१८. धार्मिक संसारको धारणा: “पोप पृथ्वीमा परमेश्‍वरको प्रतिनिधि हुनुहुन्छ, प्रभुको पुनरागमन हुँदा, उहाँले यो कुरा सर्वप्रथम पोपलाई नै प्रकट गर्नुहुनेछ”

धेरैजसो क्याथोलिकहरूले पोपलाई परमेश्‍वरले नै स्थापित गर्नुभएको हो र तिनले नै पृथ्वीमा परमेश्‍वरको प्रतिनिधित्व गर्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले तिनीहरूलाई लाग्छ कि परमेश्‍वर फर्केर आउनुहुँदा उहाँले यो कुरा सुरुमा पोपलाई नै प्रकट गर्नुहुनेछ; यो कुरा पहिले पोपलाई नै थाहा हुन्छ; यदि पोपलाई यसबारेमा थाहा भएन वा तिनले यसको निन्दा गरे भने, यो साँचो मार्ग होइन।

बाइबलमा परमेश्‍वरका वचनहरू

“तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ” (मत्ती २४:३६)

“यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

“र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)

“मानिसमा भरोसा गर्ने, र आफ्‍नो देहलाई आफ्नो अस्त्र बनाउने अनि जसको हृदय यहोवादेखि टाढा जान्छ त्यो मानिस श्रापित होस्” (यर्मिया १७:५)

“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, लगभग हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, समाजमा पुरानो कुरालाई नयाँ कुराले जित्‍ने काम, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। कुनै धार्मिक प्रमुख निश्‍चित धर्मको अगुवा मात्रै हो, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। कुनै धार्मिक प्रमुखले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सिर्जित प्राणीहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुख भनेको अगुवा मात्रै हो, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैन। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सिर्जित प्राणीहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

शैतानका सम्पूर्ण क्रियाकलापहरू र कामहरू मानिसमा प्रकट हुन्छन्। आज, मानिसका सम्पूर्ण क्रियाकलापहरू र कामहरू शैतानका अभिव्यक्ति हुन्, तसर्थ तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनन्। मानिस नै शैतानका मूर्तरूप हो, र मानिसको स्वभाव परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्न असक्षम छ। केही मानिसहरू असल चरित्र भएका हुन्छन्; परमेश्‍वरले यस्ता मानिसहरूको चरित्रद्वारा केही काम गर्न सक्नुहुन्छ, र तिनीहरूले गर्ने काम पवित्र आत्माद्वारा निर्देशित हुन्छ। तैपनि तिनीहरूको स्वभाव परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ। परमेश्‍वरले तिनीहरूमा गर्नुहुने काम पहिले नै तिनीहरूभित्र मौजुद कुरासँग काम गर्नु र त्यसलाई विस्तार गर्नु भन्दा अरू केही पनि होइन। विगतका युगहरूका अगमवक्ताहरू होस् या परमेश्‍वरद्वारा प्रयोग गरिएका व्यक्तिहरू नै होस्, कसैले पनि सीधै परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। … प्रेम, कष्ट भोग्ने इच्छा, धार्मिकता, अधीनता, र देहधारी परमेश्‍वरको विनम्रता र गोप्यताले मात्र सीधै परमेश्‍वरलाई प्रतिनिधित्व गर्दछ। उहाँ आउनुहुँदा, उहाँ पापमय स्वभावरहित र शैतानद्वारा संचालित नभइकन, सीधै परमेश्‍वरबाट आउनुभएकोले हो। येशू पापमय शरीरको प्रतिरूपमा मात्र हुनुहुन्छ, र उहाँले पापको प्रतिनिधित्व गर्नुहुन्न; त्यसकारण, (उहाँका क्रूसीकरणको क्षण लगायत) उहाँको क्रूसीकरणको कामको उपलब्धिको समय अघि सम्मका सम्पूर्ण उहाँका क्रियाकलापहरू, कामहरू, सीधै परमेश्‍वरका प्रतिनिधित्व हुन्। पापमय प्रकृति भएका कसैले पनि परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन, र मानिसको पापले शैतानलाई प्रतिनिधित्व गर्दछ भनी प्रमाणित गर्न येशूको उदाहरण पर्याप्त छ। जसको अर्थ, पापले परमेश्‍वरको प्रतिनिधित्व गर्दैन, र परमेश्‍वर पापरहित हुनुहुन्छ। मानिसमा पवित्र आत्माद्वारा गरिएका काम पनि पवित्र आत्माद्वारा निर्देशित गरिएको मात्रै ठान्न सकिन्छ, र परमेश्‍वरको तर्फबाट मानिसले गरेको भन्न सकिँदैन। तर, जहाँसम्म मानिसको सवाल छ, न ता उसका पाप न उसको स्वभावले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “विश्‍वास गर्ने मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्‍वासघाती मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

जे भए पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैँले सत्यको मार्गलाई चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्‍वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। … “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्‍वरको आजका अभिप्रायहरूलाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

सम्बन्धित चलचित्र उद्धरणहरू

के पोपले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छन्? के पोपको कुरा मान्‍नु परमेश्‍वरको आज्ञापालन गर्नु हो?

सम्बन्धित प्रवचनहरू

के धर्मगुरुहरूलाई पछ्याउनु परमेश्‍वरलाई पछ्याउनु हो?

अघिल्लो: १६. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, सम्भवतः उहाँ चीनमा देखा पर्न र कार्य गर्न सक्नुहुन्न”

अर्को: १९. धार्मिक संसारको धारणा: “क्याथोलिक धर्म परम्परानिष्ठ मण्डली हो, र क्याथोलिक मण्डलीबाट अल्ग्गिनु भनेको प्रभुलाई विश्‍वासघात गर्नु हो”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्