३३. सत्यता प्राप्त गरेर मानिसहरूमा आउने परिवर्तनहरू

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सत्यता नै सबै सकारात्मक कुराहरूको वास्तविकता हो। यो एक व्यक्तिको जीवन र ऊ हिँड्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्‍नो भ्रष्ट स्वभाव फाल्न, परमेश्‍वरको डर मान्न र दुष्टतादेखि अलग बस्न, परमेश्‍वरप्रति समर्पित व्यक्ति र योग्य सृष्टि गरिएको प्राणी बन्न, परमेश्‍वरले प्रेम गर्नुहुने र उहाँलाई स्वीकारयोग्य लाग्ने व्यक्ति हुन मदत गर्न सक्छ। … सत्यता नै मानिसहरूको तयारी सहायता र भरणपोषण भएकोले र यो तिनीहरूको जीवन हुनसक्‍ने हुनाले, तिनीहरूले सत्यतालाई सबैभन्दा बहुमूल्‍य कुराको रूपमा लिनुपर्छ, किनभने तिनीहरूले जिउन, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न, उहाँदेखि डर मान्न र दुष्टतादेखि अलग बस्न, आफ्नो दैनिक जीवनमा अभ्यासको मार्ग भेट्टाउन र अभ्यासका सिद्धान्तहरू पक्रन, र यसमार्फत परमेश्‍वरप्रति समर्पण हासिल गर्न सत्यतामाथि नै भर पर्नुपर्छ; मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव फाल्न, अनि मुक्ति पाएको र योग्य सृष्टि गरिएको प्राणी बन्‍नको लागि पनि सत्यतामै भर पर्नुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग सात)

परमेश्‍वरले मान्छेलाई उहाँको जीवन, उहाँ जे हुनहुन्छ र उहाँसँग जे छ, त्यो सबै प्रदान गर्नुभएको छ, ताकि तिनीहरूले त्यो जिउन सकून्, ताकि तिनीहरूले उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ, त्यो सबै, र उहाँले मान्छेलाई प्रदान गर्नुभएका सत्यताहरू लिन, र तिनलाई तिनीहरूको जीवनको दिशा र लक्ष्यमा परिणत गर्न सकून्, ताकि तिनीहरू उहाँका वचनहरूअनुसार जिउन र उहाँका वचनहरूलाई तिनीहरूको जीवन बनाउन सकून्। यसरी, के परमेश्‍वरले मानिसहरूको जीवन बन्न सकूँ भन्‍नका लागि तिनीहरूलाई उहाँको जीवन सित्तैमा प्रदान गर्नुभएको छ भनेर भन्‍न सकिन्न र? (सकिन्छ।) त्यसोभए मानिसहरूले परमेश्‍वरबाट के प्राप्त गर्छन्? उहाँका अपेक्षाहरू? उहाँका वाचाहरू? कि के? मानिसहरूले परमेश्‍वरबाट खोक्रो वचन होइन, परमेश्‍वरको जीवन प्राप्त गर्छन्! परमेश्‍वरले मानिसहरूलाई जीवन प्रदान गरिरहँदा, उहाँले तिनीहरूबाट गर्नुहुने एक मात्र माग भनेको तिनीहरूले उहाँको जीवन तिनीहरूकै जस्तो गरेर जिऊन् भन्‍ने हो। तैँले यो जीवन जिएको परमेश्‍वरले देख्नुभयो भने, उहाँ सन्तुष्ट हुनुहुन्छ; उहाँको एउटै मात्र माग यही हो। त्यसैले, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने कुरा अमूल्य हुन्छ, तर उहाँले तिनीहरूलाई सबैभन्दा अमूल्य कुरा प्रदान गरिरहँदा उहाँले केही पाउनुहुन्न। सबैभन्दा ठूलो लाभार्थी मान्छे नै हो; मान्छेले सबैभन्दा धेरै फल टिप्छ, र मान्छे नै सबैभन्दा ठुलो लाभार्थी हो। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई तिनीहरूको जीवनका रूपमा स्विकारिरहँदा, तिनीहरूले सत्यता बुझ्छन् र आफ्नो आचरणका निम्ति सिद्धान्त र आधार पाउँछन्, त्यसैले तिनीहरूसित आफ्नो जीवन मार्गको दिशा हुन्छ। तिनीहरू शैतानको बहकाउ वा बन्धनमा पर्न छोडेका हुन्छन्, र तिनीहरू दुष्ट मानिसहरूको बहकाउ र प्रयोगको पासोमा पर्न छाडेका हुन्छन्; तिनीहरू दुष्ट प्रचलनद्वारा दुषित र प्रलोभित हुन छाडेका हुन्छन्। तिनीहरू स्वर्ग र धर्तीबीच स्वतन्त्र र मुक्त भएर जिउँछन्, र परमेश्‍वरको प्रभुत्वमा साँच्‍चै जिउन सक्छन्, अनि फेरि कहिल्यै पनि कुनै दुष्ट वा नकारात्मक शक्तिको क्रूरता भोग्दैनन्। भन्‍नुको अर्थ, व्यक्तिले यस प्रकारको जीवन जिउँदा, उसले पीडा भोग्न छोडेको हुन्छ, र उसलाई कुनै कठिनाइहरू आइपर्दैनन्; ऊ खुसीसाथ, स्वतन्त्र र सहज जीवन जिउँछ। परमेश्‍वरसित उसको सामान्य सम्बन्ध हुन्छ; उसले उहाँविरुद्ध विद्रोह वा उहाँको प्रतिरोध गर्दैन। साँच्चै उहाँको सार्वभौमिकतामा जिउँदै, ऊ भित्री र बाहिरी रूपले पूर्णतया न्यायसङ्गत ढङ्गले जिउँछ; उसमा सत्यता र मानवता हुन्छ, र ऊ मानवजाति भन्‍न लायक हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

जब मानिसहरूले परमेश्‍वरको वचनलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्छन्, तब तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा पनि प्रवेश गर्छन्, र सत्यता प्रयोग गरी प्रश्‍नहरूलाई लिन र विचार गर्न सक्छन्, र सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन्। अनि, मानिसहरूले परमेश्‍वरबारे आफ्ना विविध धारणा र गलतबुझाइहरू समाधान गरिसकेपछि, तिनीहरूले तुरुन्तै परमेश्‍वरसित तिनीहरूको सम्बन्ध सुधार्न र सँगसँगै जीवन प्रवेशतर्फको बाटो बनाउनसमेत सक्छन्। जब मानिसहरूले यस्ता परिवर्तनहरू हासिल गर्छन्, तब परमेश्‍वरसितको तिनीहरूको सम्बन्ध कस्तो बन्छ? त्यो सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको सम्‍बन्ध बन्छ। यस स्तरको सम्बन्धमा, त्यहाँ कुनै प्रतिस्पर्धा, कुनै परीक्षा हुँदैन, र विद्रोह अति थोरै हुन्छ; मानिसहरू परमेश्‍वरप्रति अझ बढी समर्पित, समझदार, आराधनामयी, वफादार र इमानदार हुन्छन्, र तिनीहरूले साँच्चै परमेश्‍वरको भय मान्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

जब परमेश्‍वरका वचनहरूले तेरो हृदयमा जरा गाड्छन्, तब तैँले सत्यता अभ्यास गर्न सक्‍नेछस्। तँ परमेश्‍वरका वचनहरूका केही वास्तविकताहरू जिउने क्रममा, तैँले बाहिरी मामलाहरूलाई भित्रैसम्‍म स्पष्ट देख्‍नेछस्। तँसँग दुष्ट प्रचलनहरू, मानवजातिको जीवन शैली, तेरो आफ्नै विवाह र परिवार, विभिन्‍न अन्तरवैयक्तिक सम्बन्धहरू, र हरप्रकारका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूबारे सही मूल्याङ्कन, बुझाइ, र समझ हुनेछ। यो सही बुझाइ, मूल्याङ्कन, र समझ कहाँबाट आउँछ? यो परमेश्‍वरका वचनहरूबाट आउँछ। स्रोत परमेश्‍वरका वचनहरू हुन्; तैँले परमेश्‍वरका वचनहरूको भरणपोषण प्राप्त गरेको हुनेछस्। अनि मार्ग के हो? मार्ग के हो भने, तैँले परमेश्‍वरका वचनहरूबारे अनुभवहरू प्राप्त गर्छस्, तँ सत्यता अनुभव गर्न सक्षम हुन्छस्, र परमेश्‍वरबाट असल र दुष्ट कुरा छुट्याउने बुद्धि र दुष्ट प्रचलनहरू चिन्‍ने क्षमता प्राप्त गर्छस्। सबैभन्दा महत्त्वपूर्ण रूपमा, तैँले अरू के प्राप्त गर्छस्? (जीवन।) तैँले जीवन प्राप्त गर्छस् भनेर भन्‍नु धर्मसिद्धान्त मात्रै हो। अरू के प्राप्त गर्छस्? तैँले विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरूबाट अनुभवहरू प्राप्त गर्छस्, र त्यसमार्फत तैँले परमेश्‍वरले सबै कुरा कसरी योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा देख्छस्; विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरूमार्फत, तैँले परमेश्‍वरका अभिप्रायहरू के हुन्, परमेश्‍वरको स्वभाव के हो, परमेश्‍वरको बुद्धि के हो, काम गर्ने उहाँको तरिका र सिद्धान्तहरू केके हुन्, र परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूलाई कसरी लिनुहुन्छ भन्‍ने कुरा देख्छस्। सृष्टिकर्तालाई चिन्‍नको लागि तैँले यी कुराहरू देख्‍नैपर्छ।

—परमेश्‍वरको सङ्गति

जब मानिसहरूले जीवनसम्‍बन्धी तिनीहरूको दृष्टिकोण, र तिनीहरूको अस्तित्वको अर्थ र आधार पूर्ण रूपमा परिवर्तन हुन्जेलसम्‍म अनुभव गर्छन्, जब तिनीहरू आफ्‍ना हड्डीहरूसमेत परिवर्तन गरेर अर्कै व्यक्ति बनेका हुन्छन्, के यो अद्‌भुत हुँदैन र? यो निकै ठूलो परिवर्तन, पृथ्वी हल्‍लाउने परिवर्तन हो। जब तँ संसारको ख्याति, लाभ, हैसियत, पैसा, सुख-चैन, शक्ति र वैभवप्रति चासो नराख्‍ने बन्छस्, र तिनलाई सहजै त्याग्‍न सक्छस्, तब मात्रै तँमा मानवको जस्तो स्वरूप हुन्छ। अन्तिममा परमेश्‍वरद्वारा पूर्ण तुल्याइनेहरू यस्तै मानिसहरूको समूह हो; तिनीहरू सत्यताका लागि जिउँछन्, परमेश्‍वरको लागि जिउँछन्, र जुन कुरा न्यायी छ त्यसैको लागि जिउँछन्। यो साँचो मानवको स्वरूप हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

साँचो रूपमा परमेश्‍वरलाई चिन्‍ने, अनि सत्यता बुझ्‍ने र सत्यता प्राप्त गर्ने मानिसहरूमा, संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आएको हुन्छ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार चल्‍न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन र उहाँका वचनहरू अनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइभित्रसम्म शान्ति र ज्योति पाएको महसुस गर्छन्, जब तिनीहरूको हृदय अन्धकारबाट स्वतन्त्र हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र बाधारहित भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले सच्‍चा मानव जीवन जिउन सक्छन्, र तब मात्र तिनीहरू सत्यता र मानवता भएका व्यक्ति बनेका हुन्छन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। तैँले सृष्टिकर्ता अर्थात् सर्वोच्च परमेश्‍वरबाट अनुमोदन प्राप्त गरेपछि मात्रै, र तँ मानव स्वरूपमा जिइरहेको सृष्टि गरिएको योग्य व्यक्ति होस् भनेर उहाँले भन्‍नुभएपछि मात्रै, तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुको अर्थ तैँले सत्यता प्राप्त गरेको छस्, र तँ सत्यता र मानवता भएको व्यक्ति होस् भन्‍ने हुन्छ। शैतानको वशमा रहेको आजको संसारमा, र इतिहासको कम्तीमा पनि हजारौं वर्षमा, मानवजातिको बीचमा कसले साँचो मानव जीवन प्राप्त गरेको छ? कसैले पनि गरेको छैन। मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले, र तिनीहरू शैतानी दर्शनअनुसार जिउने हुनाले, अनि तिनीहरूले गर्ने हरेक कुरा परमेश्‍वरविरोधी हुने भएकोले, र तिनीहरूको हरेक वाणी र सिद्धान्त शैतानको भ्रष्टताबाट आउने, र परमेश्‍वरका वचनहरूलाई घृणा गर्दै बोलिने भएकोले, तिनीहरू स्पष्टतः परमेश्‍वरलाई विरोध गर्ने मानिसहरू हुन्। यदि तिनीहरूले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्दैनन् भने, तिनीहरूलाई अनन्त विनाश र बरबादीतर्फ धकेलिनेछ, र तिनीहरूसँग कुनै जीवन रहनेछैन। तिनीहरू ख्याति र लाभको पछि लाग्छन्, महान् वा सुप्रसिद्ध व्यक्ति बन्‍ने प्रयास गर्छन्, र “आउँदा पुस्ताहरूमा आफ्‍नो नाम राख्‍न,” र “सारा इतिहासभरि प्रसिद्ध” हुन चाहन्छन्। यी दुष्ट शब्दहरू हुन्, र पूर्णतया असमर्थनीय छन्। वास्तवमा हरेक महान् वा सुप्रसिद्ध व्यक्ति शैतानकै खेमाको हुन्छ, र कहिल्यै पुनर्जन्‍म नहुने गरी दण्डको लागि नरकको अठाह्रौँ तलामुनि फालिएको हुन्छ। जब भ्रष्ट मानवजातिले यी मानिसहरूको आदर गर्छन्, र तिनीहरूका दुष्ट शब्‍द र भ्रामक कुराहरूलाई स्वीकार गर्छन्, तब भ्रष्ट मानवजाति दियाबलसहरू र शैतानको शिकार बन्छन्। सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको आराधना गर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, किनभने परमेश्‍वर मात्रै सत्यता हुनुहुन्छ। परमेश्‍वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकको नियन्त्रण गर्नुहुन्छ, र सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ। परमेश्‍वरमा विश्‍वास नगर्नु र परमेश्‍वरमा समर्पित नहुनु भनेको सत्यता प्राप्त गर्न नसक्‍नु हो। यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउँछस् भने, तेरो हृदयको गहिराइमा, तैँले उज्यालो र सहज महसुस गर्नेछस्, र तँ अतुलनीय मिठासमा पनि रमाउनेछस्। जब यस्तो हुन्छ, तैँले साँचो रूपमा जीवन प्राप्त गरेको हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

अनि जब व्यक्तिले मुक्ति पाएर सत्यता प्राप्त गर्छ, तब विभिन्‍न कुराहरूलाई हेर्ने उसको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन्छ, र त्यो परमेश्‍वरका वचनहरूअनुरूप र परमेश्‍वरसँग मिल्‍ने हुन्छ। जब यो चरणमा आइपुग्छ, तब व्यक्तिले परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्छ, र परमेश्‍वरले उसलाई सजाय दिन वा न्याय गर्न छोड्नुहुन्छ, र उहाँले उसलाई घृणा गर्न पनि छोड्नुहुन्छ। यस्तो किन हुन्छ भने, यस्ता व्यक्तिहरू अबउप्रान्त परमेश्‍वरका शत्रु रहँदैनन्, तिनीहरू परमेश्‍वरविरुद्ध खडा हुन छोड्छन्, र परमेश्‍वर साँच्‍चै नै र सही रूपमा आफ्‍ना सृष्टि गरिएका प्राणीहरूको सृष्टिकर्ता बन्‍नुहुन्छ। यस्तो हुँदा, मानिसहरू परमेश्‍वरको प्रभुत्वको अधीनमा फर्केका हुन्छन्, र परमेश्‍वर मानिसहरूले उहाँलाई प्रदान गर्ने आराधना, समर्पण, र डरमा रमाउनुहुन्छ। सबै कुरा स्वाभाविक रूपमा आ-आफ्‍नो ठाउँमा बस्छन्। … जब तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई उचित व्यवहारमा ढाल्ने आधार बुझ्छस्, र सत्यता सिद्धान्तहरू बुझेर तिनमा प्रवेश गर्छस्, तब तँलाई उचित व्यवहार कसरी प्रस्तुत गर्ने भन्‍ने थाहा हुनेछ र तँ वास्तविक मानव बन्‍नेछस्। यो उचित रूपमा स्वव्यवहार पालन गर्ने कार्यको जग हो, र यस्ता व्यक्तिहरूको जीवन मात्रै सार्थक हुन्छ, र तिनीहरू मात्रै जिउन योग्य हुन्छन् र मर्न लायक हुँदैनन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (८)

यदि कसैले सत्यता वास्तविकतालाई आफ्नो जीवनको रूपमा लिन्छ भने, त्यो कसरी प्रकट हुन्छ? सबैभन्दा पहिले, तिनीहरू परमेश्‍वरमा समर्पित हुन, र मानव स्वरूपमा जिउन सक्षम हुनेछन्; तिनीहरू जीवन स्वभाव परिवर्तन भएका इमानदार व्यक्ति हुनेछन्। जीवन स्वभावमा परिवर्तनका धेरै विशेषताहरू छन्। पहिलो विशेषता भनेको सही र सत्यताअनुरूप रहेका कुराहरूमा समर्पित हुन सक्षम हुनु हो। वृद्ध वा जवान जसले विचार राखे पनि, तेरो उनीहरूसँग तालमेल मिलोस् वा नमिलोस्, तिमीहरू उनीहरूलाई चिन वा नचिन, उनीहरूसँग परिचित होऊ वा नहोऊ, वा तिमीहरूको उनीहरूसँग सम्बन्ध राम्रो होस् वा खराब, जबसम्म उनीहरूले भनेको कुरा सही, सत्यताअनुरूप, र परमेश्‍वरको घरको काममा लाभदायी हुन्छ, तबसम्म तँ कुनै पनि कुराको प्रभावमा नपरी त्यो सुन्‍न, अपनाउन र स्विकार्न सक्षम हुन्छस्। सही र सत्यताअनुरूप रहेका कुराहरू स्विकार्न र तिनमा समर्पित हुन सक्षम हुनु नै पहिलो विशेषता हो। दोस्रो विशेषताचाहिँ केही कुरा आइपर्दा सत्यता खोज्न सक्षम हुनु हो; यो सत्यता स्विकार्न सक्षम हुनु मात्र नभई, सत्यता अभ्यास गर्ने, र आफ्नो इच्छाअनुसार मामिलाहरू नसम्हाल्‍ने कुरा पनि हो। तँलाई जेसुकै हुँदा पनि, तैँले ती कुराहरू स्पष्टसित नबुझेमा खोजी गर्न सक्छस्, र तैँले कसरी समस्या सम्हाल्ने र कसरी सत्यता सिद्धान्तअनुरूप र परमेश्‍वरका मापदण्डहरू पूरा हुने गरी अभ्यास गर्ने भनेर हेर्न सक्छस्। तेस्रो विशेषताचाहिँ तैँले जुनसुकै समस्या सामना गरे पनि परमेश्‍वरका अभिप्रायलाई विचार गर्नु, र परमेश्‍वरप्रति समर्पित हुन देहविरुद्ध विद्रोह गर्नु हो। जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नेछस्, र तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। यस कर्तव्यका लागि परमेश्‍वरका मापदण्डहरू जेसुकै भए पनि, तैँले यो कर्तव्य निभाउँदा ती मापदण्डहरूअनुसार नै व्यवहार गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनकै लागि काम गर्नेछस्। तैँले यो सिद्धान्त बुझ्नैपर्छ, र आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक र निष्ठापूर्वक निर्वाह गर्नैपर्छ। परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्नु भनेको त्यही हो। यदि तँलाई कुनै निश्‍चित मामिलामा कसरी परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्ने वा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने भनेर थाहा छैन भने, तैँले खोजी गर्नैपर्छ। तिमीहरूले स्वभावगत परिवर्तनका यी तीन विशेषताहरूसँग आफूलाई दाँज्नुपर्छ, र तिमीहरूसँग यी विशेषताहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि तिमीहरूसँग यी तीन क्षेत्रहरूमा व्यावहारिक अनुभव र अभ्यासका मार्गहरू छन् भने, तिमीहरूले सिद्धान्तअनुरूप मामिलाहरू सम्हालिरहेका हुनेछौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरू तोड्न सकिन्छ

सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्‍वरबाट आउने कुरा खान्छस्, परमेश्‍वरबाट आउने कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्‍वासी होस्। यदि तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होस् भने, तैँले सत्यता र जीवन पाउन बाँकी नै भए पनि, कम्तीमा पनि तैँले परमेश्‍वरको पक्षमा उभिएर बोल्‍नेछस् र काम गर्नेछस्; कम्तीमा पनि, तैँले परमेश्‍वरको घरका हितहरूमा सम्झौता भएको देख्दा तँ हात बाँधेर बस्‍नेछैनस्। तँलाई त्यस्तो समस्याप्रति आँखा चिम्‍लन मन लाग्दा, ग्‍लानि महसुस हुनेछ, र तँ व्याकुल हुनेछस्, र मनमनै भन्‍नेछस्, “मैले हात बाँधेर बस्‍नु हुँदैन, खडा हुनुपर्छ र केही बोल्‍नुपर्छ, मैले जिम्मेवारी लिनुपर्छ, मैले यो दुष्ट व्यवहारलाई पर्दाफास गर्नैपर्छ, मैले यसलाई रोक्‍नैपर्छ ताकि परमेश्‍वरको घरका हितहरूमा हानि नपुगोस्, र मण्डली जीवनमा बाधा नपुगोस्।” यदि सत्यता तेरो जीवन बनेको छ भने, तँसँग यो साहस र सङ्कल्प मात्रै हुँदैन, र त्यस विषयलाई तैँले पूर्ण रूपमा बुझ्‍न मात्र सक्‍नेछैनस्, बरु तैँले त परमेश्‍वरको कार्य र उहाँको घरका हितहरूको लागि तैँले उठाउनुपर्ने जिम्‍मेवारी समेत पूरा गर्नेछस्, त्यसरी तेरो कर्तव्य पूरा हुनेछ। यदि तैँले आफ्‍नो कर्तव्यलाई तेरो जिम्‍मेवारी र दायित्व अनि परमेश्‍वरले दिनुभएको आज्ञाको रूपमा लिन्छस् र यो परमेश्‍वर र तेरो आफ्नै विवेकको सामना गर्न नभई नहुने कुरा हो भनी महसुस गर्छस् भने, के तँ सामान्य मानवताको निष्ठा र गरिमामा बाँचिरहेको हुनेछैनस् र? तेरा कार्य र बानीबेहोरा उहाँले बताउनुभएको “परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने” किसिमको हुनेछ। तैँले यी वचनहरूका सारलाई पूरा गरिरहेको र तिनको वास्तविकतामा जिइरहेको हुनेछस्। जब सत्यता व्यक्तिको जीवन बन्छ, तब तिनीहरू यो वास्तविकतामा जिउन सक्‍नेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि व्यक्तिले आफ्नो कर्तव्य निभाउँदै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्‍वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्‍न सकिन्छ कि परमेश्‍वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात्, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका खुलासा र मापदण्डहरू, परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको मानव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्‍वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

सम्बन्धित भजनहरू

परमेश्‍वरले मानिसलाई निःशुल्क रूपमा जीवन दिनुभएको छ

यो साँचो मानवको रूप हो

अघिल्लो: ३२. परमेश्‍वरको छानबिन कसरी स्विकार्ने

अर्को: ३४. परमेश्‍वरप्रति समर्पित हुनु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्