३६. परमेश्‍वरको आज्ञापालन कसरी गर्न सकिन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

त्यस्ता मानिसहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो भने, तिनीहरू पहिले आएको कुराको बन्धनमा बाँधिएका हुन्छन्। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भए पनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भए पनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरूले सत्यतालाई लागू गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र अवरोध पुऱ्याउने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि समर्पित छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

यदि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनु छ भने, एक हिसाबमा उहाँले मानिसहरूको भ्रष्ट स्वभावलाई न्याय गर्न र धुनको लागि सत्यता व्यक्त गर्नुपर्ने हुन्छ; मानिसहरूलाई सत्यता बुझ्‍न लगाउन, अनि परमेश्‍वरलाई चिन्‍न र उहाँको आज्ञापालन गर्न लगाउनुपर्ने हुन्छ; मानिसहरूलाई कस्तो आचरण अँगाल्ने र कसरी सही मार्गमा हिँड्ने भनेर सिकाउनुपर्ने हुन्छ; र मानिसहरूलाई तिनीहरूले कसरी सत्यता अभ्यास गर्नुपर्छ, कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र तिनीहरू कसरी सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् भनी बताउनुपर्ने हुन्छ। अर्को हिसाबमा, उहाँले शैतानका विचार र दृष्टिकोणहरू खुलासा गर्नुपर्ने हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने विभिन्‍न विधर्म र भ्रमहरूलाई उहाँले खुलासा र चिरफार गर्नुपर्छ, ताकि मानिसहरूले ती कुराहरूलाई चिन्‍न सकून्। त्यसपछि, मानिसहरू आफ्‍नो हृदयबाट यी शैतानी कुराहरू हटाउँदै शुद्ध हुन र मुक्तिसम्म पुग्‍न सक्छन्। यस तरिकाले, मानिसहरूले सत्यता के हो भन्‍ने कुरा बुझ्‍नेछन्, र तिनीहरूले शैतानको स्वभाव, शैतानको प्रकृति र यसका विधर्म र भ्रमहरूलाई पनि पहिचान गर्न सक्‍नेछन्। जब मानिसहरूले परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्छन् र परमेश्‍वरलाई पछ्याउने विश्‍वास पाउँछन्, तब तिनीहरू हृदयको गहिराइदेखि नै शैतानको कुरूपता देख्‍न र साँच्‍चै नै शैतानलाई इन्कार्न सक्षम हुन्छन्। यी मानिसहरूको हृदय त्यसपछि पूर्ण रूपमा परमेश्‍वरमा फर्किन सक्छ। जब व्यक्तिको हृदय परमेश्‍वरतिर फर्किन थालेको हुन्छ तर अझै पूर्ण रूपमा फर्किसकेको चाहिँ भएको हुँदैन, अर्थात् जब तिनीहरूको हृदयमा सत्यताले बास गरिसकेको हुँदैन, र जब तिनीहरूको हृदय अझै परमेश्‍वरद्वारा प्राप्त गरिएको हुँदैन, तब कम्तीमा पनि आफ्‍नो जीवन जिउने क्रममा तिनीहरूले शैतानले मानिसहरूमा घुसाइदिने सबै अभिव्यक्तिहरूलाई चिन्‍न, चिरफार गर्न र छर्लङ्गै देख्‍न परमेश्‍वरको वचन प्रयोग गर्नेछन् र अन्तिममा तिनीहरूले शैतानलाई त्याग्‍न सक्‍नेछन्। यस तरिकाले, मानिसहरूको हृदयमा रहेको शैतानको स्थान झन्झन् सानो बन्दै जानेछ, र अन्तिममा यो पूर्ण रूपमा हट्नेछ। परमेश्‍वरको वचन, परमेश्‍वरले मानिसहरूलाई दिनुहुने शिक्षा, परमेश्‍वरले दिनुहुने सत्यताका सिद्धान्तहरू, आदि इत्यादि कुराले यसको ठाउँ लिनेछन्। सकारात्मकता र सत्यताको जीवनले मानिसहरूभित्र क्रमिक रूपमा जरा गाड्नेछन् र तिनीहरूको हृदयको मुख्य स्थान ओगट्नेछन्, अनि यसको परिणामस्वरूप, मानिसहरूको हृदयमा परमेश्‍वरको प्रभुत्व काम हुनेछ। अर्थात्, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने विभिन्‍न विचार, दृष्टिकोण, विधर्म र भ्रमहरूलाई जब पहिचान गरिन्छ र छर्लङ्गैसित बुझिन्छ, र जब मानिसहरूले तिनलाई घृणा र इन्कार गर्न थाल्छन्, तब सत्यताले बिस्तारै मानिसहरूको हृदयमा ठाउँ लिन थाल्नेछ। यो क्रमिक रूपमा मानिसहरूको जीवन बन्‍नेछ र तिनीहरूले सक्रिय रूपमा परमेश्‍वरको आज्ञापालन गर्न र परमेश्‍वरलाई पछ्याउन थाल्नेछन्। परमेश्‍वरले जे-जसरी कार्य र अगुवाइ गर्नुभए पनि, मानिसहरूले सक्रिय रूपमा सत्यता र परमेश्‍वरको वचन स्विकार्न अनि परमेश्‍वरको काममा समर्पित हुन सक्‍नेछन्। यसको साथै, यो अनुभवमार्फत, तिनीहरूले सक्रिय रूपमा सत्यताप्रति लागिपर्दै सत्यताको बुझाइ प्राप्त गर्न सक्‍नेछन्। यसरी मानिसहरूले परमेश्‍वरमाथिको साँचो विश्‍वास प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरूको लागि सत्यता झन्झन् स्पष्ट हुँदै जाने क्रममा तिनीहरूको विश्‍वास पनि झन्झन् बढ्दै जानेछ। जब परमेश्‍वरप्रति मानिसहरूमा साँचो विश्‍वास हुन्छ, तब यसले तिनीहरूमा परमेश्‍वरप्रतिको डर पनि सिर्जना गर्छ। जब मानिसहरूमा परमेश्‍वरको डर हुन्छ, तब तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा परमेश्‍वरलाई प्राप्त गर्ने इच्छा गर्छन्, र तिनीहरू स्वेच्छाले उहाँको प्रभुत्वमा समर्पित हुन्छन्। तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरले तिनीहरूको नियतिबारे बनाउनुभएका योजनाहरूमा समर्पित हुन्छन्। तिनीहरू परमेश्‍वरले तिनीहरूको लागि तय गर्नुहुने हरेक दिन र हरेक विशेष परिस्‍थितिहरूमा समर्पित हुनेछन्। जब मानिसहरूमा यस्तो इच्छा र तृष्णा हुन्छ, तब तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएका मापदण्डहरूलाई पनि सक्रिय रूपमा स्विकार्छन् र तिनमा समर्पित हुन्छन्। जब यसका परिणामहरू मानिसहरूमा झन्झन् स्पष्ट र झन्झन् वास्तविक हुँदै जान्छन्, तब शैतानका अभिव्यक्ति, विचारधारा, र दृष्टिकोणहरूले मानिसहरूको हृदयमा आफ्‍नो प्रभाव गुमाउनेछन्। अर्को शब्‍दमा भन्दा, शैतानका अभिव्यक्ति, विचारधारा, र दृष्टिकोणले मानिसहरूलाई झन्झन् कम रूपमा मात्रै नियन्त्रण गर्दै र प्रभाव पार्दै जानेछन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१५)

समर्पणको पाठ सिक्न कुन भ्रष्ट स्वभाव समाधान गरिनुपर्छ? मानिसहरूले सत्यता अभ्यास गर्दा र तिनीहरू परमेश्‍वरमा समर्पित हुने क्रममा, सबैभन्दा ठूलो बाधा ल्याउने कुरा भनेकै वास्तवमा अहङ्कारी र आत्मधर्मी स्वभाव हो। अहङ्कारी र आत्मधर्मी स्वभाव भएका मानिसहरूले तर्क गर्ने र आज्ञापालन नगर्ने सम्भावना सबैभन्दा धेरै हुन्छ, तिनीहरू सधैँ आफू सही भएको सोच्छन्, र त्यसैले व्यक्तिको अहङ्कारी र आत्मधर्मी स्वभावलाई समाधान र काटछाँट गर्नुभन्दा जरुरी अरू केही हुँदैन। एकपटक मानिसहरूले भद्र भएर आफ्नो पक्षमा तर्क गर्न बन्द गरेपछि, विद्रोहीपनको समस्या समाधान हुनेछ, र तिनीहरू समर्पित हुन सक्षम हुनेछन्। यदि मानिसहरूलाई समर्पित हुन सक्षम बन्‍नु छ भने, के तिनीहरूमा निश्‍चित हदको तर्कसङ्गतता हुनुपर्दैन र? तिनीहरूसँग सामान्य व्यक्तिमा हुनुपर्ने समझ हुनैपर्छ। उदाहरणको लागि, कुनै कुरामा, हामीले सही कार्य गरेको वा नगरेको भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने, हामीले उहाँले भन्‍नुभएअनुसार गर्नुपर्छ, र उहाँका वचनहरूलाई सबै कुराको मानकको रूपमा व्यवहार गर्नुपर्छ। के यो तर्कसङ्गत छ? सबैभन्दा पहिला मानिसहरूमा यस्तो समझ पाइनुपर्छ। हामीले जतिसुकै दुःख भोग्नुपरे पनि, र हाम्रा अभिप्राय, उद्देश्य र कारणहरू जे भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने—यदि उहाँका मापदण्डहरू पूरा भएका छैनन् भने—हाम्रा कार्यहरू निस्सन्देह रूपमै सत्यतासँग मिलेका छैनन्, त्यसैले हामीले परमेश्‍वरलाई सुन्नैपर्छ र उहाँमा समर्पित हुनैपर्छ, र हामीले उहाँसँग तर्क गर्ने वा आफ्नो तर्कसङ्गतता साबित गर्ने प्रयास गर्नु हुँदैन। जब तँसँग यस्तो तर्कसङ्गतता हुन्छ, जब तँसँग सामान्य मानिसको समझ हुन्छ, तेरा समस्याहरू समाधान गर्न सजिलो हुन्छ, र तँ साँचो रूपमा समर्पित हुनेछस्। तँ जस्तोसुकै अवस्थामा भए पनि, तँ विद्रोही हुनेछैनस्, र परमेश्‍वरका मापदण्डहरूलाई अवहेलना गर्नेछैनस्; तैँले परमेश्‍वरले जे माग्‍नुहुन्छ, त्यो सही छन् कि गलत, असल छ कि खराब भनेर विश्‍लेषण गर्नेछैनस्, र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्—र यसरी तैँले आफ्नो तर्कबाजीपन, हठीपन र विद्रोहीपनको स्थिति समाधान गर्नेछस्। के हरेक मान्छेभित्र यी विद्रोही स्थितिहरू हुन्छन्? यी स्थितिहरू मानिसहरूमा प्रायः देखा परिरहन्छन्, र तिनीहरू मनमनै यस्तो सोच्छन्, “जबसम्म मेरो दृष्टिकोण, प्रस्ताव र सुझावहरू समझदारीपूर्ण हुन्छन्, तबसम्म मैले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, मलाई काटछाँट गरिनु हुँदैन, किनभने मैले दुष्ट कार्य गरेको हुँदिनँ।” यो मानिसहरूको आम अवस्था हो। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले दुष्ट कार्य गरेका छैनन् भने, तिनीहरूलाई काटछाँट गरिनु हुँदैन; र दुष्ट कार्य गर्ने मानिसहरूलाई मात्र काटछाँट गरिनुपर्छ। के यो दृष्टिकोण सही हो त? पक्कै होइन। काटछाँट मुख्यतया मानिसहरूको भ्रष्ट स्वभावप्रति लक्षित हुन्छ। यदि कसैको स्वभाव भ्रष्ट छ भने, उसलाई काटछाँट गर्नुपर्छ। यदि उसले दुष्ट कार्य गरेपछि मात्र उसलाई काटछाँट गर्ने हो भने, त्यो धेरै ढिलो भइसकेको हुनेछ, किनकि समस्या त पहिले नै उत्पन्न भइसकेको हुनेछ। यदि परमेश्‍वरको स्वभाव चिढ्याइएको छ भने, तँ समस्यामा हुन्छस्, र परमेश्‍वरले तँभित्र काम गर्न बन्द गर्न सक्नुहुन्छ—यस्तो अवस्थामा, तँलाई काटछाँट गर्नुको के अर्थ हुन्छ? तँलाई प्रकाश गर्नु र हटाउनुको कुनै विकल्प हुँदैन। मानिसहरूलाई परमेश्‍वरमा समर्पित हुनबाट रोक्ने मुख्य समस्या भनेको तिनीहरूको अहङ्कारी स्वभाव हो। यदि मानिसहरू साँच्चै न्याय र सजाय स्विकार्न सक्षम हुन्छन् भने, तिनीहरू प्रभावकारी रूपमा आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्षम हुनेछन्। अनि, तिनीहरू यसलाई समाधान गर्न जुनसुकै हदसम्म सक्षम भए पनि, यो सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुनका लागि लाभदायक नै हुनेछ। न्याय र सजाय स्विकार्नु सबैभन्दा बढी आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र परमेश्‍वरबाट मुक्ति पाउनको लागि हो। अनि, यदि मानिसहरू साँच्चै परमेश्‍वरप्रतिको पूर्ण समर्पणता हासिल गर्न सक्षम हुन्छन् भने, के तिनीहरूले अझै पनि न्याय र सजाय अनुभव गर्नुपर्छ? के तिनीहरूले अझै पनि काटछाँट भोग्नुपर्छ? तिनीहरूले त्यो भोग्नुपर्दैन, किनभने तिनीहरूको भ्रष्ट स्वभाव पहिले नै समाधान भइसकेको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कामहरू गर्नुहुँदा, यदि तैँले परमेश्‍वरलाई गलत बुझ्‍ने सम्‍भावना छ—तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, र उहाँलाई विश्वासघात गर्ने सम्‍भावना छ भने, तँ परमेश्‍वरप्रति समर्पित हुन सक्नबाट धेरै टाढा छस्। मानिसलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र सिञ्चन गरिँदा, वास्तवमा उसले एउटै उद्देश्यका लागि जोड गरिरहेको हुन्छ, र त्यो अन्त्यमा विनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पण गर्न सक्नु हो—जुन बेला तँ, यो सृष्टि गरिएको प्राणी, आवश्यक स्तरमा पुगेको हुनेछस्। कहिलेकाहीँ परमेश्‍वरले जानीजानी तेरा धारणाविपरीत कामहरू गर्नुहुन्छ, र जानीजानी तेरा इच्‍छाहरूविरुद्ध जाने कुराहरू गर्नुहुन्छ, र त्यो सत्यतासँग नमिल्‍ने, तँप्रति निष्ठुर हुने र तेरो आफ्नै प्राथमिकताहरूसँग मेल नखाने किसिमको समेत देखिन सक्छ। यी कुराहरू स्वीकार गर्न तँलाई गाह्रो हुन सक्छ, तैँले ती कुरा सहजताको साथ लिन सक्दैनस् होला, र तैँले तिनको विश्‍लेषण जसरी गरेपनि, तँलाई ती गलत लाग्‍न सक्छ र तैँले तिनलाई स्वीकार गर्न सक्दैनस्, तँलाई परमेश्‍वरले यसो गर्नु अनुचित हो भन्‍ने लाग्‍न सक्छ—तर वास्तवमा, परमेश्‍वरले यो जानीजानी गर्नुभएको हुन्छ। त्यसोभए, परमेश्वरले यी कुराहरू गर्नुको उद्देश्य के हो? तँलाई जाँच गर्न र खुलासा गर्न, तैँले सत्यता खोजी गर्न सक्छस् कि सक्दैनस्, तँ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् भनेर हेर्न यसो गरिएको हुन्छ। परमेश्‍वरले गर्ने र आज्ञा दिने सबै कुराको आधार नखोज्, र किन भनेर नसोध्। परमेश्‍वरसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। तैँले बस परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ र तँ पूर्ण समर्पण गर्न सक्षम हुनुपर्छ। तैँले बस परमेश्‍वर तेरा सृष्टिकर्ता र तेरा परमेश्‍वर हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ। यो कुनै पनि तर्क, कुनै पनि सांसारिक बुद्धि, कुनै पनि मानव नैतिकता, आचारनीति, ज्ञान, दर्शन, वा परम्‍परागत संस्कृतिभन्दा उच्‍च छ—मानव भावना, मानव धार्मिकता, र कथित मानव प्रेमभन्दा पनि अझै उच्‍च छ। यो सबै कुराभन्दा उच्‍च छ। यदि तँलाई यो कुरा स्पष्ट छैन भने, ढिलोचाँडो तेरो जीवनमा कुनै परिस्थिति आइपर्ने र तँ पतन हुने दिन आउनेछ। कम्तीमा पनि, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र तँ भ्रष्ट मार्गमा हिँड्नेछस्; यदि तैँले अन्त्यमा पश्‍चात्ताप गर्न, र परमेश्‍वरको प्रेमलाई पहिचान गर्न र परमेश्‍वरले तँमा गर्नुभएको कामको महत्त्व चिन्‍न सक्छस् भने, तँसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ—तर यो कुराको कारण तँ लड्छस् र उठ्न सक्दैनस् भने, तँसँग कुनै आशा हुँदैन। परमेश्‍वरले मानिसहरूलाई न्याय, ताडना, वा श्राप दिनुभए पनि, यो सब तिनीहरूलाई मुक्ति दिनको लागि हुन्छ, र तिनीहरूले डराउनु पर्दैन। तैँले के कुराको चाहिँ डर मान्‍नुपर्छ त? परमेश्‍वरले “म तँलाई तिरस्कार गर्छु” भन्‍नुहोला भन्‍ने डर तैँले मान्‍नुपर्छ। यदि परमेश्‍वरले यसो भन्‍नुभयो भने, तँ समस्यामा हुन्छस्: यसको अर्थ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन र तैँले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने हुन्छ। त्यसकारण, परमेश्‍वरको काम स्वीकार गर्दा, मानिसहरूले परमेश्‍वरको अभिप्राय बुझ्‍नुपर्छ। तैँले जेसुकै गरे पनि, परमेश्‍वरका वचनहरूको बारेमा यसो भन्दै छनौट गर्ने नगर्, “न्याय र सजाय ठीकै छ, तर दण्डाज्ञा, श्राप, विनाश—के त्यसको अर्थ मेरो लागि सब खतम भो भन्‍ने हुँदैन र? सृष्टि गरिएको प्राणी बन्‍नुको अर्थ के भो र? त्यसकारण म तपाईंको सृष्टि बन्‍नेछैनँ, र तपाईं अबदेखि मेरा परमेश्‍वर हुनुहुन्‍न।” यदि तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुँदैनस् भने, परमेश्‍वरले तँलाई साँच्‍चै नै इन्कार गर्न सक्‍नुहुन्छ। के तिमीहरूलाई यो कुरा थाहा छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले जति धेरै यात्रा गरेका भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति वटा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले यो अवधिमा गरेको सबैथोक एउटै कुराको तयारीको लागि हो। त्यो के हो? तिनीहरूले अन्त्यमा परमेश्‍वरप्रति पूर्ण समर्पण, निसर्त समर्पणको तयारी गरिरहेका हुन्छन्। “निसर्त” को अर्थ के हो? यसको अर्थ आफूलाई सही साबित गर्ने प्रयास नगर्नु, र आफ्‍नै उद्देश्यमूलक तर्कहरूको कुरा नगर्नु हो, यसको अर्थ तँ झिनामसिना कुराहरूमा तेरो-मेरो भनिरहेको छैनस् भन्‍ने हो; तँ यसको लायक छैनस्, किनभने तँ सृष्टि गरिएको प्राणी होस्। जब तैँले परमेश्‍वरसँग सानातिना कुराहरूमा तेरो-मेरो भनिरहेको हुन्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र जब तैँले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छस्, तब फेरि पनि, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्। परमेश्‍वरसँग तर्क नगर्, सधैँ कारण पत्ता लगाउने प्रयास नगर्, समर्पित हुनुभन्दा पहिले बुझ्‍नुपर्छ भनेर जिद्दी नगर्, र नबुझ्दा समर्पण गर्दिनँ भनेर जिद्दीर् नगर्। जब तैँले यसो गर्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र त्यस्तो अवस्थामा परमेश्‍वरप्रतिको तेरो समर्पण पूर्ण समर्पण हुँदैन; यो तुलनात्मक र सर्तमा आधारित समर्पण हुन्छ। के परमेश्‍वरमा समर्पित हुँदा सर्तहरू राख्ने मानिसहरू परमेश्‍वरमा साँचो समर्पण गर्नेहरू हुन्? के तैँले यसरी परमेश्‍वरसँग परमेश्‍वरलाई जस्तो व्यवहार गरिरहेको हुन्छस्? के तैँले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्छस्? यदि गर्दैनस् भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरप्रतिको पूर्ण र निसर्त समर्पण गर्नका लागि तैँले के अनुभव गर्नुपर्छ? अनि तैँले कसरी अनुभव गर्नुपर्छ? एउटा कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, अनि तिनीहरूले काटछाँट स्वीकार गर्नैपर्छ। यसबाहेक, तिनीहरूले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ, आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले सत्यता खोजी गर्नुपर्छ, जीवन प्रवेशसँग सम्‍बन्धित सत्यताका विभिन्‍न पक्षलाई, अनि परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। कहिलेकाहीँ, यो कुरा मानिसहरूको क्षमताभन्दा बाहिरको हुन्छ, र तिनीहरूमा सत्यता बुझने अन्तर्दृष्टि हुँदैन, र अरूले तिनीहरूलाई सङ्गति दिँदा वा परमेश्‍वरले तय गर्नुभएका विभिन्‍न परिस्थितिबाट पाठहरू सिकेर मात्रै तिनीहरूले थोरथोरै बुझ्‍न सक्छन्। तर तँलाई के कुराको चेतना हुनुपर्छ भने तँमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले परमेश्‍वरसँग तर्क गर्ने वा सर्तहरू अघि सार्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वरले जे गर्नुहुन्छ ती सबै गरिनुपर्ने कुराहरू हुन्, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ र तँ सृष्टि गरिएको प्राणी होस्। तँमा समर्पणको मनोवृत्ति हुनैपर्छ, र तैँले सधैँ कारण खोज्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन। यदि तँमा समर्पणको सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र तँ परमेश्‍वरलाई शङ्का गर्ने र उहाँप्रति सतर्क बन्‍ने प्रवृत्तिको छस्, वा तैँले आफ्‍नो हृदयमा “परमेश्‍वरले मलाई साँच्‍चै मुक्ति दिनुहुन्छ कि दिनुहुन्‍न र परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर मैले विचार गर्नुपर्छ। सबैले परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्छन्—ठिक छ त्यसोभए, परमेश्‍वरले ममा जे गर्नुहुन्छ त्यसमा साँच्‍चै प्रेम लुकेको छ कि छैन, यो साँच्‍चै प्रेम हो कि होइन, मैले हेर्नुपर्छ” भनी भन्छस् भने, यदि तैँले परमेश्‍वरले गर्नुहुने कुरा तेरा धारणा र रुचिहरू, वा तैँले सत्यता भनी ठानेका कुराहरूअनुरूप छ कि छैन भनेर निरन्तर जाँचिरहेको हुन्छस् भने, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र तँ समस्यामा छस्: तैँले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। समर्पणसँग सम्‍बन्धित सत्यताहरू महत्त्वपूर्ण छन्, र कुनै पनि सत्यतालाई एक-दुई वाक्यमा पूर्ण र प्रष्टसँग बताउन सकिँदैन; ती सबै मानिसहरूका विभिन्‍न स्थितिहरू र भ्रष्टतासँग सम्‍बन्धित छन्। एक-दुई, वा तीन-चार वर्षमै सत्यताको वास्तविकतामा प्रवेश हासिल गर्न सकिँदैन। यसका लागि धेरै कुराको अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ, धेरै काटछाँट अनुभव गर्नुपर्छ। तैँले अन्तिममा सत्यता अभ्यास गर्ने क्षमता हासिल गरेपछि मात्रै तेरो सत्यताको खोजी प्रभावकारी हुनेछ, र त्यसपछि मात्रै तैँले सत्यता वास्तविकता प्राप्त गर्नेछस्। सत्यता वास्तविकता प्राप्त गर्ने मानिसहरू मात्रै साँचो अनुभव भएका मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, संकष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूर्ति थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै समर्पित हुन सक्छस्, र सृष्टि गरिएको प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ सृष्टि गरिएको योग्य प्राणी हो, र सृष्टिकर्ता अभिप्राय उसले भन्दा राम्ररी पूरा गर्ने अरू केही हुँदैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जो परमेश्‍वरप्रति समर्पित हुन सक्दैन, र जसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ। तैँले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै चासो लिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा चासो लिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्न वा चिन्‍न सक्दैनस्, र सृष्टिकर्ताप्रति समर्पित हुने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्। तँ परमेश्‍वरप्रति जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

समर्पणका पाठहरू सबैभन्दा कठिन हुन्छन्, तर ती सबैभन्दा सजिला पनि हुन्छन्। कुन हिसाबमा ती कठिन हुन्छन्? (मानिसहरूमा तिनीहरूको आफ्‍नै विचार हुन्छ।) मानिसहरूमा विचार हुनु समस्या होइन—कुन व्यक्तिमा चाहिँ विचार हुँदैन र? मानिसहरू सबैमा हृदय र मष्तिष्क हुन्छ, त्यसकारण तिनीहरूमा आ-आफ्‍नै विचार हुन्छ। यहाँ, समस्या त्यो होइन। त्यसो भए, समस्या के हो त? समस्या मानिसको भ्रष्ट स्वभाव हो। यदि तँमा भ्रष्ट स्वभाव नभएको भए, तँसँग जति नै धेरै विचार भए पनि तँ समर्पित हुन सक्थिस्—ती विचार कुनै समस्या हुने थिएनन्। यदि कसैमा यस्तो समझ छ र “सबै कुरामा म परमेश्‍वरमा समर्पित हुनुपर्छ। म बहाना बनाउनेछैन वा आफ्‍नै विचारहरूमा जिद्दी गर्नेछैनँ, यस विषयमा म आफै निर्णय गर्नेछैनँ” भनी भन्छ भने, के उसलाई समर्पित हुन सहज हुँदैन र? यदि व्यक्तिले आफै निर्णय गर्दैन भने, यो ऊ आत्मधर्मी छैन भन्‍ने कुराको सङ्केत हो; यदि उसले आफ्‍नै विचारमा जिद्दी गर्दैन भने, यो उसमा समझ छ भन्‍ने कुराको सङ्केत हो। यदि ऊ समर्पित हुन पनि सक्छ भने, उसले सत्यता अभ्यास हासिल गरेको छ। आफैले निर्णय नगर्नु र आफ्नै विचारहरूबारे जिद् नकस्नु समर्पित हुन सक्नुका पूर्वसर्तहरू हुन्। यदि तँमा यी दुई गुणहरू छन् भने, तँलाई समर्पित हुन र सत्यताको अभ्यास हासिल गर्न सजिलो हुनेछ। त्यसैले, समर्पित हुनुअघि, तैँले आफूलाई तीद्वारा सुसज्जित गर्नैपर्छ, र सत्यता अभ्यास गर्ने मनोवृत्ति राख्नका लागि तैँले कस्तो व्यवहार गर्नुपर्छ र के गर्नुपर्छ भनी पत्ता लगाउनैपर्छ। यो साँच्चिकै त्यति गाह्रो छैन—तर त्यति सजिलो पनि छैन। यो किन गाह्रो हुन्छ? मानिसमा भ्रष्ट स्वभाव हुने भएकाले यो गाह्रो हुन्छ। समर्पण अभ्यास गर्दा तँमा जस्तो मानसिकता वा स्थिति भए पनि, यदि त्यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ भने, त्यो मानसिकता वा स्थिति भ्रष्ट स्वभावबाट उत्पन्न हुन्छ। तथ्य यही नै हो। यदि तैँले आत्मधार्मिकता, अहङ्कार, विद्रोहीपन, निरर्थकता, पूर्वाग्रह, र हठीपनजन्य भ्रष्ट स्वभावहरू समाधान गरिस् भने, तँलाई समर्पित हुन सजिलो हुनेछ। त्यसोभए, यी भ्रष्टताहरूलाई कसरी समाधान गरिनुपर्छ? तँ समर्पित हुन अनिच्छुक हुँदा तैँले प्रार्थना गर्नैपर्छ, तैँले आत्म-चिन्तन गरेर सोध्नैपर्छ: “म किन परमेश्वरमा समर्पित हुन असक्षम छु? म किन सधैँ आफ्नै तवरले कामकुरा गर्न जिद् कस्छु? म किन सत्यता खोज्न र त्यसलाई अभ्यास गर्न सक्दिनँ? यस समस्याको जड के हो? मैले परमेश्वरप्रतिको आज्ञापालन अभ्यास, र सत्यता अभ्यास गरिरहनुपर्ने हो, मेरो आफ्नै इच्छा वा चाहनाहरू लागु गरिरहनुपर्ने होइन। म परमेश्वरका वचन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम हुनुपर्छ। त्यो मात्र परमेश्वरको इच्छाअनुसार हुन्छ।” यस्तो परिणाम हासिल गर्नका लागि परमेश्वरलाई प्रार्थना गर्न र सत्यता खोज्न आवश्यक हुन्छ। जब तैँले सत्यतालाई बुझ्छस्, तैँले अझ सहज रूपले त्यसलाई अभ्यास गर्न सक्नेछस्; त्यसपछि, तैँले देहविरुद्ध विद्रोह गर्न र त्यससम्बन्धी चिन्तालाई त्याग्न सक्नेछस्। यदि तँ तेरो हृदयभित्र सत्यतालाई बुझ्छस् तर देह, हैसियत, आडम्बर र इज्जतका लाभहरूलाई त्याग्न सक्दैनस् भने, तँलाई सत्यता अभ्यास गर्न धौधौ पर्नेछ। किनकि, हृदयमा, तँ देह, आडम्बर, र इज्जतका लाभहरूलाई सबैभन्दा माथि राख्छस्। यसको मतलब तँ सत्यतालाई प्रेम गर्दैनस्—बरु, तँ हैसियत र प्रतिष्ठालाई प्रेम गर्छस्। त्यसोभए यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? तैँले प्रार्थना गर्नैपर्छ, सत्यता खोज्नैपर्छ, र हैसियत र प्रतिष्ठाजस्ता कुराहरूको सारलाई पूर्ण रूपमा देख्नुपर्छ। तैँले यी कुराहरूबारे कम सोच्नुपर्छ, र तैँले सत्यता अभ्यास गर्नुलाई महत्त्वपूर्ण ठान्न, र यसलाई सबैभन्दा मूल्यवान मान्न आवश्यक छ। तैँले यो सबै गरेपछि, तँमा सत्यता अभ्यास गर्ने इच्छा जाग्नेछ। कहिलेकाहीँ मानिसहरूले सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूलाई काटछाँट गर्न, र तिनीहरूले परमेश्वरको न्याय र सजाय पाउन आवश्यक हुन्छ, ताकि समस्याको सार पूर्ण रूपले प्रस्ट होस्, र सत्यता अभ्यास गर्न सजिलो होस्। खासमा, जब कसैको आफ्नो इच्छा ज्यादै ठूलो हुन्छ र सबथोक भन्दा अगाडि आउँछ—अर्थात्, जब कसैको आत्मरूचि अरू कुनै कुराभन्दा अगाडि आउँछ, जब व्यक्तिको आफ्नो प्रतिष्ठा र हैसियत अरू कुनै पनि कुराभन्दा अगाडि आउँछन्, तब त्यो नै सत्यता अभ्यास गर्दा आउने सबैभन्दा ठूलो बाधा बन्छ। त्यसैकारणकुराहरू आइपर्दा यस्ता मानिसहरू सधैँ मनोमानी गर्छन्, र सत्यता सिद्धान्तहरूबारे कुनै सोचविचार नगरी जेबाट व्यक्तिगत लाभ मिल्छ त्यही गर्छन्। तिनीहरू सधैँ तिनीहरूका आफ्नै विचारहरूमा अडिग हुन्छन्। व्यक्तिका आफ्नै विचारहरूमा अडिग हुनु भन्नुको अर्थ के हो? यसको अर्थ “यदि तिमी यो चाहन्छौ भने, म त्यो चाहन्छु। यदि तिमीलाई तिम्रै चाहिन्छ भने मलाई मेरै चाहिन्छ” भनी दृढ रहनु हो। के य समर्पणको प्रदर्शन हो त? (होइन।) यो सत्यता खोज्नु बिलकुलै होइन, बरु आफ्नै तरिकामा जिद् कस्नु हो। यो अहङ्कारी स्वभाव र अव्यावहारिक प्रदर्शन हो। यदि, कुनै दिन, तेरा प्राथमिकताहरू र अडानहरू सत्यताविपरीत छन् भनी तैँले थाहा पाउन सकिस्; यदि तैँले आफूलाई नकार्न र छर्लङ्ग बुझ्न सकिस्, आफूलाई विश्वास गर्न छोडिस्, र त्यसपछि विस्तारै तेरो आफ्नै तरिकाले कामकुरा नगर्न वा कामकुरालाई अन्धाधुन्ध पारिभाषित नगर्न थालिस्, तर तैँले सत्यता खोज्न, परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सकिस् भने, त्यो नै सही अभ्यास हुनेछ। कस्तो खालको अभ्यास सत्यतासँग मिल्छ भनी पुष्टि गर्नुपूर्व, तैँले खोजी गर्नैपर्छ। त्यो एकदम सही कार्य हो, गर्नुपर्ने त्यही हो। यदि तँ काटछाँट नहुञ्जेल खोजी गर्दैनस् भने, यो अलि निष्क्रिय हुन्छ, र यसले कामकुरामा ढिलाइ पुऱ्याउने सम्भावना हुन्छ। सत्यता खोज्न सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ। सत्यता खोज्नुका फाइदाहरू के-के हुन्? पहिलो कुरा, व्यक्तिले आफ्नो इच्छाको पछि लाग्न र जथाभावी कार्य गर्न छोड्न सक्छ; दोस्रो कुरा, व्यक्ति भ्रष्टताका प्रकटीकरणहरू र दुष्ट परिणामहरूबाट जोगिन सक्छ; तेस्रो कुरा, उसले प्रतीक्षा गर्न र धैर्य हुन सिक्न, र प्रस्ट र सही रूपले कामकुरा बुझेर गल्तीहरूलाई हुनबाट रोक्न सक्छ। यी सबै कुराहरू सत्यता खोजेर हासिल गर्न सकिन्छ। जब तैँले यावत् कुराहरूमा सत्यता खोज्न सिक्छस्, तब तैँले सरल भन्ने केही पनि छैन, ध्यान दिइएन र कोसिस गरिएन भने, तैँले कामहरू राम्ररी गर्नेछैनस् भनी थाहा पाउनेछस्। यसरी नै केही समय तालिम लिएपछि, कुराहरू आइपर्दा तँ अझ परिपक्व र अनुभवी हुनेछस्। तेरो मनोवृत्ति अझ नरम र मध्यम हुनेछ, र आवेगपूर्ण, जोखिम मोल्ने र प्रतिस्पर्धी हुनुको सट्टा तँ सत्यता खोज्न, सत्यता अभ्यास गर्न, र परमेश्वरमा समर्पित हुन सक्षम हुनेछस्। त्यसपछि, तेरो भ्रष्ट स्वभावको प्रकटीकरणसम्बन्धी समस्या समाधान हुनेछ। त्यसैले, तँलाई समर्पित हुन सजिलो हुनेछ, यो साँच्चिकै त्यस्तो गाह्रो छैन। सुरुमा यो अलिकति कठिन होला, तर तँ त्यस समस्यालाई समाधान नगरुञ्जेल धैर्य हुन, प्रतीक्षा गर्न र सत्यता खोजिरहन सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु नै सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

प्रभुको वचनलाई सुन्नु र परमेश्‍वरका मापदण्डहरूको पालना गर्नु नै मानिसको स्वर्ग-प्रेषित काम हो; परमेश्‍वरले जे भन्नुहुन्छ त्यो मानिसको सरोकारको विषय होइन। परमेश्‍वरले जे भन्नुभए पनि, परमेश्‍वरले मानिसलाई जे माग्नुभए पनि, परमेश्‍वरको पहिचान, सार र हैसियत बदलिँदैन—उहाँ सँधै नै परमेश्‍वर हुनुहुन्छ। जब तँमा उहाँ नै परमेश्‍वर हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का हुँदैन, तब तेरो एक मात्र उत्तरदायित्व, तैँले गर्नुपर्ने एक मात्र काम भनेको उहाँले जे भन्नुहुन्छ त्यसलाई सुन्नु हो; यही नै अभ्यासको बाटो हो। परमेश्‍वरको प्राणीले परमेश्‍वरका वचनहरूलाई अध्ययन, विश्‍लेषण, अन्वेषण, अस्वीकार, खण्डन, अवज्ञा वा इन्कार गर्नु हुँदैन; यस कार्यलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र यो उहाँले मानिसमा देख्न चाहनुहुने कुरा होइन। त्यसो भए, अभ्यासको बाटो के हो त? यो वास्तवमा एकदमै सरल छ: सुन्‍न सिक्नु, आफ्नो हृदयबाटै सुन्नु, आफ्नो हृदयबाटै स्वीकार गर्नु, आफ्नो हृदयबाटै बुझ्नु र अबलम्‍बन गर्नु, त्यसपछि गएर त्यस कार्यलाई गर्नु, कार्यान्वयन गर्नु र आफ्नो हृदयबाटै कार्यमा उतार्नु हो। तैँले आफ्नो हृदयमा जे सुन्छस् र जे बोध गर्छस् त्यो कुरा तैँले जे अभ्यास गर्छस् त्यो कुरासँग नजिकबाट जोडिएको हुन्छ। यी दुई कुरालाई नछुट्या; हरेक कुरा—तैँले जे अभ्यास गर्छस्, जे आज्ञापालन गर्छस्, आफ्नै हातले जे गर्छस्, जे कुराको लागि तँ दौडधूप गर्छस्—ती सबै तैँले आफ्नो हृदयमा जे सुन्छस् र जे बोध गर्छस् त्यो कुरासँग जोडिएका हुन्छन्, र यसमा तैँले सृष्टिकर्ताका वचनहरूप्रति आज्ञाकारिता हासिल गर्छस्। अभ्यासको बाटो यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)

समर्पण अभ्यास गर्ने सिद्धान्तहरू के-के हुन्? ती सिद्धान्तहरू परमेश्‍वरको वचन मान्‍नु र समर्पित हुनु, अनि परमेश्‍वरले भन्‍नुभएअनुसार अभ्यास गर्नु हुन्। आफ्ना अभिप्रायहरू पालेर नराख्, र सनकी पनि नबन्‌। परमेश्‍वरको वचन स्पष्टसँग बुझे पनि नबुझे पनि, तैँले नम्रपूर्वक ती अभ्यास गर्नुपर्छ, र परमेश्‍वरको मापदण्डअनुसार कामकुराहरू गर्नुपर्छ। अभ्यास र अनुभवको पक्रियाबाट, तैँले थाहै नपाई सत्यता बुझ्नेछस्। यदि तैँले मुखले परमेश्‍वरमा समर्पित हुन्छु भन्छस्, तर आफ्ना भित्री योजना र चाहनाहरू कहिल्यै त्याग्दैनस् र छोड्दैनस् भने, के त्यो मनमा एउटा कुरा सोच्‍नु र मुखले अर्को कुरा बोल्नु होइन र? (हो।) यो साँचो समर्पण होइन। यदि तँ साँचो रूपमा समर्पित हुँदैनस् भने, तैँले आफूमाथि परिस्थितिहरू आइपर्दा परमेश्‍वबाट धेरै माग गर्नेछस् र तँ आफ्ना मागहरू पूरा गर्न परमेश्‍वरप्रति भित्रभित्रै अधीर बन्‍नेछस्। यदि परमेश्‍वरले तैँले चाहेजस्तो गर्नुभएन भने, तँलाई एकदमै पीडा र दुःख लाग्‍नेछ, ठूलो कष्ट हुनेछ, अनि तैँले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू अनि उहाँले तेरो लागि तय गर्नुभएका वातावरणहरूप्रति समर्पित हुन सक्‍नेछैनस्। यस्तो किन हुन्छ? किनभने तँसँग सधैँ आफ्नै माग र चाहनाहरू हुन्छन्, तँ आफ्ना व्यक्तिगत विचारहरू त्याग्‍न सक्दैनस्, र तँ हर्ताकर्ता बन्‍न चाहन्छस्। तसर्थ, तँ आफूलाई आफ्नो धारणाविपरीतका परिस्थितिहरू आइपर्दा, समर्पित हुन सक्दैनस्, अनि तँलाई परमेश्‍वरमा समर्पित हुन गाह्रो हुन्छ। मानिसहरूलाई आफूले परमेश्‍वरमा समर्पित हुनुपर्छ र आफ्ना व्यक्तिगत विचारहरू त्याग्‍नुपर्छ भन्‍ने कुरा सैद्धान्तिक रूपमा थाहा भए पनि, तिनीहरू ती विचारहरू पटक्‍कै त्याग्‍न सक्दैनन्, आफू असुविधामा परिएला र आफूलाई नोक्सान होला भनेर निरन्तर डराइरहन्छन्। मलाई बता, के यसले तिनीहरूलाई ठूलो कठिनाइमा पार्दैन र? के त्यसपछि तिनीहरूको पीडा झनै बढ्दैन र? (बढ्छ।) यदि तँ सबै कुरा त्याग्‍न सक्छस् अनि आफूलाई मन पर्ने र आफूले माग्‍ने तर परमेश्‍वरको अभिप्रायविपरीतका कुराहरू छोड्न सक्छस् भने, यदि तँ ती कुरालाई सक्रिय रूपमा र स्वेच्छाले त्याग्‍न सक्छस् अनि परमेश्‍वरसँग सौदा नगरी उहाँले तोक्‍नुभएको कुरा गर्न इच्छुक हुन्छस् भने, तँभित्र रहेको कठिनाइ निकै सानो हुनेछ र तेरा विघ्‍नबाधाहरू पनि निकै कम हुनेछन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (११)

समर्पणको मनोवृत्तिको व्यावहारिक पाटो के हो? यो यस्तो हो: तैँले आफूलाई परमेश्‍वरका वचनहरू स्विकार्न लगाउनैपर्छ। तेरो जीवन प्रवेश सतही मात्र भएको भए पनि, तेरो कद अपर्याप्त रहेको भए पनि, र सत्यताको व्यावहारिक पाटोबारे तेरो ज्ञान अझै गहन नभएको भए पनि, तँ अझै परमेश्‍वरलाई पछ्याउन र उहाँप्रति समर्पित हुन सक्छस्—यही नै समर्पणको मनोवृत्ति हो। पूर्ण समर्पण हासिल गर्न सक्नुपहिले, तैँले सुरुमा समर्पणको मनोवृत्ति अपनाउनैपर्छ, अर्थात्, तैँले परमेश्‍वरका वचनहरू स्विकार्नैपर्छ, ती ठिक हुन् भनी विश्‍वास गर्नैपर्छ, परमेश्‍वरका वचनहरूलाई सत्यता र अभ्यासका सिद्धान्तहरूको रूपमा लिनैपर्छ, र तँसित सिद्धान्तहरूको राम्रो बुझाइ नहुँदा पनि तिनलाई नियमका रूपमा पालना गर्न सक्नैपर्छ। यो एकप्रकारको समर्पणको मनोवृत्ति हो। तेरो अहिलेको स्वभाव अझै परिवर्तन नभएको हुनाले, यदि तँ परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुन चाहन्छस् भने, तैँले पहिला समर्पणको मानसिकता राखेर समर्पित हुने आकाङ्क्षा राख्नैपर्छ, र यसो भन्नुपर्छ, “परमेश्‍वरले जे गर्नुभए पनि म समर्पित हुनेछु। म धेरै सत्यता बुझ्दिनँ, तर मलाई थाहा छ, जब परमेश्‍वरले मलाई केही गर् भन्नुहुन्छ, म त्यही गर्नेछु।” परमेश्‍वर यसलाई समर्पित मनोवृत्तिको रूपमा हेर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरप्रति समर्पित हुनु गल्ती हो भने, के होला?” के परमेश्‍वर गल्ती हुन सक्नुहुन्छ? परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ। परमेश्‍वर गल्ती गर्नुहुन्न; परमेश्‍वरले गर्नुहुने धेरै कामहरू मानिसहरूका धारणाहरूसँग नमिलेका मात्र हुन्। तैँले यसो भन्नुपर्छ, “परमेश्‍वरले जे गर्नुहुन्छ त्यो मेरा आफ्नै धारणाहरूसँग मिले पनि नमिले पनि, म परमेश्‍वरलाई सुन्न, समर्पित हुन, स्विकार्न र पछ्याउनमै केन्द्रित हुनेछु। सृष्टि गरिएको प्राणीको रूपमा मैले गर्नुपर्ने यही हो।” अन्धोभक्त भई समर्पित भएको भनी तेरो आलोचना गर्ने मानिसहरू भए पनि, तैँले वास्ता गर्नु हुँदैन। परमेश्‍वर सत्यता हुनुहुन्छ र तँ समर्पित हुनुपर्छ भन्ने कुरामा तेरो हृदय ढुक्क छ। यो ठिक हो, र व्यक्ति त्यस्तै मानसिकताले समर्पित हुनुपर्छ। यस्तो मानसिकता बोकेका मानिसहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्। यदि तँसित यस्तो मानसिकता छैन, र तँ “म अरूले रिस उठाएर कष्ट भोग्दिनँ। मलाई कसैले मूर्ख बनाउनेछैन। म अत्यन्तै चतुर छु र मलाई केही कुराप्रति समर्पित गराउन सकिँदैन! मेरो बाटोमा जे आइपरे पनि, मलाई त त्यो जाँच्‍नु र विश्‍लेषण गर्नुपर्छ। त्यो मेरा विचारसँग मिलेमा र त्यो मैले स्विकार्न सकेमा मात्र, म समर्पित हुनेछु” भन्छस् भने—के यो समर्पणको मनोवृत्ति हो? यो समर्पणको मनोवृत्ति होइन; यो त समर्पित मानसिकताको अभाव हुनु, र हृदयमा समर्पित हुने अभिप्राय नहुनु हो। यदि तँ “त्यो परमेश्‍वर नै हुनुभए पनि, मैले जाँच्नैपर्छ। म राजारानीलाई समेत यस्तै व्यवहार गर्छु। तपाईंले मलाई जे भनिरहनुभएको छ त्यो बेकार छ। यो साँचो हो कि म सृष्टि गरिएको प्राणी हुँ, तर म डमी होइन—त्यसैले मलाई डमीजस्तो व्यवहार नगर्नुहोस्” भनेर भन्छस् भने, तेरो लागि कुरै सक्किन्छ; तँ सत्यता स्विकार्ने अवस्थामा छैनस्। यस्ता मानिसहरूमा कुनै तर्कसङ्गतता हुँदैन। तिनीहरूमा सामान्य मानवता हुँदैन, त्यसैले के तिनीहरू पशु होइनन् र? तर्कसङ्गतताबिना, कुनै व्यक्ति कसरी समर्पित हुन सक्छ? समर्पित हुनलाई, व्यक्तिमा सर्वप्रथम समर्पित मानसिकता हुनैपर्छ। समर्पणको मानसिकता हुने व्यक्तिमा मात्र उल्लेखयोग्य तर्कसङ्गतता हुन सक्छ। यदि ऊसँग समर्पणको मानसिकता छैन भने, उसमा कुनै तर्कसङ्गतता हुँदैन। मानिसहरू सृष्टि गरिएका प्राणी हुन्; तिनीहरूले सृष्टिकर्तालाई कसरी प्रस्टसित देख्न सक्छन्? ६,००० वर्षदेखि सम्पूर्ण मानवजातिले परमेश्‍वरको एउटै विचार पनि बुझ्न सकेका छैनन्, यस्तोमा मानिसहरूले परमेश्‍वर के गर्दै हुनुहुन्छ भनी तुरुन्तै कसरी बुझ्न सक्छन् र? तैँले त्यो बुझ्नै सक्दैनस्। परमेश्‍वरले हजारौँ वर्षदेखि गर्दै आउनुभएका धेरै कामहरू छन्, जुन परमेश्‍वरले मानवजातिलाई देखाइसक्नुभएको छ, तर यदि उहाँले मानिसहरूसामु ती खुलासा नगर्नुभएको भए, तिनीहरूले अझै पनि बुझ्थेनन्। सायद अहिले तँ उहाँका वचनहरू शाब्दिक रूपमा बुझ्छस् होला, तर साचोँ रूपमा भने तैँले बिस वर्षपछि मात्र बुझ्नेछस्। मानिसहरू र परमेश्‍वरले तोक्‍नुभएका कुराहरूबीचको अन्तर यति ठूलो छ। यसलाई विचार गरेर, मानिसहरूले तर्कसङ्गतता र समर्पणको मानसिकता बोक्नुपर्छ। मानिसहरू त बस कमिला र किरा मात्र हुन्, तैपनि तिनीहरू सृष्टिकर्तालाई प्रस्ट देख्‍न चाहन्छन्। यो एउटा सबभन्दा अनुचित कुरा हो। कतिपय मानिसहरू परमेश्‍वरले तिनीहरूलाई उहाँका रहस्यहरू बताउनुहुन्न, सत्यताबारे सिधै बुझाउनुहुन्न, र सधैँ मानिसहरूलाई खोजी गराउनुहुन्छ भनी सधैँ गुनासो गर्छन्। तर यी कुराहरू गर्नु ठिक होइन, र यो अनुचित हो। परमेश्‍वरले तँलाई भन्नुभएका यी सबै वचनहरूमध्ये तैँले कतिवटा बुझिस्? तँ परमेश्‍वरका कतिवटा वचनहरू अभ्यास गर्न सक्छस्? परमेश्‍वरको काम सधैँ चरणबद्ध रूपमा हुन्छ। यदि परमेश्‍वरले २,००० वर्षपहिले मानिसहरूलाई आखिरी दिनहरूको उहाँको कामबारे बताउनुभएको भए, के तिनीहरूले बुझ्थे र? अनुग्रहको युगमा, प्रभु येशूले पापी देहको स्वरूप धारण गर्नुभयो, र सम्पूर्ण मानवताको लागि पापबलि हुनुभयो। यदि उहाँले मानिसहरूलाई त्यो समयमा बताउनुभएको भए, कसले बुझ्थ्यो र? अनि अहिले, तिमीहरूजस्ता मानिसहरूले केही सैद्धान्तिक अवधारणाहरू बुझ्छौ, तर परमेश्‍वरको वास्तविक स्वभाव, मानवजातिलाई प्रेम गर्नुमा रहेको परमेश्‍वरको इच्छा, र परमेश्‍वरले त्यो समयमा गर्नुभएका कामकुराहरूको सुरुवात र योजनाजस्ता सत्यताहरू बुझ्न मानिसहरू कहिल्यै सक्षम हुनेछैनन्। सत्यताको रहस्य यही हो; परमेश्‍वरको सार यही हो। मानिसहरूले कसरी यसलाई प्रस्टसित बुझ्न सक्छन् र? तैँले सृष्टिकर्तालाई प्रस्टसित बुझ्ने इच्छा गर्नु पूर्णतया बेमनासिब कुरा हो। तँ अत्यन्तै अहङ्कारी छस् र आफ्ना क्षमताहरूको अधिमूल्यन गर्छस्। मानिसहरूले परमेश्‍वरलाई प्रस्टसित बुझ्ने इच्छा गर्नु हुँदैन। तिनीहरूले केही सत्यता मात्र बुझ्न सके त्यो धेरै राम्रो कुरा हो। जहाँसम्म तेरो कुरा छ, तैँले थोरै सत्यता बुझ्नु नै पर्याप्त उपलब्धि हो। त्यसकारण, के समर्पणको मानसिकता राख्नु उचित होइन र? यसो गर्नु बिलकुलै उचित कुरा हो। समर्पणको मानसिकता र मनोवृत्ति हरेक सृष्टि गरिएको प्राणीमा हुनुपर्ने न्युनतम कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

परमेश्वरप्रति समर्पण हासिल गर्नका लागि, व्यक्तिले सुरुमा सत्यतालाई स्वीकार र अभ्यास गर्नैपर्छ, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनैपर्छ। त्यो नै पहिलो छेका हो। त्यसोभए, परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा के-के समावेश हुन्छन्? तिनमा मानिस, घटना, र परमेश्वरले तेरो वरिपरि पैदा गर्नुभएका कामकुराहरू समावेश हुन्छन्। कहिलेकाहीँ यी मानिस, घटना र कामकुराहरूले तँलाई काटछाँट गर्नेछन्, कहिलेकाहीँ तिनले तेरो परीक्षा लिनेछन्, जाँच्नेछन् वा तँलाई बाधा दिनेछन्, वा तँलाई नकारात्मक तुल्याउनेछन्—तर समस्याहरू समाधान गर्न तैँले सत्यता खोज्न सकुञ्जेल तैँले केही कुरा सिक्न, कद प्राप्त गर्न, र प्रतिरोध गर्ने बल पाउन सक्नेछस्। परमेश्वरमा समर्पित हुनुको सबैभन्दा आधारभूत पाठ भनेको परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु हो। परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा मानिस, घटना, कामकुराहरू र विभिन्न परिस्थितिहरू पर्छन् जुन परमेश्वरले तेरो वरिपरि पैदा गराउनुहुन्छ। त्यसोभए यी परिस्थितिहरू सामना गर्दा तैँले कस्तो प्रतिक्रिया जनाउनुपर्छ? सबैभन्दा मूलभूत कुरा भनेको परमेश्वरबाट स्विकार्नु हो। “परमेश्वरबाट स्विकार्नु” को अर्थ के हो? गुनासो र प्रतिरोध गर्नु—के यो परमेश्वरबाट स्विकार्नु हो? कारणहरू खोज्नु र बहानाहरू बनाउनु—के यो परमेश्वरबाट स्विकार्नु हो? होइन। त्यसोभए परमेश्वरबाट स्विकार्नुलाई तैँले कसरी अभ्यास गर्नुपर्छ? जब तँलाई केही आइपर्छ, तब सुरुमा शान्त हो, सत्यता खोज्, र समर्पित हुने अभ्यास गर्। बहाना वा स्पष्टीकरणहरू लिएर नआइज। को सही र को गलत छ भनी विश्लेषण गर्ने वा अनुमान लगाउने कोसिस नगर्, अनि कसको गल्ती बढी गम्भीर र कसको कम गम्भीर छ भनी विश्लेषण नगर्। के सधैँ यी कुराहरू विश्लेषण गर्नु परमेश्वरबाट स्विकार्ने मनोवृत्ति हो? के यो परमेश्वरप्रति समर्पणको मनोवृत्ति हो? यो परमेश्वरप्रति समर्पणको, वा परमेश्वरबाट स्विकार्ने, वा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्ने मनोवृत्ति होइन। परमेश्वरबाट स्विकार्ने कार्य परमेश्वरप्रतिको समर्पण अभ्यास गर्ने सिद्धान्तहरूको एउटा पाटो हो। यदि तँ तँलाई आइपर्ने सबथोक परमेश्वरको सार्वभौमिकताभित्र पर्छ, ती कुराहरू परमेश्वरका बन्दोबस्तहरू र शुभेच्छाका कारण हुन्छन् भनी निश्चित छस् भने, तैँले तिनलाई परमेश्वरबाट स्विकार्न सक्छस्। सुरुमा सही र गलत विश्लेषण नगर्, आफैले बहानाहरू नबना, अरूमा खोट नखोज्, गल्तीहरू खोतल्ने काम नगर्, घटनाका वस्तुगत कारणहरूको आलोचनात्मक विश्लेषण नगर्, र कामकुरालाई विश्लेषण र जाँच गर्न तेरो मानव दिमाग प्रयोग नगर्। परमेश्वरबाट स्विकार्नका निम्ति तैँले गर्नैपर्ने कामका विवरणहरू यिनै हुन्। यो अभ्यास गर्ने उपाय भनेको सुरुमा समर्पण गर्नु हो। तँमा धारणाहरू भए पनि वा कामकुराबारे तँ प्रस्ट नभए पनि, समर्पित हो। सुरुमै बहाना वा विद्रोहीपनतिर नलाग्। अनि समर्पित भएपछि, सत्यता खोज्, परमेश्वरलाई प्रार्थना गर् अनि उहाँबाट खोजी गर्। तैँले कसरी प्रार्थना गर्नुपर्छ? यसो भन्, “हे परमेश्वर, तपाईंले आफ्नो शुभेच्छाले मेरा लागि यो परिस्थिति योजनाबद्ध गर्नुभएको छ।” तैँले यसो भन्नुको अर्थ के हो? यसको अर्थ तेरो हृदयमा पहिल्यै स्वीकारको मनोवृत्ति छ र परमेश्वरले तेरा लागि त्यो परिस्थिति योजनाबद्ध गर्नुभएको हो भनी तैँले स्विकारेको छस्। यसो भन्; “हे परमेश्वर, आज मैले सामना गरेको परिस्थितिमा कसरी अभ्यास गर्ने भनेर म जान्दिनँ। म तपाईँलाई मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न अनि मलाई तपाईंको इच्छा बुझाइदिन आग्रह गर्छु, ताकि म त्यहीअनुसार कार्य गर्न, र न त विद्रोही न प्रतिरोधी हुन, र मेरो आफ्नै इच्छामा भर नपर्न सकूँ। म सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, तँलाई हृदयमा शान्ति महसुस हुनेछ, र तैँले तेरा बहानाहरूलाई स्वतः त्याग्नेछस्। के यो तेरो मानसिकतामा आएको परिवर्तन होइन र? यसले तेरो लागि सत्यता खोज्ने र अभ्यास गर्ने बाटो खोल्छ, र बाँकी समस्या भनेको तैँले सत्यता बुझिसकेपछि त्यसलाई कसरी अभ्यास गर्नुपर्छ भन्ने मात्र हो। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयमा यदि तैँले फेरि पनि विद्रोहीपन प्रकट गर्छस् भने, तैँले फेरि परमेश्वरलाई प्रार्थना गर्नैपर्छ। तेरो विद्रोहीपन समाधान भइसकेपछि, स्वाभाविक रूपमा तँलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ। समस्याहरू उत्पन्न हुँदा, तैँले परमेश्वरसामु आफूलाई शान्त पार्न र सत्यता खोज्न सिक्नैपर्छ। यदि तँ लगातार बाहिरी कुराहरूको अवरोधमा पर्छस्, यदि तेरो स्थिति सधैँ अव्यवस्थित हुन्छ भने, त्यसको कारण के हो त? यसको कारण के हो भने तैँले सत्यता बुझ्दैनस्, र तँभित्र तेरो भ्रष्ट स्वभावको हैकम चल्छ—तैँले केही गर्नै सक्दैनस्। यस्ता समयमा, तैँले आत्मचिन्तन गरेर आफूभित्रको समस्या पत्ता लगाउनुपर्छ। परमेश्वरका सान्दर्भिक वचनहरू खोजेर तिनले के खुलासा गर्छन् भनी हेर्। त्यसपछि, प्रवचन र सङ्गतिहरू, वा परमेश्वरका वचनका भजनहरू सुन्। यी वचनहरूलाई मनन गर्दै तेरो आफ्नै स्थितिलाई हेर्। त्यसरी तैँले तँभित्र कस्ता समस्याहरू छन् भनी देख्न सक्छस्, र यी समस्याहरूबारे प्रस्टता पाएपछि तिनलाई सम्हाल्न सजिलो हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु नै सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई प्रकाश गरेर हटाउनका लागि होइन; तँलाई प्रकाश गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैंले जान्नुपर्छ। तैंले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैंले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैंले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैंले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैंले अधीनमा बस्न सिक्नुपर्छ। तैंले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैंले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यता वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यता वास्तविकता प्राप्त गरेपछि, तैंले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु परमेश्वरको हरेक अनुयायीले सामना गर्ने सबैभन्दा आधारभूत पाठ हो। यो सबैभन्दा गहन पाठ पनि हो। तँ जुन हदसम्म परमेश्वरमा समर्पित हुन सक्छस्, तेरो कद त्यति ठूलो हुन्छ, र तेरो आस्था त्यति ठूलो हुन्छ—यी कुराहरू अन्तरसम्बन्धित छन्। पूर्ण समर्पणमा पुग्नका लागि तँ कुन सत्यताहरूले सुसज्जित हुनु आवश्यक छ? पहिलो कुरा, तैँले परमेश्वरसित कुनै पनि मागहरू राख्नु हुँदैन—यो एक सत्यता हो। तैँले यो सत्यतालाई कसरी लागु गर्न सक्छस्? जब तैँले परमेश्वरप्रति माग राख्छस्, तब यो सत्यतालाई प्रयोग गरेर आफूबारे मनन र चिन्तन गर्। “म परमेश्वरलाई कस्ता मागहरू गर्छु? के ती सत्यताअनुरूप छन्? के ती तर्कसङ्त छन्? ती कहाँबाट आएका हुन्? के ती मेरा आफ्नै कल्पनाहरूबाट आएका हुन्, कि ती मलाई शैतानले दिएका विचारहरू हुन्?” वास्तवमा यीमध्ये कुनै पनि होइन। यी विचारहरू मानिसहरूका भ्रष्ट स्वभावहरूले पैदा गर्छन्। तैँले यी अव्यावहारिक मागहरूपछाडिका मनसाय र चाहनाहरूलाई विश्लेषण गर्नुपर्छ, र ती सामान्य मानवताको समझसँग मिल्छन् कि मिल्दैनन् भनी हेर्नुपर्छ। तैँले के खोज्नुपर्छ? यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले पत्रुसझैँ एक अनुयायी हुन खोज्नुपर्छ। पत्रुसले भने, “यदि परमेश्वरले मलाई खेलौनाजस्तै व्यवहार गर्नु भयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” कतिपय मानिसहरू पत्रुसले भनेको कुरा बुझ्दैनन्। तिनीहरूले सोध्छन्: “परमेश्वरले कहिले चाहिँ मानिसलाई खेलौनाजस्तै व्यवहार गर्नुभएको छ र हामीलाई शैतानको हातमा सुम्पनुभएको छ? मैले त त्यो देखेको छैन। परमेश्वर मप्रति अत्यन्तै असल र अनुग्रही रहनुभएको छ। परमेश्वर त्यस्तो खालको परमेश्वर हुनुहुन्न। परमेश्वरले मानवहरूलाई असीमित प्रेम गर्नुहुन्छ भने उहाँले किन मानिसहरूलाई खेलौनाजस्तै व्यवहार गर्नुहुन्थ्यो र? त्यो त सत्यतासँग मेल खाँदैन। यो परमेश्वरबारे गलत बुझाइ हो, परमेश्वरबारे साँचो ज्ञान होइन।” तर पत्रुसका शब्दहरू कहाँबाट आएका हुन्? (ती परमेश्वरबारे ज्ञानबाट आएका हुन्, जुन अनेकथरीका परीक्षाहरू पार गरेपछि प्राप्त भएका हुन्।) पत्रुसले अत्यन्तै धेरै परीक्षा र शोधनहरू पार गरे। उनले आफ्ना सबै व्यक्तिगत माग, योजना र चाहनाहरूलाई पन्छ्याए, र परमेश्वरले कुनै कुरा गर्न माग गरेनन्। त्यसैले, उनीसँग आफ्ना सोचहरू थिएनन्, र उनले आफूलाई पूर्ण रूपमा सुम्पे। उनले यसो सोचे: “परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। उहाँले मेरो परीक्षा लिन सक्नुहुन्छ, मलाई ताडना दिन सक्नुहुन्छ, र मलाई न्याय गर्न वा सजाय दिन सक्नुहुन्छ। उहाँले मलाई काटछाँट गर्न परिस्थितिहरू सिर्जना गर्न सक्नुहुन्छ, मलाई तपाउन सक्नुहुन्छ, मलाई सिंहको ओडार वा ब्वाँसोको गुफामा हालिदिन सक्नुहुन्छ। परमेश्वरले जे गर्नुहुन्छ, त्यो सही हुन्छ, र म कुनै पनि कुरा भए पनि समर्पित हुनेछु। परमेश्वरले गर्नुहुने सबथोक सत्यता हो। मसित कुनै पनि गुनासा वा रोजाइहरू हुनेछैनन्।” के यो पूर्ण समर्पण होइन र? कहिलेकाहीँ मानिसहरू यसो सोच्छन्: “परमेश्वरले गर्नुहुने सबथोक सत्यता हो भने, परमेश्वरले गर्नुभएको यो काममा मैले किन कुनै सत्यता नभेट्टाएको? कहिलेकाहीँ परमेश्वरले पनि सत्यतासँग नमिल्ने कामकुरा गर्नुहुन्छ भन्ने देखिन्छ। कहिलेकाहीँ परमेश्वर पनि गलत हुनुहुन्छ। तर चाहे जेसुकै होस्, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, त्यसैले म समर्पित हुनेछु!” के यस्तो खालको समर्पण पूर्ण समर्पण हो? (होइन।) यो फर्मायसी समर्पण हो; यो साँचो समर्पण होइन। यो यस विषयको पत्रुसको सोचाइसँग अमिल्दो छ। तँलाई खेलौनाजस्तै व्यवहार गर्दा, तँलाई त्यसको कारण बुझाउनुपर्ने वा त्यो जायज र तर्कसङ्गत देखिनुपर्ने आवश्यकता छैन। तँलाई जस्तो व्यवहार गरे पनि हुन्छ; तँसित कामकुराबारे छलफल गर्न वा तँलाई तथ्य र कारणहरू बुझाउन आवश्यक छैन। यदि तेरो अनुमोदनबिना कामकुरा अघि बढ्न सक्दैन भने, के तँलाई खेलौनाजस्तै व्यवहार गरिन्थ्यो र? गरिँदैनथ्यो—त्यो त तँलाई पूर्ण मानव अधिकार र स्वतन्त्रता, साथै पूर्ण सम्मान दिनु हुनेथ्यो। त्यो त तँलाई खेलौनाजस्तो नभएर मानवजस्तो व्यवहार गरिरहेको हुनेथ्यो। खेलौना भनेको के हो? (यो त्यस्तो चिज हो जसको कुनै स्वायत्तता र अधिकार हुँदैन।) तर के यो अधिकारबिनाको चिज मात्र हो त? पत्रुसका शब्दहरूलाई कसरी लागु गर्न सकिन्छ? उदाहरणका लागि, मानिलिऊँ तैँले केही समयदेखि कुनै निश्चित विषयमा खोजी गर्दै आएको छस्, तर अझै पनि परमेश्वरको इच्छा बुझेको छैनस्। अथवा, मानिलिऊँ तैँले २० वर्षभन्दा बढी समयदेखि परमेश्वरमा विश्वास गरेको छस् र यो सब के हो भनेर अझै थाहा पाएको छैनस्। के तैँले यस्तो अवस्थामा समर्पण गर्नुपर्दैन र? तैँले समर्पण गर्नुपर्छ। अनि यो समर्पण केमा आधारित हुन्छ? यो पत्रुसले “यदि परमेश्वरले मलाई खेलौनाजस्तै व्यवहार गर्नु भयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” भनेको कुरामा आधारित छ। यदि तँ परमेश्वरलाई सधैँ मानिसका धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्छस्, र परमेश्वरले गर्नुहुने सबै कार्य मापन गर्न, परमेश्वरका वचन र काम मापन गर्न तिनलाई नै प्रयोग गर्छस् भने, के यो परमेश्वरलाई साँघुरो घेरामा सीमित गर्नु, र परमेश्वरलाई प्रतिरोध गर्नु होइन र? के परमेश्वरले गर्नुहुने सबथोक मानिसका धारणा र कल्पनाहरूसँग मिल्न सक्छ? यदि मिल्दैन भने, के तैँले त्यसलाई स्वीकार वा पालन गर्दैनस्? त्यस्तो बेला, तैँले कसरी सत्यता खोज्नुपर्छ? तैँले कसरी परमेश्वरलाई पछ्याउनुपर्छ? यसमा सत्यता संलग्न हुन्छ; परमेश्वरका वचनहरूबाट जवाफ खोज्नुपर्छ। परमेश्वरमा विश्वास गर्दा, मानिसहरू सृजित प्राणीको स्थानमा अडिनुपर्छ। चाहे जुनसुकै समय होस्, परमेश्वर तँबाट लुक्नुभएको भए पनि वा तेरोसामु देखा पर्नुभएको भए पनि, तैँले परमेश्वरको प्रेम महसुस गर्न सके पनि वा नसके पनि, तैँले तेरा जिम्मेवारी, दायित्व, र कर्तव्यहरू के हुन् भनेर थाहा पाउनैपर्छ—तैँले अभ्यासबारे यी सत्यताहरू बुझ्नैपर्छ। यदि तँ अझै पनि तेरा धारणाहरूमा अडिएर “यदि मैले यो मामला सत्यता र मेरा सोचाइअनुरूप छ भनेर प्रस्ट रूपले देख्न सकेँ भने, म समर्पित हुनेछु; यदि मैले यो प्रस्ट देखिनँ र यी परमेश्वरका कार्यहरू हुन् भनेर पुष्टि गर्न सकिनँ भने, सुरुमा म केही समय पर्खनेछु, अनि यो परमेश्वरले नै गर्नुभएको हो भनेर निश्चित भएपछि म समर्पित हुनेछु” भन्छस् भने, के यो परमेश्वरमा समर्पित हुने व्यक्ति हो? होइन। यो सशर्त समर्पण हो, निरपेक्ष र पूर्ण समर्पण होइन। परमेश्वरको काम मानव धारणा र कल्पनाहरूसँगअनुरूप हुँदैन; देहधारण र विशेषगरी न्याय र सजाय मानव धारणा र कल्पनाहरूअनुरूप, हुँदैन। अधिकांश मानिसहरू त्यसलाई स्विकार्न र त्यसमा समर्पित हुन साँच्चै सङ्घर्ष गर्छन्। यदि तँ परमेश्वरको काममा समर्पित हुन सक्दैनस् भने, के तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छस्? त्यो सम्भव छँदै छैन। सृजित प्राणीको कर्तव्य के हो? (सृजित प्राणीको स्थानमा उभिने, परमेश्वरको आज्ञा स्विकार्ने र परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुने।) ठिक भनिस्, त्यसको मूल त्यही हो। त्यसोभए के यो समस्यालाई सम्बोधन गर्न सजिलो छैन र? सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ता अर्थात् तेरो परमेश्वरमा समर्पित हुनु—हरेक सृजित प्राणीले सबैभन्दा बढी कायम राख्नुपर्ने कुरा यही हो। धेरै सत्यताहरू छन् जुन तैँले बुझ्दैनस् वा जसबारे तँलाई थाहै छैन। तैँले परमेश्वरको इच्छा बुझ्न सक्दैनस्, त्यसैले तैँले सत्यताहरूलाई स्विकार्नेछैनस् वा तँ तिनमा समर्पित हुनेछैनस्—के त्यो ठिक हो? उदाहरणका लागि, यदि तैँले केही अगमवाणीहरू बुझिनस् भने, के तैँले ती परमेश्वरका वचनहरू हुन् भनी स्विकार्दैनस्? तैँले त्यसलाई नकार्न सक्दैनस्। ती वचनहरू सधैँ परमेश्वरकै वचन हुनेछन्, र तिनमा सत्यता समावेश हुन्छ। तैँले तिनलाई नबुझे पनि, ती परमेश्वरकै वचनहरू हुन्। यदि परमेश्वरका केही वचनहरू पूरा भएका छैनन् भने, के त्यसको मतलब ती परमेश्वरका वचन होइनन्, ती सत्यता होइनन् भन्ने हुन्छ? यदि तँ “यदि त्यो पूरा भएको छैन भने त्यो सायद परमेश्वरका वचनहरू होइनन्। सायद त्यो दूषित भएको छ” भन्छस् भने, यो कस्तो मनोवृत्ति हो? यो विद्रोहको मनोवृत्ति हो। तँमा समझ हुनैपर्छ। समझ भनेको के हो? समझ हुनु के कुरामा आधारित हुन्छ? यो सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ता अर्थात् तेरो परमेश्वरमा समर्पित हुनुमा आधारित हुन्छ। यो नै सत्यता हो; यो अनन्तकालसम्म नबदलिने सत्यता हो। के परमेश्वरप्रतिको समर्पण तैँले परमेश्वरको इच्छा जानेको वा बुझेको छस् कि छैनस्, वा परमेश्वरले तँलाई उहाँको इच्छा देखाउनुभएको छ छैन भन्ने कुरामा आधारित हुनुपर्छ? के त्यो यी सबै कुरामा आधारित हुनुपर्छ? (पर्दैन।) त्यसोभए त्यो केमा आधारित हुन्छ त? त्यो समर्पणको सत्यतामा आधारित हुन्छ। समर्पणको सत्यता भनेको के हो? (सृजित प्राणीको स्थानमा उभिनु र सृष्टिकर्ताप्रति समर्पित हुनु।) समर्पणको सत्यता भनेको यही हो। त्यसोभए, के तैँले सही र गलत विश्लेषण गर्नुपर्ने कुनै आवश्यकता छ? पूर्ण समर्पण हासिल गर्नका लागि के तैँले परमेश्वरले सही काम गर्नुभएको छ कि छैन भनेर विचार गर्नु आवश्यक छ? के तँ समर्पित हुनका लागि परमेश्वरले सत्यताको यो पक्षलाई प्रस्ट र पूर्ण रूपले व्याख्या गर्न आवश्यक छ? (अहँ, छैन।) चाहे परमेश्वरले जेसुकै गर्नुहोस्, तैँले समर्पणको सत्यता अभ्यास गर्नुपर्छ—त्यति भए पुग्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु नै सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ। “प्रतीक्षा गर्नु” भनेको परमेश्‍वरको समय प्रतीक्षा गर्नु हो, उहाँले तेरो निम्ति बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू र कामकुराहरू प्रतीक्षा गर्नु हो, उहाँका अभिप्रायहरू तँकहाँ क्रमिक रूपमा प्रकट हुने प्रतीक्षा गर्नु हो। “खोजी गर्नु” भनेको उहाँले योजना गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरूमार्फत तँप्रतिका परमेश्‍वरका विचारपूर्ण अभिप्रायहरू अवलोकन गर्नु र बुझ्‍नु हो, तिनीहरूमार्फत सत्यता बुझ्‍नु हो, मानिसहरूले हासिल गर्नैपर्ने कुराहरू र तिनीहरूले पालना गर्नैपर्ने मार्गहरूलाई बुझ्‍नु हो, र परमेश्‍वरले मानिसहरूमा के-कस्ता नतिजाहरू प्राप्त गर्न र तिनीहरूमा के-कस्ता उपलब्धिहरू हासिल गर्न चाहनुहुन्छ भनेर बुझ्‍नु हो। “समर्पित हुनु” ले चाहिँ अवश्य नै परमेश्‍वरले योजनाबद्ध गर्नुभएका मानिसहरू, घटनाहरू, र कामकुराहरू स्वीकार गर्नुलाई जनाउँछ, उहाँको सार्वभौमिकता स्वीकार गर्नु र यसमार्फत सृष्टिकर्ताले कसरी मानिसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँले कसरी मानिसलाई उहाँको जीवन आपूर्ति गर्नुहुन्छ, र मानिसभित्र उहाँले कसरी सत्यताको काम गर्नुहुन्छ भनेर जान्‍नुलाई जनाउँछ। परमेश्‍वरका बन्दोबस्तहरू र सार्वभौमिकताको अधीनमा रहेका यावत् थोकले प्राकृतिक नियमहरू पालना गर्छन्, र यदि तैँले परमेश्‍वरलाई तेरो लागि सबै कुराहरू बन्दोबस्त गर्न र नियन्त्रण गर्न दिने सङ्कल्प गर्छस् भने, तैँले प्रतीक्षा गर्न सिक्‍नैपर्छ, तैँले खोजी गर्न सिक्‍नैपर्छ, र तैँले समर्पित हुन सिक्‍नैपर्छ। परमेश्‍वरको अख्तियारमा समर्पित हुन चाहने हरेक व्यक्तिले अपनाउनुपर्ने मनोवृत्ति यही हो, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तलाई स्वीकार गर्न चाहने हरेक व्यक्तिमा हुनुपर्ने आधारभूत गुण यही हो। त्यस्तो मनोवृत्ति धारण गर्नको लागि, त्यस्तो गुण प्राप्त गर्नको लागि, तैँले अझै बढी परिश्रम गर्नैपर्छ। तैँले साँचो वास्तविकतामा प्रवेश गर्न सक्‍ने एउटै मार्ग यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

नोआ एक यस्ता व्यक्ति थिए जो सबै मानिसहरूभन्दा बढी अनुकरणयोग्य छन्, जसले परमेश्‍वरको डर मान्थे, परमेश्‍वरको आज्ञापालन गर्थे, र परमेश्‍वरले सुम्पिनुभएको कामकुरा पूरा गर्थे; तिनलाई परमेश्‍वरले सराहना गर्नुभएको थियो, र आज परमेश्‍वरलाई पछ्याउने व्यक्तिहरूको लागि तिनी एक आदर्श हुनुपर्छ। अनि तिनको सबैभन्दा मूल्यवान् कुरा के थियो त? परमेश्‍वरका वचनहरूप्रति तिनीसँग केवल एउटै आचरण थियो: सुन्नु र स्वीकार गर्नु, स्वीकार गर्नु र आज्ञापालन गर्नु, र आजीवन आज्ञापालन गर्नु। यही आचरण नै तिनको सबैभन्दा मूल्यवान् कुरा थियो र यही आचरणले नै तिनलाई परमेश्‍वरले सराहना गर्नुभयो। जब परमेश्‍वरका वचनहरूको कुरा आउथ्यो, तिनले केवल नाम मात्रको प्रयत्न गर्दैनथिए, तिनले केवल झारा टार्ने काम गर्दैनथिए, र तिनले ती वचनहरूलाई आफ्नो टाउको‍भित्र अध्ययन, विश्‍लेषण, प्रतिरोध, वा अस्वीकार गरी मस्तिष्कको पछिल्लो भागमा थन्क्याउने काम गर्दैनथिए; यसको सट्टा, तिनले ती वचनहरूलाई पूर्ण इमानदारितासाथ सुन्थे, तिनीहरूलाई अलिअलि गर्दै आफ्नो हृदयभित्र स्वीकार गर्थे, त्यसपछि तिनले परमेश्‍वरका वचनहरूलाई कसरी पूरा गर्न सकिन्छ, तिनीहरूलाई कसरी अभ्यास गर्न सकिन्छ, तिनीहरूलाई नबङ्ग्याईकनै कसरी तिनीहरूको मौलिक अभिप्रायअनुरूप कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा चिन्तन गर्थे। अनि परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्ने क्रममा, तिनले गुप्त रूपमा आफैलाई भन्थे, “यी परमेश्‍वरका वचनहरू हुन्, यी परमेश्‍वरका निर्देशनहरू हुन्, यी परमेश्‍वरका आज्ञाहरू हुन्, म कर्तव्यमा बाँधिएको छु, मैले आज्ञापालन गर्नुपर्छ, मैले कुनै पनि विवरणलाई छोड्नु हुँदैन, म कुनै पनि हालतमा परमेश्‍वरका इच्छाहरूविरुद्ध जानु सक्दिन, न त मैले उहाँले भन्नुभएका कुराको कुनै एउटा विवरणलाई पनि उपेक्षा गर्न नै सक्छु, अन्यथा म मानव भनिन लायक रहन्न, म परमेश्‍वरको आज्ञाको लागि अयोग्य हुनेछु, र उहाँको प्रशंसा पाउन अयोग्य हुनेछु। यदि मैले परमेश्‍वरले मलाई भन्नुभएका र सुम्पिनुभएका सबै कुरा पूरा गर्न सकिन भने, मलाई धेरै पछुतो हुनेछ। त्योभन्दा पनि बढी, मैले आफू परमेश्‍वरको आज्ञा र उहाँबाट हुने मेरो प्रशंसाको लागि म अयोग्य रहेको थाहा पाउनेछु, र मसँग फेरि सृष्टिकर्ताको छेउ आउन सक्ने मुहार नै हुनेछैन।” नोआले आफ्नो हृदयमा सोचेका र चिन्तन गरेका हरेक कुरा, तिनको हरेक दृष्टिकोण र आचरण, यी सबैले नै तिनी कसरी परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न र परमेश्‍वरका वचनहरूलाई वास्तविकता बनाउन, परमेश्‍वरका वचनहरूलाई परिपूर्ण गराउन, तिनीहरूलाई आफूमार्फत पूरा हुने र आफूमार्फत वास्तविकतामा परिणत हुने, र तिनीहरूलाई व्यर्थ नहुने बनाउन सक्षम भए भन्ने कुरा निर्धारण गरे। नोआले सोचेका हरेक कुरा, तिनको हृदयमा उत्पन्न भएका हरेक विचार, र परमेश्‍वरप्रतिको तिनको मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, नोआ परमेश्‍वरको आज्ञाको योग्य थिए, तिनी परमेश्‍वरले भरोसा गर्नुभएको मानिस थिए र परमेश्‍वरले रोज्नुभएको व्यक्ति थिए। परमेश्‍वरले मानिसहरूको हरेक वचन र कार्यको निरीक्षण गर्नुहुन्छ, उहाँले तिनीहरूको सोच र विचारहरूलाई हेर्नुहुन्छ। परमेश्‍वरको नजरमा, नोआले यस प्रकारले सोच्न सक्नु भनेको उहाँले गलत व्यक्तिलाई रोज्‍नुभएको थिएन भन्ने हो। नोआ आफैले नै आफू परमेश्‍वरको आज्ञाको कार्यभार लिन योग्य, परमेश्‍वरको भरोसा प्राप्त गर्न लायक, र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम भएको देखाए: सारा मानवजातिमाझ एक मात्र विकल्प तिनी नै थिए।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)

अब्राहाम एक इमानदार मानिस थिए। परमेश्‍वरका वचनहरूप्रति तिनको मनोवृत्ति एउटै थियो: सुन्‍नु, स्वीकार गर्नु, र पालन गर्नु। परमेश्‍वरले जे भन्‍नुभए पनि तिनले सुन्थे; यदि परमेश्‍वरले कुनै कुरा कालो छ भनी भन्‍नुभयो भने, अब्राहामले हेर्दा त्यो कालो नदेखिए पनि, तिनले कुनै प्रश्‍न नगरी त्यसलाई कालो हो भनी विश्‍वास गर्थे। जब परमेश्‍वरले कुनै कुरा सेतो छ भनी भन्‍नुहुन्थ्यो भने त्यो सेतो नै हुन्थ्यो। यो यति सरल थियो। जब परमेश्‍वरले तिनलाई एउटा बालक दिनेछु भनी भन्‍नुभयो, तिनले मनमनै सोचे, “म एक सय वर्ष पुगिसकेँ। यदि परमेश्‍वरले मलाई बालक दिन्छु भनी भन्‍नुहुन्छ भने, म परमेश्‍वरलाई धन्यवाद दिन्छु, म मेरो परमप्रभुलाई धन्यवाद दिन्छु।” तिनले परिस्थितिको बारेमा अनावश्यक रूपमा बढी सोचेनन्; तिनले परमेश्‍वरमा विश्‍वास मात्रै गरे। अनि यो विश्‍वासको सार के थियो? तिनले परमेश्‍वरको सार र पहिचानमा विश्‍वास गरे; सृष्टिकर्तासम्‍बन्धी तिनको ज्ञान साँचो थियो। तिनी परमेश्‍वरसँग सबै थोकको सृष्टि गर्ने शक्ति छ, र परमेश्‍वरले मानवजातिलाई बनाउनुभएको हो भनी विश्‍वास गर्छौं भनेर बोल्दै हिँड्ने, तैपनि हृदयमा “के हामी बाँदरबाट विकसित भएर आएका होइनौं र? किन मैले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको देखिनँ?” भन्दै शङ्का गर्ने कतिपय मानिसहरू जस्ता थिएनन्। परमेश्‍वर बोल्‍नुभएको सुन्दा, हरेकपटक नै तिनीहरूको हृदयमा ठूलो प्रश्‍नवाचक चिन्‍ह खडा हुन्छ। परमेश्‍वरले बोल्‍नुभएको हरेक तथ्य, कुरा, र निर्देशनलाई तिनीहरूले एकएक गरी सूक्ष्म रूपमा, लगनशीलताको साथ, र सावधानीपूर्वक अध्ययन र विश्‍लेषण गर्नुपर्छ; अन्यथा, तिनीहरू होशियार भएनन् भने, तिनीहरू छलमा पर्नेछन्, र तिनीहरूको फाइदा उठाइनेछ भन्‍ने तिनीहरूलाई लाग्छ। तर अब्राहाम यस्ता थिएनन्। तिनको हृदय शुद्ध थियो, तिनले परमेश्‍वरका वचनहरू शुद्ध हृदयले सुन्थे, र यसपटक परमेश्‍वरले बोल्‍नुभएको कुराले उनलाई पीडा दिएको भए पनि, तिनले विश्‍वास र पालना गरे; तिनले परमेश्‍वरका वचनहरू परिवर्तन हुँदैनन्, ती वास्तविकता बन्छन्, ती सृष्टि गरिएका मानवजातिले अघि बढाउनुपर्ने र पालना गर्नुपर्ने कुरा हुन् भन्‍ने तिनको विश्‍वास थियो; परमेश्‍वरका वचनहरूको सामुन्ने, सृष्टि गरिएको मानवजातिसँग छनौट गर्ने अधिकार हुँदैन, तिनलाई अध्ययन वा विश्‍लेषण गर्ने कुरा त परै जाओस्। परमेश्‍वरका वचनहरूप्रति अब्राहामको मनोवृत्ति त्यस्तै थियो। त्यसकारण, तिनलाई यो कुराले नराम्ररी पीडा दिएको भए पनि, आफ्‍नो छोराप्रतिको तिनको घनिष्ठता, प्रेम, र स्‍नेहको कारण, तिनले ठूलो तनाव र कष्ट अनुभव गरेको भए पनि, तिनले अझै पनि आफ्‍नो छोरालाई परमेश्‍वरकहाँ फर्काइदिने निर्णय गरे। किन तिनले आफ्‍नो छोरालाई परमेश्‍वरको हातमा फर्काइदिनुपर्थ्यो? यदि परमेश्‍वरले नअह्राउनुभएको भए, तिनले आफै आफ्‍नो छोरालाई फर्काउनु आवश्यक थिएन—तर परमेश्‍वरले अह्राउनुभएपछि, तिनले आफ्‍नो छोरालाई परमेश्‍वरकहाँ फर्काइदिनुपर्थ्यो; तिनीसँग कुनै बहाना थिएन, र मानिसहरूले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन; यही नै अब्राहामको मनोवृत्ति थियो। तिनले त्यस्तो विशुद्ध हृदयले परमेश्‍वरको आज्ञापालन गरे: परमेश्‍वरले चाहनुभएको कुरा यही थियो, र परमेश्‍वरले देख्‍न चाहनुभएको कुरा यही थियो। अब्राहामले इसहाकलाई चढाएर जे हासिल गरे, र परमेश्‍वरको अघि तिनमा जे कुरा प्रकट भयो, त्यो परमेश्‍वरले देख्‍न चाहनुभएको कुरा थियो, र त्यो परमेश्‍वरले तिनलाई गर्नुभएको जाँच थियो। तैपनि, परमेश्‍वरले अब्राहामलाई नोआलाई जस्तो व्यवहार गर्नुभएन। उहाँले अब्राहामलाई सबै वृतान्त, प्रक्रिया, यो घटनाको पछाडि रहेका सबै कुरा बताउनुभएन। अब्राहामलाई एउटै कुरा मात्रै थाहा थियो: परमेश्‍वरले तिनलाई इसहाक फिर्ता दिन आज्ञा गर्नुभएको थियो, कुरा त्यति नै थियो। यसो गर्ने क्रममा, परमेश्‍वरले तिनको जाँच गरिरहनुभएको छ भन्‍ने तिनलाई थाहा थिएन, न त यो जाँचमा परिसकेपछि, परमेश्‍वरले तिनी र तिनको सन्तानमा के कुरा पूरा गर्न चाहनुभएको थियो भन्ने नै तिनलाई थाहा थियो। परमेश्‍वरले तिनलाई सबै कुरा बताउनुभएन, तर तिनलाई सरल निर्देशन दिनुभयो, अनुरोध मात्रै गर्नुभयो। अनि, परमेश्‍वरका वचनहरू यी वचनहरू अत्यन्तै सरल थिए, र मानव अपेक्षाहरूभन्दा बाहिरका कुरा थिए, तैपनि अब्राहामले परमेश्‍वरले चाहनुभएको र तोक्‍नुभएको झैँ गरे: तिनले इसहाकलाई वेदीमा लगी बलिको रूपमा चढाए। तिनले गरेको सबै कुराले तिनले गरेको बलिदान औपचारिक मात्रै होइन, तिनले झारा टार्ने काम मात्रै गरिरहेका छैनन्, र तिनी आफ्‍नो हृदयको अन्तस्करणदेखि नै निष्कपट छन् भन्‍ने देखायो। सृष्टिकर्ताले माग्‍नुभएको कुरालाई तिनले सहन नसके पनि, त्यसले तिनलाई पिडा दिएको भए पनि, अब्राहामले त्यही विधिको छनौट गरे, जुन मानवजातिको कुनै पनि सदस्यले छनौट गर्न सक्दैन: सृष्टिकर्ताले माग्‍नुभएको कुराको पूर्ण आज्ञापालन, कुनै सम्झौता नगरीकन, कुनै बहाना, र कुनै सर्त नराखीकन गरिएको आज्ञापालन—परमेश्‍वरले जे भन्‍नुभएको थियो तिनले त्यही गरे। अनि, परमेश्‍वरले भन्‍नुभएको कुरा गर्न सकेपछि, तिनीभित्र के पाइयो त? आंशिक रूपमा के देखियो भने, तिनीभित्र परमेश्‍वरप्रतिको साँचो विश्‍वास थियो; सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ, तिनका परमेश्‍वर, तिनका प्रभु हुनुहुन्छ, सबै थोकमाथि शासन गर्नुहुने र मानवजातिको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा तिनी निश्‍चित थिए। यो साँचो विश्‍वास थियो। आंशिक रूपमा, तिनको हृदय शुद्ध थियो भन्ने देखियो। तिनले सृष्टिकर्ताले बोल्‍नुभएको हरेक वचनमा भरोसा गरे, र सृष्टिकर्ताले बोल्‍नुभएको हरेक वचनलाई सरल रूपमा र सिधा रूपमा स्वीकार गर्न सके। त्यसै गरी, आंशिक रूपमा के पनि देखियो भने, सृष्टिकर्ताले तिनलाई गर्न लगाउनुभएको कुरा जति नै कठिन भए पनि, तिनलाई यसले जति नै पीडा दिए पनि, तिनले आज्ञापालनको मनोवृत्ति नै रोजे, परमेश्‍वरसँग तर्क गर्ने, वा पछि हट्ने, वा इन्कार गर्ने प्रयास गरेनन्, बरु परमेश्‍वरले जे भन्‍नुभएको थियो त्यसैअनुसार, उहाँको हरेक वचन, र जारी गरिएको हरेक आदेशअनुसार काम र कार्यान्वयन गर्दै पूर्ण र समग्र आज्ञापालन गरे। परमेश्‍वरले गर्न लगाउनुभएको र हेर्न चाहनुभएको अनुसार नै, अब्राहामले इसहाकलाई वेदीमा बलिको रूपमा चढाए, तिनले उसलाई परमेश्‍वरमा अर्पित गरे—र तिनले गरेको सबै कुराले परमेश्‍वरले सही व्यक्तिलाई चुन्‍नुभएको छ भन्‍ने प्रमाणित गर्यो, र परमेश्‍वरको नजरमा, तिनी धर्मी थिए।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)

तँसँग साँचो आस्था हुँदा मात्र तँमा साँचो आज्ञापालन हुन्छ। तैँले परमेश्‍वरको आज्ञा साँच्चै पालना गर्न सकिस् भने मात्र तँभित्र बिस्तारै साँचो भरोसा उत्पन्न हुन सक्छ। अनि, तैँले परमेश्‍वरको साँचो रूपमा आज्ञापालन गर्ने क्रममा साँचो भरोसा प्राप्त गर्छस्, तर यदि तँसित साँचो भरोसा छैन भने, के तैँले परमेश्‍वरको साँचो आज्ञापालन गर्न सक्छस् त? (सक्दिनँ।) यी कुराहरू एकअर्कासँग जोडिएका छन्, र यो नियम वा तर्कको मामला होइन। सत्यता दर्शन् होइन, र यो तार्किक कुरा पनि होइन। सत्यताहरू अन्तरसम्बन्धित हुन्छन् र तिनलाई एकअर्काबाट छुट्याउन मिल्दैन। यदि तैँले “परमेश्‍वरको आज्ञापालन गर्न, तँसित परमेश्‍वरमाथिको भरोसा हुनैपर्छ, र यदि तँसित परमेश्‍वरमाथिको भरोसा छ भने, तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” भनेर भन्छस् भने, यो एउटा नियम, वाक्यांश, सिद्धान्त, र एउटा भव्य विचार हो! तर जीवनका मामलाहरू नियम होइनन्। तँ सर्वशक्तिमान् परमेश्‍वर मात्र तेरो मुक्तिदाता र एक्लो साँचो परमेश्‍वर हुनुहुन्छ भनेर मौखिक रूपमा स्वीकार गरिरहन्छस्, तर के तँसित परमेश्‍वरमाथिको साँचो भरोसा छ त? तैँले प्रतिकूलता सामना गर्नुपर्दा खरो उत्रिन तँ के कुरामा भरोसा राख्छस्? धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकार्छन् किनकि उहाँले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ति उहाँलाई स्विकार्छन्। तर गिरफ्तार र सङ्कष्टहरू सामना गर्नुपरेको बेलामा, कैयौँ मानिसहरू पछि हट्छन्, र कैयौँ आफ्नो घरमा लुकेर बस्छन् र आफ्ना कर्तव्यहरू निभाउने आँट गर्दैनन्। यो बोला, तैँले “म परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छु, म मान्छेको नियतिमाथि परमेश्‍वरको नियन्त्रण छ र मेरो नियति परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्छु” भनेर बोलेको वचन नामनिसानै नरही पहिल्यै हराइसकेको हुन्छ। त्यो त तेरो बोल्ने कुरा मात्र थियो। तैँले यी वचनहरू अभ्यास र अनुभव गर्ने आँट नगर्ने हुनाले, र तँ यी वचनहरूद्वारा नजिउने भएकोले, के तँसित परमेश्‍वरमाथि साँचो भरोसा छ त? परमेश्‍वरमाथि आस्था राख्नुको सार परमेश्‍वरको नाममा विश्‍वास गर्नु मात्र होइन, यो त परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यमा विश्‍वास गर्नु हो। यो तथ्यलाई तैँले आफ्नो जीवनमा परिणत गर्नुपर्छ, र तेरो जीवनको वास्तविक गवाहीमा परिणत गर्नुपर्छ। तँ यी वचनहरूद्वारा जिउनुपर्छ। मतलब, तैँले यी वचनहरूलाई तेरो व्यवहारको मार्गदर्शन बन्न दिनुपर्छ र परिस्थितिहरू आइपर्दा तेरा कार्यहरूको दिशा र लक्ष्यको मार्गदर्शन् बन्न दिनुपर्छ। तैँले किन यी वचनहरूद्वारा जिउनुपर्छ त? उदाहरणको लागि, मानौँ परमेश्‍वरमा विश्‍वास गर्न र तेरो कर्तव्य निभाउन तँ विदेश जान सक्षम छस्, र तँलाई लाग्छ कि यो निकै राम्रो कुरा हो। ठूलो रातो अजिङ्गरको नियम विदेशमा लागू हुँदैन, र त्यहाँ विश्‍वासमाथि दमन गरिँदैन; त्यहाँ परमेश्‍वरमा विश्‍वास गर्दा, तेरो जीवन खतरामा पर्दैन, त्यसैले तैँले जोखिमहरू मोल्नुपर्दैन। जबकि मुख्यभूमि चीनमा बस्ने परमेश्‍वरका विश्‍वासीहरू जुनसुकै समयमा गिरफ्तार हुने खतरामा हुन्छन्; तिनीहरू पिशाचको ओढारमा जिइरहेका छन्, जुन निकै खतरनाक छ! त्यसपछि एक दिन परमेश्‍वरले भन्नुहुन्छ, “तँ विदेशमा बसेर धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छस्, र केही जीवन अनुभव बटुलेको छस्। मुख्यभूमि चीनमा एउटा ठाउँ छ, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू जीवनको सन्दर्भमा अपरिपक्व छन्। तँ फर्केर तिनीहरूको गोठालो बन्नुपर्छ।” यो जिम्मेवारी आइपर्दा तैँले के गर्थिस्? (आज्ञापालन र स्वीकार गर्थेँ।) बाहिरी रूपमा त तैँले स्विकार्लास्, तर तेरो हृदयमा असहज अनुभूति हुनेछ। राती ओछ्यानमा तँ रुनेछस् र यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गर्नेछस्, “परमेश्‍वर, तपाईंलाई मेरो कमजोरी थाहा छ। मेरो कद अत्यन्तै सानो छ। म मुख्यभूमिमा फर्किएँ भने पनि, मैले परमेश्‍वरका चुनिएका मानिसहरूको गोठालो गर्न सक्दिनँ! के तपाईंले अरू कसैलाई नै छानेर पठाउन सक्नुहुन्न र? यो आज्ञा मलाई नै आएको छ, र म जान पनि चाहन्छु, तर यदि म गएँ भने, मलाई डर छ, मैले त्यसलाई राम्ररी कार्यान्वयन गर्नेछैनँ, मैले सन्तोषजनक रूपले मेरो कर्तव्य निभाउन सक्नेछैनँ, र म तपाईंको इच्छा पूरा गर्न असमर्थ हुनेछु! के म अझै दुई वर्ष विदेशमै बस्न मिल्दैन र?” तैँले कस्तो विकल्प रोजिरहेको छस्? तैँले जान पूरै अस्वीकार पनि गरिरहेको छैनस्, तर जान पूरै स्वीकार पनि गरिरहेको छैनस्। यो मौन अस्वीकृति हो। के यो परमेश्‍वरको आज्ञापालन गर्नु हो र? यो त परमेश्‍वरविरुद्धको सबैभन्दा प्रस्ट विद्रोह हो। तैँले फर्किन नचाहनु अर्थ तँसित प्रतिरोधी संवेगहरू छन्। के परमेश्‍वरलाई यो कुरा थाहा हुन्छ? (उहाँलाई थाहा हुन्छ।) अनि, परमेश्‍वरले “नजा न त। म तँमाथि कठोर बनिरहेको छैनँ, म तेरो एउटा परीक्षा मात्र लिइरहेको छु” भनेर भन्नुहुनेछ। यसरी, उहाँले तेरो पर्दाफास गर्नुभएको छ। के तँ परमेश्‍वरलाई प्रेम गर्छस् र? के तँ परमेश्‍वरको आज्ञापालन गर्छस् र? के तँसित साँचो भरोसा छ र? (छैन।) के यो कमजोरी हो र? (होइन।) यो विद्रोह हो, यो परमेश्‍वरको विरोध गर्नु हो। यो परीक्षाले तँमा परमेश्‍वरमाथिको साँचो भरोसा छैन, तँमा साँचो आज्ञापालन छैन, र परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर तैँले विश्‍वास गर्दैनस् भन्ने खुलासा गरेको छ। तैँले भन्छस्, “जबसम्म म डराएको हुन्छु, तबसम्म मैले जान नखोज्नु तर्कसङ्गत कुरा हुन्छ। जबसम्म मेरो जीवन खतरामा हुन्छ, तबसम्म मैले अस्वीकार गर्न मिल्छ। मैले यो आज्ञा स्विकार्नु जरुरी हुँदैन र मैले मेरो आफ्नै मार्ग रोज्न सक्छु। मैले गुनासो र दुखेसोले भरिन पाउँछु।” यो कस्तो प्रकारको भरोसा हो? यसमा कुनै साँचो भरोसा छैन। तैँले फलाक्ने नाराहरू जति ठूला भए पनि, के ती कुराले अब कुनै परिणाम दिनेछन् र? बिलकुलै दिनेछैनन्। के तेरा शपथहरूले कुनै परिणाम दिनेछन् र? यदि अरू मानिसहरूले सत्यता सङ्गति गर्छन् र तँलाई कुरा बूझाउन खोज्छन् भने, के त्यसले केही राम्रो गर्नेछ र? (गर्नेछैन।) तिनीहरूले कुरा बुझाएपछि, तँ मन नलागीनलागी मुख्यभूमिमा गइस् भने पनि, के यो साँचो आज्ञापालन हुनेछ र? परमेश्‍वर तैँले यसरी आज्ञापालन गरेको चाहनुहुन्न। यदि तँ अनिच्छासाथ गइस् भने, तँ व्यर्थै गएको हुनेछस्। परमेश्‍वरले तँमाथि काम गर्नुहुनेछैन, र तैँले त्यसबाट केही पनि प्राप्त गर्नेछैनस्। परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती काम गर्न लगाउनुहुन्न। तँ आफै इच्छुक हुनुपर्छ। यदि तँ जान चाहँदैनस्, बरु तेस्रो मार्ग लिन चाहन्छस्, र सधैँ उम्कन, अस्वीकार गर्न र पन्छिन खोज्छस् भने, तैँले जानुपर्दैन। जब तेरो कद पार्याप्त रूपमा ठूलो हुन्छ र तँसित त्यस्तो भरोसा हुन्छ, तब तैँले स्वेच्छाले जाने अनुमति माग्नेछस्, र यसो भन्नेछस्, “अरू कोही नगए पनि म जानेछु। यसपालि मलाई साँच्चै डर छैन, र म जीवनको जोखिम मोल्नेछु! के यो जीवन परमेश्‍वरले नै दिनुभएको होइन र? शैतानको त्यस्तो डरलाग्दो कुरा के छ र? त्यो त परमेश्‍वरको हातको खेलौना हो, र म त्यसको डर मान्दिनँ! यदि मलाई गिरफ्तार गरिएन भने, त्यो परमेश्‍वरको अनुग्रह र कृपाको कारणले हुनेछ। यदि परिस्थितिहरू अर्कै भएर मैले गिरफ्तार हुनपर्‍यो भने पनि, त्यो परमेश्‍वरको अनुमतिले नै हुनेछ। म जेलमै मरे पनि, मैले परमेश्‍वरको गवाही दिनैपर्छ! मसँग यो सङ्कल्प हुनैपर्छ—म मेरो जीवन परमेश्‍वरलाई नै सुम्पनेछु। म आफूले जीवनमा बुझेका, अनुभव गरेका र जानेका कुराहरू त्यहाँ लैजानेछु, अनि बुझाइ र ज्ञान नभएका ती दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्नेछु। यस तरिकामार्फत, तिनीहरूमा पनि ममा जस्तै भरोसा र सङ्कल्प आउन सक्छ, र तिनीहरूले परमेश्‍वरको अगाडि आएर उहाँको गवाही दिन सक्छन्। मैले परमेश्‍वरको इच्छाप्रति विचारशील भएर यो गह्रुङ्गो बोझ उठाउनैपर्छ। यो गह्रुङ्गो बोझ उठाउनको लागि मैले जोखिम मोल्नु र मेरो जीवन त्याग्नुपरे पनि, मलाई डर छैन। मैले आफ्नो बारेमा सोच्नै छोडिसकेँ; मसँग परमेश्‍वर हुनुहुन्छ, मेरो जीवन उहाँकै हातमा छ, र म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति स्वेच्छाले समर्पित हुन्छु।” अनि तँ फर्केपछि, तैँले त्यो परिवेशमा कष्ट भोग्नुपर्नेछ। तँलाई चाँडै बुढ्यौली लाग्न सक्छ, तेरो कपाल फुल्न सक्छ र तेरो अनुहार चाउरिन सक्छ। तँ बिमारी वा गिरफ्तारी र उत्पीडनमा पर्न सक्छस्, वा तैँले आफूलाई मृत्युको मुखमा समेत पाउन सक्छस्। तैँले यी समस्याहरू कसरी सामना गर्नुपर्छ? यसमा फेरि पनि साँचो भरोसाकै कुरा आउँछ। कतिपय मानिसहरू दृढताको जोसमा फर्कन सक्छन्, तर फर्केपछि यी कठिनाइहरू सामना गर्दा तिनीहरूले के गर्नेछन्? तैँले पूर्ण समर्पित भएर परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्नुपर्छ। तँलाई अलिअलि देखिँदो बुढ्यौली लागे पनि, तँ थोरथोरै बिरामी भए पनि, यी मामूली कुराहरू हुन्। यदि तैँले परमेश्‍वरविरुद्ध पाप गरिस् र उहाँको आज्ञा अस्वीकार गरिस् भने, तैँले यस जीवनमा परमेश्‍वरद्वारा सिद्ध पारिने मौका गुमाउनेछस्। यदि तेरो जीवनमा तैँले परमेश्‍वरविरुद्ध पाप गरिस र उहाँको आज्ञा अस्वीकार गरिस् भने, त्यो कहिल्यै नमेटिने दाग हुनेछ! यो अवसर गुमाउनु भनेको तेरो जवानीको अनगिन्ती वर्षले पनि किन्न नसकिने कुरा हो। स्वस्थ र बलियो शरीर भएको के काम? राम्रो अनुहार र सुन्दर शरीर भएको के अर्थ? यदि तँ असी वर्षसम्म बाँचिस् र तेरो दिमाग अझै तेजिलो छ भने पनि, यदि तँ परमेश्‍वरको वचनको एउटा वाक्यको अर्थसमेत बुझ्न सक्दैनस् भने, के त्यो दयनीय हुनेछैन र? त्यो अत्यन्तै दयनीय हुनेछ! त्यसोभए मानिसहरू परमेश्‍वरसामु आउँदा तिनीहरूले प्राप्त गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण र अमूल्य कुरा के हो? त्यो परमेश्‍वरमाथिको साँचो आस्था हो। तँलाई जेसुकै आइपरे पनि, यदि तैँले पहिला आज्ञापालन गरिस् भने, त्यो बेला परमेश्‍वरबारे तँसित केही ससाना गलत धारणाहरू भए पनि, वा परमेश्‍वरले किन त्यो तरिकाले काम गर्दै हुनुहुन्छ भनेर तैँले खासै नबुझे पनि, तँ निष्क्रिय र कमजोर हुनेछैनस्। पत्रुसले भनेजस्तै, “यदि परमेश्‍वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?” यदि तँसित यति भरोसासमेत छैन भने, के तँ अझै पत्रुसजतिकै आज्ञाकारी हुन सक्छ र? परमेश्‍वरले तँलाई जे गर्नुहुन्छ त्यो प्राय उचित र मनासिब, अनि तेरो कद, कल्पना र धारणाहरूबमोजिम हुनेछ। परमेश्‍वरले तेरो कदअनुसार काम गर्नुहुन्छ। यदि तैँले अझै पनि त्यो स्विकार्न सक्दैनस् भने, के तैँले पत्रुसको आज्ञापालन हासिल गर्न सक्छस् त? त्यो त झनै असम्भव हुनेछ। त्यसकारण, तैँले यो दिशा र लक्ष्यतर्फ पछ्याउनुपर्छ। त्यसपछि मात्र तैँले परमेश्‍वरमाथिको साँचो आस्था हासिल गर्न सक्छस्।

यदि मानिसहरूमा साँचो आस्था छैन भने, के तिनीहरुले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? त्यो भन्न गाह्रो छ। परमेश्‍वरमा साँचो भरोसा राखेर मात्र तिनीहरूले उहाँको आज्ञापालन गर्न सक्छन्। कुरो ठ्याक्कै यही हो। यदि तैँले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्दैनस् भने, तँसँग परमेश्‍वरको ज्ञान, मार्गदर्शन, वा सिद्धता प्राप्त गर्ने थप कुनै अवसरहरू हुनेछैनन्। परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुने यी सबै अवसरहरू तैँले नकारेको छस्। तँ ती अवसरहरू चाहँदैनस्। तँ तिनलाई अस्वीकार गर्छस्, र पन्छाउँछस्, र तँ तीबाट निरन्तर तर्किरहन्छस्। तैँले सधैँ देहसुख भएको र कष्ट नभएको परिवेश छनौट गर्छस्। यो एउटा समस्या हो! तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्दैनस्। तैँले परमेश्‍वरको मार्गदर्शन, उहाँको अगुवाइ र उहाँको सुरक्षा अनुभव गर्न सक्दैनस्। तैँले परमेश्‍वरका कार्यहरू देख्न सक्दैनस्। फलस्वरुप, तैँले सत्यता प्राप्त गर्नेछैनस् र वास्तविक भरोसा पनि प्राप्त गर्नेछैनस्—तैँले केही पनि प्राप्त गर्नेछैनस्!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका कार्य मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यताका सिद्धान्तहरू र सृष्टिकर्ताले काम गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तमा समर्पित हुनु हो; व्यक्तिले आफ्नै रोजाइ छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो, र यदि व्यक्तिमा यो छैन भने, ऊ व्यक्ति भनिन लायक हुँदैन। मानिसहरूले के कुरा बुझ्‍नैपर्छ भने सृष्टिकर्ता सधैँ सृष्टिकै प्रभु हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र शासन गर्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अख्तियार हो। सृष्टिका प्राणीहरूमा एक जना पनि यस्तो छैन जोसँग सृष्टिकर्ताले गर्नुभएको काम सही वा गलत छ, वा उहाँले कसरी काम गर्नुपर्छ भनेर टीकाटिप्पणी गर्ने अधिकार वा योग्यता होस्। सृष्टिकर्ताका नियम र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिलाई कसरी शासन र बन्दोबस्त गर्नुपर्छ भनेर मापदण्ड थोपर्ने अधिकार कुनै पनि प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिकर्ताले आफ्‍ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिकर्ताले राख्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिकर्ताले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसै बीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको शासन र व्यवस्थाहरू स्वीकार गरेकाले, र उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताको इच्छालाई बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँ जसरी प्रकट हुनुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष्‌ वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्‍वास गर्नुहुँदैन, वा उनीहरू परमेश्‍वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्‍वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैंले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्‍वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्‍वरले मलाई कहिल्यै फाल्नुहुन्‍न, मप्रतिको परमेश्‍वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता र सान्त्वना र प्रोत्साहनको मधुर शब्‍दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्‍वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्‍छा अनुसार योजनाबद्ध गर्न सक्‍नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैंले खेल्नु पर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझशक्ति यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्‍वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्‍नो स्थान लिन, र आफ्‍नो कर्तव्य सम्हाल्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

सम्बन्धित भजनहरू

सृष्टि गरिएको प्राणी परमेश्‍वरको कृपामा हुनुपर्छ

अघिल्लो: ३५. परमेश्‍वरको आज्ञापालन र मुक्तिबीच सम्बन्ध

अर्को: ३७. परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग बस्‍नु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्