अध्याय ११८

मेरो पुत्रको निम्ति गवाही दिन जोसुकै उठे पनि, म तिनीहरूमाथि अनुग्रह खन्याउनेछु; जो-जो मेरो छोराको निम्ति गवाही दिन उठ्दैन तर त्यसको साटो, विरोध गर्छन् अनि तिनीहरूका आफ्नै मूल्याङ्कनहरू गर्न मानव धारणाहरूको प्रयोग गर्छन्, म तिनीहरूलाई नष्ट गर्नेछु। सबैले स्पष्ट रूपले देख्नुपर्छ! मेरो छोराको निम्ति गवाही दिनु मेरो मेरो डर मान्ने कार्य हो, अनि यसले मेरो इच्छालाई सन्तुष्ट गर्दछ। पुत्रलाई हेपेर, अनि दबाएर, पितालाई मात्र आदर गर्ने नगर। जसले यसो गर्छन्, तिनीहरू ठूलो रातो अजिङ्गरका सन्तान हुन्। मेरो छोराको निम्ति गवाही दिनको निम्ति मलाई यस्ता अभागी व्यक्तिहरू चाहिँदैन; म तिनीहरूलाई अतल कुण्डमा नष्ट गरिदिनेछु। मेरो पुत्रलाई सेवा पुर्याउन म वफादार र इमान्दार सेवाकर्ताहरू चाहन्छु; बाँकीको सम्बन्धमा, मलाई तिनीहरूको आवश्यकता पर्दैन। यो मेरो धर्मी स्वभाव हो, अनि यसले म पवित्र र निष्कलङ्क परमेश्‍वर स्‍वयम्‌ हुँ भन्‍ने देखाउन सहायता गर्दछ। मेरो प्रशासनिक आदेशहरूलाई ठेस पुर्‍याउने कसैलाई पनि म क्षमा गर्नेछैनँ। ज-जसले विगतमा तपाईंलाई विरोध गरे वा सताए, चाहे त्यो परिवारमा होस् वा संसारमा होस्, म तिनीहरूलाई एक-एक गरेर सजाय दिनेछु अनि कोही पनि छोडिनेछैन, किनकि ममा देह र रगतको कुनै भाग छैन। आज तपाईंको निम्ति गवाही दिने कार्यले ती सेवाकर्ताहरूले मेरो निम्ति सेवा पुर्याउने कार्यलाई समाप्त गरेका छन् भन्‍ने देखाउँछ, त्यसैले कुनै पनि प्रकारको सङ्कोच वा चिन्ताहरू नगर। आखिर, तिनीहरू तपाईंका सेवाकर्ताहरू हुन्, अनि आखिर, तपाईं स्वर्गको हुनुहुन्छ, र अन्त्यमा तपाईं मेरो शरीरमा फर्किनुहुनेछ किनकि मेरो शरीर तपाईंविना रहन सक्दैन। विगतमा जसले तपाईंको विरोध गरे र जो तपाईं अनुरूप रहेनन् (यो अरूले देख्न नसक्‍ने कुरा हो; तपाईंले मात्रै यस कुरालाई आफ्‍नो हृदयमा जान्नुहुन्छ) तिनीहरूले अहिले आफ्ना असली रूप देखाएका छन् अनि पतित भएका छन्, किनकि तपाईं परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ र कसैले तपाईंलाई विरोध गरेको वा ठेस पुर्याएको तपाईंले सहन सक्नुहुन्न। यो कुरालाई बाहिरबाट देख्न नसकिए पनि, मेरो आत्मा तपाईंभित्र छ; यसमा शङ्कै छैन। सबै मानिसहरूले यो विश्‍वास गर्नुपर्छ, नत्रभने मलाई विरोध गर्ने सबैलाई मेरो फलामे छडले प्रहार गरेर ढाल्नेछ! मैले तपाईंको निम्ति गवाही दिने हुनाले, निश्‍चय नै तपाईंको नै अख्तियार छ, र तपाईंले भन्नुहुने सबै कुरा मेरो अभिव्यक्ति हो, र तपाईंले गर्नुहुने सबै कुरा मेरो प्रकटीकरण हो, किनकि तपाईं मेरो प्रिय हुनुहुन्छ अनि तपाईं त्यो भाग हुनुहुन्छ जुन भागविना मेरो व्यक्तित्व रहन सक्दैन। त्यसैकारण, तपाईंको हरेक काम, तपाईंले जे पहिरिनुहुन्छ, तपाईंले जे प्रयोग गर्नुहुन्छ अनि जहाँ तपाईं रहनुहुन्छ—ती सबै पनि निश्चय मेरा कामहरू हुन्। कसैले पनि तपाईंको विरुद्धमा केही पत्ता लगाउने प्रयास गर्नु हुँदैन, र कसैले पनि तपाईंमा गल्तीहरू खोज्नु हुँदैन। यदि कसैले यसो गर्छ भने, म तिनीहरूलाई क्षमा गर्नेछैन!

म मेरो घरबाट सबै दुष्ट सेवकहरूलाई निकालिदिनेछु, अनि मेरो घरभित्र म मेरा वफादार सेवकहरूलाई मेरा ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिन लगाउनेछु; यो मेरो योजना हो, अनि मैले काम गर्ने तरिका यही नै हो। जब दुष्ट सेवकहरूले मेरो छोराको निम्ति गवाही दिन्छन्, त्यहाँ मरेको मान्छेको दुर्गन्ध हुन्छ, र यो मेरो लागि घिनलाग्दो हुन्छ। जब मेरा वफादार सेवकहरूले मेरो छोराको निम्ति गवाही दिन्छन्, यो गम्भीर र इमान्दार हुन्छ, अनि यो मेरो निम्ति ग्रहणयोग्य हुन्छ। त्यसैकारण, जो-जो मेरो छोराको निम्ति गवाही दिन अनिच्छुक छौ, अहिले नै यहाँबाट बाहिर निस्किहाल! म तिमीहरूलाई त्यसो गर्न बाध्य गर्नेछैन—यदि मैले तँलाई निस्केर जा भन्छु भने, तँ निस्केर जानैपर्छ। तेरा निम्ति के कस्ता परिणामहरू छन्, अनि तँमाथि के कुरा आइपर्नेछ भनी हेर्; तँलाई सेवा पुर्याउनेहरूले नै यो कुरालाई अरू कसैले भन्दा बढी बुझ्छ। मेरो न्याय, मेरो क्रोध, मेरा श्रापहरू, मेरो जलन, अनि मेरो दन्किरहेको रिस मलाई विरोध गर्ने कसैमाथि कुनै पनि बेला पर्नसक्छ। मेरो हातले कसैलाई कृपा देखाउँदैन; मलाई सेवा पुर्याउने व्यक्ति पहिले जतिसुकै वफादार भए पनि, यदि तिनीहरूले मेरो पुत्रलाई आज विरोध गर्छ भने म तिनीहरूलाई तुरुन्तै नष्ट गरिदिनेछु, अनि म तिनीहरूलाई मेरो सामु रहन दिनेछैन। यसबाट, कसैले पनि मेरो निर्दयी हातलाई देख्न सक्छ। मानिसहरूले मलाई नचिन्‍ने हुनाले, र तिनीहरूको स्वभावले मलाई विरोध गर्ने हुनाले, जो-जो मप्रति वफादार छन्, तिनीहरू पनि तिनीहरूको आफ्नै खुशीको खातिर मात्रै मप्रति वफादार भएका हुन्छन्। यदि तिनीहरूलाई प्रतिकूल असर पार्ने कुनै घटना घट्यो भने, तिनीहरूको हृदय एक्कासि परिवर्तन हुन्छ र तिनीहरू मेरो पक्षबाट पछि हट्न चाहन्छन्। यो शैतानको प्रकृति हो। आफैलाई वफादार सोचेर तिमीहरू हठधर्मी हुनु हुँदैन! यदि त्यसमा तिनीहरूका निम्ति केही पनि छैन भने, पशुहरूको यो बथान मप्रति वफादार हुन सक्दैनन्। यदि मैले मेरा प्रशासनिक आदेशहरूलाई घोषणा नगरेको भए, तिमीहरू धेरै अघि नै पछि हटिसकेका हुनेथियौ। अहिले तिमीहरू सबै कराही र आगोबीच फसेका छौ, यसरी तिमीहरू मेरो निम्ति सेवा पुर्याउन अनिच्छुक छौ तर मेरो हातको मार खान पनि अनिच्छुक नै छौ। यदि मलाई विरोध गर्ने कसैमाथि कुनै पनि समय पर्न सक्ने ठूला विध्वंसहरूको बारेमा मैले घोषणा नगरेको भए, तिमीहरू धेरै अघि नै पछि हटिसक्नेथियौ। के मलाई मानिसहरूले कस्ता अफसोसहरूको सहारा लिनसक्छ भन्‍ने बारेमा थाहा छैन र? धेरै मानिसहरूले मनमा अहिले एउटा सानो आशालाई स्थान दिन्छन्, तर जब त्यो आशा नैराश्यतामा बद्लिन्छ, तब तिनीहरू अलिकति अगाडि बढ्न पनि अनिच्छुक हुन्छन्, र तिनीहरू पछाडि फर्कन चाहन्छन्। मैले पहिल्यै भनिसकेको छु कि, म यहाँ कसैलाई पनि तिनीहरूको इच्छाको विरुद्धमा राख्दिनँ, तर तेरो निम्ति के-कस्ता परिणामहरू हुनेछन् भन्‍ने बारेमा ध्यान दिएर सोच्। यसद्वारा मैले तँलाई धम्क्याइरहेको छैन; यो तथ्यहरूसँग सम्‍बन्धित कुरा हो। म बाहेक, कसैले पनि मानिसको साँचो प्रकृतिलाई गहिरो प्रकारले बुझ्न सक्दैन; सबै मानिसहरूले तिनीहरू मप्रति वफादार छन् भनी सोच्छन्, तर तिनीहरूको बफादारीता अशुद्ध छन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। यी अशुद्धताहरूले मानिसहरूलाई नष्ट पार्नेछन्, किनकि ती ठूलो रातो अजिङ्गरको युक्ति हुन्। यसलाई धेरै पहिले नै मैले उदाङ्गो पारिदिएको थिएँ; म सर्वशक्तिमान् परमेश्‍वर हुँ, त्यसैले त्यस्तो साधारण कुरा मैले कसरी बुझ्न सक्दिन थिएँ र? म तेरो रगत र देहलाई भेद गरेर तेरा अभिप्रायहरूलाई देख्‍न सक्छु। मानिसको अभिप्रायलाई राम्ररी बुझ्न मलाई कठिन छैन, तर मानिसहरू आफूलाई चलाक ठान्छन्, आफूबाहेक कसैले पनि तिनीहरूको अभिप्राय जान्दैनन् भन्‍ने विश्‍वास गर्छन्। के तिनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वर स्वर्ग र पृथ्वी र सबै कुराहरूमा अस्तित्व रहनुहुन्छ भनी थाहा छैन?

म मेरो पुत्रलाई अन्त्यसम्मै प्रेम गर्नेछु, अनि म रातो अजिङ्गर र शैतानलाई सदासर्वदाको निम्ति घृणा गर्नेछु। मलाई विरोध गर्ने सबैमाथि मेरो सजाय आइपर्नेछ अनि एउटै शत्रुलाई पनि छोडिनेछैन। मैले पहिले नै भनेको छु, “म सियोनमा ठूलो ढुङ्गा राख्छु। विश्‍वासीहरूको निम्ति, यो ढुङ्गा तिनीहरूको निर्माणको जग हो। विश्‍वास नगर्नेहरूका निम्ति, यो तिनीहरू ठक्कर खाने चट्टान हो। दियाबलसका छोराहरूको निम्ति, यो तिनीहरूलाई मर्ने गरी धूलोपीठो पार्ने चट्टान हो।” मैले यी वचनहरू पहिले बोलेको मात्र होइन, तर ती धेरै मानिसहरूद्वारा अगमवाणी पनि गरिएका थिए, अनि धेरै मानिसहरूले यस युगमा वचनहरूको यो खण्ड पढेका छन्। यसको अतिरिक्त, कतिपय मानिसहरूले यी वचनहरूलाई व्याख्या गर्ने प्रयास गरेका छन्, तर यो रहस्यलाई यसभन्दा पहिले कसैले पनि खुलासा गर्न सकेको छैन, किनभने यो काम आखिरी दिनहरूको वर्तमान समय अवधिमा मात्रै गरिन्छ। त्यसकारण, कतिपय मानिसहरूले यी वचनहरूलाई व्याख्या गर्ने प्रयास गरेका भए पनि, तिनीहरूका व्याख्याहरू सबै भ्रम हुन्। आज, म तिमीहरूलाई सम्पूर्ण अर्थ प्रकट गर्छु ताकि तिमीहरूले मेरा ज्येष्ठ पुत्रहरूका निम्ति मैले गवाही दिनुको गम्भीरता अनि त्यसो गर्नुको मेरो उद्देश्यलाई बुझून्। म सियोनमा ठूलो ढुङ्गा राख्छु, अनि यस ढुङ्गाले मेरा ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिने कार्यलाई जनाउँछ। “ठूलो” को अर्थ यो गवाही अत्यन्त ठूलो स्तरमा दिइन्छ भन्‍ने होइन, बरु, मेरा ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिइँदा, ठूलो संख्यामा सेवाकर्ताहरू पछि हट्नेछन् भन्‍ने अर्थ हो। यहाँ, “जसले विश्‍वास गर्दैनन्” भन्‍ने वाक्यांशले पछि हट्नेहरूलाई सङ्केत गर्दछ, किनकि मेरो पुत्रको निम्ति गवाही दिइन्छ। त्यसैकारण, यो ढुङ्गा त्यस्तो व्यक्तिको निम्ति ठक्कर खाने ढुङ्गा हुन्छ। यो चट्टान हो भनेर म भन्छु, किनकि यस्तो प्रकारको व्यक्तिले मेरो हातको मार खानेछ, त्यसैकारण “मानिसहरूलाई ठक्कर खान लगाउने चट्टान” लड्ने वा कमजोर हुने सम्बन्धमा भनिएको होइन, तर मेरो हातको मार खाने सम्बन्धमा भनिएको हो। “विश्‍वासीहरूको निम्ति, यो ढुङ्गा तिनीहरूको निर्माणको जग हो” मा “विश्‍वासीहरू” भन्‍ने शब्दले ती सेवाकर्ताहरूलाई सङ्केत गर्दछ जो वफादार छन् अनि “निर्माणको जग” ले तिनीहरूले मलाई वफादार सेवा पुर्याइसकेपछि तिनीहरूले पाउने अनुग्रह र आशिषहरूलाई सङ्केत गर्दछ। ज्येष्ठ पुत्रहरूको निम्ति गवाही दिनुले सम्पूर्ण पुरानो युग चाँडै बितेर जानेछ भन्‍ने कुरालाई दर्शाउँदछ; अर्थात्, यसले शैतानको राज्यको विनाशलाई सङ्केत गर्दछ; त्यसैकारण, अन्यजातिहरूको निम्ति यो तिनीहरूलाई मर्ने गरी धूलोपीठो पार्ने चट्टान हो। त्यसैले सबै जातिहरूलाई चकनाचूर पार्नुले सारा संसारको पूर्ण नवीकरणलाई सङ्केत गर्दछ; पुरानो बित्नेछ अनि नयाँ स्थापित हुनेछ—यो नै “चकनाचूर पार्नु” को साँचो अर्थ हो। के तिमीहरूले बुझ्यौ? मैले यस अन्तिम चरणमा गर्ने कामलाई यी थोरै शब्दहरूमा सारांशित गर्न सकिन्छ। यो मेरो उदेकको कार्य हो, र तैँले मेरा वचनहरूभित्रको मेरो इच्छालाई राम्ररी बुझ्नुपर्छ।

अघिल्लो: अध्याय ११७

अर्को: अध्याय ११९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्