३५. परमेश्‍वरको आज्ञापालन र मुक्तिबीच सम्बन्ध

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई मुक्त गर्नुभयो र मानवजातिको निम्ति पापबलिको रूपमा सेवा गर्नुभयो। अन्तमा, उहाँले अझै मानवजातिलाई जित्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्त गर्नुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट भएपछि मानवजातिले परमेश्‍वरको भय मान्ने उनीहरूको हृदय साथै सृष्टि गरिएका प्राणीहरूको अनिवार्य कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको आज्ञा अनुसरण गर्‍यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनका निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनका निम्ति विद्रोहीका ती सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको भय मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ कि छैन, तिनीहरू परमेश्‍वरको अघि जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्ति पाउने मार्ग बन्द गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ अन्तिम बिन्दुमा पुगेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, तँसँग विश्‍वास छ भनेर दाबी गर्नु, परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्नु व्यर्थ छ। तैँले जति नै वचन र धर्मसिद्धान्तहरू बोल्न सके पनि, परमेश्‍वरमाथिको विश्‍वासमा तैँले जति नै कष्ट भोगेको भए पनि, वा तँ जति नै वरदानप्राप्त भए पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ परमेश्‍वरको भय मान्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि त्यसले केही फरक पार्दैन। परमेश्‍वरले “ए दुष्कर्मी, मबाट टाढा बस्” भनेर भन्‍नुहुनेछ। तँलाई दुष्कर्मीको रूपमा वर्गीकरण गरिनेछ। तँ परमेश्‍वरसँग जोडिएको हुनेछैनस्; उहाँ तेरा प्रभु वा तेरा परमेश्‍वर हुनुहुनेछैन। तैँले सबै थोकमाथि परमेश्वरको सार्भमौमिकता चल्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्‍छा पछ्याउँछस् भने, यदि तँ आफ्नो नियति मेरै हातमा छ भनेर विश्‍वास गर्छस् भने, तैँले आफैलाई विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध हुँदैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्ने, र उहाँ नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनी स्वीकार गर्नेहरू हुन्। तिनीहरू सच्चा रूपमा उहाँका लागि समर्पित हुन र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छन्; तिनीहरू परमेश्‍वरको काम अनुभव गर्छन्, उहाँका वचन र सत्यता अभ्यास गर्छन्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र उहाँकोको इच्‍छा पछ्याउने मानिस हुन्। मानिसहरूले परमेश्‍वरमा त्यसरी विश्‍वास गरे मात्रै मुक्ति पाउन सक्छन्; नत्र भने, तिनीहरूलाई दोषी ठहराइनेछ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा मनको लड्डु घिउसँग खानु स्वीकार्य हुन्छ? परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू सधैँ आफ्‍ना धारणा अनि अस्पष्ट र अमूर्त कल्‍पनाहरूमा नै लागिरहन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, उहाँले माग गर्नुभएबमोजिम उहाँमा विश्‍वास गर्नैपर्छ, अनि उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ; त्यसपछि मात्रै तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। यसभन्दा बाहेक अरू कुनै बाटो छैन—तैँले जे गरे पनि, तँ कुनै पनि काल्‍पनिक चाहनामा रमाउनु हुँदैन। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी सन्देशहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्तिको पछाडि के हुन्छ त्यसबारे स्पष्ट भएको हुनुपर्छ। मानिसहरूलाई के मन पर्छ, तिनीहरू केका लागि जोड गर्छन्, तिनीहरू कुन कुराप्रति उत्साहित हुन्छन्—यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग गर्न सिकाउने कुरा नै सही मार्ग हो। यदि तैँले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र तैँले सधैँ सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू पछ्याउने गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनी दाबी गर्छस् होला, तर परमेश्‍वर तेरा प्रभु हुनुहुन्‍न, उहाँ तेरा परमेश्‍वर हुनुहुन्‍न, तेरो नियतिमाथि परमेश्वरको सार्वभौमिकता चल्छ भन्‍ने तँ स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि मिलाएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्—त्यस्तो अवस्थामा मुक्ति पाउने तेरो आशा चकनाचूर भएको हुन्छ; यदि तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्दैनस् भने तँ विनाशको मार्ग हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ, र उहाँको आराधना गर्नुपर्छ भन्‍ने झन्-झन् बढी अनुभूति हुन्छ, र तँलाई परमेश्‍वर तेरा प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि तँलाई तेरा निम्ति परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्ने र बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुँदा झन्-झन् आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्झन् नजिक, र झन्झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्‍छाहरू झन्झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिको मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिको मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमा विश्‍वास गर्दा, यदि तँ आशिषित हुने मात्रै प्रयास गर्छस्, अनि हैसियत, ख्याति र प्राप्ति मात्रै पछ्याउँछस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, वा काटछाँट गरिँदैन, वा न्याय र सजाय दिइँदैन भने, तेरो जीवन सहज हुने भए पनि, तेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुनेछ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउनेछस्, र तँ परमेश्‍वरको सूक्षम जाँच स्वीकार गर्न अनिच्‍छुक हुनेछस्; तैँले आफ्नो मालिक आफै बन्‍ने चाहना गर्नेछस्—र यो सबैले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समयदेखि परमेश्‍वरको कामलाई अनुभव गरेको छस् र मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको विरोध गर्ने स्थितिमा पुगेको झन्झन् बढी अनुभूति गर्दै आएको छस् भने, र यदि एक दिन तैँले परमेश्‍वरविरोधी कुनै काम गर्ने समय आउँछ भन्‍ने तँलाई चिन्ता लाग्छ, र तैँले परमेश्‍वरलाई चिढ्याउने र परमेश्‍वरले तँलाई त्याग्‍ने सम्‍भावना छ भन्‍ने डर लाग्छ, र यसरी परमेश्‍वरको विरोध गर्नुजत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँमा परमेश्‍वरको भय मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू परमेश्‍वरबाट टाढा गए भने, यदि तिनीहरू परमेश्‍वरको अनुशासन, र परमेश्‍वरको न्याय र सजायबाट बाहिर गए भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूको लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्झन् भ्रष्ट मात्रै हुन सक्छन्, तिनीहरू धर्मका मानिसहरूजस्तै बन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा अझै पनि परमेश्‍वरको विरोध गर्ने सम्‍भावना हुन्छ—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “हे परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मलाई जाँच्नुहोस्। यदि मैले सत्यता र तपाईंको इच्‍छा उल्‍लङ्घन गर्ने काम गरेँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वर अहिले मुक्तिको काम गर्दै हुनुहुन्छ, यसको मतलब उहाँले शैतानको भ्रष्ट स्वभाव र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिनुहुन्छ र तिनीहरूलाई जिउँदा मानिसहरूमा परिणत गर्नुहुन्छ। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्‍वरमा विश्‍वास गर्छ—यहाँ के कुरालाई मुक्ति दिइन्छ? जब व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका मानिसहरू थिए र तिनीहरू मर्नु निश्‍चित थियो, तर अहिले तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्न, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्‍वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई प्रतिरोध वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्‍वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्‍वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविकताहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (सत्यता स्विकार्न सक्ने मानिसहरू नै जिउँदा व्यक्तिहरू हुन्। मानिसहरूका वैचारिक दुष्टिकोणहरू र विभिन्‍न कुराहरूसम्बन्धी विचारहरू परिवर्तन भएर परमेश्‍वरका वचनहरूअनुरूप हुन्छन् भने तिनीहरू जिउँदा मानिसहरू हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्‍वरलाई चिन्ने मानिसहरू परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतामा जिउन सक्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू सबैले एकखाले प्रकटीकरण बतायौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्‍वरका वचनहरूमा चासो दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, ऊ विचारशील र विवेकशील व्यक्ति हुनुपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरूले सामान्य मानिसहरूले गर्नुपर्ने केही कामहरू गर्न सक्छन्। मुख्य गरी, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउँछन्, र तिनीहरूले नियमित रूपले जे सोच्छन् र प्रकट गर्छन्, जे भन्छन् र गर्छन् त्यसमा परमेश्‍वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्‍वरले निन्दा गर्ने वा घिनाउने र इन्कार्ने गर्नुहुन्न, बरु स्वीकार र अनुमोदन गर्नुहुन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरै मानिसहरू यस प्रश्नद्वारा अलमलमा पर्छन्। व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा तिनीहरूमा सधैँभरि दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोणहरू हुन्छन्, जसले के देखाउँछ भने तिनीहरू परमेश्‍वरमा समर्पित हुनका लागि होइन, तर अरू केही फाइदाहरू पाउन, वा विपत्तिले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गरेका हुन्छन्। त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित भएका हुन्छन्। तिनीहरूको समर्पणता सर्तसहितको हुन्छ। यो तिनीहरूका आफ्नै व्यक्तिगत अपेक्षाहरूका खातिर गरिएको हुन्छ, र यो जबरजस्ती गरिएको आज्ञापालन मात्रै हुन्छ। त्यसोभए, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरा अपेक्षाहरू र भवितव्यको खातिर मात्र हो भने, तैँले विश्‍वास नै नगरेको भए अझ असल हुनेथियो। यस किसिमको विश्‍वासचाहिँ आफैलाई धोका दिने, आफैलाई दृढ पार्ने, र आफैलाई बढाइचढाइ गर्ने कुरा हो। यदि तेरो विश्‍वास परमेश्‍वरप्रतिको समर्पणतामा निर्माण भएको छैन भने, तैँले उहाँको विरोध गरेकोमा अन्त्यमा तँलाई दण्ड दिइनेछ। आफ्‍नो विश्‍वासमा परमेश्‍वरमा समर्पित हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँको वचनमा तिर्खाउन्, उहाँको वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भन्ने र गर्ने सबै कुराहरू—परमेश्‍वरको सामु गर्ने प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ समर्पित हुने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गर्ने ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू, भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई खुलासा गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्‍ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्‍ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरका लागि श्रम गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना खराब व्यवहारबमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूको समर्पणका योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि देखिने परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने देखिने परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने जोकोही अन्त्यमा हटाइएर नाश हुनुपर्नेछ। यसको अलाबा, अस्पष्ट र अदृश्य परमेश्‍वरको खोजी गरिरहँदा पनि, उहाँद्वारा व्यक्त गर्नुभएको सत्यतालाई खाँदै र पिउँदै, दृश्य परमेश्‍वरलाई मौखिक रूपमा चिन्ने कोही अवश्य नै विनाशको पात्र हुनेछ। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयमा रहन सक्छन्। शैतानी मानिसहरू उनीहरू नै हुन् जसले सत्यता अभ्यास गर्दैन; उनीहरूको सार नै परमेश्‍वरप्रतिन विद्रोहीपन र प्रतिरोधमध्ये एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू खराब हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँमा समर्पित छ वा छैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र खराब व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कामहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न शिष्ट शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणामहरू उनीहरूको आचरण हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी हरेक व्यक्तिले गलत रूपमा विश्‍वास गर्छ; यसकारण, धेरै मानिसहरूले उनीहरूलाई क्षणिक कृपा गर्न परमेश्‍वरलाई छल्न यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको अवस्थामा बाँच्ने मानिसहरू सबैले संकष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको निम्ति गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै उनीहरूका कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरको अधीनमा रहेका मानिसहरू हुनेछन्। सत्यताको अभ्यास गर्नबाट दूर हुने इरादाले सेवा गर्ने अवसरलाई मात्र प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको व्यवस्थापनको निम्ति परमेश्‍वरसँग उपयुक्त मापदण्डहरू छ; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरण बमोजिम मात्र गर्नुहुन्न, न त कुनै व्यक्ति कुनै कालखण्डमा कस्तो काम गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै पनि उहाँको निम्ति विगतमा गरिएको सेवाको खातिर कसैको खराब आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँका लागि आफूलाई निश्चित समयसम्म अर्पित गरेको कारण नै कसैलाई मृत्युबाट बचाउनुहुनेछ। उनीहरूको दुष्टताको प्रतिफललाई कसैले छल्न सक्दैन, र कसैले पनि आफ्नो खराब आचरण ढाक्न सक्दैन, र त्यसरी विनाशको यातनाहरू छल्न सक्दैन। यदि मानिसहरूले उनीहरूको आफ्नै कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको आशयचाँहि, उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा नै विश्‍वासयोग्य छन् र उनीहरूले इनाम खोजिरहेका छैनन्‌ भन्‍ने हुन्छ, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा नगरून्, विपत्ति भोगून् वा नभोगून्। यदि मानिसहरूले आशिष्‌हरू देख्दा, उनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य हुन्छन्, तर उनीहरूले आशिष्‌हरू देख्न नसक्दाचाहिँ उनीहरूको विश्‍वासयोग्यता गुमाउँछन् भने, र, अन्तमा, यदि उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन सक्षम हुँदैनन् वा उनीहरूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, तब उनीहरूले पहिले कुनै समयमा परमेश्‍वरका लागि निष्ठापूर्वक श्रम गरेकै भए तापनि, उनीहरू अझै पनि विनाशको पात्रहरू हुनेछन्। सारांशमा, खराब मानिसहरू अन्तमा बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति एक पटक सही मार्गमा आएपछि, मानिसहरूको सामान्य जीवनहरू हुनेछन्। उनीहरूले आ-आफ्ना कर्तव्य पुरा गर्नेछन् र परमेश्‍वरप्रति पूर्ण रूपमा विश्‍वासयोग्य हुनेछन्। उनीहरूले आफ्नो विद्रोहीपन र उनीहरूका भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा छोड्नेछन्, र उनीहरू दुवै विद्रोहीपनरहित र प्रतिरोधरहित भएर परमेश्‍वरको निम्ति र परमेश्‍वरको कारणले जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्‍वरको अधीनमा रहन सक्षम हुनेछन्। परमेश्‍वर र मानवजातिको जीवन यस्तो हुनेछ; यो राज्यको जीवन हुनेछ र यो विश्रामको जीवन हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

अघिल्लो: ३४. परमेश्‍वरको आज्ञापालन गर्नु भनेको के हो

अर्को: ३६. परमेश्‍वरको आज्ञापालन कसरी गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्