अध्याय २४
समय झन्-झन् नजिकिँदै छ। जाग! सबै सन्तहरू! म तिमीहरूलाई मेरा वाणीहरू सुनाउँछु, अनि ती सुन्नेहरू सबै जाग्नैपर्छ। म त्यही परमेश्वर हुँ जसमा तिमीहरूले यतिका वर्ष विश्वास गरेका छौ। आज, म देह बनेको छु अनि तिमीहरूको आँखासामु आएको छु, जसले गर्दा कसले मलाई साँच्चिकै चाहन्छ, को मेरो निम्ति कुनै पनि मूल्य चुकाउन इच्छुक छ, कसले साँचो रूपमा मेरो वचन सुन्छ, अनि को चाहिँ सत्यतालाई व्यवहारमा लागू गर्न इच्छुक छ भन्ने कुरा प्रकट भएको छ। म सर्वशक्तिमान् परमेश्वर हुँ—त्यसैले म मानिसका अन्धकारमा लुकेर रहेका गोप्य कुराहरू सबै देख्न सक्छु, कसले मलाई साँच्चिकै चाहन्छ भनेर मलाई थाहा छ, र कसले मेरो प्रतिरोध गर्छ भनेर मलाई थाहा छ। म सबै कुराको छानबिन गर्छु।
अब, जति सक्दो चाँडो, मलाई मेरा अभिप्रायहरूअनुसारका मानिसहरूको एउटा समूह, मेरा बोझहरूलाई ख्याल गर्न सक्ने मानिसहरूको एउटा समूह बनाउने इच्छा छ। तर, म मेरो मण्डलीलाई सफा गर्ने र शुद्ध गर्ने कामलाई रोक्न सक्दिनँ; मण्डली मेरो मुटु हो। म ती सबै दुष्ट मानिसलाई घृणा गर्छु जसले तिमीहरूलाई मेरो वचन खान र पिउनबाट रोक्छन्। किनकि केही मानिस यस्ता छन् जो मलाई साँचो रूपमा चाहँदैनन्। यी मानिसहरू छलले भरिएका छन्, तिनीहरू साँचो हृदयले मेरो नजिक आउँदैनन्; तिनीहरू दुष्ट हुन्, र तिनीहरू मेरो इच्छालाई अघि बढाउनमा अवरोध गर्ने मानिस हुन्; तिनीहरू सत्यतालाई व्यवहारमा लागू नगर्ने मानिस हुन्। यी मानिसहरू आत्म-धार्मिकता र अभद्रताले भरिपूर्ण हुन्छन्, तिनीहरू औधी महत्वाकाङ्क्षी हुन्छन्, तिनीहरू आफ्नो वरिष्ठता देखाउन मन पराउँछन्, अनि तिनीहरूले बोल्ने शब्दहरू सुन्दा राम्रा लागे पनि, गोप्य रूपमा तिनीहरू सत्यताको अभ्यास गर्दैनन्। यी दुष्ट मानिसहरू सबै पूर्ण रूपमा हटाइनेछन् र बढारिनेछन्; तिनीहरू विपत्तिमा परेर छटपटाउनेछन्। यी वचनहरूको उद्देश्य तिमीहरूलाई आफ्नो पाइला मेरा अभिप्रायहरूअनुसार कायम राख्न सम्झाउनु र चेतावनी दिनु हो। सधैँ आफ्नो आत्मातिर फर्क, किनकि ज-जसले मलाई आफ्नो सारा हृदयले प्रेम गर्छन् म तिनीहरूलाई प्रेम गर्छु। तिमीहरू मेरो नजिक आउने हुनाले, म तिमीहरूलाई सुरक्षा दिनेछु र ती दुष्ट जनहरूदेखि टाढा राख्नेछु; म तिमीहरूलाई मेरो घरमा दृढ रहन लगाउनेछु अनि तिमीहरू बाटोको अन्त्यसम्म पुग्न सक भन्नका लागि म तिमीहरूलाई सुरक्षा दिनेछु।