१७. बिमार र पीडालाई कसरी लिने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सर्वप्रथम, मानिसहरूले आफ्नो जीवनभर जन्म, बुढ्यौली, रोग र मृत्युको पीडा कहाँबाट आउँछ र किन मानिसले यी कुराहरू भोग्छ भनेर बुझ्नुपर्छ। सुरूमा मानिसलाई सृष्टि गर्दा के यी कुराहरू अस्तित्वमै नभएका होइनन् र? यी पीडाहरू कहाँबाट आए? यी पीडाहरू शैतानले मानिसलाई प्रलोभित र भ्रष्ट पारेर पतित बनाएपछि आएका थिए। मानिसको देहको पीडा, समस्याहरू र खालीपन अनि मानिसको संसारमा भएका सबै निकृष्ट कुराहरू—ती सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि देखा परे। शैतानले मानिसलाई भ्रष्ट पारेपछि, शैतानले मानिसलाई सताउन थाल्यो र फलस्वरूप मानिस अझ गिर्‍यो, उसको रोग अझ गम्भीर भयो, उसको पीडा अझ ठूलो भयो र ऊभित्र यो संसार खाली र दयनीय छ, र यो संसारमा बाँच्न असम्भव छ र यो संसारमा बाँच्नु झन् निराशाजनक छ भन्ने भावना बढ्न थाल्यो। यसरी मानिसको यो सबै पीडा शैतानले ल्याएको थियो र मानिस शैतानद्वारा भ्रष्ट पारिएर पतित भएपछि आएको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

कतिपय मानिसहरू बारम्बार थला पर्छन्, तिनीहरू परमेश्वरलाई जतिसुकै प्रार्थना गरे पनि, निको नै हुँदैनन्। तिनीहरू आफ्नो बिमारीबाट जति नै मुक्त हुन चाहे पनि, मुक्त हुन सक्दैनन्। कहिलेकाहीँ त तिनीहरूले जीवन नै खतरामा पर्ने अवस्थासँग जुझेर प्रत्यक्ष रूपमा त्यसको सामना गर्नुपर्ने हुन सक्छ। वास्तवमा, यदि व्यक्तिको हृदयमा परमेश्वरप्रतिको विश्वास साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको जीवनकाल परमेश्वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। जब परमेश्‍वरले मानिसहरूलाई रोग-बिमार दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ- त्यसको अर्थ हुन्छ। तिनीहरूलाई यो रोग-बिमार नै हो जस्तो लाग्छ, तर वास्तवमा, तिनीहरूलाई दिइएको कुरा त अनुग्रह हो, रोग-बिमार होइन। मानिसहरू सबैले सर्वप्रथम यो तथ्यलाई पहिचान गर्नुपर्छ र यसप्रति निश्‍चित हुनुपर्छ, र यसलाई गम्‍भीरताको साथ लिनुपर्छ। जब मानिसहरू रोगको कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्‍वरको अघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कताको साथ गर्ने सुनिश्‍चित गर्न सक्छन्, र आफ्‍नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनशीलताका साथ व्यवहार गर्छन्। जहाँसम्‍म मानिसहरूको कुरा छ, यो त सुरक्षा हो, बन्धन होइन। यो परिस्थितिलाई सम्‍हाल्‍ने नकारात्मक तरिका हो। यसको साथै, हरेकको आयु परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। चिकित्साको हिसाबमा कुनै रोग निको नहुने देखिन सक्छ, तर परमेश्‍वरको नजरमा, यदि तेरो जीवन अझै चल्नैपर्छ र तेरो समय आएको छैन भने, तैँले चाहेर पनि मर्न सक्दैनस्। यदि परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, घातक मानिने रोगले पनि तेरो मृत्यु हुनेछैन—परमेश्‍वरले तँलाई लैजानुहुनेछैन। यदि तैँले प्रार्थना गर्दैनस् र सत्यता खोजी गर्दैनस्, वा आफ्‍नो रोगको उपचार गर्दैनस्, वा तैँले आफ्‍नो उपचार रोकिस् नै भने पनि, तँ मर्नेछैनस्। विशेष गरी परमेश्‍वरबाट आज्ञा पाएका मानिसहरूको हकमा यो झनै लागू हुन्छ: तिनीहरूको मिसन पूरा हुन बाँकी नै हुँदा, तिनीहरूलाई जुनै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्दै मर्दैनन्; तिनीहरू मिसन पूर्तिको अन्तिम क्षणसम्‍म जिउनैपर्छ। के तँमा यो विश्वास छ? यदि छैन भने, तैँले यसो भन्दै परमेश्वरलाई केही सतही प्रार्थनाहरू मात्र चढाउनेछस्, “हे परमेश्‍वर! मैलेतपाईँले मलाई दिनुभएको आज्ञा पूरा गर्नुपर्छ। म मेरा आखिरी दिनहरू तपाईंप्रतिको पूर्ण भक्तिमा बिताउन चाहन्छु, ताकि मसँग कुनै पनि पछुतो बाँकी नरहोस्। तपाईंलेमेरो सुरक्षा गर्नैपर्छ!” तैँले यसरी प्रार्थना गरेता पनि, यदि सत्यता खोज्न पहलकदमी लिँदैनस् भने, तँसँग वफादार हुने इच्छा र बल हुनेछैन। तँ वास्तविक मूल्य चुकाउन इच्छुक नभएकोले परमेश्वरलाई प्रार्थना गर्न र उहाँसँग मोलतोल गर्न, प्राय: यस्तो बाहाना र विधि प्रयोग गर्छस्—के यो सत्यता पछ्याउने व्यक्ति हो त? यदि तेरो बिमारी निको हुने भए, के तैँले आफ्नो कर्तव्य साँच्चै राम्ररी निभाउन सक्नेथिइस्? जरूरी छैन। तथ्य कुरा के हो भने तैँले आफ्‍नो रोग निको होस् र तँ मर्नु नपरोस् भनेर मोलतोल गरे पनि, वा यसको पछाडि तेरो अरू कुनै अभिप्राय वा उद्देश्य भए पनि, परमेश्‍वरको दृष्टिकोणमा, यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सक्छस् र तँ अझै पनि प्रयोग गरिन लायक छस्, यदि परमेश्वरले तँलाई प्रयोग गरिनुपर्छ भनेर निर्णय गर्नुभएको छ भने, तँ मर्नेछैनस्। तैँले चाहेर पनि मर्न सक्नेछैनस्। तर तैँले समस्या ल्याइस्, र अनेक किसिमका दुष्कर्महरू गरिस्, र परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने, तँ चाँडै मर्नेछस्; तेरो आयु घटाइनेछ। परमेश्‍वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै निर्धारित गर्नुभएको थियो। तिनीहरूले परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू पालना गर्न सक्छन् भने, तिनीहरूलाई रोग लागे पनि नलागे पनि, र तिनीहरूको स्वास्थ्य राम्रो भए पनि नभए पनि, तिनीहरू परमेश्‍वरले निर्धारित गर्नुभएको समयभरि बाँच्‍नेछन्। के तँमा यो विश्वास छ? यदि तँ यसलाई धर्मसिद्धान्तको आधारमा मात्र स्विकार्छस् भने तँसित साँचो विश्वास छैन, र मिठा-मिठा कुरा गर्नु बेकार हो; यदि भित्री हृदयदेखि नै परमेश्वरले यस्तो गर्नुहुनेछ भनी पक्का छस् भने तेरो तौरतरिका र अभ्यासको तरिका स्वतः परिवर्तन हुनेछ। अवश्य नै, चाहे मानिसहरू बिरामी होऊन् वा नहोऊन्, तिनीहरूसँग जिउञ्जेल स्वास्थ्यको हेरचाहबारे केही साधारण समझ त हुनैपर्छ। यो त परमेश्वरले मानिसलाई दिनुभएको नैसर्गिक क्षमता हो। परमेश्वरले मानिसलाई दिनुभएको स्वतन्त्र इच्छामा, व्यक्तिसँग यो विवेक र साधारण समझ हुनुपर्छ। जब तँ बिरामी पर्छस्, तब तँमा स्वास्थ्य हेरचाह र त्यस रोगसित जुझ्ने उपचारबारे केही साधारण समझ हुनुपर्छ—तैँले गर्नुपर्ने पनि यही हो। तैपनि, यसरी तेरो रोगको उपचार गर्नु परमेश्‍वरले तेरो लागि तोकिदिनुभएको आयुलाई चुनौती दिनका लागि होइन, न त उहाँले तेरो लागि तय गरिदिनुभएको आयु तैँले जिउने ग्यारेन्टी गर्नको लागि नै हो। यसको अर्थ के हो त? यसलाई यसरी बताउन सकिन्छ: निष्क्रिय हिसाबमा भन्दा, यदि तैँले आफ्‍नो रोगलाई गम्‍भीरताको साथ लिँदैनस्, यदि आफ्नो कर्तव्य जसरी जसरी गर्नुपर्ने हो त्यसरी नैगर्छस्, र अरूले भन्दा बढी विश्राम गर्छस्, यदि तैँले आफ्‍नो कर्तव्यमा ढिलाइ गरेको छैनस् भने, तेरो रोग अझै खराब हुनेछैन र यसले गर्दा तँ मर्ने छैनस्। सबैकुरा परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा भर पर्छ। अर्को शब्‍दमा भन्दा, यदि परमेश्‍वरको दृष्टिकोणमा, तेरो पूर्वनिर्धारित आयु अझै पूरा भएको छैन भने, तँ बिरामी नै परिस् भने पनि, परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन। यदि तेरो रोग दिर्घकालीन होइन, तर तेरो समय आइसकेको छ भने, परमेश्‍वरले जुनसुकै बेला तँलाई लैजानुहुनेछ। के यो पूर्ण रूपमा परमेश्‍वरकै विचारको कृपामा हुँदैन र? यो उहाँको पूर्वनिर्धारणको कृपामा हुन्छ! तैँले यस कुरालाई यसरी नै हेर्नुपर्छ। तैँले आफूले गर्नुपर्ने भाग गरेर डाक्टरकहाँ जान, केही औषधि खान, आफ्‍नो स्वास्थ्यको ख्याल गर्न, र कसरत गर्न सक्छस्, तर तैँले आफ्‍नो हृदयभित्र के कुरालाई बुझ्‍नुपर्छ भने, व्यक्तिको जीवन परमेश्‍वरकै हातमा छ, व्यक्तिको आयु परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ र परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरालाई कसैले पनि नाघ्‍न सक्दैन। यदि तँमा यति थोरै बुझाइ पनि छैन भने, तँसँग साँचो रूपमा विश्‍वास छैन, र तैँले वास्तवमा परमेश्‍वरमा विश्‍वास गर्दैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सर्वशक्तिमान्‌ परमेश्‍वर, सबै थोकका मुखिया हुनुहुन्छ, उहाँले आफ्नो सिंहासनबाट आफ्नो शाही शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई डोऱ्याउने काममा हुनुहुन्छ। हामी हरेक क्षण उहाँसँग नजिक हुनेछौं, र चुपचाप उहाँको सामु आउनेछौं, एक पल पनि कहिल्यै गुमाउनेछैनौं, र सबै समय हामीसँग सिक्नका लागि पाठहरू हुनेछन्। वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्‍वरले आफ्‍नो अनुग्रह रोक्‍नुहुनेछ। जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्‍वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्‍ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्। रोग-बिमारको बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाको क्रममा परमेश्‍वरसँग आनन्द गर्। बिमारीपनको बीचमा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, र परमेश्‍वरले तँलाई उहाँको ज्योति दिनुहुनेछ। अय्यूबको विश्‍वास कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर महाशक्तिशाली वैद्य हुनुहुन्छ! रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको निको हुनु हो। जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्‍म परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन।

हामीभित्रै ख्रीष्टको पुनरुत्थान भएको जीवन छ। निस्सन्देह, हामीमा परमेश्‍वरको उपस्थितिमा विश्‍वासको कमी हुन्छ: परमेश्‍वरले हामीभित्र साँचो विश्‍वास राख्नुहुन्छ। परमेश्‍वरको वचन साँच्चै मीठो छ! परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बुझेमा हामीलाई साथ मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई मुक्ति दिन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोकको सन्देह मेटाउँछ र सबै थोकलाई शान्ति दिन्छ। विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई उहाँको ज्योतिले उज्यालो पारून् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष निकाल्नको लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्‍वरसामु आउनुपर्छ, र प्रार्थना गर्दै परमेश्‍वरको अभिप्राय के हो भनी खोज्‍ने र बुझ्ने कोसिस गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रको कुन भ्रष्टता समाधान गरिएको छैन भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरो भ्रष्ट स्वभाव समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू मनमौजी नहुन सक्छन्, र सधैँ परमेश्‍वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसले खाना, पोशाक, र अन्य आनन्दहरूको सुखबारे सोच्दैन, बरु आफ्नो हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफैलाई जाँच गरेर आफूले कुनै गलत काम गरेको छु कि वा कतै आफू सत्यताविपरीत गएको छु कि भनी हेर्छ। सामान्यतया, जब तैँले कुनै गम्भीर वा अनौँठो रोग सामना गर्छस् र जब त्यसले तँलाई नराम्रोसँग कष्ट दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी वा स्वस्थ जे-जस्तो भए पनि, त्यो परमेश्‍वरको अभिप्राय हो। जब पवित्र आत्माले काम गर्नुहुन्छ र जब तँ शारीरिक रूपमा ठिक हुन्छस्, तब तैँले प्राय परमेश्‍वरको खोजी गर्न सक्छस्, तर जब तैँले बिरामी भएर कष्ट भोग्छस्, तब तैँले खोजी गर्नै छोडिदिन्छस्, र उहाँलाई कसरी खोज्ने भन्‍ने पनि तँलाई थाहा हुँदैन। तँ बिरामीपनमै जिउँछस्, र आफूलाई कस्तो उपचारले राम्रो गर्ला भनेर सधैँ सोचेरै बस्छस्। यस्ता समयहरूमा तँ बिरामी नभएका मानिसहरूको ईर्ष्या गर्छस्, र तँ आफ्नो बिमार र पीडाबाट सक्दो चाँडो मुक्त हुन चाहन्छस्। यी नकारात्मक र प्रतिरोधी भावनाहरू हुन्। जब मानिसहरू बिरामी पर्छन्, तिनीहरू कहिलेकाहीँ यस्तो सोच्छन्, “के मैले यो बिमार आफ्नै अज्ञानतामार्फत निम्त्याएँ, कि त्यो परमेश्‍वरको अभिप्राय हो?” तिनीहरूले त्यो पत्ता लगाउनै सक्दैनन्। खासमा, कतिपय रोगहरू सामान्य हुन्छन्, जस्तै चिसो लाग्ने, सुन्‍निएर रातो हुने, वा फ्लुजस्ता कुराहरू। जब तैँले कुनै ठूलो रोगको पीडा भोग्छस् र जसले तँलाई थला पार्छ, र जब तँ त्यो कष्ट भोग्नुभन्दा मर्न चाहन्छस्, त्यस्तो रोग संयोगले लाग्दैन। जब तँलाई बिमार र कष्ट आइपर्छ, के तँ परमेश्‍वरलाई प्रार्थना गरेर उहाँको मार्गदर्शन खोज्छस्? पवित्र आत्माको कामले तँलाई कसरी मार्गदर्शन र अगुवाइ गर्छ? के उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति मात्र दिनुहुन्छ? त्यो एउटै मात्र उहाँको विधि होइन; उहाँले तेरो परीक्षा र शोधन पनि गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको परीक्षा कसरी लिनुहुन्छ? के उहाँले कष्ट भोग्न लगाएर मानिसहरूको परीक्षा लिनुहुन्न र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुने कुरा हुन्। यदि त्यो परीक्षा नहुँदो हो त मान्छेले किन कष्ट भोग्थे र? कष्ट नभोगी मानिसहरू कसरी परिवर्तन हुन सक्छन् र? कष्ट भोगाइ र परीक्षाको सामना सँगसँगै हुन्छन्—त्यो पवित्र आत्माको काम हो। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूलाई केही कष्ट दिनुहुन्छ किनकि अन्यथा तिनीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान नै थाहा हुन्थेन, र तिनीहरू अभद्र बन्थे। भ्रष्ट स्वभावलाई सत्यता सङ्गति गरेर मात्र पूर्ण रूपले समाधान गर्न सकिँदैन। अरूले तेरा समस्याहरू औँल्याउन सक्छन्, र ती कुरा तँ आफैलाई पनि थाहा हुन सक्छ, तर तैँले तिनलाई परिवर्तन गर्न सक्दैनस्। तैँले आफूलाई काबुमा राख्न आफ्नो इच्छाशक्तिमाथि जति भरोसा गरे पनि, आफ्नै अनुहारमा चड्कन हाने पनि, आफ्नै टाउकोमा हिर्काए पनि, आफैलाई भित्तामा ठोक्काए पनि, र आफ्नो देहलाई चोट पुर्‍याए पनि, त्यसले तेरा समस्याहरू समाधान गर्नेछैन। तँभित्र तँलाई निरन्तर यातना दिने र अवरोध पुर्‍याउने, अनि तँलाई अनेक प्रकारका सोच र विचारहरू दिने शैतानी स्वभाव भएकोले, तेरो भ्रष्ट स्वभाव खुलासा हुने नै छ। त्यसैले, यदि तैँले त्यसलाई समाधान गर्न सकिनस् भने, तँ के गर्छस्? रोगव्याधिमार्फत तेरो शोधन हुनुपर्छ। कतिपय मानिसहरूलाई यो शोधनमा यति कष्ट हुन्छ कि तिनीहरूले यसलाई स्विकार्नै सक्दैनन्, अनि प्रार्थना र खोजी गर्न थाल्छन्। बिरामी नहुँदा, तँ अत्यन्तै मनमौजी र हदै अहङ्कारी हुन्छस्। तर जब तँ बिरामी हुन्छस्, तब तँ आज्ञाकारी बन्छस्—के तँ त्यसपछि पनि जङ्गलीझै अहङ्कारी हुन सक्छस्? जब तँसँग जसोतसो बोल्ने ऊर्जा मात्र हुन्छ, के तँ अरूलाई भाषण दिन वा अहङ्कारी हुन सक्छस्? त्यस्ता समयहरूमा, तैँले कुनै मागहरू गर्दैनस्; तँ आफ्नो कष्ट मिल्काउन मात्र चाहन्छस्, कुनै खाना, पोशाक वा आनन्दबारे बिलकुलै सोच्दैनस्। तिमीहरूमध्ये धेरैजसोले त्यो भावना अनुभव गरेका छैनौ, तर अनुभव गरेपछि तिमीहरूले बुझ्नेछौ। अहिले कतिपय मानिसहरू यस्ता छन् जो पदको लागि, देहसुखको लागि, र आफ्नै स्वार्थको लागि लड्ने गर्छन्। तिनीहरूलाई अति धेरै सहजता भएर, तिनीहरूको कष्ट अति कम भएर, अनि तिनीहरूको अपमान भएर, यो सब भएको हो। यी मानिसहरूलाई अगाडि बाटोमा कठिनाइ र शोधनले पर्खिरहेको छ!

कहिलेकाहीँ परमेश्‍वरले तेरो लागि केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, तेरा वरपरका मानिसहरूमार्फत तेरो काँटछाँट गर्नुहुनेछ र तँलाई कष्ट भोगाउनुहुनेछ, तँलाई पाठहरू सिकाउनुहुनेछ र तँलाई सत्यता बुझ्ने अनि विभिन्‍न कुराहरूको वास्तविकता देख्‍ने मौका दिनुहुनेछ। तेरो देहलाई कष्ट भोगाएर, परमेश्‍वरले अहिले यही काम गर्दै हुनुहुन्छ, ताकि तैँले आफ्नो पाठ सिक्न, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्। पावलले बारम्बार उसको देहमा एउटा काँढा छ भन्थ्यो। त्यो के काँढा थियो? त्यो एउटा रोग थियो, र ऊ त्यसबाट उम्कन सक्दैनथ्यो। उसलाई त्यो के रोग हो भनेर राम्ररी थाहा थियो, त्यो उसको स्वभाव र उसको प्रकृतिप्रति लक्षित थियो। यदि उसमा त्यो काँढा अल्झेको थिएन भने, यदि उसलाई त्यो रोगले पछ्याएको थिएन भने, उसले जुनसुकै स्थान र समयमा उसको आफ्नै राज्य खडा गर्न सक्थ्यो, तर उसको रोगले गर्दा उसमा त्यो शक्ति थिएन। त्यसकारण, बढीजसो समय रोगले मानिसहरूको लागि एकप्रकारको “सुरक्षा कवच” को काम गर्छ। यदि तँ बिरामी नभएर शक्तिले भरिपूर्ण छस् भने, तैँले कुनै दुष्ट काम र कुनै प्रकारको समस्या निम्त्याउन सक्छस्। मानिसहरू अत्यन्तै अहङ्कारी र मनमौजी हुँदा तिनीहरूले सजिलै आफ्नो समझ गुमाउन सक्छन्। तिनीहरूले दुष्ट काम गरिसकेपछि पश्‍चात्ताप त गर्नेछन्, तर त्यतिञ्जेल तिनीहरू त्यसबारे केही गर्नै नसक्ने भइसक्‍नेछन्। त्यसले गर्दा थोरै रोग हुनु राम्रो कुरा हो, अर्थात यो मानिसहरूको लागि सुरक्षा हो। तँ अरू मानिसहरूका सबै समस्याहरू समाधान गर्न सक्षम छस् होला र तँ तेरो आफ्नै सोचभित्रका सबै समस्याहरू सुल्झाउन सक्छस् होला, तर रोग निको नभईकन तैँले केही गर्न सक्दैनस्। बिरामी पर्नु वास्तवमै तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। यदि तँ बिरामी भइस् र तँलाई निको पार्ने कुनै उपाय छैन भने, त्यो तैँले सहनैपर्ने कष्ट हो। त्यसबाट मुक्त हुने कोसिस नगर्; पहिला तँ समर्पित हुनुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गर्दै परमेश्‍वरका चाहनाहरू खोज्नुपर्छ। यसो भन्: “हे परमेश्‍वर, मलाई थाहा छ कि म भ्रष्ट छु र मेरो प्रकृति खराब छ। म त्यस्ता चीजहरू गर्न सक्षम छु जुन तपाईंप्रति विद्रोही र प्रतिरोधी छन्, जसले तपाईंलाई चोट र पीडा निम्त्याउँछन्। कस्तो गज्जबको कुरो, तपाईंले मलाई यो रोग दिनुभएको छ। म यसप्रति समर्पित हुनुपर्छ। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्, तपाईंको अभिप्राय के हो र तपाईं मभित्रको कुन कुरा बदल्न र सिद्ध पार्न चाहनुहुन्छ, त्यो बुझ्न दिनुहोस्। म यति मात्र माग्छु कि तपाईं मलाई मार्गनिर्देशन गर्नुहोस्, ताकि मैले सत्यता बुझ्न र जीवनको सही मार्ग लिन सकूँ।” तैँले खोजी र प्रार्थना गर्नुपर्छ। तैँले बिरामी हुनुको केही अर्थ छैन, त्यो तैँले परमेश्‍वरलाई चिढ्याएकोले तैँले भोग्‍नुपर्ने ताड्ना होइन भन्‍ने विश्‍वास गर्दै दुविधामा रहनु हुँदैन। हतारमा निचोड ननिकाल्। यदि तँ साँच्चिकै हृदयमा परमेश्‍वर भएको व्यक्ति होस् भने, तैँले जे सामना गरे पनि, त्यसलाई त्यतिकै जान नदे। तैँले हरेक मामिलामा प्रार्थना र खोजी गर्नुपर्छ, परमेश्‍वरको चाहना अनुभूत गर्नुपर्छ, र परमेश्‍वरमा समर्पित हुन सिक्नुपर्छ। जब परमेश्‍वरले तँ समर्पित हुन सक्छस् र तँसित उहाँप्रति समर्पणको हृदय छ भन्‍ने देख्नुहुन्छ, उहाँले तेरो कष्ट सहज पार्नुहुन्छ। परमेश्‍वरले कष्ट र शोधनको माध्यमबाट त्यस्ता परिणामहरू हासिल गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

कतिपय मानिसहरू रोग र सहनै नसकिने कष्टले थलिएका छन्, कतिले त मृत्युको समेत सामना गर्छन्। यस्तो परिस्थितिलाई तिनीहरूले कसरी लिनुपर्छ? धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरको इच्‍छालाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले आफ्नो कर्तव्यपालनमा ढिलाइ गर्दैनस् र विश्‍वासयोग्य भएर कर्तव्यमै लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। आफूलाई गम्‍भीर रोग लागेको र आफू मर्न लगेको देखेपछि, कतिपय मानिसहरूले मनमनै विचार गर्छन्: “मैले मृत्युबाट बच्‍नको लागि परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको हो—तर यतिका वर्ष मेरो कर्तव्य पूरा गरेपछि पनि, उहाँले मलाई मर्न दिन लाग्‍नुभएको छ जस्तै यस्तो देखिन्छ। म मेरो आफ्‍नै काम-काजमा लाग्‍नुपर्छ, मैले सधैँ गर्न चाहेका कुराहरू गर्नुपर्छ, र मैले यो जीवनमा नरमाएका कुराहरूमा रमाउनुपर्छ। म आफ्नो कर्तव्य थाती राख्न सक्छु” यो कस्तो मनोवृत्ति हो? तैँले यतिका वर्षदेखि आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छस्, तैँले यी सबै प्रवचनहरू सुनेका छस्, र अझै पनि तैँले सत्यतालाई बुझेको छैनस्। एउटै परीक्षाले तँलाई थिच्छ, तँलाई घुँडा टेकाउँछ, र तँलाई उदाङ्गो पार्छ। के यस्तो मानिस परमेश्‍वरको वास्ता पाउन योग्य हुन्छ? (तिनीहरू त्यसको लायक हुँदैनन्।) तिनीहरू पूर्ण रूपमा बफादारिताहीन छन्। त्यसो भए, तिनीहरूले यतिका वर्ष पूरा गर्दै आएको कर्तव्यलाई के भनेर चिनिन्छ? यसलाई “सेवा गर्नु” भनेर भनिन्छ, र तिनीहरूले आफूलाई समर्पित मात्रै गर्दै आएका थिए। यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, “परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञापालन—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्‍वरप्रतिको आज्ञापालनको वास्तविकतामा जिउँनुपर्छ। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ,” के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, “परमेश्‍वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौं-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्‍वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्‍वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्‍वरलाई चोट पुर्‍याउने किसिमका थिए। मैले भविष्यमा परमेश्‍वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्‍वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्‍म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्‍ने कुरा परमेश्‍वरले देख्‍न सक्‍नुहोस्। म परमेश्‍वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्‍याउने वा निराशा तुल्याउने काम गर्नेछैन।” यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, “यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य पूरा गर्न सक्दो प्रयास गर्नेछु र समर्पित हुनेछु। म बिरामी हुँदा कसरी समर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?” जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्‍वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्‍म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्‍वरलाई गनगन नगरी बस्‍न सक्छस्? (सक्छु।) अहिले “सक्छु” भनेर भन्‍नु सजिलो छ, तर जब तँमा साँच्‍चै यो कुरा आइपर्छ त्यो बेला “सक्छु” भन्नु यति सजिलो हुनेछैन। त्यसकारण, तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ, धेरैपटक सत्यतामा कठिन परिश्रम गर्नुपर्छ, र यस्तो विचार गर्दै अझै बढी समय बिताउनुपर्छ, “म परमेश्‍वरको इच्‍छालाई कसरी सन्तुष्ट तुल्याउन सक्छु? म कसरी परमेश्‍वरको प्रेमको ऋण तिर्न सक्छु? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु?” सृष्टि गरिएको प्राणी भनेको के हो? के सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी परमेश्‍वरका वचनहरू सुन्‍नु मात्रै हो? होइन—यो त परमेश्‍वरका वचनहरूमा जिउनु हो। परमेश्‍वरले हामीलाई यति धेरै सत्यता, यति धेरै मार्ग, र यति धेरै जीवन दिनुभएको छ, ताकि तँ यी कुराहरूमा जिउन सक्, र तैँले उहाँको लागि गवाही दिन सक्। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने यही नै हो, र यो तेरो जिम्‍मेवारी र दायित्व हो। तैँले बारम्बार यी कुराहरू मनन गर्नैपर्छ; यदि तँ सधैँ यी कुराहरू मनन गर्छस् भने, सत्यताका सबै पक्षको गहिराइमा पुग्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

कतिपय मानिस आफ्नो रोग निको पार्न विभिन्न उपाय अपनाउँदै हरसम्भव प्रयास गर्छन्, तर जुनसुकै उपचार अपनाए पनि, तिनीहरू निको हुन सक्दैनन्। तिनीहरू जति धेरै उपचार गर्छन्, त्यति नै तिनीहरूको रोग गम्भीर बन्दै जान्छ। तिनीहरू आफ्नो रोग कस्तो हो, अनि रोगको मुख्य कारण के हो भनेर पत्ता लगाउन परमेश्वरलाई प्रार्थना गर्नुको सट्टा सबै कामकुरा आफ्नै हातमा लिन्छन्। तिनीहरू धेरै उपचार पद्धति अपनाउँछन् अनि धेरै पैसा खर्च गर्छन्, तैपनि तिनीहरूको रोग भने निको हुँदै हुँदैन। त्यसपछि, तिनीहरूले उपचार गर्न छोडेपछि, केही समयपछि रोग अचानक आफै ठिक हुन्छ, अनि त्यो कसरी भयो, तिनीहरूलाई थाहा हुँदैन। कतिपय मानिसलाई चाहिँ सामान्य रोग लाग्छ र तिनीहरू त्यसबारे त्यति चिन्ता गर्दैनन्, तर एक दिन तिनीहरूको अवस्था बिग्रिन्छ अनि अचानक मृत्यु हुन्छ। त्यो के भएको होला? मानिसहरू त्यो बुझ्नै सक्दैनन्; वास्तवमा परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यस संसारमा त्यस व्यक्तिको मिशन सकिएकाले उहाँले उसलाई लैजानुभएको हो। मानिसहरू प्रायः भन्ने गर्छन्, “बिरामी नभई मान्छे मर्दैन।” के साँच्चै यस्तै हुन्छ र? यस्ता मानिसहरू पनि थिए, जसको अस्पतालमा परीक्षण गर्दा कुनै रोग भेट्टिएको थिएन। तिनीहरू निकै तन्दुरुस्त थिए, तर केही दिनभित्रै तिनीहरूको निधन भयो। यसैलाई कुनै रोग नलागी मर्नु भनिन्छ। यस्ता मानिसहरू थुप्रै छन्। यसको अर्थ कुनै व्यक्ति आफ्नो जीवनको अन्त्यमा पुगेको हो, र अब उसलाई आत्मिक संसारमा फिर्ता लगिएको छ। कतिपय मानिस क्यान्सर र क्षयरोगबाट निको भएर पनि सत्तरी वा असी वर्षभन्दा धेरै बाँचेका छन्। यस्ता मानिसहरू निकै छन्। यी सबै परमेश्वरकै अरनखटनमा हुन्छन्। यो बुझ्नु नै परमेश्वरमा साँचो विश्वास गर्नु हो। यदि तँ शारीरिक रूपमा अस्वस्थ छस् र आफ्नो अवस्था सुधार्न केही औषधि खानुपर्ने हुन्छ भने, तैँले औषधि खानुपर्छ वा नियमित व्यायाम गर्नुपर्छ, आरामले र शान्त भएर यो मामिला सुल्झाउनुपर्छ। यो कस्तो मनोवृत्ति हो? यो परमेश्वरमा साँचो विश्वास गर्ने मनोवृत्ति हो। मानिलिऊँ, तँ औषधि खाँदैनस्, खोप लगाउँदैनस्, व्यायाम गर्दैनस्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनस्, तैपनि अत्यन्तै चिन्तित हुन्छस् र सदैव यसरी प्रार्थना गर्छस्, “हे परमेश्वर, मैले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नुपर्छ, मेरो मिशन पूरा भएको छैन, म मर्न चाहन्नँ। म आफ्नो कर्तव्य निभाउन अनि तपाईंको आज्ञा पूरा गर्न चाहन्छु। यदि म मरिहालेँ भने तपाईंको आज्ञा पूरा गर्न सक्नेछैनँ। म पछि गएर पछुतो गर्न चाहन्नँ। हे परमेश्वर, कृपया मेरो बिन्ती सुनिदिनुहोस्; मलाई जिउन दिनुहोस् ताकि म आफ्नो कर्तव्य निभाउन र तपाईंको आज्ञा पूरा गर्न सकूँ। म सदैव तपाईंको प्रशंसा गर्न र तपाईंको महिमाको दिन जतिसक्दो चाँडो हेर्न चाहन्छु।” यसो हेर्दा त, तँ औषधि खाँदैनस् वा कुनै खोप लगाउँदैनस्, अनि तँ निकै बलियो छस् र परमेश्वरमा पूरापूर विश्वास गर्छस् भन्ने देखिन्छ। वास्तवमा, तेरो विश्वास रायोको दानाभन्दा पनि सानो छ। तँ अत्यन्तै डराउँछस्, र तँ परमेश्वरमा विश्वास गर्दैनस्। तँ किन विश्वास गर्दैनस्? यो कसरी भयो? मानिसहरूले सृष्टिकर्ताको मनोवृत्ति, सिद्धान्त र उहाँले सृष्टि गर्नुभएका प्राणीलाई निराकरण गर्ने उहाँको तौरतरिकालाई बुझ्दै बुझ्दैनन्, त्यसैले तिनीहरू परमेश्वरको आगामी कार्य अनुमान गर्न आफ्नै सीमित दृष्टिकोण, धारणा र कल्पनाहरू प्रयोग गर्छन्। तिनीहरू परमेश्वरले निको पारेर तिनीहरूलाई लामो समय जिउन दिनुहुन्छ कि हुन्न भनेर हेर्न परमेश्वरसँग जोखिम मोल्न चाहन्छन्। के यो मूर्खता होइन? यदि परमेश्वर तँलाई जिउने अनुमति दिनुहुन्छ भने तँ जतिसुकै बिरामी परे पनि मर्ने छैनस्। यदि परमेश्वर तँलाई जिउने अनुमति दिनुहुन्न भने तँ मर्नैपर्ने हो भने बिरामी नभए पनि मर्नेछस्। तेरो जीवनको आयु परमेश्वरले नै पूर्वनिर्धारण गर्नुहुन्छ। यो कुरा जान्‍नु भनेको साँचो ज्ञान र साँचो विश्‍वास हो। त्यसो भए, के परमेश्‍वरले मानिसहरूलाई जथाभाबी बिरामी पर्न दिनुहुन्छ? यो जथाभाबी हुँदैन; यो तिनीहरूको विश्‍वासलाई शोधन गर्ने तरिका हो। यो मानिसहरूले भोग्‍नैपर्ने कष्ट हो। यदि उहाँले तँलाई बिरामी पार्नुहुन्छ भने, यसबाट उम्कने प्रयास नगर्; उहाँले तँलाई बिरामी पार्नुहुन्‍न भने, यसको लागि अनुरोध नगर्। सबै कुरा सृष्टिकर्ताकै हातमा छ, र मानिसहरूले प्रकृतिलाई आफ्‍नो गति लिन दिन सिक्‍नुपर्छ। प्रकृति भनेको के हो? प्रकृतिमा कुनै पनि कुरा जथाभाबी हुँदैन; यो सबै परमेश्‍वरबाट नै आउँछ। यो सत्य हो। एउटै रोग लागेका मानिसहरूमध्ये, कति मर्छन् र कति जिउँछन्; यो सबै कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। यदि तँ जिउन सकिस् भने, यसले परमेश्‍वरले तँलाई दिनुभएको मिसन तैँले अझै पूरा गरेको छैनस् भन्‍ने प्रमाणित गर्छ। तैँले यसलाई पूरा गर्न कठिन परिश्रम गर्नुपर्छ, र यो समयलाई बहुमूल्य ठान्‍नुपर्छ; यसलाई खेर नफाल्। कुरा यही हो। यदि तँ बिरामी छस् भने, यसबाट उम्कने प्रयास नगर्, र यदि तँ बिरामी छैनस् भने, बिरामी हुनको लागि अनुरोध नगर्। जेसुकै भए पनि, तैँले अनुरोध गरेकै भरमा आफूले चाहेको कुरा पाउन सक्दैनस्, न त तैँले चाहेकै भरमा कुनै कुराबाट तँ उम्कन नै सक्छस्। परमेश्‍वरले गर्छु भनी निर्णय गर्नुभएको कुरालाई कसैले पनि परिवर्तन गर्न सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू आफ्‍नो रोगबिमारका बारेमा सधैँ यसो भन्दै सधैँ चिन्ता गरिरहन्छन्, “यदि मेरो रोग झन् खराब हुँदै गयो भने, के म सहन सक्‍नेछु? यदि मेरो अवस्था झन्-झन् खराब भयो भने, के यसले मेरो ज्यान लिनेछ? के मैले अप्रेसन गर्नुपर्नेछ? अनि यदि मैले अप्रेसन गरेँ भने, के म अप्रेसन टेबलमा मर्नेछु? म समर्पित भएको छु। के यो रोगका कारण परमेश्‍वरले मेरो जीवन लिनुहुनेछ?” यी कुराहरू सोच्‍नुको के अर्थ? यदि तँ यी कुराहरू नसोची बस्‍न सक्दैनस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। आफैमा भर पर्नु व्यर्थको कुरा हो, र तैँले अवश्य नै यसलाई सहन सक्‍नेछैनस्। कसैले पनि रोग-बिमार सहनु परोस् भन्‍ने चाहना गर्दैन, र बिरामी हुँदा कोही पनि खुसीले मुस्कुराउने, उल्‍लसित हुने र हर्षोल्‍लास गर्ने गर्दैन। यस्तो कोही पनि छैन, किनभने यो सामान्य मानवत्व होइन। जब सामान्य मानिसहरू बिरामी हुन्छन्, तिनीहरूलाई सधैँ कष्ट हुन्छ र निराशा महसुस हुन्छ, र तिनीहरूले सहन सक्ने कुराको सीमा हुन्छ। तैपनि एउटा कुरा ध्यान दिनुपर्छ: यदि मानिसहरूले बिरामी पर्दा आफ्‍नो रोग-बिमारलाई हटाउन र यसबाट मुक्त हुनका लागि सधैँ आफ्‍नै क्षमतामा भर पर्ने विचार गरेका भए, अन्तिम परिणाम के हुनेथ्यो? तिनीहरूको रोग-बिमार त छँदैछ, तर के तिनीहरूले अझै धेरै कष्ट र निराशा भोग्नेथिएनन् र? त्यसकारण मानिसहरूलाई रोग-बिमारले जति धेरै च्याप्छ, तिनीहरूले त्यति नै सत्यताको खोजी गर्नुपर्छ, र परमेश्‍वरको इच्छाअनुरूप हुनका लागि तिनीहरूले अभ्यास गर्ने मार्गको खोजी अझै धेरै गर्नुपर्छ। मानिसहरूलाई रोग-बिमारले जति धेरै च्याप्छ, तिनीहरू त्यति नै धेरै परमेश्‍वरको अघि आउनुपर्छ र आफ्‍नो भ्रष्टता र तिनीहरूले परमेश्‍वरसँग गर्ने अनुचित माग बुझ्‍नुपर्छ। तँलाई रोग-बिमारमाले जति धेरै च्याप्छ, तेरो साँचो आज्ञाकारिताको जाँच त्यति नै हुन्छ। त्यसकारण, जब तँ बिरामी हुन्छस्, तब परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित भइरहने र आफ्‍ना गुनासा र अनुचित मागहरू त्याग्‍ने तेरो क्षमताले तँ साँचो रूपमा सत्यतालाई पछ्याउने र परमेश्‍वरको साँचो आज्ञापालन गर्ने व्यक्ति होस्, तैँले गवाही दिन्छस्, परमेश्‍वरप्रतिको तेरो बफादारिता र आज्ञाकारिता साँचो हो र त्यसलाई जाँच गर्दा त्यसको पुष्टि हुन्छ, र परमेश्‍वरप्रतिको तेरो बफादारिता र आज्ञाकारिता नारा र धर्मसिद्धान्त मात्रै होइनन् भन्‍ने कुरालाई देखाउँछ। बिरामी हुँदा मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। तँ बिरामी पर्नुको उद्देश्य तेरा सबै अनुचित मागहरू र परमेश्‍वरसम्‍बन्धी तेरा अवास्तविक कल्पना र धारणाहरू प्रकट गर्नु, र परमेश्‍वरमाथिको तेरो विश्‍वास र उहाँप्रतिको आज्ञाकारितालाई जाँच्नु पनि हो। यदि तैँले यी कुराहरूसम्बन्धी जाँचमा उत्तीर्ण भइस् भने, तँसँग साँचो गवाही छ, र यो परमेश्‍वरमाथिको तेरो विश्‍वासको, परमेश्‍वरप्रतिको तेरो बफादारिताको, र उहाँप्रतिको तेरो आज्ञाकारिताको वास्तविक प्रमाण हो। परमेश्‍वरले यही चाहनुहुन्छ, र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने र उसले जिउनुपर्ने कुरा यही हो। के यी सबै कुराहरू सकारात्मक छैनन् र? (छन्।) यी सबै मानिसहरूले पछ्याउनुपर्ने कुराहरू हुन्। यसका साथै, यदि परमेश्‍वरले तँलाई बिरामी पर्न दिनुहुन्छ भने, के उहाँले कुनै पनि समय र स्थानमा तेरो रोग हटाइदिन सक्‍नुहुन्‍न र? (सक्‍नुहुन्छ।) परमेश्‍वरले कुनै पनि समय र स्थानमा तेरो रोग हटाउन सक्‍नुहुन्छ, त्यसोभए के उहाँले तँमा रोग रहिरहने र तँलाई त्यसले कहिल्यै नछोड्ने अवस्था पनि ल्याउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि यदि परमेश्‍वरले यो रोगलाई तँबाट कहिल्यै हट्न दिनुहुन्‍न भने, के तैँले अझै पनि आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छस्? के तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राख्‍न सक्छस्? के यो जाँच होइन र? (हो।) यदि तँ बिरामी भइस् अनि केही महिनापछि निको भइस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास, र उहाँप्रतिको तेरो बफादारिता र आज्ञाकारिताको जाँच भएको हुँदैन, र तँसँग कुनै गवाही हुँदैन। केही महिनासम्‍म रोग सहनु सजिलो हुन्छ, तर यदि तेरो रोग दुई-तीन वर्ष रहिरह्यो, र तेरो विश्‍वास र परमेश्‍वरप्रति आज्ञाकारी र बफादार हुने तेरो इच्छा परिवर्तन भएन, बरु झन् वास्तविक भएर आयो भने, के यसले तँ जीवनमा वृद्धि भएको छस् भन्‍ने देखाउँदैन र? के तैँले यो फसल पाउँदैनस् र? (हजुर।) त्यसकारण, जब साँचो रूपमा सत्यतालाई पछ्याउने व्यक्ति बिरामी हुन्छ, ऊ आफ्नो रोगले ल्याउने अनगिन्ती फाइदाबाट गुज्रन्छ र तिनलाई व्यक्तिगत रूपमा अनुभव गर्छ। उसलेले चिन्तित भएर आफ्‍नो रोगदेखि उम्‍कने प्रयास गर्दैन वा यदि उसको रोग रहिरह्यो भने के परिणाम आउनेछ, यसले के-कस्ता समस्याहरू ल्याउनेछ, यो अझै खराब हुन्छ कि हुँदैन, वा यसले गर्दा मरिन्छ कि मरिँदैन भनेर चिन्ता गर्दैन,—उसले यस्ता कुराहरूका बारेमा चिन्ता गर्दैन। यस्ता कुराहरूका बारेमा चिन्ता नगर्ने बाहेक, उसले सकारात्मक रूपमा प्रवेश गर्न, र परमेश्‍वरमा साँचो विश्‍वास राख्न, र उहाँप्रति साँचो रूपमा आज्ञाकारी र बफादार हुन सक्छन्। यसरी अभ्यास गरेर, उसले गवाही प्राप्त गर्छ, र यसले तिनीहरूको जीवन प्रवेश र स्वभाव परिवर्तनमा पनि ठूलो फाइदा पुर्‍याउँछ, र यसले उसको मुक्ति प्राप्तिको ठोस आधार निर्माण गर्छ। कति राम्रो कुरा! यसक साथै, रोग ठूलो हुन सक्छ वा सानो हुन सक्छ, तर ठूलो वा सानो, जस्तो भए पनि, यसले मानिसहरूलाई सधैँ शोधन गर्छ। कुनै रोग-बिमारबाट गुज्रेपछि, मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास गुमाउँदैनन्, तिनीहरू आज्ञाकारी हुन्छन् र तिनीहरूले गुनासो गर्दैनन्, तिनीहरूको व्यवहार आधारभूत रूपमा स्वीकार्य नै हुन्छ, त्यसपछि तिनीहरूले रोग-बिमार हटेपछि केही फसल प्राप्त गर्छन् र तिनीहरू अत्यन्तै खुसी हुन्छन्—मानिसहरूले साधारण रोगको सामना गर्दा यस्तै हुन्छ। तिनीहरू त्यति लामो समय बिरामी पर्दैनन् र तिनीहरूले त्यो सहन सक्छन्, र त्यो रोग तिनीहरूले आधारभूत रूपमा सहन सक्‍ने दायराभित्र पर्छ। तैपनि, कतिपय रोग उपचार गरेर केही समयसम्‍म निको भए पनि फेरि बल्झिन्छन् र झनै खराब हुन्छन्। यस्तो भइरहन्छ, र अन्त्यमा रोग उपचार नै गर्न नसकिने हदसम्‍म पुग्छ, र उपलब्‍ध रहेका सबै किसिमका आधुनिक औषधिको कुनै सीप लाग्दैन। यो रोग कुन हदसम्‍म पुग्छ? यो रोगी व्यक्ति कुनै पनि स्थान र समयमा मर्न सक्ने हदसम्‍म पुग्छ। यसले के दर्साउँछ? यसले त्यो व्यक्तिको जीवन सीमित छ भन्‍ने दर्साउँछ। यो तिनीहरू बिरामी नभएको र मृत्यु टाढा रहेको र यसको कुनै अनुभूति नरहेको समय होइन, बरु व्यक्तिले आफ्‍नो मृत्युको समय नजिकै रहेको, र मृत्युको सामना गरिरहेको महसुस गर्छ। मृत्युको सामनालेव्यक्तिको जीवनको सबैभन्दा कठिन र महत्त्वपूर्ण समयको आगमनको सङ्केत दिन्छ। त्यसोभए तैँले के गर्नुपर्छ? … मृत्यु सबैभन्दा पीडादायी कुरा हो, र जब तिनीहरूले यस बारेमा विचार गर्छन्, तब तिनीहरूलाई मुटुमा छुरा घोपिएको र तिनीहरूको शरीरका सबै हाडहरू पग्‍लिएको जस्तो महसुस हुन्छ। जब तिनीहरूले मृत्युका बारेमा विचार गर्छन्, तिनीहरू दुःखी हुन्छन् र तिनीहरूलाई रुन, बिलौना गर्न मन लाग्छ, र तिनीहरू रुन्छन्, बिलौना गर्छन्, र तिनीहरूलाई मृत्युको सामना गर्न लागेकोमा दुख लाग्छ। तिनीहरूले सोच्छन्, “मलाई किन मर्न मन लाग्दैन? मलाई किन मृत्युको यति धेरै डर लाग्छ? पहिले, म गम्‍भीर रूपमा बिरामी नहुँदा, मलाई मृत्युको डर लाग्दैनथियो। कसले पो मृत्युको सामना गर्दैन र? को पो मर्दैन र? त्यसोभए म मर्छु! अहिले यसका बारेमा सोच्दा, यसो भन्‍नु सजिलो छैन, र जब मृत्यु साँच्‍चै आउँछ, यो समाधान गर्न सजिलो हुँदैन। म किन यति दुःखित छु?” के तिमीहरूलाई मृत्युका बारेमा सोच्दा दुःख लाग्छ? जब-जब तिमीहरूले मृत्युका बारेमा सोच्छौ, तिमीहरूलाई दुःख लाग्छ र पीडा हुन्छ, र तिमीहरूलाई तनाव र चिन्ता दिने यो कुरा अन्तिममा आएर नै छाड्छ। त्यसकारण, तिमीहरूले यसका बारेमा जति सोच्छौ, तिमीहरूलाई त्यति नै धेरै डर लाग्छ, त्यति नै धेरै विवश महसुस हुन्छ, र तिमीहरूलाई त्यति नै धेरै पीडा हुन्छ। तिमीहरूको हृदयमा कुनै सुख-चैन हुँदैन, र तिमीहरूलाई मर्न मन लाग्दैन। मृत्युको यो मामिलालाई कसले समाधान गर्न सक्छ? कसैले सक्दैन, र तैँले आफै यत अवश्य नै समाधान गर्न सक्दैनस्। तँलाई मर्न मन लाग्दैन, त्यसोभए तैँले के गर्न सक्छस्? तँ मर्नै पर्छ, र मृत्युबाट कोही पनि उम्कन सक्दैन। मृत्युले मानिसहरूलाई घेर्छ; तिनीहरूलाई हृदयमा मर्न मन लाग्दैन, तर तिनीहरूले जहिल्यै मृत्युका बारेमा मात्रै सोचिरहेका हुन्छन्, त्यसकारण के यो साँच्‍चै मर्नुभन्दा पहिले नै मरेतुल्य हुनु होइन र? के तिनीहरू साँच्‍चै मर्न सक्छन्? आफू कहिले मर्छु वा कुन वर्षमा मर्छु भनेर कसले ठोकुवा गरेर भन्‍न सक्छ? यी कुराहरू कसले जान्‍न सक्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले आफ्नो हात देखाएको थिएँ र मलाई मेरो मृत्यु हुने वर्ष, महिना, र दिन, अनि मेरो मृत्यु कस्तो हुनेछ भन्‍ने थाहा छ।” के तैँले ठोकुवा गरेर यसो भन्‍न सक्छस्? (सक्दिनँ।) तँलाई यो निश्‍चित रूपमा थाहा हुँदैन। तँ कहिले मर्नेछस्, तँलाई थाहा हुँदैन—यो गौण कुरा हो। महत्त्वपूर्ण कुरा भनेको तेरो रोगले तँलाई साँच्‍चै मृत्युको मुखमा पुर्‍याउँदा तैँले कस्तो मनोवृत्ति अपनाउँछस् भन्‍ने हो। यो तैँले मनन गर्नुपर्ने र सोच्‍नुपर्ने प्रश्‍न हो। तैँले समर्पणताको मनोवृत्तिले मृत्युको सामना गर्नेछस् कि प्रतिरोध, इन्कार, वा अनिच्छाको मनोवृत्तिले मृत्युलाई लिनेछस्? तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (समर्पणताको मनोवृत्ति।) यो समर्पणता मुखले भनेर मात्रै हासिल गर्न र अभ्यास गर्न सकिँदैन। तैँले यो समर्पणता कसरी हासिल गर्न सक्छस्? स्वेच्छापूर्ण समर्पणता हासिल गर्नुभन्दा पहिले तँमा कस्तो बुझाइ हुनुपर्छ? यो सरल छैन, छ र? (अँ, यो सरल छैन।) त्यसोभए, तिमीहरूको मनमा के छ, भन। (यदि म गम्‍भीर रूपमा बिरामी भएँ भने, म साँच्‍चै मरेँ भने पनि, यो सबै परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ र यो उहाँले बन्दोबस्त गर्नुभएको हो भनेर सोच्‍नेछु। मानिस यति गहन रूपमा भ्रष्ट भएको छ कि, यदि म मरेँ भने, यो परमेश्‍वरको धार्मिकताद्वारा नै हुनेछ। म बाँच्‍नु नै पर्छ भन्‍ने छैन; मानिस परमेश्‍वरसँग त्यस्तो माग गर्न योग्य छैन। यसको अतिरिक्त, मलाई के लाग्छ भने, अहिले म परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले जेसुकै भए पनि, मैले जीवनको सही मार्ग देखेको छु र मैले यति धेरै सत्यताहरू बुझेको छु कि, म चाँडै मरे पनि, यो सबै सार्थक हुनेछ।) के यो सोच्‍ने सही तरिका हो? के यसलाई निश्‍चित सहायक सिद्धान्त मान्न सकिन्छ? (सकिन्छ।) अरू कसले बोल्ने? (परमेश्‍वर, यदि कुनै दिन मलाई साँच्चै रोग लाग्यो र म सायद मर्नेवाला छु भने, मृत्युबाट जोगिने कुनै उपाय यसै पनि छैन। यो परमेश्‍वरको पूर्वनिर्धारण र सार्वभौमिकता हो, र मैले जति चिन्ता वा फिक्री गरे पनि, त्यसको कुनै काम छैनन। मैले बाँकी रहेको थोरै समय आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने भन्‍ने कुरामा ध्यान दिएर बिताउनुपर्छ। यदि म साँच्‍चै मरेँ भने पनि, मलाई कुनै पछुतो हुनेछैन। परमेश्‍वर र परमेश्‍वरका बन्दोबस्तहरूमा अन्त्यमै समर्पित हुन सक्‍नु डर र आतङ्कमा जिउनुभन्दा धेरै राम्रो हो।) तिमीहरूलाई यो बुझाइ कस्तो लाग्यो? के यो अलिक राम्रो छैन र? (छ।) ठीक भन्यौ, तिमीहरूले मृत्युलाई यसरी नै लिनुपर्छ। यो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्‍नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तैपनि, मृत्युका धेरै विविध गुणहरू छन्। यीमध्ये एउटा के हो भने, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको समयमा, तैँले आफ्‍नो मिसन पूरा गरेको हुन्छस् र परमेश्‍वरले तेरो दैहिक जीवनमुनि एउटा रेखा कोर्नुहुन्छ, र तेरो दैहिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तेरो जीवन समाप्त भएको छ भन्‍ने हुँदैन। जब कुनै व्यक्ति देहविहीन हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा रहन्छ भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वरको काम र वचनहरूलाई कसरी लिइस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वर र सत्यताप्रति तेरो मनोवृत्ति कस्तो थियो भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोही, विरोधी, र सत्यतादेखि दिक्‍क मान्‍ने किसिमको छ भने, तेरो देहको जीवनको समय समाप्त हुने समय आएपछि, तेरो मृत्युपछि तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहमा जागरूकता हुँदा, सत्यता र परमेश्‍वरप्रति तैँले आज्ञाकारिता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्‍वास छ भने, तेरो दैहिक जीवन समाप्त भए पनि, तेरो जीवन अर्को संसारमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। यो मृत्युको एउटा व्याख्या हो। ध्यान दिनुपर्ने अर्को कुरा पनि छ, र त्यो के हो भने, मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटना जस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्‍यो भने, ऊ मर्छ नै भन्‍ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्‍यो भने, ऊ जिउँछ नै भन्‍ने छैन। यो सबै परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्‍वरको अख्‍तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्‍भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्‍भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्‍ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्‍वरले गर्नुहुन्छ।) परमेश्‍वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्‍वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्‍ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्‍मन्छस् भन्‍ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरान, तनाव, वा चिन्ता महसुस नगर्नु हो। मानिसहरूले आफै छनौट गर्न नसक्‍ने हुनाले, यस विषयमा धेरै ऊर्जा र विचार लगाउनु मूर्खतापूर्ण र निर्बुद्धि कार्य हुन्छ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (४)

सुरुमा बिरामी पर्दा, कतिपय मानिसहरू जतिखेर पनि प्रार्थना गरिबस्छन्, तर पछि, जब तिनीहरूको प्रार्थनाले आफूलाई निको नपारेको देख्छन्, तिनीहरू आफ्नो रोगदेखि निरीह हुन्छन्, र सधैँ गुनासो गर्छन्, र मनमनै यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गरेर मलाई केही राम्रो भएको छैन। म बिरामी छु, र परमेश्‍वरले मेरो चङ्गाइ गराउनुहुन्न!” यो साँचो आस्था होइन। यसमा समर्पण बिलकुलै छैन, अनि तिनीहरूले गुनासो गरिसकेपछि त्यसबाट आउने कुरा मृत्यु मात्र हो। यो परमेश्‍वरले तिनीहरूको देह फिर्ता गर्नुभएको र तिनीहरूलाई नर्क पठाउनुभएको हो; यो तिनीहरूको लागि सबथोकको अन्त्य हो। तिनीहरूलाई यो जीवनमा मुक्ति प्राप्त गर्ने कुनै मौका हुँदैन, र तिनीहरूको आत्मा नर्कै जानुपर्छ। यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको अन्तिम चरण हो, र यदि कसैलाई निष्कासित गरियो भने, उसलाई अर्को मौका कहिल्यै मिल्नेछैन! यदि परमेश्‍वरले उहाँको मुक्तिको काम गर्नुहुँदा तँ मरिस् भने, यो मृत्यु एक दण्ड हो, सामान्य मृत्यु होइन। जो मानिसहरू दण्डस्वरूप मर्छन् तिनीहरूलाई मुक्ति प्राप्त गर्ने मौका हुँदैन। के पावलले पातालमा निरन्तर दण्ड भोगिरहेको छैन र? दुई हजार वर्ष भइसक्दा पनि ऊ अझै त्यहीँ दण्डित भइरहेको छ! तैँले जानाजान गलत काम गरिस् भने त्यो झन् खराब हुन्छ, अनि त्यसको दण्ड अझ गम्भीर हुनेछ!

कतिपय मानिसहरू भन्छन्, “म जहिले पनि बिरामी नै हुँदै आएको छु, सधैँ कष्ट र पीडा भोग्दै आएको छु। मलाई सधैँ परिस्थितिहरूले घेरेका छन्, तर मैले पवित्र आत्माको काम कहिल्यै अनुभूति गरिनँ।” यो ठिक हो। पवित्र आत्माले बढीजसो यसरी नै काम गर्नुहुन्छ—तैँले त्यो अनुभूति गर्नै सक्दैनस्। यो शोधन हो। कहिलेकाहीँ पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र सङ्गतिमार्फत तँलाई सत्यता बुझ्ने तुल्याउनुहुनेछ। कहिलेकाहीँ उहाँले तेरो परिवेशमार्फत तँलाई केही महसुस गराउनुहुनेछ, र उक्त परिवेशमा तेरो जाँच लिनुहुनेछ, तँलाई खार्नुहुनेछ, तालिम दिनुहुनेछ, र तँलाई हुर्काउनु-बढाउनुहुनेछ—पवित्र आत्माले यसरी नै काम गर्नुहुन्छ। पहिले तिमीहरूले विभिन्‍न परिस्थितिहरू सामना गर्नुपर्दा तिमीहरूमा ज्ञान थिएन किनकि तिमीहरूले हृदयमा सत्यता खोज्‍न ध्यान दिएनौ। जब व्यक्तिले सत्यता बुझ्दैन, तब उसले कुनै पनि कुरा साँचो रूपमा देख्न सक्दैन र उसको बोध सधैँ विकृत रहन्छ। यो कुरा कुनै व्यक्ति बिरामी पर्दा उसले त्यो परमेश्‍वरले उसलाई ताडना दिनुभएको भनी विश्‍वास गरेजस्तै हो, जबकि खासमा कतिपय रोगहरू मानवसिर्जित हुन्छन्, जुन जीवन जिउने नियमहरू नबुझ्नाले निम्तिन्छ। जब तैँले अत्यधिक मात्रामा खान्छस् र स्वस्थ जिवन जिउने कुरा बुझ्दैनस्, तब तँ विविध रूपमा बिरामी पर्छस्। तर अझै पनि तँ त्यो परमेश्‍वरको ताडना हो भन्छस्, जबकि खासमा त्यो तेरो आफ्नै अज्ञानताले गर्दा भएको हुन्छ। तर फेरि पनि, कुनै रोग मानवकै कारण भएको भए पनि वा पवित्र आत्‍माद्वारा दिइएको भए पनि, यो परमेश्‍वरको विशेष अनुग्रह हो; यो तँलाई पाठ सिकाउनको लागि हो, र तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, गुनासो गर्ने होइन। तैँले गर्ने हरेक गुनासोले दाग बसाउँछ, र त्यो धोएर पखाल्न नसकिने पाप हो! जब तैँले गुनासो गर्छस्, तेरो स्थितिलाई परिवर्तन गर्न कति समय लाग्छ? यदि तँ अलिअलि नकारात्मक छस् भने, आफूलाई ठीक अवस्थामा ल्याउन तँलाई एक महिना लाग्‍न सक्छ। तर जब तैँले गुनासो गर्छस्, र केही नकारात्मक भावनाहरू पोखाउन थाल्छस्, तब तँ एक वर्षमा पनि सायद ठीक अवस्थामा नआउन सक्छस्, र त्यसपछि पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। यदि तँ सधैँ गुनासो गर्छस् भने त्यो तेरो लागि भयानक कुरो हो, र त्यसपछि तँलाई पवित्र आत्‍माको कार्य प्राप्त गर्न अझै कठिन हुन्छ। आफ्नो मानसिकता सही पार्न र पवित्र आत्माको केही काम प्राप्त गर्नको लागि व्यक्तिले प्रार्थनामा ठूलो प्रयास गर्नुपर्ने हुन्छ। तर मानसिकता पूर्णतया बदल्‍नु भनेको सहज कुरो होइन। सत्यता खोजी गरेर अनि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेर मात्रै यस्तो गर्न सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

जब मानिसको यो पुरानो देहको कुरा आउँछ, मानिसहरूलाई कुन रोग लाग्छ, तिनीहरू निको हुन्छन् कि हुँदैनन्, वा तिनीहरूलाई कुन हदसम्‍म कष्ट हुन्छ, यीमध्ये कुनै पनि कुरा तिनीहरूको हातमा हुँदैन—यो सबै परमेश्‍वरको हातमा हुन्छ। यदि तँ बिरामी पर्दा परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुन्छस्, र यस तथ्यलाई सहन र स्विकार्न तयार हुन्छस् भने पनि तँलाई यो रोग लाग्‍ने नै छ; यदि तैँले यो तथ्य स्विकार्दैनस् भने पनि तँ यो रोगबाट भाग्‍न सक्दैनस्—यो एउटा तथ्य हो। तैँले दिनभरि आफ्‍नो रोगलाई सकारात्मक तरिकाले सामना गर्न सक्छस् वा नकारात्मक तरिकाले। अर्थात्, तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, तँ बिरामी छस् भन्‍ने तथ्यलाई तैँले परिवर्तन गर्न सक्दैनस्। बुद्धिमान मानिसहरूले के छनौट गर्छन्? … जब सत्यता पछ्याउने मानिसहरूले रोगको सामना गर्छन्, के तिनीहरू हैरानी, तनाव, र चिन्ताका यी भावनाहरूमा डुब्छन्? (डुब्दैनन्।) तिनीहरूले रोग-बिमारलाईकसरी लिन्छन्? (पहिलो त, तिनीहरू समर्पित हुन सक्छन्, अनि त्यसपछि, बिरामी भएपछि, तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्‍ने प्रयास गर्छन् र आफूमा कस्तो भ्रष्ट स्वभाव छ भनेर मनन गर्छन्।) के यी केही शब्दहरूले समस्या समाधान गर्न सक्छन्? यदि तिनीहरूले मनन मात्रै गर्छन् भने, के तिनीहरूले अझै पनि आफ्‍नो रोगको उपचार गर्नु आवश्यक हुँदैन र? (तिनीहरूले उपचार पनि गर्नेछन्।) हो, यदि यो उपचार गर्नुपर्ने रोग हो, ठूलो रोग हो, वा उपचार नगरे बढ्दै जाने रोग हो भने, यसको उपचार गर्नैपर्छ—बुद्धिमान मानिसहरूले यही गर्छन्। मूर्ख मानिसहरू बिरामी नहुँदा सधैँ यसो भन्दै चिन्ता गर्छन्, “अहो, के म बिरामी हुन सक्छु? अनि म बिरामी भएँ भने, के यो झन् गम्‍भीर हुन्छ? के मलाई त्यो रोग लाग्छ? अनि यदि मलाई साँच्‍चै त्यो रोग लाग्यो भने, के म अकालमै मर्छु? के मर्दा पीडादायी हुनेछ? के म सुखी जीवन जिउनेछु? यदि मलाई साँच्चै त्यो रोग लाग्यो भने, के मैले आफ्‍नो मृत्युका लागि बन्दोबस्त गरेर आफ्‍नो जीवनमा जति सक्दो चाँडो आनन्द लिनुपर्छ?” मूर्ख मानिसहरूलाई प्रायजसो यस्ता कुराहरूका बारेमा हैरानी, तनाव, र चिन्ता हुन्छ। तिनीहरू कहिल्यै सत्यताको खोजी गर्दैनन् वा यस विषयमा तिनीहरूले बुझ्‍नुपर्ने सत्यताहरूको खोजी गर्दैनन्। तर, अरू कोही बिरामी पर्दा होस्, वा आफू अझै पनि बिरामी नपर्दा नै किन नहोस्, बुद्धिमान मानिसहरूमा यस विषयबारे केही बुझाइ र अन्तर्दृष्टि हुन्छ। त्यसोभए, तिनीहरूमा कस्तो बुझाइ र अन्तर्दृष्टि हुनुपर्छ? सर्वप्रथम, के कसैलाई हैरानी, तनाव, र चिन्ता महसुस हुन्छ भन्दैमा उसलाई रोग लाग्दैन भन्‍ने हुन्छ? (हुँदैन।) मलाई भन, के कुनै व्यक्तिलाई कुनै रोग कहिले लाग्छ, निश्‍चित उमेरमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ, र तिनीहरूलाई कुनै ठूलो रोग वा गम्‍भीर रोग लाग्छ कि लाग्दैन भन्‍ने कुरा पहिले नै पूर्वनिर्धारित गरिएको हुँदैन र? हुन्छ, र यो निश्‍चित कुरा हो, म तिमीहरूलाई भन्छु। परमेश्‍वरले तेरा लागि विभिन्‍न कुराहरू कसरी पूर्वनिर्धारित गर्नुहुन्छ भन्‍ने बारेमा हामी अहिले छलफल गर्नेछैनौँ; मानिसहरूको रूप, अनुहारको विशेषता, शरीरको आकार र उसको जन्‍म मितिसबैलाई स्पष्टसँग थाहा हुन्छ। ती अविश्‍वासी भविष्यवक्ता, ज्योतिषी, र ग्रह र मानिसहरूको हात पढ्न सक्‍ने मानिसहरूले मानिसहरूको हात, अनुहार, र जन्‍म मितिबाट तिनीहरूको जीवनमा कहिले विपत्ति आइपर्छ, र कहिले तिनीहरूको जीवनमा दुर्भाग्य आउँछ भन्‍ने कुरा बताउन सक्छन्—यी कुराहरू पहिले नै निर्धारित गरिएको हुन्छ। त्यसकारण, कुनै व्यक्ति बिरामी पर्दा थकान, रिसले गर्दा, वा खराब जीवन जिएकोले र पोषण नपुगेकोले यस्तो भएको हो जस्तो देखिन सक्छ—झट्ट हेर्दा यस्तो देखिन सक्छ। यो परिस्थिति हरेक व्यक्तिको जीवनमा लागु भए पनि किन एउटै उमेर समूहका कतिपय मानिसहरूलाई यो रोग लाग्छ, र अरूलाई यो रोग लाग्दैन? के यस्तो हुन्छ भनेर पूर्वनिर्धारित गरिएको हुन्छ? (हो।) साधारण भाषामा भन्दा, यो पूर्वनिर्धारित हुन्छ। हामीले यसलाई सत्यताअनुरूप शब्‍दहरूमा कसरी भन्‍न सक्छौँ? यो सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत आउँछर्छन्। त्यसकारण, तेरो खानपान, आवास, र जिउने वातावरण जे-जस्तो भए पनि, तँ कहिले बिरामी पर्नेछस्, वा तँलाई के रोग लाग्‍नेछ भन्‍ने कुरासँग त्यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूले सधैँ वस्तुगत दृष्टिकोणबाट कारणहरू खोज्छन्, र सधैँ रोगका कारणहरूमा जोड दिन्छन्, र भन्छन्, “तिमीले अझै बढी कसरत गर्नुपर्छ, र अझै बढी सागसब्‍जी खानुपर्छ र मासु कम खानुपर्छ।” के साँच्‍चै यस्तै हो त? कहिल्यै मासु नखाने मानिसहरूलाई पनि उच्‍च रक्तचाप र मधुमेह हुन सक्छ, र शाकाहारीरीहरूमा पनि कोलेस्ट्रोलको मात्रा बढी हुन सक्छ। चिकित्सा विज्ञानले यी कुराहरूका बारेमा सटीक वा उचित व्याख्या प्रदान गरेको छैन। म तँलाई भन्छु, परमेश्‍वरले मानिसका लागि बनाउनुभएका सबै खानेकुराहरू मानिसले खानुपर्ने कुराहरू हुन्; आवश्यकताभन्दा बढी चाहिँ नखाओ, बरु ठिक्‍क खाओ। आफ्‍नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भनेर सिक्‍नु आवश्यक हुन्छ, तर रोगबाट कसरी बच्‍ने भनेर सधैँ अध्ययन गर्न चाहनु गलत हो। हामीले भर्खरै भनिसक्यौँ, निश्‍चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुनेछ र उसलाई ठूलो रोग लाग्छ कि लाग्दैन भन्‍ने जस्ता सबै कुरा परमेश्‍वरले नै तय गर्नुभएको हुन्छ। अविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र तिनीहरू हात, जन्‍म मिति, र अनुहार हेराएर यी कुराहरू पत्ता लगाउनका लागि कुनै व्यक्तिकहाँ जान्छन्, र तिनीहरूले यी कुराहरूमा विश्‍वास गर्छन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र प्रायजसो प्रवचनहरू सुन्छस् र सत्यतामा सङ्गति गर्छस्, त्यसकारण यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, तँ गैर-विश्‍वासी बाहेक केही पनि होइनस्। यदि तँ साँच्‍चै सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने विश्‍वास गर्छस् भने, तैँले यी कुराहरू—गम्‍भीर रोग, ठूलो रोग, सानो रोग, र स्वास्थ्य—सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत पर्छन् भनेर विश्‍वास गर्नुपर्छ। गम्‍भीर रोग लाग्‍नु र निश्‍चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्‍ने कुरा संयोगले हुने कुराहरू होइनन्, र यो कुरा बुझ्‍नु भनेको सकारात्मक र सही बुझाइ हुनु हो। के यो सत्यता अनुरूप छ? (छ।) यो सत्यता अनुरूप छ, यो सत्यता हो, तैँले यसलाई स्विकार्नुपर्छ, र यस मामिलाप्रतिको तेरो मनोवृत्ति र दृष्टिकोण रूपान्तरण हुनुपर्छ। अनि यी कुराहरू रूपान्तरण भएपछि के सुल्झिन्छ? के तेरा हैरानी, तनाव, र चिन्ताका भावनाहरू सुल्झिनन् र? कम्तीमा पनि, रोग-बिमारप्रतिको हैरानी, तनाव, र चिन्ता जस्ता तेरा नकारात्मक भावनाहरू सिद्धान्तमा समाधान हुन्छन्। तेरो बुझाइले तेरा सोचाइ र दृष्टिकोणहरूलाई रूपान्तरण गरेको हुनाले, यसले तेरा नकारात्मक भावनाहरूलाई सुल्झाउँछ। यो एउटा पक्ष हो: कुनै व्यक्ति बिरामी पर्छ कि पर्दैन, उसलाई कस्तो गम्‍भीर रोग लाग्छ, र जीवनको हरेक चरणमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्‍ने कुरालाई मानिसको इच्छाले परिवर्तन गर्न सक्दैन, बरु यो सबै कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए के म बिरामी पर्न नचाहनु ठीक हुन्छ? के मैले परमेश्‍वरलाई मेरो रोग हटाइदिनुहोस् भनेर अनुरोध गर्न चाहनु ठीक हुन्छ? के मैले परमेश्‍वरलाई यो विपत्ति र दुर्भाग्यबाट पार गराउनुहोस् भनेर अनुरोध गर्न चाहनु ठीक हुन्छ?” तिमीहरूलाई के लाग्छ? के यी कुराहरू ठीक हुन्? (होइनन्।) तिमीहरू निश्चितताका साथ यो भन्छौ, तर यी कुराहरूलाई कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन। सायद कसैले इमानदारीपूर्वक आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छ र उसले सत्यतालाई पछ्याउने सङ्कल्प गरेको छ, र ऊ परमेश्‍वरको घरको केही कामका लागि अत्यन्तै महत्त्वपूर्ण व्यक्ति हो, र सायद परमेश्‍वरले उसको कर्तव्यमा, काममा, र उसको शारीरिक ऊर्जा र बल असर गर्नेयो गम्‍भीर रोगलाई उसबाट हटाइनुहुन्छ, किनभने परमेश्‍वरले आफ्‍नो कामको जिम्‍मेवारी लिनुहुन्छ। तर के यस्तो व्यक्ति छ? को यस्तो छ? तिमीहरूलाई थाहा छैन, छ त? सायद यस्ता मानिसहरू छन्। यदि साँच्‍चै यस्ता मानिसहरू भएका भए, के परमेश्‍वरले तिनीहरूको रोग वा दुर्भाग्यलाई एउटै शब्‍दले हटाउन सक्‍नुहुनेथिएन र? के परमेश्‍वरले एउटै सोचले यसो गर्न सक्‍नुहुनेथिएन र? परमेश्‍वरको सोच यस्तो हुनेथियो: “यो व्यक्तिलाई यो उमेरको यो महिनामा यो रोग लाग्‍नेछ। अहिले ऊ आफ्‍नो काममा अत्यन्तै व्यस्त भएकोले, उसलाई यो रोग लाग्‍नेछैन। उसले यो रोगको अनुभव गर्नु पर्दैन। यो रोग उसलाई नलागोस्।” यसो नहुनुपर्ने भन्नुको कुनै कारण छैन, र यसका लागि परमेश्‍वरको एक शब्‍द मात्र चाहिन्छ, होइन र? तर कसले यस्तो आशिष प्राप्त गर्न सक्छ? जो व्यक्तिमा यस्तो सङ्कल्प र बफादारिता हुन्छ र जसले परमेश्‍वरको काममा साँच्‍चै यस्तो भूमिका निर्वाह गर्न सक्छ, त्यस्तो व्यक्तिले नै त्यस्तो आशिष पाउने सम्‍भावना हुन्छ। यो हामीले कुरा गर्नुपर्ने विषय होइन, त्यसकारण हामी अहिले यसका बारेमा कुरा गर्नेछैनौँ। हामीले रोगका बारेमा कुरा गरिरहेका छौँ; यो धेरैजसो मानिसहरूले आफ्‍नो जीवनमा अनुभव गर्ने कुरा हो। त्यसकारण, कुन समयमा वा कुन उमेरमा मानिसहरूलाई कुन रोगले सताउनेछ र तिनीहरूको स्वास्थ्य स्थिति कस्तो हुनेछ भन्ने जस्ता सबै कुरा परमेश्‍वरले तय गर्नुभएको हुन्छ र मानिसहरूले यी कुराहरूको निर्णय आफै गर्न सक्दैनन्; कुनै व्यक्तिको जन्‍म हुने कुरा उसले आफै निर्धारित गर्न नसक्ने जस्तै, यो कुरा पनि त्यस्तै हो। त्यसोभए, के आफूले निर्णय गर्न नसक्‍ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्‍ने कुराहरूलाई समाधान गर्नतिर लाग्‍नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्‍ने कुराहरूका हकमा परमेश्‍वरलाई पर्खनुपर्छ; मानिसहरूले चुपचाप आज्ञापालन गर्नुपर्छ र आफ्‍नो रक्षाका लागि परमेश्‍वरलाई अनुरोध गर्नुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्‍चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ र गुनासो वा परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा उहाँको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्‍नु हुँदैन। बरु, मानिसहरू सृष्टि गरिएका प्राणीका रूपमा उभिनुपर्छ र परमेश्‍वरबाट आउने सबै कुरालाई अनुभव गर्नुपर्छ र कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन। यो तेरो जीवनलाई समृद्ध पार्ने विशेष अनुभव हुनुपर्छ, र यो खराब कुरा नै त होइन नि, होइन र? त्यसकारण, रोगबिमारको कुरा आउँदा, मानिसहरूले सुरुमा रोगको स्रोतका बारेमा आफ्‍ना गलत विचार र दृष्टिकोणहरूलाई सुल्झाउनुपर्छ, त्यसपछि तिनीहरूले यसबारे चिन्ता गर्न छोड्नेछन्; यसको साथै, मानिसहरूसँग ज्ञात-अज्ञात कुराहरूलाई नियन्त्रण गर्ने कुनै अधिकार हुँदैन, न त ती कुराहरूलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ, किनभने यी सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको प्रतीक्षा गर्नु र समर्पित हुनु हो। बुझ्‍ने कार्यदेखि अभ्यास गर्ने कार्यसम्‍म, यी सबै सत्यता सिद्धान्तहरू अनुरूप गरिनुपर्छ—सत्यतालाई पछ्याउनु भनेको यही हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (४)

तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्‍म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्‍म तँ बाचिरहेको हुन्छस्, जबसम्‍म तैँले बोल्‍न र हिँड्न सक्छस्, तबसम्‍म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्‍मर कसेर शिष्ट भई आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्‍मेवारी त्याग्‍नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ। कतिपय मानिसहरू भन्छन्, “तपाईंले भन्‍नुहुने यी कुराहरू मानिसहरूले सुन्‍न चाहने कुराहरू होइनन्। म बिरामी छु र मलाई सहन गाह्रो भइरहेको छ!” जब तँलाई गाह्रो हुन्छ, तब तैँले विश्राम लिन सक्छस्, र तैँले आफ्‍नो हेरचाह र उपचार गर्न सक्छस्। यदि तँ अझै पनि आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तैँले आफ्‍नो कार्यभार घटाएर कुनै उपयुक्त कर्तव्य पूरा गर्न सक्छस्, अर्थात् तँलाई निको हुन असर नगर्ने काम गर्न सक्छस्। यसले प्रमाणित गर्नेछ कि तैँले हृदयबाट आफ्‍नो कर्तव्य त्यागेको छैनस्, तेरो हृदय परमेश्‍वरबाट टाढा भएको छैन, तैँले आफ्‍नो हृदयमा परमेश्‍वरको नाम इन्कार गरेको छैनस्, र तैँले सृष्टि गरिएको उचित प्राणी बन्‍ने इच्छा आफ्‍नो हृदयबाट हटाएको छैनस्। कतिपय मानिसहरू भन्छन्, “मैले त्यो सब गरेको छु, त्यसोभए के परमेश्‍वरले मबाट यो रोग हटाउनुहुनेछ?” उहाँले हटाउनुहुनेछ त? (हटाउनुहुनेछ नै भन्‍ने छैन।) परमेश्‍वरले तँबाट तेरो रोग हटाउनुभए पनि नहटाउनुभए पनि, परमेश्‍वरले तँलाई निको पार्नुभए पनि नपार्नुभए पनि, तैँले गर्ने कुरा भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। तँ शारीरिक रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवस्थामा भए पनि नभए पनि, तैँले कुनै काम लिन सके पनि नसके पनि, तेरो स्वास्थ्य स्थितिले तँलाई कर्तव्य लिन दिए पनि नदिए पनि, तेरो हृदय परमेश्‍वरबाट टाढा जानु हुँदैन, र तैँले आफ्‍नो हृदयबाट कर्तव्य त्याग्‍नु हुँदैन। यसरी, तैँले आफ्‍नो जिम्‍मेवारी, दायित्व, र कर्तव्य पूरा गर्नेछस्—तँमा हुनुपर्ने विश्‍वासयोग्यता यही हो। तैँले आफ्‍नो हातले काम गर्न वा बोल्‍न सक्दैनस्, वा तेरो आँखाले देख्‍न छोडेको छ, वा तैँले जिउ हलचल गराउन सक्दैनस् भन्दैमा, परमेश्‍वरले तँलाई निको पार्नु नै पर्छ भन्‍ने नसोच्, र यदि उहाँले तँलाई निको पार्नुभएन भने, तैँले उहाँलाई हृदयको अन्‍तस्‍करणबाट इन्कार्ने, आफ्‍नो कर्तव्य त्याग्‍ने, र परमेश्‍वरलाई छोड्‍ने इच्छा नगर्‌। यस्तो व्यवहारको प्रकृति कस्तो हुन्छ? (यो त परमेश्‍वरलाई धोका दिनु हो।) यो धोका हो। कतिपय मानिसहरू बिरामी नहुँदा प्रायजसो प्रार्थनामा परमेश्‍वरअघि आउँछन्, र जब तिनीहरू बिरामी हुन्छन् र परमेश्‍वरले तिनीहरूलाई निको पार्नुहुनेछ भनेर आफ्‍नो सारा आशा परमेश्‍वरमा राख्छन्, तब पनि तिनीहरू अझै परमेश्‍वरअघि नै आउँछन् र उहाँलाई त्याग्दैनन्। तर जब केही समय बितेपछि पनि परमेश्‍वरले अझै तिनीहरूलाई निको पार्नुहुन्‍न, तब तिनीहरू परमेश्‍वरप्रति खिन्‍न हुन्छन्, र तिनीहरूले हृदयको गहिराइबाटै परमेश्‍वरलाई त्याग्छन् र आफ्‍नो कर्तव्य पनि छोडिदिन्छन्। जब कतिपय मानिसहरूको रोग त्यति खराब हुँदैन, तब परमेश्‍वरले तिनीहरूलाई निको नपार्नुहुँदा पनि तिनीहरूले परमेश्‍वरलाई त्याग्दैनन्; तर जब तिनीहरूको रोग गम्‍भीर हुन्छ, र तिनीहरूले मृत्यु सामना गरिरहेका हुन्छन्, तब तिनीहरूलाई परमेश्‍वरले निको पार्नुभएको छैन, तिनीहरूले यो सारा समय मृत्यु पर्खिँदै बिताएका छन् भन्‍ने थाहा हुन्छ, र त्यसकारण तिनीहरूले हृदयबाटै परमेश्‍वरलाई त्याग्छन् र इन्कार गर्छन्। तिनीहरूलाई के लाग्छ भने, यदि परमेश्‍वरले तिनीहरूलाई निको पार्नुभएन भने, परमेश्‍वर पक्‍कै पनि अस्तित्वमा हुनुहुन्‍न; यदि परमेश्‍वरले तिनीहरूलाई निको पार्नुभएको छैन भने, परमेश्‍वर पक्‍कै पनि परमेश्‍वर हुनुहुन्‍न, र उहाँ विश्‍वास गर्न लायक हुनुहुन्‍न। यसरी परमेश्‍वरले तिनीहरूलाई निको नपार्नुभएकोले, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेकोमा खेद मान्छन्, र उहाँलाई विश्‍वास गर्न छोड्छन्। के यो परमेश्‍वरलाई धोका दिनु होइन र? यो त परमेश्‍वरलाई गम्‍भीर रूपमा धोका दिनु हो। त्यसकारण, तिमीहरू त्यो बाटोमा कदापि जानु हुँदैन—मृत्युसम्‍मै परमेश्‍वरको आज्ञापालन गर्नेहरूसँग मात्रै साँचो विश्‍वास हुन्छ।

जब रोगबिमारले घेर्छ, तब मानिसहरूले कुन मार्ग अपनाउनुपर्छ? तिनीहरूले कसरी छनौट गर्नुपर्छ? मानिसहरू हैरानी, बेचैनी र चिन्तामा डुब्‍नु हुँदैन, र आफ्‍नै भावी सम्‍भाव्यता र मार्गहरूबारे चिन्तन गर्नु हुँदैन। बरु, जति धेरै यस्तो समय र यस्ता विशेष परिस्थिति र अवस्थाहरूमा परिन्छ, र जति धेरै यस्ता तात्कालिक कठिनाइहरूमा फसिन्छ, मानिसहरूले त्यति नै धेरै सत्यता खोजी गर्नुपर्छ र सत्यता पछ्याउनुपर्छ। यस्तो गरे मात्रै तैँले विगतमा सुनेका प्रवचनहरू र तैँले बुझेका सत्यताहरू व्यर्थमा जानेछैनन् र तिनले काम गर्नेछन्। तैँले यस्ता कठिनाइहरू जति धेरै सामना गर्छस्, तैँले त्यति नै धेरै आफ्‍ना इच्छाहरू त्यागेर परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरले यस्तो परिस्थिति तय गर्नु र यस्ता अवस्थाहरू बन्दोबस्त गर्नुको उद्देश्य तँलाई हैरानी, बेचैनी र चिन्ताका संवेगहरूमा डुबाउनु होइन, र यो तँ बिरामी हुँदा परमेश्‍वरले तँलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर उहाँलाई जाँच्‍न वा मामिलाको वास्तविकता के हो भनेर बताउन लगाउनको लागि पनि होइन; परमेश्‍वरले त यी विशेष परिस्थिति र अवस्थाहरू तैँले सत्यतामा अझै गहन प्रवेश पाउन र परमेश्‍वरप्रति अझै धेरै समर्पण हासिल गर्न यस्ता परिस्थिति र अवस्थाहरूमा व्यावहारिक पाठ सिक्‍न सक्, र परमेश्‍वरले मानिसहरू, घटनाहरू, र परिस्थितिहरू कसरी योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा अझै स्पष्ट र सही रूपमा जान्‍न सक् भनेर तय गर्नुहुन्छ। मानिसको नियति परमेश्‍वरको हातमा हुन्छ र, मानिसहरूले महसुस गरे पनि नगरे पनि, तिनीहरूलाई साँच्‍चै थाहा भए पनि नभए पनि, तिनीहरूले यो कुरालाई पालना गर्नुपर्छ र यसको विरोध र इन्कार गर्नु हुँदैन, र तैँले अवश्यै परमेश्‍वरलाई जाँच्‍नु पनि हुँदैन। जुनसुकै अवस्थामा पनि तँ मर्न सक्छस्, र तैँले परमेश्‍वरलाई विरोध, इन्कार, र जाँच गर्छस् भने, तेरो अन्त्य कस्तो हुनेछ त्यो भन्‍नै पर्दैन। बरु यसविपरीत, यदि तैँले त्यस्तै परिस्थिति र अवस्थाहरूमा सृष्टि गरिएको प्राणी कसरी सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ भनेर खोजी गर्न सक्छस् भने, परमेश्‍वरले तेरो जीवनमा ल्याउनुहुने परिस्थितिहरूमा तैँले के-कस्ता पाठहरू सिक्‍नुपर्छ र कुन-कुन भ्रष्ट स्वभावहरू चिन्‍नुपर्छ भनेर खोजी गर्न सक्छस् भने, अनि त्यस्ता परिस्थितिहरूमा परमेश्‍वरको इच्छा बुझ्‍न, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न राम्ररी गवाही दिन सक्छस् भने, तैँले गर्नुपर्ने कुरा नै त्यही हो। जब परमेश्‍वरले कुनै व्यक्ति बिरामी पर्ने बन्दोबस्त मिलाउनुहुन्छ, तब त्यो बिराम ठूलो भए पनि सानो भए पनि, त्यस्तो गर्नुमा उहाँको उद्देश्य तँलाई बिरामी पर्नुका हरेक कुराहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने कठिनाइ र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने अनगिन्ती कुराहरू बुझाउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी भएर त्यो रोग बुझ् भन्‍ने होइन। बरु, उहाँको उद्देश्य त तँलाई त्यो बिमारबाट पाठहरू सिकाउनु, परमेश्‍वरको इच्छा कसरी महसुस गर्ने त्यो सिकाउनु, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तैँले अपनाउने गलत मनोवृत्तिहरू ज्ञात गराउनु, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा कसरी समर्पित हुने त्यो सिकाउनु हो, ताकि तैँले परमेश्‍वरप्रति साँचो आज्ञाकारिता हासिल गर्न र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँले परमेश्‍वरप्रतिका तेरा सबै अनावश्यक इच्छा र मागहरू पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि जीवित रहिरहन र बाँच्‍नको लागि गर्ने योजना, मूल्याङ्कन, र युक्तिहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वरले तँलाई योजना बनाउन लगाउनुहुन्‍न, उहाँले तँलाई मूल्याङ्कन गर्न लगाउनुहुन्‍न, र उहाँले तँलाई उहाँप्रति कुनै अनावश्यक इच्छाहरू राख्‍न दिनुहुन्‍न; उहाँले त बस तँलाई उहाँमा समर्पित हुन, र तेरो अनुभव र समर्पण अभ्यासमा, त्यो रोगप्रति तेरो आफ्‍नो मनोवृत्ति के छ त्यो जान्‍न, र उहाँले तँलाई दिनुहुने यी शारीरिक अवस्थाहरूप्रति तेरो मनोवृत्ति के छ, साथै तेरा व्यक्तिगत कामनाहरू के छन् त्यो जान्‍न मात्र लगाउनुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तँ बिरामी पर्ने परिस्‍थितिहरू मिलाउनु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्। त्यसकारण, जब रोगबिमार आउँछ, तब तैँले सधैँ यसबाट कसरी उम्कने वा कसरी भाग्‍ने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन। … रोगबिमार सामना गर्दा, तैँले सक्रिय रूपमा उपचार खोज्‍न सक्छस्, तर तैँले यसलाई सकारात्मक मनोवृत्तिले लिनुपर्छ। जहाँसम्म तेरो रोग कति हदसम्‍म उपचार हुन सक्छ र यसको उपचार हुन्छ हुँदैन भन्‍ने कुरा छ, अन्त्यमा जे हुने भए पनि, तँ सधैँ समर्पित हुनुपर्छ र गुनासो गर्नु हुँदैन। तैँले अपनाउनुपर्ने मनोवृत्ति यही हो, किनभने तँ सृष्टि गरिएको प्राणी होस् र तँसँग अरू कुनै विकल्‍प हुँदैन। तैँले यसो भन्‍न मिल्दैन, “यदि म यो रोगबाट निको भएँ भने, म यो परमेश्‍वरको महान् शक्ति हो भनेर विश्‍वास गर्नेछु, र निको भइनँ भने, म परमेश्‍वरसँग खुसी हुनेछैन। परमेश्‍वरले किन मलाई यो रोग दिनुभयो? उहाँले किन यो रोग निको पार्नुहुन्‍न? किन मलाई नै यो रोग लाग्यो र अरू कुनै व्यक्तिलाई लागेन? म यो चाहन्‍नँ! मैले किन यति सानै उमेरमा मर्नुपर्ने? किन अरू मानिसहरूले चाहिँ बाँचिरहन पाएको? किन?” किन भनेर नसोध्, यो परमेश्‍वरको योजनाबद्ध कार्य हो। यसको कुनै कारण छैन, र तैँले किन भनेर सोध्‍नु हुँदैन। किन भनेर सोध्‍नु विद्रोही बोली हो, र यो सृष्टि गरिएको प्राणीले सोध्‍नुपर्ने प्रश्‍न होइन। किन भनेर नसोध्, किन भन्‍ने कुनै कुरै छैन। परमेश्‍वरले यसरी नै सबै कुराहरू बन्दोबस्त र योजनाबद्ध गर्नुभयो। यदि तैँले किन भनी सोध्छस् भने, यो मात्रै भन्‍न सकिन्छ कि तँ अत्यन्तै विद्रोही र हठी छस्। जब कुनै कुराले तँलाई असन्तुष्ट तुल्याउँछ, वा परमेश्‍वरले तैँले चाहेजस्तो गर्नुहुन्‍न वा तेरो शैलीमा तँलाई काम गर्न दिनुहुन्‍न, तँ बेखुसी हुन्छस्, मुर्मुरिन्छस्, र किन भनेर सधैँ प्रश्‍न गर्छस्। त्यसकारण, परमेश्‍वरले तँलाई सोध्‍नुहुन्छ, “सृष्टि गरिएको प्राणीको रूपमा, तैँले किन आफ्‍नो कर्तव्य राम्ररी निभाएको छैनस्? किन तैँले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य निभाएको छैनस्?” अनि तैँले कसरी जबाफ दिन्छस्? तैँले भन्छस्, “कुनै कारण छैन, म यस्तै हो।” के यो स्वीकार्य छ? (छैन।) परमेश्‍वरले तँसँग त्यसरी बोल्‍नु स्वीकार्य हुन्छ, तर परमेश्‍वरसँग तैँले त्यसरी बोल्‍नु स्वीकार्य हुँदैन। तेरो दृष्टिकोण गलत छ, र तँ अत्यन्तै समझहीन छस्। सृष्टि गरिएको प्राणीले जस्तोसुकै कठिनाइ सामना गरे पनि, तँ सृष्टिकर्ताको बन्दोबस्त र योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ भन्‍ने तथ्य स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। उदाहरणको लागि, तेरा आमाबुबाले तँलाई जन्‍म दिए, हुर्काए, र तँ तिनीहरूलाई आमाबुबा भन्छस्—यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो, र यो यस्तै हुनुपर्ने हो; यसमा किन भन्‍ने कुरै छैन। त्यसकारण, परमेश्‍वरले यी सब कुरा तेरो लागि योजनाबद्ध गर्नुहुन्छ र, तैँले आशिष्‌ उपभोग गरे पनि वा कठिनाइ भोगे पनि, यो स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो, र यस विषयमा तँसँग कुनै विकल्‍प हुँदैन। यदि तँ अन्त्यसम्‍मै समर्पित हुन सक्छस् भने, तैँले पनि पत्रुसले जस्तै मुक्ति प्राप्त गर्नेछस्। तैपनि, यदि कुनै क्षणिक रोगको कारण तैँले परमेश्‍वरलाई दोष दिन्छस्, र उहाँलाई त्याग्छस्, र धोका दिन्छस् भने, तैँले पहिले गरेको सबै त्याग, मेहनत, कर्तव्यपालन, र मूल्यचुकाइ व्यर्थ हुनेछन्। यस्तो किन हुन्छ भने तैँले विगतमा गरेका सबै परिश्रमले तेरो लागि सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी पूरा गर्नको लागि वा सृष्टि गरिएको प्राणीको स्थान लिनको लागि कुनै जग निर्माण गरेको हुँदैन, र यसले तेरो बारेमा केही कुरा परिवर्तन गरेको पनि हुँदैन। यसले गर्दा तैँले आफ्‍नो रोगको कारण परमेश्‍वरलाई धोका दिनेछस्, र तेरो अन्त्य पनि पावलको जस्तै हुनेछ र तैँले दण्ड पाउनेछस्। यस्तो निर्धारण हुनुको कारण के हो भने तैँले पहिले गरेका सबै कुराहरू मुकुट पाउन सकूँ भनेर अनि आशिष्‌हरू पाउने उद्देश्यले गरिएका हुन्छन्। यदि तैँले अन्त्यमा रोग र मृत्यु सामना गर्दा पनि, अझै पनि कुनै गुनासो नगरी समर्पित हुन सक्छस् भने, यसले प्रमाणित गर्छ कि तैँले पहिले गरेका सबै कुराहरू इमानदारीसाथ र स्वेच्छाले परमेश्‍वरको लागि गरेको थिइस्। तँ परमेश्‍वरप्रति आज्ञाकारी छस्, र अन्त्यमा तेरो आज्ञाकारिताले नै परमेश्‍वरमाथिको विश्‍वासको तेरो जीवनको सिद्ध अन्त्य चिन्हाङ्कित गर्नेछ, र यसलाई परमेश्‍वरले तारिफ गर्नुहुन्छ। त्यसकारण, कुनै रोगले तँलाई असल अन्त्य पनि दिलाउनेछ वा खराब अन्त्य पनि दिलाउनेछ; तैँले पाउने अन्त्य तैँले पछ्याउने मार्ग र परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा निर्भर हुनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता कसरी पछ्याउने (३)

कसैले पनि आफ्‍नो सम्पूर्ण जीवन दुःखविना बिताउन सक्दैन। केही मानिसहरूले परिवारबाट कष्ट पाउँछन्, कसैले काममा, कसैले वैवाहिक सम्बन्धमा, र कतिले शारीरिक बिमारीबाट कष्ट भोग्छन्। सबैले नै दुःख भोग्नुपर्छ। कसैले भन्छन्, “मानिसहरूले किन दुःख भोग्नु परेको? सम्पूर्ण जीवन शान्ति र खुसीसँग जिउनु कति ठूलो कुरा हुनेछ। के हामी दुःख नभोग्न सक्दैनौं?” सक्दैनौं—सबैले कष्ट भोग्नैपर्छ। दु:ख-कष्टले प्रत्येक व्यक्तिलाई शारीरिक जीवनका असङ्ख्य संवेदनाहरू अनुभव गराउँछ, चाहे ती संवेदनाहरू सकारात्मक, नकारात्मक, सक्रिय वा निष्क्रिय जस्तोसुकै नै किन नहोऊन्; कष्टले तँलाई भिन्नै भावना र बुझाइहरू दिन्छ, जुन तेरो निम्ति जीवनका सबै अनुभवहरू हुन्। त्यो एउटा पक्ष हो, र यो मानिसहरूलाई अझ बढी अनुभवी बनाउनको लागि पनि हो। यदि तैँले सत्यता खोजी गर्न र यसमार्फत परमेश्‍वरको इच्छा बुझ्‍न सक्छस् भने, तँ परमेश्‍वरद्वारा तँलाई दिइएको मापदण्डको अझ नजिक पुग्नेछस्। अर्को पक्ष के हो भने, यो परमेश्‍वरले मानिसहरूलाई दिनुहुने जिम्मेवारी हो। कुन जिम्मेवारी? तैँले भोग्नुपर्ने कष्ट यही हो। यदि तैँले यो कष्ट स्विकार्न र सहन सक्छस् भने, यो गवाही हो, लाजमर्दो कुरा होइन। बिरामी पर्दा, कति मानिसहरू अरूले थाहा पाउलान् कि भनेर डराउँछन्; तिनीहरू बिरामी हुनु लाजमर्दो कुरा हो भन्ने सोच्छन्, जबकि खासमा त्यो लाज मान्नुपर्ने कुरै होइन। सामान्य व्यक्तिको रूपमा, यदि बिरामी हुँदा तँ परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन र हरप्रकारका कष्टहरू सहन सक्षम हुन्छस्, र अझै पनि सामान्य रूपमा कर्तव्य निभाउन र परमेश्‍वरले तँलाई दिनुहुने आदेश पूरा गर्न सक्छस् भने, के यो राम्रो कुरा हो कि नराम्रो? यो राम्रो कुरा हो, यो परमेश्‍वरप्रति तेरो समर्पणको गवाही हो, यो तैँले बफादारीपूर्वक कर्तव्य निभाउने गवाही हो, र यो शैतानलाई लज्जित तुल्याउने र पराजित गर्ने गवाही हो। त्यसैले, हरेक सृष्टि गरिएको प्राणी र परमेश्‍वरका चुनिएका हरेक व्यक्तिले जुनसुकै कष्ट स्विकार्नुपर्छ र त्यसप्रति समर्पित हुनुपर्छ। यसलाई तैँले यसरी नै बुझ्‍नुपर्छ, र तैँले यो पाठ सिक्नैपर्छ र परमेश्‍वरप्रति साँचो समर्पण हासिल गर्नैपर्छ। यो परमेश्‍वरको इच्छाअनुसार हुन्छ, र यो परमेश्‍वरको अभिप्राय हो। सृष्टि गरिएको प्रत्येक प्राणीको लागि परमेश्‍वरले प्रबन्ध गर्नुहुने कुरा यही हो। परमेश्‍वरले तँलाई यी परिस्थिति र अवस्थामा पार्नु भनेको तँलाई जिम्मेवारी, दायित्व, र आदेश दिनुजस्तो हो, त्यसैले तैँले ती कुरा स्वीकार गर्नुपर्छ। के यो सत्यता होइन र? (हो।) जबसम्म यो परमेश्‍वरबाट आउँछ, जबसम्म परमेश्‍वरले तँलाई यस्तो मापदण्ड दिनुहुन्छ र तेरो लागि यस्तो अभिप्राय राख्नुहुन्छ, तबसम्‍म त्यो सत्यता हो। अनि, यसलाई किन सत्यता भनिएको हो? किनभने यदि तैँले सत्यताको रूपमा यी वचनहरू स्विकार्छस् भने, तँ तेरो भ्रष्ट स्वभाव, तेरा धारणाहरू र तेरो विद्रोहीपन समाधान गर्न सक्षम हुनेछस्, र यसरी तैँले तेरा कठिनाइहरू फेरि सामना गर्दा, तँ परमेश्‍वरको इच्छाविरुद्ध जाने वा परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनस्, अर्थात् तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुनेछस्। यस तरिकाले, तँ शैतानलाई लज्जित तुल्याउने गवाही दिन सक्षम हुनेछस्, र तैँले सत्यता हासिल गर्न र मुक्ति प्राप्त गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

सम्बन्धित भजनहरू

रोगको शुरुआत परमेश्‍वरको प्रेम हो

अघिल्लो: १६. कर्तव्य निर्वाह गर्दा मानिसहरू सबैभन्दा राम्ररी खुलासा हुन सक्छन् भनेर किन भनिन्छ

अर्को: १८. आमाबुबाप्रति छोराछोरीको धर्म अर्थात् दैहिक सम्बन्धलाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्