सहस्राब्दीय राज्यको आगमन भएको छ
के तिमीहरूले परमेश्वरले मानिसहरूको यस समूहमा के काम पूरा गर्नुहुनेछ भन्ने कुरा देखेका छौ? परमेश्वरले एक पटक भन्नुभएको थियो, सहस्राब्दीय राज्यमा समेत मानिसहरूले अझै पनि उहाँका वाणीहरूलाई निरन्तर पछ्याउनैपर्छ, र भविष्यमा परमेश्वरका वाणीहरूले कनानको असल भूमिमा मानिसको जीवनलाई सिधै मार्गदर्शन गरिरहनेछन्। जब मोशा उजाड-स्थानमा थिए, तब परमेश्वरले तिनलाई सिधै निर्देशन दिनुभयो र तिनीसँग बोल्नुभयो। परमेश्वरले स्वर्गबाट मानिसहरूलाई आनन्द लिनका लागि खानेकुरा, पानी र मन्न पठाउनुभयो, र आज पनि यो यस्तै छ: परमेश्वरले मानिसहरूलाई आनन्द लिनका लागि खाने र पिउने कुराहरू व्यक्तिगत रूपमा पठाउनुभएको छ, र उहाँले मानिसहरूलाई सजाय दिन व्यक्तिगत रूपमा श्रापहरू पठाउनुभएको छ। त्यसकारण, उहाँको कामको हरेक चरण परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोज्छन्, तिनीहरू सङ्केत र आश्चर्यकर्महरू देख्न खोज्छन्, र त्यस्ता सबै मानिसलाई त्यागिने सम्भावना छ, किनभने परमेश्वरको काम झन्-झन् व्यावहारिक बन्दै गइरहेको छ। परमेश्वर स्वर्गबाट ओर्लनुभएको छ भन्ने कुरा कसैलाई थाहा छैन, तिनीहरू परमेश्वरले स्वर्गबाट खानेकुरा र पौष्टिक तत्त्वहरू पठाउनुभएको छ भन्ने कुराबारे पनि अनभिज्ञ छन्—तैपनि परमेश्वर वास्तवमा अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यको उत्साहजनक दृश्य पनि परमेश्वरले व्यक्तिगत रूपमा वाणीहरू बोल्नु नै हो। यो तथ्य हो, र यसलाई मात्रै पृथ्वीमा परमेश्वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नु भनिन्छ। पृथ्वीमा परमेश्वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नुले देहलाई जनाउँछ। जुन कुरा देहको होइन, त्यो पृथ्वीमा अस्तित्वमा हुँदैन, र यसरी तेस्रो स्वर्गमा जानमा ध्यान केन्द्रित गर्नेहरू सबैले व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्वरकहाँ फर्कन्छ, तब ब्रह्माण्डमा उहाँको कामको केन्द्रले उहाँका वाणीहरूलाई पछ्याउनेछ। अन्यत्र, कतिपय मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कतिपय मानिस विमान चढ्नेछन्, कतिपय मानिस डुङ्गा चढेर समुद्र पार गर्नेछन्, र कतिपयले परमेश्वरका वाणीहरू प्राप्त गर्न लेजरहरू प्रयोग गर्नेछन्। सबै जना प्रशंसा र तृष्णाले भरिपूर्ण हुनेछन्। तिनीहरू सबै परमेश्वरको नजिक आउनेछन्, र परमेश्वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्वरको आराधना गर्नेछन्। अनि यी सबै परमेश्वरका कार्यहरू हुनेछन्। यो कुरा याद राख! परमेश्वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसलाई उहाँसामु आएर पृथ्वीमा हुनुभएको परमेश्वरको आराधना गर्न लगाउनुहुनेछ। अरू ठाउँको उहाँको काम अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराका लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालको कष्टबाट उम्कनका लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक संसारले गम्भीर अनिकाल भोग्नेछ, अनि आजका परमेश्वर मात्रै जिउँदो पानीको मूल हुनुहुन्छ, जोसँग मानिसको आनन्दका लागि प्रदान गरिएको सधैँ बगिरहने मूल छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। त्यो परमेश्वरका कार्यहरू प्रकट हुने र परमेश्वरले महिमा प्राप्त गर्ने समय हुनेछ; ब्रह्माण्डका सारा मानिस यो सामान्य “मानव” लाई दण्डवत् गर्न आउनेछन्। के यो परमेश्वरले महिमा प्राप्त गर्ने दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जिउँदो पानीको मूलबाट पानी खोज्दै टेलिग्रामहरू पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू आफूले तुच्छ ठानेको यस व्यक्तिको आराधना गर्न आउनेछन्। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्नो हृदयले उहाँमा विश्वास गर्नेछन्—के यो सङ्केत र आश्चर्यकर्म होइन र? सम्पूर्ण राज्यले हर्षोल्लास गर्ने दिन परमेश्वरले महिमा प्राप्त गर्ने दिन हुनेछ, र तिमीहरूकहाँ आउने र परमेश्वरको असल समाचार प्राप्त गर्ने जोकोही परमेश्वरद्वारा आशिषित हुनेछ, र त्यसो गर्ने देश र परमेश्वरले मानिसहरूलाई आशिष् दिनुहुनेछ र उनीहरूको हेरचाह गर्नुहुनेछ। भविष्यको दिशा यस्तो हुनेछ: परमेश्वरका वाणीहरू प्राप्त गर्नेहरूसँग पृथ्वीमा अघि बढ्ने मार्ग हुनेछ, र चाहे तिनीहरू व्यापार, वैज्ञानिक अनुसन्धान, शिक्षा, वा उद्योगमा संलग्न होऊन्, परमेश्वरका वाणीहरूविनाका मानिसहरूलाई एक कदम चाल्न समेत असम्भव हुनेछ, र तिनीहरू साँचो मार्ग खोज्न बाध्य हुनेछन्। “सत्यताको साथमा तिमी सम्पूर्ण संसारभरि हिँड्नेछौ; सत्यताविना, तिमी कतै पुग्नेछैनौ” भनेर भन्नुको अर्थ यही हो। तथ्यहरू यिनै हुन्। परमेश्वर सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न र मानवजातिको मालिक बन्न र मानवजातिलाई विजय गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुन्छ। मानिसहरू सधैँ परमेश्वरले काम गर्ने तरिकामा ठूलो परिवर्तनको आशा गरिरहेका हुन्छन्। इमानदारीपूर्वक भन्नुपर्दा, परमेश्वरले मानिसहरूलाई वचनहरूमार्फत नै नियन्त्रण गर्नुहुन्छ, र चाहे तँलाई इच्छा होस् वा नहोस्, तैँले उहाँले भन्नुभएको कुरा गर्नैपर्छ; यो एउटा वस्तुगत तथ्य हो, र यसलाई सबैले स्वीकार गर्नैपर्छ, र त्यसैगरी, यो अपरिहार्य छ, र सर्वविदित छ।
पवित्र आत्माले मानिसहरूलाई भावना दिनुहुन्छ। परमेश्वरका वचनहरू पढिसकेपछि, मानिसहरू आफ्नो हृदय स्थिर र शान्तिमा रहेको महसुस गर्छन्, जबकी परमेश्वरका वचन ग्रहण नगर्नेहरूले रिक्तता महसुस गर्दछन्। परमेश्वरका वचनहरूको शक्ति यस्तो प्रकारको हुन्छ। मानिसहरूले तिनलाई पढ्नुपर्छ, र तिनलाई पढेपछि उनीहरू पोषित हुन्छन्, र ती बिना उनीहरू केही गर्न सक्दैनन्। यो मानिसहरूले अफिम लिँदा जस्तै हो: यसले उनीहरूलाई शक्ति प्रदान गर्दछ, र यो बिना उनीहरू यसको शक्तिशाली आकर्षण महसुस गर्दछन्, र उनीहरूमा कुनै शक्ति हुँदैन। आज मानिसहरूमाझ यस्तै प्रवृत्ति छ। परमेश्वरका वचनहरूको पाठले मानिसहरूलाई शक्ति दिन्छ। यदि उनीहरू तिनलाई पढ्दैनन् भने, उनीहरू शिथिल हुन्छन्, तर तिनलाई पढिसकेपछि, उनीहरू तुरुन्तै आफ्ना “बिरामी अवस्थाहरू” बाट उठ्छन्। पृथ्वीमा परमेश्वरको वचन चलाउने शक्ति र पृथ्वीमा परमेश्वरले गर्ने शासन यही हो। केही मानिसहरू छोड्न चाहन्छन्, वा परमेश्वरको कामबाट वाक्क भएका छन्। तैपनि, उनीहरू आफूलाई परमेश्वरको वचनबाट अलग गर्न सक्दैनन्; उनीहरू जति कमजोर भए तापनि, तिनीहरू परमेश्वरका वचनहरूमा नै जिउनुपर्छ, र उनीहरू जतिसुकै विद्रोही भए पनि, उनीहरूले परमेश्वरका वचनहरू छोड्ने आँट गर्दैनन्। जब परमेश्वरका वचनहरूले साँच्चै आफ्नो शक्ति प्रकट गर्छन् त्यही बेला परमेश्वरले शासन गर्नुहुन्छ र शक्ति चलाउनुहुन्छ; परमेश्वरले यसरी नै कार्य गर्नुहुन्छ। आखिर, यही माध्यमबाट नै परमेश्वरले कार्य गर्नुहुन्छ, र कसैले पनि यसलाई छोड्न सक्दैन। परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्वरको महिमाको दिनमा, परमेश्वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्वरको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूरा गरिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्वरका वचनहरू उद्घोष गर्नेछन् र तिनको गुणगान गर्नेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्वर शरीर बन्नुहुन्छ” भन्ने तथ्यलाई पूरा गर्न परमेश्वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्नताविना देख्नेछन्। परमेश्वरको देहधारणको विशाल महत्त्व यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्वरका वचनहरू देहधारी परमेश्वरमा प्रकट गरिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि यसबाट उम्कन सक्दैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; तीबिना, यदि मानिसहरूले स्वर्गबाट वाणीहरू पाउन सकिन्छ भन्ने सोच्छन् भने, उनीहरू सपना देखिरहेका छन्। देहधारी परमेश्वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; मार्ग देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्वरले कुनै महान् काम गर्नुभएको छैन—तर परमेश्वरले उहाँका वचन उच्चारण गरेपछि, उनीहरू पूर्ण रूपमा विश्वस्त हुनेछन् र आश्चर्यचकित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले सरल रूपमा व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसबीच बस्न, मानिसको हरेक कार्य र उसको हरेक सोच र विचारमा साथ दिनका लागि परमेश्वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकाश गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।