च. ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

बाइबलमा परमेश्‍वरका वचनहरू

“म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्‍ना १४:६)

“मैले तिमीहरूलाई भनेका वचनहरू, ती आत्मा हुन्, र ती जीवन हुन्” (यूहन्‍ना ६:६३)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यताको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको बाटो खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र वचनहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसमा हजारौँ वर्षदेखि टाँसिएका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने वचनहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका वचनहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

परमेश्‍वर स्‍वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्‍नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले वचन, धर्मसिद्धान्त, र सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको प्रबन्ध प्राप्त गर्न सक्‍दैनस् भने, अवश्य नै सत्यता पाउनेछैनस्, र त्यसैले कल्‍पना र धारणा बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्‍दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरू वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूको माझमा बसेर परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्यता, जीवन, परमेश्‍वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्‍ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ। राज्यको युगभरि नै, परमेश्‍वरले आफ्नो काम गर्न, र आफ्नो कामका नतिजाहरू प्राप्त गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँले अचम्‍मका कामहरू गर्नुहुन्न वा आश्‍चर्यकर्महरू प्रस्तुत गर्नुहुन्न, तर वचनहरूद्वारा केवल आफ्नो काम गर्नुहुन्छ। यी वचनहरूको कारणले, मानिसलाई पालनपोषण गरिन्छ र जुटाइन्छ, अनि उसले ज्ञान र सच्चा अनुभव प्राप्त गर्छ। वचनको युगमा, मानिस असाधारण रूपमा आशिषित भएको छ। उसले कुनै शारीरिक पीडा भोग्दैन, र केवल परमेश्‍वरका वचनहरूको प्रचुर आपूर्तिमा रमाउँछ। अन्धाधुन्ध तरिकाले खोज्ने वा अन्धाधुन्ध तरिकाले यात्रा गर्ने आवश्यकता नै नपरी, उसका सहजताका बीचबाट, उसले परमेश्‍वरको स्वरूप देख्छ, आफ्नै मुखबाट उहाँ बोलेको सुन्छ, उहाँले जे दिनुहुन्छ त्यो लिन्छ, र उहाँले व्यक्तिगत रूपमा नै आफ्‍नो काम गरिरहनुभएको देख्छ। युगौं अघिका मानिसहरू यी चीजहरूमा रमाउन पाएका थिएनन्, र तिनीहरूले कहिल्यै पाउन नसकेका आशिष्‌हरू यीनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरको बारेमा सोच्नु र परमेश्‍वरको तिर्सना गर्नुले तँ परमेश्‍वरद्वारा जितिएको छस् भन्‍ने प्रमाणित गर्दैन; यो तैँले उहाँ देह बन्‍नुभएका वचन हुनुहुन्छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, वचन देहधारी हुनुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, र परमेश्‍वरका आत्मा वचन बन्‍नुभएको छ भन्‍ने कुरामा विश्‍वास गर्छस् कि गर्दैनस्, र वचन देहमा देखा पर्नुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। मुख्य गवाही यही हो। तैँले कसरी पछ्याउँछस् त्यो महत्त्वपूर्ण छैन, न त तैँले आफैलाई कसरी समर्पित गर्छस् भन्‍ने नै महत्त्वपूर्ण हुन्छ; महत्त्वपूर्ण कुरा भनेको यस सामान्य मानवताबाट तैँले वचन देह बन्‍नुभएको छ र सत्यका आत्मा देहमा प्रकट हुनुभएको छ—सत्य, बाटो र जीवन सबै देहमा आएका छन्, परमेश्‍वरका आत्मा साँच्‍चै पृथ्वीमा आउनुभएको छ र आत्मा देहमा आउनुभएको छ भन्‍ने कुरालाई पत्ता लगाउन सक्छस् कि सक्दैनस् भन्‍ने हो। बाहिरबाट हेर्दा, यो पवित्र आत्माद्वारा हुने गर्भधारणभन्दा फरक देखिने भए पनि, यस काममा तैँले आत्मा पहिले नै देह बन्‍नुभएको छ, अझ भन्‍ने हो भने, वचन देहधारी बन्‍नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तैँले यी वचनहरूको सही अर्थ बुझ्न सक्छस्: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो।” यसबाहेक, तैँले आजको वचन परमेश्‍वर हुनुहुन्छ भन्‍ने बुझ्‍नुपर्छ, र वचन देहधारी बन्‍नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। तैँले दिन सक्‍ने सर्वोत्तम गवाही यही हो। परमेश्‍वर देहधारी बन्‍नुभएको छ भन्‍नेबारेमा तँसँग सही ज्ञान छ भन्‍ने यसैले प्रमाणित गर्दछ—तैँले उहाँलाई चिन्‍न सक्‍ने मात्र नभई, आज तँ हिँडिरहेको बाटो जीवनको बाटो हो र सत्यको बाटो हो भनेर पनि जान्दछस्। येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्‍ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्‍ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्‍नुहुन्छ” भन्‍ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो” भन्‍ने वाक्यांशमा अझ गहिरो अर्थ थप्छ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्‍ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ। भन्‍नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू हेर्न—उहाँका सबै वचनहरू सुन्‍न लगाउनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, बरु तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्‍ने कुरा हो। यो तैँले धारण गर्नुपर्ने र सबैले जान्‍नुपर्ने गवाही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू स्विकार्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्नेहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूको कारण मुक्ति प्राप्त गर्न नसक्‍नेहरू ती मानिसहरू हुन् जो मेरा वचनहरूद्वारा दोषी ठहरिएका छन्, र अझ भन्‍ने हो भने, ती मानिसहरूले मेरो मुक्ति गुमाएका छन्, र मेरो छडी तिनीहरूबाट कहिल्यै हट्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई देख्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरका अभिप्राय र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता बुझ्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

… यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसप्रति समर्पण गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्‍वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमन कसैले ख्याल गर्दैन, कसैले उहाँको आगमनलाई स्वागत गर्दैन, अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिलेको जस्तै चल्छ, उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीको रूपमा, अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ। उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्; र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले ख्याल गरेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्‍वासी बाहेक केही पनि हुनुहुन्न। उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचारहरू उहाँका सामु खुला छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँका कार्यको बारेमा कुनै कुरा कल्पना गर्दैन, र, यसका अतिरिक्त, उहाँको पहिचानको बारेमा कसैसँग अलिकता पनि शङ्का छैन। उहाँको हामीसँग कुनै पनि सम्बन्ध नभए झैँ गरी हामीले गर्ने भनेको हाम्रा खोजहरूलाई जारी राख्नु हो …

पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्‍वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्‍वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्‍म ती पवित्र आत्माबाट आउँछन् तबसम्‍म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्‍वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्‍वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्‍वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्‍वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्‍वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्‍न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्‍त रूपमा लुक्न सम्भव हुनसक्छ?

तथापि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ। उहाँले हामीलाई कुनै व्याख्या दिनुभएको छैन, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै भएको छ, तर उहाँले गर्न चाहनुभएको काम सुविचारित कदमहरू र उहाँको योजनाअनुसार गर्नुहुन्छ। उहाँका वचनहरू र वाणीहरू झन्-झन् धेरै हुन्छन्। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने, हप्काउने र अनुशासनमा राख्‍नेदेखि नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ। उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई प्रहार गर्छ; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भन्‍ने कुरा जान्नै नसकिने हुन्छ। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्‍वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ तर उहाँ के गर्न चाहनुहुन्छ भनी हामी अचम्ममा पर्न थाल्छौं। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिको बारेमा … हामीले हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौं। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्‍वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्‍वास गर्दैनौं। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्‍नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्‍वरका रूपमा यस साधारण मानवलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौं, अनि उहाँद्वारा नै हामी परमेश्‍वरसँग आमने-सामने बस्छौं। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहको निम्ति मात्र हामी धन्यवादी छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौं जसमा ईश्‍वरीयता छ। अझै पनि, मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भए झैँ गरी, मानिसको बालकपन र अज्ञानतालाई अनन्त रूपमा क्षमा गर्ने र उहाँप्रति मानिसको अनादरकारी मनोवृत्तिप्रति सदासर्वदा सहिष्णु हुनुहुने झैँ गरी पहिलाको जस्तै, उहाँले आफ्नो काम नम्रतासाथ शरीरमा लुकेर गर्नुहुन्छ।

यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एक कदमदेखि अर्कोमा अगुवाइ गर्नुभएको छ भन्‍ने हामीलाई जानकारी नहोला। हामी असंख्य परीक्षाहरू भएर जान्छौं, असंख्य ताडनाहरू भोग्छौं, र मृत्युद्वारा जाँच गरिन्छौं। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे सिक्छौं, उहाँको प्रेम र कृपामा आनन्द मनाउँछौं, परमेश्‍वरको महान् शक्ति र बुद्धिको सराहना गर्छौं, परमेश्‍वरको प्रेमिलोपन साक्षी हुन्छौं, र मानवलाई मुक्ति दिने परमेश्‍वरको उत्कट अभिप्रायलाई हेर्छौं। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरका स्वभाव र सारलाई जान्न, परमेश्‍वरका अभिप्राय बुझ्न, मानवको प्रकृति सारलाई जान्न, र मुक्ति र सिद्धताको बाटोलाई देख्न पाउँछौं। उहाँका वचनहरूले हामीलाई “मर्न” लगाउँछन्, र तिनीहरूले हामीलाई “नयाँगरी जन्मन” लगाउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तापनि हामीलाई दोषले चकनाचूर र ऋणी भएको आभास दिएर छोड्छन्; उहाँका वचनहरूले हामीमा आनन्द र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा काटिन लगिएका थुमाहरूजस्तै हुन्छौं; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौं, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौं। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौं, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौं। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा भुसुना हौँ, अनि हामी हराएका थुमाहरू हौँ, उहाँ हामीलाई भेट्टाउन दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँले हामीलाई तिरस्कार गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई प्रोत्साहित गर्नुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, हाम्रा बारेमा फिक्री गर्न उहाँ कहिल्यै रोकिनुहुन्न, र हाम्रो सुरक्षा गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ, रात र दिन, हाम्रो पक्षलाई कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र मासुले बनेको साधारण शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई हेरेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्‍वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन र उहाँको हृदयमा आवाज दिएर परमेश्‍वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्, र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूद्वारा खिँचिन थाल्छौं, हामी उहाँका बोलाइको सुर र तरिकामा ध्यान केन्द्रित गर्न सुरु गर्छौं, र यस अतुलनीय व्यक्तिका भित्री भावनाहरूमा अवचेतन रूपमा हामी चासो दिन सुरु गर्छौं। हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ, हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु, हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन, नत कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ, र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा विचारहरू जान्दैन, वा हाम्रा प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा बुझ्दैन, वा मानवजातिको विद्रोह र भ्रष्टता न्याय गर्दैन, वा हामीसँग बोल्दैन र स्वर्गका परमेश्‍वरका पक्षमा यसरी हामीमा काम गर्दैन र बोल्दैन। उहाँले बाहेक अरू कोहीले पनि अख्तियार, बुद्धि, र परमेश्‍वरको गरिमा दिँदैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्‍ने कुरालाई तिनीहरूका पूर्णतामा ल्याइन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र हामीलाई ज्योतिमा ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले प्रकट नगर्नुभएको रहस्यलाई उहाँ बाहेक अरू कसैले प्रकट गर्न सक्दैन। उहाँ बाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रो आफ्नै भ्रष्ट स्वभावबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले परमेश्‍वरको भित्री हृदय, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिमाथि परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड सुरु गर्नुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले अस्पष्टतामा लैजाने जीवनलाई अन्त्य गरी हामीमा आशा ल्याउनुभएको छ, र मुक्तिमा लैजाने मार्ग पूर्ण स्पष्टतामा हेर्न हाम्रो सम्पूर्ण अस्तित्वलाई सक्षम बनाउनुभयो। उहाँले हाम्रो सम्पूर्ण अस्तित्वलाई जित्नुभएको छ र हाम्रा हृदयहरूलाई प्राप्त गर्नुभएको छ। त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए, र हाम्रा आत्मा पुनर्जीवित भए: यी साधारण, नगण्य व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ, बिउँझिँदा वा सपनामा हुँदा, र जसको हामी रात दिन तृष्णा गर्छौं? यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

सम्बन्धित चलचित्र उद्धरणहरू

ख्रीष्‍ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ भनेर कसरी जान्‍ने

सम्बन्धित भजनहरू

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य

परमेश्‍वरको आगमन कसैले देख्दैन

आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

अघिल्लो: ङ. परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

अर्को: छ. आखिरी दिनहरूमा देखा पर्न र काम गर्न परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्