काम र प्रवेश (६)
काम र प्रवेश अन्तर्निहित रूपमा व्यावहारिक छन्; तिनले परमेश्वरको काम र मानिसको प्रवेशलाई सङ्केत गर्छन्। मानिस परमेश्वरको वास्तविक अनुहार र परमेश्वरको काममा छिर्न पूर्ण रूपमा असक्षम भएकोले त्यसले उसको प्रवेशमा अत्यन्तै ठूलो कठिनाइ ल्याएको छ। आजको दिनसम्म पनि धेरै जना मानिसहरूले आखिरी दिनहरूमा परमेश्वरले कुन काम पूरा गर्नुहुनेछ, वा परमेश्वरले मानिसको सुख र दुःखमा उसको साथ खडा हुनलाई देहमा आउनका निम्ति किन चरम अपमान सहनुभयो भनी जान्दैनन्। परमेश्वरको कामको लक्ष्यदेखि आखिरी दिनहरूको लागि परमेश्वरको योजनाको उद्देश्यसम्मका कुराहरूको बारेमा मानिस पूर्ण रूपमा अन्धकारमा छ। विभिन्न कारणले गर्दा मानिसहरू परमेश्वरले उनीहरूले पूरा गर्नैपर्ने भनी सर्त तोक्नुभएको प्रवेशको विषयमा सधैँ उत्साहहीन र अस्पष्ट[१] भएका छन्, जसले देहमा परमेश्वरको कामका निम्ति सबैभन्दा ठूलो कठिनाइ ल्याएको छ। यस्तो देखिन्छ कि सबै मानिसहरू बाधा बनेका छन् र आजको दिनसम्म, उनीहरू अझै अस्पष्ट नै छन्। यसकारण, मलाई लाग्छ, हामीले परमेश्वरले मानिसमा गर्नुहुने काम र परमेश्वरको जरूरी अभिप्रायको बारेमा कुराकानी गर्नुपर्छ, ताकि तिमीहरू सबै अय्यूबजस्तै परमेश्वरको बफादार सेवकहरू बन्न सक, जो परमेश्वरलाई अस्वीकार गर्नुभन्दा बरु हरप्रकारका अपमान सहँदै मर्न तयार हुन्छ; अनि पत्रुसजस्तै, जसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्वरलाई समर्पण गर्छ र आखिरी दिनहरूमा परमेश्वरले प्राप्त गर्नुहुने घनिष्ठ व्यक्तिहरू बन्छ। सबै दाजुभाइ र दिदी-बहिनीहरूले आफ्ना सबै कुरा र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्वरको स्वर्गीय इच्छाका निम्ति समर्पण गर्न सकून्, परमेश्वरको घरमा पवित्र सेवकहरू बनून्, र परमेश्वरद्वारा प्रदान गरिएको अनन्तको प्रतिज्ञाको आनन्द लिन सकून्, ताकि परमेश्वर पिताको हृदयले चाँडै शान्तिपूर्ण विश्राम पाउन सकोस्। परमेश्वरलाई प्रेम गर्नेहरू सबैको आदर्श वाक्य “परमेश्वर पिताको इच्छा पूरा गर्नु” हुनुपर्छ। यी शब्दहरूले प्रवेशका लागि मानिसका मार्गनिर्देशनको रूपमा र उसका कार्यहरूलाई निर्देशित गर्ने कम्पासको रूपमा काम गर्नुपर्छ। मानिसमा हुनुपर्ने संकल्प यही हो। पृथ्वीमा परमेश्वरको कामलाई पूर्ण रूपमा पूरा गर्नु र परमेश्वरले देहमा गर्नुभएको काममा सहकार्य गर्नु—यो मानिसको कर्तव्य हो, जब एक दिन परमेश्वरको काम पूरा हुन्छ, तब मानिसले उहाँलाई खुसीसाथ बिदा दिन्छ, किनकि उहाँ समयभन्दा अघि नै स्वर्गमा पिताकहाँ फर्कनुहुन्छ। के मानिसले पूरा गर्नुपर्ने जिम्मेवारी यही होइन र?
जब अनुग्रहको युगमा परमेश्वर तेस्रो स्वर्गमा फर्कनुभयो, सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्वरको काम वास्तवमा अन्तिम भागमा प्रवेश गरिसकेको थियो। पृथ्वीमा बाँकी रहेका कुराहरू भनेका येशूले आफ्नो पिठ्युँमा बोक्नुभएको क्रूस, येशूले लपेट्नुभएको मसिनो सुतीको कपडा, र येशूले लगाउनुभएको काँडाको मुकुट र गाढा रातो वस्त्र मात्र थिए (यहूदीहरू यिनै वस्तुहरूद्वारा उहाँलाई गिज्याउँथे)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी मच्चाएपछि, परिस्थिति फेरि साम्य भयो। त्यसपछि, येशूका चेलाहरूले जताततै मण्डलीहरूमा रखवारी र मलजल गर्दै उहाँको कामलाई निरन्तरता दिन थाले। तिनीहरूको कामको विषयवस्तु यस प्रकार थियो: तिनीहरूले सबै मानिसलाई पश्चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न, र बप्तिस्मा लिन भने; र प्रेरितहरू सबैले येशूको क्रूसीकरणको वास्तविक कथा र खास परिस्थितिहरू फैलाए, त्यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्न येशूको अगाडि लम्पसार नपरी बस्न सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू जताततै प्रचार गर्दै हिँडे। त्यस बिन्दुबाट अनुग्रहको युगमा मण्डलीहरू बनाउने काम सुरु भयो। त्यस युगमा येशूले गर्नुभएको काम पनि मानिसको जीवन र स्वर्गमा हुनुहुने पिताका अभिप्रायहरूका बारेमा कुरा गर्नु नै थियो, यति मात्र हो कि, त्यो फरक युग भएको हुनाले, ती धेरैजसो भनाइ र अभ्यास आजका भन्दा धेरै फरक थिए। तर, सारमा ती एउटै हुन्: ती दुवै किटानका साथ र ठ्याक्कै देहमा परमेश्वरका आत्माका काम हुन्। यस प्रकारको काम र वाणी आजको दिनसम्म निरन्तर चलिरहेको छ, र त्यसैले यस प्रकारको कुरा आज पनि धार्मिक संसारमा बाँडिन्छ, र यो पूर्ण रूपमा अपरिवर्तित छ। जब येशूको काम सम्पन्न भयो, मण्डलीहरू येशू ख्रीष्टको सही मार्गमा लागिसकेका थिए। तैपनि परमेश्वरले आफ्नो कामको अर्को चरणका लागि आफ्नो योजना सुरु गर्नुभयो, जुन आखिरी दिनहरूमा उहाँ देह बन्ने मामला थियो। मानिसको नजरमा, परमेश्वरको क्रूसीकरणले परमेश्वरको देहधारणको काम सम्पन्न गरिसकेको थियो, सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसकेको थियो, र पातालको साँचो उहाँलाई नै राख्न दिएको थियो। सबैले परमेश्वरको काम पूर्ण रूपमा सम्पन्न भएको छ भन्ने सोच्छन्। वास्तवमा, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँको कामको सानो भाग मात्र सम्पन्न भएको थियो। उहाँले मानवजातिलाई छुटकारा मात्र दिनुभएको थियो; उहाँले मानवजातिलाई विजय गर्नुभएको थिएन, मानिसको शैतानी कुरूपतालाई परिवर्तन गर्नु त झनै परको कुरा हो। त्यसैकारण परमेश्वर भन्नुहुन्छ, “मेरो देहधारी शरीर मृत्युको पीडाबाट गुज्रेको भए पनि, त्यो नै मेरो देहधारणको सम्पूर्ण लक्ष्य थिएन। येशू मेरा प्रिय पुत्र हुन् र मेरो लागि क्रूसमा टाँगिए, तर उनले मेरो कामलाई पूर्ण रूपमा सम्पन्न गरेनन्। उनले त्यसको एक हिस्सा मात्र गरे।” यसरी परमेश्वरले देहधारणको कामलाई निरन्तरता दिन दोस्रो चरणका योजनाहरू सुरु गर्नुभयो। परमेश्वरको अन्तिम अभिप्राय भनेको शैतानको पञ्जाबाट मुक्ति पाएका सबै मानिसलाई सिद्ध पार्नु र प्राप्त गर्नु थियो, जसको कारण परमेश्वरले फेरि एकपटक ढटेर देहमा आउने खतरा सामना गर्ने तयारी गर्नुभयो। “देहधारण” को अर्थ महिमाविना आउनु हो (किनभने परमेश्वरको काम अझै सकिएको छैन), यसको सट्टा प्रिय पुत्रको पहिचान बोकेर, ख्रीष्टको रूपमा देखा पर्नु हो, जसमा परमेश्वर अति प्रसन्न हुनुहुन्छ। त्यसैकारण यसलाई “ढटेर खतरा सामना गर्नु” भनिन्छ। देहधारी शरीरमा अत्यन्तै कम शक्ति हुन्छ र यसले ठूलो सावधानी अपनाउनुपर्छ,[२] साथै उहाँको शक्ति र स्वर्गमा हुनुहुने पिताको अख्तियारबीच आकाश-पातालको फरक हुन्छ; उहाँले देहको सेवकाइ मात्र पूरा गर्नुहुन्छ, अन्य काममा संलग्न नभई परमेश्वर पिताको काम र उहाँको आज्ञा पूरा गर्नुहुन्छ, र उहाँ कामको एउटा भाग मात्र पूरा गर्नुहुन्छ। त्यसैकारण परमेश्वर पृथ्वीमा आउनेबित्तिकै उहाँलाई “ख्रीष्ट” नामकरण गरियो—त्यो नै उक्त नामको अन्तर्निहित अर्थ हो। यो आगमनसँगै जाँचहरू हुन्छ भनिनुको कारण एउटा मात्र काम पूरा भइरहेको हुनाले हो। यसबाहेक, परमेश्वर पिताले उहाँलाई “ख्रीष्ट” र “प्रिय पुत्र” मात्र भन्नुहुन्छ, तर उहाँलाई सम्पूर्ण महिमा दिनुभएको छैन, किनभने किटेरै भन्नुपर्दा देहधारी शरीर एउटा काम गर्न आउनुहुन्छ, जसको उद्देश्य स्वर्गमा हुनुहुने पिताको प्रतिनिधित्व गर्ने होइन, बरु प्रिय पुत्रको सेवकाइ पूरा गर्ने हुन्छ। जब प्रिय पुत्र उहाँले आफ्नो काँधमा स्वीकार गर्नुभएको सम्पूर्ण आज्ञा पूरा गर्नुहुन्छ, तब पिताले उहाँलाई पिताको पहिचानसहित पूर्ण महिमा दिनुहुनेछ। यो नै “स्वर्गको नियम” हो भन्न सकिन्छ। देहमा आउनुभएको जन र स्वर्गमा हुनुहुने पिता दुई फरक क्षेत्रमा हुनुभएका हुनाले, ती दुईले आत्मामा मात्र एक-अर्कालाई हेर्नुहुन्छ, पिताले प्रिय पुत्रमाथि नजर राख्नुहुन्छ तर पुत्रले टाढाबाट पितालाई देख्न सक्नुहुन्न। देहले गर्न सक्ने प्रकार्यहरू अत्यन्तै साना हुने र उहाँलाई कुनै पनि क्षण मारिने सम्भावना हुने हुनाले, यो आगमन ठूलो खतराले भरिएको हुन्छ। यो परमेश्वरले फेरि एकपटक आफ्नो प्रिय पुत्रलाई बाघको मुखमा सुम्पनुसरह हो, जहाँ उहाँको जीवन खतरामा हुन्छ, यो उहाँलाई शैतानको सबैभन्दा बढी ध्यान जाने ठाउँमा राख्नुसरह हो। यी भयानक परिस्थितिहरूमा समेत, परमेश्वरले अझै पनि आफ्नो प्रिय पुत्र फोहोरीपन र छाडापनले भरिएको ठाउँका मानिसहरूलाई सुम्पिदिनुभयो ताकि तिनीहरूले “हुर्काएर वयस्क बनाऊन्”। किनभने त्यसो गर्नु नै परमेश्वरको कामलाई उचित र स्वाभाविक देखाउने एक मात्र तरिका हो, र यो नै परमेश्वर पिताका सबै अभिप्राय पूरा गर्ने र मानवजातिमाझ उहाँको कामको अन्तिम भाग पूरा गर्ने एक मात्र तरिका हो। येशूले परमेश्वर पिताको कामको एउटा चरण सम्पन्न गर्नेभन्दा बढी केही गर्नुभएन। देहधारी शरीरले खडा गरेको बाधा र पूरा गरिनुपर्ने काममा भएका भिन्नताहरूका कारण, येशू स्वयम्लाई देहमा दोस्रो पुनरागमन हुनेछ भनेर थाहा थिएन। त्यसकारण, कुनै पनि बाइबल व्याख्याकर्ता वा अगमवक्ताले आखिरी दिनहरूमा परमेश्वरले फेरि देहधारण गर्नुहुनेछ, अर्थात्, उहाँ देहमा आफ्नो कामको दोस्रो भाग गर्न फेरि देहमा आउनुहुनेछ भनेर स्पष्ट रूपमा अगमवाणी गर्ने आँट गरेन। त्यसकारण, परमेश्वरले आफूलाई देहमा लुकाइसक्नुभएको लामो समय भइसक्यो भन्ने कुरा कसैले पनि थाहा पाएन। यसमा अचम्म मान्नुपर्ने कुरा छैन, किनभने येशू मृत्युबाट बौरिउठेर स्वर्गमा उक्लनुभएपछि मात्र उहाँले यो आज्ञा स्वीकार गर्नुभयो, त्यसकारण परमेश्वरको दोस्रो देहधारणबारे कुनै स्पष्ट अगमवाणी छैन, र यो मानवको मनले सोच्न नसक्ने कुरा हो। बाइबलमा रहेका धेरै वटा अगमवाणीका पुस्तक सबैमा, यसलाई स्पष्ट रूपमा उल्लेख गर्ने कुनै वचन छैन। तर जब येशू काम गर्न आउनुभयो, त्यहाँ पहिले नै एउटा स्पष्ट अगमवाणी थियो जसमा एउटी कन्या गर्भवती हुनेछिन्, र उनले एउटा पुत्र जन्माउनेछिन् भनिएको थियो, जसको अर्थ उहाँलाई पवित्र आत्माद्वारा गर्भधारण गरिएको थियो। त्यति हुँदा पनि, परमेश्वरले यो मृत्युको जोखिम मोलेर भएको थियो भन्नुभयो, त्यसोभए आजको दिनमा यो अझ कति बढी जोखिममा होला? परमेश्वरले यो देहधारण अनुग्रहको युगमा मोलेका खतराहरूभन्दा हजारौँ गुणा बढी जोखिममा छ भन्नु अचम्मको कुरा होइन। धेरै वटा ठाउँमा, परमेश्वरले अगमवाणी गर्नुभएको छ कि उहाँले सिनिमको भूमिमा विजयीहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ—संसारको पूर्वमा नै विजयीहरू प्राप्त गरिनेछन्। तसर्थ, परमेश्वरले आफ्नो दोस्रो देहधारणमा पाइला टेक्नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठ्याक्कै त्यही ठाउँ जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्वरले ठूलो रातो अजिङ्गरको सन्तानलाई प्राप्त गर्नुहुनेछ ताकि त्यो पूर्ण रूपमा पराजित र लज्जित होस्। परमेश्वरले दुःखो भारीले थिचिएका यी मानिसहरूलाई जगाउनुहुनेछ, पूर्ण रूपमा नबिउँझेसम्म तिनीहरूलाई झकझकाउनुहुनेछ, र तिनीहरूलाई कुहिरोबाट बाहिर निस्कन र ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। तिनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्वरलाई दिन सक्षम हुनेछन्, काला शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्वरको विजयको प्रमाण बन्नेछन्। यसरी मात्र परमेश्वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्वरले इस्राएलमा समाप्त भएको कामलाई ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको देशमा ल्याउनुभयो र, प्रस्थान गरेको झन्डै दुई हजार वर्षपछि, अनुग्रहको युगको कामलाई निरन्तरता दिन उहाँ फेरि एकपटक देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाले हेर्दा, परमेश्वर देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्वरको दृष्टिकोणमा, उहाँ अनुग्रहको युगको कामलाई निरन्तरता दिइरहनुभएको छ, तर केही हजार वर्षको अन्तरालपछि मात्र, र उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर मात्र। आजको काममा देहको शरीरले लिएको स्वरूप येशूको भन्दा पूर्ण रूपमा फरक देखिए पनि, उहाँहरू एउटै सार र जराबाट विकसित हुनुहुन्छ, र उहाँहरू एउटै स्रोतबाट आउनुहुन्छ। सायद उहाँहरूका बाहिरी आवरणहरू धेरै तरिकामा फरक होलान्, तर उहाँहरूको कामको वास्तविक कथा पूर्ण रूपमा उस्तै छ। आखिर, युगहरू दिन र रात जत्तिकै फरक हुन्छन्। त्यसोभए परमेश्वरको कामले कसरी अपरिवर्तनीय ढाँचा पालना गर्न सक्छ त? अथवा उहाँको कामका फरक-फरक चरणहरूले कसरी एक-अर्कालाई बाधा पुर्याउन सक्छन् र?
येशूले एक यहूदीको रूप लिनुभयो, यहूदीहरूको पहिरन लगाउनुभयो र यहूदीहरूको खाना खाएर हुर्कनुभयो। यो उहाँको सामान्य मानवीय पक्ष हो। तर आज देहधारी मानिसले एसियाको नागरिकको रूप लिनुहुन्छ र ठूलो रातो अजिङ्गरको देशमा हुर्कनुहुन्छ। यी कुराहरू कुनै पनि प्रकारले परमेश्वरको देहधारणको लक्ष्यसँग बाझ्दैनन्। बरु, ती एक-अर्काको पूरक हुन्, जसले परमेश्वरको देहधारणको महत्त्वलाई पूर्णतामा पुऱ्याउँछन्। देहधारी मानिसलाई “मानिसका पुत्र” वा “ख्रीष्ट” भनेर सम्बोधन गरिएकोले, आजका ख्रीष्टको बाहिरी भागको बारेमा येशू ख्रीष्टको जस्तै शब्दहरूमा बताउन सकिँदैन। आखिर, यस देहलाई “मानिसका पुत्र” भनिन्छ र यो देह दैहिक शरीरको प्रतिरूपमा हुनुहुन्छ। परमेश्वरको कामको प्रत्येक चरणमा धेरै गहन अर्थ हुन्छ। येशू पवित्र आत्माद्वारा गर्भमा आउनुभएको कारण के थियो भने उहाँले पापीहरूलाई छुटकारा दिनुपर्ने थियो। उहाँ पापरहित हुनुपर्थ्यो। तर अन्त्यमा जब उहाँलाई पापपूर्ण देह समान हुन कर लगाइयो र उहाँले पापीहरूको पाप लिनुभयो, तब मात्र उहाँले उनीहरूलाई श्रापित क्रूसबाट बचाउनुभयो, जुन क्रूसद्वारा परमेश्वरले मानवजातिलाई सजाय दिनुभयो। (क्रूस भनेको मानवजातिलाई सराप र सजाय दिने परमेश्वरको साधन हो; जब-जब सराप र सजायको उल्लेख गरिन्छ, त्यो विशेष गरी पापीहरूको सन्दर्भमा हुन्छ।) त्यसको लक्ष्य सबै पापीहरूलाई पश्चात्ताप गर्न लाउनु थियो, अनि क्रूसीकरणको माध्यमबाट उनीहरूलाई आफ्ना पापहरू स्वीकार गर्न लाउनु थियो। अर्थात्, सारा मानवजातिको उद्धार गर्नका लागि परमेश्वर देहको शरीरमा देहधारी हुनुभयो जुन देह पवित्र आत्माद्वारा गर्भमा आउनुभएको थियो र उहाँ आफैले सम्पूर्ण मानवजातिका पापहरू बोक्नुभयो। यसलाई दैनिक भाषामा वर्णन गर्नुपर्दा, उहाँले सबै पापीहरूको सट्टामा देहको एक पवित्र शरीर चढाउनुभयो, र यो कुरा शैतानबाट त्यसले कुल्चेका सारा निर्दोष मानवजातिलाई लिन र तिनीहरूलाई परमेश्वरकहाँ फर्काउन “बिन्ती” गर्नको लागि येशूलाई “पापबलि” को रूपमा शैतानको अगाडि राख्नु जस्तै हो। त्यसकारण, छुटकाराको कामको यो चरण पूरा गर्न पवित्र आत्माद्वारा गर्भधारण हुनु आवश्यक थियो। यो एउटा आवश्यक सर्त थियो, परमेश्वर पिता र शैतानबीचको लडाइँमा यो एउटा “शान्ति सम्झौता” थियो। यसैले येशूलाई शैतानको हातमा सुम्पिएपछि मात्र कामको यो चरण समाप्त भएको थियो। तापनि, परमेश्वरको छुटकाराको कामले आज पहिलेको भन्दा अतुलनीय मात्राको भव्यता हासिल गरेको छ, र शैतानका निम्ति अझ अरू मागहरू गर्ने कुनै बहाना छैन, त्यसैले अब देहधारण गर्नका निम्ति परमेश्वरलाई पवित्र आत्माद्वारा गर्भमा आउनु आवश्यक छैन। परमेश्वर अन्तर्निहित रूपमा पवित्र र निर्दोष हुनुहुन्छ, यस देहधारणमा परमेश्वर अब अनुग्रहको युगका येशू हुनुहुन्न। तापनि, उहाँ अझै पनि पिता परमेश्वरको इच्छाका लागि र पिता परमेश्वरका चाहनाहरू पूरा गर्नका लागि अझै देहधारण गर्दै हुनुहुन्छ। यो निश्चय पनि काम-कुराहरू व्याख्या गर्ने एक अनुचित तरिका होइन? के परमेश्वरको देहधारणले तोकिएका नियमहरू पालना गर्नुपर्छ?
धेरै मानिसहरू परमेश्वरको देहधारणको बारेमा अगमवाणी पाउने आशा गर्दै प्रमाणहरू खोज्नको लागि बाइबल हेर्छन्। परमेश्वरले धेरै अघि नै बाइबलमा “काम गर्न” छोडिसक्नुभएको छ अनि उहाँले धेरै अघि योजना गर्नुभएको कामलाई जोस र रुचिसहित अघि बढाउन त्यसका सीमाहरूभन्दा पर “फड्को मारिसक्नुभएको” छ, तर त्यस विषयमा मानिसलाई कहिल्यै बताउनुभएको छैन, कसरी यस कामको बारेमा मानिसले उसको भ्रमित र अस्तव्यस्त विचारद्वारा जान्न सक्छ? मानिसहरूमा समझको धेरै अभाव छ। परमेश्वरको स्वभावको थोरै स्वाद पाएपछि, उनीहरू एउटा मञ्चमा चढ्छन् र उच्चस्तरीय “ह्वीलचेयर” मा बसेर आरामसाथ परमेश्वरको काम निरीक्षण गर्छ, यहाँसम्म कि उनीहरू सूर्यमुनिका सबै कुराको बारेमा ठूलठूला र अप्रासंगिक कुराहरू गरेर परमेश्वरको बारेमा शिक्षा दिनसमेत सुरु गर्छन्। धेरै जना “बूढो मान्छे” हरूले पढ्ने चस्मा लाएर आफ्नो दाह्री सुम्सुमाउँदै, उनीहरूका “पुरानो पञ्चाङ्ग” (बाइबल) का पहेँला पृष्ठहरू खोल्छन्, जुन उनीहरूले जीवनभरि पढिरहेका हुन्छन्। गुनगुनाएका शब्दहरूमा र आत्मासँग चम्केका जस्ता आँखाहरू लिएर, उसले कहिले प्रकाशको पुस्तक, कहिले दानिएलको पुस्तक, र कहिले यशैयाको पुस्तक खोल्छ, जुन सबैले राम्ररी जानेकै हुन्छन्। अति ससाना शब्दहरू बाक्लो गरी भरिएका एकपछि अर्को पृष्ठ हेर्दै, उसले चुपचाप पढ्छ, उसको दिमाग निरन्तर खल्बलिरहन्छ। अचानक दाह्री मुसारिरहेको हात रोकिन्छ र दाह्री तान्न थाल्छ। बेला-बेलामा दाह्रीको रौं चुँडिँदै गरेको आवाज सुनिन्छ। यस्तो अनौठो व्यवहार देख्दा अचम्म लाग्छ। “त्यस्तो शक्ति किन प्रयोग गर्ने? ऊ कुन कुराका लागि त्यति पागल छ?” एकचोटि फेरि त्यस बूढो मान्छेलाई हेर्दा हामी उसका आँखीभौँहरू ठाडो भएका देख्छौं। त्यस बूढो मान्छेले आफ्ना आँखाहरू ढुसी लागेका जस्ता ती पृष्ठहरूमा टाँसिराख्दा, हाँसको प्वाँख झरेजस्तै उसका पलकबाट सेता आँखीभौँका रौँहरू, मानौं संयोगले तर पनि एकदमै राम्रोसँग, ठीक दुई सेन्टिमिटर तल खसेका छन्। धेरै चोटि त्यही पृष्ठ पढेपछि ऊ नउफ्री रहन सक्दैन र कसैसँग तुच्छ कुरा[३] गरेजस्तै फतफताउन थाल्छ, तापनि उसको आँखाबाट निस्केको मन्द चमकले पञ्चाङ्ग छोडेको छैन। अचानक उसले खोलिराखेको पृष्ठ छोप्छ र “अर्को संसार” तिर पल्टाउँछ। उसका चालहरू यति हतारिएका[४] र डरलाग्दा छन् कि प्रायः त्यसले मानिसहरूलाई नै तर्साउँछ। भर्खरै, आफ्नो प्वालबाट निस्केको मुसो त्यो मान्छे चुप लागी बसेको बेलामा स्वतन्त्रताका साथ घुम्न ढुक्क महसुस गर्न थालेको बेला, उसको अप्रत्याशित चालहरूद्वारा यति आतङ्कित बन्छ कि यो तुरुन्तै प्वालभित्र पस्छ, र धुवाँको डल्लाजस्तै त्यसभित्र बिलाउँछ, फेरि कहिल्यै देखा पर्दैन। अनि अब केही बेरका निम्ति रोकिएको बूढो मान्छेको देब्रे हातले माथि-तल, माथि-तल गर्दै फेरि दाह्री मुसार्न थाल्छ। ऊ त्यो पुस्तक डेस्कमा नै छोडेर आफ्नो आसनबाट उठ्छ। ढोकाको चिरा र खुला झ्यालबाट बतास भित्र आउँछ र बहँदै निर्दयतापूर्वक पुस्तकलाई बन्द गर्छ, र फेरि खोल्छ। त्यस दृश्यमा एउटा वर्णन गर्न नसकिने उदासी छ, अनि बतासले पुस्तकका पन्नाहरू पल्टाएको आवाज बाहेक सारा सृष्टि नै मौन भएको जस्तो देखिन्छ। उसले पछिल्तिर हात बाँधेर कोठामा बिस्तारै अघि-पछि हिँड्छ, कहिले रोकिन्छ, कहिले सुरु गर्छ, बेला-बेलामा हुन सक्दैन भन्ने भावमा आफ्नो टाउको हल्लाउँछ, र उसको मुखले यी शब्दहरू बारम्बार दोहोऱ्याएको जस्तो देखिन्छ, “ओह! परमेश्वर! के तपाईं साँच्चै त्यसो गर्नुहुन्छ?” बेला-बेलामा उसले हो भन्ने भावमा टाउको हल्लाउँदै यसो पनि भन्छ, “हे परमेश्वर! तपाईंको कामलाई कसले बुझ्न सक्छ र? के तपाईंको पाइलाका छापहरू खोज्न कठिन छैन र? म विश्वास गर्छु, तपाईंले कुनै असल कारणविना समस्या उत्पन्न गर्ने कार्य गर्नुहुन्न।” हाल, त्यस बूढो मान्छेले आफ्ना आँखीभौँहरू कसिलोसँग खुम्च्याउँछ र उसका आँखाहरू बन्द गर्छ, केही असजिलो मानेको र अति नै ठूलो पीडा भएको भाव देखाउँछ, मानौं उसले सुस्त र जानाजानी अनुमान गर्न आँटेको छ। बिचरा बूढो मान्छे! आफ्नो सम्पूर्ण जीवन जिइसकेपछि “दुर्भाग्यबस” यति ढिलो गरी त्यो दिन यो विषय आयो। यसको बारेमा के गर्न सकिन्छ र? म पनि अन्योल र शक्तिहीन छु। उसको पुरानो पञ्चाङ्ग उमेरसितै पहेँलो हुनुमा कसको दोष छ? उसको दाह्री र आँखीभौँले उसको अनुहारको विभिन्न भागलाई निष्ठुरतापूर्वक सेतो हिउँले झैँ ढाक्नुमा कसको दोष छ? यस्तो लाग्छ, उसका दाह्रीका रौँहरूले उसको वरिष्ठतालाई प्रतिनिधित्व गर्छन्। तर मानिस यति हदसम्म मूर्ख भएर ऊ पुरानो पञ्चाङ्गमा परमेश्वरको उपस्थिति खोज्न जान्छ भनेर कसलाई थाहा थियो र? एउटा पुरानो पञ्चाङ्गमा कागजका कति वटा पानाहरू हुन सक्छन्? के यसले परमेश्वरका सबै कार्यहरूलाई ठीक रूपमा उल्लेख गर्न सक्छ? कसले त्यसको प्रत्याभूति दिने आँट गर्छ? मानिसले वास्तवमा शब्दहरू व्याख्या गर्ने र कपालहरू चिरा पार्ने[५] कार्य गरेर परमेश्वरको उपस्थिति खोजी गर्ने र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्ने कुरा सोच्छ, र त्यसो गरेर जीवनमा प्रवेश गर्ने कुरा सोच्छ। के यसरी जीवनमा प्रवेश गर्ने कोसिस गर्नु मुखले भनेजस्तै सजिलो छ र? के यो सबैभन्दा हास्यास्पद, अमिल्दो किसिमको झूटो तर्क होइन र? के तँलाई यो हाँसउठ्दो लाग्दैन र?
फूटनोटहरू:
१. “अस्पष्ट” ले मानिसहरूमा परमेश्वरको कामको स्पष्ट जानकारी छैन भन्ने बुझाउँछ।
२. “अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ” भन्ने कुराले शरीरका कठिनाइहरू धेरै छन्, र गरिएको काम अति सीमित भएको सङ्केत गर्छ।
३. “तुच्छ कुरा” मानिसहरूले परमेश्वरको कामको निरीक्षण गर्दा देखिने उनीहरूका कुरूप अनुहारका लागि एउटा उपमा हो।
४. “हतारिएका” ले त्यस “बूढो मान्छे” ले बाइबल हेर्ने बेला देखाउने उत्सुक, हडबड चाललाई बुझाउँदछ।
५. “शब्दहरू व्याख्या गर्ने र कपालहरू चिरा पार्ने” भ्रममा परेका विशेषज्ञहरूको गिल्ला गर्न प्रयोग गरिन्छ, जसले शब्दहरूलाई लिएर कपाललाई चिरा पर्छन्, तर सत्यको खोजी गर्दैनन् वा पवित्र आत्माको कामबारे जान्दैनन्।