मानिसको अन्तर्निहित पहिचान र उसको मूल्य: वास्तवमा ती कस्ता हुन्छन्?
तिमीहरू हिलोबाट अलग गरियौ र जेसुकै भए तापनि, तिमीहरू फोहोरी र परमेश्वरद्वारा घृणा गरिएका थिग्रोहरूका बीचबाट टिपिएका वस्तु थियौ। तिमीहरू शैतानका थियौ र एक पटक त्यसबाट कुल्चिएका र दूषित पारिएका थियौ। यसैले तिमीहरू हिलोबाट अलग गरिएका थियौ भनिएको हो, र तिमीहरू पवित्र हुनु त कता हो कता, बरु तिमीहरू लामो समयदेखि शैतानको छलकपटको वस्तु रहँदै आएका गैर-मानव थोकहरू हौ। तिमीहरूको सबैभन्दा उचित मूल्याङ्कन यही नै हो। तिमीहरू मूल रूपमा समात्नको निम्ति आकर्षक माछा र झिँगे माछा नभई जमेर दुर्गन्धित भएको पानी र हिलोमा पाइने अशुद्ध थोकहरू थियौ भन्ने कुरा तिमीहरूले जान्नुपर्छ, किनकि आनन्द प्रदान गर्ने कुनै पनि कुरा तिमीहरूबाट प्राप्त गर्न सकिन्न। यसलाई रूखो तवरले भन्नुपर्दा, तिमीहरू तल्लो समाजका सबैभन्दा भ्रष्ट पशुहरू हौ, सुँगुर र कुकुरहरूभन्दा पनि खराब। खुलस्त भन्नुपर्दा, तिमीहरूलाई यस्ता शब्दहरूले सम्बोधन गर्नु न त अतिशयोक्ति हो न त अत्युक्ति नै हो; बरु, यसले विषयलाई सरलीकृत पो गर्छ। तिमीहरूलाई यस्ता शब्दहरूले सम्बोधन गर्नु तिमीहरूलाई सम्मान देखाउने एउटा तरिका हो भनेर समेत भन्न सकिन्छ। हिलोमा भएको तिमीहरूको हैसियत लगायत तिमीहरूको अन्तर्दृष्टि, बोली-वचन, मानिसको रूपमा व्यवहार र तिमीहरूका जीवनको हरेक पक्ष, तिमीहरूको पहिचान “सामान्यभन्दा बाहिरको” हो भन्ने कुरालाई प्रमाणित गर्न पर्याप्त छन्।