अध्याय २३

मेरो आवाज सुनेका सबै दाजुभाइ-दिदीबहिनीहरूलाई: तिमीहरूले मेरो कठोर न्यायको आवाज सुनेका छौ र चरम कष्ट भोगेका छौ। तर, तिमीहरूले मेरो कठोर आवाजको पछाडि मेरा अभिप्रायहरू लुकेका छन् भन्‍ने जान्‍नुपर्छ! म तिमीहरूले मुक्ति पाउन सक भनेर तिमीहरूलाई ताडना दिन्छु। तिमीहरूले जान्नुपर्छ, म मेरा सबै प्रिय पुत्र, तिमीहरूलाई निश्‍चय नै ताडना दिनेछु र तिमीहरूलाई काटछाँट गर्नेछु र चाँडै नै तिमीहरूलाई पूर्ण पार्नेछु। मेरो हृदय अत्यन्तै उत्सुक छ, तर तिमीहरू मेरो हृदयलाई बुझ्दैनौ र मेरो वचनअनुसार कार्य गर्दैनौ। मेरा वचनहरू आज तिमीहरूमाथि आइपर्छन्, जसले गर्दा तिमीहरूले परमेश्‍वर एक प्रेमिलो परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै थाहा पाउँछौ र तिमीहरू सबैले परमेश्‍वरको साँचो प्रेम अनुभव गर्छौ। तर, थोरै सङ्ख्याका मानिसहरू पनि छन्, जो ढोँग गरिरहेका छन्। तिनीहरूले अरू मानिसहरूको दुःख देख्दा उनीहरूको नक्कल गर्छन्, अनि आफ्नो आँखाबाट पनि आँसु झार्छन्। अरू पनि छन्—जसले बाहिरी रूपमा—परमेश्‍वरप्रति ऋणी भएको महसुस गरेजस्तो देखिन्छ र तिनीहरू पछुताएका जस्ता देखिन्छन्, तर भित्री रूपमा, तिनीहरू साँचो रूपमा परमेश्‍वरलाई चिन्दैनन्, न त तिनीहरू उहाँबारे निश्चित नै छन्; बरु, तिनीहरू केवल ढोँग गरिरहेका छन्। म यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्छु! ढिलो-चाँडो, यी मानिसहरूलाई मेरो सहरबाट हटाइनेछ। मेरो अभिप्राय यो हो: म ती मानिसहरू चाहन्छु, जो मेरो तीव्र चाहना गर्छन्, र मलाई साँचो हृदयले पछ्याउनेहरूले मात्र मलाई खुसी पार्न सक्छन्। म त्यस्ता मानिसहरूलाई निश्चित रूपले आफ्नै हातले सहारा दिनेछु, र तिनीहरूलाई सबै विपत्‌बाट बचाउनेछु। साँचो रूपमा परमेश्‍वरलाई चाहने मानिसहरू परमेश्‍वरको हृदयलाई ख्याल गर्न र मेरो इच्छा पछ्याउन इच्छुक हुन्छन्। यसैले, तिमीहरू चाँडै वास्तविकतामा प्रवेश गर्नुपर्छ र मेरो वचनलाई तिमीहरूको जीवनका रूपमा स्वीकार गर्नुपर्छ—यही नै मेरो सबैभन्दा ठूलो बोझ हो। यदि मण्डलीहरू र सन्तहरू सबै वास्तविकतामा प्रवेश गर्छन् र सबैले प्रत्यक्ष रूपमा मसँग सङ्गति गर्न, मेरो आमनेसामने हुन र सत्यता र धार्मिकता अभ्यास गर्न सक्छन् भने, तब मात्र तिनीहरू मेरा प्रिय पुत्र हुनेछन्, जसप्रति म प्रसन्न हुन्छु। यिनै मानिसहरूलाई म सबै महान् आशिष्‌हरू प्रदान गर्दछु।

अघिल्लो: अध्याय २२

अर्को: अध्याय २४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्