५. कसरी आफूलाई चिन्ने र आफ्ना भ्रष्ट स्वभावहरू हटाउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्‍त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण नै र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्‍ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्‍वर के हुनुहुन्छ, वा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्‍ट हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानिसहरूलाई आफैलाई चिन्ने तुल्याउन परमेश्‍वरले विविध युक्तिहरू प्रयोग गर्नुहुन्छ। मानिसहरूले आफ्नो भ्रष्टता खुलासा गरून् र आफूलाई अनुभवमार्फत बिस्तारै चिनून् भनेर परमेश्‍वरले विविध वातावरणहरू तयार गर्नुभएको छ। चाहे त्यो परमेश्‍वरका वचनहरूको प्रकाश होस् वा चाहे उहाँको न्याय र सजाय होस्, के तिमीहरू परमेश्‍वरले काम गर्नुको अन्तिम उद्देश्य बुझ्छौ? परमेश्‍वरले यसरी उहाँको काम गर्नुको अन्तिम उद्देश्य उहाँको काम अनुभव गर्ने हरेक व्यक्तिलाई मानव के हो भनी जान्न दिनु हो। अनि यो “मानव के हो” भन्नेमा के-के पर्छन्? यसमा मान्छेलाई उसको पहिचान र हैसियत, उसको कर्तव्य र जिम्मेवारी थाहा दिने कुराहरू पर्छन्। यसको अर्थ तँलाई मानव हुनुको अर्थ थाहा दिनु, र तँ को होस् भनी बुझ्न दिनु हो। मानिसहरूलाई आफैलाई चिन्न लगाउनुको परमेश्‍वरको अन्तिम लक्ष्य यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

व्यक्तिले स्वभाव परिवर्तन पछ्याउन सुरुमा आफ्नो भ्रष्ट स्वभाव चिन्न सक्नुपर्छ। आफूलाई साँचो रूपमा चिन्नुमा आफ्नो भ्रष्टताको सारलाई छर्लङ्गै देख्नु र राम्ररी विश्लेषण गर्नु, साथै भ्रष्ट स्वभावले ल्याउने विविध स्थितिलाई चिन्नु समावेश छन्। व्यक्तिले आफ्नै भ्रष्ट स्थिति र भ्रष्ट स्वभाव प्रस्ट रूपमा बुझेपछि मात्र आफ्नो देह र शैतानलाई घृणा गर्न सक्छ, र त्यसपछि मात्र त्यसले स्वभाव परिवर्तन गराउँछ। यदि उसले यी स्थितिहरू चिन्न सकेन, र तिनलाई आफूसँग जोड्न सकेन र मिलान गर्न सकेन भने, के उसको स्वभाव परिवर्तन हुन सक्छ र? सक्दैन। स्वभाव परिवर्तनका लागि व्यक्तिले आफ्नो भ्रष्ट स्वभावले पैदा गर्ने विभिन्न स्थिति चिन्नु आवश्यक हुन्छ; ऊ आफ्नो भ्रष्ट स्वभावको नियन्त्रणमा नरहने र सत्यता अभ्यास गर्ने अवस्थामा पुग्नैपर्छ—त्यसपछि मात्र उसको स्वभाव परिवर्तन सुरु हुन सक्छ। यदि उसले आफ्नो भ्रष्ट स्थितिको स्रोत चिन्न सक्दैन र आफूले बुझ्ने वचन र धर्मसिद्धान्तअनुसार मात्र आफूलाई सीमित पार्छ भने, उसमा केही असल व्यवहार भए पनि र ऊ बाहिरी रूपमा थोरै परिवर्तन भए पनि, त्यसलाई स्वभाव परिवर्तन मान्न सकिँदैन। त्यसलाई स्वभाव परिवर्तन मान्न नसकिने हुनाले, धेरैजसो मानिस आफ्नो कर्तव्य निर्वाहको क्रममा कस्तो भूमिका खेल्छन्? सेवाकर्ताको भूमिका खेल्छन्; तिनीहरू केवल प्रयत्न गर्छन् र आफूलाई काममा व्यस्त राख्छन्। तिनीहरूले पनि आफ्नो कर्तव्य निभाइरहेका भए पनि, बढीजसो ध्यान काम सकाउनमा मात्र लगाउँछन्, सत्यता खोज्दैनन् तर प्रयत्न मात्र गर्छन्। कहिलेकाहीँ, राम्रो मुडमा हुँदा तिनीहरूले थप प्रयत्न लगाउनेछन्, र कहिलेकाहीँ मुड खराब हुँदा तिनीहरू अलि सुस्ताउँछन्। तर पछि तिनीहरूले आफूलाई जाँच्नेछन् र पछुतो गर्नेछन्, त्यसैले तिनीहरूले फेरि थप प्रयत्न लगाउनेछन्, र यो पश्चात्ताप हो भनी विश्वास गर्छन्। वास्तवमा, यो साँचो परिवर्तन होइन, न यो साँचो पश्चात्ताप नै हो। साँचो पश्चात्ताप आफूलाई चिनेर सुरु हुन्छ; सुरुमा व्यवहार बद्लिन्छ। व्यक्तिको व्यवहार बद्लिसकेपछि, र उसले आफ्नो देहगत कुरा त्याग्न र सत्यता अभ्यास गर्न सकेपछि, अनि व्यवहारगत रूपमा उसको व्यवहार सिद्धान्तअनुरूप देखिएपछि, साँचो पश्चात्ताप गरिएको छ भन्ने अर्थ लाग्छ। त्यसपछि, उसले अलिअलि गर्दै सिद्धान्तअनुसार बोल्न र काम गर्न सक्छ अनि पूर्णतया सत्यता पालना गर्न सक्छ। यहीँबाट जीवन स्वभाव परिवर्तन हुन थाल्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहलाई पन्छाउन, परमेश्‍वरको वचन निरन्तर पालना गर्न, आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता खोजी गर्न, आफ्‍नो स्वभाव परिवर्तन गर्न, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्‍न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको ज्ञान र निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैलाई धोका दिन सक्दैनन्। पत्रुसको सिद्धताको बाटो हिँड्ने कार्य मुख्य रूपमा दृढ संकल्‍प लिने, विश्‍वास गर्ने र परमेश्‍वरमा भरोसा राख्ने कुरामा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना केही पनि गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवद्वारा आफैलाई चिन्‍नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्‍नै भ्रष्टताका अभिव्यक्तिहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र प्रत्येक थोकको बारेमा तेरो आचरण—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्‍नका निम्ति तैँले परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्‍वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूका कुरूप स्थितिहरू खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्‍नु निकै फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्‍वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार प्रकट गर्ने वचनहरू अझ धरै पढ्नुपर्छ। तिमीहरूले आफ्‍नो व्यावहारिक स्थितिलाई ती वचनहरूसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले आफूसँग ती वचनहरू अझै बढी, र अरू वचनहरू कम जोड्नुपर्छ। परमेश्‍वरले खुलासा गर्नुभएका स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा भेटिन सक्छन्। यदि तँलाई विश्‍वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्‍नेछस्, र तँलाई परमेश्‍वरका वचनहरू अत्यन्तै सही छन् भन्‍ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई जेजेबेल र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्‍वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू परमेश्‍वरका प्रकाशका वचनहरू औधी कठोर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्‍ने विश्‍वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्‍वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्‍वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्‍ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्‍वरका वचनहरूका आधारमा आफ्‍नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “जेजेबेलहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई प्रकट गर्दछ; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एकसमान छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्‍वरले भन्‍नुभएको हरेक कुरा सत्यता हुन्, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई प्रोत्साहन दिने उहाँका वचनहरू जति नै नरम भए पनि, उहाँका वचनहरू न्याय भए पनि आशिष्‌ भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्‍वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति, वा दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलिक अन्योलमा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्‍वासमा परमेश्‍वरका वचनहरू सत्य छन् भनी दृढ विश्‍वास गर्नुपर्छ। ती वास्तवमै सत्य छन्, त्यसैले मानिसहरूले तिनलाई तर्कसङ्गत रूपमा स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्‍वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्‍वरको वचनले तिमीहरूलाई खुलासा गर्दैन भने, कसले खुलासा गर्छ? अनि तिमीहरूलाई खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्‍वरले सारा मानवजातिसँग बोल्‍नुहुन्छ, परमेश्‍वरले बोल्‍नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्‍वरका वाणीहरूको एउटै पङ्‌क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, कुनै बाहिरी नियमसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँ परमेश्‍वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानवीय व्यवहार वा बाहिरी स्वरूपको खुलासा मात्र गर्छ भन्‍ने सोच्छस् भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्‍ने बझ्दैनस्। परमेश्‍वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्‍वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका सारगत अनि जरा गाडेर बसेका कुराहरू खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्‍चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्‍वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई मानव धारणा वा कल्‍पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्‍दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्‍वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “परमेश्‍वरका प्रकाश र न्यायका वचनहरू औधी कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्‌हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्‍वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्‍नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्‍वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले परमेश्वरको वचनअनुसार आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गर्नैपर्छ र त्यसलाई बुझ्नैपर्छ, खुलासा र न्यायसम्बन्धी परमेश्वरका वचनहरूको हरेक वाक्यको आधारमा आफ्नो मापन गर्नैपर्छ, अनि अलिअलि गर्दै आफ्ना सम्पूर्ण भ्रष्ट स्वभाव र स्थिति खोतल्नैपर्छ। सुरुमा आफ्नो बोली र कामको अभिप्राय र उद्देश्यलाई खोतल्, आफूले बोल्ने हरेक शब्दलाई विश्लेषण गर् र चिन्, अनि आफ्नो सोच र मनमा भएका कुनै पनि कुरालाई बेवास्ता नगर्। यसरी, तैँले झन्-झन् धेरै विश्लेषण गरेर र समझ प्राप्त गरेर, आफ्नो भ्रष्ट स्वभाव थोरै नभएर प्रचुर रहेछ, र शैतानका विषहरू सीमित नभई धेरै रहेछ भनी पत्ता लगाउनेछस्। यसरी, तैँले बिस्तारै आफ्नो भ्रष्ट स्वभाव र प्रकृति सारलाई प्रस्ट रूपमा देख्नेछस्, र शैतानले तँलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको रहेछ भनेर महसुस गर्नेछस्। यतिबेला तँलाई परमेश्वरले व्यक्त गरेको सत्यता कति अमूल्य रहेछ भन्ने महसुस हुनेछ। यसले भ्रष्ट मानवजातिको स्वभाव र प्रकृतिका समस्याहरू समाधान गर्न सक्छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन भ्रष्ट मानवका लागि तयार पारेको यो ओखती अत्यन्तै प्रभावकारी छ, कुनै अमृतभन्दा मूल्यवान् छ। यसर्थ, तैँले परमेश्वरको मुक्ति प्राप्त गर्न स्वेच्छाले सत्यता पछ्याउँछस्, सत्यताको हरेक पक्षलाई झन्-झन् बढी प्रिय ठान्छस्, र झन्-झन् धेरै जोरदार ढङ्गमा त्यसलाई पछ्याउँछस्। कुनै व्यक्तिको हृदयमा यो भावना हुनु भनेको उसले केही सत्यता बुझिसकेको छ, र आफूलाई साँचो मार्गमा स्थापित गरिसकेको छ। यदि उसले थप गहनताका साथ त्यो अनुभव गर्न र परमेश्वरलाई हृदयबाट साँचो प्रेम गर्न सक्छ भने, उसको जीवन स्वभाव परिवर्तन हुन थाल्नेछ।

व्यवहारमा केही परिवर्तन ल्याउन सजिलो छ, तर व्यक्तिको जीवन स्वभाव परिवर्तन गर्न सजिलो छैन। भ्रष्ट स्वभावको समस्या समाधान गर्न सुरुमा आफूलाई चिन्नैपर्छ। त्यसका लागि सावधानी चाहिन्छ, आफ्नो अभिप्राय र स्थितिलाई अलिअलि गर्दै जाँच्न ध्यान दिनुपर्छ, अभिप्राय र बानी नै बसेको बोल्ने शैलीलाई निरन्तर जाँच्नुपर्छ। त्यसपछि एक दिन, एक्कासी महसुस हुनेछ: “म अरूको हृदयमा हैसियत पाउने आशाले आफ्नो भेष बदल्न सधैँ राम्रा कुराहरू भनिरहेको हुन्छु। यो दुष्ट स्वभाव हो। यो सामान्य मानवताको प्रकटीकरण होइन र यो सत्यताअनुरूप छैन। बोल्ने यो दुष्ट तरिका र अभिप्राय गलत हुन्, र यसलाई परिवर्तन गर्नैपर्छ र त्याग्नैपर्छ।” तँलाई यो कुरा महसुस भएपछि, आफ्नो दुष्ट स्वभाव अति गम्भीर रहेछ भन्ने झन्-झन् प्रस्टसँग महसुस हुनेछ। तैँले दुष्टता भनेको पुरुष र स्त्रीबीचको थोरै दुष्ट कामवासना हो भन्ने सोचेको थिइस्, र यस सम्बन्धमा आफू दुष्टता देखाए पनि, तँलाई आफू दुष्ट स्वभावको व्यक्ति होइन भन्ने लागेको थियो। यसले दुष्ट स्वभावबारे तँमा बुझाइको कमी छ भन्ने देखाउँछ; तैँले “दुष्ट” शब्दको सतही अर्थ जानेको जस्तो देखिन्थ्यो तर दुष्ट स्वभावलाई साँचो रूपमा चिन्न वा खुट्ट्याउन सक्थिनस्; र खासमा, तँ अझै “दुष्ट” शब्दको अर्थ बुझ्दैनस्। जब तैँले आफूले यस प्रकारको स्वभाव प्रकट गरेको छु भन्ने महसुस गर्छस्, तब आत्मचिन्तन गर्न र त्यसलाई चिन्न थाल्छस्, र त्यसको उत्पत्तिलाई गहन अनुसन्धान गर्छस्, र आफूमा साँच्चै यस्तो स्वभाव भएको देख्नेछस्। त्यसोभए तैँले त्यसपछि के गर्नुपर्छ? तैँले आफ्नो यस्तै बोल्ने शैलीपछाडिका अभिप्रायहरू निरन्तर रूपमा जाँच्नैपर्छ। तैँले यसरी लगातार खोतलेर, वास्तवमै आफूमा यस्तो स्वभाव र सार रहेछ भन्ने कुरा अझ बढी प्रामाणिक र सही ढङ्गमा थाहा पाउनेछस्। तैँले वास्तवमै आफूमा दुष्ट स्वभाव छ भनेर साँच्चै स्विकारेको दिन मात्र त्यसप्रति तँमा घृणा र वितृष्णा जाग्न थाल्नेछ। व्यक्तिले आफू असल, सोझो आचारणको, न्यायको बोध भएको, नैतिक निष्ठासहितको र सोझो व्यक्ति हो भनी सोच्न छोडेर, आफूमा अहङ्कार, हठीपन, छलीपन, दुष्टता, र सत्यतादेखि दिक्क मान्नेजस्ता प्रकृति सार छ भनेर बुझ्न थाल्छ। त्यो मोडमा, उसले आफूलाई सही मूल्याङ्कन गरेको हुनेछ र आफू वास्तवमा के हुँ भनेर चिन्नेछ। तैँले आफूमा यी प्रकटीकरण र स्थिति छन् भनी मुखले स्विकारेर वा सरसर्ती चिनेर मात्र साँचो घृणा जाग्नेछैन। यी भ्रष्ट स्वभावहरूको सार भनेको शैतानको घिनलाग्दो व्यवहार हो भन्ने थाहा पाएर मात्र व्यक्तिले आफूलाई साँच्चै घृणा गर्न सक्छ। स्वयंलाई घृणा गर्ने हदसम्म आफूलाई साँचो रूपमा चिन्न कस्तो मानवता चाहिन्छ? व्यक्तिले सकारात्मक कुरा, सत्यता, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्नैपर्छ, उसमा विवेक र चेतना हुनुपर्छ, ऊ दयालु मनको अनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्ने हुनुपर्छ—यस्ता सबै मानिसले साँचो रूपमा आफूलाई चिन्न र घृणा गर्न सक्छन्। सत्यतालाई प्रेम नगर्ने र सत्यता स्विकार्न कठिन लाग्नेहरूले आफूलाई कहिल्यै चिन्नेछैनन्। तिनीहरूले आफूलाई चिन्छु भनेर केही शब्द भने पनि, सत्यता अभ्यास गर्न सक्दैनन्, र आफूलाई कुनै साँचो परिवर्तन गर्नेछैनन्। आफूलाई चिन्नु सबैभन्दा गाह्रो काम हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्‍वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्‍वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्‍वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्‍ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरले पठाउनुभएका सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई मानिसप्रतिको परमेश्‍वरका न्याय र खुलासाका हरेक वचनहरू, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मापदण्डहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र सहीसित ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्‍नुभएका हरेक वचनहरूलाई तिनले इमान्दारीपूर्वक चिन्तन र याद गर्ने प्रयास गरे, र तिनले राम्रो नतिजा हासिले गरे। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्था र कमीकमजोरीहरूबारे मात्र होइन, मानिसको सार र प्रकृतिबारे पनि बुझाइ हासिल गरे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

यदि मानिसहरूले आफूलाई बुझ्नु छ भने, आफ्ना भ्रष्ट स्वभाव बुझ्नैपर्छ र तिनीहरूसँग आफ्नो वास्तविक स्थितिको बोध हुनैपर्छ। आफ्नै अवस्थालाई बुझ्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफ्नै भावनाहरू र विचारहरूलाई बुझ्नु हो। प्रत्येक समय अवधिमा, मानिसहरूका सोच र विचारहरू एउटा मुख्य कुराद्वारा नियन्त्रित हुँदै आएको छ। यदि तैँले आफ्ना विचारहरूलाई बुझ्न सक्छस् भने, तैँले तिनका पछाडि रहेका कुराहरूलाई पनि बुझ्न सक्छस्। मानिसहरूले आफ्ना भावनाहरू र विचारहरूलाई नियन्त्रण गर्न सक्दैनन्। यद्धपि ती भावनाहरू र विचारहरू कहाँबाट आउँछन्, ती पछाडि रहेका अभिप्रायहरू के-के हुन्, ती भावना र विचारहरू कसरी उत्पन्‍न हुन्छन्, तिनलाई कुन कुराले नियन्त्रण गर्छ र तिनका प्रकृति के हो सो तिनीहरूले जान्‍नु पर्छ। व्यक्तिको स्वभाव परिवर्तन भएपछि, त्यो परिवर्तित अंशले पैदा गरेका र ऊ लागिपर्ने सोच, विचार, दृष्टिकोण र उद्देश्यहरू पहिलेका भन्दा एकदमै फरक हुनेछन्—मूलतः ऊ सत्यतानिकट पुग्‍नेछ र सत्यताअनुरूप हुनेछ। मानिसहरूमा परिवर्तित नभएका कुराहरू, अर्थात् तिनीहरूका पुराना सोच, विचार, दृष्टिकोण, साथै तिनीहरूले मन पराउने र पछ्याउने कुराहरू, सबै अति बिटुलो, फोहोरी र घृणित हुन्छन्। व्यक्तिले सत्यता बुझेपछि यी कुराहरू खुट्टयाउन र प्रस्ट देख्न सक्छ; त्यसैले, ऊ यी कुरा त्याग्न र बेवास्ता गर्न सक्छ। यस्ता मानिसहरू निश्चय नै कुनै न कुनै तरिकामा परिवर्तन भएका हुन्छन्। तिनीहरू सत्यता स्विकार्न, अभ्यास गर्न र केही सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नबुझ्ने मानिसहरूले यी भ्रष्ट वा नकारात्मक कुरालाई देख्न सक्दैनन्, न त खुट्ट्याउन नै सक्छन्; तसर्थ, तिनीहरू ती कुरा त्याग्न सक्दैनन्, झन् बेवास्ता गर्नु त परै जाओस्। यो भिन्‍नताको कारण के हो? किन तिनीहरू सबै विश्‍वासीहरू भएर पनि केहीले नकारात्मक र अशुद्ध कुराहरू खुट्ट्याउन र त्याग्न सक्छन्, जबकि अरूले ती कुरा प्रष्ट देख्दैनन्, नत आफूलाई तीबाट मुक्त गर्न नै सक्छन्? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्ने र पछ्याउने गर्छ कि गर्दैन भन्‍ने कुरासँग सिधै सम्बन्धित छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍नुको कुञ्जी यही हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तब तैँले आफैलाई ती क्षेत्रहरूमा चिन्नु त्यति नै धेरै उचित हुन्छ र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैनन् सो जान्नका लागि ती क्षेत्रहरूलाई गहन रूपमा बुझ्‍नु उचित हुन्छ। उदाहरणको रूपमा हामी पावललाई लिऔं। पावल विशेष रूपले जाने-बुझेका व्यक्ति थिए, तिनले आफ्नो प्रचार कार्यमा धेरै दुःख भोगे, र तिनलाई धेरैले विशेषगरि मन पराउँथे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, तिनका निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने तिनलाई लाग्यो। यसले तिनलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा तिनले परमेश्‍वरद्वारा दण्ड पाए। यदि, त्यस समयमा तिनले आफ्नै बारेमा चिन्तन र विश्लेषण गरेका भए, तिनले जसरी सोचे त्यस्तो सोच्ने थिएनन्। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यको खोजी गर्न ध्यान दिएका थिएनन्; तिनले केवल आफ्नै विचारहरू र कल्पनाहरूमा विश्‍वास गरेका थिए। तिनले केही असल कुराहरू गर्दैमा र केही असल व्यवहार देखाउँदैमा परमेश्‍वरले तिनलाई स्याबासी दिनुहुनेछ र तिनलाई इनाम दिनुहुनेछ भनी तिनले सोचेका थिए। अन्त्यमा, तिनको आफ्नै धारणा र कल्पनाले तिनको हृदयलाई दृष्टिहीन बनायो र तिनको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, र तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन र परमेश्‍वरले यो कुरा प्रकाशमा ल्याउनुभन्दा पहिले तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र तिनलाई तिनीहरूले आफूले बन्‍न खोजेको र चाहेको नायक ठाने। पावलको मामिला परमेश्‍वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्‍वरलाई पछ्याउने हामीहरूले जब आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छौँ र परमेश्‍वरको सेवा गर्ने क्रममा, हामी परमेश्‍वरप्रति विश्‍वासयोग्य भएको र हामीले परमेश्‍वरलाई प्रेम गर्ने गरेको महुसुस गर्छौँ, र यस्तो समयमा, हामीले आफ्‍नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्‍नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का गर्ने, यसबारेमा मनन गर्ने, वा यसमा परमेश्‍वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर विश्‍लेषण गर्ने गर्दैनस्। उदाहरणको लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्‍ने कतिपय मानिसहरू पनि छन्। उनीहरूले कहिल्यै पनि अरूलाई घृणा गर्दैनन् र हानि गर्दैनन्, र उनीहरूले सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, नत्र तिनीहरूको समस्या सुल्झिँदैन; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवनप्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराले पक्कै परमेश्‍वरको इच्छा पूरा गर्छन्, र आफूहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू हौँ भन्‍ने विश्‍वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरूले आफ्नो प्राकृतिक दयालाई कुनै फाइदा गर्ने पूँजीको रूपमा हेर्छन्, र उनीहरूले त्यस्तो गर्नेबित्तिकै, तिनीहरूले यसलाई सत्यता नै हो ठान्छन्। वास्तवमा, उनीहरूले जे गर्छन्, ती सबै मानव भलाइ मात्र हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्‍वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्‍वरका मापदण्डहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्‍वरका वचनहरूको अभ्यास हुँदैन, उहाँको इच्छाको पछि लाग्‍ने कुरा त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले गर्ने सबैकुरामा परमेश्‍वरको इच्छा खोज्दैनन्, न त उनीहरूले उहाँको मागअनुसार नै काम गर्छन्। परमेश्‍वरले मानिसको यस प्रकारको असल व्यवहारलाई तारिफ गर्नुहुन्‍न; परमेश्‍वरको लागि त्यो निन्दनीय हुन्छ र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, वा प्रकाश गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, वा प्रकाश गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसङ्ग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

आफूलाई साँचो रूपमा चिन्‍नेहरू सबै नै विगतमा केही पटक असफल भएका र लडेका हुन्, र त्यो अनुभवपछि तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर, उहाँलाई प्रार्थना गरेर, अनि आफ्‍नो बारेमा मनन गरेर आफ्नो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका, र आफू साँच्‍चै गहन रूपमा भ्रष्ट, र सत्यता वास्तविकतारहित रहेको अनुभव गरेका हुन्छन्। यदि तैँले यसरी परमेश्‍वरको काम अनुभव गरेको छस्, र तेरो जीवनमा केही कुरा आइपर्दा उहाँलाई प्रार्थना गर्न र सत्यता खोजी गर्न सक्छस् भने, तैँले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्‍नेछस्। त्यसपछि एक दिन, अन्ततः तेरो हृदयमा स्पष्टता आउनेछ: “सायद ममा अरूको भन्दा राम्रो क्षमता हुन सक्छ, तर यो परमेश्‍वरले नै मलाई दिनुभएको हो। म सधैँ धाक लडाइरहेको हुन्छु, बोल्दा अरूलाई जित्‍ने प्रयास गरिरहेको, र मानिसहरूलाई मेरै तरिकामा काम गर्न लगाउन खोजिरहेको हुन्छु। ममा साँच्‍चै समझको कमी छ—यो अहङ्कार र आत्मधार्मिकता हो! मनन गरेर, मैले आफ्नो अहङ्कारी स्वभावबारे थाहा पाएको छु। यो परमेश्‍वरको अन्तर्दृष्टि र अनुग्रहले गर्दा हो, र म यसको लागि उहाँलाई धन्यवाद टक्र्याउँछु!” आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाउन सक्‍नु राम्रो कुरा हो कि खराब कुरा हो? (राम्रो कुरा।) त्यहाँबाट, तैँले कसरी समझ र आज्ञापालनको साथ बोल्‍ने र व्यवहार गर्ने, अरूसँग एउटै स्तरमा खडा हुने, अरूलाई बन्धनमा नपारी कसरी उचित रूपमा व्यवहार गर्ने, आफ्‍नो क्षमता, वरदान, सबलता, आदि इत्यादि कुरालाई कसरी सही रूपमा लिने भन्‍ने कुरा खोजी गर्नुपर्छ। यो तरिकाले घनको एकपछि अर्को प्रहारद्वारा पहाड धूलोमा परिणत भएझैँ तेरो अहङ्कारी स्वभाव समाधान हुनेछ। त्यसपछि, जब तैँले अरूसँग सहकार्य गर्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्न तिनीहरूसँग काम गर्छस्, तब तिनीहरूको दृष्टिकोणलाई सही रूपमा लिएर तैँले तिनीहरूको कुरा सुन्दा ध्यान दिएर नजिकबाट सुन्‍न सक्‍नेछस्। अनि जब तैँले तिनीहरूले सही दृष्टिकोण व्यक्त गरेको सुन्छस्, तब यो कुरा पत्ता लगाउनेछस्, “मेरो क्षमता सर्वोत्कृष्ट रहेनछ। वास्तवमा हरेकको आ-आफ्‍नै सबल पक्ष हुन्छ; तिनीहरू मभन्दा कम योग्य छैनन्। पहिले त म सधैँ मेरो क्षमता अरूको भन्दा राम्रो छ भन्‍ने सोच्थेँ। त्यो त आत्म-प्रशंसा र सङ्कीर्ण सोचको अज्ञानता रहेछ। म कुवाको फेदमा रुमल्लिने भ्यागुतोजस्तै सानो सोच भएको व्यक्ति रहेछु। त्यस्तो सोच्‍नु साँच्‍चै समझहीन कार्य थियो—त्यो लाजमर्दो कुरा थियो! अहङ्कारी स्वभावले मलाई अन्धो र बहिरो तुल्याएको रहेछ। अरूका शब्‍दहरू म स्विकार्दिनथेँ, र म अरूभन्दा उत्तम छु, म सही छु भन्‍ने सोच्थेँ, तर वास्तवमा म तिनीहरू कोहीभन्दा पनि असल रहेनछु!” त्यहाँदेखि, तँलाई तेरा कमीहरू र तेरो सानो कदको बारेमा साँचो अन्तर्ज्ञान प्राप्त हुनेछ। अनि त्यसपछि, जब तैँले अरूसँग सङ्गति गर्छस्, तब तैँले ध्यान दिएर तिनीहरूका दृष्टिकोण सुन्छस्, र तँलाई यस्तो महसुस हुनेछ, “मभन्दा उत्तम मानिसहरू कैयौँ छन्। मेरो सामर्थ्य र बोधक्षमता दुवै बढीमा औषत मात्रै रहेछन्।” यो महसुस गरेपछि, के तैँले थोरै आत्मसचेतना प्राप्त गरेको हुँदैनस् र? यस्तो अनुभव गरेर, अनि परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो बारेमा बारम्‍बार मनन गरेर, तैँले सदा गहन हुँदै जाने साँचो आत्मज्ञान प्राप्त गर्न सक्‍नेछस्। तैँले आफ्‍नो भ्रष्टताको सत्यता, तेरो विपन्‍नता र नीचता, र तेरो खेदलाग्दो कुरूपता देख्‍न सक्‍नेछस्, र त्यस बेला, तैँले आफैप्रति प्रतिकूलता महसुस गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभावप्रति घृणा लाग्‍नेछ। त्यसपछि आफैविरुद्ध विद्रोह गर्न तँलाई सहज हुनेछ। परमेश्‍वरको काम यसरी अनुभव गरिन्छ। तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो भ्रष्टताका प्रकटीकरणहरूबारे मनन गर्नुपर्छ। खास गरी, कुनै पनि प्रकारको परिस्थितिमा भ्रष्ट स्वभाव प्रकट गरेपछि, तैँले बारम्‍बार आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍नुपर्छ। त्यसपछि तँलाई तेरो भ्रष्ट सार स्पष्ट देख्‍न सहज हुनेछ, र तैँले आफ्‍नो भ्रष्टता, देह र शैतानलाई हृदयबाटै घृणा गर्न सक्‍नेछस्। अनि हृदयदेखि नै तैँले सत्यतालाई प्रेम गर्न र यसमा लागिपर्न सक्‍नेछस्। यसरी, तेरो अहङ्कारी स्वभाव घट्दै जानेछ, र क्रमिक रूपमा, तँ यसबाट मुक्त हुँदै जानेछस्। तैँले झन्झन् बढी समझ प्राप्त गर्नेछस्, र परमेश्‍वरमा समर्पित हुन तँलाई अझ सहज हुनेछ। अरूको नजरमा, तँ पहिलेभन्दा अझै स्थिर र दह्रिलो लाग्‍नेछस्, र तँ अझ बढी वस्तुगत रूपमा बोल्नेजस्तो देखिनेछस्। तँ अरूले भनेको कुरा सुन्‍न सक्‍ने हुनेछस्, र तैँले तिनीहरूलाई बोल्‍ने समय दिनेछस्। अरूले सही कुरा बोल्दा, तिनीहरूको कुरा स्विकार्न तँलाई सहज हुनेछ, र मानिसहरूसँगका तेरा अन्तरक्रियाहरू त्यति थकाइलाग्दा हुनेछैनन्। तैँले जोसुकैसँग पनि मिलेर सहकार्य गर्न सक्‍नेछस्। यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, के तँमा समझ र मानवता हुनेछैन र?

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो पैदा हुनेबित्तिकै हटाउन सत्यता खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने सुनिश्‍चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र उसका विचारहरू वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउने र ती हटाउन तुरुन्तै सत्यता खोज्नेबारे हो। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्‍ने कुरालाई तैँले जान्‍नैपर्छ। तैँले यी कुराहरू परमेश्‍वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र ती कुन तरिकामा भ्रामक छन् भनेर हेर्न यिनलाई परमेश्‍वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तैँले यी कुराहरू बुझेपछि, आफ्नो असामान्य समझको समस्या, अर्थात् तेरो असमझदारी र निर्दय उत्पीडनको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्रै होइन, यसमा तेरो समझको कमी पनि समावेश छ। विशेष गरी, मानिसहरूको हितको सन्दर्भमा भन्नुपर्दा, आफ्ना हितहरूद्वारा नियन्त्रित मानिसहरूमा सामान्य समझ हुँदैन। यो एक मनोवैज्ञानिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। …

मानिसको प्रकृतिमा भएका कुराहरू काटछाँट गर्न सकिने र त्यति गरे पुग्ने बाहिरी व्यवहार, अभ्यास वा सोच र विचारहरूजस्ता होइनन्; तिनलाई अलिअलि गर्दै खोतलेर निकाल्नैपर्छ। यसबाहेक, ती कुरा मानिसहरूले पहिचान गरे पनि, त्यसरी पहिचान गर्नु सजिलो हुँदैन, तिनलाई परिवर्तन गर्न सजिलो छैन—यसका लागि गहन बुझाइ टन्न चाहिन्छ। हामी किन सधैँ मानिसको प्रकृति चिरफार गर्छौँ? के तिमीहरूले यसको अर्थ बुझेका छैनौ? मानिसको भ्रष्ट स्वभावको प्रकटीकरण कहाँबाट आउँछ? ती सबै तिनीहरूको प्रकृतिभित्रबाट आउँछन्, र ती सबै तिनीहरूको प्रकृतिद्वारा सञ्चालित हुन्छन्। मानिसको हरेक भ्रष्ट स्वभाव, हरेक सोच र विचार, हरेक अभिप्राय सबै नै मानिसको प्रकृतिसँग सम्बन्धित छन्। तसर्थ, मानिसको प्रकृतिलाई सिधै खोतलेर निकाली तिनीहरूको भ्रष्ट स्वभावलाई सजिलै हटाउन सकिन्छ। मानिसको प्रकृति बदल्न सजिलो नभए पनि, यदि तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई चिन्न र स्पष्ट देख्न सक्छन् अनि ती हटाउन सत्यता खोजी गर्न सक्छन् भने, तिनीहरूले बिस्तारै आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन्। व्यक्तिले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेपछि तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कुराहरू झन्-झन् घट्दै जानेछन्। मानिसको स्वभाव चिरफार गर्नुको उद्देश्य तिनीहरूको स्वभाव परिवर्तन गर्नु हो। तिमीहरूले यो उद्देश्य बुझेका छैनौ, अनि केवल आफ्नो प्रकृति चिरफार गरेर र बुझेर परमेश्वरप्रति समर्पित हुन र आफ्नो समझलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्दछौ। तिमीहरू केवल अन्धाधुन्ध प्रावधानहरू लागू गर्छौ! किन म मानिसहरूको अहङ्कार र आत्म-धार्मिकतालाई मात्रै खुलासा गर्दिनँ? मैले किन तिनीहरूको भ्रष्ट स्वभाव पनि चिरफार गर्नैपर्छ? यदि मैले तिनीहरूको आत्म-धार्मिकता र अहङ्कारलाई मात्र खुलासा गरेँ भने समस्या समाधान हुनेछैन। तर यदि मैले तिनीहरूको प्रकृतिलाई चिरफार गरेँ भने, यसले समेट्ने पक्षहरू धेरै फराकिला हुन्छन्, र यसले सबै भ्रष्ट स्वभावलाई समावेश गर्छ। यो त आत्म-धार्मिकता, अहम् र अहङ्कारको सङ्किर्ण दायराभन्दा बृहत् कुरा हो। प्रकृतिमा योभन्दा धेरै कुरा समावेश छन्। तसर्थ, यदि मानिसहरूले परमेश्वरसँग गर्ने विभिन्न मागमा अर्थात् तिनीहरूको अत्यधिक इच्छाहरूमा आफूले कति भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका छन् भनेर मात्र ठम्याउन सकेमा असल हुनेथियो। मानिसहरूले आफ्नो प्रकृति सार बुझेपछि, आफूलाई घृणा र इन्कार गर्न सक्छन्; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सजिलो हुनेछ, र तिनीहरूले मार्ग पाउनेछन्। अन्यथा, तिमीहरूले कहिल्यै मूल कारण पत्ता लगाउनेछैनौ, र यो त आत्मधार्मिकता, अहङ्कार, वा घमण्ड, वा अवफादार हुनु हो भनेर मात्र भन्नेछौ। के यस्ता सतही कुराबारे मात्रै कुरा गरेर तिमीहरूको समस्या समाधान हुन सक्छ? के मानिसको प्रकृतिबारे छलफल गर्नु कुनै आवश्यकता छ?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

आजभोलि, धेरैजसो मानिसहरूमा आफ्‍नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्‍नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट अवस्थाहरू, तिनीहरूले गर्ने प्रवृत्तिका कार्यहरू, वा तिनीहरूका केही कमजोरीहरूको बारेमा मात्र ज्ञान छ, र यसैले तिनीहरूलाई आफ्नो बारेमा केही जानेको छु भनी विश्‍वास गर्ने बनाउँछ। यसबाहेक, यदि तिनीहरूले केही नियमहरूको पालना गर्छन्, तिनीहरूले कुनै खास क्षेत्रमा गल्ती गर्दैनन् भन्‍ने कुरालाई निश्‍चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसँग वास्तविकता छ भन्‍ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्‍वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्‍चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैंले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव जस्तो भएर जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्‍वरलाई सच्‍चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्‍चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्‍वरमाथिको विश्‍वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्‍ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई निष्कासित गरी नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दु:ख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

हरेक व्यक्तिले आफूलाई चिन्नु महत्त्वपूर्ण हुन्छ किनकि यसले कुनै व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ कि सक्दैन वा मुक्ति पाउन सक्छ-सक्दैन भन्ने महत्त्वपूर्ण विषयलाई प्रत्यक्ष असर गर्छ। यसलाई सामान्य कुरा नठान्। आफूलाई चिन्नु भनेको आफ्नो कार्य वा अभ्यासलाई बुझ्नु होइन, तर आफ्नो समस्याको सार जान्नु हो; आफ्नो अनाज्ञाकारिताको जड र त्यसको सार जान्नु हो, आफूले सत्यता अभ्यास गर्न नसक्नुको कारण जान्नु हो, र आफूले सत्यता अभ्यास गर्दा उत्पन्न हुने र आफूलाई बाधा पुऱ्याउने कुराहरूलाई बुझ्नु हो। यी कुरा आफूलाई चिन्ने सबैभन्दा महत्त्वपूर्ण केही पक्ष हुन्। उदाहरणका लागि, चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूको परम्परागत धारणाहरूमा उनीहरूले आफ्‍ना आमाबुबा वा पुर्खाहरूप्रति भक्तिभाव हुनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जसले आमाबुबा वा पुर्खाहरूलाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले “आमाबुबा वा पितापुर्खाप्रतिको भक्ति नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्‍नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु।” के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्‍वरले व्यक्तिले आफ्‍ना आमाबुबा वा पूर्खाहरूप्रति सन्तानीय भक्ति देखाउनुपर्छ भनेर भन्‍नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्‍वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घृणा गर्नुपर्छ। परमेश्‍वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति दिक्‍क भएका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्‍नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्‍वरले पनि उनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घृणा गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्‍नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्‍वरले भनेअनुसार, परमेश्‍वरले जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई तैँले प्रेम गर्नुपर्छ, र जुन कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ त्यसलाई तैँले घृणा गर्नुपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्‍छा पूरा गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नु, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नु।” यी वचनहरू स्पष्ट छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तेरो मूल्याङ्कनअनुसार ऊ दुष्कर्मी होइन, र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, त्यो व्यक्तिलाई घृणा गर्न तँलाई गाह्रो पर्न सक्छ, तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध नबदलिन सक्छ। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई तिरस्कार गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तैँले परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्णरूपमा त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यताको अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तेरो निन्दा गर्नेछ र तँलाई छोराछोरी हुनलायक नभएको, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोष लाग्‍नेछ भन्‍ने सोच्छस्। तँलाई आफू ईश्‍वरद्वारा दोषी ठहरिएर दण्डित हुनेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको सिकाइद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जड बसालेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्णतय: प्राकृतिक र उचित कुरा हो, र आफ्‍ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हावी रहन्छ, जसले तेरो विश्‍वासमा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो बाधा र रोकावट पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। तेरो जीवन परमेश्‍वरबाट आएको हो, तेरा आमाबुबाबाट होइन भन्‍ने कुरा तँलाई हृदयमा थाहा हुन्छ, र तैँले तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास नगर्ने मात्र होइन, परमेश्‍वरको विरोधसमेत गर्छन् भन्‍ने जान्दछस्; कि परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ र तँ परमेश्‍वरमा समर्पित हुनुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ, तर तैँले तिनीहरूलाई चाहेर पनि घृणा गर्न सक्दैनस्। तँ यो कठिनाइ पार गर्न सक्दैनस्, तँ आफ्नो हृदय कठोर बनाउन सक्दैनस्, र तँ सत्यता अभ्यास गर्न सक्दैनस्। यसको मूल कारण के हो? शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्‍वरका वचनहरू स्वीकार गर्न नसक्‍ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्‍वरका वचनहरू स्विकार्न नसक्‍ने तुल्याइएको छ। तैँले परमेश्‍वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र खैलाबैला मच्चाउँछन्, तँलाई सत्यता र परमेश्‍वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्‍ने बनाउँछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्‍परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्‍वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्‍वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउनेबारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी मानिसहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्‍ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्‍वरका वचनहरू त्याग्‍न रुचाउँछस्, र यसरी परमेश्‍वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्‍परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छैन र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको हुन्छ, तर आमाबुबाप्रतिको भक्तिबारे अझै पनि अन्तर्ज्ञान पाएका हुँदैनन्। तिनीहरूले वास्तवमै सत्यता बुझ्दैनन्। तिनीहरू यी सांसारिक सम्बन्धहरूको पर्खाल कहिल्यै नाघ्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आत्मविश्वास नै हुन्छ, झन् अठोट हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञा मान्न सक्दैनन्। केही मानिस यसाई छल्लङ्गै देख्न सक्छन्, र तिनीहरूलाई वास्तवमा यसो भन्न सजिलो हुँदैन, “मेरा आमाबुबा परमेश्वरमा विश्वास गर्नुहुन्न, र उहाँहरू मलाई विश्वास गर्न रोक्नुहुन्छ। उहाँहरू दियाबलस हुनुहुन्छ।” कुनै पनि अविश्वासीहरू परमेश्वर हुनुहुन्छ, वा उहाँले स्वर्ग र पृथ्वी अनि सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्दैनन्। यस्ता भन्ने मानिस पनि छन्, “मानिसलाई उसका आमाबुबाले जीवन दिन्छन् र उसले उनीहरूको सम्मान गर्नुपर्छ।” यस्तो विचार वा दृष्टिकोण कहाँबाट आउँछ? के यो शैतानबाट आउँछ? हजारौँ वर्षदेखि परम्परागत संस्कृतिले मानिसलाई यसरी शिक्षा र धोका दिँदै आएको छ, तिनीहरूलाई परमेश्वरको सृष्टि र सार्वभौमिकता अस्वीकार गर्ने तुल्याएको छ। शैतानको छल र नियन्त्रण नभएको भए, मानवजातिले परमेश्वरको काम अनुसन्धान गर्नेथिए र उहाँका वचन पढ्नेथिए, अनि तिनीहरूलाई आफू परमेश्वरद्वारा सृष्टि गरिएको हो, र आफ्नो जीवन परमेश्वरले दिनुभएको हो; आफूसँग भएका सबै कुरा परमेश्वरले दिनुभएको हो, र आफू परमेश्वरप्रति धन्यवादी हुनुपर्छ भन्ने थाहा हुनेथियो। कसैले हाम्रो भलो गर्छ भने हामीले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ—विशेष गरी यो कुरा हाम्रा आमाबुबामा लागू हुन्छ जसले हामीलाई जन्माएर हुर्काउनुभयो; यो सबै परमेश्वर बन्दोबस्त गर्नुहुन्छ। परमेश्वर सबैमाथि शासन गर्नुहुन्छ; मानिस त केवल सेवाको औजार हो। यदि कसैले परमेश्वरप्रति समर्पित हुन आफ्ना आमाबुबा, वा आफ्नो पति (वा पत्नी) र छोरोछोरीलाई छेऊ लगाउन सक्छ भने, त्यो व्यक्ति दह्रिलो हुनेछ र ऊसँग परमेश्वरसामु धार्मिकताको बोध झन् धेरै हुनेछ। तर मानिसहरूलाई राष्ट्रिय शिक्षा र परम्परागत सांस्कृतिक विचार, धारणा र नैतिक कथनको बन्धन तोड्न सजिलो हुँदैन, किनकि यी शैतानी विष र दर्शनहरूले मानिसको हृदयमा धेरै समयदेखि जरा गाडेका छन्, जसले गर्दा परमेश्वरको वचन सुन्न र पालना गर्नर रोक्ने सबै प्रकारको भ्रष्ट स्वभाव उत्पन्न भएका छन्। भ्रष्ट मानिसको हृदयमा सत्यता अभ्यास गर्ने र परमेश्वरको इच्छा पछ्याउने आधारभूत इच्छाको कमी हुन्छ। त्यसैले, मानिसहरू परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्छन्; तिनीहरूले उहाँलाई कुनै पनि बेला धोका दिन र त्याग्न सक्छन्। यदि कुनै व्यक्तिमा भ्रष्ट स्वभाव अनि शैतानी विष र दर्शनहरू छन् भने के उसले सत्यता प्राप्त गर्न सक्छ? के ऊ परमेश्वरप्रति समर्पित हुन सक्छ? वास्तवमा यो एकदमै कठिन हुन्छ। यदि यो परमेश्वर स्वयमको न्यायको काम नहुँदो हो त, गम्भीर रूपले भ्रष्ट मानवजातिले मुक्ति पाउन सक्थेनन्, र तिनीहरू आफ्नो शैतानी स्वभावबाट शुद्ध हुन सक्थेनन्। मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि र तिनीहरू उहाँलाई पछ्याउन इच्छुक भए पनि, परमेश्वरको कुरा सुन्न र उहाँको आज्ञा पालना गर्न सक्दैनन्, किनकि मानिसहरूलाई सत्यता स्विकार्न अति धेरै प्रयास चाहिन्छ। तसर्थ, सत्यता पछ्याउनुअघि आफूलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव हटाउने बाटो पछ्याउनैपर्छ। त्यसपछि मात्र सत्यता स्विकार्न सजिलो हुनेछ। आफूलाई चिन्नु निश्चय नै सजिलो कुरा होइन; सत्यता स्विकार्नेहरूले मात्र आफूलाई चिन्न सक्छन्। त्यसैले आफूलाई चिन्नु एकदमै महत्त्वपूर्ण छ, र यो तिमीहरूले अदेखा गर्नै नहुने कुरा हो।

मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूलाई सत्यता स्विकार्न एकदमै कठिन हुन्छ, र आफूलाई चिन्न झनै कठिन हुन्छ। यदि तिनीहरू मुक्ति चाहन्छन् भने, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र प्रकृति सारलाई चिन्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले साँचो रूपमा सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिस धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू बोल्न सकेकोमा नै सन्तुष्ट हुन्छन्, आफूले सत्यता बुझ्छु भन्ने सोच्छन्। यो ठूलो गल्ती हो, किनकि आफूलाई नचिन्नेहरूले सत्यता बुझ्दैनन्। त्यसैले, मानिसहरूले परमेश्वरप्रतिको आफ्नो विश्वासमा सत्यता बुझ्न र प्राप्त गर्न आफूलाई चिन्नमा ध्यान दिनैपर्छ। हामी जहिले वा जहाँ भए पनि, र जस्तोसुकै वातावरणमा भए पनि, यदि आफूलाई चिन्न, आफ्नो भ्रष्ट स्वभावलाई उदाङ्गो पार्न र चिरफार गर्न अनि आफूलाई चिन्नुलाई पहिलो प्राथमिकता दिन सक्छौँ भने पक्कै केही पाउनेछौँ, र बिस्तारै आफूलाई गहिरिएर बुझ्दै जानेछौँ। त्यससँगै, हामी सत्यता अभ्यास गर्नेछौँ, परमेश्वरलाई प्रेम र उहाँको आज्ञापालन गर्न अभ्यास गर्नेछौँ, र झन्-झन् धेरै सत्यता बुझ्दै जानेछौँ। त्यसपछि स्वभावतः सत्यता हाम्रो जीवन बन्नेछ। तर, यदि तँ आफूलाई चिन्न पाइला चाल्दै चाल्दैनस् भने, तैँले सत्यता अभ्यास गर्छु भन्नु गलत हुन्छ किनकि तँ हर तरिकाको सतही घटनाद्वारा अन्धो तुल्याइएको हुन्छस्। तँलाई आफ्नो स्वभाव सुध्रिएको छ, आफूमा पहिलेभन्दा बढी विवेक र समझ छ, आफू पहिलेभन्दा कोमल, अरूप्रति विचारशील र सहनशील, मानिसहरूसँग अझ बढी धैर्यवान् र क्षमाशील भएको छु भन्ने लाग्छ, अनि परिणामस्वरूप तँ आफू सामान्य मानवतामाजिइरहेको छ अनि आफू महान् र सिद्ध व्यक्ति हो भन्ठान्छस्। तर परमेश्वरको नजरमा, तँ अझै पनि उहाँका मापदण्ड र मानकको स्तरमा छैनस्, अनि साँचो रूपमा उहाँको आज्ञापालन गर्न र उहाँलाई प्रार्थना चढाउनबाट कोसौँ टाढा छस्। यसले के देखाउँछ भने, तैँले सत्यता प्राप्त गरेको छैनस्, तँमा अलिकति पनि वास्तविकता छैन, र तँ मुक्तिको मानक पूरा गर्नदेखि अझै टाढा छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

अघिल्लो: ४. आफूलाई साँचो रूपमा चिन्नु भनेको के हो

अर्को: ६. मानिसहरूमा हुने भ्रष्ट स्वभावहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्