३०. मानिसहरूले परमेश्‍वरको अवाज्ञा र प्रतिरोध गर्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मैले उल्‍लेख गरेका परमेश्‍वरका विपक्षीहरूले उनीहरूलाई जनाउँछन् जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठले परमेश्‍वरलाई स्वीकार गर्छन् तर पनि उहाँलाई चिन्दैनन्, जसले परमेश्‍वरलाई पछ्याउँछन् र तर पनि उहाँमा समर्पित हुँदैनन्, र जो परमेश्‍वरको अनुग्रहमा आमोद-प्रमोद गर्छन् तर पनि उहाँको गवाहीको रूपमा खडा हुन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्यको बुझाईविना वा मानिसमा परमेश्‍वरले गर्नुहुने कामको बुझाईविना, ऊ परमेश्‍वरका अभिप्रायहरू अनुसार हुन सक्दैन, न त ऊ परमेश्‍वरको गवाहीको रूपमा खडा हुन नै सक्छ। मानिसले परमेश्‍वरको विरोध गर्ने कारण, एकातिर उसको भ्रष्ट स्वभाव र अर्कोतिर परमेश्‍वरसम्‍बन्धी उसको अज्ञानता र परमेश्‍वरले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, त्यसको र मानिसको लागि उहाँका अभिप्रायहरू के छन् त्यसको बुझाइको अभावबाट उत्पन्न हुन्छ। यी दुई पक्षले मिलेर परमेश्‍वरविरुद्ध मानिसको प्रतिरोधको इतिहास निर्माण गर्छन्। विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरको विरोध गर्छन् किनकि यस्ता विरोध उनीहरूको प्रकृतिभित्रै हुन्छ, यद्यपि विश्‍वासमा धेरै वर्ष रहेकाहरूले परमेश्‍वरलाई गर्ने विरोध उनीहरूको भ्रष्ट स्वभावका अतिरिक्त उहाँसम्‍बन्धी उनीहरूको अज्ञानताबाट निस्कन्छ। परमेश्‍वर देहधारी हुनुभन्दा अघिको समयमा, मानिसले परमेश्‍वरको विरोध गरे-नगरेको मापन स्वर्गमा परमेश्‍वरले घोषणा गर्नुभएका आदेशहरूलाई उसले मान्यो कि मानेन त्यसमा आधारित हुन्थ्यो। उदाहरणको लागि, व्यवस्थाको युगमा, जसले यहोवाका व्यवस्था पालन गर्दैनथ्यो उसलाई परमेश्‍वरको विरोध गर्ने ठानिन्थ्यो; जसले यहोवाका भेटीहरू चोरी गर्थ्यो, वा जो यहोवाको निगाह प्राप्त गरेकाहरूविरुद्ध उभिन्थ्यो, उसलाई परमेश्‍वरको विरोध गर्ने व्यक्ति मानिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो; जसले आफ्ना बाबुआमालाई आदर गर्दैनथ्यो, र जसले अर्कोलाई हिर्काउँथ्यो वा श्राप दिन्थ्यो, उसलाई व्यवस्था पालन नगर्ने व्यक्ति ठानिन्थ्यो। र ज-जसले यहोवाका नियमहरू पालन गर्दैनथिए उनीहरूलाई उहाँविरुद्ध खडा हुनेहरूको रूपमा लिइन्थ्यो। अनुग्रहको युगमा तबउप्रान्त त्यस्तो रहेन, जो येशूविरुद्ध उभिन्थ्यो उसलाई परमेश्‍वरविरुद्ध उभिएको मानिएन, र येशूद्वारा बोलिएका वचनहरूमा समर्पित नहुनेहरूलाई परमेश्‍वरविरुद्ध उभिएको ठानिएन। यस समयमा, परमेश्‍वरको विरोधलाई परिभाषित गरिएको तरिका बढी यथार्थ र बढी व्यावहारिक भयो। परमेश्‍वर अझसम्म देहधारी नहुनुभएको समयमा, मानिसले उहाँको विरोध गरे-नगरेको मापन उसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गऱ्यो कि गरेन र खोजी गऱ्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यस समयमा परमेश्‍वरविरुद्धको विरोधलाई परिभाषित गर्ने तरिका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरबारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएकोथिएन। तसर्थ, मानिसले आफ्नो कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, उहाँले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षा राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरू स्वेच्छाले उहाँमा समर्पित हुन्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्‍वरविरुद्ध उभिन्छन्। परमेश्‍वरबारे धारणाहरू मनमा राख्ने तर उहाँमा समर्पत हुन अझै तत्पर र इच्छुक हुनेहरूलाई दोषी ठहराइनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्राय र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइ र विचारहरूको आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोचाइ र विचारहरूको आधारमा निन्दा गर्नुभएको भए, उहाँका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्‍वरविरुद्ध जानीबुझी खडा हुनेहरू आफ्ना समर्पणताको कमीको कारण दण्डित हुनेछन्। परमेश्‍वरविरुद्ध जानीबुझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा भन्नुपर्दा, वास्तवमा उनीहरूको प्रतिरोध परमेश्‍वरबारे उनीहरूले राख्ने धारणाबाट उत्पन्न हुन्छ, जसले उनीहरूलाई परमेश्‍वरको काममा बाधा पुऱ्याउने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैनन्, तर उनीहरू उहाँको कामलाई बाधा दिने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्। जसले जानीबुझी परमेश्‍वरको कामलाई बाधा दिँदैनन्, उनीहरू पापीको रूपमा दोषी ठहरिनेछैनन्, किनकि उनीहरू स्वेच्छाले समर्पित हुन सक्छन् अनि अवरोध र बाधा पैदा गर्ने क्रियाकलापहरूमा संलग्न हुँदैनन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तथापि, जब मानिसहरूले परमेश्‍वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, तब यदि उनीहरू निरन्तर रूपमा परमेश्‍वरबारे मनमा धारणाहरू राखिराख्छन् र देहधारी परमेश्‍वरको कामलाई बुझ्न असमर्थ भइरहन्छन् भने, र जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, यदि उनीहरू परमेश्‍वरबारे धारणाहरूले निरन्‍तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, उनीहरू बाधा पुऱ्याउने क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्‍वरबारे धेरै धारणाहरूले भरिएका हुन्छ, र ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्‍वरको कामको लागि कुनै कामका हुँदैनन्। उनीहरू परमेश्‍वरको लागि सुसमाचार फैलाउन वा उहाँको गवाहीको रूपमा खडा हुन असमर्थ हुन्छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, यसका अलावा उहाँबारे आफ्ना धारणाहरू फाल्न पूर्णरूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्‍नु सामान्य कुरा हो, तर जसले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेका छन् र उहाँका असल कामको अनुभव गरेका छन्, यस्ता व्यक्तिहरूले धारणाहरूलाई निरन्तर पक्रिराख्‍नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरबारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्‍वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसलाई अन्त्यमा हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र उहाँको कार्यको उद्देश्य बुझिसकेर पनि उहाँलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई अझ बढी विरोधी मान्नुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोक्दा पनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छे हुन् भने आफूलाई सानो ठान्‍नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्‍वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ भन्‍ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामबारे घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, उनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्। परमेश्‍वरबारे वास्तविक अनुभव र व्यावहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँबारे एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्ति हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र उनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्। परमेश्‍वरका अभिप्राय नबुझ्नेहरू परमेश्‍वरका विरोधी हुन्; परमेश्‍वरका अभिप्रायहरू बुझेर पनि सत्यताको अभ्यास नगर्नेहरू उहाँका विरोधी हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने गरे पनि उहाँका वचनहरूको सारविरुद्ध जानेहरू परमेश्‍वरका विरोधी हुन्; देहधारी परमेश्‍वरबारे धारणा भएका र साथै विद्रोहमा संलग्न हुने मन भएकाहरू परमेश्‍वरका विरोधी हुन्; परमेश्‍वरको निन्दा गर्नेहरू उहाँका विरोधी हुन्; र परमेश्‍वरबारे जान्न नसक्ने वा उहाँको गवाही बन्न नसक्ने जोकोही परमेश्‍वरको विरोधी हो। त्यसैले म तिमीहरूलाई आग्रह गर्छु: यदि तिमीहरूलाई साँच्चै नै यस मार्गमा हिँड्न सक्छु भन्‍ने विश्‍वास लाग्छ भने, निरन्तर यही बाटो पछ्याइराख। तर यदि तिमीहरूले परमेश्‍वरको विरोध गर्नबाट आफूलाई रोक्न सक्‍दैनौ भने, धेरै ढिलो हुनुअगावै तिमीहरू अन्यत्र लाग्नु श्रेयस्कर हुन्छ। अन्यथा, तिमीहरूको लागि स्थिति नराम्रो हुने सम्भावना एकदमै धेरै हुन्छ, किनभने तिमीहरूको स्वभाव अति भ्रष्ट छ। बफादारीता वा समर्पणता, धार्मिकता वा सत्यता चाहना गर्ने हृदय, वा परमेश्‍वरप्रतिको प्रेम त तिमीहरूसँग थोपै छैन। परमेश्‍वरको अगाडि तिमीहरूको परिस्थिति पूर्णरूपमा लथालिङ्ग छ भनेर भन्न सकिन्छ। आफूले पालना गर्नुपर्ने कुरा पालना गर्न तिमीहरू सक्दैनौ र भन्नुपर्ने कुराहरू भन्न सक्दैनौ। तिमीहरूले जुन कुरालाई अभ्यासमा ल्याउनुपर्थ्यो, सो अभ्यासमा ल्याउन तिमीहरू चुकेका छौ; अनि जुन कार्य तिमीहरूले पूरा गर्नुपर्थ्यो, सो पूरा गर्न तिमीहरू असक्षम भएका छौ। तिमीहरूसँग हुनुपर्ने बफादारीता, विवेक, समर्पणता, वा सङ्कल्प तिमीहरूमा छैन। कष्ट सहन गर्नु तिमीहरूको उत्तरदायित्व भए पनि तिमीहरूले सो गरेका छैनौ र तिमीहरूमा हुनुपर्ने विश्‍वास तिमीहरूसँग छैन। एकदमै सरल रूपमा भन्नुपर्दा, तिमीहरू पूर्णरूपमा गुणविहीन छौ: के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई सम्झाउन चाहन्छु कि तिमीहरूले अनन्त विश्रामको लागि आँखा चिम्लनु उत्तम हुन्छ, जसले गर्दा परमेश्‍वरले तिमीहरूको कारण चिन्ता गर्न वा तिमीहरूको लागि कष्ट भोग्न पर्दैन। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँका अभिप्रायहरूबारे थाहा छैन; तिमीहरू परमेश्‍वरका वचनहरू खान्छौ-पिउँछौ तैपनि उहाँले मान्छेले गर्नैपर्ने भनेर माग गर्नुभएका कुराहरू पालन गर्न सक्दैनौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँबारे थाहा छैन, अनि तिमीहरू प्रयत्न गर्नुपर्ने कुनै लक्ष्यविना, कुनै मू्ल्यविना, कुनै अर्थविना नै जिउँछौ। तिमीहरू मानव प्राणीको रूपमा जिउँछौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्‍वसनीयता छैन—के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँलाई धोका दिन्छौ; अझ भन्‍ने हो भने, तिमीहरू उहाँको पैसा लिन्छौ र उहाँको लागि चढाइएका भेटीहरू आफै लिन्छौ। त्यसपछि पनि, अन्त्यमा अझै परमेश्‍वरका भावनाहरूबारे अलिकति मात्र विचार गर्न वा उहाँप्रति विवेक दर्शाउन पनि चुक्छौ। तिमीहरू परमेश्‍वरले अनिवार्य गर्नुभएका कुराहरूमध्येको सबैभन्दा मामुली कुरा पनि पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? परमेश्‍वरले तिमीहरूलाई प्रदान गर्नुभएको खाना खाएर पनि र उहाँले तिमीहरूलाई दिनुभएको प्राणवायु लिएर पनि, उहाँको अनुग्रह उपभोग गरेर पनि अन्त्यमा तिमीहरूसँग उहाँबारे अलिकति पनि ज्ञान छैन। यसको विपरीत, तिमीहरू परमेश्‍वरको विरोध गर्ने बिकामे बनेका छौ। के त्यसले तिमीहरूलाई कुकुरभन्दा पनि नीच स्तरको जन्तु बनाउँदैन र? के जनावरहरूमा तिमीहरूभन्दा बढी दुष्ट अन्य कुनै जनावर छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली विरासत हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जो स्वेच्छाले समर्पित हुन्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू समर्पणताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्‍ने कुरामा तिमीहरू सहमत छैनौं र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

आफ्‍नो विश्‍वासमा परमेश्‍वरमा समर्पित हुन नखोज्नेहरूले उहाँको विरोध गरेका हुन्छन्। मानिसहरूले सत्यताको खोजी गरून्, उहाँको वचनमा तिर्खाउन्, उहाँको वचनलाई खाऊन् र पिऊन्, र त्यसलाई व्यवहारमा प्रयोग गरून् भनी परमेश्‍वर चाहनुहुन्छ, यसरी तिनीहरूले परमेश्‍वरप्रतिको समर्पणतालाई प्राप्त गर्न सक्नेछन्। यदि तेरा सच्चा अभिप्रायहरू यी नै हुन् भने, अवश्य पनि परमेश्‍वरले तँलाई माथि उठाउनुहुनेछ, र अवश्य पनि तँप्रति अनुग्रहकारी हुनुहुनेछ। यो शङ्का गर्न नपर्ने र परिवर्तन नहुने कुरा हो। यदि तँ परमेश्‍वरमा समर्पित नहुने अभिप्राय राख्छस्, अनि तेरा लक्ष्यहरू अरू नै छन् भने, तैँले भन्ने र गर्ने सबै कुराहरू—परमेश्‍वरको सामु गर्ने प्रार्थनाहरू, र तेरो प्रत्येक कार्य समेत—उहाँका विरोधमा हुनेछन्। सायद तँ नम्र भएर बोल्ने र सहज व्यवहार गर्ने व्यक्ति हुनसक्छस्, तेरो प्रत्येक कार्य र अभिव्यक्ति उचित देखिन सक्छ, अनि तँ समर्पित हुने व्यक्तिजस्तो देखिन्छस् होला, तर जब परमेश्‍वरमाथिको तेरो विश्‍वासका अभिप्रायहरू र दृष्टिकोणहरूका कुरा आउँछन्, तब तैँले गर्ने ती सबै कुराहरू परमेश्‍वरका विरोधमा हुन्छन्। तैँले गरेका सबै कुराहरू दुष्ट हुन्छन्। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू, भेडाका भेषमा देखिने ब्‍वाँसाहरू हुन्। तिनीहरूले सीधै परमेश्‍वरलाई चिढ्याउँछन्, र परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राख्नुहुनेछैन। पवित्र आत्माले तिनीहरू हरेकलाई खुलासा गर्नुहुनेछ र ढोङ्गीहरू प्रत्येकलाई निश्चय नै पवित्र आत्माले तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरालाई उहाँले सबैका सामुन्ने देखाउनुहुनेछ। चिन्ता नगर्: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

मानिसहरूको स्वभाव भ्रष्ट छ, र तिनीहरूमा परमेश्वरमा समर्पित हुने सङ्कल्प भए पनि, तिनीहरूको समर्पण सीमित हुन्छ; त्यो सापेक्षित हुन्छ, र अस्थायी, क्षणिक, र सशर्त पनि हुन्छ। यो पूर्ण हुँदैन। भ्रष्ट स्वभावका कारण, तिनीहरूको विद्रोहीपन विशेषगरी चर्को हुन्छ। तिनीहरू परमेश्वरलाई स्वीकार त गर्छन्, तर उहाँमा समर्पित हुन भने सक्दैनन्, र तिनीहरू उहाँका वचनहरू सुन्न इच्छुक हुन्छन्, तर तिनमा समर्पित हुन सक्दैनन्। तिनीहरूलाई परमेश्वर असल हुनुहुन्छ भन्ने थाहा हुन्छ, र तिनीहरू उहाँलाई प्रेम गर्न चाहन्छन्, तर सक्दैनन्। तिनीहरू परमेश्वरलाई पूर्ण रूपमा सुन्न सक्दैनन्, उहाँलाई सबै कुरा योजनाबद्ध गर्न दिन सक्दैनन्, र तिनीहरूसँग अझै पनि आफ्नै छनौटहरू हुन्छन्, आफ्नै अभिप्राय र उद्देश्यहरू हुन्छन्, र तिनीहरूका आफ्नै योजना, सोच, र काम गर्ने तरिकाहरू हुन्छन्। काम गर्ने आफ्नै तरिका र आफ्नै विधिहरू हुनुको अर्थ के हो भने, तिनीहरू कुनै पनि हालतमा परमेश्वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू आफ्नै सोचअनुसार चल्न र परमेश्वरविरुद्ध विद्रोह गर्न मात्र सक्छन्। मानिसहरू यत्तिका विद्रोही हुन्छन्! त्यसकारण, मानिसको प्रकृति भनेको सतही आत्म-धार्मिकता, अहम्‌ता र घमण्ड, वा कहिलेकाहीँ परमेश्वरसँग झूट बोल्ने र छल गर्ने जस्ता साधारण भ्रष्ट स्वभावहरू मात्र होइन; बरु, मानिसको सार त पहिले नै शैतानको सार बनिसकेको छ। त्यसबेला प्रधान दूतले कसरी परमेश्वरलाई धोका दियो? अनि आजकलका मानिसहरू नि? स्पष्ट रूपमा भन्नुपर्दा, तिमीहरूले स्वीकार गर्न सके वा नसके पनि, आजकल मानिसहरू परमेश्वरलाई शैतानले जस्तै पूर्ण रूपमा धोका दिइरहेका मात्र छैनन्, तिनीहरू आफ्नो मन, सोचाइ र विचारधाराहरूमा परमेश्वरप्रति प्रत्यक्ष रूपमा वैरभाव पनि राख्छन्। यो शैतानले मानवजातिलाई भ्रष्ट पारेर दियाबलस बनाएको हो; मानिसहरू वास्तवमै शैतानका सन्तान बनेका छन्। सायद तिमीहरूले भन्नेछौ, “हामी परमेश्वरप्रति वैरभाव राख्दैनौँ। हामी परमेश्वरले भन्नुहुने जेसुकै कुरा पनि सुन्छौँ।” यो सतही कुरा हो; तिमीहरूले परमेश्वरले भन्नुहुने जेसुकैकुराहरू पनि सुनेजस्तो देखिन्छ। वास्तवमा, जब म औपचारिक रूपमा सङ्गति गरिरहेको र बोलिरहेको हुन्छु, तब धेरैजसो मानिसहरूसँग कुनै धारणाहरू हुँदैनन् र तिनीहरू शिष्ट र आज्ञाकारी हुन्छन्, तर जब म सामान्य मानवत्वमा बोल्छु र कार्यहरू गर्छु, वा जब म सामान्य मानवत्वमा जिउँछु र व्यवहार गर्छु, तब तिनीहरूमा धारणाहरू उत्पन्न हुन्छन्। आफ्नो हृदयमा मेरा लागि ठाउँ खाली गर्न चाहे पनि, तिनीहरू मलाई राख्न सक्दैनन्, र सत्यता जसरी सङ्गति गरिए पनि, तिनीहरू आफ्ना धारणा त्याग्न सक्दैनन्। यसले व्यक्ति पूर्ण रूपमा नभई सापेक्षिक रूपमा मात्र परमेश्वरमा समर्पित हुन सक्छ भन्ने देखाउँछ। तँलाई उहाँ परमेश्वर हुनुहुन्छ भन्ने थाहा छ, र तँलाई देहधारी परमेश्वरसँग सामान्य मानवत्व हुनैपर्छ भन्ने थाहा छ, तैपनि तँ किन पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सक्दैनस्? देह बन्नुभएको परमेश्वर, मानिसको पुत्र ख्रीष्ट हुनुहुन्छ; उहाँसँग ईश्वरत्व र सामान्य मानवत्व दुवै हुन्छ। बाहिरी रूपमा, उहाँसँग सामान्य मानवत्व छ, तर उहाँको ईश्वरत्व यही सामान्य मानवत्वभित्र जिउँछ र काम गर्छ। अब, परमेश्वर ख्रीष्टका रूपमा ईश्वरत्व र मानवत्व भएको देह बन्नुभएको छ। तैपनि केही मानिसहरू परमेश्वरका ईश्वरीय वचन र गहन बोलीलाई मात्र उहाँको वचनका रूपमा लिई, उहाँका केही ईश्वरीय वचन र काममा मात्र समर्पित हुन सक्छन्, तर तिनीहरूले सामान्य मानवत्वका उहाँका केही वचन र कामलाई भने उपेक्षा गर्छन्। कतिपय मानिसको हृदयमा सोच र धारणाहरू हुन्छन्, तिनीहरू परमेश्वरको ईश्वरीय बोली मात्र उहाँको वचन हो र मानवीय बोलीचाहिँ उहाँको वचन होइन भनी विश्वास गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्वरले व्यक्त गर्नुहुने सबै सत्यता स्वीकार गर्न सक्छन्? के तिनीहरूलाई परमेश्वरद्वारा शुद्ध र सिद्ध पारिन सकिन्छ? तिनीहरूलाई सकिँदैन, किनकी त्यस्ता मानिसहरू सत्यतालाई बेतुक ढङ्गले बुझ्छन् र त्यसलाई प्राप्त गर्न सक्दैनन्। संक्षेपमा भन्नुपर्दा, मानिसको भित्री संसार अत्यन्तै जटिल हुन्छ, र यी विद्रोही मामलाहरू विशेषगरी अप्ठ्यारा हुन्छन्—यसलाई थप व्याख्या गरिरहन आवश्यक छैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पग्‍ने गरी तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तँमा समर्पित हुने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई एक अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जुन तरिकाले मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानको जस्तो छ भन्‍ने प्रमाणित गर्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले अबदेखि तँलाई पहिचान गर्नुहुनेछैन, तँलाई दुष्कर्मीको रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ।

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौं, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ।” के तैँले जोशलाई प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका सिद्धान्तहरू जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरू भित्री मनदेखि नै परमेश्‍वरसँग साँचो डर मान्थे भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूलाई नियन्त्रण गर्नेथिए? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू साँचो ख्रीष्टविरोधी होइनन् र? तसर्थ, तिनीहरूको अहङ्कार घातक छ र तिनीहरूलाई विद्रोही कामहरू गर्न लगाउन सक्छ। के यस्तो कुरा तिमीहरूमाझ हुँदैन र? के तिमीहरू मानिसहरूलाई यसरी फन्दामा पार्न सक्छौ? सक्छौ, यति मात्रै हो कि तिमीहरूले त्यस्तो अवसर पाएका छैनौ, र तिमीहरूलाई निरन्तर काटछाँट र निराकरण गरिने गरिएकोले, तिमीहरू त्यसो गर्ने आँट गर्दैनौ। कतिपय मानिसहरूले घुमाउरो पारामा आफ्नै बढाइ गर्छन्, तर तिनीहरू अत्यन्तै चलाख रूपमा बोल्ने हुँदा, साधारण मानिसहरूले तिनीहरूको वास्तविकता थाहा पाउँदैनन्। कतिपय मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरू यसो भन्छन्: “अरू कसैद्वारा यो मण्डलीको नेतृत्व गरिनु स्वीकार्य छैन! यहाँ आउनको लागि परमेश्‍वरले पनि सुरुमा मेरो सामना गर्नुपर्छ, र मैले यो मण्डलीको अवस्थाबारे उहाँलाई बताइसकेपछि मात्रै उहाँले तिमीहरूलाई प्रचार गर्न सक्‍नुहुन्छ। मबाहेक, अरू कसैले पनि यहाँ आएर तिमीहरूलाई मलजल गर्न पाउँदैन।” यसो भन्‍नुको पछाडि कस्तो अभिप्राय लुकेको हुन्छ? यसले कस्तो स्वभाव प्रकट गर्छ? यो अहङ्कार हो। जब मानिसहरूले यस्तो व्यवहार गर्छन्, तब तिनीहरूको आचरण परमेश्‍वरविरोधी र उहाँप्रति विद्रोह गर्ने खालको हुन्छ। यसर्थ, अहङ्कारी प्रकृतिले गर्दा नै मानिसहरूले आफूलाई उचाल्छन्, परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँलाई धोका दिन्छन्, अरूलाई फन्दामा पार्छन् र बरबाद गर्छन्, र आफूलाई पनि बरबाद गर्छन्। तिनीहरू पश्‍चाताप नगरी मर्छन्, र अन्त्यमा तिनीहरूलाई हटाइनेछ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुनु डरलाग्दो कुरा होइन र? यदि तिनीहरूमा अहङ्कारी स्वभाव छ, तर तिनीहरूले सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूलाई मुक्ति दिइने अझै आशा हुन्छ। अनि, साँचो मुक्ति पाउनको लागि तिनीहरूले न्याय र सजाय भोग्‍नुपर्छ, र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नुपर्छ।

कतिपय मानिसहरू सधैँ भन्छन्: “परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई मुक्ति दिन किन न्याय र सजाय प्रयोग गर्नुहुन्छ? न्यायका यी वचनहरू किन यति कठोर छन्?” सायद तिमीहरूलाई यो भनाइ थाहा छ होला: “हरेक व्यक्तिअनुसार परमेश्‍वरको काम फरकफरक हुन्छ; यो लचकदार हुन्छ, र उहाँ कुनै नियमको बन्धनमा बस्‍नुहुन्‍न।” आखिरी दिनहरूको न्याय र सजायको काम मुख्यतः मानिसहरूको अहङ्कारी प्रकृतिप्रति लक्षित छ। अहङ्कारमा धेरै कुराहरू पर्छन्, यसमा धेरै भ्रष्ट स्वभावहरू पर्छन्; न्याय र सजाय यही “अहङ्कार” प्रति सोझै लक्षित छ र यो पूर्ण रूपमा मानिसहरूको अहङ्कारी स्वभाव हटाउनको लागि हो। अनि अन्त्यमा, मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनन्, न त उहाँको विरोध नै गर्नेछन्, त्यसैले तिनीहरू आफ्‍नै स्वतन्त्र राज्य स्थापना गर्न लागिपर्नेछैनन्, न त तिनीहरूले आफूलाई उचाल्‍ने वा आफ्‍नो गवाही दिने नै गर्नेछन्, न त खराब काम नै गर्नेछन्, न त परमेश्‍वरसँग लालची मागहरू नै गर्नेछन्—यसरी, तिनीहरूले आफ्‍नो अहङ्कारी स्वभाव त्यागिसकेका हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

सतही रूपमा त तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र कर्तव्य निभाउँछस्, तर तँभित्रका सांसारिक र शैतानी विचार, दृष्टिकोण, मानिसहरूसित उठबस गर्ने तौरतरिका र भ्रष्ट स्वभावहरू कहिल्यै हटाइएका छैनन्, र तँ अझै पनि शैतानी कुराहरूले नै भरिएको छस्। तँ अझै पनि ती कुराहरूअनुसार नै जिउँछस्, त्यसैले तेरो कद अझै पनि सानो छ। तँ अझै पनि खतरनाक अवस्थामा छस्; तँ अझै पनि सुरक्षित वा संरक्षित छैनस्। तँमा शैतानी स्वभाव छउन्जेल, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन जारी राख्नेछस्। यो समस्याको समाधान गर्न, तैँले पहिला कुन कुराहरू दुष्ट छन् र शैतानका हुन्, ती कसरी हानिकारक छन्, शैतानले ती कामहरू किन गर्छ, ती स्विकार्दा मानिसहरूले कस्तो खाले विष भोग्छन्, र ती व्यक्तिहरू के बन्नेछन्, साथै परमेश्‍वरले मानिसहरूलाई कस्तो खाले व्यक्ति हुन भन्नुहुन्छ, सामान्य मानवताका कुराहरू के-के हुन्, कुन कुराहरू सकारात्मक छन्, र कुन कुराहरू नकारात्मक छन् भनेर बुझ्‍नुपर्छ। यदि तँसँग समझ छ र तँ यी कुराहरू स्पष्ट देख्न सक्षम हुन्छस् भने मात्र तँसँग मार्ग हुनेछ। यसबाहेक, सकारात्मक पक्षमा, तैँले आफ्नो इमानदारी र बफादारी अर्पण गर्दै आफ्नो कर्तव्य सक्रिय रूपमा निभाउनु पनि पर्छ। छली वा सुस्त नहू, आफ्नो कर्तव्य वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुराप्रति गैरविश्‍वासीहरूको दृष्टिकोणबाट वा शैतानको दर्शनले व्यवहार नगर्। तैँले परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ, सत्यताका सबै पक्षहरू बुझ्न खोज्‍नुपर्छ, र कर्तव्य निभाउनुको महत्त्व स्पष्ट रूपमा बुझ्‍नुपर्छ, र त्यसपछि आफ्नो कर्तव्य निभाउँदै सत्यताका सबै पक्षहरूमा अभ्यास र प्रवेश गर्नुपर्छ, अनि बिस्तारै परमेश्‍वर, उहाँको काम र उहाँको स्वभाव चिन्नुपर्छ। यसरी, तँलाई थाहै नभई तेरो भित्री अवस्था परिवर्तन हुनेछ, तँभित्र सकारात्मक र सक्रिय कुराहरू धेरै, अनि नकारात्मक र निष्क्रिय कुराहरू कम हुनेछन्, र तेरो समझ पहिलाभन्दा बलियो हुनेछ। जब तँ यो कदसम्म बढ्छस्, तैँले यस संसारका सबै प्रकारका मानिस, घटना र वस्तुहरूबारे समझ पाउनेछस्, र तँ समस्याहरूको सार चिन्न सक्षम हुनेछस्। यदि तैँले गैरविश्‍वासीहरूद्वरा निर्मित चलचित्र हेरिस् भने, त्यो हेरेपछि मानिसहरू के-के विषाक्तताबाट पीडित हुन सक्छन्, साथै शैतानले यी माध्यम र प्रचलनहरूमार्फत मानिसहरूमा के घुसाउन र रोप्न चाहन्छ, र त्यसले मानिसहरूको के कुरा क्षय गराउने अभिप्राय राख्छ भनेर बुझ्न सक्षम हुनेछस्। तँ बिस्तारै यी कुराहरू छर्लङ्गै देख्‍न सक्षम हुनेछस्। त्यो चलचित्र हेरेपछि तँ विषाक्त हुनेछैनस्, र तैँले यसबारे समझ पाउनेछस्—तब तँसँग साँच्चै कद हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरू चिन्‍ने कार्यबाट सुरु हुनुपर्छ

धेरै मानिसहरूले सधैँ यसरी नै पछ्याएका र विश्वास गरेका छन्; तिनीहरूले परमेश्वरलाई पछ्याएको समयमा राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भनेर निर्धारण गर्दैन। किनभने तँलाई मानिसको कमजोर पक्ष, वा परमेश्वरको विरोध गर्न सक्ने मानिसको प्रकृतिभित्रका कुरा कहिल्यै थाहा हुँदैन, र तिनले तँलाई विपत्तिमा पुर्‍याउनुअघि तँ यी कुराबारे अनभिज्ञ रहन्छस्। परमेश्वरको विरोध गर्ने तेरो प्रकृतिको समस्या समाधान नहुने हुनाले, यसले तँलाई विपत्तिका लागि तयार पार्छ, अनि जब तेरो यात्रा सकिन्छ र परमेश्वरको काम पूरा हुन्छ, तब तैँले परमेश्वरको सबैभन्दा धेरै विरोध गर्ने कामहरू गर्नेछस् र उहाँको निन्दा हुने कुराहरू भन्नेछस्, र यसरी तँलाई दोषी ठहऱ्याएर हटाइनेछ। अन्तिम क्षणमा, सबैभन्दा सङ्कटपूर्ण समयमा पत्रुस भाग्न खोजे। त्यस बेला उनले परमेश्वरको अभिप्राय बुझेनन्, अनि बाँच्ने र मण्डलीहरूको काम गर्ने योजना बनाए। पछि येशू उनीकहाँ देखा परेर भन्नुभयो: “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” त्यसपछि पत्रुसले परमेश्वरको अभिप्राय बुझे, र तुरुन्तै समर्पित भए। मानिलिऊँ, त्यो बेला उनले आफ्नै माग राख्दै यसो भने, “म अहिले मर्न चाहन्नँ, मलाई पीडासँग डर लाग्छ। के तपाईं हाम्रो खातिर क्रुसमा टाँगिनुभएको थिएन र? किन तपाईं मलाई क्रुसीकरण हुनू भन्दै हुनुहुन्छ? के म क्रुसीकरणबाट जोगिन सक्छु?” यदि उनले यस्तो माग गरेका भए, उनी हिँडेको बाटो व्यर्थ हुनेथियो। तर पत्रुस सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको अभिप्राय खोज्ने व्यक्ति थिए, र अन्तमा उनले परमेश्वरको अभिप्राय बुझे र पूर्ण रूपमा समर्पित भए। यदि पत्रुसले परमेश्वरको अभिप्राय नखोजेर आफ्नै सोचअनुसार काम गरेका भए, गलत मार्ग लिनेथिए। मानिसमा परमेश्वरका अभिप्राय प्रत्यक्ष रूपमा बुझ्ने क्षमताको कमी हुन्छ, तर यदि तिनीहरूले सत्यता बुझेपछि समर्पित हुँदैनन् भने परमेश्वरलाई धोका दिइरहेका हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। … उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूको पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्‍त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण नै र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

यदि तँ आफ्‍नो स्वभावमा परिवर्तन खोज्छस् भने, तैँले आफ्‍नो प्रकृतिलाई जान्‍नैपर्छ। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन।” त्यसैले प्रकृति बदल्न सकिन्छ भन्‍ने त कल्पनै नगर्। यदि व्यक्तिको प्रकृति अत्यन्तै खराब छ भने, ऊ कहिल्यै बदलिनेछैन र परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन। स्वभावमा हुने रूपान्तरण भनेको के हो? जब सत्यतालाई प्रेम गर्ने कुनै व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै उहाँका वचनहरूको न्याय र सजाय स्वीकार गर्छ अनि सबै प्रकारका कष्ट र शोधन भोग्छ, तब यस्तो हुने गर्छ। यस्तो व्यक्तिको भित्री शैतानी विषहरू पखालिन्छ अनि उसले आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिदिन्छ ताकि ऊ कहिल्यै पनि परमेश्‍वरविरुद्ध विद्रोह नगर्न वा उहाँको विरोध नगर्नको लागि परमेश्‍वरका वचनहरू र उहाँका सबै योजनाहरू र व्यवस्थापनहरूमा समर्पित हुन सकोस्। स्वभावमा हुने रूपान्तरण यही हो। यदि कुनै व्यक्तिको प्रकृति धेरै खराब छ, र यदि ऊ दुष्ट व्यक्ति हो भने, परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन, र पवित्र आत्माले उभित्र काम गर्नुहुनेछैन। अर्को शब्दमा भन्नुपर्दा, यो चिकित्सकले बिरामी हेरेजस्तै होः सुन्निएको छ भने उपचार गर्न सकिन्छ, तर क्यान्सर नै भएको रहेछ भने उसलाई मुक्ति दिलाउन सकिँदैन। स्वभावमा हुने रूपान्तरण भनेको सत्यतालाई प्रेम र स्वीकार गर्ने व्यक्तिले अन्ततः परमेश्‍वरसित विद्रोह गर्ने र परमेश्‍वरविरुद्ध रहेको आफ्नो प्रकृति चिन्‍नु हो। उसले मानिसहरू अति गहन रूपमा भ्रष्ट पारिएका छन् भनेर बुझ्छ, र उसले मानवजातिको निरर्थकता र छलीपन, अनि मानवजातिको दरिद्रता र दयनीय अवस्था पनि बुझ्छ, अनि आखिरमा उसले मानवजातिको प्रकृति सार पनि बुझ्‍न पुग्छ। यी सबै कुरा जानेर, ऊ आफूलाई पूर्ण रूपमा इन्कार्न र आफैविरुद्ध विद्रोह गर्न, परमेश्‍वरका वचनहरूद्वारा जिउन, र हरेक कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छ। ऊ त्यो व्यक्ति हो जसले परमेश्‍वरलाई चिन्छ र जसको स्वभाव रूपान्तरित भएको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

जब तँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, जब तँसँग परमेश्‍वरको अवज्ञा गर्ने विचार र धारणाहरू हुन्छन्, जब तँसँग परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने अवस्था र दृष्टिकोणहरू हुन्छन्, जब तँसित यस्ता अवस्थाहरू हुन्छन् जसले गर्दा तँ परमेश्‍वरलाई गलत रूपमा बुझ्छस्, वा उहाँको प्रतिरोध र विरोध गर्छस्, तब परमेश्‍वरले तँलाई हप्काउनुहुनेछ, तेरो न्याय गर्नुहुनेछ र तँलाई सजाय दिनुहुनेछ, र कहिलेकाहीँ उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ र दण्ड दिनुहुनेछ। तँलाई अनुशासनमा राख्नु र हप्काउनुको उद्देश्य के हो त? (हामीलाई पश्‍चात्ताप गर्न र बदलिन लगाउनु हो।) हो, त्यो तँलाई पश्‍चात्ताप गर्न लगाउनलाई हो। तँलाई अनुशासनमा राख्दा र हप्काउँदा के प्राप्त हुन्छ भने, त्यसले तँलाई तेरो मार्ग परिवर्तन गर्न मदत दिन्छ। यो तँलाई तेरा सोचहरू मानिसका धारणाहरू हुन्, र ती गलत छन् भन्ने कुरा बुझाउनलाई हो; तेरा प्रेरणाहरू शैतानबाट जन्मेका हुन्, ती मानवीय इच्छाबाट उत्पन्न हुन्छन्, ती सत्यतासँग मिल्दैनन्, ती परमेश्‍वरसित मेल नखाने हुन्छन्, तिनले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन्, ती परमेश्‍वरका निम्ति अप्रिय र घृणित हुन्छन्, तिनले उहाँको क्रोध जगाउँछन्, र उहाँको श्रापसमेत निम्त्याउँछन्। यो कुरा महसुस गरेपछि, तैँले तेरा उत्प्रेरणा र मनोवृति परिवर्तन गर्नुपर्छ। अनि ती कसरी परिवर्तन हुन्छन् त? सर्वप्रथम, परमेश्‍वरले तँसँग जस्तो व्यवहार गर्नुहुन्छ तँ त्यसमै समर्पित भएर बस्नुपर्छ, र उहाँले तेरो निम्ति तयार पार्नुभएका वातावरण र मानिस, वस्तु र परिस्थितिहरूमा समर्पित भएर बस्नुपर्छ। दोषहरू मात्रै खोजेर नबस्, वस्तुगत बहानाहरू मात्रै नबना, आफ्ना जिम्मेवारीहरूबाट नपन्छी। दोस्रो, परमेश्‍वरले उहाँको काम गर्नुहुँदा मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता खोजी गर्। तैँले यी कुराहरू बुझ् भनी परमेश्‍वर भन्नुहुन्छ। परमेश्‍वरले तेरो निम्ति मिलाउनुहुने वातावरणहरूमा तँ समर्पित हुन सक् र अन्त्यमा, उहाँको इच्छाअनुसार र उहाँले तँलाई आवश्यक गर्नुभएअनुसार अभ्यास गर्न सक् भनेर तैँले तेरो भ्रष्ट स्वभावहरू र शैतानी सारलाई बुझ्न र उहाँको इच्छा पूरा गर्न सक् भन्ने उहाँ चाहनुहुन्छ। तब तैँले जाँच पास गरेको हुनेछस्। तैँले परमेश्‍वरको प्रतिरोध र विरोध गर्न छोडेपछि, त्यसउप्रान्त तैँले परमेश्‍वरसँग विवाद गर्नेछैनस् र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्। जब परमेश्‍वरले “शैतान, मबाट पछि हट्,” भन्नुहुन्छ, तँ यस्तो जबाफ दिन्छस्, “यदि परमेश्‍वरले म शैतान हुँ भन्नुहुन्छ भने म शैतान नै हुँ। मैले के गल्ती गरेको छु, वा परमेश्‍वरले मलाई किन शैतान भन्नुहुन्छ सो म बुझ्न सक्दिनँ, तैपनि उहाँले मलाई उहाँको पछि हट्न आदेश दिनुहुन्छ भने म हिच्किचाउने छैनँ। मैले परमेश्‍वरको इच्छाको खोजी गर्नुपर्छ।” जब परमेश्‍वरले तेरो कार्यहरूको स्वभाव शैतानी छ भन्नुहुन्छ, तब तँ भन्छस्, “परमेश्‍वरले जे भन्नुहुन्छ त्यसलाई म मान्छु र त्यो सबैलाई स्वीकार गर्छु।” यो कस्तो मनोवृत्ति हो त? यो आज्ञापालन हो। परमेश्‍वरले तँ दियाबलस शैतान होस् भन्नुहुँदा तैँले त्यो अनिच्छापूर्वक स्वीकार गर्छस्, तर उहाँले तँ एक जनावर होस् भन्नुहुँदा तँ त्यसलाई स्वीकार गर्न सक्दैनस्, र आज्ञापालन गर्न सक्दैनस् भने के त्यो आज्ञापालन हो त? आज्ञापालन भनेको आदेश पूर्ण पालना र स्वीकार गर्नु हो, तर्क गर्नु वा सर्तहरू राख्नु होइन। यसको अर्थ कारण र प्रभावहरूको विश्‍लेषण नगर्नु हो, वस्तुगत कारण जेसुकै भए पनि, केवल तैँले आफूलाई स्वीकार गर्नुसँग सरोकार राख्नु हो। जब मानिसहरूले यस्तो प्रकारको आज्ञाकारिता हासिल गरेका हुन्छन्, तब तिनीहरू परमेश्‍वरमा साँचो आस्थाको नजिक हुन्छन्। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ र तैँले जति बढी अनुभव गर्छस्, त्यत्ति नै सबथोकमाथिको परमेश्‍वरको सार्वभौमिकता तेरो लागि वास्तविक बन्छ, त्यति नै परमेश्‍वरवमाथिको तेरो भरोसा ठूलो हुनेछ र त्यति नै धेरै तैँले यस्तो महसुस गर्नेछस्, “परमेश्‍वरले जे गर्नुहुन्छ सबै असल हुन्छ, त्यसमा केही पनि खराब हुँदैन। मैले टिप्‍ने र चुन्ने गर्नुहुँदैन, तर आज्ञापालन गर्नुपर्छ। मेरो जिम्मेवारी, मेरो दायित्व, मेरो कर्तव्य—भनेको आज्ञापालन गर्नु हो। परमेश्‍वरको एक प्राणीको रूपमा मैले गर्नुपर्ने यही हो। यदि म परमेश्‍वरको आज्ञापालन पनि गर्न सक्दिनँ भने म के हुँ त? म एउटा जनावर हुँ, म त्यो दियाबलस हुँ।” के यसले तँसित अहिले साँचो आस्था भएको देखाउँदैन र? एकपटक तँ यस स्थितिमा पुगेपछि, तँ दागरहित हुनेछस्, र परमेश्‍वरका निम्ति तँलाई प्रयोग गर्न सजिलो हुनेछ, र तँलाई पनि परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन सजिलो हुनेछ। तँसँग परमेश्‍वरको अनुमोदन भएपछि तैँले उहाँका आशिष्‌हरू प्राप्त गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

मानिसको प्रकृति बदल्न सजिलो नभए पनि, यदि तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई चिन्न र स्पष्ट देख्न सक्छन् अनि ती हटाउन सत्यता खोजी गर्न सक्छन् भने, तिनीहरूले बिस्तारै आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन्। व्यक्तिले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेपछि तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कुराहरू झन्-झन् घट्दै जानेछन्। मानिसको स्वभाव चिरफार गर्नुको उद्देश्य तिनीहरूको स्वभाव परिवर्तन गर्नु हो। तिमीहरूले यो उद्देश्य बुझेका छैनौ, अनि केवल आफ्नो प्रकृति चिरफार गरेर र बुझेर परमेश्वरप्रति समर्पित हुन र आफ्नो समझलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्दछौ। तिमीहरू केवल अन्धाधुन्ध प्रावधानहरू लागू गर्छौ! किन म मानिसहरूको अहङ्कार र आत्म-धार्मिकतालाई मात्रै खुलासा गर्दिनँ? मैले किन तिनीहरूको भ्रष्ट स्वभाव पनि चिरफार गर्नैपर्छ? यदि मैले तिनीहरूको आत्म-धार्मिकता र अहङ्कारलाई मात्र खुलासा गरेँ भने समस्या समाधान हुनेछैन। तर यदि मैले तिनीहरूको प्रकृतिलाई चिरफार गरेँ भने, यसले समेट्ने पक्षहरू धेरै फराकिला हुन्छन्, र यसले सबै भ्रष्ट स्वभावलाई समावेश गर्छ। यो त आत्म-धार्मिकता, अहम् र अहङ्कारको सङ्किर्ण दायराभन्दा बृहत् कुरा हो। प्रकृतिमा योभन्दा धेरै कुरा समावेश छन्। तसर्थ, यदि मानिसहरूले परमेश्वरसँग गर्ने विभिन्न मागमा अर्थात् तिनीहरूको अत्यधिक इच्छाहरूमा आफूले कति भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका छन् भनेर मात्र ठम्याउन सकेमा असल हुनेथियो। मानिसहरूले आफ्नो प्रकृति सार बुझेपछि, आफूलाई घृणा र इन्कार गर्न सक्छन्; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सजिलो हुनेछ, र तिनीहरूले मार्ग पाउनेछन्। अन्यथा, तिमीहरूले कहिल्यै मूल कारण पत्ता लगाउनेछैनौ, र यो त आत्मधार्मिकता, अहङ्कार, वा घमण्ड, वा अवफादार हुनु हो भनेर मात्र भन्नेछौ। के यस्ता सतही कुराबारे मात्रै कुरा गरेर तिमीहरूको समस्या समाधान हुन सक्छ? के मानिसको प्रकृतिबारे छलफल गर्नु कुनै आवश्यकता छ? सुरुमा आदम र हव्वाको प्रकृति कस्तो थियो? तिनीहरूभित्र जानाजानी गरिने प्रतिरोध थिएन, झन् खुल्लमखुल्ला विश्वासघात गर्नु त परको कुरा थियो। परमेश्वरको प्रतिरोध गर्नु भनेको के हो तिनीहरूलाई थाहा थिएन, झन् उहाँप्रति समर्पित हुनुको अर्थ थाहा हुनु त परै जाओस्। शैतानले जेजे कुरा फैलायो, तिनीहरूले हृदयमा स्वीकार गरे। अहिले शैतानले मानिसजातिलाई यति हदसम्म भ्रष्ट बनाएको छ कि तिनीहरू सबै कुरामा परमेश्वरविरुद्ध विद्रोह गर्न र प्रतिरोध गर्न सक्छन्, र उहाँको विरोध गर्न सबै प्रकारका तरिकाहरूबारे सोच्न सक्छन्। मानिसको प्रकृति शैतानको जस्तै छ भन्ने स्पष्ट छ। किन म मानिसको प्रकृति शैतानको प्रकृति हो भन्छु? शैतान त्यो हो जसले परमेश्वरको प्रतिरोध गर्दछ, र मानिसहरूमा शैतानी प्रकृति हुने हुनाले तिनीहरू शैतानका हुन्। मानिसहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने कुराहरू नगर्लान्, तैपनि तिनीहरूको शैतानी स्वभावको कारण तिनीहरूका सबै विचारले परमेश्वरको प्रतिरोध गर्छन्। मानिसहरूले केही नगरे पनि परमेश्वरको प्रतिरोध गरिरहेका हुन्छन्, किनभने मानिसको भित्री सार परमेश्वरको प्रतिरोध गर्ने कुरामा परिवर्तन भएको छ। यसैले वर्तमान मानिस भर्खरै सृष्टि गरिएको मानिसभन्दा फरक छ। पहिले मानिसहरूभित्र प्रतिरोध वा विश्वासघात थिएन, तिनीहरू जीवन्त थिए र कुनै शैतानी प्रकृतिद्वारा सञ्चालित थिएनन्। यदि मानिसभित्र शैतानी प्रकृतिको आधिपत्य वा बाधा छैन भने, तिनीहरूले जे गरे पनि त्यसलाई परमेश्वरको प्रतिरोध मान्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई निष्कासित गरी नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

म तिमीहरूलाई प्रशासनिक आदेशका विषयवस्तुहरूको बारेमा अझ राम्रो बुझाइ हासिल गर्न र परमेश्‍वरको स्वभावको बारेमा जान्ने प्रयास गर्न आग्रह गर्दछु। होइन भने, तिमीहरूले आफ्ना ओठहरू बन्द राख्न गाह्रो महसुस गर्नेछौ र तिमीहरूका जिब्राहरू ठूलठूला लाग्ने कुराहरूसँगै स्वतन्त्र रूपले चल्न थाल्नेछ र तिमीहरूले अविवेकपूर्ण तवरले परमेश्‍वरको स्वभावलाई अपमान गर्नेछौ र अँध्यारोमा खस्नेछौ, र पवित्र आत्मा र प्रकाशको उपस्थिति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएको कारण, तिमीहरूले आफूले गर्न र भन्न नहुने कुराहरू गर्ने र भन्‍ने गरेको कारण, तिमीहरूले सुहाउँदो दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन छस् तर पनि परमेश्‍वर यी दुवै कुरामा सिद्धान्तयुक्त हुनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्नुपर्छ। तैँले दण्ड पाउने भनेको तैँले परमेश्‍वरको अपमान गरेको कारण हो, मानिसको अपमान गरेको कारण होइन। यदि तैँले तेरो जीवनमा परमेश्‍वरको स्वभाव विरुद्ध धेरै कसूरहरू गर्छस् भने तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्‍वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्तापको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तेरो लागि नर्कभन्दा अन्य कुनै पनि सहारा छैन जहाँ परमेश्‍वरले मानिसलाई दण्डित गर्नुहुन्छ। केही मानिसहरूले परमेश्‍वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्‍यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै ती व्यक्तिहरू हुन् जो अन्त्यसम्म रहन्छन्। तथापि, मैले खोज्ने भनेका इमानदार व्यक्तिहरू हुन्; यदि तँ इमानदार व्यक्ति होस् र नियमहरू अनुरूप कार्य गर्ने व्यक्ति होस् भने तँ परमेश्‍वरमा दृढ हुन सक्छस्। यदि आफ्ना कार्यहरूमा तैँले परमेश्‍वरको स्वभावलाई अपमान गर्दैनस्, र परमेश्‍वरका अभिप्राय खोज्छस्, र तँमा परमेश्‍वरको डर मान्ने हृदय छ भने तेरो विश्‍वास मापदण्ड अनुरूप छ। जसले परमेश्‍वरको डर मान्दैन र जोसँग त्रासमा काँप्ने हृदय छैन, उनीहरूले परमेश्‍वरको प्रशासनिक विधि उल्लंघन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्‍वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्‍वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्‍वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई बाहिर फ्याँकिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्‍वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरूले आफ्नो अनभिज्ञ असल नियतको दममा परमेश्‍वरको भवनमा काम गर्छन् र अन्त्यमा परमेश्‍वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्‍वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्‍वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्‍वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्‍वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्‍वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्‍वरसँगको निकट निश्‍चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्‍ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने तेरो आवेगपूर्ण सेवाले परमेश्‍वरको घृणा र द्वेष मात्र निम्त्याउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

सम्बन्धित भजनहरू

परमेश्‍वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्

अघिल्लो: २७. सत्यताप्रति दिक्क मान्ने स्वभाव कसरी समाधान गर्ने

अर्को: ३२. विश्‍वासघाती प्रकृतिको स्वभावलाई कसरी बुझ्ने र हटाउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्