अध्याय ९४

म मेरा ज्येष्ठ पुत्रहरूसँग सियोन फर्किन्छु—के तिमीहरू यी वचनहरूको साँचो अर्थ बुझ्छौ? म तिमीहरूलाई एक पटक र फेरि स्मरण गराउँदैछु, म तिमीहरू चाँडै हुर्केको र मसँग शासन गरेको हेर्न चाहन्छु। के तिमीहरूलाई याद छ? यी कुराहरू सबै मेरो देहधारणसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्: देहमार्फत मेरो जस्तै मन भएका मानिसहरूको समूह प्राप्त गर्न, सियोनबाट म यो संसारमा देहमा आएँ, र त्यसो गरेपछि, म सियोन फर्किनेछु। यसको अर्थ हामी देहबाट वास्तविक शरीरमा अझै फर्किनु आवश्यक छ। “सियोनमा फर्किनु” को साँचो अर्थ यही हो। यो मेरो सम्पूर्ण व्यवस्थापन योजनाको साँचो अर्थ र केन्द्र पनि हो, र यसभन्दा बढी, यो मेरो व्यवस्थापन योजनाको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो, जसलाई कसैले पनि छेक्न सक्दैन, र जुन तत्कालै हासिल गरिनेछ। देहमा हुँदा, मानवीय धारणाहरू र सोचाइलाई कहिल्यै त्याग्न सकिँदैन, र सांसारिक हावा वा धूलोलाई त्याग्न सकिने कुरा त परै जाओस्, र व्यक्ति सधैँ माटो नै रहनेछ; शरीरमा मात्रै व्यक्ति आशिषहरूको उपभोग गर्न योग्य हुन्छ। आशिषहरू भनेका के हुन्? के तिमीहरूलाई थाहा छ? देहमा, आशिषहरूको कुनै चिन्तन हुँदैन, त्यसैले प्रत्येक ज्येष्ठ पुत्रले देहबाट शरीरको मार्गलाई पछ्याउनुपर्छ। देहमा, तँलाई ठूलो रातो अजिङ्गरले दमन र अत्याचार गर्छ (तँसँग कुनै शक्ति नभएर र तैँले कुनै महिमा प्राप्त नगरेकोले त्यसो हुन्छ), तर शरीरमा, यो एकदमै फरक हुनेछ, र तँ गर्वित र अत्यन्तै खुशी हुनेछस्। दमनका दिनहरू पूर्ण रूपमा सकिनेछन्, र तँ सधैँका लागि मुक्त र स्वतन्त्र हुनेछस्। यस माध्यमबाट मात्रै म तिमीहरूमा म जे हुँ र मसँग जे छ त्यसमा जोडिन सक्नेछु। अन्यथा, तँसँग मेरो गुण मात्रै हुनेछ। बाहिरी रूपमा कुनै मानिसले अर्को मानिसको जसरी नक्कल गरे पनि, तिनीहरू दुरुस्तै उस्तै हुन सक्दैनन्। पवित्र आत्मिक शरीर (अर्थात् शरीर) मा मात्रै हामी दुरुस्तै हुन सक्छौं (जसबाट उस्तै गुण, उस्तै अस्तित्व, उस्तै सम्पत्ति, र एउटै मनको, एकत्रित, अविभाज्य, र अखण्डित हुन सक्छौं, किनकी सबै पवित्र आत्मिक शरीर नै हो)।

तिमीहरूले संसारलाई घृणा गर्न, खान, लुगा लगाउन र यस्ता प्रकारका सबै चिढ्याउने कुराहरूबाट आजित हुन किन सुरु गरेका छौ, र साथै तिनीहरूबाट छुटकारा पाउन अब किन प्रतीक्षा गर्न सक्दैनौ? यो तिमीहरू आत्मिक संसार (शरीर) मा प्रवेश गर्नेछौ भन्‍ने कुराको सङ्केत हो। तिमीहरू सबैसँग यसको बारेमा पूर्वसूचनाहरू छन् (यद्यपि तिनीहरूको स्तर भने भिन्न-भिन्न छन्)। म मेरो सबैभन्दा महत्त्वपूर्ण चरणको सेवामा विभिन्न मानिस, घटना, र कुराहरूलाई प्रयोगमा ल्याउनेछु, र यी सबैले मेरा लागि सेवा प्रदान गर्नेछन्। मैले यसो गर्नैपर्छ। (पक्कै पनि, म यो कुरा देहमा पूरा गर्न सक्दिन, र मेरो आत्मा स्वयम्‌ले मात्रै यो कार्य गर्न सक्छ, किनभने त्यो समय अझै आएको छैन।) यो सम्पूर्ण ब्रह्माण्डले सेवा गर्ने कार्यको अन्तिम हिस्सा हो। प्रत्येकले मेरो प्रशंसा गर्नेछ र हर्षोल्लासका साथ जयकार गर्नेछ। मेरो महान् काम पूरा भएको छ। महामारीका सात कचौराहरू मेरो हातबाट पोखिन्छन्, सात बिजुली चम्किन्छन्, सात तुरहीहरूको आवाज सुनिन्छ, र सात मोहरहरू खोलिन्छन्—ब्रह्माण्ड संसारका लागि, सबै राष्ट्र र सबै मानिसहरूका लागि, र हिमाल, नदी, र यावत् थोकहरूका लागि। महामारीका सात कचौराहरू के हुन्? तिनीहरूको निश्‍चित लक्ष्य के हो? तिनीहरू मेरो हातबाट पोखिन्छन् भनेर मैले किन भनेँ? सबै जना पूर्ण रूपमा विश्‍वस्त हुँदासम्म, सबै जनाले पूर्ण रूपमा बुझ्दासम्म, लामो समय बित्नेछ। मैले तिमीहरूलाई अहिले बताएँ भने पनि, तिमीहरूले एउटा सानो हिस्सा मात्रै बुझ्नेछौ। मानिसको कल्पनाअनुसार, महामारीका सात कचौराहरू सबै देश र संसारका मानिसहरूप्रति लक्षित छन्, तर, मामिला यो होइन। “महामारीका सात कचौराहरू” ले शैतान दियाबलसको प्रभाव, र ठूलो रातो अजिङ्गर (मेरा लागि सेवा प्रदान गर्न मैले प्रयोग गर्ने वस्तु) को षडयन्त्रलाई जनाउँछ। त्यो समयमा, पुत्रहरू र मानिसहरूलाई सजाय दिनका लागि म शैतान र ठूलो रातो अजिङ्गरलाई छोडिदिनेछु, र त्यस बेला पुत्रहरू को हुन् र मानिसहरू को हुन् भनेर खुलासा हुनेछ। मेरो पूर्वनियुक्तिका लक्ष्यमा नपरेकाहरू ठगिएका हुन् भने, जब कि त्यो बेला मेरा ज्येष्ठ पुत्रहरू मसँगै शासन गरिरहेका हुनेछन्। यसरी, म पुत्र तथा मानिसहरूलाई पूर्ण बनाउनेछु। महामारीका सात कचौराहरू सबै राष्ट्र र मानिसहरूमा पर्नेछैन, बरु मेरा पुत्र र मेरा मानिसहरूमा मात्रै पर्नेछ। आशिषहरू सजिलै आउँदैनन्; पूर्ण मूल्य चुकाइनुपर्छ। जब पुत्र र मानिसहरू हुर्किन्छन्, महामारीका सात कचौराहरू पूर्णरूपमा हटेर जानेछन्, र त्यसपछि, तिनीहरूको अस्तित्व रहनेछैन। “सात बिजुली चम्किनु” भनेको के हो? यो बुझ्न गाह्रो छैन। मेरा ज्येष्ठ पुत्रहरू र म जुन क्षण शरीर बन्छौं, सात बिजुली चम्किनेछन्। यसले सम्पूर्ण ब्रह्माण्डलाई हल्लाउनेछ, मानौं स्वर्ग र पृथ्वी उलटपुलट भएको छ। यो प्रत्येकलाई थाहा हुनेछ; यसको विषयमा कोही पनि अनभिज्ञ रहनेछैन। त्यो समयमा, मेरा ज्येष्ठ पुत्रहरू र म महिमामा सँगै हुनेछौं र मेरो कार्यको नयाँ चरण सुरु गर्नेछौं। सात बिजुली चम्काइको कारणले गर्दा धेरै मानिसहरूले कृपा र माफीका लागि घुँडा टेक्नेछन्। तर त्यो समय अनुग्रहको युग हुनेछैन: त्यो समय क्रोधको हुनेछ। दुष्ट कार्य गर्ने सबैको हकमा (व्यभिचार गर्ने, वा कालो धनमा संलग्न हुने, वा विपरीत लिङ्गीसँग अस्पष्ट दायरा भएका, वा मेरो व्यवस्थापनमा अवरोध वा क्षति पुर्‍याउने, वा आत्मिक बुझाइ नभएका, वा दुष्ट आत्माहरूको वशमा भएकाहरू, र यी जस्तै—मेरो चुनिएकाहरू बाहेक), कसैलाई पनि छोडिनेछैन, न कसैलाई माफी दिइनेछ, बरु, ती प्रत्येकलाई पातालसम्म तल झारिनेछ, जहाँ तिनीहरू सदैव नष्ट हुनेछन्। “सात तुरहीहरूको आवाज” ले ठूलो, प्रतिकूल वातावरणलाई जनाउँदैन, न यसले संसारका लागि हुने कुनै घोषणालाई नै जनाउँछ; यी सबै पूर्ण रूपमा मानव धारणाहरू हुन्। “सात तुरहीहरू” ले मेरो क्रोधले भरिएको वाणीलाई जनाउँछ। जब मेरो आवाज (प्रतापी न्याय र क्रोधित न्याय) जारी हुन्छ, सात तुरहीहरूको आवाज आउनेछ। (अहिलेको सन्दर्भमा, मेरो घरमा, यो नै सबैभन्दा कठोर कुरा हो, र यसबाट कोही पनि उम्किन सक्दैन।) र पाताल र नर्कमा भएका, ठूला वा साना, सबै राक्षसहरूले आफ्नो टाउको हातले ढाकेर रुँदै र आफ्नो दाह्रा किट्दै, लज्जित भएर र लुक्ने कुनै ठाउँ नपाएर, सबै दिशातिर भाग्नेछन्। त्यो क्षणमा, सात तुरहीहरूको आवाज आउन थाल्नेछ भन्‍ने होइन, बरु कोही पनि उम्किन नसक्ने र सबैले पार गर्नैपर्ने, मेरो प्रचण्ड क्रोध र मेरो सबैभन्दा गम्भीर न्यायको आवाज आउनेछ। यो क्षणमा, खुलासा गरिने कुरा ती सात मोहरहरूको विषयवस्तु होइन। सात मोहरहरू तिमीहरूले भविष्यमा आनन्द उठाउने आशीर्वादहरू हुन्। “खोल्‍नु” ले तिमीहरूलाई तिनीहरूको बारेमा जानकारी दिने कार्यलाई मात्रै जनाउँछ, तर तिमीहरूले ती आशिषहरूको अहिलेसम्म आनन्द उठाएका छैनौ। जब तिमीहरू यी आशिषहरूको आनन्द उठाउँछौ, त्यस बेला तिमीहरूलाई सात मोहरहरूको विषयवस्तुका बारेमा थाहा हुनेछ। तिमीहरू अहिलेसम्म पूरा नभएको एउटा हिस्सालाई मात्रै स्पर्श गरिरहेका छौ। मैले प्रत्येक चरणका बारेमा भविष्यमा कामको दौरान ती देखा पर्दै जाँदा मात्रै बताउन सक्छु, ताकि तिमीहरूले यसलाई व्यक्तिगत रूपमा अनुभव गर्न सक र अतुलनीय महिमा महसुस गर्न सक, र तिमीहरू अन्त्यहीन परमानन्दको स्थितिमा अस्तित्वमा हुनेछौ।

ज्येष्ठ पुत्रहरूको आशिषहरूको प्राप्त गर्न सक्नु न सजिलो कुरा नै हो न औसत मानिसले हासिल गर्नसक्ने कुरा नै। म एक पटक फेरि जोड दिन्छु र अझै जोड दिएर भन्छु कि मैले मेरा ज्येष्ठ पुत्रहरूबाट झनै कठोर माग गर्नुपर्छ। अन्यथा, तिनीहरूले मेरो नामको महिमा गर्न सक्दैनन्। संसारमा जो कोही बदनाम छ मैले त्यसलाई त्याग्नैपर्छ, र चरित्रहीनलाई त मैले झनै धेरै त्याग गर्छु। (परमेश्‍वरका मानिसहरू बन्न तिनीहरूसँग कुनै हिस्सा छैन—यसमा म विशेष जोड दिन्छु।) तैँले विगतमा गरेका कुरा सकियो र सुल्झाइयो भनेर नसोच्—यस्तो राम्रो कुरा कसरी हुन सक्छ! के ज्येष्ठ पुत्रको हैसियत प्राप्त गर्नु यति सजिलो छ र? मेरो विरुद्ध हुने, मलाई मेरो देहमा नचिन्ने, मेरो इच्छा मैले लागू गर्दा बाधा पुर्‍याउने, र ममाथि अत्याचार गर्नेहरूलाई म उही तरिकाले त्याग्छु—म यत्तिको कठोर छु (किनभने मैले मेरो शक्ति पूर्णरूपमा फिर्ता लिएको छु)! अन्त्यमा, जीवनमा कहिल्यै कुनै पनि असफलताहरू नभोगेका जोसुकैलाई पनि म सोही तरिकाले त्याग्छु। म जस्तै, आफ्ना कष्टबाट माथि उठेकाहरूलाई चाहन्छु, चाहे ती कष्ट सानै किन नहोऊन्। यदि तिनीहरू आएका छैनन् भने, तिनीहरू मैले फ्याँक्ने प्रकारका हुन्। मेरो ज्येष्ठ पुत्र हुने चाहना राख्ने, मेरो अगाडि आफूलाई प्रदर्शन गर्ने, निर्लज्ज नबन्। मबाट चाँडै टाढा जा! मेरो आनन्द जित्नका लागि, तैँले मलाई पहिले तुच्छ कुराहरू बताएको छस्! यो अन्धोपन हो! म तँलाई घृणा गर्छु भन्‍ने के तँलाई थाहा छैन, हे महत्त्वहीन अभागी? मलाई तेरो कपटी चालहरूको बारेमा थाहा छैन जस्तो तँलाई लाग्छ? तँ बारम्बार लुक्छस्! तैँले तेरो दियाबलस अनुहार देखाएको छस् भन्‍ने कुरा के तँलाई थाहा छैन? मानिसहरूले यसलाई देख्न नसके पनि, के तँलाई म पनि देख्न सक्दिन जस्तो लाग्छ? मलाई सेवा प्रदान गर्नेहरू राम्रा छैनन्; तिनीहरू महत्त्वहीन अभागीहरूको झुण्ड हुन्। मैले तिनीहरूको निराकरण गर्नैपर्छ। म तिनीहरूलाई अतल कुण्डमा फ्याँक्नेछु र तिनीहरूलाई जलाउनेछु!

तँ अधर्मी तरिकाले बोल्छस्, अविश्‍वासी तरिकाले कार्य गर्छस्, र अरूसँग राम्ररी सहकार्य गर्दैनस्; यस्तो मानिसले अझै राजा हुने इच्छा राख्छ—के तैँले सपना देखिरहेको छैनस् र? के तँ भ्रमित होइनस्? तँ के होस् भनेर के तँ देख्दैनस्? तँ महत्त्वहीन अभागी होस्! यस्तो मानिसको के कुनै काम हुन्छ र? मेरो नजरबाट चाँडो दूर भइहाल्! मैले भनेको कुरा सबैले स्पष्ट रूपमा बुझ्नुपर्छ, मेरा वचनहरूबाट प्रेरणा लिनुपर्छ, र मेरा बुद्धिको बारेमा थाहा पाउनुपर्छ। पवित्र आत्मिक शरीर देखा परेको छ भनेर बारम्बार भनिएको छ। आखिरमा, तिमीहरू पवित्र आत्मिक शरीर देखा परेको छ कि छैन भन्छौ? के मैले बोल्ने कुरा बकम्फुसे कुरा हुन्? पवित्र आत्मिक शरीर भनेको के हो? पवित्र आत्मिक शरीर कस्तो परिस्थितिमा अस्तित्वमा हुन्छ? मानिसहरूका लागि, यो कल्पना गर्न नसकिने र बुझ्न नसकिने कुरा हो। म तिमीहरूलाई बताउँछु: म दोषरहित छु, र ममा सबै कुरा खुला छ, र सबै कुरा मुक्त छ (किनभने म बुद्धिमानी भएर कार्य गर्छु र स्वतन्त्र रूपमा बोल्छु)। मेरा कार्यहरू, कुनै पनि लज्जाजनक छैन, र सबै कुरा उज्यालोमा गरिन्छन्, ताकि सबै जना पूर्ण रूपमा विश्‍वस्त हुन सकून्। साथै, कुनै पनि मानिसले उसँग भएको कुनै पनि कुरा मेरो विरुद्ध प्रयोग गर्नको लागि कायम राख्न सक्दैन। “पवित्र आत्मिक शरीर” भन्‍ने वाक्यांशको “पवित्र” भन्‍ने शब्‍दको व्याख्या यही हो। त्यसैले, मैले बारम्बार जोड दिएको छु, कि लज्जाजनक कार्य गर्ने कोही पनि मलाई चाहिँदैन। यो मेरो प्रशासनिक आदेशहरूको एक हिस्सा हो, र यो मेरो स्वभाव पनि हो। “आत्मिक शरीर” ले मेरा वाणीहरूलाई जनाउँछ। म जे बताउँछु त्यसमा सधैँ उद्देश्य हुन्छ, सधैँ बुद्धि हुन्छ, र त्यो नियन्त्रणको अधीनमा हुँदैन। (मलाई जे बोल्न मन लाग्छ म त्यही बोल्छु, र उहाँको आवाज बोल्ने मेरो आत्मा हो, र यो मेरो व्यक्तित्व बोलिरहेको हो।) मैले बालेका कुरा स्वतन्त्र रूपमा जारी हुन्छन्, र जब यो मानिसहरूको धारणाहरूसँग मिल्दैन, त्यो नै मानिसहरूलाई खुलासा गर्ने समय हो। यो मेरो उपयुक्त व्यवस्थापन हो। तसर्थ, म भएको व्यक्तित्वले जब बोल्छ वा कार्य गर्दछ, त्यो सधैँ नै शैतानको सारलाई खुलासा गर्ने राम्रो अवसर बन्छ। जब म भएको व्यक्तित्वको अभिषेक हुन्छ, पवित्र आत्मिक शरीर उदाउँछ। भविष्यमा, “पवित्र आत्मिक शरीर” ले शरीरलाई जनाउनेछ, र यो अर्थका दुई वटा पक्ष छन्। अर्थको एउटा पक्ष वर्तमानको हो, अर्थको अर्को पक्ष भविष्यको हो। तर भविष्यमा, पवित्र आत्मिक शरीर अहिलेको भन्दा एकदमै भिन्न हुनेछ—स्वर्ग र पृथ्वी बीचको भिन्नता जस्तै। यसलाई कसैले पनि बुझ्न सक्दैन, र यस कुराबारे मैले तिमीहरूलाई व्यक्तिगत रूपमा खुलासा गर्नुपर्ने हुनेछ।

अघिल्लो: अध्याय ९३

अर्को: अध्याय ९५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्