४२. स्वाभाव परिवर्तन गरेकाहरू मात्र परमेश्‍वरको सेवा गर्न योग्य हुन्छन् भनेर किन भनिन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

काँटछाँट, न्याय र सजाय भोगेकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलग्गिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ काट-छाँट गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई काट-छाँट गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दूषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यता वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

स्वभाव रूपान्तरण भएकाहरूले परमेश्‍वरको डर मान्छन्, र परमेश्‍वरको विरुद्ध तिनीहरूको विद्रोह बिस्तारै कम हुँदै जान्छ। यसबाहेक, तिनीहरूका आफ्नो कर्तव्य निर्वाह गर्दा, अरूले तिनीहरूको चिन्ता लिनु आवश्यक पर्दैन, न त पवित्र आत्माले सधैँ उनीहरूमा अनुशासनको काम नै गर्नु आवश्यक हुन्छ। तिनीहरू आधारभूत रूपमा परमेश्‍वरको अधीनमा बस्न सक्छन्, र विभिन्न कुरासम्बन्धी तिनीहरूको दृष्टिकोण सत्यताअनुरूप हुन्छ। यो सबैको परिणाम भनेको परमेश्‍वरसँग मिल्दो हुन सक्‍नु हो। मानौँ, कसैले तँलाई कुनै काम सुम्प्यो। तँलाई तेरो व्यवस्थापन गर्न वा सुपरिवेक्षण गर्न कसैको आवश्यकता पर्दैन। तैँले यो काम परमेश्‍वरको वचन र प्राथनाद्वारा मात्र पूरा गर्न सक्छस्। यो कामको दौरान, तँ लापरवाह वा अहङ्कारी वा स्वधर्मी हुँदैनस्, न त आफ्नै तरिकाले काम गर्छस्; तैँले अरू कसैलाई अवरोध गर्दैनस्, र अरूलाई करूणापूर्वक सहयोग गर्न सक्षम हुन्छस्। तैँले सबैलाई भरणपोषण र लाभ प्राप्त गर्न सहयोग गर्न सक्छस्, र सबैलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न मार्गदर्शन गर्न सक्छस्। यसको साथै, तैँले यो कामको दौरान आफ्नै हैसियत वा हित खोज्दैनस्, आफूले नकमाएको केही पनि आफ्नै लागि भनेर लिँदैनस्, आवाजहरू आफ्नै पक्षमा उठाउँदैनस्, र कसैले तँलाई जस्तोसुकै व्यवहार गरे पनि तिनीहरूलाई उचित व्यवहार गर्छस्। तब तँ तुलनात्मक रूपमा राम्रो कद भएको व्यक्ति हुनेछस्। कुनै व्यक्तिले कुनै कामको जिम्मा लिएर परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँको वचनको वास्तविकतामा ल्याउनु सामान्य कुरा होइन। सत्यता वास्तविकताबिना यो काम गर्न सकिँदैन। काम गर्दा ठूला वरदानहरूमा भर पर्नेहरू धेरै छन्, जो लड्छन् र असफल हुन्छन्। सत्यता नभएकाहरू पुरै भरहीन मानिसहरू हुन्, र यदि तिनीहरूले आफ्ना स्वभाव परिवर्तन गरेका छैनन् भने त तिनीहरू झनै भरहीन हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। तिनीहरूले लिनुपर्ने स्थान के हो र के कस्ता व्यावहारिक कुराहरू गर्नुपर्छ, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्‍चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यता सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै महत्वपूर्ण काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्‍चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दर्शन र परमेश्‍वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्‍वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्‍ने र उपवास बस्‍नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्‍वरलाई पटक्‍कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई काटछाँट गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझेका हुन्छन्। के यो परमेश्‍वरप्रति सेवा हो र? विगतमा परमेश्‍वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्‍वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्‍नुको अर्थ, यदि तँमा परमेश्‍वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्‍वरको साँचो रूप र स्वभावलाई जान्‍न असफल हुन्छस् भने, यदि परमेश्‍वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्‍वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्‍न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान काटछाँट गर्नका लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्‍चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ समर्पित हृदयसहित परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्टाइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्षम हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

परमेश्वरका नजरमा, उहाँलाई विश्वास गर्ने हर व्यक्तिले गर्ने हरेक कुरा सत्यताविपरीत हुन्छ, परमेश्वरको वचनसँग मिल्दैन, र उहाँविरोधी हुन्छ। तिमीहरू यो स्विकार्न नसकौला, र यसो भन्छौ: “हामी परमेश्वरको सेवा गर्छौँ, उहाँको आराधना गर्छौँ, परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउँछौँ। हामीले धेरै गरेका छौँ, सबै कुरा परमेश्वरको वचन र मापदण्डअनुसार अनि कार्य बन्दोबस्तबमोजिम नै गरेका छौँ। हामी परमेश्वरलाई प्रतिरोध र विश्वासघात गर्छौँ भनेर कसरी भन्न मिल्छ? तपाईं किन सधैँ हाम्रो उत्साहमा आघात पुऱ्याउनुहुन्छ? हामीले ठूलो कठिनाइका साथ आफ्नो परिवार र करियर त्याग्यौँ, र हामी परमेश्वरलाई पछ्याउन सङ्कल्पित थियौँ, तर तपाईं हाम्रो बारेमा कसरी यस्तो बोल्न सक्नुहुन्छ?” यसरी बोल्नुको उद्देश्य सबैले बुझेको सुनिश्चित गर्नलाई होः कसैले राम्रो व्यवहार गर्दैमा, वा कुनै कुरा त्याग्दैमा, वा केही कठिनाइ भोग्दैमा उसको विश्वासघाती प्रकृति परिवर्तन हुँदैन। त्यस्तो हुँदै हुँदैन! आफ्नो कर्तव्य निभाउनु जस्तै कष्ट भोग्नु पनि जरूरी छ, तर तैँले कष्ट भोग्न वा कर्तव्य निभाउन सक्छस् भन्दैमा अब तँमा भ्रष्ट स्वभाव नै छैन भन्ने अर्थ लाग्दैन। किनभने कसैभित्र पनि जीवन स्वभावमा वास्तविक परिवर्तन भएको छैन, र हरव्यक्ति अझै पनि परमेश्वरको इच्छा र उहाँको मापदण्ड पूरा गर्नबाट कोसौँ टाढा छ। मानिसहरूको परमेश्वरप्रतिको विश्वास अति दूषित छ, तिनीहरूको भ्रष्ट स्वभाव अति धेरै प्रकट भएको छ। थुप्रै अगुवा र सेवकले परमेश्वरको सेवा गर्ने भए पनि, परमेश्वरको प्रतिरोध पनि गर्छन्। यसको अर्थ के हो? त्यसको अर्थ तिनीहरू जानाजान परमेश्वरको वचनविरुद्ध जान्छन् र उहाँको इच्छाअनुसार अभ्यास गर्दैनन् भन्ने हो। तिनीहरू जानाजान सत्यता उल्लङ्घन् गर्छन्, आफ्नै इच्छाअनुसार कार्य गर्न, आफ्नै अभिप्राय र उद्देश्य पूरा गर्न, परमेश्वरलाई विश्वासघात गर्न र आफ्नो निर्णय चल्ने आफ्नै स्वतन्त्र राज्य खडा गर्न जिद्दी गर्छन्। परमेश्वरको सेवा पनि गर्नु उहाँको प्रतिरोध पनि गर्नु भनेको यही हो। के अब तिमीहरूले बुझ्यौ?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग

तैंले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँलाई सत्यतासित मिल्दोजुल्दो काम गर्न सहज लाग्‍नेछ। तैँले सामान्य तवरमै आफ्‍नो कर्तव्य निभाउनेछस् र सत्यता अभ्यास गर्नेछस्—कुनै कठिनाइविना र आनन्दको साथसमेत पूरा गर्नेछस्, र तँलाई कुनै पनि नकारात्मक कुरा गर्नको लागि धेरै मेहनत लगाउनुपर्छ भन्‍ने अनुभव हुनेछ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्‍ने हुनाले यस्तो हुन्छ। यदि तैंले वास्तवमै मानव जीवनसम्बन्धी सत्यता बुझ्छस् भने, तँसित कस्तो किसिमको व्यक्ति बन्‍ने, कसरी छलकपटरहित र सिधा, इमानदार, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको साक्षी दिने व्यक्ति बन्‍ने भन्‍नेबारे पछ्याउने बाटो हुनेछ। अनि तैँले यी सत्यताहरू बुझेपछि, तैँले उहाँलाई चुनौती दिने दुष्कर्महरू कहिल्यै पनि गर्न सक्‍नेछैनस्, न त तैँले झूटो अगुवा, झूटो सेवक, वा ख्रीष्टविरोधीको भूमिका नै कहिल्यै निर्वाह गर्नेछस्। शैतानले तँलाई बहकायो भने पनि वा कसैले तेरो खराबी गऱ्यो भने पनि, तैंले त्यो गर्नेछैनस्; जोसुकैले तँलाई करकापमा पार्ने कोसिस गरे पनि, तैँले अझै पनि त्यस तरिकाले काम गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गर्छन् र सत्यता उनीहरूको जीवन बन्छ भने, उनीहरू दुष्टलाई घृणा गर्न र नकारात्मक कुराहरूलाई भित्री रूपमा घृणा गर्न सक्षम बन्‍नेछन्। उनीहरूले दुष्ट काम गर्नु कठिन हुनेछ, किनकि उनीहरूको जीवनको स्वभाव परिवर्तन भएको हुन्छ र उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

सम्बन्धित भजनहरू

केवल परमेश्‍वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्

अघिल्लो: ४१. परमेश्‍वरको अभिप्रायअनुसार कसरी उहाँको सेवा गर्ने र गवाही दिने

अर्को: ४३. किन परमेश्‍वरलाई साँचो प्रेम गर्नेहरू मात्र उहाँद्वारा सिद्ध पारिन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्