अध्याय २७

मानव आचरणले मेरो हृदयलाई कहिल्यै छोएको छैन, न त मेरो लागि यो कहिल्यै बहुमूल्य रूपमा नै देखा परेको छ। मानिसको नजरमा, म जहिल्यै पनि त्यसप्रति कडा छु, र म सधैँ त्यसको विरुद्धमा अधिकारको प्रयोग गरिरहेको हुन्छु। मानिसका सबै कार्यहरूमा, मेरो खातिर गरिने कुरा बिरलै हुन्छ, मेरो नजरअगाडि दह्रिलो गरी खडा हुने कुरा बिरलै हुन्छ। अन्तिममा, मानिसले कुनै कानेखुसीसमेत नगरिकन मेरो अगाडि सबै कुरा थुपार्छ; त्यसपछि मात्रै हरेकलाई तिनीहरूका आफ्नै असफलताद्वारा मलाई चिन्‍ने तुल्याउँदै म मेरा कार्यहरूलाई प्रकट गर्छु। मानव स्वभाव अपरिवर्तित रहन्छ। तिनीहरूका हृदयमा जे छ, त्यो मेरा अभिप्रायअनुसार छैन—मलाई चाहिने कुरा यो होइन। मैले सबैभन्दा बढी घृणा गर्ने कुरा भनेको मानिसको जिद्दीपन र अपराध दोहोर्‍याउने प्रवृत्ति हो, तर मलाई चिन्‍नबाट बारम्‍बार असफल गराउन, मलाई सधैँ टाढा राख्‍न, र मेरा अभिप्रायअनुसार कहिल्यै काम नगर्ने तर मेरो पिठ्यूँपछाडि मेरो विरोध गर्ने तुल्याउन मानवजातिलाई बाध्य बनाउने शक्ति के हो? के तिनीहरूको निष्ठा यही हो? के मप्रतिको तिनीहरूको प्रेम यही हो? किन तिनीहरू पश्‍चात्ताप गरेर नयाँ गरी जन्‍मन सक्दैनन्? किन मानिसहरू हिलो नभएको ठाउँमा बस्‍नुको सट्टा दलदलमा नै सदासर्वदा बसिरहन इच्‍छुक हुन्छन्? के मैले तिनीहरूलाई दुर्व्यवहार गरेकोले हो? के मैले तिनीहरूलाई गलत दिशातर्फ इसारा गरेकोले हो? के मैले तिनीहरूलाई नरकतिर डोर्‍याएकोले हो? हरेक व्यक्ति नै “नरक” मा जिउन इच्‍छुक हुन्छन्। जब ज्योति आउँछ, तिनीहरूको आँखा तुरुन्तै दृष्टिविहीन हुन्छ, किनभने तिनीहरूमा भएको हरेक कुरा नरकबाट आउँछ। तैपनि मानिसहरू यसबारे अनभिज्ञ छन्, र यी “नरकीय आशिषहरू” मा नै तिनीहरू आनन्द लिन्छन्। तिनीहरूलाई “तिनीहरूको अस्तित्वको मूलविना” नै छोडेर, मैले ती सम्पत्तिहरू खोसेर लिनेछु भन्‍ने डरले तिनीहरूले ती आशिषहरूलाई सम्पत्तिको रूपमा आफ्‍ना छातीमा मुठ्ठी कसेर समेत लुकाएर राख्छन्। मानिसहरू मदेखि डराउँछन्, त्यही कारणले गर्दा, जब म पृथ्वीमा आउँछु, मेरो नजिक आउने कार्यलाई घृणा गर्दै तिनीहरू मबाट टाढा बस्छन्, किनभने तिनीहरू “आफैमाथि समस्याहरू ल्याउन” अनिच्‍छुक छन्, तर आफ्‍नो परिवारभित्र सद्‌भाव कायम गर्ने कामना गर्छन् ताकि तिनीहरू “पृथ्वीको खुसी” मा रमाउन सकून्। तर म मानवजातिलाई तिनीहरूले चाहेअनुसार गर्न दिन सक्दिनँ, किनभने मानिसको परिवारलाई नष्ट गर्नकै लागि म यहाँ आएको छु। म आइपुगेकै क्षणबाट तिनीहरूका घरहरूबाट शान्ति गइसकेको हुन्छ। सारा राष्ट्रहरूलाई धूलोपिठो हुने गरी चकनाचूर गर्ने मेरो अभिप्राय छ, मानिसको परिवारको बारेमा त कुरै नगरौं। मेरो पकडबाट को उम्कन सक्छ र? के आशिषहरू प्राप्त गर्ने सबै जना आफ्‍ना अनिच्छाको सद्गुणद्वारा उम्कने हुन सक्छ? के सजाय भोग्‍नेहरूले आफ्‍नो त्रासको सद्गुणद्वारा मेरो सहानुभूति प्राप्त गर्ने कहिल्यै हुन सक्छ? मेरा सबै वचनहरूमा, मानिसहरूले मेरा अभिप्रायहरू र मेरा कार्यहरूलाई देखेका छन्, तर आफ्‍नै विचारहरूको जालबाट को स्वतन्त्र हुन सक्छ? मेरा वचनहरूबाट वा बाहिरबाट उम्कने बाटो कसले कहिल्यै पत्ता लगाउन सक्छ?

मानिसले मेरो न्यानोपन अनुभव गरेको छ, मानिसले मेरो सेवा साँच्चै गरेको छ, र मानिस मेरोसामु साँच्चै समर्पित भएको छ, मेरो उपस्थितिमा मेरा लागि सबै कुरा गरेको छ। तैपनि आज मानिसहरूले यो हासिल गर्न नै सक्दैनन्; तिनीहरूले आत्मामा विलाप गर्नेबाहेक केही पनि गर्दैनन्, मानौँ तिनीहरूलाई भोको ब्‍वाँसोले हरण गरेको छ, तिनीहरूले तृष्णासाथ असहाय भई मलाई हेर्न मात्र सक्छन्, र निरन्तर मलाई पुकार्छन्। तर अन्त्यमा, तिनीहरू आफ्‍नो दुर्दशाबाट उम्कन सक्दैनन्। म विगतलाई सम्झन्छु, जब मानिसहरूले मेरो उपस्थितिमा मसँग प्रतिज्ञाहरू गरे, र मेरो कृपालाई तिनीहरूको स्नेहले चुकाउने भनेर मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको कसम खाए। तिनीहरू मेरो अगाडि नराम्ररी रोए, र तिनीहरूको रुवाइको आवाज हृदयविदारक, सहनै नसकिने थियो। तिनीहरूको सङ्कल्‍पका कारण, म मानिसहरूलाई प्रायजसो सहयोग प्रदान गर्थेँ। अनगिन्ती पटक, मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामु आएका छन्, तिनीहरूको प्रेमिलो रूप बिर्सनै नसकिने किसिमको छ। अनगिन्ती पटक, तिनीहरूले मलाई प्रेम गरेका छन्, तिनीहरूको बफादारी अटल रहेको छ, तिनीहरूको साँचो स्नेह सराहनीय रहेको छ। अनगिन्ती पटक, तिनीहरूले आफ्‍नै ज्यानको बलिदान दिने हदसम्‍म मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको निष्कपटता देखेर मैले तिनीहरूको प्रेम स्वीकार गरेको छु। अनगिन्ती पटक, मेरा खातिर मृत्युको सामना गर्न नडराइकन, तिनीहरूले मेरो उपस्थितिमा आफैलाई अर्पण गरेका छन्, र मैले तिनीहरूका आँखीभौँबाट चिन्ता साम्य पारिदिएको छु र तिनीहरूको मुहार होसियारीसाथ नियालेको छु। अनगिन्ती पटक मैले तिनीहरूलाई अनमोल खजाना झैँ प्रेम गरेको छु, र अनगिन्ती पटक मैले तिनीहरूलाई मेरा आफ्‍नै शत्रुहरूका रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको बोधभन्दा पार रहन्छ। जब मानिसहरू दुःखी हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहारा दिन आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशानिर्देश गर्छु। जब तिनीहरू नराम्ररी रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखी हुन्छु, कसले मलाई आफ्‍नो हृदयले सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरो हृदयलाई कसले ख्याल गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयका चोटलाई कसले उपचार गर्न सक्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्न को अघि सर्छ? के मप्रतिको मानिसहरूको पहिलेको मनोवृत्ति कहिल्यै नफर्किने गरी अहिले हराएको हुन सक्छ? किन तिनीहरूको स्मरणमा त्यसको केही पनि बाँकी छैन? मानिसहरूले किन यी सबै कुराहरू बिर्सेका छन्? के यो सबै मानवजातिलाई उसको शत्रुले भ्रष्ट तुल्याएका कारण होइन र?

जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्‍भव छ। मानिसबाट अलग गरिनु र फेरि मिल्‍नुको आनन्द र शोकमा, हामी भावनाको आदनप्रदान गर्न असमर्थ छौं। स्वर्गमा माथि र पृथ्वीमा मुनि अलग गरिएको कारण, म र मानिस बिरलै भेट्छौं। अतीतका भावनाहरूबाट को उम्कन सक्छ? अतीतका मीठा यादहरूलाई कसले रोक्‍न सक्छ र? विगतका भावनाहरू जारी रहोस् भन्‍ने आशा कसले गर्दैन र? कसले मेरो आगमनको तृष्णा गर्दैन र? मानिससँगको मेरो मिलापको लागि कसले तृष्णा गर्दैन र? मेरो हृदय बेचैन छ, र मानिसको आत्मा अत्यन्तै चिन्तित छ। आत्मामा उस्तै भए पनि, हामी त्यति एकसाथ हुन सक्दैनौं, र हामी त्यति एकअर्कालाई भेट्न सक्दैनौं। त्यसैले सारा मानवजातिको जीवन शोकले भरिएको छ र यसमा जोशको कमी छ, किनभने मानिसले सधैँ मेरो तृष्णा गरेको छ। यो यस्तो छ मानौं मानवजाति स्वर्गबाट फ्याँकिएका वस्तुहरू हुन्; तिनीहरू भुइँबाट नजर उठाएर मलाई हेर्दै पृथ्वीबाट मेरो नाम पुकार्छन्—तर तिनीहरू भोको ब्‍वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र? मेरो योजनाको प्रबन्धप्रति समर्पित हुन कसरी मानवजातिले आफैलाई बलिदान गर्न सक्दैन? जब तिनीहरूले उच्‍च सोरमा बिन्ती गर्छन्, म तिनीहरूबाट मेरो अनुहार लुकाउँछु, अबउप्रान्त तिनीहरूलाई हेर्नै सक्दिनँ तर तिनीहरूको आँसुसहितको रुवाइलाई नसुनी म कसरी बस्‍न सक्छु र? म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्‍ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्‍नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्‍नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्‍चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू खुसियाली मनाउँदै मकहाँ फर्कनेछन्। सारा ब्रह्माण्ड तलदेखि माथिसम्मै हर्षोल्लासमा उर्लनेछ …

आज, संसारका राष्ट्रहरूबीच, म आफूले पूरा गर्न तय गरेको काम गरिरहेको छु। म मानवजातिबीच हिँडडुल गर्छु, मेरो योजनाभित्रका सबै काम गर्छु, र सम्पूर्ण मानवजातिले मेरा अभिप्रायहरूअनुसार विभिन्‍न राष्ट्रलाई टुक्र्याइरहेका छन्। पृथ्वीका मानिसहरूले आफ्नो ध्यान आफ्नै गन्तव्यमा केन्द्रित गरेका छन्, किनभने दिन साँच्चै नजिकिँदै छ र स्वर्गदूतहरूले आफ्ना तुरहीहरू बजाइरहेका छन्। अब कुनै ढिलाइ हुनेछैन, र त्यसपछि यावत् थोक उल्लासमा नाच्न थाल्नेछन्। कसले आफ्नो इच्छाअनुसार मेरो दिनलाई लम्ब्याउन सक्छ? पृथ्वीको मानिसले? अथवा आकाशका ताराहरूले? अथवा स्वर्गदूतहरूले? जब म इस्राएलका मानिसहरूको मुक्ति सुरु गर्न वाणी बोल्छु, तब मेरो दिन सम्पूर्ण मानवजातिमाथि आइपर्छ। हरेक मानिस इस्राएलको पुनर्स्थापनादेखि डराउँछ। जब इस्राएल पुनर्स्थापित हुन्छ, त्यो मैले महिमा प्राप्त गर्ने दिन हुनेछ, र त्यसरी नै, यो यावत् थोक परिवर्तन हुने र नवीकृत हुने दिन पनि हुनेछ। धर्मी न्यायले सम्पूर्ण ब्रह्माण्डको आसन्न रूपमा सामना गरिरहँदा, सबै मानिस काँतर र त्रसित बन्छन्, किनभने मानव संसारमा धार्मिकताबारे सुनिएको छैन। जब धार्मिकताको सूर्य देखा पर्छ, पूर्व उज्यालो हुनेछ, र त्यसपछि यसले सम्पूर्ण ब्रह्माण्डलाई उज्यालो पार्नेछ, र यो सबैमाझ पुग्नेछ। यदि मानिसले साँच्चै मेरो धार्मिकता लागू गर्न सक्छ भने, डराउनुपर्ने कुरा के हुन्छ र? मेरा मानिसहरू सबै मेरो दिनको आगमनको प्रतीक्षा गर्छन्, तिनीहरू सबै मेरो दिनको आगमनको तृष्णा गर्छन्। तिनीहरू सम्पूर्ण मानवजातिमाथि दण्ड ल्याउन र मानवजातिको गन्तव्यको प्रबन्ध गर्न म धार्मिकताको सूर्यका रूपमा आउने प्रतीक्षा गर्छन्। मेरो राज्यले सम्पूर्ण ब्रह्माण्डमाथि आकार लिँदै छ, र मेरो सिंहासनले मेरा करोडौँ चुनिएका मानिसको हृदय ओगटेको छ। स्वर्गदूतहरूको सहकार्यमा, मेरो महान् काम चाँडै नै फलदायी हुनेछ। मेरा सबै पुत्र र मेरा मानिसहरू उत्सुकताका साथ मेरो पुनरागमनको प्रतीक्षा गर्छन्, तिनीहरूसँग मेरो पुनर्मिलन होस् र हामी फेरि कहिल्यै नछुट्टिऔँ भन्‍ने तृष्णा गर्छन्। मेरो राज्यमा भएका मानिसहरूको ठूलो सङ्ख्या म तिनीहरूसँग भएको कारणले कसरी एक-अर्कातिर नदौडन र नरमाउन सक्छन् र? के यो कुनै मूल्य चुकाउनु नपर्ने पुनर्मिलन हुन सक्छ र? म सबै मानिसको नजरमा आदरणीय छु, म सबैका शब्दहरूमा घोषित छु। जब म फर्कन्छु, म सबै विरोधी शक्तिलाई अझ बढी विजय गर्नेछु। समय आएको छ! म मेरो काम सुरु गर्नेछु, म मानिसहरूबीच राजाका रूपमा शक्ति हातमा लिनेछु! म फर्कनै लागेको छु! अनि म प्रस्थान गर्न लागेको छु! सबैले आशा गरेको कुरा यही हो, तिनीहरूले चाहेको कुरा यही हो। म सम्पूर्ण मानवजातिलाई मेरो दिनको आगमन हेर्न दिनेछु, र तिनीहरू सबैले मेरो दिनको आगमनलाई आनन्दका साथ स्वागत गर्नेछन्!

अप्रिल २, १९९२

अघिल्लो: अध्याय २६

अर्को: अध्याय २८

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्