, उहाँको प्रेम कति वास्तविक छ!” तैँले राम्रो सुनिने शब्दहरू बोल्न सक्छस्, तर तैँले कुनै दुष्ट व्यक्तिले मण्डलीको काममा बाधा पुर्‍याएको देखिस् भने त्यसको खुलासा गर्दैनस्। तिमीहरू मान्छे रिझाउने व्यक्तिहरू हौ, परमेश्‍वरको घरको हित रक्षा गर्नुको सट्टा, आफ्नो ख्याति, लाभ र हैसियत मात्र रक्षा गर्छौ। मामिलाहरूको वास्तविक अवस्था थाहा पाउँदा पनि, तिमीहरू साँचो रूपमा बोल्दैनौ, तिमीहरू दुष्ट मानिसहरूको रक्षा गर्दै, कुरा घुमाउँछौ। यदि तँलाई सत्य बोल्न भनियो भने, त्यो तेरो लागि धेरै गाह्रो हुनेछ। सत्य बोल्नबाट बच्नको लागि, तँ धेरै नचाहिने कुरा बोल्छस्! जब तँ बोल्छस्, तँ कुरा घुमाएको घुमाई गर्छस्, तँ धेरै विचार खर्चन्छस्, र यस्तो थकाइलाग्दो तरिकामा बाँच्छस्, र यो सब आफ्नै प्रतिष्ठा र गर्व रक्षा गर्न गर्छस्! के यस्तो व्यवहार गर्ने मानिसहरूबाट परमेश्‍वर प्रसन्न हुनुहुन्छ? परमेश्‍वर छली मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावबाट मुक्त हुन र मुक्ति प्राप्त गर्न चाहन्छ्स् भने, तैँले सत्यता स्विकार्नैपर्छ। तैँले यो कुरा पहिला इमानदार व्यक्ति बनेर सुरु गर्नुपर्छ। स्पष्ट हू, सत्य बता, आफ्नो भावनाद्वारा बाधित नहू, आफ्नो ढोंग र छललाई फाल्, सिद्धान्तअनुसार बोल् र मामिलाहरू सम्हाल्—यो जिउने सहज र आनन्दपूर्ण तरिका हो, र तँ परमेश्‍वरअघि जिउन सक्षम हुनेछस्। यदि तँ सधैं शैतानी दर्शनअनुसार जिउँछस्, र दिनहरू कटाउन सधैं झूट र छलमा भर पर्छस् भने, तँ शैतानको शक्तिमुनि जिइरहेको हुनेछस्, र तँ अन्धकारमा जिइरहेको हुनेछस्। यदि तँ शैतानको संसारमा जिउँछस् भने, झन्झन् छली हुनेछस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्, तैँले धेरै प्रवचनहरू सुनेको छस्, तर तेरो भ्रष्ट स्वभाव अझै पखालिएको छैन, र तँ अहिले पनि आफ्नो शैतानी स्वभावले जिइरहेको छस्—के तँलाई यसबाट घृणा लाग्दैन? के तँलाई लाज लाग्दैन? तैँले जति समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि तँ अझै पनि गैरविश्‍वासीजस्तै छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ भयो? के तैँले यसरी परमेश्‍वरमा विश्‍वास गरेर साँच्चै मुक्ति पाउन सक्छस्? तेरो जीवन लक्ष्यहरू परिवर्तन भएका छैनन्, न त तँसँग सिद्धान्त र विधिहरू छन्; तँसँग भएको एउटा मात्र कुरा जुन एक गैरविश्‍वासीसँग छैन, त्यो “विश्‍वासी” को उपाधि हो। तैँले बाहिरी रूपमा परमेश्‍वरलाई पछ्याए पनि, तेरो जीवन स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र अन्त्यमा तैँले मुक्ति प्राप्त गर्नेछैनस्। के तँ व्यर्थमै आशा गरिरहेको छैनस् र? के परमेश्‍वरमाथिको यस प्रकारको विश्‍वासले तँलाई सत्यता र जीवन प्राप्त गर्न मद्दत गर्न सक्छ? बिल्कुलै सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

यो समाजमा स्थान पाउन र बाँच्नको लागि, मानिसहरूले एउटा कुरा सिक्‍नुपर्छ, र त्यो हो, सिधा कुरा नबोल्ने बन्‍नु। बोलचालको भाषामा भन्दा, तँ चलाक र धूर्त बन्‍नुपर्छ। तैँले आफ्नो मनमा भएको कुरा भन्‍नु हुँदैन। यदि तैँले अघि बढेर आफ्‍नो मनमा जे छ त्यही भनिस् भने, त्यो मूर्खता हो, र त्यो बुद्धिमानी होइन। कतिपय मानिसहरू खुल्ला तोपजस्तै हुन्छन्, जो जे मन लाग्यो त्यही बोल्छन्। मानौँ कुनै व्यक्तिले त्यसै गर्छ रे र उसले आफ्नो हाकिमलाई चिढ्याउन पुग्छ। अनि त्यसपछि त्यो हाकिमले उसको जीवन कठिन बनाउँछ, उसको बोनस काट्छ, र सँधै ऊसँग झगडा गर्न खोज्छ। अन्त्यमा, उसलाई जागिरमा बसिरहन असह्य हुन्छ। तर यदि उसले आफ्नो जागिर छोड्यो भने, ऊसँग जीविकोपार्जन गर्ने अरू कुनै उपाय हुँदैन। अनि यदि उसले जागिर छोडेन भने, ऊसँग आफूले सहनै नसक्‍ने जागिर सहेर बस्‍नुबाहेक अरू कुनै उपाय हुँदैन। यसरी चेपारोमा पर्ने अवस्थालाई के भनिन्छ? भीरमा “अल्झिनु।” त्यसपछि उसको परिवारले उसलाई यसो भन्छ: “तँ दुर्व्यवहार पाउन लायक छस्, तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भन्‍ने कुरा याद गर्नुपर्थ्यो! तैँले खुल्ला तोप बनेर जथाभाबी मुख चलाएको कारण तँलाई यस्तो भएको हो! आफूले बोल्दा चलाख हुनु र सोचविचार गरेर बोल्‍नु भनेर हामीले भनेका थियौं, तर तैँले त्यसो गर्न चाहिनस्, तँलाई त गएर सीधै बोलिहाल्नु थियो। के तँलाई हाकिमसँग झगडा गर्नु त्यति सजिलो छ जस्तो लागेको थियो? के तँलाई समाजमा बाँच्न त्यति सजिलो छ जस्तो लागेको थियो? तैँले सधैँ मैले त सीधा कुरा मात्रै गरिरहेको छु भनेर भनिरहेको हुन्छस्। अब तैँले यी पीडादायी परिणामहरू भोग्‍नुपर्छ। यो तेरो लागि एउटा पाठ होस्! भविष्यमा, तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भन्‍ने कुरा राम्ररी सम्झिलास्!” उसलाई यो पाठ सिकाइएपछि, उसले यस्तो सोच्दै यो कुरा याद गर्छ, “मेरा आमाबुबाले मलाई शिक्षा दिनुभएको साँच्‍चै ठीक हो। यो जीवनको एक अन्तर्दृष्टिपूर्ण अनुभव हो, यो साँच्‍चिकै बुद्धिको कुरा हो, र मैले यसलाई बेवास्ता गरिरहनु हुँदैन। यदि मैले मेरा अग्रजहरूले मलाई भनेका कुराहरू सुनिनँ भने, मैले बुझे हुन्छ कि मबाट फाइदा मात्रै लिइनेछ, त्यसकारण म भविष्यमा यो कुरा सम्झनेछु।” ऊ परमेश्‍वरमा विश्‍वास गरेर परमेश्‍वरको घरमा आबद्ध भएपछि पनि अझै उसले यो “सद्भाव खजाना हो; धैर्यता सान हो” भन्‍ने भनाइ याद गर्छ, र त्यसैले उसले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जहिले भेटे पनि अभिवादन गर्छ, र तिनीहरूसँग राम्रो बोलीवचन बोल्न सक्दो प्रयास गर्छ। अगुवाले भन्छ: “म अगुवा भएको केही समय भयो, तर मसँग कामसम्‍बन्धी पर्याप्त अनुभव छैन।” त्यसैले उसले तारिफ गर्दै भन्छ: “तपाईंले राम्रो काम गरिरहनुभएको छ। यदि तपाईंले हामीलाई अगुवाइ नगर्नुभएको भए, हामीलाई जाने ठाउँ कहीँ छैन जस्तो लाग्‍नेथ्यो।” अरू कसैले भन्छ: “मैले आफ्‍नो बारेमा बुझेको छु, र मलाई लाग्छ, म निकै छली छु।” त्यसकारण उसले जवाफ दिन्छ, “तपाईं छली हुनुहुन्‍न, तपाईं साँच्‍चै इमान्दार हुनुहुन्छ, तर छल गर्ने व्यक्ति त म पो हुँ त।” कसैले उसको बारेमा नराम्रो टिप्पणी गर्छ, र उसले मनमनै विचार गर्छ, “त्यस्तो नराम्रो टिप्पणीबाट डराउनुपर्दैन, किनभने मैले योभन्दा नराम्रो टिप्‍पणी पनि सहन सक्छु। तिम्रो टिप्पणी जतिसुकै नराम्रो भए पनि, म नसुनेजस्तो गर्नेछु, र म तिम्रो तारिफ गरिरहनेछु, र तिम्रो मन जित्‍ने सक्दो प्रयास गर्नेछु, किनकि तिम्रो तारिफ गरेर कहिल्यै चोट लाग्‍नेछैन।” जब सङ्गतिको बेला कसैले उसलाई आफ्नो विचार बताउन वा खुलस्त कुरा गर्न लगाउँछ, तब उसले खुलस्त बोल्दैन, र सबैको अगाडि यो कृत्रिम रूपमा हर्षित र आनन्दित मुहार कायम राख्छ। कसैले उसलाई सोध्छ: “तपाईं सधैँ कसरी यति हँसिलो र आनन्दित हुनुभएको? के साँच्‍चै तपाईं सधैँ यसरी नै मुस्कुराइरहने व्यक्ति हुनुहुन्छ?” अनि उसले मनमनै विचार गर्छ: “म वर्षौँदेखि मुस्कुराउँदै आइरहेको छु, र यतिका समय मबाट कहिल्यै पनि फाइदा लुटिएको छैन, त्यसैले यो तरिका संसारसँग व्यवहार गर्ने मेरो मुख्य सिद्धान्त बनेको छ।” के ऊ चिप्लो ढुङ्गाजस्तो छैन र? (छ।) कतिपय मानिसहरू वर्षौँदेखि यसरी नै समाजमा रुमल्लिरहेका हुन्छन्, र परमेश्‍वरको घरमा आएपछि पनि तिनीहरूले त्यही कार्य जारी राख्छन्। तिनीहरूले कहिल्यै पनि एउटै इमान्दार शब्द पनि बोल्दैनन्, तिनीहरूले कहिल्यै हृदयको कुरा खोल्दैनन्, र तिनीहरूले आफूबारेको आफ्नो बुझाइबारे कुरा गर्दैनन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीले आफ्नो हृदय तिनीहरूको अगाडि उदाङ्गो पार्दा पनि, तिनीहरूले खुलस्त कुरा गर्दैनन्, र तिनीहरूको दिमागमा के छ भनेर कसैले पनि पत्ता लगाउन सक्दैन। तिनीहरूले के सोच्छन् वा तिनीहरूको विचार के हो भनेर कहिल्यै खुलासा गर्दैनन्, तिनीहरूले सबैसँग साँच्‍चिकै राम्रो सम्बन्ध कायम राख्छन्, र तिनीहरूलाई कस्ता मानिसहरू वा कस्तो व्यक्तित्व मन पर्छ, वा तिनीहरूले अरूबारे वास्तवमा के सोच्छन् त्यसबारे तँलाई थाहै हुँदैन। यदि कसैले तिनीहरूलाई फलानो-फलानो व्यक्ति कस्तो व्यक्ति हो भनेर सोध्यो भने, तिनीहरूले जवाफ दिन्छन्, “उहाँले विश्‍वास गर्नुभएको दश वर्षभन्दा बढी समय भयो, र उहाँ ठीकै हुनुहुन्छ।” तैँले तिनीहरूलाई जसको बारेमा सोधे पनि, तिनीहरूले त्यो व्यक्ति ठीक छ वा धेरै राम्रो छ भनेर जवाफ दिन्छन्। यदि कसैले तिनीहरूलाई, “के तपाईंले उहाँमा कुनै कमीकमजोरी वा त्रुटिहरू पत्ता लगाउनुभएको छ?” भनेर सोध्यो भने, तिनीहरूले यस्तो जवाफ दिनेछन्, “मैले अहिलेसम्म यस्तो कुरा भेटेको छैनँ, तर भविष्यमा म यो कुरालाई नजिकबाट नियाल्‍नेछु,” तर भित्री रूपमा तिनीहरूले सोचिरहेका हुन्छन्: “तिमीले मलाई त्यो व्यक्तिलाई चिढ्याउन लगाइरहेको छौ, जुन काम म पक्कै पनि गर्नेछैनँ! यदि मैले तिमीलाई सत्य कुरा बताएँ र तिनले यसबारेमा थाहा पाए भने, के तिनी मेरो शत्रु बन्नेछैनन् र? मेरो परिवारले मलाई लामो समयदेखि शत्रु कमाउनु हुँदैन भनेर भनिरहेको छ, र मैले तिनीहरूका शब्दहरू बिर्सिएको छैनँ। के तिमी मलाई मूर्ख ठान्छौ? के तिमीले सत्यताका दुई वाक्य सङ्गति गर्‍यौ भन्दैमा मैले मेरो परिवारबाट पाएको शिक्षा र अभ्यस्तीकरण बिर्सनेछु भन्‍ने तिमीलाई लाग्छ? यस्तो कदापि हुनेछैन! ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ र ‘सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ’ भन्‍ने यी भनाइहरूले मलाई अहिलेसम्‍म धोकामा पारेका छैनन् र ती मेरा सुरक्षा मन्त्र बनेका छन्। म कसैको त्रुटिबारे कुरा गर्दिनँ, र यदि कसैले मलाई चिढ्यायो भने, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। के तिमीले मेरो निधारमा त्यो अक्षर छापिएको छ भन्‍ने देखेनौ? यो 'सहनशीलता’ जनाउने चिनियाँ अक्षर हो, जसमा मुटुको चिन्‍हमाथि चक्कुको चिन्‍ह समावेश छ। ज-जसले मेरो बारे नराम्रो टिप्पणी गर्छन्, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। ज-जसले मलाई निराकरण र काटछाँट गर्छन्, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। मेरो उद्देश्य भनेको सबैसँग राम्रो सम्बन्ध कायम राख्‍नु हो, र सम्बन्धलाई यही स्तरमा कायम राखिराख्‍नु हो। सिद्धान्तहरूमा अडिग नबन, यति मूर्ख नबन, अलचिलो नबन, बरु परिस्थितिअनुसार चल्‍न सिक! कछुवाहरू किन यति लामो समयसम्म बाँच्‍न सक्छन् जस्तो तिमीलाई लाग्छ? किनभने बाहिर गाह्रो हुँदा तिनीहरू आफ्नो खोलभित्र लुक्छन्, होइन र? यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्‍न सक्छन् र तिनीहरू हजारौं वर्षसम्म बाँच्न सक्छन्। लामो जीवन जिउने तरिका यही हो, र संसारसित व्यवहार गर्ने तरिका पनि यही हो।” त्यस्ता मानिसहरूले कुनै सत्य वा साँचो कुरा बोलेको तैँले सुन्‍न पाउँदैनस्, र तिनीहरूको साँचो दृष्टिकोण र तिनीहरूको व्यवहारको भित्री आधारभूत कुरो कहिल्यै प्रकट हुँदैन। तिनीहरूले यी कुराहरूबारे हृदयभित्र मात्र विचार र चिन्तन गर्छन्, तर ती कुराहरूबारे अरू कसैलाई पनि थाहा हुँदैन। यस्तो व्यक्ति बाहिरी रूपमा सबैप्रति दयालु हुन्छ, राम्रो स्वभावको देखिन्छ, र उसले कसैलाई चोट वा हानि गर्दैन। तर वास्तवमा, तिनीहरू घुमाईघुमाई कुरा गर्ने र चिप्लो घस्‍ने मानिसहरू हुन्। यस्तो व्यक्तिलाई मण्डलीका कतिपय मानिसहरूले सधैँ मन पराउँछन्, किनभने तिनीहरूले कहिल्यै ठूलो गल्ती गर्दैनन्, तिनीहरूले आफ्‍नो वास्तविकता कहिल्यै प्रकट गर्दैनन्, र मण्डलीका अगुवाहरू र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले पाउने मूल्याङ्कन तिनीहरू सबैसँग मिल्छन् भन्‍ने हुन्छ। तिनीहरू आफ्नो कर्तव्यप्रति उदासीन हुन्छन्, र तिनीहरूलाई जे गर्नू भनिएको छ त्यही मात्र गर्छन्। तिनीहरू निकै आज्ञाकारी र राम्रो व्यवहार गर्ने हुन्छन्, तिनीहरूले कुराकानी गर्दा वा विभिन्‍न मामिलाहरू सम्हाल्दा अरूलाई कहिल्यै चोट पुर्‍याउँदैनन्, र तिनीहरूले कहिल्यै कसैबाट अनुचित फाइदा उठाउँदैनन्। तिनीहरूले कहिल्यै अरूलाई नराम्रो भन्दैनन्, र तिनीहरूले कहिल्यै मानिसहरूलाई पिठ्यूँपछाडि आलोचना गर्दैनन्। तैपनि, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा इमान्दार छन् कि छैनन् कसैलाई थाहा हुँदैन, र तिनीहरूले अरूबारे के सोच्छन् वा कस्तो विचार राख्छन् कसैलाई थाहा हुँदैन। सावधानीपूर्वक सोचिसकेपछि, तँलाई केसमेत लाग्छ भने, यस्तो व्यक्ति वास्तवमै अलिक अनौठो र बुझ्‍न नसकिने हुन्छ, र तिनीहरूलाई राखिराखियो भने समस्यासमेत आउन सक्छ। यस्तोमा तैँले के गर्नुपर्छ? यो गाह्रो कुरा हो, होइन र? जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तैँले तिनीहरूलाई आफ्नो काम गरिरहेको देख्छस्, तर परमेश्‍वरको घरले तिनीहरूलाई सिकाएका सिद्धान्तहरूबारे तिनीहरूले कहिल्यै वास्ता गर्दैनन्। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्छन्, झारा टार्दै काम गरेजस्तो गर्छन् र त्यतिमै छाडिदिन्छन्, अनि कुनै ठूलो गल्ती गर्नबाट बच्‍ने प्रयास मात्रै गर्छन्। फलस्वरूप, तैँले तिनीहरूमा कुनै दोष भेट्टाउन, वा कुनै त्रुटिहरू पहिचान गर्न सक्दैनस्। तिनीहरूले त्रुटिरहित रूपमा काम गर्छन्, तर भित्री रूपमा तिनीहरूले के सोचिरहेका हुन्छन्? के तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्? यदि मण्डलीका प्रशासनिक आदेशहरू, वा मण्डलीका अगुवा वा तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सुपरिवेक्षण नहुने हो भने, के यस्ता व्यक्तिहरू दुष्ट मानिसहरूसँग घुलमिल हुन सक्थेनन् र? के तिनीहरूले दुष्ट मानिसहरूसँग मिलेर खराब काम र दुष्ट्याइँ कार्य गर्न सक्थेनन् र? यस्तो सम्भावना एकदमै धेरै छ, तिनीहरूले यस्तो काम गर्न सक्षम छन्, तर तिनीहरूले अहिलेसम्‍म यस्तो गरिसकेका चाहिँ हुँदैनन्। यस्तो व्यक्ति सबैभन्दा समस्याजनक व्यक्ति हो, र ऊ खाट्टी चिप्लो ढुङ्गा वा धूर्त बूढो स्याल हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (१२)

अगुवा र सेवकहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू आउँदा, तैँले ती समस्या बेवास्ता गर्ने सम्भावना धेरै हुन्छ, अनि जिम्मेवारी पन्छाउन तैँले विभिन्‍न निहुँ र बहानाहरू बनाउनसमेत सक्छस्। कतिपय समस्या तैँले समाधान गर्न सक्‍ने हुन सक्छन्, तर तँ ती समाधान गर्दैनस्, र तैँले समाधान गर्न नसक्‍ने समस्याहरूबारे माथिल्लो तहकाहरूलाई रिपोर्ट गर्दैनस्, यस्तो लाग्छ मानौँ तीसित तेरो कुनै सरोकार नै छैन। के यो तेरो कर्तव्यप्रतिको लापरवाही होइन? मण्डलीको कामलाई यसरी लिनु चातुर्य हो कि मूर्खता? (मूर्खता।) के यस्ता अगुवा र सेवकहरू विश्‍वासघाती साँप होइनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? जब तिनीहरू आफ्नो सामुन्‍नेका समस्याहरू बेवास्ता गर्छन्, तब के यसले तिनीहरू हृदयहीन र विश्‍वासघाती हुन् भनेर देखाउँदैन र? विश्‍वासघाती मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्‍नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले समस्याहरू समाधान गर्न सत्यता खोज्ने तरिकाहरू फेला पार्नुपर्छ। विश्‍वासघाती व्यक्ति नबन्। समस्याहरू आइपर्दा, यदि तँ जिम्मेवारीबाट भाग्छस् र यसलाई पन्छाउँछस् भने, अविश्‍वासीहरूले समेत तेरो निन्दा गर्नेछन्, परमेश्वरको घरको त कुरै गर्नु परेन! यो कुरालाई परमेश्वरले निन्दा गर्नुहुन्छ र सराप्नुहुन्छ अनि परमेश्वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली र चिप्ले मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ विश्‍वासघाती व्यक्ति होस् र चालहरू चल्ने प्रयास गर्छस् भने, के परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र विश्‍वासघाती मानिसहरूलाई मन पराउनुहन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र अन्योल हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। क्षणिक अज्ञानता त बुझ्‍न सकिने कुरा हो, तर सत्यता स्विकार्न पूरै अस्वीकार गर्नु भनेको हठीपन मात्र हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो लाभ-हानिलाई विचार गर्दैनन्, तिनीहरूले बस परमेश्‍वरको घरका काम र हितको रक्षा गर्छन्। उनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। उनीहरूको काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्तिले सधैँ चालहरू चल्छ, सधैँ कामकुराहरू लुकाउँछ, ढाकछोप गर्छ, र आफूलाई यति दह्रिलो आवरणमा लुकाएर राख्छ कि कसैले पनि उसको वास्तविक रूप चिन्‍न सक्दैन। मानिसहरूले तेरा भित्री विचारहरू देख्‍न नसक्लान्, तर परमेश्‍वरले तेरो हृदयको गहिराइमा भएका कुराहरूसमेत देख्‍न सक्‍नुहुन्छ। यदि परमेश्‍वरले तँ इमानदार व्यक्ति होइनस्, तँ विश्‍वासलाग्दो छैनस्, तैँले कहिल्यै सत्यता स्वीकार गर्दैनस्, तँ सधैँ उहाँलाई धोका दिने प्रयास गरिरहेको हुन्छस्, र तैँले आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्‍ने तेरो वास्तविकता देख्‍नुभयो भने, उहाँले तँलाई मन पराउनुहुनेछैन, बरु उहाँले तँलाई घृणा गर्नुहुनेछ र त्याग्‍नुहुनेछ। जो अविश्‍वासीहरूमाझ फस्टाउँछन्, बोल्न सिपालु र समझदार छन् तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई असाधारण रूपले चतुर, अत्यन्तै छली र विश्वासघाती, वास्तविक दियाबलस शैतान हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वरले यस्तो कुनै व्यक्तिलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वरले दियाबलसहरू—छली र विश्वासघाती मानिसहरू—लाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्‍वरले यस्ता मानिसहरूलाई अवश्यै मुक्ति दिनुहुन्‍न, त्यसैले तिमीहरू जे गरे पनि, यस प्रकारका व्यक्ति चाहिँ नबन। जो सधैँ चनाखो रहन्छन् र बोल्ने बेलामा सबै कोणहरूको बारेमा विचार गर्छन्, जो चापलुसीपूर्ण र चतुर छन् र मामलाहरू सामना गर्दा परिस्थितिहरूलाई स्पष्ट रूपमा बुझ्‍न खोज्छन्—म तँलाई भन्छु, परमेश्‍वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। मानिसहरू छली र विश्वासघाती छन् भने, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती अझै पनि भ्रामक झूट नै हुन्। तिनीहरूका शब्‍दहरू जति मीठा सुनिन्छन्, तिनीहरू त्यति नै दियाबलस शैतान हुन्छन्। ठीकसित भन्‍ने हो भने परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने मानिसहरू यिनै हुन्। तिमीहरू के भन्छौ: के छली, झूट बोल्‍न सिपालु, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र विश्वासघाती मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूमा कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरको दर्जामा राख्‍नुहुन्छ। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरूले केवल मानवको खाल ओढेका हुन्छन्; तिनीहरूको सारमा, तिनीहरू दियाबलस शैतानजस्तै हुन्छन्, तिनीहरू जिउँदा लासहरू हुन्, र परमेश्‍वरले तिनीहरूलाई कहिल्यै मुक्ति दिनुहुनेछैन।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (८)

जब मानिसहरू छलमा संलग्‍न हुन्छन्, यो के-कस्ता अभिप्रायहरूबाट आउँछन्? तिनीहरू के उद्देश्य हासिल गर्न खोजिरहेका हुन्छन्? कुनै अपवाद छैन, यो प्रतिष्ठा, लाभ र हैसियत प्राप्त गर्नको लागि हो; समग्रमा, यो तिनीहरूको आफ्‍नै हितको लागि हो। अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्‍नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्‍याउनको निम्ति छलमा संलग्‍न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्याउनु र जान्‍नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्‍ने काम भन्‍न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्‍ना हितहरू त्याग्‍नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “धनी बन्‍न मान्छेले जे पनि गर्छ” भन्‍ने हुन्छ। स्पष्‍टै छ, तिनीहरू आफ्‍नै हितहरूका लागि जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—यदि तिनीहरूले आफ्‍ना हितहरू गुमाउने हो भने—तिनीहरू बाँच्‍न सक्ने थिएनन्। मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्‍नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरूतिनीहरूका आफ्नै हितहरूलाई अरू कुनै पनि कुराभन्दा उच्‍च ठान्छन्, तिनीहरू आफ्‍नै हितका लागि जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्‍न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ। त्यसो भए त्यस्तो परिस्थितिमा के गर्नुपर्छ? मानिसहरूले सत्यता स्वीकार गर्नैपर्छ। तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्ना हितहरूको सारलाई देख्‍न सक्छन्; त्यसपछि मात्रै तिनीहरूले आफूले औधी प्रेम गरेको कुरालाई त्याग्‍न, इन्कार गर्न, र त्यसरी त्याग्दाको पीडालाई सहन सक्छन्। अनि, जब तैँले यसो गर्न सक्छस्, र आफ्‍नै हितहरूलाई त्याग्‍न सक्छस्, तब तैँले हृदयमा त्यति नै ढुक्‍क र त्यति नै शान्ति प्राप्त गर्छस्, र त्यसो गरेर तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्‍ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्न सक्छस्, “आफूलाई लाभ पुर्‍याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्‍नुमा के गलत छ र? परमेश्‍वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?”—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्‍वरमा विश्‍वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्‍नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले प्रतिष्ठा, लाभ र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्‍नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्‍वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्‍न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्‍चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्‍नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्‍वरको छानबिन, न्याय र सजाय स्वीकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्‍नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्‍नुसरह हो। तैँले प्रतिष्ठा, लाभ र हैसियत अनि तेरा आफ्‍नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्‍नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। प्रतिष्ठा, लाभ, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले प्रतिष्ठा, लाभ र हैसियतको पछि लाग्‍ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्‍ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्‍वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्‍वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्। व्यक्तिले के रोज्छ—आफ्नो हित कि सत्यता—भन्‍ने कुराले धेरै खुलासा गरिरहेको हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यतालाई छनौट गर्नेछन्; तिनीहरूले परमेश्‍वरप्रति समर्पित हुने, र उहाँलाई पछ्याउने कार्यको छनौट गर्नेछन्। तिनीहरूले सत्यतालाई पछ्याउन आफ्‍नै हितलाई त्याग्न चाहन्छन्। तिनीहरूले जति नै धेरै कष्ट भोग्‍नु परे पनि, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गवाहीमा खरो उत्रिने अठोट गरेका हुन्छन्। सत्यतालाई अभ्यास गर्ने अनि सत्यता वास्तविकतामा प्रवेश गर्ने आधारभूत मार्ग यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

तिमीहरूलाई के लाग्छ—के कपटी मानिसहरूको लागि जीवन थकाइलाग्दो छैन र? तिनीहरूले आफ्नो सबै समय झूट बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले यस्तो थकाइलाग्दपन आफैले आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने पनि थाहा हुन्छ—तैपनि किन तिनीहरू कपटी बन्‍न चाहन्छन्, तर इमानदार बन्‍न चाहँदैनन्? के तिमीहरूले यस प्रश्‍नको बारेमा कहिल्यै विचार गरेका छौ? यो मानिसहरूलाई आफ्नै शैतानी प्रकृतिले मूर्ख बनाउँदाको परिणाम हो; यसले तिनीहरूलाई यस्तो जीवन र यस्तो स्वभावबाट आफूलाई मुक्त गर्न दिँदैन। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसरी नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिको मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले गर्दा आफ्‍नो छवि, आफ्नो प्रतिष्ठा र आफ्नो हितमा समेत हानि पुग्छ, र आफूले एकदमै धेरै गुमाउनुपर्छ भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्रिय ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै सम्हालेर राख्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्झेपमा, जब मानिसहरू इमानदार बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, तब यो तिनीहरूले सत्यतालाई प्रेम नगरेको कारणले हुन्छ। आफ्‍नो हृदयमा, तिनीहरूले प्रतिष्ठा र हैसियतलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन र शैतानको शक्तिअन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त यहाँ परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र तिनीहरूमा अझै पनि केही परिवर्तन आएको छैन—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ। के सत्यतालाई प्रेम नगर्नेहरूलाई मुक्ति दिन सकिन्छ? यो बिलकुलै असम्‍भव छ। सत्यतालाई प्रेम नगर्नु व्यक्तिको हृदय र प्रकृतिसँग सम्‍बन्धित समस्या हो। यसलाई समाधान गर्न सकिँदैन। व्यक्तिलाई उसको विश्‍वासमा मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतः उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै सत्यता स्विकार्न सक्छन्; तिनीहरूले मात्रै सत्यताको खातिर कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले मात्रै परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भरोसा गर्न सक्छन्। तिनीहरूले मात्रै सत्यता खोजी गर्न र आफ्‍ना अनुभवहरूमार्फत आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न, देहविरुद्ध विद्रोह गर्ने साहस पाउन, र सत्यताको अभ्यास र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै यसरी सत्यता पछ्याउन, मुक्तिको मार्ग हिँड्न, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। योभन्दा अरू कुनै मार्ग छैन। सत्यतालाई प्रेम नगर्नेहरूले यसलाई स्विकार्नु निकै गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने प्रकृतिले नै तिनीहरू सत्यताविरुद्ध जाने र यसलाई घृणा गर्ने हुन्छन्। यदि तिनीहरूले परमेश्‍वरको विरोध गर्न वा दुष्टता गर्न छोड्न चाहे भने, त्यसो गर्न तिनीहरूलाई साह्रै गाह्रो हुनेछ, किनभने तिनीहरू शैतानका हुन् र तिनीहरू पहिले नै दियाबलस बनेर परमेश्‍वरका शत्रु भइसकेका हुन्छन्। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ तर दियाबलसहरू वा शैतानलाई मुक्ति दिनुहुन्‍न। कतिपय मानिसहरूले यस्ता प्रश्‍नहरू सोध्छन्: “म साँच्‍चै सत्यता बुझ्दिनँ। म यसलाई अभ्यास गर्नै सक्दिनँ। मैले के गर्ने?” यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो। यदि कसैले सत्यतालाई प्रेम गर्दैनन् भने, तिनीहरूले सत्यता बुझे पनि सत्यता अभ्यास गर्न सक्दैनन्, किनभने हृदयमा तिनीहरूलाई त्यसो गर्ने इच्‍छा नै हुँदैन र तिनीहरूलाई सत्यता मनै पर्दैन। त्यस्ता व्यक्तिहरू मुक्तिबाहिर हुन्छन्। कतिपय मानिसहरूले यसो भन्छन्: “मलाई त इमानदार व्यक्ति बन्दा धेरै कुरा गुमाइन्छ जस्तो लाग्छ, त्यसकारण म त्यस्तो व्यक्ति बन्‍न चाहन्‍नँ। छली मानिसहरूले कहिल्यै केही गुमाउँदैनन्—तिनीहरूले त अरूको फाइदा उठाएरसमेत लाभ लिन सक्छन्। त्यसकारण, म त बरु छली व्यक्ति नै बन्छु। म अरूलाई मेरो व्यक्तिगत मामला जान्‍न, मेरो बारे राम्ररी जान्‍न वा मलाई बुझ्‍न दिन चाहन्‍नँ। मेरो भाग्य मेरै हातमा हुनुपर्छ।” त्यसो भए, सक्दो लागिपर्, र त्यसै गरेर हेर्। तेरो कस्तो परिणाम आउँछ, त्यो हेर्; अन्तिममा को नर्क जान्छ र कसले दण्ड पाउँछ, त्यो हेर्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—किनभने सत्यताले जस्तै परमेश्‍वरले पनि सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ: हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, जीवन, र आफ्‍नो चालढालको जगको रूपमा प्रयोग गरे। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। अविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग र निष्कासन गरिनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न गर्नुभएको अनुरोधजत्तिको महत्त्वपूर्ण कुरा अरू केही छैन—उहाँले मानिसहरूलाई उहाँको अघि जिउन, उहाँको सूक्ष्म जाँच स्विकार्न, र ज्योतिमा जिउन अनुरोध गरिरहनुभएको छ। इमानदार मानिसहरू मात्रै मानवजातिका साँचा सदस्यहरू हुन्। जो मानिसहरू इमानदार छैनन्, तिनीहरू पशुहरू हुन्, तिनीहरू मानव भेषमा हिँड्डुल गर्ने जन्तुहरू हुन्, तिनीहरू मानव होइनन्। इमानदार व्यक्ति बन्‍न लागिपर्नको लागि, तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार व्यवहार गर्नुपर्छ; तैँले न्याय, सजाय, निराकरण र काटछाँट भोग्‍नुपर्छ। जब तिमीहरूको भ्रष्ट स्वभाव धोइन्छ र जब तिमीहरूले सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसारको जीवन जिउन सक्छौ, तब मात्रै तिमीहरू इमानदार व्यक्ति बन्‍नेछौ। अज्ञानी, मूर्ख, र सुस्त मानिसहरू पटक्‍कै इमानदार हुँदैनन्। मानिसहरूलाई इमानदार बन्‍न आज्ञा गर्दै, परमेश्‍वरले तिनीहरूलाई सामान्य मानवतामा जिउन, आफ्‍ना छल र कपट त्याग्‍न, अरूलाई ढाँट्ने वा छल्‍ने नगर्न, आफ्‍नो कर्तव्य बफादारीसाथ पूरा गर्न, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने र उहाँको आज्ञापालन गर्न सक्‍ने हुन भनिरहनुभएको हुन्छ। यस्ता व्यक्तिहरू मात्रै परमेश्‍वरको राज्यका मानिसहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई ख्रीष्‍टका असल सिपाहीहरू हुन आज्ञा गर्नुहुन्छ। ख्रीष्‍टका असल सिपाहीहरू को हुन्? तिनीहरू सत्यताको वास्तविकताले सुसज्‍जित भएका र ख्रीष्‍टसँग एउटै हृदय र मन भएकाहरू हुनुपर्छ। कुनै पनि समय र स्थानमा, तिनीहरूले परमेश्‍वरको बढाइ गर्न र उहाँको गवाही दिन, र शैतानसँग लडाइँ गर्न सत्यता प्रयोग गर्न सक्‍नुपर्छ। सबै कुरामा, तिनीहरू परमेश्‍वरको पक्षमा उभिनुपर्छ, गवाही दिनुपर्छ, र सत्यताको वास्तविकतामा जिउनुपर्छ। तिनीहरूले शैतानलाई लज्‍जित पारेर परमेश्‍वरको लागि अद्‌भुत विजयहरू प्राप्त गर्न सक्‍नुपर्छ। ख्रीष्‍टको असल सिपाही हुनु भनेको त्यही हो। ख्रीष्‍टका असल सिपाहीहरू विजेताहरू हुन्, तिनीहरू शैतानलाई जित्‍ने मानिसहरू हुन्। मानिसहरूलाई इमानदार बन्‍न र छली नबन्‍न आज्ञा दिएर, परमेश्‍वरले तिनीहरूलाई मूर्ख बन्‍न होइन, बरु आफूलाई छली स्वभावबाट मुक्त गर्न, उहाँप्रतिको समर्पण हासिल गर्न र उहाँको महिमा बढाउन भनिरहनुभएको छ। सत्यता अभ्यास गरेर यो कुरा हासिल गर्न सकिन्छ। यो व्यक्तिको व्यवहारमा आउने परिवर्तन होइन, यो धेरै बोल्‍ने वा थोरै बोल्ने कुरा होइन, न त यो व्यक्तिको कामगराइको कुरा नै हो। बरु, यो त व्यक्तिको बोलीवचन र व्यवहार, उसका सोच र विचारहरू, उसका अभिलाषा र इच्‍छाहरूपछाडि लुकेको अभिप्रायसँग सम्‍बन्धित हुन्छ। भ्रष्ट स्वभावको प्रकटीकरण र गल्तीसँग सम्‍बन्धित सबै कुरालाई जराबाटै परिवर्तन गरिनुपर्छ, ताकि यो सत्यताअनुरूप हुन सकोस्। यदि कसैले स्वभाव परिवर्तन हासिल गर्नु छ भने, उसले स्पष्टसित शैतानको स्वभावको सार देख्‍न सक्‍नुपर्छ। यदि तैँले छली स्वभावको सार स्पष्टसित देख्‍न सक्छस्, र यो शैतानको स्वभाव र दियाबलसको अनुहार हो भनेर बुझ्न सक्छस् भने, यदि तैँले शैतानलाई घृणा गर्न र दियाबलसलाई त्याग्‍न सक्छस् भने, तँलाई आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सहज हुनेछ। यदि तँलाई तँभित्र छली स्थिति छ भन्‍ने थाहा छैन भने, यदि तँ छली स्वभावको प्रकटीकरण पहिचान गर्दैनस् भने, तैँले यसलाई समाधान गर्न कसरी सत्यता खोजी गर्ने भनेर जान्‍नेछैनस्, र तँलाई तेरो छली स्वभाव परिवर्तन गर्न गाह्रो हुनेछ। तैँले सुरुमा तँमा के-कस्ता कुराहरू प्रकट हुन्छन्, ती कुराहरू पहिचान गरेर, ती भ्रष्ट स्वभावका कुन-कुन पक्षहरू हुन् भनेर थाहा पाउनुपर्छ। यदि तैँले प्रकट गर्ने कुराहरू छली स्वभावका कुराहरू हुन् भने, के तैँले ती कुरालाई हृदयबाटै घृणा गर्नेछस्? अनि यदि घृणा गर्छस् भने, तँ कसरी परिवर्तन हुनुपर्छ? तैँले तेरा अभिप्रायहरू तह लगाउनुपर्छ र तेरा दृष्टिकोणहरू सुधार्नुपर्छ। तैँले तेरा समस्याहरू समाधान गर्न सुरुमा यस मामिलाबारे सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरले आज्ञा गर्नुभएको कुरा हासिल गर्न र उहाँलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ, र परमेश्‍वरलाई वा अरू मानिसहरूलाई, वा अलिक मूर्ख वा अज्ञानीहरूलाई छल्‍न प्रयास नगर्ने व्यक्ति बन्‍नुपर्छ। मूर्ख वा अज्ञानीहरूलाई छल्‍न खोज्‍नु अत्यन्तै अनैतिक कार्य हो—यसले तँलाई दियाबलस बनाउँछ। इमानदार व्यक्ति बन्‍नको लागि, तैँले कसैलाई पनि छल्नु वा ढाँट्नु हुँदैन। तैपनि, दियाबलसहरू र शैतानको लागि चाहिँ तैँले तेरा शब्‍दहरू बुद्धिमानी ढङ्गले छनौट गर्नुपर्छ; यदि त्यसो गरिनस् भने, तँलाई तिनीहरूले मूर्ख बनाउने र परमेश्‍वरलाई बदनाम गर्ने सम्भावना अधिक हुन्छ। आफ्‍ना शब्दहरू बुद्धिमानी ढङ्गले छनौट गरेर अनि सत्यता अभ्यास गरेर मात्रै, तैँले शैतानलाई जित्‍न र लज्‍जित तुल्याउन सक्छस्। अज्ञानी, मूर्ख, र जिद्दी मानिसहरूले कहिल्यै सत्यता बुझ्‍न सक्दैनन्; तिनीहरू त शैतानद्वारा ठगिन, खेलाइन, र कुल्चीमिल्ची पारिन, र अन्त्यमा त्यसद्वारा निलिन मात्रै सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

मानिसहरूमा छली स्वभाव हुन्छ, तिनीहरूले सधैँ झूट बोलिरहेका र छलिरहेका हुन्छन्। तैँले त्यो महसुस गरिस् भने, तेरो छलीपनलाई समाधान गर्ने अभ्यासको सबैभन्दा सरल र प्रत्यक्ष सिद्धान्त भनेको इमानदार व्यक्ति बन्‍नु, साँचो बोल्नु र इमानदार कार्यहरू गर्नु हो। प्रभु येशूले भन्नुभयो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” इमानदार व्यक्ति बन्‍नको लागि, व्यक्तिले परमेश्‍वरका वचनहरूका सिद्धान्तहरू पछ्याउनुपर्छ। यो सरल अभ्यास नै सबैभन्दा प्रभावकारी छ, यो बुझ्‍न र अभ्यास गर्न सजिलो छ। तैपनि, मानिसहरू गहन रूपमा भ्रष्ट भएकाले, तिनीहरू सबैमा शैतानी प्रकृति हुने हुनाले र तिनीहरू सबै शैतानी स्वभावअनुसार जिउने हुनाले, सत्यता अभ्यास गर्न तिनीहरूलाई निकै कठिन हुन्छ। तिनीहरू इमानदार हुन चाहन्छन्, तर सक्दैनन्। तिनीहरू झूट नबोली र चलाकी नगरी बस्‍न सक्दैनन्, र तिनीहरूले यो पहिचान गरेपछि पछुतो महसुस गर्ने भए पनि, तिनीहरू अझै आफ्‍नो भ्रष्ट स्वभावका बन्धनहरू त्याग्‍न सक्दैनन्, र तिनीहरू पहिलेजस्तै ढाँट्ने र छल्‍ने गरिरहन्छन्। यो समस्या कसरी समाधान गर्नुपर्छ? यसको एउटा पाटो आफ्‍नो भ्रष्ट स्वभावको सार कुरूप र घृणित छ भनेर जान्‍नु, अनि यसलाई हृदयदेखि घृणा गर्नु हो; अर्को पाटोचाहिँ आफूलाई सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न तालिम दिनु हो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” जब तैँले यो सिद्धान्त अभ्यास गरिरहेको हुन्छस्, तब तँ आफ्‍नो छली स्वभाव समाधान गर्ने प्रक्रियामा हुन्छस्। स्वाभाविक रूपमै, आफ्‍नो छली स्वभाव समाधान गर्ने क्रममा यदि तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् भने, त्यो तैँले आफूलाई परिवर्तन गरिरहेको छस् भन्‍ने कुराको प्रकटीकरण र तेरो साँचो पश्‍चात्तापको सुरुवात हो, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ। यसको अर्थ जब तैँले आफूलाई परिवर्तन गर्छस्, तब परमेश्‍वरले तेरो बारेमा आफ्‍नो सोच बदल्‍नुहुनेछ। वास्तवमा, परमेश्‍वरले यसो गर्नु मानिसको भ्रष्ट स्वभाव र विद्रोहीपनको निम्ति दिइने एउटा माफी हो। उहाँले मानिसहरूलाई क्षमा दिनुहुन्छ र तिनीहरूका पाप वा अपराधहरू सम्झनुहुन्‍न।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

यदि व्यक्तिले आफ्नो छली स्वभाव हल गर्न चाहन्छ भने, सुरुमा उसले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्छ। आखिर, इमानदार व्यक्ति बन्‍ने अभ्यासको सबैभन्दा सरल तरिका भनेको जस्तो हो त्यस्तै बताउनु, इमानदार बोली बोल्नु, र तथ्यअनुसार बोल्नु हो। प्रभु येशू भन्‍नुहुन्छ, “तर तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्” (मत्ती ५:३७)। इमानदार व्यक्ति बन्‍न यो सिद्धान्तअनुसार अभ्यास गर्नुपर्छ—तैँले यसमा केही वर्ष प्रशीक्षण लिएपछि निश्‍चय नै परिणाम देख्नेछस्। अहिले तिमीहरू कसरी इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्छौ? (म आफूले बोल्ने कुरामा दूषित कुराहरू मिसाउँदिनँ र अरूलाई छल गर्दिनँ।)। “दूषित कुराहरू मिसाउँदिनँ” भन्‍नुको अर्थ के हो? यसको अर्थ तैँले बोल्ने शब्दहरूमा झुट वा कुनै व्यक्तिगत अभिप्राय वा मनसाय छैनन् भन्‍ने हो। यदि तँ तेरो हृदयमा छल वा व्यक्तिगत अभिप्राय र मनसाय पाल्छस् भने, तँबाट झुटहरू स्वतः प्रकट हुनेछन्। यदि तेरो हृदयमा कुनै छल वा व्यक्तिगत अभिप्राय वा मनसाय छैन भने, तैँले बोल्‍ने कुरामा दुषित कुराहरू मिसिएको हुनेछैन र त्यसमा झुट हुनेछैन—यसरी तेरो बोलीवचन “होलाई, हो; होइनलाई, होइन” भन्‍ने हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पहिला आफ्नो हृदयलाई शुद्ध पार्नु हो। हृदय शुद्ध भएपछि, आफ्नो अहङ्कार, र छलीपन पनि हल हुनेछन्। इमानदार व्यक्ति बन्‍नलाई यस्ता मिसावटहरू हल गरिनुपर्छ। त्यसो गरिसकेपछि, इमानदार व्यक्ति बन्‍न सजिलो हुनेछ। के इमानदार व्यक्ति बन्‍न जटिल छ? छैन, यो जटिल छैन। तेरो भित्री स्थिति जे-जस्तो भए पनि वा तँसित जुनसुकै भ्रष्ट स्वभाव भए पनि, तैँले इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नुपर्छ। पहिला तैँले झुट बोल्ने समस्या समाधान गर्नैपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्रथमतः बोल्दाखेरि तैँले आफ्नो मनमा जे छ त्यो बोल्ने, साँचो कुरा बोल्ने, जस्तो छ त्यस्तै बताउने र झुट बोल्न पूर्ण रूपमा छोड्ने अभ्यास गर्नुपर्छ; तैँले दूषित शब्दहरू बोल्नसमेत हुँदैन, अनि आफूले दिनभरि बोल्ने सबै कुरा साँचो र इमानदार हुने कुरा सुनिश्‍चित गर्नुपर्छ। तैँले यसो गरेर सत्यता अभ्यास गरिरहेको र इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेको हुन्छस्। यदि तैँले आफूबाट झुट वा दूषित शब्दहरू निस्केको थाहा पाइस् भने, तुरुन्तै आत्मचिन्तन गर् अनि आफूले किन झुट बोल्छु र केले आफूलाई झुट बोल्न लगाउँदै छ भनेर विश्‍लेषण गरी पत्ता लगा। त्यसपछि, परमेश्‍वरको वचनको आधारमा यो अन्तर्निहित र महत्त्वपूर्ण समस्यालाई विश्‍लेषण गर्। तैँले आफ्नो झुटको जड बुझेपछि आफ्नो बोली र व्यवहारमा यो शैतानी स्वभावको विरोध गर्न सक्नेछस्। त्यसउप्रान्त तैँले यस्तै परिस्थिति आइपर्दा झुटको सहारा लिनेछैनस्, बरु तथ्यअनुसार बोल्न सक्नेछस्, अनि छली बोली बोल्न छोड्नेछस्। यसरी तेरो आत्मा स्वतन्त्र र मुक्त हुनेछ अनि तँ परमेश्‍वरसामु जिउन सक्नेछस्। यदि तँ परमेश्‍वरको वचनअनुसार जिउन सक्छस् भने, ज्योतिमा जिइरहेको छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नु हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार व्यक्ति मान्‍नेछन्। यही नै इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वासर्त हो। यदि तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोंग गरिरहेको छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा दोषहरू हेर्न दिँदैनस् भने; यदि तैँले मानिसहरूसमक्ष झूटो छवि प्रस्तुत गर्छस् र तिनीहरूलाई तँमा निष्ठा छ, र तँ इमानदार, महान्, आत्मत्यागी, न्यासङ्गत र निस्वार्थ छस् भनी विश्‍वास गरून् भन्‍ने चाहन्छस् भने, के यो छली र झूटपन होइन र? के मानिसहरूले समयसँगै तेरो वास्तविकता देख्‍नेछैनन् र? त्यसकारण, छद्म भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेरून् भनेर आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमान्दारिता होइन र? यदि तैँले अन्य व्यक्तिहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, “अन्य व्यक्तिहरूले हेरून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको छस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।” तर यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा नदेख्‍ने ठाउँमा र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान, आदर्श र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले तँलाई के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ पूराको पूरा छली होस्; तँ पूरै पाखण्डी र दुर्जन होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृतान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसको लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भरपराइ आवश्यक पर्छ। तैँले आफैलाई सबै कुरामा सरल र खुलस्त रूपमा हृदयका कुरा बोल्‍न तालिम दिनुपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तँलाई ठूलो कठिनाइ भयो भने, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ; तिमीहरूले सत्यता अभ्यास गर्न नसककुन्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिइस् भने, तेरो हृदय क्रमिक रूपमा खुल्नेछ। तँ झन्झन् शुद्ध हुँदै जानेछस्, र तेरा बोलीवचन र व्यवहारको प्रभाव पहिलेको भन्दा फरक हुनेछ। तेरा झूट र छलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मेरो धूर्तता र छलीपनलाई मैले कसरी समाधान गरेँ

के असल मित्रले गल्ती देखे नि नदेखेजस्तो गर्छ?

गल्तीहरू स्विकार्न किन यति गाह्रो हुन्छ?

बल्‍ल मेरो धूर्तता देखेँ

सम्बन्धित भजनहरू

मानिसको हृदय निकै छली छ

परमेश्‍वरबारे शङ्का गर्ने र अनुमान लाउने सबैभन्दा छली हुन्

एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो

अघिल्लो: १७. ढोँग गर्ने र बहाना बनाउने समस्या कसरी समाधान गर्ने

अर्को: १९. अहङ्कार र अभिमानको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्