३८. परमेश्‍वरको डर मान्नुर दुष्टताबाट अलग बस्नु अनि मुक्ति पाउनुबीच के सम्बन्ध छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको भय मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ कि छैन, तिनीहरू परमेश्‍वरको अघि जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्ति पाउने मार्ग बन्द गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ अन्तिम बिन्दुमा पुगेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, तँसँग विश्‍वास छ भनेर दाबी गर्नु, परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्नु व्यर्थ छ। तैँले जति नै वचन र धर्मसिद्धान्तहरू बोल्न सके पनि, परमेश्‍वरमाथिको विश्‍वासमा तैँले जति नै कष्ट भोगेको भए पनि, वा तँ जति नै वरदानप्राप्त भए पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ परमेश्‍वरको भय मान्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि त्यसले केही फरक पार्दैन। परमेश्‍वरले “ए दुष्कर्मी, मबाट टाढा बस्” भनेर भन्‍नुहुनेछ। तँलाई दुष्कर्मीको रूपमा वर्गीकरण गरिनेछ। तँ परमेश्‍वरसँग जोडिएको हुनेछैनस्; उहाँ तेरा प्रभु वा तेरा परमेश्‍वर हुनुहुनेछैन। तैँले सबै थोकमाथि परमेश्वरको सार्भमौमिकता चल्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्‍छा पछ्याउँछस् भने, यदि तँ आफ्नो नियति मेरै हातमा छ भनेर विश्‍वास गर्छस् भने, तैँले आफैलाई विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध हुँदैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्ने, र उहाँ नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनी स्वीकार गर्नेहरू हुन्। तिनीहरू सच्चा रूपमा उहाँका लागि समर्पित हुन र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छन्; तिनीहरू परमेश्‍वरको काम अनुभव गर्छन्, उहाँका वचन र सत्यता अभ्यास गर्छन्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र उहाँकोको इच्‍छा पछ्याउने मानिस हुन्। मानिसहरूले परमेश्‍वरमा त्यसरी विश्‍वास गरे मात्रै मुक्ति पाउन सक्छन्; नत्र भने, तिनीहरूलाई दोषी ठहराइनेछ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा मनको लड्डु घिउसँग खानु स्वीकार्य हुन्छ? परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू सधैँ आफ्‍ना धारणा अनि अस्पष्ट र अमूर्त कल्‍पनाहरूमा नै लागिरहन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, उहाँले माग गर्नुभएबमोजिम उहाँमा विश्‍वास गर्नैपर्छ, अनि उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ; त्यसपछि मात्रै तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। यसभन्दा बाहेक अरू कुनै बाटो छैन—तैँले जे गरे पनि, तँ कुनै पनि काल्‍पनिक चाहनामा रमाउनु हुँदैन। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी सन्देशहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्तिको पछाडि के हुन्छ त्यसबारे स्पष्ट भएको हुनुपर्छ। मानिसहरूलाई के मन पर्छ, तिनीहरू केका लागि जोड गर्छन्, तिनीहरू कुन कुराप्रति उत्साहित हुन्छन्—यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग गर्न सिकाउने कुरा नै सही मार्ग हो। यदि तैँले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र तैँले सधैँ सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू पछ्याउने गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनी दाबी गर्छस् होला, तर परमेश्‍वर तेरा प्रभु हुनुहुन्‍न, उहाँ तेरा परमेश्‍वर हुनुहुन्‍न, तेरो नियतिमाथि परमेश्वरको सार्वभौमिकता चल्छ भन्‍ने तँ स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि मिलाएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्—त्यस्तो अवस्थामा मुक्ति पाउने तेरो आशा चकनाचूर भएको हुन्छ; यदि तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्दैनस् भने तँ विनाशको मार्ग हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ, र उहाँको आराधना गर्नुपर्छ भन्‍ने झन्-झन् बढी अनुभूति हुन्छ, र तँलाई परमेश्‍वर तेरा प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि तँलाई तेरा निम्ति परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्ने र बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुँदा झन्-झन् आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्झन् नजिक, र झन्झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्‍छाहरू झन्झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिको मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिको मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमा विश्‍वास गर्दा, यदि तँ आशिषित हुने मात्रै प्रयास गर्छस्, अनि हैसियत, ख्याति र प्राप्ति मात्रै पछ्याउँछस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, वा काटछाँट गरिँदैन, वा न्याय र सजाय दिइँदैन भने, तेरो जीवन सहज हुने भए पनि, तेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुनेछ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउनेछस्, र तँ परमेश्‍वरको सूक्षम जाँच स्वीकार गर्न अनिच्‍छुक हुनेछस्; तैँले आफ्नो मालिक आफै बन्‍ने चाहना गर्नेछस्—र यो सबैले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समयदेखि परमेश्‍वरको कामलाई अनुभव गरेको छस् र मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको विरोध गर्ने स्थितिमा पुगेको झन्झन् बढी अनुभूति गर्दै आएको छस् भने, र यदि एक दिन तैँले परमेश्‍वरविरोधी कुनै काम गर्ने समय आउँछ भन्‍ने तँलाई चिन्ता लाग्छ, र तैँले परमेश्‍वरलाई चिढ्याउने र परमेश्‍वरले तँलाई त्याग्‍ने सम्‍भावना छ भन्‍ने डर लाग्छ, र यसरी परमेश्‍वरको विरोध गर्नुजत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँमा परमेश्‍वरको भय मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू परमेश्‍वरबाट टाढा गए भने, यदि तिनीहरू परमेश्‍वरको अनुशासन, र परमेश्‍वरको न्याय र सजायबाट बाहिर गए भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूको लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्झन् भ्रष्ट मात्रै हुन सक्छन्, तिनीहरू धर्मका मानिसहरूजस्तै बन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा अझै पनि परमेश्‍वरको विरोध गर्ने सम्‍भावना हुन्छ—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “हे परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मलाई जाँच्नुहोस्। यदि मैले सत्यता र तपाईंको इच्‍छा उल्‍लङ्घन गर्ने काम गरेँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

एउटा भनाइ छ जसलाई तिमीहरूले टिपेर राख्नुपर्छ। मलाई विश्‍वास छ यो भनाइ एकदमै महत्त्वपूर्ण छ किनभने हरेक दिन यो भनाई धेरै पटक मेरो मस्तिष्कमा आइरहन्छ। त्यसो किन हुन्छ? यस्तो हुन्छ किनभने हरेक पल्ट मैले कसैको सामना गर्दा, हरेक पल्ट मैले कसैको कथा सुन्दा र हरेक पल्ट मैले कसैले परमेश्‍वरमा विश्‍वास गरेको अनुभव वा गवाही गरेको सुन्दा, म सधैँ उक्त व्यक्ति परमेश्‍वरले चाहनुहुने प्रकारको व्यक्ति वा परमेश्‍वरलाई मन पर्ने प्रकारको व्यक्ति हो कि होइन भनी मेरो हृदयमा निर्धारण गर्न यो भनाइको प्रयोग गर्छु। त्यसो भए: यो भनाइ के हो त? म अब तिमीहरू सबैलाई उत्साहित तुल्याउँछु। जब मैले यो भनाइलाई खुलासा गर्छु, तब तिमीहरू सायद निरुत्साहित हुन्छौ होला किनभने केहीले वर्षौंसम्‍म यो भनाइलाई ओठे सेवामात्र प्रदान गर्दै आइरहेका छन्। तर मैले कहिल्यै पनि यो भनाइलाई केवल ओठे सेवा मात्र प्रदान गरेको छैन। यो भनाइले मेरो हृदयमा बास गरेको छ। त्यसो भए, के हो त यो भनाइ? यो भनाइ यही हो: “परमेश्‍वरको मार्ग पछ्याओ: परमेश्‍वरको डर मान र दुष्टताबाट अलग बस।” के यो औधी नै सरल वाक्यांश होइन र? तथापि, यसको सरलताको बाबजुद, साँचो रूपमा यी शब्दहरूको गहन बुझाइ भएका मानिसहरूले के महसुस गर्छन् भने, यी शब्दहरू गहन छन्, यो भनाइ व्यक्तिको अभ्यासको लागि अत्यन्तै मूल्यवान् छ, यो भनाइ सत्यता वास्तविकता बोकेको जीवन सम्‍बन्धी भाषाबाट लिइएको पङ्‌क्ति हो, यो भनाइले परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्ने व्यक्तिहरूको जीवनभरिको लक्ष्यलाई प्रतिनिधित्व गर्छ र परमेश्‍वरका अभिप्रायहरूको बारेमा ध्यान दिने जोकोहीले जीवनभर पछ्याउनुपर्ने मार्ग हो। … यो भनाइको बारेमा तिमीहरूको वर्तमान बुझाइ जे-जस्तो भए पनि वा यो भनाइलाई तिमीहरूले जे-जसरी लिए पनि, म तिमीहरूलाई अझै पनि भन्छु: यदि मानिसहरूले यो भनाइका शब्दहरूलाई अभ्यास गर्न सक्छन् र अनुभव गर्न सक्छन् भने र तिनीहरूले परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मापदण्ड पूरा गर्छन् भने, तिनीहरू संघर्ष गरेर बाँच्‍ने मानिसहरू बन्ने निश्‍चित हुन्छ र तिनीहरूले राम्रा परिणामहरू प्राप्त गर्ने निश्चित हुन्छ। तथापि, यदि तैँले यो भनाइद्वारा प्रस्तुत गरिएको मापदण्डलाई पूरा गर्न सकिनस् भने तेरो परिणाम अज्ञात हुन्छ भनेर भन्न सकिन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरले उहाँको कामको हरेक युगमा, मानिसहरूमाथि केही वचनहरू अर्पण गर्नुहुन्छ र तिनीहरूलाई केही सत्यताहरू बताउनुहुन्छ। यी सत्यताहरूले मानिसहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूले पछ्याउनुपर्ने मार्ग, तिनीहरूलाई परमेश्‍वरको डर मान्न अनि दुष्टताबाट अलग रहन सक्षम तुल्याउने मार्ग अनि मानिसहरूले आफ्‍नो जीवनमा र तिनीहरूको जीवन यात्राको क्रममा अभ्यास गर्नुपर्ने तथा अनुसरण गर्नुपर्ने मार्गको काम गर्छन्। यिनै कारणहरूले गर्दा परमेश्‍वरले मानवजाति समक्ष यी वाणीहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरबाट आउने यी वचनहरूलाई मानिसहरूद्वारा पालना गरिनुपर्छ र तिनीहरूको पालना गर्नु भनेकै जीवन प्राप्त गर्नु हो। यदि व्यक्तिले तिनलाई पालना गर्दैन भने, तिनको अभ्यास गर्दैन भने, र आफ्नो जीवनमा परमेश्‍वरका वचनहरू अनुसार जिउँदैनन् भने, त्यो व्यक्तिले सत्यतालाई अभ्यास गरिरहेको हुँदैन। अझ भन्‍ने हो भने, यदि मानिसहरूले सत्यताको अभ्यास गरिरहेका छैनन् भने, तिनीहरूले परमेश्‍वरको डर मानिरहेका हुँदैनन् अनि तिनीहरू दुष्टताबाट अलग बसिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नै सकिरहेका हुन्छन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्ने मानिसहरूले उहाँको स्याबासी प्राप्त गर्न सक्दैनन्, अनि त्यस्ता व्यक्तिहरूसँग कुनै परिणाम नै हुँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका परमेश्वरका मापदण्ड र अभिप्रायहरूलाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन मद्दत गर्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्‍न र बुझ्न सक्‍ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान, परमेश्वरप्रति तिनीहरूको समर्पण, परमेश्‍वरप्रतिको तिनीहरूको आस्था र डरका कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, समर्पण र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने तिनीहरूको दृढता, र परमेश्वरप्रतिको समर्पण र डरले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाएकाहरू हुन्। भन्‍नुको अर्थ, जसले परमेश्‍वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूले परमेश्‍वरका अभिप्राय र मापदण्डहरू बुझ्छन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्‍न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छ। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

जब परमेश्‍वरले कसैको हृदय प्राप्त गर्न चाहनुहुन्छ, तब उहाँले उक्त व्यक्तिलाई असंख्य परीक्षाहरूबाट गुज्रन लगाउनुहुन्छ। यी परीक्षाहरूको दौरान, यदि परमेश्‍वरले उक्त व्यक्तिको हृदय प्राप्त गर्नुभएन भने वा उक्त व्यक्तिसँग कुनै मनोवृत्ति रहेको देख्नुभएन भने—यसको मतलब, यदि परमेश्‍वरले उक्त व्यक्तिले उहाँको डर मान्‍ने गरी अभ्यास वा व्यवहार गरेको देख्नुभएन भने र यदि उहाँले उक्त व्यक्तिमा दुष्टताबाट अलग बस्ने मनोवृत्ति र संकल्प देख्नुभएन भने—असंख्य परीक्षाहरूपछि परमेश्‍वरले तिनीहरूप्रतिको आफ्‍नो धैर्यतालाई फिर्ता गर्नुहुन्छ र उहाँले तिनीहरूलाई त्यसपछि फेरि सहन गर्नुहुनेछैन। उहाँले उक्त व्यक्तिलाई फेरि कहिल्यै परीक्षा गर्नुहुनेछैन, र उहाँले तिनीहरूसँग फेरि कहिल्यै काम गर्नुहुनेछैन। त्यसो भए, यसले उक्त व्यक्तिको परिणामको बारेमा के कुराको सङ्केत गर्छ त? यसको अर्थ तिनीहरूको कुनै परिणाम हुँदैन भन्‍ने हो। सायद उक्त व्यक्तिले कुनै दुष्कर्म गरेको छैन होला, सायद तिनीहरूले कुनै पनि विध्वंसात्मक कार्य गरेका छैनन् होला र कुनै बाधा-व्यवधान खडा गरेका छैनन् होला। सायद तिनीहरूले खुला रूपमा परमेश्‍वरको प्रतिरोध गरेका छैनन् होला। तैपनि, उक्त व्यक्तिको हृदय परमेश्‍वरबाट लुकेर रहेको हुन्छ; तिनीहरूसँग कहिल्यै पनि परमेश्‍वरप्रति स्पष्ट मनोवृत्ति र दृष्टिकोण रहेको हुँदैन र परमेश्‍वरले तिनीहरूको हृदय उहाँलाई दिइएको छ भनेर स्पष्टसित देख्न सक्नुहुन्न वा तिनीहरूले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न खोजिरहेका छन् भनेर देख्न सक्नुहुन्न। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूप्रति धैर्यता गुमाउनुहुन्छ र तिनीहरूको लागि फेरि कहिल्यै कुनै मूल्य चुकाउनुहुनेछैन, कुनै कृपा प्रदान गर्नुहुनेछैन, वा तिनीहरूमा काम गर्नुहुनेछैन। त्यस्तो व्यक्तिको परमेश्‍वरमा विश्‍वास गर्ने जीवन यसअघि नै समाप्त भइसकेको हुन्छ। किनभने परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै परीक्षाहरूमा परमेश्‍वरले आफूले चाहनुभएका कुनै पनि नतिजाहरू प्राप्त गर्नुभएको हुँदैन। यसरी, यस्ता धेरै मानिसहरू छन् जसमा मैले कहिल्यै पनि पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योति देखेको छैनँ। कसरी यसलाई देख्न सकिन्छ त? यी मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका होलान् र सतही रूपमा तिनीहरूले जोशका साथ व्यवहार गरेका होलान्; तिनीहरूले धेरै पुस्तकहरू पढेका छन्, धेरै मामलाहरू सम्हालेका छन्, एक दर्जन स्मरण पुस्तिकाहरू भरेका छन्, र अत्यन्तै धेरै वचनहरू र धर्मसिद्धान्तहरूमा पोख्त भएका छन्। तैपनि तिनीहरूमा कहिल्यै पनि देख्‍न सकिने प्रगति भएको छैन, परमेश्‍वरप्रतिको तिनीहरूको दृष्टिकोण अदृश्य रहन्छ, र तिनीहरूको मनोवृत्ति अझै अस्पष्ट छ। अर्को शब्दमा भन्दा, तिनीहरूको हृदयलाई देख्न सकिँदैन; ती सधैँभरि बेरिएका र सिल गरिएका हुन्छन्—ती परमेश्‍वरबाट टाढा हुने गरी सिल गरिएका हुन्छन्। फलस्वरूप, उहाँले तिनीहरूको साँचो हृदय देख्नुभएको छैन, उहाँले यी मानिसहरूमा उहाँप्रतिको साँचो डर देख्नुभएको छैन, र त्योभन्दा बढी के हो भने, उहाँले यी मानिसहरू उहाँको मार्ग कसरी पछ्याउँछन् भन्‍ने कुरा देख्नुभएकै छैन। यदि परमेश्‍वरले अहिलेसम्म त्यस्ता मानिसहरूलाई प्राप्त गर्नुभएको छैन भने, के उहाँले भविष्यमा तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ त? उहाँले तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्न। के उहाँले प्राप्त गर्नै नसकिने कुराको लागि जोड दिइरहनुहुन्छ त? उहाँले जोड दिइरहनुहुन्न! त्यसो भए, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको वर्तमान मनोवृत्ति कस्तो हुन्छ त? (उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ र तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ।) उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

परमेश्‍वरको डर मानिनुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र परमेश्वर मात्र डर र समर्पणको योग्य हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँको डर मान्ने हृदय विकास गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँको डर मान्ने हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै विद्रोही हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको डर मान्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरू परमेश्‍वरको डर मान्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै घृणास्पद स्वभाव हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्मी कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरको डर मान्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा पहिलेभन्दा पनि कडा मापदण्डहरू छैनन् र? के त्यहाँ पहिलेभन्दा बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्‍ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय आफैलाई प्रेम गर्ने तेरो हृदय र तेरा कामुक अभिलाषाहरूभन्दा धेरै कम छ—के यस किसिमको मानिस पतित होइन र? तिनीहरू कसरी मुक्तिका नमूना र आदर्श बन्न सक्छन्? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउन सक्दैनस्। के यस्तै मानिसहरू ती होइनन् जसलाई हटाइनेछ? के मेरो काम समाप्त हुने समय तिमीहरूको अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूको माझमा धेरै काम गरेको छु र धेरै वचनहरू बोलेको छु—तीमध्ये कति साँच्चै तिमीहरूका कानभित्र पसेका छन्? तीमध्ये कति तिमीहरू समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो यस्तो समय हुनेछ जब तैँले मेरो विरोध गर्न छोड्नेछस्, जब तँ मेरो विरुद्धमा खडा हुन छोड्नेछस्। जब म काम गर्छु, तिमीहरू निरन्तर मेरो विरुद्धमा काम गर्दछौ; तिमीहरू कहिल्यै पनि मेरा वचनहरूको पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरू निरन्तर तिनीहरूलाई आफ्नो अङ्गालोमा ल्याउने कोसिस गर्छौ जसले तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिन्छन्—तिमीहरूको डर मान्ने हृदय छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै समर्पणता वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र निन्दापूर्ण छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; प्रतिष्ठा; ख्याति र प्राप्तितिर; देहका मनोरञ्जनतिर, पुरुषको सुन्दरता र स्त्रीको आकर्षणतिर आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्ने योग्यको बनाउँछ? तिमीहरूको तस्विर परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको प्रतिष्ठा परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूको माझमा तिमीहरूका इज्जतको त झन् कुरै नगरौं—तिमीहरू एउटा मूर्ति बनेका छौ जसलाई मानिसहरूले पूजा गर्छन्। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरूलाई प्रकट गरिन्छ, जुन बेला मुक्तिको कामको पनि अन्त्य नजिकै आइपुगेको हुन्छ, त्यस बेला तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ। मुक्तिको कामको बेला, म सबै मानिसहरूप्रति दयालु र भलो हुन्छु। जब काम समाप्त हुन्छ, विभिन्न प्रकारका मानिसहरूका परिणामहरू प्रकट हुनेछन्, र त्यस बेला म दयालु र भलो हुनेछैन, किनकि मानिसहरूका नतिजाहरू प्रकट भइसकेका हुनेछन्, र तिनीहरू प्रत्येक आ-आफ्नो प्रकारअनुसार वर्गीकृत भइसकेका हुनेछन्, र अझ थप मुक्तिको काम गर्नुको कुनै फाइदा हुनेछैन, किनकि मुक्तिको युग बितिसकेको हुनेछ, र बितिसकेको हुनाले त्यो फर्कनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

सम्बन्धित भजनहरू

मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयको साथ उहाँमा विश्‍वास गर्नुपर्छ

सत्यता पछ्याउने व्यक्ति मात्र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छ

अघिल्लो: ३७. परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्‍नु भनेको के हो

अर्को: ३९. परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न कसरी खोजी गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्