ग. सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू उही परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसहरूको बीचमा म आत्मा थिएँ जसलाई तिनीहरूले देख्‍न सकेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै संलग्‍न हुन सकेनन्। पृथ्वीमा मेरो तिन चरणको काम (संसारको सृष्टि, छुटकारा र नाश) को कारण, तिनीहरूको माझमा मेरो काम गर्न म तिनीहरूकहाँ विभिन्‍न समयमा देखा पर्छु (सार्वजनिक रूपमा होइन)। छुटकाराको युगको समयमा म पहिलो पटक मानिसहरूको बीचमा आएँ। यो निश्‍चित हो कि, म यहूदी परिवारमा आएँ, यसैले परमेश्‍वर संसारमा आएको पहिलो पटक देख्‍ने मानिसहरू यहूदीहरू नै थिए। मेरो देहधारी शरीरलाई छुटकाराको निम्ति पाप बलीको रूपमा प्रयोग गर्न मैले चाहेको कारणले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। यसैले, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्‍ने यहूदीहरू नै हुन्। मैले शरीरमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा मेरो काम भनेको विजय गर्नु र सिद्ध गर्नु हो, यसैले म फेरि मेरो गोठालाको काम शरीरमा नै गर्छु। मैले शरीरमा काम गरेको यो दोस्रो पटक हो। अन्तिम दुई चरणका काममा, मानिसहरू नदेखिने र अमूर्त आत्मासँग होइन तर त्यस्तो व्यक्तिसँग संलग्‍न हुन्छन् जो देहमा प्रकट हुनुभएका आत्मा हुनुहुन्छ। यसैले मानिसको आँखामा म फेरि मानव बन्छु, जसमा परमेश्‍वरको कुनै रूप र अनुभूति हुँदैन। यसबाहेक मानिसहरूले देख्‍ने परमेश्‍वर पुरुष मात्र होइन, तर महिला पनि हो, जुन तिनीहरूका लागि अचम्‍मको र छक्क पार्ने कुरा हो। समय समयमा, मेरा असाधारण कामले धेरै वर्षदेखि गरिएका पुराना विश्‍वासहरूलाई चकनाचूर पारेको छ। मानिसहरू छक्क पर्छन्! परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म मानिसहरूले आत्मा र मानिस अर्थात् पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखे, यसरी मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। तिनीहरूले मलाई कहिले अस्तित्वमा रहेको जस्तो त कहिले भ्रमात्मक सपना जस्तो आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, आजको दिनसम्म पनि मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भनेर जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो बारेमा बताउन सक्छस्? के तैँले, “येशू अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वर अरू कोही नभएर येशू नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्‍वर अरू कोही नभएर आत्मा हुनुहुन्छ र आत्मा अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्छस्? के तँ “परमेश्‍वर देहको भेसमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै “येशूमा भएको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो” भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपको बारेमा पूर्ण रूपमा वर्णन गर्नको निम्ति के तँ आफ्नो वाक्पटुताको प्रयोग गर्न सक्छस्? के तँ “परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्‍ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँलाई साँच्चै थाहा छ? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्ने काम येशूले मात्र गर्न सक्‍नुहुन्छ? यदि मेरो सारको बारेमा बताउन माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गरिस् भने, तँ एकदमै अनजान वफादार विश्‍वासी हौ। यदि मैले एक पटक मात्र शरीर धारण गरेर काम गरेँ भने के तँ मलाई सीमित बनाउँछस्? के तैँले मलाई एक झलक हेरेर नै पूर्ण रूपमा बुझ्‍न सक्छस्? तेरो जीवनकालमा तैँले देखेका र भोगेका कुराहरूकै आधारमा मेरो बारेमा पूर्ण रूपमा बताउन सक्छस्? यदि मेरा दुबै देहधारणहरूमा मैले एउटै किसिमका काम गरेको भए तैँले मलाई कसरी बुझ्थिस्? के तँ मलाई क्रूसमा सधैँको निम्ति काँटी ठोकेर राख्छस्? के परमेश्‍वर तैँले दाबी गरे जस्तै साधारण हुनुहुन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दियाबलसलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र? उहाँ मानिसको लागि व्यवस्था घोषणा गर्न र उसको निम्ति आज्ञाहरू जारी गर्न सक्षम हुनुहुन्थ्यो, र प्रारम्भिक इस्राएलीहरूलाई पृथ्वीमा आफ्नो जीवन जिउन अगुवाइ गर्न र मन्दिर तथा वेदीहरू बनाउन अगुवाइ गर्न र यसरी सारा इस्राएलीहरूलाई आफ्‍नो प्रभुत्वको अधीनमा राख्‍न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग दुई हजार वर्षसम्‍म पृथ्वीमा बस्‍नुभयो। इस्राएलीहरूले उहाँको विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्; सबैले यहोवाको डर माने र उहाँका आज्ञाहरूलाई पालन गरे। त्यस प्रकारको कार्य उहाँको अख्तियार र उहाँको सर्वशक्तिमान्‌ताद्वारा गरिएको थियो। त्यसपछि, अनुग्रहको युगको अवधिमा, येशू (इस्राएलीहरूलाई मात्रै नभई) सारा पतित मानवजातिलाई छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमिलो-दयालुपन देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमिलो-दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति उहाँ सँधै प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्त गर्नको लागि आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नुअघिसम्‍म, उहाँ मानिसहरूका पाप क्षमा गरिदिन सक्षम हुनुहुन्थ्यो। यो अवधिमा, कृपा र प्रेमिलो-दयालुपनसहित परमेश्‍वर मानिससामु देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसको लागि पापबलि बन्‍नुभयो र मानिसको पापहरूको निम्ति क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सदाको लागि क्षमा दिन सकियोस्। उहाँ कृपालु, करुणामय, धैर्य र प्रेमिलो हुनुहुन्थ्यो। अनि, अनुग्रहको युगमा येशूलाई पछ्याउनेहरू सबैले सबै कुरामा धैर्य र प्रेमिलो बन्‍ने प्रयास गरे। तिनीहरू सहनशील थिए, र कुटपिट गर्दा, सराप्दा वा ढुङ्गाले हान्दा पनि तिनीहरू कहिल्यै आफ्‍नो प्रतिरक्षा गर्न लडेनन्। तर अन्तिम चरणको अवधिमा अब फेरि यस्तो हुन सक्दैन। उहाँहरू एउटै आत्माका हुनुहुन्थ्यो, तैपनि येशू र यहोवाको काम पूर्ण रूपमा एउटै थिएन। यहोवाको कामले युगलाई अन्त्य गरेन, बरु यसले पृथ्वीमा मानवजातिको जीवनलाई प्रारम्‍भ गर्दै नयाँ युगको अगुवाइ गर्‍यो, र आजको कामचाहिँ गम्‍भीर रूपमा भ्रष्ट बनेका अन्यजाति राष्ट्रका मानिसहरूलाई जित्‍नको लागि र चीनमा भएका परमेश्‍वरका चुनिएका मानिसहरूका साथै सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिलाई अगुवाइ गर्नको लागि हो। यो काम चीनमा मात्रै गरिँदै छ भन्‍ने तँलाई लाग्‍न सक्छ, तर वास्तवमा यो अरू देशमा पनि फैलन थालिसकेको छ। किन चीनबाहिरका मानिसहरूले बारम्‍बार साँचो मार्गको खोजी गर्छन्? यसको कारण के हो भने आत्माले पहिले नै काम सुरु गरिसक्‍नुभएको छ, र आज बोलिएका वचनहरू ब्रह्माण्डभरिका मानिसहरूप्रति लक्षित छन्। यससँगै, कामको आधा भाग पहिले नै पूरा भइसकेको छ। संसारको सृष्टिदेखि वर्तमानसम्‍म, परमेश्‍वरका आत्माले यो महान् कार्यलाई अघि बढाउनुभएको छ, र यसअलावा उहाँले फरकफरक युगमा फरकफरक राष्ट्रहरूमाझ फरकफरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरूले उहाँको फरक स्वभाव देख्छन्, जुन उहाँले गर्नुहुने फरक काममार्फत स्वभाविक रूपमा प्रकट हुन्छ। उहाँ कृपा र प्रेमिलो-दयालुपनले भरिएका परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसको निम्ति पापबलि र मानिसको गोठालो हुनुहुन्छ; तर उहाँ मानिसको न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई पृथ्वीमा जिउन दुई हजार वर्षसम्‍म अगुवाइ गर्न सक्‍नुभयो र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट मुक्त गर्न पनि सक्‍नुभयो। आज, उहाँले उहाँलाई नचिन्‍ने मानवजातिलाई जित्‍न अनि तिनीहरूलाई उहाँको प्रभुत्वमुनि घुँडा टेकाउन पनि सक्‍नुहुन्छ, ताकि सबै जना उहाँप्रति पूर्ण रूपमा समर्पित हुन सकून्। अन्तिममा, उहाँले आफू कृपालु र प्रेमिलो परमेश्‍वर, बुद्धि र आश्‍चर्यका परमेश्‍वर र पवित्र परमेश्‍वर मात्र नभई, अझै बढी रूपमा, मानिसलाई न्याय गर्ने परमेश्‍वर पनि हुनुहुन्छ भनी देखाउन ब्रह्माण्डभरिका मानिसहरूभित्र रहेका अशुद्ध र अधर्मी कुराहरूलाई जलाइदिनुहुन्छ। मानजातिमाझ रहेका दुष्टहरूका लागि उहाँ ज्वलन, न्याय र दण्ड हुनुहुन्छ; सिद्ध हुनुपर्नेहरूका लागि, उहाँ संकष्ट, शोधन, र परीक्षाहरूका साथै सान्त्वना, भरणपोषण, वचनहरूको प्रावधान, र काटछाँट हुनुहुन्छ। अनि हटाइनेरूका लागि, उहाँ दण्ड र प्रतिशोध हुनुहुन्छ। …

परमेश्‍वर आत्मा मात्रै हुनुहुन्‍न, उहाँ देह पनि बन्‍न सक्‍नुहुन्छ। यसको साथै, उहाँ महिमाको शरीर हुनुहुन्छ। तिमीहरूले उहाँलाई नदेखे पनि, येशूलाई इस्राएलीहरू अर्थात् त्यो समयका यहूदीहरूले देखेका थिए। उहाँ सुरुमा देहको शरीर हुनुहुन्थ्यो, तर उहाँलाई क्रूसमा टाँगिएपछि, उहाँ महिमाको शरीर बन्‍नुभयो। उहाँ सर्वव्यापी आत्मा हुनुहुन्छ र उहाँले जुनसुकै ठाउँमा काम गर्न सक्‍नुहुन्छ। उहाँ यहोवा वा येशू वा मसीह हुन सक्‍नुहुन्छ; अन्त्यमा, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर पनि बन्‍न सक्‍नुहुन्छ। उहाँ धार्मिकता, न्याय र सजाय हुनुहुन्छ; उहाँ श्राप र क्रोध हुनुहुन्छ; तर उहाँ कृपा र प्रेमिलो-दयालुपन पनि हुनुहुन्छ। उहाँले गर्नुभएका सबै कामले उहाँको प्रतिनिधित्व गर्न सक्छ। तँ उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्छस्? तैँले व्याख्या गर्न सक्दैनस्। यदि तैँले साँचो रूपमा व्याख्या गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्‍न सक्दैनस्। उहाँले एउटा चरणमा छुटकाराको काम गर्नुभयो भन्दैमा, परमेश्‍वर सदासर्वदा कृपा र प्रेमिलो-दयालुपनका परमेश्‍वर हुनुहुन्छ भन्‍ने निष्कर्ष ननिकाल्। के तँ उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन सक्छस्? यदि उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भने, आखिरी दिनहरूमा उहाँले किन युगको अन्त्य ल्याउनुहुनेछ? उहाँले किन त्यति धेरै विपत्तिहरू पठाउनुहुनेछ? मानिसहरूका धारणा र विचारहरूअनुसार, परमेश्‍वर अन्त्यसम्‍मै कृपालु र प्रेमिलो हुनुपर्छ, ताकि मानवजातिको हरेक सदस्य मुक्त हुन सकोस्। तर किन आखिरी दिनहरूमा, परमेश्‍वरलाई शत्रु ठान्‍ने यस दुष्ट मानवजातिलाई नष्ट गर्नको लागि उहाँले भूकम्प, महामारी, र अनिकालजस्ता विपत्तिहरू पठाउनुहुन्छ? किन उहाँले मानिसलाई यी विपत्तिहरू भोग्‍न दिनुहुन्छ? तिमीहरूमध्ये कसैले पनि उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्दैनौ र तिमीहरू कसैले पनि व्याख्या गर्न सक्दैनौ। के तँ उहाँ आत्मा हुनुहुन्छ भन्‍नेमा निश्‍चित हुन सक्छस्? के तँ उहाँ येशूको देहबाहेक अरू कोही हुनुहुन्‍न भनेर भन्‍ने आँट गर्न सक्छस्? अनि के तँ उहाँ मानिसको खातिर सदासर्वदा नै क्रूसमा टाँगिनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन बिल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ, जसले कुनै पनि आश्चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्चर्यकर्महरू गर्ने गर्नुहुन्न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्‍ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्‍वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग संलग्न भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा जलिरहेको सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव लिएँ ताकि म धर्मी परमेश्‍वर, उज्ज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

सम्बन्धित चलचित्र उद्धरणहरू

के सर्वशक्तिमान् परमेश्‍वर र प्रभु येशू एउटै परमश्‍वर हुनुहुन्छ?

सम्बन्धित प्रवचनहरू

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सम्बन्धित भजनहरू

परमेश्‍वरका दुई देहधारण एउटै स्रोतबाट आउनुभयो

अघिल्लो: ख. परमेश्‍वरका नामहरू परिवर्तन हुन सक्छन् तर उहाँको सार कहिल्यै परिवर्तन हुँदैन

अर्को: क. बुद्धिमती कन्याहरू र निर्बुद्धि कन्याहरू भनेका को हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्