काम र प्रवेश (७)

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको पनि कमी छ भन्‍ने कुरा बुझ्न आजको दिनसम्मको समय लागेको छ। मानिस उसको आफ्नै जातिको इतिहास र प्राचीन संस्कृतिको विषयमा पूर्ण अनजान भएको कारण यो भएको हो, र त्यसको परिणामस्वरूप उसले परमेश्‍वरको कामको बारेमा केही पनि जान्दैन। मानिस उसको हृदयको गहिराइमा परमेश्‍वरसँग गाँसिन सकोस् भन्‍ने आशा सबै मानिसको हुन्छ, तर मानिसको देह अति नै भ्रष्ट भएकोले, साथै चेतनाशून्य र बोधो दुवै भएकोले, यसले उसलाई परमेश्‍वरको बारेमा केही पनि जान्‍न नसक्‍ने बनाएको छ। आज मानिसको माझमा आउने क्रममा, परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूका विचार र आत्मालाई रूपान्तरित गर्नु हो, साथै लाखौँ वर्षदेखि उनीहरूको हृदयमा रहेको परमेश्‍वरको रूपलाई रूपान्तरित गर्नु हो। उहाँले मानिसलाई सिद्ध बनाउनको लागि यो मौका लिनुहुनेछ। भन्‍नुको अर्थ, उहाँले मानिसको ज्ञानद्वारा, उहाँलाई चिन्‍ने मानिसहरूको तरिका र उहाँप्रतिको उनीहरूको मनोवृतिलाई परिवर्तन गर्नुहुनेछ, र यसरी मानिसलाई उहाँले परमेश्‍वरलाई चिन्‍ने एउटा नयाँ विजयी सुरुआत गर्न, र मानवीय आत्माको नवीकरण र रूपान्तरण हासिल गर्न सक्षम बनाउनुहुन्छ। यसका साधनहरूचाहिँ निराकरण गर्ने र अनुशासनमा राख्‍ने कार्यहरू हुन् र यसका लक्ष्यहरू विजय र नवीकरण गर्ने कार्यहरू हुन्। मानिसहरूमा भएको अस्पष्ट परमेश्‍वरसम्बन्धी अन्धविश्‍वासी विचारहरू हटाउनु सदैव परमेश्‍वरको अभिप्राय रहँदै आएको छ, र हालै यो उहाँले गर्नुपर्ने अत्यन्त जरुरी कार्य पनि भएको छ। यस स्थितिलाई विचार गर्न सबै मानिसहरूले दीर्घकालीन दृष्टिकोण राख्‍न सकून्। प्रत्येक व्यक्तिले अनुभव गर्ने तरिका परिवर्तन होस्, ताकि परमेश्‍वरको यो जरुरी अभिप्राय चाँडै सफल होस् र परमेश्‍वरको पृथ्वीको कामको अन्तिम चरण सर्वोत्तम रूपमा सम्पन्‍न हुन सकोस्। तिमीहरूले परमेश्‍वरलाई जुन निष्ठा दिनु उचित छ त्यो उहाँलाई देओ, र अन्तिमचोटि परमेश्‍वरको हृदयलाई सान्त्वना देओ। दाजुभाइ-दिदीबहिनीहरूको माझमा यो जिम्मेवारीबाट पछि हट्ने वा झारा टार्न काम गरेको बहाना गर्ने कोही नहोस्। यसपटक परमेश्‍वर निमन्त्रणाको जबाफस्वरूप, र मानिसको अवस्थाको प्रतिक्रियास्वरूप देहमा आउनुहुन्छ। यसको मतलब, उहाँ मानिसलाई जुन कुराको आवश्यक छ त्यो प्रदान गर्न आउनुहुन्छ। मानिसको योग्यता वा प्रकार जे-जस्तो भए पनि, संक्षेपमा उहाँले उसलाई परमेश्‍वरको वचन देख्‍न र उहाँको वचनबाट परमेश्‍वरको अस्तित्व र प्रकटीकरण देख्‍न र उसलाई सिद्ध पार्ने परमेश्‍वरको कार्यलाई स्वीकार गर्न सक्‍ने बनाउनुहुन्छ, र यस क्रममा उहाँले मानिसका विचार र धारणालाई परिवर्तन गर्नुहुन्छ, ताकि मानिसको हृदयको गहिराइमा परमेश्‍वरको मूल अनुहार दह्रिलोसँग गढेर बसोस्। पृथ्वीमा परमेश्‍वरको एक मात्र इच्छा यही हो। मानिसको जन्मजात प्रकृति जति नै महान् भए पनि, वा मानिसको सार जति नै नराम्रो भए पनि वा विगतमा मानिसको व्यवहार वास्तवमा जस्तोसुकै भए भने पनि, परमेश्‍वरले यी कुरामा कुनै ध्यान दिनुहुन्‍न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्‍वरको स्वरूपलाई नयाँ बनाओस् र मानवजातिको सार बुझ्न सकोस्, र त्यसमार्फत मानिसको वैचारिक दृष्टिकोण रूपान्तरित होस् र उसले अन्तस्करणबाट परमेश्‍वरको चाहना गर्न र उहाँसँगको एक अनन्त सम्बन्ध जागृत गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्‍वरले मानिसबाट अपेक्षा गर्नुभएको एउटा मापदण्ड यही हो।

हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि ती अभेद्य र गैर-जैवनिम्‍नीकरणीय[१] बनेका छन्। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्‍वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्‍न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न पनि मुस्किल छ र तिनीहरू निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहेको सहे गर्न मात्र सक्छन्…। धार्मिकता र न्यायका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्‍वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैँ सुकेका, खरिएका र पहेँलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ तिनीहरू त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरकसँगै नष्ट हुन सक्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन मानिसले आरामदायी शान्ति पाउने दिन हो। सामन्ती नैतिकताले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको झन्झन् गहिराइतिर खसाल्छ, परमेश्‍वरबाट झन्-झन् टाढा बनाउँछ, र आजको दिनसम्ममा ऊ परमेश्‍वरप्रति पूर्ण अपरिचित भइसकेको छ र उहाँलाई भेट्दा ऊ तर्की भाग्‍न हतार गर्छ। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई पहिले कहिल्यै देखेको छैन। तैपनि परमेश्‍वरले मानव जीवनको लामो यात्राभरि मानिसलाई पर्खिरहनुभएको छ, उहाँको रोक्‍न नसकिने क्रोध कहिल्यै ऊमाथि पोखाउनुभएको छैन, मानिसले पश्‍चात्ताप गरी नयाँ सुरुवात गरोस् भनी एक शब्द पनि नबोली चुपचाप पर्खिरहनुभएको छ। मानिससँग मानव संसारको दुःखमा सहभागी हुन परमेश्‍वर धेरै अघि नै मानव संसारमा आउनुभयो। उहाँ मानिसको साथमा बस्‍नुभएका सारा वर्षहरूमा कसैले पनि उहाँको अस्तित्वलाई पत्ता लगाएको छैन। उहाँले व्यक्तिगत रूपमा ल्याउनुभएको काम पूरा गर्ने क्रममा परमेश्‍वर मानव संसारको अन्यायपूर्ण दुःखलाई चुपचाप सहनु मात्र हुन्छ। उहाँले परमेश्‍वर पिताको इच्छा र मानवजातिको आवश्यकताका खातिर मानिसले पहिले कहिल्यै अनुभव नगरेका दुःखहरू धैर्यसाथ निरन्तर भोगिरहनुहुन्छ। मानिसको उपस्थितिमाझ उहाँले चुपचाप उसलाई पर्खनुभयो र मानिसको उपस्थितिमाझ उहाँले पिता परमेश्‍वरको इच्छाको खातिर र मानवजातिको आवश्यकताका खातिर आफैलाई नम्र तुल्याउनुभयो। प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्‍वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू[१] ले मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्‍वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बारबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्‍ने परमेश्‍वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्‍वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्‍न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्‍वर हुनुहुन्‍न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्‍वरजस्तो उच्‍च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै अत्यन्तै अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यो कुराले यसलाई अत्यन्तै घिनलाग्दो बनाउँछ। यस्तो लाग्छ, परमेश्‍वर र यो कट्टर शत्रुहरू हुन्, र यी दुई सँगसँगै रहन सक्दैनन्। व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[२] यसले परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो दियाबलसहरूको त्यस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? परमेश्‍वरको कामलाई नाश नपारुन्जेल र सबै कुरा पूरै लथालिङ्ग[३] नबनाउन्जेल यसले विश्राम गर्दैन, मानौं यसले माछा नमरुन्जेल वा जाल नफाटुन्जेल अन्त्यसम्मै परमेश्‍वरको कडा विरोध गर्न चाहन्छ, जानीजानी आफैलाई परमेश्‍वरको विरोधी बनाउँछ र झन्-झन् अगाडि आउँछ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोटैचोट र नीलडामले भरिएको[४] छ र दुःखद स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एकै गाँसमा निलेपछि मात्र त्यसले आफ्नो हृदयको घृणालाई कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! यसलाई समाप्त गरेर अनि पूर्ण रूपमा नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्गसूर्यलाई जान्दैन, र ऊ जीवनरहित र भावहीन भएको छ। मानिसले आफ्नो सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन अनि परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यहाँ उत्पात मच्‍चायो। तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्, उनीरूलाई थाहै नदिई भीरमुनि धकेलेर टुक्रा-टुक्रा पारी उनीहरूको लास खाने गोप्यमा योजना बनाउँदैछन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग जुवा खेल्ने र एउटै दाउमा सबै जित्‍ने[५] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्‍न। उहाँले पहिले नै यसलाई दियाबलसको लागि टाढा पन्साई सक्‍नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानवजातिको पापको लागि अबउप्रान्त दु:ख महसुस गर्नुहुन्‍न, बरु उहाँले सबै मानवजातिको लागि मुक्ति ल्याउनुहुनेछ।

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्‍नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्‍च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[६] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्‍वर हुनुहुन्‍न भनी निरन्तर सिकाइने दियाबलसको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्‍ने दुर्गन्ध निसास्याउने बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्‍न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्‍त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्‍न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्‍छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्‍क परेको छ। त्यसले एकै झट्कामा परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्‍च पराक्रमको अघि झुक्‍न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्‍ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्‍चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह हो![७] तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्‍वरको इच्छा र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्‍चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्‍छ र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका र विरोध गरेका छन्: कस्तो विद्रोही! ती ठूला र साना भूतहरूले समेत सिंहको पिछा गरिरहेका स्यालहरूझैँ व्यवहार गर्छन् र खराब प्रवाहलाई पछ्याउछन्, र अघि बढ्दै जाँदा बाधाहरू ल्याउँछन्। सत्य जानेपछि जानीजानी त्यसको विरोध गर्छन्, यी विद्रोहका छोराहरू! तिनीहरू आफ्नो नरकको राजा राजाको शाही सिंहासन बसेको छ झैँ गरी अरू सबैलाई घृणाको साथ व्यवहार गर्दै आफूप्रति गर्व गर्ने र आत्मसन्तुष्ट बन्‍ने गर्छन्। तिनीहरूमध्ये कति जना सत्यताको खोजी गर्छन् र धार्मिकताको पछि लाग्छन्? तिनीहरू सबै सुँगुर र कुकुरभन्दा नीच जनावरहरू हुन्, गन्हाउने झिँगाहरूको हूलको अगुवाहरू हुन्, र तिनीहरूले आत्मसन्तुष्ट बनी आफैलाई बधाई दिँदै टाउको हल्लाउँछन् र गोबरको थुप्रोको बीचमा सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्।[८] तिनीहरू आफ्नो नरकको राजा सबैभन्दा महान् राजा हुन् भन्‍ने विश्‍वास गर्छन्, तर तिनीहरूलाई आफू दुर्गन्धित झिँगोहरूभन्दा बढी केही पनि होइनौँ भन्‍नेचाहिँ थाहै छैन। तैपनि, परमेश्‍वरको अस्तित्वमा हानि गर्न्, तिनीहरूले आफ्ना आमाबाबुको रूपमा रहेका सुँगुर र कुकुरहरूको शक्तिको फाइदा उठाउँछन्। नीच झिँगोहरूको रूपमा तिनीहरूले आफ्ना आमाबुबालाई दाँत भएका ह्वेल माछाहरू[९] जत्तिकै ठूला छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफै अति साना छन्, तिनीहरूका आमाबुबा अशुद्ध सुँगुर र कुकुरहरू हुन् जो तिनीहरूभन्दा करोडौँ गुणा ठूला छन् भन्‍ने बारेमा तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्नै तुच्छताको बारेमा अनजान रहन्छन्, अनि भावी सन्तान उत्पन्‍न गर्न अनियन्त्रित भएर दगुर्नका निम्ति सुँगुर र कुकुरहरूले निकालेका सडेका दुर्गन्धहरूमा भरोसा राख्छन्, र तिनीहरूलाई लाज-सर्मको कुनै ज्ञान हुँदैन! आफ्नो ढाडमा हरियो पखेटा लिएर (यसले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौं भनी गर्ने दाबीलाई जनाउँछ), तिनीहरू आत्मसन्तुष्ट हुन्छन् र सबै ठाउँमा आफ्नो सुन्दरता र आकर्षणको घमण्ड गर्छन्, जबकि तिनीहरूले गोप्य रूपमा आफ्नै शरीरमा भएका अशुद्धता मानिसहरूमा फैलाइरहेका हुन्‍छन्। यसको साथै, तिनीहरू आफैसँग अत्यन्त प्रसन्‍न हुन्छन्, मानौं तिनीहरूले आफ्ना अशुद्धताहरू लुकाउनका लागि इन्द्रेनी रङ्गका जोडी पखेटाहरू प्रयोग गर्न सक्छन्, र यस तरिकाले तिनीहरूले साँचो परमेश्‍वरको अस्तित्वमाथि अत्याचार गर्छन् (यसले धार्मिक संसारको पर्दापछाडि के हुन्छ भन्‍ने कुरालाई सङ्केत गर्छ)। झिँगाका पखेटाहरू मन्त्रमुग्ध पार्ने गरी सुन्दर हुन सक्‍ने भए पनि, त्यो झिँगा आफै आखिर एउटा छुद्र प्राणी मात्र हो, जसको पेट फोहरले भरिएको र शरीर कीटाणुहरूले ढाकेको हुन्छ भन्‍ने कुरालाई मानिसले कसरी जान्दथ्यो र? आफ्ना आमाबुबाको रूपमा रहेका सुँगुर र कुकुरहरूको बलमा तिनीहरू देशभरि अनियन्त्रित भई र आफ्नो क्रूरतामा कुनै पावन्दी नलागई अन्धाधुन्ध दौडन्छन् (यसले परमेश्‍वरको खेदो गर्ने धार्मिक अधिकारीहरू परमेश्‍वर र सत्यको विरुद्ध विद्रोह गर्न कसरी देशको सरकारको बलियो समर्थनमा भर पर्छन् भन्‍ने कुरालाई जनाउँछ)। यस्तो लाग्छ, मानौँ यहूदी फरिसीहरूका प्रेतहरू परमेश्‍वरसँगै तिनीहरूको पुरानो गुँड, अर्थात् ठूलो रातो अजिङ्गरको देशमा फर्केर आएका छन्। तिनीहरूले हजारौं वर्षअघिको आफ्नो कामलाई सुचारु गर्दै, अर्को सतावट कार्य सुरु गरेका छन्। पतित मानिसहरूको यो समूह अन्त्यमा पृथ्वीमा नाश हुने निश्‍चित छ! यस्तो देखिन्छ कि हजारौं वर्षपछि ती अशुद्ध आत्माहरू अझ बढी धूर्त र चलाक भएका छन्। तिनीहरू गोप्य रूपमा परमेश्‍वरको कामलाई कमजोर पार्ने तरिकाहरूको बारेमा निरन्तर सोचिरहेका छन्। प्रशस्त चलाकी र छलसहित, तिनीहरूले आफ्नो मातृभूमिमा हजारौं वर्ष पहिलेको दुःखद घटना फेरि घटाउन चाहन्छन्, र यसरी परमेश्‍वरलाई चिढ्याउँदै रुने अवस्थामा पुऱ्याउँछन्। तिनीहरूलाई नाश पार्न तेस्रो स्वर्गमा फर्केनबाट उहाँलै आफैलाई विरलै मात्र रोक्‍न सक्‍नुहुन्छ। मानिसले परमेश्‍वरलाई प्रेम गर्नको लागि, उसले उहाँको इच्छालाई बुझ्नुपर्छ, उहाँका आनन्द र दुःखहरूको बारेमा जान्‍नुपर्छ, र उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ त्यो बुझ्नुपर्छ। यसो गर्दा यसले मानिसको प्रवेशमा अझ बढी प्रोत्साहन दिनेछ। मानिसको प्रवेश जति चाँडो हुन्छ, त्यत्ति नै चाँडो परमेश्‍वरको इच्छा पूरा हुन्छ, त्यति नै स्पष्टसँग मानिसले दियाबलसहरूको राजालाई देख्छ, र ऊ परमेश्‍वरको त्यति नै नजिक जान्छ, र यसरी उहाँको इच्छालाई पूरा गर्न सकिन्छ।

फूटनोटहरू:

१. “गैर-जैवनिम्‍नीकरणीय” यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्‍ने हो।

२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने जनाउँछ।

३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भन्‍ने जनाउँछ।

४. “चोटैचोट र नीलडामले भरिएको” भनेको दियाबलसहरूको राजाको कुरूप अनुहार हो।

५. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्‍ने आशामा आफ्नो सबै पैसा एउटै बाजीमा लगाउनु हो। यो शैतानका भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

६. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

७. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।

८. “सबै किसिमका समस्याहरू उत्पन्‍न गर्छन्” भन्‍ने भनाइले भूतग्रस्त मानिसहरूले कसरी दङ्गा मच्‍चाउँछन्, परमेश्‍वरको काममा बाधा पुर्‍याउँछन् र विरोध गर्छन् भन्‍ने कुरालाई जनाउँछ।

९. “दाँत भएका ह्वेल माछाहरू” भन्‍ने वाक्य खिसी गर्नको लागि प्रयोग गरिन्छ। यो एउटा उपमा हो जसले झिँगाहरू यति सानो हुन्छन् कि सुँगुर र कुकुरहरू पनि तिनीहरूलाई ह्वेल माछाहरू जस्तै ठूलो लाग्छ भन्‍ने कुरालाई जनाउँछ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।

अघिल्लो: परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

अर्को: तँ कोप्रति निष्ठावान् छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र जुनचाहिँ हरेक...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...

देहधारणको रहस्य (३)

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्