अध्याय ७५

मेरा वचनहरू बोलिनेबित्तिकै अलिकति हेरफेरविना सबै पूरा हुनेछन्। अबदेखि, लुकेका सबै रहस्य अस्पष्ट वा गुप्त हुनेछैनन्, अनि ती तिमीहरूलाई प्रकट गरिनेछन्—मेरा प्रिय पुत्रहरू। म तँलाई ममा ठूला-ठूला चिन्‍ह र अचम्‍मका कामहरू समेत देखाउनेछु, अनि ठूला रहस्यहरू पनि। यी कुराले निश्चय नै तिमीहरूलाई चकित पार्नेछन् अनि मेरो, सर्वशक्तिमान् परमेश्‍वरको बारेमा उत्तम बुझाइ दिनेछन्, अनि त्यसमा रहेको मेरो बुद्धिलाई सराहना गर्न दिनेछन्। आज तिमीहरू साँचो परमेश्‍वरको आमनेसामने भएका छौ, उहाँलाई मानिसहरूले सृष्टिदेखि कहिल्यै देखेका छैनन्, अनि मेरो बारेमा केही पनि विशेष छैन। म तिमीहरूसँगै खान्छु, जिउँछु, बोल्छु र हाँस्छु, अनि म सधैँ तिमीहरूभित्रै जिउँछु, जबकि त्यही समयमा तिमीहरूमाझ हिँडडुल गरिरहेको पनि हुन्छु। मलाई विश्‍वास नगर्नेहरू वा आफ्‍नै गम्भीर धारणा बोक्‍नेहरूका निम्ति यो ठेस लाग्ने ढुङ्गा हो। यो मेरो बुद्धि हो। म केही मानिसलाई मेरो सामान्य मानवताले नजानेका कुराहरू पनि प्रकट गर्नेछु, तर यसको अर्थ म परमेश्‍वर स्‍वयम्‌ होइन भन्ने हुँदैन। यसको विपरीत, यो बुँदा म सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी प्रमाणित गर्न पर्याप्त हुन्छ। विश्‍वास गर्ने मानिसहरूका निम्ति यो बुँदाको निर्णायक प्रभाव हुन्छ, अनि यही बुँदाकै कारणले तिनीहरूसित मेरो बारेमा शत-प्रतिशत निश्‍चयता हुन्छ। अत्यधिक व्याकुल नहोऊ; म तिमीहरूलाई एक-एक गरेर कुराहरू प्रकट गर्नेछु।

तिमीहरूका निम्ति म खुला छु अनि लुकेको छैनँ। तथापि, अविश्‍वासीहरूका निम्ति—जो छली छन्, जो केही हदसम्म शैतानद्वारा भ्रष्ट पारिएका छन्—म लुकेको अवस्थामा रहनेछु। तथापि, जब यसभन्दा पहिले मैले आफूलाई सबै मानिसकहाँ प्रकट गर्ने बारेमा बोलेँ, मैले मेरो धार्मिकता, न्याय, अनि प्रतापबारे उल्‍लेख गरिरहेको थिएँ, ताकि तिनीहरूले प्राप्त गर्ने परिणामबाट म ब्रह्माण्ड र सबै कुराका मालिक हुँ भनेर जान्‍न सकून्। साहसी भएर काम गर! तिमीहरूका शिरहरू उच्च पार! नडराऊ: म—तिमीहरूका पिता—तिमीहरूलाई साथ दिन यहाँ छु अनि तिमीहरूले कष्ट भोग्नेछैनौ। जहिलेसम्म तिमीहरूले मेरो सामु निरन्तर प्रार्थना र निवेदन गर्छौ, म तिमीहरूमाथि सबै विश्‍वास खन्याइदिनेछु। सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन। तिमीहरूको हृदय सन्तुष्ट हुने गरी आनन्द मनाऊ र उफ्र! सबै कुरा तिमीहरूका पाउमुनि र तिमीहरूकै पकडमा छन्। के मेरो एउटा वचनले उपलब्धि वा विनाशको निर्णय गर्दैन र?

जसलाई मैले अहिले प्रयोग गरिरहेको छु, ती सबै एक-एक गरेर धेरै पहिले नै मद्वारा अनुमोदित भएका थिए। अर्थात्, ज्येष्ठ पुत्रहरूको समूहमा रहेका ती मानिसहरू पहिल्यै निर्धारित भइसकेका छन्, र मैले संसार सृष्टि गर्नुभन्दा अघिदेखि नै निर्धारित भइसकेका छन्। यसलाई कसैले परिवर्तन गर्न सक्दैन, अनि यी सबै मेरो हुकुममा हुनैपर्छ। कुनै पनि मानिसले यो काम गर्न सक्दैन; यी सबै मेरा बन्दोबस्तहरू हुन्। ममा सबै कुरा स्थिर र सुरक्षित रहनेछन्; अलिकति प्रयास नगरिकनै, ममा सबै कुरा उपयुक्त र उचित प्रकारले गरिनेछन्। म बोल्छु र यो स्थापित हुनेछ; म बोल्छु र यो पूरा हुन्छ। अन्तर्राष्ट्रिय स्थिति खलबल हुँदा, किन तिमीहरू आफ्नो तालीम सुरु गर्न हतारिएका छैनौ? कहिलेसम्म तिमीहरू पर्खिनेछौ? के तिमीहरूलाई भेट्न चीनमा विदेशीहरू ओइरिने दिनसम्म तिमीहरू पर्खिनेछौ? तिमीहरू अघि अलि ढिलो भएका थियौ होला, तर तिमीहरू आफैमा लीन भइरहनु हुँदैन! मेरा पुत्रहरू! मेरा परिश्रमी अभिप्रायहरूलाई विचार गर! जो मसित धेरैभन्दा धेरै नजिक हुन्छन्, तिनीहरूले सबै कुरा प्राप्त गर्नेछन्। के तिमीहरू मलाई अविश्‍वास गर्छौ?

मेरो कामको गति बिजुलीको चमकजस्तै छ, तर निश्चय नै मेघगर्जनको चर्को आवाज होइन। के तिमीहरूले यी वचनहरूको साँचो अर्थ बुझ्छौ? तिमीहरूले मसित अझ राम्रोसित सहकार्य गर्न सक्नैपर्छ, अनि मेरा अभिप्रायहरूलाई विचार गर्नैपर्छ। तिमीहरू आशिष पाउन चाहन्छौ तर कष्टहरूदेखि पनि डराउँछौ; के यो तिमीहरूको परस्पर विरोधी प्रवृत्ति होइन र? म तँलाई भन्छु! यदि कसैले आज आशिषहरू प्राप्त गर्न चाहन्छन्, तर त्यस उद्देश्यप्रति सबै बलिदान गर्दैनन् भने, तिनीहरूले प्राप्त गर्ने भनेका मेरो दण्ड र न्याय हुन्। तैपनि, जसले सबै बलिदान गर्छन्, तिनीहरूले सबै कुरामा शान्ति अनुभव गर्नेछन् र तिनीहरूसित सबै कुरा प्रशस्त हुन्छ, अनि तिनीहरूले प्राप्त गर्ने सबै कुरा मेरा आशिष हुनेछन्। आज अत्यावश्यक रूपले चाहिएका कुरा भनेको तिमीहरूको विश्‍वास र तिमीहरूले चुकाउनुपर्ने मूल्य हुन्। मेरा अभिप्रायहरूलाई गलत प्रकारले व्याख्या नगर। सबै कुरा हुन आउनेछन्, अनि तिमीहरूको आफ्नै आँखाले ती देख्नेछौ अनि व्यक्तिगत रूपले अनुभव गर्नेछौ। ममा एउटा पनि गलत शब्द वा झूट छैन; मैले भन्ने सबै कुरा पूर्ण रूपले सत्य हुन्छन्, अनि त्यसमा बुद्धिको कमी हुँदैन। आधा विश्‍वास र आधा शङ्का नगर। तिमीहरूको माझमा सबै कुरा पूरा गर्ने अनि न्याय गर्ने र खराबी गर्नेहरूलाई छुट्याउने पनि म नै हुँ। म तिमीहरूलाई प्रेम गर्छु, अनि म सिद्ध पार्छु। तथापि, तिनीहरूका निम्ति म पूर्ण रूपले विपरीत छु: तिनीहरूले घृणा र विनाश भोग्‍नेछन्, अनि तिनीहरूलाई कुनै छुट दिइनेछैन र कुनै नाम-निशाना छोडिनेछैन। मैले भन्ने र गर्ने सबै कुरामा मेरो प्रशस्तता व्याप्त हुन्छ। के तिमीहरूले त्यसलाई एक-एक गरेर जाँचेका छौ? मैले केही वचन धेरै पल्ट भनेको छु, त्यसैले किन तिमीहरूले मैले भन्न खोजेको कुरा बुझ्दैनौ? तिमीहरूले मेरा वचनहरू पढिसकेपछि, के सबै कुरा जस्तो हुनुपर्ने त्यस्तो हुनेछन् र? तब सबै कुरा सम्पन्न हुन्छन् र? तिमीहरूसित मेरो हृदयप्रति विचारशील हुने कुनै अभिप्राय छैन। म मानिसहरूका हृदयको गहिराइ जाँच्नुहुने पूर्ण रूपले अधिकारपूर्ण, सर्वबुद्धिमान्, एकमात्र साँचो परमेश्‍वर हुँ भनेर किन भन्छु? के तैँले यी वचनहरूको अर्थ अझै बुझ्दैनस्? के मैले जोड दिएको हरेक वचनलाई तैँले कण्ठ गरेको छस्? के ती तैँले काम गर्ने सिद्धान्तहरू बनेका छन्?

म सारा ब्रम्हाण्डलाई नियाल्दै सबै कुरामाथि खडा छु। म हरेक जाति र मानिसहरूलाई मेरो महान् शक्ति र मेरो सारा बुद्धि प्रदर्शन गर्नेछु। अहिले आनन्दको पछि लाग्न तिमीहरूले जे सक्छौ, त्यही मात्र नगर। जब संसारका सबै जाति एक हुनेछन्, कुन कुरा तिमीहरूको हुनेछैन र? तैपनि, म अहिले तिमीहरूलाई कमी हुन दिनेछैनँ, न त म तिमीहरूलाई कष्ट भोग्न नै दिनेछु। म सर्वशक्तिमान् परमेश्‍वर हुँ भनेर विश्‍वास गर! सबै कुरा पूरा हुनेछन् अनि झन्-झन् असल हुनेछन्! मेरा ज्येष्ठ पुत्रहरू! तिमीहरूमा सबै आशिष आउनेछन्! तिमीहरूले अटुट रूपमा ती आशिषको आनन्द लिनेछौ, जसको आपूर्ति सिद्धिन्दैन, जुन भरपूर र प्रशस्त, अनि पूर्णरूपले पूरा छन्!

अघिल्लो: अध्याय ७४

अर्को: अध्याय ७६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्