२३. परीक्षाको समयमा आफ्नो गवाहीमा कसरी दृढ रहने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति समर्पित हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—के भन्न सकिन्छ भने, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरका कठोर वचनहरू हुन्। परमेश्‍वर आउनुहुँदा, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृष्टि गरिएका प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहको विरुद्धमा विद्रोह गर्नुपर्छ, देहको विरुद्धमा विद्रोह गर्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरको लागि गुञ्‍जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र साधारण मात्र नभई सामान्य पनि रहनुभएका यस व्यक्तिमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस्, र तँ मृत्युसम्मै समर्पित रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। यदि समर्पणद्वारा तैँले साँच्‍चै नै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्‍ने हुन्छ। यदि तँ मृत्युसम्‍मै समर्पित रहन सक्छस् र उहाँको अघि गुनासोमुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यस तरिकामार्फत परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसद्वारा हेला गरिएको एक सामान्य व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्मै समर्पित हुन सक्‍नु नै साँचो गवाही हो। मानिसहरू जुन वास्तविकताभित्र प्रवेश गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ त्‍यो भनेको उहाँका वचनहरूप्रति समर्पित हुन सक्‍ने, तिनलाई अभ्यास गर्न सक्‍ने, व्यावहारिक परमेश्‍वरअगाडि झुक्‍न र आफ्नै भ्रष्टतालाई जान्‍न सक्‍ने, उहाँको सामु आफ्नो हृदय खोल्‍न सक्‍ने र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्‍ने व्यक्ति बन् भन्‍ने हो। जब यी वाणीहरूले तँलाई जित्छन् र तँलाई पूर्ण रूपमा उहाँप्रति समर्पित बनाउँछन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लज्‍जित पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग दिएको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र तँ पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ भने, तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कामकुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तेरो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्‍नु वा तँलाई शोधन गरिनु आवश्यक हुँदैनथ्यो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरूअनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यही कारणले गर्दा, यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिसहरू परीक्षाहरूको माझमा छन्; उहाँको काम अलौकिक होइन, व्यावहारिक छ। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह भनेको परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्; अर्थात्, तिनीहरू उहाँको व्यावहारिकताको बारेमा जान्‍ने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्‍ने मानिसहरू पनि हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

साँचो गवाही भनेको के हो? यहाँ कुरा गरिएको गवाहीका दुई भाग छन्: एउटा आफूलाई विजय गरिएको गवाही हो, र अर्कोचाहिँ सिद्ध पारिएको गवाही हो (जुन स्वाभाविक रूपमा भविष्यका ठूला परीक्षा र सङ्कष्टपछि हुनेछ)। अर्को शब्दमा, यदि तँ सङ्कष्ट र परीक्षाहरूमा दृढ भएर खडा हुन सकिस् भने, तैँले गवाहीको दोस्रो चरण धारण गरेको हुनेछस्। आजको लागि महत्त्वपूर्ण भनेको गवाहीको पहिलो चरण अर्थात् हरेक सजाय र न्यायको परीक्षामा दृढ भई खडा हुन सक्षम हुनु हो। विजय गरिनुको गवाही यही हो। किनकि विजयको समय अहिले नै हो। (पृथ्वीमा परमेश्‍वरले काम गर्नुहुने समय अहिले नै हो भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ; पृथ्वीमा देहधारी परमेश्‍वरको मुख्य काम भनेको मानिसहरूको यो समूहलाई जित्‍नु हो जसले न्याय र सजाय हुँदै उहाँलाई पछ्याउँछ।) तैँले गवाही दिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तैँले अन्त्यसम्म पछ्याउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा मात्र निर्भर नभएर, त्योभन्दा अझ महत्त्वपूर्ण रूपमा, तैँले परमेश्‍वरको कामको प्रत्येक चरण अनुभव गर्ने क्रममा, तैँले परमेश्‍वरको सजाय र न्यायलाई साँचो रूपमा बुझ्‍न सक्छस् कि सक्दैनस्, र तैँले यो सारा कामलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। तँ अन्त्यसम्म पछ्याएर मात्र उम्कन सक्दैनस्। तँ प्रत्येक सजाय र न्यायको अवधिमा स्वेच्छाले झुक्‍न सक्‍नुपर्छ, तैँले अनुभव गर्ने कामको प्रत्येक चरणलाई साँच्‍चै राम्ररी बुझ्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र त्यसमा समर्पित हुन सक्‍नुपर्छ। विजय गरिनुको अन्तिम गवाही यही हो, जुन गवाही तैँले दिनुपर्छ। विजय गरिनुको गवाहीले मुख्य रूपमा परमेश्‍वरको देहधारणसम्बन्धी तेरो ज्ञानलाई जनाउँछ। अत्यन्तै महत्त्वपूर्ण रूपमा, गवाहीको यो चरण परमेश्‍वरको देहधारणको निम्ति हो। तैँले संसारका मानिसहरू वा शक्ति प्रयोग गर्ने व्यक्तिहरूका अगाडि के गर्छस् वा के भन्छस् भन्‍ने कुराको महत्त्व हुँदैन; तँ परमेश्‍वरका मुखबाट निस्केका सबै वचनहरू र उहाँका सबै कामहरूमा समर्पित हुन सक्छस् कि सक्दैनस् भन्‍नेचाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारण, गवाहीको यो चरण शैतान र परमेश्‍वरका सबै शत्रुहरूप्रति लक्षित छ—परमेश्‍वर दोस्रोपटक देह बन्‍नुहुनेछ र अझ महान् काम गर्न आउनुहुनेछ भनी विश्‍वास नगर्ने, र अझ भन्‍ने हो भने, परमेश्‍वर देहमा फर्केर आउनुभएको तथ्यलाई विश्‍वास नगर्ने दुष्टात्मा र शत्रुहरूप्रति लक्षित छ। अर्को शब्दमा भन्दा, यो सम्पूर्ण ख्रीष्टविरोधीहरूप्रति लक्षित छ—परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्ने सबै शत्रुहरूप्रति लक्षित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

गवाहीको अन्तिम चरण भनेको तँ सिद्ध पारिन योग्यको छस् कि छैनस् भन्‍ने कुराको गवाही हो—भन्‍नुको अर्थ, देहधारी परमेश्‍वरको मुखबाट बोलिएका सबै वचनहरू बुझिसकेपछि तँमा परमेश्‍वरको बारेमा ज्ञान हुन्छ र तँ उहाँको बारेमा निश्‍चित हुन्छस्, र तँ परमेश्‍वरको मुखबाट निस्केका सबै वचनअनुसार जिउँछस्, र परमेश्‍वरले तँलाई दिनुभएका सर्तहरू अर्थात् पत्रुसको शैली र अय्यूबको विश्‍वास हासिल गर्छस्, यहाँसम्‍म कि तँ मृत्युसम्मै समर्पित हुन सक्छस्, आफूलाई पूर्ण रूपमा उहाँमा समर्पित गर्न सक्छस्, र अन्त्यमा मापदण्डअनुरूपको व्यक्तिको स्वरूप प्राप्त गर्छस्, अर्थात् परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि जितिएको र सिद्ध पारिएको व्यक्तिको स्वरूप प्राप्त गर्छस्। अन्तिम गवाही यही हो—अन्ततः सिद्ध पारिने व्यक्तिले दिनुपर्ने गवाही यही हो। तैँले दिनुपर्ने गवाहीका दुई चरण यी नै हुन्, ती अन्तरसम्बन्धित र अपरिहार्य छन्। तर तैँले जान्‍नैपर्ने एउटा कुरा छः आज मैले तँबाट चाहेको गवाही संसारका मानिसहरूप्रति लक्षित छैन, न त कुनै एकल व्यक्तिप्रति नै लक्षित छ, बरु मैले तँलाई गर्नू भनी भनेको कुराप्रति लक्षित छ। तैँले मलाई सन्तुष्ट पार्न सक्छस् कि सक्दैनस्, साथै मैले तिमीहरू प्रत्येकलाई दिएको मापदण्डको स्तर तैँले पूर्ण रूपमा हासिल गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराद्वारा यसको मापन गरिन्छ। तैँले बुझ्नुपर्ने कुरा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा समर्पित बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अब परमेश्‍वर तँकहाँ प्रकट गर्नुहुन्न किनकि तँसँग अत्यन्तै धेरै आफ्नै धारणा, व्यक्तिगत पूर्वाग्रह, स्वार्थी विचार, व्यक्तिगत आवश्यकताहरू र शारीरिक चासोहरू छन् र तँ उहाँको अनुहार हेर्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई हेर्नु छ भने तैँले आफ्नै विचारहरूद्वारा उहाँलाई नाप्थिस् र त्यसो गरेर तँद्वारा उहाँ कीला ठोकिएर क्रूसमा टाँगिनुहुनेथियो। यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय प्रकट गर्छस् भने, त्यही नै साक्षीमा दृढ रहनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

अय्यूबको विश्‍वास, समर्पण र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि आस्थाका साथै परमेश्वरप्रतिको समर्पण र डरमार्फत शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरू कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूफ्रति समर्पित हुन्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै विश्‍वास गर्न चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यको अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँका अभिप्रायलाई ख्याल गर्नुपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक जाँच हुन्छ, तैँले केही पीडा सहनु पर्ने हुनसक्छ र कुनै निश्‍चित विन्दुसम्म तँलाई दुःख महसुस हुनसक्छ, र कठोर शोक सहनु पर्ने हुनसक्छ, मानौं तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू समर्पणताको हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशीर्वाद पाउनेछस्, र तँ परमेश्‍वरबाट आशीर्वाद प्राप्त गर्ने व्यक्ति बन्‍नेछस् र उहाँको प्रतिज्ञा पाउनेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो जाँच हुनेछ, तँ आस्था वा प्रेमिलो हृदय विहीन हुनेछस्, र उक्त समयमा जाँचहरू नै परीक्षा बन्नेछन्, तँ शैतानको परीक्षा बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो जाँच आउँदा तँ दह्रिलो भएर खडा हुन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दह्रिलो भएर खडा हुन्छस् नै भन्‍ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरका अभिप्रायका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकताको रूपमा नलिईकन, तेरो कुनै यथार्थ कद छैन। जब जाँच लिइने समय आउँछ, तँ निश्‍चित रूपमा पतन हुनेछस्, र त्यसपछि तेरो साँचो उचाइ प्रकट हुनेछ। तर नियमित रूपमा वास्तविकतामा प्रवेश गर्न चाहनेहरू जब परीक्षाहरूमा पर्छन्, उनीहरूले परमेश्‍वरको कामको उद्देश्य बुझ्न सक्नेछन्। विवेकले युक्त भएका र परमेश्‍वरको लागि तृषित हुनेले परमेश्‍वरको प्रेमको ऋण तिर्न व्यावहारिक कामकाज गर्नुपर्छ। वास्तविकताले युक्त नभएकाहरू झिना-मसिना कुराहरूको सामु पनि दृढ भएर उभिन सक्दैनन्। यथार्थ उचाइ भएकाहरू र नभएकाहरूको फरक यस्तो छ। यसो किन हुन्छ, उनीहरू दुवैले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे पनि परीक्षाहरूको सामु कोही दृढ भएर उभिन सक्छन्, तर अरू भाग्छन्? स्पष्ट फरक भनेको कोहीसँग यथार्थ उचाइ हुँदैन भन्‍ने हो; उनीहरूको वास्तविकताको रूपमा काम गर्नको लागि उनीहरूसँग परमेश्‍वरका वचनहरू छैनन्, र उहाँका वचनहरूले उनीहरूभित्र जरा गाडेका छैनन्। उनीहरूको परीक्षा लिनसाथ, उनीहरू आफ्नो मार्गको अन्त्यमा पुग्छन्। यसो किन हुन्छ, कि कोही परीक्षाहरूको सामु दृढ भएर उभिन सक्छन्? यसको कारण के हो भने उनीहरू सत्य बुझ्छन् र उनीहरूसँग दर्शन छ, र उनीहरूले परमेश्‍वरका अभिप्रायहरू र उहाँका आवश्यकताहरूलाई बुझ्छन्, त्यसैले परीक्षाहरूको अन्त्यसम्म उनीहरू दृढ भएर उभिन सक्छन्। यो यथार्थ उचाइ हो, र यो पनि जीवन नै हो। केहीले परमेश्‍वरका वचनहरू पढ्न पनि सक्लान्, तर तिनीहरूलाई व्यवहारमा लागू गर्दैनन्, तिनीहरूलाई गम्भीर रूपमा लिँदैनन्; तिनीहरूलाई गम्भीर रूपमा नलिनेहरूले अभ्यासमा कुनै महत्त्व दिँदैनन्। परमेश्‍वरका वचनहरूलाई वास्तविकताको रूपमा नलिनेहरू यथार्थ उचाइ नभएकाहरू हुन्, र यस्ता मानिसहरू परीक्षाहरूको अन्त्यसम्म दृढ भएर उभिन सक्दैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ आफ्‍नो जीवन उहाँलाई समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी र प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वासमा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानुपरे पनि, सङ्क्षेपमा, परमेश्‍वरले मानवजातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको विश्‍वासले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्‍याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्‍ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यता पछ्याइरहन्छस् भने, यदि तँ साँच्चै परमेश्वरलाई प्रेम गर्छस् र उहाँलाई शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिराइमा पुगेर उहाँका अभिप्रायहरू खोज्छस् र उहाँका अभिप्रायहरूमा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुल्लमखुल्ला तेरो सामु देखाउनुभयो, तँ उहाँको पछि लागिस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि समस्याहरू आएका छन्—के अब तैँले परमेश्‍वरमा आशा गुमाइस्? यसैले, तैँले हरसमय जीवनको खोजी गर्नुपर्छ र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्नुपर्छ। यसैलाई वास्तविक विश्‍वास भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्‍वरको सामु आउथे, र तिनीहरू भन्थे: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।” तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्‍ने हुनाले तैँले परमेश्‍वरमाथिको विश्‍वासलाई गुमाउँछस्। के यो सच्‍चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्‍वासबाट मात्र बन्छ। तँ जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्‍वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्‍वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्‍वरका अभिप्रायहरूको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्‍वासद्वारा नै तँ आफ्नो देहको विरुद्धमा विद्रोह गर्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, तर यदि तँमा विश्‍वासको कमी छ भने तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँमा सबै थोक हुनुपर्छ: दुःख भोग्ने इच्छा, विश्‍वास, धैर्य, समर्पणता, र परमेश्‍वरको काम अनुभव गर्ने क्षमता, उहाँका अभिप्रायहरू बोध गर्नु, उहाँको दुःखलाई विचार गर्नु र यस्तै अरू कुराहरू। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो विश्‍वास र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न ता तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्धमा विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्‍वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्‍वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्‍वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्त्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँप्रतिको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्‍ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्‍ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्छस्। जब मानिसहरू परमेश्‍वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछन्—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्‍नेमा निर्भर रहन्छ। आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट बनाउँछस्, तँमा परमेश्वरलाई प्रेम गर्ने साँचो हृदय छ, तैँले तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो मनसायहरू सच्याउन परमेश्‍वरको सामु आउँछस् र परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्‍ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् वा उहाँ नबोलिरहनुभएको नै होस्, उहाँको कामको एउटै चरण पनि मानवजातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्‍वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्‍ने तैँले विश्‍वास गर्नुपर्छ। उहाँले मानवजातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्‍नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले के विश्‍वास गर्नुपर्छ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्‍वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ। तेरो व्यावहारिक अनुभवमा, तैँले सबैभन्दा पहिले परमेश्‍वरको वचन कसरी खानु र पिउनुपर्छ त्यो जान्नुपर्छ; तँ के कुरामा प्रवेश गर्नुपर्छ र तेरा कमजोरीहरू के हुन् सो उहाँका वचनहरूमा भेट्टाउनुपर्छ, तेरो व्यावहारिक अनुभवमा प्रवेशको खोजी गर्नुपर्छ र अभ्यास गर्नुपर्ने परमेश्‍वरको वचनको खण्ड लिएर त्यसलाई अभ्यास गर्ने कोसिस गर्नुपर्छ। परमेश्‍वरको वचन खानु र पिउनु एउटा पक्ष हो। यसको अतिरिक्त, मण्डलीको जीवन कायमै राख्नुपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनुपर्दछ र तैँले आफ्नो हालको सम्पूर्ण अवस्था परमेश्‍वरमा सुम्पन सक्नुपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्दछ। परमेश्‍वरले जे गर्नुभए पनि, तैँले आफ्नो आत्मिक जीवनलाई विनाबाधा अगि बढाउनुपर्छ र आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कार्य यही नै हो। यो सबै पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कार्यको वर्तमान चरणमा, कतिपय मानिसहरूले के भन्छन् भने, परमेश्‍वरको काम धेरै महान् छ र मानिसहरूलाई पूर्ण रूपमा शोधनको आवश्यकता छ, अन्यथा तिनीहरूको कद धेरै सानो हुनेछ र तिनीहरूसित परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने कुनै उपाय हुनेछैन। तापनि, जसको अवस्था राम्रो छैन, तिनीहरूका लागि यो परमेश्‍वरको पछि नलाग्ने र भेलाहरूमा नजाने वा परमेश्‍वरका वचनहरू नखाने र नपिउने एउटा कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा जुनसुकै परिवर्तन लागू गर्नुभए पनि, मानिसहरूले सामान्य आत्मिक जीवनको आधार-रेखा कायम राख्नुपर्छ। सायद तँ तेरो आत्मिक जीवनको वर्तमान चरणमा शिथिल भएको छैनस् होला, तापनि तैँले अझै धेरै कुरा प्राप्त गरेको छैनस् र धेरै बाली काटेको छैनस्। यस्ता परिस्थितिहरूमा, कुनै प्रावधान पालन गरेझैँ, यदि तँ आफ्नो आत्मिक जीवनमै अडिग रहन्छस् भने पनि, तँ अझै पनि त्यो प्रावधानमा अडिग रहनुपर्छ; तैँले त्यो प्रावधन पालन गर्नैपर्छ, ताकि तैँले आफ्नो जीवनमा हानि भोग्नु नपरोस् र ताकि तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तैँले परमेश्‍वरको वर्तमान कामलाई बुझ्न सक्दैनस् र त्यसको साटो तँलाई सधैँ यो तेरा धारणाहरूसँग अमिल्दो छ भन्‍ने लाग्छ र तैँले उहाँलाई पछ्याउने इच्छा गरे पनि, तँसँग आन्तरिक उत्साहको अभाव हुन्छ। यसैले परमेश्‍वरले वर्तमानमा जे गरिरहनुभएको भए पनि मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि मानिसहरूले सहकार्य गर्दैनन् भने, पवित्र आत्माले आफ्‍नो काम गर्न सक्नुहुन्न र यदि मानिसहरूमा सहकार्य गर्ने हृदय छैन भने, तिनीहरूले पवित्र आत्माको काम मुश्‍किलले प्राप्त गर्न सक्दछन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम पाउन चाहन्छस् भने र यदि तँ परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरसामु आफ्नो सुरुको भक्ति कायम राख्नुपर्छ। अब, तँमा गहन बुझाइ, उच्च सिद्धान्त वा अरू त्यस्तै थोकहरू हुनु आवश्यक छैन—यति मात्र आवश्यक छ कि तैँले मूल आधारमा परमेश्‍वरको वचनलाई थाम्नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्दैनन् र गहन प्रवेशको खोजी गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूबाट ती सबै थोकहरू खोस्नुहुनेछ जुन सुरुमा तिनीहरूको थियो। भित्रपट्टि, मानिसहरू सधैँ सहजताको लोभ गर्छन् र पहिलेबाटै जे उपलब्ध छ त्यसमा रमाउँछन्। तिनीहरू कुनै पनि मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी मानवजातिले मनमा राख्‍ने अनावश्यक विचारहरू हुन्। कुनै मूल्य नचुकाई जीवन प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यस्तो सजिलो भएको छ? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्दछ र जीवन प्रवेशको खोजी गर्छ र आफ्नो स्वभाव बदल्‍न खोज्छ, त्यसका निम्ति उसले मूल्य चुकाउनुपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि सधैँ उहाँको पछि लाग्ने अवस्था प्राप्त गर्नुपर्छ। यो, मानिसहरूले गर्नैपर्ने कुरा हो। यदि तैँले यी सबै कुरालाई एक प्रावधानको रूपमा पालन गरिस् भने पनि, तैँले सधैँ यसलाई अनुसरण गर्नुपर्दछ र जति ठूलो परीक्षाहरू आए पनि, परमेश्‍वरसितको आफ्नो सामान्य सम्बन्धलाई त्याग्‍नुहुँदैन। तैँले प्रार्थना गर्न र तेरो मण्डलीको जीवनलाई कायम राख्‍न सक्‍नुपर्छ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै त्याग्नुहुँदैन। परमेश्‍वरले तँलाई जाँच्नुहुँदा पनि तैँले अझै सत्यतालाई खोज्नुपर्छ। यो आत्मिक जीवनको न्यूनतम मापदण्ड हो। सधैँ खोज्ने इच्छा राख्‍नु र सहकार्य गर्ने प्रयास गर्नु, तेरा सबै ऊर्जा प्रयोग गर्नु—के यो गर्न सकिन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तँमाथि जे-जस्तो परीक्षा आइपरे पनि, तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको बोझको रूपमा लिनुपर्छ। मानौं कतिपय मानिसहरू रोग र सहनै नसकिने कष्टले थलिएका छन्, कतिले त मृत्युको समेत सामना गर्छन्। यस्तो परिस्थितिलाई तिनीहरूले कसरी लिनुपर्छ? धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरको इच्‍छालाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गर्दैनस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। आफूलाई गम्‍भीर रोग लागेको र आफू मर्न लगेको देखेपछि, कतिपय मानिसहरूले मनमनै विचार गर्छन्: “मैले मृत्युबाट बच्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको हो—तर यतिका वर्ष मेरो कर्तव्य पूरा गरेपछि पनि, उहाँले मलाई मर्न दिन लाग्‍नुभएको छ जस्तै यस्तो देखिन्छ। म मेरो आफ्‍नै काम-काजमा लाग्‍नुपर्छ, मैले सधैँ गर्न चाहेका कुराहरू गर्नुपर्छ, र मैले यो जीवनमा नरमाएका कुराहरूमा रमाउनुपर्छ। म आफ्नो कर्तव्य थाती राख्न सक्छु” यो कस्तो मनोवृत्ति हो? तैँले यतिका वर्षदेखि आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छस्, तैँले यी सबै प्रवचनहरू सुनेका छस्, र अझै पनि तैँले सत्यतालाई बुझेको छैनस्। एउटै परीक्षाले तँलाई थिच्छ, तँलाई घुँडा टेकाउँछ, र तँलाई उदाङ्गो पार्छ। के यस्तो मानिस परमेश्‍वरको वास्ता पाउन योग्य हुन्छ? (तिनीहरू त्यसको लायक हुँदैनन्।) तिनीहरू पूर्ण रूपमा बफादारिताहीन छन्। त्यसो भए, तिनीहरूले यतिका वर्ष पूरा गर्दै आएको कर्तव्यलाई के भनेर चिनिन्छ? यसलाई “सेवा गर्नु” भनेर भनिन्छ, र तिनीहरूले आफूलाई समर्पित मात्रै गर्दै आएका थिए। यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, “परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञापालन—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्‍वरप्रतिको आज्ञापालनको वास्तविकतामा जिउँनुपर्छ। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ,” के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, “परमेश्‍वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौं-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्‍वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्‍वरलाई चोट पुर्‍याउने किसिमका थिए। मैले भविष्यमा परमेश्‍वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्‍वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्‍म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्‍ने कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहोस्। म परमेश्‍वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्‍याउने वा निराशा तुल्याउने काम गर्नेछैन।” यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, “यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु र समर्पित हुनेछु। म बिरामी हुँदा कसरी समर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?” जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्‍वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्‍म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्‍वरलाई गनगन नगरी बस्‍न सक्छस्? (सक्छु।) अहिले “सक्छु” भनेर भन्‍नु सजिलो छ, तर जब तँमा साँच्‍चै यो कुरा आइपर्छ त्यो बेला “सक्छु” भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, “म परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?” सृष्टि गरिएको प्राणी भनेको के हो? के सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी परमेश्‍वरका वचनहरू सुन्‍नु मात्रै हो? होइन—यो त परमेश्‍वरका वचनहरूमा जिउनु हो। परमेश्‍वरले हामीलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तँ यी कुराहरूमा जिउन सक्, र तैँले उहाँको लागि गवाही दिन सक्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्‍मेवारी र दायित्व हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने काटछाँट सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र अन्तर्ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नुपर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ र परमेश्‍वरसामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्छ र अझ बढी उहाँसामु उहाँका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्टसित देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई अन्तर्ज्ञान दिनुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न दिनुहुन्छ, तैपनि तँअभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दा, अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ र उहाँका वचनहरूको स्वाद लिँदा, उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर तिनीहरू घर फर्कंदा अन्धकारमा डुब्छन्। केही मानिसहरू एकसाथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य निर्वाह गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरका अभिप्रायहरू वास्तवमा के हुन् भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस् र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुँदा, तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। उहाँले भेलाहरूमा बोल्नुहुँदा र प्रचार गर्नुहुँदा, तैँले उत्साहको साथ सुन्छस्, तर उहाँ तँसँग नबोल्नुहुँदा तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्तीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामबारे कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने, अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरका जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह विद्रोही छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्‍न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै सृष्टि गरिएका प्राणीले देख्‍न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको सद्भावना त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्‍ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्‍ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन आफूलाई तपाईंको कृपामा समर्पित गर्न इच्‍छुक छु।” यो परमेश्‍वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्‍वरप्रतिको उनको प्रेमको गवाही पनि हो। … उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्‍वरप्रतिको विश्‍वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्‍वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरका सबै प्रबन्धहरूमा समर्पित हुन लागिपरे। तैँले गवाही दिनेबारे विचार गर्नुभन्दा अघि, जितिएर सिद्ध बनाइएपछिको कुनै व्यक्ति बन्नु भन्दा पहिले, तैँले यस्तै स्तर प्राप्त गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

सम्बन्धित चलचित्र उद्धरणहरू

आफ्‍नी छोरीलाई क्यान्‍सर लागेको छ भन्‍ने थाहा पाएपछि

सम्बन्धित भजनहरू

जाँचहरूले विश्‍वास माग गर्छन्

तिमीले सबै कुरामा परमेश्‍वरको साक्षी दिनुपर्छ

अय्यूब र पत्रुस जस्तै साक्षी बन

अघिल्लो: २२. जीवन र मृत्यूलाई कसरी हेर्ने

अर्को: २४. कसरी आफ्ना भ्रष्ट स्वभावहरू हटाउने र शुद्ध हुने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्