१०. परीक्षा र शोधन कसरी अनुभव गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरले मानिसको अवस्था र उहाँप्रति उसको मनोवृत्ति सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति समर्पित हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्‍वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग बुझ्‍न वा मनमा लिन सक्दैन, किनकि परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव बुझ्‍न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै मनमा लिन सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप वास्तविक काटछाँट गर्नुहुन्छ; तथ्यहरू र सत्यबीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नैबारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र उसलाई परमेश्‍वरका अभिप्रायहरूको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशय, पुराना दृष्टिकोण, परमेश्‍वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एकप्रकारको वास्तविक तालिम हो। शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ, उसमा परमेश्‍वरप्रतिलाई त्यति नै धेरै प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, उसमा परमेश्‍वरलाई त्यति नै कम प्रेम गर्ने हृदय हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले शोधन प्राप्त गर्दै गरेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएका धेरै ठूलो दुःख पाइरहेको ती मानिसहरूमा परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस् र तिनीहरू जसले काटछाँट गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले काटछाँट गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ। आखिरी दिनहरूमा व्यवस्थापनका निम्ति परमेश्‍वरको योजनाको छ हजार वर्ष समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ? उहाँले मानव जातिलाई जित्नुभएपछि, के उहाँको काम सकिनेछ? के यो त्यत्ति सरल हुन सक्छ? वास्तवमा नै मानिसहरू यो त्यस्तै सरल छ भनी कल्पना गर्छन्, तर परमेश्‍वरले जे गर्नुहुन्छ त्यो त्यत्ति साधारण हुँदैन। तैँले परमेश्‍वरको कामको जुनै भाग उल्लेख गर्न चाहे पनि ती सब मानिसका निम्ति बुझ्न नसकिने छ। यदि तैँले त्यो बुझ्न सक्थिस् भने, परमेश्‍वरको काम महत्त्व वा मूल्यविनाको हुनेथियो। परमेश्‍वरले गर्नुभएको काम बुझ्न नसकिने छ; यो तेरा विचारहरूभन्दा पूर्ण रूपमा विपरीत छ, अनि यो तेरा विचारहरूसँग अझ बढी अमिल्दो हुन्छ त्यत्ति नै बढी त्यसले परमेश्‍वरको काम अर्थपूर्ण छ भनी देखाउँछ; यदि यो तेरा विचारहरूसँग मिल्दो थियो भने त्यो अर्थहीन हुनेथियो। आज तँ परमेश्‍वरको काम कति अचम्मको छ भनी महसुस गर्छस्, अनि तँ यसलाई जति बढी अचम्मको महसुस गर्छस्, तँ जति बढी परमेश्‍वर बुझ्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्, परमेश्‍वरका कामहरू त्यति नै महान् छन् भनी देख्‍नेछस्। यदि उहाँले मानिसलाई जित्न केही सतही र लापरवाही काम गर्नुभयो र त्यसपछि केही पनि गर्नुभएन भने मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम बन्‍नेथियो। तैँले अहिले थोरै शोधन प्राप्त गरिरहेको भए पनि, त्यो जीवनमा तेरो वृद्धिका निम्ति ठूलो फाइदाको छ; यसैले तिमीहरू यस्ता कठिनाइहरूबाट भएर जानु अत्यावश्यक छ। आज, तैँले थोरै शोधन प्राप्त गर्दैछस्, तर पछिबाट तैँले साँच्चै परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, अनि अन्त्यमा तैँले भन्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” यी तेरा हृदयमा भएका वचनहरू हुनेछन्। केही समयसम्म परमेश्‍वरको शोधनको अनुभव गरिसकेपछि (सेवाकर्ताको जाँच र सजायको समय), केही मानिसहरूले आखिरीमा भने: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै कठिन छ!” तिनीहरूले प्रयोग गरेको “साँच्चै कठिन” भन्‍ने शब्दले परमेश्‍वरका कामहरू बुझ्न नसकिने छन्, अनि परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, साथै मानिसले उहाँको कामलाई मूल्यवान् ठानेर जोगाइराख्नुपर्छ भन्‍ने देखाउँछ। यदि, मैले धेरै काम गरिसकेपछि पनि तँमा अलिकति पनि ज्ञान थिएन भने के मेरो कामको अझै कुनै महत्त्व हुन सक्थ्यो? यसले तँलाई यसो भन्‍ने बनाउँछ: “परमेश्‍वरको सेवा गर्नु साँच्चै कठिन छ, परमेश्‍वरका कामहरू अति अचम्मका छन्, अनि परमेश्‍वर वास्तवमै अति बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि अनुभवको समयबाट भएर गएपछि, तँ त्यस्ता कुराहरू भन्न सक्छस् भने, तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्‍ने यसले प्रमाणित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै जाँचहरू लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै कुराहरू अशुद्ध छन्, र धेरै कुराहरू पाखण्डीपूर्ण छन्, र मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले उनीहरूको जाँच लिनुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस् भने, भविष्यमा आउने जाँचहरू तेरो लागि सिद्धता हुनेछ। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन असक्षम छस् भने, भविष्यका जाँचहरूले तँलाई परीक्षा गर्नेछन्, र तँ अनजानमै ढल्नेछस्, र उक्त क्षणमा तँ आफूलाई सहयोग गर्न असक्षम हुनेछस्, किनभने तँ परमेश्‍वरको कार्य सँगसँगै अगाडि बढ्न सक्नेछैनस् र तँमा वास्तविक कद निहित छैन। र त्यसैले, यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै विश्‍वास गर्न चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यको अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँका अभिप्रायलाई ख्याल गर्नुपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक जाँच हुन्छ, तैँले केही पीडा सहनु पर्ने हुनसक्छ र कुनै निश्‍चित विन्दुसम्म तँलाई दुःख महसुस हुनसक्छ, र कठोर शोक सहनु पर्ने हुनसक्छ, मानौं तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू समर्पणताको हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशीर्वाद पाउनेछस्, र तँ परमेश्‍वरबाट आशीर्वाद प्राप्त गर्ने व्यक्ति बन्‍नेछस् र उहाँको प्रतिज्ञा पाउनेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो जाँच हुनेछ, तँ आस्था वा प्रेमिलो हृदय विहीन हुनेछस्, र उक्त समयमा जाँचहरू नै परीक्षा बन्नेछन्, तँ शैतानको परीक्षा बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो जाँच आउँदा तँ दह्रिलो भएर खडा हुन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दह्रिलो भएर खडा हुन्छस् नै भन्‍ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरका अभिप्रायका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

यदि तँलाई परमेश्‍वरको स्वभाव थाहा छैन भने, तँ जाँचको दौरान अवश्य ढल्नेछस्, किनभने परमेश्‍वरले मानिसहरूलाई कसरी सिद्ध बनाउनुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध बनाउनुहुन्छ भन्‍ने विषयमा तँ अनभिज्ञ छस्, र जब परमेश्‍वरको जाँचहरू तँमाथि आउँछ र तिनीहरू तेरो अभिप्रायसँग मिल्दैनन्, तँ दह्रिलो भएर खडा हुन असक्षम हुन्छस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, र जब परमेश्‍वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई देखाइन्छ, यसले तेरो देहका लागि के लिएर आउँछ? जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई देखाइन्छ, उनीहरूको देहले अवश्य धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न, न तँ परमेश्‍वरलाई साँचो प्रेम समर्पित गर्न नै सक्षम हुनेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव देखाउनुहुनेछ। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै देखाउनुभएको छैन—तर आखिरी दिनहरूमा उहाँले यसलाई पूर्वनिश्चित गर्नुभएको र छान्नुभएको मानिसहरूको यो समूहका सामु खुलासा गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पार्दै, उहाँले उहाँको स्वभावलाई खुलासा गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा पूर्ण समूह बनाउनुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको साँचो प्रेम यस्तै छ। परमेश्‍वरको साँचो प्रेमको अनुभवका लागि मानिसहरूले अत्यन्तै पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। यसपछि मात्रै उनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र परमेश्‍वरलाई उनीहरूले आफ्‍नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्‍वरबाट सिद्ध हुने चाहना गर्छन् भने र यदि उनीहरूले उहाँको इच्छालाई पछ्याउने चाहना राख्छन् भने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिन्छन् भने, उनीहरूले मृत्युभन्दा पनि कठोर पीडा सहनका लागि उनीहरूको परिस्थितिबाट धेरै कष्ट र यातना भोग्नुपर्ने हुन्छ। अन्ततोगत्वा उनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई दिन बाध्य हुन्छन्। परमेश्‍वरलाई कसैले साँचो प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरा कठिनाइ र शोधनको समयमा खुलासा हुन्छ। परमेश्‍वरले मानिसहरूको प्रेमलाई शुद्ध बनाउनुहुन्छ, र यो कठिनाइ र शोधनबाट मात्रै हासिल गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ त बरु मर्छस् र आफ्नो योजनाहरू र चाहनाहरू त्याग्छस्, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, पीडादायी परीक्षाहरूको अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरको इच्छालाई विस्तारमा बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानुपरे पनि, सङ्क्षेपमा, परमेश्‍वरले मानवजातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको विश्‍वासले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्‍याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्‍ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यता पछ्याइरहन्छस् भने, यदि तँ साँच्चै परमेश्वरलाई प्रेम गर्छस् र उहाँलाई शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिराइमा पुगेर उहाँका अभिप्रायहरू खोज्छस् र उहाँका अभिप्रायहरूमा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुल्लमखुल्ला तेरो सामु देखाउनुभयो, तँ उहाँको पछि लागिस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि समस्याहरू आएका छन्—के अब तैँले परमेश्‍वरमा आशा गुमाइस्? यसैले, तैँले हरसमय जीवनको खोजी गर्नुपर्छ र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्नुपर्छ। यसैलाई वास्तविक विश्‍वास भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

… जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्धमा विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन बोल्नुहुन्न, तर आफैलाई लुकाउँदैहुनुहुन्छ र मानिसहरूसँग कुनै सीधा सम्पर्क गरिरहनुभएको छैन। बाहिरबाट हेर्दा, उहाँले कुनै काम गरिरहनुभएको जस्तो देखिँदैन, तर साँचो कुरा के हो भने, उहाँले अझै पनि मानिसभित्र काम गरिरहनुभएको छ। जीवन प्रवेशको खोजी गर्ने कुनै पनि व्यक्तिमा जीवनको खोजी गर्ने दर्शन हुन्छ र तिनीहरूले परमेश्‍वरको काम पूर्ण रूपमा नबुझे पनि कुनै शङ्का गर्दैनन्। तँलाई परमेश्‍वरले के गर्न चाहनुहुन्छ र उहाँले कुन काम सम्पन्न गर्न चाहनुहुन्छ भनी थाहा नभएको बेला परीक्षाहरू पार गर्दा, तँलाई यो थाहा हुनुपर्छ कि मानवजातिप्रतिको परमेश्‍वरका सोचहरू सधैँ असल हुन्छन्। यदि तैँले उहाँलाई साँचो हृदयले पछ्याइस् भने, उहाँले तँलाई कहिल्यै पनि छोड्नुहुनेछैन र अन्त्यमा निश्चय तँलाई सिद्ध बनाउनुहुनेछ र मानिसहरूलाई उचित गन्तव्यमा पुर्‍याउनुहुनेछ। वर्तमानमा परमेश्‍वरले मानिसहरूलाई जसरी जाँचिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कामको आधारमा उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई कुनै खास मोडमा डोऱ्याएर तिनीहरूलाई एकातिर फालिदिने र बेवास्ता गर्ने गर्नुहुनेछैन। किनकि परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्माले शोधन गर्ने काम गर्दैहुनुहुन्छ। उहाँले प्रत्येक व्यक्तिलाई शोधन गर्दैहुनुहुन्छ। मृत्युको परीक्षा र सजायको परीक्षाद्वारा बनेका कामका यी चरणहरूमा, शोधनको काम वचनहरूद्वारा अगाडि बढाइएको थियो। मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्‍ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् वा उहाँ नबोलिरहनुभएको नै होस्, उहाँको कामको एउटै चरण पनि मानवजातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्‍वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्‍ने तैँले विश्‍वास गर्नुपर्छ। उहाँले मानवजातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्‍नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले के विश्‍वास गर्नुपर्छ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्‍वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ। तेरो व्यावहारिक अनुभवमा, तैँले सबैभन्दा पहिले परमेश्‍वरको वचन कसरी खानु र पिउनुपर्छ त्यो जान्नुपर्छ; तँ के कुरामा प्रवेश गर्नुपर्छ र तेरा कमजोरीहरू के हुन् सो उहाँका वचनहरूमा भेट्टाउनुपर्छ, तेरो व्यावहारिक अनुभवमा प्रवेशको खोजी गर्नुपर्छ र अभ्यास गर्नुपर्ने परमेश्‍वरको वचनको खण्ड लिएर त्यसलाई अभ्यास गर्ने कोसिस गर्नुपर्छ। परमेश्‍वरको वचन खानु र पिउनु एउटा पक्ष हो। यसको अतिरिक्त, मण्डलीको जीवन कायमै राख्नुपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनुपर्दछ र तैँले आफ्नो हालको सम्पूर्ण अवस्था परमेश्‍वरमा सुम्पन सक्नुपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्दछ। परमेश्‍वरले जे गर्नुभए पनि, तैँले आफ्नो आत्मिक जीवनलाई विनाबाधा अगि बढाउनुपर्छ र आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कार्य यही नै हो। यो सबै पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कार्यको वर्तमान चरणमा, कतिपय मानिसहरूले के भन्छन् भने, परमेश्‍वरको काम धेरै महान् छ र मानिसहरूलाई पूर्ण रूपमा शोधनको आवश्यकता छ, अन्यथा तिनीहरूको कद धेरै सानो हुनेछ र तिनीहरूसित परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्ने कुनै उपाय हुनेछैन। तापनि, जसको अवस्था राम्रो छैन, तिनीहरूका लागि यो परमेश्‍वरको पछि नलाग्ने र भेलाहरूमा नजाने वा परमेश्‍वरका वचनहरू नखाने र नपिउने एउटा कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा जुनसुकै परिवर्तन लागू गर्नुभए पनि, मानिसहरूले सामान्य आत्मिक जीवनको आधार-रेखा कायम राख्नुपर्छ। सायद तँ तेरो आत्मिक जीवनको वर्तमान चरणमा शिथिल भएको छैनस् होला, तापनि तैँले अझै धेरै कुरा प्राप्त गरेको छैनस् र धेरै बाली काटेको छैनस्। यस्ता परिस्थितिहरूमा, कुनै प्रावधान पालन गरेझैँ, यदि तँ आफ्नो आत्मिक जीवनमै अडिग रहन्छस् भने पनि, तँ अझै पनि त्यो प्रावधानमा अडिग रहनुपर्छ; तैँले त्यो प्रावधन पालन गर्नैपर्छ, ताकि तैँले आफ्नो जीवनमा हानि भोग्नु नपरोस् र ताकि तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तैँले परमेश्‍वरको वर्तमान कामलाई बुझ्न सक्दैनस् र त्यसको साटो तँलाई सधैँ यो तेरा धारणाहरूसँग अमिल्दो छ भन्‍ने लाग्छ र तैँले उहाँलाई पछ्याउने इच्छा गरे पनि, तँसँग आन्तरिक उत्साहको अभाव हुन्छ। यसैले परमेश्‍वरले वर्तमानमा जे गरिरहनुभएको भए पनि मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि मानिसहरूले सहकार्य गर्दैनन् भने, पवित्र आत्माले आफ्‍नो काम गर्न सक्नुहुन्न र यदि मानिसहरूमा सहकार्य गर्ने हृदय छैन भने, तिनीहरूले पवित्र आत्माको काम मुश्‍किलले प्राप्त गर्न सक्दछन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम पाउन चाहन्छस् भने र यदि तँ परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरसामु आफ्नो सुरुको भक्ति कायम राख्नुपर्छ। अब, तँमा गहन बुझाइ, उच्च सिद्धान्त वा अरू त्यस्तै थोकहरू हुनु आवश्यक छैन—यति मात्र आवश्यक छ कि तैँले मूल आधारमा परमेश्‍वरको वचनलाई थाम्नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्दैनन् र गहन प्रवेशको खोजी गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूबाट ती सबै थोकहरू खोस्नुहुनेछ जुन सुरुमा तिनीहरूको थियो। भित्रपट्टि, मानिसहरू सधैँ सहजताको लोभ गर्छन् र पहिलेबाटै जे उपलब्ध छ त्यसमा रमाउँछन्। तिनीहरू कुनै पनि मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी मानवजातिले मनमा राख्‍ने अनावश्यक विचारहरू हुन्। कुनै मूल्य नचुकाई जीवन प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यस्तो सजिलो भएको छ? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्दछ र जीवन प्रवेशको खोजी गर्छ र आफ्नो स्वभाव बदल्‍न खोज्छ, त्यसका निम्ति उसले मूल्य चुकाउनुपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि सधैँ उहाँको पछि लाग्ने अवस्था प्राप्त गर्नुपर्छ। यो, मानिसहरूले गर्नैपर्ने कुरा हो। यदि तैँले यी सबै कुरालाई एक प्रावधानको रूपमा पालन गरिस् भने पनि, तैँले सधैँ यसलाई अनुसरण गर्नुपर्दछ र जति ठूलो परीक्षाहरू आए पनि, परमेश्‍वरसितको आफ्नो सामान्य सम्बन्धलाई त्याग्‍नुहुँदैन। तैँले प्रार्थना गर्न र तेरो मण्डलीको जीवनलाई कायम राख्‍न सक्‍नुपर्छ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै त्याग्नुहुँदैन। परमेश्‍वरले तँलाई जाँच्नुहुँदा पनि तैँले अझै सत्यतालाई खोज्नुपर्छ। यो आत्मिक जीवनको न्यूनतम मापदण्ड हो। सधैँ खोज्ने इच्छा राख्‍नु र सहकार्य गर्ने प्रयास गर्नु, तेरा सबै ऊर्जा प्रयोग गर्नु—के यो गर्न सकिन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

यो तीतो शोधनको समयमा नै मानिस सबैभन्दा सजिलोसँग शैतानको प्रभावमा पर्न सक्छ, त्यसैले त्यस्तो शोधनको अवधिमा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्‍नो हृदय परमेश्‍वरसामु राख्दै र तेरो अन्तिम समय उहाँमा समर्पण गर्दै आफ्‍नो इच्‍छालाई पुकार्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नका लागि सत्यताको अभ्यास गर्न सक्नुपर्दछ र परमेश्‍वरलाई खोज्ने र बातचित गर्ने काम तँ आफैले गर्नुपर्छ। यस्ता समयमा, तँ जति धेरै निष्क्रिय बन्छस्, त्यति नै धेरै नकारात्मक बन्नेछस् र त्यति नै सहजै पछि हट्नेछस्। तैँले राम्ररी काम नगरे पनि जब तैँले आफ्नो काम गर्नुपर्ने हुन्छ, तैँले आफूले गर्न सक्‍नेजति गर्छस्, र परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्न सक्छस्; अरूले जे भने पनि—तिनीहरूले तैँले राम्रो गरिस् वा नराम्रो गरिस् भनेर भने पनि—तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनकि तैँले परमेश्‍वरको खातिर काम गरिरहेको हुन्छस्। जब अरूले तँलाई गलत अर्थ लगाउँछन्, तैँले परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्न सक्छस्: “हे परमेश्‍वर! अरूले मलाई सहून् वा राम्रो व्यवहार गरून् भनी म भन्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा स्वीकार गरून् नै भन्छु। म केवल यति भन्छु, कि मैले आफ्नो हृदयमा तपाईंलाई प्रेम गर्न सकूँ, मैले मेरो हृदयमा आराम पाउन सकूँ, र मेरो अन्तस्करण शुद्ध होस्। म अरूले मेरो प्रशंसा गरून् वा मलाई उच्च सम्मान गरून् भनी भन्दिनँ; म केवल मेरो हृदयदेखि नै तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; म आफूले सक्दो गरेर आफ्नो भूमिका निर्वाह गर्छु, र म मूर्ख, अबुझ, कम क्षमताको र अन्धो भए पनि तपाईं प्रेमिलो हुनुहुन्छ भन्‍ने म जान्दछु, र म आफूसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न इच्छुक छु।” तैँले यस्तो प्रकारले प्रार्थना गर्नसाथ, परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय प्रेम देखा पर्दछ, र तैँले आफ्नो हृदयमा धेरै ढुक्क महसुस गर्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो। तैँले अनुभव गर्ने क्रममा, तँ दुई पटक असफल र एक पटक सफल हुनेछस्, वा पाँच पटक असफल र दुई पटक सफल हुनेछस्, र यसरी अनुभव गर्ने क्रममा तैँले असफलताबीच मात्र परमेश्‍वरको प्रेमिलोपनलाई देख्न सक्‍नेछस् र तँभित्र के कुराको कमी छ सो कुरा पत्ता लगाउन सक्छस्। जब तैँले अर्को पटक त्यस्ता परिस्थितिहरूको सामना गर्छस्, आफैलाई होसियार बनाउनुपर्छ, तेरा पाइलाहरूलाई धीमा बनाउनुपर्छ, र बारम्बार प्रार्थना गर्नुपर्छ। तैँले बिस्तारै यस्तो अवस्थामा विजय पाउने क्षमताको विकास गर्नेछस्। जब त्यस्तो हुन्छ, तेरा प्रार्थनाहरू प्रभावकारी भएका हुन्छन्। जब तँ यस पटक आफूलाई सफल भएको देख्छस्, तँ भित्री रूपमा खुसी हुनेछस्, र जब तैँले प्रार्थना गर्छस् तब परमेश्‍वरलाई महसुस गर्न सक्‍नेछस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोड्नुभएको हुनेछैन—तब मात्रै तैँले परमेश्‍वरले कसरी तँभित्र काम गर्नुहुन्छ सो जान्‍नेछस्। यसप्रकारको अभ्यासले तँलाई अनुभवको मार्ग दिनेछ। यदि तैँले सत्यता अभ्यास गरिनस् भने, तब तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर जब तैँले कुनै कुरालाई जस्ताको त्यस्तै सामना गर्दा सत्यता अभ्यास गरिस् भने, त्यसबेला त्यसले तँलाई भित्र चोट पुर्‍याए पनि, पछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैँले प्रार्थना गर्दा परमेश्‍वरको उपस्थितिलाई महसुस गर्न सक्नेछस्, तँसँग परमेश्‍वरका वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, र तेरा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी गर्दा, तेरो विवेकमा कुनै कुराको बोझ हुनेछैन र तैँले शान्ति महसुस गर्नेछस्, र यसरी तैँले आफूले गरेका कामहरूलाई प्रकाशमा ल्याउन सक्नेछस्। अरूले जेसुकै भने पनि, तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न सक्नेछस्, तँ अरूको करमा पर्नेछैनस्, सबै कुराभन्दा माथि उठ्नेछस्—र यसमा, तैँले गरेको परमेश्‍वरको वचनको अभ्यास प्रभावकारी भएको छ भनेर प्रदर्शन गर्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने काटछाँट सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र अन्तर्ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नुपर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ र परमेश्‍वरसामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्छ र अझ बढी उहाँसामु उहाँका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्टसित देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई अन्तर्ज्ञान दिनुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न दिनुहुन्छ, तैपनि तँअभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दा, अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ र उहाँका वचनहरूको स्वाद लिँदा, उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर तिनीहरू घर फर्कंदा अन्धकारमा डुब्छन्। केही मानिसहरू एकसाथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य निर्वाह गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरका अभिप्रायहरू वास्तवमा के हुन् भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस् र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुँदा, तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। उहाँले भेलाहरूमा बोल्नुहुँदा र प्रचार गर्नुहुँदा, तैँले उत्साहको साथ सुन्छस्, तर उहाँ तँसँग नबोल्नुहुँदा तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्तीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामबारे कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने, अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरका जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

सृष्टि गरिएका प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहको विरुद्धमा विद्रोह गर्नुपर्छ, देहको विरुद्धमा विद्रोह गर्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति अय्यूबकोमा भएको भन्दा धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ। आत्मविश्‍वासविना मानिसहरूले अनुभव प्राप्त गरिरहन सक्नेछैनन् न त तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन नै सक्छन्। ठूलो परीक्षाको दिन आउँदा, केही यहाँ, केही त्यहाँ मण्डलीहरू छोडेर जाने मानिसहरू हुनेछन्। पहिलेका दिनहरूमा खोजी गर्ने काममा धेरै राम्रो गर्नेहरू पनि केही हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोड्छन् त्यो स्पष्ट हुनेछैन। तैँले बुझ्न नसक्ने धेरै कुराहरू हुनेछन् र परमेश्‍वरले कुनै चिह्न वा आश्‍चर्यकर्म प्रकट गर्नुहुनेछैन, न त कुनै अलौकिक कार्य नै गर्नुहुनेछ। योचाहिँ तँ दह्रिलो गरी खडा हुन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो—मानिसहरूलाई शोधन गर्न परमेश्‍वरले तथ्यहरूको प्रयोग गर्नुहुन्छ। तैँले अझै त्यति धेरै कष्ट भोगेको छैनस्। भविष्यमा ठूला परीक्षाहरू आउँदा, कतिपय ठाउँका मण्डलीका प्रत्येक व्यक्ति छोडेर जानेछन् र तँसँग राम्रो सम्बन्ध हुने मानिसहरू जानेछन् र आफ्नो विश्‍वास त्याग्नेछन्। के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? अहिलेसम्म, तैँले सामना गरेका परीक्षाहरू सानातिना थिए र तैँले सायद मुस्किलले तिनको सामना गर्न सकेको छस्। यस चरणमा वचनहरूद्वारा मात्र शोधन गर्ने र सिद्ध पार्ने कार्य समावेश छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँकहाँ आउनेछन् अनि त्यसबेला तँ जोखिमको बीचमा हुनेछस्। यो साँच्चै गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गर्ने र जाने सल्लाह दिनुहुनेछ र धार्मिक मानिसहरूले तँलाई उनीहरूको साथमा जानका लागि लोभ्याउने कोसिस गर्नेछन्। योचाहिँ तँ त्यस मार्गमा अघि बढिरहन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो र यी सबै कुरा परीक्षा हुन्। वर्तमानका परीक्षाहरू सानातिना हुन्, तर त्यस्तो दिन आउनेछ जब केही घरका आमाबाबुले विश्‍वास गर्न छोड्नेछन् र कुनै घरमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तँ अगि बढिरहन सक्‍नेछस्? तँ जति अगाडि जान्छस्, परीक्षाहरू उति नै ठूला बन्‍नेछन्। परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्ने काम तिनीहरूका खाँचोहरू र कदअनुसार गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउनुहुने चरणमा, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव हुन्छ—त्यो कम मात्रै हुँदै जानेछ। यी शोधनहरूद्वारा मात्र मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। काटछाँट, अनुशासन, जाँच, सजाय, सराप—के तँ यी सबैको सामना गर्न सक्छस्? जब तँ कुनै मण्डलीलाई निश्‍चित रूपमा राम्रो स्थितिमा देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाको साथमा खोजी गरिरहेका हुन्छन्, त्यसबेला तँ उत्साहित हुन्छस्। जब तिनीहरू सबैले छोडेर जान्छन्, तिनीहरूमध्ये कतिले विश्‍वास गर्न छोडेका हुन्छन्, कोहीले व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् र कोही-कोही धर्ममा सामेल हुन्छन्; के त्यस बेला तँ दृढ रहन सक्‍नेछस्? के तँ भित्री रूपमा बाधा नपगी रहन सक्‍नेछस्? परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउने काम साधारण कुरा होइन! मानिसहरूलाई शोधन गर्न उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। मानिसहरूले यी कुराहरूलाई विधिको रूपमा हेर्छन्, तर परमेश्‍वरको मूल अभिप्रायमा यी विधिहरू पटक्कै होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एक निश्चित हदसम्म शोधन गरिसक्‍नुभएको हुन्छ र तिनीहरूमा कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम भनेको तँलाई सिद्ध पार्नु हो र जब उहाँले कुनै काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो तँलाई सिद्ध पार्ने उद्देश्यले गरिएको हुन्छ र निश्‍चित रूपमा, यसरी मानिसहरूमा परमेश्‍वरको निम्ति प्रेम छ कि छैन, उहाँमाथि तिनीहरूको वास्तविक भरोसा छ कि छैन सो देख्न सकिन्छ। परमेश्‍वर स्पष्टसँग बोल्नुहुँदा, तैँले खोजी गर्नु आवश्यक हुँदैन; उहाँले आफूलाई लुकाउनुभएको बेला मात्र तैँले खोजी गर्नु र तेरो आफ्नो बाटोमा अनिश्‍चितताको साथ अघि बढ्नु आवश्यक हुन्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्नुपर्छ र तेरो भविष्यको परिणाम र तेरो गन्तव्य जे भए पनि, तँ जीवित रहने वर्षहरूमा तैँले परमेश्‍वरप्रतिको ज्ञान र प्रेमको खोजी गर्न सक्‍नुपर्छ अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्ने कार्यबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूमा काम गर्ने एउटा सर्त छ। तिनीहरूले परमेश्‍वरका कामहरूको तृष्णा गर्नुपर्छ र खोजी गर्नुपर्छ र त्यसप्रति आधा मनको हुने वा शङ्कालु हुने गर्नुहुँदैन र तिनीहरूले हर समय आफ्नो कर्तव्यलाई सम्हाल्न सक्नुपर्छ; यस प्रकारले मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा मानवजातिबाट माग गरिएको कुरा भनेको ठूलो आत्मविश्‍वास र खोजी गर्नको लागि परमेश्‍वरको सामु आउने कार्य नै हो—अनुभवको आधारमा मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमयोग्य हुनुहुन्छ र पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस् भने, यदि तँ त्यसमा अघि बढ्दैनस् भने, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफ्ना अनुभवहरूमा अघि बढ्नुपर्छ र तेरा अनुभवहरूद्वारा मात्र तैँले परमेश्‍वरका कार्यहरूलाई देख्न सक्छस् र उहाँ आश्‍चर्यजनक र अथाह हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनको बीचमा, तिनीहरूले आफूमा धेरै कुराको कमी छ भन्‍ने कुरा देख्‍न सक्छन्। तेरो शोधन जति धेरै हुन्छ, तैँले त्यति नै बढी देहको विरुद्ध विद्रोह गर्न सक्छस्; मानिसहरूको शोधन जति ठूलो हुन्छ, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम त्यति नै महान् हुन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरू किन शोधनबाट गुज्रनुपर्छ? कस्तो प्रभाव पार्ने यसको लक्ष्य हुन्छ? परमेश्‍वरले मानिसमा गर्नुहुने शोधनको कामको महत्त्व के हो? यदि तँ साँच्चै परमेश्‍वरलाई खोज्छस् भने, केही हदसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई त्यो अति नै असल लाग्छ र अत्यन्तै आवश्यक छ भन्‍ने महसुस हुनेछ। शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने सङ्कल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरप्रतिको प्रेमलाई अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरसामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईं मेरो हृदय जान्नुहुन्छ, र तपाईंले आफ्नो प्रेम मभित्र झनै धेरै हालिदिनुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरलाई प्रेम प्रेम गर्ने आफ्नो हृदयलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ आफ्‍नो जीवन उहाँलाई समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी र प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वासमा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट तिनका सबै सम्पत्ति र सबै छोराछोरी खोसियो, तर त्यसको परिणामस्वरूप तिनी पछारिएनन् वा परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनी उहाँप्रति समर्पित हुन सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यही थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यही थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्‍नु परेको भए तापनि, तिनको गवाही फेरि पनि मानिसहरूलाई छक्‍क पार्न काफी थियो। तिनले फेरि एकपटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, दृढ विश्‍वास र परमेश्‍वरप्रतिको समर्पणको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एकपटक स्वीकार र समर्थन गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र समर्पणलाई परिवर्तन गर्न वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयलाई हटाउन सक्दैन भनी शैतानसामु घोषणा गरे; मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई वा आफ्नो सिद्धता र इमानदारितालाई त्याग्‍नेवाला थिएनन्। अय्यूबको दृढ सङ्कल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई काँतर र थुरथुर बनायो, उनले जुन तीव्रतासाथ शैतानविरुद्ध जीवनमृत्युको युद्ध लडे त्यसले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्‍न गरायो; तिनको सिद्धता र इमानदारिताले शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडिदियो र यहोवा परमेश्‍वरसामु अय्यूबविरुद्ध आफूले लगाएको आरोपलाई त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; तिनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, तिनले वास्तवमा आफ्नो सिद्धता र इमानदारितामा जिए, र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग बस्‍नेसम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र समर्पण र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, समर्पण र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए। तिनको धर्मी कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसै गरी, तिनको धर्मी कामले तिनलाई सिद्ध पनि बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेको भन्दा उच्‍च र सबैभन्दा अगाडि बनायो, र ती कुराहरूले तिनलाई शैतानले अबउप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति पनि बनायो। अय्यूब धर्मी भएका हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पार्‍यो; अय्यूब धर्मी भएका हुनाले नै, तिनलाई शैतानको हातमा सुम्पिइयो; अनि अय्यूब धर्मी भएका हुनाले नै, तिनले शैतानलाई जिते र हराए, र आफ्नो गवाहीमा दृढ रहे। त्यसउप्रान्त अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, र तिनी वास्तवमै परमेश्‍वरको सिंहासनको अगाडि आए, र शैतानको जासुसी वा विनाशविनाको अवस्थामा परमेश्‍वरको आशिष्‌मुनि ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो मानिस बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

शोधन गर्ने कार्यको मुख्य उद्देश्य भनेको मानिसहरूको विश्‍वास सिद्ध बनाउनु। अन्त्यमा, के हासिल हुन्छ भने, तँ छोड्न चाहन्छस् तर सक्दैनस्; केही मानिसहरूले आशाको एउटा सानो त्यान्द्रो हुँदा पनि विश्‍वास गर्न सक्छन्; अनि आफ्‍ना भविष्यका सम्भावनाहरूप्रति मानिसहरूसँग उप्रान्त कुनै आशा हुँदैन। यस्तो समयमा मात्र परमेश्‍वरले गर्नुहुने शोधन समाप्त हुन्छ। मानिस अझै पनि जीवन र मृत्युको बीचमा अडिरहने स्थितिमा पुगेको छैन, अनि तिनीहरूले मृत्युको स्वाद चाखेका छैनन्, यसैले शोधनको प्रक्रिया अझै समाप्त भएको छैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरू पनि पूरा शोधन भएका थिएनन्। अय्यूब चरम शोधनबाट भएर गए, अनि तिनीसँग तिनले भर पर्ने केही पनि थिएन। मानिसहरू शोधनमा त्यो हदसम्म पुग्नुपर्छ जब तिनीहरूमा कुनै आशा रहँदैन र भर पर्ने कुनै कुरा हुँदैन—यो मात्र साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्‍वरको सामु शान्त थियो भने, अनि उहाँले जे गर्नु भएको भए पनि र तेरो निम्ति उहाँका अभिप्रायहरू जे-जस्तो थियो भने पनि, तैँले सँधै उहाँको प्रबन्धप्रतिको समर्पणता गरेको छस् भने अन्त्यमा गएर तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू बुझ्‍नेछस्। तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा समर्पित बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अब परमेश्‍वर तँकहाँ प्रकट गर्नुहुन्न किनकि तँसँग अत्यन्तै धेरै आफ्नै धारणा, व्यक्तिगत पूर्वाग्रह, स्वार्थी विचार, व्यक्तिगत आवश्यकताहरू र शारीरिक चासोहरू छन् र तँ उहाँको अनुहार हेर्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई हेर्नु छ भने तैँले आफ्नै विचारहरूद्वारा उहाँलाई नाप्थिस् र त्यसो गरेर तँद्वारा उहाँ कीला ठोकिएर क्रूसमा टाँगिनुहुनेथियो। यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय प्रकट गर्छस् भने, त्यही नै साक्षीमा दृढ रहनु हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिलाई प्रेम गर्ने तेरो हृदय देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र बहकाइहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्यसको विरुद्धमा विद्रोह गर्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

परमेश्‍वरले गर्नुहुने शोधन जति ठूलो हुन्छ, मानिसहरूको हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्दछन्। तिनीहरूको हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्‍वरको सर्वोच्च प्रेम र उहाँको सर्वोच्च मुक्ति देख्न अझै सक्षम हुन्छन्। पत्रुसले सयौं पटक शोधनको अनुभव गरे, र अय्यूबले धेरै परीक्षा भोगे। यदि तिमीहरू पनि परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, सयौं पटक शोधनबाट गुज्रनुपर्छ; यदि तिमीहरू यो प्रक्रियाबाट गुज्रन्छौ र यस चरणमा भर पर्छौ भने मात्रै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्षम हुनेछौ र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ। शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम उत्पन्न गर्न सक्छ। दु:ख-कष्टविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट गुज्रेनन् भने तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौँतारिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरी र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमीकमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो विद्रोहीपन कति ठूलो रहेछ भनी बुझ्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; परीक्षाहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्।

पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी कठिनाइहरू भोगे। यही शोधन परमेश्‍वरप्रति तिनको सर्वोच्च प्रेमको जग र तिनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको सङ्कल्‍पकै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तैपनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रँदैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यसप्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र उहाँलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो मनमा परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा मात्र सोचे पनि, र तिनीहरूका विचारहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र कुनै मानवीय विचारविहीन देखिए पनि, ती विचारहरू परमेश्‍वरसामु ल्याइएपछि उहाँले त्यस्ता विचारहरूलाई प्रशंसा गर्नुहुन्न वा आशिष्‌ दिनुहुन्न। मानिसहरूले सबै सत्यता राम्ररी बुझेको अवस्थामा समेत—तिनीहरूले ती सबै थाहा पाएको अवस्थामा—त्यसलाई परमेश्‍वरलाई प्रेम गर्ने तथ्यको वास्तविकता छ भनेर भन्‍न सकिँदैन, यी मानिसहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्दछन् भन्न सकिँदैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरैवटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा त्यसको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यसबेला, जब तिनीहरूले फेरि प्रयास गर्छन्, तिनीहरू सत्यलाई उचित रूपमा र परमेश्‍वरका अभिप्रायहरू अनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस समयमा तिनीहरूका मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र तिनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यसबेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ। परमेश्‍वरप्रति प्रेमको सत्यताको प्रभाव मौखिक ज्ञान वा मानसिक तत्परताबाट प्राप्त हुन सक्दैन, न त यो त्यस सत्यतालाई बुझेर मात्र प्राप्त गर्न सकिन्छ। यसका लागि मानिसहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरू शोधनको अवधिमा धेरै तीतोपनबाट गुज्रिनुपर्छ, अनि तब मात्र तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुनेछ। मानिसले उहाँलाई प्रेम गरोस् भनी उहाँले राख्नुभएको सर्तमा, मानिसले उसको जोश वा आफ्नै इच्छाको प्रयोग गरेर उहाँलाई प्रेम गरोस् भन्‍ने उहाँ चाहनुहुन्न; उहाँको सेवा गर्नको लागि इमानदारीता र सत्यताको प्रयोग गरेर मात्र मानिसले उहाँलाई साँचो प्रेम गर्न सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैँले सिक्नुपर्ने कुराहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देखाउनुभएको छ त्यो मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्‍ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको सार बुझ्‍ने बारेमा त कुरै नगरौँ। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र उसँग केही पनि छैन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैँले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैँले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैँले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यदि यस बेला तैँले साँच्चै परमेश्‍वरमा भरोसा राखिस् भने तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, तँ ढुक्‍क हुनेछस्, र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्नेछस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, जसले गहिराइमा परमेश्‍वरको तृष्णा गर्छ र उहाँला सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्‍ने कुरा तँमा कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय कस्तो छ भनी प्रकट गर्दछ। परमेश्‍वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्‍ने कुरा परमेश्‍वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्‍वरको काम र उहाँका अभिप्रायहरू स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्‍वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्‍वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैँले यो सबै समय परमेश्‍वरमा विश्‍वास गरेको छस्, र आज परमेश्‍वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्‍वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्‍वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्‍वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्‍वरद्वारा प्रबन्ध गरिएका सबै दुःखको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

सम्बन्धित चलचित्र उद्धरणहरू

आफ्‍नी छोरीलाई क्यान्‍सर लागेको छ भन्‍ने थाहा पाएपछि

सम्बन्धित अनुभवात्मक गवाहीहरू

महामारीको बेला बिरामी भएपछिका मननहरू

सम्बन्धित भजनहरू

जाँचहरूले विश्‍वास माग गर्छन्

परमेश्‍वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ

कष्ट र जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्छौ

अघिल्लो: ७. भ्रष्ट मानवको प्रकृति सार कसरी चिन्ने

अर्को: १२. व्यक्तिले कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्