अध्याय ७६

मेरा वाणीहरू सबै मेरो इच्‍छाका अभिव्यक्ति हुन्। कसले मेरो बोझलाई बुझ्‍न सक्छ? कसले मेरो अभिप्रायलाई बुझ्‍न सक्छ? के मैले तिमीहरूलाई सोधेको हरेक प्रश्‍नहरूका बारेमा तिमीहरूले विचार गरेका छौ? कस्तो लापरवाही! तिमीहरूले कसरी मेरा योजनालाई बाधा दिने आँट गर्‍यौ? तिमीहरू त ठेगानमा नभएको जस्तो व्यवहार गर्छौ! यदि दुष्ट आत्‍माहरूको त्यस्तो कार्य जारी रहिरहन्छ भने, म तिनीहरूलाई तुरुन्तै अतल कुण्‍डमा फ्यालेर मार्नेछु! मैले धेरै पहिलेदेखि दुष्टात्माका विभिन्न कार्यहरू स्पष्टसँग देखेको छु। र दुष्टात्माद्वारा प्रयोग गरिएका मानिसहरू (गलत मनसाय भएका व्यक्तिहरू, देह र धनको लालसा गर्नेहरू, आफूलाई बढुवा दिनेहरू, मण्डलीलाई बाधा दिनेहरू, आदि) प्रत्येकलाई पनि मैले देखेको छु। दुष्टात्मा बाहिर निकालिएपछि सबै समाप्त हुन्छ भनेर नसोच्। म तँलाई भन्दछु! अबदेखि, म यी व्यक्तिहरूलाई कहिल्यै प्रयोग नगर्ने गरी एक-एक गर्दै हटाउनेछु! भन्नुको अर्थ, दुष्टात्माद्वारा भ्रष्ट पारिएको कुनै पनि व्यक्तिलाई म प्रयोग गर्नेछैन, अनि त्यसलाई बाहिर निकालिनेछ! मसँग भावनाहरू छैनन् भनेर नसोच्! यो जान्! म पवित्र परमेश्‍वर हुँ, र म फोहोर मन्दिरमा बस्दिनँ। म ती इमानदार र बुद्धिमान् मानिसहरूलाई मात्र प्रयोग गर्दछु जो मप्रति पूर्ण बफादार छन् र मेरो बोझको बारेमा सोच्छन्। किनकि त्यस्ता मानिसहरू मद्वारा पूर्वनियुक्त गरिएका थिए, र तिनीहरूमा दुष्टात्माहरूले अलिकति पनि काम गरिरहेका हुँदैनन्। म एउटा कुरा स्पष्ट पार्छु: अबदेखि उसो पवित्र आत्माको काम नभएकाहरू सबैमा दुष्टात्माहरूको काम हुन्छ। म फेरि दोहोऱ्याएर भन्छु: म त्यस्तो एक जना व्यक्ति पनि चाहन्नँ जसमा दुष्टात्माहरूले काम गर्दछ। तिनीहरू सबैलाई तिनीहरूका देहसहित पातालमा फालिनेछन्!

मैले विगतमा तिमीहरूलाई दिएका मापदण्डहरू अलिक हल्‍का थिए, र देहको विषयमा तिमीहरू भ्रष्ट भएका छौ। आजको दिनदेखि उसो, म तिमीहरूलाई यसरी अघि बढिरहन दिनेछैन। यदि तिमीहरूका बोलीवचन र कार्यहरूले हरेक हिसाबमा मलाई प्रकट गर्दैन भने, वा यदि ती मेरो प्रतिरूप भन्दा अलिकति पनि भिन्न भए भने, म तिमीहरूलाई अवश्य नै हल्‍कासित छोडिजान दिनेछैन। नत्र भने, तिमीहरू सधैँ हाँसिरहेका र ठट्यौली गरिरहेका, कुनै संयमताविना, मरणासन्न हुने गरी हाँसिरहेका हुने थियौ। जब तैँले कुनै गलत काम गर्छस्, के तँलाई मैले तँलाई त्यागेको छु भन्‍ने लाग्दैन? तँलाई यो कुरा थाहा हुँदाहुँदै पनि, तँ किन अझै भ्रष्ट हुन्छस्? के तँ मेरो हातको न्यायको छुवाइ पर्खिरहेको छस्? आजदेखि, एक क्षण समेत मेरो अभिप्रायअनुसार नहुने जोकोहीलाई म तुरुन्तै दण्ड दिनेछु। यदि तँ कुरा काट्दै बसिस् भने, म तँलाई त्याग्‍नेछु। यदि तैँले आत्मिक आपूर्ति दिँदैनस् भने, नबोल्। मैले तिमीहरूलाई नियन्त्रित गर्नको लागि यसो भनेको होइन, तर मेरो आसय के हो भने मेरो काम अहिलेको बिन्दुसम्‍म अघि बढिसकेको हुनाले, म मेरो योजना अनुसार जारी राख्‍नेछु। यदि तिमीहरू जीवनका आत्मिक मामिलाहरूको बारेमा कुराकानी गर्दै एकसाथ बस्छौ भने, म अवश्य नै तिमीहरूको साथमा हुनेछु। म तिमीहरूमध्ये कसैलाई पनि अनुचित व्यवहार गर्नेछैन। यदि तैँले आफ्‍नो मुख खोलिस् भने, म तँलाई उचित वचनहरू प्रदान गर्नेछु। तैँले मेरा वचनहरूभित्रैबाट मेरो हृदयलाई बुझ्‍नुपर्छ। म तिमीहरूलाई गूँगो भएको बहाना गर भनेर भनिरहेको छैन, न त म तिमीहरूलाई सानातिना कुराहरूमा संलग्‍न होओ भनेर भनिरहेको छु।

म किन धेरै समय बाँकी छैन, र मेरो दिनको लागि ढिलाइ गर्नु हुँदैन भनिरहेको छु? के तिमीहरूले यसको बारेमा कहिल्यै होसियारीताको साथ विचार गरेका छौ? के तिमीहरूले मेरा वचनहरूको अर्थलाई साँच्‍चै बुझ्छौ? अर्थात्, मैले बोल्‍न थालेदेखि नै मैले काम गर्दै आइरहेको छु। तिमीहरू प्रत्येक नै मेरो कामको पात्र बनेका छौ। निश्‍चित रूपमा कुनै व्यक्ति होइन; र साथै, अरू कुनै व्यक्ति पनि होइन। तिमीहरू आशिषहरूको आनन्द प्राप्त नगरेको बारेमा मात्रै चिन्ता गर्छौ, तर तिमीहरूले आफ्‍नो जीवनको बारेमा विचार गर्दैनौ। तिमीहरू कति मूर्ख छौ! तिमीहरू कति दयनीय छौ! तिमीहरूले मेरो बोझलाई बुझ्दै बुझ्दैनौ!

मेरा सबै परिश्रमी प्रयासहरू र मैले चुकाएको मूल्य तिमीहरूकै खातिर थिए। यदि तिमीहरूले मेरो बोझलाई बुझ्दैनौ भने, तिमीहरू तिमीहरूबाट मैले गरेका अपेक्षाहरूअनुसार जिएका छैनौ! तिमीहरूले शासन गरोस् भनेर सबै राष्ट्रले प्रतीक्षा गरिरहेका छन्, र आफूमाथि शासन गरियोस् भनेर सबै मानिसहरूले पर्खिरहेका छन्। मैले सबै कुरा तिमीहरूका हातमा दिएको छु। अहिले, सत्तामा हुनेहरू सबैले पद त्याग गर्न थालेका छन् र गिरेका छन्, अनि तिनीहरूमाथि मेरो न्याय परोस् भनेर मात्रै तिनीहरूले पर्खिरहेका छन्। स्पष्ट रूपमा हेर्! संसार अहिले गिर्दैछ, जबकि मेरो राज्य सफलतापूर्वक निर्माण भएको छ। मेरा पुत्रहरू देखा परेका छन् र विभिन्‍न राष्ट्रहरू र मानिसहरूमाथि शासन चलाउँदै मेरा ज्येष्ठ पुत्रहरू मसँगै राजाहरूका रूपमा शासन गर्छन्। यो अस्पष्ट कुरा हो भन्‍ने नठान्; यो स्पष्ट देखिने सत्यता हो। होइन र? तिमीहरूले मलाई प्रार्थना र बिन्ती गर्ने बित्तिकै, म तुरुन्तै कारबाही अघि बढाउनेछु र तिमीहरूलाई सताउनेहरूलाई दण्ड दिनेछु, तिमीहरूलाई बाधा दिनेहरूलाई निराकरण गर्नेछु, तिमीहरूलाई घृणा गर्नेहरूलाई नष्ट गर्नेछु, र तिमीहरूको सेवा गर्ने मानिसहरू, घटनाहरू, र काम-कुराहरूको व्यवस्थापन गर्नेछु। मैले यो कुरा धेरै पटक भनेको छु: ख्रीष्‍टको लागि सेवा गर्ने जोकोहीलाई (अर्थात्, मेरो पुत्रलाई सेवा दिने जोकोहीलाई) म मुक्ति दिनेछैन। मेरो पुत्रलाई सेवा गर्छन् भन्दैमा तिनीहरू असल मानिसहरू हुन् भन्‍ने हुँदैन; यो पूर्ण रूपमा मेरो शक्ति र अचम्मका कार्यहरूको परिणाम हो। मानवतालाई अति धेरै महत्त्व नदेओ। त्यस्ता मानिसहरूसँग अवश्य नै पवित्र आत्‍माको कार्य हुँदैन र आत्मिक कुराहरूलाई बुझ्दै बुझ्दैनन्। तिनीहरूसँगको मेरो काम सकेपछि तिनीहरूको कुनै काम हुनेछैन। यो कुरालाई याद राख! यो मैले तिमीहरूलाई दिएको सुनिश्‍चितता हो। यसलाई उग्र किसिमले नबुझ, बुझ्यौ?

मानिसहरू झन्-झन् कम हुँदै गाएका छन्, तर सदस्यहरू पहिलेभन्दा बढी परिष्कृत छन्। यो मेरो काम, मेरो व्यवस्थापन योजना, र साथै मेरो बुद्धि र मेरो सर्वशक्ति हो। यो मेरो सामान्य मानवता र मेरो पूर्ण ईश्‍वरीयताको समन्वय हो। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? के तिमीहरूसँग यस बुँदाको बारेमा कुनै बुझाइ छ? मैले मेरो सामान्य मानवताबाट बोलेका कुराहरू हरेकलाई म मेरो ईश्‍वरीयताद्वारा एक-एक गरी पूरा गर्नेछु। यही कारणले गर्दा मैले जे भन्छु त्यो कुनै अस्पष्टताविना पूरा हुनेछ भनेर बारम्बा‍र दोहोर्याइरहन्छु; बरु, यो अत्यन्तै स्पष्ट र निश्‍चित हुनेछ। मैले भन्‍ने हरेक कुरा पूरा हुनेछ, र अवश्य नै लापरवाही रूपमा हुनेछैन। म खोक्रा शब्‍दहरू बोल्दिनँ र म गल्तीहरू गर्दिनँ। जसले मलाई मापन गर्ने आँट गर्छ त्यसलाई न्याय गरिनेछ, र त्यो अवश्य नै मेरो हत्केलाबाट उम्कन सक्‍नेछैन। मेरा वचनहरू बोलिने बित्तिकै, कसले विरोध गर्ने आँट गर्छ? कसले मलाई फुस्ल्याउने वा मबाट कुनै कुरा लुकाउने आँट गर्छ? मैले पहिले नै यो कुरा भनिसकेको छु: म बुद्धिमानी परमेश्‍वर हुँ। सबै मानिसहरूलाई र शैतानी बानीबेहोरालाई प्रकट गर्न, गलत अभिप्राय भएकाहरूलाई खुलासा गर्न, अरूको अघि एक किसिमले र तिनीहरूको पिठ्यूँपछाडि अर्को किसिमले व्यवहार गर्नेहरू, मलाई विरोध गर्नेहरू, मप्रति विश्‍वासघाती हुनेहरू, पैसाको पछि लालसा गर्नेहरू, मेरो बोझलाई नबुझ्‍नेहरू, आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग छल र कुटिलपनको प्रयोग गर्ने, मानिसहरूलाई आनन्दित तुल्याउन चिप्‍ले घस्‍ने, र आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग हृदय र मनमा सर्वसम्मत रूपमा समन्वय गर्न नसक्‍नेहरूलाई खुलासा गर्न म मेरो सामान्य मानवताको प्रयोग गर्छु। मेरो सामान्य मानवतालाई थाहा हुँदैन भन्‍ने ठान्दै, मेरो सामान्य मानवताको कारण धेरै मानिसहरूले गुप्तमा मेरो विरोध गर्छन् र छल र कुटिलपनमा सहभागी हुन्छन्। अनि मलाई असल कुरा खान पिउन दिँदै, सेवकहरूले जस्तो मेरो सेवा गर्दै, र आफ्‍नो हृदयमा भएको कुरा मसँग बोल्दै, तर मेरो पिठ्यूँ पछाडि पूर्ण रूपमा फरक व्यवहार गर्दै धेरै मानिसहरूले मेरो सामान्य मानवतामा विशेष ध्यान दिन्छन्। अन्धा मानवहरू! तिमीहरूले मलाई—मानिसहरूको हृदयको गहिराई देख्‍न सक्‍ने परमेश्‍वरलाई कति थोरै चिनेका छौ। अहिले समेत तिमीहरूले मलाई चिनेकै छैनौ; तैँले जे गरिरहेको छस् त्यसको बारेमा मलाई थाहा छैन भन्‍ने तँलाई लाग्छ। पछाडि फर्केर हेर्: मेरो सामान्य मानवताको कारण कति जना मानिसहरूले आफूलाई बरबाद गरेका छन्? बिउँझ! उप्रान्त मलाई छल नगर्। तैँले मेरो अघि तेरो सबै चालचलन र व्यवहार, तेरो हरेक वचन र कार्यलाई प्रस्तुत गर्नुपर्छ, र मैले गर्ने छानबिनलाई स्वीकार गर्नुपर्छ।

अघिल्लो: अध्याय ७५

अर्को: अध्याय ७७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्