अध्याय १२०

सियोन! रमाऊ! सियोन! गीत गाऊ! म विजयको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिस! छिटोछिटो सुव्यवस्थित रूपमा लामबद्ध होऊ! सृष्टिका सबै थोक! अब रोकिऊ, किनकि मेरो व्यक्तित्व सम्पूर्ण ब्रह्माण्डतर्फ फर्केको छ र संसारको पूर्वमा देखा पर्दैछ! आराधनामा घुँडा नटेक्‍ने आँट कसले गर्छ? मलाई साँचो परमेश्‍वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले डर मान्ने हृदयसाथ भर नपर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने आँट गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले निश्चित रूपमा मेरो आवाज सुन्‍नेछन्, र मेरा छोराहरू निश्चित रूपमा मेरो राज्यमा हुनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोक लगातार जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछि हट्ने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोधमा खडा हुने आँट गर्नेछैन। यो मेरो अद्भुत कार्य हो, र त्यसभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई मेरो डर मान्ने हृदय भएको हुन लगाउनेछु, र अझ त्यसभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्न लगाउनेछु! मेरो यो छ हजार वर्षे व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले अन्तिम निर्णय गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै कुराले वा कुनै घटनाले नै खडा भएर मेरो प्रतिरोध गर्ने आँट गर्छ, वा खडा भएर मेरो विरोध गर्ने आँट गर्छ। मेरा सबै मानिस मेरो पर्वततर्फ (यसले मैले पछि सृष्टि गर्ने संसारलाई जनाउँछ) आउनेछन् र निश्चित रूपमा मेरो सामु झुक्‍नेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म शरीरमा हुने बेलालाई जनाउँछ। मसँग देहमा पनि अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्‍न नसकिने भएकाले, मैले पूर्ण महिमा प्राप्त गरेको छु भनेर भन्‍न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्‍त गर्ने भए पनि, मैले महिमा प्राप्‍त गरेको छु भनेर अझै भन्‍न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफूलाई रूपान्तरित गरेपछि मात्र अख्तियार पाएको—महिमा प्राप्‍त गरेको छु भनेर भन्‍न सकिन्छ।) मेरा निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखका वचनले सबै नष्ट हुनेछन्, र मेरो मुखका वचनद्वारा, सबै थोक स्थापित र सम्पन्न हुनेछन्। मेरो महान् शक्ति यस्तो छ र मेरो अख्तियार यस्तो छ। म शक्तिले भरिएको र अख्तियारले भरिपूर्ण भएको हुनाले, कुनै पनि व्यक्तिले मलाई रोकटोक गर्ने हिम्मत गर्न सक्दैन। मैले धेरै पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र विद्रोहका सबै छोरालाई जितेको छु। म आफ्ना ज्येष्ठ छोराहरूलाई मेरो साथमा सियोनमा फर्काएर ल्याउनेछु। म एकलै सियोन फर्किनेछैनँ। त्यसकारण, सबैले मेरा ज्येष्ठ छोराहरूलाई देखिसकेका हुनाले, यसरी तिनीहरूले मेरो डर मान्ने हृदय विकास गर्नेछन्। यही नै ज्येष्ठ छोराहरू प्राप्‍त गर्ने मेरो लक्ष्य हो र संसारको सृष्टिदेखि नै यो मेरो योजना रहिआएको छ।

जब सबै कुरा तयार हुन्छ, तब त्यो म सियोनमा फर्किने दिन हुनेछ र यस दिनलाई असङ्ख्य मानिसले स्मरण गर्नेछन्। जब म सियोनमा फर्किन्छु, तब पृथ्वीका सबै थोक मौन हुनेछन् र पृथ्वीमा भएका सबै कुरा शान्त हुनेछन्। जब म सियोनमा फर्किन्छु, तब सबथोक आफ्नो मौलिक रूपमा फर्कनेछन्। त्यसबेला, म सियोनमा आफ्नो काम सुरु गर्नेछु। म दुष्टलाई दण्ड र असललाई इनाम दिनेछु, म आफ्नो धार्मिकता लागु गर्नेछु, म आफ्नो न्याय कार्यान्वयन गर्नेछु र म सबै कुरा हासिल गर्न आफ्ना वचनहरू प्रयोग गर्नेछु, सबै मानिस र सबै थोकलाई सजाय दिने मेरो हात अनुभव गर्न लगाउनेछु। म निश्चित रूपमा सबै मानिसलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि, र मेरो पूर्ण प्रचुरता देख्न लगाउनेछु। कुनै व्यक्तिले न्यायमा खडा हुने आँट गर्नेछैन, किनकि मेरो सन्दर्भमा, सबै कुरा हासिल हुन्छन्; र यहाँ हरेक मानिसले मेरो पूर्ण सम्मान देखून् र मेरो पूर्ण विजय चाखून्, किनकि मसँग सबै कुरा प्रकट हुन्छन्। मेरो महान् शक्ति र मेरो अख्तियार देखाउन यो पर्याप्त छ। कसैले पनि मविरुद्ध अपराध गर्ने आँट गर्नेछैनँ र कसैले पनि मलाई रोकटोक गर्ने आँट गर्नेछैन। मेरो सन्दर्भमा, सबै कुरा खुला बनाइन्छ—कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म तिनीहरूलाई पक्कै पनि छोड्नेछैनँ! त्यस्ता नीचहरूले मेरो कठोर दण्ड पाउनैपर्छ र त्यस्ता निकम्माहरू मेरो नजरबाट सफा गरिनैपर्छ। म तिनीहरूलाई फलामको डण्डाले शासन गर्नेछु र अलिकति पनि कृपाविना र तिनीहरूका भावनाहरूलाई पटक्कै वास्ता नगरी तिनीहरूलाई न्याय गर्न आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम् हुँ, जो दैहिक भावनाविनाको, प्रतापी र उल्लङ्घन नसहने छ। सबैले यो बुझ्नुपर्छ र देख्नुपर्छ, नत्र तिनीहरू मद्वारा “विनाकारण वा विनासमझ” ढालिने र नष्ट गरिनेछन्, किनकि मेरो डण्डाले मविरुद्ध अपराध गर्ने सबैलाई ढाल्नेछ। म तिनीहरूलाई मेरा प्रशासनिक आदेशहरू थाहा छ कि छैन भन्‍ने भनेर वास्ता गर्दिनँ; यो मैले चिन्ता गर्ने कुरा होइन, किनकि मेरो व्यक्तित्वले कसैको पनि उल्लङ्घन सहँदैन। यही कारण म सिंह हुँ भनेर भनिनुको हो; म आफूले भेट्ने जोसुकैलाई ढाल्छु। त्यसकारण म कृपा र प्रेमपूर्ण दयाको परमेश्‍वर हुँ भनेर भन्नु अहिले ईश्वरनिन्दा हो भनेर भनिन्छ। सारमा, म थुमा होइन, तर सिंह हुँ। कसैले पनि मविरुद्ध अपराध गर्ने आँट गर्दैन; त्यसो गर्ने जोसुकैलाई म तुरुन्तै मृत्युदण्ड दिनेछु, तिनीहरूका भावनाहरूलाई पटक्कै वास्ता गर्दिनँ। मेरो स्वभाव देखाउन यो पर्याप्त छ। त्यसकारण, अन्तिम युगमा मानिसहरूको एउटा ठूलो समूह पछि हट्नेछ र यो मानिसका लागि सहन गाह्रो हुनेछ तर मेरो हकमा भन्दा, मलाई आराम छ र म खुसी छु अनि म यसलाई पटक्कै गाह्रो कामका रूपमा देख्दिनँ। मेरो स्वभाव यस्तै छ।

म आशा गर्छु, हरेक व्यक्ति मबाट आउने सबै कुराप्रति समर्पित हृदयका साथ अधीनमा रहनेछ; यदि ऊ त्यसो गर्छ भने, म निश्चित रूपमा मानवजातिलाई धेरै आशिष् दिनेछु, किनकि, मैले भनेजस्तै, मसँग मिल्नेहरूलाई संरक्षण गरिनेछ, जबकि मप्रति शत्रुवत् हुनेहरू श्रापित हुनेछन्। मैले यसलाई कुँदेर राखेको छु र यसलाई कसैले परिवर्तन गर्न सक्दैन। मैले निर्धारण गरेका कुराहरू मैले हासिल गरेका कुरा हुन् र तीविरुद्ध जाने जोसुकैलाई तुरुन्तै सजाय दिइनेछ। सियोनमा, मलाई चाहिने सबै कुरा र मैले चाहना गर्ने सबै कुरा छन्। सियोनमा, संसारको कुनै सङ्केत छैन र संसारको तुलनामा, सियोन सम्पन्न र भव्य दरबार हो; तर त्यसमा कोही पनि प्रवेश गरेको छैन र त्यसकारण, मानिसको कल्पनामा, यो पटक्कै अस्तित्वमा छैन। सियोनको जीवन पृथ्वीको जीवनजस्तो छैन; पृथ्वीमा, जीवन भनेको खानु, लुगाफाटा लगाउनु, खेल्नु र सुखचैन खोज्नु हो, जबकि सियोनमा यो धेरै फरक छ। यो पिता र पुत्रहरू आनन्दमा डुबिरहेको जीवन हो—जसले सधैँ ब्रह्माण्डको सम्पूर्ण स्थान भर्छ, तर सधैँ एकसाथ एकताबद्धतामा पनि आउँछ। अब कुरा यहाँसम्म आइपुगेको हुनाले, म तिमीहरूलाई सियोन कहाँ अवस्थित छ भनेर बताउनेछु। सियोन मेरो वासस्थान हो; यो मेरो व्यक्तित्वको स्थान हो। त्यसकारण, सियोन पवित्र स्थान हुनैपर्छ र यो पृथ्वीबाट टाढा हुनैपर्छ। त्यसकारण म भन्छु, म पृथ्वीका मानिस, घटना र कामकुराहरूलाई घृणा गर्छु अनि देहको खुवाइ, पियाइ, खेलाइ र सुखचैन खोजाइलाई घृणा गर्छु, किनकि सांसारिक सुखचैनहरू जतिसुकै आनन्ददायी भए पनि, तिनको तुलना सियोनको जीवनसँग हुन सक्दैन; यो स्वर्ग र पृथ्वीबीचको भिन्नता हो अनि यी दुईबीच तुलना गर्ने कुनै उपाय छैन। पृथ्वीमा मानिसले समाधान गर्न नसक्ने धेरै पहेली हुनुको कारण मानिसले सियोनबारे केही पनि नसुन्नु हो। खैर, सियोन ठ्याक्कै कहाँ छ? के यो मानिसले कल्पना गरेजस्तै अर्को ग्रहमा छ? होइन! त्यो मानिसको मनको कल्पना मात्र हो। मैले तेस्रो स्वर्गको उल्लेख गरेको छु। मानिसका धारणाहरूमा, यसको पूर्वसूचक अर्थ भएकोमानिन्छ, तर मानिसले आफ्ना धारणाहरूमा बुझ्ने कुरा ठ्याक्कै मेरो अर्थविपरीत छ। यहाँ उल्लेख गरिएको तेस्रो स्वर्ग अलिकति पनि झुटो होइन। त्यसकारण म सूर्य, चन्द्र र ताराहरूलाई नष्ट गर्नेछैनँ अनि स्वर्ग र पृथ्वीलाई हटाउनेछैनँ भनेर भन्नेछु। के म आफ्नो वासस्थानलाई नष्ट गर्न सक्छु? के म सियोन पर्वतलाई हटाउन सक्छु? के यो हास्यास्पद छैन र? तेस्रो स्वर्ग मेरो वासस्थान हो; यो सियोन पर्वत हो र यो पूर्ण सत्य छ। (म किन यो पूर्ण सत्य छ भनेर भन्छु? किनभने मैले अहिले भन्ने कुरा मानिसले पटक्कै बुझ्न सक्दैन; उसले त्यो सुन्न मात्र सक्छ। मानिसको सोचाइको दायराले यसलाई समेट्न नै सक्दैन र त्यसकारण म मानिसले सियोनलाई काल्पनिक कुरा नठानोस् भनेर उप्रान्त त्यसबारे केही भन्नेछैनँ।)

म सियोनमा फर्केपछि, पृथ्वीमा मेरो प्रशंसा निरन्तर जारी रहनेछ। ती बफादार सेवाकर्ताहरूले मेरो सेवा गर्न सदाझैँ प्रतीक्षा गर्नेछन् तर तिनीहरूको कार्य समाप्त भएको हुनेछ। तिनीहरूले गर्न सक्ने एउटै कुरा भनेको पृथ्वीमा मेरा दिनहरू स्मरण गर्नु हो। त्यसबेला, म दुर्दशा भोग्नुपर्नेहरूमाथि प्रकोप ल्याउन सुरु गर्नेछु; तैपनि सबैले म धर्मी परमेश्‍वर हुँ भनी विश्‍वास गर्छन्। म ती बफादार सेवाकर्ताहरूलाई निश्चित रूपमा दण्ड दिनेछैनँ तर तिनीहरूलाई मेरो अनुग्रह प्राप्त गर्न मात्र दिनेछु। किनकि मैले के भनेको छु भने म सबै दुष्कर्मीलाई दण्ड दिनेछु र असल कार्यहरू गर्नेहरूले मैले प्रदान गर्ने भौतिक आनन्द प्राप्त गर्नेछन्—यसले मात्र म धार्मिकता र विश्‍वासयोग्यताका परमेश्‍वर स्वयम् हुँ भनेर प्रदर्शन गर्नेछ। म सियोनमा फर्केपछि, संसारका हरेक राष्ट्रतर्फ फर्कन सुरु गर्नेछु; म इस्राएलीहरूलाई मुक्ति दिनेछु र मिश्रीहरूलाई सजाय दिनेछु। यो मेरो कामको अर्को चरण हो। त्यतिबेला मेरो काम वर्तमान दिनको जस्तो हुनेछैन: यो देहको काम हुनेछैन तर यसले देहलाई पूर्ण रूपमा उछिन्नेछ—अनि जसरी म बोल्छु, त्यसरी नै त्यो पूरा हुनेछ; अनि जसरी म आज्ञा दिन्छु, त्यसरी नै त्यो स्थापित हुनेछ। जबसम्म मेरा वचनहरू मेरो मुखबाट बोलिन्छन्, तबसम्म ती वास्तविकतामा तुरुन्तै पूरा हुनेछन्; यही नै मेरा वचन र तथ्यहरू एकसाथ घटित हुनुको साँचो अर्थ हो, किनकि मेरा वचनहरू आफैमा अख्तियार हुन्। अहिले म पृथ्वीमा मानिसलाई केही कडी दिन केही सामान्य कुरा बोलिरहेको छु, ताकि उसले अन्धाधुन्ध रूपमा बोध नगरोस्। जब त्यो समय आउँछ, तब सबै कुरा मद्वारा प्रबन्ध गरिनेछ र कसैले पनि मनमानी रूपमा कार्य गर्नु हुँदैन, नत्र तिनीहरू मेरो हातद्वारा ढालिनेछन्। मानिसका कल्पनाहरूमा, मैले बोल्ने सबै कुरा अस्पष्ट छन्, किनकि, आखिर, मानिसको सोच्ने तरिका सीमित छ र त्यो मैले बोलेको कुराभन्दा पृथ्वीदेखि स्वर्ग जत्तिकै टाढो छ। त्यसकारण, कसैले पनि यो बुझ्न सक्दैन। गर्नुपर्ने एउटै कुरा भनेको आफूले भन्ने कुरासँग मिल्नु हो; यो कामकुराहरूको अपरिहार्य मार्ग हो। मैले भनेको छु, “आखिरी दिनहरूमा, पशु मेरा मानिसहरूलाई सताउन देखा पर्नेछ र मृत्युसँग डराउनेहरूलाई पशुद्वारा लगिनका लागि छाप लगाइनेछ। मलाई देखेकाहरू पशुद्वारा मारिनेछन्।” यी वचनहरूमा बताइएको “पशु” ले निस्सन्देह मानिसलाई भ्रममा पार्ने शैतानलाई जनाउँछ। भन्नुको अर्थ, जब म सियोनमा फर्किन्छु, तब सेवाकर्ताहरूको एउटा ठूलो समूह पछि हट्नेछ; अर्थात्, तिनीहरू पशुद्वारा लगिनेछन्। यी प्राणीहरू सबै मेरो अनन्त सजाय पाउन अतल कुण्डमा जानेछन्। “मलाई देखेकाहरू” ले मद्वारा विजय गरिएका ती बफादार सेवाकर्ताहरूलाई जनाउँछ। “मलाई देख्नु” ले तिनीहरू मद्वारा विजय हुनुलाई जनाउँछ। “पशुद्वारा मारिनु” ले शैतानलाई जनाउँछ, जसलाई मद्वारा विजय गरिएको गरिएको छ, जसले मेरो प्रतिरोध गर्न खडा हुन आँट गर्दैन। अर्को शब्दमा भन्दा, शैतानले यी सेवाकर्ताहरूमाथि कुनै पनि काम गर्ने आँट गर्नेछैन र त्यसकारण, यी मानिसहरूको प्राणले मुक्ति पाएको हुनेछ; यो कुरा मप्रति बफादार हुन सक्नेहरूका सम्बन्धमा बोलिएको हो र यसको अर्थ ती बफादार सेवाकर्ताहरूले मेरो अनुग्रह र मेरो आशिष् प्राप्त गर्न सक्नेछन् भन्‍ने हो। त्यसकारण, म भन्छु, तिनीहरूको प्राणले मुक्ति पाएको हुनेछ। (यसले तेस्रो स्वर्गमा उक्लनुलाई जनाउँदैन, जुन मानिसको धारणा मात्र हो।) तर ती दुष्ट दासहरूलाई शैतानले फेरि बाँध्नेछ र त्यसपछि अतल कुण्डमा फ्याँक्नेछ। यो तिनीहरूलाई मेरो दण्ड हो; यो तिनीहरूको प्रतिफल हो र यो तिनीहरूका पापहरूको इनाम हो।

मेरो कामको गति बढ्दै जाँदा, पृथ्वीमा मेरो समय बिस्तारै घट्दै जान्छ। सियोन फर्किने मेरो दिन नजिकिँदै छ। जब पृथ्वीमा मेरो काम समाप्त भएको हुन्छ, तब त्यो सियोन फर्किने मेरो समय हुनेछ। म पृथ्वीमा जिउन पटक्कै चाहन्नँ, तर मेरो व्यवस्थापनका खातिर, मेरो योजनाका खातिर, मैले सबै कष्ट सहेको छु। आज, समय आइसकेको छ। म मेरो गति बढाउनेछु र कोही पनि मेरो साथमा हिँड्न सक्नेछैन। चाहे मानिसले बुझ्न सकोस् वा नसकोस्, म मानिसले बुझ्न नसक्ने तर पृथ्वीमा तिमीहरूले जान्नैपर्ने सबै कुरा लिनेछु र तिमीहरूलाई एक-एक गरी बताउनेछु। त्यसकारण, म के भन्छु भने म समय र स्थानलाई उछिन्ने परमेश्‍वर स्वयम् हुँ। यदि मेरो उद्देश्य ज्येष्ठ पुत्रहरू प्राप्त गर्ने र यसरी शैतानलाई हराउने नभएको भए, म सियोनमा फर्किसकेको हुनेथिएँ; यदि त्यसो नभएको भए, मैले मानवजाति कहिल्यै सृष्टि गरेकै हुनेथिइनँ। म मानिसको संसारलाई घृणा गर्छु र आफूभन्दा बाहिरका मानिसहरूलाई घृणा गर्छु, यहाँसम्म कि म सम्पूर्ण मानवजातिलाई एकैचोटि नष्ट गर्ने विचार गर्छु। तर, मेरा कार्यहरूमा क्रम र संरचना, समानुपात र ठिक्क मात्राको बोध हुन्छ अनि ती अव्यवस्थित हुँदैनन्। मैले गर्ने सबै कुरा शैतानलाई हराउनका लागि हो र अझ बढी यो मलाई जतिसक्दो चाँडो मेरा ज्येष्ठ पुत्रहरूसँग एकसाथ हुन सक्षम बनाउनका लागि हो। यो मेरो लक्ष्य हो।

अघिल्लो: अध्याय ११९

अर्को: परिचय

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्