हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

अहिलेका प्रवाहमा, परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूमा परमेश्‍वरप्रति समर्पित हुने र उहाँको डर मान्ने हृदय भइरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्‍वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्‍ना सबै शक्ति खर्च गर्छस्, र परमेश्‍वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्‍नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्‍वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्।

युवाहरूसँग बाँच्नको लागि थोरै दर्शनहरू हुन्छन्, र तिनीहरूमा बुद्धि र अन्तर्दृष्टि हुँदैन। परमेश्‍वर मानिसको बुद्धि र अन्तर्दृष्टिलाई सिद्ध गर्नका लागि यहाँ हुनुहुन्छ। उहाँको वचनले उनीहरूको कमी-कमजोरीलाई पूरा गर्दछ। यद्यपि, युवाहरूको स्वभाव अस्थिर छ, र तिनीहरूलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्दछ। युवाहरूसँग बाँच्नका लागि कम धार्मिक धारणा र कम दर्शनहरू छन्; तिनीहरू सबै चीजलाई सामान्य रूपमा सोच्छन्, र तिनीहरूको विचारहरू जटिल छैनन्। यो उनीहरूको मानवताको अंश हो जसले अझैसम्म आकार लिएको छैन, र यो प्रशंसनीय पक्ष हो; यद्यपि युवाहरूमा अज्ञानता छ र बुद्धिको कमी छ। यो परमेश्‍वरद्वारा सिद्ध हुनुपर्ने कुरा हो। परमेश्‍वरद्वारा सिद्ध पारिएमा यसले तिमीहरूलाई समझशक्ति विकास गर्न सक्षम तुल्याउनेछ। तँ धेरै आध्यात्मिक कुराहरूलाई स्पष्टसँग बुझ्न सक्षम हुनेछस्, र बिस्तारै यस्तो व्यक्तिमा परिणत हुनेछस् जो परमेश्‍वरले प्रयोग गर्न योग्य छ। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग बाँच्नको लागि बढी दर्शन र बढी धार्मिक धारणा हुन्छन्। आफ्‍ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू स्वीकार गर्नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्‍वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्‍वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्‍वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ।

तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू निष्क्रिय छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एक-अर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सहिष्णुतापूर्ण साझेदारी होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ।

भविष्यमा, तँलाई आशीर्वाद दिइनेछ कि सराप दिइनेछ भन्‍ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिले नै, यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तरिकाको कुरा होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? युगहरू र पुस्ताहरूका परमेश्‍वरको वचनले आजसम्म यत्तिको उचाइ प्राप्त गरेको छैन भन्‍ने तथ्यमा यसलाई देख्‍न सकिन्छ। यो सबैभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गरिसक्यो, र सम्पूर्ण मानवतामा पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै नयाँ शिखरमा पुगेको छ। परीक्षा र सजायको बीचमा, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन, न त यो मानिसले कायम गर्ने कुरा नै हो; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामको धेरै वास्तविकताबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण गर्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

अब, तैँले नकारात्मक कुराहरूमा कुनै ध्यान दिनु हुँदैन। पहिले, तँलाई नकारात्मक महसुस गराउने कुरालाई आफूबाट टाढा राख् र त्यसलाई वास्ता नगर्। जब तैँले समस्याहरूको सामना गरिरहेको हुन्छस्, त्यस्तो हृदयले त्यसो गर् जसले अघि जाने बाटो खोजी गर्दछ र महसुस गर्दछ, त्यस्तो हृदय जसले परमेश्‍वरको आज्ञा पालन गर्छ। जब तिमीहरूले आफूभित्र कुनै कमजोरी भेट्टाउँछौ तर त्यसले आफूलाई नियन्त्रण गर्न दिँदैनौ, बरु, आफूले गर्नुपर्ने कामहरू पूरा गर्छौ, तब तिमीहरूले एउटा सकारात्मक कदम चालेका छौ। उदाहरणको लागि, तेरा पाका दाजुभाइ-दिदीबहिनीहरूको धार्मिक धारणाहरू छन्, तर तँ परमेश्‍वरको वचनमा प्रार्थना गर्न, समर्पित हुन, यसलाई खान र पिउन, र भजन गाउन सक्षम छस्…। भन्‍नुको अर्थ, तैँले गर्न सक्ने जेसुकै कुराका लागि, तैँले पूरा गर्न सक्ने जुनसुकै कामका लागि तैँले आफैलाई आफ्‍ना सबै बलका साथ समर्पण गर्नु पर्छ। निष्क्रिय रूपमा प्रतीक्षा नगर्। तेरो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु पहिलो चरण हो। त्यसपछि, जब तँ सत्यलाई बुझ्न सक्छस् र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश पाउँछस्, तब तँ उहाँद्वारा सिद्ध पारिनेछस्।

अघिल्लो: मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

अर्को: परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्