काम र प्रवेश (८)
मैले धेरै पटक के भनेको छु भने, परमेश्वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण परिवर्तन गर्नु, ताकि ठूलो आघात सहेको तिनीहरूका हृदय सुधार होस्, यसरी पापले गम्भीर रूपले क्षति पुऱ्याएको तिनीहरूको प्राणको उद्धार होस्; यो मानिसहरूका आत्मालाई बिउँझाउनको लागि, तिनीहरूको चिसो हृदयलाई पगाल्न र तिनीहरूलाई नयाँ बनाउनको लागि हो। यो परमेश्वरको सबैभन्दा ठूलो अभिप्राय हो। मानिसको जीवन र अनुभवहरू कति उच्च वा गहन छ भन्ने कुरा पन्छ्याओ; जब मानिसहरूका हृदय जागृत हुन्छ, र तिनीहरूलाई जब तिनीहरूका सपनाबाट बिउँझाइन्छ र ठूलो रातो अजिङ्गरले गरेको ठूलो हानिको बारेमा तिनीहरूलाई राम्ररी थाहा हुन्छ तब परमेश्वरको सेवकाइको काम पूरा भइसकेको हुनेछ। परमेश्वरको काम समाप्त भएको दिन मानिसले आधिकारिक रूपमा परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्न सुरु गर्ने दिन पनि हो। यस समयमा, परमेश्वरको सेवकाइ समाप्त हुनेछ: देहधारी परमेश्वरको काम पूरा भएको हुनेछ, र मानिसले आधिकारिक रूपमा आफूले गर्नु पर्ने कर्तव्य पूरा गर्ने कार्यको थालनी गर्नेछ—उहाँले आफ्नो सेवकाइ गर्नुहुनेछ। परमेश्वरको कामका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यी कुराहरू जान्ने जगमा प्रवेश गर्न आफ्नो बाटो छामछुम गर्नुपर्दछ। यी सबै कुरा तिमीहरूले बुझ्नुपर्ने कुरा हो। मानिसको हृदयको गहिराइमा परिवर्तन भएपछि उसको प्रवेशमा सुधार हुनेछ, किनकि परमेश्वरको काम भनेको भूतहरू भेला हुने यस ठाउँबाट मानिसलाई पूर्ण मुक्ति दिनु हो—त्यो मानिस, जुन मानिसको छुटकारा भएको छ, जो अझै पनि अन्धकारको शक्तिको अधीनमा छ र जसले आफैलाई जगाएको छैन; यो मानिस पापका सहस्राब्दीहरूबाट मुक्त हुन, र परमेश्वरको प्रिय हुन सकोस्, र परमेश्वरको राज्य स्थापना गर्दै त्यो ठूलो रातो अजिङ्गरलाई प्रहार गर्दै परमेश्वरको हृदयलाई चाँडै विश्राम दिन सकोस् भनेर हो; तिमीहरूको छातीमा फुल्ने घृणालाई कुनै सङ्कोच नमानी व्यक्त गर्नु, ती ढुसीका किटाणुहरूलाई नाश पार्नु, तँलाई त्यस्तो जीवन त्याग्न लगाउनु हो, जुन गोरु वा घोडाको जीवनभन्दा फरक छैन, अब फेरि दास बन्न नदिनु, अब उप्रान्त ठूलो रातो अजिङ्गरले स्वतन्त्र रूपले कुल्चिन वा हुकुम चलाउन नदिनु हो; तिमीहरू अबदेखि यो असफल राष्ट्रका हुनेछैनौ, त्यो जघन्य ठूलो रातो अजिङ्गरका हुनेछैनौ, र अबदेखि योद्वारा तिमीहरू अब दास बनाइनेछैनौ। परमेश्वरले अवश्य नै भूतात्माहरूको गुँडलाई टुक्रा-टुक्रा पार्नुहुनेछ, र तिमीहरू परमेश्वरको छेउमा खडा हुनेछौ—तिमीहरू परमेश्वरका हुनेछौ, र दासहरूको साम्राज्यका हुनेछैनौ। परमेश्वरले धेरै अघि नै यस अन्धकारको समाजलाई भित्रैदेखि घृणा गर्नुभएको छ। उहाँले आफ्नो दाँत किट्नुहुन्छ, त्यस दुष्ट, जघन्य प्राचीन सर्पलाई खुट्टाले किच्न उत्सुक हुनुहुन्छ, यसैले कि यो फेरि कहिल्यै नउठोस्, र यसले फेरि कहिल्यै मानिसलाई दुर्व्यवहार नगरोस्; त्यसको विगतका कार्यहरूलाई उहाँले माफ दिनुहुनेछैन, त्यसले विगतमा मानिससँग गरेको छललाई सहन गर्नुहुनेछैन, र उहाँले युगौंयुगभरि यसले गरेको प्रत्येक पापको हिसाब लिनुहुनेछ। परमेश्वरले सबै दुष्टताको यो नेता[१] लाई पासोबाट अलिकता पनि फुत्किन दिनुहुनेछैन, उहाँले त्यसलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ।
हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै,[२] क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[३] आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जहाँ यसले भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने शैतानका राजाले एउटा यस्तो परमेश्वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई जाँचमा पारेर अचेत बनाउँछन्। के प्राचीनका पुर्खाहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्वरको विरोध गर्छन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्वरको कामलाई कसले अङ्गालेको छ? परमेश्वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्? पीडा र कष्टको बीचमा जिउने मानिसले किन बुझ्दैन? तिमीहरूका खातिर, परमेश्वरले ठूलो यातना सहनुभएको छ, उहाँले ठूलो पीडा सहेर आफ्ना प्रिय पुत्र, उहाँको मासु र रगत तिमीहरूलाई दिनुभएको छ—र पनि तिमीहरू किन अझै पनि आँखा चिम्लिरहन्छौ? सबैले पूर्ण रूपमा देख्ने गरी, तिमीहरू परमेश्वरको आगमनलाई अस्वीकार गर्दछौ, र परमेश्वरको मित्रतालाई अस्वीकार गर्छौ। तिमीहरू किन यति धेरै अविवेकी छौ? के तिमीहरू यस्तो प्रकारको अँध्यारो समाजमा अन्यायहरू सहन इच्छुक छौ? तिमीहरू हजारौं वर्षको शत्रुताले आफ्नो पेट भर्नुको साटो, किन दियाबलसहरूको राजाको “गु” ले आफैलाई भर्ने गर्छौ?
परमेश्वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका हुनाले, कसले परमेश्वरको वास्तविक अनुहार जान्न सक्छ? यस्तो खोक्रो र हास्यास्पद पछौटे सांस्कृतिक ज्ञानद्वारा, तिनीहरूले कसरी परमेश्वरले बोल्नुभएका वचनहरूलाई पूर्ण रूपमा बुझ्न सक्थे? यहाँसम्म कि, तिनीहरूलाई आमने-सामने बताइँदा, र मुखदेखि मुखमा खुवाउँदा समेत, तिनीहरूले कसरी बुझ्न सक्दछन्? कहिलेकहीँ यस्तो हुन्छ मानौं परमेश्वरका वचनहरू बहिरा कानहरूमा परेको छ: मानिसहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू आफ्नो टाउको हल्लाउँछन् र केही पनि बुझ्दैनन्। यो कसरी चिन्ताको विषय हुन सक्दैन? यो “टाढाको,[४] प्राचीन सांस्कृतिक इतिहास र सांस्कृतिक ज्ञान” ले यस्ता बेकम्मा मानिसहरूको समूहलाई पोषण दिएको छ। यो प्राचीन संस्कृति—अनमोल सम्पदा—फोहरको थुप्रो हो! यो धेरै पहिले नै अनन्त सर्म बन्यो, र यो कुरा उल्लेख गर्न पनि लायकको छैन! यसले मानिसहरूलाई परमेश्वरको विरोध गर्ने चाल र तरिकाहरू सिकाएको छ र राष्ट्रिय शिक्षाको “व्यवस्थित, कोमल मार्गदर्शन”[५] ले मानिसहरूलाई परमेश्वरप्रति अझ बढी विद्रोही बनाएको छ। परमेश्वरको कामको प्रत्येक भाग अत्यन्त कठिन छ, र पृथ्वीको उहाँको कामको हरेक चरणले परमेश्वरलाई तनाव दिइरहेको छ। पृथ्वीको उहाँको काम कति कठिन छ! पृथ्वीको परमेश्वरको कार्यका चरणहरूमा ठूलो कठिनाइ समावेश छ: किनकि मानिसको कमजोरी, कमीहरू, बालकपन, अज्ञानता, र मानिसका सबै कुराहरूका निम्ति परमेश्वरले सावधानीपूर्वक योजनाहरू बनाउनुहुन्छ र विचारशील बनेर ध्यान दिनुहुन्छ। मानिस कागजको बाघ जस्तो हो जसलाई कसैले प्रलोभन देखाउने वा उक्साउने आँट गर्दैन; अलिकति छुँदा मात्र उसले पछाडि फर्केर टोक्छ, वा अन्यथा ढल्छ र आफ्नो बाटो गुमाउँछ, र यो मानौं थोरै एकाग्रता हराएको जस्तो हो, ऊ फेरि फर्कन्छ, वा अन्यथा परमेश्वरलाई बेवास्ता गर्छ, वा आफ्ना आमाबुबाका सुँगुरहरू र कुकुरहरूकहाँ जान्छन् र तिनीहरूका शरीरका अशुद्ध कुराहरूमा लिप्त हुन्छन्। हो, कस्तो ठूलो बाधा! व्यावहारिक रूपमा उहाँको कामको हरेक चरणमा परमेश्वरको जाँच हुन्छ, र हरेक चरणमा परमेश्वर ठूलो खतरामा पर्नुहुन्छ। उहाँका वचनहरू साँचो र इमानदार अनि द्वेषरहित छन्, तापनि तिनलाई स्वीकार गर्न को इच्छुक हुन्छ? पूर्ण रूपले समर्पित हुन को तयार हुन्छ? यसले परमेश्वरको हृदय तोड्दछ। उहाँले मानिसका लागि दिन रात परिश्रम गर्नुहुन्छ, उहाँ मानिसको जीवनका लागि चिन्तित हुनुहुन्छ, र उहाँले मानिसको कमजोरीप्रति सहानुभूति राख्नुहुन्छ। उहाँले आफ्नो प्रत्येक चरणको काममा, उहाँले बोल्नुभएका प्रत्येक वचनमा धेरै वटा परिवर्तन र मोडहरू सहनुभएको छ; उहाँ सधैँ एउटा चट्टान र कठिन ठाउँको चेपारोमा हुनुहुन्छ, र हर घडी निरन्तर मानिसको कमजोरी, विद्रोहीपन, बालकपन र जोखिमको बारेमा सोच्नुहुन्छ। यसको बारेमा कसलाई कहिल्यै थाहा भएको छ? उहाँले कसमाथि भरोसा राख्न सक्नुहुन्छ? कसले बुझ्न सक्दछ? उहाँले सधैँ मानिसका पापहरू, र गर्नुपर्ने काम गर्ने साहस नभएको, हुतिहारा मानिसलाई घृणा गर्नुहुन्छ र सधैँ मानिसको कमजोरीका लागि चिन्ता गर्नुहुन्छ र मानिसको अगाडि रहेको मार्गको बारेमा विचार गर्नुहुन्छ। उहाँले मानिसका वचनहरू र कामहरू अवलोकन गर्ने क्रममा, उहाँ सधैँ कृपा र क्रोधले भरिनुहुन्छ, र सधैँ यी कुराको दृश्यले उहाँको हृदयमा पीडा ल्याउँदछ। आखिर, निर्दोषहरू स्तब्ध बनेका छन्; परमेश्वरले किन सधैँ उनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनुपर्छ? कमजोर मानिसमा धैर्यको कमी हुन्छ; किन उनीहरूप्रति परमेश्वरको क्रोध कहिल्यै कम हुँदैन? कमजोर र शक्तिहीन मानिसमा अब थोरै पनि सामर्थ्य हुँदैन; किन परमेश्वरले सधैँ उसको विद्रोहीपनका लागि उसलाई हप्काउनुपर्छ? स्वर्गका परमेश्वरका धम्कीहरूको सामना गर्न सक्ने को छ र? आखिर, मानिस कमजोर छ, र अत्यन्तै कष्टको अवस्थामा छ, परमेश्वरले आफ्नो क्रोधलाई उहाँको मुटुमा धकेल्नुभएको छ, यसैले कि मानिसले बिस्तारै आफ्नो बारेमा मनन गर्न सकोस्। तापनि मानिस, जो गम्भीर समस्यामा छन्, उसले परमेश्वरका अभिप्रायहरूलाई रत्तीभर पनि बुझ्दैन; मानिसलाई शैतानको प्राचीन राजाले पाइतालामुनि कुल्चेको छ, तर ऊ पूर्ण रूपमा अनभिज्ञ छ, उसले सधैँ आफूलाई परमेश्वरको विरुद्धमा उभ्याउँछ, वा ऊ परमेश्वरप्रति न तातो, न चिसो हुन्छ। परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको छ, तापनि कसले ती कुराहरूलाई गम्भीरतापूर्वक लिएको छ र? मानिस परमेश्वरका वचनहरू बुझ्दैन, तापनि ऊ अटल र तृष्णारहित हुन्छ; पुरानो दियाबलसको सार वास्तवमा कहिल्यै जानेको छैन। मानिसहरू पातालमा, नरकमा बस्छन्, तर तिनीहरू समुद्रतलको दरबारमा बस्छन् भन्ने तिनीहरू विश्वास गर्छन्; तिनीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ, तापनि तिनीहरू आफू त्यस राज्यबाट “कृपा पाएको”[६] भन्ठान्छन्; दियाबलसले तिनीहरूलाई मूर्ख बनाउँछ तैपनि तिनीहरू आफूले देहको उत्कृष्ट कलाको आनन्द लिइरहेको भन्ठान्छन्। तिनीहरू कस्ता घृणित, तुच्छ नीचहरू हुन्! मानिसले दुर्भाग्यको सामना गरेको छ, तर उसलाई यो थाहा छैन, र यो अन्धकार समाजमा उसले एकपछि अर्को दुर्भाग्य[७] भोग्छ, तर ऊ यस विषयमा कहिल्यै सचेत छैन। उसले कहिले आफूप्रति दयालु हुने आफ्नो स्वभाव र दासको स्वभाव फाल्नेछ? ऊ किन परमेश्वरको हृदयको ख्याल गर्दैन? के उसले चुपचाप यस उत्पीडन र कठिनाइको सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के ऊ न्याय र सत्यताप्रति भएका गुनासाहरू सच्याउन चाहँदैन? के ऊ मानिसहरूले सत्यतालाई इन्कार गरेको र तथ्यहरू बङ्ग्याएको हेरेर केही नगरी बस्न इच्छुक छ? के ऊ यो अन्याय सहिरहन इच्छुक छ छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्वाकांक्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो सत्यनिष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? के त्यो ठूलो रातो अजिङ्गर, दियाबलसहरूका राजाका लागि तँ तेरो सम्पूर्ण जीवन अर्पण गर्न[८] इच्छुक छस्? के त्यसले तँलाई मृत्युसम्मै यातना दिन तँ त्यसलाई खुसीसाथ अनुमति दिन्छस्? गहिराइको अनुहार अस्तव्यस्त र अँध्यारो छ, जबकि यस्तो पीडा भोग्ने आम जनताले स्वर्गसँग पुकारा गर्छ र पृथ्वीसँग गुनासो गर्छ। मानिसले कहिले आफ्नो शिर ठाडो गर्न सक्नेछ? मानिस दुब्लो र पातलो छ, ऊ यो क्रूर र निरङ्कुश शैतानसँग कसरी लड्न सक्छ? किन उसले सकेसम्म चाँडो परमेश्वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्वरको काम कहिले समाप्त गर्न सक्छ? उहाँलाई बिना कुनै कारण यसरी हेपिन्छ र दमन गरिन्छ, र उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुन्छ; ऊ पुग्न किन यति हतार गर्छ, र प्रस्थान गर्न किन त्यति हतार गर्छ? ऊ किन परमेश्वरलाई दिनका लागि कुनै बहुमूल्य कुरा राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?
हुन सक्छ, धेरै मानिसहरूले परमेश्वरका केही वचनहरूलाई घृणा गर्छन्, वा हुन सक्छ उनीहरू न त तिनलाई घृणा गर्छन् वा न कुनै चासो दिन्छन्। चाहे जेसुकै होस्, तथ्यहरू अनुचित तर्क हुन सक्दैन; कसैले पनि तथ्यहरू उल्लङ्घन गर्ने वचनहरू बोल्न सक्दैन। परमेश्वर यस पटक यस्तो काम गर्न, उहाँले अझै पूरा गर्नु बाँकी रहेको काम समाप्त गर्न, यस युगलाई समाप्तितिर पुऱ्याउन, यस युगको न्याय गर्न, दुःखको समुद्रबाट पापीहरूलाई बचाउन र तिनीहरूलाई पूर्ण रूपले परिवर्तन गर्न देह बन्नुभयो। यहूदीहरूले परमेश्वरलाई क्रूसमा टाँगे, यसरी यहूदियामा परमेश्वरको यात्रा समाप्त भयो। धेरै समय नबित्दै, परमेश्वर एक पटक फेरि मानिसको बीचमा आउनुभयो, चुपचाप ठूलो रातो अजिङ्गरको देशमा आउनुभयो। वास्तवमा, यहूदी राज्यको धार्मिक समुदायले लामो समयदेखि नै उनीहरूको पर्खालमा येशूको तस्विर झुण्ड्याइएको थियो र तिनीहरूको मुखबाट मानिसहरूले “प्रभु येशू ख्रीष्ट” भनी चिच्याउँथे। बाँकी रहेको आफ्नो कामको दोस्रो चरण पूरा गर्न मानिसको बीचमा फर्कने पिताको आज्ञालाई येशूले स्वीकार गर्नुभएको धेरै भइसक्यो भन्ने कुरा तिनीहरूलाई थाहै थिएन। फलस्वरूप, मानिसहरू उहाँलाई देखेर छक्क परे: उहाँ त्यस्तो संसारमा जन्मनुभएको थियो जहाँ धेरै युगहरू बितिसकेका थिए, र उहाँ मानिसको बीचमा एकदमै साधारण स्वरूप लिएर देखा पर्नुभयो। वास्तवमा, युगहरू बितिसकेपछि, उहाँको वस्त्र र सम्पूर्ण रूप परिवर्तन भएका थिए, मानौं उहाँको पुनर्जन्म भएको थियो। उहाँ क्रूसबाट ओर्लेर फेरि जीवित भई उठ्नुभएका उनै प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनी मानिसहरूले कसरी जान्न सक्थे? जसरी येशूमा यहोवाको कुनै स्वरूप थिएन, त्यसरी नै उहाँमा पनि चोटपटकको कुनै छाप छैन। आजका येशूले विगतको समयको शैलीलाई त्याग्नुभएको धेरै भइसक्यो। मानिसहरूले उहाँलाई कसरी चिन्न सक्थे? “थोमा” जस्ता मानिसहरूले सधैँ उहाँ पुनरुत्थान हुनुभएको येशू हुनुहुन्छ भन्ने कुरामा शङ्का गर्छन्, र आफ्नो मनमा ढुक्क हुनका निम्ति सधैँ येशूका हातमा कीलाका दागहरू हेर्न चाहन्छन्; ती नदेखेसम्म, ऊ सधैँ शङ्काको बादलमा उभिन्छ, र आफ्नो खुट्टा ठोस जमिनमा राख्न र येशूलाई पछ्याउन असमर्थ हुन्छ। बिचरा “थोमा”—येशू परमेश्वर पिताले अह्राउनुभएको काम गर्न आउनुभएको हो भनी कसरी उसले जान्न सक्छ? येशूले क्रूसीकरण दाग किन बोक्नु आवश्यक छ र? के क्रूसका दागहरू येशूको चिह्न हुन्? उहाँ आफ्ना पिताको इच्छाको काम गर्न आउनुभएको हो; किन उहाँ हजारौं वर्ष पहिलेको यहूदी जस्तो लुगा लगाएर र सजिएर आउनुपर्छ र? के परमेश्वरले देहमा लिनुहुने स्वरूपले उहाँको कामलाई वाधा दिन सक्छ? यो कसको सिद्धान्त हो? परमेश्वरले काम गर्नुहुँदा, किन त्यो मानिस कल्पना अनुसार हुनुपर्छ? परमेश्वरले उहाँको काममा यसले प्रभाव पारोस् भन्ने कुरामा मात्र ध्यान दिनुहुन्छ। उहाँले व्यवस्था पालन गर्नुहुन्न, र उहाँको काममा कुनै नियम छैन—मानिसले यसलाई कसरी बुझ्न सक्छ र? मानिस आफ्नै धारणा र कल्पनाहरूमा भर परेर परमेश्वरको काममा कसरी पूर्ण रूपमा प्रवेश गर्न सक्दछ? यसैले तिमीहरू राम्ररी शान्त हुनु नै राम्रो हुन्छ: तुच्छ कुराहरूको चिन्ता नगर्, र तँलाई नयाँ लाग्ने कुराहरूलाई ठूलो नबना—यसले तँलाई आफैलाई गिल्लाको पात्र बनाउनबाट र मानिसहरू तँलाई हेरेर हाँस्नबाट रोक्नेछ। तैँले यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेको छस्, अझै पनि तैँले परमेश्वरलाई चिन्दैनस्। अन्त्यमा, तँ सजायमा डुब्छस्; तँ जो “शीर्ष वर्ग”[९] मा राखिएको छस्, तँलाई सजाय पाएकाहरूको श्रेणीमा सारिएको छ। तैँले आफ्ना क्षुद्र चलाकीहरू देखाउन चतुर साधनहरू प्रयोग नगरेको भए नै राम्रो हुन्थ्यो। के तेरो अल्पदर्शीताले अनन्ततादेखि अनन्तसम्म देख्नुहुने परमेश्वरलाई साँच्चै बुझ्न सक्छ? के तेरा सतही अनुभवहरूले तँलाई पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरू जान्ने तुल्याउँछ? अहङ्कारी नबन्। आखिर परमेश्वर संसारको हुनुहुन्न—त्यसैले उहाँको काम तैँले आशा गरेको जस्तो कसरी हुनसक्छ?
फूटनोटहरू:
१. “सबै दुष्टताको नेता” ले पुरानो शैतानलाई जनाउँछ। यो वाक्यांशले अति मन नपर्ने कुरा व्यक्त गर्दछ।
२. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।
३. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।
४. “टाढाको” शब्दलाई यहाँ गिल्ला गर्न प्रयोग गरिएको छ।
५. “व्यवस्थित, कोमल मार्गदर्शन” गिल्लाका निम्ति प्रयोग गरिएको छ।
६. “कृपा पाएका” भन्ने शब्द निर्जीव जस्तो देखिने र कुनै आत्म-जागरूकता नभएको जस्तो देखिने मानिसहरूलाई गिल्ला गर्न प्रयोग गरिन्छ।
७. “एकपछि अर्को दुर्भाग्य” मानिसहरू ठूलो रातो अजिङ्गरको भूमिमा जन्मेका थिए, र तिनीहरू आफ्नो शिर उच्च पार्न असमर्थ छन् भन्ने कुरालाई जनाउँछ।
८. “तेरो सम्पूर्ण जीवन अर्पण गर्न” भन्ने वाक्यलाई अपमानजनक अर्थमा प्रयोग गरिएको छ।
९. “शीर्ष वर्ग” भन्ने वाक्यांश उत्साहसाथ परमेश्वरलाई पछ्याउनेहरूको गिल्ला गर्नको निम्ति प्रयोग गरिन्छ।