काम र प्रवेश (७)

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको पनि कमी छ भन्‍ने कुरा बुझ्न आजको दिनसम्मको समय लागेको छ। मानिस उसको आफ्नै जातिको इतिहास र प्राचीन संस्कृतिको विषयमा पूर्ण अनजान भएको कारण यो भएको हो, र त्यसको परिणामस्वरूप उसले परमेश्‍वरको कामको बारेमा केही पनि जान्दैन। मानिस उसको हृदयको गहिराइमा परमेश्‍वरसँग गाँसिन सकोस् भन्‍ने आशा सबै मानिसको हुन्छ, तर मानिसको देह अति नै भ्रष्ट भएकोले, साथै चेतनाशून्य र बोधो दुवै भएकोले, यसले उसलाई परमेश्‍वरको बारेमा केही पनि जान्‍न नसक्‍ने बनाएको छ। आज मानिसको माझमा आउने क्रममा, परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूका विचार र आत्मालाई रूपान्तरित गर्नु हो, साथै लाखौँ वर्षदेखि उनीहरूको हृदयमा रहेको परमेश्‍वरको रूपलाई रूपान्तरित गर्नु हो। उहाँले मानिसलाई सिद्ध बनाउनको लागि यो मौका लिनुहुनेछ। भन्‍नुको अर्थ, उहाँले मानिसको ज्ञानद्वारा, उहाँलाई चिन्‍ने मानिसहरूको तरिका र उहाँप्रतिको उनीहरूको मनोवृतिलाई परिवर्तन गर्नुहुनेछ, र यसरी मानिसलाई उहाँले परमेश्‍वरलाई चिन्‍ने एउटा नयाँ विजयी सुरुआत गर्न, र मानवीय आत्माको नवीकरण र रूपान्तरण हासिल गर्न सक्षम बनाउनुहुन्छ। यसका साधनहरूचाहिँ काटछाँट गर्ने र अनुशासनमा राख्‍ने कार्यहरू हुन् र यसका लक्ष्यहरू विजय र नवीकरण गर्ने कार्यहरू हुन्। मानिसहरूमा भएको अस्पष्ट परमेश्‍वरसम्बन्धी अन्धविश्‍वासी विचारहरू हटाउनु सदैव परमेश्‍वरको अभिप्राय रहँदै आएको छ, र हालै यो उहाँले गर्नुपर्ने अत्यन्त जरुरी कार्य पनि भएको छ। यस स्थितिलाई विचार गर्न सबै मानिसहरूले दीर्घकालीन दृष्टिकोण राख्‍न सकून्। प्रत्येक व्यक्तिले अनुभव गर्ने तरिका परिवर्तन होस्, ताकि परमेश्‍वरको यो जरुरी अभिप्राय चाँडै सफल होस् र परमेश्‍वरको पृथ्वीको कामको अन्तिम चरण सर्वोत्तम रूपमा सम्पन्‍न हुन सकोस्। तिमीहरूले परमेश्‍वरलाई जुन निष्ठा दिनु उचित छ त्यो उहाँलाई देओ, र अन्तिमचोटि परमेश्‍वरको हृदयलाई सान्त्वना देओ। दाजुभाइ-दिदीबहिनीहरूको माझमा यो जिम्मेवारीबाट पछि हट्ने वा झारा टार्न काम गरेको बहाना गर्ने कोही नहोस्। यसपटक परमेश्‍वर निमन्त्रणाको जवाफस्वरूप, र मानिसको स्थितिप्रतिको लक्षित प्रतिक्रिया स्वरूप देहमा आउनुहुन्छ। अर्थात्, उहाँ मानिसलाई जे खाँचो छ त्यो आपूर्ति गर्न आउनुहुन्छ। मानिसको क्षमता वा पालनपोषण जे-जस्तो भए पनि, संक्षेपमा, उहाँ उसलाई परमेश्‍वरको वचन देख्ने र, उहाँको वचनबाट, परमेश्‍वरको अस्तित्व र देखा पर्नुभएको देख्ने अनि परमेश्‍वरबाट सिद्धता स्विकार्ने तुल्याउनुहुनेछ, उहाँले मानिसका सोच र धारणालाई परिवर्तन गर्नुहुनेछ ताकि मानिसको हृदयको गहिराइमा परमेश्‍वरको मौलिक मुहार दृढ रूपमा गढोस्। पृथ्वीमा परमेश्‍वरको एक मात्र चाहना यही हो। मानिसको जन्मजात प्रकृति चाहे जति नै ठूलो भए पनि, वा मानिसको सार जति नै खराब भए पनि, वा विगतमा मानिसको व्यवहार साँच्चै जस्तोसुकै भएको भए पनि, परमेश्‍वरले यी कुरामा कुनै ध्यान दिनुहुन्‍न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्‍वरको स्वरूपलाई पूर्णतः नयाँ बनाओस् र मानवजातिको सार बुझ्न पुगोस्, र त्यसमार्फत मानिसप्रतिको उसको वैचारिक दृष्टिकोणको रूपान्तरणमा पुगोस्, र मानिसले भित्री हृदयबाट परमेश्‍वरको तृष्णा गर्न र उहाँसँगको अनन्त मोह जागृत गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्‍वरले मानिसबाट गर्नुहुने एक मात्र माग यही हो।

केही हजार वर्षसम्म फैलिएको प्राचीन सांस्कृतिक इतिहास र ज्ञानले मानिसका विचार र धारणाहरू अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलो गरी बन्द गरिदिएको छ कि तिनलाई अभेद्य र नष्ट नहुने तुल्याएको छ।[१] मानिसहरू नरकको अठारौँ चक्रमा जिउँछन्, जहाँ, परमेश्‍वरद्वारा कालकोठरीमा निर्वासित गरिएझैँ, कहिल्यै ज्योति देखिँदैन। सामन्ती सोचाइले मानिसहरूलाई यति धेरै दमन गरेको छ कि तिनीहरू मुस्किलले सास फेर्न सक्छन् र निसास्सिइरहेका छन्। तिनीहरूसँग प्रतिरोध गर्नलाई अलिकति पनि शक्ति छैन; तिनीहरूले केवल सहन्छन् र मौनतामा सहन्छन्...। कसैले पनि कहिल्यै इन्साफ र निष्पक्षताका लागि सङ्घर्ष गर्ने वा खडा हुने आँट गरेको छैन; मानिसहरू केवल दिनप्रतिदिन र वर्षौँवर्ष सामन्ती नैतिकताको प्रहार र दुर्व्यवहारमा पर्दै पशुको भन्दा पनि खराब जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा सुखको आनन्द लिनका लागि परमेश्‍वरलाई खोज्ने भनेर कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरूलाई यस्तो बिन्दुसम्म कुटपिट गरिएको छ कि तिनीहरू शरद ऋतुमा झरेका पात जस्तै ओइलाएका, रङ्ग उडेका, र दुब्ला छन्। मानिसहरूले धेरै पहिले आफ्नो स्मरणशक्ति गुमाइसकेका छन्; तिनीहरू आखिरी दिनको आगमनको प्रतीक्षा गर्दै मानव संसार भनिने नरकमा असहाय रूपमा जिउँछन् ताकि तिनीहरू यो नरकसँगै नाश हुन सकून्, मानौँ तिनीहरूले तृष्णा गर्ने आखिरी दिन भनेको मानिसले “विश्रामपूर्ण शान्तिको आनन्द लिने” दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा पुर्‍याएको छ, जसले मानिसको प्रतिरोध गर्ने शक्तिलाई थप कमजोर बनाएको छ। सबै प्रकारका दमनले मानिसलाई पातालमा नखसुन्जेल चरणबद्ध रूपमा धकेल्छन्, र मानिसलाई परमेश्‍वरबाट झन्-झन् यति टाढा धकेल्छन् कि आज ऊ परमेश्‍वरलाई पूर्ण रूपमा अपरिचित ठान्छ, र उहाँलाई भेट्दा उहाँबाट पन्छिन हतार गर्छ। मानिस उहाँलाई ध्यान दिँदैन र उहाँलाई एक छेउमा एक्लै उभिन छोडिदिन्छ, मानौँ मानिसले उहाँलाई कहिल्यै चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि मानिसले पश्‍चात्ताप गरोस् र नयाँ सुरुवात गरोस् भन्नका लागि परमेश्‍वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, आफ्नो दबाउन नसकिने रिस मानिसमाथि कहिल्यै खन्याउनुभएको छैन, एक शब्द नबोली केवल चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारका दुःखहरू बाँड्न परमेश्‍वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिससँग जिउनुभएका यतिका वर्षमा, कसैले पनि उहाँको अस्तित्व पत्ता लगाएको छैन। परमेश्‍वर उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम गर्ने क्रममा मानव संसारको दरिद्रताको कष्टलाई मौनतामा मात्रै सहनुहुन्छ। उहाँ परमेश्‍वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर सहनुहुन्छ, र मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू भोग्नुहुन्छ। मानिसको उपस्थितिमा उहाँले चुपचाप उसलाई पर्खनुभएको छ, र मानिसको उपस्थितिमा उहाँले परमेश्‍वर पिताको इच्छाको खातिर र मानवजातिको आवश्यकताको खातिर पनि आफूलाई विनम्र तुल्याउनुभएको छ। प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई परमेश्‍वरको उपस्थितिबाट सुटुक्क चोरेर उसलाई दियाबलसहरूको राजा र यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पाँच ग्रन्थले[अ] मानिसका विचार र धारणाहरूलाई विद्रोहको अर्को युगमा पुर्‍याएका छन्, जसले गर्दा ऊ यी चार पुस्तक र पाँच ग्रन्थ सङ्कलन गर्नेहरूलाई पहिलेभन्दा अझ बढी आराधना गर्छ, र फलस्वरूप परमेश्‍वरबारे आफ्ना धारणाहरूलाई अझ तीव्र बनाउँछ। मानिसलाई थाहै नदिई, दियाबलसहरूको राजाले निर्दयी रूपमा परमेश्‍वरलाई उसको हृदयबाट निकालेर फालिदियो र त्यसपछि विजयी उल्लासका साथ आफैले त्यसमा कब्जा जमायो। त्यस समयदेखि, मानिसले कुरूप प्राण र दियाबलसहरूको राजाको मुहार धारण गरेको छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरिएको छ, र दियाबलसहरूको राजाको दुर्भावना मानिसभित्र दिनप्रतिदिन यसरी फैलिएको छ कि ऊ पूर्ण रूपमा भस्म भएको छ। मानिससँग अब अलिकति पनि स्वतन्त्रता छैन र दियाबलसहरूको राजाका उल्झनहरूबाट मुक्त हुने कुनै उपाय छैन। उसले त्यही ठाउँमा बन्दी बन्नु, त्यसको उपस्थितिमा आत्मसमर्पण गर्नु र झुक्नुबाहेक अरू कुनै विकल्प पाएको छैन। धेरै अघि, मानिसको हृदय शैशवावस्थामै हुँदा, दियाबलसहरूको राजाले त्यसमा नास्तिकताको ट्युमरको बीउ रोपेको थियो, र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार वटा आधुनिकीकरण साकार पार; र संसारमा परमेश्‍वर भन्‍ने त्यस्तो कुनै चिज छैन” भन्ने जस्ता भ्रमपूर्ण कुराहरू सिकाएको थियो। त्यति मात्र होइन, त्यो हरेक अवसरमा “हामी हाम्रो परिश्रमी श्रममा भर परेर एउटा सुन्दर गृहभूमि निर्माण गरौँ” भन्दै चिच्याउँछ, र हरेक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई सेवा प्रदान गर्न तयार रहन भन्छ। मानिस अनजानमै त्यसको उपस्थितिमा ल्याइएको छ, र यसले नहिचकिचाई सबै श्रेय (अर्थात् सम्पूर्ण मानवजातिलाई आफ्नो हातमा राख्नुभएकोमा परमेश्‍वरलाई जाने श्रेय) आफैले लिन्छ। यसलाई कहिल्यै कुनै लाजको बोध हुँदैन। यसबाहेक, यसले निर्लज्जतापूर्वक परमेश्‍वरका मानिसहरूलाई कब्जा गर्छ र तिनीहरूलाई घिसारेर आफ्नै घरमा लैजान्छ, जहाँ यो टेबलमाथि मुसाजस्तै उफ्रन्छ र मानिसलाई यसलाई “परमेश्‍वर” को रूपमा आराधना गराउँछ। कस्तो हताश अपराधी! यसले निन्दनीय, स्तब्ध पार्ने कुराहरू चिच्याएर भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्ने चिज छँदै छैन। बतास प्राकृतिक नियमहरूद्वारा सञ्चालित परिवर्तनहरूबाट उत्पन्न हुन्छ; वर्षा तब हुन्छ जब जलवाष्प चिसो तापक्रमको सम्पर्कमा आएर थोपाहरूमा परिणत हुन्छ र त्यो पृथ्वीमा खस्छ; भूकम्प भनेको भौगर्भिक परिवर्तनहरूका कारणले पृथ्वीको सतह हल्लिनु हो; खडेरी भनेको सूर्यको सतहमा आणविक कणहरू टुक्रिएर हावामा हुने सुख्खापनको कारणले हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबैमा परमेश्‍वरको कार्य कहाँ छ?” त्यस्ता मानिसहरू समेत छन् जो चिच्याउँदै यस्ता अकल्पनीय अभिव्यक्तिहरू दिन्छन्: “मानिस प्राचीन कालमा बाँदरबाट विकसित भएको हो, र आजको संसार लगभग एक युगअघि सुरु भएको आदिम समाजबाट आएको हो। कुनै देशको उन्नति हुन्छ कि पतन हुन्छ भन्‍ने कुरा पूर्ण रूपमा त्यहाँका मानिसहरूको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यसलाई भित्तामा झुन्ड्याएर वा टेबलमा राखेर यसको आराधना गर्न र यसलाई भेटीहरू चढाउन लगाउँछ। “परमेश्‍वर हुनुहुन्न” भनेर चिच्याउँदै गर्दा, त्यो आफैलाई परमेश्‍वरको रूपमा खडा गर्छ, कठोर भएर परमेश्‍वरलाई पृथ्वीको सीमाभन्दा बाहिर धकेलिदिन्छ, र परमेश्‍वरको ठाउँमा उभिन्छ अनि दियाबलसहरूको राजाको भूमिका सम्हाल्छ। कतिसम्म समझविहीन भएको! यसले मानिसमा भित्रैदेखि घृणा उत्पन्न गराउँछ। परमेश्‍वर र यो कट्टर शत्रु हुन्, र यी दुई सहअस्तित्वमा रहन सक्दैनन् भन्ने देखिन्छ। यो परमेश्‍वरलाई धपाउने षड्यन्त्र गर्छ तर आफूचाहिँ कानुनको पहुँचभन्दा बाहिर स्वतन्त्र रूपमा घुम्छ।[२] यो कस्तो दियाबलसहरूको राजा रहेछ! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म परमेश्‍वरको कामलाई अस्तव्यस्त पार्दैन र यसलाई पूर्ण रूपमा भद्रगोल पार्दैन तबसम्म यसले विश्राम लिनेछैन,[३] मानौँ यो अन्तिमसम्मै परमेश्‍वरको विरोध गर्न चाहन्छ, जहाँ कि त माछा मर्नुपर्छ कि त जाली फाट्नुपर्छ, जानीजानी आफूलाई परमेश्‍वरको विरुद्धमा खडा गर्छ र झन्-झन् नजिकबाट दबाब दिन्छ। यसको घिनलाग्दो मुहार धेरै अघि नै पूर्ण रूपमा उदाङ्गो भइसकेको छ, र यो अहिले समस्याहरूद्वारा पूर्ण रूपमा घेरिएको र पिरोलिएको छ,[४] तैपनि यसले परमेश्‍वरप्रतिको घृणामा कमी आउन दिनेछैन, मानौँ परमेश्‍वरलाई एकै गाँसमा निलेर मात्र यसले आफ्नो हृदयमा गुम्सिएको घृणालाई कम गर्न सक्नेछ। हामी यो परमेश्‍वरको शत्रुलाई कसरी सहने होला! यसको उन्मूलन र पूर्ण विनाश गरेपछि मात्र हाम्रो जीवनको इच्छा साकार हुनेछ। यसलाई कसरी निरन्तर रूपमा छाडा छोड्न मिल्छ र? यसले मानिसलाई यतिसम्म भ्रष्ट तुल्याएको छ कि मानिस स्वर्गको घामलाई चिन्दैन, र ऊ संवेदनहीन र मन्दबुद्धिको भएको छ। मानिसले सामान्य मानव समझ गुमाएको छ। भविष्यका सबै चिन्ता हटाउन र परमेश्‍वरको कामलाई चाँडो अभूतपूर्व उचाइमा पुर्‍याउनका लागि यसलाई नष्ट गर्न र जलाउन हाम्रो सम्पूर्ण अस्तित्व किन अर्पण नगर्ने? यी बदमासहरूको गिरोह मानिसको संसारमा आएको छ र त्यसले यसलाई अशान्त बनाएको छ। तिनीहरूले सम्पूर्ण मानवजातिलाई भीरको डिलमा पुर्‍याएका छन्, र तिनीहरूलाई धकेलेर टुक्रा-टुक्रा पार्ने गोप्य योजना बनाइरहेका छन् ताकि तिनीहरूले ती लासहरू निल्न पाऊन्। तिनीहरू परमेश्‍वरको योजनालाई नष्ट गर्ने र एकै पटक सबै कुरालाई दाउमा राखेर उहाँसँग प्रतिस्पर्धा गर्ने व्यर्थ आशा गर्छन्।[५] त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर, क्रूस दियाबलसहरूको राजाकै लागि तयार गरिएको छ, जो सबैभन्दा जघन्य अपराधहरूको दोषी छ। परमेश्‍वर क्रूसको हुनुहुन्न। उहाँले यसलाई दियाबलसतर्फ फ्याँकिसक्नुभएको छ। परमेश्‍वर योभन्दा धेरै अगाडि विजयी भइसक्नुभएको छ र मानवजातिका पापहरूमाथि अब दुख मान्नुहुन्न, बरु सारा मानवजातिलाई मुक्ति ल्याइदिनुहुनेछ।

माथिदेखि तलसम्म र सुरुदेखि अन्त्यसम्म, शैतानले परमेश्‍वरको काममा बाधा पुर्‍याउँदै आएको छ र उहाँको विरोधमा काम गर्दै आएको छ। यी सबै “प्राचीन सांस्कृतिक सम्पदा,” मूल्यवान् “प्राचीन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादका शिक्षाहरू,” र “कन्फ्युसियन शास्त्रीय ग्रन्थहरू र सामन्ती संस्कारहरू” ले मानिसलाई नरकमा लगेका छन्। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यापार कतै देखिँदैनन्। बरु, यसले त परमेश्‍वरको कामलाई जानाजानी अवरोध गर्न, विरोध गर्न, र भत्काउन प्राचीन समयका “बाँदरहरू” ले ल्याएका सामन्ती संस्कारहरूलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई निरन्तर कष्ट दिइरहेको मात्र होइन, यो त मानिसलाई सिङ्गै निल्न समेत चाहन्छ।[६] सामन्ती नैतिकताका शिक्षाहरूको प्रसारण र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई धेरै अघि नै सङ्क्रमित गरिसकेको छ, र तिनीहरूलाई साना-ठूला दियाबलसहरूमा परिणत गरेको छ। परमेश्‍वरलाई खुसीसाथ ग्रहण गर्नेहरू थोरै छन्, उहाँको आगमनलाई उल्लासपूर्वक स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्यारो नियतले भरिएको छ, र हरेक ठाउँमा, हावामा ज्यानमारा सास फैलिएको छ। तिनीहरू परमेश्‍वरलाई यस भूमिबाट बाहिर निकाल्न खोज्छन्; हातमा चक्कु र तरवार लिएर, तिनीहरू परमेश्‍वरलाई “सर्वनाश” गर्न युद्धको ढाँचामा आफूलाई उभ्याउँछन्। मानिसलाई निरन्तर रूपमा परमेश्‍वर हुनुहुन्न भनी सिकाइने दियाबलसहरूको यो सारा भूमिभरि मूर्तिहरू फैलिएका छन्, र माथिको हावा कागज र धूप जलाएको वाकवाकी लाग्ने गन्धले भरिएको छ, जुन निसास्सिने गरी बाक्लो छ। यो विषालु सर्पको छटपटीसँगै ठ्वास्स आउने हिलोको दुर्गन्ध जस्तै छ, यतिसम्म कि कोही पनि बान्ता नगरी बस्नै सक्दैन। यसबाहेक, दुष्ट पिशाचहरूले धर्मशास्त्रहरू जपिरहेको मधुरो आवाज सुन्न सकिन्छ, एउटा यस्तो आवाज जुन धेरै टाढा नरकबाट आइरहेको जस्तो लाग्छ, यतिसम्म कि कोही पनि नकामी बस्न सक्दैन। यस भूमिमा जताततै इन्द्रेणीका सबै रङका मूर्तिहरू राखिएका छन्, जसले गर्दा उक्त भूमि एउटा भड्किलो, चहकिलो संसारमा परिणत भएको छ, जबकि दियाबलसहरूको राजा दुष्टतापूर्वक हाँसिरहन्छ, मानौँ यसको षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेखबर रहन्छ, र दियाबलसले उसलाई अचेत हुने र शिर झुकाउने हदसम्म भ्रष्ट तुल्याइसकेको छ भन्‍ने कुराको उसलाई कुनै भान हुँदैन। यो, एकै झट्कामा, परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन, र फेरि एकपटक उहाँलाई अशुद्ध पार्न र उहाँको हत्या गर्न चाहन्छ; यो उहाँको कामलाई भत्काउन र बाधा दिन तल्लीन हुन्छ। यसले परमेश्‍वरलाई कसरी समान हैसियतको हुन दिन सक्छ र? यसले परमेश्‍वरले मानव संसारमा यसको काममा “हस्तक्षेप” गरेको यसले कसरी सहन सक्छ र? यसले कसरी परमेश्‍वरलाई यसको घिनलाग्दो मुहारको खुलासा गर्न दिन सक्छ र? यसले कसरी परमेश्‍वरलाई यसको काम अस्तव्यस्त पार्न दिन सक्छ र? क्रोधले रन्थनिएको यो दियाबलसले कसरी परमेश्‍वरलाई पृथ्वीमा रहेको यसको शाही दरबारमाथि नियन्त्रण जमाउन दिन सक्छ र? यसले उहाँको श्रेष्ठ शक्तिसामु कसरी स्वेच्छाले शिर झुकाउन सक्छ र? यसको घिनलाग्दो मुहार जस्ताको तस्तै प्रकट गरिएको छ, जसले गर्दा व्यक्ति हाँस्नु कि रुनुको अवस्थामा पुग्छ, र यसको वर्णन गर्न साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? कुरूप प्राण बोकेर, तिनीहरू अझै पनि आफू विश्‍वास गर्नै नसकिने गरी सुन्दर रहेको विश्‍वास गर्छन्—अपराधमा संलग्न मतियारहरूको यो गिरोह![७] तिनीहरू सुखमा लिप्त हुन र कोलाहल मच्चाउन मरणशील क्षेत्रमा ओर्लन्छन्, र कामकुरालाई यति धेरै उथलपुथल पार्छन् कि संसार एउटा चञ्चल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यति धेरै खेलबाड गरेका छन् कि उसको रूप जङ्गली अमानवीय पशुको जस्तो, अत्यन्तै कुरूप बनेको छ, जसबाट मौलिक शुद्ध मानिसको अन्तिम नामोनिसान हराएको छ। यसबाहेक, तिनीहरू पृथ्वीमा सार्वभौम शक्ति ग्रहण गर्न समेत चाहन्छन्। तिनीहरू परमेश्‍वरको कामलाई यति धेरै अल्झाउँछन् कि यो मुस्किलले अघि सर्न सक्छ, र तिनीहरू मानिसलाई तामा र स्टिलको पर्खाललेझैँ कसिलो गरी बन्द गरिदिन्छन्। यति धेरै गम्भीर पाप गरेर र यति धेरै विपत्ति ल्याएर, के तिनीहरू अझै पनि सजाय नभई अरू नै केही आशा गरिरहेका छन्? दियाबलस र पिशाचहरू पृथ्वीमा केही समयदेखि उत्पात मच्चाइरहेका छन्, र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू र रगत-पसिना दुवैलाई यति कसिलो गरी थुनेका छन् कि केही पनि बाहिर निस्कन पाउँदैन। साँच्चै, यो एउटा घोर पाप हो! परमेश्‍वर कसरी व्याकुल नहुन सक्नुहुन्छ र? परमेश्‍वर कसरी नरिसाउन र? तिनीहरूले परमेश्‍वरको काममा गम्भीर बाधा पुर्‍याएका छन् र त्यसको विरोध गरेका छन्: कतिसम्म विद्रोही! ती साना-ठूला पिशाचहरू समेत सिंहको पछि लाग्ने स्यालहरू जस्तै व्यवहार गर्छन्, र दुष्ट प्रवाहको पछि लागेर जानाजानी बाधाहरू निम्त्याउँछन्। सत्यता थाहा पाएर पनि, तिनीहरू जानीजानी यसको विरोध गर्छन्, यी विद्रोहका पुत्रहरू! यस्तो लाग्छ, अब तिनीहरूको नरकको राजा राजाको सिंहासनमा विराजमान भएको हुनाले, तिनीहरू निश्‍चिन्त र आत्मसन्तुष्ट भएका छन्, र अरू सबैलाई तिरस्कारपूर्ण व्यवहार गर्छन्। तिनीहरूमध्ये कति जनाले सत्यता खोज्छन् र इन्साफ पछ्याउँछन्? तिनीहरू सबै पशु हुन्, सुँगुर र कुकुरसरह हुन्, गन्हाउने झिँगाहरूको गिरोहका नाइके हुन्, जो गोबरको थुप्रोमा बसेर आत्मसन्तुष्ट हुँदै टाउको हल्लाउँछन् र अनेक प्रकारका समस्या निम्त्याउँछन्।[८] तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा भएको विश्वास गर्छन्, तर तिनीहरू आफै गन्हाउने झिँगासरह भएको अलिकति पनि थाहा पाउँदैनन्। तैपनि, तिनीहरू आफ्ना आमाबुबाका रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाएर परमेश्‍वरको अस्तित्वलाई बदनाम गर्छन्। आफू साना झिँगा भएकाले, तिनीहरू आफ्ना आमाबुबा निलो ह्वेल जत्तिकै ठूला छन् भन्ने विश्‍वास गर्छन्।[९] के तिनीहरूलाई आफू साना भए पनि, तिनीहरूका आमाबुबा तिनीहरूभन्दा करोडौँ गुणा ठूला फोहोरी सुँगुर र कुकुर हुन् भन्ने थाहा हुँदैन र? आफू नीच भएको थाहा नपाई, तिनीहरू तिनै सुँगुर र कुकुरहरूबाट निस्कने कुहिएको दुर्गन्धको भरमा उत्पात मच्चाउँछन्, लाजको वास्ता नगरी भविष्यका पुस्ताहरू जन्माउने व्यर्थ सोच बनाउँछन्! आफ्नो पिठ्युँमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्नुलाई जनाउँछ), तिनीहरू घमण्डले फुलेका हुन्छन् र जताततै आफ्नो सुन्दरता र आकर्षणको धाक लगाउँछन्, जबकि तिनीहरू आफ्नो शरीरमा भएको फोहोर सुटुक्क मानिसमाथि छ्याप्छन्। यसबाहेक, तिनीहरू आफैसँग अत्यन्तै प्रसन्न हुन्छन्, मानौँ तिनीहरू इन्द्रेणीको रङको एकजोडी पखेटाद्वारा आफ्नो फोहोर लुकाउन सक्छन्, र यी माध्यमहरूद्वारा तिनीहरू साँचो परमेश्‍वरको अस्तित्वलाई सताउँछन् (यसले धार्मिक संसारमा पर्दा पछाडि के भइरहेको छ भन्‍ने कुरालाई जनाउँछ)। झिँगाको पखेटा जतिसुकै मनमोहक रूपमा सुन्दर भए पनि, झिँगा आफैमा एउटा सानो प्राणी बाहेक अरू केही होइन, जसको पेट फोहोरले भरिएको हुन्छ र शरीर कीटाणुहरूले ढाकिएको हुन्छ भन्‍ने कुरा मानिसलाई कसरी थाहा हुन्छ र? आफ्ना आमाबुबाका रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा, तिनीहरू आफ्नो क्रूरतालाई लगाम नलगाई भूमिभरि उत्पात मच्चाउँछन् (यसले परमेश्‍वरलाई सताउने धार्मिक अधिकारीहरूले राष्ट्रको सरकारको बलियो समर्थनमा भर परेर साँचो परमेश्‍वर र सत्यतालाई धोका दिने तरिकालाई जनाउँछ)। यस्तो लाग्छ कि यहूदी फरिसीहरूका भूतहरू परमेश्‍वरसँगै ठूलो रातो अजिङ्गरको देशमा, आफ्नो पुरानो गुँडमा फर्केका छन्। तिनीहरूले केही हजार वर्षअघिको आफ्नो कामलाई फेरि सुरु गर्दै सतावटको अर्को श्रृङ्खला सुरु गरेका छन्। पतितहरूको यो समूह अन्ततः पृथ्वीमा नाश हुने निश्चित छ! केही सहस्राब्दी पछि अशुद्ध आत्माहरू अझ बढी चतुर र धूर्त भएका देखिन्छन्। तिनीहरू गोप्य रूपमा परमेश्‍वरको कामलाई निरन्तर कमजोर बनाउन चाहन्छन्। तिनीहरूसँग प्रशस्त चाल र चलाखीपूर्ण युक्तिहरू छन्, र तिनीहरू आफ्नो गृहभूमिमा केही हजार वर्षअघिको दुःखद घटनालाई दोहोर्‍याउन चाहन्छन्, र परमेश्‍वरलाई लगभग रुने बिन्दुसम्म पुर्‍याउँछन्। उहाँ तिनीहरूलाई सखाप पार्नका लागि तेस्रो स्वर्गमा फर्कनबाट आफूलाई मुस्किलले रोक्न सक्नुहुन्छ। मानिसले परमेश्‍वरलाई प्रेम गर्नका लागि, उसले अनिवार्य रूपमा उहाँका अभिप्रायहरू बुझ्नुपर्छ, उहाँका सुख र दुःखहरू थाहा पाउनुपर्छ, र उहाँ के कुरालाई घृणा गर्नुहुन्छ भनी बुझ्नुपर्छ। यसो गर्नाले मानिसको प्रवेशलाई अझ बढी बढावा दिनेछ। मानिसको प्रवेश जति छिटो हुन्छ, परमेश्‍वरका अभिप्रायहरू त्यति नै बढी पूरा हुन्छन्, मानिसले दियाबलसहरूको राजालाई त्यति नै छर्लङ्ग देख्छ, र ऊ परमेश्‍वरको त्यति नै नजिक पुग्छ, ताकि उहाँको चाहनालाई साकार पार्न सकियोस्।

फूटनोटहरू:

१. “गैर-जैवनिम्‍नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्‍ने हो।

२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने जनाउँछ।

३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्‍ने जनाउँछ।

४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।

५. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्‍ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

६. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

७. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

८. “सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्” भन्‍ने भनाइले भूतग्रस्त मानिसहरूले कसरी दङ्गा मच्‍चाउँछन्, परमेश्‍वरको काममा बाधा पुर्‍याउँछन् र विरोध गर्छन् भन्‍ने कुरालाई जनाउँछ।

९. “नीला ह्वेल माछाहरू” भन्‍ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो एउटा उपमा हो जसले झिँगाहरू यति सानो हुन्छन् कि सुँगुर र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्‍ने कुरालाई जनाउँछ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।

अघिल्लो: काम र प्रवेश (६)

अर्को: काम र प्रवेश (८)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्