५. धार्मिक संसारको धारणा: “सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले विश्‍वास गर्ने परमेश्‍वर सामान्य मानव हुनुहुन्छ”

धार्मिक संसारका पाष्टर र एल्डरहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले परमेश्‍वरमा नभई सामान्य मानवमा विश्‍वास गर्छ भनी अफवाह फैलाउँछन्।

बाइबलका वचनहरू

“येशूले तिनलाई भन्‍नुभयो, फिलिप, म तिमीसँग लामो समयदेखि छु, तापनि तिमीले मलाई चिनेका रहनेछौ? जसले मलाई देखेको छ उसले पितालाई देखेको छ; अनि हामीलाई पिता देखाइदिनुहोस् भनेर तिमीले कसरी भन्‍न सक्छौ? के म पितामा छु र पिता ममा हुनुहुन्छ भन्‍ने तिमी विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू मेरा आफ्नै होइनन्: तर ममा वास गर्नुहुने पिताका हुन्, उहाँले नै काम गर्नुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर ममा विश्‍वास गर: नत्र कामहरूकै खातिर मलाई विश्‍वास गर” (यूहन्‍ना १४:९-११)

“म र पिता एक हौँ” (यूहन्‍ना १०:३०)

“किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“देहधारण” भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनुका लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू र सामान्य मानव भावनाहरूसहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेषसहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ र यो समय अवधिमा उहाँको ईश्‍वरीयताको सामान्य कार्यलाई कायम राख्नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्‍चर्यकर्महरू गर्दै आफ्‍नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ र उहाँमा मानवता पटक्कै छैन” भनी भन्नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेषसहित आफ्नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको कर्ता उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; सारमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्नुहुन्छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्‍वरीयतालाई देख्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसबारे यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्‍ने हो; अर्थात्, परमेश्‍वरले आफ्नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ र जसद्वारा उहाँले शैतानलाई जित्नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ अर्थात् परमेश्‍वर देह बन्नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्मनेबित्तिकै उहाँले आश्‍चर्यकर्महरू गर्न सक्नुभएको भए, उहाँले बोल्न सिक्नेबित्तिकै उहाँले स्वर्गको भाषा बोल्न सक्नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्नुभएकै क्षणमा सारा सांसारिक कुराहरूलाई बुझ्न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्न सक्नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्न सकिँदैन थियो र त्यस्तो देहलाई मानव देह भनेर भन्न सकिँदैन थियो। यदि ख्रीष्टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसका साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरका आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामका आवश्यकताहरूको कारण परमेश्‍वर देह बन्नुहुन्छ; अर्को शब्दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्नुहुन्छ,” “वचन देहमा देखा पर्नुहुन्छ” को पूर्वसर्त यही नै हो र परमेश्‍वरका दुईवटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेर्ने तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्‍वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको मनोवृत्ति यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनु स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव वा सामना गर्ने कुरा, वा उसमा भएका संसारसँग व्यवहार गर्ने दर्शनहरू) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन। उहाँको कामबाट मानिसले उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भनेर भन्‍न सक्दैन। उहाँको कामको आधारमा पनि मानिसले उहाँलाई सृष्टि गरिएको प्राणीको रूपमा वर्गीकरण गर्न सक्दैन। उहाँको सारत्वले पनि उहाँलाई सृष्टि गरिएको व्यक्तिको रूपमा वर्गीकरण गर्न नसकिने तुल्याउँछ। मानिसले उहाँलाई गैर-मानव मात्रै ठान्छ, तर उहाँलाई कुन वर्गमा राख्‍ने हो सो कुरा जान्दैन, त्यसकारण मानिस उहाँलाई परमेश्‍वरको वर्गमा राख्‍न बाध्य हुन्छ। मानिसले त्यसो गर्नु अतार्किक छैन, किनभने परमेश्‍वरले मानिसहरूका बीचमा मानिसले गर्न नसक्‍ने धेरै काम गर्नुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

ख्रीष्‍टको कार्य र अभिव्यक्तिले नै उहाँको स्वभाव निर्धारित गर्छ। उहाँमा समर्पित गरिएको साँचो हृदयलाई उहाँले पूर्ण गर्न सक्‍नुहुन्‍छ। उहाँले स्वर्गका परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्न सक्‍नुहुन्‍छ, र साँचो हृदयद्वारा नै उहाँले परमेश्‍वर पिताको इच्छालाई खोज्‍न सक्‍नुहुन्छ। यी सबैलाई उहाँको सारले नै निर्धारित गर्छ। अनि, उहाँको सारले नै उहाँको प्राकृतिक प्रकाशलाई पनि निर्धारित गर्छ; मैले यसलाई “प्राकृतिक प्रकाश” भन्‍नुको कारण के हो भने उहाँको अभिव्यक्ति अनुकरण, वा मानिसको शिक्षाको परिणाम, वा मानिसले धेरै वर्ष जगेर्ना गर्दाको परिणाम होइन। उहाँले यो कुरा सिक्‍नुभएन वा आफैलाई यसद्वारा सजाउनुभएन; बरु, यो त उहाँ आफैमा अन्तर्निहित छ। मानिसले उहाँको कार्य, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई इन्कार गर्न सक्छ, तर उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छालाई पूरा गर्नको लागि आउनुभएको हो भन्‍ने कुरालाई पनि कसैले इन्कार गर्न सक्दैन, र उहाँले परमेश्‍वर पितालाई जुन इमानदारीसाथ खोज्‍नुहुन्छ त्यस तथ्यलाई पनि कसैले इन्कार गर्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूका लागि आकर्षक नभए पनि, उहाँको उपदेश असाधारण नभए पनि, र उहाँको कार्य मानिसले कल्‍पना गरेजस्तो पृथ्वी फोर्ने वा स्वर्ग हल्‍लाउने नभए पनि, उहाँ वास्तवमै ख्रीष्‍ट हुनुहुन्छ, जो साँचो हृदयको साथ स्वर्गमा हुनुहुने पिताको इच्छाअनुसार कार्य गर्नुहुन्छ र स्वर्गमा हुनुहुने पिताप्रति पूर्ण रूपमा समर्पित र मृत्युसम्‍मै समर्पित हुनुहुन्छ। यस्तो किन हुन्छ भने उहाँको सार ख्रीष्‍टकै सार हो। मानिसलाई यो सत्यता विश्‍वास गर्न कठिन हुन्‍छ, तर यही नै सत्य हो। जब ख्रीष्‍टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, तब उहाँको कार्यद्वारा मानिसले के कुरालाई देख्‍न सक्छ भने उहाँको स्वभाव र उहाँको अस्तित्वले स्वर्गका परमेश्‍वरको स्वभाव र अस्तित्वलाई प्रतिनिधित्व गर्छ। त्यो समयमा, उहाँका सबै कार्यको समस्टीले उहाँ वास्तवमा देहधारी हुनुहुने वचन हुनुहुन्छ, र देह एवं रगतले बनेको मानिसजस्तो हुनुहुन्‍न भन्‍ने कुरालाई पुष्‍टि गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई देख्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरका अभिप्राय र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता बुझ्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

सम्बन्धित चलचित्र उद्धरणहरू

देहधारी परमेश्‍वरलाई कसरी बुझ्‍ने

सम्बन्धित अनुभवात्मक गवाहीहरू

प्रभुको पुनरागमनको सम्बन्धमा कसलाई सुन्‍नुपर्छ?

सम्बन्धित प्रवचनहरू

देहधारण भनेको के हो?

सम्बन्धित भजनहरू

देहधारी परमेश्‍वर मानव र इश्‍वरीय दुवै हुनुहुन्छ

राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ

आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने

आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्दा पवित्र आत्माको निन्दा हुन्छ

अघिल्लो: ४. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, मानिसहरूलाई उहाँसँग आकाशमा भेट्न सिधै उठाइलगिनेछ”

अर्को: ६. धार्मिक संसारको भ्रम: सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नु भनेको प्रभु येशूलाई विश्‍वासघात गर्नु हो, र यो धर्मत्याग हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्