अध्याय २२

परमेश्‍वरमा विश्‍वास गर्नु सहज कुरा होइन। सबै थोक खाएर र यसलाई यति रुचिकर, यति स्वादिलो ठानेर तैँले अस्तव्यस्त पार्छस्! अझै प्रशंसा गरिरहनेहरू पनि केही छन्—उनीहरूको आत्मामा कुनै विवेक हुँदैन। यो तिमीहरूको सविस्तार स्पष्टीकरण दिन योग्य अनुभव हो। आखिरी दिनहरूमा, परमेश्‍वरका सन्तानको प्रगतिको खुलेआम विरोध गर्दै र मण्डली निर्माण कार्यलाई तहसनहस पार्दै, सबै प्रकारका आत्माहरू उनीहरूको भूमिका निभाउन प्रकट हुन्छन्, र यदि तैँले यो कुरालाई हल्कासँग लिइस् र शैतानलाई काम गर्ने अवसर दिइस् भने, यसले मण्डलीलाई अस्तव्यस्त बनाउँछ, मानिसहरू त्रासित हुनेछन् र हताश बन्नेछन्, र अझ गम्भीर अवस्थाहरू आउनेछन्, मानिसहरूको दर्शनहरू हराएर जानेछ। तसर्थ, मैले धेरै वर्षसम्म परिश्रम गरेर चुकाएको मूल्य व्यर्थ भएको हुनेछ।

मण्डली निर्माण हुने समयमा शैतान आफ्नो उन्मादको उच्चतम विन्दुमा पुगेको हुन्छ। शैतानले केही मानिसहरूको माध्यमबाट बारम्बार बाधा र अवरोध ल्याउँछ, र यी मानिसहरू तिनै हुन जसलाई आत्माको बारेमा थाहा हुँदैन र यी नयाँ विश्‍वासीहरू हुन जसले शैतानको भूमिका सबैभन्दा सजिलो गरी निर्वाह गर्न सक्छन्। प्रायजसो, मानिसहरूले पवित्र आत्माको कार्यको बारेमा नबुझेर उनीहरूले पूर्ण रूपमा उनीहरूको आफ्नै रुचिअनुसार, उनीहरूको आफ्नै गर्ने शैलीअनुसार र उनीहरूको आफ्नै धारणाअनुसार स्वेच्छाचारी ढङ्गले काम गर्दछन्। आफ्नो जिब्रोलाई सम्हाल्—यो तेरो आफ्नै सुरक्षाका लागि हो। राम्ररी सुन् र आज्ञा पालन गर्। मण्डली समाजभन्दा भिन्न हुन्छ। तँलाई जे असल लाग्छ सो भन्न सक्छस्; तैँले जे सोच्छस् सो भन्न सक्छस्। यहाँ यस्तो चल्दैन, किनभने यो परमेश्‍वरको घर हो। मानिसले काम गर्ने तरिकालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। तैँले आत्मालाई पछ्याउँदै कार्यहरू गर्नुपर्दछ; तैँले परमेश्‍वरका वचनहरू अनुसार जिउनुपर्छ, र अनि अरूले तेरो सराहना गर्नेछन्। पहिले तैँले परमेश्‍वरमा निर्भर रहँदै आफूभित्र रहेका सबै कठिनाइहरूको समाधान गर्नुपर्छ। आफ्नो विकृत स्वभावको अन्त्य गर् र आफ्नो अवस्थालाई साँचो रूपमा बुझ्न सक्षम बन् र तैँले कसरी काम गर्नुपर्छ सो जान्; तैँले नबुझेका कुनै पनि कुराहरूबारे सङ्गतिलाई निरन्तरता दे। कुनै पनि व्यक्तिले आफूलाई नचिन्‍नु स्वीकार्य हुँदैन। पहिले आफ्नै रोग निको पार्, र मेरा वचनहरू अझै धेरै पटक खाएर र पिएर र चिन्तन गर्दै, आफ्नो जीवन जि र आफ्ना कार्यहरू मेरा वचनअनुसार हुने गरी गर्; तँ घरमा वा अन्यत्र जहाँ भए पनि, तैँले परमेश्‍वरलाई तँभित्र शक्ति चलाउन दिनुपर्छ। देह र स्वाभाविकतालाई त्याग्। परमेश्‍वरका वचनहरूले तँभित्र सधैँ प्रभुत्व जमाउन दे। तेरो जीवन परिवर्तन भइरहेको छैन भनेर तैँले चिन्ता लिनुपर्दैन; समयसँगै, तैँले आफ्नो स्वभावमा व्यापक परिवर्तन आएको महसुस गर्नेछस्। पहिले, तँ चर्चामा आउन आतुर थिइस्, तैँले कि त कसैको आज्ञाको पालना गर्थिस् वा एकदमै महत्वाकांक्षी, स्व-धर्मी वा घमण्डी थिइस्—यी कुराहरूबाट तैँले बिस्तारै छुटकारा पाउनेछस्। यदि तैँले यी कुराहरूलाई अहिले त्याग्न चाहन्छस् भने, यो सम्भव छैन। तेरो पुरानो मनुष्यत्वको जराहरू धेरै गहिराइसम्म पुगेकोले यसले अरूहरूलाई छुन दिँदैन। त्यसैले तैँले एक आत्मपरक प्रयास गर्नुपर्छ, सकारात्मक र सक्रिय रूपमा पवित्र आत्माको कार्यको आज्ञा पालन गर्नुपर्छ, परमेश्‍वरसँग सहकार्य गर्न तिमीहरूको इच्छाको प्रयोग गर्नुपर्छ र मेरा वचनहरूलाई अभ्यास गर्न इच्छुक हुनुपर्छ। यदि तैँले कुनै पाप गरिस् भने, परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुनेछ। जब तँ पछाडि फर्किन्छस् र सहमतिमा आउँछस्, तब तँभित्र एकाएक राम्रो हुनेछ। यदि तैँले अभिलाषा पूर्वक बोलिस् भने, तँलाई तत्कालै तँभित्रै ताडना दिइनेछ। तैँले हेर्, परमेश्‍वर यस्ता कुरामा प्रसन्न हुनुहुन्न, त्यसैले तैँले यसो गर्न तत्कालै बन्द गरिस् भने, तैँले भित्री शान्तिको अनुभव गर्नेछस्। केही नयाँ विश्‍वासीहरू छन् जसले जीवनको भावना कस्तो हुन्छ वा यी भावनामा रहेर कसरी जिउने भनेर बुझ्दैनन्। कहिलेकाहीँ तँलाई लाग्छ, आफूले केही नभने पनि, भित्र-भित्रै म किन व्याकुल भइरहेको छु? यस्ता समयहरूमा, तेरो सोच र तेरो मन गलत हुन्छ। कहिलेकाहीँ तेरो आफ्नो रोजाइ, आफ्नै मत र विचार हुन्छ; कहिलेकाहीँ तँ अरूलाई आफूभन्दा कम ठान्छस्, कहिलेकाहीँ तैँले आफ्नै स्वार्थी हिसाब गर्छस् र प्रार्थना गर्दैनस् वा आफैँलाई जाँच्दैनस्। त्यसैले तँ भित्र भित्रै व्याकुल बन्छस्। शायद, समस्या के हो भनेर तँलाई थाहा छ, त्यसैले, आफ्नो हृदयमा परमेश्‍वरको नाउँ तुरुन्तै पुकार्, परमेश्‍वरको नजिक आइज, र तँ ठीक हुनेछस्। जब तेरो हृदय अधिक मात्रामा हडबडाउँछ र व्याकुल हुन्छ, परमेश्‍वरले तँलाई बोल्न दिँदैहुनुहुन्छ भनेर तैँले कदापि सोच्नु हुँदैन। यो विषयमा परमेश्‍वरको आज्ञा पालन गर्नका लागि नयाँ विश्‍वासीहरूले विशेष रूपमा ध्यान दिनु पर्दछ। परमेश्‍वरले मानिसभित्र राखिदिने भावनाहरू शान्ति, हर्ष, स्पष्टता तथा निश्चितता हुन्। प्रायजसो, नबुझ्ने मानिसहरू हुन्छन्, जसले गडबड गर्छन् र स्वेच्छाचारी ढङ्गले काम गर्छन्—यी सबै अवरोधहरू हुन्; यस विषयमा विशेष ध्यान दे। यदि तँ यो अवस्थाप्रति उन्‍मुख छस् भने, यसलाई हटाउनका लागि तैँले “निवारक औषधि” लिनुपर्छ; अन्यथा, तैँले अवरोधको सिर्जना गर्नेछस् र परमेश्‍वरले तँलाई प्रहार गर्नुहुनेछ। स्व-धर्मी नबन्; आफ्ना कमजोरीहरूलाई सन्तुलनमा ल्याउन अरूको सबल पक्षहरू लि, अरू परमेश्‍वरको वचनअनुसार कसरी जिउँछन् भनेर हेर्; र उनीहरूको जीवन, कार्य तथा बोलीवचनहरू अनुकरण योग्य छ, छैन हेर्। यदि तैँले अरूलाई आफूभन्दा कम ठान्छस् भने, तँ स्व-धर्मी, अभिमानी र कसैलाई लाभ नगर्ने व्यक्ति होस्। अहिलेका लागि सबैभन्दा जरुरी कुरा भनेको जीवनमा ध्यान दिनु, मेरा वचनहरू सेवन र पिउनु, मेरा वचनहरूको अनुभव लिनु, मेरा वचनहरू थाहा पाउनु, मेरा वचनहरू वास्तविक रूपमा तेरो जीवन बन्नु हो—यी मुख्य कुराहरू हुन्। यदि कसैले परमेश्‍वरका वचनअनुसार जिउन सक्दैन भने, के उनीहरूको जीवन परिपक्व हुन्छ? अहँ, हुन सक्दैन। तैँले सबै समयमा मेरो वचनअनुसार जिउनुपर्ने हुन्छ र मेरा वचनहरू जीवनका आचार संहिताको रूपमा अङ्गीकार गर्नुपर्दछ ताकि तैँले उक्त संहिताअनुसार गर्दा परमेश्‍वरलाई आनन्दित तुल्याउँछस् र अन्यथा गरेमा परमेश्‍वरले घृणा गर्नुहुन्छ भनेर महसुस गर्नेछस्, अनि बिस्तारै, तँ सही मार्गमा हिँड्नेछस्। के कुरा परमेश्‍वरबाट आउँछ र के कुरा शैतानबाट आउँछ भनेर तैँले बुझ्नुपर्छ। परमेश्‍वरबाट आउने कुराले तँलाई सदाको भन्दा स्पष्ट दर्शन दिनेछ र परमेश्‍वरको अझ समीप ल्याउनेछ; तैँले आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूसँग साँचो प्रेम बाँड्नेछस्, तँ परमेश्‍वरको बोझका लागि ध्यान दिएको देखाउन सक्षम हुनेछस्, र तँसँग कहिल्यै क्षीण नहुने परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनेछ। तँलाई अगाडि हिँड्नका लागि एउटा मार्ग छ। शैतानबाट आउने कुराले तँसँग भएको दर्शन लोप हुनेछ, तँसँग पहिले भएका सबै कुराहरू गुम्नेछन्; तँ परमेश्‍वरबाट विमुख हुनेछस्, तँमा आफ्ना दाजुभाइ दिदीबहिनीप्रति कुनै माया हुनेछैन, र तेरो हृदय घृणाले भरिएको हुनेछ। तँ हताश बन्‍नेछस्, तँ मण्डलीको जीवनको जिउन चाहँदैनस्, र तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुँदैन। यो शैतानको कार्य हो, र दुष्ट आत्माले नेतृत्व गर्ने कार्यतर्फ उन्मुख हुने परिणाम पनि हो।

अहिलेको समय एक महत्वपूर्ण समय हो। अन्तिम पालीसम्म तँ आफ्नो स्थानमा नै बस्नुपर्छ, असल र दुष्ट बीचको भिन्नता छुट्याउन तेरो आत्माको आँखालाई स्पष्ट बनाउनुपर्छ, र तिमीहरूका सबै प्रयासलाई मण्डली निर्माणमा लगाउनुपर्छ। शैतानका नोकरहरू, धार्मिक अवरोधहरू र दुष्ट आत्माका कार्यहरूलाई पाखा लगाओ। मण्डलीलाई शुद्ध बनाओ, मेरो इच्छालाई निर्विघ्न रूपमा सञ्चालन गर, र साँच्चै, विपत्तिभन्दा अघिको यो छोटो समयमा, म तिमीहरूलाई यथाशीघ्र पूर्ण बनाउनेछु, र तँमा महिमा ल्याइदिनेछु।

अघिल्लो: अध्याय २१

अर्को: अध्याय २३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्