च. आफूमा दुष्टात्माहरूको कार्य हुनु र आफू दुष्टात्माहरूको वशमा पर्नुबीचको भिन्नता कसरी छुट्याउने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसहरूभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताविनाका हुन्छन्, तिनीहरूले गर्ने कामपछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैँ आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर बाधा पुऱ्याउँछन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वरबीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेशको मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैँ तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्: आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारीता हुँदैन। जब शैतानले बाधा दिँदछ, तब तैँले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारीता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यताको पछि लाग्दैनस् वा तैँले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र नकारात्मक बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैँले पाप फैलाउने लगाम स्वतन्त्र छोडिदिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैँले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

जब मानिसहरूसँग परमेश्‍वरबारे ज्ञान हुन्छ, तिनीहरू परमेश्‍वरको निम्ति कष्ट भोग्न र जिउन खुसी हुन्छन्, तर शैतानले अझै पनि तिनीहरूभित्रको कमजोरीलाई नियन्त्रण गर्छ, शैतान अझै पनि तिनीहरूलाई कष्ट दिन सक्षम छ, र दुष्ट आत्माहरू अझै पनि तिनीहरूभित्र काम गर्न र बाधा ल्याउन, तिनीहरूमाथि जादुटोना गर्न, र तिनीहरूलाई मतिभ्रष्ट, अशान्त र पूर्ण रूपमा विचलित पार्न सक्षम छन्। मानिसहरूको विचार र चेतनामा शैतानले नियन्त्रण र चालबाजी गर्न सक्‍ने कुराहरू हुन्छन्। त्यसकारण, कहिलेकाहीँ तँ बिरामी वा चिन्तित हुन्छस्, कहिलेकाहीँ त्यस्तो समय आउँछ जहिले तैँले संसार उजाड भएको वा जिउनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छस्, अनि कहिलेकाहीँ त्यस्तो समय पनि आउँछ जहिले तेँले मृत्युको खोजी गर्न र आफैँलाई मार्न खोज्छस्। यसको अर्थ यो हो कि, ती पीडाहरू शैतानद्वारा ल्याइन्छन् र ती मानिसका मरणशील कमजोरी हुन्। शैतानले भ्रष्ट पारेको र कुल्चेको कुरा अझै पनि शैतानद्वारा प्रयोग हुन सक्छ; त्यो शैतानले घुमाउने पेच हो। … जब दुष्ट आत्माहरूले काम गर्छन्, तिनीहरूले शोषण नगर्ने कुनै खाली ठाउँ हुँदैन। तिनीहरूले तँभित्र वा तेरो कानमा बोल्न सक्छन् वा तिनीहरूले पवित्र आत्माको छुवाइ थाहा नपाउने बनाएर, त्यो छुवाइ अनुभव गर्नबाट तँलाई रोकेर तेरो मन विचलित पार्न सक्छन्, र त्यसपछि ती दुष्ट आत्माहरूले तेरा विचारहरूलाई अराजकतामा मिल्काएर, तेरो आत्मालाई तेरो शरीर छोड्नेसम्म बनाएर तँलाई बाधा दिँदै समझ गुमाउने बनाउन थाल्नेछन्। यो दुष्ट आत्माहरूले मानिसहरूमा गर्ने काम हो र यदि मानिसहरूले यसको वास्तविकता चिन्‍न सकेनन् भने तिनीहरू ठूलो खतरामा हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्थे भने त्यो यथार्थपरक हुनेथ्यो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्थे भने त्यो पनि यथार्थपरक हुनेथ्यो र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथ्यो। यदि तिनीहरूले पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, हरपल तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र पवित्र आत्माको छुवाइ प्राप्त गर्छन् र हरसमय तिनीहरूले नयाँ ज्ञान हासिल गर्छन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्मा हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदासमेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्छ भने, मानिसको बारेमा त झन् के कुरा गर्ने र! दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाहरूबाट मुक्त हुन्छन्, यातना सहन सक्‍ने र अलिकति पनि थकान महसुस नगर्ने हुन्छन्, मानौं तिनीहरूले देहलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक कुरा होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! समझको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोस छ, ठूलो विश्‍वास छ, र कमजोरीको सानोभन्दा सानो सङ्केतसमेत कहिल्यै देखाउँदैनन् भनी तिनीहरू भन्छन्! वास्तवमा, यी सबै दुष्टात्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त दुष्ट आत्माहरूद्वारा पैदा गरिएको येशूलाई नक्‍कल गर्ने नक्कली मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्न थियो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

यस्ता केही मानिसहरू छन्, जो समस्या पैदा नहुँदा सामान्य नै हुन्छन्, सामान्य रूपमा नै बोल्‍ने र कुराकानी गर्ने गर्छन्, जो सामान्य नै देखिन्छन्, र जसले कुनै पनि खराब कुरा गर्दैनन्। तर जब भेलाहरूमा परमेश्‍वरका वचनहरू पढिन्छ, जब सत्यताको बारेमा सङ्गति गरिन्छ, तब तिनीहरू अचानक असामान्य व्यवहार गर्न थाल्छन्। कतिपय सुन्‍नै सक्दैनन्, कतिपय झुल्छन्, र कतिपय बिरामी पर्छन्, र तिनीहरूले आफूलाई नरमाइलो लाग्यो र अबउप्रान्त सुन्‍न चाहँदैनौं भनी भन्छन्। त्यसपछि तिनीहरू पूर्ण रूपमा चेतनाविहीन हुन्छन्—यहाँ वास्तवमा के भइरहेको हुन्छ? तिनीहरूलाई दुष्ट आत्मा लागेको हुन्छ। तिनीहरूलाई दुष्ट आत्मा लागेको बेला, किन तिनीहरू “म यो सुन्‍न चाहन्‍नँ” भनी भनिरहन्छन् त? के भइरहेको हुन्छ भनेर कहिलेकहीँ मानिसहरूले बुझ्‍न सक्दैनन्, तर दुष्ट आत्माको लागि यो पूर्ण रूपमा स्पष्ट हुन्छ। यो ख्रीष्टविरोधीहरूभित्र हुने दुष्ट आत्मा हो। तिनीहरू सत्यताप्रति किन तिनीहरू यति शत्रुवत् छन् भनी तैँले तिनीहरूलाई सोधिस् भने, तिनीहरूले हामी यस्तो छैनौं भनी भन्छन्, अनि तिनीहरूले यस कुरालाई स्वीकार गर्न मान्दै मान्दैनन्। तर तिनीहरूको हृदयमा, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जब परमेश्‍वरका वचनहरू पढिएको हुँदैन, तब तिनीहरू अरूसँग अन्तरक्रिया गरिरहेको बेला सामान्य नै देखिन्छन्। तिनीहरूभित्र के छ सो तँलाई थाहा हुँदैन। जब तिनीहरूले प्रयास गर्दै परमेश्‍वरका वचनहरू पढ्छन्, तब “म यो सुन्‍न चाहन्‍नँ” भन्‍ने शब्‍दहरू निस्‍कन्छन्; तिनीहरूको प्रकृति खुलासा भएको हुन्छ, र तिनीहरू‍ यस्तै नै हुन्छन्। के परमेश्‍वरका वचनहरूले तिनीहरूलाई भड्काएको हुन्छ, वा तिनीहरूको खुलासा गरेको हुन्छ, वा तिनीहरूलाई दुख्‍ने ठाउँमा हिर्काएको हुन्छ? माथिको कुनै पनि होइन। के भएको हो भने, जब सबैले परमेश्‍वरका वचनहरू पढिरहेका हुन्छन्, तिनीहरूले यसलाई सुन्‍न चाहन्न भनेर भन्छन्। के तिनीहरू दुष्ट होइनन् र? दुष्ट हुनु भनेको के हो त? यसको अर्थ कुनै कुराप्रति र सकरात्मक कुराप्रति कुनै पनि स्पष्ट कारण र किन यस्तो भयो भन्‍ने थाहै नभई नै शत्रुवत् हुनु हो। तिनीहरू भन्छन्, “मैले परमेश्‍वरका वचनहरू सुन्‍नेबित्तिकै, मलाई ती सुन्‍न मन लाग्दैन; मैले परमेश्‍वरको गवाही सुन्‍नेबित्तिकै, मलाई अनिच्छा हुन्छ, र किन यसो भयो भन्‍नेसमेत मलाई थाहा छैन। जब म सत्यताको खोजी गर्ने, वा सत्यतालाई प्रेम गर्ने कसैलाई देख्छु, तिनीहरूलाई चुनौती दिन मलाई मन लाग्छ, मलाई सधैँ तिनीहरूलाई हप्काउन मन लाग्छ, तिनीहरूको पछाडि तिनीहरूलाई हानि गर्ने कुनै कार्य गर्न मन लाग्छ, तिनीहरूलाई मार्न मन लाग्छ।” यसो भनेको कारण तिनीहरू दुष्ट हुन्। वास्तवमा, सुरुदेखि नै ख्रीष्टविरोधीहरूसित कहिल्यै सामान्य व्यक्तिको आत्मा रहेको हुँदैन अनि तिनीहरूसित कहिल्यै सामान्य मानवता रहेको हुँदैन—वास्तवमा यही भइरहेको हुन्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (भाग एक)

दाजुभाइ-दिदीबहिनीहरूले भेद छुट्याउने क्षमता प्राप्त गरून् र व्यवहारिक पाठ सिकून् भनेर, परमेश्‍वरले भूत लागेको कुनै व्यक्तिलाई तिनीहरूका बीचमा बस्‍ने बन्दोबस्त गर्नुभएको हुन्छ। सुरुमा, यो व्यक्तिको बोल्‍ने र काम-कुरा गर्ने शैली, साथै तिनीहरूको तर्क सामान्य नै हुन्छ; ऊ समस्या ल्याउने जस्तो देखिँदै देखिँदैन। तर सम्पर्कको केही अवधिपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसले भन्‍ने हरेक कुरा खास अर्थभन्दा फरक छन् भन्‍ने पत्ता लगाएका हुन्छन्—यसमा कुनै सन्दर्भ नै मिलेको हुँदैन। पछि, निश्‍चित “अलौकिक” घटनाहरू घट्दा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ मैले यो वा त्यो देखेँ वा परमेश्‍वरले मलाई फलानो-फलानो कुरा प्रकट गर्नुभयो भनेर भन्छ। उदाहरणको लागि, एक दिन, उसले बाफमा पकाएको रोटी बनाउनुपर्छ भनेर परमेश्‍वरले उसलाई प्रकाश दिनुभयो—उसले त्यसै गर्नुपर्‍यो—त्यसको भोलि, के हुन पुग्‍यो भने, ऊ बाहिर जानुपर्‍यो, त्यसकारण उसले आफ्‍नो साथमा उक्त रोटी लग्यो र उसले अरू कुनै खानेकुरा लैजानु परेन। त्यसको भोलिपल्ट, ऊ दक्षिणतिर लाग्‍नुपर्छ भनेर परमेश्‍वरले उसलाई सपनामा प्रकाश दिनुभयो; छ माइलअगाडि उसलाई कसैले पर्खिरहेको थियो। ऊ हेर्न गयो, र त्यहाँ येशूको विश्‍वासी बाटो अलमलिएर बसिरहेको रहेछ; उसले ती विश्‍वासीलाई परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा गवाही दिए, र तिनीहरूले यसलाई ग्रहण गरे। उनले सधैँ प्रकाशहरू पाइरहेका हुन्थे, उसले सधैँ आवाजहरू सुनिरहेका हुन्थे, अलौकिक घटनाहरू जहिल्यै घटिरहेका हुन्थे। हरेक दिन, के खाने, कहाँ जाने, के गर्ने, कोसँग कुराकानी गर्ने भन्नेबारेमा, उसले कहिल्यै पनि सामान्य मानव जीवनको नियमहरूलाई पछ्याएन, न त उसले आधार वा सिद्धान्तको रूपमा परमेश्‍वरका वचनहरूलाई नै खोज्यो, न त उसले सङ्गति गर्न मानिसहरूको खोजी नै गर्‍यो। बरु, उसले सधैँ आवाज, वा प्रकाश, वा सपनाको लागि प्रतीक्षा गर्थ्यो। के यो व्यक्ति सामान्य थियो? (थिएन।) कतिपय मानिसहरूले उसको वास्तविकता देख्‍न सके र भने: “यो मान्छे नाङ्गै र फोहोरी भएर सडकमा दौडिरहेको नहुन सक्छ, तर यी त दुष्ट आत्माका प्रकटीकरणहरू हुन्।” बिस्तारै तर अवश्य नै, दाजुभाइ-दिदीबहिनीहरूले उसको वास्तविकतालाई देख्‍न थाले, अनि एक दिन उसको समस्या विस्फोट भयो र ऊ पागलजस्तो बोल्दै नाङ्गै र फोहोरी अवस्थामा सडकहरूतिर दगुर्न थाल्यो। दुष्ट आत्मा देखा पर्‍यो; आखिरमा वास्तविकता प्रकट भयो। तसर्थ यो अवधिमा, के दाजुभाइ-दिदीबहिनीहरूले उसको वास्तविकतालाई देख्‍न सके त? के तिनीहरूले दुष्ट आत्मा के हो, दुष्ट आत्माको काम के हो, र मानिसहरूमा दुष्ट आत्माका प्रकटीकरणहरू के-के हुन् भन्‍ने बारेमा ज्ञान पाए त? (पाए।) कतिपय मानिसहरूले अवश्‍य नै ज्ञान र भेद छुट्याउने क्षमता पाए। कतिपय मानिसहरू पक्‍कै पनि ऊद्वारा बहकिए, र उसको समस्या विस्फोट हुँदा मात्रै तिनीहरूले उसको वास्तविकतालाई देखे। तर तिनीहरू बहकिएका भए पनि वा तिनीहरूले उसको वास्तविकतालाई देख्‍न सके पनि, यदि परमेश्‍वरले यो वातावरणको बन्दोबस्त नगर्नुभएको भए, दुष्ट आत्माको काम के हो भन्‍ने बारेमा के मानिसहरूले स्पष्ट रूपमा जान्नेथिए त? (थिएनन्।) परमेश्‍वरले यो वातावरण बन्दोबस्त गर्नु र यी कार्यहरू गर्नुपछाडिको महत्त्व र उद्देश्य के थियो त? यो मानिसहरूलाई भेद छुट्याउने व्यवहारिक क्षमताको विकास गर्न र पाठ सिक्‍न, अनि यस प्रकारको व्यक्तिलाई पहिचान गर्न सिकाउनु थियो। यदि शिक्षकले पाठ पढाएझै, कुनै पनि वास्तविक अभ्यास वा व्यवहारिक प्रयोगविना नै दुष्ट आत्माको कामको बारेमा बताइएको भए, मानिसहरूले सिद्धान्त र शब्‍दहरू मात्रै प्राप्त गर्नेथिए। तैँले व्यक्तिगत रूपमा देखेको छस् भने मात्रै, अर्थात् तैँले आफ्‍नै आँखाले देखेको छस्, आफ्‍नै कानले सुनेको छस् भने मात्रै, तैँले दुष्ट आत्माको काम के हो, र यसका निश्‍चित प्रकटीकरणहरू के-के हुन् भन्‍ने कुरालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अनि जब तैँले त्यस्ता मानिसहरूलाई फेरि देख्छस्, तैँले तिनीहरूलाई पहिचान गर्न र तिनीहरूलाई इन्कार गर्न सक्‍नेछस्; तैँले त्यस्तो अवस्थालाई उचित रूपमा सम्‍बोधन गर्न र सम्‍हाल्‍न सक्‍नेछस्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक)

अघिल्लो: ङ. पवित्र आत्माको काम र दुष्ट आत्माहरूको काम कसरी छुट्याउने

अर्को: ग. धार्मिक पाष्टर र एल्डरहरू सबैले फरिसीहरूको बाटो हिँडिरहेका छन् भनेर किन भनिन्छ, र तिनीहरूको सार के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्