अध्याय ९३

वास्तविकता आँखा अगाडि प्राप्त हुन्छ, र प्रत्येक कुरा पहिले नै हासिल गरिएको छ; मेरो कामको गति, भर्खरै प्रक्षेपण गरिएको रकेटको जस्तै, माथि उक्लँदै बढ्छ। यो कसैले कहिल्यै पनि अपेक्षा गरेको थिएन। कुराहरू बित्न थालेपछि मात्रै तिमीहरूले मेरा वचनहरूको साँचो अर्थ बुझ्नेछौ। ठूलो रातो अजिङ्गरका सन्ततिहरू पनि यसका अपवाद होइनन्, र तिनीहरूले आफ्नै आँखा अगाडि मेरो आश्‍चर्यजनक कार्यहरू देख्‍नुपर्छ। मेरा कामहरू देखेपछि मेरो बारेमा तँ निश्चित भएको कारण, म तँलाई छोड्नेछैन भन्‍ने नसोच्—यो यति सरल छैन! मैले भनेका वचनहरू र मैले निर्णय गरेका घटनाहरूलाई म निश्‍चय नै पूरा गर्नेछु, र तिनीहरू व्यर्थैमा मकहाँ फर्की आउनेछैनन्। चीनमा, अल्पसङ्ख्यकहरू बाहेक जो मेरा ज्येष्ठ पुत्रहरू हुन्, तिनीहरू बाहेक मेरा मानिसहरू थोरै छन्। त्यसैले आज, म तिमीहरूलाई (ठूलो रातो अजिङ्गरका सन्ततिहरू, जसले मलाई सबैभन्दा कठोरतासाथ अत्याचार गरेका छौ) स्पष्ट रूपमा भन्छु, कि तिमीहरूले कुनै ठूलो आशा राख्‍नु हुँदैन, र मेरो कामको केन्द्र (संसारको सृष्टि भएयता) मेरा ज्येष्ठ पुत्रहरू र चीन बाहेकका धेरै राष्ट्रहरू नै रहेका छन्। यही कारणले गर्दा, जब मेरा ज्येष्ठ पुत्रहरू हुर्किन्छन्, मेरो इच्छा हासिल हुनेछ। (जब मेरा ज्येष्ठ पुत्रहरू हुर्किसक्नेछन्, सबै कुराहरू गरिनेछ, किनकी अगाडिको काम तिनीहरूलाई नै दिइएको छ।) ठूलो रातो अजिङ्गरलाई अपमानित गर्नका लागि अब म यी मानिसहरूलाई मेरा आश्‍चर्यजनक कामहरूका केही हिस्सा देखाउनेछु। यी मानिसहरूले त्यसमा आनन्द उठाउन त सक्दैनन् तर तिनीहरू मेरा लागि सेवा प्रदान गरेकोमा खुशी मात्र हुन सक्छन्। र तिनीहरूसँग कुनै विकल्प छैन, किनकी मसँग मेरा प्रशासनिक आदेशहरू छन् र तिनीहरूको उल्लङ्घन गर्ने दुस्साहस कसैले गर्न सक्दैन।

अब म विदेशीहरूको आगमनसँग सम्‍बन्धित केही अवस्थाहरूका बोरमा सङ्गति गर्नेछु, ताकि तिमीहरूसँग पूर्वज्ञान होस्, तिमीहरूले मेरो नामको गवाही दिनका लागि राम्ररी तयारी गर्न सक, र तिनीहरूभन्दा माथि गएर खडा हुन र तिनीहरूमाथि शासन गर्न सक। (मैले “तिनीहरूभन्दा माथि खडा हुन र तिनीहरूमाथि शासन गर्न सक” भनेँ किनभने, तिनीहरूमध्येको सर्वोत्कृष्ट पनि तिमीहरूमध्येको सबैभन्दा कमजोर नै हुन्छ।) यी मानिसहरूले पवित्र आत्माको सबै खुलासाहरू प्राप्त गरेका हुन्छन्, र भविष्यमा, पूर्वव्यवस्था गरिएको जस्तै गरी, तिनीहरू सबै चीनमा भेला हुनेछन्। ठूलो रातो अजिङ्गर आश्‍चर्यमा पर्छ र यसले विरोध गर्ने सक्दो प्रयास गर्छ, तर एउटा कुरा याद राख! मेरो व्यवस्थापन योजना पूर्ण रूपमा हासिल भइसकेको छ, र कुनै पनि कुरा र कुनै पनि मानिसले मेरा चरणहरूमा अवरोध पुर्‍याउने दुस्साहस गर्न सक्दैन। म तिनीहरूलाई सदैव प्रकाश दिनेछु, र तिनीहरू पवित्र आत्माको मार्गदर्शनलाई अनुसरण गर्दै कार्य गर्छन्। तिनीहरूले पक्कै पनि ठूलो रातो अजिङ्गरको कैद भोग्नुपर्नेछैन, किनकी ममा, सबै कुरा मुक्त बनाइएको र स्वतन्त्र छोडिएको हुन्छ। तिनीहरूलाई गोठालो गर्नका लागि तिमीहरूले गर्ने तयारी कार्यको प्रतीक्षा गर्दै, मैले यावत् थोकहरूको उपयुक्त ढङ्गले प्रबन्ध मिलाएको छु। मैले यो सधैँ भनेको छु, तर तिमीहरू अझै आधा मात्रै विश्‍वास गर्छौ। अहिले कस्तो होला? तिमीहरू अवाक् छौ, होइन त?

यी सबै कुराहरू द्वितीय छन्; मुख्य कुरा तिमीहरूले जति सक्दो चाँडो तयारीका सबै कामहरू सक्नु नै हो। नआत्तिओ। काम गर्ने म हुँ र, जब समय आउँछ, म मेरो काम आफै गर्छु। मैले ठूलो रातो अजिङ्गरलाई टुक्रा-टुक्रा बनाएर नष्ट गरेको छु। यसो भन्नुको अर्थ, मेरो आत्मा, मेरा ज्येष्ठ पुत्रहरूबाहेक, सबै मानिसहरूबाट बाहिर निक्लिएको छ (र अहिले ठूलो रातो अजिङ्गरका सन्ततिहरू को हुन् भनेर खुलासा गर्न झनै सहज भएको छ)। यी मानिसहरूले मेरो सेवा गरेर सकाएका छन्, र म तिनीहरूलाई अतल कुण्डमा फिर्ता पठाउनेछु। (यसको अर्थ म तिनीहरू कसैलाई पनि प्रयोग गर्नेछैन। अबदेखि, मेरा ज्येष्ठ पुत्रहरूको पूर्ण रूपमा खुलासा हुनेछ, र मेरा पक्षमा रहेका र मेरा निम्ति प्रयोगयोग्यहरू नै मेरा ज्येष्ठ पुत्रहरू हुनेछन्।) मेरा ज्येष्ठ पुत्रहरू, मैले तिमीहरूलाई प्रदान गर्ने आशीर्वादहरूको तिमीहरूले आधिकारिक रूपमा आनन्द उठाउनेछौ (किनकी मैले घृणा गर्ने सबैले तिनीहरूको सही रङ्ग देखाएका छन्), र अबदेखि, तिमीहरूमाझ मेरो विरोधको कुनै पनि घटनाहरू हुनेछैन। तिमीहरू वास्तवमै, सत प्रतिशत मेरो बारेमा निश्‍चित छौ। (आज मात्रै यो पूर्ण रूपमा पूरा भएको छ, र मैले यो समय पूर्वनियुक्त गरेको हुँ।) तिमीहरूले आफ्नो हृदय र मनमा राखेका सबै कुराहरू मेरा लागि अन्त्यहीन प्रेम र मप्रतिको डर नै हो, र तिमीहरूले सधैँ मेरो प्रशंसा गर्छौ र मलाई महिमा दिन्छौ। तिमीहरू मेरो प्रेमको स्याहार र सुरक्षा अन्तर्गत तेस्रो स्वर्गमा वास्तवमै जिइरहेका छौ। कस्तो अद्वितीय हर्ष र खुशी! यो अर्कै क्षेत्र हो, मानिसहरूलाई कल्पना गर्न कठिन हुने क्षेत्र—साँचो, आत्मिक संसार!

सबै विपत्तिहरू क्रमबद्ध रूपमा उदाउँछन्, अघिल्लोभन्दा पछिल्लो अझ कठिन हुन्छ, र दैनिक रूपमा अवस्था झनै कठिन हुँदै जान्छ। यो विपत्तिहरूको सुरुवात मात्रै हो; आउनेवाला अझै कठिन विपत्तिहरू मानिसले कल्पना गर्न सक्दैन। तिनीहरूलाई सुल्झाउने काम मेरा पुत्रहरूलाई छोडिदेऊ; यो मेरो प्रशासनिक आदेश हो, र मैले यसलाई धेरै अघि प्रबन्ध गरेको हुँ। मानिसले पहिले कहिल्यै नदेखेका, सबै चिन्‍ह र अचम्‍मका कामहरू, सबै मानिसहरू (अर्थात् मेरो राज्यका सबै मानिसहरू) का अघि एकपछि अर्को गर्दै देखा पर्दै मबाट आउँछन्। तर यो निकट भविष्यमा हुने कुरा हो। चिन्तित नबन्। प्रत्येकले बताएको, राज्यको यो प्रवेश—राज्यमा प्रवेश गर्ने स्थिति के हो? र राज्य के हो? के यो भौतिक सहर हो? तिमीहरूले गलत बुझेका छौ। उक्त राज्य पृथ्वीमा छैन, न भौतिक आकाशमा नै छ, बरु मानिसले देख्न वा छुन नसक्ने आत्मिक संसारमा छ। मेरो नाम स्वीकार गरेका, मबाट सम्पूर्ण रूपमा पूर्ण बनाइएका र मेरा आशीर्वादहरूको आनन्द उठाइरहेकाहरू मात्रै यसमा प्रवेश गर्न सक्‍नेछन्। पहिले बारम्बार उल्लेख गरिएजस्तै, आत्मिक संसार भनेको राज्यको सतह हो। तर, राज्यमा साँचो रूपमा प्रवेश गर्नु सहज विषय होइन। त्यसमा प्रवेश गर्नेहरूले मेरो प्रतिज्ञा प्राप्त गर्नुपर्छ र मैले पूर्वनियुक्त गरेका र मैले आफैले छनौट गरेका मानिसहरू हुनुपर्छ। तसर्थ, आत्मिक संसार मानिसहरूले आफ्नो इच्छाअनुसार आउने र जाने गर्नसक्ने स्थान होइन। यस विषयमा मानिसहरूको बुझाइ सतही हुने गर्थ्यो, र यसमा पूर्ण रूपमा मानिसहरूको धारणाहरू समावेश हुन्थे। राज्यमा प्रवेश गर्नेहरूले मात्रै आशिषहरूको आनन्द उठाउन सक्छन्, त्यसैले मानिस यी आशिषहरूको आनन्द उठाउन असमर्थ मात्रै छैन, बरु यसभन्दा पनि बढी, ऊ त्यो हेर्न असमर्थ छ। यो मेरा अन्तिम प्रशासनिक आदेश हो।

अघिल्लो: अध्याय ९२

अर्को: अध्याय ९४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्