२४. कसरी आफ्ना भ्रष्ट स्वभावहरू हटाउने र शुद्ध हुने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। … यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्‍त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण नै र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्‍ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्‍वर के हुनुहुन्छ, वा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्‍ट हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफ्‍नो विरुद्धमा विद्रोह गर्न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पणता हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले असीमित कष्ट भोगे पनि, यसमा आँसु र दुःख भए पनि, यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्‍नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अफसोस महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र प्रेमिलोदयालुपनमा रमाउँदिनथेँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको र अरू सबै थोकलाई उछिनेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्‍नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, वा प्रकाश गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, वा प्रकाश गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसङ्ग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई प्रकाश गरेर हटाउनका लागि होइन; तँलाई प्रकाश गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैंले जान्नुपर्छ। तैंले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैंले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैंले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैंले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैंले अधीनमा बस्न सिक्नुपर्छ। तैंले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैंले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यता वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यता वास्तविकता प्राप्त गरेपछि, तैंले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ। यदि कुनै व्यक्ति सधैँ भ्रष्ट शैतानी स्वभावको आधारमा जिउँछ भने, उनीहरूसँग जति धेरै उत्साह वा ऊर्जा भए पनि, उनीहरूसँग कद, वा जीवन छ भनेर मानिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, घटना र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैंले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैंले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकाश गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ। यो त तिनीहरू चक्‍कुको धारमुनि भएजस्तै कुरा हो—यदि यस्तो कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई प्रकाश गर्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यता वास्तविकता प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ। हरेकपटक तँलाई काटछाँट, र कुनै वातावरणमार्फत तँलाई प्रकाश गरिँदा, तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तैँले केही पनि महसुस गर्दैनस् भने, यदि तँ परमेश्‍वरको सामु आउँदैनस् र उहाँका अभिप्रायको खोजी गर्दैनस्, प्रार्थना गर्दैनस् र सत्यताको खोजी पनि गर्दैनस् भने, तँ साँच्चै अति चेतनाशून्य छस्! जब तेरो आत्माले केही अनुभव गर्दैन, र यसले कुनै प्रतिक्रिया दिँदैन, तब परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अति नै चेतनाशून्य छ, र धेरै गहन रूपमा भ्रष्ट भएको छ। मैले त्यसलाई जति नै अनुशासनमा राखे पनि, जति नै काँटछाँट गरे पनि वा जति नै काबूमा राख्‍न खोजे पनि, मैले त्यसको हृदय छुन वा त्यसको आत्मालाई जगाउन सक्दिनँ। यो व्यक्ति समस्यामा पर्नेछ; त्यसलाई मुक्ति दिन सजिलो छैन।” यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ भने र यदि तैंले त्यसबाट पाठ सिक्छस् भने, यदि तैंले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैंले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैंले परमेश्‍वरका अभिप्रायलाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडग्मगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ र तिनीहरूले यस प्रकारको कष्ट सहन सक्छन्, र भित्री रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्छन् र सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभन्न मानिसहरू, घटनाहरू र परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खा र आनन्द लिई भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु ल्याउँदै हुनहुन्छ; र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ। तँमा यही प्रकारको मानसिकता र मनोवृत्ति हुनुपर्छ, र तैँले सत्यताको खोजी गर्न सिक्‍नैपर्छ। तैँले निरन्तर तेरा समस्याहरूको बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई दोष लगाउने वा मानिसहरूको गल्ती खोतल्‍ने काम गर्नु हुँदैन; तँमा परमेश्‍वरका अभिप्रायका बारेमा स्पष्ट बुझाइ हुनुपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा द्वेषभाव रहेको जस्तो देखिन सक्छ, तर तैँले परिस्थितिलाई त्यसरी हेर्नु हुँदैन। यदि तैँले परिस्थितिलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहाना मात्रै बनाउनेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले परिस्थितिहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। जब तैँले परिस्थितिहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको कामप्रति समर्पित हुन तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरका अभिप्राय बुझ्‍न सक्‍नेछस्। तेरो दृष्टिकोण र मानसिकता सुधार हुनेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, तैँले किन यसो गर्दैनस्? किन विरोध गर्छस्? यदि तैँले विरोध गर्न छोडेको भए, सत्यता प्राप्त गर्नेथिइस्। यदि तैँले विरोध गरिस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र परमेश्‍वरका भावनाहरूमा चोट पुर्‍याउनेछस् र उहाँलाई खिन्‍न तुल्याउनेछस्। परमेश्‍वर किन खिन्‍न हुनुहुनेछ? किनभने तँ सत्यता स्विकार्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न, तब उहाँ खिन्‍न नभई कसरी बस्‍न सक्‍नुहुन्छ? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा दिनुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले मलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई खान प्रोत्साहित गर्नको लागि बारम्‍बार प्रयास गर्नुहुन्छ, तर तँ अझै पनि यसलाई चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई आफू अघाएको छु भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको औधी कमी हुन्छ, र तिनीहरू औधी आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा पनि चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्‍वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई चिन्‍नुपर्छ। परमेश्‍वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्‍नु भनेको यही हो। परमेश्‍वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्‍वरको लागि त्याग र समर्पण गर्न सक्‍ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्‍भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तैँले देख्‍न सक्छस् कि पत्रुससँग पनि अरू चेलाहरूको जस्तै मानवता थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए। येशूले जेसुकै भन्नुभए पनि, तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गका परमेश्‍वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्‍वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्‍नुभएको कुराबाट पत्रुसले परमेश्‍वरको वचनको साँचो अर्थ बुझे। परमेश्‍वरलाई प्रेम गर्न, र त्यो प्रेम व्यावहारिक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वरलाई प्रेम गर्नै पर्छ। अस्पष्ट र अदृश्य परमेश्‍वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्‍वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्‍वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्‍वरमाथिको पत्रुसको विश्‍वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्‍वर अर्थात्‌ पृथ्वीमा हुनुहुने परमेश्‍वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशू तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्‍वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

भ्रष्ट स्वभाव समाधान गर्नको लागि, सुरुमा सत्यता स्विकार्न सक्‍ने हुनुपर्छ। सत्यता स्विकार्नु भनेको परमेश्‍वरको न्याय र सजाय स्विकार्नु हो; यो मानिसको भ्रष्टताको सार खुलासा गर्ने उहाँका वचनहरू स्विकार्नु हो। यदि तैँले आफ्‍नो भ्रष्टताको प्रकटीकरण, आफ्ना भ्रष्ट स्थितिहरू, र आफ्‍ना भ्रष्ट अभिप्राय र व्यवहारहरूलाई परमेश्‍वरका वचनहरूको आधारमा चिन्‍न र चिरफार गर्न, र आफ्‍ना समस्याहरूको सार उजागर गर्न सक्छस् भने, तैँले आफ्‍नो भ्रष्ट स्वभावबारे ज्ञान प्राप्त गरिसकेको, र यसलाई समाधान गर्नेतर्फ पाइला चालिसकेको हुनेछस्। अर्कोतर्फ, यदि तैँले यसरी अभ्यास गर्दैनस् भने, तैँले तेरो हठी स्वभाव समाधान गर्न नसक्‍ने मात्रै होइन, तँसग तेरा भ्रष्ट स्वभावहरू हटाउने कुनै उपायसमेत हुनेछैन। हरेक व्यक्तिमा विभिन्‍न भ्रष्ट स्वभाव हुन्छन्। ती स्वभाव कहाँबाट समाधान गर्न थाल्नुपर्छ? सबैभन्दा पहिले, व्यक्तिले आफ्‍नो हठी स्वभाव समाधान गर्नुपर्छ, किनभने हठी स्वभावले मानिसहरूलाई परमेश्‍वरको नजिक जान, सत्यता खोजी गर्न, र परमेश्‍वरमा समर्पित हुनबाट रोक्छ। हठीपन भनेको परमेश्‍वरसँगको मानिसको प्रार्थना र सङ्गतिको सबैभन्दा ठूलो बाधा हो; परमेश्‍वरसँगको मानिसको सामान्य सम्‍बन्धमा सबैभन्दा बढी हस्तक्षेप गर्ने कुरा यही हो। तैँले तेरो हठी स्वभाव समाधान गरेपछि, अरू स्वभाव समाधान गर्न सहज हुनेछ। भ्रष्ट स्वभाव समाधान गर्ने काम आत्मचिन्तन र आत्मज्ञानबाट सुरु हुन्छ। तँलाई जुन स्वभावको बारेमा थाहा छ त्यसलाई समाधान गरिहाल्—तँलाई जति धेरैको बारेमा ज्ञान हुन्छ, तैँले त्यति नै बढी समाधान गर्न सक्छस्; तँलाई तीबारे जति गहन ज्ञान हुन्छ, तैँले त्यति नै पूर्ण रूपमा ती समाधान गर्न सक्छस्। भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रिया यही हो; यो कार्य परमेश्‍वरलाई प्रार्थना गरेर, अनि देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्‍ने अवस्थामा नपुगुञ्‍जेलसम्‍म परमेश्‍वरका वचनहरूमार्फत मनन गर्दै आफूलाई चिनेर अनि आफ्‍नो भ्रष्ट स्वभावको सार चिरफार गरेर गरिन्छ। आफ्नो भ्रष्ट स्वभावको सार चिन्‍नु साधारण काम होइन। आफूलाई चिन्‍नु भनेको “म भ्रष्ट व्यक्ति हुँ; म दियाबलस हुँ; म शैतानको सन्तान हुँ, ठूलो रातो अजिङ्गरको बच्‍चा हुँ; म परमेश्‍वरप्रति प्रतिरोधी र शत्रुवत् छु; म उहाँको शत्रु हुँ” भनेर समग्रमा भन्‍नु मात्र होइन। त्यस्तो कुरा गर्दैमा तैँले आफ्‍नो भ्रष्टताको बारेमा साँचो ज्ञान पाएको छस् भन्‍ने हुँदैन। तैँले अरू कसैबाट यी शब्‍दहरू सिकेको हुन सक्छस् र तँलाई आफ्‍नो बारेमा त्यति धेरै थाहा नहुन सक्छ। साँचो आत्मज्ञान मानिसको सिकाइ वा मूल्याङ्कनमा आधारित हुँदैन, यो त परमेश्‍वरका वचनहरूमा आधारित हुन्छ—यो त भ्रष्ट स्वभावको कारण सिर्जित परिणामहरू र त्यसैको कारण आफूले भोगेका कष्टहरू देख्‍नु, र भ्रष्ट स्वभावले कसरी आफूलाई मात्रै होइन, अरूलाई पनि हानि गर्छ भन्‍ने अनुभव गर्नु हो। यो त भ्रष्ट स्वभावहरू शैतानबाट आउँछन्, ती शैतानको विष र दर्शनहरू हुन्, र ती सत्यता र परमेश्‍वरप्रति पूर्ण विरोधी हुन्छन् भन्‍ने तथ्य देख्‍नु हो। जब तैँले यो समस्या देखिसकेको हुन्छस्, तब आफ्‍नो भ्रष्ट स्वभावलाई पनि जानिसकेको हुन्छस्। कतिपय मानिसहरूले आफू दियाबलस र शैतान भएको कुरा स्वीकार गरेपछि पनि, काटछाँट हुन स्वीकार गर्दैनन्। तिनीहरूले कुनै गलत काम गरेको वा सत्यता उल्‍लङ्घन गरेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूको कुराचाहिँ के हो त? तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्। कतिपय मानिसहरूले आफू दियाबलस र शैतान हुँ भन्छन्, तर तिनीहरूलाई “किन आफूलाई दियाबलस र शैतान भन्‍नुभएको?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन सक्दैनन्। यसले के देखाउँछ भने, तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभाव, वा आफ्‍नो प्रकृति सार चिनेका हुँदैनन्। यदि तिनीहरूले तिनीहरूको प्रकृति दियाबलसको प्रकृति हो, तिनीहरूको भ्रष्ट स्वभाव शैतानको स्वभाव हो भनेर देख्थे, र त्यसैले तिनीहरू दियाबलस शैतान हुन् भनेर स्विकार्न सक्थे भने, तिनीहरूले अन्त्यमा आफ्‍नै प्रकृति सार चिन्‍न सक्थे। साँचो आत्मज्ञान परमेश्‍वरका वचनहरूको खुलासा, न्याय, अभ्यास र अनुभवबाट हासिल हुन्छ। यो कुरा सत्यता बुझेर हासिल हुन्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले आफ्‍नो आत्मज्ञानको बारेमा जे भने पनि, यो खोक्रो र अव्यवहारिक हुन्छ, किनभने उसले मूलभूत र तात्त्विक कुराहरू पत्ता लगाउन वा बुझ्‍न सक्दैन। व्यक्तिले आफूलाई चिन्‍नको लागि, उसले खास परिस्थितिहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्‍यो, उसको अभिप्राय के थियो, उसले कसरी व्यवहार गर्‍यो, कुन कुराले ऊ अशुद्ध बन्यो, र उसले किन सत्यता स्विकार्न सकेन भन्‍ने कुरा मान्‍नुपर्छ। उसले यी कुराहरूलाई स्पष्ट रूपमा उल्‍लेख गर्न सक्‍नुपर्छ, अनि मात्रै उसले आफूलाई चिन्‍न सक्छ। जब कतिपय मानिसहरूलाई काटछाँट हुनुपर्ने अवस्था आइपर्छ, तब तिनीहरूले सत्यताप्रति प्रतिकूल रहेको, तिनीहरूमा परमेश्‍वरबारे शङ्का र गलतफहमीहरू रहेको, र तिनीहरू उहाँप्रति रक्षात्मक अवस्थामा रहने गरेको कुरा स्विकार्छन्। तिनीहरूले मानिसलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू सबै वास्तविकता हुन् भन्‍ने कुरा पनि स्वीकार गर्छन्। यसले तिनीहरूमा केही न केही आत्मज्ञान छ भन्‍ने कुरा देखाउँछ। तर तिनीहरूसँग परमेश्‍वर वा उहाँको कामको ज्ञान नहुने हुनाले र तिनीहरूले उहाँका अभिप्रायहरू नबुझ्‍ने भएकाले, तिनीहरूको यो आत्मज्ञान निकै सतही हुन्छ। यदि कसैले आफ्‍नो भ्रष्टता मात्रै स्वीकार गर्छ तर उसले समस्याको जड पत्ता लगाएको छैन भने, के परमेश्‍वरसम्‍बन्धी उसको शङ्का, गलतफहमी, र सतर्कता समाधान गर्न सकिन्छ? अहँ, सकिँदैन। त्यसकारण आत्मज्ञान भनेको आफ्‍नो भ्रष्टता र समस्या स्वीकार गर्नु मात्रै होइन—उसले सत्यता बुझेर आफ्नो भ्रष्ट स्वभावको समस्या जराबाटै समाधान गर्नुपर्छ। व्यक्तिले आफ्‍नो भ्रष्टताको सत्यता देख्‍ने र साँचो पश्‍चात्ताप हासिल गर्ने एउटै मात्र उपाय यही हो। जब सत्यतालाई प्रेम गर्नेहरूले अन्ततः आफूलाई चिन्‍न पुग्छन्, तब तिनीहरू आफ्‍ना समस्याहरू समाधान गर्नहेतु सत्यता खोज्‍न र बुझ्‍न पनि सक्षम बन्छन्। यस्तो आत्मज्ञानले मात्रै परिणामहरू प्राप्त हुन्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जब मानिसलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरूको कुनै वाक्यांश पढ्छ, तब अरू कुनै कुराभन्दा पहिले, उसले मानिसलाई खुलासा गर्ने उहाँका वचनहरू वास्तविक र तथ्यगत छन्, र मानिसलाई न्याय गर्ने परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती वचनले उहाँको धार्मिकता प्रतिनिधित्व गर्छन् भन्‍ने विश्‍वास गर्छ। सत्यतालाई प्रेम गर्नेले कम्तीमा पनि यो कुरा पहिचान गर्न सक्‍नुपर्छ। यदि कसैले परमेश्‍वरको वचनमा विश्‍वाससमेत गर्दैन, र मानिसहरूलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरू तथ्य र सत्यता हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैन भने, के उसले उहाँका वचनहरूमार्फत आफूलाई चिन्‍न सक्छ? अवश्य सक्दैन—तिनीहरूले चाहे पनि, त्यसो गर्न सक्दैनन्। यदि तँ परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भन्‍ने विश्‍वासमा दृढ रहन, र परमेश्‍वरले जे भन्‍नुभए पनि वा जसरी भन्‍नुभए पनि ती सबैमा विश्‍वास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरका वचनहरू नबुझे पनि ती वचनहरूलाई विश्‍वास गर्न र स्विकार्न सक्छस् भने, तैँले ती वचनहरूमार्फत आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न सहज हुनेछ। आत्मचिन्तन सत्यतामै आधारित हुनुपर्छ। यसमा कुनै शङ्का छैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्—मानिसका र शैतानका कुनै पनि वचनहरू सत्यता होइनन्। शैतानले मानवजातिलाई हरप्रकारका सिकाइ, शिक्षा, र सिद्धान्तहरूद्वारा हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ, र मानिसहरू यति भावशून्य र सुस्त बनेका छन् कि तिनीहरूमा आफ्‍नो बारेमा कति पनि ज्ञान हुँदैन, र तिनीहरूले विधर्म र भ्रमहरूसमेत अङ्गाल्छन् र सत्यता स्विकार्न मान्दैनन्। त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिँदैन। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले मात्रै उहाँका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्छन्, परमेश्‍वरका वचनहरू र सत्यताका आधारमा आफूलाई चिन्‍न सक्छन्, अनि यसरी साँचो पश्‍चात्ताप हासिल गर्न सक्छन्। कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन्; तिनीहरूले आफ्नो आत्मचिन्तन मानिसको सिकाइमा मात्रै आधारित गर्छन्, र तिनीहरूले पापी व्यवहार स्विकार्नेबाहेक अरू केही गर्दैनन्, र यस क्रममा तिनीहरूले आफ्‍नै भ्रष्ट सार पहिचान गर्न सक्दैनन्। त्यस्तो आत्मज्ञान व्यर्थको प्रयास हो र यसले कुनै परिणाम ल्याउँदैन। व्यक्तिले आफ्‍नो आत्मचिन्तन परमेश्‍वरका वचनहरूमा आधारित गर्नुपर्छ, अनि चिन्तन गरेपछि आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पहिचान गर्नुपर्छ। व्यक्तिले आफ्‍ना कमीहरू, आफ्‍नो मानवता सार, आफ्नो दृष्टिकोण, जीवनसम्‍बन्धी आफ्ना विचार र मूल्य-मान्यताहरूलाई सत्यताको आधारमा मापन गरेर चिन्‍न सक्‍नुपर्छ, त्यसपछि यी सबै कुराहरूबारे सही मूल्याङ्कन र निर्णय गर्नुपर्छ। यसरी, तिनीहरूले आफ्‍नो बारेमा क्रमिक रूपमा ज्ञान हासिल गर्न सक्छन्। तर व्यक्तिले जीवनमा अझै धेरै अनुभव बटुल्दै जाँदा उसको आत्मज्ञान अझै गहन हुँदै जान्छ, र व्यक्तिले सत्यता प्राप्त गर्नुभन्दा पहिले, आफ्‍नो प्रकृति सारलाई पूर्ण रूपमा देख्‍नु असम्‍भव नै हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई साँचो रूपमा चिनेको छ भने, उसले भ्रष्ट मानवहरू साँच्‍चै नै शैतानका सन्तान र मूर्तरूप हुन् भनेर देख्‍न सक्छन्। तिनीहरूले आफू परमेश्‍वरको अघि जिउन, र उहाँको प्रेम र मुक्ति पाउन लायक नरहेको महसुस गर्नेछन्, र तिनीहरू उहाँको अघि पूर्ण रूपमा लम्पसार पर्न सक्षम हुनेछन्। त्यस्तो हदको ज्ञान हुने मानिसहरूले मात्रै आफूलाई साँचो रूपमा चिन्‍न सक्छन्। आत्मज्ञान नै सत्यता वास्तविकतामा प्रवेश गर्ने पूर्वसर्त हो। यदि कसैले सत्यताको अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, उसले आफूलाई चिन्‍नुपर्छ। सबै मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, र नचाहँदा नचाहँदै पनि तिनीहरू सधैँ यी भ्रष्ट स्वभावको बन्धन र नियन्त्रणमा हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन नसक्‍ने हुन्छन्। त्यसकारण यदि तिनीहरूले यी कुराहरू गर्न चाहन्छन् भने, सुरुमा तिनीहरूले आफूलाई चिन्‍नुपर्छ र आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नुपर्छ। भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रियाद्वारा मात्रै व्यक्तिले सत्यता बुझ्‍न र परमेश्‍वरको ज्ञान पाउन सक्छ; त्यसपछि मात्रै व्यक्ति परमेश्‍वरमा समर्पित हुन र उहाँको निम्ति गवाही दिन सक्‍ने हुन्छ। व्यक्तिले यसरी नै सत्यता प्राप्त गर्छ। सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया भनेको आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्ने प्रक्रिया हो। त्यसो भए, व्यक्तिले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नचाहिँ के गर्नुपर्छ? पहिलो, उसले आफ्‍नो भ्रष्ट सार चिन्‍नुपर्छ। तोकेरै भन्दा, यसको अर्थ व्यक्तिको भ्रष्ट स्वभाव कसरी प्रकट भयो, र उसले स्विकारेको शैतानको कुन दुष्ट शब्दहरू र भ्रमले यो पैदा गर्‍यो भनी जान्‍नु हो। व्यक्तिले परमेश्‍वरका वचनहरूका आधारमा यी मूल कारणहरूलाई राम्ररी बुझ्‍न र चिन्‍न सक्‍ने भएपछि, उसले आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउने चाहना गर्न छोड्छ, र परमेश्‍वरमा समर्पित भएर उहाँका वचनहरूअनुसार जिउन मात्रै चाहन्छ। जबजब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्, तबतब तिनीहरूले यसलाई चिन्‍न, इन्कार गर्न, अनि आफ्‍नो देहविरुद्ध विद्रोह गर्न सक्छन्। यसरी अभ्यास र अनुभव गरेर, तिनीहरूले बिस्तारै आफ्‍ना सबै भ्रष्ट स्वभावहरू त्याग्‍न सक्‍नेछन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

तैँले तेरो भ्रष्ट स्वभावमा रहेका अहङ्कार, वा छलीपन वा दुष्टताजस्ता सबैभन्दा मुख्य र स्पष्ट देखिने कुराहरूलाई चिन्‍नुपर्छ। तैँले यी भ्रष्ट स्वभावहरूबाट सुरु गरेर मनन गर्, चिरफार गर् र आफूलाई चिन्। यदि तैँले आत्मज्ञान र आत्मघृणा हासिल गरिस् भने, तँलाई तेरा भ्रष्ट स्वभावहरू त्याग्‍न र सत्यता अभ्यास गर्न सजिलो हुनेछ। तसर्थ, विशेष गरी यो कसरी अभ्यास गर्नुपर्छ? अब अहङ्कारी स्वभावको उदाहरण प्रयोग गरेर यसबारे सङ्गति गरौँ। तेरो दैनिक जीवनमा बोल्दा, व्यवहार गर्दा र मामिलाहरू सम्हाल्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूसँग सङ्गति गर्दा र अन्य यस्तै कुराहरू गर्दा, हातमा जुनै मामिला भए पनि, वा तँ जहाँ भए पनि, वा परिस्थिति जे भए पनि, तैँले आफूले कस्तो अहङ्कारी स्वभाव देखाएँ भनेर जाँच्न सधैँ ध्यान दिनुपर्छ। तैँले आफूलाई थाहा भएका र आफूले चिन्‍न सक्‍ने तेरा सबै प्रकटीकरण, सोच र विचारहरू, साथै तेरा अभिप्राय र उद्देश्यहरू उदाङ्गो पार्नुपर्छ—विशेष गरी, सधैँ उच्‍च स्थानबाट अरूलाई भाषण छाँट्न चाहनु; कसैको आज्ञा नमान्‍नु; आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु; अरूले भनेको कुरा जति नै सही भए पनि नस्विकार्नु; आफू गलत हुँदासमेत आफ्नो कुरा अरूलाई स्विकार्न र मान्‍न लगाउनु; निरन्तर अरूलाई नेतृत्व गर्ने झुकाव राख्‍नु; अगुवा र सेवकहरूले काटछाँट गर्दा तिनीहरूलाई झूटा भनी निन्दा गर्दै अटेर गर्नु वा सफाइ दिनु; सधैँ अरूको निन्दा गर्नु र आफूलाई उच्‍च पार्नु; अरू सबैभन्दा आफूलाई सधैँ श्रेष्ठ ठान्‍नु; सधैँ प्रसिद्ध र प्रतिष्ठित व्यक्ति बन्‍ने चाह गर्नु; सधैँ आफ्नो प्रदर्शन गर्न रुचाउनु ताकि अरूले तेरो उच्‍च आदर र पूजा गरून्।.... तैँले यी भ्रष्टताका प्रकटीकरणहरूलाई मनन र चिरफार गर्ने अभ्यासमार्फत् तेरो अहङ्कारी स्वभाव कति नराम्रो रहेछ भनेर थाहा पाउन सक्छस्, अनि तैँले आफूलाई घृणा र तिरस्कार गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई झन् धेरै घृणा गर्न सक्छस्। यो तरिकाले तँ आफूले सबै कुरामा अहङ्कारी स्वभाव देखाएको छु कि छुइनँ भनेर मनन गर्न इच्छुक हुनेछस्। यसको एक भाग, तैँले तेरो बोलीमा कस्तो अहङ्कारी र आत्मधर्मी स्वभाव देखाउँछस्—तैँले कस्तो घमण्डी, अहङ्कारी र समझहीन कुरा गर्छस्, त्यो कुरा मनन गर्नु हो। अर्को भागचाहिँ, तैँले आफ्नो धारणा, कल्पना, महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गर्दा कस्तो हास्यस्पद र समझहीन काम गर्छस्, त्यो मनन गर्नु हो। यस्तो आत्मचिन्तनद्वारा मात्र आफूलाई बुझ्न सकिन्छ। तैँले आफूलाई साँचो अर्थमा बुझेपछि, परमेश्‍वरका वचनहरूमा इमानदार व्यक्ति बन्‍ने अभ्यासका मार्ग र सिद्धान्तहरू खोजी गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूमा देखाइएका मार्ग र सिद्धान्तहरूअनुसार अभ्यास, कर्तव्यपालन, र अरूसँग व्यवहार र अन्तरक्रिया गर्नुपर्छ। तैँले केही समय, सम्भवतः एक वा दुई महिना यसरी अभ्यास गरिसकेपछि, तँलाईं यसबारे तेरो हृदयमा प्रफुल्लता महसुस हुनेछ, अनि तैँले यसबाट केही प्राप्त गरिसकेको र सफलताको स्वाद चाखिसकेको हुनेछस्। तँलाई आफूसित इमानदार र समझदार व्यक्ति बन्‍ने मार्ग छ भन्‍ने महसुस हुनेछ, अनि तैँले मानसिक तवरमा अझ धेरै स्थिर महसुस गर्नेछस्। तैँले अझै सत्यताको विशेष गहन ज्ञानबारे बोल्न नसके पनि, यसबारे केही बोधात्मक ज्ञान, साथै अभ्यासको मार्ग पाइसकेको हुनेछस्। यसलाई शब्दमा स्पष्टसित व्यक्त गर्ने नसके पनि, तैँले अहङ्कारी स्वभावले मानिसहरूलाई कस्तो हानि गर्छ र कसरी तिनीहरूको मानवता बिगार्छ भन्‍नेबारे केही मात्रामा बुझिसकेको हुनेछस्। उदाहरणको लागि, अहङ्ककारी र अभिमानी मानिसहरू प्रायः घमण्डी र उद्दण्ड कुरा गर्छन्, र अरूलाई छक्याउन दुष्ट शब्दहरू बोल्छन्; तिनीहरू ठूलाठूला कुरा बोल्छन्, नारा फलाक्छन्, र जोरदार भाषण छाँट्छन्। के यी विभिन्‍न अहङ्कारी स्वभावका प्रकटीकरणहरू होइनन् र? के यी अहङ्कारी स्वभावहरू देखाउनु एकदमै समझहीन कुरा होइन र? यदि तैँले यस्ता अहङ्कारी स्वभावहरू देखाएर आफूले सामान्य मानव समझ गुमाएको छु, र अहङ्कारी स्वभावमा जिउनु भनेको मानवताअनुसार नभई दियाबलसताअनुसार जिउनु हो भनेर साँच्‍चै बुझ्न सकिस् भने, तैँले भ्रष्ट स्वभाव भनेकै शैतानी स्वभाव हो भनेर साँच्‍चै चिनिसकेको हुनेछस्, र तँ आफ्नो हृदयबाटै शैतान र भ्रष्ट स्वभावहरूलाई घृणा गर्न सक्षम बन्‍नेछस्। तैँले छ महिना वा एक वर्ष यस्तो अनुभव गरेर आफूलाई साँचो अर्थमा बुझ्न सक्‍नेछस्, र यदि तैँले फेरि अहङ्कारी स्वभाव देखाइस् भने, तँलाई त्यो तुरुन्तै थाहा हुनेछ, अनि तँ त्यसविरुद्ध विद्रोह गर्न र त्यसलाई त्याग्‍न सक्षम हुनेछस्। तँ परिवर्तन हुन थालिसकेको हुनेछस्, अनि क्रमिक रूपमा आफ्नो अहङ्कारी स्वभाव हटाउन र अरूसँग सामान्य तवरमा मेलमिलापमा रहन सक्षम बन्‍नेछस्। तँ इमानदारीपूर्वक र हृदयबाटै बोल्न सक्‍नेछस्; तैँले झूटो बोल्न वा अहङ्कारी कुरा गर्न छोड्नेछस्। के त्यसपछि तँमा इमानदार व्यक्तिको केही समझ र केही स्वरूप हुनेछैन र? तब के तैँले प्रवेश पाइसकेको हुनेछैनस् र? ठीक यति नै बेला तैँले केही कुरा प्राप्त गर्ने थाल्नेछस्। जब तैँले यसरी इमानदार बन्‍ने अभ्यास गर्छस्, तब जस्तोसुकै अहङ्कारी स्वभाव देखाए पनि, तँ सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्षम बन्‍नेछस्, अनि यसरी केही समय इमानदार व्यक्ति बन्‍ने अनुभव गरेपछि, थाहै नपाई क्रमिक रूपमा तैँले इमानदार व्यक्ति बन्‍नेसम्बन्धी सत्यता र परमेश्‍वरका सान्दर्भिक वचनहरू बुझ्नेछस्। अनि जब तैँले तेरो अहङ्कारी स्वभाव विश्‍लेषण गर्न ती सत्यताहरू प्रयोग गर्छस्, तेरो हृदयले परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र ज्योति पाउनेछ, र तेरो हृदय उज्यालिन थाल्नेछ। तैँले मानिसहरूमा अहङ्कारी स्वभाव पैदा गर्ने भ्रष्टता र यसले तिनीहरूलाई जिउन लगाउने कुरूपता स्पष्टसित देख्‍नेछस्, अनि मानिसहरूले अहङ्कारी स्वभाव देखाउँदा तिनीहरूले आफैलाई जुन भ्रष्ट स्थितिमा पाउँछन् ती हर भ्रष्ट स्थितिलाई तैँले चिन्‍न सक्‍नेछस्। थप चिरफारपछि, तैँले शैतानको कुरूपता झनै स्पष्टसित देख्‍नेछस्, र शैतानलाई झनै धेरै घृणा गर्नेछस्। यसरी तँलाई तेरो अहङ्कारी स्वभाव हटाउन सजिलो हुनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (२)

साँचो पश्‍चात्ताप हासिल गर्नको लागि, व्यक्तिले आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नैपर्छ। त्यसो भए, व्यक्तिले आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि खासमा के-कसरी अभ्यास र प्रवेश गर्नुपर्छ? एउटा उदाहरण यस्तो छ। मानिसहरूमा छली स्वभाव हुन्छ, तिनीहरूले सधैँ झूट बोलिरहेका र छलिरहेका हुन्छन्। तैँले त्यो महसुस गरिस् भने, तेरो छलीपनलाई समाधान गर्ने अभ्यासको सबैभन्दा सरल र प्रत्यक्ष सिद्धान्त भनेको इमानदार व्यक्ति बन्‍नु, साँचो बोल्नु र इमानदार कार्यहरू गर्नु हो। प्रभु येशूले भन्नुभयो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” इमानदार व्यक्ति बन्‍नको लागि, व्यक्तिले परमेश्‍वरका वचनहरूका सिद्धान्तहरू पछ्याउनुपर्छ। यो सरल अभ्यास नै सबैभन्दा प्रभावकारी छ, यो बुझ्‍न र अभ्यास गर्न सजिलो छ। तैपनि, मानिसहरू गहन रूपमा भ्रष्ट भएकाले, तिनीहरू सबैमा शैतानी प्रकृति हुने हुनाले र तिनीहरू सबै शैतानी स्वभावअनुसार जिउने हुनाले, सत्यता अभ्यास गर्न तिनीहरूलाई निकै कठिन हुन्छ। तिनीहरू इमानदार हुन चाहन्छन्, तर सक्दैनन्। तिनीहरू झूट नबोली र चलाकी नगरी बस्‍न सक्दैनन्, र तिनीहरूले यो पहिचान गरेपछि पछुतो महसुस गर्ने भए पनि, तिनीहरू अझै आफ्‍नो भ्रष्ट स्वभावका बन्धनहरू त्याग्‍न सक्दैनन्, र तिनीहरू पहिलेजस्तै ढाँट्ने र छल्‍ने गरिरहन्छन्। यो समस्या कसरी समाधान गर्नुपर्छ? यसको एउटा पाटो आफ्‍नो भ्रष्ट स्वभावको सार कुरूप र घृणित छ भनेर जान्‍नु, अनि यसलाई हृदयदेखि घृणा गर्नु हो; अर्को पाटोचाहिँ आफूलाई सत्यता सिद्धान्तअनुसार अभ्यास गर्न तालिम दिनु हो, “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” जब तैँले यो सिद्धान्त अभ्यास गरिरहेको हुन्छस्, तब तँ आफ्‍नो छली स्वभाव समाधान गर्ने प्रक्रियामा हुन्छस्। स्वाभाविक रूपमै, आफ्‍नो छली स्वभाव समाधान गर्ने क्रममा यदि तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छस् भने, त्यो तैँले आफूलाई परिवर्तन गरिरहेको छस् भन्‍ने कुराको प्रकटीकरण र तेरो साँचो पश्‍चात्तापको सुरुवात हो, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ। यसको अर्थ जब तैँले आफूलाई परिवर्तन गर्छस्, तब परमेश्‍वरले तेरो बारेमा आफ्‍नो सोच बदल्‍नुहुनेछ। वास्तवमा, परमेश्‍वरले यसो गर्नु मानिसको भ्रष्ट स्वभाव र विद्रोहीपनको निम्ति दिइने एउटा माफी हो। उहाँले मानिसहरूलाई क्षमा दिनुहुन्छ र तिनीहरूका पाप वा अपराधहरू सम्झनुहुन्‍न। के त्यो स्पष्ट छैन र? के तिमीहरूले यो कुरा बुझ्यौ? अर्को उदाहरण यस्तो छ। मानौँ, तँमा भ्रष्ट स्वभाव छ, र आफूमाथि जे आइपरे पनि, तँ स्वेच्‍छाचारी बन्छस्—तँ सधैँ अन्तिम निर्णय आफै गर्न, र अरूलाई तेरो आज्ञा मान्‍न, र तैँले चाहेको कामकुरा गर्न लगाउन चाहन्छस्। त्यसपछि एक दिन तँलाई यो कुरा अहङ्कारी स्वभावले गर्दा भएको हो भन्‍ने महसुस हुन्छ। तैँले यो अहङ्कारी स्वभाव हो भनी स्वीकार गर्नु नै आत्मज्ञानतर्फको पहिलो कदम हो। त्यहाँबाट, तैँले अहङ्कारी स्वभावबारे खुलासा गर्ने परमेश्‍वरको वचनका केही खण्डहरू खोजेर आफूलाई ती वचनहरूसँग तुलना गर्नुपर्छ, र चिन्तनमनन गर्दै आफूलाई चिन्‍नुपर्छ। यदि तैँले त्यो तुलना पूर्ण रूपमा सही छ, र परमेश्‍वरले खुलासा गर्नुभएको अहङ्कारी स्वभाव तँमा छ भनेर तैँले स्विकार्छस् अनि तेरो अहङ्कारी स्वभाव कहाँबाट आउँछ, र यो किन देखा पर्छ, अनि कुन शैतानी विष, विधर्म, र भ्रमहरूले गर्दा यो आएको हो भनेर देख्छस् र उजागर गर्छस् भने, तैँले यी सबै प्रश्‍नहरूको मुख्य कुरा पत्ता लगाएर तेरो अहङ्कारको जडसम्म पुगेको हुन्छस्। यही नै साँचो आत्मज्ञान हो। तैँले यो भ्रष्ट स्वभाव कसरी प्रकट गर्छस् भन्‍ने कुरालाई जति सटीक रूपमा परिभाषित गर्छस्, त्यति नै यसले तँलाई अझै गहन र व्यावहारिक ज्ञान दिनेछ। त्यसपछि तैँले के गर्नुपर्छ? तैँले परमेश्‍वरका वचनहरूमा सत्यता सिद्धान्तहरू खोज्‍नुपर्छ, र के-कस्ता मानव व्यवहार र बोलीवचन सामान्य मानवताका प्रकटीकरणहरू हुन् भनेर बुझ्‍नुपर्छ। तैँले अभ्यासको मार्ग भेट्टाएपछि, तैँले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ, र जब तेरो हृदय सुध्रिएको हुन्छ, तब तैँले साँच्‍चै नै पश्‍चात्ताप गरेको हुन्छस्। तेरो बोलीवचन र व्यवहारमा मात्रै सिद्धान्तहरू लागू भएका हुनेछैनन्, तैँले मानव स्वरूपमा जिइरहेको र क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभाव त्यागिरहेको पनि हुनेछस्। अरूले तँलाई नयाँ व्यक्तिको रूपमा देख्‍नेछन्। तँ पहिलेजस्तो पुरानो र भ्रष्ट व्यक्ति रहनेछैनस्, बरु परमेश्‍वरका वचनहरूद्वारा पुनर्जन्‍म पाएको व्यक्ति हुनेछस्। जीवन स्वभाव परिवर्तन भएको व्यक्ति नै त्यही हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

व्यक्तिले स्वभाव परिवर्तन पछ्याउन सुरुमा आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्नुपर्छ। आफूलाई साँचो रूपमा चिन्नुमा आफ्नो भ्रष्टताको सारलाई छर्लङ्गै देख्नु र राम्ररी विश्लेषण गर्नु, साथै भ्रष्ट स्वभावले ल्याउने विविध स्थितिलाई चिन्नु समावेश छन्। व्यक्तिले आफ्नै भ्रष्ट स्थिति र भ्रष्ट स्वभाव प्रस्ट रूपमा बुझेपछि मात्र आफ्नो देह र शैतानलाई घृणा गर्न सक्छ, र त्यसपछि मात्र त्यसले स्वभाव परिवर्तन गराउँछ। यदि उसले यी स्थितिहरू चिन्न सकेन, र तिनलाई आफूसँग जोड्न सकेन र मिलान गर्न सकेन भने, के उसको स्वभाव परिवर्तन हुन सक्छ र? सक्दैन। स्वभाव परिवर्तनका लागि व्यक्तिले आफ्नो भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थिति चिन्नु आवश्यक हुन्छ; ऊ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रणमा नरहने र सत्यता अभ्यास गर्ने अवस्थामा पुग्नैपर्छ—त्यसपछि मात्र उसको स्वभाव परिवर्तन सुरु हुन सक्छ। यदि उसले आफ्नो भ्रष्ट स्थितिको स्रोत चिन्न सक्दैन र आफूले बुझ्ने वचन र धर्मसिद्धान्तअनुसार मात्र आफूलाई सीमित पार्छ भने, उसमा केही असल व्यवहार भए पनि र ऊ बाहिरी रूपमा थोरै परिवर्तन भए पनि, त्यसलाई स्वभाव परिवर्तन मान्न सकिँदैन। त्यसलाई स्वभाव परिवर्तन मान्न नसकिने हुनाले, धेरैजसो मानिस आफ्नो कर्तव्य निर्वाहको क्रममा कस्तो भूमिका खेल्छन्? सेवाकर्ताको भूमिका खेल्छन्; तिनीहरू केवल प्रयत्न गर्छन् र आफूलाई काममा व्यस्त राख्छन्। तिनीहरूले पनि आफ्नो कर्तव्य निभाइरहेका भए पनि, बढीजसो ध्यान काम सकाउनमा मात्र लगाउँछन्, सत्यता खोज्दैनन् तर प्रयत्न मात्र गर्छन्। कहिलेकाहीँ, राम्रो मुडमा हुँदा तिनीहरूले थप प्रयत्न लगाउनेछन्, र कहिलेकाहीँ मुड खराब हुँदा तिनीहरू अलि सुस्ताउँछन्। तर पछि तिनीहरूले आफूलाई जाँच्नेछन् र पछुतो गर्नेछन्, त्यसैले तिनीहरूले फेरि थप प्रयत्न लगाउनेछन्, र यो पश्चात्ताप हो भनी विश्वास गर्छन्। वास्तवमा, यो साँचो परिवर्तन होइन, न यो साँचो पश्चात्ताप नै हो। साँचो पश्चात्ताप आफूलाई चिनेर सुरु हुन्छ; सुरुमा व्यवहार बद्लिन्छ। व्यक्तिको व्यवहार बद्लिसकेपछि, र उसले आफ्नो देहगत कुरा त्याग्न र सत्यता अभ्यास गर्न सकेपछि, अनि व्यवहारगत रूपमा उसको व्यवहार सिद्धान्तअनुरूप देखिएपछि, साँचो पश्चात्ताप गरिएको छ भन्ने अर्थ लाग्छ। त्यसपछि, उसले अलिअलि गर्दै सिद्धान्तअनुसार बोल्न र काम गर्न सक्छ अनि पूर्णतया सत्यता पालना गर्न सक्छ। यहीँबाट जीवन स्वभाव परिवर्तन हुन थाल्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यो चरणमा, अरूले तँलाई काटछाँट गर्छन्, र तेरो वातावरणले तँलाई त्यो सत्यता सिद्धान्तहरूअनुरूप काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यस्तो गर्न चाहन्‍नँ, म यो कुराप्रति थाकिसकेँ!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू केही परीक्षाहरूको अनुभव गरिसकेको अवस्थामा पुग्छन्, अनि केही जाँच र शोधन अनुभव गर्दै अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू सत्यताको अभ्यास गर्न हिचकिचाउँछन्। उदाहरणको रूपमा, इमानदारीपूर्वक एउटा कर्तव्य निर्वाह गर्ने कुरालाई लिऊँ: तँलाई आफ्नो कर्तव्यहरू निर्वाह गर्ने र परमेश्‍वरप्रति इमानदार हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर कहिले परमेश्‍वरप्रति इमानदार हुन सक्‍नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैंले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तँ गलत छस् र खराब काम गर्ने व्यक्ति तँ नै होस्, तैँले इमानदारीबिना कर्तव्य निर्वाह गर्नु स्वीकार्य छैन र तँ लापरवाह हुनु हुँदैन भन्‍ने थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैंले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैंले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू निर्वाह गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैंले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैंले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैंले बिस्तारै विश्‍वासको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्‍नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

यदि मानिसका भ्रष्ट स्वभावहरू समाधान गरिएनन् भने, तिनीहरू सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्दैनन्। यदि तिनीहरूलाई आफूमा कुन भ्रष्ट स्वभावहरू छन्, वा आफ्ना शैतानी प्रकृति सार के हो भन्‍ने थाहा छैन भने, के तिनीहरू आफू नै भ्रष्ट मानव भएको कुरा साँच्चिकै स्विकार्न सक्छन्? (सक्दैनन्।) यदि मानिसहरू आफू शैतानी भएको, आफू भ्रष्ट मानवजातिको सदस्य भएको कुरा साँच्चिकै स्विकार्न सक्दैनन् भने, के तिनीहरू साँच्चिकै पश्चाताप गर्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू साँच्चिकै पश्चाताप गर्न सक्दैनन् भने, के तिनीहरू प्रायः आफू त्यति खराब नभएको, आफू सम्मानित, उच्च ओहदाको भएको, आफूसँग हैसियत र गौरव भएको नसोच्लान्? के तिनीहरूसँग प्रायः यस्ता विचार र स्थितिहरू नहोलान्? (होलान्) त्यसोभए यी स्थितिहरू किन देखा पर्छन्? यसलाई एउटै वाक्यमा भन्न सकिन्छः यदि मानिसका भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, तिनीहरूका हृदयहरू सधैँ अशान्त हुन्छन्, र तिनीहरूलाई सामान्य स्थिति प्राप्त गर्न कठिन हुन्छ। अर्थात्, यदि कुनै पक्षमा तेरो भ्रष्ट स्वभाव समाधान गरिएन भने, तँलाई कुनै नकारात्मक स्थितिको प्रभावबाट मुक्त हुन, र उक्त नकारात्मक स्थितिबाट बाहिर निस्किन निकै गाह्रो हुन्छ, त्यस स्थितिमा तँलाई तेरो त्यो स्थिति ठिक, सही र सत्यताबमोजिम छ भन्‍ने पनि लाग्न सक्छ। तँ त्यसलाई पालना गर्नेछस् र त्यसैमा दृढ रहनेछस्, अनि स्वाभाविक रूपमा त्यसको जालमा पर्नेछस्, जसले गर्दा त्यसबाट बाहिर निस्किन निकै गाह्रो हुनेछ। त्यसपछि एक दिन, सत्यता बुझेपछि, तैँले थाहा पाउनेछस् कि यस प्रकारको स्थितिले तँलाई परमेश्‍वरलाई गलत बुझ्न र उहाँको प्रतिरोध गर्नतिर डोर्याउँछ, र तँलाई परमेश्‍वरको न्यायविपरीत डोर्याउँछ, यतिसम्म कि तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरामा शङ्का गर्छस्, परमेश्‍वरको कामलाई शङ्का गर्छस्, परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ भन्‍नेमा शङ्का गर्छस्, र परमेश्‍वर नै सम्पूर्ण सकारात्मक चीजहरूको वास्तविकता र स्रोत भएको कुरामा शङ्का गर्छस्। तैँले आफ्नो स्थिति अत्यन्तै खतरनाक रहेको देख्नेछस्। तँमा यी शैतानी दर्शन, विचार, र सिद्धान्तहरूबारे साँच्चिकै ज्ञान नभएकाले यो गम्भीर परिणाम आएको हो। यस समयमा मात्र तैँले शैतान कति अशुभ र दुर्भावपूर्ण छ भन्‍ने कुरा देख्न सक्नेछस्; शैतान मानिसलाई बहकाउन र भ्रष्ट तुल्याउन, र तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई घात गर्ने तुल्याउन सक्षम छ। यदि भ्रष्ट स्वभावहरू समाधान गरिएन भने, परिणामहरू गम्भीर हुन्छन्। यदि तँ यो ज्ञान, यो अनुभूति प्राप्त गर्न सक्षम छस् भने, त्यो पूर्ण रूपमा तैँले सत्यता बुझ्नुको, र परमेश्‍वरका वचनहरूले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुको परिणाम हो। सत्यता नबुझ्ने मानिसहरू शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, त्यसले मानिसलाई कसरी बहकाउँछ र परमेश्‍वरको प्रतिरोध गर्ने तुल्याउँछ भनी बुझ्न सक्दैनन्; यो परिणाम विशेष रूपमा खतरनाक हुन्छ। मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्दा, यदि तिनीहरू आत्म-चिन्तन गर्न, नकारात्मक कुराहरू खुट्ट्याउन, वा शैतानी दर्शनहरू खुट्ट्याउन जान्दैनन् भने, तिनीहरूसँग शैतानको बहकाउ र भ्रष्टताबाट मुक्त हुने मार्ग कदापि हुँदैन। परमेश्‍वर किन मानिसहरूले उहाँका अझ बढी वचनहरू पढून् भन्ने माग गर्नुहुन्छ? मानिसहरूले सत्यता बुझून्, आफूलाई चिनून्, तिनीहरूका भ्रष्ट स्थितिहरू केले उत्पन्न गराउँछ भनी प्रष्ट देखून्, र बोल्ने, व्यवहार गर्ने, र मामिलाहरू सम्हाल्ने तिनीहरूका विचार, दृष्टिकोण, र विधिहरू कहाँबाट आउँछन् भन्‍ने कुरा देखून् भन्नाका लागि। जब तैँले बोक्ने यी दृष्टिकोणहरू सत्यताबमोजिम छैनन्, ती परमेश्‍वरले भन्नुभएका सबै कुराको विपरीत छन्, र ती उहाँले चाहनुहुने कुराहरू होइनन् भनी तैँले थाहा पाउँछस्; जब परमेश्‍वरले तँबाट मागहरू गर्नुहुन्छ, जब परमेश्‍वरका वचनहरू तँमाथि आइपर्छन्, र जब तेरो स्थिति र मानसिकताले तँलाई परमेश्‍वरप्रति समर्पित हुन, उहाँले बन्दोवस्त गर्नुभएका परिस्थितिहरूप्रति समर्पित हुन, परमेश्‍वरको सामु स्वतन्त्र र स्वाधीन भएर जिउन र उहाँलाई सन्तुष्ट पार्न दिँदैन—यी सबै कुराले तँसँग भएको स्थिति गलत छ भन्ने प्रमाणित गर्छ। के तिमीहरू पहिले यस्तो परिस्थितिमा परेका छौः तँ आफूलाई सकारात्मक लाग्ने, आफूलाई सबैभन्दा उपयोगी लाग्ने कुराहरू अनुसार जिउँछस्; तर जब तँलाई अप्रत्याशित रूपमा परिस्थितिहरू आइपर्छन्, तँलाई सबैभन्दा सही लागेका कुराहरूको प्रायः सकारात्मक प्रभाव हुँदैन—त्यसको विपरीत, ती कुराहरूले तँलाई परमेश्‍वरप्रति शङ्का गर्ने तुल्याउँछन्, तँलाई मार्गविहीन छोड्छन्, तँलाई परमेश्‍वरबारे गलत बुझाउँछन्, र तँमा परमेश्‍वरको विरोध उत्पन्न गराउँछन्—के तैँले त्यस्ता समयहरू भोगेको छस्? (छु।) अवश्य नै, तैँले पक्कै पनि आफूलाई गलत लाग्ने कुराहरूको पालना गर्नेथिइनस्; तँ आफूलाई ठिक लाग्ने कुराहरूको मात्र पालना गरिरहन्छस् र त्यसमा दृढ रहिरहन्छस्, र सधैँ त्यस्तै स्थितिमा बाँचिरहन्छस्। जब एक दिन तँ सत्यता बुझ्छस्, त्यसपछि मात्र आफूले पालना गरिरहेका कुराहरू सकारात्मक छैनन् भन्‍ने कुरा तैँले थाहा पाउँछस्—ती पूरै गलत छन्, ती मानिसलाई राम्रा लाग्ने, तर सत्यता नभएका कुराहरू हुन्। तिमीहरूलाई आफूले पालना गर्ने कुराहरू गलत हुन् भनेर कतिको महसुस र थाहा हुन्छ? यदि तिमीहरूलाई प्रायजसो ती गलत हुन् भनेर थाहा हुन्छ, तर तिमीहरू चिन्तन गर्दैनौ, र तिमीहरूको हृदयमा प्रतिरोध हुन्छ, तिमीहरू सत्यता स्वीकार गर्न सक्षम हुँदैनौ, ती कुरालाई सही ढङ्गले सामना गर्न सक्षम हुँदैनौ, र तिमीहरू आफ्नो पक्षमा तर्कवितर्क गर्छौ भने—यदि यस प्रकारको गलत स्थितिलाई उल्ट्याइएन भने, त्यो एकदमै खतरनाक हुन्छ। सधैँ यस्ता कुराहरू पालना गर्नाले तँ सजिलै दुःखमा पर्छस्, सजिलै ठेस खान्छस् र असफल हुन्छस्, र त्यसका साथै, तँ सत्यता वास्तविकताभित्र प्रवेश गर्नेछैनस्। जब मानिसहरू आफ्ना पक्षमा बहस गर्छन्, त्यो विद्रोह हो; त्यसको मतलब तिनीहरूमा समझ छैन। तिनीहरूले ठूलो स्वरमा केही नभने पनि, यदि तिनीहरू त्यो कुरालाई मनमा राख्छन् भने, मूल समस्या समाधान गरिएको छैन। त्यसोभए तँ कस्ता समयमा परमेश्‍वरको विरोध नगर्न सक्षम हुन्छस्? यस सम्बन्धमा तैँले आफ्नो स्थितिलाई उल्ट्याई समस्याका जडहरू समाधान गर्नैपर्छ; तैँले राख्ने दृष्टिकोणमा ठ्याक्कै कहाँनेर गल्ती छ भन्‍ने कुरामा तँ प्रष्ट हुनैपर्छ; तैँले यसको छानबिन गर्नैपर्छ, र त्यसलाई समाधान गर्न सत्यता खोज्नैपर्छ। त्यसपछि मात्र तँ सही स्थितिमा जिउन सक्छस्। जब तँ सही स्थितिमा जिउँछस्, तँमा परमेश्‍वरबारे गलत बुझाइहरू हुनेछैन, र तैँले उहाँको विरोध गर्नेछैनस्, तँभित्र धारणा उत्पन्न हुनु त परको कुरा। यो समयमा, यससम्बन्धी तेरो विद्रोहीपन समाधान हुनेछ। जब त्यो समाधान हुन्छ, र तँलाई परमेश्‍वरको इच्छाबमोजिम कार्य गर्न आउँछ, के यसबेलाका तेरा कार्यहरू परमेश्‍वरसँग मिल्नेछैनन्? यदि यस मामिलामा तँ परमेश्‍वरसँग मिल्छस् भने, के तैँले गर्ने सबै कुरा उहाँको इच्छाबमोजिम हुनेछैन र? के परमेश्‍वरको इच्छाबमोजिमका कार्यविधी र अभ्यास सत्यताबमोजिम हुँदैनन् र? जब यस मामिलामा तँ अडिग उभिन्छस्, तँ सही स्थितिमा जिइरहेको हुन्छस्। जब तँ सही स्थितिमा जिउँछस्, तैँले प्रकट गर्ने र तैँले जिउने कुरा उपरान्त भ्रष्ट स्वभाव हुँदैन; तँ सामान्य मानवता जिउन सक्षम हुन्छस्, तँलाई सत्यतालाई व्यवहारमा लागू गर्न सजिलो हुन्छ, र तँ साँच्चिकै समर्पित हुन्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो

अघिल्लो: २३. परीक्षाको समयमा आफ्नो गवाहीमा कसरी दृढ रहने

अर्को: २५. सत्यता अभ्यास गर्नु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्