७. धार्मिक संसारको भ्रम: “प्रभु देह बन्नुभएको छ भनी प्रचार गर्ने हरकोहीले झूटो ख्रीष्टबारे प्रचार गरिरहेको हुन्छ”

झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२४) भन्‍ने बाइबलका वचनहरूको आधारमा, धार्मिक संसारले के सोच्छ भने, आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू हुनेछन्, त्यसकारण प्रभु फर्किआउनुभएको छ भनी प्रचार गर्ने हरकोहीले झूटो ख्रीष्टबारे प्रचार गरिरहेको हुन्छ, र प्रभु देहधारी भई फर्कनुभएको छ भनी प्रचार गर्ने हरकोहीले मानिसहरूलाई धोका दिने झूटो ख्रीष्टबारे प्रचार गरिरहेको हुन्छ, र त्यस्तो व्यक्तिलाई कदापि विश्‍वास गर्नु हुँदैन।

बाइबलका वचनहरू

“यसरी धेरैको पाप बोक्‍नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ” (हिब्रू ९:२८)

“यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)

“किनकि जसरी बिजुली पूर्वबाट चम्किँदा पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)

“किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)

“यसैबाट परमेश्‍वरका आत्मालाई तिमीहरूले चिन्छौ: येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो। अनि येशू ख्रीष्ट देहमा आउनुभएको हो भनेर स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन: र यो ख्रीष्ट विरोधीको आत्मा हो” (१ यूहन्‍ना ४:२-३)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट दैहिक हुनुहुन्न, बरुआत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्य सम्पादन गर्दछ। … परमेश्‍वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्‍टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा हुन् वा ख्रीष्‍ट हुन्, दुवै नै परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए पनि, उहाँ देहमा रहेको आफ्नो स्वरूप सबै मानिसहरूलाई देखाउने अभिप्रायका साथ आउनुभएको होइन। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुभएको होइन; उहाँ त आफ्नै हातले मानिसलाई डोर्‍याउनको निम्ति आउनुभएको हो, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको देहको प्रयोजन परमेश्‍वर स्वयम्‌को कार्य, अर्थात् देहमा गरिने परमेश्‍वरको कार्यको लागि हो, मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्‍न सक्षम पार्नको लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्‍त गर्न सकिने परिधिभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले त्यो कुरा सामान्य मानवताद्वारा देहमा गर्नुहुन्छ, र मानिससमक्ष परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, देहमा उहाँले गर्ने कार्य मानिसले सोचेजति अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुभए पनि र परमेश्‍वर स्वयम्‌ले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए पनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त र नम्र रहनुहुन्छ। ख्रीष्‍टबाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैनन्। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, ख्रीष्ट कस्तो प्रकारको देह हुनुहुन्छ भन्‍ने कुरा छर्लङ्ग हुन्छ। तिनीहरू जति धेरै झूट हुन्छन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफ्नो प्रदर्शन गर्छन्, र मानिसहरूलाई भ्रममा पार्न तिनीहरूले त्यति नै धेरै चिन्‍हहरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरका गुणहरू हुँदैनन्; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई मौका दिन देह बन्‍नुहुन्‍न। बरु, उहाँले आफ्नै कामलाई उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेकै कुरालाई उहाँले आफ्नो सार प्रमाणित गर्न दिनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातले खोसेर लिएको कुरा होइन; यो त उहाँको कार्य र उहाँको सारद्वारा निर्धारित हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त दुष्ट आत्माहरूद्वारा पैदा गरिएको येशूलाई नक्‍कल गर्ने नक्कली मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

कामको यो चरणमा, परमेश्‍वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्‍चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना व्यावहारिक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो। तैँले आज देख्ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ र उहाँबारे केही पनि अलौकिक छैन। उहाँ अरूझैँ बिरामी पर्नुहुन्छ, अरूलाई जस्तै उहाँलाई खाने कुरा र वस्त्र चाहिन्छ; उहाँ पूर्ण रूपमा देह हुनुहुन्छ। यदि यो समयमा, देहधारी परमेश्‍वरले अलौकिक चिन्हहरू र आश्चर्यका कामहरू गर्नुभयो भने, यदि उहाँले बिरामीलाई निको पार्नुभयो, भूतात्माहरूलाई निकाल्नुभयो वा एउटै वचनले मार्न सक्नुभयो भने, विजयको कामलाई कसरी अघि बढाउन सकिन्थ्यो? अन्यजाति राष्ट्रहरूमा कसरी काम फैलाउन सकिन्छ? बिरामीलाई चङ्गाइ गर्ने र भूतात्माहरूलाई निकाल्ने काम अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो चरण थियो र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्त गरिसक्‍नुभएको हुनाले, उहाँले अब उप्रान्त त्यो काम गर्नुहुन्न। यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई धपाउने अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै “परमेश्‍वर” देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो “परमेश्‍वर”, परमेश्‍वरका आत्माद्वारा होइन तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोऱ्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले विजयको कामलाई सामान्य, साधारण देहमा प्रकट गर्नुहुन्छ; उहाँले बिरामीलाई निको पार्नुहुन्न, उहाँ मानिसको लागि क्रूसमा मारिनुहुनेछैन तर देहमा वचनहरू मात्रै बोल्नुहुन्छ र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै परमेश्‍वरको कामलाई देहमा पूरा गर्न सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्न थियो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू अनन्त विनाशमा पर्ने श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा पुग्न हतार नगर; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि नम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तँमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयको सहयोगले तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखा पराइको कारण गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू भ्रममा परिने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ

सम्बन्धित चलचित्र उद्धरणहरू

झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्टलाई चिन्‍ने मार्ग

सम्बन्धित अनुभवात्मक गवाहीहरू

झूटा ख्रीष्टहरूप्रति सतर्क रहँदा मैले सिकेका पाठहरू

सम्बन्धित प्रवचनहरू

झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउनु

सम्बन्धित भजनहरू

ख्रीष्टको सार परमेश्‍वर हुनुहुन्छ

ख्रीष्ट पृथ्वीमा काम गर्न आउनुभएको उद्देश्य

आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने

सत्यता स्वीकार नगर्नेहरू मुक्त्तिको योग्य छैनन्

अघिल्लो: ६. धार्मिक संसारको भ्रम: सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नु भनेको प्रभु येशूलाई विश्‍वासघात गर्नु हो, र यो धर्मत्याग हो।

अर्को: ९. धार्मिक संसारको धारणा: “प्रभुमा विश्‍वास गरेर तिनीहरू विश्‍वासद्वारा सही ठहरिइसकेका छन् र तिनीहरूले आफ्नो विश्‍वासमार्फत मुक्ति पाइसकेको छन्, र त्यसैले तिनीहरूले आखिरी दिनहरूको न्यायको काम स्विकार्नु आवश्यक छैन”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्