ग. परमेश्‍वरले आखिरी दिनहरूमा शैतानको क्षेत्रको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

जब परमेश्वरका मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छ र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो, परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका राष्ट्र उच्च ज्वार नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन् भन्ने कुरा स्पष्ट छ: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नका निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण परमेश्वरका मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। परमेश्वरका मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छाप मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ अर्थात् जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

जब न्यायको युग चरम सीमामा पुग्दछ, म आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउन हतार गर्नेछैनँ, तर यसमा सजायको युगको प्रमाण समावेश गर्नेछु र यो प्रमाण मेरा सबै मानिसलाई देखाउनेछु; यसमा धेरै फल फलाइनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिने माध्यम हुनेछ, र म मेरा मानिसलाई यो उनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो। … आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अघि बढ्दछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरा अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरू कहिल्यै मेरा अभिप्रायविरुद्ध गएका छैनन् वा आफ्नो सारलाई बदलेका छैनन्। फलस्वरूप, पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिसलाई सधैँ परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्‍ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्‍ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १८

पुरानो संसार अस्तित्वमा रहुन्जेल, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरा अभिप्रायविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती तारा लिनेछु र तिनलाई फेरि बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी आचरणमा राखेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असङ्ख्य मानिसहरू र असङ्ख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र पृथ्वीमा म आफ्‍नै आवाज व्यक्त गर्नेछु र मानवजातिले आफ्नै आँखाले देख्ने गरी सारा मानवजातिका लागि मेरो महान् काम पूरा भएको घोषणा गर्नेछु।

मेरो आवाज तीव्रताको साथ गहिरो हुँदै जाँदा, म ब्रह्माण्डको अवस्थालाई पनि अवलोकन गर्छु। मेरा वचनहरूद्वारा, सृष्टिका यावत् थोकहरू सबैलाई नवीन तुल्याइन्छ। पृथ्वीजस्तै स्वर्ग पनि परिवर्तन हुन्छ। मानवजातिलाई यसको मूल स्वरूपमा प्रकट गरिन्छ र बिस्तारै हरेक व्यक्तिलाई उसको प्रकारअनुसार अलग गरिन्छ, र थाहै नपाई तिनीहरू आफ्‍नो परिवारको काखमा फर्कन्छन्। यसले मलाई अत्यन्तै खुसी तुल्याउनेछ। म बाधाबाट मुक्त छु र थाहै नभई मेरो महान् कार्य पूरा हुन्छ, र सृष्टिका यावत् थोकहरू सबै रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले सबै कुराहरूलाई तिनीहरूको प्रकारअनुसार सँगसँगै राख्दै ती सबैलाई तिनीहरूकै प्रकारअनुसार आकार दिएँ। मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिँदै गर्दा, म सृष्टिको पहिलेको स्थितिलाई पुर्नस्थापित गर्नेछु; म हरेक कुरालाई उल्‍लेखनीय रूपमा परिवर्तन गर्दै, सबै कुरालाई तिनीहरूको पहिलेकै रूपमा पुनर्स्थापित गर्छु, ताकि सबै कुरा मेरो योजनाको सामिप्यमा फर्किन सकून्। समय आइपुगिसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, अशुद्ध पुरानो संसार! तँ निश्‍चय नै मेरा वचनहरूमुनि खस्‍नेछस्! तँलाई मेरो योजनाले अवश्य नै शून्यतामा झार्नेछ! ए, सृष्टिका यावत् थोकहरू! मेरा वचनहरूभित्र तिमीहरूले नयाँ जीवन प्राप्त गर्नेछौ—तिमीहरूले आफ्‍ना सार्वभौमलाई पाउनेछौ! ए शुद्ध र निष्खोट नयाँ संसार! तँ अवश्य नै मेरो महिमाभित्र पुनर्जीवित हुनेछस्! ए सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! सृष्टिको माझबाट, म सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीमा, मानवजातिले नयाँ जीवनको सुरुवात गरेको छ र नयाँ आशा पाएको छ। ए मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिभित्रको जीवनमा फर्किआउन सक्दैनौ र? मेरो अगुवाइमा तिमीहरू कसरी खुशीले उफ्रन सक्दैनौ र? भूमिहरू हर्षोल्लास गर्दै चिच्याइरहेका छन्, समुद्र र खोलाहरू प्रफुल्लित हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मैले पूर्वनिर्धारण गरेको कारण तँ किन गर्व गर्न सक्दैनस् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल अब रहेन, र आजको इस्राएल संसारमा ठाडो हुँदै र उच्‍च हुँदै खडा भएको छ, र सारा मानवजातिको हृदय-हृदयमा खडा भएको छ। आजको इस्राएलले अवश्य नै मेरा मानिसहरूमार्फत अस्तित्वको स्रोत प्राप्त गर्नेछ! हे घृणास्पद मिश्र! अवश्य नै तँ मेरो विरुद्ध स्थिर रूपमा खडा हुँदैनस्? कसरी तैँले मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्छस्? तँ मेरो सजायभित्र कसरी अस्तित्वमा नरहन सक्छस्? मैले प्रेम गर्ने सबै जना अवश्य नै अनन्तसम्‍म जिउनेछन्, र मेरो विरुद्ध खडा हुने सबै जनालाई म अवश्य नै अनन्तसम्‍म सजाय दिनेछु। किनभने म डाही परमेश्‍वर हुँ र म मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराको निम्ति हल्कासँग छाड्नेछैन। म सारा पृथ्वीलाई रेखदेख गर्नेछु र संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, असंख्य मानवजातिमाझ आफैलाई प्रकट गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६

मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानवजाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानवजाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतानमाथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको सत्ताबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो विरोध गर्छौ, र मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तापनि, तिमीहरूका हृदयको गहिराइमा भएको कठोरताले मेरो क्रोध बटुल्दैछ, तिमीहरूको शरीरमा अझ धेरै कष्ट ल्याउँछ, तिमीहरूका पापको निम्ति अझ धेरै दण्ड ल्याउँछ, अनि तिमीहरूको अधार्मिकतामाथि अझ धेरै क्रोध ल्याउँछ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो क्रोधको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधार्मिकता उम्कन सक्छ? कसका पापहरू म, सर्वशक्तिमान्‌को हातबाट उम्कन सक्छ? कसको अनाज्ञाकारीता म, सर्वशक्तिमान्‌को न्यायबाट उम्‍कन सक्छ? म, यहोवा, यी कुराहरू तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका वचनहरूभन्दा उच्‍च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा कठोर छौ। मैले शान्तिसाथ मेरो काम रहिरहँदा के तिमीहरूले मेरो क्रोध थुपार्दैनौं र? म, सर्वशक्तिमान्‌को दिनमा तिमीहरू हानिबाट कसरी उम्कन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

सम्बन्धित भजनहरू

परमेश्‍वरका मानिसहरू वृद्धि हुँदै जाँदा ठूलो रातो अजिङ्गर ढल्छ

अघिल्लो: ख. भ्रष्ट मानवजातिले शक्ति हातमा लिँदा मानिसहरूमा आइपर्ने हानि र दुष्परिणामहरू

अर्को: घ. किन परमेश्‍वरले उहाँको प्रतिरोध गर्न दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्