अध्याय १२
जब पूर्वबाट बिजुली चम्कन्छ, त्यो ठ्याक्कै मैले मेरा वचनहरू बोल्न सुरु गर्ने समय पनि हो—जब बिजुली चम्कन्छ, तब सबै स्वर्ग उज्यालो हुन्छन्, र सबै तारामा रूपान्तरण हुन्छ। सम्पूर्ण मानवजातिले शुद्धिकरण भोगेको जस्तो हुन्छ। पूर्वबाट आएको यस ज्योतिको किरणको चमकमुनि, सम्पूर्ण मानवजाति आफ्नो सुरुको रूपमा प्रकट हुन्छन्, तिनीहरूका आँखा तिरमिराउँछन्, तिनीहरू के गर्ने भनेर अनिश्चित हुन्छन्, र आफ्ना कुरूप बनावटहरूलाई कसरी लुकाउने भनेर झनै अनिश्चित हुन्छन्। तिनीहरू पशुहरू जस्तै पनि हुन्छन्, जो मेरो ज्योतिबाट भाग्छनं र पहाडका गुफाहरूमा शरण लिन्छन्, तैपनि मेरो ज्योतिभित्रबाट कुनै पनि कुरालाई मेटाउन सकिँदैन। सारा मानव चकित छन्, सबै पर्खिरहेका छन्, सबै हेरिरहेका छन्; मेरो ज्योतिको आगमनसँगै, सबैले आफू जन्मेको दिनका लागि भाग्यशाली महसुस गर्छन्, र त्यसैगरी सबैले आफू जन्मेको दिनलाई सराप्छन्। बाझिएका भावनाहरू व्यक्त गर्न गाह्रो हुन्छ; आत्म-निन्दाका आँसुहरूले नदीहरू बनाउँछन्, र एकपछि अर्को उर्लँदो भेलमा बगेर जान्छन्, र एकै क्षणमा नामोनिसान नहुने गरी हराउँछन्। फेरि एक पटक, मेरो दिन सम्पूर्ण मानवजातिको नजिक आउँछ, फेरि एक पटक मानवजातिलाई जगाउँछ, मानवजातिलाई अर्को नयाँ सुरुवात दिन्छ। मेरो हृदय प्रफुल्लित हुन्छ र पहाडहरू लयबद्ध, आनन्दित सङ्गतमा उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरू चट्टानहरूमा ठोक्किन्छन्। मेरो हृदयमा के छ भन्ने कुरा व्यक्त गर्न गाह्रो छ। म मेरा नजरमुनि सबै अस्वच्छ कुरालाई जलाएर खरानी बनाइदिनेछु; म विद्रोहका सबै पुत्रलाई मेरा आँखा अगाडिबाट गायब पारिदिनेनेछु, जो अस्तित्वमा फेरि विलम्ब गरी कहिल्यै रहनेछैनन्। मैले ठूलो रातो अजिङ्गरको बासस्थानमा नयाँ सुरुवात गरेको मात्र होइन, मैले ब्रह्माण्डमा नयाँ काम पनि सुरु गरेको छु। चाँडै नै, पृथ्वीका राज्यहरू मेरो राज्य बन्नेछन्; चाँडै नै, मेरो राज्यका कारण पृथ्वीका राज्यहरू सधैँका लागि अस्तित्वमा रहन छोड्नेछन्, किनभने मैले विजय हासिल गरिसकेको छु, किनभने म विजयी भएर फर्केको छु। ठूलो रातो अजिङ्गरले मेरो योजनालाई अवरोध गर्न हरेक सम्भावित उपायहरू अपनाएको छ, पृथ्वीमा मेरो कामलाई मेटाउने आशा गरेको छ, तर के म यसका युक्तिहरूबाट हतोत्साहित हुन सक्छु र? के म यसका धम्कीहरूबाट डराएर आफ्नो आत्मविश्वास गुमाउन सक्छु र? स्वर्ग वा पृथ्वीमा एउटै पनि यस्तो प्राणी कहिल्यै रहेकोको छैन, जसलाई मैले मेरो हातको हत्केलामा नराखेको होऊँ; मेरो लागि प्रतिभारका रूपमा काम गर्ने ठूलो रातो अजिङ्गरको हकमा यो कति धेरै सत्य हो? के यो मेरो हातमा मेरो आवश्यकताअनुसार चलाइने वस्तु पनि होइन र?
मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।
पृथ्वीमा बसोबास गर्ने मानिसहरू ताराहरू जत्तिकै असङ्ख्य भए पनि, म ती सबैलाई मेरो आफ्नै हत्केलाजस्तो स्पष्टसँग चिन्छु। अनि मलाई “प्रेम” गर्ने मानिसहरू समुद्रमा हुने बालुवाका कणहरूजस्तै अनगिन्ती भए पनि, थोरै मात्र मद्वारा चुनिएका छन्: तिनीहरू जो उज्ज्वल ज्योतिको पछि लाग्छन्, तिनीहरू मलाई “प्रेम” गर्नेहरू भन्दा अलग हुन्। म मानिसलाई अति ठूलो ठान्दिनँ, न त उसलाई कम महत्त्व दिनेछु; बरु म मानिसको प्राकृतिक गुणहरू अनुसार ऊबाट माग गर्दछु, त्यसैले मलाई चाहिने भनेको त्यस्तो व्यक्ति नै हो जसले मलाई इमानदारीसाथ खोज्छ, यसैले कि म मानिसहरूलाई छनौट गर्ने मेरो लक्ष्य हासिल गर्न सकूँ। पहाडहरूमा जङ्गली जनावरहरू धेरै सङ्ख्यामा छन्, तर मेरो अघि ती सबै सधाएका भेडाहरू जस्ता छन्। छालहरूमुनि बुझ्न नसकिने रहस्यहरू छन्, तर तिनीहरू पृथ्वीका सबै थोक झैं मेरो निम्ति स्पष्ट छन्; क्षेत्रहरूदेखि माथि आकाशमा मानिस कहिल्यै पुग्न सक्दैन, तापनि ती दुर्गम क्षेत्रहरूमा म स्वतन्त्र हिँड्छु। मानिसले मलाई ज्योतिमा कहिल्यै चिनेको छैन, तर मलाई अन्धकारको संसारमा मात्र देखेको छ। के तिमीहरू आज त्यस्तै परिस्थितिमा छैनौ र? यो ठूलो रातो अजिङ्गरको उपद्रव चरम अवस्थामा मैले आफ्नो काम गर्न औपचारिक रूपमा देहधारण गर्नुपर्यो। जब ठूलो रातो अजिङ्गरले पहिलो पटक त्यसको वास्तविक रूप प्रकट गर्यो, मैले मेरो नाउँको साक्षी दिएँ। जब म मानव जातिको सडकहरूमा हिँडेँ, न त एउटा प्राणी, न एक जना व्यक्ति चकित भएर जागृत भयो, यसैले जब म देहधारण गरी मानव संसारमा आएँ त्यो कसैले पनि थाहा पाएन। तर जब, मेरो देहधारणको शरीरमा, मैले आफ्नो काम गर्न थालें, मेरो गर्जनको आवाजले मानिसहरू बिउँझे र उनीहरूको सपनाबाट चकित भए, र त्यस क्षणदेखि तिनीहरूले मेरो मार्गनिर्देशनमा आफ्नो जीवनको सुरुआत गरे। मेरा मानिसहरूको माझमा मैले फेरि नयाँ काम सुरु गरेको छु। पृथ्वीमा मेरो काम समाप्त भएको छैन भन्नु नै मेरा मानिसहरू जोसँग म बोलेँ ती मैले मेरो हृदयमा चाहेकाहरू होइनन् भनी देखाउन पर्याप्त छ, तर जे भए पनि म तिनीहरू मध्येबाटै कोही-कोहीलाई चुन्छु। यसबाट यो प्रस्ट हुन्छ कि मैले मेरा मानिसहरूलाई देहधारी परमेश्वर चिन्न सक्षम मात्र बनाइरहेको छैन, तर तिनीहरूलाई शुद्ध पनि पार्दैछु। मेरो प्रशासनिक आदेशको कठोरताका कारण धेरै मानिसहरू अझै पनि मद्वारा हटाइने खतरामा छन्। जबसम्म तैँले आफैले आफैलाई काटछाँट गर्ने, तेरो आफ्नै शरीरलाई वशमा राख्ने कोसिस गर्दैनस्—जबसम्म तँ यो गर्दैनस्, तबसम्म तँ पनि जसरी पावलले सीधै मेरो हातबाट सजाय पायो, जसबाट उम्कने कुनै उपाय थिएन, त्यसरी नै तँ नरकमा फालिनलाई निश्चय मेरो तिरस्कारको पात्र हुनेछस्। के तिमीहरूले मेरा वचनहरूबाट केही कुरा बटुलेका छौ? म निरन्तर चर्च पखाल्ने काम गरिरहनेछु, मलाई चाहिने मानिसहरूलाई शुद्ध पार्न जारी राख्नेछु, किनकि म परमेश्वर स्वयम् हुँ, जो पूर्ण रूपमा पवित्र र निष्कलङ्क छ। म मेरो मन्दिरलाई इन्द्रेनीका रङ्गहरूले रङ्गीबिरङ्गी मात्र बनाउँदिन, तर कुनै दाग नभएको सफा, त्यसको भित्री भाग पनि बाहिरी भागसँग मिल्दो बनाउँछु। मेरो उपस्थितिमा, तिमीहरू सबैले विगतमा के गरेका छौ त्यो विचार गर्नुपर्छ, र आज तिमीहरूले मेरो हृदयमा पूर्ण सन्तुष्टि दिन सक्छौ कि सो निर्णय गर्ने सङ्कल्प गर्नुपर्छ।
मानिसले मलाई मेरो देहमा नचिन्ने मात्र होइन, त्योभन्दा बढी, ऊ आफ्नै शरीरभित्र रहने आफू स्वयम्लाई बुझ्न असफल भएको छ। धेरै वर्षदेखि मानव जातिले मलाई धोका दिँदै आएको छ, मसँग बाहिरबाट आएको पाहुना जस्तो व्यवहार गरेको छ। धेरै चोटि, तिनीहरूले “आफ्नो घरका ढोकाहरू” मेरा निम्ति बन्द गरेका छन्; धेरै चोटि तिनीहरू मेरो सामु उभिँदा मलाई ध्यान दिँदैनन्; धेरै पल्ट तिनीहरूले अरू मानिसहरूको अघि मलाई त्यागेका छन्; धेरै पटक, तिनीहरूले दियाबलसहरूको सामु मलाई इन्कार गरेका छन्; र धेरै पटक तिनीहरूले आफ्ना झगडालु मुखले मलाई आक्रमण गरेका छन्। तापनि म मानिसका कमजोरीहरूको लेखा राख्दिनँ, न त म उसको विद्रोहको कारण दाँतको सट्टा दाँत माग्छु। उसको असाध्य रोग निको पार्न मैले उसका बिमारीहरूमा औषधी प्रयोग गरेको छु, त्यसरी उसलाई फेरि स्वस्थ बनाएको छु, यसैले कि उसले मलाई चिन्न सकोस्। के मैले गरेका सबै कार्य मानिसहरूलाई जीवित राख्न, मानिसहरूलाई जीवनमा एउटा मौका दिनका निम्ति होइन र? म धेरै चोटि मानिसहरूको संसारमा आएको छु, तर मानिसहरू आएनन्, किनकि म आफ्नै व्यक्तित्वमा यस संसारमा आएको थिएँ, मलाई ध्यान दिनुको साटो प्रत्येक व्यक्तिले उसलाई जे उचित लाग्यो त्यही गऱ्यो र बाहिर निस्कने आफ्नै बाटो खोज्यो। आकाशमुनिको प्रत्येक बाटो मेरो हातबाट आउँदछ भनी तिनीहरूले पत्तो पाएका थिएनन्! आकाशमुनिको प्रत्येक थोक मेरो विधानको अधीनमा छन् भनी तिनीहरू थोरै मात्र जान्दछन्! तिमीहरूमध्ये कसले आफ्नो हृदयमा अप्रसन्नता राख्ने हिम्मत गर्छौ? तिमीहरूमध्ये कसले हलकासाथ सम्झौतामा आउने हिम्मत गर्छौ? म भर्खरै चुपचाप मानिसहरूको बीचमा मेरो काम गर्दैछु—बस त्यत्ति मात्र हो। यदि, मेरो देहधारणको अवधिमा, मैले मानिसका कमजोरीहरूप्रति सहानुभूति नराखेको भए मेरो देहधारणको कारणले मात्र पनि सारा मानव जाति उनीहरूको बुद्धिले गर्दा डराउने थिए र फलस्वरूप, पातालमा पर्नेथिए। मैले आफैलाई नम्र तुल्याएकोले र आफैलाई लुकाएकोले मात्र मानव जाति विपत्तिबाट बच्यो, मेरो दण्डबाट छुटकारा पायो, र यस किसिमले आजको दिनमा आइपुग्यो। आजको दिनसम्म आइपुग्नु कति गाह्रो थियो भनी याद गर्दा के तिमीहरूले अझै आई नसकेको भोलिलाई अझ धेरै कदर गर्नुपर्दैन र?
मार्च ८, १९९२