अध्याय २८

जब म सियोनबाट आएँ, मलाई सबै थोकले पर्खिरहेका थिए, र जब म सियोनमा फर्केँ, मलाई असङ्ख्य मानिसले स्वागत गरे। म आउने र जाने क्रममा, मेरा पाइलाहरू मप्रति शत्रुवत् कुराहरूद्वारा कहिल्यै रोकिएनन्, तसर्थ मेरो काम सधैँ सहज रूपमा अघि बढ्यो। आज, म सबै सृजित प्राणीमाझ आउँदा, सबै कुराले मलाई मौन रूपमा स्वागत गर्छन्, किनकि ती कुरालाई म फेरि एक पटक बिदा भएर जानेछु र तिनले साथका लागि भरोसा गर्ने कुरा गुमाउनेछन् भन्‍ने गहिरो डर हुन्छ। सबै कुराले मेरो मार्गदर्शन पालना गर्छन्, र सबैले मेरो हातले सङ्केत गर्ने दिशा हेर्छन्। मेरो मुखबाट निस्‍केका वचनहरूले धेरै सृजित प्राणीलाई सिद्ध पारेका छन् र विद्रोहका धेरै पुत्रलाई सजाय दिएका छन्। तसर्थ, असङ्ख्य मानिस उत्सुक भएर मेरा वचनहरूलाई नियाल्छन्, र मेरो मुखबाट निस्‍केका वाणीहरूलाई ध्यान दिएर सुन्छन्, र यो सुनौलो अवसर गुमाइन्छ कि भनेर औधी डराउँछन्। यही कारणले गर्दा नै मैले बोल्न जारी राखेको हुँ, ताकि मेरो काम अझै शीघ्र रूपमा लागू हुन सकोस्, अनि पृथ्वीमा हर्षित तुल्याउने अवस्थाहरू अझ चाँडो देखा परून् र तिनले पृथ्वीका उजाड दृश्यहरूलाई सुधारून्। जब म आकाशतर्फ हेर्छु, त्यति नै बेला म फेरि एक पटक मानवजातितर्फ मुख फर्काउँछु; सबै भूमि तुरुन्तै जीवनले भरिन्छन्, अब हावामा धूलो हुँदैन, र हिलोले जमिन ढाक्दैन। मेरा आँखाहरू तुरुन्तै चम्कन्छन्, जसले गर्दा सबै भूमिका मानिसहरू ममाथि भर पर्छन् र ममा शरण लिन्छन्। मेरो घरमा उपस्थित सबै जनालगायत, आजको संसारका मानिसहरूमध्ये कसले साँच्चिकै ममा शरण लिन्छ? मैले चुकाएको मूल्यको बदलामा कसले आफ्‍नो हृदय दिन्छ? मेरो घरभित्र को कहिल्यै शान्तिमा बास गरेको छ? कसले कहिल्यै साँच्चिकै आफूलाई मसामु अर्पण गरेको छ? मैले मानिसबाट मागहरू राख्दा, ऊ तुरुन्तै आफ्‍नो “सानो ढुकुटी” बन्द गर्छ। जब म मानिसलाई दिन्छु, तब ऊ लुसुक्क मेरो प्रचुरता लिनलाई तुरुन्तै आफ्‍नो मुख खोल्छ, र मैले उसलाई प्रतिप्रहार गर्छु कि भन्ने गहिरो डरले उसको हृदय प्रायः थरथर काम्छ। तसर्थ, मानिसको मुख आधा खुला र आधा बन्द हुन्छ, र मैले दिने प्रचुरता उसले साँचो रूपमा उपभोग गर्न सक्दैन। म मानिसलाई सजिलै दोषी ठहराउँदिनँ, तैपनि ऊ सधैँ मेरो हात तान्छ र उसलाई कृपा प्रदान गर्न मलाई अनुरोध गर्छ; मानिसले मलाई बिन्ती गर्दा मात्रै म फेरि एक पटक उसलाई “कृपा” प्रदान गर्छु, र म उसलाई मेरो मुखबाट निस्कने सबैभन्दा कठोर वचनहरू दिन्छु, जसले गर्दा उसलाई तुरुन्तै लाज लाग्छ, र उसले मेरो “कृपा” सिधै लिन नसकेर अरूको हातबाट लिन्छ। जब मानिसले मेरा सबै वचनलाई पूर्ण रूपमा बुझेको हुन्छ, तब उसको कदले मेरा अभिप्रायहरू पूरा गर्छ, र उसका बिन्तीहरू फलदायी हुन्छन्, र व्यर्थ वा बेकम्‍मा हुँदैनन्; म मानिसका त्यस्ता बिन्तीहरूलाई आशिष् दिन्छु जुन सच्चा छन् र ढोँग होइनन्।

म युगौँदेखि काम गर्दै र बोल्दै आइरहेको छु, तैपनि मैले आज बोल्ने जस्ता वाणीहरू मानिसले कहिल्यै सुनेको छैन, र उसले मेरो प्रताप र न्याय कहिल्यै चाखेको छैन। विगतको संसारका कतिपय मानिसले मेरा बारेमा किंवदन्तीहरू सुनेका भए पनि, कसैले पनि मेरो प्रचुरताको हदलाई साँचो रूपमा कहिल्यै पत्ता लगाएको छैन। आजका मानिसहरूले मेरो मुखबाट निस्‍केका वचनहरू सुन्‍ने भए पनि, मेरो मुखमा कति धेरै रहस्य छन् भन्‍नेबारे तिनीहरू अनभिज्ञ रहन्छन्, र तसर्थ मेरो मुखलाई प्रशस्‍तताको स्रोत ठान्छन्। सबै मानिस मेरो मुखबाट केही न केही प्राप्त गर्ने इच्छा गर्छन्, चाहे ती राज्यका रहस्यहरू होऊन् वा स्वर्गका रहस्यहरू होऊन्, वा आत्मिक क्षेत्रका गतिशीलताहरू होऊन् वा मानवजातिको गन्तव्य होस्। सबै मानिस त्यस्ता कुरा प्राप्त गर्ने इच्छा राख्छन्। तसर्थ, यदि मैले मानिसहरूलाई भेला गरेँ र तिनीहरूलाई “कथाहरू” सुनाएँ भने, तिनीहरू मेरा वचनहरू सुन्नका लागि “बिरामी शैय्‍या” बाट तुरुन्तै उठ्नेथिए। मानिसमा धेरै कुराको कमी छ: उसलाई “पोषण पूरकहरू” मात्र होइन, त्योभन्दा पनि बढी, उसलाई “मानसिक साथ” र “आत्मिक आपूर्ति” चाहिन्छ। सबै मानिसमा यही कुराको कमी छ; यो नै तिनीहरूको “रोग” हो। अझै राम्रो प्रभाव हासिल गर्न सकियोस् भनेर म मानिसको रोगको उपचार प्रदान गर्छु, ताकि सबैले स्वास्थ्य लाभ गर्न सकून्, र मेरो उपचारका कारण, तिनीहरू आफ्‍नो सामान्य अवस्थामा फर्कन सकून्। के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै सच्चा रूपमा घृणा गर्छौ? मैले किन तिमीहरूलाई यति धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोधिरहन्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तिमीहरू त्यसलाई साँच्चै आफ्नो पिता ठान्दैनौ? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो मानिसलाई रिस उठाउनका लागि होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो भेट्टाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट मुक्त हुन दिनका लागि हो। तर कोही पनि व्यग्र हुनु पर्दैन। सबै कुरा मेरा वचनहरूद्वारा पूरा हुनेछन्; कुनै मानिसले यसमा भाग लिन पाउनेछैन, र मैले गर्ने काम कुनै पनि मानिसले गर्न सक्नेछैन। म सबै भूमिको हावा सफा गर्नेछु र पृथ्वीमा रहेका पिशाचहरूका सबै चिन्हलाई नामेट पार्नेछु। मैले सुरु गरिसकेको छु, र म मेरो सजायको प्रारम्भिक काम ठूलो रातो अजिङ्गरको वासस्थानमा सुरु गर्नेछु। त्यसैले मेरो सजाय सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ भन्ने कुरा देख्न सकिन्छ। ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कनै सक्दैनन्, किनकि म सारा भूमिको छानबिन गर्छु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, तब म औपचारिक रूपमा ठूलो रातो अजिङ्गरलाई सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको धर्मी सजाय अवश्यै देख्नेछन्, मेरो धार्मिकताका कारण अवश्यै अनवरत रूपमा प्रशंसा व्यक्त गर्नेछन्, र मेरो धार्मिकताका कारण अवश्यै सधैँभरि मेरो पवित्र नाउँको गुणगान गर्नेछन्। तसर्थ तिमीहरूले औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछौ, र औपचारिक रूपमा सारा भूमिभरि सदासर्वदा मेरो प्रशंसा गर्नेछौ!

जब न्यायको युग चरम सीमामा पुग्छ, म आफ्नो कामलाई टुङ्ग्याउन हतार गर्नेछैनँ, बरु त्यसलाई सजायको युगको प्रमाणसँग जोड्नेछु, ताकि मेरा सबै मानिसले देखून्; यसबाट अझ ठूलो फल प्राप्त हुनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई सजाय दिने माध्यम हो, र म मेरा मानिसलाई यो तिनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरू ममा त्यसबेला आनन्द लिन्छन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई खडा हुन र त्यसविरुद्ध विद्रोह गर्न लगाउनु नै मेरो योजना हो, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो अवसर हो। जब चम्किलो चन्द्रमा उदाउँछ, तब शान्तिमय रात तुरुन्तै भङ्ग हुन्छ। चन्द्रमा टुक्रा-टुक्रा अवस्थामा भए पनि मानिस राम्रो मुडमा हुन्छ, र चन्द्रमाको प्रकाशमुनि शान्तिपूर्वक बसेर त्यही चन्द्रमाको प्रकाशले बनेको सुन्दर दृश्यलाई सराहना गर्दै हेर्छ। मानिसले आफ्नो मनस्थितिको वर्णन गर्न सक्दैन; यस्तो लाग्छ, मानौँ ऊ आफ्ना विचारहरू विगततिर फर्काउन चाहन्छ, मानौँ ऊ भविष्यतिर हेर्न चाहन्छ, मानौँ ऊ वर्तमानमा रमाइरहेको छ। उसको मुहारमा मुस्कान देखा पर्छ, अनि त्यो रमाइलो वातावरणको बीचमा एउटा ताजा सुगन्ध फैलिन्छ; जब मन्द बतास चल्न थाल्छ, तब मानिसले त्यो गहिरो सुवास थाहा पाउँछ र ऊ होसमा आउनै नसक्ने गरी त्यसमा लट्ठ भएको जस्तो देखिन्छ। ठिक यही समयमा म व्यक्तिगत रूपमा मानिसमाझ आएको छु, र उसले गहिरो सुवासको अझ बढी अनुभूति गर्छ, र यसरी ऊ यो सुवासबीच जिउँछ। म र मानिसबीच शान्ति छ, मानिस मसँग सामञ्जस्यतामा जिउँछ, ऊ अब मलाई फरक रूपमा हेर्दैन, म अब मानिसका कमी-कमजोरीहरूलाई काटछाँट गर्दिनँ, अब मानिसको अनुहारमा कुनै छटपटीको भाव देखिँदैन, र अब मृत्युले सम्पूर्ण मानवजातिलाई धम्की दिँदैन। आज म मानिससँगसँगै सजायको युगमा अगाडि बढ्छु, ऊसँग हातमा हात मिलाएर अघि बढ्छु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसमाझ मेरो लौरो प्रहार गर्छु र त्यो मानिसभित्रको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्तिहरू भए जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सजिलै बाँकी राख्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले त्यसको अन्तर्निहित प्रकार्य गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरा अभिप्रायहरूअनुसार आ-आफ्ना भूमिकाहरू पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा अभिप्रायहरूविरुद्ध जाने वा आफ्नो सारतत्त्वलाई बदल्ने गरेका छैनन्। फलस्वरूप, पानी गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिस सधैँ परिवर्तन हुन प्रवृत्त हुनेछ, सूर्य मधुरो हुँदै जानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसका निम्ति शान्तिमा जिउने एक दिन पनि हुनेछैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र यसले आफूलाई उप्रान्त बाँधेर राख्नेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै देशलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा कामकुराहरू जसरी हुने गर्थे ती सबैलाई म चकनाचुर पार्नेछु। म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म दैहिक भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका नजरमा “तेस्रो पक्ष” भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो “विवेक” उठाउने मौका प्रयोग गर्छ; मानिसहरूका भावनाहरूका कारण नै ऊ सधैँ मेरो सजायदेखि वितृष्ण हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ मलाई सधैँ पक्षपातपूर्ण र अन्यायपूर्ण भन्छ, र कामकुराहरूलाई सम्हाल्दा म मानिसहरूका भावनाहरूलाई ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो भोक र निन्द्राबारे नसोची कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिनरात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ? सृष्टि गर्नुहुने परमेश्‍वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग जिउन र चल्न सक्छु? मेरो हृदयको वास्ता कसले गर्न सक्छ? मानिसका प्रार्थनाहरूले हो? म एक पटक मानिससँग भेट्न र ऊसँगसँगै हिँड्न राजी भएँ—र हो, आजको दिनसम्म मानिस मेरो हेरचाह र सुरक्षामा रहेर जिएको छ, तर के त्यस्तो दिन कहिल्यै आउला जब मानिसले आफूलाई मेरो हेरचाहबाट अलग गर्न सकोस्? हुन त मानिसले कहिल्यै पनि मेरो हृदयबारे चिन्ता लिएको छैन, तर ज्योतिविनाको भूमिमा को जिइरहन सक्छ? मेरो आशिष्‌को कारण मात्र मानिस आजको दिनसम्म जिएको छ।

अप्रिल ४, १९९२

अघिल्लो: अध्याय २७

अर्को: अध्याय २९

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्