अध्याय ११९

तिमीहरू सबैले मेरा अभिप्रायहरूलाई बुझ्नुपर्छ, अनि तिमीहरू सबैले मेरो मनस्थितिलाई बुझ्नुपर्छ। अहिले नै सियोनमा फर्किन तयार हुने समय हो। मलाई यो बाहेक अरू केही गर्ने विचार छैन। म तिमीहरूसित चाँडै एक दिन एक हुने अनि हरेक मिनेट र हरेक सेकेन्ड तिमीहरूसित सियोनमा बिताउने आशा मात्रै गर्छु। म संसारलाई घृणा गर्छु, म देहलाई घृणा गर्छु अनि त्यसभन्दा बढी, म पृथ्वीमा हरेक मानिसलाई घृणा गर्छु। म तिनीहरूलाई हेर्न इच्छुक छैन, किनकि तिनीहरू सबै मानव स्वभावको अलिकति पनि लक्षण नभएका भूतहरू जस्ता हुन्। म पृथ्वीमा बस्न इच्छुक छैन; म सबै सृष्टिहरूलाई घृणा गर्छु, म मासु र रगतका सबैलाई घृणा गर्छु। सम्पूर्ण पृथ्वीबाट लासहरूको दुर्गन्ध आउँछ; पृथ्वीबाट लासको दुर्गन्ध हटाउन अनि सबै पृथ्वी मेरो प्रशंसाको ध्वनिले भरिदिन म तुरुन्तै सियोनमा फर्किन चाहन्छु। म सियोनमा फर्किनेछु, म देह र संसारबाट दूर रहनेछु अनि कोही पनि मेरो बाटोमा खडा हुन पाउनेछैन। मानिसलाई मार्ने मेरो हातमा कुनै भावना छैन! आजदेखि, कसैले पनि मण्डलीको निर्माणको बारेमा बोल्न पाउनेछैन। यदि कसैले बोल्छ भने, म तिनीहरूलाई क्षमा दिनेछैनँ। (किनभने अहिले मेरो ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिने समय हो, अनि अहिले राज्य निर्माण गर्ने समय हो; ज-जसले मण्डलीको निर्माणको बारेमा बोल्छन्, तिनीहरूले राज्यको निर्माणलाई भत्काउँदैछन्, अनि मेरो व्यवस्थापनलाई हस्तक्षेप गर्दैछन्)। सबै तत्पर छन्, सब तयार छन्; बाँकी रहेको एउटै कुरा ज्येष्ठ पुत्रहरू उचालिनु र तिनीहरूको गवाही दिइनु हो। जब त्यो हुन्छ, तब म एकैछिन ढिलो नगरी अनि रूपलाई विचार नगरी तुरुन्तै सियोनमा फर्किनेछु—त्यो ठाउँ जुन तिमीहरूले रात र दिन आफ्ना मनमा राख्छौ। अहिलेको संसार कसरी निर्विध्न र स्थिर रूपमा चलिरहेको छ भनेर मात्र नहेर। यो सबै काम सियोनमा फर्किने काम हो, त्यसैले अहिले यी कुराहरूलाई ध्यान नदेओ; जब सियोन फर्किने दिन आउँछ, सबै पूर्ण हुनेछ। को चाँडै सियोन फर्किन चाहँदैन? को पिता र पुत्रहरू चाँडै एक भएको चाहँदैन? पृथ्वीका सुखविलासहरू जतिसुकै आनन्ददायक भए पनि तिनीहरूले हाम्रो देहमाथि पकड जमाउन सक्दैन; हामी हाम्रो देहलाई उछिन्नेछौं अनि सँगै सियोनमा फर्कनेछौ। कसले यसलाई बाधा दिने साहस गर्छ? कसले बाधाहरू खडा गर्न साहस गर्छ? म तिनीहरूलाई निश्चय नै क्षमा गर्नेछैन! म सबै ठेस लाग्ने ढुङ्गाहरूलाई हटाइदिनेछु (त्यसैकारण, म भन्छु, म सीधै सियोनमा फर्किन सक्दिनँ। म यो शुद्ध गर्ने कामलाई पूरा गर्दैछु अनि त्यस सँगसँगै मेरा ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिँदैछु; यी दुवै कामहरू एकसाथ अगि बढिरहेका छन्। जब शुद्ध गर्ने काम पूर्ण हुन्छ, तब मेरो निम्ति ज्येष्ठ पुत्रहरू प्रकट गर्ने समय हुनेछ। “ठेस लाग्ने ढुङ्गाहरू” ठूलो संख्यामा रहेका सेवाकर्ताहरू हुन्, त्यसैकारण म भन्छु कि यी दुई कामहरू सँगसँगै भइरहेका छन्)। म मेरा ज्येष्ठ पुत्रहरूलाई मसँगै ब्रह्माण्डभरि अनि पृथ्वीको कुनाकाप्चाहरूमा, पहाडहरू र नदीहरू अनि सबै कुराहरूमा पाइला टेकाउनेछु; कसले यसलाई बाधा दिने साहस गर्नसक्छ? कसले यसलाई रोक्ने साहस गर्नसक्छ? मेरो हातले कुनै मानिसलाई सजिलोसँग छोड्दैन; मेरा ज्येष्ठ पुत्रहरू बाहेक, म सबैको विरुद्धमा क्रुद्ध हुन्छु अनि सबैलाई श्राप दिन्छु। सारा देशमा मेरा आशिषहरू प्राप्त गर्ने एउटै मरणशील मानिस छैन; सबैले मेरो श्राप पाउनेछन्। सृष्टिको सुरुदेखि, मैले कसैलाई आशिषित तुल्याएको छैनँ; मैले आशिषहरू दिँदा पनि, ती केवल वचनहरू मात्र रहेका छन्, वास्तविकता होइन, किनकि म शैतानलाई पूर्ण रूपले घृणा गर्छु; म त्यसलाई कहिल्यै आशिषित तुल्याउनेछैन, त्यसलाई दण्ड मात्र दिनेछु। केवल अन्त्यमा, मैले शैतानलाई पूर्ण रूपले जितिसकेपछि अनि मेरो पूरा विजय भइसकेपछि, म मेरा सबै वफादार सेवाकर्ताहरूलाई भौतिक आशिषहरू दिनेछु अनि मलाई प्रशंसा गर्नमा आनन्द लिन दिनेछु, किनकि मेरो सबै काम सम्पन्न भइसकेको हुनेछ।

वास्तवमा, मेरो समय धेरै पर छैन। छ हजार वर्षीय व्यवस्थापनको योजना तिमीहरूको आँखाको सामु पूर्णताको नजिक पुग्दैछ। (वास्तवमा, यो तिमीहरूको आँखाको सामु छ। यो कुनै पूर्वलक्षण होइन; तिमीहरूले मेरो मनस्थितिबाट यो देख्न सक्छौ।) म तुरुन्तै मेरा ज्येष्ठ पुत्रहरूलाई सियोनको घरमा लैजानेछु। कतिपय मानिसहरूले यसो भन्‍नेछन्, “यो ज्येष्ठ पुत्रहरूका निम्ति मात्र हो भने किन यसको लागि छ हजार वर्ष लाग्छ? अनि किन यति धेरै मानिसहरू सृष्टि गरिए?” मैले अघि नै भनेको छु, कि मेरो सबै कुरा बहुमूल्य छ। कसरी मेरा ज्येष्ठ पुत्रहरू झन् कति बढी बहुमूल्य नहोलान् र? म सबैलाई मेरो सेवा गर्न परिचालन गर्नेछु, अनि यसको साथै, म मेरो शक्ति प्रकट गर्नेछु, ताकि हरेक मानिसले देख्न सकोस् कि सारा ब्रह्माण्डमा, एउटै वस्तु पनि हाम्रो हातमा छैन अनि एउटै व्यक्ति पनि हाम्रो सेवामा छैन, अनि एउटै व्यक्ति पनि हाम्रो उपलब्धिको लागि छैन। म सबै कुरा हासिल गर्नेछु। मेरो निम्ति, समयको कुनै अवधारणा छैन; मैले छ हजार वर्षमा योजना र मेरो काम सिध्याउने उद्देश्य राखे पनि, मेरो लागि सबै बन्धनमुक्त र स्वतन्त्र छ। यदि यो छ हजार वर्षभन्दा कम नै भए तापनि, मेरो दृष्टिमा समय आएको छ भने, कसले विरोधको वचन उच्चारण गर्ने साहस गर्थ्यो? कसले इच्छानुसार खडा हुने र न्याय गर्ने साहस गर्थ्यो? मेरो काम म आफै गर्छु; मेरो समय म आफै व्यवस्थित गर्छु। कुनै व्यक्ति, कुनै विषय, कुनै कुराले स्वेच्छाले काम गर्ने साहस गर्न सक्दैन; म सबैलाई मलाई पछ्याउने तुल्याउनेछु। मेरो निम्ति कुनै सही वा गलत छैन; यदि म कुनै कुरा सही छ भनी भन्छु भने, त्यो निश्चय नै सही हुन्छ; यदि म यो बेठीक छ भनी भन्छु भने त्यो पनि ठीक नै हुन्छ। तैँले मलाई सधैँ मानव धारणाहरूले नाप्नु हुँदैन! म भन्छु ज्येष्ठ पुत्रहरू र म सँगै आशिषित छौँ—कसले समर्पित हुन इन्कार गर्ने साहस गर्छ? म तँलाई तत्कालै नष्ट गर्नेछु! तँ समर्पित हुन इन्कार गर्छस्! तँ विद्रोही होस्! म कुनै पनि मानिसजातिको निम्ति दयारहित छु, अनि मेरो घृणाले पहिल्यै सीमा नाघिसकेको छ; म अब बढी सहनशील हुन सक्दिनँ। जहाँसम्म मेरो कुरा छ, सबै ब्रह्माण्ड जगत् तुरुन्तै नष्ट गरिनुपर्छ—तब मात्रै मेरो महान् काम पूरा हुनेछ; अनि तब मात्रै मेरो व्यवस्थापनको योजना पूरा हुनेछ; अनि तब मात्रै मेरो हृदयको घृणा दूर हुनेछ। अब म मेरा ज्येष्ठ पुत्रहरूको बारेमा गवाही दिने बारेमा मात्र वास्ता गर्छु। म अरू सबै मामलाहरू एकातिर पन्साइदिनेछु; म पहिले महत्वपूर्ण कुराहरू गर्नेछु, त्यसपछि म द्वितीय कुराहरू गर्नेछु। यी मेरो कामका कदमहरू हुन् जसलाई कसैले भङ्ग गर्नु हुँदैन; सबैले मैले भनेअनुसार गर्नुपर्छ नत्रभने तिनीहरू मेरा श्रापका निशानाहरू बन्छन्।

अब मेरो काम सम्पन्न भइसकेको हुनाले, म विश्राम लिनसक्छु। अबदेखि, म अरू बढी काम गर्नेछैन, तर मैले पूरा गर्न चाहेको सबै कुरा म मेरा ज्येष्ठ पुत्रहरूलाई गर्न लगाउनेछु, किनभने मेरा ज्येष्ठ पुत्रहरू म नै हुन्; मेरा ज्येष्ठ पुत्रहरू मेरो व्यक्तित्व हुन्। यो अलिकति पनि गलत होइन; न्यायहरू गर्न धारणाहरूको प्रयोग नगर। ज्येष्ठ पुत्रहरूलाई हेर्नु भनेको मलाई हेर्नु हो, किनकि हामी एकै हौँ र उही हौँ। हामीलाई अलग गर्ने जोकोहीले मलाई विरोध गरिरहेको हुन्छ, अनि म तिनीहरूलाई क्षमा दिनेछैनँ। अर्को शब्दमा, मानिसको निम्ति अबोधगम्य रहस्यहरू छन्। जसलाई म प्रेम गर्छु, केवल तिनीहरूले मात्रै मलाई व्यक्त गर्नसक्छन्, अरू कसैले त्यसो गर्न सक्दैनन्; यो मद्वारा निर्धारित गरिएको हो, अनि कसैले यसलाई परिवर्तन गर्न सक्दैन। मेरा वचनहरू समृद्ध, वृहत् र अथाह छन्। सबैले मेरा वचनहरूमाथि ठूलो प्रयास लगाउनुपर्छ, बारम्बार त्यसलाई मनन गर्नुपर्छ, अनि एउटै शब्द वा वाक्यलाई पनि हटाउनु हुँदैन—नत्र भने, मानिसहरूले भूलमा परेर परिश्रम गर्नेछन्, अनि मेरा वचनहरूलाई गलत रूपमा बुझिनेछ। मैले भनेकै छु, कि मेरो स्वभावले अपमान सहँदैन, भनाइको अर्थ, मेरो गवाहीप्राप्त ज्येष्ठ पुत्रहरूलाई विरोध गर्न सकिँदैन। मेरा ज्येष्ठ पुत्रहरूले मेरो स्वभावको हरेक पक्षलाई प्रतिनिधित्व गर्छ, त्यसैकारण जब पवित्र तुरही बज्छ, त्यसबेला म ज्येष्ठ पुत्रहरूको गवाही दिन सुरु गर्छु अनि यसरी, त्यसपछि पवित्र तुरही भीडको लागि मेरो स्वभावको क्रमिक घोषणा हुनेछ। अर्को शब्दमा, जब मेरा ज्येष्ठ पुत्रहरूलाई प्रकट गरिन्छ, त्यसबेला मेरो स्वभाव प्रकट हुन्छ। कसले यसलाई गहिरो प्रकारले बुझ्न सक्छ? म भन्छु कि मैले प्रकट गरेका रहस्यहरूभित्र पनि मानिसहरूले सुल्झाउन नसकेका रहस्यहरू बाँकी हुन्छन्। कसले तिमीहरूको माझमा यी वचनहरूको साँचो अर्थलाई साँच्चिकै ठम्याउने प्रयास गरेका छन्? के मेरो स्वभाव तिमीहरूले कल्पना गरे झैँ एउटा व्यक्तिको व्यक्तित्व हो? त्यस्तो सोच्नु गम्भीर गल्ती हो! आज, ज-जसले मेरा ज्येष्ठ पुत्रहरूलाई देख्छन्, तिनीहरू आशिषका पात्र हुन्, अनि तिनीहरूले मेरो स्वभाव देख्छन्—यो पूर्ण रूपले साँचो कुरा हो। मेरा ज्येष्ठ पुत्रहरूले मेरो सम्पूर्णतालाई प्रतिनिधित्व गर्छ; तिनीहरू मेरो व्यक्तित्व हुन् भन्‍नेमा कुनै शङ्का छैन। यसको बारेमा कसैसित कुनै शङ्का नहोस्! आज्ञाकारीहरू अनुग्रहले आशिषित छन्, अनि विद्रोहीहरू श्रापित छन्। मैले हुकुम दिएको यही नै हो, अनि कुनै व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन!

अघिल्लो: अध्याय ११८

अर्को: अध्याय १२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्