नयाँ युगका आज्ञाहरू

परमेश्‍वरको कामको अनुभव गर्दा तिमीहरूले परमेश्‍वरका वचनहरूलाई ध्यानपूर्वक पढ्नैपर्छ र आफूलाई सत्यद्वारा सुसज्जित बनाउनैपर्छ। तर, तिमीहरूले के गर्न चाहन्छौ वा कसरी गर्न चाहन्छौ भन्‍ने सन्दर्भमा, तिमीहरूको गम्भीर प्रार्थना वा अन्तरबिन्ती आवश्यकता छैन, र वास्तवमै यी कुराहरू निरर्थक छन्। तैपनि वर्तमानमा, तिमीहरूले सामान्यतया सामना गरिरहेका समस्याहरू भनेका तिमीहरू परमेश्‍वरको कामको अनुभव कसरी गर्ने सो जान्दैनौ, र तिमीहरूमा अत्यन्तै धेरै निष्क्रियता छ भन्‍ने हो। तिमीहरूलाई धेरै सिद्धान्तहरू थाहा छ, तर तिमीहरूसँग त्यति धेरै वास्तविकता छैन। के यो त्रुटिहरूको सङ्केत होइन र? तिमीहरू, यो समूहमा अत्यन्तै धेरै त्रुटिहरू देखिन्छ। आज, “सेवाकर्ताहरू” का रूपमा यस्ता परीक्षाहरू हासिल गर्न तिमीहरू असक्षम छौ, र परमेश्‍वरका वचनहरूसँग सम्बन्धित अन्य परीक्षाहरू र शोधनलाई कल्पना गर्न वा प्राप्त गर्न असक्षम छौ। तिमीहरूले अभ्यास गर्नुपर्ने धेरै कुराहरूमा तिमीहरू दृढ रहनुपर्छ। भन्‍नुको अर्थ, मानिसहरू आफूले पालना गर्नुपर्ने धेरै कर्तव्यहरूमा दृढ रहनैपर्छ। मानिसहरू दृढ रहनु पर्ने कुरा नै यही हो, र उनीहरूले व्यवहारमा लागू गर्नुपर्ने कुरा यही नै हो। पवित्र आत्माद्वारा गरिनै पर्ने गर्न कुरा पवित्र आत्मालाई नै गर्न दिऊँ; मानिसले यसमा कुनै भूमिका खेल्न सक्दैन। मानिसद्वारा गरिनु पर्ने कुरामा मात्र मानिस दृढ रहनुपर्छ, जसको पवित्र आत्मासँग कुनै सम्बन्ध छैन। यो मानिसले गर्नुपर्ने बाहेक केही होइन, र यसलाई पुरानो करारको व्यवस्थालाई पालन गरेजस्तै, यसलाई पनि आदेशको रूपमा पालन गरिनुपर्छ। हुन त अहिले व्यवस्थाको युग होइन, तर पनि अझसम्म पनि पालन गर्नुपर्ने धेरै वचनहरू छन्, जुन व्यवस्थाको युगमा बोलिएका वचनहरू जस्तै, उस्तै प्रकारका छन्। ती वचनहरू केवल पवित्र आत्माको स्पर्शमा भर परेर मात्रै व्यवहारमा लागू गरिँदैनन्, बरु ती मानिसले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणको लागि:

व्यावहारिक परमेश्‍वरको कामलाई तैँले न्याय गर्नु हुँदैन।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसलाई तैँले विरोध गर्नु हुँदैन।

परमेश्‍वरको सामुन्ने, तँ आफ्नो स्थानमा बस्‍नुपर्छ र हठी हुनुहुँदैन।

बोलीवचनमा तँ संयमित हुनुपर्छ, र तेरा वचन र कामहरूले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको प्रबन्धहरूलाई अनुसरण गर्नुपर्छ।

तैँले परमेश्‍वरको गवाहीको डर मान्नुपर्छ। तैँले परमेश्‍वरको काम र उहाँका मुखबाट निस्किएका वचनहरूलाई बेवास्ता गर्नुहुँदैन।

तैँले परमेश्‍वरका वाणीहरूको लबज र लक्ष्यलाई नक्कल गर्नु हुँदैन।

बाहिरी रूपमा, तैँले त्यस्तो केही गर्नु हुँदैन जसले परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्पष्ट रूपमा विरोध गर्छ।

हरेक व्यक्तिले पालन गर्नुपर्ने कुराहरू यिनै हुन्। हरेक युगमा परमेश्‍वरले व्यवस्थाहरूसँग सम्बन्धित र मानिसले पालना गर्नु पर्ने धेरै नियमहरू तोक्‍नुहुन्छ। यसद्वारा, उहाँले मानिसको स्वभावलाई नियन्त्रण गर्नुहुन्छ र उसको इमानदारीता पत्ता लगाउनुहुन्छ। उदाहरणको लागि, “तिमीहरूका बुबा र आमालाई सम्मान गर” भन्‍ने पुरानो करारका वचनहरूलाई विचार गर। आज यी वचनहरू लागू हुँदैनन्; त्यो समयमा तिनले मानिसका केही बाह्य स्वभावलाई नियन्त्रित मात्रै गरे, परमेश्‍वरमा मानिसको विश्‍वासको इमानदारीतालाई देखाउन प्रयोग गरियो, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूको चिन्‍ह थिए। अहिले राज्यको युग भए पनि मानिसले पालना गर्नुपर्ने धेरै नियमहरू अझै छन्। विगतका नियमहरू लागू हुँदैनन्, र आज मानिसले अभ्यास गर्नको लागि उपयुक्त धेरै अभ्यासहरू छन् र ती आवश्यक छन्। तिनले पवित्र आत्माको कामलाई समावेश गर्दैनन् र ती मानिसद्वारा नै गरिनुपर्छ।

अनुग्रहको युगमा, व्यवस्थाको युगका धेरै अभ्यासहरूलाई परित्याग गरियो किनकि ती व्यवस्थाहरू त्यो समयको कामको लागि निश्‍चित रूपमा प्रभावकारी भएनन्। तिनीहरूलाई परित्याग गरिएपछि त्यो युगको लागि उपयुक्त रहेका धेरै अभ्यासहरू अघि सारियो, र ती आजका धेरै नियमहरू बनेका छन्। आजका परमेश्‍वर आउनुभएपछि ती नियमहरूलाई अलग गरियो र तिनीहरूलाई पालना गर्नुपर्ने आवश्यकता रहेन, र आजको कामको लागि उपयुक्त धेरै प्रचलनहरू अघि सारियो। आज, ती प्रचलनहरू नियमहरू होइनन् तर प्रभाव प्राप्त गर्नका लागि लक्षित छन्; तिनीहरू आजको लागि उपयुक्त छन्—भोलि सायद तिनीहरू नियमहरू बन्‍नेछन्। सङ्क्षेपमा, तैँले त्यसलाई पालन गर्नुपर्छ जुन आजको कामको लागि फलदायी छ। भोलिलाई ध्यान नदे: आज जे गरिन्छ त्यो आजको लागि हुन्छ। हुनसक्छ जब भोलि आउँछ, तैँले लागू गर्नु पर्ने राम्रा अभ्यासहरू हुनेछन्—तर त्यसलाई अति धेरै ध्यान नदे। बरु परमेश्‍वरको विरोध गर्नबाट बच्‍न त्यो कुराको पालना गर्, जुन कुरा आज पालना गर्नुपर्छ। आज, मानिसको लागि निम्‍न कुराको पालनाभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन:

तैँले तेरो आँखा अगाडि उभिनुहुने परमेश्‍वरलाई मनाउने वा उहाँबाट कुनै कुरा लुकाउने कोसिस गर्नु हुँदैन।

तेरो सामुन्ने हुनुहुने परमेश्‍वरका अघि तैँले अपशब्द वा अहङ्कारी कुरा बोल्नु हुँदैन।

मीठा वचनहरू र राम्रा बोलीवचनहरूद्वारा उहाँको विश्‍वास जित्नको लागि तेरो आँखा सामुन्नेका परमेश्‍वरलाई तैँले छल गर्नु हुँदैन।

परमेश्‍वरका अगाडि तैँले अनादर पूर्वक व्यवहार गर्नु हुँदैन। परमेश्‍वरका मुखबाट बोलिएका सबै कुरालाई तैँले पालन गर्नुपर्छ, र उहाँका वचनहरूको प्रतिरोध, विरोध वा विवाद गर्नु हुँदैन।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले आफू अनुकूल अर्थ लगाउनु हुँदैन। दुष्टको छली योजनाहरूको शिकार हुनबाट आफूलाई जोगाउन तैँले आफ्नो जिब्रोलाई काबुमा राख्नुपर्छ।

परमेश्‍वरद्वारा तेरो लागि तय गरिएका सीमाहरू नाघ्‍नबाट जोगिन तैँले आफ्ना कदमहरूलाई काबुमा राख्नुपर्छ। यदि तैँले नाघिस् भने, यसले तँलाई परमेश्‍वरको स्थानमा उभिने र अभिमानी र आडम्बरी वचनहरू बोल्ने बनाउनेछ, र त्यसैले परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ।

परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई तैँले जथाभाबी फैलाउनु हुँदैन, नत्र अरूले तेरो निन्दा गर्छन् र दियाबलसहरूले तँलाई मूर्ख बनाउँछन्।

तैँले आजका परमेश्‍वरका सबै काम पालन गर्नुपर्छ। यदि तैँले यसलाई बुझिनस् भने पनि, तैँले यसलाई न्याय गर्नु हुँदैन; तैँले गर्न सक्ने भनेको खोजी गर्नु र सङ्गति गर्नु हो।

परमेश्‍वरको मूल स्थानलाई कुनै व्यक्तिले पनि उल्लङ्घन गर्नु हुँदैन। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरको सेवा गर्नेभन्दा बढी केही गर्न सक्दैनस्। तैँले मानिसको स्थानबाट आजको परमेश्‍वरलाई सिकाउन सक्दैनस्—यसो गर्नु भनेको पथभ्रष्ट हुनु हो।

परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसको स्थानमा कोही पनि खडा हुन सक्दैन; तेरा वचनहरू, व्यवहारहरू, र अन्तस्करणका विचारहरूमा, तँ मानिसकै स्थानमा खडा छस्। यसलाई मानिसले पालन गर्नुपर्छ, यो उसकै जिम्मेवारी हो, र यसलाई कसैले पनि बदल्‍न सक्दैन; त्यस्तो दुष्प्रयासले प्रशासनिक आदेशहरूको उल्लङ्घन गर्नेछ। यसलाई सबैले सम्झिनुपर्छ।

परमेश्‍वरले बोल्दै र उच्‍चारण गर्दै धेरै समय बिताउनुभएकोले गर्दा मानिसले परमेश्‍वरका वचनहरू पढ्नु र स्मरण गर्नुलाई नै उसको प्राथमिक काम ठानेको छ। कसैले पनि अभ्यासलाई ध्यान दिँदैनन्, र जुन तैँले पालन गर्नैपर्छ त्यसलाई पनि तँ पालन गर्दैनस्। यसले तिमीहरूको सेवामा धेरै जटिलताहरू र समस्याहरू ल्याएको छ। यदि, परमेश्‍वरका वचनहरू अभ्यास गर्नुभन्दा पहिले तैँले आफूले अनुसरण गर्नुपर्ने कुरालाई अनुसरण गरेको छैनस् भने, तँ परमेश्‍वरद्वारा घृणा र इन्कार गरिएकाहरूमध्ये एक होस्। यी अभ्यासहरू अनुसरण गर्दा तँ गम्भीर र इमान्दार हुनुपर्छ। तैँले तिनलाई बन्धनहरू जस्तो व्यवहार गर्नु हुँदैन तर आज्ञाहरूको रूपमा तिनीहरूको अनुसरण गर्नुपर्छ। आज, के फल प्राप्त गर्नुछ भन्‍नेमा तैँले सरोकार राख्नु हुँदैन; छोटकरीमा, पवित्र आत्माले यसरी नै काम गर्नुहुन्छ, र जसले उल्‍लङ्घन गर्छ, ऊ दण्डित हुनुपर्छ। पवित्र आत्मा भावनाहीन र तेरो वर्तमान बुझाइप्रति अप्रवाही हुनुहुन्छ। यदि आज तैँले परमेश्‍वरलाई चिढ्याइस् भने उहाँले तँलाई दण्ड दिनुहुनेछ। यदि उहाँको क्षेत्राधिकारको सीमाभित्र तैँले उहाँलाई रिस उठाइस् भने उहाँले तँलाई छोड्नुहुनेछैन। येशूका वचनहरू पालन गर्नेप्रति तँ कति गम्भीर छस् उहाँले त्यसको मतलब गर्नुहुन्न। यदि तैँले आजको परमेश्‍वरका आज्ञाहरूलाई उल्लङ्घन गरिस् भने उहाँले तँलाई दण्ड दिनुहुनेछ र तँलाई मृत्युको दण्डाज्ञा दिनुहुनेछ। तिनीहरूको अनुसरण नगर्नु तेरो लागि कसरी स्वीकार्य हुनसक्यो? तैँले अनुसरण गर्नै पर्छ, चाहे यसको लागि थोरै पीडा सहनु पर्ने नै किन नहोस्! यो जुन धर्म, क्षेत्र, राष्ट्र, वा सम्प्रदाय भए पनि भविष्यमा उनीहरू सबैले यी अभ्यासहरूलाई अनुसरण गर्नैपर्छ। कसैलाई पनि छुट दिइँदैन र कसैलाई पनि छोडिनेछैन! किनकि तिनीहरू आज पवित्र आत्माले जे गर्नुहुनेछ त्यही हुन् र तिनीहरूलाई कसैले पनि उल्लङ्घन गर्न सक्दैनन्। हुन त तिनीहरू कुनै महान् कुरा होइनन् तर हरेक व्यक्तिले ती गर्नैपर्छ र ती मानिसको लागि येशूले तय गर्नुभएका आज्ञाहरू हुन्, जो पुनर्जीवित हुनुभएको थियो र जो स्वर्गमा आरोहण हुनुभएको थियो। तँ धर्मी होस् कि पापी होस्, सो आज परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति अनुसार हुन्छ भन्‍ने येशूको परिभाषालाई के यो “मार्ग … (७)” ले बताउँदैन र? यो बुँदालाई कसैले पनि छुटाउनु हुँदैन। व्यवस्थाको युगमा, फरिसीहरूका पुस्तौं-पुस्ताले परमेश्‍वरमा विश्‍वास गरे, तर अनुग्रहको युगको आगमनसँगै उनीहरूले येशूलाई चिनेनन्, र उहाँको विरोध गरे। यस्तो भयो कि उनीहरूले गरेको केही काम लागेन र सबै व्यर्थ भयो, र परमेश्‍वरले उनीहरूका कामहरूलाई स्वीकार गर्नुभएन। यदि तैँले यसलाई स्पष्ट रूपमा देख्‍न सकिस् भने, तैँले सजिलै पाप गर्नेछैनस्। सायद, धेरै मानिसहरूले आफैलाई परमेश्‍वरको विरुद्धमा मापन गरेका छन्। परमेश्‍वरको विरोध गर्दा कस्तो स्वाद पाइन्छ? यो तीतो हुन्छ कि मीठो? तैँले यो बुझ्नुपर्छ; तँलाई थाहा छैन भनेर बहानाबाजी नगर्। सायद, उनीहरूका हृदयमा केही मानिसहरू अविश्‍वस्त नै रहन्छन्। तैपनि तँलाई म यसलाई चाखेर हेर् भन्‍ने सल्लाह दिन्छु—हेर्, यसको स्वाद कस्तो छ। यसले धेरै मानिसहरूलाई यसबारेमा सधैँ शङ्कालु हुनबाट रोक्नेछ। धेरै मानिसहरूले परमेश्‍वरका वचनहरू पढ्छन् तर पनि उनीहरूका हृदयमा गोप्य रूपमा उहाँको विरोध गर्छन्। यस प्रकारले उहाँको विरोध गरेपछि, के तँलाई तेरो मुटुमा छुरी धसेजस्तो अनुभव हुँदैन? यदि यो पारिवारिक अमेल होइन भने, यो शारीरिक पीडा हो, वा छोराछोरीहरूको कहर हो। हुन त मृत्युबाट तेरो शरीर जोगिन्छ, तर परमेश्‍वरको हातले तँलाई कहिल्यै पनि छोड्दैन। तँलाई लाग्छ कि यो यति सामान्य हुनसक्छ? खासमा, परमेश्‍वरको नजिकका धेरैको लागि यसमा केन्द्रित हुनु अझ बढी आवश्यक छ। समय बित्दै जाँदा, तैँले यसलाई बिर्सनेछस्, थाहै नपाई तँ परीक्षामा होमिनेछस् र सबै थोकप्रति बेपरवाह हुनेछस्, र यो तेरो पापकर्मको सुरुवात हुनेछ। के यो तँलाई तुच्छ लाग्छ? यदि तैँले यो राम्ररी गर्न सकिस् भने, तँसँग सिद्ध पारिने अवसर छ—परमेश्‍वरका सामुन्ने आउन र उहाँको आफ्नै मुखबाट उहाँको मार्गदर्शन प्राप्त गर्ने अवसर। यदि तँ लापरवाही छस् भने, तेरो लागि समस्या हुनेछ—तँ परमेश्‍वरको अवज्ञाकारी हुनेछस्, तेरा वचनहरू र व्यवहारहरू दुराचारी हुनेछन्, र ढिलो वा चाँडो तँलाई विशाल आँधीबेहरीले र शक्तिशाली छालहरूले लानेछ। तिमीहरू हरेकले यी आदेशहरूलाई ध्यान दिनुपर्छ। यदि तैँले तिनको उल्लङ्घन गरिस् भने परमेश्‍वरद्वारा पुष्टि गरिएको मानिसले तँलाई निन्दा नगरे पनि तँसँग परमेश्‍वरका आत्माको नसिद्धिएको लेनदेन रहनेछ, र उहाँले तँलाई छोड्नुहुनेछैन। के तँ तेरा उल्‍लङ्घनका परिणामहरू भोग्न सक्छस्? तसर्थ, परमेश्‍वरले जे भन्नुहुन्छ, तैँले उहाँका वचनहरूलाई व्यवहारमा उतार्नुपर्छ, र तैँले सक्ने कुनै पनि माध्यमबाट तिनीहरूको अनुसरण गर्नुपर्छ। यो त्यति सजिलो विषय होइन!

अघिल्लो: अनुभवको विषयमा

अर्को: सहस्राब्दीय राज्यको आगमन भएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्